397 मैले परमेश्वरलाई गुमाउँदा
१
मैले परमेश्वरलाई गुमाउँदा,
मलाई समाउनलाई केही नभएको, पानीमा तैरिरहेको पात झैँ महसुस भयो।
परमेश्वरको उपस्थितिबिना, जीवन रित्तो बन्यो।
उहाँको हृदय पुनः प्राप्त गर्न बिन्तीका शब्दमा भर पर्नु पर्याप्त हुन्न।
देहगत सुखमा लिप्त भएको, सत्यता नपछ्याएकोमा आफैलाई घृणा गर्छु।
हे परमेश्वर, म तपाईँको तृष्णा गर्छु।
हृदयमा, म तपाईँको नाम पुकार्छु।
म जिउँदो लास झैँ शैतानको शक्तिअन्तर्गत जिउँछु।
तपाईँको मार्गदर्शन, अन्तर्दृष्टिबिना, म कसरी जिउन जारी राख्न सक्छु र?
तपाईँलाई आफ्नो प्रेमले पुनः जित्न नसकुन्जेल हृदयमा तपाईँको तृष्णा गर्नेछु।
२
मैले परमेश्वरलाई गुमाउँदा,
मलाई समाउनलाई केही नभएको, पानीमा तैरिरहेको पात झैँ महसुस भयो।
परमेश्वरको उपस्थितिबिना, जीवन रित्तो बन्यो।
महाविपत्तिहरू आइपुगिसकेको देखेर, म अत्यन्तै बेचैन महसुस गर्छु।
देहमा लिप्त र उहाँको वचनबाट टाढा भई, कसरी उहाँको सुरक्षा आस गर्न सक्छु?
हे परमेश्वर, म तपाईँको तृष्णा गर्छु।
हृदयमा, म तपाईँको नाम पुकार्छु।
अझ पतित बनिरहन सक्दिनँ, तपाईँलाई सन्तुष्ट पार्न कर्तव्य निर्वाह गर्न चाहन्छु।
मलाई क्षमा गर्नुहोस् भन्दिनँ,
केवल बाँकी जीवन तपाईँका लागि जिऊँ भन्ने आग्रह गर्छु।
तपाईँलाई आफ्नो प्रेमले पुनः जित्न नसकुन्जेल हृदयमा तपाईँको तृष्णा गर्नेछु।