४३. म परमेश्‍वरमा विश्‍वास गर्छु: मानिसहरूको आराधना किन गर्नु?

लोराइन, दक्षिण कोरिया

पहिलो पटक मलाई मण्डलीमा सुसमाचार कामको प्रभारी बनाइँदा, मैले राम्रो नतिजाहरू ल्याइरहेकी थिइनँ, र यसले मलाई धेरै चिन्तित बनाएको थियो। त्यही समयतिर, एनीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको थियो। मैले सुनेँ, उनी २० वर्षभन्दा बढी समयदेखि विश्‍वासी छिन्, काम गर्न र आफूलाई समर्पित गर्न सबै त्यागेकी छिन्, धेरै ठाउँमा प्रचार गरेकी छिन्, कहिल्यै हार नमानी ठुला खतरा र विपत्ति भोगेकी छिन्। यसले गर्दा, मैले उनलाई आदरसाथ हेरेँ, र अगुवाले सुसमाचार कामका लागि एनीलाई मेरो सहकर्मी बनाउने प्रबन्ध गर्दा, म रोमाञ्चित भएँ। हामीसँगको पहिलो भेलामा एनीले सुसमाचार सुनाउँदाको समयमा विघ्नकारी धार्मिक नेताहरूसँग सामना गरेको, र उनीहरूसँग सङ्गति र बहस गरेर बोल्नै नसक्ने बनाइदिएको बताइन्। उनले सुसमाचार स्विकार्ने सम्भावना भएका तर बलियो धार्मिक धारणा र व्यापक बाइबलीय ज्ञान भएकाहरूसँग कसरी सत्यताबारे सङ्गति गरिन् र अन्ततः उनीहरूको अन्योलता हल गरिन् भनेर सुनाइन्। उनले सुसमाचार फैलाउँदा सामना गरेका धेरै कठिनाइबारे र विभिन्न ठाउँमा सुसमाचार फैलाउँदा उनले र अन्य ब्रदर-सिस्टरहरूले कसरी मूल्य चुकाउनुपर्‍यो भनेर चर्चा गरिन्। उनले माथिल्ला अगुवाहरूबाट पाएको कदर र जगेर्ना, अनि महत्त्वपूर्ण कर्तव्यहरूबारे पनि बताइन्। म सबभन्दा प्रभावित भएको कुरा चाहिँ, उनले मानवजातिप्रति परमेश्‍वरको प्रेमबारे सङ्गति गर्दा उनका आँखाभरि आँसु थिए। उनले भनिन्, हामीले परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्नुपर्छ, जति कष्ट सामना गरे पनि, उहाँको आखिरी दिनहरूको सुसमाचार फैलाउनुपर्छ। त्यो समयमा, मलाई एनी परमेश्‍वरप्रतिको प्रेमले भरिएकी छिन् भन्‍ने लाग्यो, र तत्काल उनीप्रति ममा सम्मानको भाव आयो। मैले सोचेँ, “एनीले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेकी छिन्, र हामीभन्दा उनको कद ठुलो छ। मैले उनीबाट सिक्नुपर्छ।” पछि, हामीले सँगै कर्तव्य निर्वाह गरिरहेको बेला, एनीले कठिनाइहरू साँच्चिकै सहन गर्न, अबेरसम्म जागेर कामको अनुगमन गरी समस्या हल गर्न सक्षम रहेको देखेँ। उनले मेरो काममा रहेको विचलन र भूल पनि देखाइदिन्छिन्, र मसँग अभ्यासको मार्गबारे सङ्गति गर्थिन्। सुसमाचार स्विकार्ने सम्भावना भएकालाई सुसमाचार सुनाउँदा उनी उदाहरण दिँदै, रूपक प्रयोग गर्दै सुझबुझका साथ बोल्थिन्, र उनीहरूको अन्योलता हल गर्न सक्थिन्। भेलाहरूको समयमा उनले कर्तव्य पूरा गर्न उनी कसरी असफल भइन् भन्‍ने कुरा बताउँदा आफू परमेश्‍वरको अत्यन्त ऋणी रहेको भन्दै प्रायः रुन थालिहाल्थिन्। कहिलेकाहीँ मलजलकर्ताहरू हल गर्नुपर्ने समस्या लिएर उनीकहाँ आउँथे, र उनले तुरुन्त उनीहरूलाई मद्दत गर्ने समय निकाल्थिन्। उनले मलाई शारीरिक रूपमा अस्वस्थ देखेमा निकै ख्याल पनि गर्थिन्। यो सबै कुराले मलाई उनी झन् मन पर्न थालिन्। पछि, उनी मण्डली अगुवा चुनिँदा, उनी सत्यता बुझ्छिन् र उनीसँग वास्तविकता छ भन्‍नेमा म झनै निश्चित भएँ। मैले उनलाई अझ आदर गर्न र उच्च सम्मान दिन थालेँ। म उनलाई निकै व्यस्त देख्थेँ, ब्रदर-सिस्टरहरूको समस्या हल गर्न यताउता दौडिरहन्थिन्, र यसले मण्डलीमा उनको निकै महत्त्वपूर्ण भूमिका छ, र उनीविना हामीले केही नै गर्न सक्दैनौँ भन्‍ने महसुस गरायो। जब म समस्या वा कठिनाइमा पर्थेँ, सङ्गतिका लागि म उनलाई खोज्थेँ। उनका विचार र धारणा उत्सुकतापूर्वक टिप्थेँ, र उनका सुझावहरू कार्यान्वयन गर्थेँ। मैले त उनका केही व्यवहार पनि अनुकरण गरेकी थिएँ। जस्तै, उनले राति अबेरसम्म काम गरेको देखेपछि, मैले यसलाई कर्तव्य पूरा गर्दा बफादार हुनु र कठिनाइ सहनुको सङ्केत मानेँ, र म पनि अबेरसम्म बस्थेँ। गर्नुपर्ने जरुरी काम नहुँदा र छिटै सुत्दा हुने अवस्थामा पनि एनी सुत्न गएकी छैनन् भन्‍ने देखेमा म पनि जागा नै रहन चाहन्थेँ। उनलाई बलियो खडा रहेकी, काटछाँटपछि पनि कर्तव्यमा व्यस्त रहिरहेकी देख्दा, मैले यसलाई उनमा कद र वास्तविकता रहेको मानेँ। त्यसैले, म काटछाँटमा परेपछि, म निकै निराश भए पनि र चिन्तन गर्न केही समय लिन चाहे पनि, एनीको व्यवहारबारे सोच्ने बित्तिकै म चिन्तन गर्ने र आफूबारे ज्ञान प्राप्त गर्ने कुरामा केन्द्रित नभई कर्तव्यमा दौडिहाल्थेँ। म व्यक्तिलाई सम्मान र आराधना गर्ने स्थितिमा जिइरहेकी छु भन्‍नेबारे पूरै अनजान थिएँ। म यसरी नै रहेकी थिएँ, अनि एउटा घटना घट्यो, जसले बिस्तारै मलाई एनीलाई खुट्याउने क्षमता दियो।

एनीले मण्डली अगुवाको नाताले हरेक कुरामा व्यावहारिक दृष्टिकोण अपनाउँथिन्, र कष्ट सहन र मूल्य चुकाउन साँच्चिकै सक्षम थिइन्, तर पनि एकपछि अर्को समस्या आइरहेका थिए, र मण्डलीको कामको प्रभावकारिता बिस्तारै घट्न थाल्यो। एक दिन, मलजल डिकन, सिस्टर लैलाले आफूले एनीको काममा केही विचलन फेला पारेको भनी मलाई सुनाइन्। उनले एनी सबै कुराको जिम्मेवारी आफै लिइरहेकी र ब्रदर-सिस्टरहरूलाई अभ्यासको मौका नदिइरहेकी, र अरूको जगेर्नामा केन्द्रित नभएकी बताइन्। लैलाले भनिन्, डिकन र टोली अगुवाहरू सबैको काम एनीले नै गरिरहेकी छिन्, यसको अर्थ अरू कसैले अभ्यास गर्न पाएका थिएनन्, र बिस्तारै सबैले बेकार महसुस गर्न थालेका थिए, तर एनीको आदर गर्थे। यो व्यक्तिले कर्तव्य पूरा गर्ने अनुकूल वातावरण होइन। लैलाले भनिन्, उनी एनीलाई केही सल्लाह दिन, अरूलाई अभ्यास गर्ने धेरै मौका दिनु भन्न चाहन्छिन्, ताकि तिनीहरूले आफ्ना कमीकमजोरीबारे सिकेर छिटो प्रगति गर्न सकुन्। यसरी सबै आफ्नो प्रतिभाको उपयोग गर्न सक्षम हुने थिए, र कर्तव्यमा झन्-झन् प्रभावकारी हुँदै जाने थिए। मैले लैलाको विचारलाई समर्थन गरेँ, र उनीसँगै एनीसँग कुरा गर्न गएँ। अचम्म, एनी हाम्रो सल्लाहले निकै बेखुस भइन्, र निधार खुम्च्याउँदै हामीसँग असहमत भइन्। उनले भनिन्, ब्रदर-सिस्टरहरूमा धेरै कमी छन्, उनीहरूलाई सिकाउनु धेरै गाह्रो हुनेछ र यसले कामकुरामा ढिलाइ गराउनेछ। उनले भनिन्, आफैले काम गर्नु नै धेरै प्रभावकारी र कुशल हुन्छ। उनले यति मज्जाले यो कुरा भनेको सुनेर, म अलिक अन्योलमा परेँ। तर पछि यसबारे सोच्दा, एनीले त्यसरी काम गर्नु उचित होइन भन्‍ने मलाई लाग्यो। अरूले प्रशिक्षण नै पाउने थिएनन्, र सबै कुरा उनीमाथि नै छोड्दा काम राम्ररी पूरा हुने पनि थिएन। तर, फेरि सोचेँ, हामीले सत्यता बुझेका छैनौँ, त्यसैले समस्या हल गर्न उनीसँग मिलेर काम गर्ने कोसिस गरेमा हामी बेकार हुनेछौँ र काममा अवरोध मात्र गर्नेछौँ। एनीले सत्यता राम्रोसँग बुझेकीले हामीले उनलाई नै कामकुरा सम्हाल्न दिनुपर्छ भन्‍ने मलाई लाग्यो। परिणामस्वरूप, एनी हरेक दिन निकै व्यस्त भए पनि धेरै समस्या अझै पनि बाँकी रहे। ब्रदर-सिस्टरहरू कर्तव्यमा धेरै निष्क्रिय थिए र समस्याहरूको समाधानका लागि उनलाई नै पर्खन्थे। धेरै मानिसहरू दमित र दिक्दार स्थितिमा जिइरहेका थिए। पछि, एक जना उच्च अगुवाले हाम्रो मण्डलीमा धेरै समस्या रहेको थाहा पाइन्। त्यसैले, उनले ब्रदर-सिस्टरहरूबाट एनीको मूल्याङ्कन सङ्कलन गरिन, र यसबाट एनी अहङ्कारी, अभिमानी, नियन्त्रणकारी र सुझाव खारेज गर्ने खालकी रहेकी, र सधैँ आफूलाई उचाल्ने, प्रदर्शन गर्ने र सबैलाई आफूसामु ल्याउने गरेकी उनले जानिन्। यो थाहा पाएपछि, अगुवाले उनलाई तुरुन्त बर्खास्त गरिन्। उनले हामीमा खुट्याउने क्षमता नरहेको, एनीलाई अन्धाधुन्ध आदर र आराधना गरेको पनि भनिन्। उनले हाम्रो कर्तव्यमा हामीले कसरी सत्यता सिद्धान्त खोजी गर्नुपर्छ, अरू मानिसलाई आदर गर्नु वा तिनको पालन गर्नु हुँदैन भन्‍नेबारे सङ्गति गरिन्। यो सुनेर, मैले आफू पनि व्यक्तिको आराधना गर्ने दीर्घ स्थितिमा जिरहेकी रहेछु, र परमेश्‍वरसँग मेरो सम्बन्ध लामो समयदेखि सामान्य थिएन रहेछ भन्‍ने बुझेँ। मैले, “परमेश्‍वरले चुन्नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नै पर्ने दश प्रशासनिक आदेश” ले भनेका कुरा सम्झेँ: “परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँमा समर्पण र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्‍नु हुँदैन। यो परमेश्‍वरको निम्ति असहनीय हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)। मलाई अलिक डर लाग्यो। मैले एनीलाई भेटेयता उनलाई कसरी आदर गरेकी थिएँ, र कसरी कर्तव्यमा सत्यता सिद्धान्त खोज्नमा केन्द्रित नभएर केवल उनमा भर परेकी थिएँ भन्‍नेबारे सोचेँ। मलाई समस्या पर्दा म उनलाई नै खोज्थेँ र उनले जे भन्थिन्, त्यही गर्थेँ। मैले उनलाई साँच्चिकै आदर गरेकी थिएँ र हृदयमा परमेश्‍वरका लागि ठाउँ राखेकी थिइनँ। मलाई उनीविना मण्डलीमा हाम्रो काम पूरा हुन सक्दैन भन्‍ने लागेको थियो, मानौँ, हामी परमेश्‍वरको मार्गदर्शन वा सत्यता सिद्धान्तविना पनि ठिकठाक रहन सक्ने थियौँ। के म विश्‍वासी त थिएँ? के मैले केवल अर्को व्यक्तिलाई आराधना गर्ने र पछ्याउने गरिरहेकी थिइनँ? यस्तो व्यवहार परमेश्‍वरका लागि साँच्चिकै घृणित छ! अभ्यास गरेपछि पनि कुनै प्रगति नदेखिनु कुनै आश्चर्यको कुरा थिएन। र यति लामो समयसम्म अभ्यास गरेपछि पनि कुनै प्रगति देखिएको थिएन। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, आफ्नो स्थिति परिवर्तन गर्न र अरू मानिसलाई आदर गर्न छाड्न चाहेँ।

त्यसपछि, केही कुरा भए जसले मलाई वास्तविक एनी देखाए। उनी बर्खास्त भएपछि, धेरै ब्रदर-सिस्टरले उनलाई आदर गर्थे भन्‍ने राम्ररी थाहा पाएर पनि, उनी अझै पनि भेलाका समयमा आफूलाई विश्लेषण गर्ने वा चिन्ने कोसिस गर्थिनन्। बरु, आफू अन्यायमा परेजस्तो गरिन्, आफूले सहकर्मी सिस्टर भेरालाई आदर गरेको, र कर्तव्य गर्दा, भेराले गर्नु भनेको सबथोक मात्रै गरेको बताइन्। उनले भेरातिर दोष सारेको देखेर म छक्क परेँ, र सोचेँ, “अगुवाले एनीका समस्या प्रस्टसँग खुलासा र विश्लेषण गरिन्, तैपनि उनमा किन कुनै आत्म-बुझाइ छैन र किन जिम्मेवारी लिन्नन्? त्यो सत्यता स्विकारेको अभिव्यक्ति होइन!” पछि, अगुवाले फेरि सुसमाचार काम गर्न एनीलाई मेरो सहकर्मी बनाइन्, र मैले उनलाई पहिलेजस्तो उच्च नमाने पनि, म अझै पनि खुसी नै थिएँ। एउटा भनाइ छ, “कमजोर भालु अझै पनि हरिणभन्दा बलियो नै हुन्छ,” र मलाई एनी आफ्ना तमाम समस्याको बाबजुद अझै पनि मभन्दा धेरै असल छिन् भन्‍ने लाग्यो। तैपनि, उनीसँग काम गर्दा खेरी, उनी पहिलेजस्तो सहज र सरल थिइनन्, निकै प्रखर भएकी थिइन्। हामीले कामबारे छलफल गर्दा, मेरो कुनै विचार सुन्थिनन् र प्रायः सिधै इन्कार गर्थिन्। धेरै पटक, उनी मसँग कुरा गर्नबाट पन्छिन्थिन्, र बरु पहिले सँगै काम गरेकी सिस्टरसँग कामकुरा छलफल गर्न जान्थिन्। यसले मलाई बाँधिएको र अस्वीकृत भएको महसुस गरायो। त्यो बेला, हामीले हाम्रो कर्तव्यमा कुनै नतिजा पाइरहेका थिएनौँ, त्यसैले म हामीले सँगै काम गर्दा देखिएका समस्या लिएर उनीसँग सङ्गति गर्न गएँ। अचम्म, उनले कुनै पनि स्विकारिनन्, र आफूमा कुनै समस्या छैन भनेजस्तो गरिनन्। उनले मलाई सोझो जवाफ दिइन्, “म सोझो कुरा गर्छु, नरिसाउनु है। मलाई तपाईँसँग काम गर्न बानी परेको छैन। मलाई तपाईँले काम गर्ने तरिका मन पर्दैन, यसले मलाई अधीर बनाउँछ।” यो सुनेर म झन् नकारात्मक भएँ, र मैले उनलाई अवरोध गरिरहेको जस्तो लाग्यो।

पछि, अगुवाले हाम्रो समस्याबारे सुनिछन्, र एनीलाई अहङ्कारी, आत्मधर्मी र सत्यता नस्विकार्ने भएकोमा काटछाँट गरिन्। एउटा भेलामा, एनीले सबैलाई उनी काटछाँटमा पर्नु परमेश्‍वरको प्रेम थियो भनिन्। कर्तव्य राम्ररी पूरा नगरेर आफूले परमेश्‍वरलाई निराश बनाएको स्वीकार गर्दै रोइन्। आफूलाई साँच्चिकै चिने झैँ गरी उनी निकै निष्कपट देखिइन्। तैपनि, हाम्रो निजी कुराकानीमा भने उनले केवल नकारात्मकता फैलाइन्, आफूलाई पुगिसकेको, कर्तव्य गर्न अलिकति नि मन नभएको बताउँथिन्। मैले उनीसँग सङ्गति गर्ने कोसिस गरेँ, तर कुरा सुनिनन्। अगुवाले कुनै ब्रदर-सिस्टरले गरेका प्रगति, र तिनीहरूले कर्तव्य कति राम्ररी पूरा गरिरहेका छन् भन्‍नेबारे बताउँदा अगुवाले आफूलाई भन्दा अरूलाई धेरै महत्त्व दिएको सोचेर एनी झन् नकारात्मक हुन्थिन्। उनी सधैँ मलाई उनको पछाडि अरूले उनको खिसी गर्छन् कि भनेर सोधिरहन्थिन्। उनले स्पष्ट रूपमा नकारात्मक महसुस गर्दै थिइन्, शारीरिक र मानसिक रूपमा टुटिरहेकी थिइन्, तर भेलामा एकदमै बलियो रहेको अभिनय गर्थिन्, र सत्यता स्विकारेको र परमेश्‍वरका अभिप्रायलाई ख्याल गरेकोजस्तो गर्थिन्। उनलाई देख्दा नै मलाई थकित महसुस हुन्थ्यो। कहिलेकाहीँ, म आफैलाई सोध्थेँ, “के यो त्यही व्यक्ति हो जसलाई म आदर र सम्मान गर्थेँ? उनी सत्यता वास्तविकता भएको व्यक्ति जस्तो देखिन्नन् त!” मलाई उनी प्रतिष्ठा र हैसियतप्रति बढी केन्द्रित थिइन्, सत्यतालाई बिलकुलै स्विकार्थिनन् भन्‍ने अनुभूत भयो। उनीमाथि समस्या आइपर्दा पनि आफूलाई चिन्न कोसिस गरिनन्, र प्रायः देखावटी गरिरहन्थिन्। उनी सही व्यक्ति थिइनन्। पछि, उनको स्थिति खस्कँदै जान थाल्यो। अगुवाले उनीसँग कैयौँ पटक सङ्गति गरिन्, त्यो बेला उनले यसलाई स्विकारेजस्तो देखिए पनि, वास्तवमा उनी बिलकुलै बदलिइनन्। उनले ब्रदर-सिस्टरलाई पनि घृणा गर्थिन्, र तिनीहरूलाई विषालु आँखाले हेर्थिन्। अगुवाले उनलाई काटछाँट र उनका समस्याहरू खुलासा गरेपछि उनले परमेश्‍वरलाई घृणा गरिन्, दोष दिइन्। उनले भएका सबै खराब कुराको जिम्मेवारी परमेश्‍वरको काँधमा हाल्नबाट आफूलाई रोक्न सकिनन्। उनको प्रकृति द्वेषपूर्ण रहेको मैले देखेँ, उनी परमेश्‍वर र सत्यतालाई घृणा गर्थिन्। उनी राक्षस, ख्रीष्टविरोधी थिइन्। पछि, उनलाई मण्डली जीवन जिउन वा कर्तव्य निर्वाह गर्न अनुमति दिइएन।

एनी गइसकेपछि म अलिकबेरसम्म शान्त हुन सकिनँ। मैले सोचेँ, किन मैले उनलाई यति धेरै आराधना र आदर किन गरेँ, उनीजस्तै बन्न समेत चाहेँ। म कसरी बोल्नमा सिपालु, ठुलो कष्ट झेल्न सक्ने, परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न सबथोक त्याग्न सक्ने मानिस, अनि पक्राउ र यातनामा परेर पनि परमेश्‍वरलाई धोका नदिएका मानिसहरूको सधैँ प्रशंसा गर्थेँ भनेर पनि सोचेँ। किन म यी मानिसलाई यति धेरै आराधना र आदर गर्थेँ? म कुन विचारले शासित भइरहेकी थिएँ? त्यसपछि, एक दिन मैले परमेश्‍वरका वचनका यी दुई खण्ड भेटेँ: “केही मानिसहरूले कठिनाइ सहन सक्छन्, मूल्य चुकाउन सक्छन्, तिनीहरू बाह्य रूपमा एकदमै राम्रो व्यवहारका हुन्छन्, तिनीहरूलाई निकै राम्रो सम्मान गरिन्छ, र तिनीहरूले अन्य व्यक्तिहरूबाट प्राप्त हुने प्रशंसाको आनन्द उठाउँछन्। के तिमीहरू यस प्रकारको बाह्य व्यवहारलाई सत्यताको अभ्यास गरेको मान्न सकिन्छ भनेर भन्छौ? के त्यस्ता मानिसहरूले परमेश्‍वरका अभिप्रायहरू पूरा गरेका छन् भनेर कसैले निर्क्योल गर्न सक्छ? किन होला बारम्बार मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई हेर्छन् र तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छन्, तिनीहरू सत्यताको अभ्यास गर्ने मार्गमा हिँडिरहेका छन् अनि तिनीहरू परमेश्‍वरको मार्ग पछ्याइरहेका छन् भनी सोच्छन्? किन केही मानिसहरूले यसरी सोच्ने गर्छन्? यसको एउटै मात्र स्पष्टीकरण छ। त्यो स्पष्टीकरण के हो त? त्यो हो—धेरै मानिसहरूका लागि केही निश्चित प्रश्नहरू जस्तै सत्यताको अभ्यास गर्नु भनेको के हो, परमेश्‍वरलाई सन्तुष्ट पार्नु भनेको के हो र साँच्चै नै सत्यता वास्तविकता धारण गर्नु भनेको के हो भन्‍ने कुराहरू स्पष्ट छैनन्। यसरी, केही मानिसहरू बाह्य रूपमा आत्मिक, सज्जन, उच्च र महान देखिने व्यक्तिहरूबाट भ्रममा पारिन्छन्। जहाँसम्म शब्द र धर्मसिद्धान्तहरू धाराप्रवाह रूपमा बोल्न सक्ने अनि बोली र कार्य प्रशंसनीय भएका मानिसहरूको सवाल छ, तिनीहरूको बहकाउमा पर्नेहरूले तिनीहरूको कार्यको सार, तिनीहरूको कार्यपछाडिको सिद्धान्त वा तिनीहरूको उद्देश्यलाई कहिल्यै पनि हेरेका हुँदैनन्। अझ भन्‍ने हो भने, तिनीहरूले यी मानिसहरू परमेश्‍वरप्रति साँच्चै नै समर्पित छन् कि छैनन् भन्‍ने कुरा कहिल्यै हेरेका हुँदैनन्, न त कहिल्यै तिनीहरूले यी मानिसहरूले साँच्चै नै परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् अनि यिनीहरू दुष्टताबाट अलग रहन्छन् कि रहँदैनन् भन्‍ने कुरा नै निर्क्योल गरेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि यी मानिसहरूको मानवता सारलाई देखेका हुँदैनन्। बरु, यिनीहरूसँग चिनजान हुने पहिलो कदमदेखि नै, तिनीहरूले अलिअलि गर्दै यिनीहरूलाई सराहना र आदर गर्न थालेका हुन्छन् र अन्त्यमा यी मानिसहरू तिनीहरूको मूर्ति बन्छन्। यस बाहेक, केही व्यक्तिहरूको विचारमा, तिनीहरूले आराधना गर्ने मूर्तिहरू—अनि तिनीहरूले आफ्ना परिवारहरू, जागिरहरू त्याग गर्न सक्ने भनी विश्‍वास गरेका व्यक्तिहरू र सतही रूपमा मूल्य चुकाउन सक्षम देखिने व्यक्तिहरू नै ती व्यक्तिहरू हुन् जसले सच्चा रूपमा परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छन् र जसले वास्तविक रूपमा असल प्रतिफलहरू र असल गन्तव्यहरू हासिल गर्न सक्छन्। उनीहरूको मनमा, यी आदर्श पात्रहरू नै ती व्यक्तिहरू हुन् जसलाई परमेश्‍वरले स्याबासी दिनुहुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। “मानिसहरूलाई यस्ता अज्ञानी कार्यहरू र दृष्टिकोणहरू अँगाल्ने वा एकपक्षीय विचारहरू र अभ्यासहरू अपनाउने तुल्याउने मूल कारण एउटा मात्र छ—र आज म तिमीहरूलाई यसको बारेमा बताउनेछु: त्यो कारण भनेको मानिसहरूले परमेश्‍वरलाई पछ्याए पनि, हरेक दिन उहाँ समक्ष प्रार्थना गरे पनि, र हरेक दिन उहाँका वाणीहरूलाई पढे पनि, तिनीहरूले वास्तविक रूपमा उहाँका अभिप्रायहरू नबुझ्नु नै हो। समस्याको जरा यसैमा हुन्छ। यदि कुनै व्यक्तिले परमेश्‍वरको हृदयलाई बुझ्थ्यो वा उहाँले के मन पराउनुहुन्छ, उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ, उहाँले के चाहनुहुन्छ, उहाँले कुन कुरालाई अस्वीकार गर्नुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई मन पराउनुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई घृणा गर्नुहुन्छ, मानिसहरूले पूरा गर्नैपर्छ भनी माग गर्दा उहाँले कस्तो प्रकारको मापदण्ड प्रयोग गर्नुहुन्छ अनि तिनीहरूलाई सिद्ध तुल्याउनको लागि उहाँले कस्तो पद्धति प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा जान्दथ्यो भने, के त्यस्तो व्यक्तिसँग अझै पनि आफ्नै व्यक्तिगत विचारहरू हुन्थ्यो होला त? के त्यस्तो व्यक्तिले त्यसै गएर अरू कसैको आराधना गर्थ्यो त? के आम मानव तिनको मूर्ति हुन सक्थ्यो त? परमेश्‍वरका अभिप्रायहरू बुझ्ने व्यक्तिमा त्योभन्दा बढी विवेकपूर्ण दृष्टिकोण हुन्छ। तिनीहरूले मनोमानी ढङ्गले कुनै भ्रष्ट व्यक्तिलाई मूर्ति बनाउनेछैनन्, न त तिनीहरूले सत्यताको अभ्यास गर्ने क्रममा केही सामान्य नियमहरू र सिद्धान्तहरूलाई अन्धाधुन्ध रूपमा पालना गर्दैमा त्यो सत्यताको अभ्यास गर्नु बराबर हुन्छ भनेर नै विश्‍वास गर्नेछन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। परमेश्‍वरका वचनले मेरो स्थितिलाई ठ्याक्कै प्रहार गरे। यतिका वर्षसम्म मेरो आस्थामा मैले गलत दृष्टिकोण राखेकी रहेछु, सोच्थेँ, कसैले लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गर्छ, आफूलाई उत्साहपूर्वक समर्पित गर्छ, कष्ट भोग्छ, मूल्य चुकाउँछ र धेरै काम गर्छ भने उसले सत्यता अभ्यास गर्छ र ऊसँग सत्यता वास्तविकता छ, अनि ऊ परमेश्‍वरलाई खुसी पार्ने र मण्डलीमा स्थान भएको व्यक्ति हो भन्‍ने हुन्छ। त्यसैले, मैले एनी लामो समयदेखिको विश्‍वासी हुन्, कैयौँ बलिदान गरेकी छिन्, सुसमाचार फैलाउन धेरै कष्ट भोगेकी छिन्, प्रचार र सङ्गतिमा स्पष्ट छिन् भन्‍ने देखेपछि म उनको भव्य छवि र असल व्यवहारले बहकिएँ, र उनलाई आदर र आराधना गर्न थालेँ। परमेश्‍वरका ती खण्डहरू पढेपछि मात्रै आफू कति मूर्ख र अनजान रहेकी र बेतुके विचारसँग टाँसिएकी रहेछु भन्‍ने देखेँ। जब कुनै व्यक्तिले बलिदान दिन्छ र आफूलाई समर्पित गर्छ, कर्तव्यमा कष्ट भोग्छ र मूल्य चुकाउँछ, ती त केवल सतही असल व्यवहार हुन्छन्। यसले ऊसँग असल मानवता छ, वा सत्यतालाई प्रेम गर्छ भन्‍ने होइन, र उसमा सत्यता वास्तविकता छ भन्‍ने पक्कै होइन। एनी प्रतिभाशाली वक्ता भए पनि, २० वर्षसम्म निरन्तर त्याग र समर्पण गरेकी विश्‍वासी भए पनि, उनले ती कुरालाई व्यक्तिगत पुँजीको रूपमा लिइन्, र सधैँ यसलाई प्रदर्शन गर्न, शान देखाउन र मानिसलाई आफूअघि ल्याउन प्रयोग गरिन्। उनी सत्यता स्विकार्न वा अभ्यास गर्न बिलकुल सक्षम थिइनन्। उनी जति पटक काटछाँटमा परे पनि, जति असफल भए पनि, वा गलत कदम चाले पनि उनले स्वयम्लाई चिन्न चिन्तन गरिनन्, र पक्कै पनि साँचो पश्चात्ताप गरिनन्। उनले अरूबाट कदर पाउँदा, उनीसँग उच्च हैसियत हुँदा उनीसँग कर्तव्यका लागि प्रशस्त ऊर्जा थियो, अबेरसम्म जागा रहन, र यसमा सबथोक खन्याउन सक्थिन्। तर उनी बर्खास्त भएपछि, कर्तव्य पूरा गर्ने सबै इच्छा गुमाइन्, प्रतिरोधी र क्रोधी भइन्। निजी रूपमा नकारात्मकता फैलाइन्, तर सतहमा, परमेश्‍वरको ऋणी छु भन्थिन् र साँच्चिकै पश्चात्ताप गरेजस्तो देखिन्थिन्। यसबाट अरूले उनी परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्छिन्, उनमा कद छ, वास्तविकता छ भन्‍ने ठाने, त्यसैले सबैले उनलाई आदर र आराधना गरे। काटछाँटमा परेपछि, उनले सबैलाई यो परमेश्‍वरको प्रेम हो भनिन्, तर गुप्त रूपमा परमेश्‍वरलाई दोष दिन्थिन् र घृणा गर्थिन्। के उनी सत्यता र परमेश्‍वरलाई तिरस्कार गर्ने ख्रीष्टविरोधी थिइनन् र? मैले बल्ल बुझेँ, परमेश्‍वरमा लामो समयदेखि विश्‍वास गरेको र बलिदान गर्न सक्ने, बोल्नमा सिपालु, अनुभवी र अरूले कदर गरेको हुँदैमा व्यक्तिसँग सत्यता वास्तविकता छ भन्‍ने हुँदैन, र परमेश्‍वरलाई खुसी पार्छन् भन्‍ने पक्कै हुँदैन। व्यक्तिले जति समयसम्म विश्‍वास गरे पनि, वा जति मेहनत गरे पनि, सत्यताको अभ्यास बिलकुलै गर्दैन, शैतानी स्वभाव परिवर्तन गरेको छैन भने उसले अझै पनि सारमा परमेश्‍वरलाई प्रतिरोध गर्न सक्छ, र अन्ततः खुलासा भएर हटाइन्छ। यसले प्रभु येशूका वचन पूरा गर्छ: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२२-२३)। पछि मैले परमेश्‍वरका वचन सम्झेँ: “तेरो कडा मेहनत कति सराहनीय छ, तेरा योग्यताहरू कति प्रभावशाली छन्, कति नजिकबाट तैँले मलाई पछ्याउँदैछस्, तँ कति प्रख्यात छस्, वा तैँले आफ्नो मनोवृत्तिमा कति सुधार गरिस् भन्‍ने कुरामा म ध्यान दिँदिन; जबसम्म तैँले मेरा मागहरू पूरा गरेको हुँदैनस्, तबसम्म तैँले कहिल्यै पनि मेरो प्रशंसा प्राप्त गर्न सक्नेछैनस्। जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचारहरू र आकलनहरूलाई महत्त्व दिन छोडिदेऊ र मेरा आवश्यकताहरूलाई गम्भीरताका साथ लिन थाल; होइन भने, म मेरो कामको अन्त्य गर्न सबैलाई खरानी पारिदिनेछु र अझै खराब कुरा त, मेरो वर्षौंको काम र कष्टलाई शून्यमा बदलिदिन्छु, किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा अझै शैतानको पुरानो रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिनँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ)। “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, कष्टको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूको कारुणिक अवस्थाका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनले साँच्चिकै हृदय छोए। परमेश्‍वरले कसैको परिणाम वा गन्तव्यको निर्धारण उसले कति परिश्रम र योगदान गरेको छ, कति राम्रोसँग व्यवहार गरेको छ, वा कति धेरै काम गरेको छ भन्‍ने आधारमा गर्नुहुन्न, ऊसँग सत्यता छ-छैन भन्‍ने आधारमा गर्नुहुन्छ। परमेश्‍वरले सतहलाई हेरेर मानिसको मूल्याङ्कन गर्नुहुन्न, तिनीहरूको सार हेरेर गर्नुहुन्छ। उहाँले तिनीहरू सत्यतालाई प्रेम गर्छन्-गर्दैनन्, अभ्यास गर्न सक्छन्-सक्दैनन्, उहाँमा समर्पित भई उहाँको इच्छा पछ्याउन सक्छन्-सक्दैनन् भन्‍ने हेर्नुहुन्छ। मैले परमेश्‍वरसँग साँच्चिकै धर्मी, पवित्र स्वभाव छ भन्‍ने देखेँ। उहाँसँग मानिसलाई न्याय गर्ने मानक छन्, व्यवहार गर्ने भन्‍ने सिद्धान्त छन्, त्यसमा देहगत भावनाको हस्तक्षेप नै हुँदैन। कसैले अलिकति उत्साह देखाउँदैमा, वा थोरै योगदान गर्दैमा वा कष्ट भोग्दैमा ऊ धर्मी छ भनी परमेश्‍वरले निर्धारण गर्नुहुनेछैन। यसको विपरीत, कसैले परमेश्‍वरमा जति लामो समयदेखि विश्‍वास गरेको होस्, जतिसुकै काम गरेको होस्, उसको प्रतिष्ठा जति राम्रो होस्, ऊ सत्यता अभ्यास गर्दैन, र आफ्नो स्वभाव परिवर्तन गर्दैन भने परमेश्‍वरबाट अन्ततः हटाइनेछ। मैले यो बुझेपछि, आफू झन् अज्ञानी र दयनीय रहेको लाग्यो। आस्थाको यतिका वर्षमा, मैले सत्यता पछ्याएकी वा परमेश्‍वरका अभिप्राय बुझेकी थिइनँ। मैले मेरो विश्‍वासलाई केवल आफ्नै धारणा र कल्पनामा आधारित गरेँ, र निरन्तर अरू मानिसको आराधना गर्दै आएँ। म कति दृष्टिहीन र अज्ञानी थिएछु! मैले परमेश्‍वरको वचन सम्झेँ: “सारा मानवजातिमा, अरूका लागि नमुनाका रूपमा काम गर्न सक्‍ने कोही छैन, किनभने सबै मानिस आधारभूत रूपमा उस्तै छन् र तिनीहरू एकअर्काबाट फरक छैनन् अर्थात् तिनीहरूलाई एकअर्कामा छुट्ट्याउने कुरा नगन्य छ। यसकारण, आज पनि मानिसहरू मेरा कार्यहरूको बारेमा पूर्ण रूपमा जान्‍न असमर्थ छन्। मेरो सजाय सारा मानवजातिमाथि परेपछि मात्रै तिनीहरू थाहा नपाई मेरा कार्यहरूको बारेमा सचेत हुन्छन्, र मैले केही नगरीकनै वा कसैलाई बाध्य नपारीकनै, मानिसले मलाई चिन्‍नेछ, अनि मेरा कार्यहरूलाई देख्‍नेछ। यही नै मेरो योजना हो, यही नै मेरा कार्यहरूको प्रकट गरिने पक्ष हो, र यही नै मानिसहरूले जान्‍नुपर्ने कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६)। परमेश्‍वरको वचन पूर्णतः स्पष्ट थियो। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका छन् र तिनमा शैतानको सार छ। हामीले शैतानी स्वभावबाहेक केही प्रकाश गर्दैनौँ। हामी कोही पनि आराधनाको योग्य छैनौँ। मैले यो पहिल्यै बुझेकी भए, म व्यक्तिलाई आराधना वा आदर गर्ने थिइनँ।

त्यसपछि छिटै, लामो समयदेखि कर्तव्यमा केही हासिल नगरेको कारणले म बर्खास्त भएँ। त्यस समय, मैले धेरै सोचेँ, र असफल किन भएँ भन्‍नेबारे चिन्तन गरेँ। मैले सम्झेँ, म कसरी एनीलाई आराधना र आदर गर्ने स्थितिमा अड्केकी थिएँ, र कसरी लामो समयदेखिको विश्‍वासी भएकी, धेरै वर्षदेखि सुसमाचार प्रचार गरेकी, धेरै कष्ट भोगेकीले र प्रशस्त कार्यानुभव भएकाले उनी सत्यता बुझ्छिन्, र र उनमा वास्तविकता छ भन्‍ने ठानेकी थिएँ। मैले प्रायः उनको व्यवहारको अनुकरण गरेकी, र मेरा समस्या लिएर उनीकहाँ गएकी थिएँ। उनले जे विचार व्यक्त गरे नि म केही नसोची तुरुन्त स्विकार्थेँ, र उनले जे भन्थिन् त्यही गर्थेँ। मेरो हृदयमा परमेश्‍वरका लागि ठाउँ नै राखेकी थिइनँ। समस्या सामना गर्दा मैले सत्यता खोजिनँ, र मेरा कार्यमा कुनै सिद्धान्त थिएनन्। म केवल व्यक्तिलाई सुनिरहेकी थिएँ—एनीलाई। त्यो परमेश्‍वरमा विश्‍वास गरेको कसरी भयो? के मैले व्यक्तिलाई पछ्याइरहेकी थिइनँ र? यो ठ्याक्कै परमेश्‍वरले भनेजस्तै हो: “तैँले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैँले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैँले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै पनि ख्रीष्टको कामलाई पचाउन गाह्रो मान्‍ने र यसलाई स्विकार्न अनिच्छुक बन्‍ने मनोवृत्ति राखिरहन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैँले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?)। परमेश्‍वरका वचनले मेरो साँचो स्थिति प्रकाश गरे। जब मैले मेरो वर्षौँको आस्थालाई सम्झेँ, त्यहाँ मैले प्रशंसा गरेका सबै मानिसमा क्षमता र प्रतिभा थिए, र अरूले समर्थन र कदर गर्थे, र मैले तिनीहरूका प्रत्येक शब्द र कार्यलाई अनुकरणीय कुराको रूपमा हेरेँ। मैले परमेश्‍वरको अभिप्राय के थियो, मेरा कार्य परमेश्‍वरले चाहेअनुसार वा सत्यता सिद्धान्तअनुसार छन्-छैनन् भनेर आफूलाई कहिल्यै सोधिनँ, मैले केवल आँखा चिम्लेर अरूलाई आराधना गरेँ, पछ्याएँ, अनि तिनीहरूजस्तै हुन समेत चाहेँ। म त्यो पूरै समय गलत मार्गमा रहेकी थिएँ, धेरै कष्ट र काम पछ्याउने, कर्तव्य निर्वाह गर्दा क्षमता र अनुभवमा भर पर्ने गर्थेँ। मैले सत्यता सिद्धान्त खोज्न ध्यान केन्द्रित गरेकी थिइनँ, र आफ्नै जीवन प्रवेशमा झन् कम जोड दिएकी थिएँ। परिणामस्वरूप, मैले मेरो आस्थाका यतिका वर्षमा धेरै सत्यता बुझेकी थिइनँ, र मेरो जीवनलाई हानि पुगेको थियो। मैले आफू निकै अज्ञानी र दयनीय रहेछु भन्‍ने थाहा पाएँ। परमेश्‍वरले हामीले धेरै वचन दिनुभएको छ, र मैले सायदै तीमध्ये कुनै याद गरेकी थिएँ। तर म एनीले भनेका सबै कुरा, तिनले व्यक्त गरेका सबै विचार, प्रस्टसँग सम्झन सक्थेँ, र तिनलाई पूरा गर्न सधैँ हतार गर्थेँ। कर्तव्यमा म सधैँ उनमा भर परेकी थिएँ, र परमेश्‍वरका लागि मेरा हृदयमा ठाउँ नै राखेकी थिइनँ। एनीसँग भएको कुराले मलाई पूरै खुलासा गरिदियो। विशेष गरी, उनको बर्खास्तपछि, जब उनका अधिकांश समस्या प्रकाश भइसकेका थिए, र हामीले फेरि काम गर्न सुरु गर्‍यौँ, मेरो मनमा अझै पनि उनको यो भव्य छवि थियो। मेरो कर्तव्यमा म उनमा भर परिरहेँ, “कमजोर भालु अझै पनि हरिणभन्दा बलियो नै हुन्छ,” भन्‍ने उखानबारे सोचिरहेँ, र एनीमा केही समस्या भए पनि मभन्दा अझै कुशल नै रहेको ठानेँ। यो पूर्णतः शैतानी हेराइ थियो। मैले उनलाई धेरै आराधना गरेँ, हामीबीचको अन्तरक्रियामा मैले सत्यता सिद्धान्त खोजिनँ र मसँग खुट्याउने क्षमताको पूरै कमी थियो। मैले कामकुरालाई निरन्तर शैतानको दुष्ट शब्दहरूअनुसार हेरिरहेकी थिएँ। र पछि, एनीको धेरैभन्दा धेरै समस्या बाहिर आएपछि पनि, मैले अझै उनलाई खुट्याइनँ वा खुलासा गरिनँ। मैले केवल उनलाई पछ्याइरहेँ, उनीद्वारा बाँधिइरहेँ, र नकारात्मकता र दुःखको स्थितिमा जिइरहेँ। मैले जे पाएँ, म साँच्चिकै त्यसकै हकदार थिएँ! मैले एनीलाई आदर गरिरहेकी र कर्तव्य निर्वाहमा उनीमाथि नै भर परिरहेकी थिएँ, तर उनले मलाई कहिले के दिएकी थिइन्? बहकाउने, नियन्त्रण र अस्वीकार गर्ने। उनले मलाई दुःखी र दमित महसुस गराएकी थिइन्, मुक्त हुने कुनै आशा विना, र म परमेश्‍वरबाट झन् झन् टाढा भएकी थिएँ। मैले परमेश्‍वरमा विश्‍वास गरेकी भए पनि, उहाँमा भर परेकी वा उहाँलाई आदर गरेकी, र सत्यता पछ्याएकी थिइनँ। मैले केवल मानिसलाई आराधना गरेँ, पछ्याएँ। म खुट्याउने क्षमता नभएकी मूर्ख थिएँ। त्यसरी असफल भएर ढल्नु साँचो रूपमा परमेश्‍वरको धार्मिकता र मुक्ति थियो। यो कुराको प्रकटीकरणपछि, मैले आफू रहेको गलत बाटोलाई ध्यानपूर्वक हेर्न, आफूले पालेका बेतुके सोचको परीक्षण गर्न र आफ्ना समस्या हल गर्न सत्यता खोज्न सफल भएँ। सोही समयमा, सत्यता पछ्याउनुको महत्त्वको पनि अनुभूत भयो। परमेश्‍वरले भन्नुभयो, “सत्यताको पछि नलाग्‍ने मानिसहरू अन्त्यसम्म पछि लाग्न सक्दैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ), र यो एकदम साँचो थियो। सत्यता नपछ्याउनेहरू परमेश्‍वरबाट खुलासा भएर हटाइने थिए। मैले आदर गरेको व्यक्तिको असफलता—र मेरा आफ्नै असफलता पनि—यसको उत्कृष्ट प्रमाण थिए।

एक-दुई महिनापछि, सुसमाचार कामका लागि सारालाई मेरो जोडी बनाइयो। मैले सुनेँ, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, उनले कर्तव्य पूरा गर्न राम्रो जागिर छोडेकी छिन्, कठिनाइ सहन साँच्चिकै सक्षम छिन्, ठुलो क्षमता छ, र सुसमाचार फैलाएको अनुभव छ। मैले उनलाई केही समय यता चिनेकी र, उनले मण्डलीको कामलाई ख्याल गरेको देखेकी थिएँ। उनी भेलाहरूमा सक्रिय भएर सङ्गति गर्थिन्, परिस्थिति जस्तोसुकै होस्, जतिसुकै मानिस हुन्, उनले कहिल्यै बाँधिएको महसुस गरिनन्, र अत्यन्त शान्त र निर्भीक भएर बोल्थिन्। ब्रदर-सिस्टरहरू समस्यामा पर्दा सङ्गति र मद्दत गर्थिन्, र सबैले उनलाई साँच्चिकै अनुमोदन गर्थे। मलाई लाग्यो, उनी सत्यता पछ्याउने व्यक्ति हुन्, र उनलाई धेरै सम्मान गरेँ। उनीसँग काम गर्ने अवसर पाउँदा एकातिर म खुसी थिएँ, अर्कोतिर, मेरो पहिलेको असफलता, अनि अरूको क्षमता र वरदानलाई कदर गर्दा कसरी तिनीहरूलाई आराधना गर्न र पछ्याउन थालेँ भनी सम्झेँ। यसले गर्दा मैले गलत बाटो लिएकी थिएँ, यो मेरो जीवनका लागि हानिकारक भएको थियो। म जान्दथेँ, सारासँग अन्तरक्रिया गर्दा मैले कामकुरालाई त्यस्तो भ्रामक दृष्टिकोणले हेर्नु हुँदैन, र उनीसँग मैले सत्यता सिद्धान्तअनुसार कुरा गर्नु पर्छ । सारासँग सुसमाचार सुनाउने असल क्षमता र अनुभव थियो, त्यसैले मैले उनीबाट सिकेर आफ्ना कमी भर्नुपर्थ्यो। तर, उनी भ्रष्ट स्वभाव, कमीकमजोरी भएकी भ्रष्ट व्यक्ति पनि थिइन्। मैले उनलाई आराधना गर्नु र उनमा भर पर्नु मिल्दैनथ्यो। यदि उनको कर्तव्यमा समस्या वा विचलन छ भने, मैले आँखा चिम्लेर उनलाई पछ्याउनु मिल्दैनथ्यो। मैले खुट्याउनु पर्थ्यो र उनलाई सत्यता सिद्धान्तअनुसार व्यवहार गर्नुपर्थ्यो। पछि, हाम्रो कामसम्बन्धी छलफलमा, साराको अधिकांश सुझाव त्यति व्यवहारिक थिएनन्। केही अन्य सिस्टरहरू र मैले ती सुझावले काम नगर्ने पायौँ, तर साराले ती सुझावमा नै जोड् दिन्थिन्। उनको विचारको अनुमोदन नहुँदा, हामी यसैमा अड्किन्थ्यौँ, र लामो समयसम्म गतिरोध रहन्थ्यो, जसले हाम्रो काममा साँच्चिकै ढिलाइ गर्थ्यो। बिस्तारै, मैले सारा अहङ्कारी, आत्मधर्मी र जिद्दी रहेको देखेँ, र उनको सुझाव नअपनाउँदा उनी अप्रसन्न हुन्थिन्। उनी रिसाउँथिन्, र यो अरू मानिसलाई बाँध्ने कुरा थियो। उनले हाम्रो समूहमा सकारात्मक भूमिका निभाइरहेकी थिइनन्, र उनले कामको प्रगतिमा बाधा अवरोध गरिन्, त्यसैले मैले उनको यो लगातारको व्यवहारबारे अगुवालाई बताएँ। परिस्थिति बुझेपछि, अगुवाले साराको समस्या खुलासा र विश्लेषण गरिन्, अनि उनलाई मद्दत गर्न खोजिन्, तर साराले यो स्विकार्न मानिनन्, त्यसैले अगुवाले उनलाई बर्खास्त गरिन्। त्यो अनुभव गरेर, मेरो मनमा शान्ति छायो। मलाई लाग्यो, बल्ल मैले आफ्नो भ्रामक विचार बदलेकी छु, र मैले पहिलेजस्तो मानिसलाई आराधना गर्न र पछ्याउन छाडेकी छु। खुट्याउने क्षमता पाउन र पाठ सिक्नका लागि मद्दत गर्न ती परिस्थिति खडा गर्नु भएकोमा म परमेश्‍वरप्रति निकै आभारी भएँ।

अघिल्लो:  ४२. दुष्कर्मीलाई चिनेर मैले के सिकेँ

अर्को:  ४४. मैले थुनामा बिताएका दिनहरू

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger