१३. म अब आफूलाई उच्च पार्दिनँ र सान देखाउँदिनँ
सन् २०२१ मा, म सुसमाचार कामको सुपरिवेक्षक बनेँ। मसँग पहिले सुसमाचार प्रचार गरेको केही अनुभव थियो र त्यसमा मैले केही सफलता पाएकी थिएँ, त्यसैले मैले म यस कर्तव्यका लागि निकै उपयुक्त छु भन्ने सोचेँ। मैले केही ब्रदर-सिस्टरहरूले भर्खरै सुसमाचार प्रचारको तालिम लिन थालेको देखेँ, त्यसैले मैले उनीहरूलाई मार्गदर्शन र मद्दत गरेँ। अचम्मको कुरा, मैले केही धार्मिक धारणाहरूबारे केही सान्दर्भिक सत्यता सङ्गति गरेपछि, ब्रदर-सिस्टरहरूले मैले बुझिने र स्पष्ट रूपमा बोलेँ भन्दै, मेरो प्रशंसा गर्न थाले। मैले मनमनै सोचेँ, “मैले थोरै कुरा भनेकी छु र तिमीहरूले धेरै पाएको महसुस गरिसकेका छौ। यदि मैले तिमीहरूलाई अझ धेरै बताएँ भने, तिमीहरू मबाट झनै प्रभावित हुनेछौ।” पछि, अगुवाले पनि मलाई सुसमाचार कसरी प्रचार गर्ने भन्नेबारे मेरो अनुभव बताउन आग्रह गरे, र मैले लेखेका सुसमाचार प्रचारका प्रवचनहरूसमेत ब्रदर-सिस्टरहरूलाई सन्दर्भका लागि दिए। यसले मलाई झनै असाधारण महसुस गरायो, र थाहै नपाई, म अहङ्कारले फुलेँ र मैले आफू अरू ब्रदर-सिस्टरहरूभन्दा साँच्चै असल छु भन्ने सोच्न थालेँ। कहिलेकाहीँ, ब्रदर-सिस्टरहरूलाई आफूलाई धेरै थाहा छ भनेर देखाउन, म जानाजानी कठिन प्रश्नहरू सोध्थेँ, र उनीहरूले जवाफ दिन नसक्दा, म अझ धेरै सङ्गति गर्थेँ, र यसरी, उनीहरूले मलाई झनै आदर गर्न थाले।
एकपटक, भेलाको समयमा, झाङ जीले भनिन्, “केही सम्प्रदायका मानिसहरूमा धेरै धारणा हुन्छन्, र मलाई तीबारे कसरी सङ्गति गर्ने थाहा छैन।” अर्को ब्रदरले भने, “धर्मका केही मानिसहरू आधारहीन अफवाहहरूमा अन्धाधुन्ध विश्वास गर्छन्, र हामीले तीमध्ये केहीलाई खण्डन गर्न सक्ने भएपनि, कामकुरामा स्पष्टसँग सङ्गति गर्न सक्दैनौँ।” ब्रदर-सिस्टरहरूलाई कठिनाइमा देख्दा, मैले मनमनै सोचेँ, “तिमीहरूले साँच्चै केही पनि बुझ्दैनौ। यदि धारणाहरू छन् भने, तीबारे सङ्गति मात्र गर, र यदि आधारहीन अफवाहहरू छन् भने, तिनको केवल खण्डन गर। त्यसमा के गाह्रो छ र? यस्तो लाग्छ, मैले तिमीहरूलाई कुरा के हो हो भनेर देखाउन सुसमाचार प्रचारको आफ्नो अनुभव सङ्गति गर्नुपर्छ।” त्यसैले मैले उनीहरूलाई भनेँ, “सुसमाचार प्रचारमा कठिनाइहरू सामना गर्नुले नै हामीलाई तालिम दिन्छ। यसले हामीलाई आफूलाई सत्यताले सुसज्जित पार्न बाध्य मात्र तुल्याउँदैन, तर विभिन्न धार्मिक धारणा समाधान गर्न सत्यता प्रयोग गर्न सिक्न पनि मद्दत गर्छ। यसबाहेक, सुसमाचार प्रचार गर्न हामीमा कष्ट भोग्ने इच्छा हुनुपर्छ; यदि हामीले कष्ट भोगेनौँ भने परमेश्वरका आशिषहरू कसरी देख्न सक्छौँ र? ठिक त्यस्तै जब मैले एकपटक सुसमाचार प्रचार गर्दै गर्दा, सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूसँग कस्ता धारणा छन् भनेर पहिल्यै थाहा पाएँ, तब सान्दर्भिक परमेश्वरका वचनहरू खोजेर मनन गरेँ, र हामीले वास्तवमा कष्ट भोगेर र मूल्य चुकाएर, एक महिनाभन्दा बढी समयमै सयौँ मानिसहरूलाई विश्वासमा ल्यायौँ। मैले साँच्चै यो परमेश्वरको आशिष् हो भनेर बुझेँ, र मलाई धेरै खुसी लाग्यो। हामीले नयाँ वर्षको दिनमा समेत सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूसँग भेला र सङ्गति गरिरहेका थियौँ। पछि, जब ती साम्प्रदायिक अगुवाहरूले यत्रतत्र गएर बाधा खडा गरे, तब हामीले सत्यतामा सङ्गति गर्यौँ, सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई मलजल गऱ्यौँ र साथ दियौँ। हामीले यी साम्प्रदायिक अगुवाहरूलाई भेट्दा हामी डराएनौँ र उनीहरूसँग तर्क गर्यौँ, अन्ततः उनीहरू लुत्रुक्क परेर गए र सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू परमेश्वरका आखिरी दिनहरूको कामबारे झनै निश्चित बने।” ब्रदर-सिस्टरहरू सबैले चाख मानेर ध्यानपूर्वक सुनिरहेको मैले देखेँ, कतिले त यसो भन्दै मेरो प्रशंसासमेत गरे, “एक महिनामा यति धेरै मानिसलाई परिवर्तन गर्नु, त्यो त अविश्वसनीय कुरा हो!” ब्रदर-सिस्टरहरूले मलाई अझ उच्च ठान्ने र साँच्चै असाधारण मान्ने बनाउन, मैले फेरि धाक लगाउन थालेँ, र भनेँ, “एकपटक, मैले मेयरको सचिवलाई समेत विश्वासमा ल्याएँ। सुरुमा मैले सोचेँ, उसको हैसियत निकै उच्च छ, के उनले मेरो कुरा सुन्लान् र? तर जब मैले उनलाई प्रचार गरेँ, तब उनको हैसियत उच्च भए पनि, उसमा सत्यताको कमी भएको पाएँ, र मैले बताएका सबै कुराको उनले प्रशंसा गरे। पछि, उनी र उनका दर्जनौँ सङ्गी मण्डली सदस्यहरूले सुसमाचार स्विकारे!” ब्रदर-सिस्टरहरू सबैले मलाई अनुमोदनको नजरले हेरे, र कोहीले भने, “तपाईँ साँच्चै गजबको हुनुहुँदो रहेछ! तपाईँले त मेयरको सचिवलाई समेत विश्वासमा ल्याउनुभएछ! हामी त कहिल्यै त्यसो गर्न सक्दैनौँ; हामी तपाईँभन्दा धेरै पछाडि छौँ!” कोहीले यसो पनि भने, “हामीले कहिले तपाईँले जस्तो राम्रोसँग सुसमाचार प्रचार गर्न सक्ने होला?” केही समयपछि, मैले केही ब्रदर-सिस्टर सुसमाचार प्रचार गर्न नडराएको, र उनीहरूमा विभिन्न सम्प्रदायका सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई प्रचार गर्ने साहससमेत भएको देखेँ। मलाई धेरै खुसी लाग्यो र ठूलो उपलब्धि बोध भयो।
त्यसपछि, जब-जब ब्रदर-सिस्टरहरूले सुसमाचार प्रचारमा समस्या वा कठिनाइहरू सामना गर्थे, तब-तब उनीहरू मकहाँ आउँथे र म एक-एक गरी उनीहरूलाई जवाफ दिन्थेँ। समय बित्दै जाँदा, ब्रदर-सिस्टरहरू ममाथि एकदमै भर पर्न थाले। मलाई याद छ, एकपटक ब्रदर-सिस्टरहरूले एउटा सम्प्रदायको प्रचारकलाई भेटे, तर उनीहरू ती प्रचारकका धेरै धारणालाई पर्याप्त रूपमा समाधान सकिनेछैन भनेर डराए। तिनीहरूमध्ये केही त मलाई खोज्न गाडीमा र मलाई उनीहरूसँग जान अनुरोध गरे। मैले मनमनै सोचेँ, “उनीहरू यति टाढा मलाई खोज्न गाडीमा आए, यस्तो लाग्छ, उनीहरूको हृदयमा मेरो हैसियत निकै असाधारण छ। यो राम्रो कुरा हो कि नराम्रो?” मलाई अलि असहज लाग्यो, सोचेँ, “के उनीहरूले मलाई आराधना र आदर गरिरहेका छन्? यदि यो जारी रह्यो भने, के मैले सबै ब्रदर-सिस्टरलाई आफूसामु ल्याउनेछैनँ र? यदि साँच्चै त्यसो हो भने, त्यसले परमेश्वरको स्वभावलाई चिढ्याउनेछ!” तर त्यसपछि मैले सोचेँ, “यदि मैले ब्रदर-सिस्टरहरूलाई सुसमाचार प्रचारमा अगुवाइ गरिनँ भने, उनीहरूले आफै त्यो गर्न सक्नेछैनन्, त्यसैले के यसो गर्नु सुसमाचार कामका लागि लाभदायक छैन र?” जब मैले यसरी सोचेँ, तब मेरो हृदयको असहजता तुरुन्तै हरायो, त्यसैले म ब्रदर-सिस्टरहरूसँगै ती प्रचारकलाई सुसमाचार प्रचार गर्न गएँ। तर हामीलाई अचम्म लाग्यो, दिनभरि गाडीमा घुम्दै दौडधूप गरेपछि पनि हामीले ती प्रचारकलाई भेट्टाएनौँ। हामीले यति धेरै जनशक्ति र स्रोतसाधन लगायौँ र त्यसको कुनै परिणाम आएन। त्यस अवधिमा, सुसमाचार काममा कुनै स्पष्ट परिणाम देखिएन, र मलाई निकै नकारात्मक महसुस भयो, यदि यस्तै भइरह्यो भने ब्रदर-सिस्टरहरूले मलाई के सोच्लान् भन्ने चिन्ता लाग्यो। के उनीहरूले मलाई नाम मात्रको खोक्रो सुपरिवेक्षक भन्नेछन्? तर मलाई समस्याको जड के हो थाहा थिएन, त्यसैले म कसैसँग कुरा गर्न चाहन्थेँ, तर त्यसपछि मैले सोचेँ, “म सुपरिवेक्षक हुँ; यदि मैले ब्रदर-सिस्टरहरूसँग मेरो स्थितिबारे सङ्गति गरेँ भने उनीहरूले मलाई के सोच्लान्? के उनीहरूले ममा कद छैन भन्नेछैनन् र? यदि म नकारात्मक भएँ भने, उनीहरूको कामको अनुगमन कसरी गर्न सक्छु? भैगो, केही नभन्नु नै बेस, म परमेश्वरलाई प्रार्थना नै गर्छु र त्यो आफै समाधान गर्छु।” त्यसैले, मैले आफ्नो हृदयको भावनालाई दबाएँ, र ब्रदर-सिस्टरहरूको अगाडि साहसी भएको बहाना गरेँ, उनीहरूमाझ ठुलठुला कुरा गरिरहेँ।
एक दिन, एउटी सिस्टरले आफूले सुसमाचार स्विकार्ने सम्भावना भएको एक जनाई भेटेकी बताइन् र मलाई उनीहरूलाई सुसमाचार प्रचार गर्न जान अनुरोध गरिन्। अर्की सिस्टरले पनि आफूले चिनेको सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्ति परमेश्वरका आखिरी दिनहरूबारे अनुसन्धान गर्न इच्छुक भएको बताइन्, र म कहिले प्रचार गर्न जान सक्छु भनेर सोधिन्। यो सुनेर म धेरै खुसी भएँ, सोचे, यदि मैले यी सबै सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई विश्वासमा ल्याउन सकेकी भए, सुसमाचार काममा केही सुधार देखिनेथ्यो। तर मैले त्यो ठूलो प्रयास गर्ने लागेकी बेला, मेरो अतिथिसेवा गर्ने सिस्टरलाई अचानक प्रहरीले पक्राउ गर्यो, र म पनि झण्डै पक्राउ परेँ। त्यो बेला, मेरो एकमात्र विकल्प भनेको घरमै लुक्नु र सुसमाचार प्रचार गर्न बाहिर नजानु थियो। राति, म ओछ्यानमा कोल्टे फेर्दै पल्टिरहेँ, निदाउनै सकिनँ, मनमनै सोचेँ, “यो अवस्था परमेश्वरको अनुमतिले भएको हो; के मैले कुनै पनि तरिकामा परमेश्वरको स्वभावलाई चिढ्याएकी छु? अहिले सबै ब्रदर-सिस्टरले मलाई आदर र प्रशंसा गर्ने भएकाले, के मैले साँच्चै उनीहरूलाई आफूसामु ल्याएकी छु?” तर मैले चिन्तन गर्ने समय पाउनुअघि नै, मलाई लेखन-पठनको कर्तव्यमा सरुवा गरियो। एक दिन मैले ख्रीष्टविरोधीहरूको निष्कासनबारे दुईवटा कागजातहरू पढेपछि, र उनीहरूका धेरै व्यवहार ठ्याक्कै मेरैजस्तो भएको देखेपछि मात्र, त्यस समस्याको गम्भीरता बुझेँ। मैले तुरुन्तै परमेश्वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्वर, यी ख्रीष्टविरोधीहरूलाई निष्कासित गरिनु मेरा लागि चेतावनी हो, मैले राम्ररी आत्मचिन्तन गर्नैपर्छ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्, ताकि म आफूलाई साँच्चै चिन्न र समयमै सुधार गर्न सकूँ।” प्रार्थनापछि, मैले मानिसहरूले कसरी आफूलाई उच्च पार्छन् र आफ्नो गवाही दिन्छन् भनेर खुलासा गर्ने परमेश्वरका वचनहरू खोजेँ।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले सामान्यतया कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले मानिसलाई आफूलाई उच्च ठान्न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी प्राप्त गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति धेरै मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्, जसले तिनीहरूलाई मानिसहरूका मनमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान दिन्छ, ताकि अझ धेरै मानिसहरूले तिनीहरूलाई कदर गरून्, उच्च ठानून्, प्रशंसा गरून्, साथै आराधना गरून् र आदरभावले हेरून् र अनुसरणसमेत गरून्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्वरको गवाही दिएजस्तो देखिने तर आधारभूत रूपमा आफैँलाई उच्च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्नु समझदारीपूर्ण कुरा हो त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन, अर्थात्, तिनीहरू तिनीहरूले परमेश्वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तिनीहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। मानिसहरूले जहिले पनि तिनीहरूको चमक मात्र देखून् भनेर तिनीहरूले आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष बदल्छन् र आफूलाई प्रस्तुत गर्छन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्; तिनीहरूसँग खुल्ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ र तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति असल छन् भन्ने कुरा सारा संसारलाई थाहा दिन कुनै प्रतीक्षा गर्दैनन्। के यो तिनीहरू आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिका होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्)। “ख्रीष्टविरोधीले मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न प्रयोग गर्ने अर्को विधि भनेको निरन्तर रूपमा आफ्नो प्रदर्शन गर्नु र सबैलाई उसका बारेमा र परमेश्वरको घरप्रति उसका योगदानहरूबारे अझ धेरै थाहा दिनु हो। उदाहरणका लागि, उसले यसो भन्न सक्छ, ‘मैले यसअघि सुसमाचार सुनाउने केही विधि अघि सारेँ, र त्यसले सुसमाचार प्रचारको प्रभावकारितामा सुधार ल्याएको छ। हिजोआज, अन्य केही मण्डलीले पनि यी विधिहरू अपनाइरहेका छन्।’ वास्तवमा, विभिन्न मण्डलीले सुसमाचार सुनाउनमा निकै अनुभव बटुलेका छन्, तर ख्रीष्टविरोधीले निरन्तर रूपमा आफ्नो सही निर्णय र उपलब्धिहरूबारे फाइँफुट्टी लाउँछ, मानिसहरूलाई तीबारे जानकारी दिन्छ, तिनलाई जोड दिन्छ, र जहाँ गए पनि सबैले थाहा नपाउञ्जेल तिनै कुराहरू दोहोऱ्याइरहन्छ। उसको लक्ष्य के हो? आफ्नै छवि बनाउनु र प्रतिष्ठा कमाउनु, मानिसहरूबाट अझ धेरै प्रशंसा, समर्थन, र आदर पाउनु, अनि मानिसहरूलाई सबथोकका लागि ऊमाथि भर पर्ने बनाउनु हो। के यसबाट ख्रीष्टविरोधीको मानिसहरूलाई भ्रममा पार्ने र नियन्त्रण गर्ने लक्ष्य हासिल हुँदैन र? धेरैजसो ख्रीष्टविरोधी यस तरिकाले कार्य गर्छन्, मानिसहरूलाई भ्रममा पार्ने, जालमा पार्ने, र नियन्त्रण गर्ने भूमिका निभाउँछन्। मण्डली, सामाजिक समूह, वा कार्यस्थल जहाँसुकै होस्, जब कुनै ख्रीष्टविरोधी देखा पर्छ, तब अधिकांश मानिस थाहै नपाई उसलाई आराधना र आदर गर्न थाल्छन्। जब उनीहरूलाई दुविधा हुने र मार्गदर्शन चाहिने ठाउँमा कठिनाइहरू आइपर्दा, विशेष गरी कुनै निर्णय गर्नुपर्ने महत्त्वपूर्ण परिस्थितिहरूमा, उनीहरू प्रतिभाशाली ख्रीष्टविरोधीलाई सम्झिनेछन्। उनीहरूलाई मनमा लाग्छ, ‘ऊ यहाँ भइदिएको भए ठिक हुनेथ्यो। उसले मात्र हामीलाई यो कठिनाइ पार गर्नमा मद्दत गर्ने सल्लाह-सुझाव दिन सक्छ; ऊसँग सबैभन्दा धेरै जुक्ती र समाधान छन्, उसमा सबैभन्दा धेरै अनुभव छन्, र उसको दिमाग सबैभन्दा चुस्त छ।’ के यी मानिसहरूले ख्रीष्टविरोधीलाई त्यो हदसम्म आराधना गर्न सक्ने तथ्य सिधै उसले प्रायः देखावा गर्ने, तमाशा लगाउने र प्रदर्शन गर्ने तरिकासँग सम्बन्धित छैन र? … त्यसको बाबजुद, ख्रीष्टविरोधीहरूसँग मानिसहरूलाई नियन्त्रण गर्ने विधिहरू हुन्छन्, र तिनीहरू मानिसहरूमाथि नियन्त्रण जमाउने मूल लक्ष्य बोकेर उनीहरूको हृदयमा आफ्नो हैसियत र छवि कायम राख्न समय र शक्ति लगाउन हिचकिचाउँदैनन्। कुनै ख्रीष्टविरोधीले यो लक्ष्य हासिल गर्नुअघि के गर्छ? हैसियतप्रति उसको मनोवृत्ति कस्तो हुन्छ? यो सामान्य रुचि वा आसक्ति मात्र होइन; यो दीर्घकालीन योजना, त्यो प्राप्त गर्ने जानाजानीको अभिप्राय हो। उसले शक्ति र हैसियतलाई विशेष महत्त्व दिन्छ अनि हैसियतलाई मानिसहरूलाई भ्रममा पार्ने र नियन्त्रण गर्ने लक्ष्य हासिल गर्ने पूर्वशर्त ठान्छ। उसले हैसियत प्राप्त गरेपछि, त्यसका सबै लाभ लिनु स्वभाविक हो। त्यसकारण, कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न सक्नु भनेको लगनशील व्यवस्थापनको नतिजा हो। उसले संयोगवश त्यो मार्ग कदापि लिँदैन; उसले गर्ने सबथोक जानाजानी, पूर्वनियोजित, र राम्ररी हिसाब लगाएर गरिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि शक्ति प्राप्त गर्नु र मानिसहरूलाई नियन्त्रण गर्ने लक्ष्य हासिल गर्नु त पुरुस्कार प्राप्त हुनु हो—यो तिनीहरूले सबैभन्दा बढी चाहना गर्ने परिणाम हो। तिनीहरू प्रेरित भएर, उद्देश्य राखेर, जानाजानी, र अत्यन्तै व्यवस्थित रूपमा शक्ति र हैसियत पछ्याउँछन्; अर्थात्, जब तिनीहरू बोल्छन् वा कार्य गर्छन्, तब तिनीहरूमा प्रबल उद्देश्य र अभिप्राय हुन्छ, र तिनीहरूको लक्ष्य अत्यन्तै प्रस्ट हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्)। परमेश्वर ख्रीष्टविरोधीहरूले मानिसहरूलाई तिनीहरूको आराधना र प्रशंसा गराउन अनि मानिसहरूलाई भ्रमित पार्ने र नियन्त्रण गर्ने आफ्नो लक्ष्य हासिल गर्न विभिन्न तरिकाहरू प्रयोग गरी आफूलाई उच्च पार्छन् र आफ्नो गवाही दिन्छन् भनेर खुलासा गर्नुहुन्छ। यसलाई आफ्नै व्यवहारसँग तुलना गर्दा, मैले यो ख्रीष्टविरोधीको जस्तै भएको देखेँ। मैले ब्रदर-सिस्टरहरूमाझ आफ्नो प्रतिष्ठा र राम्रो छवि स्थापित गर्न अनि उनीहरूलाई मेरो प्रशंसा र आदर गर्न लगाउन, सुसमाचार प्रचारमा आफ्नो योग्यता र पुँजीको सान देखाउने हरेक मौका पनि खोजेँ। म ब्रदर-सिस्टरहरूले मैले सुसमाचार प्रचारमा कति धेरै कष्ट भोगेकी छु, म कति अनुभवी र सक्षम छु, र मैले मण्डलीको काममा कति धेरै योगदान दिएकी छु भनेर देखून् भन्ने चाहन्थेँ। ब्रदर-सिस्टरहरूसँग भेला हुँदा, उनीहरूलाई म कति धेरै बुझ्छु भनेर थाहा दिन, उनीहरूलाई जाँच्न कठिन प्रश्नहरू सोध्थेँ, र उनीहरूले जवाफ दिन नसक्दा, म उनीहरूलाई आफ्नो सत्यताको बुझाइलाई जोड दिन र मेरो आदर गराउन उनीहरूसँग सङ्गति गर्थेँ। जब ब्रदर-सिस्टरहरू कठिनाइहरू सामना गर्थे, तब म आफूले कसरी कष्ट भोगेँ र मूल्य चुकाएँ, सुसमाचार प्रचारमा कति मानिसलाई विश्वासमा ल्याएँ, विभिन्न सम्प्रदायका अगुवाहरूसँग कसरी तर्क गरेँ भनेर धाक लगाउँथेँ, र आफूले विश्वासमा ल्याएका महत्त्वपूर्ण व्यक्तिहरूबारे घमण्डसमेत गर्थेँ। यसमार्फत्, म ब्रदर-सिस्टरहरूलाई मैले सुसमाचारको काममा महत्त्वपूर्ण योगदान दिएकी छु भन्ने लागून् ताकि उनीहरूले मलाई अझ धेरै आराधना गरून् भन्ने चाहन्थेँ। मैले ब्रदर-सिस्टरहरूलाई के गर्ने भनी निर्देशन दिन आफ्नो अनुभव प्रयोग गरेँ, जसले गर्दा उनीहरू आफूलाई कुनै समस्या वा कठिनाइ हुँदा मकहाँ आउँथे। उनीहरू मैले सुसमाचार प्रचार गरूँ भनी मलाई खोज्न टाढा-टाढासमेत यात्रा गर्थे, उनीहरूसँग जान जिद्दी गर्थे, मानौँ मविना कसैले सुसमाचार प्रचार गर्न सक्दैन। यदि यो जारी रहेको भए, के मैले मानिसहरूलाई आफूसामु ल्याइरहेकी हुनेथिइनँ र? के यो ठ्याक्कै ख्रीष्टविरोधीहरूले गर्ने कुरा होइन र? सुसमाचार कामले कुनै परिणाम नल्याउनु कुनै अचम्म होइन, म धेरै पहिलेदेखि गलत मार्गमा थिएँ र परमेश्वरविरुद्ध गइरहेकी थिएँ। उहाँले मलाई किन आशिष् वा मार्गदर्शन दिनुहुन्थ्यो र? परमेश्वरले मलाई पहिले नै घृणा गरिसक्नुभएको थियो! तैपनि यस्तो स्थितिमा समेत, मैले आत्मचिन्तन गर्ने सोचिनँ, र मलाई नकारात्मक र दमित महसुस हुँदा, मैले ब्रदर-सिस्टरहरूसँग खुलस्त कुरा गर्ने साहस गरिनँ, किनकि मलाई उनीहरूको मनमा भएको मेरो राम्रो छवि बिग्रनेछ भन्ने डर भयो। मैले आफूलाई नाटक गर्न बाध्य पारिरहेँ, आफ्नो राम्रो पक्ष मात्र देखाएँ र नराम्रो पक्ष लुकाएँ। म यस्तो पाखण्डी थिएँ! मैले त्यसबारे जति धेरै सोचेँ, म त्यति नै डराएँ। म थाहै नपाई ख्रीष्टविरोधीको मार्गमा कसरी हिँड्न पुगेकी थिएँ? यो कस्तो स्वभावले गर्दा भएको थियो? त्यसैले, मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ, उहाँलाई मेरो प्रकृति सार बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन मागेँ।
पछि, मैले एउटा अनुभवात्मक गवाही भिडियो हेरेँ, र त्यसमा उद्धृत परमेश्वरका वचनको एउटा खण्डले मलाई मेरो भ्रष्ट प्रकृतिबारे केही अन्तर्दृष्टि दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानवजाति शैतानद्वारा भ्रष्ट भएको हुनाले, मानिसहरूको प्रकृतिमा ह्रास आउन थाल्यो र तिनीहरूले बिस्तारै सामान्य मानिसहरूमा हुने समझ हराए। तिनीहरूले अब मानिसको स्थानमा रहेर मानवीय प्राणीहरूले जस्तो काम गर्दैनन्; तर तिनीहरू खराब आकाङ्क्षाहरूले भरिएका हुन्छन्; तिनीहरूले मानिसको स्थानलाई उछिनेका छन्, तैपनि तिनीहरू अझै उच्च स्थानमा जाने इच्छा गर्छन्। यो ‘उच्च’ ले केलाई जनाउँछ? तिनीहरूले परमेश्वरलाई उछिन्ने, स्वर्गलाई र अरू सबै कुरालाई उछिन्ने इच्छा गर्छन्। मानिसहरूले यस्तो स्वभाव प्रकट गर्नुको मूल कारण के हो? समग्रमा भन्दा, मानिसको प्रकृति अति नै अहङ्कारी छ। … मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्बार परमेश्वरको विरुद्धमा विद्रोह र विरोध गर्छन्, उहाँका वचनहरूमा ध्यान दिँदैनन्, उहाँको विषयमा धारणाहरू उत्पन्न गर्छन्, उहाँलाई धोका दिने कुराहरू गर्छन्, तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्ने हुन्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौँ तँलाई एउटा मण्डली दिइयो र त्यसको नेतृत्व गर्ने अनुमति दिइयो; मानौँ मैले तँलाई काटछाँट गरिनँ, र परमेश्वरको परिवारका कसैले पनि तँलाई आलोचना वा सहयोग गरेनन्: त्यसलाई केही समय नेतृत्व गरिसकेपछि तैँले मानिसहरूलाई तेरो खुट्टामा ल्याउँछस् र तँलाई आदर र श्रद्धा गर्ने हदमा पुग्ने गरी तिनीहरूलाई आज्ञापालन गर्न लाउँछस्। अनि तँ किन त्यसो गर्छस्? यो तेरो प्रकृतिद्वारा निर्धारित भएको हुनेछ; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुँदैन। तैँले यो कुरा अरूबाट सिक्नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा तँलाई यसो गर्न बाध्य गर्नु आवश्यक हुँदैन; यस प्रकारको परिस्थिति प्राकृतिक रूपले नै आउँछ। तैँले गर्ने सबै कुरा मानिसहरूलाई तेरो बढाइ गर्ने, तेरो प्रशंसा गर्ने, तेरो आराधना गर्ने, तेरो आज्ञा मान्ने, र सबै कुरामा तेरो कुरा सुन्ने बनाउनु हो। तँलाई एक अगुवा बनाएको तथ्यले नै स्वाभाविक रूपमा यस्तो परिस्थिति ल्याउँछ, र यस कुरालाई परिवर्तन गर्न सकिँदैन। अनि यस्तो परिस्थिति कसरी आउँछ? यो कुरा मानिसका अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्वरप्रतिको मानिसको विरोधको जड हो)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने मानिसहरू आफूलाई उच्च पार्न र आफ्नो गवाही दिन, परमेश्वरको प्रतिरोध गर्ने कामकुरा गर्न सक्षम छन्, र यो अहङ्कारी प्रकृतिद्वारा प्रेरित हुन्छ। मेरा कार्यहरू र व्यवहारबारे चिन्तन गर्दा, मैले के बुझेँ भने आफूले विगतमा सुसमाचार प्रचार गरेको थोरै अनुभवमा भर परेर, र केही ब्रदर-सिस्टरहरूभन्दा बाइबलबारे अलि बढी जानेर, मैले आफ्नो क्षमताबारे अत्यधिक अवास्तविक धारणा पालेकी थिएँ र आफूलाई विशेष ठान्न थालेकी थिएँ, जसले मलाई सान देखाउन र धाक लगाउन लगायो। सुसमाचार प्रचारमा केही परिणाम पाएपछि र केही मानिसलाई प्राप्त गरेपछि, म यति अहङ्कारी बनेँ कि मैले आफूलाई नै बिर्सेँ, वरपरका सबैसँग सेखी गरेँ, संसारका सबैले मेरो उपलब्धिबारे थाहा पाऊन् भन्ने चाहेँ। म कसरी यति अहङ्कारी र असमझदार हुन सकेँ? सत्यता परमेश्वरद्वारा व्यक्त गरिन्छ, र मैले ब्रदर-सिस्टरहरूसँग परमेश्वरका वचनबारे भेला र सङ्गति गर्दा केही ज्योति पाए पनि, त्यो ज्योति परमेश्वरको अन्तर्दृष्टिले गर्दा थियो। मसँग सुसमाचार प्रचारका केही अनुभव भए पनि, मेरा लागि प्रशिक्षण लिन र अनुभव बटुल्न पहिले नै परिस्थिति मिलाउने परमेश्वर नै हुनुहुन्थ्यो। त्यो मेरो कुनै विशेष क्षमता वा सीपले गर्दा भएको थिएन। यसबाहेक, के मेरो बुद्धि र वाक्पटुता पनि परमेश्वरले नै दिनुभएको होइन र? तर मैले परमेश्वरको कामबाट प्राप्त परिणामहरूलाई आफ्नै उपलब्धि ठानेँ र तीबारे चारैतिर घमण्ड गरेँ, मानिसहरूलाई मेरो आराधना र आदर गर्न लगाएँ। म साँच्चै निर्लज्ज थिएँ र ममा पटक्कै आत्म-चेतना थिएन! मैले परमेश्वरको अनुग्रहले मलाई सुपरिवेक्षक बन्न दिएको थियो, र यो मैले ब्रदर-सिस्टरहरूलाई धार्मिक धारणाहरू समाधान गर्नलाई सत्यतामा सङ्गति गर्न सिक्नका लागि मद्दत गर्न, र परमेश्वरका आखिरी दिनहरूको कामको गवाही दिन सिक्न र सत्यतालाई प्रेम गर्ने धेरै मानिसहरूलाई परमेश्वरसामु ल्याउनका लागि थियो भनेर सोचेँ। तर मैले आफ्नो कर्तव्यलाई आफूलाई उच्च पार्न र धाक लगाउन प्रयोग गरेँ, मानिसहरूलाई मेरो आराधना र आदर गर्न लगाएँ, जसले सुसमाचार काममा गम्भीर रूपले अवरोध र बाधा पुर्यायो। मेरा कार्यहरू र व्यवहार साँच्चै परमेश्वरद्वारा श्रापित र दण्डित हुन योग्य थिए! ती ख्रीष्टविरोधीहरूलाई उनीहरूले निरन्तर आफूलाई उच्च पारेका र आफ्नो गवाही दिएका, आफ्नै राज्य बनाउन खोजेका, र परमेश्वरको स्वभावलाई गम्भीर रूपमा चिढ्याएकाले मण्डलीबाट निष्कासित गरियो। यदि मैले पश्चात्ताप नगरेकी भए, मेरो अन्त्य पनि ती ख्रीष्टविरोधीहरूको जस्तै हुनेथ्यो, किनकि यो फर्कन नसकिने अनि परमेश्वरद्वारा निन्दित र श्रापित मार्ग हो। यो बुझेपछि, मलाई आफूदेखि झनै घृणा लाग्यो र आलाई घृणा गर्न थालेँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “परमेश्वरको पहिचान, सार, र स्वभाव उच्च र आदरणीय छन्, तर उहाँले कहिल्यै पनि धाक लगाउनुहुन्न। परमेश्वर नम्र र गुप्त हुनुहुन्छ, त्यसकारण मानिसहरूले उहाँले के गर्नुभएको छ भन्ने देख्दैनन्, तर उहाँले यस्तो अज्ञात रूपमा काम गर्ने हुनाले, मानवजातिलाई निरन्तर भरणपोषण, पालनपोषण गरिन्छ र मार्गदर्शन दिइन्छ—र यो सबै परमेश्वरले नै मिलाउनुभएको हो। के परमेश्वरले यी कुराहरू कहिल्यै घोषणा गर्नुहुन्न, कहिल्यै उल्लेख गर्नुहुन्न भन्ने कुरा गुप्तता र नम्रता होइन र? परमेश्वरले यी कुराहरू गर्न सक्नुहुन्छ तर उहाँले कहिल्यै पनि तिनको बारेमा उल्लेख गर्नुहुन्न वा घोषणा गर्नुहुन्न, र तिनको बारेमा मानिसहरूसँग तर्क गर्नुहुन्न, त्यसैले त उहाँ नम्र हुनुहुन्छ। तँ त्यस्ता कुराहरू गर्न सक्दैनस् भने तँसँग नम्रताको बारेमा कुरा गर्ने के अधिकार हुन्छ र? तैँले तीमध्ये कुनै पनि काम गरिनस्, तैपनि त्यसका लागि श्रेय लिने जिद्दी गर्छस्—लाजमर्दो व्यवहार गर्नु भनेको यही हो। मानवजातिलाई अगुवाइ गर्दै, परमेश्वरले यस्तो ठूलो काम गर्नुहुन्छ, र उहाँले सम्पूर्ण ब्रह्माण्डको नेतृत्व गर्नुहुन्छ। उहाँको अख्तियार र शक्ति अत्यन्तै विशाल छ, तैपनि उहाँले कहिल्यै पनि ‘मेरो शक्ति असाधारण छ’ भनेर भन्नुभएको छैन। उहाँ सबै थोकको बीचमा लुकेर बस्नुहुन्छ, सबै कुराको अगुवाइ गर्नुहुन्छ, मानवजातिलाई खुवाउनुहुन्छ र भरणपोषण गर्नुहुन्छ, र सबै मानवजातिलाई पुस्तादेखि पुस्तासम्म निरन्तरता अघि बढ्न दिनुहुन्छ। उदाहरणको लागि, हावा र घामलाई वा पृथ्वीमा मानव अस्तित्वका लागि आवश्यक रहेका सबै भौतिक कुराहरूलाई लिऊँ—ती सबै निरन्तर रूपमा बगिरहन्छन्। परमेश्वरले मानिसका लागि प्रदान गर्नुहुने कुरामा कुनै प्रश्न छैन। यदि शैतानले कुनै असल काम गर्यो भने, के यसले चुपचाप काम गर्नेथियो, र अज्ञात नायक बन्नेथियो? कहिल्यै पनि त्यसो गर्नेथिएन। यो त मण्डलीमा रहेका कतिपय ख्रीष्ट-विरोधीहरू जस्तै हो, जसले पहिले खतरनाक काम गरेका थिए, विभिन्न कुराहरूलाई त्यागेका थिए र कष्ट भोगेका थिए, सायद जेल समेत गएका थिए; कति जनाले परमेश्वरको घरको कामको एउटा पक्षमा योगदान दिएका पनि हुन सक्छन्। तिनीहरूले यी कुराहरूलाई कहिल्यै बिर्सँदैनन्, तिनीहरूले ती कुराहरूका लागि जीवनभरको श्रेय पाउनुपर्छ भन्ने सोच्छन्, तिनीहरूले यी कुराहरूलाई आफ्नो जीवनकालको पूँजी ठान्छन्—यसले मानिसहरू कति सानो छन् भन्ने कुरा देखाउँछ! मानिसहरू साँच्चै नै सानो हुन्छन्, र शैतान लाजमर्दो हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्वरका वचनहरू पढेपछि, मलाई एकदमै लाज लाग्यो। देहधारी परमेश्वर आफूलाई भ्रष्ट मानिसहरूमाझ नम्रतापूर्वक लुकाउनुहुन्छ, चुपचाप मानवजातिलाई मुक्ति दिने काम गर्नुहुन्छ, हामीलाई आवश्यक पर्ने सबै सत्यताले मलजल र भरणपोषण गर्नुहुन्छ, तर परमेश्वर मानवजातिलाई कहिल्यै यो घोषणा गर्नुहुन्न वा आफूले गरेका कामहरूको श्रेय लिनुहुन्न। तर मेरो कुरा गर्दा, म केही पनि होइन, तर सुसमाचार प्रचार गरेर केही मानिसलाई विश्वासमा ल्याएपछि, सुसमाचार काममा थोरै अनुभव पाएपछि, र केही शब्द र धर्मसिद्धान्त सुगा रटाइ भन्न सक्ने भएपछि, आफूलाई विशेष ठानेँ र म यी कुराहरूलाई जीवनभरको पुँजी र उपलब्धि मानेर जहाँ गए पनि घमण्ड गर्न, र संसारका सबैले तीबारे थाहा पाऊन् भन्ने चाहन्थेँ। म साँच्चै असमझदार र निर्लज्ज थिएँ!
पछि, मैले सोचेँ, “म कसरी आफूलाई उच्च पार्न र आफ्नो गवाही दिनबाट बच्न सक्छु?” मैले आफ्नो भक्तिको समयमा, परमेश्वरका वचनका दुइटा खण्ड पढेँ: “त्यसोभए, कसरी कार्य गर्नुचाहिँ आफूलाई उच्च नपार्नु र गवाही नदिनु हो? यदि तैँले कुनै मामलाको सम्बन्धमा रवाफ देखाउँछस् र आफूबारे गवाही दिन्छस् भने, तैँले केही मानिसहरूलाई तँलाई राम्रो ठान्न र तेरो आराधना गर्न लगाउने परिणाम प्राप्त गर्नेछस्। तर यदि तैँले त्यही मामलाका सम्बन्धमा आफूलाई उदाङ्गो पार्छस् र आफ्नो आत्मज्ञान बाँड्छस् भने, यसको प्रकृति फरक हुन्छ। के यो साँचो होइन र? आफ्नो आत्मज्ञानबारे कुरा गर्नका लागि आफूलाई उदाङ्गो पार्नु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो। यो एउटा सकारात्मक कुरा हो। यदि तँ आफूलाई साँच्चिकै जान्दछस् र आफ्नो स्थितिबारे सही, साँचो र प्रस्ट रूपले बोल्छस् भने; यदि तँ पूर्णतया परमेश्वरका वचनहरूमा आधारित ज्ञानबारे बोल्छस् भने; यदि तेरो कुरासुन्नेहरूलाई त्यसबाट शिक्षा र लाभ मिल्छ भने; अनि यदि तँ परमेश्वरको कामको गवाही दिन्छस् र उहाँको महिमा गाउँछस् भने, त्यो नै परमेश्वरबारे गवाही दिनु हो। यदि, आफूलाई उदाङ्गो पारेर, तैँले आफ्ना सबल पक्षहरू, तैँले कति कष्ट भोगेको छस् र मूल्य तिरेको छस्, अनि आफ्नो गवाहीमा दृढ रहेको छस् भन्नेबारे धेरै कुरा गर्छस्, र फलस्वरूप, मानिसहरूले तँलाई राम्रो ठान्छन् र तेरो आराधना गर्छन् भने, यो आफूबारे गवाही दिनु हो। तैँले यी दुई व्यवहारहरूबीचको भिन्नता बताउन सक्नुपर्छ। उदाहरणका लागि, परीक्षाहरू सामना गर्दा तँ कति कमजोर र नकारात्मक थिइस्, र प्रार्थना गर्नुका साथै सत्यता खोजेपछि कसरी तैँले अन्ततः परमेश्वरको अभिप्राय बुझिस्, आस्था प्राप्त गरिस्, र आफ्नो गवाहीमा दृढ रहिस् भनी व्याख्या गर्नुचाहिँ परमेश्वरलाई उच्च पार्नु र उहाँबारे गवाही दिनु हो। यो रवाफ देखाउनु र आफूबारे गवाही दिनु कदापि होइन। त्यसकारण, तँ रवाफ देखाइरहेको र आफूबारे गवाही दिइरहेको छस् कि छैनस् भन्ने कुरा प्रमुख रूपमा तँ आफ्ना वास्तविक अनुभवहरूबारे कुरा गरिरहेको छस् कि छैनस्, र तैँले परमेश्वरबारे गवाही दिने परिणाम हासिल गर्छस् कि गर्दैनस् भन्नेमा भर पर्छ; तैँले आफ्नो अनुभवात्मक गवाहीबारे बोल्दा तेरा अभिप्राय र उद्देश्यहरू के हुन् भन्ने कुरा हेर्न पनि जरुरी छ। त्यसो गर्दा तँ कस्तो व्यवहारमा लागिरहेको छस् भनी खुट्ट्याउन सजिलो हुनेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्)। “परमेश्वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ र अन्त्यमा तिमीहरू परमेश्वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ। तिमीहरूसँग परमेश्वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण तिर्नुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि निकै उपयुक्त देखिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने आफूलाई उच्च पार्न र आफ्नो गवाही दिनबाट बच्न, व्यक्तिले अझ धेरै खुलस्त कुरा गर्नैपर्छ, सबैलाई आफ्नो साँचो रूप प्रकट गर्नैपर्छ, र आफूले प्रकट गर्ने भ्रष्टता र कमजोरीहरू, आफूबारे आफ्नो बुझाइ, र अन्त्यमा आफूले समस्या समाधान गर्न कसरी सत्यता अभ्यास गर्छ भन्नेबारे इमानदारीपूर्वक सङ्गति गर्नैपर्छ। उनीहरूले यी सबै कुराबारे खुलस्त सङ्गति गर्नैपर्छ, र कुनै कुरा पटक्कै ढाकछोप गर्नै हुँदैन। यो बुझेपछि, मैले ब्रदर-सिस्टरहरूसँग खुलस्त कुरा गरेँ, र भनेँ, “जब हामी सँगै आफ्नो कर्तव्य गरिरहेका हुन्थ्यौँ, तब म सधैँ आफूलाई उच्च पार्दै र धाक लगाउँदै, तपाईँहरू सबैले मेरो आराधना र प्रशंसा गरून् भनेर आफूले सुसमाचार प्रचार गरेर कति मानिसहरूलाई प्राप्त गरेकी छु, र सुसमाचार काममा के योगदान दिएकी भनेर कुरा गर्थेँ। अब मैले आफूले वास्तवमा आफ्नो कर्तव्य पटक्कै गरिरहेकी थिइनँ; दुष्टता गरिरहेकी थिएँ भनेर बुझेँ! सत्यता परमेश्वरद्वारा व्यक्त गरिन्छ। मैले त आफ्नो बुझाइ र बोधबारे थोरै मात्र सङ्गति गरिरहेकी थिएँ, त्यसैले, मसँग घमण्ड गर्ने के थियो र? तर मैले अझै पनि मानिसहरूलाई मेरो आदर र प्रशंसा गर्न लगाएँ। म हैसियतप्रति आसक्त र साँच्चै अहङ्कारी थिएँ!” यो सुनेर, एउटी सिस्टरले भनिन्, “हो, हामीले साँच्चै तपाईँलाई आदर गऱ्यौँ।” पहिले मसँगै काम गर्ने एक ब्रदरले पनि भने, “त्यस समयमा धेरै मानिसले तपाइँको सम्मान गर्थे, र मलाई आफू केही पनि होइन जस्तो लाग्थ्यो।” मलाई अलि दुःख लाग्यो र भनेँ, “म आफ्नो राम्रो पक्ष मात्र देखाउने कस्तो पाखण्डी थिएँ, र वास्तवमा, जब कामले कुनै परिणाम ल्याइरहेको थिएन, तब म निकै नकारात्मक बनेँ, तर मैले केही भन्ने आँट गरिनँ किनकि मलाई तपाईँहरू सबैले मलाई तुच्छ ठान्नुहुनेछ भन्ने डर भयो।” हामीले लामो समयसम्म कुरा गर्यौँ, र कुरा गरेपछि, मलाई हृदयमा स्वतन्त्र महसुस भयो। तबदेखि, जब-जब म ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्थेँ, तब-तब म आफ्ना अभिप्राय र प्रकटीकरणहरू जाँच्नमा ध्यान केन्द्रित गर्न थाल्थेँ, र जब-जब म धाक लगाउन चाहन्थेँ, तब-तब म तुरुन्तै त्यविरुद्ध विद्रोह गर्थेँ र आफूलाई सच्याउँथेँ, सचेत रूपमा परमेश्वरलाई उच्च पार्थेँ र उहाँको गवाही दिन्थेँ। मैले भेलामा सङ्गति गर्दा, कामकुरा ढाकछोप गर्न छोडेँ, र मैले सबैलाई देखाउन आफ्नो साँचो रूप प्रकट गरेँ। ब्रदर-सिस्टरहरूले समस्याहरू सामना गर्दा, म सङ्गति गर्न परमेश्वरका वचनहरू खोज्न ध्यान दिन्थेँ, उनीहरूलाई परमेश्वरलाई अझ धेरै प्रार्थना गर्न र उहाँमा भर पर्न प्रोत्साहित गर्थेँ। मैले यसरी अभ्यास गर्दा, ब्रदर-सिस्टरहरूलाई लाभ हुन्थ्यो र उनीहरूको सुधार हुन्थ्यो, र मलाई हृदयमा शान्ति र आश्वासन महसुस हुन्थ्यो।
अहिले फर्केर हेर्दा, यदि मैले ख्रीष्टविरोधीहरूलाई निष्कासित गरिएको सामग्री नपढेकी भए, मैले आत्मचिन्तन गर्न र आफूलाई चिन्न जान्नेथिइनँ। परमेश्वरले बन्दोबस्त गरेका यी परिस्थितिहरूले नै दुष्टतातर्फका मेरा कदमहरूलाई समयमै रोके। भविष्यमा, म सबै कुरामा परमेश्वरलाई उच्च पार्ने र उहाँको गवाही दिने अभ्यास गर्नेछु, सत्यता पछ्याउन र आत्मचिन्तन गर्नमा ध्यान केन्द्रित गर्नेछु, र आफ्नो कर्तव्य राम्ररी गरेर सृजित प्राणीको स्थानमा कर्तव्यनिष्ठ भई खडा हुन्छु।