१७. झुटो अगुवालाई रिपोर्ट गर्दा सिकेका पाठहरू

झोउ सुआन, चीन

सेप्टेम्बर २०१९ मा, मैले अगुवाका रूपमा सेवा गर्न थालेँ र म मेरी सहकर्मी वाङ रानसँग केही स्थानीय मण्डलीहरूको कामको इन्चार्ज रहेँ। कर्तव्यमा निकै नयाँ भएकीले, म अझै कामका निश्चित पक्षहरूसँग अपरिचित थिएँ र छलफलका लागि प्रायः वाङ रानलाई खोज्ने गर्थेँ। तर पछि मैले वाङ रान आफ्नो कर्तव्यमा बोझ वहन गर्न असफल भएको पत्ता लगाएँ। मैले उनीसँग एउटा मण्डलीमा गएर ख्याति र लाभका लागि होड गरिरहेका र मिलेर सहकार्य गर्न असफल भइरहेका दुई अगुवासँग सङ्गति गर्ने प्रस्ताव राख्दा, उनले त्यस विषयलाई गम्भीर रूपमा लिइनन् र त्यसलाई पन्छाइरहिन्। फलस्वरूप, हामीले समस्या समाधान गर्न धेरै ढिलो गरेकाले, मण्डलीको काम नकारात्मक रूपमा प्रभावित भयो। त्यसबाहेक, मैले सुसमाचार फैलाउँदा हाम्रा ब्रदर-सिस्टरहरूले सामना गरिरहेका केही समस्या र कठिनाइ सुल्झाउन कसरी मद्दत गर्न सक्छौँ भनी छलफल गर्न चाहँदा, उनले त्यसमा पनि ढिलासुस्ती गरिन्। फलस्वरूप, ती समस्याहरू समयमै समाधान भएनन् र सुसमाचारको काम नकारात्मक रूपमा प्रभावित भयो। मैले वाङ रानमा आफ्नो कर्तव्यप्रति जिम्मेवारी बोध नभएको याद गरेँ र मैले यो कुरा उनलाई औँल्याउने विचार गरेँ, तर म यो अगुवाको कर्तव्यमा नयाँ थिएँ र अझै कामका निश्चित पक्षहरूसँग अपरिचित थिएँ, त्यसैले मलाई यदि मैले उनलाई चिढ्याएँ र हाम्रो काम गर्ने सम्बन्ध प्रभावित भयो भने, मैले कर्तव्यमा समस्याहरूको सामना गर्दा उनले मलाई मद्दत गर्नेछैनन् भन्ने चिन्ता लाग्यो। यसैकारणले, मैले अन्ततः आफूलाई लागेको कुरा उनलाई औँल्याइनँ। त्यसको केही समयपछि नै, मैले कर्मचारी समायोजन गर्दा वाङ रानले प्रायः आफ्नो अहङ्कारी स्वभावका आधारमा मानिसहरूबारे निर्णय गर्ने गरेको याद गरेँ। उनी “यो व्यक्ति हुँदैन” र “त्यो व्यक्ति राम्रो छैन” भन्थिन् र उनीहरूलाई संवर्धन नगर्नका लागि सबै किसिमका बहानाहरू बनाउँथिन्। फलस्वरूप, व्यवस्थापन गर्न उपयुक्त व्यक्तिहरू खटाउन नसकिएकाले मण्डलीका निश्चित परियोजनाहरू सुस्त गतिमा अघि बढे। जब हाम्रा अगुवालाई यो कुरा थाहा भयो, उनले हामीलाई जतिसक्दो चाँडो उपयुक्त उम्मेदवारहरू खोज्न भने, तर जब वाङ रानले मैले सुझाएका उम्मेदवारहरूलाई देखिन्, उनले तुरुन्तै तिनीहरू राम्रा छैनन् भनिन्। मैले मनमनै सोचेँ, “मण्डलीको काममा सहभागी हुन थप ब्रदर-सिस्टरहरूको खाँचो छ, तर उनी मानिसहरूलाई संवर्धन गर्न असफल मात्र भएकी छैनन्, उनले सधैँ संवर्धनमा बाधासमेत दिएकी छिन्। उनी मण्डलीको काममा बाधा र अवरोध गरिरहेकी छिन्।” म उनीसँग यस मुद्दाको गम्भीरताका बारेमा छलफल गर्न चाहन्थेँ, तर यदि मैले धेरै स्पष्ट रूपमा कुरा गरेँ भने, उनले मप्रति रिस राख्नेछिन् भनी म डराएँ, त्यसैले मैले यत्तिकै “हामीले मानिसहरूबारे निर्णय गर्नु हुँदैन” भनी उल्लेख गरेँ। तर, वाङ रानले मेरो सुझाव स्वीकार गरिनन्। अर्को पटक, जब म उनीसँग एउटा मण्डलीमा अगुवाको चुनाव सञ्चालन गर्न गएँ, एक जना ब्रदर चुनावसम्बन्धी निश्चित सिद्धान्तहरूबारे स्पष्ट थिएनन् र उनले केही प्रश्नहरू सोधे, तर वाङ रानले सत्यतामा सङ्गति गरेर उनलाई प्रश्नहरू समाधान गर्न मद्दत त गरिनन् नै, उनले ब्रदरलाई झन्झटिलो ठानेर उनको आलोचना समेत गरिन्। यसले भेलाको समयमा धेरै अप्ठ्यारो वातावरण सिर्जना गर्‍यो र चुनावलाई प्रभावित पार्‍यो। मैले एक अगुवाका रूपमा वाङ रानले ब्रदर-सिस्टरहरूलाई प्रेमले व्यवहार नगरेको, आफ्नो हैसियतको पदबाट अरूलाई बाँधेको र चुनावमा बाधा पुर्‍याएको देखेँ। म उनलाई केही भन्न चाहन्थेँ, तर त्यसो गर्नै लाग्दा, मैले पहिले उनीसँग उनका कमीहरूबारे कुरा उठाउँदा, उनले मेरो राय स्वीकार नगरेकी मात्र होइन, उनी प्रतिरोधी भएकी र रिसाएकी पनि थिइन् भन्नेबारे सोचेँ। यदि उनले मेरो सुझाव फेरि स्वीकार गरिनन्, र यति धेरै ब्रदर-सिस्टरहरूको अगाडि मेरै आलोचना गरिन् भने, म पक्कै लज्जित हुनेछु। मैले सोचेँ, “छोडिदिऊँ, जति कम समस्या, उति राम्रो; मैले आफ्नो लागि समस्या निम्त्याउनु हुँदैन।” केही दिनपछि, वाङ रानले भेलाको समयमा ब्रदर-सिस्टरहरूका वास्तविक समस्या र कठिनाइहरू समाधान नगरिरहेकी, तिनीहरूको कार्य प्रदर्शन कमजोर भएको र तिनीहरूले समाधानका मार्गहरूका लागि उनलाई खोज्दा, उनले बस तिनीहरूलाई बेवास्ता गर्ने गरेको, तिनीहरूका अनुरोधहरूलाई गम्भीर रूपमा नलिएको र रिसाएर उनीहरूलाई भाषण छाँट्ने गरेको कुरा सुसमाचार डिकनले मलाई बताए। धेरै अवसरहरूमा उनलाई यी मुद्दाहरू औँल्याइदा पनि, उनी अझै पनि सुझावहरू स्वीकार गर्दिनथिन् र त्यसैले डिकनले वाङ रानका मुद्दाहरूका बारेमा सँगै रिपोर्ट लेख्ने प्रस्ताव गरे। मैले सोचेँ कि सुसमाचार डिकनले भनेका सबै कुरा सत्य थिए र सिद्धान्त अनुसार हामीले वास्तवमा उनलाई रिपोर्ट गर्नुपर्छ, तर फेरि मैले सोचेँ, “यदि हामीले रिपोर्ट लेख्यौँ र हाम्रा अगुवा अनुसन्धान गर्न आए भने, के वाङ रानले गल्ती स्वीकार नगरी म एकपक्षीय राय सुनेर प्रभावित भएको र उनलाई बहिष्कार गर्न खोजेको भन्ने ठान्नेछिन्? यदि मैले हाम्रो सम्बन्ध बिगारेँ भने, भविष्यमा हामी कसरी सँगै आफ्नो कर्तव्य पूरा गर्नेछौँ? मैले केही नभन्नु नै राम्रो।” मन बनाइसकेपछि, मैले डिकनलाई अनुसन्धानबाट सबै कुरा स्पष्ट नभएसम्म पर्खनेछु र त्यसपछि मात्र निर्णय गर्नेछु भनेँ। त्यसपछि, मैले वाङ रानमा झन्-झन् धेरै समस्याहरू भएको याद गर्न थालेँ। एक पटक हाम्रो खाता हेर्दै गर्दा, मैले याद गरेँ कि उनले मण्डलीको पैसा सिद्धान्त अनुसार प्रयोग गरिरहेकी थिइनन्। उनले कसैसँग छलफल नगरी र ती व्यावहारिक खरिदहरू हुन् कि होइनन् भनी विचार नगरी मण्डलीका लागि सामानहरू किनेकी थिइन्। उनले किनेका सामानहरू अन्ततः मण्डलीका प्रयोजनका लागि अनुपयुक्त भए र प्रयोग गर्न सकिएन, अर्थात् उनले मण्डलीको पैसा खेर फालेकी थिइन्। त्यो अवस्था देखेर मलाई निकै दोषी महसुस भयो र मनमनै सोचेँ, “मैले यस पटक मण्डलीको हितको रक्षा गर्नै पर्छ। मैले उनका समस्याहरू औँल्याएर उनीसँग लामो र राम्रो छलफल गर्नुपर्छ।” तर जब मैले अन्ततः उनका समस्याहरू औँल्याएँ, उनले मेरा सुझावहरू अस्वीकार मात्र गरिनन्, मसँग तर्क गर्ने र आफ्नो बचाउ गर्ने प्रयास समेत गरिन्। म उनका कार्यहरूका प्रकृति र परिणामहरू उनलाई खुलासा गर्न चाहन्थेँ, तर फेरि मैले सोचेँ, “यदि म मेरो खुलासामा धेरै कठोर भएँ भने, उनले मप्रति रिस मात्र राख्ने छैनन्, उनले मलाई हरेक दिन नराम्रो व्यवहार गर्नेछिन्। त्यसले मेरो जीवन धेरै कठिन बनाउनेछ।” त्यसैले, अगुवाका रूपमा समस्याहरूको सामना गर्दा हामीले धेरै खोज्नुपर्छ र परमेश्‍वरको डर मान्ने हृदय राख्नुपर्छ भनी उनलाई चतुऱ्याइँपूर्वक सम्झाउने काम मात्र गरेँ। त्यसपछि, वाङ रानले मप्रति पूर्वाग्रह राख्न थालिन् र कामबारे छलफल गर्दा मलाई बेवास्ता गर्थिन् र मलाई आफैँ समाधान गर्न भन्थिन्। मैले उनी निरन्तर आफ्नो कर्तव्यमा जिम्मेवार हुन असफल हुने गरेको, उनले लापरबाही र मनमानी ढङ्गले काम गर्ने गरेको, काटछाँट स्वीकार नगरेको सत्यता स्वीकार नगरेको र उनी आफ्नो कर्तव्यमा रहिरहन उपयुक्त नभएको कुरा महसुस गरेँ। म उनको अवस्थाबारे अगुवालाई पत्र लेख्न चाहन्थेँ, तर यदि उनी बर्खास्त भइन् भने, उनले मैले पिठ्यूँपछाडि सुराकी गरेको ठान्लिन् मप्रति त्यसको रिस पाल्लिन् भनेर म चिन्तित भएँ। त्यसपछि हामी कहिल्यै भेटेको खण्डमा मलाई अप्ठ्यारो लाग्नेथ्यो। मैले केही समय यस बारेमा मनमा कुरा खेलाएँ, तर अन्ततः अगुवालाई पत्र लेख्ने विचार त्यागिदिएँ। मैले सत्यता बुझेको भए तापनि, मेरो भ्रष्ट स्वभावद्वारा बाँधिएकी हुनाले म अझै सत्यता अभ्यास गर्न असमर्थ भएकोमा मलाई निकै दोषी महसुस भयो। त्यसपछिका केही दिनसम्म, मलाई केही गर्नै मन लागेन र मैले गर्न खोजेका हरेक कुरामा जताततै बाधा आइपर्यो, र मैले मनभित्र भयानक अन्धकार महसुस गरेँ। म प्रायः प्रार्थना गर्थेँ, परमेश्‍वरलाई मेरो अवस्थाबारे बताउँथेँ र आफैलाई बुझ्न मार्गदर्शन गर्न उहाँलाई बिन्ती गर्थेँ।

एक दिन आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनको यो खण्ड देखेँ: “जब तिमीहरू कुनै समस्या देख्छौ र पनि यसमा कुनै हस्तक्षेप गर्दैनौ, यसबारे सङ्गति गर्दैनौ, यसलाई रोक्‍ने प्रयास गर्दैनौ, अनि त्यसबाहेक माथिकाहरूलाई यसबारे रिपोर्ट गर्दैनौ, तर ‘मानिसहरूलाई खुसी पार्ने’ को भूमिका निभाउँछौ भने, के यो अबफादारीको सङ्केत हो? के मानिसहरूलाई खुसी पार्नेहरू परमेश्‍वरप्रति बफादार हुन्छन्? पटक्‍कै हुँदैनन्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति निष्ठावान् नहुने मात्र होइनन्, तिनीहरूले त शैतानको मतियार, परिचर र अनुयायीका रूपमा समेत काम गरिरहेका हुन्छन्। तिनीहरू आफ्‍नो कर्तव्य र जिम्‍मेवारीमा बफादार हुँदैनन्, तर शैतानका लागि चाहिँ निकै बफादार हुन्छन्। समस्याको सार नै यहीँ छ। व्यावसायिक अपर्याप्तताका हकमा भन्दा, कर्तव्यपालन गर्ने क्रममा निरन्तर रूपमा सिक्‍न र आफ्‍ना अनुभवहरूलाई जम्‍मा गर्न सम्‍भव हुन्छ। त्यस्ता समस्याहरूलाई सजिलै समाधान गर्न सकिन्छ। समाधान गर्न सबैभन्दा कठिन कुरा भनेको मानिसको भ्रष्ट स्वभाव हो। यदि तिमीहरू सत्यता पछ्याउँदैनौ वा भ्रष्ट स्वभाव समाधान गर्दैनौ, तर सधैँ मानिसहरूलाई खुसी पार्ने भूमिका निभाउँछौ, र सिद्धान्तहरू उल्‍लङ्घन गरेको भनी तिमीहरूले देखेका मानिसहरूलाई काटछाँट वा सहयोग, खुलासा वा पर्दाफास नगरी, सधैँ पछि हट्छौ, जिम्‍मेवारी लिँदैनौ भने, तिमीहरूको जस्तो कर्तव्यपालनले मण्डलीका काममा सम्झौता र ढिलाइ मात्रै निम्त्याउँछ। आफ्नो कर्तव्य निर्वाहलाई अलिकति पनि जिम्मेवारी नलिई तुच्छ ठान्दा कामका प्रभावकारितामा असर मात्र पुग्दैन, तर मण्डलीको काममा बारम्बार ढिलाइ पनि हुन्छ। तैँले यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा, के तैँले झारा टार्ने काम मात्र गरेर परमेश्‍वरलाई छल गरिरहेको हुँदैनस् र? के यसले परमेश्‍वरप्रति कुनै बफादारी देखाउँछ? यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा निरन्तर रूपमा झारा मात्र टारिरहेको हुन्छस् र दृढ भई पश्‍चात्ताप गर्दैनस् भने, तँलाई निश्‍चित रूपमा हटाइनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई मान्छे खुसी पारिहिँड्ने मानिसहरू अरू चिढिएलान् भनी डराउँछन्, आफ्नो सम्बन्ध कायम राख्नेबारे सधैँ चिन्तित हुने हुनाले परमेश्‍वरको घरका हितलाई विचार गर्न असफल हुन्छन्, र आफ्नो हितको रक्षा गर्न परमेश्‍वरको घरको हितलाई बलि चढाउनु हिचकिचाउँदैनन् भनेर बुझ्न मद्दत गरे। मूलतः तिनीहरू परमेश्‍वरको घरको काममा अवरोध र बाधा पुऱ्याउन शैतानको नोकरका रूपमा काम गर्छन्। तिनीहरूमा आफ्नो कर्तव्यप्रति अलिकति पनि बफादारी हुँदैन र तिनीहरू एकदमै स्वार्थी र घृणित हुन्छन्। वाङ रानसँगको मेरो सहकार्यको समयबारे चिन्तन गर्दा, मैले उनी झुटो अगुवाका रूपमा प्रकट भएकी छिन् र उनलाई सत्यता सिद्धान्तहरूअनुसार खुलासा र रिपोर्ट गर्नुपर्छ भनेर स्पष्ट रूपमा खुट्याएकी थिएँ, तर म उनले त्यो मविरुद्ध चलाउनेछिन् र त्यसले अघि गएर उनीसँग अन्तरक्रिया गर्न गाह्रो बनाउनेछ भनी चिन्तित थिएँ। फलस्वरूप, हाम्रो सम्बन्ध कायम राख्न, मैले मान्छे खुसी पारिहिँड्ने व्यक्ति जस्तो व्यवहार गरेँ, उनले मण्डलीमा अवरोध र बाधा पुऱ्याउँदा र मण्डलीको काममा क्षति पुर्‍याउँदा आँखा चिम्लिरहेँ। मेरो हकमा भन्नुपर्दा, म परमेश्‍वरद्वारा तिरस्कृत भएँ र अन्धकारमा परेँ र धेरै कष्ट भोगेँ। परमेश्‍वरका वचनहरूले मेरो व्यवहारलाई राम्ररी वर्णन गरे: “तिनीहरूले त शैतानको मतियार, परिचर र अनुयायीका रूपमा समेत काम गरिरहेका हुन्छन्। तिनीहरू आफ्‍नो कर्तव्य र जिम्‍मेवारीमा बफादार हुँदैनन्, तर शैतानका लागि चाहिँ निकै बफादार हुन्छन्।” मैले परमेश्वरका अभिप्रायलाई ख्याल गर्नेछु र मण्डलीको कामको रक्षा गर्नेछु भन्ने अपेक्षासाथ उहाँले मलाई अगुवाका रूपमा कर्तव्य गर्ने अवसरको अनुग्रह प्रदान गर्नुभएको थियो, तर सबैभन्दा महत्त्वपूर्ण क्षणमा, मैले यो अपेक्षा पूरा गरिनँ। वास्तवमा, मैले मण्डलीबाटै गुजारा चलाउँदै शत्रुलाई मद्दतसमेत गरेँ, झुटो अगुवाको रक्षा गरेँ र शैतानको मतियारका रूपमा काम गरेँ। परमेश्‍वरले मेरा कार्यहरूलाई एकदमै घृणा र तिरस्कार गर्नुभएको हुनुपर्छ! मैले मनमनै सोचेँ, “मलाई झुटो अगुवाले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याएकामा उसको रिपोर्ट गर्नुपर्छ भन्ने मलाई थाहा थियो र त्यसो नगरेकोमा दोषी महसुस भयो। म सत्यता अभ्यास गर्न चाहन्थेँ, तर मैले किन गर्न सकिनँ? म केद्वारा नियन्त्रित हुँदै थिएँ?”

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड फेला पारेँ: “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। … मानिसको शैतानी प्रकृतिमा एकदमै धेरै शैतानी दर्शन र विषहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई पनि तीबारे थाहा नहुन सक्छ, र तैँले तिनलाई बुझ्दैनस्; तैपनि तेरो जीवनको हरेक क्षण तिनै कुराहरूमा आधारित हुन्छ। अझ भन्‍ने हो भने, तैँले ती कुराहरू निकै सही र मनासिब छन् र ती गलत छँदै छैनन् भन्‍ने ठान्छस्। शैतानका दर्शनहरू मानिसहरूको प्रकृति बनेका छन्, र तिनीहरू यसप्रकारको जीवनशैली राम्रो छ भन्‍ने सोच्दै र कुनै पश्‍चात्तापको बोध नगरी यिनै दर्शनहरूअनुरूप बाँचिरहेका छन् भन्‍ने देखाउन यही काफी छ। त्यसकारण, तिनीहरूले निरन्तर रूपमा आफ्‍नो शैतानी प्रकृति प्रकट गरिरहेका छन्, र तिनीहरू निरन्तर रूपमा शैतानका दर्शनहरूअनुरूप बाँचिरहेका छन्। शैतानको प्रकृति मानवजातिको जीवन हो, अनि यो मानवजातिको प्रकृति सार हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। मैले परमेश्‍वरका वचनहरूमार्फत, मान्छे खुसी पारिहिँड्ने मेरो व्यवहारको जड म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” जस्ता शैतानका विषहरूअनुसार जिउनु थियो भन्ने कुरा थाहा पाएँ। यी विषहरूले मेरो हृदयमा जरा गाडिसकेका थिए र म तीअनुसार जिउँथेँ, सधैँ आफ्नो सम्बन्ध कायम राख्न खोज्थेँ। म आफ्नो इज्जत जोगाउन झन्-झन् स्वार्थी, छली र मानव रूपहीन बन्दै गएँ। यी विषहरू मेरो स्वभाव नै बनिसकेका थिए र मेरा सबै कार्य तीद्वारा नियन्त्रित थिए। मैले स्पष्ट रूपमा सत्यता जानेकी थिएँ, तर त्यो अभ्यास गर्नै सकिनँ। परमेश्‍वरमा विश्वास गर्न थाल्नुअघि, मैले जोसँग अन्तरक्रिया गरिरहेकी भए पनि, म त्यस व्यक्तिसँग आफ्नो सम्बन्ध कायम राख्न र उसमा राम्रो छाप छोड्न सकेसम्म बरु आफ्नो बोली र कार्यमा घाटा बेहोर्थेँ। परमेश्‍वरमा विश्वास गरेपछि पनि, म यी शैतानी विषहरूअनुसार जिइरहेँ। वाङ रानसँगको मेरो सम्बन्ध कायम राख्न, मैले उनका समस्याहरू देख्दा उनलाई ती बताइनँ र उनी झुटो अगुवा हुन् भनेर प्रकट भएकी स्पष्ट रूपमा देखेपछि पनि उनको खुलासा र रिपोर्ट गरिनँ, जसले गर्दा मण्डलीको काममा क्षति पुग्यो। मैले आफू छली, कृपापात्र बन्न खोज्ने र खुसामदी गर्ने व्यक्ति रहेछु भनेर बुझेँ। अरूसँग सम्बन्ध कायम राख्ने प्रयासमा आफ्नो ध्यान केन्द्रित गर्दा, मैले परमेश्‍वरको घरको काम वा मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई अलिकति पनि ख्याल गरिनँ। मैले आफ्नो कर्तव्य पटक्कै गरिरहेकी थिइनँ; मैले दुष्टता गरिरहेकी थिएँ! म मेरा सङ्गी मानिसहरूलाई भन्दा बरु परमेश्‍वरलाई चिढ्याउन रुचाउँथेँ। आफ्नो हितको रक्षा गर्ने प्रयासमा, म सत्यता अभ्यास गर्न असफल भएँ, मैले सिद्धान्तअनुसार काम गरिनँ र शैतानको नोकरका रूपमा सेवा गरेँ, जसले गर्दा झुटो अगुवाले आफूखुसी मण्डलीको कामलाई हानि गर्न सकी। कत्ति घृणित! त्यतिबेला मात्र मैले के बुझेँ भने मान्छे खुसी पारि हिँड्नेहरू खराब हृदयका हुन्छन् र परमेश्‍वर तिनीहरूलाई घृणा गर्नुहन्छ! यदि मैले पश्चात्ताप नगरेकी भए, म निश्चय नै परमेश्वररद्वारा तिरस्कृत हुनेथिएँ र हटाइनेथिएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड देखेँ जसले यसो भनेको छ: “यदि तँसँग मान्छे खुसी पारिहिँड्ने व्यक्तिका का अभिप्राय र दृष्टिकोण छन् भने, सबै मामलामा तैँले सत्यता अभ्यास गर्नेछैनस् वा सिद्धान्त पालना गर्नेछैनस्, अनि तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्युँझिँदैनस् र कहिल्यै सत्यताको खोजी गर्दैनस् भने, तँ अविश्‍वासी होस्, र तैँले सत्यता र जीवन कहिल्यै पाउनेछैनस्। त्यसोभए तैँले के गर्नुपर्छ त? त्यस्ता कुराहरू सामना गर्दा, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँलाई पुकार्नुपर्छ, उहाँको मुक्तिका लागि बिन्ती गर्नुपर्छ र तँलाई अझ बढी आस्था र सामर्थ्य दिनुहोस् र तँलाई सिद्धान्तहरू पालन गर्न, आफूले गर्नुपर्ने कार्य गर्न, सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्न, आफू खडा हुनुपर्ने स्थानमा दृढ भएर खडा हुन, परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्न, र परमेश्‍वरको घरका काममा कुनै हानि आउन नदिन सक्षम तुल्याइदिनुहोस् भनी अनुरोध गर्नुपर्छ। यदि तैँले आफ्‍नो स्वार्थ, घमन्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्तिको दृष्टिकोणविरुद्ध विद्रोह गर्न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार र एकाग्र हृदयले गरिस् भने, तैँले शैतानलाई पराजित गरेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। मैले परमेश्‍वरका वचनहरूबाट बुझेँ, झुटा अगुवाहरूको रिपोर्ट र खुलासा गर्नु परमेश्‍वरका हरेक चुनिएका मानिसहरूको कर्तव्य र जिम्मेवारी, र सकारात्मक कुरा हो। यसो गर्नाले मण्डलीको कामलाई अवरोधबाट सुरक्षित राख्छ, ब्रदर-सिस्टरहरूलाई राम्रो मण्डली जीवन पाउन सक्षम बनाउँछ, र झुटा अगुवाहरूलाई आफ्ना कार्यहरू साँच्चै बुझ्न र समयमै परमेश्‍वरसामु पश्चात्ताप गर्न मद्दत गर्छ। मेरा सन्दर्भमा भन्दा, मैले झूटो अगुवाको रिपोर्ट गर्नु त्यस व्यक्तिलाई चिढ्याउनु हो भनी गलत विश्वास गरेँ, र यसैले, वाङ्ग रानले वास्तविक काम नगरेको स्पष्ट देखेर पनि, मैले उनको रिपोर्ट र खुलासा गर्न सकिनँ, जसले गर्दा मण्डलीको हरेक परियोजनामा अवरोध पुग्यो यो गम्भीर लापरवाही थियो। मैले अरूसँगको सम्बन्ध कायम राख्ने काममा शैतानी दर्शनअनुसार जिउन छोड्नुपर्थ्यो। म परमेश्‍वरको पक्षमा खडा हुनुपर्थ्यो, मैले सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्नुपर्थ्यो, मण्डलीको कामको रक्षा गर्नुपर्थ्यो र इन्साफको बोधसाथ कार्य गर्नुपर्थ्यो। यसरी गर्दा मात्र म परमेश्‍वरको अभिप्राय अनुरूप हुनेथिएँ। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गर्दै भनेँ, “हे परमेश्‍वर! पटक-पटक, तपाईंले मलाई सत्यता अभ्यास गर्ने मौका दिनुभएको छ, तर म निरन्तर भ्रष्ट स्वभावमा जिएँ, आफूलाई बचाएँ र तपाईंलाई सन्तुष्ट पार्न असफल भएँ। यस पटक, म अब मान्छे खुसी पारि हिँड्नेहरूको सांसारसँग व्यवहार गर्ने दर्शनअनुसार जिउन इच्छुक छैनँ र म वाङ्ग रानलाई खुलासा गर्न पत्र लेख्नेछु।” रिपोर्ट लेख्न तयार हुनै लाग्दा, मेरा अगुवाले मलाई भेलाका लागि बोलाउनुभयो, र मैले वाङ्ग रानका सबै समस्याहरू उहाँहरूलाई बताएँ। मैले त्यस समयमा म कसरी मान्छे खुसी पारिहिँड्ने व्यक्ति भएकी थिएँ, सत्यता अभ्यास गर्न असफल भएकी थिएँ र मण्डलीको हितमा क्षति पुऱ्याएकी थिएँ भन्नेबारे पनि खुलेर बताएँ।

पछि, मामिलाको जाँचबुझ र अनुसन्धान गरेपछि, वाङ्ग रान वास्तविक काम नगर्ने झूटो अगुवा भएको पाइयो र उनलाई बर्खास्त गर्नुपर्ने सिफासिस गरियो। वाङ्ग रानलाई बर्खास्त गर्ने दिन, अगुवाले उनको व्यवहारको खुलासा गरिसकेपछि, मलाई मेरो टिप्पणी दिन भन्नुभयो। मलाई केही चिन्ता लाग्यो, “यदि मैले उनलाई खुलासा गरेँ भने, उनले पक्कै पनि मप्रति रिस राख्नेछिन् र मैले उनको समस्या रिपोर्ट गरेकाले मात्र उनलाई बर्खास्त गरिएको हो भनी ठान्नेछिन्। के त्यसले भविष्यमा उनीसँगको अन्तरक्रिया गाह्रो नबनाउला र?” मैले आफू फेरि व्यक्तिगत सम्बन्ध कायम राख्न खोजिरहेको र मान्छे खुसी पारिहिँड्ने व्यक्ति जस्तो व्यवहार गरिरहेको महसुस गरेँ, त्यसैले मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “तैँले गवाही दिन र मण्डलीको काम रक्षा गर्न सक् भन्‍ने उद्देश्यले परमेश्‍वरले मानिसहरूलाई यति धेरै सत्यता दिनुभएको छ, तँलाई यति लामो समयदेखि अगुवाइ गर्नुभएको छ, र तेरो यति धेरै भरणपोषण गर्नुभएको छ। तर लाग्छ, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्ट कार्यहरू गर्दा र मण्डलीको काममा बाधा दिँदा, तँ डरपोक बन्छस् र पछि हट्छस्, र हातले टाउको छोपेर भाग्छस्—तँ केही न कामको छस्। तँ शैतानहरूलाई जित्न सक्दैनस्, तैँले गवाही दिएको छैनस्, र तँलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। यो महत्त्वपूर्ण क्षणमा, तैँले खडा भएर शैतानहरूसँग युद्ध गर्नुपर्छ, ख्रीष्टविरोधीहरूका दुष्कर्महरू खुलासा गर्नुपर्छ, तिनीहरूलाई निन्दा गर्नु र धिक्‍कार्नुपर्छ, तिनीहरूलाई लुक्ने ठाउँ दिनु हुँदैन र तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाउनुपर्छ। यसलाई मात्र शैतानमाथि विजय हासिल गर्नु र तिनीहरूको भाग्य समाप्त पार्नु भनेर भन्‍न सकिन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्‍वरका वचनहरूले मलाई सत्यता अभ्यास गर्ने शक्ति दिए। विगतमा, मैले आफूलाई बचाउन चाहेकाले र मानिसहरूको हाउभाउ र झुकाव बुझेर सोहीअनुसार कार्य गर्ने प्रयास गर्ने गरेकाले सत्यता अभ्यास गर्ने धेरै अवसरहरू गुमाएको कुरा सोचेँ। यस पटक, मैले सत्यता अभ्यास गर्न परमेश्‍वरमा भर पर्नैपर्थ्यो, वाङ्ग रानका सबै समस्याहरू खुलासा गर्नैपर्थ्यो र उनलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्न मद्दत गर्नैपर्थ्यो। यो बुझेर, मैले वाङ्ग रानका सबै समस्याहरू एक-एक गरी औँल्याएँ, र त्यस क्रममा मनमा विशेष गरी शान्ति महसुस गरेँ।

यो अनुभवबाट मैले बुझेँ, मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्नु आफ्नो र अरूका लागि हानिकारक हुन्छ र परमेश्‍वरले त्यस्ता मानिसहरूलाई निकै तिरस्कार गर्नुहुन्छ। परमेश्‍वरले मान्छे खुसी पारिहिँड्नेहरूलाई सिद्ध पार्नुहुन्न—परमेश्वरले आफूलाई के मनपर्छ र के मनपर्दैन भन्नेबारे स्पष्ट दृढविश्वास र इन्साफको बोध भएका र परमेश्‍वरको घरको हितको रक्षा गर्न सक्षम इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ। यस्ता मानिसहरूले मात्र परमेश्‍वरको अभिप्राय अनुरूप कर्तव्य गर्छन् र मुक्ति पाउन सक्छन्।

अघिल्लो:  १६. अब म डरले लुरुक्क पर्दिनँ

अर्को:  १८. कमजोर आत्मबलबाट म कसरी मुक्त भएँ

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger