25  हामी परमेश्‍वरको प्रशंसा गर्छौँ र उहाँका लागि गाउँछौँ

हामी परमेश्‍वरको आवाज सुन्छौँ, उहाँतर्फ फर्किन्छौँ,

थुमाका पाइलाहरू पछ्याउँछौँ।

हामी ख्रीष्टको भोजमा सहभागी हुन्छौँ, परमेश्‍वरका वचनहरू हरदिन खान्छौँ र पिउँछौँ।

परमेश्‍वरका वचनको मलजल र भरणपोषणको आनन्द उठाउँछौँ

र हाम्रो आत्माले नयाँ जीवन पाउँछ।

पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ ताकि हामीले सत्यता बोध गरौँ

र व्यावहारिक परमेश्‍वरलाई चिनौँ।

राज्यको जीवन असीमित रूपमा समृद्ध छ,

परमेश्‍वर आफैले हामीलाई मार्गदर्शन गर्नुहुन्छ र हाम्रो गोठालो हुनुहुन्छ।

हामी सत्यता अभ्यास र आफ्ना कर्तव्य पूरा गर्छौँ;

हाम्रो हृदय शान्त र सहज छ।

शैतानबाट अलग हुनु निकै स्वतन्त्रतापूर्ण छ, हामी अब परमेश्‍वरसामु जिउन सक्छौँ।

यो सब परमेश्‍वरको उठाइ र अनुग्रह हो।

हामीभन्दा बढी आशिषित को हुन सक्छ र?


न्याय, परीक्षा र शोधन भोगेर, हाम्रा शैतानी स्वभावहरू पखालिएका छन्।

परमेश्‍वरको धर्मी स्वभाव चिनेर,

हामी आफ्नो हृदयमा परमेश्‍वरको डर मान्छौँ र दुष्टताबाट अलग बस्छौँ।

सतावट र कठिनाइ भोग्दा उहाँका वचनले जहिल्यै मार्गमा अगुवाइ गर्छन्।

हाम्रो आस्था सिद्ध पारिएको छ,

हामी आफ्नो गवाहीमा दृढ रहन्छौँ र परमेश्‍वरको प्रेम देख्छौँ।

उहाँको महान् मुक्ति प्राप्त गरेका छौँ, उहाँको प्रशंसाका गीतहरू गाउँछौँ।

उहाँको धर्मी, पवित्र स्वभावको प्रशंसा होस्,

उहाँ मानिसको अनन्त प्रेम-योग्य हुनुहुन्छ।

परमेश्‍वरको कामको बुद्धि र सर्वशक्तिमान्‌ताको प्रशंसा होस्,

उहाँले मानिसहरूको एउटा समूहलाई विजय र प्राप्त गर्नुभएको छ।

परमेश्‍वरका मानिसहरूले हृदयबाट नै उहाँलाई प्रेम गर्छन् र उहाँमा समर्पित हुन्छन्,

हामी अनन्तभर उहाँको आराधना गर्नेछौँ।

अघिल्लो:  1085  परमेश्‍वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ

अर्को:  50  परमेश्‍वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger