५७. मैले किन सत्यता अभ्यास गर्न सकिनँ?
म अगुवा भएको बेला, केही ब्रदर-सिस्टरहरुले मलाई म जिम्मेवार रहेको एउटा मण्डलीकी अगुवा याङ्ग लीले मण्डलीको वास्तविक काम गरिरहेकी छैनन् भन्ने गुनासो गरे। साँच्चै अनुसन्धान गर्दा, याङ्ग लीले पूरै दिन अरू नै सामान्य काम गरेर बिताएको पाएँ, जसले गर्दा उनले मण्डली अगुवाले गर्ने कुनै काम पनि गर्न भ्याएकी रहिनछन्। जहिल्यै समूह भेलामा जाँदा सधैँ म व्यस्त छु भन्दिरहिछन्, अनि आवश्यक व्यवस्था मिलाइसकेपछि हतारमा हिँडिहाल्दिरहिछन्। उनले भेलामा आफ्ना ब्रदर-सिस्टरहरूसँग लगभग कहिल्यै सङ्गति गर्दिरहिनछन्, न त उनीहरूको समस्या र कठिनाइ वास्तवमै बुझ्ने वा समाधान गर्ने कोशिस नै गर्थिन्। धेरै डिकनहरूले उनले आफूहरूसँग २-४ महिनामा एक पटक मात्र भेट गर्ने गरेको पनि बताए। उनका ब्रदर-सिस्टरका समस्या र कठिनाइहरू समयमा कहिल्यै समाधान भएका थिएनन्, उनीहरू आफ्नो कर्तव्यप्रति नकारात्मक र निस्क्रिय भैसकेका थिए, अनि उनीहरूको जीवन प्रवेशमा बाधा पुगिरहेको थियो। अझ, कतिपय ब्रदर-सिस्टरहरूमा त बोझको अनुभूति नै थिएन, अनि उनीहरू निरन्तर आफ्नो कर्तव्य झारा टार्ने तरिकाले गर्थे। तर याङ्ग लीले उनीहरूसँग सङ्गति गर्दिरहिनछन्, सहयोग पनि गर्दिरहिनछन्, न त उनीहरूलाई समयमै बर्खास्त गर्दिरहिछन्। एक दुष्ट व्यक्तिले मण्डली जीवनलाई अवरोध र बाधा गरिरहेको थियो तर याङ्ग लीले उसलाई उचित समयभित्र मण्डलीबाट कहिल्यै पखालिनन्। याङ्ग लीले वास्तविक काम नगरेकीले मण्डली जीवनमा बाधा आएको थियो, अनि विभिन्न कामले कुनै नतिजा दिन नसक्दा कामकुरा रोकिएको अवस्था थियो। मैले याङ्ग लीसँग सङ्गति गरेर उनका समस्याको खुलासा गरिदिँदा, उनले मैले भनेका कुरा नस्विकारेकी मात्र होइन—उल्टै मसँग विवाद गर्दै आफूलाई सही सावित गर्न खोजिन्, अनि मण्डलीको कामको नतिजा नआउनुमा आफ्नो सहकर्मी सिस्टरलाई दोष दिने प्रयास गरिन्। याङ्ग लीको व्यवहार हेर्दा र उनले सत्यता अस्वीकार गरेको वा पश्चाताप नगरेको देख्दा, मैले उनलाई वास्तविक काम नगर्ने झुठो अगुवा भन्ने ठानेँ, जसलाई तत्कालै पदबाट बर्खास्त गर्नु पर्थ्यो। तर म हिच्किचाएँ। कतिपय ब्रदर र सिस्टरले याङ्ग लीलाई चिनेका थिएनन्, अनि उनमा क्षमता तथा प्रतिभा छ भन्ने सोच्थे। उनी तेज दिमाग भएको र सभाहरूमा सङ्गति गर्न कुशल भनेर उनीहरू भन्थे। उनी हरेक दिन लामो समय काम गर्थिन् अनि उनमा साँच्चै बोझको अनुभूति थियो भनेर उनीहरू भन्थे। उनीहरूले उनको अतिप्रशंसा र बचाउ गरे। सबैजनाले उनलाई यति धेरै सम्मान गर्ने हुनाले, मलाई लाग्यो, म आउने बित्तिकै उनलाई बर्खास्त गर्दा, म अहङ्कारी भनेर उनीहरूले सोच्दैनन् होला? उनीहरूले मैले उनलाई पश्चातापको एउटा पनि मौका दिइनँ भनेर सोच्छन् कि? अथवा सायद उनीहरूले सोच्लान् कि म खालि कठोर निर्णय गर्न आतुर छु ताकि सबै माथि मेरो नयाँ अधिकार तथा प्रतिष्ठा स्थापित् गर्न सकियोस्। मैले मनमनै सोचेँ, “सायद पहिले याङ्ग लीको बारेमा ब्रदर-सिस्टरहरूले आफैँ मूल्याङ्कन लेख्नु उचित हुन्छ। त्यसपछि मात्र म उनलाई बर्खास्त गर्ने वा नगर्ने निर्यण गर्न सक्छु।” तर ब्रदर-सिस्टरहरू उनलाई सही रूपमा खुट्याउन सक्दैनथे, अनि उनीहरूको मूल्याङ्कन प्रमाणका रूपमा प्रयोग गर्न उपयुक्त हुने थिएन। यो समयमा सीसीपीको सास्ती यति कठोर थियो कि ब्रदर-सिस्टरसँग भेला भएर सङ्गति गरी उनलाई खुट्याउन सम्भव थिएन। यदि मैले उनलाई बर्खास्त गर्नुपूर्व सङ्गति गरुन्जेल कुरेकी भए, मण्डलीको काम कहिलेसम्म ढिला हुन्थ्यो कसैलाई थाहा थिएन। मलाई लाग्यो “पहिला उनलाई बर्खास्त गर्नै ठीक होला, अनि पछि ब्रदर-सिस्टरसँग सङ्गति गरेर उनको बारेमा विवेचन गरौंला।” तर म अझै के सोच्दै चिन्तित थिएँ भने, “यदि उनलाई बर्खास्त गर्नुपूर्व ब्रदर-सिस्टरहरूलाई उनको बारेमा मूल्याङ्कन गर्ने अवसर दिइएन भने, उनीहरूलाई जित्न सम्भव होला? अर्को विकल्प थियो: याङ्ग लीको बारेमा खबर दिन अगुवालाई चिठ्ठी लेख्ने। अगुवाले यसमा सहमति जनाएमा म उनलाई हटाउने थिएँ। यसरी, ब्रदर-सिस्टरहरूबाट यो कुरा स्वीकृत हुन सकेन भने पनि यो निर्णयका लागि मैले एकल जिम्मेवारी लिनुपर्ने थिएन। सबैले थाहा पाउने थिए कि यो कारबाहीका लागि मैले मात्र निर्णय गरेको थिइनँ, र उनीहरुले मप्रति कुनै नकारात्मक टिप्पणी गर्ने थिएनन्।” यी विचारहरु मेरो दिमागमा आइनै रहे, र अन्तत: मैले भोलिपल्ट अगुवालाई पत्र लेख्ने निर्णय गरेँ।
अर्को दिन बिहान मैले मेरी सहकर्मी सिस्टरसँग याङ्ग लीको अवस्थाका बारेमा कुरा गरेँ। उनी पनि याङ्ग ली एक झुठ्ठो अगुवा हुन् र सकेसम्म छिटो बर्खास्त गर्नुपर्छ भन्ने कुरामा विश्वस्त थिइन्। उनले त अगुवालाई जानकारी दिन चिठ्ठी लेख्दै गर्दा याङ्ग लीलाई हटाउन सुझाव दिइन्। मलाई यो पनि कारबाहीको एउटा उपयुक्त मार्ग हो जस्तो लाग्यो—तर यो कुरा कार्यन्वयन गर्न खोज्दै गर्दा म फेरि के सोच्दै हिच्किचाएँ भने, “यो त खालि याङ्ग लीको मैले देखेको व्यवहारमा आधारित छ। ब्रदर-सिस्टरहरुको मूल्याङ्कन विना उनलाई हटाउन साँच्चै सबै जना सहमत होलान् त? समय आएपछि उनको पक्षमा उनीहरूले विरोध गर्लान् कि? उनीहरूले मलाई अहङ्कारी वा अरूमाथि इमानदारीपूर्वक विश्वास गर्न नसक्ने भन्नेछन् कि? ब्रदर र सिस्टरहरू मेरो निर्णयप्रति विश्वस्त भएनन् र मेरो उजुरी गरे भने, मैले साँच्चै आफ्नो सम्मान गुमाउने छु।” यसबारे म जति सोच्थेँ त्यति नै म दुविधामा पर्थेँ। मेरी सिस्टरले मेरो अलमल अनुहार देखेर मलाई सोधिन्, “के तपाईं अरू ब्रदर-सिस्टरबारे यो सोचेर चिन्तित हुनुभएको हो? उनीहरूको मूल्याङ्कनविना याङ्ग लीलाई हटाउँदा, उनीहरूले स्वीकार गर्ने छैनन् भन्ने डर छ? मण्डलीको कामलाई जोगाउनका लागि हामी झुट्टा अगुवाहरूलाई सिद्धान्तका आधारमा हटाउँछौँ। यसबारे तपाईं किन यति चिन्तित हुनुभएको?” उनले भनेको सुनेर म चिन्तन गर्न लागेँ: “यो सही कुरा हो। परमेश्वरको घरमा गलत काम गर्ने र वास्तविक काम गर्न असफल हुने अगुवा र सेवकलाई हामीले बर्खास्त गर्नु जरुरी छ, ताकि मण्डलीको काममा हुने ढिलासुस्ती हटाउन सकियोस्। मैले पहिल्यै देखिसकेँ याङ्ग ली झुट्टो अगुवा हुन्, तर म उनलाई बर्खास्त गर्नुअघि ब्रदर-सिस्टरहरूको सहमति खोजिरहेछु। यस्तो किन?” मैले महसुस गरेँ यस्तो कुरा ठीक हैन। तसर्थ मैले आफ्नी सिस्टरसँग मिलेर यो समस्यालाई समाधान गर्ने निर्णय गरेँ। अनि हामीले परमेश्वरका वचनका दुई खण्ड हेर्यौँ: “यदि तिमीहरू अगुवाहरू र कामदारहरूका रूपमा कर्तव्यहरू निर्वाहमा देखा पर्ने समस्याहरूलाई बेवास्ता गर्छौ, अनि जिम्मेवारी पन्छाउन विभिन्न निहुँ र बहानाहरूसमेत खोज्छौ, र आफूले समाधान गर्न सक्ने कतिपय समस्या समाधान गर्दैनौ, अनि आफूले समाधान गर्न नसक्ने समस्याहरूबारे माथिलाई रिपोर्ट गर्दैनौ भने, मानौँ तीसित तेरो कुनै सम्बन्ध छैन, के यो आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्नु होइन? के मण्डलीको कामलाई यसरी लिनु चातुर्य काम हो कि मूर्ख काम? (मूर्ख काम।) के यस्ता अगुवाहरू र कामदारहरू छट्टु हुँदैनन् र? के तिनीहरूमा अलिकति पनि जिम्मेवारीबोध छ र? तिनीहरूलाई समस्याहरू आइपर्दा, तिनीहरू ती बेवास्ता गर्छन्—के तिनीहरू विचारहीन मानिस होइनन्? के तिनीहरू धूर्त मानिस होइनन् र? धूर्त मानिसहरू सबैभन्दा मूर्ख मानिस हुन्। तँ इमानदार व्यक्ति बन्नुपर्छ, समस्याहरूको सामना गर्दा तँसँग जिम्मेवारीबोध हुनुपर्छ, र तैँले ती समाधान गर्न सम्भव भएजति सबै उपायहरू प्रयोग गर्नैपर्छ र सत्यता खोज्नैपर्छ। तँ कदापि धूर्त व्यक्ति पटक्कै बन्नु हुँदैन। समस्याहरू आइपर्दा, यदि तैँले जिम्मेवारीबाट भागेर यसबाट हात झिक्छस् र आफूबारे मात्र चासो राख्छस् भने, तँ यस व्यवहारका लागि गैरविश्वासीहरूमाझ समेत निन्दित हुनेछस्, परमेश्वरको घरमा त झन् भनिरहनै परेन! यस व्यवहारलाई परमेश्वरले निश्चित रूपमा निन्दा गर्नुहुन्छ अनि परमेश्वरका चुनिएका मानिसहरूले घृणा र इन्कार गर्छन्। परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, अनि उहाँ छली र छट्टु मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ धूर्त व्यक्ति होस् र छट्टु पाराले चल्छस् भने, के परमेश्वरले तँलाई तिरस्कार गर्नुहुनेछैन र? के परमेश्वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जवाफदेही ठहराइनेछ। परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र धूर्त मानिसहरूलाई मन पराउनुहन्न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र भ्रमित हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। अस्थायी अज्ञानता क्षमायोग्य हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता पटक्कै स्विकार्दैन भने, ऊ एकदमै हठी हो। इमानदार व्यक्तिले जिम्मेवारी लिन सक्छ। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैन; तिनीहरू बस परमेश्वरको घरका काम र हितको रक्षा गर्छन्। तिनीहरू दयालु र इमानदार हृदयका हुन्छन् जुन एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै हुन्छन्। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्ति सधैँ छट्टु पाराले चल्छ, सधैँ बहाना बनाउँछ, कामकुरा ढाकछोप गर्छ र लुकाउँछ, र तिनलाई अति कसेर बेर्छ। यस्तो व्यक्तिलाई कसैले पनि देख्न सक्दैन। मानिसहरूले तेरा भित्री सोचहरू देख्न सक्दैनन्, तर परमेश्वरले तेरो भित्र हृदयका कुराहरू जाँच्न सक्नुहुन्छ। यदि परमेश्वरले तँ इमानदार व्यक्ति होइन, तँ छट्टु होस्, तँ कहिल्यै सत्यता स्वीकार गर्दैनस्, सधैँ उहाँ विरुद्ध छल गर्छस्, र कहिल्यै आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भने, परमेश्वर तँलाई मन पराउनुहुन्न, र उहाँ तँलाई तिरस्कार गर्नुहुन्छ र त्याग्नुहुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। “तिमीहरू परमेश्वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्ने जत्तिको साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्नहरू सोध्, र तिनीहरूको बारेमा बारम्बार सोच्ने गर्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। हथौडाले किला ठोके जस्तै गरी परमेश्वरका वचनले मेरा घृणित मनसायलाई उजागर गरिदिए। अनि मैले म एक विश्वासघाती व्यक्ति भएको थाहा पाएँ। म के कुरामा सुनिश्चित थिएँ भने याङ्ग ली वास्तविक काम नगर्ने झुठ्ठो अगुवा हुन् अनि उनलाई ब्रदर र सिस्टरहरूले वास्तवमै खुट्याउन सकेनन्, र उनको प्रशंसा र बचाउ गरे। तर उनलाई सिद्धान्तका आधारमा सकेसम्म छिटो बर्खास्त गर्नुको सट्टा म आफ्नो इज्ज़त र प्रतिष्ठा जोगाउन धूर्त बनिरहेकी थिएँ। मैले राम्ररी बुझेँ कि ब्रदर र सिस्टरहरूले उनलाई खुट्याउन सकेका थिएनन् अनि उनीहरूलाई मूल्याङ्कन गर्न लगाउनुमा कुनै वास्तविक उद्देश्य थिएन। तर याङ्ग लीलाई हटाएपछि मलाई अहङ्कारी भनिएला जसले गर्दा मेरो इज्जत र प्रतिष्ठामा आँच आउला भन्ने डरले म अझै यस प्रकृया अपनाएर समय खेर फाल्न तयार थिएँ मैले आफ्नो घृणित मनसायलाई ब्रदर र सिस्टरहरूको सहमति लिने बहानामा लुकाएँ अझ मैले उनलाई बर्खास्त गर्नुअघि अगुवाको विचार बुझ्न पनि चाहेँ—यसरी ब्रदर-सिस्टरहरूले उनलाई हटाउन अस्वीकार गरे पनि, म यसमा अगुवाको समर्थन छ भनेर भन्न सक्थेँ, र मैले त्यो जिम्मेवारी एक्लै लिनुपर्ने थिएन। मैले आफूलाई जोगाउन हरेक प्रयास गरेँ, आफूले चाहेको प्राप्त गर्न चाल र चलाखी अपनाएँ। म अति धूर्त भएकी थिएँ! मेरो उत्तरदायित्व अनि परमेश्वरका घरको माग यो थियो कि अनुपयुक्त अगुवालाई म हटाउँ। तर म अनिर्णित बनेर आफ्नो जिम्मेवारीमा आलेटाले गर्दै थिएँ—मैले खालि आफ्नो इज्जत र प्रतिष्ठा कसरी जोगाउने भन्ने मात्र सोचिरहेकी थिएँ। झुट्टा अगुवाहरूलाई सही समयमा नहटाउने हो भने यसले गर्दा मण्डलीको काम अनि ब्रदर-सिस्टरहरूको जीवन प्रवेश दुवै कुरामा कति धेरै बाधा र हानि हुन्छ भन्नेबारे मैले विचारै गरिनँ। झुट्टा अगुवाले मण्डलीलाई हानि पुर्याइरहँदा म हेरेर मात्र बसेँ, उनको खुलासा गरी पदच्युत गर्न अगाडि सरिनँ, र मण्डलीका हितलाई जोगाउनुको सट्टा आफ्नै हित मात्र हेरिरहेकी थिएँ। मैले अझ उक्त अवस्थाबाट उम्किने उपाय पनि भेट्टाएँ। म कति स्वार्थी र घृणित थिएँ! म जत्ति यसबारे सोच्थेँ त्यत्ति नै म आफूलाई यो जिम्मेवारीको लायक नभएको ठान्थेँ, ब्रदर र सिस्टरहरूको सामना गर्ने त कुरै छोडौँ।
मैले यी सबै कुराहरुबारे विचार गरेँ। मैले परमेश्वरलाई विश्वास गरेँ, हरेक दिन परमेश्वरका वचन खाएँ र पिएँ, र आफ्नो कर्तव्य निभाएँ। अनि किन, समस्या आइपर्दा सत्यताको अभ्यास छोडेँ? मैले मण्डलीका हितहरूको रक्षा गर्न किन सकिनँ? यसका खास कारणहरू के के थिए? पछि मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ, र यो समस्याका बारेमा अलि बढी बुझ्न पाएँ। परमेश्वरका वचनले भन्छन्: “के तिमीहरूमध्ये कसैले हृदयमा स्वर्गका अस्पष्ट परमेश्वरमा मात्र विश्वास गर्छ, तर जहिले पनि देहधारी परमेश्वरबारे धारणाहरू राख्छ? यदि साँच्चै त्यस्ता मानिसहरू छन् भने, तिनीहरू धर्मका विश्वासी हुन्। धर्मका विश्वासीहरू देहधारी परमेश्वरलाई आफ्ना हृदयमा स्वीकार गर्दैनन्, र गरिहाले पनि, सधैँ उहाँबारे धारणाहरू राख्छन् र उहाँप्रति समर्पित हुन कहिल्यै सक्दैनन्। के त्यस्तै होइन र? खासमा, त्यस्ता मानिसहरू परमेश्वरका विश्वासी होइनन्। तिनीहरूले परमेश्वरमा विश्वास गरेको दाबी गर्लान्, तैपनि वास्तवमा तिनीहरू धर्मका विश्वासीहरूभन्दा त्यति फरक हुँदैनन्। तिनीहरू हृदयमा अस्पष्ट परमेश्वरलाई मात्र विश्वास गर्छन्; तिनीहरू धार्मिक धारणा र प्रावधानहरूका पालनकर्ता हुन्। त्यसैले, सत्यता नपछ्याउने, असल व्यवहार र प्रावधानहरू पालनामा मात्र ध्यान दिने, सत्यता अभ्यास नगर्ने, र अलिकति पनि स्वभाव परिवर्तन नभएको व्यक्तिले धर्ममा विश्वास गरिरहेको हुन्छ। धर्ममा विश्वास गर्नेहरूलाई कुन विशेषताले छुट्याउँछ? (तिनीहरू बाहिरी अभ्यास र राम्रो व्यवहार गर्ने देखिनमा मात्र ध्यान दिन्छन्।) तिनीहरूको कार्यका सिद्धान्त र आधार केके हुन्? (संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरू।) कस्ता संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरू र शैतानी, भ्रष्ट स्वभावहरू छन्? कुटिलपन र छलीपन; नियमकानुनको धज्जी उडाउनु; अहङ्कार र अभिमान; सबै कुरामा अन्तिम निर्णय गर्नु; कहिल्यै सत्यता नखोज्नु वा दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति नगर्नु; अनि कदम चाल्दा, सधैँ आफ्नो हित, आफ्नो आत्मसम्मान र हैसियतबारे सोच्नु—यो सब शैतानी स्वभावका आधारमा कार्य गर्नु हो। त्यो शैतानलाई पछ्याउनु हो। यदि एक व्यक्तिले परमेश्वरमा विश्वास गर्छ तर उहाँका वचनहरूमा ध्यान दिँदैन, सत्यतालाई स्वीकार गर्दैन वा उहाँका बन्दोबस्तहरू र योजनाहरूप्रति ऊ समर्पित हुँदैन भने; यदि उनीहरूले केही निश्चित असल व्यवहारहरू मात्र देखाउँछन्, तर देहविरुद्ध विद्रोह गर्न, अनि तिनीहरूका अहङ्कार वा रुचिहरू केही पनि त्याग्न सक्दैनन् भने; यदि, सबैका अघि उनीहरूले आफ्नो कर्तव्य निभाइरहेका देखिए पनि, उनीहरू अझै पनि आफ्नो शैतानी स्वभावअनुसार जिउँछन् र शैतानको जीवनदर्शन र अस्तित्वमा रहने तरिकाहरूलाई अलिकति पनि त्यागेका वा परिवर्तन गरेका हुँदैनन्, त्यसो भए उनीहरूले सम्भवतः परमेश्वरमा कसरी विश्वास गर्न सक्छन् र? त्यो त धर्ममा गरिएको विश्वास हो। त्यस्ता मानिसहरूले चिजबिजहरू त्याग्छन् अनि सतही रूपमा आफूलाई अर्पण गर्छन्, तर उनीहरू हिँड्ने मार्ग र उनीहरूले गर्ने सबै कुराको स्रोत र सुरुवाती बिन्दुलाई हेर्दा, उनीहरू परमेश्वरको वचन वा सत्यतालाई ती कुराहरूको आधार बनाउँदैनन्; यसको साटो, उनीहरू निरन्तर आफ्नै धारणा र कल्पना, इच्छा, र व्यक्तिगत अनुमान, अनि उनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाअनुसार कार्य गरिरहन्छन्। शैतानको जीवनदर्शन र स्वभावहरू नै अझै पनि उनीहरूको अस्तित्व र कार्यहरूको आधारका रूपमा हुन्छन्। जुन विषयहरूमा उनीहरू सत्यता बुझ्दैनन्, उनीहरू त्यसको खोजी गर्दैनन्। उनीहरू जुन विषयहरूमा सत्यता बुझ्छन्, त्यो अभ्यास गर्दैनन्, परमेश्वरलाई महान् ठानेर सम्मान् गर्दैनन्, वा सत्यतालाई मूल्यवान् ठान्दैनन्। तिनीहरूले नामका लागि र मुखले परमेश्वरलाई विश्वास र स्वीकार गर्ने भए पनि, र तिनीहरू कर्तव्य निभाउन र परमेश्वरलाई पछ्याउन सक्षम देखिन सक्ने भए पनि, तिनीहरू आफूले भन्ने र गर्ने सबै कुरामा आफ्ना शैतानी स्वभावअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले भन्ने र गर्ने सबै कुरा भ्रष्ट स्वभावका प्रकाशहरू हुन्। तैँले तिनीहरूलाई परमेश्वरका वचनहरू अभ्यास वा अनुभव गरिरहेको देख्नेछैनस्, झन् सम्पूर्ण कुरामा सत्यता खोजी गरिरहेको र त्यसप्रति समर्पित भइरहेको देख्नु त परको कुरा हो। व्यवहारमा, तिनीहरू अरू पहिले आफ्नै हितलाई विचार गर्छन्, र पहिले आफ्नै चाहना र अभिप्रायहरू पूरा गर्छन्। के उनीहरू परमेश्वरको पछि लाग्ने मानिसहरू हुन् त? (होइनन्।) … तिनीहरू परमेश्वरका अभिप्रायहरू वा मापदण्डहरू के-के हुन्, र मानिसले परमेश्वरलाई सन्तुष्ट तुल्याउन कसरी अभ्यास गर्नैपर्छ भनेर कहिल्यै ध्यान दिँदैनन्। तिनीहरूले कहिलेकाहीँ परमेश्वरसामु प्रार्थना गर्न र उहाँसित सङ्गति गर्न सक्ने भए पनि, आफैसित मात्र कुराकानी गरिरहेका हुन्छन्, इमानदारीपूर्वक सत्यता खोजिरहेका हुँदैनन्। तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्दा र उहाँका वचनहरू पढ्दा, ती कुरालाई आफूले जीवनमा सामना गर्ने मामिलाहरूसित जोड्दैनन्। त्यसैले, तिनीहरू परमेश्वरले मिलाउने वातावरणमा उहाँको सार्वभौमिकता, बन्दोबस्त, र योजनाबद्ध कामहरूलाई कसरी लिन्छन्? तिनीहरूले आफ्ना चाहना पूरा नगर्ने कामकुरा भोग्नुपर्दा, ती पन्छाउँछन् र आफ्ना हृदयमा तिनको प्रतिरोध गर्छन्। तिनीहरू आफ्नो हितलाई क्षति पुऱ्याउने वा आफ्नो स्वार्थ पूरा हुन रोक्ने परिस्थितिहरू सामना गर्नुपर्दा, त्यसबाट उम्किन हर उपाय प्रयास गर्छन्, आफ्ना लाभहरू बढाउन कोसिस गर्छन् र कुनै क्षतिलाई टार्न लड्छन्। तिनीहरू परमेश्वरका अभिप्रायहरू पूरा गर्न खोज्दैनन्, बरु आफ्नै चाहनाहरू मात्र पूरा गर्न खोज्छन्। के यो परमेश्वरप्रति आस्था हो? के यस्ता मानिसहरूको परमेश्वरसित सम्बन्ध हुन्छ? अहँ, हुँदैन। तिनीहरू नीच, घृणित, हठी, र आपत्तिजनक तरिकाले जिउँछन्। तिनीहरूको परमेश्वरसित सम्बन्ध नहुने मात्र नभई, तिनीहरू हरेक मोडमा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तविरुद्ध जान्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा विश्वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन)। परमेश्वरका वचनलाई मनन गर्दा, मेरो हृदय मडारिएर आयो। मेरा व्यवहारतर्फ फर्केर हेर्दा, म परमेश्वरले खुलासा गरेका धर्ममा विश्वास गर्ने मानिसहरू मध्येकी थिएँ। म त्याग गर्न र समर्पित हुन सक्ने देखिए पनि, समस्या आइपर्दा मैले सत्यता सिद्धान्तको खोजी गरिनँ। मैले केवल आफ्ना हित मात्रै हेरेँ, अनि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”, र “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्पिस हुन्छन्” भन्ने जस्ता बाँच्नका लागि शैतानी नियमअनुसार जिएँ। यी सिद्धान्तहरुले मेरो हृदयमा गहिरो जरा गाडेका थिए—मलाई लाग्यो मानिसहरू आफ्नै लागि जिउनुपर्छ, र जो आफ्नो बारेमा सोच्दैनन् तिनीहरू मूर्ख हुन्। मेरो व्यक्तिगत आचरणमा मैले यी नियमलाई मार्गदर्शक मानेकी थिएँ, र यसरी झन् झन् स्वार्थी, धूर्त, छली र घृणित हुँदै गएकी थिएँ। मैले परमेश्वरमा विश्वास गरेपछि उहाँका धेरै वचन पढिसकेकी भए पनि, मैले अझै सत्यता स्विकारेकी थिइनँ। म परमेश्वरका वचनअनुसार नजिएर शैतानका दर्शनअनुसार जिएकी थिएँ। याङ्ग लीलाई बर्खास्त गर्ने विषयमा, मलाई थाहा थियो मैले सत्यता अभ्यास गर्नुपर्छ, र यसो गर्दा नै मण्डलीको काम अनि ब्रदर-सिस्टरहरूको जीवनका लागि लाभदायी हुन्छ। तर आफ्नो इज्जत र प्रतिष्ठा बचाउन, अनि ब्रदर-सिस्टरहरूले अहङ्कारी नभनुन् भनेर, मैले आफ्नो कामलाई थाती राख्ने निर्णय गरेँ, र एउटा झुट्टा अगुवाले मण्डलीको काममा हानि र ढिलासुस्ती गरेको हेरिरहेँ। मैले यो झुट्टा अगुवालाई उसका दुष्ट कामहरूमा मौन स्वीकृति दिएर जोगाइरहेकी थिइनँ त? परमेश्वरमा साँच्चै विश्वास गर्ने र न्यायको बोध भएको मानिसले मण्डलीको काममा बाधा पुगेको देख्यो भने परमेश्वरका वचनमा आधारित भएर कार्य गर्दै मण्डलीका हितहरूको रक्षा गर्न अघि सर्छ। तर मैले यस्तो अवस्थाको सामना गर्दा पनि सत्यताको अभ्यास गरिनँ। बरु, शैतानका सांसारिक आदर्शका आधारमा जिएँ। म कसरी परमेश्वरको विश्वासी भएँ? मैले सोचेकी थिएँ म परमेश्वरमा विश्वास गर्छु, म त्याग र समर्पण गर्न सक्छु, र म मेरो विश्वासका लागि कष्ट भोग्न र मूल्य चुकाउन सक्छु। मैले सोचेकी थिएँ मण्डलीले दिएका जुनसुकै कर्तव्यमा म समर्पित हुन सक्छु। तर अहिले आएर यी सब मेरा देखावटी असल आचरण रहेछन् भन्ने बुझेँ। यो समस्यासँगको सामनाले मलाई खुलासा गरेको थियो। मैले सत्यताको अभ्यास गरेकै थिइनँ, र कर्तव्य निर्वाह गर्दा पनि भ्रष्ट स्वभाव र शैतानी दर्शनले बाँधिएकी हुन्थेँ। मैले परमेश्वरमा हैन धर्ममा विश्वास गरेकी थिएँ। मेरो विश्वास परमेश्वरको अनुमोदित हुने नभएर घृणित र तिरष्कृत हुने खालको थियो। यदि पश्चाताप नगरेकी भए मैले दण्डित भएर हटाइने परिणाम भोग्नु पर्थ्यो।
मैले परमेश्वरका अरू वचनहरू पढेँ: “परमेश्वरको घरमा, तैँले जस्तो कर्तव्य निर्वाह गरे पनि, तैँले सिद्धान्तहरू बुझ्नै पर्छ, र सत्यता अभ्यास गर्न सक्ननैपर्छ। त्यसपछि तँसित सिद्धान्तहरू हुनेछन्। यदि तैँले कुनै कुरा छर्लङ्गै देख्न सक्दैनस्, यदि तँ व्यवहार गर्ने उचित तरिकाबारे निश्चित छैनस् भने, तैँले सहमतिमा पुग्नको लागि खोजी र सङ्गति गर्नुपर्छ। तैँले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको लागि फाइदाजनक के छ भन्ने कुरा तय गरेपछि, त्यही गर्। कुनै पनि नियमहरू द्वारा बाधित नहो, ढिलाइ नगर्, प्रतीक्षा नगर्, साथै हात बाँधेर रमिता हेर्ने व्यक्ति नबन्। यदि तँ सधैँ निष्क्रिय रूपमा अवलोकन मात्रै गर्छस्, र कहिल्यै आफ्नो राय राख्दैनस्, सधैँ अरू कसैले निर्णय गरेपछि मात्र केही गर्छस्, र, कसैले निर्णय नगरेसम्म टालटुल गर्दै पर्खन्छस् भने, परिणाम के हुनेछ? हरेक काम ठप्प हुनेछ, र केही पनि फत्ते हुनेछैन। तैँले सत्यता खोज्न सिक्नुपर्छ, वा कम्तीमा आफ्नो विवेक र समझको आधारमा काम गर्न सक्नुपर्छ। यदि तैँले केही काम गर्ने उचित तरिका छर्लङ्गै देख्न सक्छस्, र अधिकांश मानिसहरूलाई पनि त्यो विधि व्यवहार्य छ भन्ने लागेमा, तैँले त्यसरी नै अभ्यास गर्नुपर्छ। जिम्मेवारी लिनुपर्ला वा अरू चिढिएलान्, वा परिणामहरू भोग्नुपर्ला भनी नडरा। यदि कुनै व्यक्तिले कुनै पनि वास्तविक काम गर्दैन, र सधैँ षड्यन्त्र गरिरहेको हुन्छ, जिम्मेवारी लिन डराउँछ, अनि आफ्ना क्रियाकलापहरूमा सिद्धान्तहरूमा अडिने आँट गर्दैन भने, यसले ऊ अत्यन्तै धूर्त र छली छ, अनि उसले अत्यन्तै धेरै चतुर युक्तिहरू बोकेको छ भन्ने देखाउँछ। परमेश्वरका अनुग्रह र आशिष्हरूमा रमाउने चाहना गर्नु तर कुनै वास्तविक काम नगर्नु भनेको एकदमै सद्गुण नहुनु हो। यस्ता धूर्त र छली मानिसहरूलाई जत्तिको परमेश्वरले अरू कसैलाई तिरस्कार गर्नुहुन्न। तैँले जे सोचिरहेको भए पनि, यदि तैँले सत्यताअनुसार अभ्यास गरिरहेको छैनस्, तँमा कुनै बफादारी छैन, तँ सधैँ व्यक्तिगत दूषणहरूद्वारा दूषित हुन्छस्, र तैँले सधैँ आफ्नै सोचविचार बोकिरहेको हुन्छस् भने, परमेश्वरले यी यावत् थोक छानबिन गर्नुहुन्छ, र तिनका बारेमा थाहा पाउनुहुन्छ। के तँलाई परमेश्वरलाई तिनका बारेमा थाहा हुँदैन भन्ने लाग्छ? यदि लाग्छ भने, तँ अत्यन्तै मूर्ख छस्! अनि यदि तैँले तुरुन्तै पश्चात्ताप गरिनस् भने, तैँले परमेश्वरको काम पाउनेछैनस्। किन त्यस्तो हुन्छ? किनभने परमेश्वरले मानिसहरूको हृदयको गहिराइ जाँच्नुहुन्छ। उहाँले तिनीहरूमा भएका सबै चतुर युक्तिहरू स्पष्ट रूपमा देख्नुहुन्छ, र उहाँले तिनीहरूको हृदयमा उहाँविरुद्ध बार लगाइएको, र तिनीहरू उहाँसँग एउटै हृदयका नभएको कुरा देख्नुहुन्छ। मानिसहरूको हृदयलाई परमेश्वरबाट टाढै राख्ने मुख्य कुराहरू के-के हुन्? तिनीहरूका सोचहरू, तिनीहरूका स्वार्थ र घमण्ड, तिनीहरूको हैसियत र तिनीहरूका तुच्छ चतुर युक्तिहरू। जब मानिसहरूको हृदयमा तिनीहरूलाई परमेश्वरबाट अलग गर्ने यी कुराहरूको पर्खाल हुन्छ, र तिनीहरूले निरन्तर रूपमा गोप्य कुराहरू लुकाइरहेका हुन्छन् र सधैँ आफ्नै मनसायहरू बोकिरहेका हुन्छन्, तब यसले समस्या निम्त्याउँछ। यदि तँ अलि कमजोर क्षमताको छस् र तँसित अलि सतही अनुभव छ, तर तँ सत्यता पछ्याउन इच्छुक छस् र परमेश्वरसँग तँ सधैँ एउटै हृदयको छस्, र परमेश्वरले तँलाई सुम्पनुभएका सबै कुरामा तैँले कुनै चालबाजी नगरी तनमन लगाउन सक्छस् भने, परमेश्वरले त्यो कुरा देख्नुहुनेछ। यदि तैँले पर्खाल लगाई सधैँ तेरो हृदयलाई परमेश्वरबाट टाढा राखेको छस्, र तैँले सधैँ तुच्छ षड्यन्त्रहरू पाल्छस्, र यदि तँ सधैँ आफ्नै स्वार्थ र गौरवको लागि जिउँछस्, सधैँ यी कुराहरू बारे मनमा अनुमान गरिरहेको हुन्छस्, र तँ ती कुराहरूको नियन्त्रणमा हुन्छस् भने, परमेश्वर तँसित सन्तुष्ट हुनुहुनेछैन, र उहाँले तँलाई अन्तर्दृष्टि वा ज्योति दिनुहुनेछैन, साथै उहाँले तँलाई बेवास्ता गर्नुहुनेछ, र तेरो हृदय झन् अँध्यारो हुनेछ। यसको अर्थ तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा वा कुनै काम गर्दा तैँले त्यसलाई भद्रगोल पार्नेछस्, र त्यसमा सार्थक कुरा केही पनि हुनेछैन। यस्तो किन हुन्छ भने तँ साह्रै स्वार्थी र नीच छस्, सधैँ आफ्नै फाइदाका लागि षड्यन्त्र रच्छस्, परमेश्वरप्रति इमानदार हुँदैनस्, र तैँले छली बन्ने आँट गर्छस् र परमेश्वरलाई झुक्याउने प्रयास गर्छस्, अनि तैँले सत्यता नस्विकार्ने मात्र होइन, तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा समेत चतुर छस्—जुन इमानदारीपूर्वक परमेश्वरमा अर्पित हुनु होइन। अनि तैँले इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह नगर्ने, थोरै मात्र परिश्रम गर्ने, र यसलाई अझ धेरै लाभ प्राप्त गर्ने अवसरको रूपमा प्रयोग गर्ने, साथै तैँले आफ्नो लागि प्रसिद्धि, लाभ, र हैसियत प्राप्त गर्न षड्यन्त्र रच्ने इच्छा पनि राख्ने, र तँलाई काटछाँट गर्दा तैँले स्वीकार र पालन नगर्ने भएकाले तैँले परमेश्वरको स्वभावलाई चिढ्याउने प्रबल सम्भावना हुन्छ। परमेश्वरले मानिसहरूका हृदयको गहिराइ जाँच्नुहुन्छ। यदि तैँले पश्चात्ताप गर्दैनस् भने, तँ खतरामा पर्नेछस्, र सम्भवतः परमेश्वरद्वारा हटाइनेछस्, र त्यस अवस्थामा तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने मौका कहिल्यै पाउनेछैनस्” (परमेश्वरको सङ्गति)। परमेश्वरका वचनले मलाई अभ्यासको मार्ग दिए। जब तपाईँ प्रस्ट नदेखिने समस्यामा पर्नु हुन्छ त्यो बेला सत्यता बुझेका ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेर, यसको समाधानका लागि केही गर्नुभन्दा पहिले सहमतिमा पुग्न सक्नुहुन्छ। यदि तपाईं प्रष्ट देख्न सक्नुहुन्छ कि कुनै कार्यप्रक्रिया सत्यता सिद्धान्तसँग मेल खान्छ, र मण्डलीको कामका लागि लाभदायक छ, तब तपाईँले यसलाई समयमै लागू गर्नुपर्छ। तर तपाईँ अनिर्णित हुनुहुन्छ र निर्णय गर्नुअघि सधैँ अगुवाको सहमति कुर्नुहुन्छ भने यसले मण्डलीको काममा ढिलासुस्ती हुन्छ। वास्तवमा अयोग्य अगुवा वा सेवकहरूलाई हटाउँदा ब्रदर-सिस्टरहरु को मूल्याङ्कन बुझ्नु पनि सिद्धान्तअनुरुप नै हुन्छ; जसले गर्दा बृहत्तर मूल्याङ्कन गर्न र निर्णय गर्न सकिन्छ। यो अगुवा र सेवकहरूलाई पुनःनियुक्त गर्दा हुने गल्तीहरूबाट जोगिने राम्रो तरिका हुन सक्छ। तर सिद्धान्तहरु नियम होइनन्। तिनीहरुलाई परिस्थिति अनुकुल बनाएर प्रयोग गर्नु पर्छ। याङ्ग लीलाई बर्खास्त गर्ने मामिलामा, मेरी सहकर्मी सिस्टर र मैले सिद्धान्तअनुरुप पहिले नै सुनिश्चित गरिसकेका थियौँ कि याङ्ग ली एक झुठ्ठो अगुवा हुन्, र मैले उनलाई तत्कालै नहटाउँदा यसले मण्डलीको काममा बाधा ल्याउने थियो। उनलाई बर्खास्त गर्नुअघि मैले ब्रदर-सिस्टरहरु को मुल्याँकन लिईन्जेल कुरिरहनु जरुरी नै थिएन। त्यसमाथि ब्रदर-सिस्टरहरूले उनलाई खुट्याउन सकेका थिएनन्—उनीहरू याङ्ग लीद्वारा भ्रमित पारिएका थिए। मैले उनीहरुलाई मूल्याङ्कन गर्न लगाएको भए पनि त्यो अर्थहीन, खालि औपचारिकता र समयको बरबादी मात्र हुने थियो। मैले उनलाई सिधै बर्खास्त गर्नुपर्थ्यो र कसरी उनले वास्तविक काम गरिनन् भनेर खुलासा गर्नुपर्थ्यो, जसले गर्दा ब्रदर-सिस्टरहरुलाई उनका बारे जान्न र उनको बहकाउमा पर्नबाट जोगाउने थियो। यो नै अगुवाको नाताले मेरो जिम्मेवारी पूरा गर्ने एक मात्र बाटो हुन्थ्यो। तर यस मामिलामा, म सैतानको दर्शनमा जिएकी थिएँ, आफूलाई जोगाउन छलकपटको सहारा लिइरहेकी थिएँ। मैले सत्यताको अभ्यास गरेकै थिइनँ, र आफ्नो जिम्मेवारी रत्तीभर पनि पूरा गरेकी थिइनँ। मैले आफ्नो जिम्मेवारी यसै गरी निर्वाह गरिरहने हो भने म परमेश्वरद्वारा तिरस्कृत हुने थिएँ। याङ्ग ली झुटो अगुवा हुन् भन्ने मलाई थाहा थियो, तर मैले उनलाई सिधै बर्खास्त गर्ने आँट गर्न सकिनँ किनकि मलाई मानिसहरूले अहङ्कारी भन्लान् भन्ने डर थियो। यसले के देखायो भने मैले अहङ्कार के हो बुझेकै रहिनछु, न त न्यायको बोध अनि सिद्धान्तमा अडिग हुने कुरा नै बुझेकी रहिछु। खोज तथा चिन्तनमार्फत मैले बुझें व्यक्तिको अहङ्कारले उसको सैतानी स्वभावलाई दर्साउँछ। जब मानिसहरू सत्यता सिद्धान्तको खोजी गर्दैनन् बरु ‘सधैँ मेरो गोरुको बाह्रै टक्का’ भन्दै आफ्नै विचार र दृष्टिकोणमा जिद्दी गर्छन् र अरुलाई आफ्नो आदेश पालन गर्न बाध्य पार्छन्, त्यो नै दम्भ, अहङ्कार र स्वधार्मिकता हो। न्यायको बोध हुनुको अर्थ हो सत्यता कायम राख्नु र परमेश्वरको कामको रक्षा गर्नु। खोज तथा प्रार्थनामार्फत व्यक्तिले कुन कार्यप्रक्रिया सत्यतासम्मत र परमेश्वरका वचनअनुरूप छ भनी निर्क्योल गर्न, र सत्यता कायम राख्न अनि मण्डलीको कामको रक्षा गर्न सक्छ, र अरूले जेसुकै सोचे वा भने पनि यसमै अन्तिमसम्म अडिग रहन सक्छ। यो नै न्यायबोधको प्रकटीकरण हो। वास्तवमा याङ्ग ली एक झुटो अगुवा हुन् भन्ने हाम्रो निश्चय सिद्धान्तमा आधारित थियो। उनलाई बर्खास्त गर्नु मण्डलीको कामका लागि फाइदाजनक हुने थियो। यसो गर्नु सिद्धान्तअनुरूप हुने थियो र न्यायको बोध भएको प्रस्ट हुन्थ्यो। तर म डराएकी थिएँ कि ब्रदर-सिस्टरहरूको सहमति विना याङ्ग लीलाई बर्खास्त गर्नु भनेको मानिसहरूले मलाई अहङ्कारी भन्न बाध्य हुनु हो। मैले अहङ्कार र न्यायबोधको बीचमा भिन्नता छुट्ट्याउन सकिनँ—मैले सकारात्मक कुरालाई पनि नकारात्मकताका रूपमा बुझेँ। यसले मलाई स्वतन्त्र हुन, र सही काम गर्नबाट रोकिरहेको थियो। मैले देखेँ कि मेरो बुझाई पूर्णतः विकृत थियो। ब्रदर-सिस्टरहरुले झुटो अगुवा खुट्याउन नसकेमा मैले उनीहरूसँग सङ्गति गर्न सक्थेँ। मैले अरूको मूल्याङ्कनको डरले गर्दा आफूलाई सिद्धान्त पालना गर्नबाट रोक्न मिल्दैनथ्यो। मैले परमेश्वरको छानबिन स्विकार्नु पर्थ्यो र मण्डलीको हितको रक्षा गर्नु पर्थ्यो, चाहे उनीहरूले जे सुकै सोचुन्। त्यसैले भोलिपल्ट, हामीले याङ्ग लीलाई बर्खास्त गर्यौँ।
त्यसपछि मेरी सहकर्मी सिस्टर र मैले ब्रदर-सिस्टरहरुसँग परमेश्वरका वचनअनुरूप सङ्गति गर्यौँ, र याङ्ग लीको कार्यको विश्लेषण गर्यौँ—कसरी उनी वास्तविक काम गर्न असफल भइरहिन्, अनि कसरी उनी सत्यता स्वीकार गर्थिनन्। सङ्गतिपश्चात्, ब्रदर-सिस्टरहरूले आफूहरू याङ्ग लीको देखावटी उत्साहका कारण छलमा परेको थाहा पाए, र कुनै अगुवा योग्य छ-छैन भनेर कसरी खुट्याउने भन्ने बुझे। उनीहरूले अगुवालाई खुट्याउन तिनीहरूको प्रतिभा वा बोलीचाली वा व्यस्तता हेर्नु हुँदैन भन्ने पनि बुझे। बरू, उनीहरूले सत्यता पछ्याउँछन्-पछ्याउँदैनन्, वास्तविक काम गर्छन्-गर्दैनन्, वास्तविक समस्याको समाधान गर्छन्-गर्दैनन्, अनि आफ्नो काममा वास्तविक परिणाम प्राप्त गर्छन्-गर्दैनन् भनी हेर्नुपर्छ भन्ने पनि बुझे। ब्रदर-सिस्टरहरूको यस्तो ज्ञानप्राप्ति देख्दा मलाई खुसी लाग्यो, र मैले सत्यता सिद्धान्तअनुरूप आफ्नो कर्तव्य पूरा गर्दा परमेश्वरको मार्गदर्शन प्राप्त हुने रहेछ भन्ने जानेँ। पहिले म याङ्ग लीलाई सिधै बर्खास्त गर्दा ब्रदर-सिस्टरहरूले यसलाई स्वीकार गर्न नसक्लान्—उनीहरूले मलाई अहङ्कारी भन्लान् कि भनी डराएकी थिएँ। तर अहिले आएर त्यो सबै मेरो कल्पना मात्र रहेछ भन्ने देखेँ, र जब मैले सत्यता सिद्धान्तअनुरूप कार्य गरेँ, ब्रदर-सिस्टरहरूले मेरो आलोचना गरेनन्; बरु यो परिस्थितिबाट भेद गर्न सक्ने क्षमता प्राप्त गरे। लगत्तै मण्डलीले उपयुक्त अगुवा छनौट गर्यो, ब्रदर-सिस्टरहरूले सामान्य मण्डली जीवन जिउन थाले, र काम पनि सामान्य रूपले सञ्चालन हुन थाल्यो। यो सबै देख्दा मलाई अति खुसी लाग्यो, र मैले के सिकेँ भने सिद्धान्तअनुरूप आफ्नो कार्य सम्पादन र कर्तव्य पूरा गर्नु नै परमेश्वरको अनुमोदन प्राप्त गर्ने एक मात्र बाटो हो। पछि मैले सचेत भएर आफ्ना व्यक्तिगत हितलाई त्याग्दै गएँ र सत्यता सिद्धान्तअनुरूप कार्य थालेँ, यस अभ्यासले मलाई हृदयमा शान्ति र मलाई स्वतन्त्रता दियो।
यो अनुभवमार्फत् मैले आफू स्वार्थी र छली भएको देखेँ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन मैले मण्डलीका हितलाई पन्छाएँ, र यदि परमेश्वरका वचनले खुलासा नगरेका भए मैले आफैँलाई चिन्ने थिइनँ, अनि म परिवर्तन हुने नै थिइनँ। साथै, मैले गर्ने सबथोकमा सत्यता सिद्धान्तको खोजी गर्नु कति महत्त्वपूर्ण छ भन्ने अब मैले बुझेकी छु, अनि सत्यताको खोजी र सत्यता सिद्धान्तअनुरूप कार्य गर्दा मात्रै म मापदण्डअनुसार कर्तव्य पूरा गर्न सक्नेछु।