४. तपाईंले काममा लगाउनुभएकाहरूलाई शङ्का नगर्नु: के त्यो ठिक हो?
जुलाई २०२० मा, म अगुवा चुनिएँ, र धेरैवटा मण्डलीका कामको जिम्मेवारी लिएँ। ती मण्डलीहरूमध्ये एउटामा सिस्टर लिउ जिङ भर्खरै चुनिएकी थिइन्। मैले पहिले उनीसँग काम गरिसकेकी थिएँ, र उनलाई अलि राम्रैसँग चिन्थेँ। उनी परिपक्व, दृढ थिइन्, कामकुरालाई सबै पक्षबाट हेर्थिन्, र कर्तव्यमा बोझ उठाउँथिन्। म समस्या वा कठिनाइहरूमा पर्दा उनले सधैँ मलाई परमेश्वरका वचनमा सङ्गति गरेर सहायता गर्थिन्। मलाई उनी भरपर्दो जस्ती लाग्थ्यो, त्यसैले मैले उनको मण्डलीबारे त्यति चिन्ता गर्नुपर्दैन र म आफ्नो धेरै ऊर्जा अरूमा लगाउन सक्छु भन्ने मलाई लाग्यो। त्यसैले, मैले लिउ जिङलाई कामका विभिन्न पक्ष कसरी सम्हाल्ने भनी सरसरती बताएपछि, आफैले चाहिँ उनको कमबारे त्यत्ति चासो राखिनँ। यस अवधि, मैले उनले आफ्ना काममा एउटा मार्ग पाएकी र कामका विभिन्न पक्षमा परिणाम हासिल गरिरहेकी देखेँ, अनि यसले गर्दा मेरो मन झनै ढुक्क भयो। यदि मैले कामकुराको जाँच गरिनँ भने पनि, उनले आफूलाई आइपर्ने कुनै पनि कठिनाइ वा समस्याहरू तुरुन्तै समाधान गर्न सक्नेछिन् भन्ने मलाई लाग्यो। त्यसैले मैले लगातार तीन महिनासम्म उनी जिम्मेवार रहेको कामको विस्तृति रूपमा जाँच वा अनुगमन गरिनँ, र उनलाई उच्च नेतृत्व पदका लागि चुनाउमा उम्मेद्वारका रूपमा सिफारिसमेत गरेँ।
अनि डिसेम्बरमा, मैले मेरा अगुवाबाट केही ब्रदर-सिस्टरले लिउ जिङलाई वास्तविक काम नगर्ने व्यक्तिको रूपमा मूल्याङ्कन गरेका छन् यसो भन्ने पत्र पाएँ। तिनले मलाई उनको काम अनुगमन र जाँच गर्नू भनिन्, अनि अहिलेलाई उनी चुनाउका उपयुक्त उम्मेद्वार होइनन् भनेर भनिन्। यो देखेर म साँच्चै छक्क परेँ, “के उनले वास्तविक काम गरिरहेकी छैनन्? यो कसरी हुन सक्छ? यदि कुरा यसो हो भने, उनको मण्डलीले विगत केही महिनादेखि आफ्ना काममा कसरी परिणामहरू पाइरहेको छ? उनकी सहकर्मी सिस्टर वु जिनमिङले भर्खरै अगुवाको तालीम लिएकी थिइन्, त्यसैले तिनी कामसँग त्यत्ति परिचित छैनन्। के लिउ जिङले त्यस मण्डलीको काम आफ्ना काँधमा उठाइरहेकी छैनन् र? के अगुवाहरूले वास्तविकता राम्ररी नबुझी ती मूल्याङ्कनहरूले भनेका आधारमा मात्र उनी वास्तविक काम गर्दिनन भनिरहेका छन्? मैले लिउ जिङसँग पहिले काम गरेकी थिएँ, र उनलाई निकै राम्रोसँग चिन्दथेँ। हालै, उनको मण्डलीका केही ब्रदर-सिस्टर गिरफ्तार भए। उनी त्यसपछिको स्थिति सम्हाल्न व्यस्त छिन्, र सम्भवतः अरू कुराका निम्ति उनीसँग समय छैन। यदि उनले वास्तविक काम नगरेकी जस्तो देखिए पनि त्यो कुरा बुझ्न सकिन्छ। म उनका विषयमा गलत हुन सक्दिनँ।” मैले ब्रदर-सिस्टरहरूले गरेका मूल्याङ्कन हेरेँ र उनीहरूले लिउ जिङले पहिले आफ्ना कर्तव्यमा वास्तविक काम नगरेका तरिकाहरूबारेा लेखेका पाएँ। मैले सोचिरहेकी थिएँ, “तिनीहरूसित के छ? तिनीहरूले लिउ जिङ परिवर्तन भएकी छिन् कि छैनन् भनी हेर्नुको सट्टा, उनको विगतका अपराधहरूको फाइदा उठाइरहेका थिए। विगत केही महिनामा उनी इन्चार्ज रहेको मण्डलीको काम प्रभावकारी भएको छ। उनी केही वास्तविक काम गर्न सक्षम छिन्।” मैले अगुवालाई परिस्थितिबारे तुरुन्तै बताएँ र उनलाई चुनाउमा उठ्न दिइओस् भन्ने सुझाउ दिएँ।
केही दिनपछि, लिउ जिङले वास्तविक काम नगरेको मामिलालाई मैले गम्भीरतासाथ नलिएकी अनि अझै पनि उनलाई बचाउ गरिरहेकी देखेर, अगुवाले मलाई स्मरण गराइन्, “हामीले कामकुरालाई परमेश्वरका वचनअनुसार हेर्नैपर्छ। सबैमा भ्रष्ट स्वभाव हुन्छ; हामीले सत्यता प्राप्त नगरुञ्जेल र सिद्ध नभइञ्जेल, कोही पनि भरपर्दो हुँदैन—हामी सबै आफ्नै तरिकाले र आफ्नो भ्रष्ट स्वभावका आधारमा कामकुरा गर्छौँ। रेखदेखविना, कसैले पनि परमेश्वरको प्रतिरोध हुने र मण्डलीको कामलाई हानि पुऱ्याउने कामकुरा गर्न सक्छ। यसैले मण्डलीको कामका सन्दर्भमा भन्नुपर्दा, हामी कसैलाई पनि पूर्ण भरोसा गर्न सक्दैनौँ। साँच्चै कामको सोधपुछ र रेखदेख गरेर मात्र हामी समस्याहरू पत्ता लाएर समयमा ती समाधान गर्न सक्छौं। मण्डलीको कामको जिम्मेवारी लिनु भनेको यही हो।” मैले म गर्नेछु भनेर भनेँ, तर म सोच्दै थिएँ, “रेखदेख गर्नु जरुरी छ, तर म सबै कुरामा शङ्कालु हुनु हुँदैन। को पो सत्यता पछ्याउन र कर्तव्य राम्ररी निर्वाह गर्न चाहँदैन र? परमेश्वरको घर गैरविश्वासी संसारजस्तो होइन। ब्रदर-सिस्टरहरूले एकअर्कालाई भरोसा गर्नुपर्छ, र बाजले जस्तो एकले अर्कोलाई हेर्नु हुँदैन। मैले तपाईंलाई लिउ जिङले आफ्ना कतिपय काम नगर्नुको कारण छ, तर तपाईं त्यो विश्वास गर्नुहुन्न। म तपाईंलाई उनी त्यस प्रकारको व्यक्ति होइनन् भनी देखाउन कामकुरा ठिकसँग जाँच्नेछु।” त्यसैले म उनको काम जाँच्न गएँ। मैले चाँडै के थाहा पाएँ भने, उनको पहिलेकी सहकर्मी सिनमिङले मुख्यतः तिनीहरूको धेरैजसो काम लिएकी रहेछिन्। भर्खरै सिनमिङलाई अर्का काममा खटाइएकाले तिनीहरूको मण्डलीको कामका विभिन्न पक्षमा परिणामहरू खस्कन थालेका थिए। साथै, मैले लिउ जिङलाई चेन थरको अयोग्य टोली अगुवालाई बर्खास्त गर्नू भनेको थिएँ, तर त्यो अझै गरिएको थिएन। उनले मलजल डिकनसित पनि मिलेर काम गर्न सकिनन् अनि नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा कुनै ध्यान दिइनन्। लिउ जिङले मण्डलीको कामप्रति जे गरेकी थिइन् त्यो देखेर मलाई साह्रै दोषी महसुस भयो। अगुवाले मलाई उनको काम अनुगमन र रेखदेख गर्नू भनेका थिए, तर मैले त्यो गरेकी थिइनँ किनकि मैले उनलाई धेरै नै भरोसा गरेकी थिएँ। उनलाई ठाउँ दिइएपछि उनलाई स्वतन्त्र रूपले काम गर्ने अधिकार पनि दिइनुपर्छ। यस्तो हुन्छ भनी मैले कहिल्यै सोचेकी थिइनँ। मैले हाम्रो पहिलेका अन्तरक्रियाहरूबारे सोचेँ—उनी धेरै कुरा गर्ने तर वास्तविक काम नगर्ने व्यक्तिजस्ती देखिँदिनन्। के उनलाई विशेष परिस्थितिहरूले रोकिरहेका थिए? यस कुरामा म अलमल्ल परिरहेकी बेला लिउ जिङले भनिन्, “हाम्रो मण्डलीका केही ब्रदर-सिस्टरहरू हालै गिरफ्तार भएका छन्। त्यसपछिका स्थिति सम्हाल्नु भ्याइ नभ्याइ भएको छ र मैले सबै कुराका लागि समय पाएकी छैनँ।” यो सुनेर मैले राहतको सास फेरेँ। यो ठिक मैले भनेकै जस्तो भयो—लिउ जिङ वास्तविक काम नगर्ने किसिमको व्यक्ति थिइनन्। गिरफ्तारीपछिका ती सबै मामिला व्यवस्थापन गर्न उनको धेरै समय र ऊर्जा लागेको थियो। कतिपय काम राम्रोसँग गरिएको थिएन, तर त्यो बुझ्न सकिने कुरा थियो। कसैले पनि कर्तव्य सिद्ध रूपमा गर्दैन। त्यसैले, मैले उनीसँग वास्तविक काम नगर्नुका हानि र नतिजाहरूबारे सङ्गति गरेँ, अनि मैले उनलाई तुरुन्तै चेनलाई बर्खास्त गर्नू भनेँ। उनी यस कुरामा सहमत भइन्। तर केही समय बित्यो, तर चेनलाई अझै बर्खास्त गरिएको छैन भन्ने मैले सुनेँ। म तुरुन्तै लिउ जिङको कर्तव्यको परिस्थिति पत्ता लगाउन गएँ। उनकी सहकर्मीले मलाई बताइन्, “तपाईंले हामीलाई हरेक पटक काम दिनुहुँदा लिउ जिङ त्यसमा पूर्ण सहमत हुन्छिन्, तर उनले त्यो कुनै पनि लागू गरेकी म देख्दिनँ। मैले अगुवाको भूमिका मात्र लिएकी छु, त्यसैले म कामका वृत्तान्तहरूसँग परिचित छैनँ, र उनले मलाई सहायता गरेकी छैनन्। मैले समस्या वा कठिनाइहरू सामना गर्दा, परमेश्वरमा भर परेर आफ्नो बाटो पत्ता लगाउनुपरेको छ।” त्यस सिस्टरबाट यो कुरा सुनेर म छक्क परेँ। लिउ जिङले एउटै पनि वास्तविक काम नगरेको हुनु त्यो कसरी हुन सक्थ्यो? उनी पहिले त्यस्ती थिइनन्। यस समय म उनीसँग भेला भएकी थिएँ—मैले उनका समस्याहरू किन याद गरिनँ? मैले उनलाई अति धेरै भरोसा गरेकी थिएँ, र उनको कामको रेखदेख वा जाँच गरिरहेकी थिइनँ। यसले गर्दा मण्डलीमा अयोग्य टोली अगुवा धेरै लामो समयसम्म आफ्नो पदमा बसिरहिन्, अनि कसैले पनि नयाँ विश्वासीहरूलाई मलजल गर्ने कामको रेखदेख गरिरहेको थिएन। यसले गर्दा मण्डलीको काम र अरूको जीवन प्रवेशमा ढिलाइ भयो। मैले साँच्चै दुष्ट काम गरेकी थिएँ। त्यसपछि मैले लिउ जिङलाई भेट्दा, उनलाई वास्तविक काम नगरेको कारण पछिल्ला दुई दिनमा केही ब्रदर र सिस्टरहरूले काँटछाँट गरेका छन् भनेर उनले भनिन्। उनलाई एकदमै पछुतो लाग्यो। उनी आफू गैरजिम्मेवार भएकी थिएँ र आफ्ना कर्तव्यमा अल्याङटल्याङ गरिरहेकी थिएँ, र आफूमा कुनै मानवता छैन भन्दै रोइन्। मलाई लाग्यो, उनले आफ्ना समस्याहरू कति गम्भीर रहेछन् भनी बुझेकी छिन्, र त्यसपछि उनी निश्चय परिवर्तन हुनेछिन्, त्यसैले मैले उनलाई पश्चात्ताप गर्ने अर्को मौका दिनुपर्छ, अहिले नै उनलाई बर्खास्त गर्नु हुँदैन, र अगि बढन अझ धेरै साथ दिनुपर्छ। त्यसपछि चाँडै, मैले उनका समस्याहरू औल्याइदिएँ र उनलाई उनका विचलनहरू तुरुन्तै सच्याउनू, साथै बर्खास्त गर्नुपर्ने टोली अगुवालाई बर्खास्त गर्नू भनेँ। उनले गर्नुसम्म प्रतिज्ञा गरेकी थिइनँ, तर उनले पछि चेनलाई बर्खास्त गरे पनि, समग्रमा त्यो कामले अझै पनि परिणामहरू ल्याएन। पछि, अरूले मलाई तिनीहरूले लिउ जिङमा केही गम्भीर समस्या पत्ता लगाएका छन् भनेर भने। केही ब्रदर-सिस्टर गिरफ्तार भएपछि उनले मण्डलीको सम्पत्तिलाई तुरुन्तै सुरक्षा गरेकी थिइनन्। अनि कामका विभिन्न पक्षमा सक्रियतासाथ सहकार्य गरेकी थिइनन्, जसको अर्थ काममा केही हासिल गरिएको थिएन। सबैभन्दा रिसउठ्दो कुरा के थियो भने, उनले मण्डलीमा अवरोध पुऱ्याइरहेका दुष्ट मानिसहरूलाई तुरुन्तै तह लगाएकी थिइनन्, तर आफ्ना व्यक्तिगत मामिलाहरूमा व्यस्त भएकी थिइन्। मण्डलीको काम लथालिङ्ग पारेकी थिइन्। मैले लिउ जिङले कुनै वास्तविक काम फिटिक्कै गरिरहेकी छैनन् र उनी साँचो पश्चात्तापी पटक्कै होइनन् भन्ने देखेँ। मलाई साह्रै ग्लानि भयो। कामकुरा त्यस्तो होला भन्ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ। म उनका दुष्टतामा भागीदार भएकी थिएँ र मैले परमेश्वरसामु अपराध गरेकी थिएँ। मैले आफूलाई अति भरोसा गर्ने भएकीमा र उनको कामलाई तुरुन्तै अनुगमन नगरेकीमा पनि घृणा गरेँ। त्यो मण्डलीको कामका निम्ति एकदमै हानिकारक भएको थियो। म तुरुन्तै लिउ जिङसँग कुरा गर्न गएँ र उनका एक-एक व्यवहारहरू खुलासा गरेँ, र आखिरमा मैले उनलाई बर्खास्त गरेँ।
त्यसपछि अगुवाले मलाई डाँट्नुभयो, “किन तपाईंले उनलाई त्यतिका भरोसा गर्नुभएको? तपााईंले कुनै रेखदेख वा सोधपुछ नगरी त्यस्तो महत्त्वपूर्ण काम उनलाई सुम्पिनुभयो। कसरी तपाईं त्यत्ति निश्चित हुन सक्नुभो?” उनले मलाई परमेश्वरका केही वचन पनि पढेर सुनाइन्: “झूटा अगुवाहरूले वास्तविक काम नगर्ने वा आफ्ना उचित कामहरू नगर्ने सुपरभाइजरहरूका बारेमा सोधपुछ गर्दैनन्। तिनीहरूलाई लाग्छ कि तिनीहरूले सुपरभाइजर छनौट गरे पुग्छ, अनि त्यो मामलाको अन्त्य हुन्छ, र पछि सुपरभाइजरले आफै कामका सबै मामलाहरू सम्हाल्न सक्नेछ। त्यसकारण झूटा अगुवाहरूले कहिलेकहीँ भेला आयोजना मात्रै गर्छन्, र कामको सुपरिवेक्षण गर्ने वा यो कसरी अघि बढिरहेको छ भनेर सोध्ने गर्दैनन्, अनि काम नगरी अरूलाई अह्राउने हाकिमले जस्तै व्यवहार गर्छन्। यदि कसैले सुपरभाइजरको समस्याबारेमा रिपोर्ट गर्यो भने, झूटो अगुवाले भन्नेछ, ‘यो सानोतिनो समस्या मात्रै हो, ठीकै छ। तपाईंहरू आफैले यो कुरा सम्हाल्न सक्नुहुन्छ। मलाई नसोध्नुहोस्।’ समस्या रिपोर्ट गर्ने व्यक्तिले भन्छ, ‘सुपरभाइजर अल्छी भातमारा हो। उसले खाने र मनोरञ्जन गर्नेबाहेक केही गर्दैन, र तिनी फोकटमा बस्छन्। तिनले कर्तव्यमा अलिकति पनि कठिनाइ भोग्न चाहँदैनन्, र आफ्नो काम र जिम्मेवारीहरूबाट पन्छिन सधैँ छलपूर्ण रूपमा अल्याङटल्याङ गर्छन् र बहाना गर्ने गर्छन्। तिनीहरू सुपरभाइजर हुन लायक छैनन्।’ झूटो अगुवाले भन्छ, ‘सुपरभाइजर छनौट गरिँदा ऊ निकै राम्रो थियो। तपाईंले भन्नुभएको कुरा साँचो होइन, वा हो नै भने पनि, यो क्षणिक प्रकटीकरण मात्रै हो।’ झूटो अगुवाले सुपरभाइजरको परिस्थितिबारे थप कुरा पत्ता लगाउने प्रयास गर्नेछैन, बरु त्यो सुपरभाइजरले विगतमा कस्तो छाप पारेको थियो भन्ने आधारमा त्यो मामिलाबारे मूल्याङ्कन गरेर फैसला गर्छ। सुपरभाइजरमा रहेका समस्याहरूबारे जसले रिपोर्ट गरे पनि, झूटो अगुवाले तिनीहरूलाई बेवास्ता गर्छ। यस्तो सुपरभाइजरले कुनै वास्तविक काम गरिरहेको हुँदैन, र मण्डलीको काम झन्डै ठप्प बनेको हुन्छ, तर झूटो अगुवालाई मतलब हुँदैन, मानौ तिनीहरू यसमा संलग्नसमेत छैनन्। … झूटा अगुवाहरूमा एउटा घातक अवगुण हुन्छ: तिनीहरू आफ्नै कल्पनामाथि भर परेर मानिसहरूलाई भरोसा गरिहाल्छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्वरका वचनहरूले भ्रष्ट मानवजातिको सार कसरी खुलासा गर्छन्? परमेश्वरले ती मानिसहरूलाई भरोसा गर्नुहुन्न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्यो? झूटा अगुवाहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, ‘मैले यो व्यक्तिलाई गलत रूपमा मूल्याङ्कन गरेको हुन सक्ने सम्भावना छैन, मैले उचित भनी मूल्याङ्कन गरेको यो व्यक्तिमा कुनै पनि समस्याहरू हुनु हुँदैन; ऊ अवश्य नै खाने, पिउने, र मनोरञ्जन गर्ने काममा लिप्त हुने, वा सहजता मन पर्ने र कठिन परिश्रम गर्न मन नपराउने व्यक्ति होइन। तिनीहरू अवश्य नै विश्वसनीय र भरोसायोग्य छन्। तिनीहरू परिवर्तन हुनेछैनन्; यदि परिवर्तन भए भने, म नै तिनीहरूको बारेमा गलत थिएँ भन्ने अर्थ लाग्छ, होइन र?’ यो कस्तो प्रकारको तर्क हो? के तँ कुनै प्रकारको विशेषज्ञ होस्? के तँसँग एक्स-रेको जस्तै दृष्टि छ? के तँसँग यो विशेष सीप छ? तँ कुनै व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर तिनीहरूको प्रकृति र सारलाई पूर्ण रूपले उदाङ्गो पार्ने उचित वातावरणविना तैँले तिनीहरू कस्ता छन् भनी देख्न सक्छस् र? यदि तिनीहरू परमेश्वरद्वारा खुलासा नगरिएका भए, तँ तिनीहरूसित तीनदेखि पाँच वर्षसम्म पनि सँगसँगै जिउन सक्थिस् र पनि तिनीहरूसित कस्तो प्रकृति सार छ भन्ने कुरा देख्न तैँले अझै संघर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई विरलै देख्ने, तिनीहरूसित विरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? झूटा अगुवाहरूले व्यक्तिको अस्थायी छवि वा अरू कसैले तिनीहरूको बारेमा गरेको सकारात्मक मूल्याङ्कनको आधारमा उसलाई निर्धक्क विश्वास गर्छस्, र त्यस्तो व्यक्तिलाई मण्डलीको कामको जिम्मेवारी दिने दुस्साहस गर्छन्। यसमा, के तिनीहरू अत्यन्तै अन्धो बनिरहेका हुँदैनन् र? के तिनीहरूले लापरवाह व्यवहार गरिरहेका हुँदैनन् र? अनि, झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्मेवार भइरहेका हुँदैनन् र?” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (३))। परमेश्वरका वचन पढिसकेपछि, अगुवाले भनिन्, “हामी कुनै व्यक्तिको सार साँच्चै देख्न सक्दैनौँ, त्यसैले हामीले तिनीहरूको काम नियमित रूपमा जाँच र अनुगमन गर्नुपर्छ। तब हामी तिनीहरूको कामका विचलन र समस्याहरू भेट्टाउँछौँ अनि समयमा नै ती परिवर्तन र समाधान गर्न सक्छौँ। लिउ जिङले केही महिना काम गरेपछि नै मण्डलीको काम पूरै ठप्प पार्न लागेकी थिइन्। यी कुराहरू तपाईं अहङ्कारी भएकी उनलाई अन्धाधुन्ध एकदमै धेरै भरोसा गर्नुका र उनको काम अनुगमन वा जाँच नगर्नुका नतिजाहरू यी नै हुन्। त्यसो गर्नु दुष्टता हो!” परमेश्वरका वचनले खुलासा गरेकाले र अगुवाबाट सङ्गति पाएकाले, त्यो घटनापछि मलाई डर लाग्यो, र मलाई दुःख लाग्यो र दोषी महसुस भयो। मैले आफूलाई परमेश्वरको वचनका आधारमा कामकुराहरूलाई नहेरी अन्धाधुन्ध उनलाई भरोसा गरेकीमा घृणा गरेँ, जसले मण्डलीको कामलाई हानि गऱ्यो। मैले लिउ जिङलाई कस्तो व्यवहार गरेकी थिएँ भनी सोच्दा, मैले उनका समस्याहरू थाहा नपाएकी त होइन, थाहा पाउँदैपिच्छे, आफ्ना कुरामा अडिग रहेँ। मैले उनीबारे मेरो पहिलेको ज्ञानका आधारमा उनी आफ्नो कर्तव्यका लागि बोझ उठाउने व्यक्ति हुन् जो भरोसा गर्न लायक छिन् भनेर अन्धाधुन्ध निधो गरेँ। तथ्यहरू उदाङ्गो हुनु र परमेश्वरका वचनले खुलासा गर्नु दुवैले अन्त्यमा मलाई के देखाए भने, केही समयसम्म राम्रो व्यवहार गर्नु र केही वास्तविक काम गर्नुको अर्थ कुनै व्यक्ति सधैँ त्यस्तै हुनेछ भन्ने होइन। हामीमध्ये कसैले पनि अहिलेसम्म सत्यता प्राप्त गरेका छैनौँ, हाम्रो जीवन स्वभावहरू परिवर्तन भएका छैनन्, हामी आफ्नो भ्रष्ट प्रकृतिद्वारा नियन्त्रित छौँ, हामी अझै अल्याङ्टल्याङ गर्न र परमेश्वरलाई धोका दिन सक्छौँ, र कहिलेकाहीँ आफूलाई जे मन लाग्छ त्यही गर्नेछौँ, त्यसैले हामी भरोसाको योग्य छैनौँ। तपाईं कुनै व्यक्तिलाई ऊसँग लामो समयसम्म अन्तरक्रिया र उसलाई अवलोकन नगरी वास्तवमा बुझ्न सक्नुहुन्न, र, त्यसपछइ पनि तपाईं उसलाई पूर्ण रूपमा चिन्नुहुन्न। तपाईंले कुनै व्यक्तिको सार हेर्न सत्यता बुझ्नुपर्छ। मैले लिउ जिङसँग छोटो समयका निम्ति मात्र काम गरेकी थिएँ, त्यसैले मैले म उनलाई निकै राम्ररी चिन्छु र उनलाई गलत ठान्नु हुँदैन भन्ने सोचेँ। मैले उनलाई यति धेरै भरोसा गरेँ कि उनको कामको अनुगमन वा जाँच गरिनँ। अगुवाले मलाई बारम्बार स्मरण गराइरहिन्, तर मैले अझै पनि आफ्नै मूल्याङ्कनलाई अन्धाधुन्ध भरोसा गरेँ— म एकदमै अहङ्कारी, एकदमै अभिमानी थिएँ, र कामका निम्ति कुनै जिम्मेवारी लिएकी थिइनँ। यो कुरा थाहा पाउँदा मलाई एकदमै पछितो भयो, र म त्यस्तै भइरहन चाहन्नथेँ।
पछि, मैले आत्मचिन्तन गरेँ—किन मैले लिउ जिङको कामको अनुगमन नगरी उनलाई यति धेरै भरोसा गरेकी थिएँ? यसको कारण के थियो? एक दिन, मैले परमेश्वरका वचनमा यो पढेँ: “धेरैजसो मानिस ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने’ भन्ने भनाइलाई सत्यताका रूपमा लिन्छन्, अनि यसद्वारा बहकिन्छन् र बन्धनमा पर्छन् भनेर भन्दा अत्युक्ति हुँदैन। मानिसहरूलाई छनौट वा प्रयोग गर्दा तिनीहरू यसको बाधा र प्रभावमा पर्छन्, र यसैलाई आफ्नो निर्देशित गर्नसमेत गर्छन्। फलस्वरूप, धेरै अगुवा र सेवकहरूले मण्डलीको कामको जाँच गर्दा र मानिसहरूलाई बढुवा र प्रयोग गर्दा, तिनीहरूले सधैँ कठिनाइ र आशङ्का महसुस गर्छन्। अन्त्यमा, तिनीहरूले आफूलाई ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने’ भन्ने शब्दहरूद्वारा आफूलाई सान्त्वना दिन मात्र सक्छन्। जब तिनीहरू कामको जाँच वा सोधपुछ गर्छन्, तब यस्तो सोच्छन्, ‘“न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने।” ब्रदर-सिस्टरहरूलाई भरोसा गर्नुपर्छ, आखिर पवित्र आत्माले नै मानिसहरूलाई जाँच गर्नुहुन्छ, त्यसकारण मैले सधैँ शङ्का गरेर अरूको सुपरिवेक्षण गर्नु हुँदैन।’ तिनीहरू यो वाक्यांशद्वारा प्रभावित भएका हुन्छन्, होइन र? यो वाक्यांशको प्रभावबाट आउने परिणामहरू के-के हुन्? सर्वप्रथम, यदि कुनै व्यक्ति ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने’ भन्ने यस दृष्टिकोणसँग सहमत हुन्छ भने, के उसले अरूको कामको निरीक्षण गर्नेछ र त्यसलाई मार्गदर्शन दिनेछ? के उसले मानिसहरूको कामको सुपरिवेक्षण र अनुगमन गर्नेछ? यदि यस व्यक्तिले आफूले प्रयोग गर्ने सबैलाई भरोसा गर्छ अनि तिनीहरूको कामको कहिल्यै निरीक्षण गर्दैन वा त्यसलाई मार्गदर्शन दिँदैन, अनि तिनीहरूलाई कहिल्यै सुपरिवेक्षण गर्दैन भने, के उसले आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गरिरहेको हुन्छ? के उसले दक्षतापूर्वक मण्डलीका काम गर्न र परमेश्वरको आज्ञा पूरा गर्न सक्छ? के ऊ परमेश्वरको आज्ञाप्रति बफादार भइरहेको हुन्छ? दोस्रो, यो परमेश्वरको वचन र आफ्नो कर्तव्य पालन गर्न नसक्नु मात्रै होइन, यो त शैतानको युक्ति र सांसारिक व्यवहारको दर्शनलाई सत्यताका रूपमा लिएर त्यसैलाई पछ्याउनु र अभ्यास गर्नु पनि हो। तैँले शैतानको आज्ञापालन गरिरहेको र शैतानी दर्शनअनुसार जिइरहेको हुन्छस्, होइन र? तँ परमेश्वरमा समर्पित हुने व्यक्ति होइनस्, झन् परमेश्वरका वचनहरू पालना गर्ने व्यक्ति हुनु त परको कुरा हो। तँ हदैको बदमास होस्। परमेश्वरका वचनहरूलाई पन्छाएर शैतानी वाक्यांशलाई स्विकार्दै त्यसैलाई सत्यताका रूपमा अभ्यास गर्नु सत्यता र परमेश्वरलाई धोका दिनु हो! तँ परमेश्वरका घरमा काम गर्छस्, तैपनि तेरो कामका सिद्धान्तहरू शैतानी तर्क र सांसारिक व्यवहारको दर्शन हुन् भने, तँ कस्तो व्यक्ति होस्? यो त परमेश्वरलाई विश्वासघात गर्ने र परमेश्वरलाई अत्यन्तै लज्जित पार्ने व्यक्ति हो। यो कार्यको सार के हो? खुलेआम परमेश्वरलाई निन्दा गर्नु र खुलेआम सत्यतालाई इन्कार गर्नु। के यसको सार त्यही होइन र? (हो।) तैँले परमेश्वरको इच्छा नपछ्याउनेबाहेक, शैतानी भनाइहरूमध्ये एउटा र सांसारिक व्यवहारका दर्शनहरूलाई मण्डलीमा व्याप्त हुन दिइरहेको हुन्छस्। यसो गरेर, मण्डलीभित्र तँ शैतानको मतियार बन्छस् र शैतानलाई मण्डलीभित्र त्यसका क्रियाकलाप गर्न सघाउँछस्। यस समस्याको सार एकदमै गम्भीर हुन्छ, होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्यता के हो)। परमेश्वरका वचनहरूले मेरो अवस्था खुलासा गऱ्यो। म “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्ने शैतानी दर्शनअनुसार जिइरहेकी थिएँ, आफूलाई कुनै व्यक्ति लागेकाले, र ऊ अझै पदमा भएकाले मैले उसलाई भरोसा गर्नुपर्छ भन्ने मैले सोचेँ। त्यसैकारण मैले लिउ जिङलाई एकदमै धेरै भरोसा गरेकी थिएँ र मैले उनको कामको अनुगमन गरिनँ, वा उनको कामलाई जानिनँ। उनका समस्याहरू प्रकट हुँदा र अगुवाले मलाई उनको काम जाँच गर्न स्मरण गराउँदा पनि मैले अझै पनि त्यसबारे सोचिनँ। सोचेँ, उनको कामको अनुगमन र रेखदेख गर्नु भरोसा नगर्नु हो, र उनले वास्तविक काम गरिरहेकी छैनन् भन्ने थाहा पाए पनि उनी रोएकी, उनले आफ्ना वास्तविक समस्याहरूबारे कुरा गरेकी र खेद प्रकट गरेकी सुन्दा, मैले उनलाई बर्खास्त गर्नुको साटो विश्वास गर्ने निर्णय गरेँ, उनलाई मण्डलीका काममा हानि पुऱ्याउन र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा ठूलो नोक्सानी गर्न दिएँ। मैले अगुवाका रूपमा मण्डलीको कामको रक्षा गर्न नसकेको मात्र होइन, तर झुटो अगुवाको ढालका रूपमा पनि काम गरेकी थिएँ। म मण्डलीको कामका मार्गमा ठक्करको कारण र बाधा बनेकी थिएँ। यी त मैले “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्ने शैतानी भ्रमका आधारमा मानिसहरूलाई व्यवहार गर्नुका नतिजा थिए। मैले अब परमेश्वरको वचनका आधारमा यो बुझेपछि यो दृष्टिकोण कति हास्यास्पद रहेछ भन्ने देखेँ। यो परमेश्वरका वचन र उहाँले माग गर्ने कुराको पूर्ण विपरीत थियो। अगुवाहरूले कामको रेखदेख र अनुगमन गर्नेपर्ने परमेश्वरको माग भ्रष्ट मानवजातिको सारका आधारमा निर्धारित गरिन्छ। मानिसमा भ्रष्ट स्वभाव भएकाले, हामीले सत्यता प्राप्त गर्न वा आफ्नो जीवन स्वभावहरू परिवर्तन गर्नअघि, हामी भरपर्दा हुँदैनौँ र भरोसा गर्न सकिँदैन। असल मानवता भएका मानिसहरूसमेत आफ्नै मार्गमा चल्न अनि मण्डलीका काममा अवरोध र बाधा पुऱ्याउन सक्छन्, किनकि तिनीहरू सत्यतालाई चिन्दैनन्, आफ्ना कार्यमा सिद्धान्तअनुसार चल्दैनन् र तिनीहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्। यो तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। परमेश्वर अगुवा र कामदारहरूले कामको रेखदेख गरून् भन्ने चाहनुहुन्छ, किनकि परमेश्वर मानिसको सार जान्नुहुन्छ। कामकुराको रेखदेख र जाँच गर्नु हाम्रा कर्तव्यका निम्ति उपयोगी हुन्छ, र त्यसले मण्डलीको कामलाई फाइदा पुऱ्याउँछ। तर “आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु,” भन्ने शैतानी विचारले हामीलाई अन्धाधुन्ध अरूमा भरोसा गर्न, काम सुम्पनुको अर्थ त्यस व्यक्तिलाई जे मन लाग्छ त्यही गर्न दिन सकिन्छ, अनि उसको कामको जाँच र रेखदेख गर्नुले भरोसा नहुनुलाई जनाउँछ भनेर सोच्न लगाउँछ। यदि हामी आफ्ना कर्तव्य निर्वाह गर्दा यस दृष्टिकोणमा टाँसिरह्यौँ, र हामीले समयमा कामको अनुगमन र रेखदेख गरेनौं भने, मण्डलीका काममा ढिलाइ हुन र हानि पुग्न मात्र सक्छ। मैले कामकुरालाई परमेश्वरको वचनका आधारमा नहेरी वा उहाँले माग गर्ने कुरा अभ्यास नगरी आफ्नो कर्तव्य निर्वाह गरेँ, बरु शैतानी दर्शनहरूलाई विश्वास र समर्थन गरेँ र शैतानका भ्रमहरूलाई सत्यताजस्तो गरी पालन गरेँ। यो त सत्यतालाई इन्कार गर्नु र परमेश्वरलाई धोका दिनु हो। त्यसले शैतानको मतियारका रूपमा पनि काम गरिरहेको थियो अनि मण्डलीका काममा अवरोध र बाधा पुऱ्याइरहेको थियो। त्यसबारे सोच्दा मलाई अझ धेरै डर लाग्यो। मैले आफ्ना कर्तव्यमा सिद्धान्तहरूको कमी भएको, र आफू परमेश्वरका वचन वा मागअनुसार नचलिरहेको देखेँ। मैले अनजानमा दुष्टता गरिरहेकी थिएँ। सत्य सिद्धान्तहरूमा आधारित मेरो कर्तव्य पूरा नगर्दाको परिणाम साँच्चै डरलाग्दो थियो!
एक दिन मैले परमेश्वरका वचनबाट दुईवटा खण्ड पढेँ: “के तिमीहरू ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने’ भन्ने दृष्टिकोण सही छ भनेर विश्वास गर्छौ? के यो वाक्यांश सत्यता हो? परमेश्वरको घरका काममा र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा ऊ किन यो वाक्यांशको प्रयोग गर्छ? यहाँ, समस्या के हो? ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने’ भन्ने भनाइ अवश्य नै गैरविश्वासीका शब्दहरू, शैतानबाट आएका शब्दहरू हुन्—र पनि किन ऊ तिनलाई सत्यताका रूपमा लिन्छ? ती सही हुन् कि गलत हुन् भनेर किन ऊ भन्न सक्दैन? यी स्पष्ट रूपमै मान्छेका शब्दहरू, भ्रष्ट मानवजातिका शब्दहरू हुन्, ती सत्यता हुँदै होइनन्, ती परमेश्वरका वचनहरूको पूर्णविपरीत छन्, र तिनलाई मानिसका कार्यहरू, व्यवहार, र परमेश्वरको आराधनाको मापदण्डका रूपमा लिनु हुँदैन। त्यसो भए, यो वाक्यांशलाई कसरी लिनुपर्छ? यदि तँ साँच्चै नै खुट्ट्याउन सक्छस् भने, तैँले तेरो अभ्यासको सिद्धान्तका रूपमा यसको सट्टा कस्तो निर्दय सिद्धान्त प्रयोग गर्नुपर्छ? त्यो मापदण्ड, ‘आफ्नो सारा हृदय, सारा प्राण र सारा मनले आफ्नो कर्तव्य पूरा गर्नु’ भन्ने हुनुपर्छ। सारा हृदय, सारा प्राण, र सारा मनले काम गर्नु भनेको कोहीद्वारा नियन्त्रित नहुनु हो; यो एउटै हृदय र मनको हुनु हो, त्योबाहेक अरू केही होइन। यो तेरो जिम्मेवारी र कर्तव्य हो, र यसलाई तैँले राम्ररी पूरा गर्नुपर्छ, किनभने यो गर्ने एकदमै प्राकृतिक र न्यायोयित कुरा हो। तैँले जस्तोसुकै समस्याहरू सामना गरे पनि, सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। जसरी सम्हाल्नुपर्ने हो, त्यसरी सम्हाल्; यदि काटछाँट जरुरी हुन्छ भने, त्यसै गर्, र बर्खास्त गर्नुपर्छ भने, त्यसै गर्। सङ्क्षेपमा भन्दा, परमेश्वरका वचनहरू र सत्यताअनुसार काम गर्। के यो सिद्धान्त होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्यता के हो)। “एउटा अगुवा वा कामदारले जुनसुकै महत्त्वपूर्ण काम गर्ने भए पनि, र यो कामको प्रकृति जस्तोसुकै भए पनि, तिनीहरूको पहिलो प्राथमिकता भनेको त्यो काम कस्तो भइरहेको छ भनेर बुझ्नु र बोध गर्नु हो। कामकुरालाई अनुगमन गर्न र प्रश्नहरू सोध्न अनि प्रत्यक्ष सूचना प्राप्त गर्न तिनीहरू व्यक्तिगत रूपमा त्यहाँ उपस्थित हुनैपर्छ। तिनीहरूले केवल हल्लाको भरमा चल्ने वा अरूका रिपोर्टहरू सुन्ने गर्नु हुँदै हुँदैन। बरु, तिनीहरूले कर्मचारीहरूको अवस्था कस्तो छ, काम कसरी अघि बढिरहेको छ भनेर नियाल्नुपर्छ, र के-कस्ता कठिनाइहरू छन्, कुनै क्षेत्रहरू माथिका मागहरूसित बेमेलमा छन् कि, सिद्धान्तहरू उल्लङ्घन भएका छन् कि, कुनै बाधा वा अवरोधहरू छन् कि, व्यावसायिक कामका सम्बन्धमा कुनै आवश्यक सामान वा त्यससम्बन्धी प्रशिक्षण सामग्रीहरूको कमी छ कि भनेर बुझ्नुपर्छ—तिनीहरूले यी सबै कुरामाथि निरन्तर निगरानी राखिरहनुपर्छ। तिनीहरूले जति वटा विवरणहरू सुने पनि वा हल्लाबाट जति नै जानकारी पाए पनि, यी कुनै पनि कुरा व्यक्तिगत रूपमा गएर हेरे जतिको राम्रो हुँदैन; तिनीहरूले आफ्नै आँखाले कामकुरा हेर्दा बढी सही र भरपर्दो हुन्छ; तिनीहरू अवस्थाका सम्पूर्ण पक्षहरूसित परिचित भइसकेपछि, के भइरहेको छ भन्नेबारे तिनीहरूलाई राम्रो ज्ञान हुन्छ। तिनीहरूले विशेष गरी को राम्रो क्षमतायुक्त र संवर्धनको लायक छ भन्ने कुरा स्पष्ट र सही रूपले बुझेको हुनुपर्छ, किनभने यसले मात्रै तिनीहरूले सही तरिकाले मानिसहरूलाई संवर्धन र प्रयोग गर्न सहयोग गर्छ, जुन अगुवा र कामदारहरूले आफ्नो काम राम्ररी गर्नु छ भने महत्त्वपूर्ण हुन्छ। अगुवा र कामदारहरूसित राम्रो क्षमता भएका मानिसहरूलाई संवर्धन गर्ने र प्रशिक्षण दिने मार्ग र सिद्धान्तहरू हुनुपर्छ। यसको साथै, तिनीहरूले मण्डलीका काममा देखा पर्ने विभिन्न प्रकारका समस्या र कठिनाइहरूबारे बोध र बुझाइ प्राप्त गरेको हुनुपर्छ, र तिनलाई कसरी सुल्झाउने भनेर जानेको हुनुपर्छ, र तिनीहरूसित कामको प्रगति कस्तो हुनुपर्छ वा भावी सम्भाव्यता कस्तो हुनुपर्छ भन्नेबारे आफ्नै विचार र सुझावहरू पनि हुनुपर्छ। यदि तिनीहरूले आँखा चिम्लेर, शङ्का नगरी वा संशय नमानी त्यस्ता विषयहरूमा बोल्न सक्छन् भने, उक्त काम गर्न अझ धेरै सजिलो हुनेछ। अनि यस तरिकाले काम गर्दा, अगुवाले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेछ, होइन र? तिनीहरूलाई माथि उल्लेख गरिएका कामका समस्याहरू कसरी समाधान गर्ने भन्नेबारे राम्ररी थाहा हुनुपर्छ, र तिनीहरूले यी कुराहरूबारे प्रायः मनन गरिरहनुपर्छ। जब तिनीहरूलाई कठिनाइहरू आइपर्छन्, तब तिनीहरूले यी कुराहरूबारे सबैसँग सङ्गति र छलफल गर्नुपर्छ, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी दृढ रूपले व्यावहारिक भएर वास्तविक काम गरियो भने, त्यस्ता कुनै कठिनाइहरू हुनेछैनन् जुन समाधान गर्नै नसकियोस्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। परमेश्वरका वचनले मलाई वास्तविक काम गर्ने अभ्यासको मार्ग दिए। हामीले आफ्ना जिम्मेवारीहरू सम्पूर्ण हृदय र सम्पूर्ण दिमागले पूरा गर्नुपर्छ। जसलाई प्रयोग गरिँदै गरेको भए पनि, हामीले उसलाई चिने पनि वा नचिने पनि, जसलाई प्रयोग गरिँदै गरेको भए पनि, हामीले उसलाई चिने पनि वा नचिने पनि, कामको प्रगतिको निरन्तर अनुगमन र जानकारी लिन्छ, समस्याहरू थाहा पत्ता लाग्नासाथ तुरुन्तै ती समाधान गर्छन्, र अयोग्य कर्मचारीलाई समय-समयमा अर्का काममा खटाउँछन्। तिनीहरू सबैसँग मिलेर सहकार्य पनि गर्छन्, अनि कुनै कठिनाइ वा समस्याहरू आइपर्दा ती समाधान गर्न एकसाथ सत्यता खोज्छन्। यसले मण्डलीको कामका विभिन्न पक्ष व्यवस्थित र उचित रूपमा प्रगति हुने सुनिश्चित गर्दछ। मैले परमेश्वरका वचनबारे विचार गर्दा, मलाई आफू आफ्ना कर्तव्यमा जिम्मेवार हुनुपर्छ भन्ने थाहा भए पनि, किन म अझै पनि “आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु,” भन्ने शैतानी भ्रममा टाँस्सिएको छु भन्ने बुझेँ। त्यसको कारण के थियो भने, मैले हास्यास्पद दृष्टिकोण राखिरहेकी थिएँ, कसैको कामको रेखदेख गर्नु त भरोसाको कमी हुनु हो, त्यो त उसलाई सीमित पार्नु र तिनीहरूलाई स्वतन्त्रता दिन इन्कार गर्नु हो, त्यो संसारको सुपरिवेक्षक हुनुजस्तो हो भन्ने सोचिरहेकी थिएँ। अब मैले के बुझेँ भने, जब परमेश्वरको घरले अगुवा र कार्यकर्ताहरूले कामको रेखदेख र कार्यान्वयन गरेको माग गर्छ, त्यो जोकोहीलाई सीमित पार्न वा भरोसा नगर्नका निम्ति हुँदैन। बरु, यो समस्या पत्ता लगाउन र विचलनहरूलाई तुरुन्तै उल्टाउनका लागि गरिन्छ। यो ब्रदर-सिस्टरहरूलाई आफ्ना कर्तव्य राम्रोसँग निर्वाह गर्न र मण्डलीको हितको रक्षा गर्न मद्दत दिनका लागि पनि हो। अगुवा र कार्यकर्ताहरूको एउटा मुख्य जिम्मेवारी कामको रेखदेख र अनुगमन गर्नु, प्रत्येक व्यक्तिको काम गर्ने तरिका जान्नु र बुझ्नु, विचलन र समस्याहरू पत्ता लाउनु, र ती उचित रूपले सुधार्नु र समाधान गर्नु हो। यसले मानिसहरू कर्तव्यमा गैरजिम्मैवार हुदाँ उत्पन्न हुने गल्तीहरूले गर्दा हुने नोक्सानीलाई कम गर्छ। त्यो ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र मण्डलीको कामका निम्ति जिम्मेवारी लिनु हो। त्यसपछि, म प्रत्येक मण्डली अगुवाको काम विस्तृत रूपले जाँच्न गएँ, अनि तिनीहरू मसँग परिचित भए वा नभएर पनि, तिनीहरू जिम्मेवार रहेका विभिन्न कामहरूको प्रगति मैले गम्भीरतासाथ जाँच गरेँ। त्यो वास्तविक जाँचद्वारा, मैले सिया थरको अगुवाले वास्तविक काम वा वास्तविक समस्याहरू समाधान नगरिरहेको पाएँ। उनमा अरूलाई आक्रमण र बहिष्कार गर्ने दुर्भावनापूर्ण मानवता पनि थियो; यी वास्तवमा खेदजनक प्रकृतिका कार्यहरू थिए, अनि हामीले उनलाई तुरुन्तै बर्खास्त गऱ्यौँ। पछि हामीले ब्रदर-सिस्टरहरूले गरेका खुलासा र दिएका रिपोटबाट उनले गरेका अरू धेरै दुष्ट कामहरूबारे थाहा पायौँ, अनि अन्त्यमा, धेरै सङ्गति गरेर उनलाई खुलासा गरेपछि पनि उनले पश्चात्ताप गरेनन्। आखिरमा हामीले उनी ख्रीष्ट विरोधी रहेछ भन्ने निर्धारित गऱ्यौँ र उनलाई मण्डलीबाट निष्कासित गऱ्यौँ। यी परिणामहरू हेरेर मैले डराउँदै विगतबारे सोचेँ। लिउ जिङसँग यी सबै कुरा नगरी, जसले “आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु” भन्ने मेरो दृष्टिकोणलाई परिवर्तन गऱ्यो, मैले जियाको काम रेखदेख वा अनुगमन गर्नेबारे सोच्नेथिइनँ। त्यसपछि त्यो ख्रीष्टविरोधीले मण्डलीमा ब्रदर र सिस्टरहरूलाई हानि गरिरहनेथ्यो। त्यसका परिणामहरू असोचनीय हुनेथ्यो। यसलाई अभ्यास गर्दा त्यसले मलाई कामको रेखदेख र जाँच गर्नुको महत्त्व देखायो। मलाई आखिरमा आफूले केही वास्तविक काम गरेकी छु जस्तो लाग्यो अनि हृदयमा ढुक्क महसुस भयो।
यस अनुभवले मलाई देखायो भने, मानिसहरू र कामकुरालाई परमेश्वरका वचनअनुसार नहेरी वा सत्यता अभ्यास नगरी कर्तव्य निर्वाह गर्नु, त्यसको साटो शैतानी तर्क र विचारलाई समर्थन गर्नु भनेको परमेश्वरको प्रतिरोध गर्नु अनि मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउनु हो। हामीले कर्तव्य राम्ररी निर्वाह गर्न र मण्डलीको कामको रक्षा गर्न कामको अनुगमन र रेखदेख गर्दा परमेश्वरका मापदण्डहरू पालन गर्नुपर्छ। परमेश्वरका वचनको न्याय र खुलासाले मेरो गलत दृष्टिकोणलाई परिवर्तन गरिदियो। परमेश्वरलाई धन्यवाद होस्!