अध्याय ८३

म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ भन्‍ने तिमीहरूलाई थाहा छैन, न त सबै घटना र कुराहरू मेरै नियन्त्रणमा छन् भन्‍ने कुरा नै तिमीहरूलाई थाहा छ! सबै कुरालाई स्थापित गर्ने र पूरा गर्ने म नै हुँ भन्‍नुको अर्थ के हो? हरेक व्यक्तिका आशिषहरू वा दुर्भाग्यहरू मेरो पूर्णतामा र मेरा कार्यहरूमा निर्भर हुन्छन्। मानिसले के गर्न सक्छ? मानिसले विचार गरेर के कुरा हासिल गर्न सक्छ? यो अन्तिम युगमा, यस पथभ्रष्ट युगमा, शैतानले निश्‍चित हदसम्‍म भ्रष्ट तुल्याएको यो अन्धकारपूर्ण संसारमा, कति थोरै मानिसहरू मेरा अभिप्रायहरूप्रति सामञ्‍जस्यपूर्ण हुन सक्छन्? चाहे आज होस्, भोली होस्, वा निकट भविष्यमा होस्, सबैको जीवन निर्धारित गर्ने म नै हुँ। तिनीहरूले आशिषहरू प्राप्त गरून् वा दुर्भाग्य भोगून्, र तिनीहरूलाई मैले प्रेम गरूँ वा घृणा गरूँ, सबै कुरालाई मैले नै एकै पटक सटीक रूपमा निर्धारित गरेको थिएँ। तिमीहरूमध्ये कसले तेरा कदमहरू आत्मनिर्धारित हुन् र तेरो भाग्य तेरै नियन्त्रणमा छ भनेर जोड दिन सक्छ? कसले त्यसो भन्‍ने आँट गर्छ? कसले अवज्ञाकारी बन्‍ने आँट गर्छ? मदेखि को डराउँदैन? मप्रति को हृदयदेखि अनाज्ञाकारी हुन्छ? कसले आफ्‍नो खुशी लागेअनुसार काम गर्ने आँट गर्छ? म तिनीहरूलाई तुरुन्तै सजाय दिनेछु, र कसले मानवजातिप्रति पूर्ण रूपमा कुनै कृपा गर्नेछैन वा थप कुनै मुक्ति दिनेछैन? यस पटक—अर्थात्, तिमीहरूले मेरो नाम स्वीकार गरेको क्षणमा—मैले मानवजातिप्रति कुनै कोमलता देखाउने अन्तिम समय त्यही हुनेछ। भन्‍नुको अर्थ, मैले मानवजातिको एउटा भागलाई छनौट गरेको छु, जसका आशिषहरू अनन्त नभए पनि, तिनीहरूले मेरो धेरै अनुग्रह प्राप्त गरेका छन्; त्यसकारण, तैँले अनन्त रूपमा आशिष प्राप्त गर्नेछस् भनेर पूर्वनिर्धारित नगरेको भए पनि, त्यसको अर्थ तँलाई दुर्व्यवहार गरिनेछ भन्‍ने हुँदैन, र प्रत्यक्ष रूपमा दुर्भाग्य भोग्‍नेहरूभन्दा तेरो अवस्था निकै राम्रो हुनेछ।

साँच्‍चै नै, मेरो न्याय पहिले नै यसको चरम विन्दुमा पुगिसकेको छ, र यो अभूतपूर्व क्षेत्रमा प्रवेश गर्दैछ। मेरो न्याय हरेक व्यक्तिमाथि आइपर्छ, र अब यो क्रोधपूर्ण न्याय हो। विगतमा यो प्रतापी न्याय थियो, तर अहिले यो फरक छ। विगतमा, मानिसहरूले मेरो फैसला सुनाइएको कुराको सामना नगरिञ्‍जेलसम्‍म मानिसहरूमा अलिकति पनि त्रास थिएन; तैपनि अहिले, तिनीहरूले एउटा वचन समेत सुन्‍ने बित्तिकै, तिनीहरू अत्यन्तै भयभीत हुन्छन्। कति त मैले मुख खोल्‍ने बित्तिकै सबै भयभीत हुन्छन्। मैले बोल्‍न सुरु गरेपछि जब मेरो आवाज मात्रै निस्कन्छ, तब तिनीहरू यति भयभीत हुन्छन् कि के गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन त्यसकारण तिनीहरू आफूलाई भूँइमा लुकाउन वा सबैभन्दा अँध्यारो कुनामा रहन अत्यन्तै चाहना गर्छन्। त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन किनभने तिनीहरूलाई भूत आत्मा लागेको हुन्छ। जब म ठूलो रातो अजिङ्गर र प्राचीन सर्पलाई न्याय गर्छु, तिनीहरू डरपोक बन्छन् र अरूले देख्छन् कि भन्‍ने डर समेत मान्छन्; साँच्‍चै नै, तिनीहरू अन्धकारमा जन्‍मेका शैतानका सन्तान हुन्।

मैले प्रायजसो “पूर्वनियति र छनौट” भन्‍ने वचनहरू बोल्‍ने गर्थेँ। यी वचनहरूको अर्थ वास्तवमा के हो? मैले कसरी पूर्वनिर्धारित गर्छु र छनौट गर्छु? कुनै व्यक्ति किन पूर्वनिर्धारित गरिएका र छानिएकाहरूमध्येमा हुँदैन? तिमीहरूले यो कुरालाई कति बुझ्‍न सक्छौ? यी कुराहरूलाई मैले केही रूपमा स्पष्ट व्याख्या गर्नुपर्छ, र तिनको विषयमा मैले तिमीहरूसँग प्रत्यक्ष रूपमा कुरा गर्नुपर्छ। यदि मैले तिमीहरू भित्रका यी कुराहरूलाई प्रकट गरेँ भने, सुस्त मानिसहरूले यो शैतानले दिएको विचार हो भनेर गलत रूपमा बुझ्‍नेथियो! मलाई अनुचित रूपमा अपमानित ठानिनेथियो! अब म सीधै बोल्छु, र म कुनै पनि कुरा लुकाउँदिन। जब मैले सबै थोकको सृष्टि गरेँ, मैले सुरुमा मानवजातिको निम्ति काम लाग्‍ने यी कुराहरूको सृष्टि गरेँ (फूल, घाँस, रूख, काठ, पहाड-पर्वत, खोला-नाला, ताल-तलैया, भूमि र समुद्र, सबै किसिमका कीरा-फट्याङ्ग्रा, चराचुरुङ्गी, र पशु-प्राणी; कति मानवजातिले खानका लागि हुन्, र कति मानवजातिले हेर्नका लागि हुन्)। फरक-फरक क्षेत्रका भिन्‍नताहरू अनुसार मानवजातिको निम्ति फरक-फरक प्रकारका अन्‍नहरूको सृष्टि गरियो; यी सबै कुराहरू बनाइसकेपछि मात्रै मैले मानवलाई सृष्टि गर्न सुरु गरेँ। मानिसहरू दुई प्रकारका हुन्छन्: पहिलो मैले चुनेका र पूर्वनिर्धारित गरेकाहरू हुन्; दोस्रोमा शैतानको क्षमता हुन्छ, र यस प्रकारका मानिसहरूलाई मैले संसारको सृष्टि गर्नुभन्दा पहिले सृष्टि गरिएका थिएँ, तर तिनीहरूलाई शैतानले पूर्ण रूपमा भ्रष्ट तुल्याएको हुनाले, मैले तिनीहरूलाई त्यागेको छु। मैले त्यसपछि मैले चुनेका र पूर्वनिर्धारित गरेका मानिसहरूको प्रकारको सृष्टि गरेँ, र प्रत्येकमा फरक-फरक तहमा मेरो क्षमता छ: त्यसकारण मैले आज चुनेका मानिसहरू प्रत्येकमा फरक-फरक तहमा मेरो गुण छ। तिनीहरूलाई शैतानले भ्रष्ट तुल्याएको भए तापनि, तिनीहरू अझै पनि मेरो स्वामित्वमा छन्; हरेक चरण मेरो व्यवस्थापन योजनाको भाग हो। यो राज्यको सच्‍चा नियम हो किनभने यस बारेमा मैले अग्रिम रूपमा योजना बनाएको थिएँ। कुटिल र छली मानिसहरू कहिल्यै पनि इमानदार बन्‍न सक्दैनन्, किनभने तिनीहरू शैतानका बच्‍चा हुन् र तिनीहरूलाई शैतानले स्वामित्व गरेका हुन्छन्; तिनीहरू त्यसका सेवक हुन् र सुरुदेखि अन्त्यसम्‍म नै यसको हुकुममा हुन्छन्। तैपनि, यो सबैको उद्देश्‍य मेरो इच्छालाई पूरा गर्नु हो। तिमीहरूले अनुमान गर्न नपरोस् भनेर मैले यो कुरालाई स्पष्ट पारेको छु। मैले सिद्ध पार्नेहरूलाई म हेरचाह र रक्षा गर्नेछु; जहाँसम्‍म मैले घृणा गर्नेहरूको कुरा छ, तिनीहरूको सेवा पूरा भएपछि, तिनीहरू मेरो स्थानबाट निस्केर जानेछन्। जब यी मानिसहरूको कुरा उठ्छ, म क्रोधित हुन्छु; तिनीहरूको कुरा गर्दा समेत मात्रै पनि, म तिनीहरूलाई तुरुन्तै निराकरण गरिहाल्‍न चाहन्छु। तैपनि, म मेरा कार्यहरूको बन्धनमा छु; मेरा कार्यहरू र बोली-वचनमा मेरो मापन हुन्छ। म मेरो रिसमा आइकन संसारलाई दबाउन सक्छु, तर मैले पूर्वनियुक्ति गरेकाहरू यसका अपवाद हुन्; शान्त भएपछि, मैले संसारलाई मेरो हतकेलामा पक्रेर राख्‍न सक्छु। अर्को शब्‍दमा भन्दा, म सबै कुरालाई नियन्त्रण गर्छु। जब म मानिसहरूले सहनै नसक्‍ने हदसम्‍म संसार भ्रष्ट भएको छ भन्‍ने देख्छु, म तुरुन्तै यसलाई नष्ट गर्नेछु। के म एक शब्‍द उच्‍चारण गरेर मात्रै पनि यसो गर्न सक्दिन र?

म व्यावहारिक परमेश्‍वर स्वयम्‌ हुँ; म अलौकिक चिन्‍ह वा अचम्‍मका कामहरू गर्दिन—तर मेरा अचम्‍मका कामहरू जताततै हुन्छन्। अगाडिको बाटो अतुलनीय रूपमा उज्ज्वल बन्‍नेछ। मैले हरेक कदमको बारेमा दिने प्रकाश मैले तिमीहरूलाई देखाउने मार्ग हो र यो मेरो व्यवस्थापन योजना हो। भन्‍नुको अर्थ, भविष्यमा, यी प्रकाशहरू झन्-झन् अनगिन्ती र झन्-झन् स्पष्ट हुँदै जानेछन्। हजार वर्षीय राज्यमा पनि—निकट भविष्यमा—तिमीहरू मेरा प्रकाशहरूअनुसार अघि बढ्नुपर्छ र मेरा पाइलाहरूलाई पछ्याउनुपर्छ। सबै कुराले आकार लिएको छ र सबै कुराको तयारी गरिएको छ; आशिषितहरूका माझमा तिमीहरूलाई अनन्त आशिषहरूले पर्खिरहेको हुन्छ भने दण्डितहरूलाई अनन्त सजायले पर्खिरहेको हुन्छ। मेरा रहस्यहरू तिमीहरूका लागि अत्यन्तै अनगिन्ती छन्; मेरो लागि जुन कुरा सरल वचनहरू हुन्, त्यो तिमीहरूका लागि सबैभन्दा कठिन हुन्छ। त्यसकारण, म झन्-झन् बढी बोल्छु, किनभने तिमीहरूले अत्यन्तै थोरै कुरा बुझ्छौ र मैले हरेक शब्‍द व्याख्या गरिदिनुपर्छ। तैपनि, धेरै चिन्ता नगर; म तिमीहरूसँग मेरो कामअनुसार बोल्‍नेछु।

अघिल्लो:  अध्याय ८२

अर्को:  अध्याय ८४

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger