६२. मैले बल्ल केही आत्मचेतना प्राप्त गरेको छु
एक दिन हिउँदको साँझतिर स्टुडियोमा घामको न्यानो ज्योति आइरहेको थियो। जियाङ नीङ, यी चेन, र लीयू फेइ आफ्नो अर्को नवीन चित्रकला परियोजनाबारे सक्रिय रूपमा छलफल गरिरहेका थिए। यो काम निकै गाह्रो भए पनि, तिनीहरू विश्वासले भरिएका थिए, विशेष गरी जिङ नीङको, जसको अनुहारमा आत्मविश्वास बलेको थियो र उसले सोचिन्, “चित्रकलासम्बन्धी मेरो आधारभूत शिक्षा राम्रो छ र रचना र रङ सिद्धान्तको मेरो बुझाइ पनि निकै राम्रो छ। म चलाख पनि छु, सिक्ने क्षमता पनि राम्रो छ, र म नयाँ कुराहरू तुरुन्तै स्वीकार गर्छु, र जबसम्म मसँग अध्ययन र अभ्यास गर्ने धेरै समय हुन्छ, तबसम्म मैले अवश्य नै यी सीपहरूमा प्रभुत्व जमाउनेछु र यस शैलीमा रचनाहरू बनाउनेछु।” त्यसपछि तिनीहरू तीन जनाले अध्ययन गर्नका लागि विभिन्न सामग्रीहरू खोज्न थाले, एक-अर्कासँग आफ्ना निष्कर्षहरू आदानप्रदान गर्न थाले। तिनीहरूको सुपरभाइजर पनि तिनीहरूसँग अध्ययन गर्न प्रायजसो आउने गर्थ्यो। केही समयपछि, जियाङ नीङले आफूले यो नयाँ चित्रकला शैलीलाई आत्मसात गरिसकेको छु भन्ने महसुस गरिन्। यी चेन र लीयू फेइले पनि जियाङ नीङ सिक्न सिपालु व्यक्ति हो, उसले बनाइरहेका चित्रहरू राम्रा छन्, र जियाङ नीङले पछि आफ्नो अध्ययनमा आफूले सिकेको र प्राप्त गरेको कुरा तिनीहरूलाई बताउनुपर्छ भनेर भने। जियाङ नीङ तिनीहरूको प्रशंसा सुन्दा खुशी भइन्, र उसले सोचिन्, “मेरो सीप मेरा सहकर्मीहरूका भन्दा राम्रो छ, म तिनीहरूसँग चित्रकलाका अवधारणाहरूबारे छलफल गर्दा प्रायः उत्प्रेरित हुन्छु, र म समूहमा अग्रणी भूमिका खेल्छु।” जति उनले यसरी सोच्थिन्, त्यति नै उनी आफैमा मग्न हुन्थिन्, र अन्जानमै, उनले आफूलाई श्रेष्ठ ठान्दै आफ्नो कर्तव्य पूरा गर्न थालिन्।
एक दिन बिहान, जियाङ नीङ, यी चेन, र लीयू फेइ चित्रको संयोजनबारे छलफल गरिरहेका थिए। आफ्नो राय व्यक्त गरेपछि, जियाङ नीङले आफ्ना सिस्टरहरूका दृष्टिकोण ध्यान दिएर सुनिन्, तर उनले जति सुन्थिन्, त्यति नै उनको निधार खुम्चन्थ्यो, र उनको अनुहारमा तिरस्कारको भाव देखा पर्यो। उनले सोचिन्, “म तिमीहरू दुवैभन्दा प्रतिभाशाली चित्रकार हुँ। नयाँ प्रविधिहरू अध्ययन गर्दा, म तिनलाई तिमीहरूभन्दा छिटो सिक्छु। साथै, सिद्धान्तहरूमा मेरो पकड धेरै राम्रो छ। मैले अहिले व्यावहारिक प्रयोगहरूलाई कसरी गलत अर्थ्याउन सकेँ? तिमीहरू दुवैले किन मेरो मात्र राय सुन्दैनौ?” लीयू फेइले कुरा सक्न नपाउँदै, जियाङ नीङले अधीर हुँदै बीचमै कुरा काटिन्, र सीधै सोधिन्, “तिमी भन्छौ चित्रमा केही गडबड छ। ठ्याक्कै के हो भन्न सक्छौ? के छुटेको छ? यसलाई कसरी सुधार्नुपर्छ? यति अस्पष्ट नबन, तिमीले के भन्न खोजिरहेकी छौ म बुझ्दिनँ।” जियाङ नीङको अवरोधले एक क्षण स्तब्ध भएर, लीयू फेइले असहज हुँदै जवाफ दिइन्, “अहिले मसँग एउटा अवधारणा मात्रै छ, अहिलेसम्म विवरणहरूमा त्यति धेरै विचार गरेकी छैनँ—” लीयू फेइलाई कुरा सिध्याउन नदिई, उसले आफ्नो दृष्टिकोण स्वीकार गरोस् भनेर अधीर हुँदै जियाङ नीङले हतार-हतार आफ्नो राय दोहोर्याइन्। यी चेन र लीयू फेइ हेर्दै असहज देखिन्थे, र कोठामा मौनता छायो। वातावरण तनावपूर्ण भएको देखेर, जियाङ नीङलाई अलिक दोषी महसुस भयो, “के म अति दबाब दिने खालकी र अहङ्कारी भएँ कि?” तर त्यसपछि उनले सोचिन्, “समस्याहरूबारे छलफल गर्दा केही मतभेद हुनु सामान्य कुरा हो,” र उनले आफ्ना समस्याहरूबारे चिन्तन गरिनन्। पछि, जियाङ नीङले सुपरभाइजरबाट आफ्ना दृष्टिकोणहरू गलत रहेका, र काम प्रभावित भएको भन्ने थाहा पाइन्, तर उनले अझै पनि आत्मचिन्तन गरिनन्। उनले आफ्ना सिस्टरहरूसँग प्रायजसो आफ्ना कर्तव्यसँग सम्बन्धित मामलाहरूमा विवाद गर्थिन्, र सुपरभाइजरले तिनीहरूसँग सद्भावपूर्ण सहकार्यबारे सङ्गति गरिन् र जियाङ नीङलाई उनको अहङ्कारी स्वभावबारे केही सुझाव र मद्दत दिइन्, तर उनले यीमध्ये कुनै कुरालाई आत्मसात गरिनन्। उनलाई आफूले केही हदसम्म अहङ्कारी स्वभाव प्रकट गरे पनि, आफ्नो कर्तव्यमा भूमिका खेल्न सक्ने र आफ्ना रायहरू सामान्यतया सही हुने हुनाले, आफू अलिक अहङ्कारी भए पनि त्यो ठूलो कुरा होइन जस्तो लाग्थ्यो। त्यसकारण जब जियाङ नीङ आफ्ना सिस्टरहरूसँग असहमत हुन्थिन्, तब उनी लगभग कहिल्यै पछि हट्दैनथिइन्। उनले सधैँ आफ्ना रायहरू बारम्बार दोहोर्याइरहन्थिन्, आफ्ना दुई सिस्टरहरूलाई आफ्नो कुरा सुन्नलाई मनाउन खोज्थिन्। उनी हृदयमा एउटै विचारमा अडिएकी थिइन्, “तिमीहरू दुवै गलत छौ, र मैले भनेको कुरा मात्रै सिद्धान्तअनुरूप हुन्छ।” उनको मनोवृत्तिको कारण, उनका दुई सिस्टरहरूलाई कसरी सङ्गति गर्ने हो भन्ने थाहा हुन्थेन। कहिलेकहीँ जब तीनै जनाले सँगै एउटा चित्रबारे छलफल गर्थे, तब तिनीहरूका छलफलहरू प्रायजसो बीचमै अड्किन्थे, जसले गर्दा बाँकी कामको चाङ झन्-झन् बढ्दै जान्थ्यो। यो देखेर, जियाङ नीङले आफू अत्यन्तै अहङ्कारी भएको र सधैँ आफ्नै दृष्टिकोणहरूमा जिद्दी गरिरहेको, र यसले प्रगतिमा गम्भीर ढिलाइ भइरहेको महसुस गरिन्। उनले अबदेखि आफू यस्तो हुनु हुन्न भन्ने सोचिन्। तैपनि, जब सिस्टरहरूले फेरि सुझाव दिन्थे, उनले आफ्नै दृष्टिकोणमा जिद्दी गरिरहन्थिन्, र आफ्नै अवधारणाअनुसार परिमार्जन गर्थिन्, जसको अर्थ पछि थप छलफलहरूमा अझ बढी समय खर्चिनुपर्थ्यो, जसले प्रगतिमा ढिलाइ गरायो। अन्त्यमा, सिस्टरहरूका सुझावहरू सही थिए र जियाङ नीङले प्रावधानहरूको पालना गरिरहेकी थिइन् भन्ने कुरा पुष्टि भयो। यसरी, तिनीहरू सधैँ अप्रभावकारी रूपमा काम गरिरहेका थिए, र तिनीहरूको कामको प्रगतिमा सुधार आउन सकेन। जियाङ नीङ अत्यन्तै अहङ्कारी, सधैँ हठी भएकी हुनाले, र कसैको सल्लाह नमान्ने भएकी हुनाले, उनले बनाएका चित्रहरूमा प्रायजसो धेरै समस्या हुन्थे र तिनलाई फेरि बनाउनुपर्थ्यो। तिनीहरूका सुपरभाइजरले जियाङ नीङका समस्याहरू विशेष रूपमा औँल्याइदिइन्, काममा किन यति धेरै समस्याहरू आए, र उनको अहङ्कारी स्वभावसँग यसको कुनै सम्बन्ध रहे नरहेको कुरामा उनलाई चिन्तन गर्न मार्गदर्शन गरिन्। तर जियाङ नीङले यो कुरा स्वीकार गर्न सकिनन्, र सोचिन्, “आफ्नो कर्तव्यमा कसले गल्ती गर्दैन र? सिद्धान्त र प्रविधिहरूलाई मैले राम्रोसँग बुझेकी छु, र यी विचलनहरू केवल क्षणिक भूल मात्र हुन्। अर्को पटक, म मेरा प्रविधिहरू सुधार्न थप मेहनत गर्नेछु र अझ होसियार हुनेछु, अनि म यी गल्तीहरू गर्नबाट जोगिनेछु।” जियाओ यीले जियाङ नीङ सिपालु चित्रकार हो भन्ने सुनेका थिए र उनलाई प्रायजसो पत्र लेख्थे, र आफ्ना चित्रहरूमा उनको मार्गदर्शन माग्थे। जियाङ नीङलाई यो आफूभन्दा एकदमै तलको काम हो जस्तो लाग्यो, र उनले सोचिन्, “तिम्रा धेरैजसो चित्रहरूको खासै मूल्य हुँदैन, के मेरो मार्गदर्शन साँच्चै नै आवश्यक छ र? साथै, अहिले यति धेरै चित्रहरू बाँकी छन्, मैले तिमीलाई मार्गदर्शन गर्ने समय कसरी निकाल्नु?” त्यसकारण उनले जियाओ यीका प्रश्नहरूलाई पन्छाइदिइन् र जब उनीबाट थप केही पत्रहरू आए, तब उनले ती नदेखेझैं गरिन्। जियाओ यीले अन्ततः सोध्न छोडे।
एक दिन बिहान, बाहिर सिमसिमे पानी परिरहेको बेला, जियाङ नीङले निधार खुम्च्याउँदै एउटा दृश्यको चित्र कोरिन्। यी चेन र लीयू फेइले एक-अर्कालाई हेरे, तिनीहरू उठे, र जियाङ नीङको छेउमा बसे। यी चेनले नरम स्वरमा भनिन्, “जियाङ नीङ, के हामी तिमीसँग कुरा गर्न सक्छौं?” जियाङ नीङ एकछिन सोचमा डुबिन्, अनि उनले बेफिक्रीसँग जवाफ दिइन्, “अँ, हुन्छ नि।” अलिकति गम्भीर मुद्रामा, यी चेनले भनिन्, “पछिल्लो समय, हामीले सँगै कर्तव्य निर्वाह गर्दा, तिमी एकदमै हैकम जमाउने खालको व्यवहार गरिरहेकी छौ, तिमीले वास्ता नगर्ने खालको व्यवहार गरिरहेकी छौ जस्तो लाग्छ, र जब हामी समस्याहरूबारे छलफल गर्छौं, तब तिम्रो राय फरक भयो भने, तिमी अरूलाई उल्टै प्रश्न सोध्ने र केरकार गर्ने गर्छौ। तिम्रो आसपास हुँदा एकदमै बाँधिएको जस्तो हुन्छ।” यी चेनले यसो भनेको सुन्दा, जियाङ नीङको अनुहार अँध्यारो भयो, र बोल्नुअघि उनी हिचकिचाइन्। उनले आफ्नो अहङ्कारी स्वभाव स्वीकार गरिन्, तर भित्री मनमा भने, उनी यसलाई स्वीकार गर्न तयार थिइनन्। उनले सोचिन्, “मैले आजभोलि आफूलाई सुधार्ने प्रयास गरिरहेकी छु। अहङ्कारी स्वभाव रातारात परिवर्तन हुँदैन। मलाई केही समय देऊ, हुन्न?” उनले यसबारे जति सोचिन्, आफूमाथि त्यति नै अन्याय भएको महसुस गरिन्। उनलाई के लाग्यो भने यी चेन र लीयू फेइले उनको भ्रष्टतालाई उनको विरुद्धमा प्रयोग गर्ने हतियारको रूपमा हेर्छन् र तिनीहरूका टिप्पणीहरू प्रस्टसँग उनलाई लक्षित गरेर भनिएका हुन्, तर आफू काटछाँटमा पर्नुको केही कारण हुनुपर्छ भन्ने पनि उनलाई थाहा थियो, त्यसकारण उनले आफूलाई संयमित राखेर दाँत किट्दै जवाफ दिइन्, “तिमीहरूले भनेको कुरा म स्विकार्नेछु,” र थप केही बोलिनन्। यी चेन र लीयू फेइको आँखामा चिन्ता र सुर्ताको भाव देखिन्थ्यो। बाहिरको सिमसिमे पानी रोकिने कुनै लक्षण देखिएन र सिस्टरहरूको छोटो कुराकानी त्यहीँ सकियो।
त्त्यहाँदेखि, आफ्ना सिस्टरहरूले अहङ्कारी नभनून् भनेर, जियाङ नीङले छलफलको दौरान आफ्ना राय व्यक्त गर्न छोडिन्। जब अरू दुई जनाले उनको राय सोध्थे, ऊ हठपूर्वक चुपचाप बस्थिन्, जसले गर्दा वातावरण निकै असहज बन्थ्यो। चित्रसम्बन्धी केही निर्णयहरू राम्रोसँग छलफल नगरी हतारमा गरिन्थे, जसले गर्दा पछि चित्रहरूमा पुनः काम गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने हुन्थ्यो। यी चेन र लीयू फेइ दुवैलाई आफ्नी सिस्टरबाट निकै बाँधिएको महसुस हुन्थ्यो। केही दिनपछि, तिनीहरूका सुपरभाइजर तिनीहरूलाई भेट्न आइन् र के पाइन् भने, जियाङ नीङमा यति लामो समयदेखि आत्मज्ञान छैन, र उनी असमझदार भइरहेकी छिन्, आफ्ना सिस्टरहरूविरुद्ध आफूलाई उभ्याइरहेकी छिन्, अनि काममा अवरोध र बाधा पुऱ्याइरहेकी छिन्। सुपरभाइजरले उनको व्यवहारको विश्लेषण गरेर उनलाई बर्खास्त गरिन्। त्यसको केही समयपछि नै, जियाङ नीङले के थाहा पाइन् भने, ब्रदर-सिस्टरहरूले मानिसहरूलाई हप्काएको र मानिसहरूलाई बाँधिएको महसुस गराएको भनेर रिपोर्ट गरेका रहेछन्। एक जना सिस्टरले यसो समेत भनिन्, “अब जियाङ नीङ बर्खास्त भएकीले, अब त हामी उनको वरिपरि हुनुपर्दैन, र हामीले फेरि चैनको सास फेर्न सक्छौँ!” यी कुराहरू सुनेपछि, जियाङ नीङले मुटु नै छेड्ने पीडा महसुस गरिन्, अनि तब मात्र उनले आफ्ना समस्याहरू कति गम्भीर रहेछन् भन्ने बुझिन्। उनलाई थाहा भयो, हालै आफ्नो कर्तव्य पूरा गर्दा, उनले अरूलाई बाँधिरहेकी र हानि पुऱ्याइरहेकी थिइन्। उनलाई आफू दुष्ट व्यक्ति भएको जस्तो लाग्यो र उनीमा आउँदै गरेको विपत्तिको डर भरियो। उनले सोचिन्, “यस पटक म सकिएँ, मैले आफ्नो कर्तव्यमा ठूलो दुष्ट्याइँ गरेकी छु,” र यो स्थितिबाट कसरी पार पाउने भन्ने उनलाई थाहा थिएन। उनका आँखा आँसुले भरिए, र उनले परमेश्वरलाई प्रार्थना गरिन्, “हे परमेश्वर, मैले आफ्नो अहङ्कारी स्वभावका कारण मेरा ब्रदर-सिस्टरहरूलाई बाँधेकी रहेछु र हानि पुऱ्याएकी रहेछु, र मैले काममा अवरोध पुऱ्याएकी छु। मैले पछाडि दुष्ट कार्यहरू मात्रै छोडेकी छु! मलाई अत्यन्तै थकथकी लागेको छ, र मैले आफ्नो अहङ्कारी स्वभावलाई चाँडै पहिचान गरेर समाधान नगरेकोमा मलाई पछुतो छ। हे परमेश्वर, मैले सामना गर्न लागेको कुराबाट कसरी पार पाउने हो, मलाई थाहा छैन। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”
आफ्नो आत्मिक चिन्तनको क्रममा, जियाङ नीङले पहिले पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झिन्: “अहङ्कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्कारी हुन्छन्, त्यति नै समझ विहीन हुन्छन्, र तिनीहरू जति धेरै समझ विहीन हुन्छन्, तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्कारी स्वभाव भएका मानिसहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय हुँदैन। मानिसहरू परमेश्वरमाथि विश्वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्कारी स्वभावले उसलाई परमेश्वर, उहाँको सार्वभौमिकता, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्छ; यस्तो व्यक्तिले शक्तिको निम्ति र अरूमाथि नियन्त्रण गर्न सधैँ परमेश्वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छ। यस्तो किसिमको व्यक्तिमा परमेश्वरको भय मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो समझ गुमाउने हदसम्म अहङ्कारी छन्, उहाँप्रतिको आफ्नो विश्वासमा तिनीहरू परमेश्वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय फिटिक्कै हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढिसकेपछि, उनलाई आफ्नो अहङ्कारी स्वभाव अत्यन्तै गम्भीर रहेछ भन्ने लाग्यो। जति नै गल्ती वा विचलन गरे पनि, आफूले केही गलत गरेकी छु भन्ने उनले कहिल्यै महसुस गरेकी थिइनन्। उनमा सत्यता स्विकार्ने वा खोज्ने कुनै मनोवृत्ति थिएन, र सबैले उनको कुरा सुन्नुपर्छ र मान्नुपर्छ भनेर उनी जिद्दी गर्थिन्। जब उनले फरक-फरक रायहरूको सामना गर्थिन्, तब उनी आफ्ना सिस्टरहरूलाई “यो वा त्यो कुरामा तिमीहरू गलत छौ” भनेर अहङ्कारी ढङ्गले आलोचना गर्थिन्, अनि तिनीहरूलाई आफ्नो कुरा सुन्न बाध्य पार्थिन्। यदि उनले आफ्नो उद्देश्य हासिल गरिनन् भने, उनी सन्किँदै आक्रामक शैलीमा आफ्ना सिस्टरहरूलाई केरकार गर्थिन्। कहिलेकहीँ, तिनीहरूले कुरा सिध्याउन नपाउँदै उनले तिनीहरूको कुरा काट्थिन्, दबाबपूर्ण लवजमा तिनीहरूको खण्डन गर्थिन्, जसले गर्दा तिनीहरूलाई साँच्चै नै बाँधिएको महसुस हुन्थ्यो। तर उनमा कुनै आत्मज्ञान थिएन। उनलाई लाग्थ्यो, उनी केवल आफ्ना दृष्टिकोणमा अडिग रहिरहेकी वा उनले स्वतन्त्र विचार मात्रै व्यक्त गरिरहेकी छिन्। उनले अरूसँग तर्क गरिरहेको बेला पनि, आफूले सिद्धान्तहरूलाई गम्भीरतापूर्वक लिइरहेकी छु, हठी भइरहेकी छैन भन्ने सोच्थिन्। यसबारे चिन्तन गरेपछि, उनलाई के थाहा भयो भने, यदि उनले साँच्चै नै सिद्धान्तहरूलाई गम्भीरतापूर्वक लिन चाहेकी भए, उनी आफू सधैँ सही छु भन्ने सोचमा त्यति अडिग हुने थिइनन्। बरु, उनले आफ्ना दृष्टिकोणहरूलाई एकातिर राखेर अरूका सुझाव सिद्धान्तअनुरूप छन् कि छैनन् र त्यसले काममा फाइदा पुग्छ कि पुग्दैन भनेर विचार गर्थिन्। यो सत्यता खोज्ने र त्यसलाई स्वीकार गर्ने मनोवृत्ति हुनेथियो। तैपनि, उनले कहिल्यै पनि आफ्ना दृष्टिकोणहरूलाई एकातिर पन्छाउँथिनन्, र बाहिरी रूपमा सिस्टरहरूसँग समस्याहरूबारे छलफल गरे पनि, उनले “आफू सही छु” भनेर पहिले नै मन बनाइसकेकी हुन्थिन्। यो सबै समय उनमा खोजी गर्ने विनम्रताको कमी हुन्थ्यो। उनी अत्यन्तै हठी थिइन्। उनलाई अत्यन्तै लाज लाग्यो। उनी भ्रष्ट स्वभावले भरिएकी थिइन्, सत्यता बुझेकी थिइनन्, र उनको काममा सिद्धान्तहरूको कमी थियो। उनले केही प्राविधिक कुराहरू बुझेकी भए पनि, उनमा धेरै कुराको कमी थियो, र उनको सोचाइ सीमित थियो। उनी आफ्नो दिमाग र अनुभवहरूमा मात्रै भरोसा गर्थिन्, जसको अर्थ उनले आफ्नो कर्तव्य राम्ररी पूरा नगर्ने मात्र होइन, धेरै विचलनहरू पनि ल्याउँथिन्, जसले गर्दा काममा हानि पुग्थ्यो। उनले अरूसँग मिलेर काम गरी एक-अर्काका कमीकमजोरीहरू परिपूर्ति गर्न सक्नुपर्थ्यो। उनी कुनै सिद्धान्तमा स्पष्ट नहुँदा वा सहमतिमा पुग्न नसक्दा सुपरभाइजरबाट मार्गदर्शन खोज्नुपर्थ्यो, अरूलाई आफ्ना सुझावहरू स्वीकार गर्न बाध्य पार्नु हुँदैनथियो। तैपनि, उनले आफूलाई धेरै माथि रहेको ठानेकी थिइन् र आफूले भनेका सबै सही छ भन्ने सोच्थिन्, मानौँ उनी आफै सत्यता सिद्धान्तहरूको स्रोत हुन्। उनले अन्ततः आफू कति अहङ्कारी रहेछु, आफूमा सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने समझ पनि रहेनछ भन्ने बुझिन्। उनले के महसुस गरिन् भने वास्तवमा, अरूले दिएका सुझावहरू प्रायजसो सही नै हुन्थे, सायद पवित्र आत्माद्वारा अन्तर्दृष्टि पाएका र निर्देशित भएका हुन्थे, र उनलाई आफ्ना कमीकमजोरी र अपर्याप्तताहरू बुझ्न सहयोग गर्न सक्थे। तैपनि, उनले आफ्ना सिस्टरहरूका सुझावलाई बेवास्ता गरेकी थिइन् र आफ्नो भ्रष्ट स्वभावलाई पहिचान गरेकी थिइनन्। उनले आफू वरिपरिकाहरूलाई समेत हानि पुऱ्याएकी थिइन् र मण्डलीको काममा अवरोध पुऱ्याएकीथिइन्। उनले यो सबै आफ्नो अहङ्कारी स्वभावका कारण भएको हो, र यस्तो अहङ्कारी स्वभावअनुसार जिउँदा आफूले अरूलाई मात्र होइन, सत्यता र परमेश्वरलाई पनि हेला गरेकी रहिछिन् भन्ने बुझिन्। यदि उनले यो अहङ्कारी स्वभावलाई समाधान गरिनन् भने, उनलाई सत्यता स्वीकार गर्न, आफ्नो कर्तव्य पूरा गर्न, र आफूलाई त्यागेर अरूसँग मिलेर सहकार्य गर्न गाह्रो हुनेथियो। जियाङ नीङले अन्ततः यो अहङ्कारी स्वभावलाई परिवर्तन नगरी राख्नु कति खतरनाक हुने रहेछ भन्ने बुझिन्!
पछि, जियाङ नीङले परमेश्वरका वचनहरू पढिन्: “तँलाई अगुवा बन्ने प्रबन्ध मिलाउनु भनेको तँलाई माथि उठाउनु र अभ्यासको मौका दिनु मात्र हो। यो तँसँग अरूमा भन्दा बढी वास्तविकता छ वा तँ अरूभन्दा राम्रो छस् भनेर होइन। खासमा, तँ अरू सबैजस्तै होस्। तिमीहरू कसैमा वास्तविकता छैन, र केही तरिकामा त, तँ अरूभन्दा बढी भ्रष्टसमेत छस् होला। त्यसैले, तँ किन अनुचित रूपले समस्या खडा गर्ने, र मनमानी भाषण दिने, अरूलाई झपार्ने र बाधा पुऱ्याउने गर्छस्? तँ गलत हुँदासमेत अरूलाई किन तेरो कुरा जबरजस्ती सुन्न लगाउँछस्? यसले के प्रमाणित गर्छ? यसले तँ गलत स्थानमा छस् भनेर प्रमाणित गर्छ। तँ मानव स्थानमा बसेर काम गरिरहेको छैनस्, तँ अरूभन्दा माथिल्लो स्थान, परमेश्वरको स्थानबाट काम गर्दै छस्। तैँले बोलेको कुरा सही र सत्यताअनुरूप छ भने, अरूले तेरो कुरा सुन्न सक्छन्। यस अवस्थामा त्यो स्वीकार्य हुन्छ। तर तँ आफू गलत हुँदा, अरूलाई किन जबरजस्ती तेरो कुरा सुन्न लगाउँछस्? तँसँग त्यो अधिकार छ? तँ सर्वोच्च होस्? के तँ सत्यता होस्? … तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्छन् र आफूले जे भन्यो अरूले त्यसै गरेको चाहन्छन्। के तिनीहरूले आफूलाई ठूलो बनाइरहेका छैनन् र? आफूलाई उच्च पारिरहेका छैनन् र? तिनीहरू अहङ्कारी र अभिमानी मानिस होइनन् र? तिनीहरू आफ्नो कर्तव्यमा अलिकति पनि सत्यता अभ्यास नगरी सम्भव भएसम्म आफ्नै रुचिअनुसार चल्छन्। त्यसैले, तिनीहरूले मानिसहरूलाई नेतृत्व गर्दा, आफूले नेतृत्व गरिरहेकाहरूलाई सत्यता अभ्यास गर्नू भन्दैनन्। बरु तिनीहरू आफूले भनेको कुरा अरूले सुनेको र तिनीहरूको तरिका पछ्याएको माग गर्छन्—के यसो गर्नु मानिसहरूले तिनीहरूलाई परमेश्वरलाई जस्तै व्यवहार गरून् र परमेश्वरको रूपमा लिएर आज्ञापालन गरून् भन्ने चाहनु होइन र? के तिनीहरूमा सत्यता छ? तिनीहरूमा सत्यता छैन र तिनीहरू शैतानको स्वभावले भरिएका छन्, तिनीहरू पैशाचिक प्रवृत्तिका छन्। त्यसोभए, तिनीहरू किन मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्नू भन्छन्? के यस्ता व्यक्तिले आफ्नै बढाइ गरिरहेको होइन र? के उसले आफूलाई उच्च पारिरहेको होइन र? के यस्ता व्यक्तिले मानिसहरूलाई परमेश्वरसामु ल्याउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई परमेश्वरको भक्ति गराउन सक्छन्? तिनीहरू मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउने व्यक्ति हुन्। के तिनीहरूले यस्तो काम गर्दा, साँच्चै मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न डोऱ्याइरहेका हुन्छन्? के तिनीहरूले आफूलाई परमेश्वरले सुम्पनुभएको काम गरिरहेका हुन्छन्? हुँदैनन्, तिनीहरू त आफ्नै राज्य स्थापित गर्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वर बन्न चाहन्छन्, अनि तिनीहरू आफूलाई मानिसहरूले परमेश्वरलाई जस्तै व्यवहार गरून् र परमेश्वरलाई जस्तै आज्ञापालन गरून् भन्ने चाहन्छन्। के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? ख्रीष्टविरोधीहरूको तौरतरिका सधैँ यस्तो भएको छ; मण्डलीको काममा ढिलाइ भए पनि, वा परमेश्वरका चुनिएकाहरूको जीवन प्रवेशमा जुनै हदसम्म बाधा वा हानि पुगे पनि, सबैले तिनीहरूको आज्ञापालन गर्नैपर्छ र तिनीहरूको कुरा सुन्नैपर्छ। के यो पिशाचको प्रकृति होइन र? के यो शैतानको स्वभाव होइन र? यस्ता मानिसहरू मानव स्वरूपमा जीवित पिशाच हुन्। तिनीहरूको अनुहार त मानिसको होला, तर भित्री सबै कुरा पैशाचिक प्रवृत्तिका हुन्छन्। तिनीहरूले भन्ने र गर्ने हरेक कुरा पैशाचिक प्रवृत्तिको हुन्छ। तिनीहरूले गर्ने कुनै पनि कुरा सत्यताअनुरूप हुँदैन, तीमध्ये कुनै पनि कुरा समझदार मानिसहरूले गर्दैनन्, त्यसैले यी कुरा पिशाच, शैतान र ख्रीष्टविरोधीहरूका कार्य हुन् भन्नेमा कुनै शङ्का हुन सक्दैन। तिमीहरूले यो स्पष्टसित चिन्न सक्नुपर्छ। त्यसैले तिमीहरूले काम गर्दा, बोल्दा र अरूसँग अन्तरक्रिया गर्दा—जीवनमा गर्ने सबै कुरामा—यो आदेश हृदयमा राख्नुपर्छ: ‘मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।’ यसरी मानिसहरूलाई काबुमा राखिन्छ, र तिनीहरू परमेश्वरको स्वभाव चिढ्याउने हदसम्म जानेछैनन्। यो प्रशासनिक आदेश महत्त्वपूर्ण छ, र तिमीहरू सबैले यो प्रशासनिक आदेशको अर्थ के हो, परमेश्वर मानवजातिबाट किन यो माग गर्नुहुन्छ, र उहाँ के प्राप्त गर्न चाहनुहुन्छ भनी राम्ररी सोच्नुपर्छ। यसबारे होसियारीसाथ विचार गर्। एउटा कानले सुनेर अर्कोले उडाउने नगर्। यो तिमीहरूका लागि वास्तवमै फाइदाजनक हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राज्यको युगमा परमेश्वरका प्रशासनिक आदेशहरूको सम्बन्धमा)। परमेश्वर खुलासा गर्नुहुन्छ, सधैँ अरूलाई आफ्नो कुरा सुन्न र मान्न जबरजस्ती गर्नु, र अरूलाई आफ्नो नियन्त्रणमा राख्न खोज्नु भनेको आफूलाई उचाल्नु हो, र यसको अर्थ ख्रीष्टविरोधीको मार्गमा हिँड्नु हो, र यसले प्रशासनिक आदेशहरू उल्लङ्घन गर्छ र परमेश्वरको स्वभावलाई चिढ्याउँछ। जियाङ नीङले हालै आफूले प्रकट गरेका कुराहरूबारे सोचिन्—उनी सधैँ आफूले प्राविधिक कुराहरू बुझेकी छु र सिद्धान्तहरूमा राम्रो पकड छ, आफ्ना दृष्टिकोण र सुझावहरू सबैभन्दा सही छन् र अरू सबै उनीभन्दा कमसल छन् भन्ने ठान्थिन्। जब उनका सिस्टरहरूले फरक दृष्टिकोण अघि सार्थे, उनी तिनलाई वास्तै नगरी पन्छाइदिन्थिन्, र अरूलाई आफ्नो कुरा सुन्न मनाउन निरन्तर प्रयास गरिरहन्थिन्। यदि उनले तिनीहरूलाई मनाउन सकिनन् भने, उनले उग्र हुँदै केरकार गर्थिन्, तिनीहरूले आफ्ना सोच त्यागेपछि मात्र उनी शान्त हुन्थिन्। जियाङ नीङले परमेश्वरको माग याद गरिन्: “मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।” स्थान वा कर्तव्य जेसुकै भए पनि, हामीले परमेश्वरलाई नै महान् मानेर सम्मान गर्नुपर्छ सबै कुरामा उहाँका अभिप्रायहरू खोज्नुपर्छ, र सत्यता सिद्धान्तहरू खोज्नुपर्छ, र विशेष गरी जब मतभेद उत्पन्न हुन्छन्, तब आफूलाई पन्छाउनु अझ महत्त्वपूर्ण हुन्छ र जसको दृष्टिकोण सत्यताअनुरूप छ, त्यसलाई अपनाउनुपर्छ। परमेश्वरलाई नै महान् मानेर सम्मान गर्ने र परमेश्वरको डर मान्ने हृदय भएको व्यक्तिको व्यवहार यही मात्र हो। तैपनि, जियाङ नीङ शैतानका विषहरूमा जिइरहेकी थिइन्, अत्यन्तै अभिमानी थिइन् र आफूलाई सबैभन्दा श्रेष्ठ र आफ्ना रायहरूलाई सत्यता सिद्धान्तहरू ठान्थिन्। जब उनले फरक सुझाव सुन्थिन्, ती जसले अघि सारे पनि वा सत्यताअनुरूप भए पनि नभए पनि, आफ्ना दृष्टिकोणभन्दा फरक छन् भने, उनी तिनलाई बेवास्ता गर्थिन् र अरूलाई आफ्नो कुरा मान्न लगाउने प्रयास मात्र गर्थिन्। उनको अहङ्कारले गर्दा उनले समझ गुमाएकी थिइन्। जियाङ नीङले चिनियाँ कम्युनिस्ट पार्टीबारे सोचिन्, र त्यसले जे गरे पनि, कसैलाई आफ्नो विरोध गर्न कहिल्यै दिँदैन, र विमतिपूर्ण राय देखा पर्ने बित्तिकै, त्यसलाई दमन गर्न सबै किसिमका माध्यम प्रयोग गर्छ। उनलाई आफ्नो व्यवहारमा प्रकट भएको आफ्नो स्वभाव चिनियाँ कम्युनिस्ट पार्टीको जस्तै रहेछ भन्ने लाग्यो र उनी डरले भरिइन्।
एक दिन, जियाङ नीङले परमेश्वरका केही वचनहरू पढिन्। तिनले उनलाई आफ्नो अहङ्कारी स्वभाव अझ स्पष्ट रूपमा बुझ्न मद्दत गरे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अहङ्कारी र आत्मधर्मी हुनु मानिसहरूको सबैभन्दा स्पष्ट शैतानी स्वभाव हो, र यदि मानिसहरू सत्यता स्विकार्दैनन् भने, तिनीहरू कदापि शुद्ध हुने छैनन्। सबै मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ, र तिनीहरू सधैँ घमण्डी हुन्छन्। तिनीहरूले जे सोचे पनि वा जे भने पनि वा कामकुरालाई जसरी हेरे पनि, तिनीहरू सधैँ आफ्नो दृष्टिकोण र मनोवृत्ति सही छन्, र अरूको कुरा आफ्नो जत्तिको असल वा सही छैन भन्ने सोच्छन्। तिनीहरू सधैँ आफ्नै रायमा झुण्डिरहन्छन्, र जोसुकैले भने पनि, उसको कुरा सुन्ने छैनन्। अरूले भनेको कुरा सही छ वा सत्यताअनुरूप छ भने पनि, तिनीहरूले त्ये स्वीकार गर्नेछैनन्; तिनीहरूले सतही तवरमा मात्रै सुनिरहेको जस्तो देखिन्छ, तर त्यो विचारलाई फिटिक्कै अपनाउनेछैनन्, र काम गर्ने बेलामा, तिनीहरू अझै पनि आफ्नै तरिकाले काम गर्नेछन्, सधैँ आफूले भन्ने कुरा सही र उचित ठान्छन्। तैँले भन्ने कुरा वास्तवमा सही र उचित हुन सक्छ, वा तैँले गरिसकेको कुरा सही र दोषरहित हुन सक्छ, तर तैँले कस्तो प्रकारको स्वभाव देखाएको छस्? के यो अहङ्कार र आत्म-धार्मिकतामध्ये एक होइन र? यदि तैँले यो अहङ्कारी र आत्मधर्मी स्वभावलाई हटाउँदैनस् भने, के यसले तेरो कर्तव्य निर्वाहमा असर गर्नेछैन र? के यसले तेरो सत्यता अभ्यासमा असर गर्नेछैन र? यदि तैँले आफ्नो अहङ्कारी र आत्मधर्मी स्वभाव हटाइनस् भने, के यसले तँलाई भविष्यमा गम्भीर रोकावटहरू ल्याउनेछैन र? तैँले निश्चय नै रोकावटहरू अनुभव गर्नेछस्, यो हुन्छै हुन्छ। मलाई बता, के परमेश्वरले मानिसको यस्तो व्यवहार देख्न सक्नुहुन्छ? परमेश्वरले देख्ने नसक्ने कुरै छैन! परमेश्वरले मानिसका हृदयको गहिराइ मात्र छानबीन गर्नुहुन्न, तिनीहरूको हर समय र हर स्थानका हरेक शब्द र कार्यको अवलोकन पनि गर्नुहुन्छ। परमेश्वरले तेरो यस्तो व्यवहार देखेपछि के भन्नुहुनेछ? उहाँले यसो भन्नुहुनेछ: ‘तँ हठी छस्! तैँले आफू गलत छु भनी थाहा नपाउँदा आफ्ना विचारमा झुण्डिनु स्वाभाविक हो, तर आफू गलत छु भन्ने स्पष्ट हुँदाहुँदै पनि आफ्नो विचारमा झुण्डिन्छ्स्, पश्चात्ताप गर्दैनस् भने तँ जिद्दी मूर्ख होस्, र तँ समस्यामा पर्छस्। जसले सुझाव दिए पनि यदि तँ सधैँ त्यसप्रति नकारात्मक, प्रतिरोधी मनोवृत्ति राख्छ्स्, र अलिकति पनि सत्यता स्विकार्दैनस्, अनि तेरो हृदय पूर्णतया प्रतिरोधी, एकलकाँटे र उपेक्षा गर्ने खालको छ भने तँ निकै हास्यास्पद अनि मूर्ख र असमझदार व्यक्ति होस्! तँसँग व्यवहार गर्न असाध्यै गाह्रो हुन्छ!’ कुन तरिकामा तँसँग व्यवहार गर्नु गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली होइन, न त गलत व्यवहार नै हो। यो त तेरो स्वभावको प्रकटीकरण हो। कुन स्वभावको प्रकटीकरण भएको? त्यो स्वभाव जसमा तँ सत्यताप्रति वितृष्णा राख्छस्, र सत्यतालाई घृणा गर्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। “यदि तेरो मनोवृत्ति जिद्दी गर्ने, सत्यता इन्कार्ने, अरूका सुझावहरू नकार्ने, सत्यता खोजी नगर्ने, आफूमा मात्रै विश्वास गर्ने, र आफूले चाहेको मात्र गर्ने खालको छ भने—परमेश्वरले जे गर्नुभए पनि वा जे आज्ञा दिनुभए पनि, यदि तेरो मनोवृत्ति यस्तै हो भने, परमेश्वरको प्रतिक्रिया कस्तो हुन्छ? परमेश्वरले तँलाई कुनै ध्यान दिनुहुन्न, उहाँले तँलाई पाखा लगाइदिनुहुन्छ। के तँ हठी छैनस् र? के तँ अहङ्कारी छैनस् र? के तैँले सधैँ आफू सही छु भन्ने सोच्दैनस् र? यदि तँमा समर्पणता छैन भने, यदि तैँले कहिल्यै खोजी गर्दैनस्, र तेरो हृदय परमेश्वरको लागि पूर्ण रूपमा बन्द र प्रतिरोधी छ भने, परमेश्वरले तँलाई कुनै ध्यान दिनुहुन्न। परमेश्वरले किन तँलाई ध्यान दिनुहुन्न त? किनभने यदि तेरो हृदय परमेश्वरको निम्ति बन्द छ भने, के तैँले परमेश्वरको अन्तर्दृष्टि स्विकार्न सक्छस् र? परमेश्वरले तँलाई धिक्कार्नुभयो भने, के तैँले यो अनुभव गर्न सक्छस्? जब मानिसहरू हठी हुन्छन्, जब तिनीहरूको शैतानी प्रकृति र जङ्गलीपन ह्वात्तै प्रकट हुन्छ, तब तिनीहरूले परमेश्वरले गर्नुहुने कुनै कुरा पनि अनुभव गर्दैनन्, त्यसले तिनीहरूमा कुनै असर गर्दैन—त्यसकारण परमेश्वरले व्यर्थको काम गर्नुहुन्न। यदि तँमा यस्तो जिद्दी खालको विरोधी मनोवृत्ति छ भने, परमेश्वरले गर्नुहुने भनेकै तँबाट लुक्नु मात्र हो, उहाँले अनावश्यक कुराहरू गर्नुहुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूका यी दुई खण्ड पढेर, जियाङ नीङले आफू साँच्चै हठी रहेको र अरूका सुझाव स्विकार्न एकदमै अनिच्छुक, अनि आफूले सत्यताप्रति वितृष्ण हुने शैतानी स्वभाव प्रकट गरेको र त्यसले परमेश्वरको अप्रसन्नता र घृणा जगाएको थाहा पाइन्। अब उनले के बुझिन् भने, उनले आफ्ना सिस्टरहरूका फरक सुझावहरूलाई सुरुमा स्वीकार गर्नुपर्थ्यो अनि त्यसपछि तिनीहरूसँगै सत्यताका सिद्धान्तहरू खोज्नुपर्थ्यो। सायद उनले आफ्नै कमीकमजोरी पत्ता लगाउन सक्थिन्, आफ्नो काममा हुने विचलनहरू कम गर्न सक्थिन्, र अन्त्यमा, उनका दृष्टिकोणहरू सही साबित हुन सक्थे होलान्। तैपनि, यस प्रक्रियाभरि, महत्त्वपूर्ण कुरा सत्यता स्वीकार गर्ने मनोवृत्ति कायम राख्नु थियो, जसलाई परमेश्वरले पनि महत्त्व दिनुहुन्छ। साथै, सिद्धान्तहरू खोजेर सहमतिमा पुग्नु कामका लागि पनि लाभदायक हुन्छ। जियाङ नीङले के बुझिन् भने, हरेक पटक उनका सिस्टरहरूका दृष्टिकोण वा राय फरक हुँदा, त्यसमा परमेश्वरको अभिप्राय थियो, जसले उनलाई सत्यता सिद्धान्तहरू खोज्न प्रेरित गरे, जब उनका सिस्टरहरूले फरक राय व्यक्त गर्थे त्यो सँगै छलफल र खोजी गरेर सकेसम्म विचलनहरूलाई कम गर्ने प्रयोजनका लागि थियो, र यो मण्डलीको कामको रक्षा गर्नका लागि थियो। उनले यी कुराहरू स्वीकार गर्नुपर्छ र मान्नुपर्छ भन्ने बुझिन्। तर उनले आफ्ना सिस्टरहरूका सुझावलाई कहिल्यै मनमा लिएकी थिइनन्, र तिनीहरूका दृष्टिकोण फरक हुँदा पनि, उनी केवल तिनीहरूसँग सिद्धान्त वा प्रविधिहरूको बुझाइको कमी छ भन्ने सोच्थिन्, र तिनीहरूलाई आफ्नो दृष्टिकोण स्वीकार गर्न बाध्य पार्थिन्। यसले उनका सिस्टरहरूलाई बाँधिएको महसुस गराएको मात्र होइन, काममा ठूलो हानि पनि पुऱ्यायो। बाहिरी रूपमा जियाङ नीङले अरूका सुझाव स्वीकार नगरिरहेकी र तिनीहरूसँग तर्क गरिरहेकी जस्तो देखिए पनि, वास्तवमा, उनले सत्यताप्रति वितृष्णा जगाउने स्वभाव, र सकारात्मक कुराहरूप्रति शत्रुता र प्रतिरोधको भावना प्रकट गरिरहेकी थिइन्। जियाङ नीङले के बुझिन् भने, सत्यताप्रतिको यो मनोवृत्तिलाई परमेश्वरले घृणा गर्नुहुने रहेछ, यसरी आफ्नो कर्तव्य पूरा गरेर उनले पवित्र आत्माको काम प्राप्त गर्न सक्ने थिइनन्, र उनले आफ्नो स्थितिसमेत बुझ्न सक्दिनन्। उनी केही हदसम्म भावसून्य भएकी थिइन्। यदि उनलाई बर्खास्त नगरिएको भए, उनको चेत खुल्नेथिएन र उनी सत्यता खोज्न र आफ्नो अहङ्कारी स्वभाव समाधान गर्न सक्नेथिइनन्। यी कुराहरू बुझेपछि, जियाङ नीङ आफूलाई समयमै बचाउनुभएकोमा परमेश्वरप्रति कृतज्ञताले भरिइन्।
पछि, जियाङ नीङले “आफू किन सधैँ यति अहङ्कारी भएछु” भनेर चिन्तन गरिन्। एक दिन, उनले परमेश्वरका वचनहरूको एउटा खण्ड पढिन्: “तँ जति नै शिक्षित भए पनि, तैँले जे-जस्ता पुरस्कारहरू जितेको भए पनि, वा तैँले जे हासिल गरेको भए पनि, र तेरो हैसियत र ओहोदा जति उच्च भए पनि, तैँले यी सबै कुराहरू त्याग्नुपर्छ र आडम्बरबाट बाहिर निस्कनुपर्छ—यो सबको कुनै मूल्य छैन। परमेश्वरको घरमा, यी गरिमाहरू जति ठूला भए पनि, ती सत्यताभन्दा उच्च हुन सक्दैनन्, किनकि यी सतही कुराहरू सत्यता होइनन्, र तिनले सत्यताको स्थान लिन सक्दैनन्। तँ यो कुरामा स्पष्ट हुनुपर्छ। यदि तँ ‘म वरदानप्राप्त छु, मेरो दिमाग तेजिलो छ, मेरो प्रतिक्रिया क्षमता शीघ्र छ, म चाँडो सिक्न सक्ने व्यक्ति हुँ, र मेरो स्मरण शक्ति अत्यन्तै राम्रो छ, त्यसकारण म अन्तिम निर्णय आफै गर्न योग्य छु,’ भनेर भन्छस् भने, यदि तँ सधैँ यी कुराहरूलाई पूँजीको रूपमा प्रयोग गर्छस्, र तिनलाई बहुमूल्य, र सकारात्मक ठान्छस् भने, यो समस्या हो। यदि तेरो हृदयमा यी कुराहरूले बास गरेका छन्, र यी कुराले तेरो हृदयमा जरा गाडेका छन् भने, तँलाई सत्यता स्वीकार गर्न गाह्रो हुनेछ—र त्यसका परिणामहरू सोच्न समेत सकिँदैन। तसर्थ, सुरुमा तैँले आफूले प्रेम गरेका, तँलाई राम्रो र बहुमूल्य लागेका कुराहरू त्याग्नु र इन्कार गर्नुपर्छ। ती कुराहरू सत्यता होइनन्; बरु, तिनले तँलाई सत्यतामा प्रवेश गर्नबाट रोक्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। जियाङ नीङले परमेश्वरले यसो भन्नुहुन्छ भन्ने देखिन्, व्यक्तिसँग जति नै प्रतिभा भए पनि, ती सत्यता होइनन् र तिनले सत्यतालाई विस्थापित गर्न सक्दैनन्। यदि व्यक्ति आफ्नो प्रतिभामा मात्रै भर पर्छ र सत्यता खोज्दैन भने उसले आफ्नो कर्तव्य ठीकसँग निर्वाह गर्न सक्दैन। यदि कसैले आफ्नो प्रतिभालाई अत्यधिक महत्त्व दिन्छ भने, यसले वास्तवमा उसले गर्ने सत्यताको खोजी र स्वीकृतिमा बाधा पुऱ्याउन सक्छ। जियाङ नीङले आफ्ना समस्याहरूको स्रोत आफ्नो बुद्धि, प्रतिभा र प्राविधिक सीपलाई उनले दिएको अत्यधिक महत्त्व नै रहेछ भन्ने पत्ता लगाइन्। हरेक पटक नयाँ कर्तव्यको सामना गर्दा, उनले व्यावसायिक र प्राविधिक पक्षहरूमा तुरुन्तै पकड जमाउँथिन् र उनी आफूलाई अरूभन्दा चलाख र उत्कृष्ट ठान्थिन्, र यसैबाट उनले आफ्नो कर्तव्यमा श्रेष्ठताको बोध प्राप्त गर्थिन्। जस्तै उनी र उनका सिस्टरहरूले नयाँ चित्रकला शैली अपनाउने प्रयास गर्दाको बेला; सुरुमा, तिनीहरू सबैलाई यो गाह्रो लागेको थियो, तर जियाङ नीङले तुरुन्तै त्यसमा दक्षता हासिल गरिन् र थुप्रै चित्रहरू बनाइन्, जसले गर्दा उनमा आफ्ना सिस्टरहरूभन्दा आफू श्रेष्ठ भएको भाव उब्जियो र सहकार्यभरि उनले अरूलाई हेपाइको नजरले हेर्न थालिन् र तिनीहरूका दृष्टिकोण र सुझावहरूको कुनै मूल्य नभएजस्तो महसुस गर्न थालिन्, जसले गर्दा उनी तिनीहरूसँग सहकार्य गर्न पूर्ण रूपमा अनिच्छुक भइन्। यो असफलताले जियाङ नीङलाई के महसुस गरायो भने उनको तीक्ष्ण बुद्धिले उनलाई व्यावसायिक वा प्राविधिक सीप अझ राम्ररी र छिटो सिक्न मद्दत मात्र गर्न सक्छ, तर परमेश्वरको घरमा, हरेक कर्तव्यमा सत्यता र परमेश्वरको गवाही समावेश हुन्छ। आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्ने कुरा व्यक्तिको तीक्ष्ण दिमाग वा प्रतिभामा निर्भर हुँदैन, न त यो व्यावसायिक वा प्राविधिक सीपमा नै निर्भर हुन्छ। महत्त्वपूर्ण कुरा हो, व्यक्तिले सत्यता सिद्धान्तहरू खोज्न सक्छ कि सक्दैन, र परमेश्वरका अभिप्राय र मागहरूअनुसार काम गर्न सक्छ कि सक्दैन। यिनै कुराहरू सबैभन्दा महत्त्वपूर्ण हुन्। जियाङ नीङले आफूले नयाँ सीपहरू सिक्न थाल्दाको समयबारे सोचिन्। उनलाई आफूले धेरै कम बुझेकी छु भन्ने थाहा थियो, त्यसकारण आफ्नो कर्तव्यमा उनीसँग विनम्र र खोजी गर्ने हृदय थियो। उनी अरूका दृष्टिकोण स्वीकार गर्न र खोजी गर्न सकेकी थिइन्, र यस क्रममा, उनले पवित्र आत्माको काम प्राप्त गर्न सकेकी थिइन्, र उनको कर्तव्यले केही परिणामहरू हासिल गरेको थियो। तर पछि, आफूले सबै कुरा सिकिसकेको ठानेर, उनी झन्-झन् अहङ्कारी बनिन् र उनले सबैलाई हेप्न थालिन्। उनको यो मनोवृत्तिप्रति परमेश्वरलाई घृणा लाग्यो र उनी पवित्र आत्माको काम प्राप्त गर्न असक्षम भइन्। उनको कर्तव्यमा पनि धेरै विचलनहरू आए। उनले अन्ततः के बुझिन् भने, व्यक्तिले कर्तव्य राम्ररी पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको बुद्धि र प्रतिभासँग खासै सम्बन्धित नहुने रहेछ, र प्रतिभाहरू मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने साधन मात्र हुन्। व्यक्तिमा कुनै प्रतिभा नभए पनि, यदि उसले सत्यता खोज्न र अरूसँग मिलेर काम गर्नमा ध्यान दिन सक्छ भने, उसको कर्तव्यले केही परिणाम दिनेछ। जियाङ नीङले आफूसँग काम गर्ने दुई सिस्टरहरूलाई सधैँ हेप्थिन्, तर अहिले उनले के देखिन् भने तिनीहरूसँग विशेष प्रतिभा नभए पनि, तिनीहरू दुवैले अरूका सुझावका आधारमा सत्यताका सिद्धान्तहरू खोज्न सक्थे। सत्यता स्वीकार गर्ने र खोज्ने यो मनोवृत्ति उनको आफ्नै मनोवृत्तिभन्दा निकै राम्रो थियो। उनले अन्ततः स्पष्ट रूपमा देखिन्, कर्तव्य राम्ररी पूरा गर्नलाई, सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता खोज्नु र स्वीकार गर्नु, परमेश्वरको डर मान्ने हृदय हुनु र हठीपनबाट मुक्त हुनु हो।
जियाङ नीङले आफ्नो कर्तव्यमा अरूसँग ठीक तरिकाले कसरी मिलेर सहकार्य गर्नुपर्छ भनेर थप खोजी गरिन्। उनले परमेश्वरका वचनहरूको एउटा खण्ड पढिन्: “तिमीहरू आफूलाई केही आइपर्दा आत्मधर्मी पटक्कै हुनु हुँदैन। तिमीहरूले आफूलाई परमेश्वरसामु शान्त पार्नैपर्छ र पाठ सिक्नैपर्छ। अझ बढी सिक्नका लागि तिमीहरूले आफूलाई त्याग्न सक्नैपर्छ। यदि तँ ‘म यसमा तिमीहरूभन्दा बढी निपुण छु, त्यसैले म इन्चार्ज हुनुपर्छ, र तिमीहरू सबैले मैले भनेको सुन्नुपर्छ!’ भनेर सोच्छस् भने, यो कस्तो स्वभाव हो? यो अहङ्कार र आत्म-धार्मिकता हो। यो शैतानी, भ्रष्ट स्वभाव हो र यो सामान्य मानवताको क्षेत्रभित्रको कुरा होइन। … त्यसोभए व्यवहार र कार्य गर्ने सही तरिका के हो त? तैँले सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार र कार्य गर्न सक्छस्? तैँले तेरा विचारहरू अघि सारेर सबैलाई तिनीहरूसँग कुनै समस्या छन् कि भनी हेर्न दिनैपर्छ। यदि कसैले सुझाव दिन्छ भने तैँले पहिला त्यसलाई स्विकार्नैपर्छ र त्यसपछि सबैलाई अभ्यासको सही मार्ग पुष्टि गर्न दिनैपर्छ। यदि यसमा कसैलाई आपत्ति छैन भने त्यसपछि तैँले कामकुरा गर्ने सबैभन्दा उचित तरिका निर्धारण गर्न र त्यसै हिसाबले कार्य गर्न सक्छस्। यदि कुनै समस्या भेटियो भने, तैँले सबैको राय माग्नैपर्छ, र तिमीहरू सबैले सँगै सत्यता खोजेर त्यसमा सङ्गति गर्नुपर्छ। र त्यसरी तिमीहरूले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नेछौ। जब तिमीहरूको हृदयले ज्योति पाउँछ, र तिमीहरूसँग अझ राम्रो मार्ग हुन्छ, तब तिमीहरूले पहिलेको भन्दा अझ राम्रो नतिजा प्राप्त गर्नेछौ। के यो परमेश्वरको मार्गदर्शन होइन र? यो अत्युत्तम कुरा हो! यदि तँ आत्मधर्मी हुनबाट बच्न सक्छस् भने, यदि तँ आफ्ना कल्पना र विचारहरू त्याग्न सक्छस् भने, र यदि तँ अरूको सही राय सुन्न सक्छस् भने तैँले पवित्र आत्माको अन्तर्दृष्टि पाउन सक्नेछस्। तेरो हृदयले ज्योति पाउनेछ र तैँले सही मार्ग भेट्टाउन सक्नेछस्। तँसँग अघि बढ्ने बाटो हुनेछ र जब तँ त्यो अभ्यास गर्छस्, तब त्यो निश्चय नै सत्यताअनुरूप हुनेछ। तैँले यस्तो अभ्यास र अनुभवद्वारा सत्यता अभ्यास कसरी गर्ने भन्ने सिक्नेछस् र साथै त्यस कार्यक्षेत्रबारे केही नयाँ कुरा सिक्नेछस्। के यो राम्रो कुरा होइन र? यसबाट तैँले के थाहा पाउनेछस् भने, तँलाई केही आइपर्दा, तँ आत्मधर्मी हुनै हुँदैन र तैँले सत्यता खोजी गर्नैपर्छ, र यदि तँ आत्मधर्मी हुन्छस् र सत्यता स्वीकार गर्दैनस् भने सबैले तँलाई तिरस्कार गर्नेछन् र परमेश्वरले तँलाई निश्चय नै घृणा गर्नुहुनेछ। के यो सिकिएको पाठ होइन र? यदि तैँले सधैँ यसरी नै पछ्याइरहिस् र सत्यता अभ्यास गरिरहिस् भने, आफ्नो कर्तव्यमा प्रयोग गर्ने तेरा व्यावसायिक सिपहरू तिखारिँदै जानेछन्, तैँले आफ्नो कर्तव्यमा झन्-झन् राम्रो नतिजा ल्याउनेछस्, र परमेश्वरले तँलाई अन्तर्दृष्टि र आशिष् दिनुहुनेछ, र तँलाई अझ बढी लाभ उठाउन दिनुहुनेछ। त्यसबाहेक, तँसँग सत्यता अभ्यासको मार्ग हुनेछ, र जब तँलाई सत्यता अभ्यास गर्न आउँछ, तब तैँले बिस्तारै सिद्धान्तहरू पनि बुझ्नेछस्। जब तैँले कुन कार्यले परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन दिलाउँछ, कुन कार्यले उहाँको तिरस्कार र उपेक्षा निम्त्याउँछ र कुन कार्यले उहाँको अनुमोदन र आशिष् दिलाउँछ भनी जान्नेछस्, तब तँसँग अघि बढ्ने मार्ग हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट, उनले सद्भावपूर्ण सहकार्यका सिद्धान्तहरू बुझिन्। आफ्नो कर्तव्यमा, यदि अरूले फरक सुझाव अघि सार्छन् भने, तिनीहरूले व्यावसायिक कुराहरू बुझे पनि नबुझे पनि, व्यक्तिमा सत्यता स्वीकार गर्ने र खोज्ने मनोवृत्ति हुनुपर्छ, र तिनीहरूको सुझाव स्वीकार गरेर सुरु गर्नुपर्छ तर अन्धो भएर तिनलाई नपछ्याईकन, अनि त्यसपछि सिद्धान्तहरूले के भन्छन् भनेर हेर्नुपर्छ र मार्ग तय गर्न सत्यताका सिद्धान्तहरू प्रयोग गर्नुपर्छ। पछि, जियाङ नीङले फेरि डिजाइन गर्ने कर्तव्यमा फर्किने सौभाग्य पाइन्। उनी परमेश्वरप्रति अत्यन्तै कृतज्ञ थिइन् र यस पटक अरूसँग मिलेर काम गर्न चाहिन्।
एक दिन, जियाओ युले उनको चित्र जाँच गरिन् र उनको संयोजनमा थुप्रै समस्या औँल्याइन्। यो सुनेपछि, जियाङ नीङलाई के लाग्यो भने, उनको सिस्टरले उनका अभिप्रायहरू बुझेकी छैनन्, र उनले केही राम्रा चित्रहरूबाट पनि सिकेकी छिन् त्यसकारण उनको संयोजन उपयुक्त हुनुपर्ने हो। उनले यसबारे जति सोचिन्, उनलाई जियाओ यु अति नै स-सानो कुरा खोज्ने र प्रावधानप्रति सचेत भइरहेकी हुन् भन्ने लाग्यो, त्यसकारण उनले आफ्नो सोच फेरि एकपटक दोहोर्याइन्। तर उनले यसो भनेपछि, जियाओ युले भनिन्, “मैले तिम्रो सोच बुझेकी छु, तर मलाई साँच्चै यो संयोजनमा केही समस्या छन् जस्तो लाग्छ। तिमीले अझ उपयुक्त समाधान छ कि छैन भनेर विचार गर्न सक्छौ।” जियाओ युले यसो भनेको सुन्दा, जियाङ नीङलाई अचानक के महसुस भयो भने उनले आफ्नो सिस्टरको अगाडि आफूलाई सही साबित गर्नका लागि मात्रै आफ्नो दृष्टिकोणलाई बारम्बार जोड दिइरहेकी छिन्। उनले आफ्नी सिस्टरको सुझावलाई गम्भीरतापूर्वक विचार गरिनन् र आफू नै सही छु भन्ने मात्र सोचिन्। के उनी अझै पनि हठी भइरहेकी र अरूका सुझाव पटक्कै स्वीकार नगर्ने गरिरहेकी थिइनन् र? जियाङ नीङलाई अलिक पछुतो लाग्यो र आफूले फेरि पनि अहङ्कारी स्वभाव प्रकट गरिरहेकी छु भन्ने महसुस गरिन्। उनले फरक रायहरूको सामना गर्दा सुरुमा आफूलाई एकातिर पन्छाउनुपर्छ, अरूका दृष्टिकोण सही छन् कि छैनन्, र ती सिद्धान्तअनुरूप छन् कि छैनन् भनेर ध्यान दिएर विचार गर्नुपर्छ भन्ने अभ्यासको सिद्धान्तबारे सोचिन्। जब उनी शान्त भएर कुराहरू विचार गर्न बसिन्, तब उनले उनको संयोजनमा साँच्चै केही समस्या रहेछन् भन्ने पत्ता लगाइन्। त्यसपछि, जियाङ नीङले आफू अनिश्चित भएका पाटाहरूबारे आफ्नो सुपरभाइजरसँग सल्लाह मागिन्, उनका सुपरभाइजरले उनलाई सम्बन्धित सिद्धान्तहरूमा सङ्गति दिइन्, र उनले आफ्ना सुधारहरू गर्ने अझ स्पष्ट मार्ग प्राप्त गरिन्। यसपछि, उनी निकै हर्षित भइन्। यस पटक उनी हठी नभएको राम्रो भयो, नत्र यसले विचलन ल्याउनेथियो। यसले उनलाई आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता स्वीकार गर्ने मनोवृत्ति कति महत्त्वपूर्ण हुने रहेछ भन्ने कुरा बुझायो, र व्यक्तिलाई आफू जति नै सही वा निश्चित लागे पनि, जब अरूका राय फरक हुन्छन्, तब व्यक्तिले सुरुमा आफ्ना दृष्टिकोणहरू एकातिर राखेर कुराहरू विचार गर्नुपर्छ र खोजी गर्नुपर्छ। किनभने परमेश्वरले कसैका समस्या प्रकट गर्न अरूलाई मार्गदर्शकको रूपमा प्रयोग गरिरहेको हुन सक्ने धेरै सम्भावना हुन्छ। सत्यता स्वीकार गर्ने मनोवृत्तिले धेरै विचलनहरूबाट जोगिन मद्दत गर्न सक्छ भन्ने जियाङ नीङले पाइन्। आफ्नो कर्तव्यमा अघि बढ्दै जाँदा, जियाङ नीङले सचेत रूपमा अरूका सुझावहरू स्वीकार गरिन्, र यसबाट आफूले धेरै कुरा सिकेको र आफ्ना ब्रदर-सिस्टरहरूसँग मिलेर सहकार्य गर्न सक्ने भएको महसुस गरिन्। उनको हृदय परमेश्वरप्रति कृतज्ञताले भरियो!