312 राज्यको भविष्य असीमित रूपमा उज्ज्वल छ
१
सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्टले,
मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ।
परमेश्वरको न्याय अनुभव गर्दा,
परमेश्वरका चुनिएका मानिस पखालिन्छन् र तिनीहरूले मुक्ति पाउँछन्;
तिनीहरू राज्यको सुसमाचार फैलाउन, सम्पूर्ण सत्त्व र बफादारी अर्पण गर्छन्।
परमेश्वरले विजेताहरूको समूह बनाउनुहुन्छ, शैतानलाई हराउनुहुन्छ।
ठुला विपत्तिहरू सुरु भइसकेका छन्, र सुसमाचार संसारभर फैलिरहेको छ।
महामारी र भोकमरी संसारभर फैलिन्छन्, मानिसलाई साँचो मार्ग खोज्न बाध्य तुल्याउँछन्।
परमेश्वरका वचन सबै मानिसलाई विजय गर्दै, संसारभर फैलिएका छन्।
सबै देश र स्थान, धर्म र सम्प्रदायले, परमेश्वरसामु आफूलाई समर्पण गर्नेछन्।
२
राज्यको भविष्य असीमित रूपमा उज्ज्वल छ, जोसिला दृश्य देखा पर्छन्।
सबै देश र मानिस साँचो मार्ग खोज्न, सर्वशक्तिमान् परमेश्वरलाई आराधना गर्न आउँछन्।
उहाँलाई शब्दले अनुमोदन र हृदयले विश्वास गर्छन्,
उहाँको पवित्र नामको प्रशंसा गर्छन्।
सर्वोच्च र सबैभन्दा सम्माननीय सर्वशक्तिमान् महिमा र सम्मानको योग्य हुनुहुन्छ।
सहश्राब्दिय राज्य पृथ्वीमा साकार भएको छ, र परमेश्वरको इच्छा पूरा भएको छ।
उहाँका वचनले ब्रह्माण्ड संसार भर्छन्, र यावत् थोक पखालिन्छन्।
हर व्यक्ति ज्योतिमा हिँड्छ, र उहाँका वचनको मार्गदर्शन स्विकार्छ।
देहधारी सर्वशक्तिमान् परमेश्वरले पृथ्वीमा आफ्नो सार्वभौम शक्ति चलाउनुहुन्छ।
खुसीले नकराई, उहाँको प्रशंसा नगरी, नगाई कसरी रहन सक्छौँ?
हामी उहाँका कार्यको प्रशंसा गर्छौँ; ती साँच्चै अद्भुत र अबोध्य छन्।
परमेश्वरका वचनहरू सबै सत्यता हुन्; ती एक पछि अर्को हासिल र पूरा हुन्छन्।
हामी ब्रह्माण्ड संसारलाई गवाही दिन्छौँ: परमेश्वरको महान् काम सम्पन्न भएको छ!