४१. कर्तव्यको समायोजनले गरेको प्रकटीकरण

ओवेन, स्पेन

सन् २०१८ मा, म मण्डलीका लागि भिडियोहरू निर्माण गरिरहेको थिएँ। मेरा व्यावसायिक सीपहरूमा छिट्टै सुधार भएकाले, र मैले ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइ समाधान गर्न प्रायः मदत गर्ने गरेकाले, सबैजनाले मेरोबारे सकारात्मक धारणा बनाएका थिए, र अगुवाहरूले मलाई केही महत्त्वपूर्ण कार्य सुम्पेका थिए। अगुवाहरूको प्रशंसा र ब्रदर-सिस्टरहरूको उच्च सम्मान प्राप्त गर्दा, यसले मलाई ठूलो उपलब्धिको महसुस गरायो र मेरो उत्साह झन् बढायो। म टोली अगुवा नभए पनि, हाम्रा कामका समस्याहरू तुरुन्तै पहिचान गरी विश्लेषण गर्थेँ। अगुवाहरूले दिएका कार्य पूरा गर्न म सधैँ सक्दो प्रयास गर्थेँ, त्यसैले, ममा कर्तव्यप्रति अलिक जिम्मेवारी छ भन्‍ने लाग्थ्यो र म अरूभन्दा आज्ञाकारी थिएँ। विशेष गरी, जब म आफ्ना वरपरका केही ब्रदर-सिस्टरहरूलाई मण्डलीले दिएका कार्यप्रति असन्तुष्ट भएर नकारात्मक भइरहेका, कर्तव्यमा सुस्त रहेका, र ठीकसँग कर्तव्य निर्वाह नगरिरहेका देख्थेँ, तब म सोच्थेँ, यदि मैले यस्तो यस्तो अवस्था सामना गरेँ भने, म उनीहरू जस्तै व्यवहार गर्दिनँ, म अझै पनि आज्ञाकारी नै रहने छु।

सन् २०२२ मा एक दिन, समूह अगुवाले मलाई लेखापढी काममा मान्छेको कमी भएको बताए। हाम्रो समूहमा कामको बोझ धेरै नभएकाले, र मसँग केही लेखन सीप पनि भएकाले, र मैले सामान्यतया सत्यताबारे सङ्गति गरी केही समस्या समाधान गर्न सक्ने भएकाले, सम्पूर्ण मूल्याङ्कनपछि, अगुवाहरूले मलाई लेखापढी कामका लगाउने निर्णय गरे। यो खबर सुनेपछि, मैले पत्याउनै सकिनँ। मैले सोचेँ, “के उनीहरूले मेरो कर्तव्य समायोजन गर्न लागेका हुन्? म यो समूहमै रहँदा ठीक छु। ब्रदर-सिस्टरहरूले मलाई स्वीकार गर्छन्, र अरू समूहका मानिसहरू पनि मेरो सल्लाह लिन आउँछन्। यसले मलाई निकै राम्रो देखाउँछ! यदि म लेखापढी काममा गएँ भने, म त्यसका सिद्धान्तहरू बुझ्दिनँ, र मैले शून्यबाट सुरू गर्ने भएकाले अरूसरह हुन मलाई कति समय लाग्ने हो थाहा छैन, अनि म त्यो समूहमा सबैभन्दा कमजोर हुनेछु, होइन र? उनीहरूले मलाई नै छनोट गर्नुपर्ने के थियो?” मैले राम्रो लेखन सीप भएका केही सिस्टरहरूलाई सम्झेँ। लेखापढी काम सुरु गरेको धेरै समय बित्न नपाउँदै, उनीहरूलाई सो कामका लागि अनुपयुक्त ठहर गर्दै फेरि अन्यत्र सरुवा गरियो। मलाई लाग्यो, म उनीहरूजत्तिको सक्षम छैन, र मैले राम्रो काम गर्न सकिनँ भने लाजमर्दो हुनेछ। मैले यी दुईको जति तुलना गरे पनि, आफ्नो अहिलेकै कर्तव्य स्थिर र प्रतिष्ठित लाग्यो। मैले जति यसरी सोचेँ, त्यति नै अगुवाहरूले निर्णयमा धेरै हतार गरेका छन्, र मलाई सरुवा गर्नुअघि मेरो क्षमता राम्ररी बुझेका छैनन् भन्‍ने लाग्यो। मैले टोली अगुवासँग गुनासो गरेँ, “के अगुवाहरूले यो विषयलाई राम्ररी मूल्याङ्कन गरेका छैनन् त? म भिडियो बनाउनमा राम्रो छु। लेखापढी काम मेरो बलियो पक्ष होइन; म जानुपर्‍यो भने पनि त्यो काम राम्रोसँग गर्न सक्दिनँ। के उनीहरूले मेरो क्षमताको आधारमा फेरि विचार गर्नु पर्दैन र?” मैले सोचेँ टोली अगुवाले मेरो दृष्टिकोणबाट हेरेर मेरो पक्षमा सहानुभूति जनाउनेछिन्, र सायद अगुवाहरूसँग मेरो कर्तव्य समायोजनबारे पुनः विचार गर्न कुरा गर्नेछिन्। तर उनले मैले पहिले मण्डलीको कामको आवश्यकता विचार गर्नुपर्छ भन्दै सङ्गति गरिन्। मैले बुझेँ, मैले बहस गर्नु हुँदैन, र पहिले आज्ञापालन गर्नुपर्छ।

पछि, मैले कर्तव्यको समायोजन सम्बन्धी सिद्धान्तहरू खोजेर हेरेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “परमेश्‍वरको घरले मानिसहरूको लागि उनीहरूको अभिरुचिको आधारमा नभई कामको आवश्यकता र उनीहरूले त्यो कर्तव्य निर्वाह गर्दा परिणाम हासिल गर्न सक्छन् सक्दैनन् भन्ने आधारमा निश्‍चित कर्तव्यहरू निर्वाह गर्ने बन्दोबस्त मिलाउँछ। के तँ परमेश्‍वरको घरले व्यक्तिको अभिरुचिको आधारमा कर्तव्य बन्दोबस्त गर्नुपर्छ भनेर भन्छस्? के यसले मानिसहरूलाई तिनीहरूको व्यक्तिगत अभिरुचि पूरा गर्ने सर्तमा प्रयोग गर्नुपर्छ? (पर्दैन।) मानिसहरूलाई उपयोग गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरूसँग यीमध्ये कुनचाहिँ मेल खान्छ? सत्यता सिद्धान्हरूसँग कुनचाहिँ मेल खान्छ? यो मानिसहरूलाई परमेश्‍वरको घरको कामका आवश्यकता र मानिसहरूले कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने परिणामअनुसार छनौट गर्नु हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले यो कुरा बुझेँ: मण्डलीमा, व्यक्तिको क्षमताअनुसार कर्तव्य तोक्नु एउटा पक्ष मात्र हो। मण्डलीको कामको आवश्यकताअनुसार यसलाई गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अहिले लेखापढी कामका लागि मान्छेको कमी छ, र मेरो समूहमा कामको बोझ धेरै छैन। म नहुँदा पनि प्रगतिमा ढिला हुँदैन। मैले आफ्ना व्यक्तिगत रोजाइ र माग पन्छाएर, पहिले मण्डलीको कामलाई ध्यान दिनुपर्छ। यदि मैले आफ्नै प्राथमिकताहरू मात्र पूरा गरेँ भने, त्यो धेरै स्वार्थी हुन्छ। यो कुरा बुझेर, मेरो हृदयमा अब त्यति प्रतिरोध भएको महसुस भएन।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि एक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ तर उहाँका वचनहरूमा ध्यान दिँदैन, सत्यतालाई स्वीकार गर्दैन वा उहाँका बन्दोबस्तहरू र योजनाहरूप्रति ऊ समर्पित हुँदैन भने; यदि उनीहरूले केही निश्‍चित असल व्यवहारहरू मात्र देखाउँछन्, तर देहविरुद्ध विद्रोह गर्न, अनि तिनीहरूका अहङ्कार वा रुचिहरू केही पनि त्याग्‍न सक्दैनन् भने; यदि, सबैका अघि उनीहरूले आफ्नो कर्तव्य निभाइरहेका देखिए पनि, उनीहरू अझै पनि आफ्नो शैतानी स्वभावअनुसार जिउँछन् र शैतानको जीवनदर्शन र अस्तित्वमा रहने तरिकाहरूलाई अलिकति पनि त्यागेका वा परिवर्तन गरेका हुँदैनन्, त्यसो भए उनीहरूले सम्भवतः परमेश्‍वरमा कसरी विश्‍वास गर्न सक्छन् र? … तिनीहरूले जति नै वर्ष विश्‍वास गरेका भए पनि, परमेश्‍वरसित सामान्य सम्बन्ध स्थापित गरेका छैनन्; तिनीहरूले जे गरे पनि वा तिनीहरूलाई जे आइपरे पनि, तिनीहरूले सोच्ने पहिलो कुरा यही हो: ‘म के गर्न चाहन्छु; के कुरा मेरो हितमा हुनेछ, अनि के कुरा मेरो हितमा हुनेछैन; मैले यस्तो-उस्तो गरेँ भने के हुन सक्थ्यो’—तिनीहरूले पहिले विचार गर्ने कुराहरू यिनै हुन्। तिनीहरू कस्तो प्रकारको अभ्यासले परमेश्‍वरको महिमा गर्छ र उहाँको गवाही दिन्छ, वा परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छ भन्‍नेबारे कुनै सोचविचार गर्दैनन्, न त परमेश्‍वरका मापदण्डहरू के-के हुन् र उहाँका वचनहरूले के भन्छन् भनी खोजी गर्न प्रार्थना नै गर्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरू वा मापदण्डहरू के-के हुन्, र मानिसले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन कसरी अभ्यास गर्नैपर्छ भनेर कहिल्यै ध्यान दिँदैनन्। तिनीहरूले कहिलेकाहीँ परमेश्‍वरसामु प्रार्थना गर्न र उहाँसित सङ्गति गर्न सक्ने भए पनि, आफैसित मात्र कुराकानी गरिरहेका हुन्छन्, इमानदारीपूर्वक सत्यता खोजिरहेका हुँदैनन्। तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्दा र उहाँका वचनहरू पढ्दा, ती कुरालाई आफूले जीवनमा सामना गर्ने मामिलाहरूसित जोड्दैनन्। त्यसैले, तिनीहरू परमेश्‍वरले मिलाउने वातावरणमा उहाँको सार्वभौमिकता, बन्दोबस्त, र योजनाबद्ध कामहरूलाई कसरी लिन्छन्? तिनीहरूले आफ्ना चाहना पूरा नगर्ने कामकुरा भोग्‍नुपर्दा, ती पन्छाउँछन् र आफ्ना हृदयमा तिनको प्रतिरोध गर्छन्। तिनीहरू आफ्नो हितलाई क्षति पुऱ्याउने वा आफ्नो स्वार्थ पूरा हुन रोक्ने परिस्थितिहरू सामना गर्नुपर्दा, त्यसबाट उम्किन हर उपाय प्रयास गर्छन्, आफ्ना लाभहरू बढाउन कोसिस गर्छन् र कुनै क्षतिलाई टार्न लड्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न खोज्दैनन्, बरु आफ्नै चाहनाहरू मात्र पूरा गर्न खोज्छन्। के यो परमेश्‍वरप्रति आस्था हो? के यस्ता मानिसहरूको परमेश्‍वरसित सम्बन्ध हुन्छ? अहँ, हुँदैन। तिनीहरू नीच, घृणित, हठी, र आपत्तिजनक तरिकाले जिउँछन्। तिनीहरूको परमेश्‍वरसित सम्बन्ध नहुने मात्र नभई, तिनीहरू हरेक मोडमा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तविरुद्ध जान्छन्। तिनीहरू प्रायः यसो भन्छन्, ‘परमेश्‍वरले मेरो जीवनका सबै थोकमाथि सार्वभौमिकता राख्नुहोओस् र शासन गर्नुहोओस्। म परमेश्‍वरलाई मेरा हृदयमा गद्दी सम्हाल्न र शासन गर्न दिनु इच्छुक छु। म परमेश्‍वरका बन्दोबस्त र योजनाहरू प्रति समर्पित हुन इच्छुक छु।’ तर, जब तिनीहरूलाई आइपर्ने परिस्थितिले तिनीहरूका हितमा हानि पुऱ्याउँछ, तब तिनीहरू समर्पित हुन सक्दैनन्। तिनीहरू परमेश्‍वरले बन्दोबस्त गरेका परिवेशमा सत्यता खोज्नुको साटो त्यो परिवेशबाट मोडिएर उम्कन खोज्छन्। तिनीहरू परमेश्‍वरको बन्दोबस्त र योजनाहरूप्रति समर्पित हुन चाहँदैनन्, तर आफ्नो हितलाई हानि नपुग्‍ने गरी आफ्नै इच्छाअनुसार कामकुरा गर्न चाहन्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्, अनि आफ्नै हित, परिस्थिति, र आफ्नै मूड र भावनालाई मात्र वास्ता गर्छन्। के यसो गर्नु परमेश्‍वरमा विश्‍वास गर्नु हो? (होइन।)” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा विश्‍वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन)। परमेश्‍वरका वचनबाट मैले देखेँ, परमेश्‍वरका साँचो विश्‍वासीहरूले आफ्ना धारणासँग नमिल्ने वा आफ्नो हितमा हानि हुने कुराहरू सामना गर्दा, उनीहरूले आफ्नो भ्रष्टता समाधान गर्न सत्यता खोज्ने प्रयास गर्छन्, परमेश्‍वरका वचनहरूमा जवाफ खोज्छन् र परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन पर्खन्छन्। जो सत्यता खोज्दैनन् र विवेकहीन हुन्छन्, तिनीहरू आफ्ना धारणासँग नमिल्ने कुराहरू सामना गर्दा केवल मानिसहरू वा परिस्थितिमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले परमेश्‍वरबारे गुनासो गर्न सक्छन् र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन मान्दैनन्। यो कुरालाई आफूसँग जोड्दा, जब मैले लेखापढी काम गर्दा अरूबाट सम्मानित हुन नसक्ने र आफू बेकामको देखिन्छु भन्‍ने सोचेँ, मैले आफ्नो सीपको कमीलाई बहाना बनाउँदै आफूलाई सही ठहराउने प्नयास गरेँ, जानाजानी आफ्ना कमजोरी देखाउँदै टोली अगुवाले मलाई बुझ्ने र उनीबाट सहानुभूति पाउने आश गरेँ, ताकि म त्यही समूहमा रही आफ्नो हैसियत जोगाउन सकूँ। जब म कुनै समस्या बिना हैसियतको आनन्द उठाइरहेको थिएँ, मैले आफूलाई परमेश्‍वरप्रति समर्पित रहने र उहाँबाट आउने कुरालाई स्वीकार गर्ने दाबी गरेँ। तर, आफ्ना धारणासँग नमिल्ने वा मेरो हितमा हानि पुर्‍याउने कुराहरूको सामना गर्दा, मैले तर्क र प्रतिरोध गरेँ, परमेश्‍वरको योजनाबद्ध कार्यप्रति विरोधभाव राखेँ र असन्तुष्ट भएँ। यसबाहेक, मैले अरूमा दोष खोजेँ, अगुवाहरूले गरेका बन्दोबस्त अनुचित भएको दाबी गरेँ। यसलाई ध्यान दिएर सोच्दा, अगुवाहरूले कामको आवश्यकताअनुसार स्पष्ट रूपमा उचित समायोजन गरिरहेका थिए, र मसँग केही लेखन सीप थियो; म पूर्णतया अदक्ष थिइनँ। तर यो समायोजनले मेरो प्रतिष्ठा र हैसियतमा हानि गर्नेछ भन्‍ने लागेर, मैले गुनासो र प्रतिरोध गरेँ। यो मेरो एकदमै अनुचित व्यवहार थियो! त्यसैले, परमेश्‍वरबाट यो कुरा स्वीकार्न र समर्पण गर्न, र लेखापढी काममा सक्दो प्रयास गर्न तयार हुँदै, मैले उहाँसँग प्रार्थना गरेँ।

मेरो कर्तव्य समायोजन भएपछि, मैले त्यहाँ धेरैजसो ब्रदर-सिस्टरको लेखन सीप मेरोभन्दा राम्रो देखेँ। केही पहिलेका अगुवाहरू थिए, र केहीले वर्षौंदेखि लेखापढी काम गरिरहेका थिए, उनीहरूले सिद्धान्तहरूमा राम्रो पकड राख्थे, र विषयवस्तुमा छलफल गरेर आफ्ना विचारहरू स्पष्ट र गहन रूपमा व्यक्त गर्थे। मलाई निकै ईर्ष्या लाग्थ्यो। थाहै नपाई, म अलि निराश भएँ, आफूले भर्खरै सुरु गरेको, र उनीहरूभन्दा धेरै पछि परिसकेको सोच्दै, मैले मनमनै विचार गरेँ, “म कहिले उनीहरूको स्तरमा पुग्न सकूँला?” तर म धेरै हतोत्साहित भइनँ। सिद्धान्त, पेशा, र अन्य पक्षहरूमा ममा धेरै कमी रहेको थाहा पाएर, मैले सिद्धान्तहरूसँग परिचित हुन समय खर्चिएँ, र मैले नबुझेका केही कुराहरूमा ब्रदर-सिस्टरहरूसँग मार्गदर्शन लिएर सिकेँ। तर, यो कर्तव्यमा नयाँ भएकाले, ब्रदर-सिस्टरहरूसँग विषयवस्तुमा छलफल गर्दा मसँग भन्‍ने कुनै राम्रा विचार नै हुँदैनथे। कहिलेकाहीँ, मैले व्यक्त गरेका केही विचारहरू अनुपयुक्त हुने गर्थे, र मलाई निकै लाज लाग्थ्यो। यसरी, म जति काम गर्थेँ, उति नराम्रो देखिन्थेँ—अरूले मलाई सम्मान गर्ने त कुरै नगरौँ। मलाई ब्रदर-सिस्टरहरूले मेरो क्षमता निकै कमजोर छ र म संवर्धन गर्न लायक छैन भनेर सोच्लान् कि भन्‍ने चिन्ता लाग्यो। यो कामको महत्त्व र चुनौती देखेर, मैले राम्रो गर्न नसक्ने र अनुकूल हुन नसक्ने कुरामा अझै बढी चिन्तित भएँ। त्यो अत्यन्त लाजमर्दो हुनेथ्यो। त्यसपछि, मैले सधैँ मन लागी-नलागी कर्तव्य निभाउन थालेँ। म कम्प्युटरको स्क्रिनतिर एकटकले हेर्थें, दिमाग खाली रहन्थ्यो। ममा यो पेशा सिक्ने रुचि र प्रेरणा थिएन। मेरो हृदयमा सधैँ एउटा अनौठो निराशाको भावना रहन्थ्यो। कहिलेकाहीँ, म अगुवाहरूले आफ्नो विचार बदलेर मलाई फेरि पुरानो स्थानमा फर्काएको कल्पना गर्थेँ, यहाँ बेकामे देखिएर अरूद्वारा बेवास्ता हुनुभन्दा त्यही राम्रो हुने सोच्थेँ। पछि, मलाई यो पेशा सिकाइरहेकी सिस्टरले मेरो कर्तव्यमा केही सिद्धान्तगत समस्याहरू पाइन्। उनले ती समस्याको विश्लेषण गर्ने क्रममा समूहमा पनि यी समस्या र विचलनलाई औँल्याइन्। मलाई निकै लाजमर्दो भयो। अचानक, मैले भिडियो बनाउँदाका यादहरू आए। त्यो बेला, म प्रतिष्ठित व्यक्ति थिएँ। मानिसहरू आफ्ना प्रश्न लिएर मकहाँ आउँथे, र प्रायः म नै अरूको गल्तीहरू औँल्याइने व्यक्ति हुन्थेँ। तर अहिले, म एउटा नकारात्मक उदाहरण बनेको थिएँ, र लगातार मेरो गल्ती औँल्याइन्थ्यो। यो ठ्याक्कै दुई विपरीत अवस्थाहरू थिए! यस भिन्नताले मलाई झनै नकारात्मक बनायो। मैले अगुवाहरूलाई म यो कामको लागि सक्षम छैन र फेरि भिडियो निर्माणमा फर्कन चाहन्छु भन्‍नेसम्मको विचार गरेँ। तर अरूले मलाई अनाज्ञाकारी भन्लान् भन्‍ने डरले चाहना नहुँदा नहुँदै पनि आफ्नो कर्तव्य निर्वाह गरेँ।

एक दिन, मैले अचानक परमेश्‍वरका यी वचन सम्झिएँ: “यदि तँ समस्याहरू आउँदा समयमै समाधान गर्दैनस् भने, ती समस्या तँभित्र थुप्रिएर झन्झन् गम्भीर बन्दै गएपछि, अनि तँलाई तेरो कर्तव्यनिर्वाहमा साथ दिन तँमा मनग्गे जोस वा सङ्कल्प हुन छोडेपछि, तँ नकारात्मकतामा डुब्‍नेछस्, र यहाँ सम्म कि तँ परमेश्‍वरलाई त्याग्‍ने हदसम्म पनि पुग्‍नेछस्, अनि तँ निश्‍चय नै दृढ रहन पनि सक्‍नेछैनस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))। मैले यो नकारात्मक स्थितिलाई समाधान नगर्नु अत्यन्तै जोखिमपूर्ण हुन्छ भन्‍ने कुरा बुझेँ। मैले बाहिरबाट आफ्नो कर्तव्य निर्वाह गरे पनि, मेरो हृदय त्यसमा थिएन। म प्रायः आफूलाई अरूले सम्मान र प्रशंसा गरेको समय सम्झन्थेँ, र मैले यो काममा कहिल्यै आफ्नो सक्दो प्रयास गरिनँ। मैले यो समस्या समाधान गर्नु अति आवश्यक रहेको, र यसरी झारा टारेर आफैँलाई छल्न सक्दिनथेँ भन्‍ने बुझेँ। पछि, आत्मचिन्तन गर्दा, मैले परमेश्‍वरका यी वचन पढेँः “कुनै व्यक्तिले आफूलाई सिद्ध, वा विख्यात, कुलीन, वा अरूभन्दा फरक नसोचोस्; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग्ग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्‍ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा माथि, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूको शक्तिलाई आफ्नोभन्दा बढी हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा राम्रा विचार, सुझाव, र दृष्टिकोण राख्‍न नदिनु, र आफूभन्दा अरू राम्रो भएको थाहा पाउँदा नकारात्मक बन्‍नु, बोल्न नचाहनु, दुःखी र उदास बन्नु, र खिन्‍न हुनु—यी सबै अहङ्कारी स्वभावले गराउँछ। अहङ्कारी स्वभावले तँलाई तेरो प्रतिष्ठाको रक्षा गर्ने, अरूले सच्चाइदिँदा त्यो स्वीकार गर्न नसक्ने, आफ्ना कमीकमजोरीहरू सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरू स्वीकार गर्न नसक्ने बनाउँछ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तँलाई बन्धनमा परेको महसुस हुन सक्छ, यहाँसम्‍म कि तँ आफ्नो कर्तव्य गर्ने इच्छा गर्दैनस् र तँ लापरवाह बन्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहार र अभ्यासहरू उत्पन्न गराउन सक्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरूले मलाई मेरो नकारात्मकताको कारण पत्ता लगाउन सहयोग गरे। म सधैँ आफूलाई सक्षम ठान्थेँ र आफूलाई उच्च सम्मानको योग्य सम्झन्थेँ, जहाँ गए पनि अग्रस्थानमा रहूँ, मानिसहरू मेरो वरिपरी रहुन र मेरो प्रशंसा गरून् भन्‍ने चाहन्थेँ। जब म अरूको सम्मान पाउन वा ध्यानको केन्द्रमा आउन सकिनँ, म निराश भएँ र अवस्थाबाट उम्किन चाहेँ। यो सबै मेरो प्रकृति अत्यन्त अहङ्कारी हुनुले थियो। मैले भर्खरै लेखापढी कामको अभ्यास गर्दै थिएँ, र मैले नबुझेका र गर्न नजानेका थुप्रै कुरा थिए। केही पटक सुनेर वा पढेर मात्र कुनै सिद्धान्त सिक्न सकिँदैन; यसमा केही समय व्यावहारिक सिकाइ चाहिन्छ। यस समयमा, गल्ती र असफलता स्वाभाविक हुन्छन्। समझ भएका व्यक्तिहरूले यी कुराहरूलाई सही रूपमा लिन सक्छन्। तर ममा आत्मचेतना बिल्कुलै थिएन। जहाँ गए पनि, म आफूलाई विशेष देखाउन चाहन्थेँ। म भर्खरै सुरु मात्र गर्दै थिएँ, तर म आफ्ना क्षमताहरू देखाउन, केही उपलब्धि हासिल गर्न आतुर थिएँ, ताकि मेरा ब्रदर-सिस्टरहरूले ममा राम्रो क्षमता छ भन्‍ने देखून्। जब मैले राम्रो गर्न सकिनँ, असफल भएँ, वा ध्यान खिच्ने ठाउँमा पुगिनँ, तब म नकारात्मक र सुस्त भएँ, र यो पेशा सिक्ने प्रेरणा गुमाएँ। मैले त आफ्नो कर्तव्य त्यागेर जाने विचार पनि गरेँ। मैले बुझेँ, म साँच्चिकै अहङ्कारी थिएँ र आफूलाई निकै ठूलो सम्झन्थेँ। मैले भोगेको दुःख पूर्णतः मेरो आफ्नै कारणले थियो।

मैले सोच्न थालेँ, “पहिले भिडियो बनाउँदा म किन अत्यन्त प्रेरित हुन्थेँ, तर अहिले पाठ-आधारित काम गर्दा म किन कहिल्यै उत्साहित हुन सक्दिनँ?” पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ र आफ्नो अवस्थाबारे केही स्पष्टता पाएँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “यदि मानिसहरूमा सत्यतालाई प्रेम गर्ने हृदय छ भने, तिनीहरूमा सत्यको पछि लाग्‍ने शक्ति हुन्छ, र तिनीहरू सत्यता अभ्यास गर्नमा कडा मेहनत गर्न सक्छन्। तिनीहरू त्याग्‍नुपर्ने कुरा त्याग्‍न सक्छन्, र छोड्नुपर्ने कुरा छोड्न सक्छन्। विशेष गरी, तेरो ख्याति, प्राप्ति र हैसियतसित सम्बन्धित कुराहरू छोड्नुपर्छ। यदि तैँले ती छोड्दैनस् भने, यसको अर्थ तँ सत्यतालाई प्रेम गर्दैनस् र तँमा सत्यताको पछि लाग्‍ने सामर्थ्य छैन। तँमाथि परिस्थितिहरू आइपर्दा, तैँले सत्यताको खोजी र अभ्यास गर्नैपर्छ। तैँले सत्यता अभ्यास गर्नुपर्ने समयहरूमा, यदि तँमा सधैँ स्वार्थी हृदय हुन्छ र तँ आफ्नो स्वार्थ छोड्न सक्दैनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्‍नेछैनस्। यदि तैँले कुनै पनि परिस्थितिमा र कहिल्यै पनि सत्यताको खोजी वा अभ्यास गर्दैनस् भने, तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। तैँले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, सत्यता प्राप्त गर्नेछैनस्। कतिपय मानिसहरू सधैँ ख्याति, प्राप्ति र स्वार्थको पछि लाग्छन्। मण्डलीले तिनीहरूलाई जुनसुकै काम दिए पनि, तिनीहरू सधैँ घोत्लिन्छन्, र यस्तो सोच्छन्, ‘के यसले मलाई फाइदा गर्छ? फाइदा गर्छ भने गर्छु, नत्र गर्दिनँ।’ यस्तो व्यक्तिले सत्यता अभ्यास गर्दैन—त्यसकारण के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? निश्‍चय नै सक्दैनन्। तैँले दुष्कर्म नगरेको भए पनि, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। यदि तँ सत्यताको पछि लाग्दैनस्, सकारात्मक कुराहरूलाई प्रेम गर्दैनस्, र तँलाई जे आइपरे पनि आफ्नो प्रतिष्ठा, हैसियत, स्वार्थ र तँलाई फाइदा हुने कुरा मात्र वास्ता गर्छस् भने, तँ केवल स्वार्थद्वारा सञ्‍चालित, स्वार्थी र नीच व्यक्ति होस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनले भन्छन्, यदि मानिसहरूमा सत्यतालाई माया गर्ने हृदय छ भने, जब कुनै कुरा उनीहरूको अभिमान, हैसियत, र हितमा ठोक्किन्छ, उनीहरूले त्यसलाई त्याग्न सक्छन्, र आफ्नो देहविरुद्ध विद्रोह गरेर सत्यता अभ्यास गर्न सक्छन्। मैले कसरी म भिडियो बनाउँदा, आफूलाई जिम्मेवारी बोक्ने र आज्ञाकारी मान्थेँ, र आफूलाई सत्यता पछ्याउने व्यक्ति ठान्थेँ भन्‍नेबारे चिन्तन गरेँ। वास्तविकतासँगको सामनापछि मात्र मैले पहिला गरेका कामहरू परमेश्‍वरलाई सन्तुष्ट पार्ने प्रयास थिएनन्, म आफूले केवल आफ्नो हितलाई असर नगर्ने कामहरू मात्र गरिरहेको थिएँ भन्‍ने बुझेँ। अहिले, म भिडियो बनाउने काममा फर्किन चाहिरहनुको कारण त्यो कर्तव्यप्रति मेरो प्रेम रहेकाले नभई ब्रदर-सिस्टरबाट पाउने समर्थन र आदरलाई छोड्न नसकेकाले थियो। बाहिरबाट हेर्दा, मसँग टोली अगुवाको औपचारिक पद नभए पनि, मेरो ब्रदर-सिस्टरहरूको हृदयमा मेरो राम्रो छाप थियो। जबजब मैले कुनै समस्या समाधान गर्थेँ वा राम्रोसँग काम गर्थेँ, म उनीहरूको सम्मान र प्रशंसा पाउँथेँ, जुन मलाई अत्यन्त आनन्दित लाग्थ्यो। त्यसकारण, मैले जति नै मूल्य चुकाए पनि वा जति पीडा भोगे पनि, ममा कुनै गुनासो थिएन। तर लेखापढी कामले मलाई अपमानित महसुस गरायो। यहाँ म सबै कुरा सुरुबाटै सिक्न बाध्य भएँ, र कसैले मलाई खासै ध्यान दिएनन्। जुन प्रकारले म पहिले अरूलाई सिकाउँथेँ, त्यो अहिले असम्भव थियो। मैले आफूलाई अलग राखेर अरूलाई आधारभूत प्रश्नहरू सोध्नुपर्ने मात्र नभएर, म यो पेसामा यति धेरै अनभिज्ञ थिएँ कि मैले लगातार मार्गदर्शन स्वीकार गर्नुपर्थ्यो। म आफ्ना कमीहरूको सामना गर्न चाहन्नथेँ; म केवल सम्मान र तालीका बीच रमाउँदै अरूको आदर र प्रशंसामा रमाउन चाहन्थेँ। मैले त, एक दिन अगुवाहरूले मलाई पुनः भिडियो निर्माणको काम थाल्न दिनेछन्, र म फेरि मानिसहरूले घेरिएर प्रशंसा पाइरहनेछु भन्‍ने कल्पनासमेत गरेँ। तर यो नतिजा कहिल्यै आएन। बरु, मेरो भ्रष्टता र कमजोरीहरूको निरन्तर प्रकटीकरण भयो। त्यसैले, म नकारात्मक र निराश भएँ, र आफ्नो कर्तव्य निर्वाह गर्ने प्रेरणा गुमाएँ। यस बिन्दुमा, मैले बुझेँ कि विगतमा मैले केवल प्रतिष्ठा र हैसियतका लागि मात्र आफ्नो कर्तव्य निर्वाह गरेको रहेछु, र मैले आफ्नो कर्तव्यलाई कहिल्यै जिम्मेवारीको रूपमा स्वीकार गरेको रहेनछु।

त्यो समयमा, मैले बारम्बार आफ्नो स्थितिको बारेमा खोजी र चिन्तन गरेँ। मैले परमेश्‍वरका यी वचन पढेँ: “ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्‍न सक्छस् तर तिनीहरूले सोच्न सक्‍ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुई कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, लाभ वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता हो? के म आशाहीन छैनँ र?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छआफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, लाभ, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्। किन तिनीहरूले सधैँ त्यस्ता कुराहरूको बारेमा सोचिरहन्छन् त? परमेश्‍वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा देख्‍न सक्षम छैनन् त? के परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्‍ने हुनाले, समस्या तिनीहरूमै हुन्छ, र फलस्वरूप, तिनीहरू सत्यता ग्रहण गर्न सक्‍दै नसक्‍ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनले ख्रीष्टविरोधीहरूले विशेषगरी प्रतिष्ठा र हैसियतलाई प्रेम गर्छन् भनी खुलासा गर्छन्। उनीहरू प्रतिष्ठा र हैसियतका लागि मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्, कामकुरा त्याग्छन्, र आफूलाई समर्पित गर्छन्। जब उनीहरू आफ्नो हैसियत गुमाउँछन्, उनीहरू आफ्नो जीवन नै खोसिएको अनुभव गर्छन्; अनि सबै कुरामा रुचि र प्रेरणा गुमाउँछन्। आफ्नै व्यवहारलाई चिन्तन गर्दा, मैले आफू पनि अरूको आदर र प्रशंसा चाहने, प्रतिष्ठा र हैसियतको पछ्याइलाई सकारात्मक कुरा ठान्ने ख्रीष्टविरोधी जस्तै रहेछु भन्‍ने बुझेँ। धेरै वर्षदेखि, म यसैलाई पछ्याइरहेको थिएँ। घरमा, मेरा बुबाले प्रायः मलाई “अरूभन्दा उत्कृष्ट बन्नू” र “परिवारलाई गौरवान्वित बनाउनू” भन्नुहुन्थ्यो र सफल व्यक्ति बन्नु नै भविष्य बनाउने एकमात्र उपाय हो भन्‍ने कुरा गर्नुहुन्थ्यो। विद्यालयमा, शिक्षकहरूले “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” भन्‍ने सोच मेरो मनमा भरिदिनुभयो। यी कुराहरू निरन्तर मेरो विचारमा गहिरो रूपमा स्थापित भइरहे जसले मलाई प्रतिष्ठा र हैसियतप्रति झन्-झन् लालायित बनाए, र म यसका लागि जुनसुकै दुःख सहन तयार थिएँ। मेरो विद्यार्थी जीवनको समयमा, राम्रा अङ्क ल्याउन र शिक्षक तथा सहपाठीहरूको प्रशंसा र आदर पाउन, रातभर जागा बसेर पढाइका कार्य पूरा गर्न कफी पिउँथेँ, र बिरामी हुँदा समेत कक्षामा उपस्थित हुन्थेँ। पछिल्ला केही वर्ष मण्डलीमा, भिडियो बनाउने क्रममा, मैले बाहिरबाट दुःख सहँदै, मूल्य चुकाउँदै, सीप सिक्दै थप काम गरेँ, यी सबै अरूको प्रशंसा प्राप्त गर्नका लागि थिए। जब मेरो कर्तव्य परिवर्तन भयो र मैले अरूबाट प्रशंसा पाउन छाडेँ, अनि गल्तीहरूका कारण मेरा कमीकमजोरी र असक्षमता प्रकट भए, परमेश्‍वरले मिलाउनुभएको परिवेशलाई गलत बुझ्दै र अस्वीकार गर्दै, म निराश भएँ, र आफ्नो कर्तव्य निर्वाह गर्ने प्रेरणा गुमाएँ। म सधैँ अरूहरूको प्रशंसा कसरी प्राप्त गर्ने भन्‍ने सोच्दै, केवल प्रतिष्ठा र हैसियतका लागि जिइरहेको थिएँ। मैले जे पछ्याएँ त्यो पूर्णतया परमेश्‍वरको चाहना विपरीत थियो। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “मानिसहरूले हैसियत पछ्याउँदा, त्यस कुरालाई जति परमेश्‍वरले अरू कुनै पनि कुरालाई घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। के यो सबैमा परमेश्‍वरप्रति वैरी हुने थोरै गुण छैन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। यद्यपि मैले अहिलेसम्म ख्रीष्टविरोधीले जस्तै हैसियतका लागि अरूको मन जित्ने, आफ्नो स्थान वा स्वतन्त्र राज्य बनाउने र कुनै प्रत्यक्ष दुष्कर्म नगरेको भए पनि, पछ्याइबारे मेरा अभिप्राय र दृष्टिकोणहरू गलत थिए। मैले सधैँ मानिसहरूको हृदयमा ठाउँ बनाउन खोजेँ। यस मार्गमा अघि बढिरहनु खतरनाक र परमेश्‍वरले घृणा गर्ने कुरा हो। यो कुरा बुझेपछि, म परमेश्‍वरको सुरक्षाका लागि अत्यन्त कृतज्ञ भएँ।

मेरो कर्तव्यमा गरिएको यस समायोजनबाट, मैले लिएको गलत दिशाबारे चिन्तन गरी समयमै फर्कने प्रेरणा मिल्यो। यो मेरा लागि परमेश्‍वरको मुक्ति हो। मसँग अब सबैसामु विशेष र लोकप्रिय बन्ने मौका नभए पनि, आफूलाई इमानदारीपूर्वक समर्पित गर्न सकेँ। विगतका केही वर्षमा यति धेरै समय खेर फालेकोमा मलाई केही पछुतो लाग्यो। मैले यही प्रयास हैसियतको सट्टा सत्यता पछ्याउन र आफूलाई चिन्न लगाएको भए, म अझ विवेकशील र परमेश्‍वरप्रति झन् निष्ठावान हुने थिएँ र अहिले जस्तो विद्रोही र भ्रष्ट हुने थिइनँ। यी समस्याहरू समाधान गर्न, मैले परमेश्‍वरका वचनको दुइटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँ परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सबथोकमा आफ्नो पूरै बफादारिता अर्पण गर्न चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य निभाएर त्यसो गर्न सक्दैनस्; तैँले परमेश्‍वरले तँलाई दिनुहुने कुनै पनि आज्ञालाई स्वीकार गर्नुपर्छ। चाहे त्यो तेरा चाखअनुसार होस् वा नहोस् अनि तेरा रुचिहरूसित मेल खाओस् वा नखाओस्, वा त्यो तँलाई गर्न आनन्द नलाग्ने वा तैँले अघि कहिल्यै नगरेको कुरा होस् वा गाह्रो कुरा होस्, तैँले अझै पनि त्यसलाई स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। तैँले त्यसलाई केवल स्वीकार गर्ने मात्रै होइन, बरु त्यसलाई अनुभव गर्दै गर्दा र त्यसमा प्रवेश गर्दै गर्दा तैँले सक्रिय रूपमा सहकार्य पनि गर्नुपर्छ, र त्यसबारेमा सिक्‍नुपर्छ। तैँले कष्ट भोग्‍नुपरे पनि, तँ थकित, अपहेलित, वा बहिस्कृत भए पनि, तैँले अझै पनि त्यसमा आफ्‍नो पूरै बफादारिताभाव लगाउनुपर्छ। यसरी अभ्यास गरेर मात्रै तैँले सबथोकमा पूरै बफादारिताभाव लगाउन अनि परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सक्नेछस्। तैँले यसलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य मान्‍नुपर्छ, व्यक्तिगत व्यवसायजस्तो ठान्‍नु हुँदैन। तैँले कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? सृष्टिकर्ता परमेश्‍वरले कसैलाई दिनुभएको कामको रूपमा हेर्नुपर्छ; मानिसहरूले पाउने कर्तव्य यसरी नै आउँछ। परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा नै तेरो कर्तव्य हो, र तैँले परमेश्‍वरले मापदण्ड दिनुभएअनुसार आफ्‍नो कर्तव्य निभाउनु पूर्ण रूपमा प्राकृतिक र उचित कुरा हो। यदि तँ यो कर्तव्य परमेश्‍वरको आज्ञा हो, र यो तँमाथि आइरहेको परमेश्‍वरको प्रेम र आशिष् हो भनी स्पष्टसँग देख्‍न सक्छस् भने, तैँले परमेश्‍वरलाई प्रेम गर्ने हृदयले आफ्‍नो कर्तव्य स्वीकार गर्न र आफ्‍नो कर्तव्य निभाउँदा तैँले परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्न सक्‍नेछस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न तैँले सबै कठिनाइहरू पार गर्न सक्‍नेछस्। परमेश्‍वरको लागि साँचो रूपमा आफैलाई समर्पित गर्नेहरूले कहिल्यै पनि परमेश्‍वरको आज्ञालाई इन्कार गर्न सक्दैनन्; तिनीहरूले कहिल्यै पनि कुनै कर्तव्य इन्कार गर्न सक्दैनन्। परमेश्‍वरले तँलाई जे-जस्तो कर्तव्य सुम्पनुभए पनि, यसमा जति नै कठिनाइ आइपर्ने भए पनि, तैँले यसलाई इन्कार गर्नु हुँदैन बरु स्वीकार गर्नुपर्छ। अभ्यासको मार्ग यही हो, र यही नै परमेश्‍वरलाई सन्तुष्ट पार्न सबै कुरामा सत्यताको अभ्यास गर्नु र आफ्नो पूरै बफादारिताभाव लगाउनु हो। यहाँ मुख्य कुरा के हो? ‘सबै कुरा’ भन्‍ने शब्द हो। ‘सबै कुरा’ ले तँलाई मन पर्ने वा तँ सिपालु रहेको कुरालाई जनाउँछ भन्‍ने आवश्यक छैन, तँ परिचित रहेका कुराहरूलाई जनाउनु त परको कुरा हो। कहिलेकाहीँ, केही कुराहरू हुन्छन् जसमा तँ सिपालु हुँदैनस्, जुन तैँले सिक्‍नुपर्ने हुन्छ, जुन कठिन हुन्छन् र जसमा तैँले पीडा भोग्नुपर्ने हुन्छ। तैपनि, चाहे कुरा जेसुकै नै होस्, यदि परमेश्‍वरले तँलाई त्यो सुम्पनुभएको छ भने, तैँले त्यो उहाँबाट आएको भनी यसलाई स्विकार्नुपर्छ; तैँले यसलाई स्वीकार गर्नुपर्छ र राम्रोसित निर्वाह गर्नुपर्छ, र आफ्नो पूरै बफादारिता दिनुपर्छ र परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्नुपर्छ। अभ्यासको मार्ग भनेको यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “मूर्ख देखिनु राम्रो कुरा हो। यसले तँलाई तेरा कमीकमजोरीहरू र आडम्बर-मोह देख्‍न सहयोग गर्छ। यसले तेरो समस्या कहाँ छ भन्‍ने देखाउँछ र तँ सिद्ध व्यक्ति होइनस् भनेर स्पष्‍टसित बुझ्‍न सहयोग गर्छ। मान्छे कोही पनि सिद्ध हुँदैन र मूर्खतापूर्ण व्यवहार गर्नु सामान्य कुरा हो। हरेक मान्छेले कुनै न कुनै बेला आफूलाई मूर्ख तुल्याउने वा लज्‍जित पार्ने अनुभव गरेको हुन्छ। हर व्यक्ति असफल हुन्छ, हरेकले हण्डर खान्छ, र हरेकमा दुर्बलता हुन्छ। मूर्खतापूर्ण व्यवहार गर्नु नराम्रो कुरा होइन। जब तैँले आफूलाई मूर्ख तुल्याउँछस् तर लज्‍जित वा निराश हुँदैनस्, र जब तैँले अन्तस्करणभित्र डिप्रेसन महसुस गर्दैनस्, तब त्यसको अर्थ तँ लाजसरम सबै पचाइसकेको व्यक्ति होस् भन्‍ने हुँदैन; यसको अर्थ त तैँले आफूलाई मूर्ख तुल्याउँदा त्यसले आफ्नो प्रतिष्ठामा असर गर्छ कि गर्दैन भनेर तँ वास्ता गर्दैनस् र तेरा विचारहरूमा आडम्बरले ठाउँ पाउन छोडिसकेको छ भन्‍ने हुन्छ। अनि, यसको अर्थ तँ आफ्‍नो मानवतामा परिपक्‍व भएको छस् भन्‍ने हुन्छ। यो एकदम राम्रो कुरा हो! के यो असल कुरा होइन र? यो असल कुरा हो। तैँले आफूले राम्ररी काम गरेको छैनँ वा आफ्नो भाग्य राम्रो छैन भन्‍ने नसोच्, र यसको पछाडि रहेका वस्तुगत कारणहरू नखोज्। यो सामान्य कुरा हो। तैँले आफूलाई मूर्ख तुल्याउन सक्छस्, अरूले आफूलाई मूर्ख तुल्याउन सक्छन्, र सबैले नै आफूलाई मूर्ख तुल्याउन सक्छन्—अन्त्यमा तैँले पत्ता लगाउनेछस् कि सबै उस्तै हुन्, सबै साधारण मानिसहरू हुन्, सबै मरणशील मानिसहरू हुन्, कोही पनि अरू कोहीभन्दा ठूलो र अरू कोहीभन्दा उत्तम हुँदैन। कहिलेकहीँ सबैले आफूलाई मूर्ख तुल्याउँछन्, त्यसकारण कसैले पनि कसैको गिल्‍ला गर्नु हुँदैन। तैँले अनगिन्ती असफलताहरू अनुभव गरिसकेपछि, तँ आफ्‍नो मानवतामा क्रमिक रूपमा परिपक्‍व हुँदै जान्छस्; त्यसकारण जब तैँले फेरि यी कुराहरू सामना गर्छस्, तब तँ बन्धनमा पर्न छोडेको हुन्छस्, र तेरो कर्तव्य सामान्य रूपमा पूरा गर्ने क्रममा यी कुराहरूले असर पार्नेछैनन्। तेरो मानवता सामान्य हुनेछ, र जब तेरो मानवता सामान्य हुन्छ, तब तेरो समझ पनि सामान्य नै हुनेछ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्‍वरका वचन पढेपछि, मैले यो परिस्थितिमा अभ्यास गर्ने मार्ग फेला पारेँ। अरूले मलाई सम्मान गरून् या नगरून्, वा मलाई विशेष बन्ने अवसर मिलोस् या नमिलोस्, मैले परमेश्‍वरले मिलाएको वातावरणलाई स्वीकारेर, आफ्नो कर्तव्य तनमनका साथ इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ। यो मेरो जिम्मेवारी, अनि मैले गर्नुपर्ने काम थियो। पछि, कहिलेकाहीँ मैले सम्पन्न गरेको काममा केही गल्ती भए तापनि, र अरूले थुप्रै कमीकमजोरी औंल्याउँदा मलाई नराम्रो लागे पनि नकारात्मक प्रतिक्रिया देखाउन छाडेँ। मैले जति धेरै गल्ती र असफलताहरू सामना गरेँ, तिनले मलाई उति नै समयमै परमेश्‍वरतर्फ फर्केर मेरो भ्रष्टता बुझ्न, मेरो विचलन र कमीहरूको विश्लेषण र आत्मचिन्तन गर्न प्रेरित गरे। यसले केही सिद्धान्तको स्मरणलाई झनै प्रगाढ बनायो, जसले मेरो कर्तव्य निर्वाह र जीवनको प्रगति दुवैमा सकारात्मक प्रभाव पार्‍यो। यस बुझाइले मेरो मानसिकतामा सुधार ल्यायो र अरूले मलाई कसरी हेर्छन् भन्‍ने कुरामा ध्यान दिन छाडेँ। पेसागत रूपमा, मैले मेरो विचलन र समस्याहरूको विश्लेषण गरेँ, कुनै कुरा नबुझ्दा, ब्रदर-सिस्टरको सहयोग लिएँ, र सान्दर्भिक सिद्धान्तहरू खोजेर अभ्यास गरेँ। मैले अरूका असल अभ्यासहरूबाट पनि सिकेँ। मेरो स्थितिको सन्दर्भमा, मैले आफूले प्रकट गरेका भ्रष्टतासँग सम्बन्धित परमेश्‍वरका वचनका आधारमा आफूलाई चिन्दै चिन्तन र विश्लेषण गर्न आफ्नो फुर्सदको समय प्रयोग गरेँ। केही समयसम्म यो अभ्यास गरेपछि, मैले आफ्नो वर्तमान कर्तव्य मन पराउन थालेँ, र मेरो कर्तव्यको नतिजामा केही सुधार आयो। यो प्रक्रियालाई स्मरण गर्दा, मैले परमेश्‍वरका असल अभिप्रायहरू बुझेँ। यो वातावरणमा आफ्नो कर्तव्य निभाउँदा मैले धेरै उपलब्धिहरू हासिल गरेँ। यी असफलता र प्रकटीकरणहरूको माध्यमबाट मैले आफ्ना कमी र वास्तविक कदलाई स्पष्ट रूपमा बुझ्न सकेँ, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन सिकेँ, र मेरो कर्तव्यमा सिद्धान्तहरूको खोजी गर्न थालेँ। साथै, यस वातावरणमा निरन्तर संयमित रहँदा, मेरो मानवता परिपक्व बनाएको छ, म आवेगपूर्ण र कमजोर हुन छाडेको, आफ्ना कमीलाई सही रूपमा लिन सक्ने भएको, र परमेश्‍वरका अभिप्राय र सत्यताका सिद्धान्तहरू खोज्न थालेको छु। यी सबै मेरा लागि तालिम र सिद्धता हुन्।

आफ्नो कर्तव्यमा यो समायोजनको अनुभवले मलाई के बुझाएको छ भने हामीले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, हाम्रो प्रतिष्ठा जोगिन्छ कि जोगिँदैन, वा अरूले हामीलाई आदर गर्छन् कि गर्दैनन्, भन्‍ने कुराहरू महत्त्वपूर्ण छैनन्। महत्त्वपूर्ण कुरा भनेको हामी परमेश्‍वरप्रति समर्पित हुन र सत्यता अभ्यास गरेको गवाही दिन सक्छौँ कि सक्दैनौँ भन्‍ने हो। विगतमा, मैले अरूलाई कर्तव्य समायोजनपछि नकारात्मक र अवज्ञाकारी भएको देख्दा, म उनीहरूलाई तुच्छ र आफूलाई राम्रो ठान्थेँ। अहिले यथार्थको सामना हुँदा, मैले आफ्नो प्रकृति अत्यन्त अहङ्कारी भएको, र परमेश्‍वरप्रति म अरूभन्दा बढी समर्पित नभएको देखेँ। परमेश्‍वरद्वारा बन्दोबस्त गरिएका परिस्थितिहरूबाट, मैले आफूलाई केही चिन्न सकेको छु र ममा केही परिवर्तन आएको छ। परमेश्‍वरबाट प्राप्त यस मुक्तिका लागि म हृदयदेखि नै आभारी छु!

अघिल्लो:  ४०. किन म अरू मानिसहरूमा अन्धाधुन्ध विश्वास गर्छु

अर्को:  ४२. परमेश्‍वरका वचनसाथ गरिने खुट्ट्याइ कहिल्यै चुक्दैन

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger