११. छोरी गिरफ्तार हुँदा म प्रकट भएँ

लिन झी, चीन

सन् २०२३ को अक्टोबर १४ को गोधूली साँझपख, एक सिस्टरले मलाई सिन्गुआङ मण्डलीकी अगुवालाई प्रहरीले गिरफ्तार गरेको छ भनेर जानकारी गराइन्। यो सुनेर म स्तब्ध भएँ र सोचेँ, “ओहो! कतै मेरी छोरी त होइन?” मैले हतारपतार मलाई दिइएको चिट्ठी खोलेँ, र “मिन जिङ गिरफ्तार भएकी छिन् …” भन्‍ने मात्र पढेँ। मेरो शरीरबाट एक्कासि सबै बल हरायो र सोचेँ, “मेरी छोरी साच्चै गिरफ्तार भई! ती प्रहरीहरू साह्रै दुष्ट र घृणित छन्। तिनीहरूले विश्‍वासीहरूलाई क्रूरतापूर्वक सताउन कुनै कसर बाँकी छाड्दैनन्। उसले यो कसरी सहन सक्ली र? मेरी छोरी मेरै रगत र मासुको टुक्रा हो। उसले यस्तो यातना भोगेको म कसरी सहन सक्छु र?” मेरो मन छियाछिया भयो, र मेरी छोरीको ठाउँमा मैले त्यो कष्ट भोग्न सके हुन्थ्यो भन्‍ने मलाई तीव्र इच्छा भयो। मलाई विशेष गरी यदि प्रहरीले मेरी छोरी अगुवा हो भन्‍ने थाहा पाएमा, अवश्य नै उसलाई मण्डलीको वृत्तान्त कुरा खुलाउन दबाब दिनेछ भन्‍ने चिन्ता लाग्यो यदि उसले ती वृत्तान्त खुलाइन भने, प्रहरीले उसलाई कुटेर अपाङ्ग बनाउला भनेर म चिन्तित भएँ। यदि ऊ यति सानो उमेरमा अपाङ्ग भई भने, अगाडि कसरी जिउली? यदि उसलाई कुटेर मारियो भने, मैले मेरी छोरी सधैँका लागि गुमाउनेथिएँ। मेरी छोरीले भेलाहरूमा भाग लिन थालेको दुई वर्ष मात्र भएको थियो र उसले अझै धेरै सत्यता बुझेकी थिइन। परमेश्‍वरले प्रहरीलाई उसलाई गिरफ्तार गर्न कसरी दिन सक्नुभयो? त्यसबाहेक, मेरी छोरीले आफ्नो करियर र विवाह त्यागेर आफ्नो सारा समय परमेश्‍वरका लागि आफूलाई समर्पित गर्न लगाएकी थिई। परमेश्‍वरले किन उसको रक्षा गर्नुभएको थिएन? के परमेश्‍वर मानिसलाई प्रेम गर्नुहुन्न? मैले परमेश्‍वरविरुद्ध गुनासो गर्न थालेँ, र त्यो सब मामिलाबारे जति सोचेँ, म उति नै व्याकुल भएँ। मेरो आँखाबाट आँसु थाम्न सकिनँ। मैले आफ्नो स्थिति सुधार्न परमेश्‍वरका वचनहरू पढ्न चाहेँ, तर त्यसमा मन लगाउनै सकिनँ। मैले पहिले सँगै सहकार्य गरेका दुई सिस्टरलाई सम्झेँ, जसलाई गिरफ्तार गरिएपछि, अगुवाहरू र कामदारहरूलाई धोका दिन दबाब दिइएको थियो, जबरजस्ती ब्रेनवाश गरिएको थियो र जो अन्त्यमा परमेश्‍वरलाई धोका दिएर यहूदा बनेका थिए। म केमा निश्चित थिएँ भने प्रहरीले मेरी छोरीलाई पनि मण्डलीलाई धोका दिन दबाब दिनेछ, र यदि उनीहरूले उसलाई पनि ब्रेनवाश गरे, र ऊ भ्रमित भएर यहूदा बनी भने, उसले मुक्तिको मौका पूर्ण रूपले गुमाउनेछे! यो सोच्दा, मैले मनमा गुनासो नगरी सक्दै सकिनँ, र सोचेँ, “परमेश्‍वरले किन मेरी छोरीको रक्षा गर्नुभएन? किन उहाँले यस्तो परिस्थिति ऊमाथि आउन दिनुभयो?” मैले मेरी छोरीलाई अतिथिसेवा गर्ने सिस्टरलाई पनि पर्याप्त होसियार नभएकी र परिस्थिति कति खतरनाक भइसकेको थियो भनेर थाहा नपाएकी र मेरी छोरीलाई समयमै अर्को अतिथिसेवाको घरमा नसारेकीमा दोष लगाएँ। त्यसपछि, म धेरै दिनसम्म नराम्रो स्थितिमा रहें—मैले खान, सुत्न, वा आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न सकिनँ, र मसँगै सहकार्य गर्ने सिस्टरले मसँग परमेश्‍वरका वचनहरू सङ्गति गर्दा मैले त्यो सुनिनँ। मैले आफ्नो कल्पना बेलगाम हुनबाट रोक्न सकिनँ। यदि मैले यसै गरिरहेँ भने, आफ्नो कर्तव्यमा ढिलाइ गर्नेछु र मेरो जीवनले कष्ट भोग्नेछ भन्‍ने मलाई थाहा थियो, त्यसैले म प्रार्थनामा परमेश्‍वरसामु आएँ, “हे परमेश्‍वर! मेरी छोरी गिरफ्तार भएदेखि नै, म एकदमै नकारात्मक र कमजोर भएकी छु र मैले तपाईँविरुद्ध गुनासो र तपाईँलाई गलतसमेत बुझेकी छु। यस परिस्थितिबाट मैले के पाठ सिक्नुपर्छ भन्‍ने मलाई थाहा छैन। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न मार्गदर्शन गर्नुहोस्।”

त्यसपछि, मसँग सहकार्य गर्ने सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड पढेर सुनाइन्: “मानिसहरूले आफ्नो हृदयमा भएका परमेश्‍वरसँग मेल नखाने, वा उहाँबारे गलत बुझेको कुनै पनि कुरा बारम्बार जाँच गर्नुपर्छ। यी गलत बुझाइहरू कसरी उत्पन्न हुन्छन्? किन मानिसहरू परमेश्‍वरलाई गलत बुझ्छन्? (किनकि तिनीहरूको स्वार्थ प्रभावित हुन्छ।) मानिसहरूले यहूदियाबाट भएको यहूदीहरूको निर्वासनका तथ्यहरू देखेपछि, दुःख मान्छन्, र भन्छन्, ‘सुरुमा, परमेश्‍वरले इस्राएलीहरूलाई धेरै प्रेम गर्नुभयो। उहाँले तिनीहरूलाई मिश्रबाट निकालेर लाल समुद्र पार गराउनुभयो स्वर्गबाट मन्न बर्साइदिनुभयो र पिउनको लागि पानीको मुहान फुटाइदिनुभयो, त्यसपछि व्यक्तिगत रूपमै डोर्‍याउन व्यवस्था दिनुभयो, र जिउने तरिका सिकाउनुभयो। मान्छेको लागि परमेश्‍वरको प्रेम प्रचुर थियो—त्यतिखेरका मानिसहरू साह्रै भाग्यशाली थिए! कसरी तिनीहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति आँखा झिमिक्क गर्दै उल्टिन पुग्यो? उहाँको त्यत्रो प्रेम कहाँ हरायो?’ मानिसहरूको भावना यसबाट पर जान सक्दैन, र तिनीहरू शङ्का गर्न थाल्छन् र भन्छन्, ‘परमेश्‍वर प्रेम हुनुहुन्छ कि हुनुहुन्‍न? इस्राएलीहरूप्रतिको उहाँको पहिलेको मनोवृत्ति अहिले किन बिलकुलै देखिँदैन? उहाँको प्रेम त नामनिसान नरही हरायो। के उहाँमा अलिकति पनि प्रेम छ?’ मानिसहरूको गलत बुझाइ यहीँबाट सुरु हुन्छ। मानिसहरूले कुन सन्दर्भमा गलत बुझाइ राख्छन्? के त्यो परमेश्‍वरका कार्यहरू मान्छेका धारणा र कल्पनाहरूसँग नमिलेर हुन सक्छ? के यही तथ्यले गर्दा मानिसहरू परमेश्‍वरलाई गलत बुझ्छन्? मान्छेले परमेश्‍वरको प्रेमको परिभाषा सीमित पार्ने भएकोले उहाँलाई गलत बुझ्छन् होइन र? तिनीहरू सोच्छन्, ‘परमेश्‍वर प्रेम हुनुहुन्छ। त्यसकारण, उहाँले मानिसहरूको ख्याल र रक्षा गर्नुपर्छ, र तिनीहरूलाई अनुग्रह र आशिष्‌ प्रदान गर्नुपर्छ। परमेश्‍वरको प्रेम भनेकै यही हो! परमेश्‍वरले मानिसहरूलाई यसरी प्रेम गर्नुभएको मलाई मन पर्छ। परमेश्‍वरले मानिसहरूलाई कति प्रेम गर्नुहुन्छ भन्‍ने कुरा मैले विशेषतः उहाँले तिनीहरूलाई लाल समुद्र पार गराएर डोर्‍यानुहुँदा देखेँ। त्यतिखेरका मानिसहरू धेरै भाग्यशाली थिए! म तिनीहरूमध्ये एक हुन सके त!’ जब तँ यस कथाबाट मोहित हुन्छस्, तब तँ परमेश्‍वरले त्यस क्षणमा प्रकाश गर्नुभएको प्रेमलाई सर्वोच्च सत्यता र उहाँको सारको एक्लो निशानको रूपमा लिन्छस्। तैँले हृदयमा उहाँको परिभाषालाई सीमित पार्छस्, र परमेश्‍वरले त्यस क्षणमा गर्नुभएका सबै कुरालाई सर्वोच्च सत्यता ठान्छस्। तँ सोच्छस्, यो परमेश्‍वरको सबैभन्दा प्रेमिलो पक्ष, र मान्छेलाई उहाँको सम्मान गर्न र डर मान्न बाध्य पार्ने कुरा हो, अनि यो परमेश्‍वरको प्रेम हो। वास्तवमा, परमेश्‍वरका कार्यहरू आफै सकारात्मक थिए, तर तेरो सीमित परिभाषाको कारण, ती तेरो दिमागका धारणाहरू, र परमेश्‍वरलाई परिभाषित गर्ने तेरो आधार बन्न पुगे। ती कुराले तँलाई परमेश्‍वरको प्रेमलाई गलत बुझ्न लगाउँछन्, मानौँ त्यसमा कृपा, वास्ता, सुरक्षा, मार्गदर्शन, अनुग्रह, र आशिष्‌बाहेक अरू केही छैन—मानौँ, परमेश्‍वरको प्रेम यति नै हो। प्रेमका यी पक्षहरूलाई किन तँ यति धेरै प्रिय ठान्छस्? के यो तेरो स्वार्थसँग जोडिएकोले हो? (हो।) यो कुन-कुन स्वार्थसँग जोडिएको छ? (देह सुख र आरामदायी जीवन।) जब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तब उहाँबाट यी चीजहरू प्राप्त गर्न चाहन्छन्, तर अरू चीज चाहँदैनन्। मान्छेले न्याय, सजाय, परीक्षा, शोधन, परमेश्‍वरको निम्ति कष्टभोग, विभिन्‍न कुराहरूको त्याग र आफूलाई समर्पित गर्ने वा यहाँसम्म कि आफ्नो जीवन बलिदान दिनेजस्ता कुराहरूबारे सोच्न चाहँदैनन्। तिनीहरू त केवल परमेश्‍वरको प्रेम, वास्ता, सुरक्षा, र मार्गदर्शनमा रमाउन चाहन्छन्, त्यसैले तिनीहरू परमेश्‍वरको प्रेमलाई उहाँको सारको एकमात्र विशेषता, र उहाँको एक्लो सारको रूपमा परिभाषित गर्छन्। के परमेश्‍वरले इस्राएलीहरूलाई लाल समुद्र पार गराउँदै डोर्‍याउने क्रममा गर्नुभएका कुराहरू मान्छेका धारणाहरूको स्रोत बनेनन् र? (हो, बने।) यसले एउटा सन्दर्भ खडा गऱ्यो जसको आधारमा मानिसहरूले परमेश्‍वरबारे धारणाहरू बनाए। यदि तिनीहरूले यसरी परमेश्‍वरबारे धारणाहरू बनाए भने, के तिनीहरूले परमेश्‍वरको काम र स्वभावबारे साँचो बुझाइ प्राप्त गर्न सक्छन् त? स्पष्ट छ, तिनीहरूले केही पनि बुझ्नेछैनन्, अनि तिनीहरूले त्यसको अपव्याख्या गर्नेछन् र त्यसबारे धारणाहरू निर्माण गर्नेछन्। यसले के प्रमाणित गर्छ भने मान्छेको बुझाइ अति सङ्कुचित हुन्छ, र त्यो साँचो बुझाइ हुँदैन। किनकि यो सत्यता नभई, मान्छेले आफ्नै धारणा, कल्पना, र स्वार्थी चाहनाको आधारमा परमेश्‍वरबाट आएको ठानी विश्लेषण गर्ने र अर्थ्याउने एक प्रकारको प्रेम र बुझाइ भएकोले, त्यो परमेश्‍वरको साँचो सारसँग मिल्दैन। परमेश्‍वरले मानिसहरूलाई कृपा, मुक्ति, वास्ता, सुरक्षा, र तिनीहरूको प्रार्थना सुनेरबाहेक अरू कुन तरिकाले प्रेम गर्नुहुन्छ? (ताडना, अनुशासन, काटछाँट, न्याय, सजाय, परीक्षा, र शोधनमार्फत।) त्यो सही हो। परमेश्‍वरले आफ्नो प्रेम अनेकौँ तरिकाले देखाउनुहुन्छ: प्रहार गरेर, ताडना दिएर, हप्काएर, अनि न्याय, सजाय, परीक्षा, शोधन आदि इत्यादिमार्फत। यी सबै परमेश्‍वरको प्रेमका पक्षहरू हुन्। यो दृष्टिकोण मात्र विस्तृत र सत्यताबमोजिम छ। यदि तैँले यो बुझिस् भने, आफूलाई जाँचेर आफूले परमेश्‍वरलाई गलत बुझेको रहेछ भनी थाहा पाउँदा, के आफ्नो विकृत चिन्न, र आफूले कहाँनेर गल्ती गरेको रहेछु भनेर चिन्तन गर्न सक्दैनस् र? के यसले तँलाई परमेश्‍वरबारे तेरा गलतबुझाइहरू सुल्झाउन मद्दत गर्न सक्दैन र? (हो, सक्छ।) तैँले यो कुरा हासिल गर्न सत्यता खोजी गर्नैपर्छ। यदि मानिसहरूले सत्यता खोजी गरे भने, परमेश्‍वरबारे आफ्ना गलतबुझाइहरू हटाउन सक्छन्, र तिनीहरूले परमेश्‍वरबारे आफ्ना गलतबुझाइहरू हटाएपछि, परमेश्‍वरका सबै बन्दोबस्तहरू पालना गर्न सक्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ)। मैले परमेश्‍वरका वचनहरू पढेर के बुझेँ भने म परमेश्‍वरलाई गलत बुझ्ने स्थितिमा जिइरहेकी थिएँ किनभने मैले परमेश्‍वर प्रेमलाई सीमित पारेको थिएँ। मैले आफ्ना धारणा र कल्पनाहरूमा, परमेश्‍वरको प्रेममा कृपा, दयालुपन, सुरक्षा र आशिष्‌हरू हुन्छन् भन्‍ने विश्‍वास गरेँ। सतावट, कठिनाइ, परीक्षा र शोधन मेरो धारणासँग मेल खाँदैनथे र मैले ती परमेश्‍वरको प्रेम होइनन् भनेर विश्‍वास गरेँ, त्यसैले मेरी छोरी गिरफ्तार भएपछि, मैले परमेश्‍वरविरुद्ध गुनासो गरेँ र उहाँलाई गलत बुझेँ अनि उहाँले योजनाबद्ध गरेको परिस्थितिमा समर्पित हुन सकिनँ। मैले विगतमा प्रहरीले मेरो खेदो गरिरहेकाले घर छोड्न बाध्य भएकी थिएँ भन्नबारे चिन्तन गरेँ। त्यो बेला, मेरी छोरी निकै सानी थिई र ऊ परमेश्‍वरको हेरचाह र सुरक्षामा स्वस्थ रूपमा हुर्कन सकी। मैले परमेश्‍वरको प्रेममा यही समावेश हुन्छ भन्‍ने सोचेँ। परमेश्‍वरमा विश्‍वास गरेपछि, मेरी छोरीले मण्डलीमा आफ्नो कर्तव्य गर्न थाली। मैले सोचेँ, हाम्रो पूरै परिवारले परमेश्‍वरका लागि आफूलाई समर्पित गरिरहेकाले, निश्चय नै हामीसँग राम्रो परिणाम र गन्तव्य हुनेछ, त्यसैले मलाई यो परमेश्‍वरको प्रेम हो भन्‍ने झनै लाग्यो र मनमनै परमेश्‍वरलाई धन्यवाद दिएँ। अब, मेरी छोरी गिरफ्तार भएकी थिई र उसलाई यातना दिइने सम्भावना धेरै थियो। यदि ऊ यो सतावट सहन नसकेर यहूदा बनी भने, उसले मुक्तिको मौका गुमाउनेथिई। यसले मलाई परमेश्‍वरको प्रेममाथि शङ्का गर्न, मेरी छोरीको रक्षा नगरेकामा परमेश्‍वरविरुद्ध गुनासो गर्न र हृदयमा उहाँबारे गलतफहमी विकास गर्न लगायो। परमेश्‍वरको प्रेमबारे मेरो दृष्टिकोण पूर्ण रूपमा आफूलाई अनुकूल हुने कुरामा आधारित थियो। यदि परमेश्‍वरले मेरो परिवारका लागि सबै कुरा सुगम र शान्तिपूर्ण भएको सुनिश्चित गर्नुभएको भए र परिणामहरू मेरो परिवारको लागि अनुकूल भएका भए, म परमेश्‍वर प्रेम हुनुहुन्छ भनेर भन्‍नेथिएँ। तर परिस्थितिहरू मेरा धारणासँग मेल नखाँदा र मेरो परिवारका लागि अनुकूल नहुँदा, म परमेश्‍वरको प्रेमलाई इन्कार गर्नेथिएँ। मैले परमेश्‍वरको प्रेममा कृपा, दयालुपन, सुरक्षा र आशिष्‌हरू हुन्छन् भनेर सोचेँ, तर यो मेरो धारणा र कल्पना थियो र सत्यसँग मेल खाँदैनथ्यो। परमेश्‍वरको प्रेममा कृपा र दयालुपन मात्र होइन, न्याय, सजाय, परीक्षा र शोधनहरू पनि हुन्छन्। मेरी छोरीको गिरफ्तारी नराम्रो कुरा जस्तो देखिन सक्थ्यो, तर यदि उसले सत्यता खोज्न र आफ्नो गवाहीमा दृढ रहन सकेकी भए, उसको आस्था र कष्ट भोग्ने इच्छा सिद्ध पारिनेथ्यो। यो वास्तवमा मेरी छोरीका लागि राम्रो कुरा हुनेथ्यो। त्यसबाहेक, मेरी छोरीको गिरफ्तारीले परमेश्‍वरप्रतिका मेरा धारणा, कल्पना र असमझदार मागहरू प्रकट गर्न मद्दत गर्‍यो, जसले गर्दा मैले आफ्नो भ्रष्टता र अशुद्धताहरूबारे चिन्तन गर्न सकेँ। मैले के पनि बुझेँ भने व्यक्तिले आफ्नो आस्थामा अनुग्रह र आशिष्‌हरू खोज्नु हुँदैन र सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्नुपर्छ: परमेश्‍वरका काम र वचनहरू अनुभव गर्नुपर्छ, सत्यता प्राप्त गर्नुपर्छ, भ्रष्टता फाल्नुपर्छ र स्वभाव परिवर्तन गर्नुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि, त्यो सधैं उहाँको मुक्ति र प्रेमको प्रकटीकरण हो भन्‍ने मैले देखेँ।

त्यसपछि, मैले आफ्नो समस्याका सम्बन्धमा खोजी गरिरहेँ। मैले मेरी छोरी गिरफ्तार हुँदा, हृदयमा परमेश्‍वरसँग निरन्तर माग र उहाँविरुद्ध गुनासो गरेँ—मेरो समस्याको प्रकृति के थियो? मैले आफ्नो खोजीका क्रममा, परमेश्‍वरका वचनहरूको यो खण्ड भेट्टाएँ: “कतिपय अज्ञानी आमाबुबा जीवन वा नियति बोध गर्न सक्दैनन्, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता चिन्दैनन्, र तिनीहरू छोराछोरीबारे अज्ञानी कामहरू गर्न प्रवृत्त हुन्छन्। उदाहरणको लागि, आत्मनिर्भर बनेपछि, छोराछोरीलाई केही विशेष परिस्थिति, कठिनाइ वा ठूला घटनाहरू आइपर्न सक्छन्; कतिपय बिरामी हुन्छन्, कतिपय मुद्दामा फस्छन्, कतिपयको सम्बन्धविच्छेद हुन्छ, कतिपय धोका र ठगीमा पर्छन्, र कतिपयलाई अपहरण गरिन्छ, क्षति पुर्‍याइन्छ, गम्भीर कुटपिट गरिन्छ, वा मृत्यु आइलाग्छ। कतिपय त लागूपदार्थ, र आदि इत्यादि दुर्व्यसनमा समेत फस्छन्। यी विशेष र महत्त्वपूर्ण परिस्थितिहरूमा आमाबुबाले के गर्नुपर्छ? अधिकांश आमाबुबाहरूको खाट्टी प्रतिक्रिया के हुन्छ? के आमाबुबाको नाताले तिनीहरूले सृष्टि गरिएको प्राणीले गर्नुपर्ने काम गर्छन्? आमाबुबाले यस्ता समाचार सुनेर जसरी प्रतिक्रिया दिन्छन्, यदि कुनै नौलो मान्छेमाथि यस्ता घटनाहरू घट्ने हो भने, तिनीहरूले त्यसरी त विरलै मात्र प्रतिक्रिया जनाउँछन्। अधिकांश आमाबुबाहरू कपाल फल्ने गरी रातभर जागै बस्छन्, तिनीहरूलाई रातैपिच्छे निन्द्रा लाग्दैन, दिनमा भोक लाग्दैन, तिनीहरू दिमाग खियाउँदै सोच्छन्, र कतिपय त आँखा रातो हुन्जेल र आँसु सुकुन्जेल रुन्छन्। तिनीहरूले आफ्नो आस्थाबारे विचार गरिदिनुहोस् र आफ्ना बच्चाहरूलाई सुरक्षा गरिदिनुहोस्, तिनीहरूमाथि निगाह गरिदिनुहोस् र आशिष् दिइदिनुहोस्, कृपा देखाइदिनुहोस् र जीवन बचाइदिनुहोस् भनी उत्कट रूपमा परमेश्‍वरलाई प्रार्थना गर्छन्। आमाबुबाहरू यस्तो परिस्थितिमा पर्दा, तिनीहरूका कमजोरी, नाजुकता र छोराछोरीप्रतिका तिनीहरूका भावना सबै पर्दाफास हुन्छन्। अनि, अर्को के कुरा पर्दाफास हुन्छ? परमेश्‍वरविरुद्धको तिनीहरूको विद्रोहीपन। तिनीहरू परमेश्‍वरलाई बिन्ती र प्रार्थना गर्छन्, र आफ्ना बच्चाहरूलाई सङ्कटबाट जोगाउन अनुनय विनय गर्छन्। तिनीहरू कुनै विपत्‌ आउँदा पनि आफ्ना छोराछोरी नमरून्, खतराबाट उम्‍कन सकून्, दुष्ट मानिसहरूको हानिमा नपरून्, र उनीहरूको रोग गम्भीर नहोस् बरु निको होस् भनेर प्रार्थना गर्छन्। अनि, तिनीहरू साँच्चिकै केको लागि प्रार्थना गरिरहेका हुन्छन्? (परमेश्‍वर, यी प्रार्थनामार्फत तिनीहरू गुनासोको सङ्केत गर्दै परमेश्‍वरसामु मागहरू राखिरहेका हुन्छन्।) एकातिर, तिनीहरू छोराछोरीको पीडाप्रति अत्यन्तै असन्तुष्ट भएका हुन्छन्, र परमेश्‍वरले तिनीहरूका छोराछोरीलाई यस्ता कुराहरू हुन नदिनुभएको भए हुन्थ्यो भनी गुनासो गर्छन्। तिनीहरूको असन्तुष्टिमा गुनासो मिसिएको हुन्छ, र तिनीहरू परमेश्‍वरलाई उहाँको मन परिवर्तन गर्न, यस्तो कार्य नगर्न, तिनीहरूका छोराछोरीलाई खतरामुक्त पार्न, उनीहरूलाई सुरक्षित राख्‍न, उनीहरूको रोग निको पार्न, उनीहरूलाई मुद्दाबाट पन्छिन मद्दत गर्न, र सङ्कट आइपर्दा त्यसलाई रोक्‍न, र आदि इत्यादि कुराहरू गर्न—र छोटकरीमा भन्दा, सबथोक राम्ररी चल्ने बनाइदिन आग्रह गर्छन्। यसरी प्रार्थना गरेर, एकातिर तिनीहरू परमेश्‍वरसित गुनासो गरिरहेका हुन्छन्, र अर्कोतिर, तिनीहरू उहाँसित माग गरिरहेका हुन्छन्। के यो विद्रोहीपनको प्रकटीकरण होइन र? (हो।) अप्रत्यक्ष रूपमा, तिनीहरू परमेश्‍वरले जे गरिरहनुभएको छ त्यो ठिक वा राम्रो होइन, र उहाँले त्यस्तो कार्य गर्नु हुँदैन भनेर भनिरहेका हुन्छन्। यिनीहरू तिनीहरूका छोराछोरी भएकाले र उनीहरू विश्‍वासी भएकाले, तिनीहरू आफ्ना बच्चाहरूमाथि परमेश्‍वरले यस्ता कुराहरू हुन दिनु हुँदैन भन्‍ने सोच्छन्। तिनीहरूलाई लाग्छ, तिनीहरूका छोराछोरी अरूभन्दा फरक छन्; र परमेश्‍वरको आशिष्‌मा उनीहरूले प्राथमिकता पाउनुपर्छ। परमेश्‍वरमाथिको तिनीहरूको आस्थाको कारण, उहाँले तिनीहरूका छोराछोरीलाई आशिषित् तुल्याउनुपर्छ, र यदि तुल्याउनुभएन भने, तिनीहरू निराश हुन्छन्, रुन्छन्, रिस पोख्छन्, र त्यसउप्रान्त परमेश्‍वरलाई पछ्याउन चाहँदैनन्। यदि तिनीहरूको बच्चा मर्‍यो भने, तिनीहरू आफू पनि जिइरहन नसक्ने महसुस गर्छन्। के तिनीहरूको मनमा हुने भावना यही होइन र? (हजुर।) के यो परमेश्‍वरको विरोध होइन र? (हो।) यो परमेश्‍वरको विरोध गर्नु हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वर कसरी आमाबाबुले आफ्ना छोराछोरीहरू दुर्भाग्यमा पर्दा कसरी उहाँसँग असमझदार अनुरोधहरू गर्छन्, परमेश्‍वरले यसरी वा त्यसरी काम गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन् र यदि उहाँले त्यहीअनुसार काम गर्नुभएन भने उहाँबारे गुनासो गर्छन् भनेर खुलासा गर्नुहुन्छ। यो परमेश्‍वरविरुद्ध विरोध गर्नु हो। म यस्तै स्थितिमा थिएँ। मेरी छोरी गिरफ्तार भएकी सुन्नेबित्तिकै, म प्रहरीले उसलाई यातना दिनेछ र सताउनेछ भनेर चिन्तित र त्रसित भएँ, अनि म उसले आफ्ना ब्रदर-सिस्टरहरूलाई धोका दिनेछे, यहूदा बन्नेछे र राम्रो परिणाम पाउनेछैन भनेर झनै चिन्तित भएँ। मैले थाहै नपाई परमेश्‍वरविरुद्ध गुनासो गर्न थालेँ, र सोचेँ, “आखिर, मेरी छोरीले पूर्ण-समय परमेश्‍वरका लागि आफूलाई समर्पित गर्न आफ्नो करियर त्यागी। परमेश्‍वरले उसलाई कसरी रक्षा गर्नुभएन?” मैले सधैँ या त परमेश्‍वरलाई गलत बुझिरहेकी थिएँ वा उहाँसँग असमझदार मागहरू गरिरहेकी थिएँ। म कति समझहीन रहेछु! मैले हामीले हरेक दिन सामना गर्ने हरेक परिस्थितिमाथि परमेश्‍वर कसरी सार्वभौमिकता राख्नुहुन्छ र त्यो बन्दोबस्त गर्नुहुन्छ भनेर सोचेँ। तैपनि, मैले परमेश्‍वरको सार्वभौमिकता बुझिनँ अनि मेरी छोरी गिरफ्तार हुँदा म असमझदार र परमेश्‍वरप्रति विरोधी भएँ। त्यसपछि, मसँगै सहकार्य गर्ने सिस्टरले मसँग परमेश्‍वरका वचनहरू सङ्गति गर्ने प्रयास गर्दा, मैले उनको कुरासमेत सुनिनँ र परमेश्‍वरका वचनहरू स्विकारिनँ। यदि मैले आफ्नो यो स्थिति समाधान नगरेकी र मेरी छोरीलाई केही नराम्रो भएको भए, म पक्कै पनि गुनासो गर्नेथिएँ र सायद परमेश्‍वरविरुद्ध गएर उहाँलाई विश्‍वासघातसमेत गर्नेथिएँ! मैले अय्यूबले परीक्षाहरू भोग्दा र आफ्ना सबै सम्पत्ति र छोराछोरी गुमाउँदा र उनको शरीरमा घाउ निस्कँदा, कसरी उनले परमेश्‍वरले उनलाई सम्पत्ति र छोराछोरी दिनुभएको थियो र परमेश्‍वरको अनुमतिले ती खोसिएका थिए भनेर स्विकारेको कुरा सम्झेँ। त्यसैले, उनले परमेश्‍वरसँग गुनासो वा तर्क गरेनन्, र उनी परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन र परमेश्‍वरको नामको प्रशंसा गर्नसमेत सक्षम भए। मैले भने आफ्नी छोरीको गिरफ्तारीको सामना गर्दा, परमेश्‍वरको सर्वशक्तिमानता, सार्वभौमिकता र अख्तियारलाई शङ्का गर्न थालेँ, चिन्ता गरिरहेँ र डर मानिरहेँ अनि परमेश्‍वरसँग माग र तर्कसमेत गरिरहेँ। मैले परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरिरहेकी थिएँ! मैले यो कुरा बुझेपछि अबदेखि परमेश्‍वरविरुद्ध विद्रोह गर्न वा उहाँको प्रतिरोध गर्न चाहिनँ। मेरी छोरीलाई जेसुकै भए पनि, उसलाई यातना दिइएको भए पनि वा नभए पनि, वा उसको राम्रो गन्तव्य र परिणाम होस् वा नहोस्, म परमेश्‍वरविरुद्ध गुनासो गर्नेथिइनँ र सबै कुरामा उहाँका सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनेथिएँ।

पछि, मैले परमेश्‍वरका वचनका यी खण्डहरू फेला पारें: “परमेश्‍वरको नजरमा, छोराछोरी र आमाबुबाको जीवन स्वतन्त्र हुन्छ। तिनीहरू एकअर्काको स्वामित्वमा हुँदैनन्, र तिनीहरूको दर्जायुक्त सम्बन्ध हुँदैन। अनि अवश्य नै, तिनीहरूको स्वामित्व राख्ने वा स्वामित्वमा हुने सम्बन्ध पनि निश्‍चय नै हुँदैन। तिनीहरूको जीवन परमेश्‍वरबाट आउँछन्, र परमेश्‍वर तिनीहरूको नियतिमाथिको सार्वभौम हुनुहुन्छ। छोराछोरी आमाबुबाबाट जन्मने, आमाबुबाहरू छोराछोरीभन्दा पाको उमेरका हुने, र छोराछोरी आमाबुबाभन्दा कम उमेरका हुने मात्र हो; तर यो सम्बन्ध, र यो सतही घटना-प्रक्रियाको आधारमा, छोराछोरी आमाबुबाका सामान र निजी सम्पत्ति हुन् भनेर मानिसहरू विश्‍वास गर्छन्। यो त मामलालाई जडसम्‍मै पुगेर हेर्नु होइन, सतही तह, दैहिकता र आफ्नो स्नेहमा आधारित भएर सोच्नु मात्र हो। त्यसकारण, यो सोच्ने शैली आफैमा गलत छ, र यो दृष्टिकोण सही छैन। के यो यस्तै होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। “जन्‍म दिने र हुर्काउनेबाहेक, छोराछोरीको जीवनमा आमाबाबुको जिम्‍मेवारी भनेको तिनीहरूलाई हुर्कनका निम्ति औपचारिक वातावरण दिनु मात्रै हो, र कुरा त्यति हो, किनभने सृष्टिकर्ताको पूर्वनिर्धारित योजनाले बाहेक व्यक्तिको नियतिमा अरू केहीले पनि प्रभाव पार्दैन। कुनै व्यक्तिको भविष्य कस्तो हुनेछ भन्ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन; यो धेरै पहिले अग्रिम रूपमा पूर्वनिर्धारण गरिएको हुन्छ, र व्यक्तिको बाबुआमाले समेत उसको नियति परिवर्तन गर्न सक्दैन। नियतिका बारेमा भन्नुपर्दा, हरेक व्यक्ति स्वतन्त्र हुन्छ, र हरेकको आ-आफ्‍नै नियति हुन्छ। त्यसैले, कसैको बाबुआमाले उसको जीवनको नियतिलाई पटक्कै बाधा दिन सक्दैन वा उसले जीवनमा खेल्‍ने भूमिकामा अलिकति पनि प्रभाव पार्न सक्दैन। के भन्‍न सकिन्छ भने, व्यक्तिले जुन परिवारमा जन्‍मिने र जुन वातावरणमा हुर्कने नियति ल्याएर आएको हुन्छ, त्यो जीवनमा व्यक्तिको मिसनलाई पूरा गर्ने पूर्वसर्त बाहेक केही पनि होइन। तिनीहरूले कुनै पनि हालतमा व्यक्तिको जीवनको नियतिलाई निर्धारित गर्दैनन् वा जुन प्रकारको नियतिमा व्यक्तिले आफ्‍नो मिसन पूरा गर्छ त्यसलाई निर्धारित गर्दैनन्। यसरी, जीवनमा व्यक्तिको मिसनलाई हासिल गर्नमा उसलाई उसका बाबुआमाले सहयोग गर्न सक्दैनन्, त्यसै गरी, कसैका आफन्तले व्यक्तिलाई उसको जीवनको भूमिका निर्वाह गर्न सहयोग गर्न सक्दैनन्। व्यक्तिले आफ्‍नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जिउने वातावरणमा आफ्‍नो भूमिका निर्वाह गर्छ त्यसलाई पूर्ण रूपमा व्यक्तिको जीवनको नियतिले नै निर्धारित गर्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। मैले परमेश्‍वरका वचनहरूमार्फत के बुझेँ भने मेरी छोरी मेरै रगत र मासु भएकीले उसलाई आफ्नो “व्यक्तिगत सम्पत्ति” ठान्नु गलत थियो, मानिसको जीवन परमेश्‍वरबाट आउँछ—परमेश्‍वरले नै मानिसलाई जीवनको सास दिनुहुन्छ। आमाबाबुको भूमिका केवल छोराछोरीलाई जन्म दिनु र उनीहरूलाई वयस्क नहुन्जेल हुर्काउनु हो। यो पूरा भएपछि, हाम्रो मिशन सकिन्छ। हरेक व्यक्ति स्वतन्त्र छ; आमाबाबु र छोराछोरीका आ-आफ्नै भवितव्य हुन्छन् र हामी प्रत्येकले सृष्टिकर्ताले पूर्वनिर्धारित गरेको मार्गअनुसार जिउनैपर्छ, आफ्ना जिम्मेवारीहरू पूरा गर्नैपर्छ। मैले के पनि बुझेँ भने परमेश्‍वरको सार्वभौमिकताबारे बुझाइ नहुनु नै मेरी छोरीको देहले कष्ट भोग्ला भन्‍ने मेरो चिन्ता र उसको सट्टा आमाको नाताले मैले कष्ट भोग्न चाहनुको कारण थियो। वास्तवमा, हामीले कस्ता अनुभवहरू गर्नेछौँ, कस्तो कष्ट भोग्नेछौँ र जीवनमा कस्तो भूमिका खेल्नैपर्छ भन्‍ने कुरा पूर्वनिर्धारित हुन्छ, त्यसैले मेरो चिन्ता अनावश्यक थियो। मैले जति नै चिन्ता गरे पनि, त्यसले केही परिवर्तन गर्नेथिएन र मेरी छोरीको भविष्य र भवितव्यमा कुनै प्रभाव पार्नेथिएन। यदि गिरफ्तार भएपछि, मेरी छोरीले आफ्नो ज्यान जोगाउन आवश्यक जुनसुकै कुरा डरपोक हुँदै गरेकी, आफ्ना स्वार्थको रक्षा गर्न आफ्ना ब्रदर-सिस्टरहरूलाई धोका दिएकी, यहूदा बनेकी र निष्कासित भएकी भए, त्यो उसको प्रकृति सार र उसले हिँडेको मार्गले निर्धारण गरेको थियो। त्यो कसैले परिवर्तन गर्न सक्दैनथ्यो। यो बुझेपछि, मलाई तुरुन्तै अलि स्पष्ट महसुस भयो। मलाई मैले मेरी छोरीलाई परमेश्‍वरको हातमा सुम्पनुपर्छ, म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ, मैले आफ्नो काममा मन लगाउनुपर्छ र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ भन्‍ने थाहा थियो। पछि, मैले परमेश्‍वरका केही वचन खाएपछि र पिएपछि, परमेश्‍वरले आखिरी दिनहरूमा गरिरहेको काम मानिसहरूलाई सिद्ध पार्ने, र प्रकट गर्ने र हटाउने काम हो भन्‍ने बुझेँ। परमेश्‍वर मण्डलीलाई शुद्ध पार्न ठूलो रातो अजिङ्गरलाई प्रयोग गर्नुहुन्छ। सत्यता पछ्याउनेहरूका लागि, सीसीपीले जुनै दुष्ट षड्यन्त्र रचे पनि वा जुनै अफवाह र भ्रमहरू बनाए पनि, उनीहरू बहकिनेछैनन्, परमेश्‍वरलाई इन्कार वा विश्‍वासघात गर्नेछैनन् र परमेश्‍वरप्रति आफ्नो गवाहीमा दृढ हुन सक्नेछन्। सत्यता नपछ्याउने र परमेश्‍वरका नभएकाहरू चाहिँ यी वातावरणहरूमार्फत् प्रकट गरिनेछन् र हटाइनेछन्। परमेश्‍वर मानिसहरूलाई जाँच्न यी प्रतिकूल परिस्थितिहरू प्रयोग गर्नुहुन्छ: आफ्नो गवाहीमा दृढ रहनेहरू गहुँ हुन्, जबकि दृढ रहन नसक्नेहरू त्यागिएका भुस हुन्। यो मानिसहरूलाई जाँच्ने परमेश्‍वरको प्रक्रियाको एउटा विधि हो र परमेश्‍वरको कामको बुद्धि हो। मेरी छोरीले यो जाँच पास गर्न सक्छे कि सक्दिन र गवाही दिन सक्छे कि सक्दिन भन्‍ने कुरा सामान्य समयमा उसले कसरी सत्यता पछ्याउँथी भन्‍नेमा निर्भर गर्थ्यो र उसको प्रकृति सार र उसले रोजेको मार्गमा पनि निर्भर गर्थ्यो। यदि ऊ परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा दृढ रहन सकी भने, त्यसले ऊ परमेश्‍वरमा साँचो विश्‍वास गर्थी भन्‍ने देखाउनेथियो। यस परीक्षाको दौरान, यदि उसले परमेश्‍वरलाई इन्कार र विश्‍वासघात गरी भने, यो उसलाई प्रकट गर्ने परमेश्‍वरको तरिका हुनेथियो। परमेश्‍वर सबै मानिसप्रति धर्मी हुनुहुन्छ। यो बुझेपछि, मलाई स्वतन्त्र र शान्त लाग्यो।

मेरी छोरी गिरफ्तार भएको दुई महिना भइसक्यो र मैले उसको अवस्थाबारे अझै कुनै खबर सुनेकी छैनँ, तर मलाई थाहा छ, उसको भवितव्य परमेश्‍वरको हातमा छ र म उसको अवस्थाद्वारा बाँधिएकी छैनँ। त्यसबाहेक, मैले के बुझेकी छु भने मैले अझै पनि आफ्नो कर्तव्य गर्ने र आफ्ना जिम्मेवारीहरू राम्ररी निर्वाह गर्ने अवसरहरूको कदर गर्नुपर्छ। मैले आफ्नी छोरीप्रतिको चिन्ता र फिक्रीलाई पन्छापछि, आफ्नो कर्तव्यमा मन लगाउन सक्छु।

अघिल्लो:  १०. “अरूका कमीकमजोरीमाथि औँला नउठाउनु” पछाडि लुकेको मनसाय

अर्को:  १३. पाष्टरहरूसँगको मेरो वादविवाद

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger