242  मैले परमेश्‍वरको धेरै प्रेमको आनन्द उठाएको छु

म भ्रष्ट मानव हुँ, शैतानी स्वभावहरूले भरिएको छु।

परमेश्‍वरका वचनको न्याय र खुलासाले मलाई लाजले भरिदिन्छ।

म देख्छु कि म गहन रूपमा भ्रष्ट तुल्याइएको छु, म सँग विरलै मानव रूप छ;

मसँग कुनै सत्यता वास्तविकता छैन,

मसँग कुनै सत्यता वास्तविकता छैन,

र यो सबले मेरो हृदयलाई चिन्तित तुल्याउँछ।

चिन्तित हृदयका साथ, म गोप्यमा रुन्छु।

म किन परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दिनँ?

परमेश्‍वरले मेरो पश्चात्तापको तृष्णा गरिरहनुभएको देखेर,

म उप्रान्त निरुत्साहित वा निराश छैनँ।

परमेश्‍वरको प्रेमले मेरो हृदय कटक्क खान्छ,

र मेरा आँसुलाई वर्षा झैँ बग्ने तुल्याउँछ।

उहाँको प्रेमले मेरो हृदय विजय गरेको छ,

मलाई आजबाट उहाँलाई प्रेम गर्ने तुल्याएको छ।

मैले उहाँलाई पछ्याएर सत्यता पाएको छु;

परमेश्‍वरमात्र सबभन्दा प्रेमिलो हुनुहुन्छ।


परमेश्‍वरका वचनको न्याय भोगेर, म आफ्नो भ्रष्टताको तथ्य स्पष्ट देख्छु।

मसँग मानवता वा समझ छैन, तैपनि अझै अहङ्कारी, अभिमानी, आत्म-धर्मी छु।

म शैतानी स्वभाव मात्र जिउँछु, तैपनि आफ्नो मानवता असल भएको मान्छु।

म देख्छु कि म गहन रूपमा भ्रष्ट तुल्याइएको छु;

मलाई परमेश्‍वरको शुद्धीकरण र मुक्तिको खाँचो छ।

परमेश्‍वरको न्यायको हरेक वचनले मेरो भ्रष्टताको स्रोतको खुलासा गर्छ।

पछुतोले भरिएर, म लम्पसार पर्छु र परमेश्‍वरको धार्मिकता देख्छु।

भ्रष्ट मानिसलाई न्याय गरिनु र शुद्ध पारिनु साँच्चै परमेश्‍वरको प्रेम हो।

आज परमेश्‍वरको सामु जिउनु पूर्णतः उहाँको मुक्तिका कारण हो।

म परमेश्‍वरको मुक्तिको अनुग्रह पाउँछु,

र परमेश्‍वरप्रतिको मेरो प्रेम झन् शुद्ध हुन्छ।


म परीक्षाहरूमाझ भए नि, मेरो हृदयले अझै परमेश्‍वरको प्रेम महसुस गर्छ।

शोधनमा, उहाँका वचन मेरो सान्त्वना हुन्,

मलाई थाहा छ उहाँले मलाई सिद्ध पार्दै हुनुहुन्छ।

परमेश्‍वरको शुद्धीकरण र मुक्ति प्राप्त गर्नु साँच्चै उहाँको अनुग्रह हो।

म देख्छु कि उहाँको न्याय र सजायभित्र उहाँको साँचो प्रेम छ।

परमेश्‍वरलाई प्रेम गर्न सक्दा हर्ष महसुस गर्छु,

परमेश्‍वरलाई प्रशंसा नगरी बस्न सक्दिनँ।

उहाँको प्रेम निकै महान्, साँचो, सुन्दर छ,

र म त्यसको अतुलनीय आनन्द उठाउँछु।

मेरो हृदय अब पूर्णतः उहाँको हो; सदैव उहाँलाई उच्च पार्नेछु, गवाही दिनेछु।

सारा जीवन उहाँलाई प्रेम गर्न इच्छुक छु, उहाँलाई मेरो प्रेम पाउने तुल्याउनेछु।

परमेश्‍वरले मलाई अत्यन्तै धेरै प्रेम दिनुभएको छ,

म उहाँलाई सारा अनन्तकालसम्म प्रेम गर्नेछु।

अघिल्लो:  222  मैले परमेश्‍वरको प्रेमिलो स्वभाव देखेको छु

अर्को:  256  गुमाएको मुक्ति कसरी पुनः प्राप्त गर्ने

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger