८४. कर्तव्य राम्ररी निर्वाह गर्न सिद्धान्तहरूमा रहनुहोस्

छु नुओ, चीन

अगस्ट २०१९ मा मण्डलीकी एक अगुवा सिस्टर लिन छिनले राजीनामा दिइन्। मेरी अगुवाले मलाई त्यो मण्डली गएर अनुसन्धान गर्न अह्राइन्। सिस्टर लिनले साँच्‍चै व्यावहारिक काम गर्न नसकेकी भए, तिनलाई बर्खास्त गर्नुपर्छ र नयाँ चुनाव हुनुपर्छ भनेर उनले भनिन्। म त्यहाँ पुगेपछि, त्यहाँका डिकनहरूले लिन छिनको परिस्थितिबारे कुरा गर्दै तिनले आफ्नो पारिवारिक हित वा व्यक्तिगत मामिलासित सम्बन्धित कुनै पनि कुरा आइपर्नेबित्तिकै, मण्डलीको कामलाई पन्छाएर त्यो सम्हाल्ने जिम्मा साझेदार सहकर्मी सिस्टरलाई छोडिदिने गरेको बताए। यसले गर्दा, तिनकी साझेदार सहकर्मीलाई कामको ठूलो बोझ भयो र कामको फलोअप राम्ररी हुन सकेन। केही अपर्झट मामिलाहरू थिए, तर तिनलाई तुरुन्तै समाधान गरिएको थिएन। माथिल्लो तहका अगुवाहरूले सिस्टर लिनलाई धेरैपटक मदत र साथ दिएका थिए, तर तिनी सुध्रिनन् र परिस्थितिलाई सुधार्न सकिएन। भेलाहरूमा परमेश्‍वरको वचनबारे लिन छिनले गर्ने सङ्गतिमा अन्तर्दृष्टि हुँदैनथ्यो, र दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या वा कठिनाइ हुँदा सो समाधान गर्न तिनले सत्यता सङ्गति गर्न सक्दिनथिन्, केवल शब्द र धर्मसिद्धान्तका कुरा बोलेर प्रोत्साहन दिन मात्र सक्थिन्, र कुनै कुराको समाधान निकाल्न आफ्नै तरिका र सांसारिक दर्शनहरू प्रयोग गर्थिन्। उदाहरणको लागि, कुनै ब्रदर वा सिस्टर बिमारले गर्दा नराम्रो आत्मिक स्थितिमा हुँदा, तिनले केवल कुन डाक्टरलाई देखाउने र के-कस्ता स्वास्थ्यप्रद चीजहरू खाने भनेर मात्र बताउँथिन्, तर परमेश्‍वरको इच्छाको खोजी गर्न, र पाठहरू सिक्‍न मार्गदर्शन गर्दिनथिन्। साथै, केही मानिसहरूले भेलाको दौरान लगानीको कुरा गर्दा, तिनीहरूलाई खुलासा गर्नु र रोक्‍नुपर्छ भन्‍ने समझ लिन छिनमा नभएको मात्र होइन, तिनी त्यसैमा सहभागी भएर दाजुभाइ- दिदीबहिनीहरूलाई समेत त्यसमा सहभागी गराउँथिन्। केही दाजुभाइ-दिदीबहिनीहरूले तिनलाई सत्यताको पछि लाग्‍न र आफ्ना कर्तव्य पूरा गर्नमा ध्यान लगाउन सम्झाएका थिए, तर तिनले सुनिनन्। दाजुभाइ र दिदीबहिनीहरूले तिनलाई पैसाको लालची भन्छन् भन्‍ने डरले, तिनले लुकीछिपी लगानी गरिन् र ४ लाख युआन गुमाइन्, जसले गर्दा आफ्नो कर्तव्यप्रति तिनको ध्यान झन् भङ्ग भयो। लिन छिनले आफ्ना कर्तव्यलाई हेल्चेक्र्याइँ गरिरहेकी थिइन् र व्यावहारिक काम गरिरहेकी थिइनन्, त्यसैले मण्डली जीवन प्रभावकारी भएन र दाजुभाइ- दिदीबहिनीहरू नकारात्मक र कमजोर भए। तिनीहरूमध्ये कतिपय त भेलाहरूमा आउनै चाहँदैनथे, र तिनी आफै पनि दाजुभाइ- दिदीबहिनीहरूलाई भेट्न डराउँथिन्, किनकि तिनी तिनीहरूका समस्याहरू समाधान गर्नै सक्दिनथिन्।

परिस्थितिबारे डिकनहरूको रिपोर्ट सुनेपछि, मैले सोचेँ, “लिन छिन सत्यता पछ्याउने वा व्यावहारिक काम गर्ने गर्दिनन्, र तिनको दृष्टिकोण अविश्‍वासीको जस्तो छ। त्यसरी त कसरी तिनले मण्डलीको नेतृत्व गर्न सक्छिन् र? तिनले राजीनामा नदिएको भए पनि, तिनलाई झूटो अगुवाको रूपमा बर्खास्त गर्नुपर्थ्यो।” अनि, मैले सान्दर्भिक सिद्धान्तको कुरा झिकेँ, र त्यो सिद्धान्त र उनको व्यवहारको आधारमा, असल-खराब छुट्याउने समझबारे सङ्गति गरेँ। मेरो सङ्गतिपछि, सबै डिकनहरूले लिन छिनसित पवित्र आत्माको कार्यको कमी रहेको पुष्टि गरे। तर मैले लिन छिनलाई कर्तव्यबाट बर्खास्त गर्ने कुरा गर्दा, एक डिकनले भने, “लिन छिनसित असल मानवता छ, दाजुभाइ-दिदीबहिनीहरूलाई जुनसुकै कठिनाइ हुँदा पनि तिनले मदत गर्छिन्, तिनी मिलनसार छिन र आडम्बर गर्दिनन्।” एकजनाले तिनीसित राम्रो क्षमता छ, तिनी बाठी छिन्, र दाजुभाइ-दिदीबहिनीहरू नराम्रो स्थिति वा केही समस्यामा हुँदा, तिनले तिनीहरूलाई सान्त्वना दिन सक्छिन् भनेर भने। यदि तिनलाई बर्खास्त गरियो भने, मण्डलीले तिनीभन्दा योग्य अगुवा पाउन सक्‍नेछैन। अर्को डिकनले यसो पनि भने, “लिन छिन केही समयको लागि मात्र खराब स्थितिमा भएकी हुन सक्छिन्। पहिला तिनलाई सङ्गति गरेर मदत गर्ने प्रयास गरौँ।” तिनीहरूले तर्क-वितर्क गरे, र तिनलाई बर्खास्त गर्नु हुँदैन भन्‍नेमा सबैजना सहमत भए। अगुवा र सेवकहरूलाई प्रतिस्थापन गर्ने सिद्धान्तअनुसार, यदि अगुवा र सेवकहरूले पवित्र आत्माको काम प्राप्त गर्दैनन् र लामो समयसम्म व्यावहारिक काम गर्न सक्दैनन् भने, तिनीहरूलाई प्रतिस्थापित गर्नुपर्छ। तिनीहरूसित पवित्र आत्माको कामको कमी छ र तिनीहरूलाई राखिराख्यौँ भने, के हामी परमेश्‍वरसित कुरा फेरिरहेका हुँदैनौँ र? यी डिकनहरूले लिन छिन मानिसहरूको ख्याल गर्न सक्‍ने, तिनीहरूको शारीरिक हितको विचार गर्ने, र केही हदसम्म प्रेमिलो छिन् र तिनीसित केही चतुऱ्याइँ र क्षमता छ भनेर मात्र देखे, तर तिनी सत्यताको पछि लाग्‍ने व्यक्ति हुन् कि होइनन्, र तिनले व्यावहारिक काम गर्न सक्छिन् कि सक्दिनन् भन्‍ने कुरा देखेनन्। तिनको मूल्याङ्कन् गर्न तिनीहरूले मानिसहरू चयन गर्ने परमेश्‍वरको घरका मापदण्डहरू प्रयोग गरिरहेका थिएनन्। लिन छिन सत्यताको पछि नलाग्‍ने व्यक्ति थिइन् र तिनको दृष्टिकोण अविश्‍वासीहरूको जस्तो थियो। कुनै घटना घट्दा तिनले सत्यता सङ्गति गर्दिनथिइन् र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका व्यावहारिक समस्याहरू फिटिक्‍कै समाधान गर्न सकिनन्। तिनी झूटो अगुवाको रूपमा पर्दाफास भएकी थिइन्। तिनी आफ्ना कर्तव्यमा रहिरहेकी भए, तिनले मण्डलीको काममा रोकावट र बाधा मात्र ल्याउनेथिन् र दाजुभाइ- दिदीबहिनीहरूको जीवन प्रवेशमा ढिलाइ ल्याउनेथिन्। त्यसकारण तिनलाई विस्थापन गर्नेबारे मैले फेरि सङ्गति गरेँ। मेरो सङ्गतिपछि, ती डिकनहरू मौन भए, र तिनीहरू अझै पनि तिनलाई बर्खास्त गर्न सहमत छैनन् भनेर मैले देख्‍न सक्थेँ। त्यो क्षण, म अलि हिच्किचाएँ र सोचेँ, “यदि मैले आफ्नो दृष्टिकोणमै जोर दिएँ, अनि सत्यता र लिन छिनको साँचो रूप चिन्‍नेबारे सङ्गति गरिरहेँ भने, के यी डिकनहरूले मलाई असाध्यै अहङ्कारी र स्वेच्छाचारी र अरूका राय नस्विकार्ने व्यक्ति भनेर नसोच्लान्?” यदि मैले यहाँ आउनासाथ यी डिकनहरूसित मेरो सम्बन्ध बिगारेँ भने, मेरो बाँकी काम गाह्रो हुनेछ। मैले यो कुरा सोचेपछि, झूटा अगुवाहरूलाई चिन्‍ने सिद्धान्तहरूबारे ती डिकनहरूसित सङ्गति गर्न छोडेँ, र मैले ममाथिका अगुवालाई मण्डलीको परिस्थितिबारे रिपोर्ट दिएँ। मैले सोचेँ, यदि मेरो अगुवा मेरो दृष्टिकोणसित सहमत भइन् भने, मैले लिन छिनलाई बर्खास्त गर्न सक्‍नेछु, र ती डिकनहरूले मेरो बारेमा नराम्रो धारणा राख्‍नेछैनन्। त्यसपछि, लिन छिनबारे दृष्टिकोणहरू बुझ्न त्यस मण्डलीका अरू सिस्टरहरूलाई भेटेँ, तर यी सिस्टरहरूले पनि तिनलाई बुझेका रहेनछन् भन्‍ने थाहा भयो। तिनीहरू सबैले तिनीसित असल मावनता छ, तिनी तिनीहरूप्रति प्रेमिलो छिन्, तिनीहरूका कठिनाइ बुझ्छिन् र तिनी चलाख र क्षमतावान् छिन् भनेर भने। तिनीहरूको दृष्टिकोण ती डिकनहरूकै जस्तो थियो। यस्तो देखेपछि, मैले लिन छिनलाई चिन्‍न सत्यता सङ्गति गर्ने आँट गरिनँ। तिनीहरूले मलाई अहङ्कारी, आत्मधर्मी र अरूको दृष्टिकोण बेवास्ता गर्ने व्यक्ति भन्लान् र तिनीहरूको मनमा मेरो नराम्रो छाप बस्‍ला भनेर म डराएँ। त्यसैले, म चुपचाप अगुवाको प्रत्युत्तर पर्खेर मात्र बसेँ। त्यसप्रकार, लिन छिनलाई बर्खास्त गर्ने मामिलाको बोझ ममाथि पर्दैनथ्यो। यी दाजुभाइ र दिदीबहिनीहरूमा सत्यताको कमी छ र तिनीहरूले कुरा बुझ्न सक्दैनन् भनेर स्पष्टसित बुझेँ, तर मैले तिनीहरूसित सङ्गति गर्ने इच्छा गरिनँ। ती दिनहरूमा, मैले भित्री रूपमा अन्धकार महसुस गरेँ, र परमेश्‍वरको उपस्थिति महसुस गर्न सकिनँ। त्यसैले परमेश्‍वरसामु आई प्रार्थना गरेँ र आफ्नो स्थितिलाई चिन्‍न सकूँ भनी उहाँसँग अन्तर्दृष्टि र मार्गदर्शन मागेँ।

केही दिनपछि, अगुवाले मलाई भेट्नू भनेर भनिन्। अनि हामीले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढ्यौँ: “परमेश्‍वरको घरमा, तैँले निर्वाह गर्ने कर्तव्य जे भए पनि, ती प्रत्येकलाई पूरा गर्ने सिद्धान्त बुझ्‍नुपर्छ, र सत्यता अभ्यास गर्न सक्‍नुपर्छ। सिद्धान्तअनुसार चल्नु भनेको त्यही हो। यदि कुनै कुरा तँलाई स्पष्ट भएन भने, गर्नुपर्ने उचित कुरा के हो भन्‍ने तँलाई निश्‍चित रूपमा थाहा छैन भने, आम सहमतिमा पुग्‍नको लागि सङ्गति गर्‌। मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको लागि सबैभन्दा फाइदाजनक के छ भन्‍ने कुरा निर्धारित भएपछि, त्यही गर्। नियमहरूको बन्धनमा नपर्, ढिलाइ नगर्, प्रतीक्षा नगर्, हात बाँधेर रमिता हेर्ने व्यक्ति नबन्। यदि तँ सधैँ अवलोकन मात्रै गर्छस्, र कहिल्यै आफ्‍नो विचार राख्दैनस्, सधैँ अरू कसैले नगरुन्जेल पर्खेर बस्छस् अनि, कसैले निर्णय गरेको छैन भने, तँ हात बाँधेर पर्खी बसिरहन्छस् भने, परिणाम के हुनेछ? कामको हरपक्ष ठप्प हुन्छ, र कुनै कुरा पनि पूरा हुँदैन। तैँले सत्यता खोज्न सिक्नुपर्छ, वा कम्तीमा आफ्नो विवेक र समझअनुसार काम गर्न सक्नुपर्छ। जबसम्म तँलाई कुनै कुरा गर्ने उचित तरिका स्पष्ट हुन्छ, र जबसम्म अरू अधिकांशलाई त्यो तरिका व्यावहारिक लाग्छ, तबसम्म तैँले अभ्यास गर्नुपर्ने त्यसरी नै हो। कामकुराको जिम्मेवारी लिनुपर्ला वा अरूलाई चिढाइएला, वा परिणामहरू भोग्‍नुपर्ला भनी नडरा। यदि कुनै व्यक्ति कुनै पनि वास्तविक काम गर्दैन, र सधैँ षड्यन्त्र गर्छ, अनि जिम्मेवारी लिन डराउँछ, अनि आफूले गर्ने कामकुरामा सिद्धान्त पालन गर्न डराउँछ भने, यसले ऊ विशेष धूर्त र चलाक छ, अनि उसमा अत्यन्तै धेरै दुष्ट युक्तिहरू छन् भन्ने देखाउँछ। परमेश्‍वरका अनुग्रह र आशिषहरूमा रमाउने चाहना गर्नु तर कुनै वास्तविक काम नगर्नु एकदमै अनुचित कुरा हो। त्यस्ता कपटी र धूर्त मानिसहरूलाई जत्तिको परमेश्‍वरले अरू कसैलाई घृणा गर्नुहुन्‍न। तैँले जे सोचिरहेको भए पनि, यदि तैँले सत्यताअनुसार अभ्यास गरिरहेको छैनस्, तँमा कुनै बफादारी छैन, र तँ सधैँ व्यक्तिगत दूषणहरूद्वारा दूषित हुन्छस्, र तैँले सधैँ आफ्‍नै सोचाइ र विचार बोकिरहेको हुन्छस् भने, परमेश्‍वरले यी कुराहरूको सूक्ष्मजाँच गरिरहनुभएको हुन्छ, र परमेश्‍वरलाई तिनका बारेमा थाहा हुन्छ। के तँ परमेश्‍वरलाई तिनका बारेमा थाहा हुँदैन भन्ठान्छस्? यदि त्यसो हो भने, तँ अत्यन्तै मूर्ख छस्! र यदि तैँले तुरुन्तै पश्‍चात्ताप गरिनस् भने, तैँले परमेश्‍वरको काम गुमाउनेछस्। तैँले किन उहाँको काम गुमाउनेछस्? किनभने परमेश्‍वरले मानिसहरूको अन्तस्करण जाँच्‍नुहुन्छ। उहाँले तिनीहरूमा भएका सबै युक्ति र चलाकीहरूलाई स्पष्ट रूपमा देख्‍नुहुन्छ, र उहाँलाई तिनीहरूको हृदयमा उहाँविरुद्ध बार लगाइएको, र तिनीहरू उहाँसँग एउटै हृदयका नभएको कुरा थाहा हुन्छ। तिनीहरूको हृदयलाई परमेश्‍वरबाट टाढै राख्‍ने मुख्य कुराहरू के-के हुन्? तिनीहरूका सोचहरू, तिनीहरूका रुचिहरू, तिनीहरूको घमण्ड, तिनीहरूको हैसियत र तिनीहरूका तुच्छ युक्तिहरू। जब मानिसहरूको हृदयमा तिनीहरूलाई परमेश्‍वरबाट अलग गर्ने कुराहरू हुन्छन्, र तिनीहरू यी कुरामा तल्‍लीन भइरहेका हुन्छन्, सधैँ युक्ति रचिरहेका हुन्छन्, यो समस्याको कुरा हो(परमेश्‍वरको सङ्गति)। मैले परमेश्‍वरको वचनबाट के सिकेँ भने, मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दा हरेक कुरा सत्यता सिद्धान्तमा आधारित हुनुपर्छ। हामीले स्पष्टसित बुझ्न नसक्‍ने मामिलाहरूमा, हामी छलफल गरेर सहमतिमा पुग्‍न सक्छौं, र जुन कुराले मण्डलीको काममा सबैभन्दा बढी लाभ पुर्‍याउँछ त्यही गर्न सक्छौँ। हामीले स्पष्टसित बुझ्ने मामिलाहरूमा, सत्यताको अभ्यास र सिद्धान्तअनुसार काम गर्नुपर्छ। त्यसो गर्दा मात्र हामीले परमेश्‍वरको इच्छाको ख्याल गरिरेहेका हुन्छौँ। तर यदि हामीसित इमानदार हृदय छैन, हामी परमेश्‍वरसामु चाल चल्छौँ, सधैँ आफ्नै व्यक्तिगत हितलाई जोगाउने प्रयास गर्छौँ, सत्यता बुझ्छौँ तर त्यसलाई अभ्यास गर्दैनौँ र परमेश्‍वरप्रति बफादार र संवेदनशील हुँदैनौँ भने, हामीले कहिल्यै पनि पवित्र आत्माको काम र आफ्नो कर्तव्यमा परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्नेछैनौँ। मैले लिन छिन सत्यता नपछ्याउने व्यक्ति हुन्, तिनले व्यावहारिक काम गर्दै गर्दिनन्, र तिनी तुरुन्तै प्रतिस्थापित गरिनुपर्ने झूटो अगुवा हुन् भनेर पहिले नै स्पष्टसित निर्धारित गरिसकेकी थिएँ, तर डिकनहरू सहमत नभएको देख्दा, तिनीहरूले मलाई अहङ्कारी र आत्मधर्मी भन्लान् भनेर म डराएँ, त्यसैले मैले सत्यता सिद्धान्तहरू पालना गर्ने आँट गरिनँ र झूटा अगुवाहरूलाई चिन्‍ने सत्यताबारे तिनीहरूसित सङ्गति गर्नमा जोड लाउन चाहिनँ। मैले आफ्नो अगुवालाई रिपोर्ट लेख्दा, म बाहिरी रूपमा त आफ्नो कर्तव्यबारे गम्भीर थिएँ, तर वास्तवमा पाइला चाल्नचाहिँ हिच्किचाइरहेकी थिएँ, किनकि दाजुभाइ-दिदीबहिनीहरूले मलाई नकारात्मक दृष्टिकोणले हेर्लान् भन्‍ने डर थियो। मैले आफ्नो कर्तव्यमा परमेश्‍वरको इच्छाको ख्याल र मण्डलीको कामको रक्षा गरिनँ, केवल आफ्नै प्रतिष्ठा र हैसियतलाई मात्र विचार गरेँ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, मैले मण्डलीको काममा बाधा पुऱ्याउने र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा रोकावट ल्याउने झूटो अगुवालाई सहने कामसमेत गरेँ। आफू एकदमै स्वार्थी, घृणित र धूर्त रहेछु भनेर मैले बुझेँ। परमेश्‍वरले मानिसहरूको मन र मस्तिष्क जाँच्नुहुन्छ, र मेरा विचारहरूले अरू मानिसहरूलाई धोका दिन सक्लान् तर परमेश्‍वरलाई धोका दिन सक्दैनन्। त्यो बेला, मेरो आत्मा अँध्यारो थियो र मैले परमेश्‍वरको उपस्थिति महसुस गर्न सकिनँ। यो वास्तवमा परमेश्‍वरको सजाय र अनुशासन थियो!

ठीक त्यही बेला मैले, एक ख्रीष्टविरोधीले मण्डलीमा दुष्कर्म गरिरहेको पत्ता लागेको तर कसैले रिपोर्ट वा खुलासा नगरेको घटनाबारे सुनेँ। त्यो ख्रीष्टविरोधीलाई निष्कासित गरिए पनि, मण्डलीका सदस्यहरूले उसलाई ढाकछोप गरेर जोगाए। यसले परमेश्‍वरको स्वभावलाई चिढ्यायो, र त्यो मण्डलीका सबैलाई चिन्तन गर्न लगाउन अलग्याएर राखियो। त्यो कुरा सुन्दा, मेरो हृदय डरले काँप्यो। मैले थाहा हुनेबित्तिकै किन त्यो झूटो अगुवालाई निष्कासित गरिनँ भनेर आफूलाई बारम्बार सोधेँ। अनि मैले परमेश्‍वरका वचनहरू पढेँ: “सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यता सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र अवरोध पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्‍लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्‍नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा बाधा पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्‍बन्ध छैन भन्‍ने समेत तँलाई लाग्‍नेछ। मण्डलीका कार्य र परमेश्‍वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्‍लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक अविश्‍वासी, एक श्रमिक बनाउँछ। तँ परमेश्‍वरबाट आउने कुरा खान्छस्, परमेश्‍वरबाट आउने कुरा पिउँछस्, र परमेश्‍वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्‍वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्‍बन्धित छैन भन्‍ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज होस्। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको ढोँग गर्छस्, र तँ परमेश्‍वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, तँ मान्छे होइन पिशाचजस्तो छस्, र तँ स्पष्ट रूपमै अविश्‍वासी होस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनले मेरो मुटुमै घोच्यो र म भयभित भएँ। परमेश्‍वर मसित क्रोधित हुनुभएझैं लाग्यो। झूटो अगुवाले मण्डलीको काममा बाधा पुऱ्याइरहेको र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा बाधा पुऱ्याएको मैले स्पष्टसित देखेँ, तर डिकनहरू र दाजुभाइ-दिदीबहिनीहरूसितको मेरो सम्बन्धलाई जोगाउन र तिनीहरूको मन दुखाउँछु कि भन्‍ने डरले, मैले झूटो अगुवालाई खुलासा गर्ने वा हटाउने आँट गरिनँ र दाजुभाइ-दिदीबहिनीहरूलाई कुरा बुझाउन सत्यता सङ्गति गरिनँ। म थाहै नभई झूटो अगुवाको ढाल बनेकी थिएँ। म शैतानको मतियार भएकी थिएँ। मैले जे गरिरहेकी थिएँ, त्यो दुष्टता थियो। परमेश्‍वर देहधारण गरी आउनुभयो र हामीलाई सिञ्‍चन र पोषण प्रदान गर्न धेरै सत्यता व्यक्त गर्नुभयो, र मैले परमेश्‍वरबाट आएका धेरै कुराहरूको आनन्द लिइरहेकी थिएँ, तर मण्डलीमा झूटो अगुवा देखा पर्दाचाहिँ, मैले आफ्नै हितहरूको रक्षाको खातिर तिनले मण्डलीको काममा बाधा गरिरहेको सहेर बसेँ। मैले साँच्‍चै नै आफूले खाने थालमा आफै थुकिरेहेकी थिएँ। मभित्र कुनै विवेक र तर्कशक्ति थिएन, र मसित मानवताको थोरै छनकसमेत थिएन। मैले परमेश्‍वरलाई अत्यन्तै दुःखी तुल्याएकी थिएँ। त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड सम्झेँ: “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरको वचनका यी पङ्क्तिहरूबाट मैले उहाँको इच्छा बुझेँ। यस मण्डलीमा एक जना झूटो अगुवा देखा पऱ्यो, र उहाँको आशा थियो कि म परमेश्‍वरको पक्षमा खडा हुनेछु, उहाँको इच्छाको ख्याल गर्नेछु र मण्डलीका हितहरूलाई जोगाउनेछु। मैले यी झूटो अगुवालाई पत्ता लगाएकी हुनाले, मैले तिनलाई तुरुन्तै बर्खास्त गर्नुपर्थ्यो, सही व्यक्ति छनौट गर्ने सिद्धान्तको प्रयोग गर्नुपर्थ्यो, र दाजुभाइ-दिदीबहिनीहरूलाई असल मण्डली जीवन प्रदान गर्नपर्थ्यो। यदि मैले सधैँ आफ्नै हितहरूको विचार गरेर मण्डलीको काम रक्षा गर्न खडा हुन नसकेकी भए, परमेश्‍वरले अवश्य नै मलाई इन्कार र तिरस्कार गर्नुहुनेथ्यो। यो महसुस भएपछि, मैले लिन छिनलाई तुरुन्तै प्रतिस्थापन गर्ने निर्णय गरेँ। मलाई अहङ्कारी र आत्मधर्मी भन्लान् भनेर त्यसउप्रान्त चिन्ता गरिनँ। त्यसो गर्नु भनेको सिद्धान्त पालना गर्नु हो, सत्यता अभ्यास गर्नु र मण्डलीको कामलाई जोगाउनु हो भनेर मलाई स्पष्टसित थाहा थियो, त्यसकारण त्यो अहङ्कारी र अभिमानी हुनु थिएन। परमेश्‍वरका वचनहरूको सत्यताको आधारबिना काम गर्नेहरू, जे मन लाग्यो त्यही गर्ने र आफ्नै धारणा र विचारहरूमा ढिपी कस्‍नेहरू मात्र अहङ्कारी, आत्मधर्मी र सत्यताविरुद्ध जाने व्यक्तिहरू हुन्।

त्यसैले त्यसपछि, मैले अगुवा र सेवकहरूले कसरी व्यावहारिक काम गर्नुपर्छ, झटो अगुवालाई बर्खास्त नगर्दाको परिणाम के हुन्छ, असल मानवता भनेको के हो, राम्रो क्षमता भनेको के हो र प्रेमिलो हृदय भनेको के हो भनेर परमेश्‍वरको वचन प्रयोग गर्दै सङ्गति गरेँ। मेरो सङ्गतिमार्फत, दाजुभाइ-दिदीबहिनीहरूले लिन छिनलाई चिन्‍ने समझशक्ति विकास गरे। परमेश्‍वरको घरमा स्थानन्तरण र बर्खास्तीका सिद्धान्तहरू छन् भनेर पनि तिनीहरूले बुझे। यो भनेको व्यक्तिको सतही प्रेम, प्रतिभा वा क्षमतालाई हेर्ने कुरा होइन, बरु ऊ सत्यताको पछि लाग्‍न सक्छ कि सक्दैन, सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन, र व्यावहारिक काम गर्न सक्छ कि सक्दैन भनेर हेर्ने कुरा हो। अनि सबैले लिन छिन झूटो अगुवा हुन् र तिनलाई बर्खास्त गर्नुपर्छ भनेर स्पष्टसित थाहा पाए। तिनलाई बर्खास्त गरिएपछि, मैले चुनावका सिद्धान्तहरूबारे दाजुभाइ- दिदीबहिनीहरूसित सङ्गति गरेँ र हामीले नयाँ मण्डली अगुवा चयन गऱ्यौँ।

चुनावको काम समाप्त भएपछि, दाजुभाइ-दिदीबहिनीहरूले ब्रदर जिया लिऊका केही व्यवहारबारे कसरी रिपोर्ट गरे भनेर मैले सोचेँ। तिनीहरूले भनेअनुसार तिनी कहिल्यै सत्यताको पछि लाग्दैनथे, वर्षौंदेखि आफ्नो दृष्टिकोण परिवर्तन नगरी परमेश्‍वरमा विश्‍वास गरेका थिए, तिनी सांसारिक वस्तुको लालच गर्दै पैसाको पछि लाग्थे, र तिनी धनी बन्‍ने र असाधारण जीवन जिउनेबारे मात्र चिन्ता गर्थे। तिनलाई हरेकपटक कर्तव्य दिइँदा, तिनी पैसा कमाउने काममा व्यस्त हुन्थे, र आफ्नो कर्तव्य निर्वाह गर्न इच्छा गर्दैनथे। तिनले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई लगानी गर्न उक्साए, र त्यसको परिणामस्वरूप तिनीहरू सबैले पैसा गुमाए। तिनको व्यवहारले मण्डली जीवनमा पहिल्यै बाधा र व्यवधान खडा गरिसकेको थियो। मैले तिनलाई सङ्गति गरी चेतावनी दिने सोचे बनाएँ। तर भेलाको दिन, तिनी जानाजानी साँझ नहुन्जेलसम्म घर अएनन्, र त्यो बेलासम्म भेला सकिसकेको थियो। मैले तिनलाई हालसालै भएका घटनाहरूको बारेमा के सोच्नुभयो, र आत्मसमीक्षा गरी आफूलाई बुझ्ने प्रयास गर्नुभएयो कि भएन भनेर सोधेँ। तिनीसित आफ्नो कार्यप्रतिको कुनै बुझाइ र पछुतो थिएन, र तिनीसित धेरै गलत बुझाइ र गुनासाहरू थिए। परमेश्‍वरमा यत्तिका वर्ष विश्‍वास गरेर पनि केही प्राप्त भएन भनेर तिनले भने। तिनको छोराले तिनको कुरा सुनेन र तिनकी श्रीमतीले तिनलाई गलत बुझिन्। … तिनले भनेका सबै कुरा अविश्‍वासीको दृष्टिकोणबाट बोलिएका थिए। मैले तिनलाई सङ्गति गर्दै चिन्तन गर्न र आफूलाई चिन्‍न मार्गदर्शन गरेँ, तर तिनले अत्यन्तै धेरै प्रतिरोध गरे। तिनले यसो पनि भने, “सत्यता अभ्यास गरेर के फाइदा?” दाजुभाइ-दिदीबहिनीहरूले पहिले तिनलाई सम्झाएका र सहयोग गरेका थिए, र तिनको प्रतिक्रिया त्यस्तै रहेको थियो। जिया लिऊले सत्यता कहिल्यै पछ्याएका थिएनन् र तिनीसित अविश्‍वासीका थुप्रै प्रकटीकरणहरू थिए। सिद्धान्तअनुसार, सत्यता नस्विकार्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने र मण्डली जीवनमा व्यवधान खडा गर्ने व्यक्तिहरूलाई आत्मचिन्तन गर्न सकून् भनेर अरूबाट अलग राख्‍नुपर्छ। तिनीहरूलाई मण्डली जीवन बिथोल्न दिनु हुँदैन। अनि, यदि तिनीहरूले पश्‍चात्ताप गरेनन् भने, तिनीहरूलाई मण्डलीबाटै बाहिर निकालेर फाल्नुपर्छ। अलि सानो कद भएका दाजुभाइ-दिदीबहिनीहरूलाई धोका र बाधा दिनबाट रोक्‍नको लागि जिया लिऊलाई अलग राखेर चिन्तन गर्ने समय दिइनुपर्थ्यो। तसर्थ, मैले मण्डली अगुवा र डिकनहरूसित सङ्गति गरेँ र समझ प्रदान गरेँ। जिया लिऊलाई अलग राख्‍नुपर्छ र चिन्तन गर्ने समय दिइनुपर्छ भनेर सबै जना सहमत भए। तर केही दिनपछि, एक जना सिस्टरले मलाई जिया लिऊ पश्‍चात्ताप र परिवर्तन हुन, र सत्यता अभ्यास गर्न चाहन्छन् तर भ्रष्ट स्वभावद्वारा नियन्त्रित भएकाले सत्यता अभ्यास गर्न सक्दैनन् भनी पत्र पठाइन्। ती सिस्टरले तिनलाई अलग राख्‍नु उचित हो कि होइन भनेर थाहा नभएको कुरा गरेकी थिइन्। त्यो पत्र पढेर म अनकनाएँ। यदि जिया लिऊ पश्‍चात्ताप गर्न र परिवर्तन हुन चाहन्छन् भने, मैले तिनलाई अलग राख्‍ने प्रबन्ध गरेँ भने तिनी झनै नकारात्मक पो हुने हुन् कि? त्यो मेरो सुझाव थियो भनेर जिया लिऊ र दाजुभाइ-दिदीबहिनीहरूले थाहा पाए भने, मैले मानिसहरूलाई पश्‍चात्ताप गर्ने मौका दिइरहेकी छैन भनेर तिनीहरूले सोच्दैनन् र? म भर्खरै यस मण्डलीमा आएकी थिएँ तर मैले झूटा अगुवाहरूलाई बर्खास्त गरिरहेकी र अविश्‍वासीहरूलाई सम्हालिरहेकी थिएँ। के दाजुभाइ र दिदीबहिनीहरूले मलाई नयाँ पद सुरु गर्नेबित्तिकै कठोर कदम चालेको र एकदमै निर्दयी बनको भन्‍नेछैनन् र? जिया लिऊ बोल्नमा पोख्त थिए—मैले तिनलाई खुलासा गर्दा, यदि तिनी सहमत भएनन्, र मेरो विरोध गरे वा मसित रिसाए भने, मैले के गर्ने? यी कुराहरूबारे सोच्दा, मैले फेरि आफूलाई अप्ठ्यारो स्थितिमा पाएँ र मलाई के गर्ने भन्‍ने नै थाहा भएन, तसर्थ परमेश्‍वरसामु आई प्रार्थना गरेँ र मैले सत्यता सिद्धान्तअनुसार काम गर्न सकूँ भनी उहाँको इच्छा बुझ्न मार्गदर्शन मागेँ।

त्यसपछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “मण्डली निर्माणाधीन अवस्थामा छ, र यसलाई ध्वस्त गर्नको लागि शैतानले सक्दो प्रयास गरिरहेको छ। यसले मेरो निर्माणलाई सम्भावित कुनै पनि माध्यमद्वारा नष्ट गर्न चाहन्छ; यस कारणले गर्दा, मण्डलीलाई तुरुन्तै शुद्ध पारिनुपर्छ। दुष्टताको अलिकति फोहोर पनि बाँकी रहनु हुँदैन; मण्डलीलाई यसरी शुद्ध पारिनुपर्छ कि यो खोटरहित बन्‍न सकोस् र विगतमा जस्तै शुद्ध रहिरहोस्। तिमीहरू सँधै जागा र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्‍न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई पहिचान गर्नुपर्छ, आत्माहरूलाई चिन्‍नुपर्छ, मानिसहरूलाई जान्नुपर्छ, र हरेक प्रकारका मानिसहरू, घटनाहरू, र थोकहरूलाई छुट्याउन सक्‍नुपर्छ; तिमीहरूले मेरो वचनलाई अझै बढी खानु र पिउनु पनि पर्छ र, अझै महत्त्वपूर्ण कुरा के छ भने, तिमीहरूले ती आफै खान र पिउन सक्‍नुपर्छ। आफैलाई सारा सत्यताले सुसज्जित गर, र मेरो सामने आओ, ताकि म तिमीहरूका आत्मिक आँखा खोल्‍न सकूँ र तिमीहरूलाई आत्माभित्र भएका सबै रहस्यहरूलाई देख्‍न सक्‍ने तुल्याउन सकूँ…। जब मण्डली यसको निर्माणको चरणमा प्रवेश गर्छ, सन्तहरू युद्धमा अघि बढ्छन्। शैतानका विभिन्‍न घृणित विशेषताहरूलाई तिमीहरूका अघि राखिएका छन्: तिमीहरू रोकिएर पछि फर्कन्छौ कि खडा भएर मप्रति भरोसा गर्दै निरन्तर अघि बढ्छौ? शैतानको भ्रष्ट र कुरूप विशेषताहरूलाई पूर्ण रूपमा खुलासा गर, कुनै पनि भावना बाँकी नराख, र कुनै दया नदेखाओ! मृत्युसम्‍मै शैतानसँग लडाइँ गर! म तेरो मद्दत हुँ, र तँसँग पुरुषार्थको आत्मा हुनैपर्छ! शैतानले त्यसको अन्तिम मृत्यु वेदनामा आक्रमण गर्दैछ, तर यो अझै पनि मेरो न्यायबाट उम्कन सक्नेछैन। शैतान मेरो खुट्टामुनि छ र तिमीहरूका आफ्नै खुट्टाले पनि यसलाई कुल्चँदै छ—यही नै तथ्य हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १७)। मैले परमेश्‍वरको वचनबाट के सिकेँ भने, परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन काम गर्नुहुँदा, शैतानले पनि परमेश्‍वरको काममा बाधा र अवरोध पुऱ्याउन सक्दो कोसिस गर्छ। परमेश्‍वरले झूटा अगुवाहरू, ख्रीष्टविरोधीहरू, दुष्कर्मीहरू र अविश्‍वासीहरूलाई मण्डलीमा देखा पर्न अनुमति दिनुहुन्छ ताकि हामीले असल-खराब छुट्याउने समझ विकास गर्न र सत्यता सिद्धान्तअनुसार आफू वरपरका मानिसहरू, मामिला र चीजबीजहरू चिन्‍न, कुन कुरा परमेश्‍वरबाट र कुन कुरा शैतानबाट आएका हुन् भनेर बुझ्न, सत्यताको पक्षमा खडा हुन, र शैतानका सबै नकारात्मक कुराहरूलाई चिनेर नकार्न सकौँ। र शैतानलाई अबउप्रान्त पटक्‍कै दया नदेखाउन सकौँ। जिया लिऊले सत्यताको खोजी कहिल्यै गरेनन्, तिनले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका थिए तैपनि अविश्‍वासीको जस्तो दृष्टिकोण राख्थे, र दाजुभाइ र दिदीबहिनीहरूले तिनीसित सङ्गति गर्दा, तिनीहरूको कुरा खण्डन गर्नलाई तिनीसित सधैँ भ्रमहरू तयारी अवस्थामै हुन्थे। तिनले कुनै पनि सत्यता स्वीकार गर्दैनथे। अझ महत्त्वपूर्ण कुरा त, भेलाहरूको अवधिमा तिनी सधैँ सत्यतासित सम्बन्धित नभएका कुराहरू गर्थे, दाजुभाइ-दिदीबहिनीहरूलाई पैसा कमाउन र आफूलाई धनी बनाउन उक्साउँथे, र यसरी मण्डली जीवन बिथोल्थे, र कहिल्यै सकारात्मक भूमिका खेल्दैनथे। यदि यस प्रकारको व्यक्तिलाई तुरुन्तै नसम्हालेको भए, दाजुभाइ-दिदीबहिनीहरूले नियमित मण्डली जीवन पाउँदैनथे, र अलि सानो कद भएकाहरू छलमा पर्न सक्थे। परमेश्‍वरको घरले अविश्‍वासीहरूलाई सम्हालिनुपर्छ भन्‍ने मापदण्ड तोकेको छ, किनभने गैरविश्‍वासीहरू र सत्यतालाई इमानदारीपूर्वक विश्‍वास र प्रेम गर्ने व्यक्तिहरू एकदमै फरक प्रकारका मानिसहरू हुन्। गैरविश्‍वासीहरूलाई अलग राख्‍नु भनेको तिनीहरूको दुष्कर्मलाई सीमित गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूको मण्डली जीवनमा तिनीहरूले बाधा पुऱ्याउन नसक्‍ने कुरा सुनिश्‍चित गर्नु, र यसरी परमेश्‍वरका चुनिएका जनहरूलाई अझ राम्रोसित सत्यताको पछि लाग्‍ने र मुक्ति पाउने मौका दिनु हो। मैले गैरविश्‍वासीहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्थ्यो। यदि म पछि हट्थेँ, र यदि मैले आफ्नो हित जोगाउन र अरूलाई नचिढ्याउनका लागि तिनीहरूलाई तुरुन्तै सम्हाल्दिनथेँ भने, के मैले शैतानलाई ढाकछोप गरिरहेकी र मण्डली जीवनमा बाधा पुऱ्याउने अविश्‍वासीहरूलाई सहिरहेकी हुनेथिनँ र? मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ र मैले सत्यता अभ्यास गर्न वा सिद्धान्तहरू कायम गर्न नसक्‍नुको मूल कारण थाहा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र इच्‍छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्‍ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। यो मेरो जिम्‍मेवारी होइन।’ त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्‍न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो। यस्ता भ्रष्ट स्वभावहरूले तेरो सोच्ने शैलीलाई सञ्‍चालित गर्छन्, तेरो हातखुट्टा बाँध्छन्, र तेरो बोलीवचन नियन्त्रित गर्छन्। तेरो मनमा जुरुक्क उठेर बोल्ने चाहना हुन्छ, तर तँमा यी कुराहरूको बारेमा सन्देह हुन्छ र तैँले बोलिहाले पनि, घुमाउरो पाराले कुरा गर्छस्, र पछि चलखेल गर्ने ठाउँ छोड्छस्, वा कुटिल रूपमा बोल्छस् तर सत्य बोल्दैनस्…। तैँले भन्‍ने र गर्ने कुरामा तेरो कुनै नियन्त्रण हुँदैन। तैँले चाहे पनि, तैँले सत्यता बताउन वा तैँले वास्तवमा के सोचेको छस् त्यो कुरा भन्‍न सक्दैनस्; तैँले चाहे पनि, तैँले सत्यताको अभ्यास गर्न सक्दैनस्; तैँले चाहे पनि, तैँले आफ्‍ना जिम्‍मेवारीहरूलाई पूरा गर्न सक्दैनस्। तैँले भन्‍ने, गर्ने, र अभ्यास गर्ने सबै कुरा झूट हुन्छ, र तँ बस झाराटारुवा मात्र हुन्छस्। तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको बन्धन र नियन्त्रणमा हुन्‍छस्। तैँले सत्यता स्विकार्नु र अभ्यास गर्न चाहन्छस् होला, तर त्यो तेरो हातको कुरा होइन। तँलाई तेरो शैतानी स्वभावले नियन्त्रण गरेपछि, त्यो शैतानी स्वभावले तँलाई जे भन्छ तँ त्यही गर्छस् र त्यही भन्छस्। तँ भ्रष्ट देहको कठपुतलीबाहेक केही पनि होइनस्, तँ शैतानको औजार बनेको छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरले जे खुलासा गर्नुभयो, त्यो ठ्याक्‍कै मेरो आफ्नै स्थिति थियो। मैले हरेकपटक सत्यता अभ्यास गर्नु र मण्डलीको काम रक्षा गर्नु जरुरी हुँदा, म आफ्नै प्रतिष्ठा र हैसियतको लागि मात्र चिन्तित भएँ। म असाध्यै स्वार्थी र धूर्त थिएँ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्” जस्ता शैतानी दर्शनहरूले मेरो मनमा गहिरो जरा गाडिसकेका थिए। म यी शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ, त्यसैले मैले सत्यता सिद्धान्तहरू कायम गर्ने आँट गरिनँ। लिन छिनलाई बर्खास्त गर्ने मामिलामा, दाजुभाइ-दिदीबहिनीहरूले मलाई अहङ्कारी र आत्मधर्मी भन्लान्, र तिनीहरूमा मेरो राम्रो छाप नपर्ला भनेर म डराएकी थिएँ, त्यसकारण मैले सिद्धान्तहरू कायम गर्ने साहस गरिनँ। जिया लिऊको समस्या सम्हाल्ने क्रममा, सिद्धान्तअनुसार तिनलाई अलग पारेर राखिनुर्छ भनेर मलाई स्पष्टै थाहा थियो, तर मैले उनलाई पश्‍चात्ताप गर्ने मौका दिइरहेकी छैन र उनको कमजोरीप्रति संवेदनशील बनेकी छुइनँ भनेर दाजुभाइ र दिदीबहिनीहरूले भन्लान् भनेर म डराएँ। मैले सत्यता सिद्धान्तहरू कायम गर्नुको सट्टा, मण्डली जीवनमा हानि पुग्‍न दिन रोजेकी थिएँ। मेरो लागि महत्वपूर्ण कुरा भनेको कसरी आफ्नो छवि र हैसियत जोगाउने भन्‍ने थियो, र मैले मण्डलीको काम वा यसको हितमा कति क्षति पुगेको छ भन्‍ने कुरालाई वास्तै गरिनँ। कसरी मैले आफूलाई इमानदार विश्‍वासी भन्‍न सक्थेँ र? त्यसपछि मात्र मलाई शैतानी दर्शनहरूले गहिरोसित विषाक्त पारेका रहेछन्, र म स्वार्थी र छली रहेछु भन्‍ने महसुस भयो। परमेश्‍वरले न्यायको बोध भएका र सत्यता सिद्धान्तहरू कायम गर्न सक्‍ने, सबै सकारात्मक कुराहरूको पालन र सुरक्षा गर्न सक्‍ने, र सबै नकारात्मक कुराहरूलाई खडा भएर खुलासा र इन्कार गर्न साहस गर्ने मानिसहरू मन पराउनुहुन्छ। मैले न्यायको बोध भएको व्यक्ति बन्‍नुपर्थ्यो, र सत्यता सिद्धान्तहरू कायम गर्नुपर्थ्यो, चाहे अरूले मेरो बारेमा जेसुकै नै किन नसोचोस्। त्यसपछि, सङ्गतिमार्फत दाजुभाइ-दिदीबहिनीहरूले जिया लिऊको अविश्‍वासी व्यवहार असल-खराब के हो भनी छुट्याउन सिके, र तिनीहरूमध्ये ८० प्रतशितले तिनलाई अलग राख्‍नुपर्छ ताकि तिनले आत्मचिन्तन गर्न सकून् भनेर सहमति जनाए। त्यसपछि, म जिया लिऊसित सङ्गति गर्न गएँ र तिनका समस्याहरूलाई खुलासा गर्न मैले तिनले निरन्तर देखाएको व्यवहारलाई प्रयोग गरेँ। तर, मेरो कुरा टुङ्गिनसमेत नपाउँदै, तिनी ढिपी नछोड्ने र बेखुसी बनिसकेका थिए, र तिनले दाजुभाइ र दिदीबहिनीहरू आफैले स्वेच्छाले लगानी गरेका हुन् र यससित आफ्नो कुनै सरोकार नभएको कुरा गरे। … तिनको व्यवहारले तिनले कुनै पनि सत्यता स्वीकार गर्दैनन् र तिनी अविश्‍वासी हुन् भन्‍ने कुरा प्रमाणित गर्‍यो। अलग बसाइको क्रममा तिनले अझै पनि आत्मचिन्तन वा पश्‍चात्ताप नदेखाएको अवस्था आएको खण्डमा, तिनी मण्डलीबाट निकालिनेवाला थिए। सत्यता सिद्धान्तअनुसार अभ्यास गरेपछि, मैले मनमा बयानै गर्न नसकिने सुरक्षा, शान्ति र आनन्द महसुस गरेँ।

त्यस अनुभवपछि, मैले आफ्ना भ्रष्ट स्वभावहरूलाई बुझ्न थालेँ, र म आफ्ना हितहरूलाई त्याग्‍न र सत्यता अभ्यास गर्न र अलिअलि मानव स्वरूपअनुसार जिउन सक्‍ने भएँ। यो सबै परमेश्‍वरको मुक्ति थियो। परमेश्‍वरको घर यो संसारभन्दा बेग्लै छ भनेर पनि मैले बुझेँ। परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ। हामीले सत्यता अभ्यास गर्दा र सिद्धान्तअनुरूप काम गर्दा, परमेश्‍वरको आशिष् र मार्गदर्शन प्राप्त गर्छौं।

अघिल्लो:  ८३. स्वेच्‍छाचारी रूपमा काम गर्दाका दुष्परिणामहरू

अर्को:  ८५. ती सब कष्ट-भोग केका लागि?

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger