51  परमेश्‍वरसामु जिउनु निकै आनन्दको कुरा हो

दाजुभाइ दिदीबहिनीहरू मण्डलीमा भेला होऔ;

हामी परमेश्‍वरको प्रशंसामा हर्षसाथ गाउँछौँ-नाच्छौँ।

परमेश्‍वरको प्रशंसा गर,

जो सत्यता व्यक्त गर्न र हामीलाई मुक्ति दिन

देह बन्नुभएको छ, संसारमा आउनुभएको छ।

हामी परमेश्‍वरको आवाज सुन्छौँ र भोजमा सहभागी हुन

सिंहासनसामु उठाई लगिएका छौँ।

उहाँका वचनको आनन्द उठाउँछौँ र उहाँसामु जिउँछौँ;

हर्षपूर्ण रूपमा गाउँछौँ-हाँस्छौँ, यो अनन्त हर्ष हो।


दाजुभाइ दिदीबहिनीहरू भेट्दा, एक-अर्कासँग नजिक भएको महसुस गर्छौँ,

र हाम्रो हर्ष अवर्णनीय छ।

वचनबारे सङ्गति गर्छौँ र आफ्ना गवाही साझा गर्छौँ;

सत्यता बुझ्दा हाम्रो आत्माले निकै हर्ष प्राप्त गर्छ।

कुनै कर्म-काण्ड, कुनै प्रावधान छैन—सब स्वतन्त्र र रिहा छ!

उहाँका वचनको आनन्द उठाउँछौँ र उहाँसामु जिउँछौँ;

हर्षपूर्ण रूपमा गाउँछौँ-हाँस्छौँ, यो अनन्त हर्ष हो।


दाजुभाइ दिदीबहिनीहरूले परमेश्‍वरको कामको अनुभव गर्छन्;

उहाँको न्याय, सजाय स्विकार्छौँ र तिनमा समर्पित हुन्छौँ।

आफ्नो छल फाल्छौँ र इमानदार बन्छौँ।

एक-अर्कालाई तगारोबिना प्रेम गर्छौँ।

सत्यतामा समर्पित हुन्छौँ, भावनाले कार्य गर्दैनौँ।

न्यायद्वारा, हाम्रो भ्रष्टता पखालिन्छ।

उहाँका वचनको आनन्द उठाउँछौँ र उहाँसामु जिउँछौँ;

हर्षपूर्ण रूपमा गाउँछौँ-हाँस्छौँ, यो अनन्त हर्ष हो।


दाजुभाइ दिदीबहिनीहरू, उठ; हामी कर्तव्य पूर्तिमा एउटै मनको होऔँ।

राज्यको सुसमाचार प्रचार गरौँ, परमेश्‍वरको गवाही दिऔँ,

ताकि उहाँका अभिप्राय पूरा होऊन्।

दाजुभाइ दिदीबहिनीहरू सँगै हर्षका साथ गाओ,

प्रशंसामा उठेका आवाज निकै चर्को र स्पष्ट हुन्छन्।

उहाँका वचनको आनन्द उठाउँछौँ र उहाँसामु जिउँछौँ;

हर्षपूर्ण रूपमा गाउँछौँ-हाँस्छौँ, यो अनन्त हर्ष हो।

अघिल्लो:  50  परमेश्‍वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ

अर्को:  63  हामी परमेश्‍वर सामु सधैँ शान्त हुनुपर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger