९१. अब उप्रान्त म निष्क्रिय तरिका अपनाउनेछैन

मार्था, इटाली

सन् २०२१ को जुनमा, म मण्डलीमा भिडियोको कामको सुपरिवेक्षण गर्थेँ, र कामको बोझ बढेकाले, मण्डलीले मलाई अर्को एउटा समूहको कामको पनि अनुगमन गर्ने प्रबन्ध मिलायो। मैले सोचेँ, “म अहिले जिम्मेवार भएको काममा नै पर्याप्त व्यस्त छु। यदि मैले अझै बढी कामको सुपरिवेक्षण गरेँ भने, के म अझ व्यस्त र थकित हुनेछैन र?” तर मैले यो पनि सोचेँ, “यस समूहका ब्रदर-सिस्टरहरू कामसँग परिचित छन्। उनीहरू सबै अनुभवी छन् र आफ्नो कर्तव्य प्रभावकारी रूपमा गर्छन्, त्यसैले मैले अनुगमनबारे धेरै चिन्ता लिनु पर्दैन, र यसमा धेरै समय र प्रयास लाग्नेछैन।” त्यसैले म अर्को समूहको अनुगमन गर्न राजी भएँ। सुरुमा, म समय-समयमा समूहको काममा सामान्य प्रगति भइरहेको छ कि छैन, र कुनै ब्रदर-सिस्टरलाई आफ्नो कर्तव्य गर्न कठिनाइ भइरहेको छ कि छैन भनेर सोध्ने गर्थेँ। यद्यपि, पछि मैले सोचें कि मैले अरू काम पनि गर्नु छ, र प्रत्येक समूहको कामको विवरण बुझ्ने प्रयास गर्नु मानसिक रूपमा थकाइलाग्रदो र समय लाग्ने खालको हुनेछ। त्यो समूहको काम सामान्य रूपमा अघि बढिरहेको थियो, त्यसैले सबै ठीक थियो, र मैले कुराहरू बुझ्न समय खर्च गर्न आवश्यक थिएन। समूह अगुवा पनि त्यहीँ थिए, र ब्रदर-सिस्टरहरू भरपर्दा थिए र आफ्नो कर्तव्य राम्ररी पूरा गर्थे। विगत केही वर्षदेखि, कुनै ठूलो समस्या आइपरेको थिएन, त्यसैले मूलतः चिन्ता लिनुपर्ने कुनै आवश्यकता थिएन। अलि कम अनुगमन गर्दा समस्या नहोला नि, होइन र? यस्तो भएपछि, मैले त्यो समूहको काममा सायदै संलग्न भएँ।

एक दिन, दुई महिनाभन्दा बढी समयपछि, एक जना ब्रदरले मलाई प्रतिक्रिया दिए, र भने कि हालसालै दुई पटक त्यो समूहले उत्पादन गरेका भिडियोहरूमा समस्या देखिएको थियो, र यदि अरू सिस्टरहरूले समयमै समस्या पत्ता नलगाएका भए, कामको प्रगतिमा ढिलाइ हुनेथियो। म अलि छक्क परें, किनकि समूहले आफ्नो कर्तव्य पूरा गर्दा गम्भीर समस्याहरूको शृङ्खला देखा परेको थियो। मलाई कसरी थाहा भएन? फर्केर सोच्दा, म त्यो कामका लागि धेरै महिनादेखि जिम्मेवार थिएँ, तर त्यो समूहको काममा थोरै ध्यान दिएकी थिएँ, र समूहका सदस्यहरूले आफ्नो कर्तव्य कसरी पूरा गरिरहेका छन् भन्ने मलाई कुनै जानकारी थिएन। मैले महसुस गरेँ कि मैले वास्तविक काम गरिरहेकी थिइनँ, र त्यसैले यी समस्याहरू उत्पन्न भएका थिए। त्यसपछि, जब मैले अवस्था बुझेँ, मैले पत्ता लगाएँ कि केही समयदेखि कसैले पनि समूहको कामको सुपरिवेक्षण वा अनुगमन गरेको थिएन, त्यसैले समूहका सदस्यहरूले आफ्नो कर्तव्यप्रति कुनै बोझको भावनाविना आफ्नै अनुभव र विद्यमान दिनचर्याका आधारमा मात्र काम गर्ने गरेका थिए। त्यसैले कामको बोझ बढ्ने बित्तिकै, उनीहरूले झारा टार्ने तरिकाले काम गर्न थाले। दुई जनाले भिडियोहरू निरीक्षण गर्न सँगै काम गर्ने गरे पनि, उनीहरूका लागि यो केवल औपचारिकता थियो। उनीहरू काम गरेजस्तो मात्र गरिरहेका थिए र उनीहरूले समस्याहरू पत्ता लगाउन सकेनन्। यो सबै कुराको सामना गर्नु पीडादायी थियो। यी समस्याहरू पत्ता लगाउन गाह्रो थिएन, र यदि मैले त्यो समूहको कामको सामान्य अनुगमन गरेकी भए, म यति अनजान हुने थिइनँ। म कति गैरजिम्मेवार थिएँ! मैले किन तीन महिनाभन्दा बढी समयसम्म उनीहरूको कामलाई बेवास्ता गरेँ भनेर आत्मचिन्तन गर्नुपर्‍यो। मैले परमेश्‍वरको वचनमा यस्तो पढेँ: “झूटा अगुवाहरूले कहिल्यै विभिन्‍न टोली-सुपरभाइजरहरूको कार्य स्थितिहरूबारे सोध्दैनन् वा त्यसको अनुगमन गर्दैनन्। तिनीहरूले विभिन्‍न टोलीका सुपरभाइजरहरू, र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूको जीवन प्रवेश, साथै मण्डलीको काम र तिनीहरूका कर्तव्यहरूप्रति, र परमेश्‍वरमाथिको आस्था, सत्यता, र परमेश्‍वर स्वयम्प्रति तिनीहरूका मनोवृत्तिहरूबारे पनि सोध्ने, अनगमन गर्ने, वा बुझ्ने गर्दैनन्। तिनीहरूलाई यी व्यक्तिहरूमा कुनै रूपान्तरण वा वृद्धि भएको छ कि छैन भनेर थाहा हुँदैन, न त तिनीहरूलाई तिनीहरूको काममा हुन सक्ने विभिन्‍न समस्याहरूबारे नै थाहा हुन्छ; खासगरी, तिनीहरूलाई कामका विभिन्‍न चरणहरूमा देखा पर्ने त्रुटि र विचलनहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमाथि पार्ने प्रभावबारे थाहा हुँदैन, साथै यी त्रुटि र विचलनहरू कहिल्यै सच्याइएका छन् कि छैनन् भन्‍ने पनि थाहा हुँदैन। तिनीहरू यी यावत् थोकबारे पूर्णतया बेखबर हुन्छन्। यदि तिनीहरूलाई यी विस्तृत अवस्थाहरूबारे केही पनि थाहा छैन भने, समस्याहरू उत्पन्‍न हुनेबित्तिकै तिनीहरू निष्क्रिय बन्छन्। तर, झूटा अगुवाहरूले आफ्नो काम गर्ने क्रममा यी विस्तृत समस्याहरूबारे बिलकुलै ध्यान दिँदैनन्। तिनीहरू विश्‍वास गर्छन् कि विभिन्‍न टोली सुपरभाइजरहरू बन्दोबस्त गरेर कामहरू तोकेपछि तिनीहरूको काम सकियो—यसलाई राम्रोसँग काम गरेको मानिन्छ, र यदि अरू समस्याहरू उत्पन्न भएमा त्यो तिनीहरूको चासोको विषय होइन। झूटा अगुवाहरूले विभिन्‍न टोली सुपरभाइजरहरूलाई निरीक्षण, डोऱ्याइ, र अनुगमन नगर्ने, र यी क्षेत्रहरूमा आफ्ना जिम्मेवारीहरू पूरा नगर्ने हुनाले, मण्डलीको काम लथालिङ्ग हुन्छ। यो अगुवा र कामदारहरू कर्तव्यच्युत हुनु हो। परमेश्‍वरले मानव हृदयको गहिराइ जाँच्न सक्नुहुन्छ; यो त्यस्तो क्षमता हो, जुन मानवसँग हुँदैन। त्यसकारण, काम गर्दा मानिसहरू बढी लगनशील र सचेत हुनुपर्छ, तिनीहरूले मण्डलीको सामान्य कार्यप्रगति सुनिश्चित गर्नका निम्ति नियमित रूपमा कार्यस्थलमा गएर कामको अनुगमन, निरीक्षण गर्नुपर्छ र डोऱ्याइ दिनुपर्छ। स्पष्ट छ, झूटा अगुवाहरू आफ्ना काममा पूर्णतया गैरजिम्मेवार हुन्छन्, र तिनीहरू कहिल्यै विभिन्‍न कार्यहरूको निरीक्षण, अनुगमन गर्दैनन्, र डोऱ्याइ दिँदैनन्। फलस्वरूप, कतिपय सुपरभाइजरहरू काममा उत्पन्न हुने विभिन्‍न समस्याहरू समाधान गर्न जान्दैनन्, र त्यो काम गर्न अलिकति पनि योग्य नहुँदा पनि सुपरभाइजरको भूमिकामै रहन्छन्। अन्तत: काममा बारम्बार ढिलाइ हुन्छ र तिनीहरूले त्यसलाई पूर्णतया लथालिङ्ग पार्छन्। यो झूटा अगुवाहरूले सुपरभाइजरहरूका परिस्थितिहरूबारे नसोध्नु, त्यसको निरीक्षण र अनुगमन नगर्नुको परिणाम हो, जुन पूर्णतया झूटा अगुवाहरू जिम्मेवारीबाट विमुख हुनुले निम्त्याएको परिणाम हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (३))। परमेश्‍वरका वचनहरूबाट, मैले देखेँ कि, झुटा अगुवाहरू आफ्नो कर्तव्यलाई बेवास्ता गर्छन् र वास्तविक काम गर्दैनन्। उनीहरू सोच्छन् कि प्रत्येक समूहमा सुपरिवेक्षक हुन्छ, त्यसैले झुटा अगुवाहरूले निष्क्रिय तौरतरिका अपनाउन सक्छन्, जसले मण्डलीको काममा समस्या निम्त्याउँछ। सतहमा हेर्दा, झुटा अगुवाहरूले कुनै स्पष्टतः खराब काम गरिरहेका छैनन् जस्तो लाग्न सक्छ। तर उनीहरू मण्डलीको कामप्रति जिम्मेवारीको भावना राख्दैनन्, जसले विभिन्न कार्यहरूको प्रगति र प्रभावकारितालाई गम्भीर रूपमा असर गर्छ, र त्यसले मण्डलीको कामलाई बाधा र अवरोध पुर्‍याउँछ। परमेश्‍वर अगुवाहरू र कामदारहरूले समयमै कामको अनुगमन र सुपरिवेक्षण गर्नुपर्ने माग गर्नुहुन्छ ताकि मण्डलीको काम नियमित, व्यवस्थित रूपमा अघि बढिरहेको सुनिश्चित होस्। त्यो उनीहरूको जिम्मेवारी र कर्तव्य हो। तर मैले त्यो समूहको काम सम्हालेपछि, मैले महसुस गरेँ कि समूह अगुवा त्यहाँ थिए, र सबै काम व्यवस्थित रूपमा अघि बढिरहेको थियो, त्यसैले निष्क्रिय तौरतरिका अपनाउनु स्वाभाविक लाग्यो। मैले उनीहरूको कामको कहिल्यै निरीक्षण वा अनुगमन गरिनँ, न त सबैको कामका विद्यमान विचलन र समस्याहरूको विवरण नै बुझेँ। उनीहरू आफ्नो कर्तव्य पूरा गर्दा कहिले अल्छी र झाराटारुवा हुन्छन् भन्ने कुरा पनि मैले पत्ता लगाइनँ। मेरा आफ्नै धारणाहरू र कल्पनाहरूका आधारमा, मैले सोचेँ कि उनीहरू आफ्नो कर्तव्य गर्नमा भरपर्दा र इमानदार, र पूर्णतः विश्वासयोग्य छन्। त्यसैले मैले सोही अनुसार व्यवहार गरेँ, जसको परिणाम स्वरूप काममा हानि भयो। परमेश्‍वरको वचनको प्रकाशमा, मैले थाहा पाएँ कि मैले आफ्नो कर्तव्य गर्नमा लापरवाही गरेकी छु, र वास्तवमा एक झुटा अगुवा थिएँ। मैले जानाजानी दुष्टता नगरेकी भए पनि, समस्याहरू लम्बिरहे र समाधान भएनन् किनकि मैले वास्तविक काम गरिनँ। उनीहरूले उत्पादन गरेका भिडियोहरूमा समस्याहरू देखा परे, त्यसैले ती फेरि बनाउनुपर्‍यो, जुन म कर्तव्य गर्नमा झाराटारुवा र गैरजिम्मेवार हुनुसँग प्रत्यक्ष सम्बन्धित थियो। झाराटारुवा तौरतरिका अपनाएर र कामकुरालाई सजिलै लिने प्रयास गरेर, मैले कामको अनुगमन वा सुपरिवेक्षण गरिनँ। त्यसले मेरो धेरै समय र ऊर्जा बचाए पनि, त्यसले सीधै कामको प्रगतिमा ढिलाइ गर्‍यो, मण्डलीको काममा बाधा र अवरोध पुर्‍यायो। म परमेश्‍वरको प्रतिरोध गरिरहेकी थिएँ! त्यो सोचले मेरो हृदयमा डर पैदा गर्‍यो, र मैले निरन्तर आत्मचिन्तन गरेँ र सोचेँ, “मैले कसरी थाहै नपाई यति लामो समयसम्म निष्क्रिय तौरतरिका अपनाउन सकेँ?”

पछि, मैले परमेश्‍वरको वचनको एक खण्ड पढेँ, र मैले वास्तविक काम गरिरहेकी थिइनँ भन्ने तथ्यबारे अझ राम्रो बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “झूटा अगुवाहरूले वास्तविक काम नगर्ने वा आफ्‍ना उचित कामहरू नगर्ने सुपरभाइजरहरूका बारेमा सोधपुछ गर्दैनन्। तिनीहरूलाई लाग्छ कि तिनीहरूले सुपरभाइजर छनौट गरे पुग्छ, अनि त्यो मामलाको अन्त्य हुन्छ, र पछि सुपरभाइजरले आफै कामका सबै मामलाहरू सम्‍हाल्‍न सक्‍नेछ। त्यसकारण झूटा अगुवाहरूले नियमित रूपमा भेला आयोजना मात्रै गर्छन्, र कामको निगरानी गर्ने वा यो कसरी अघि बढिरहेको छ भनेर सोध्‍ने गर्दैनन्, अनि काम नगरी अरूलाई अह्राउने हाकिमले जस्तै व्यवहार गर्छन्। … तिनीहरूले आफै वास्तविक काम गर्न सक्दैनन्, र तिनीहरूले समूह अगुवा र सुपरभाइजरको कामप्रति पनि मिहिनतासाथ ध्यान दिँदैनन्—तिनीहरूले यसबारे फलोअप गर्ने वा सोधपुछ गर्ने गर्दैनन्। मानिसहरूसम्‍बन्धी तिनीहरूको दृष्टिकोण तिनीहरूको आफ्‍नै सोचाइ र कल्‍पनामा आधारित हुन्छ। जब कसैले केही समयसम्‍म राम्ररी काम गरिरहेको देख्छन्, तब यो व्यक्ति सधैँ असल रहनेछ, र परिवर्तन हुनेछैन भन्‍ने तिनीहरूको विश्‍वास हुन्छ; यो व्यक्तिमा समस्या छ भन्‍ने कसैको कुरा पनि तिनीहरूले पत्याउँदैनन्, र यो व्यक्तिको बारेमा कसैले चेतावनी दिँदा, तिनीहरूले बेवास्ता गर्छन्। के झूटा अगुवाहरू मूर्ख हुन्छन् भन्‍ने तिमीहरूलाई लाग्छ? तिनीहरू बेवकुफ र मूर्ख हुन्छन्। कुन कुराले तिनीहरूलाई बेवकुफ बनाउँछ? यो व्यक्ति छनौट हुँदा, उसले शपथ खाएको र सङ्कल्प गरेको अनि आफ्नो अनुहारभरि आँसु झार्दै प्रार्थना गरेको कारणले यो व्यक्ति भरपर्दो छ, र उसले कामको अभिभारा लिँदा उसमा कुनै समस्याहरू हुनेछैनन् भन्दै यो व्यक्तिमाथि निर्धक्‍क विश्‍वास गर्छन्। झूटा अगुवाहरूसित मानिसहरूको प्रकृतिको बारेमा कुनै बुझाइ हुँदैन; तिनीहरू भ्रष्ट मानवजातिको साँचो अवस्थाको बारेमा अनजान हुन्छन्। तिनीहरू भन्छन्, ‘कुनै व्यक्तिलाई सुपरिवेक्षकको रूपमा छनौट गरिसकेपछि ऊ कसरी परिवर्तन हुनसक्छ? अत्यन्तै गम्भीर र विश्‍वसनीय देखिने व्यक्ति कसरी कामदेखि भाग्नसक्छ? तिनीहरूले त्यसो गर्दैनन्? गर्छन् र? तिनीहरूसित धेरै इमानदारीता हुन्छ।’ झूटा अगुवाहरूले आफ्‍नो कल्पना र भावनाहरूमा धेरै विश्‍वास गर्ने हुनाले, यसले तिनीहरूलाई मण्डलीको काममा उत्पन्न हुने धेरै समस्याहरू समयमै हल गर्न असक्षम तुल्याउँछ, र सम्बन्धित सुपरभाइजरलाई तुरुन्तै बर्खास्त गर्न गर्न र अर्को काममा लगाउनबाट रोक्छ। तिनीहरू खाट्टी झूटा अगुवाहरू हुन्। अनि यहाँको समस्या के हो त? आफ्नो कामप्रतिको झूटा अगुवाको दृष्टिकोणसित झारा टार्ने शैलीको केही सम्बन्ध छ? एक हिसाबमा, तिनीहरूले ठूलो रातो अजिङ्गरले उन्माद रूपमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्राउहरू गरेको देख्छन्, र त्यसैले आफूलाई सुरक्षित राख्‍नको लागि तिनीहरूले हचुवाको भरमा कसैलाई कामको इन्चार्ज बनाउने बन्दोबस्त गर्छन्, र यसबाट समस्या समाधान हुन्छ र यसप्रति तिनीहरूले अबउप्रान्त ध्यान दिन जरुरी छैन भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले आफ्नो हृदयमा के सोच्छन्? ‘यो वातावरण त एकदमै भीषण छ, मैले केही समय लुक्‍नुपर्छ।’ यो देहगत सुविधाप्रतिको लोभ हो, होइन र? अर्को हिसाबमा, झूटा अगुवाहरूमा एउटा घातक अवगुण हुन्छ: तिनीहरू आफ्नै कल्पनामाथि भर परेर मानिसहरूलाई भरोसा गरिहाल्‍छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्‍वरका वचनहरूले भ्रष्ट मानवजातिको सार कसरी खुलासा गर्छन्? परमेश्‍वरले ती मानिसहरूलाई भरोसा गर्नुहुन्‍न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्‍यो? झूटा अगुवाहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, ‘मैले यो व्यक्तिलाई गलत रूपमा मूल्याङ्कन गरेको हुन सक्‍ने सम्भावना छैन, मैले उचित भनी मूल्याङ्कन गरेको यो व्यक्तिमा कुनै पनि समस्याहरू हुनु हुँदैन; ऊ अवश्य नै खाने, पिउने, र मनोरञ्जन गर्ने काममा लिप्त हुने व्यक्ति होइन। तिनीहरू अवश्य नै विश्‍वसनीय र भरोसायोग्य छन्। तिनीहरू परिवर्तन हुनेछैनन्; यदि परिवर्तन भए भने, म नै तिनीहरूको बारेमा गलत थिएँ भन्ने अर्थ लाग्‍छ, होइन र?’ यो कस्तो प्रकारको तर्क हो? के तँ कुनै प्रकारको विशेषज्ञ होस्? के तँसँग एक्स-रेको जस्तै दृष्टि छ? के तँसँग यो विशेष सीप छ? तँ कुनै व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर तिनीहरूको प्रकृति र सारलाई पूर्ण रूपले उदाङ्गो पार्ने उचित वातावरणविना तैँले तिनीहरू कस्ता छन् भनी देख्न सक्छस् र? यदि तिनीहरू परमेश्‍वरद्वारा खुलासा नगरिएका भए, तँ तिनीहरूसित तीनदेखि पाँच वर्षसम्म पनि एक साथ रहन सक्थिस् र पनि तिनीहरूसित कस्तो प्रकृति सार छ भन्ने कुरा देख्न तैँले अझै संघर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई विरलै देख्ने, तिनीहरूसित विरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? तैँले झूटा अगुवाहरूले व्यक्तिको अस्थायी हाउभाउ वा अरू कसैले तिनीहरूको बारेमा गरेको सकारात्मक मूल्याङ्कनको आधारमा उसलाई निर्धक्‍क विश्‍वास गर्छस्, र त्यस्तो व्यक्तिलाई मण्डलीको कामको जिम्मेवारी दिने दुस्साहस गर्छन्। यसमा, के तिनीहरू अत्यन्तै अन्धो बनिरहेका हुँदैनन् र? के तिनीहरूले लापरवाह व्यवहार गरिरहेका हुँदैनन् र? अनि, झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्‍मेवार भइरहेका हुँदैनन् र?(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (३))। परमेश्‍वरको वचनले खुलासा गर्छ कि झुटा अगुवाहरू अल्छी, मूर्ख, र बुद्धिहीन हुन्छन्। परमेश्‍वरको वचनका आधारमा मानिसहरू र चीजहरूलाई हेर्नुको सट्टा, उनीहरू तिनलाई आफ्नै धारणाहरू र कल्पनाहरूका आधारमा हेर्छन्। तैपनि उनीहरूलाई लाग्छ कि उनीहरूसँग मानिसहरू र चीजहरूबारे अन्तर्दृष्टि छ। उनीहरूले सजिलै कसैलाई विश्वास गर्न सक्छन् र काम अरू मानिसहरूलाई सुम्पिन सक्छन्, जबकि उनीहरू आफै निष्क्रिय हुन्छन् र हैसियतका फाइदाहरूको लोभ गर्छन्। परमेश्‍वरको वचनको खुलासाद्वारा, मैले देखेँ कि म त्यो अल्छी र मूर्ख झुटा अगुवा थिएँ! मेरो अल्छी स्वभावका कारण, म सधैँ महसुस गर्थेँ कि म धेरै कामका लागि जिम्मेवार छु र यदि मैले हरेक समूहको अनुगमन गरेँ र विवरणहरू बुझेँ भने, यसमा धेरै समस्या र प्रयास लाग्नेछ। त्यसैले मैले मुख्य रूपमा एउटा समूहको कामको अनुगमन गरेँ। अर्को समूहमा समूह अगुवा भएकाले, काम सामान्य रूपमा अघि बढुन्जेल सबै ठीक हुनेथ्यो, र मैले अनुगमन गर्न थप समय खर्च गर्न आवश्यक हुनेथिएन। मेरो कर्तव्यप्रतिको मेरो दृष्टिकोण थियो कि जति कम चिन्ता लिनुपर्‍यो त्यति राम्रो। मैले सुपरिवेक्षकको पदवी धारण गरेकी भए पनि, वास्तवमा मैले निष्क्रिय तौरतरिका अपनाएँ, जुन धेरै गैरजिम्मेवार थियो! म धेरै अभिमानी पनि थिएँ। आफ्नै धारणाहरू र कल्पनाहरूका आधारमा, मैले सोचेँ कि त्यो समूहका सबैजना आफ्नो कर्तव्य गर्नमा भरपर्दा छन्। त्यसैले मैले चिन्ता लिनुपर्दैन, र यदि मैले उनीहरूको कामको अनुगमन गरिनँ भने उनीहरूले आफ्नो कर्तव्य राम्ररी गरिरहनेछन्। मैले धेरै महिनासम्म उनीहरूबारे सोधपुछ वा उनीहरूको सुपरिवेक्षण गरिनँ, जसले गर्दा उनीहरूको काममा यी समस्याहरू देखा परे। मैले सत्यता बुझेको वा मामिलाहरू स्पष्ट रूपमा देखेको थिइनँ, र मानिसहरूबारे मेरो लेखाजोखा गलत हुन नसक्ने सोच्दै म आफूमा बलियो विश्वास गर्थेँ। म धेरै अहङ्कारी र मूर्ख थिएँ! यो सब थाहा पाएर, म पश्चात्तापले भरिएँ, र परमेश्‍वरको वचन अनुसार मानिसहरू र मेरो कर्तव्यलाई लिनुको महत्त्व बुझेँ। त्यसैले मैले सचेत रूपमा परमेश्‍वरको वचनका सान्दर्भिक खण्डहरू खोजेँ, ताकि आफ्नो कर्तव्य पूरा गर्ने मार्ग पत्ता लगाउन सकूँ।

एक दिन, मैले परमेश्‍वरको वचनको एक खण्ड पढेँ, जसमा यसो भनिएको छ: “झूटा अगुवाहरूले कार्यप्रगतिबारे थाहा नपाउने, र त्यसमा उत्पन्‍न हुने समस्याहरू तुरुन्तै पहिचान गर्न नसक्ने, तिनलाई समाधान त झन गर्नै नसक्ने हुनाले, यसले प्राय: बारम्बार ढिलाइहरू सिर्जना गर्छ। निश्‍चित कार्यमा, मानिसहरूले सिद्धान्तहरू नबुझेका हुनाले र यसको जिम्‍मेवारी लिने वा निरीक्षण गर्ने कुनै पनि उपयुक्त व्यक्ति नभएको हुनाले, काम गर्नेहरू प्रायजसो नकारात्मकता, निष्क्रियता, र प्रतीक्षाको स्थितिमा हुन्छन्, जसले कामको प्रगतिलाई निकै गहन असर पार्छ। यदि अगुवाहरूले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरेको थियो भने—यदि तिनीहरूले कामको निरीक्षण गरेका थिए, त्यसलाई अघि सारेका थिए, त्यसको रेखदेख गरेका थिए, र उक्त कामलाई मार्गनिर्देशन गर्न उक्त क्षेत्र बुझेको व्यक्ति भेट्टाएका थिए भने, काममा बारम्बार ढिलाइ हुनुको सट्टा तीव्र गतिमा अघि बढेको हुनेथ्यो। त्यसकारण, अगुवाहरूले कामको वास्तविक स्थितिबारे बुझ्नु र त्यसलाई बोध गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, अगुवाहरूले कार्यप्रगतिबारे थाहा बुझ्न र त्यसलाई बोध गर्न पनि अत्यन्तै जरूरी हुन्छ, किनभने कामको प्रगति त्यस कामको प्रभावकारिता र त्यसबाट प्राप्त हुनुपर्ने नतिजाहरूसँग सम्बन्धित हुन्छ। यदि अगुवा वा कामदारहरूलाई मण्डलीको काम के-कसरी अघि बढिरहेको छ भन्‍नेबारे थाहा हुँदैन, र तिनीहरूले कामकुराहरू अनुगमन वा रेखदेख गर्दैनन् भने, मण्डलीको कामको प्रगति निश्‍चय नै ढिलो हुनेछ। कर्तव्य निभाउने अधिकांश मानिसहरू अत्यन्तै फोहोरी हुने, तिनीहरूमा बोझ लिनुपर्छ भन्‍ने भावना हुँदैन, र तिनीहरू प्राय: नकारात्मक, निष्क्रिय र झाराटारुवा हुन्छन्। यदि ठोस रूपमा कामको जिम्‍मेवारी लिने, कामको प्रगतिबारे जानकारी लिने, र कर्तव्य निभाउने व्यक्तिहरूलाई मार्गनिर्देशन गर्ने, रेखदेख गर्ने, अनुशासनमा राख्‍ने वा काटछाँट गर्ने बोझ लिनुपर्छ भन्‍ने भावना र कार्य क्षमता भएको कोही पनि छैन भने, स्वाभाविक रूपमै कार्य प्रभावकारिताको स्तर निकै खस्किन्छ र कामका नतिजाहरू निकै कमजोर हुनेछन्। यदि अगुवा र कामदारहरूले यसलाई प्रस्टसित देख्नसमेत सक्दैनन् भने, तिनीहरू मूर्ख र अन्धा हुन्। त्यसैले, अगुवा र कामदारहरूले तुरुन्तै कार्य प्रगतिको छानबिन, अनुगमन र बोध गर्नुपर्छ, र कर्तव्य निभाउने मानिसहरूमा समाधान गर्नुपर्ने कस्ता समस्याहरू छन् भनी छानबिन गर्ने, र अझ राम्रा नतिजाहरू प्राप्त गर्न कुन समस्याहरू समाधान गर्नुपर्छ भनी बुझ्ने गर्नुपर्छ। यी सबै कुराहरू अत्यन्तै महत्त्वपूर्ण छन्, अगुवाको रूपमा काम गर्ने व्यक्तिलाई यी कुराहरू प्रस्ट हुनैपर्छ। तैँले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न, तँ त्यस्तो झूटो अगुवाजस्तो हुनै हुँदैन, जसले केही सतही काम गर्छ र त्यसपछि आफ्नो कर्तव्य राम्रोसित पूरा गरेको छु भन्ठान्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। परमेश्‍वरको वचनले मानिसहरूलाई स्वीकार्य मानकअनुसार आफ्नो कर्तव्य पूरा गर्ने मार्ग देखाउँछ। अगुवा वा सुपरिवेक्षकका रूपमा, मानिसहरूले आफ्नो कर्तव्यलाई बोझको भावनाका साथ लिनुपर्छ, र देहको सुखसुविधाको लोभ गर्नु हुँदैन। उनीहरूले आफू जिम्मेवार भएको कामको समयमै अनुगमन, निरीक्षण, सुपरिवेक्षण, र जाँच गर्नुपर्छ। अगुवाहरू र सुपरिवेक्षकहरूले संलग्न कर्मचारीहरूको स्थिति, र उनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्छन् भन्ने विवरणहरू पनि अनुगमन र बुझ्नुपर्छ। यसरी, समस्याहरू तुरुन्तै पत्ता लगाउन सकिन्छ र विचलनहरू सच्याउन सकिन्छ। कुनै पनि मानिस अझै सिद्ध नपारिएको हुनाले, सबैमा भ्रष्ट स्वभाव हुन्छ। त्यसैले यदि मानिसहरूको स्थिति राम्रो छ र उनीहरू केही समयका लागि आफ्नो कर्तव्य पूरा गर्नमा इमानदार, जिम्मेवार, र प्रभावकारी छन् भने, त्यसको मतलब उनीहरू पूर्ण रूपमा भरपर्दा छन् भन्ने होइन। जब उनीहरूको स्थिति असामान्य हुन्छ वा उनीहरू आफ्नो भ्रष्ट स्वभाव अनुसार जिउँछन्, तब उनीहरू नचाहँदा नचाहँदै पनि झाराटारुवा बन्छन्, र मण्डलीको काममा बाधा पुर्‍याउने काम गर्छन्। त्यसैले मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, अगुवाहरू, कामदारहरू, र सुपरिवेक्षकहरूले कामको निरीक्षण र अनुगमन गर्न आवश्यक छ, र जब समस्याहरू पत्ता लाग्छन्, उनीहरूले तुरुन्तै विचलनहरू सच्याउनुपर्छ। यो उनीहरूको जिम्मेवारी हो। परमेश्‍वरका मागहरू बुझिसकेपछि, मैले समूहको कामको अनुगमन गर्न र त्यसबारे थप जान्न थालेँ, र नियमित रूपमा कामका सारांश बैठकहरूका लागि उनीहरूलाई भेला गर्न थालेँ। जब मैले विचलन र समस्याहरू फेला पार्थेँ, म तुरुन्तै समूह अगुवासँग मिलेर त्यसबारे कुराकानी गर्थेँ। अनुगमन कार्यमार्फत, मैले पत्ता लगाएँ कि सबैको काम निकै अनुशासनहीन थियो र तिनमा योजनाको अभाव थियो। त्यसैले मैले समूह अगुवासँग समूहको कार्य योजना र प्रगतिबारे छलफल गरेँ, र केही अलपत्र परेका काम तालिकाअनुसार पूरा गरियो। साथै, हामीले कार्यबोझका आधारमा कर्मचारी सङ्ख्यालाई व्यवस्थित गर्‍यौँ, र हाम्रा केही कर्मचारीहरूलाई जहाँ बढी आवश्यकता थियो त्यहाँ पठाउने प्रबन्ध मिलायौँ। त्यस प्रकारको अभ्यास गरेपछि, मलाई धेरै सहज महसुस भयो। सोही समयमा, मैले आफ्नो जिम्मेवारीको दायराभित्रको कामलाई पहिलेभन्दा बढी नजिकबाट अनुगमन गरेँ।

केही समयपछि, मैले नयाँ काम सम्हालेँ जसमा धेरै समय लाग्थ्यो। मैले सोचेँ, “केही समयदेखि, मैले हरेक समूहको कामको विस्तृत रूपमा अनुगमन गरेकी छु, त्यसैले अब चीजहरू स्थिर छन्। यदि मैले अझै पनि हरेक समूहको विवरणबारे चिन्ता लिनुपर्‍यो र त्यसमा संलग्न हुनुपर्‍यो भने, यसमा धेरै समय र प्रयास लाग्नेछ। त्यसले मेरो तालिका निकै व्यस्त बनाउनेछ र मलाई धेरै दबाब दिनेछ।” मैले कम चिन्ता लिनुपरोस् भनेर कुन समूहको काम अरू कसैलाई सुम्पन सक्छु भन्नेबारे विचार गरेँ। मैले आफ्नो कर्तव्य पूरा गर्नमा बढी सक्रिय हुने र मूल्य चुकाउन सक्ने दुई समूह अगुवा भएको एउटा समूहबारे विचार गरेँ। म उनीहरूले विस्तृत रूपमा अनुगमन गर्न सकून् भनेर समूहको काम उनीहरूलाई हस्तान्तरण गर्न चाहन्थेँ। त्यसपछि मैले केवल कामकुराहरूको दिशा हेर्नुपर्ने, र नियमित रूपमा कामको सारांश कोर्न भेलाहरूमा उपस्थित हुनुपर्ने हुन्थ्यो। बाँकी सबै कुरा समूह अगुवाहरूलाई छोड्न सक्थेँ। तर त्यसो गरेर, म आफ्नो पुरानै बानीमा फर्किरहेकी थिएँ, मैले सम्हालेको नयाँ काममा मात्रै ध्यान केन्द्रित गर्दै थिएँ र यस समूहको कामको विवरणमा संलग्न भइरहेकी थिइनँ। मैले सोचेँ कि समूह अगुवाहरू त्यहाँ भएकाले, ठीकै हुनेछ। यदि कुनै समस्या भएमा, म उनीहरूले मलाई जानकारी दिन पहल गरुन्जेल पर्खिन, र त्यसपछि त्यसलाई सम्हाल्न सक्थेँ। एक दिन, एक जना समूह अगुवाले मैले पर्याप्त अनुगमन कार्य गरिरहेकी छैन, र म उनीहरूको कामको विवरणमा संलग्न भइरहेकी छैन भनी औँल्याए। समूहका केही ब्रदर-सिस्टरहरू आफ्नो कर्तव्य पूरा गर्नमा ढिलासुस्ती गरिरहेका र अल्छी थिए, तर त्यहाँ कुनै अनुगमन वा समाधान भएको थिएन, जसले कामको प्रगतिलाई असर गरिरहेको थियो। जब मैले त्यो सुनेँ, म अलिकति प्रतिरक्षात्मक भएँ र सोचेँ, “तिमी दुई जना समूह अगुवाले त्यो गर्न सक्थ्यौ, होइन र? केही समयदेखि, मैले अरू केही काम सम्हालेकी छु। यदि मैले हरेक कार्यको विवरणको अनुगमन गर्नुपर्‍यो भने, यसमा धेरै समय लाग्नेछ। मैले कसरी यो सबै काम सक्छु र? तिम्रा मागहरू अत्यधिक छन्!” तर मेरा तर्कहरूले मलाई फेरि अलिकति असहज महसुस गरायो। त्यो समयावधिलाई फर्केर हेर्दा, मैले विरलै उनीहरूको कामको अनुगमन गरेकी थिएँ, र मैले ब्रदर-सिस्टरहरूको स्थिति, उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा सिद्धान्तहरूमा प्रवेश गर्थे कि गर्थेनन् भन्ने कुरा, वा उनीहरूको कामको नतिजा बुझेकी थिइनँ। त्यतिबेला, मैले विगतमा निष्क्रिय रहने तौरतरिका अपनाएर आफ्नो कर्तव्यमा अपराध गरेकी थिएँ भनी विचार गरेँ, त्यसैले म कसरी फेरि त्यही स्थितिमा हुन सक्छु?

पछि, मैले परमेश्‍वरको वचन पढेँ: “मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाका लाभहरू पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छन्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, उच्च स्थानमा बसेर अरूलाई बन्धनमा राख्छन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पछ्याइरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्‍ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो मनसायहरू सही छन् तापनि परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो मनसायहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई कुनै ध्यान दिँदैनन्। तिनीहरू आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्ने छानबिन स्वीकार गर्न सक्दैनन्। तिनीहरू सधैँ कुटिल बन्छन् र सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग छली र धोकेबाज व्यवहार गर्छन्, दाखबारीमा आउने चतुर स्याल जस्तो भएर तिनीहरू अङ्गुर चोर्छन् र दाखबारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यको छस्? तैँले आफ्नै जीवन र मण्डलीको निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यको छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तैँले यसरी सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पनुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने)। “तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्‍ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तँ कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती बन्दोबस्तहरूलाई सही तरिकाले लागु गरिरहेको छस् कि छैनस्; तैँले अगुवाइ गरेको कालमा तँ आफू जिम्मेवार भएको हरेक विशेष काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा साँचो समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्‍ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्‍ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशेष काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्‍ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुराहरूले पनि महत्त्व राख्छ। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९))। परमेश्‍वरका वचनहरूबाट, मैले देखेँ कि उहाँ सधैँ हैसियतका फाइदाको लोभ गर्ने, धूर्त र चालबाजी गर्ने, र आफ्नो कर्तव्य पूरा गर्दा आफ्नै देहगत स्वार्थहरू विचार गर्ने मानिसहरूलाई अत्यन्तै घृणा र रिस गर्नुहुन्छ। त्यस्तो व्यक्तिले मण्डलीको कामको प्रवर्धन गर्न कुनै सकारात्मक भूमिका खेल्न सक्दैन, न त उनीहरूले आफ्नो कर्तव्यमा भएका विचलन र कमीहरूलाई तुरुन्तै पत्ता लगाउन र सच्याउन सक्छन्। उनीहरूको गैरजिम्मेवारीले उनीहरूको कर्तव्यमा हानि समेत पुर्‍याउन सक्छ, र मण्डलीको कामलाई बाधा र अवरोध पुर्‍याउन सक्छ। त्यस्ता मानिसहरू आफ्नो कर्तव्य गर्नमा पूर्णतया निष्ठाहीन हुन्छन्, र परमेश्‍वरको आज्ञा प्राप्त गर्न अयोग्य छन्। यदि उनीहरूले पश्चात्ताप गर्दैनन् भने, अन्ततः परमेश्‍वरले उनीहरूलाई घृणा गर्नुहुनेछ र हटाउनुहुनेछ! साथै, अगुवाहरू र कार्यकर्ताहरूलाई नाप्ने परमेश्‍वरको मानक उनीहरूले कति काम गर्छन्, वा कति वटा बाटो हिँड्छन् भन्ने होइन, बरु उनीहरूले वास्तविक काम गर्छन् कि गर्दैनन् र आफ्नो कर्तव्य पूरा गर्दा वास्तविक नतिजा निकाल्छन् कि निकाल्दैनन् भन्ने हो। परमेश्‍वरको वचनको खुलासाले मलाई लज्जित बनायो। मलाई भिडियो बनाउने जिम्मा दिएर, मण्डलीले मलाई यति महत्त्वपूर्ण काम दिएको थियो, मलाई अझ ठूलो बोझ बोक्न आग्रह गरेको थियो, र मलाई बढुवा र तालिम दिएको थियो। अर्कोतिर, मैले जिम्मेवारी लिइनँ, र आफ्नो कर्तव्य पूरा गर्नमा कष्ट भोग्न इच्छुक भइनँ। जब कार्यबोझ अलिकति बढ्यो, मैले केवल कसरी कम कष्ट भोग्ने र कम चिन्ता लिने भनेर मात्र सोचेँ। मलाई धेरै चिन्ताले मलाई थकित बनाउनेछ भन्ने डर थियो। जब ब्रदर-सिस्टरहरूले म आफ्नो कर्तव्य पूरा गर्दा, कुनै वास्तविक काम गर्दिनथेँ भनी औँल्याए, मैले आफूलाई दोषमुक्त गर्न सबै प्रकारका बहानाहरू खोजिरहेँ। परमेश्‍वरले मजस्तो व्यक्तिलाई यसरी वर्णन गर्नुभएको थियो: “परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्।” एक सुपरिवेक्षकका रूपमा, मैले मेरो जिम्मेवारीको दायराभित्रका सबै कामको समयमै अनुगमन र निगरानी गर्नुपर्थ्यो, र मैले फेला पारेका विचलन र कमीहरूलाई तुरुन्तै समाधान गर्नुपर्थ्यो ताकि मण्डलीको कामको सामान्य प्रगति सुनिश्चित होस्। त्यो मेरो कर्तव्य थियो। तर म छली, धूर्त थिएँ, र जिम्मेवारीबाट पन्छिएँ। मसँग सुपरिवेक्षकको पद थियो तर वास्तविक काम गरिनँ, र कामको विवरणको अनुगमन गरिनँ। परिणाम स्वरूप, मैले समूहका विद्यमान समस्याहरूलाई तुरुन्तै फेला पारिनँ वा समाधान गरिनँ। त्यसैले काम धेरै प्रभावकारी थिएन, जसले मण्डलीको कामको सामान्य प्रगतिमा नकारात्मक असर पारेको थियो। त्यसलाई कसरी कर्तव्य पूरा गरेको मान्न सकिन्छ र? स्पष्ट रूपमा, त्यो वास्तविक काम नगरी पदमा रहिरहनु, खुलेआम छली हुनु थियो। म कति अविश्वसनीय थिएँ! मण्डलीले मलाई केही काम गर्न र केही जिम्मेवारी लिन प्रबन्ध मिलायो, तर मैले निष्क्रिय तौरतरिका अपनाएँ। म साँच्चै यति महत्त्वपूर्ण काम गर्न योग्य थिइनँ। यदि म सधैँ आफ्नो कर्तव्यप्रति यति गैरजिम्मेवार भइरहेकी भए र वास्तविक काम नगरेकी भए, परमेश्‍वरले अन्ततः मलाई घृणा गर्नुहुनेथ्यो र हटाउनुहुनेथ्यो! त्यो सोचले मलाई त्रसित बनायो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेर मलाई यो स्थिति उल्टाउन मार्गदर्शन गर्न आग्रह गरेँ। म आफ्नो काममा इमानदार र चौकस हुन, र आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न चाहन्थेँ।

पछि, मैले परमेश्‍वरको वचनमा अभ्यासको मार्ग फेला पारें: परमेश्‍वरका वचनहरू यसो भन्छन्: “परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले आफ्‍नो नाफा-घाटा हिसाबकिताब नगरी आफ्‍नो कर्तव्य स्वेच्छाले निर्वाह गर्छन्। तँ सत्यताको खोजी गर्ने व्यक्ति भए पनि नभए पनि, आफ्‍नो कर्तव्य निभाउने क्रममा तैँले आफ्‍नो विवेक र समझमा भरोसा गरेर साँच्चिकै प्रयास गर्नुपर्छ। साँच्चिकै प्रयास गर्नुको अर्थ के हो? यदि तँ केवल नाममात्रको प्रयास गरेर र थोरै शारीरिक कठिनाइ भोगेर सन्तुष्ट हुन्छस्, तर आफ्नो कर्तव्यलाई पटक्‍कै गम्भीरतापूर्वक लिँदैनस् वा सत्यता सिद्धान्तहरू खोज्दैनस् भने, यो झाराटारुवा हुनुबाहेक अरू केही होइन—यो साँच्चिकै प्रयास गर्नु होइन। प्रयास गर्नुको कडी भनेको आफ्नो हृदय लगाउनु, हृदयमा परमेश्‍वरको डर मान्‍नु, परमेश्‍वरका इच्छाहरूलाई वास्ता गर्नु, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न र उहाँलाई चोट पुऱ्याउन डराउनु, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न जुनसुकै कठिनाइ भोग्‍नु हुन्: यदि तँसँग यसरी परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, तैँले आफ्नो कर्तव्य उचित तरिकाले निर्वाह गर्न सक्‍नेछस्। यदि तेरो हृदयमा परमेश्‍वरको डर छैन भने, आफ्नो कर्तव्य निर्वाह गर्दा तँमा बोझको कुनै बोध हुनेछैन, यसमा कुनै चासो हुनेछैन, र तँ अपरिहार्य रूपमै झाराटारुवा हुनेछस्, र तैँले काम गरिटोपलेजस्तो गर्नेछस्, प्रभावचाहिँ केही पनि हासिल गर्नेछैनस्—र यो कर्तव्य निर्वाह गर्नु होइन। यदि तँलाई साँच्‍चै नै बोझको बोध हुन्छ, र तँलाई आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको तेरो आफ्‍नै जिम्‍मेवारी हो, र तैँले कर्तव्य पूरा नगर्दा तँ जिउनयोग्य हुँदैनस्, र तँ पशुसरह हुन्छस्, अनि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दा मात्रै तँ मानव भनिनलायक हुन्छस् भन्‍ने लाग्छ, अनि तैँले आफ्‍नै विवेकले भनेको मान्‍न सक्छस् भने—यदि आफ्‍नो कर्तव्य पूरा गर्दा तँलाई बोझको यस्तो बोध हुन्छ भने—तैँले सबै कुरा विवेकशील रूपमा गर्न सक्‍नेछस्, र तैँले सत्यताको खोजी गर्न र सिद्धान्तहरूअनुसार काम गर्न सक्‍नेछस्, र यसरी तैँले आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गरेर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्‍नेछस्। यदि तँ परमेश्‍वरले तँलाई दिनुभएको मिसन, र तेरो लागि परमेश्‍वरले बलिदान दिनुभएको सबै कुरा अनि तँप्रतिको परमेश्‍वरका अपेक्षाहरूको निम्ति लायक छस् भने, यो साँचो रूपमा प्रयास गर्नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्ररी निभाउनका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। परमेश्‍वरको वचन पढेपछि, मलाई ठूलो लाज महसुस भयो। वर्षौंदेखि, मैले परमेश्‍वरमा विश्वास गरेँ र उहाँका यति धेरै वचनहरू खाएँ र पिएँ। तर जब कर्तव्य पूरा गर्नमा अलिकति बढी प्रयास र बढी सोचविचार आवश्यक पर्यो, मलाई यो धेरै समस्याजनक र धेरै थकाइलाग्दो लाग्यो, त्यसैले मैले निष्क्रिय तौरतरिका अपनाएँ। म धेरै स्वार्थी र अल्छी थिएँ, परमेश्‍वरप्रति पूर्णतया निष्ठाहीन थिएँ, र आफ्नो कर्तव्य पूरा गर्नमा कुनै वास्तविक बोझ बोकेकी थिइनँ। म सुपरिवेक्षक थिएँ, तर सुपरिवेक्षकले गर्नुपर्ने काम गरिनँ। त्यो साँच्चै कर्तव्यबाट च्युत हुनु थियो! घरको कुकुरले समेत घरको रखवाली गर्न र आफ्नो मालिकप्रति बफादार र समर्पित हुन सक्छ। म एक सृजित प्राणी हुँ, तर मैले सृजित प्राणीको कर्तव्य पूरा गरिनँ। के म मानव कहलिन योग्य थिएँ? मैले मण्डलीका धेरै ब्रदर-सिस्टरहरूका बारेमा सोचेँ, जो मभन्दा बढी कामका लागि जिम्मेवार थिए। उनीहरू आफ्नो कर्तव्यप्रति निष्ठावान थिए, र कष्ट भोग्न र मोल चुकाउन सक्थे। उनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा बढी समय बिताउँथे, तर मैले उनीहरूमध्ये कसैलाई पनि थकानले ढलेको देखिनँ। बरु, उनीहरूले परमेश्‍वरको अभिप्रायको जति धेरै ख्याल गरे, त्यति नै उनीहरूले फल प्राप्त गरे, र त्यति नै उनीहरू जीवनमा प्रगति गरिरहे। फर्केर सोच्दा, मेरो कार्यबोझ उचित थियो र पक्कै पनि हासिल गर्न सकिने थियो। जबसम्म म देहको विरुद्ध विद्रोह गर्न, अलिकति बढी कष्ट भोग्न, र बढी मोल चुकाउन इच्छुक थिएँ, हरेक समूहको कामको अनुगमन गर्न पूर्णतया सम्भव थियो। त्यसपछि, मैले आफ्नो कार्य तालिका पुनर्व्यवस्थित गरेँ, नयाँ तालिकाका आधारमा आफू जिम्मेवार भएको हरेक कुराको अनुगमन गरेँ, र मेरो सुपरिवेक्षणको क्षेत्रमा कुनै काममा ढिलाइ भएन। एक दिन, म समूह सन्देशहरू पढिरहेकी थिएँ, र एउटा समूहको काममा केही विचलनहरू पत्ता लगाएँ। मैले तुरुन्तै समूह अगुवासँग अवस्थाको विश्लेषण गरेँ र सारांश निकालेँ, र सँगसँगै, हामीले समस्याहरू समाधान गर्ने उपायहरू फेला पार्‍यौँ। त्यस समयमा, मैले वास्तविक काम गर्नु भनेको दिनभरि समूहका अरू केही नगरी मानिसहरूलाई हेरेर बस्नु होइन भनी विलाप गरेँ। यसमा केवल अलिकति बढी मन लगाउनु पर्छ। त्यसपछि, मैले समूहका प्रत्येक सदस्यसँग उनीहरूको कामबारे जान्न भेटघाट तय गरेँ, र फेरि केही विचलनहरू पत्ता लगाएँ। त्यसैले समूह अगुवा र मैले उनीहरूसँग सिद्धान्तहरूबारे सङ्गति गर्‍यौँ। विचलनहरू तुरुन्तै सच्याइयो, र त्यसपछि कार्य प्रभावकारितामा सुधार भयो। म ती केही दिन अलि व्यस्त भए पनि, त्यस प्रकारको अभ्यासले मलाई शान्त र सहज महसुस गरायो।

यी अनुभवहरू मार्फत, मैले आफ्नो स्वार्थीपन र अल्छीपनबारे अझ राम्रो बुझाइ प्राप्त गरेँ। मैले यो पनि देखेँ कि गैरजिम्मेवार हुनु र आरामको लोभ गर्नुले कामको प्रगतिमा ढिलाइ मात्र गर्दैन, तर गम्भीर हुँदा, मण्डलीको कामलाई बाधा र अवरोध पुर्‍याउन सक्छ। त्यसैले म अब उप्रान्त निष्क्रिय तौरतरिका अपनाउन सक्दिनँ। मैले अक्सर कामको सुपरिवेक्षण र अनुगमन गर्नैपर्छ, र वास्तवमा समस्याहरू पहिचान र समाधान गर्नैपर्छ। त्यसरी आफ्नो कर्तव्य पूरा गर्नु नै राम्रो नतिजा हासिल गर्ने, र परमेश्‍वरको अभिप्रायलाई सन्तुष्ट पार्ने एकमात्र तरिका हो।

अघिल्लो:  ९०. पुनः रोगको सामना

अर्को:  ९२. झूटो अगुवाको रक्षा गर्दा के हुन्छ

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger