९५. आफूले काममा लगाउनेहरूलाई कहिल्यै शङ्का नगर्नुका परिणामहरू

एब्बी, अमेरिका

म मण्डलीमा सुसमाचार डिकनका रूपमा सेवा गर्थें। आफैले सुसमाचार फैलाउनुबाहेक, म सुसमाचार कामदारहरूको कर्तव्य निर्वाहनको सुपरिवेक्षण र अनुगमन पनि गर्थें। जो आफ्नो कर्तव्यमा झारा टार्न उद्दत हुन्थे, उनीहरूलाई नजिकबाट निगरानी गर्थेँ। उदाहरणका लागि, उनीहरूका सम्भावित सुसमाचार ग्रहणकर्ताहरूको अवस्था कस्तो छ र उनीहरूले कसरी सङ्गति गर्छन् र गवाही दिन्छन् भन्‍ने कुरा म होसियारीसाथ बुझ्थेँ। कहिलेकाहीँ उनीहरू आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएको पाउँदा, म उनीहरूलाई काटछाँट गर्थेँ र उनीहरूका समस्याहरू खुलासा गरिदिन्थेँ। तर, आफ्नो कर्तव्यमा सामान्यतया लगनशील भएका केही ब्रदर-सिस्टरहरूलाई भने म तिनीहरूलाई कुनै कठिनाइ आइपरेको छ कि भनेर संक्षिप्त रूपमा सोध्ने मात्र गर्थें। उनीहरूले आफ्नो जिम्मेवारी पूरा नगर्लान् वा कामचोरी गर्लान् भनेर मैले कहिल्यै सोचिनँ। मैले यस्तो पनि सोचेँ, “यदि मैले उनीहरूको कामलाई नजिकबाट अनुगमन गरेँ भने, उनीहरूले मलाई उनीहरूमाथि भरोसा छैन भन्ठान्नेछन् र? यदि उनीहरूले मेरो बारेमा नकारात्मक धारणा बनाए भने, उनीहरूसँग घुलमिल हुन अप्ठ्यारो हुनेछ।” त्यसकारण, म विस्तृत रूपमा उनीहरूको कामको अनुगमन वा सुपरिवेक्षण बिरलै गर्थें।

एक दिन, मसँग सहकार्य गर्ने सिस्टरबाट मैले एउटा सन्देश पाएँ। उनले रिपोर्ट गरिन् कि सोनिया सुसमाचार फैलाउने काममा जिम्मेवार छैनन्, गाह्रो पर्दा पछि हट्छिन्, र त्यसले काममा ढिलाइ भइरहेको छ। यो सन्देशले मलाई छक्क पार्‍यो, मैले सोचेँ, “कतै गल्ती भयो कि? सोनिया सामान्यतया आफ्नो कर्तव्यमा निकै लगनशील छिन्। उनमा यी समस्याहरू कसरी हुन सक्छन् र?” मैले यसबारे बुझ्छु भनेर वचन दिए तापनि, मलाई यस्ता कुराहरू साँच्चै भएका थिए भन्‍ने विश्वास थिएन। त्यसैले, मैले सोनियालाई उनको सुसमाचार प्रचारको अवस्थाबारे छोटकरीमा मात्र सोधेँ। उनले मलाई भनिन् कि हालसालै उनले सुसमाचार प्रचारमा केही कठिनाइहरू सामना गरेकी छिन्। उनका केही सम्भावित सुसमाचार ग्रहणकर्ताहरूमा धेरै धार्मिक धारणाहरू थिए, अनि अरूले चाहिँ उनका सन्देशहरूको जवाफ दिँदैनथे। त्यस समयमा, मैले सोचेँ, “के मैले कुनै समस्या छ कि छैन भनेर हेर्न उनको काम जाँच्नुपर्छ?” तर त्यसपछि मैले सोचेँ, “सोनिया सामान्यतया आफ्नो कर्तव्यप्रति राम्रो मनोवृत्ति राख्छिन्। यदि मैले उनको काम राम्ररी जाँच गरेँ भने, के उनले मैले उनीमाथि भरोसा नगरेको र उनलाई शङ्का गरेको महसुस गर्छिन् होला? त्यसो हो भने, हामी हरेक दिन भेट्दा कति अप्ठ्यारो होला! यदि उनले मेरो बारेमा नराम्रो धारणा बनाइन् भने, भविष्यमा उनीसँग सहकार्य गर्न गाह्रो हुनेछ। यसबाहेक, सोनिया पहिले सुसमाचार डिकन थिइन्, त्यसैले, उनले नतिजा हासिल गर्न कसरी काम गर्ने भनेर जानेको हुनुपर्छ। उनी गैरजिम्मेवार हुने र कठिनाइमा पछि हट्ने छैनन्। उनले केही कारणहरू उल्लेख गरेकाले, उनले साँच्चै कठिनाइहरूको सामना गरिरहेकी हुनुपर्छ।” त्यसैले, मैले यसबारे थप खोजीनिती गरिनँ। केही दिनपछि, मसँग सहकार्य गर्ने सिस्टरले फेरि रिपोर्ट गरिन् कि सोनिया सुसमाचार प्रचारमा जिम्मेवार छैनन्, उनी सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई सङ्गति गर्नमा र गवाही दिनमा प्रयास लगाउँदिनन्। यस पटक, मलाई केही गडबड भएको महसुस भयो। सहकर्मी सिस्टरले लगातार सोनियाका समस्याहरू रिपोर्ट गरेकी हुनाले, मैले उप्रान्त त्यसलाई बेवास्ता गर्न मिल्दैनथ्यो। त्यसैले, मैले तुरुन्तै सोनियासँग कुरा गरेँ, हरेक सम्भावित सुसमाचार ग्रहणकर्ताको विस्तृत अवस्थाबारे सोधेँ। यो जाँचले साँच्चै केही समस्याहरू खुलासा गर्यो: उनका केही सम्भावित सुसमाचार ग्रहणकर्ताहरू दुई वा तीन पटक भेलामा सहभागी भएका थिए, तर उनलाई उनीहरूको अवस्थाबारे केही थाहा थिएन, र उनी उनीहरूका समस्या र धारणाहरूबारे पनि अनजान थिइन्। उनले केही सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई त केही संक्षिप्त अभिवादन सन्देशहरू मात्र पठाएकी रहिछन्, थप अनुगमन र सङ्गति गरेकी थिइनन्। उनले धेरै उपयुक्त सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई त्यागेकी समेत रहिछिन्। यी समस्याहरू देखेर, म स्तब्ध भएँ। सोनियाको व्यवहार मैले सोचेजस्तो भन्दा पूर्णतया फरक थियो। मेरो विचारमा, उनी आफ्नो कर्तव्यमा लगनशील र जिम्मेवार थिइन्, त्यसैले मैले उनको कामको अनुगमन गर्दा उनीमाथि ठूलो विश्वास गरेकी थिएँ, उनलाई कुनै समस्या नपर्ला भन्‍ने सोचेकी थिएँ। उनमा केही समस्याहरू देख्दा पनि, मैले तिनलाई गम्भीर रूपमा लिइनँ। मैले आफैलाई प्रश्न गर्न थालेँ: मैले उनलाई किन यति धेरै विश्वास गरेँ? मैले किन अरूलाई गरेजस्तै उनको कामलाई विस्तृत रूपमा अनुगमन गरिनँ र बुझिनँ? मलाई मनमनै निकै हप्की महसुस भयो। मैले अहिले उनका समस्याहरू पत्ता लगाएको भए पनि, आखिरमा, पहिले नै भइसकेको नोक्सानीको पूर्ति गर्न धेरै ढिलो भइसकेको थियो।

चिन्तन गर्दै गर्दा, मैले परमेश्‍वरका वचनको एक खण्ड पढेँ: “झूटा अगुवाहरूमा एउटा घातक अवगुण हुन्छ: तिनीहरू आफ्नै कल्पनामाथि भर परेर मानिसहरूलाई भरोसा गरिहाल्‍छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्‍वरका वचनहरूले भ्रष्ट मानवजातिको सार कसरी खुलासा गर्छन्? परमेश्‍वरले ती मानिसहरूलाई भरोसा गर्नुहुन्‍न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्‍यो? झूटा अगुवाहरू अत्यन्तै अहङ्कारी र पाखण्डी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, ‘मैले यस व्यक्तिलाई गलत रूपमा मूल्याङ्कन गरेको हुन सक्‍ने सम्भावना छैन, मैले उचित भनी मूल्याङ्कन गरेको यो व्यक्तिमा कुनै पनि समस्याहरू हुनु हुँदैन; ऊ अवश्य नै खाने, पिउने, र मनोरञ्जन गर्ने काममा लिप्त हुने व्यक्ति होइन। तिनीहरू अवश्य नै विश्‍वसनीय र भरोसायोग्य छन्। तिनीहरू परिवर्तन हुनेछैनन्; यदि परिवर्तन भए भने, म नै तिनीहरूको बारेमा गलत थिएँ भन्ने अर्थ लाग्‍छ, होइन र?’ यो कस्तो प्रकारको तर्क हो? के तँ कुनै प्रकारको विशेषज्ञ होस्? के तँसँग एक्स-रेको जस्तै दृष्टि छ? के तँसँग यो विशेष सीप छ? तँ कुनै व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर तिनीहरूको प्रकृति र सारलाई पूर्ण रूपले उदाङ्गो पार्ने उचित वातावरणविना तैँले तिनीहरू कस्ता छन् भनी देख्न सक्छस् र? यदि तिनीहरू परमेश्‍वरद्वारा प्रकाश नगरिएका भए, तँ तिनीहरूसित तीनदेखि पाँच वर्षसम्म पनि एक साथ रहन सक्थिस् र पनि तिनीहरूसित कस्तो प्रकृति सार छ भन्ने कुरा देख्न तैँले अझै संघर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई विरलै देख्ने, तिनीहरूसित विरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? तैँले झूटा अगुवाहरूले व्यक्तिको अस्थायी हाउभाउ वा अरू कसैले तिनीहरूको बारेमा गरेको सकारात्मक मूल्याङ्कन्‌को आधारमा उसलाई निर्धक्‍क विश्‍वास गर्छस्, र त्यस्तो व्यक्तिलाई मण्डलीको कामको जिम्मेवारी दिने दुस्साहस गर्छस्। यसमा, के तिनीहरू अत्यन्तै अन्धो बनिरहेका हुँदैनन् र? के तिनीहरूले लापरवाह व्यवहार गरिरहेका हुँदैनन् र? अनि, झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्मवारपूर्ण भइरहेका हुँदैनन् र?(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (३))। परमेश्‍वरले खुलासा गर्नुहुन्छ कि झुटा अगुवाहरू आफ्नो काममा गैरजिम्मेवार हुन्छन्, साथै उनीहरू अहङ्कारी र आत्म-धर्मी हुन्छन्। आफूले मानिसहरूलाई सही रूपमा मूल्याङ्कन गर्न सक्छु भन्ठानेर उनीहरू मानिसहरूलाई अन्धाधुन्ध विश्वास गर्छन्, जसले काममा हानि पुर्‍याउँछ। म पनि सोनियाको हकमा गैरजिम्मेवार भएकी थिएँ। मैले सोचेकी थिएँ कि उनी पहिले सुसमाचार डिकन भएकीले र उनले विगतका कर्तव्यका लागि राम्रो मूल्याङ्कन, पाएकीले उनले सायद कुनै समस्या निम्त्याउने छैनन्। म ढुक्क भएकी थिएँ र उनलाई सुपरिवेक्षण नगरी काम गर्न दिएकी थिएँ, त्यसैले मैले उनको काम जाँच गर्दा हरेक पटक झारा मात्र टारेकी थिएँ। काममा त्रुटिहरू देखा परेपछि र मसँग सहकार्य गर्ने सिस्टरले सोनियाका समस्याहरू रिपोर्ट गरेपछि पनि, मैले अझै विश्वास गरिनँ, सोनिया त्यस्तो व्यक्ति होइनन् भन्‍ने सोचेँ। म केवल औपचारिकताका लागि कामकुरा कस्तो चलिरहेको छ भनेर सोध्ने गर्थेँ, र मैले उनका केही बहानाका आधारमा उनलाई अन्धाधुन्ध विश्वास गरेकी थिएँ। मसँग सहकार्य गर्ने सिस्टरले मलाई दोस्रो पटक सम्झाएपछि मात्र मैले ढिलो गरी सोनियाको कामको अनुगमन गरेँ। तर त्यतिबेलासम्म, क्षति भइसकेको थियो। परमेश्‍वर सुपरिवेक्षकहरूले कामको सुपरिवेक्षण र अनुगमन गरून् भन्ने माग गर्नुहुन्छ। तर, मैले चाहिँ मानिसहरूलाई अन्धाधुन्ध विश्वास गरेकी थिएँ, वास्तविक काम गरेकी थिइनँ। म साँच्चै गैरजिम्मेवार भएकी थिएँ! यो कुरा बुझ्दा म पश्चात्ताप र ग्लानिले भरिएँ।

पछि, मैले मार्गदर्शन खोज्न जारी राखेँ—मैले सोनियाको कामको सुपरिवेक्षण किन गरेकी थिइनँ? भक्ति-सङ्गीतको दौरान, मैले परमेश्‍वरका वचनको एक खण्ड पढेँ: “‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने’ भन्ने वाक्यांश धेरैजसो मानिसले पहिले सुनेको कुरा हो। तिमीहरूलाई यो वाक्यांश सही लाग्छ कि गलत? (गलत।) तिमीहरूलाई यो गलत लाग्ने भए पनि, त्यसले किन अझै तिमीहरूको वास्तविक जीवनमा प्रभाव पार्न सक्छ? तिमीहरूलाई यस्ता कुराहरू आइपर्दा, यो दृष्टिकोण पैदा हुनेछ। त्यसले तँलाई केही हदसम्म बाधा दिनेछ, र त्यसले तँलाई बाधा दिएपछि तेरो काम प्रभावित हुनेछ। त्यसैले, यदि तँलाई यो गलत लाग्छ र तैँले यो गलत हो भनेर निर्धारित गरिसकेको छस् भने, किन तँ अझै त्यसद्वारा प्रभावित हुन्छस् र किन तँ आफूलाई आराम दिन अझै त्यो प्रयोग गर्छस्? (किनभने मानिसहरू सत्यता बुझ्दैनन्, तिनीहरू परमेश्वरका वचनअनुसार अभ्यास गर्नयोग्य हुँदैनन्, त्यसैले तिनीहरूले संसारसँग व्यवहार गर्ने शैतानको दर्शनलाई अभ्यासका लागि आफ्नो सिद्धान्त वा मापदण्डका रूपमा लिनेछन्।) यो एउटा कारण हो। अरू कारण पनि छन्? (किनभने यो वाक्यांश मानिसहरूको दैहिक रुचिसँग तुलनात्मक रूपले मेल खान्छ, अनि तिनीहरूले सत्यता नबुझ्दा स्वाभाविक रूपले यो वाक्यांशअनुसार कार्य गर्नेछन्।) मानिसहरू सत्यता नबुझ्दा मात्र यस्तो हुने होइनन्, तिनीहरू सत्यता बुझ्दासमेत सत्यताअनुसार अभ्यास गर्न सक्षम नहुन सक्छन्। यो वाक्यांश ‘मानिसहरूको दैहिक रुचिसँग तुलनात्मक रूपले मेल खानु’ सही कुरा हो। मानिसहरूले सत्यता अभ्यास गर्नुभन्दा आफ्ना दैहिक रुचिहरू जोगाउन धूर्त चाल वा संसारसँग व्यवहार गर्ने शैतानी दर्शन पछ्याउँछन्। त्यसबाहेक, तिनीहरूसँग यसो गर्ने आधार छ। त्यो आधार के हो? त्यो के हो भने, यस वाक्यांशलाई जनमानसले सही भनेर व्यापक रूपमा स्विकार्छन्। तिनीहरूले यस वाक्यांशअनुसार कामकुरा गर्दा, अरू सबैका अगाडि तिनीहरूको कार्य मान्य हुन सक्छ र तिनीहरू आलोचनामुक्त हुन सक्छन्। नैतिक दृष्टिकोणबाट हेरे पनि वा कानुनी दृष्टिकोणबाट हेरे पनि, वा पारम्परिक धारणाको दृष्टिकोणबाट हेरे पनि, यो खरो उत्रने दृष्टिकोण र अभ्यास हो। त्यसैले, जब तँ सत्यता अभ्यास गर्न इच्छुक हुँदैनस् वा जब तँ त्यो बुझ्दैनस्, तब तँ बरु परमेश्वरलाई चिढ्याउँछस्, सत्यता उल्लङ्घन गर्छस्, र पछि हटेर नैतिक सीमा उल्लङ्घन नहुने स्थानमा जान्छस्। अनि यो स्थान के हो? त्यो तैँले ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने’ सीमा हो। पछि हटेर यस स्थानमा जाँदा र यो वाक्यांशअनुसार कार्य गर्दा, तँलाई मनोशान्ति मिल्नेछ। किन त्यसले तँलाई मनोशान्ति दिन्छ? किनभने अरू सबैले पनि यसरी नै सोच्छन्। त्यसबाहेक, तेरो हृदयले सबै अपराधी हुँदा कानुन लागु गर्न सकिन्न भन्ने धारणा पनि पाल्छ, र तँ सोच्छस्, ‘सबै जना यसरी सोच्छन्। मैले यस वाक्यांशअनुसार अभ्यास गरेँ भने, परमेश्वरले मलाई निन्दा गरे पनि केही फरक पर्नेछैन, किनभने जे भए पनि म परमेश्वरलाई देख्न सक्दिनँ वा पवित्र आत्मालाई छुन सक्दिनँ। कम्तीमा अरूका नजरमा, म मानव गुण भएको, अलिकति विवेक भएको व्यक्ति ठहरिनेछु।’ तँ यी ‘मानव गुण’ का खातिर, मानिसहरूलाई तँप्रति वैरभावको नजरले नहेर्न लगाउनका लागि सत्यतालाई विश्वासघात गर्ने छनौट गर्छस्। त्यसपछि सबै जनाले तँलाई राम्रो ठान्नेछन्, तेरो आलोचना हुनेछैन, र तँ आरामदायी जीवन जिउनेछस् र तैँले मनोशान्ति पाउनेछस्—तैँले खोज्ने भनेको मनोशान्ति हो। के यो मनोशान्ति सत्यताप्रति व्यक्तिको प्रेमको प्रकटीकरण हो? (अहँ, होइन।) त्यसोभए, यो कस्तो स्वभाव हो? के यसमा छलीपन हुन्छ? हो, त्यसमा छलीपन हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्यता के हो)। परमेश्‍वरका वचनको ज्योतिमा आफूलाई हेर्दा, मैले बुझेँ कि मैले सोनियाको कामको सुपरिवेक्षण नगर्नु “कसैलाई काममा लाउनु छ भने, त्यसमाथि शङ्का नगर्नू; शङ्का लाग्छ भने, त्यसलाई काममा नलाउनू” भन्ने संसारसँग व्यवहार गर्ने शैतानी दर्शनद्वारा म शाषित भएकीले रहेछ। मैले सोचेकी थिएँ कि, कसैलाई काममा लगाउनुको अर्थ उनीहरू शङ्काको धेराभन्दा बाहिर हुनु हो; नत्र, त्यो उनीहरूलाई विश्वास नगर्नु हुन्छ। यदि मैले सोनियाको काम विस्तृत रूपमा जाँच गरेँ भने, कतै उनले मैले उनलाई विश्वास नगरेको महसुस गर्छिन् कि र मेरो विरुद्धमा पूर्वाग्रह राख्छिन् कि भनेर म चिन्तित थिएँ। त्यसैले, मैले उनको कामलाई अनुगमन गरेकी थिइनँ, र आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएकी थिएँ, जसले काममा ढिलाइ भएको थियो। मैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन सकूँ भनेर कसैलाई चिढ्याउनबाट बच्नका लागि नै “कसैलाई काममा लाउनु छ भने, त्यसमाथि शङ्का नगर्नू; शङ्का लाग्छ भने, त्यसलाई काममा नलाउनू” भन्ने उचित देखिने औचित्यलाई कामको सुपरिवेक्षण र जाँच नगर्न बहानाका रूपमा प्रयोग गरेकी थिएँ। मैले जे प्रकट गरेकी थिएँ, त्यो मेरो स्वार्थी र छली शैतानी स्वभाव थियो। मैले परमेश्‍वरमा विश्वास गरेकी र उहाँलाई पछ्याएकी, उहाँका वचन खाएकी र पिएकी अनि आफ्नो कर्तव्य पूरा गरेकी बाहे तापनि, मैले परमेश्‍वरका वचनलाई आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने सिद्धान्त मानेकी थिइनँ, र परिस्थितिहरू आइपर्दा, म तिनलाई सम्हाल्न अझै पनि शैतानी दर्शनमा भर परेकी थिएँ, कामको सुपरिवेक्षण वा निरीक्षण गर्न बेवास्ता गरेकी, आफ्नो कर्तव्यमा जिम्मेवारी पूरा गर्न असफल भएकी थिएँ। मैले परमेश्‍वरको प्रतिरोध गरेकी र उहाँलाई धोका दिएकी थिएँ। यो कुरा बुझ्दा म डराएँ, र शैतानी दर्शन अनुसार जिउँदा आफैलाई हानि मात्र पुग्ने रहेछ भनेर पनि मैले बुझेँ।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “के तिमीहरू ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने’ भन्‍ने दृष्टिकोण सही छ भनेर विश्‍वास गर्छौ? के यो वाक्यांश सत्यता हो? परमेश्‍वरको घरका काममा र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा ऊ किन यो वाक्यांशको प्रयोग गर्छ? यहाँ, समस्या के हो? ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने’ भन्ने भनाइ अवश्य नै गैरविश्‍वासीका शब्‍दहरू, शैतानबाट आएका शब्दहरू हुन्—र पनि किन ऊ तिनलाई सत्यताका रूपमा लिन्छ? ती सही हुन् कि गलत हुन् भनेर किन ऊ भन्‍न सक्दैन? यी स्पष्ट रूपमै मान्छेका शब्‍दहरू, भ्रष्ट मानवजातिका शब्‍दहरू हुन्, ती सत्यता हुँदै होइनन्, ती परमेश्‍वरका वचनहरूको पूर्णविपरीत छन्, र तिनलाई मानिसका कार्यहरू, व्यवहार, र परमेश्‍वरको आराधनाको मापदण्डका रूपमा लिनु हुँदैन। त्यसो भए, यो वाक्यांशलाई कसरी लिनुपर्छ? यदि तँ साँच्‍चै नै खुट्ट्याउन सक्छस् भने, तैँले तेरो अभ्यासको सिद्धान्तका रूपमा यसको सट्टा कस्तो निर्दय सिद्धान्त प्रयोग गर्नुपर्छ? त्यो मापदण्ड, ‘आफ्‍नो सारा हृदय, सारा प्राण र सारा मनले आफ्‍नो कर्तव्य पूरा गर्नु’ भन्‍ने हुनुपर्छ। सारा हृदय, सारा प्राण, र सारा मनले काम गर्नु भनेको कोहीद्वारा नियन्त्रित नहुनु हो; यो एउटै हृदय र मनको हुनु हो, त्योबाहेक अरू केही होइन। यो तेरो जिम्‍मेवारी र कर्तव्य हो, र यसलाई तैँले राम्ररी पूरा गर्नुपर्छ, किनभने यो गर्ने एकदमै प्राकृतिक र न्यायोयित कुरा हो। तैँले जस्तोसुकै समस्याहरू सामना गरे पनि, सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। जसरी सम्‍हाल्‍नुपर्ने हो, त्यसरी सम्‍हाल्; यदि काटछाँट जरुरी हुन्छ भने, त्यसै गर्, र बर्खास्त गर्नुपर्छ भने, त्यसै गर्। सङ्क्षेपमा भन्दा, परमेश्‍वरका वचनहरू र सत्यताअनुसार काम गर्। के यो सिद्धान्त होइन र? के यो ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने’ भन्‍ने वाक्यांशको ठिकविपरीत छैन र? न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने भनेको के हो? यसको अर्थ यदि तैँले कुनै व्यक्तिलाई रोजगारी दिइस् भने, तैँले ऊमाथि शङ्का गर्नु हुँदैन, उसलाई लगाम लगाउन छोड्नुपर्छ, उसलाई सुपरिवेक्षण गर्नु हुँदैन, र उसलाई जसरी मन लाग्छ त्यसरी काम गर्न दिनुपर्छ; र यदि तँलाई त्यस व्यक्तिप्रति शङ्का लाग्छ भने, तैँले उसलाई काममा लगाउनु हुँदैन। के यसको अर्थ यही होइन र? यो अत्यन्तै गलत छ। मानवजातिलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ। हरेक व्यक्तिमा शैतानी स्वभाव हुन्छ, र उसले परमेश्‍वरलाई विश्वासघात गर्न र उहाँको प्रतिरोध गर्न सक्छ। यो भन्‍न सकिन्छ कि कोही पनि भरपर्दो हुँदैन। यदि व्यक्तिले पृथ्वीका नाममा कसम खान्छ भने पनि, यसको कुनै अर्थ हुँदैन, किनभने मानिसहरू आफ्नो भ्रष्ट स्वभावद्वारा नियन्त्रित हुन्छन् र आफूलाई गर्न सक्दैनन्। तिनीहरूले आफ्‍नो भ्रष्ट स्वभावको समस्या समाधान गर्न, र परमेश्‍वरको विरोध गर्ने र उहाँलाई धोका दिने समस्या पूर्ण रूपमा हटाउन सक्‍ने बन्‍नुभन्दा पहिले, तिनीहरूले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ, र मान्छेको पापको जड समाधान गर्नुपर्छ। परमेश्‍वरको न्याय र शुद्धीकरण अनुभव गरेर मुक्ति हासिल नगरेकाहरू भरपर्दो हुँदैनन्। तिनीहरू भरोसा गर्न लायक हुँदैनन्। त्यसकारण, तैँले जब कसैलाई प्रयोग गर्छस्, तब तिनीहरूलाई सुपरिवेक्षण गर्ने र निर्देशन दिने गर्नैपर्छ। साथै, तैँले तिनीहरूलाई काटछाँट गर्ने, र बारम्‍बार सत्यतामा सङ्गति दिने गर्नैपर्छ, अनि यसरी मात्रै तैँले तिनीहरूलाई निरन्तर प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर स्पष्ट देख्‍न सक्‍नेछस्। यदि कतिपय मानिसले सत्यता स्विकार्न, काटछाँट स्विकार्न, निष्ठापूर्वक कर्तव्य निर्वाह गर्न, र जीवनमा निरन्तर प्रगति गर्न सक्छन् भने, तिनीहरू मात्रै प्रयोग गर्न योग्य मानिस हुन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्यता के हो)। परमेश्‍वरका वचनले मानिसहरूलाई अभ्यासको मार्ग औँल्याउँछन्। व्यक्तिगत प्रतिष्ठा वा हितमा हानि पुगे पनि नपुगे पनि, परमेश्‍वरको मागअनुसार आफ्नो कर्तव्य पूरा गर्नु मैले पालन गर्नुपर्ने सिद्धान्त हो। एक सुपरिवेक्षकका रूपमा, कामको सुपरिवेक्षण र अनुगमन गर्नु मेरो काम हो। उनीहरू जोसुकै भए तापनि, जबसम्म उनीहरू मेरो जिम्मेवारीको दायराभित्र पर्छन्, मैले उनीहरूको सुपरिवेक्षण र अनुगमन गर्नैपर्छ। उनीहरू झाराटारुवा, गैरजिम्मेवार भइरहेको, वा उनीहरूले सिद्धान्तहरू उल्लङ्घन गरिरहेको देखेँ भने, मैले उनीहरूलाई मद्दत गर्नुपर्छ, सच्याउनुपर्छ, र काटछाँट गर्नुपर्छ। यदि उनीहरूले अझै पनि सुधार गर्दैनन् भने, उनीहरूलाई नयाँ काममा खटाउन वा बर्खास्त गर्न आवश्यक हुन्छ। मैले लगाम छोड्नु र मानिसहरूलाई अन्धाधुन्ध विश्वास गर्नु हुँदैन, किनकि यी गैरजिम्मेवार र मूर्ख हुनुका प्रकटीकरणहरू हुन्। हामी शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका छौं र प्रायः हाम्रो भ्रष्ट स्वभावअनुसार जिउँछौं, आफ्नो कर्तव्यमा झाराटारुवा बन्छौँ र कामचोरी गर्न छलकपटको सहारा लिन्छौँ। हाम्रो भ्रष्ट स्वभाव शुद्ध नभएसम्म, कसैमाथि भर पर्न सकिँदैन। त्यसैले, मानिसहरूलाई अगुवा र कामदारहरूले सुपरिवेक्षण गर्न आवश्यक छ। यो मानिसहरूलाई अझ राम्रोसँग आफ्नो कर्तव्य पूरा गर्न उत्प्रेरित गर्नका लागि पनि हो। सोनिया पहिले सुसमाचार डिकन हुने गरेकी र सामान्यतया आफ्नो कर्तव्यमा लगनशील र जिम्मेवार भएकी भए पनि, बर्खास्त भएपछि उनी आफूमा कमजोर क्षमता छ भनी आफूलाई सीमित गर्ने स्थितिमा बाँचिरहेकी थिइन्। उनी आफ्नो नयाँ कर्तव्यमा केही नकारात्मक र निष्क्रिय बनेकी थिइन्, जसले गर्दा धेरै काम समयमै पूरा हुन सकेन। उनको कामको अनुगमन वा सुपरिवेक्षण नगर्दा, मैले समयमै उनको स्थितिको समस्या पत्ता लगाउन वा सम्बोधन गर्न सकेकी थिइनँ।

मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ र वास्तविक काम गर्नका लागि पछ्याउनुपर्ने केही मार्गहरू प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “एउटा अगुवा र कार्यकर्ताले जुनसुकै महत्त्वपूर्ण काम गरे तापनि, अनि यो कामको प्रकृति जस्तोसुकै भए तापनि, तिनीहरूको पहिलो प्राथमिकता भनेको त्यो काम कस्तो भइरहेको छ भनेर बुझ्नु र बोध गर्नु हो। तिनीहरू कामकुरालाई अनुगमन गर्न र प्रश्‍नहरू सोध्‍न अनि प्रत्यक्ष सूचना प्राप्त गर्न त्यहाँ व्यक्तिगत रूपमा उपस्थित हुनुपर्छ। तिनीहरूले केवल हल्लाको भरमा चल्ने वा अरूका विवरणहरू सुन्‍ने गर्नु हुँदै हुँदैन। बरु, तिनीहरूले व्यावसायिक कामहरूमा कर्मचारीहरूको परिस्थिति कस्तो छ, काम कसरी अघि बढिरहेको छ भनेर नियाल्नुपर्छ, र के-कस्ता कठिनाइहरू छन्, माथिका मापदण्डहरूसित कुनै क्षेत्रहरू बेमेलमा छन् कि, सिद्धान्तहरू उल्लङ्घन भएका छन् कि, कुनै बाधा वा अवरोधहरू छन् कि, व्यावसायिक कामका सम्बन्धमा कुनै आवश्यक सामान वा त्यससम्बन्धि प्रशिक्षण सामग्रीहरूको कमी छ कि भनेर बुझ्नुपर्छ—तिनीहरूले यी सबै कुरामाथि निरन्तर निगरानी राखिरहनुपर्छ। तिनीहरूले जति वटा विवरणहरू सुने तापनि वा हल्लाबाट जति नै जानकारी पाए पनि, यी कुनै पनि कुरा व्यक्तिगत रूपमा भेटघाट गरे जतिको राम्रो हुँदैन; तिनीहरूले आफ्नै आँखाले कामकुरा हेर्दा अझ बढी सही र भरपर्दो हुन्छ; तिनीहरू परिस्थितिका सम्पूर्ण पक्षहरूसित परिचित भइसकेपछि, तिनीहरूलाई के भइरहेको छ भन्‍ने कुराको राम्रो ज्ञान हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। परमेश्‍वरका वचनबाट, मैले बुझेँ कि काम गर्दा, हामीले मानिसहरूलाई अन्धाधुन्ध विश्वास गर्न वा काम सुम्पिएपछि लगाम छोड्न सक्दैनौं। हामीले व्यक्तिगत रूपमा मानिसहरूको कामको सुपरिवेक्षण र जाँच गर्नुपर्छ। यसबाहेक, एक पटक मात्र जाँच गरेर पुग्दैन; हामीले निश्चित कालखण्डसम्म यसलाई जाँच्नु आवश्यक छ। हामी ब्रदर-सिस्टरहरूको कामको प्रगति र विशेष परिस्थितिका बारेमा आफ्नो मनमा स्पष्ट हुनुपर्छ। यसरी मात्र हामीले उनीहरूका समस्याहरू तुरुन्तै पहिचान गर्न र कुराहरू सच्याउन सङ्गति गर्न सक्छौं। अन्यथा, तिनले काममा हानि पुर्‍याउन सक्छन्। यो कुरा बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गर्दै पश्चात्ताप गर्ने, परमेश्‍वरको मागअनुसार आफ्नो कर्तव्य पूरा गर्ने, र आफ्नो काम राम्ररी गर्ने इच्छा व्यक्त गरेँ। त्यसपछिका दिनहरूमा, जब मैले कामको अनुगमन गरेँ, मैले ब्रदर-सिस्टरहरूको काम कसरी चलिरहेको छ भनी सचेत रूपमा जाँच गरेँ, उनीहरूको पृष्ठभूमि वा सुसमाचार प्रचारमा उनीहरूको अनुभव जेसुकै भए तापनि, मैले तिनीहरूलाई एउटै तरिकाले सुपरिवेक्षण र अनुगमन गरेँ।

पछि, मैले सिस्टर लिडियाको कामको अनुगमन गर्नुपर्ने भयो। उनले पहिले मसँग सहकार्य गरिसकेकी थिइन्, र सुरुमा, मैले सोचेँ, “उनलाई काम कसरी गर्ने थाहा छ। सायद उनलाई मेरो सुपरिवेक्षण आवश्यक छैन होला।” तर जब यो सोच आयो, मैले यो गलत हो भन्ने बुझेँ। मैले त्यस उप्रान्त “काममा लगाउनेलाई कहिल्यै शङ्का नगर्नू” भन्ने शैतानी दर्शनका आधारमा आफ्नो कर्तव्य पूरा गर्न मिल्दैनथ्यो। त्यसैले मैले लिडियाको काम कस्तो भइरहेको छ भनी होसियारीसाथ बुझ्ने कोसिस गरेँ। एक पटक, मैले उनको कामको नतिजामा गिरावट आएको देखेँ। सुरुमा मैले उनलाई सम्झाएँ, तर पछि कुनै खास सुधार भएन। त्यसैले म उनी जिम्मेवार भएको काममा सीधै संलग्न भएँ। मैले ब्रदर-सिस्टरहरूसँग कुरा गरेँ, कामको वास्तविक अवस्था बुझ्न खोजेँ, र मैले साँच्चै केही समस्याहरू पत्ता लगाएँ। मैले लिडियालाई ती कुराहरू औंल्याइदिएपछि, उनको कर्तव्यको प्रभावकारिता केही हदसम्म सुधारियो। लिडियाले पनि भनिन् कि उनको कामको यस्तो सुपरिवेक्षण र निरीक्षण लाभदायक थियो, किनकि उनले हालसालै आफ्नो कर्तव्यमा साँच्चै ढिलासुस्ती गरिरहेकी थिइन्। यो सुपरिवेक्षणले सम्झाउने र हौसला दिने काम गर्‍यो भनेर पनि उनले बताइन्। यसरी अभ्यास गर्दा, मैले पनि धेरै ढुक्क महसुस गरेँ। मैले अनुभव गरेका यी बोध र रूपान्तरणहरू सबै परमेश्‍वरका वचनहरूको मार्गदर्शनका परिणाम हुन्। म परमेश्‍वरप्रति धेरै आभारी छु!

अघिल्लो:  ९१. उमेरको परवाह नगरी सत्यता पछ्याउनु

अर्को:  ९६. ईर्ष्यामुक्त हुँदा

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger