७५. देखावटी रूप धारण गर्नु र ढाक-छोप गर्नुको परिणाम

सन् २०१८ को अक्टोबरमा, मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। छ महिनापछि, मैले मेरो मण्डलीमा मलजल डिकनको रूपमा सेवा गर्न थालेँ। यो कर्तव्य सुरु गर्दा मैले धेरै कठिनाइहरू भोगेँ, तर मेरा ब्रदर-सिस्टरहरूसँग प्रार्थना र खोजी गरेपछि, मैले केही सिद्धान्तहरू क्रमिक रूपमा बुझ्दै गएँ र आफ्‍नो कर्तव्यमा केही परिणामहरू प्राप्त गरेँ। मैले अनुभव सम्‍बन्धी लेखहरू लेख्‍न पनि अभ्यास गर्न थालेँ, म प्रायजसो आफ्‍नो बारेमा मनन गरिरहन्थेँ, र हरेक दिन अत्यन्तै पूर्णताको महसुस हुन्थ्यो।

यस वर्षको जनवरी महिनामा, मेरो अगुवाले मलाई भने, “तपाईंले जीवन प्रवेशमा केही प्रगति गर्नुभएको छ, त्यसकारण हामीले तपाईंलाई प्रचारकको रूपमा छनौट गरेका छौँ। के तपाईं यो काम गर्न चाहनुहुन्छ?” मलाई त्यो सुन्दा निकै खुशी लाग्यो, त्यसकारण मैले सहमति जनाएर भनेँ, “म सक्दो प्रयास गर्नेछु।” अगुवाले भने, “तपाईंले लेख्‍नुभएका गवाहीहरू अत्यन्तै राम्रा छन्। आफ्‍नो जीवन प्रवेशको निम्ति बोझ लिने ब्रदर-सिस्टरहरूले मात्रै प्रचारकहरूका रूपमा सेवा गर्न सक्छन्। त्यसपछि तिनीहरूले ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरूलाई साँचो रूपमा समाधान गर्न सक्छन्।” यो सुन्दा मलाई गर्व लाग्यो, विशेष गरी ममा केही जीवन प्रवेश भएकोले मलाई यो कर्तव्य पूरा गर्न अनुरोध गरिएको हो भन्‍ने सुन्दा। मलाई म यो कर्तव्य राम्ररी पूरा गर्न सक्छु जस्तो लागेको थियो। त्यसपछि, अगुवाले मलाई धेरै वटा मण्डलीहरूको कामको लागि जिम्‍मेवारी दियो र मलाई धेरै वटा सिद्धान्तहरू सिकायो। कामको दायरा ठूलो भएको थियो, र म जिम्‍मेवार रहेका धेरै वटा कामहरू पनि थिए, त्यसकारण मलाई तनाव भयो र काम गर्न सक्दिन कि भन्‍ने अलिक चिन्ता लाग्यो। मैले त्यही कर्तव्य पूरा गर्ने कतिपय ब्रदर-सिस्टरहरू कामप्रति परिचित रहेको देखेकी थिएँ, तर म यस कर्तव्यमा नयाँ थिएँ र कसरी पूरा गर्ने थाहा थिएन। म आफ्‍ना कठिनाइहरू व्यक्त गर्न चाहन्थेँ, तर मलाई मेरो अगुवाबाट आएका तारिफहरू याद आयो। यदि यी मण्डलीहरूको काम कसरी गर्ने मलाई थाहा छैन भन्‍ने उनले थाहा पाइन् भने, उनले मलाई के सोच्‍नेछिन्? के उनले म काम गर्न सक्दिनँ, र मलाई छनौट गरिनु गल्ती थियो भनेर सोच्‍नेछिन्? यस बाहेक, अहिले, म प्रचारक हुँ। यदि म कामको बारेमा परिचित छैन भने, म कसरी मण्डली अगुवाहरूलाई सहयोग र साथ दिन सक्छु? यो सोच्दा, मलाई घाँटी ङ्याकेजस्तो भयो। म इमान्दारीपूर्वक बोल्‍न नसक्‍ने गरी लज्जित भएकी थिएँ।

एक पटक, हाम्रो उच्‍च स्तरको अगुवाले हामीलाई हाम्रो कामको बारेमा सङ्गति दिए, र सिस्टर सिल्भिया र ब्रदर रिकार्डो अगुवाका प्रश्‍नहरूको उत्तर दिन निकै सक्रिय रहेछन्, र कामको हरेक पक्ष कसरी पूरा गर्ने त्यो पनि जानेका रहेछन् भन्‍ने देखेँ। अगुवाले मलाई सोधिन्, “तपाईंसँग कुनै कठिनाइहरू छन्?” मैले सोचेँ, “हामी सबैले उही कर्तव्य पूरा गर्ने गर्छौँ। यदि छ भनौँ भने, अगुवाले मलाई के सोच्‍नेछिन्? के उनले मसँग काम गर्ने क्षमता छैन भन्‍ने सोच्‍नेछिन्?” मैले झूट बोलेर भनेँ, “त्यस्तो केही छैन।” पछि, अगुवाले हामीसँग भेट गर्दा, म त्यति बोल्दिनथिएँ, र बोल्दा पनि, मैले नबुझेका कुराहरू धेरै छन् भन्‍ने कुरा अरूले थाहा नपाऊन् भनेर कसरी उत्तर दिने त्यसको बारेमा नै सधैँ सुरुमा विचार गर्थेँ, किनभने तिनीहरूले मलाई नीच ठान्छन् भन्‍ने डर लाग्थ्यो। यसरी, मैले आफूलाई ढाकछोप गरिरहेँ र झूटो रूप धारण गरिरहेँ, मलाई बन्धनमा परेको महसुस भयो, र म आफ्‍नो कर्तव्यमा झन्-झन् निष्क्रिय हुँदै गएँ। मलाई समूह छोडेर भेलाहरूमा जान छोड्न समेत मन लागेको थियो। तर पनि, मैले आफ्‍नो स्थितिको बारेमा कसैलाई पनि खुलस्त बताइनँ। म अरूलाई आफ्‍नो सबल पक्ष मात्रै देखाउन चाहन्थेँ। एक दिन, मैले मण्डलीको कामको स्थितिको बारेमा जान्‍न दुई जना मण्डली अगुवासँग भेटघाट गर्ने बन्दोबस्त गरेँ। तिनीहरूलाई भेटेपछि, एक जनाले उत्साहित हुँदै भन्यो, “तपाईंलाई हाम्रो कामको इन्‍चार्जको रूपमा पाउँदा निकै खुशी लागेको छ! मलाई तपाईंसँग सङ्गति गर्न मन पर्छ, र प्रत्येक पटक तपाईंको सङ्गति सुन्दा म तपाईंप्रति आभारी हुन्छु। आशा छ भविष्यमा म पनि तपाईंजस्तै हुन सक्‍नेछु।” अर्को अगुवाले भन्यो, “तपाईंसँग आफ्‍नो कर्तव्य पूरा गर्न पाउँदा निकै खुशी लाग्छ। तपाईंको सङ्गतिले सधैँ हामीलाई ज्योति दिन्छ।” त्यो बेला मलाई मेरो बारेमा त्यति ठूलो सोचाइ नराख्‍नू किनभने ममा भ्रष्टता भएको कारण, मैले मेरो कर्तव्यमा कठिनाइहरू भोग्‍ने गर्छु, र तनावमा हुँदा म नकरात्मक हुन्छु भनेर भन्‍ने मन थियो। तर त्यसपछि मैले सोचेँ, “यदि मैले तिनीहरूलाई साँचो कुरा भनेँ भने, के तिनीहरूले भविष्यमा मलाई त्यति उच्‍च नजरले हेर्नेछन्? तिनीहरूसँग प्रश्‍नहरू छन् भने तिनीहरूले अझै प्रश्‍न गर्नेछन्?” मलाई भित्रभित्रै संघर्ष भयो, र अन्त्यमा, मैले तिनीहरूलाई साँचो कुरा भनिनँ।

अर्को पटक, म धेरै जना मण्डली डिकनहरूसँगको भेलामा थिएँ। तिनीहरूले आफूले कतिपय काम गर्न नसकेको र कठिनाइहरू भइरहेको भनी बताए। मैले तिनीहरूलाई यसो भन्दै सान्त्वना दिएँ, “चिन्ता नगर्नुहोस्, हामी सबैले आफ्‍नो कर्तव्य पूरा गर्न भर्खर सुरु गरेका छौँ। सिक्दै जाँदा हामीले यी कुराहरू बुझ्दै जानेछौँ।” झट्ट हेर्दा, मैले भनेको कुरामा कुनै गलत कुरा थिएन। तर वास्तवमा, मैले पनि काम गर्न सकेकी थिइनँ। तिनीहरूले मेरो वास्तविक कद देख्‍नेछन् भन्‍ने मलाई निकै चिन्ता लागेको थियो, त्यसकारण मैले इमान्दारीपूर्वक बोल्‍ने आँट गरिनँ, र मैले तिनीहरूलाई थोरै प्रोत्साहन मात्रै दिएँ जसले तिनीहरूको समस्याहरू समाधान गर्दै गरेन। मैले झूटो भेष धारण गरिरहेको र वास्तविक रूप लुकाइरहेको कारण, मैले पवित्र आत्‍माको अगुवाइ अनुभव गर्न सकिनँ, म निकै कमजोर थिएँ, र हरेक दिन म निकै थकित हुन्थेँ। म प्रायजसो सोच्थेँ, “म किन अरूले जस्तो मण्डलीको काम गर्न सक्दिनँ?” मैले मेरा कठिनाइहरूको बारेमा मेरो अगुवासँग खोजी गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो, तर मलाई मैले यो कुरा भनेँ भने अगुवाले मलाई के सोच्‍नेछ भन्‍ने चिन्ता थियो। म सोच्थेँ, “मसँग जीवन प्रवेश भएको कारण मलाई यो कर्तव्य दिइएको हो भनेर अगुवाले भनेकी छिन्, त्यसकारण उनले पक्‍कै पनि मलाई म सत्यताको खोजी गर्न सक्‍ने र राम्रो क्षमता भएको व्यक्ति हुँ भन्‍ने ठान्छिन्। यदि उनले मैले नबुझेका कुरा धेरै छन् र म मण्डलीको काम गर्न सक्दिनँ भनेर थाहा पाइन् भने, अवश्य नै उनले मलाई प्रचारकको रूपमा छनौट गर्न गल्ती थियो भनेर सोच्‍नेछिन्।” यो सोच्दा, मलाई बोल्‍न अझै बढी डर लाग्यो। मेरो स्थिति झन्-झन् खराब हुँदै गयो, र म अन्धकार र कष्टमा जिएँ। मैले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गरेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वर, यो वातावरणको अनुभव कसरी गर्ने मलाई थाहा छैन। म तपाईंलाई मलाई अगुवाइ गर्नुहोस् र मार्गदर्शन गर्नुहोस् भनी अनुरोध गर्छु।”

एक दिन, एउटा भेलामा, हाम्रो माथिल्‍लो स्तरको अगुवाले यस अवधिमा हाम्रो अनुभव कस्तो रह्यो भनेर हामीलाई सोधिन्। अरूले आफ्‍नो कर्तव्यमा देखाएका भ्रष्टता र कमीकमजोरीहरूका बारेमा खुलस्त बताए, र मैले आफ्‍नै स्थितिको बारेमा बताउने साहस बटुलेँ। अगुवाले मलाई सहयोग गर्न आफ्‍नो अनुभव बताइन्, र भनिन्, “अगुवा र सेवकहरूको रूपमा, तपाईंले आफ्‍नो कर्तव्य पूरा गर्न सबै कुरा बुझ्‍नुपर्छ भन्‍ने छैन। यो सोचाइ गलत छ। हामी साधारण मानिसहरू मात्रै हौँ, त्यसकारण तपाईंले कतिपय कुरा नबुझ्‍नु र नदेख्‍नु सामान्य कुरा नै हो। तर यदि हामी सबै कुरा जान्छु भनी भन्छौँ र आफ्‍नै कमीकमजोरीहरूलाई उचित रूपमा तह लगाउन सक्दैनौँ, र आफ्‍नै हैसियत र छविलाई कायम राख्छौँ भने, हामीले आफूलाई ढाकछोप गर्न र अरूलाई धोका दिन, अनि हाम्रो साँचो कद अरूलाई कहिल्यै नदेखाउन मकुन्डो लगाइरहेका हुन्छौँ, र त्यसरी जिउनु पीडादायी कुरा हो।” त्यसपछि, अगुवाले मलाई परमेश्‍वरको वचनका दुई वटा खण्डहरू पठाइन्। “तिमीहरू कसरी साधारण र सामान्य मानिसहरू बन्न सक्छौ? परमेश्‍वरले भन्‍नुभएजस्तै गरी, तिमीहरूले कसरी सृष्टि गरिएको प्राणीको उचित स्थान लिन सक्छौ—तिमीहरूले कसरी महामानव वा कुनै महान् व्यक्ति बन्‍ने प्रयास नगर्न सक्छौ? … सबभन्दा पहिले त, तैँले आफूलाई कुनै मानपदवी नदे, र ‘म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरभाइजर हुँ, मैले जत्ति यो काम अरू कसैले पनि जानेको छैन, यी सीपहरू मलाई जत्ति अरू कसैलाई थाहा छैन’ भन्दै त्यसमा नबाँधिई। आफैले बनाएको पदवीमा लिप्त नबन्। तैँले यसो गर्नेबित्तिकै, यसले तेरो हातखुट्टा बाँध्‍नेछ, र तैँले भन्‍ने र गर्ने कुरालाई प्रभावित पार्नेछ। तेरो सामान्य सोचाइ र मूल्याङ्कन पनि प्रभावित हुनेछ। तैँले आफूलाई यो हैसियतको बन्धनबाट मुक्त गर्नुपर्छ। पहिले, तैँले यो तेरो आधिकारिक मानपदवी र स्थानबाट आफैलाई तल झार् र साधारण व्यक्तिको स्थानमा खडा हू। त्यसो गरे, तेरो मानसिकता अलि सामान्य बन्नेछ। तैँले यो कुरा स्वीकार गरेर यसो पनि भन्नैपर्छ, ‘यो कसरी गर्ने मलाई थाहा छैन, र मैले त्यो पनि बुझेको छैन—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यस्तो कुरा कहिल्यै अनुभव गरेको छैनँ, त्यसकारण के गर्ने मलाई थाहा छैन।’ जब तँ आफूले साँच्चै सोचेको कुरा भन्‍न सक्‍ने र इमान्दारीपूर्वक बोल्‍न सक्‍ने हुन्छस्, तब तँसँग सामान्य समझ हुनेछ। अरूले वास्तविक तँलाई जान्‍नेछन्, तसर्थ तिनीहरूमा तँप्रतिको दृष्टिकोण सामान्य हुनेछ, र तैँले देखावटी व्यवहार गर्नुपर्नेछैन, न त तँमाथि कुनै ठूलो दबाब नै हुनेछ, त्यसकारण तैँले मानिसहरूसँग सामान्य रूपमा संवाद गर्न सक्‍नेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ; यदि कसैलाई जिउने काम थकाइलाग्दो लाग्छ भने, ऊ आफैले गर्दा त्यस्तो भएको हुन्छ। बहाना बनाउने वा देखावटी व्यवहार गर्ने नगर्। पहिले, तैँले आफ्‍नो हृदयमा के सोचिरहेको छस् त्यसबारेमा, र तेरा वास्तविक विचारहरूबारेमा खुलस्त बता, ताकि सबैले ती कुराहरू थाहा पाऊन् र बुझून्। यसको फलस्वरूप, तेरा चिन्ताहरू अनि तँ र अरूबीचका पर्खाल र शङ्काहरू हट्नेछन्। अनि, तँ अर्को कुनै कुराले पनि ढलपल हुन्छस्। तैँले सधैँ आफूलाई टोली प्रमुख, अगुवा, सेवक, वा पदवी, हैसियत र प्रभाव भएको व्यक्ति ठान्छस्: यदि तैँले कुनै कुरा बुझ्दिनँ, वा गर्न सक्दिनँ भनेर भनिस् भने, के तैँले आफ्‍नै बदनाम गरिरहेको त हुँदैनस्? जब तैँले तेरो हृदयका यी बन्धनहरू पन्छाउँछस्, जब तैँले आफूलाई अगुवा वा सेवक सोच्न छोड्छस्, र जब तैँले आफूलाई अरूभन्दा असल ठान्‍न छोड्छस् र बरु तँ पनि अरूजस्तै साधारण व्यक्ति होस्, र कतिपय क्षेत्रमा तँ अरूभन्दा तल छस् भन्‍ने अनुभव गर्छस्—जब तैँले सत्यताबारे र कामसम्‍बन्धी विषयहरूबारे यस्तो मनोवृत्तिले सङ्गति गर्छस्, तब प्रभाव फरक हुन्छ, र माहौल पनि फरक हुन्छ। यदि तैँले आफ्‍नो हृदयमा सधैँ आशङ्का पाल्छस् भने, यदि सधैँ तनाव र ढलपल भएको अनुभव गर्छस् भने, र यदि तैँले यी कुराहरूबाट आफूलाई मुक्त बनाउन चाहन्छस् तर सक्दैनस् भने, तैँले परमेश्‍वरलाई गम्‍भीर रूपमा प्रार्थना गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ, आफ्‍ना कमीकमजोरीहरू हेर्नुपर्छ, अनि सत्यताप्रति लागिपर्नुपर्छ। यदि तैँले सत्यता अभ्यास गर्न सकिस् भने, तैँले फल प्राप्त गर्नेछस्। तैँले जे गरे पनि, निश्‍चित पदबाट वा निश्‍चित मानपदवी प्रयोग गरेर बोल्‍ने र व्यवहार गर्ने नगर्। पहिले, यो सबैलाई पन्छा, र आफूलाई साधारण व्यक्तिको स्थानमा राख्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। “यदि तँलाई आफ्‍नो हृदयमा तँ कस्तो व्यक्ति होस्, तेरो सार के हो, तेरा कमजोरीहरू के-के हुन् र तैँले कस्तो भ्रष्टता प्रकट गर्छस् भन्‍नेबारेमा स्पष्ट छ भने, तैँले यसबारेमा खुलस्‍त रूपमा अरूसँग सङ्गति गर्नुपर्छ, ताकि अरूले तेरो साँचो स्थिति के हो, तेरा विचार र दृष्टिकोणहरू के-के हुन् भनेर देख्‍न सकून्, ताकि त्यस्ता कुराहरूका बारेमा तेरो ज्ञान के छ भन्‍ने तिनीहरूले जान्‍न सकून्। तैँले जे गरे पनि, बहाना बनाउने वा देखावटी गर्ने नगर्, कसैले पनि नदेखून् भनेर अरूबाट आफ्‍नो भ्रष्टता र कमजोरीहरू नलुका; यस्तो झूटो व्यवहार तेरो हृदयभित्रको अवरोध हो, र यो भ्रष्ट स्वभाव पनि हो, र यसले मानिसहरूलाई पश्‍चात्ताप गर्न र परिवर्तन हुनबाट रोक्‍न सक्छ। तैँले परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, र झूटो कुराहरूलाई मनन र चिरफार गर्नुपर्छ, जस्तै अरूले तँलाई दिने प्रशंसा, तँमाथि बर्साउने महिमा, र तँलाई प्रदान गर्ने मुकुटहरू। तैँले यी कुराहरूले तँमाथि गर्ने हानिलाई देख्‍नैपर्छ। त्यसो गर्दा, तँलाई आफ्‍नो नाप थाहा हुन्छ, तैँले आत्मज्ञान प्राप्त गर्नेछस्, र तैँले अबउप्रान्त आफूलाई एक महामानव, वा महान् व्यक्तिको रूपमा हेर्न छोड्नेछस्। तँमा त्यस्तो आत्मसचेतना आएपछि, तँलाई सत्यता स्वीकार गर्न, परमेश्‍वरका वचनहरू र परमेश्‍वरले मान्छेबाट माग्‍नुहुने कुराहरूलाई हृदयमा स्वीकार गर्न, सृष्टिकर्ताले तँलाई दिनुहुने मुक्तिलाई स्वीकार गर्न, र दृढ रूपमा साधारण व्यक्ति, इमानदार र भरपर्दो व्यक्ति बन्‍न, अनि सृष्टि गरिएको प्राणी तँ आफै र सृष्टिकर्ता परमेश्‍वरबीचमा सामान्य सम्‍बन्ध स्थापित गर्न सहज हुनेछ। परमेश्‍वरले मानिसहरूलाई गर्न लगाउनुहुने कुरा ठ्याक्‍कै यही हो, अनि यो तिनीहरूले पूर्ण रूपमा हासिल गर्न सक्‍ने कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरको वचन पढिसकेपछि, मैले यो अवधिमा मेरो स्थिति कस्तो थियो त्यसको बारेमा मनन गर्न थालेँ। अगुवाले मलाई मसँग जीवन प्रवेश भएको कारण मलाई प्रचारक बनाइयो भनेर भनेको सुन्दा, मलाई गर्व लाग्यो र आत्मसन्तुष्टि भयो। मैले सत्यताको खोजी गरेकी र म काम गर्न सक्‍ने भएकी कारण म महत्त्वपूर्ण कामको लागि छनौट भएकी हुँ जस्तो लाग्यो। तर जब मैले वास्तवमा यो कर्तव्य पूरा गर्न थालेँ, मैले बल्‍ल मैले मण्डलीको कामको बारेमा त्यति धेरै बुझेकी छैन भन्‍ने देखेँ। मेरो अगुवाले सङ्गति गरेका कतिपय सिद्धान्तहरूका बारेमा मैले बुझेकी नै थिइनँ, त्यसकारण मलाई निकै तनाव भयो, र म प्रायजसो कमजोर र नकरात्मक हुनेगर्थेँ। तर मैले आफ्‍नो वास्तविक स्थितिको बारेमा खुलस्त कुरा गरिनँ, र मसँग कुनै समस्या छैन भनेर मेरो अगुवालाई ढाँटेँ, किनभने उनले म अयोग्य छु भन्‍ने सोचेर मलाई नीच ठान्छिन् भन्‍ने मलाई डर लागेको थियो। मण्डली अगुवा र डिकनहरूले मेरो प्रशंसा गरेको, र मलाई उदाहरण समेत ठानेको देख्दा, मैले आफ्‍ना भ्रष्टता र कमीकमजोरीहरूका बारेमा खुलस्त बताएर, तिनीहरूलाई मेरो साँचो कद देखाउनुपर्छ, त्यसरी तिनीहरूले मलाई उच्‍च ठान्‍न र आदर गर्न छोड्छन् भन्‍ने थाहा भएको भए पनि, मलाई तिनीहरूले यी कुरा थाहा पाएपछि मलाई त्यति आदर गर्दैनन् होला भनेर म चुपचाप बसेँ। अगुवा र डिकनहरूले मैले समाधान गर्न नसक्‍ने केही प्रश्‍न सोधेको बेला समेत, मैले खुलस्त बोलेर तिनीहरूसँग छलफल गरिनँ। मैले आफूले नबुझेको कुरा पनि बुझेको बहाना गरेँ र लापरवाही शब्‍दहरूले उत्तर दिएँ। बारम्‍बार, मैले आफ्‍नो वास्तविक रूप लुकाएँ र झूटो स्वरूप धारण गरेँ, किनभने म “प्रचारक” को पदमा अड्किएकी थिएँ। प्रचारक भएपछि, मेरो बुझाइ र ज्ञान अरूको भन्दा माथि हुनुपर्छ, ममा कुनै कमीकमजोरी हुनु हुँदैन, र म नकरात्मक र कमजोर हुनु हुँदैन भन्‍ने लाग्थ्यो। मैले अरूले मलाई आदर गर्ने र मलाई अनुमोदन गर्ने एउटै मात्र तरिका यही हो भन्‍ने सोचेकी थिएँ। आफ्‍नो हैसियत र छविलाई कायम राख्‍न, मैले आफैलाई ढाक्‍न मकुन्डो पहिरिएकी थिएँ, र आफैलाई त्रुटि विहीन देखाउन ढाकछोप गरेकी थिएँ। पीडा, नकारात्मक, र कमजोर महसुस गर्दा पनि, “प्रचारक” को पदलाई कायम राख्‍न म मन खोलेर सहयोग माग्‍नुको सट्टा गुप्तमा एकलै रुन्थेँ। यो पद मलाई सम्‍हाल्‍न कठिन र थकाइलाग्दो थियो। मण्डलीले मलाई प्रचारक बनाउँदा, यसले मलाई अभ्यास गर्ने मौका दिइरहेको थियो, र आफ्‍नो कर्तव्यमा अझै धेरै सत्यताको खोजी गर्ने र बुझ्‍ने मौका दिइरहेको थियो। तर मैले सही मार्गलाई पछ्याइनँ। मैले यसलाई ख्याति र सौभाग्य पाउने मौकाको रूपमा प्रयोग गरेँ। के यो परमेश्‍वरको इच्‍छा विरुद्ध काम गर्नु थिएन र? परमेश्‍वरले हामी महामानव वा महान् मानिसहरू बनेको चाहनुहुन्‍न। परमेश्‍वर हामी सृष्टि गरिएको प्राणीको स्थानमा बसेर साधारण, अर्थात् सामान्य मानिसहरू बनेको, वास्तविक रूपमा सत्यताको पछि लागेको, आफ्‍ना कमीकमजोरीहरूलाई इमान्दारीपूर्वक सामना गरेको, र हामीले नबुझेका समस्याहरूका हकमा, ब्रदर-सिस्टरहरूसँग खुलस्त बोलेर सहयोग मागेको चाहनुहुन्छ। हामीमा हुनुपर्ने समझशक्ति यही हो।

पछि, मैले केही ब्रदर-सिस्टरहरूले लेखेका अनुभव सम्‍बन्धी केही गवाहीहरू पढेँ जसमा मेरो स्थितिसँग निकै मिल्‍ने परमेश्‍वरको वचनका खण्डहरू उल्‍लेख गरिएका रहेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परिस्थिति जस्तोसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य निर्वाह गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको देखाउने कोसिस गर्छन्, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्‍वरप्रति वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। वास्तवमा, तिनीहरूको हृदयको गहिराइमा, के साँच्चै तिनीहरूले गर्न नसक्ने केही पनि छैन भनी विश्‍वास गर्छन्? के तिनीहरूले साँच्‍चै तिनीहरू कमजोरीपन, नकारात्मकता वा भ्रष्टताको प्रकाशरहित छन् भनी विश्‍वास गर्छन्? बिलकुलै गर्दैनन्। तिनीहरू अभिनय गर्न सिपालु हुन्छन्, चीजहरू लुकाउन बाठा हुन्छन्। तिनीहरू मानिसहरूलाई आफ्नो बलियो र सानदार पक्ष देखाउन मन पराउँछन्; तिनीहरू आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैनन्। तिनीहरूको उद्देश्य स्पष्ट हुन्छ: स्पष्ट रूपमै यो आफ्नो इज्जत बचाउनु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। यदि तिनीहरूले आफ्नो नकारात्मकता र कमजोरीहरू अरूको अगाडि प्रकट गरे भने, यदि तिनीहरूले आफ्नो विद्रोही र भ्रष्ट पक्ष प्रकट गरे भने, त्यसले तिनीहरूको हैसियत र प्रतिष्ठाका लागि गम्भीर क्षति गर्नेछ—हुनुपर्ने भन्दा ठूलो समस्या हुनेछ भनी सोच्छन्। त्यसैले तिनीहरू आफू कमजोर, विद्रोही, र नकारात्मक भएको स्विकार्नुभन्दा मर्न तयार हुन्छन्। अनि, यदि एक दिन सबैले तिनीहरूको कमजोर र विद्रोही पक्ष देखे भने, र तिनीहरूले आफू भ्रष्ट भएको, र अलिकति पनि नबदलिएको देखे भने, तिनीहरूले अभिनय गर्न जारी राख्‍नेछन्। यदि तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण व्यक्ति, जो नगण्य भएको स्वीकार गरे मानिसहरूका हृदयमा आफ्नो स्थान गुमाउनेछन्, सबैको आराधना र श्रद्धा गुमाउनेछन्, र यसरी पूर्ण रूपमा असफल हुनेछन् भनी सोच्छन्। त्यसैले, जे भए पनि, तिनीहरू मानिसहरूको सामु खुलस्त हुँदैनन्; चाहे जे भए पनि, तिनीहरूले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिँदैनन्; बरु, तिनीहरूले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्छन्, र कहिल्यै हार मान्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। अर्को खण्डमा, परमेश्‍वरले मानिसहरू हैसियतको पछि लाग्‍नुको प्रकृति र परिणामहरूलाई खुलासा गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले भन्छन्, “तँ सधैँ महानता, कुलीनता र हैसियत पछ्याउँछस्; तँ सधैँ अरूभन्दा श्रेष्ठ हुन खोज्छस्। यस्तो देख्दा परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तैँले जति धेरै महानता, कुलीनता, र अरूभन्दा उच्‍च, प्रतिष्ठित, उत्कृष्ट र उल्लेखनीय हुने लक्ष्य पछ्याउँछस्, परमेश्‍वरले तँलाई त्यति नै धेरै घिनलाग्दो पाउनुहुन्छ। तैँले आत्मचिन्तन गरी पश्‍चात्ताप गर्दैनस् भने, परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ र त्याग्‍नुहुनेछ। परमेश्‍वरलाई घिनलाग्‍ने व्यक्ति बन्‍नदेखि जोगी! परमेश्‍वरले प्रेम गर्ने व्यक्ति बन्। त्यसोभए, परमेश्‍वरको प्रेम कसरी प्राप्त गर्न सकिन्छ त? आज्ञाकारी भई सत्यता स्वीकार गरेर, सृष्टि गरिएको प्राणीको स्थानमा उभिएर, दृढ भई परमेश्वरका वचनअनुसार कार्य गरेर, आफ्नो कर्तव्य उचितसित निर्वाह गरेर, इमानदार व्यक्ति बनेर, र मानव स्वरूपमा जिएर प्राप्त गर्न सकिन्छ। यति नै काफी छ, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। मानिसहरूले महत्त्वाकाङ्क्षा नपाल्ने वा अल्छे सपनाहरूमा नभुल्ने, प्रसिद्धि, लाभ, र हैसियतको पछि नलाग्‍ने वा भीडभन्दा राम्रो देखिन नखोज्ने कुरा सुनिश्‍चित गर्नुपर्छ। अझ, तिनीहरूले महान्‌ व्यक्ति वा महामानव, मानिसहरूमाझ श्रेष्ठ बन्‍ने र अरूलाई आफ्नो भक्ति गर्न लगाउने कोसिस गर्नै हुँदैन। त्यो भ्रष्ट मानवजातिको चाहना हो, र त्यो शैतानको बाटो हो; यस्ता मानिसहरूलाई परमेश्‍वरले मुक्ति प्रदान गर्नुहुन्‍न। यदि मानिसहरू पश्‍चात्ताप नगरी निरन्तर प्रसिद्धि, लाभ, र हैसियतको पछि लाग्छन् भने, तिनीहरूका लागि कुनै उपचार छैन, र एउटै मात्र परिणाम हुन्छ: हटाइन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। मैले परमेश्‍वरका वचनहरू मनन गरेँ, र ख्रीष्ट-विरोधीहरू ढोङ्गी हुन्छन् भन्‍ने देखेँ। अरूको हृदयमा स्थान पाउन, तिनीहरूले सधैँ आफूलाई राम्रो देखाउँछन् र देखावटी कुरा गर्छन्, तिनीहरूले कहिल्यै पनि सत्यताको खोजी गर्दैनन्, तिनीहरूले कहिल्यै पनि आफ्‍नो कमजोरी वा साँचो पक्ष अरूलाई देखाउँदैनन्, र तिनीहरूले अरूको प्रशंसा र आदर पाउन आफूलाई सत्यता बुझ्‍ने र कुनै कमजोरी नभएका मानिसहरूका रूपमा प्रस्तुत गर्छन्, ताकि सबैले तिनीहरूलाई पछ्याऊन् र आराधना गरून्। तिनीहरूको प्रकृति विशेष गरी अहङ्कारी र दुष्ट हुन्छन्। मैले आफ्‍नो व्यवहारको बारेमा मनन गरेँ र म ख्रीष्ट-विरोधी जस्तै छु भन्‍ने थाहा पाएँ। मण्डलीले मलाई प्रचारक बनाएको थियो, तर मैले यसलाई परमेश्‍वरबाट आएको आज्ञाको रूपमा लिइनँ वा कसरी वास्तविक बनेर, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने, र शुद्ध र इमानदार बन्‍ने भन्‍ने बारेमा विचार गरिनँ। बरु, मैले सधैँ म सबै कुरा जान्दछु भनेर बहाना गरेँ। म अरूले मलाई उच्‍च ठानून्, मसँग राम्रो क्षमता छ, र कुनै पनि समस्या समाधान गर्न सक्छु भन्‍ने सोचून् भन्‍ने चाहन्थेँ, ताकि तिनीहरूको हृदयमा मेरो निम्ति ठाउँ होस्, तिनीहरूले मलाई पछ्याऊन्, र मेरो आराधना गरून्। म अहङ्कारी र अविवेकी थिएँ। के मैले पदको लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेकी थिइनँ र? मैले सोचेको र गरेको सबै कुरा परमेश्‍वरको विरुद्धमा थियो। विशेष गरी जब मैले परमेश्‍वरले भन्‍नुभएको यो वचन देखेँ, “यदि मानिसहरू पश्‍चात्ताप नगरी निरन्तर प्रसिद्धि, लाभ, र हैसियतको पछि लाग्छन् भने, तिनीहरूका लागि कुनै उपचार छैन, र एउटै मात्र परिणाम हुन्छ: हटाइन्छ।” यो परमेश्‍वरले मलाई दिनुभएको चेतावनी हो भन्‍ने मलाई थाहा भयो। यदि मैले ख्याति र हैसियतको खोजी गर्ने त्यस मार्गलाई जारी राखेकी भए, परमेश्‍वरले अवश्य नै मलाई इन्कार गर्नुहुनेथियो, र अन्त्यमा मलाई हटाइनेथियो। मैले परमेश्‍वरसँग म पश्‍चात्ताप गर्न चाहन्छु, मुक्ति पाउने आफ्‍नो मौका गुमाउन चाहन्‍न, र शुद्ध र इमानदार व्यक्ति बन्‍न लागिपर्न इच्‍छुक छु भनेर प्रार्थना गरेँ।

भोलिपल्‍ट, मेरो माथिल्‍लो स्तरको अगुवाले मलाई भेला सम्‍बन्धी कागजात तयार गर्न अनुरोध गरिन्। उनले भेलामा सङ्गति गर्नुपर्ने धेरै वटा कुराहरू उल्‍लेख गरिन् र मैले बुझेँ कि बुझिनँ भनेर सोधिन्। वास्तवमा, मलाई त्यस बेला त्यति स्पष्ट भएको थिएन, तर उनले मलाई म कमजोर क्षमता भएको र भेला सम्‍बन्धी कागजात तयार गर्न नसक्‍ने व्यक्ति भनी भन्छिन् भन्‍ने डरले, मैले झूट बोलेँ र बुझेँ भनी भनेँ। तर जब मैले यो काम गर्न थालेँ, तब कसरी यसलाई व्यवस्थित गर्ने मलाई थाहा भएन। म निकै नर्भस भएँ, हातमा पसिना आइरहेको थियो, के गर्ने थाहा भएन, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वर, म शैतानद्वारा अत्यन्तै गन रूपमा भ्रष्ट तुल्याइएको छु। म अझै पनि प्रतिष्ठा र हैसियतको बन्धनमा छु। म आफ्‍नो देहलाई त्यागेर इमानदार बन्‍न सकिनँ। बिन्ती छ मलाई अभ्यासको मार्ग भेट्टाउन अगुवाइ र मार्गनिर्देशित गर्नुहोस्।”

मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “मण्डलीले कतिपय मानिसहरूलाई पदोन्‍नति र मलजल गर्छ, र तिनीहरूले प्रशिक्षित हुने राम्रो मौका पाउँछन्। यो राम्रो कुरा हो। यो भन्‍न सकिन्छ कि उनीहरूलाई परमेश्‍वरले उत्थान गर्नुभएको र अनुग्रह दिनुभएको हो। त्यसो भए, तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? तिनीहरूले पालन गर्नुपर्ने पहिलो सिद्धान्त भनेको सत्यतालाई बुझ्नु हो, तिनीहरूले सत्यता नबुझ्दा सत्यताको खोजी गर्नैपर्छ, र यदि आफैले खोजी गरेपछि पनि तिनीहरूले अझै बुझ्दैनन् भने, तिनीहरूले सङ्गति र खोजी गर्न सत्यता बुझ्‍ने व्यक्तिलाई खोज्‍नुपर्छ, र यसरी समस्यालाई शीघ्र र समयमै समाधान गर्न सकिन्छ। यदि तैँले सत्यताको बुझाइ हासिल गर्न र समस्या समाधान गर्नको लागि एक्लै परमेश्‍वरका वचनहरू पढ्नमा र यी वचनहरू मनन गर्नमा धेरै समय दिन मात्रै ध्यान दिन्छस् भने, यो अत्यन्तै ढिलो हुन्छ; र यो ‘सुस्त समाधानले तात्कालिक आवश्यकता पुरा गर्न सक्दैन’ भनेजस्तै हुन्छ। यदि सत्यताको हकमा तैँले चाँडो प्रगति गर्न चाहन्छस् भने, तैँले अरूसँग सहकार्य गर्न, अनि अझै बढी प्रश्‍नहरू गर्न, र अझै धेरै खोजी गर्न सिक्‍नुपर्छ। त्यसपछि मात्रै तेरो जीवन अझै शीघ्र रूपमा वृद्धि हुनेछ, र तैँले कुनै ढिलाइ नगरी समस्याहरू तुरुन्तै समाधान गर्न सक्‍नेछस्। तँलाई भर्खरै बढुवा गरिएको र तँ अझै पनि परीक्षण अवधिमा रहेको हुनाले, अनि तैँले साँचो रूपमा सत्यतालाई बुझिनसकेकोले वा तँमा सत्यता वास्तविकता नभएकोले—तँमा अझै पनि यो कदको कमी भएकोले—तँलाई बढुवा गर्नुको अर्थ तँमा सत्यता वास्तविकता छ भन्‍ने नसोच्; यस्तो हुँदैन। कामप्रति तँमा बोझको बोध रहेकोले र तँमा अगुवाको क्षमता भएकोले मात्रै बढुवा र मलजल गर्नको लागि तँलाई छनौट गरिएको हो। तँमा यो कुराको समझ हुनुपर्छ। यदि बढुवा भएर तँ अगुवा वा सेवक बनेपछि, तैँले आफ्नो हैकम जमाउन थाल्छस्, र आफू सत्यता पछ्याउने व्यक्ति भएको र आफूमा सत्यता वास्तविकता भएको विश्‍वास गर्छस् भने—र दाजुभाइहरूको समस्या जे-जस्तो भए पनि, यदि तैँले ती समस्या बुझेको, र आफू आत्मिक व्यक्ति भएको बहाना बनाउँछस् भने—यो मूर्खतापूर्ण तरिका हो, र यो ढोँगी फरिसीहरूकै शैली हो। तैँले सत्यतामा आधारित भएर बोल्‍ने र काम गर्ने गर्नुपर्छ। जब तैँले कुरा बुझ्दैनस्, तैँले अरूलाई सोध्‍न वा माथिबाट सङ्गति खोज्न सक्छस्—यसो गर्नु कुनै लाजमर्दो कुरा होइन। तैँले सोधिनस् भने पनि, माथिकालाई तेरो साँचो कदको ज्ञान हुन्छ, र तँमा सत्यता वास्तविकता छैन भन्‍ने थाहा हुन्छ। तैँले गर्नुपर्ने काम भनेको खोजी र सङ्गति गर्नु हो; यो सामान्य मानवतामा हुनुपर्ने समझ हो, र अगुवा र सेवकहरूले पालना गर्नुपर्ने सिद्धान्त हो। यो लाज मान्‍नुपर्ने कुरा होइन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने, मण्डलीले मलाई अभ्यास गर्ने मौका दिन, र काम कसरी गर्ने सिक्‍न सकूँ भनेर अगुवाको रूपमा बढुवा दिएको हो। यसको अर्थ म अरूभन्दा असल छु, अरूभन्दा उच्‍च छु, र म सबै कुरा जान्दछु भन्‍ने थिएन। मैले यो कर्तव्य पूरा गर्न थालेको धेरै भएको थिएन, र मैले गर्न नसक्‍ने कामहरू र मैले बुझ्‍न नसकेका सिद्धान्तहरू धेरै थिए। यो पूर्ण रूपमा सामान्य कुरा थियो। यसको साथै, मैले अनुभव सम्‍बन्धी लेखहरू लेख्‍न सकेँ भन्‍नुको अर्थ मसँग परमेश्‍वरको वचन सम्‍बन्धी केही सतही अनुभव र बुझाइ छ भन्‍ने हुन्थ्यो, तर म सत्यतालाई बुझ्छु वा ममा सत्यताका वास्तविकताहरू छन् भन्‍ने हुँदैनथियो। मैले परमेश्‍वरमा विश्‍वास गरेको त्यति धेरै भएको थिएन, म अझै पनि सत्यतालाई बुझ्दिनँ, र मेरो भ्रष्ट स्वभाव परिवर्तन भएको छैन, त्यसकारण मैले मेरा कमीकमजोरी र त्रुटिहरूलाई सही रूपमा लिनुपर्छ, र मैले नबुझेको बेला मेरा ब्रदर-सिस्टरहरूसँग खोजी र सङ्गति गर्नुपर्छ। यसमा लाजमर्दो कुरा केही पनि छैन। नबुझेको बेला पनि बुझेको छु भनेर बहाना गर्नु लाजमर्दो कुरा थियो, जसको अर्थ धेरै वटा समस्याहरू समयमा नै पूरा हुँदैनथिए, जसले मण्डलीको काममा ढिलाइ गर्थ्यो, र मैले सत्यताको खोजी गर्ने मौका बारम्‍बार गुमाएँ र म नकारात्मकता र कमजोरीमा जिएँ। म अत्यन्तै मूर्ख थिएछु! म यसरी जिउनु हुँदैनथियो। मैले आफ्‍ना अभिप्रायहरूलाई सही बनाएर, मन खोल्‍नुपर्थ्यो, ब्रदर-सिस्टरहरूसँग खोजी र सङ्गति गरेर, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो।

त्यसपछि, मैले भेला सम्‍बन्धी कागजात कसरी व्यवस्थित गर्ने भनेर सोधेँ, र उनले मलाई धैर्यताको साथ सङ्गति दिइन्। मैले छर्लङ्ग बुझेँ, र चाँडै नै कागजात व्यवस्थित भयो। उक्त भेला निकै प्रभावकारी भयो, र मलाई सहज र ढुक्‍क लाग्यो। अहिले, आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, म अझै पनि धेरै वटा समस्या र कठिनाइहरूको सामना गर्छु, तर म अहिले परमेश्‍वरसँग प्रार्थना गर्न र उहाँमा भरोसा गर्न सक्छु, र प्रायजसो मेरा ब्रदर-सिस्टरहरूको सहयोग माग्छु। भेलाहरूमा, म मेरा ब्रदर-सिस्टरहरूसँग आफ्‍नो बारेमा खुलस्त कुरा गर्छु र मेरो भ्रष्टता र कमीकमजोरीहरूको बारेमा बताउँछु। यसो गर्दा, मलाई निकै सहज र सुरक्षित महसुस हुन्छ। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो:  ७४. व्यक्तिलाई अन्धाधुन्ध पूजा गर्नुका परिणामहरू

अर्को:  ७६. क्रुर यातनाको एक रात

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger