४०. बदला लिनेबारे चिन्तन

याङ युए, चीन

सन् २०२१ को फेब्रुअरीमा, म मण्डलीमा लेखन-पठन कामको कर्तव्य गर्दै थिएँ। त्यो बेला, हाम्रो टोलीको कामको प्रभावकारिता घट्दै थियो, र सुपरिवेक्षकले यो थाहा पाएपछि टोलीमा सद्भावपूर्ण सहकार्य नभएको पत्ता लगाइन्। सिस्टर सियाओयु र टोली अगुवा सु ली ख्याति र प्राप्तिको लागि प्रतिस्पर्धा गरिरहेका थिए, र सियाओयु टोली अगुवा नछानिएकीले अटेरी भएकी थिइन्। उनी अक्सर सु लीको कार्य बन्दोबस्तमा खोट निकाल्थिन्, जसले काममा गम्भीर असर पारेको थियो, त्यसैले सुपरिवेक्षकले सियाओयुलाई अर्को कर्तव्यमा खटाइन्। सुपरिवेक्षकले मलाई पनि यसो भन्दै खुलासा गरिन्, “सियाओ युए र टोली अगुवा ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्दै छन् भन्‍ने तपाईँलाई स्पष्टसँग थाहा थियो, तैपनि तपाईँले मदत गर्न सङ्गति गर्नुभएन, र अक्सर सियाओयुको पक्ष लिनुभयो, उनीसँग सहमत हुनुभयो, जसले गर्दा टोली अगुवा यति नकारात्मक भइन् कि तिनले राजीनामा दिन चाहिन्। तपाईँले मण्डलीको कामको पटक्कै रक्षा गर्नुभएन। के तपाईँलाई यसरी काम गर्नुको सार र परिणाम थाहा छ?” त्यसबेला, मलाई पटक्कै थाहा थिएन, र मैले मनमनै तर्क गरेँ, सोचेँ, “टोलीको कामको कमजोर प्रभावकारिताको दोष मलाई कसरी दिन मिल्छ र? यदि सियाओयुका सुझावहरू साँच्चै सही भएका भए, म ती स्वीकार गर्नेथिएँ। मैले टोली अगुवालाई कमजोर पार्न उनीसँग गुटबन्दी गर्दै थिएँ भनेर कसरी भन्न सक्छौ?” तर यो परिस्थिति हुन परमेश्‍वरले अनुमति दिनुभएको हो र मैले यसप्रति समर्पित भएर सुरु गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। त्यो साँझ, म परमेश्‍वरसामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर, सुपरिवेक्षकले औँल्याएका समस्याहरूबारे मलाई थाहा छैन, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्!” प्रार्थनापछि, मैले चिन्तन गर्न थालेँ।

सन् २०२० को सेप्टेम्बरमा, सु ली र मैले सँगै विभिन्न मण्डलीमा प्रवचन लेखहरूको काम अनुगमन गऱ्यौँ। कहिलेकाहीँ हाम्रा विचारहरू फरक र केही खटपट हुने भए पनि, हामी एकअर्कासँग खुल्ला सङ्गतिद्वारा सद्भावपूर्ण रूपमा सहकार्य गर्न सक्थ्यौँ। नोभेम्बरको मध्यसम्म, टोलीमा अझ दुई सिस्टर थपिए, र हामीले एक जना टोली अगुवा छान्नुपर्ने भयो। हामीले सर्वसम्मतिले सु लीलाई टोली अगुवाका रूपमा छान्यौँ। सु लीको व्यक्तित्व स्पष्टवादी थियो, र जब उनी हामीले भ्रष्टता प्रकट गरेको वा हामीमा कर्तव्यका लागि बोझको बोध नभएको देख्थिन् तब भेलाको दौरान त्यो कुरा औँल्याउँथिन्, र हामीलाई चिन्तन गर्न र आफूलाई चिन्न परमेश्‍वरका वचन खान र पिउन अगुवाइ गर्थिन्। सुरुमा, मैले यस्तो अभ्यास निकै राम्रो हुन्छ भन्‍ने सोचेँ। तर पछि, सिउ लीले अरू दुई सिस्टरको अगाडि मेरा समस्याहरू औँल्याइन्, र उनको स्वर निकै रुखो थियो। यसले गर्दा मैले इज्जत गुमाएँ, र मलाई यो स्वीकार गर्न अलि गाह्रो भयो। मैले उनीप्रति पूर्वाग्रह राखें, र हाम्रो सम्बन्ध बिस्तारै टाढिँदै गयो। मलाई याद छ, एकपटक हामी सँगै आत्मिक भक्तिमा भएका बेला, परमेश्‍वरका वचन पढिसकेपछि, सिउ लीले पहिले आफ्नो सङ्गति बाँडिन्, तर उनले सिध्याउन नपाउँदै, मैले बीचमै आफ्नो सङ्गति राखेँ। सु लीले कठोर अनुहार पारेर रुखो स्वरमा मलाई भनिन्, “सिस्टर, मैले देखेँ तपाईं बिचमै बोल्ने गर्नुहुँदो रहेछ, तर यसले अरूको सोच्ने प्रक्रियामा अवरोध पुऱ्याउँछ।” मलाई साह्रै लाज लाग्यो, मेरो अनुहार पाक्यो, र मैले सोचें, “मैले पालो मिचेर बोल्नु अनुचित र गलत थियो भन्‍ने मलाई थाहा छ, तर तिमीले सबैको अगाडि मेरो समस्या औँल्याउनु हुँदैनथ्यो। अब नयाँ सिस्टरहरूले मेरो बारेमा के सोच्नेछन्? के तिमीले मेरा कमजोरीहरू मलाई मात्र औँल्याउन सक्दैनथ्यौ? के तिमी जानाजानी मलाई लज्जित पार्न खोज्दै छैनौ र?” अर्को पटक, म दुई सिस्टरसँग एउटा प्रवचन लेखबारे छलफल गर्दै थिएँ, र ती दुई सिस्टर मेरो दृष्टिकोणसँग सहमत भएनन्। मलाई उनीहरूलेभन्दा मैले सही तरिकाले सिद्धान्तहरू बुझेकी छु भन्‍ने लाग्यो, त्यसैले मैले आफ्नै विचारमा जिद्दी गरेँ र उनीहरूसँग तर्क गरेँ। सु लीले हामीले तर्क गरेको केही बेर हेरिन्, र ममा अहङ्कारी स्वभाव छ र गरम मिजासले सिस्टरहरूसँग तर्क गर्नु हुँदैन। उनले मैले सिस्टरहरूसँग सिद्धान्तहरू सङ्गति गर्नुपर्छ र हामीले एकअर्काका सबलताहरूबाट सिक्नुपर्छ भनेर भनिन्। मैले यो स्वीकार गर्न सकिनँ र एकदमै प्रतिरोध महसुस गरेँ, “तिमी किन सधैँ मलाई काटछाँट गर्नुहुन्छ? के मलाई निसाना बनाउन सजिलो लाग्छ? पहिले हामी दुईले सहकार्य गर्दा, तिमीले मेरो काटछाँट गरेकामा मलाई आपत्ति थिएन, तर अब तिमी सधैँ सिस्टरहरूको अगाडि मलाई काटछाँट गर्छौ, जानाजानी मलाई लज्जित पार्छौ। अब सिस्टरहरूले मलाई के सोच्नेछन्?” यसबारे जति सोचेँ, मलाई त्यति रिस उठ्यो, सोचेँ, “तिमीले मलाई यसरी काटछाँट गर्‍यौ भने, मौका पाउँदा म पनि तिम्रा समस्याहरू औँल्याउनेछु, ताकि तिमीले पनि लज्जित हुनुको स्वाद कस्तो हुन्छ भनेर पनि चाख्न सके!”

पछि, सियाओयु टोली अगुवा नछानिएकाले असन्तुष्ट भइन् र सु लीसँग प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा झगडा गर्न थालिन्। उनी सु लीको कार्य बन्दोबस्तमा लगातार खोट निकाल्थिन्, र साँझको काम सामान्यभन्दा लामो हुँदा, सियाओयु मलाई कचकच गर्थिन्, सु लीले कार्य बन्दोबस्त गर्न नजानेको गुनासो गर्थिन्। एउटा भेलाको दौरान, सियाओयुले आफ्नो भ्रष्टता बताउने बहानामा सु लीलाई चलाकीले आलोचना गर्ने लक्षित गरिन्, सु लीमाथि आलटाल गरेको आरोप लगाइन्, र पहिलेको टोली अगुवालाई सक्षम, कामको बन्दोबस्त गर्न सिपालु, र तोकिएको दिनमै सबै काम सकाउन सक्ने भनी प्रशंसा गरिन्। यो सुनेपछि मलाई केही गडबड लाग्यो, र सोचेँ, “तिमी वास्तवमा आफूलाई चिनिरहेकी छैनौ, तिमी त सु लीमा कार्य क्षमताको कमी छ भनेर गुनासो मात्र गर्दै छौ। टोलीमा दर्जनौँ प्रवचन लेखहरू थुप्रिएका छन्, र सु लीले कामका खातिर छिट्टै ती तुरुन्तै जाच्नु हामीलाई अतिरिक्त समय काम गर्न मात्र भनेकी हुन्। उनले केही पक्षमा राम्रो नगरिरहेकी भए पनि, तिमीले मौका पाउँदा उनीसँग यसबारे कुरा गर्न सक्थ्यौ। यसरी कुरा गर्नाले उनलाई बाँधिएको महसुस गराउन सक्छ।” म सियाओयुको समस्या औँल्याउन चाहन्थेँ, तर त्यसपछि मैले सु लीले कसरी मलाई पहिले केहीपटक काटछाँट गरेकी थिइन्, अन्त्यमा कसरी कसैले मेरा हितमा बोलिरहेको छ, र आज, काटछाँट गरिनुको स्वाद कस्तो हुन्छ भनेर चाख्ने पालो उनको हो भने सोचेँ। त्यसैले मैले सही थाप्दै भनें, “पहिलेको टोली अगुवाको काम गर्ने तरिका राम्रो भएकाले, हामी फेरि त्यही प्रयोग गर्न थालौँ न त। यसरी हामी अझ प्रभावकारी रूपमा काम गर्न सक्छौँ।” अनपेक्षित कुरा, मैले बोल्न सक्नेबित्तिकै सु लीले ग्लानीले आँखाभरि आँसु पार्दै भनिन्, “मलाई साँच्चै कामको बन्दोबस्त गर्न आउँदैन। भविष्यमा मेरा कमीकमजोरीहरू देख्नुभयो भने कृपया मलाई अझ धेरै मद्दत गर्नुहोस्।” उनलाई यति दुःखी देखेर मलाई असहज महसुस भयो।

केही समयपछि, हाम्रो टोलीको कामको नतिजा खस्किएकाले, अगुवा हामीसँग विचलनहरूलाई सङ्क्षेपमा बताउन आइन्। सियाओयु र मैले सु ली अपर्याप्त रहेका पक्षहरू औँल्याइरह्यौँ। सु ली एकदमै लज्जित भइन् र भनिन्, “यदि तपाईँहरूले कुनै समस्या भेट्टाउनुभयो भने, कृपया मलाई ती सुधार्न मद्दत गर्नुहोस्।” भोलिपल्ट भेलामा, सु लीले आफ्नो अहङ्कार र अभिमान, आफ्नो कर्तव्यमा छिटो नतिजा पाउने उत्सुकता, उनले देखाउनका लागि काम गर्नमा ध्यान केन्द्रित गर्नु, र अगुवाले आफूलाई महत्त्व दिएको देख्दा अगुवामा राम्रो छाप पार्न उनले कसरी सकेसम्म चाँडै राम्ररी काम गर्न चाहिन् भन्‍नेबारे कुरा गरिन्, उनको सङ्गतिपछि, उनले हामीलाई उनका समस्याहरू औँल्यादिन आग्रह गरिन्। मैले मनमनै सोचें, “तिमी आफैले यो कुरा उठाएकीले, मैले यो मौकाको फाइदा उठाएर अरू सिस्टरहरूको अगाडि तिमीलाई खराब ठहराउनुपर्ला।” त्यसैले मैले उनका सबै समस्या एकै सासमा ओकल्दै, उनी अहङ्कारी र अभिमानी छिन्, देखावटी गर्न मन पराउँछिन्, मनमानी गर्छिन्, र प्रतिष्ठा र हैसियतप्रति अत्यधिक चिन्तित हुन्छिन् भनेर भनेँ। सियाओयुले पनि त्यसमा सही थपिन्। हाम्रा आलोचना सुनेर सु लीले टाउको निहुराइन्। उनले केही नबोलेको देख्दा, मैले कतै आफूले बढी नै गरेँ कि भनेर सोचेँ? तर त्यसपछि मैले आफूले भनेको कुरा साँचो हो, र उनका समस्याहरू औँल्याउँदा उनलाई आत्मचिन्तन गर्न मद्दत पुग्छ भनेर सोचेँ। पछि, सु ली कामको बन्दोबस्त गर्नमा अझ डराउने र हिचकिचाउने भइन्, र पहिले आफै सम्हाल्न सक्ने कतिपय कुराका लागि उनी अब हामीसँग छलफल गर्थिन्। सियाओयुले कहिलेकाहीँ पहिलेको टोली अगुवा कामको बन्दोबस्त गर्न कति सिपालु थिए भनी प्रशंसा गर्थिन्, जसले गर्दा सु लीलाई आफूमा कार्य क्षमताको कमी भएको महसुस हुन्थ्यो, हीनताबोधमा डुब्थिन्, र नकारात्मक बन्थिन्। मैले अक्सर सियाओयुको पक्ष लिने भएकाले, उनी झन्-झन् उग्र हुँदै गइन्, कहिलेकाहीँ त टोलीको कामको बन्दोबस्त आफै सम्हाल्थिन् र सु लीलाई पाखा लगाउँथिन्। कहिलेकाहीँ, सियाओयुले हाम्रै अगाडि सु लीलाई खुलेआम काटछाँट पनि गर्थिन् र पाखा लगाउँथिन्, र म उनको कुरामा सही थाप्थेँ कि त चुपो लाग्थेँ। सु ली सियाओयुद्वारा एकदमै नियन्त्रित थिइन्, र उनी झन्-झन् गहिरो दिक्दारीको स्थितिमा डुब्दै गइन्, उनले आफू टोली अगुवा हुन नसक्ने महसुस गरिन् र राजीनामा दिन चाहिन्। मैले सियाओयु र सु लीबीच भएको ख्याति र प्राप्तिको प्रतिस्पर्धाले कामलाई असर गरेको थियो र मैले सियाओयुका समस्याहरू औँल्याउनुपर्थ्यो भनेर बुझेँ। तर जब मैले सु लीले मलाई पहिले दुईपटक काटछाँट गरेको सम्झेँ, तब नदेखेझैँ गरेँ। आखिर, यदि काम प्रभावकारी नभएको भए, सुपरिवेक्षकले उनैलाई काटछाँट गर्नेथिइन्, र त्यसपछि उनले पनि इज्जत गुमाउनुको तितो स्वाद चाख्नेथिइन्। हामीले सद्भावपूर्ण रूपमा सहकार्य नगरेकाले, काम झन्डै ठप्प हुने स्थितिमा पुग्यो। आफ्नो व्यवहारबारे चिन्तन गर्दा, मलाई अलि डर लाग्यो, मैले सु लीसँग बदला लिनकै लागि यस्ता दुर्भावपूर्ण कामहरू गर्न सक्ने रहेछु भन्‍ने देखेँ। मैले मण्डलीको कामको पटक्कै रक्षा गरिरहेकी थिइनँ। यदि सुपरिवेक्षकले त्यो नऔँल्याइदिएकी भए, मैले आत्मचिन्तन गर्न जान्नेथिइनँ।

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “‘बदला लिने प्रवृत्ति भएका’ भन्‍ने वाक्यांशबाटै थाहा हुन्छ कि ती मानिसहरू असल मानिसहरू होइनन्; बोलीचालीको भाषामा भन्दा, तिनीहरू कुहिएका आलुहरू हुन्। तिनीहरूको मानवताको निरन्तरका प्रकटीकरण र खुलासाहरू, साथै तिनीहरूको कार्यका सिद्धान्तहरूबाट मूल्याङ्कन गर्दा, तिनीहरूको हृदय दयालु हुँदैन। प्रचलित भनाइले भनेजस्तै, तिनीहरू ‘कामकुरा बिग्रेकाहरू हुन्।’ हामी तिनीहरू दयालु प्रकारका मानिस होइनन् भनेर भन्छौँ; अझै तोकेर भन्दा, ती व्यक्तिहरू दयालु हृदयका हुँदैनन् तर तिनीहरूले उग्रता, दुराशय, र क्रूरता बोकेका हुन्छन्। जब कसैले ती व्यक्तिहरूका हित, इज्जत, वा हैसियतलाई छुने कुनै कुरा भन्छ वा गर्छ, वा तिनीहरूलाई चिढ्याउँछ भने, एकातिर, तिनीहरूले हृदयमा शत्रुता बोक्छन्। अर्कोतिर, तिनीहरूले यही शत्रुताका आधारमा काम गर्छन्; तिनीहरूले आफ्नो घृणा पोखाउने र आफ्नो रिस मार्ने उद्देश्य र आशयले काम गर्छन्, जुन बदला लिन खोज्ने व्यवहार हो। मानिसहरूमाझ सधैँ यस्ता मानिसहरू हुन्छन्। चाहे मानिसहरूले यसलाई तुच्छ बन्‍नु भनेर व्याख्या गरून्, वा रोबरवाफ जमाउनु, वा अति संवेदनशील बन्‍नु होस्, अर्थात् तिनीहरूको मानवता व्याख्या वा सारांशित गर्न प्रयोग गरिने शब्दहरू जेसुकै भए पनि, अरूसँगको तिनीहरूको अन्तरक्रियाको सामान्य प्रकटीकरण के हुन्छ भने, तिनीहरूलाई जसले गल्तीले वा जानीजानी चोट पुर्‍याउँछ वा चिढ्याउँछ, उसले यसको परिणाम भोग्‍नैपर्ने र सामना गर्नैपर्ने हुन्छ। यो त कतिपय मानिसहरूले यसो भनेजस्तै हो: ‘तिनीहरूलाई चिढ्या न, अनि तैँले मोलतोल गरेकोभन्दा बढी पाउनेछस्। यदि तैँले तिनीहरूलाई प्रहार गरिस् वा चोट पुर्‍याइस् भने, सजिलै उम्की भाग्छु भन्‍ने नसोच्।’ के मानिसहरूमाझ त्यस्ता व्यक्तिहरू हुन्छन्? (हुन्छन्।) अवश्यै हुन्छन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२५))। “ख्रीष्टविरोधीहरूले आफ्नो अन्तर्घात र निर्दयता कसरी प्रकट गर्छन्? (झूटहरू रच्ने र अरूलाई फसाउने तिनीहरूको क्षमतामार्फत।) झूटहरू रच्नु र अरूलाई फसाउनुमा झूट बोल्ने बानी अनि अन्तर्घाती र निर्दयी हुनु दुइटै संलग्न हुन्छन्; यी दुई गुणको निकट सम्बन्ध छ। उदाहरणका लागि, यदि तिनीहरूले कुनै गलत कार्य गर्छन् र जिम्मेवारी लिन चाहँदैनन् भने तिनीहरूले भ्रमपूर्ण हुलिया बनाउँछन्, झूटहरू बोल्छन् र मानिसहरूलाई त्यो आफूले नभई अरू कसैले गरेको भनी विश्‍वास गराउँछन्। तिनीहरूले दोष अरू कोहीमाथि थोपर्छन् र उसैलाई परिणामहरू भोग्न बाध्य पार्छन्। यो दुष्टता र नीचता मात्र होइन्, त्योभन्दा बढी अन्तर्घात र निर्दयता हो। ख्रीष्टविरोधीहरूका अन्तर्घात र निर्दयताका अरू केही प्रकटीकरण केके हुन्? (तिनीहरूले मानिसहरूलाई सताउन, आक्रमण गर्न र उनीहरूविरुद्ध प्रतिशोध लिन सक्छन्।) मानिसहरूलाई सताउन सक्नु भनेको निर्दयी हुनु हो। त्यसले तिनीहरूको हैसियत, ख्याति वा प्रतिष्ठामा खतरा पुर्‍याउँछ वा जो तिनीहरूप्रति प्रतिकूल हुन्छ, तिनीहरू उसलाई हमला गर्न र ऊविरुद्ध प्रतिशोध लिन हदैसम्म जान्छन्। कहिलेकाहीँ तिनीहरूले अरूलाई प्रयोग गरेर पनि मानिसहरूलाई हानि गर्न सक्छन्—यो अन्तर्घात र निर्दयता हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वर बदला लिने झुकाव भएकाहरू असल मानिस होइनन् र तिनीहरूको मानवता दुर्भावपूर्ण हुन्छ भनी खुलासा गर्नुहुन्छ। के मैले यस्तै व्यवहार गरिरहेकी थिइनँ र? सु लीसँगको मेरो पहिलेको सहकार्यबारे चिन्तन गर्दा, म सिस्टरले मेरा समस्याहरू औँल्याएकी स्विकार्न सक्थेँ, किनभने त्यसमा हामी दुई जना मात्र हुन्थ्यौँ र त्यसले मेरो आत्मगौरवमा खासै असर गर्दैनथ्यो। पछि, जब सु ली टोली अगुवा बनिन्, तब उनले सिस्टरहरूको अगाडि दुईपटक मेरा समस्याहरू खुलासा गरिन्, जसले गर्दा मेरो इज्जत गयो। यसले मलाई उनीप्रति ईख राख्ने र उनीसँग बदला लिने मौका खोज्न चाहने बनायो। के भयो भने सियाओयुले सु लीसँग ख्याति र प्राप्तिका लागि उनका गल्तीहरू पक्रेर प्रतिस्पर्धा गर्दै थिइन्, त्यसैले मैले यो मौका छोप्दै सियाओयुको कुरामा सही थापेँ अनि अरूको प्रशंसा गर्ने र सु लीलाई होच्याउने कुराहरू भनेँ, जसले गर्दा सु लीलाई झनै हीनताबोध भयो र उनी नकारात्मक स्थितिमा जिइन्। सु लीले हामीलाई उनका समस्याहरू औँल्याउन आग्रह गर्दा, मैले आफ्ना केही इज्जत फिर्ता पाउने प्रयासमा उनलाई इज्जत गुमाउन लगाउने नियतले, उनले प्रकट गरेका भ्रष्टताहरूलाई जोड दिने र बढाइचढाइ गर्ने मौका छोपेँ। मैले सियाओयुलाई निरन्तर समर्थन गर्नाले उनी झन्-झन् रोब जमाउने बनिन्, अक्सर सु लीलाई हैरान पार्ने र पाखा लगाउने गर्थिन्, जसले गर्दा सु ली यति नकारात्मक भइन् कि उनले राजीनामा दिन चाहिन्। मैले सियाओयुका समस्याहरू औँल्याउने अभिप्राय राखेकी थिएँ, तर जब मैले कसरी सु लीले मलाई काटछाँट गरेकी थिइन् र मेरो इज्जत गुम्न लगाएकी थिइन् भन्‍ने सम्झेँ, तब मैले नदेखेझैँ गरेँ र सियाओयुलाई टोलीमा अवरोध र बाधा पुऱ्याउन दिएँ। मैले त सुपरिवेक्षकले सु लीलाई काटछाँट वा प्रतिस्थापित गर्नेछिन् भन्‍ने आशासमेत गरेँ, ताकि उनले पनि इज्जत गुमाउनुको तितो स्वाद चाख्न सकून्। के म बदला लिइरहेकी र मानिसहरूलाई आक्रमण गरिरहेकी थिइनँ र? बाहिरबाट, म शान्त रहेँ, तर पर्दापछाडि, मैले टोली अगुवालाई आक्रमण गर्न र पाखा लगाउन सियाओयुसँग गुटबन्दी गरेँ, अरूले थाहै नपाई समेत बदला लिने अभिप्राय राखेँ। मेरा विधिहरू ख्रीष्टविरोधीका जस्तै थिए, आफ्नो फोहोर काम गराउन अरूलाई प्रयोग गरेँ। यो साह्रै नीच र दुर्भावपूर्ण कुरा थियो! मैले मेरो मानवता स्वीकार्य छ र ममा बदला लिने हृदय छैन भन्‍ने सोचेकी थिएँ, तर त्यो केवल मेरा हितहरूमा असर नपरेकाले मात्र रहेछ। मेरा हितहरूमा अतिक्रमण भएपछि, मेरो दुर्भावपूर्ण प्रकृति खुलासा भयो। यस प्रकाशमार्फत्, मैले आफ्नो मानवता राम्रो छैन, र म आफ्नो इज्जत जोगाउनकै लागि यस्ता दुर्भावपूर्ण कुराहरू गर्न सक्ने रहेछु भन्‍ने देखेँ। मैले काममा अवरोध र बाधा पुऱ्याएँ अनि सु लीलाई बन्धनमा पारेँ र हानि पुऱ्याएँ, र मैले आफ्नो पछाडि गम्भीर अपराधहरू पनि छोडेकी थिएँ। मैले यसबारे जति सोचेँ, त्यति नै मलाई परमेश्‍वरप्रति ऋणी महसुस भयो, त्यसैले मैले उहाँसामु पश्चात्ताप गरेँ।

त्यसपछि, मैले सोच्न थालें, मेरो स्वभावको यो पक्ष प्रकट गर्न मलाई केले नियन्त्रण गरिरहेको थियो? मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “आक्रमण र प्रतिशोध एक खालको व्यवहार र प्रकटीकरण हो जुन दुर्भावपूर्ण शैतानी प्रकृतिबाट उत्पन्न हुन्छ। त्यो एक प्रकारको भ्रष्ट स्वभाव पनि हो। मानिसहरू यस्तो विचार गर्छन्: ‘यदि तँ मलाई राम्रो गर्दैनस् भने, म पनि तँलाई राम्रो गर्दिनँ! यदि तिमीले मसित इज्जतसाथ व्यवहार गर्दैनौ भने, मैले किन तिमीलाई इज्जतसाथ व्यवहार गर्ने?’ यो कस्तो प्रकारको सोच हो? के यो प्रतिशोध लिने किसिमको सोच होइन र? साधारण व्यक्तिको विचारमा, के यो जायज दृष्टिकोण हैन र? के यो उचित लाग्दैन र? ‘आइनलागिञ्‍जेल जाइलागिँदैन; आइलागे छोडिँदैन,’ र ‘जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै’—गैरविश्‍वासीहरूले प्राय यस्ता कुराहरू बोलिरहन्छन्; तिनीहरूमाझ यी सबै उचित तर्कहरू हुन् र यी कुराहरू पूर्ण रूपमा मानवीय धारणाहरूसँग मेल खान्छन्। तर परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउनेहरूले यी वचनहरूलाई कसरी हेर्नुपर्छ? के यी विचारहरू सही छन्? (छैनन्।) ती किन सही छैनन्? तिनीहरूलाई कसरी खुट्ट्याउनुपर्छ? यी कुराहरू कहाँबाट उत्पन्न हुन्छन्? (शैतानबाट।) ती शैतानबाट उत्पन्न हुन्छन्, यसमा कुनै शङ्का छैन। ती शैतानका कुन-कुन स्वभावहरूबाट आउँछन्? ती शैतानको दुर्भावनापूर्ण प्रकृतिबाट आउँछन्; तिनमा विष हुन्छ, र तिनमा शैतानको सारा द्वेष र कुरूपतासहित त्यसको वास्तविक अनुहार हुन्छ। तिनमा यस्तो प्रकृति सार हुन्छ। त्यस्तो प्रकारको प्रकृति सार भएका दृष्टिकोण, विचार, प्रकटीकरण, बोलीवचन, र कार्यहरूसमेतमा कस्तो चरित्र हुन्छ? निस्सन्देह नै, त्यो मान्छेको भ्रष्ट स्वभाव हो—त्यो शैतानको स्वभाव हो। के ती शैतानी कुराहरू परमेश्‍वरको वचनअनुरूप हुन्छन्? के ती सत्यता अनुरूप हुन्छन्? के ती कुराको आधार परमेश्‍वरको वचनमा छ? (छैन।) के ती परमेश्‍वरका अनुयायीहरूले गर्नुपर्ने कामहरू हुन्, र तिनीहरूमा हुनुपर्ने विचार र दृष्टिकोणहरू हुन्? के ती विचार र कार्यशैलीहरू सत्यताअनुरूप छन्? (छैनन्।)” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। मैले परमेश्‍वरका वचनको यो खण्ड पढेपछि के बुझेँ भने ममा बदला लिने मानसिकता हुनुको कारण मुख्यतया म “आइनलागिञ्‍जेल जाइलागिँदैन; आइलागे छोडिँदैन,” “खुनको बदला खुन, ज्यानको बदला ज्यान,” र “बदला लिन भलाद्‍मीलाई कहिल्यै ढिला हुँदैन” भन्‍नेजस्ता शैतानका दर्शनहरूअनुसार जिएकीले गर्दा थियो। यी शैतानी विषहरूले मलाई स्वार्थी, छली, अन्तर्घाती, र दुर्भावपूर्ण बनाए। अरूले मेरो आत्मगौरव वा हितहरूमा अतिक्रमण गरेपछि, म ईख राख्थें, र बदला लिने तरिकाहरू सोच्ने र अवसरहरू खोज्ने प्रयास गर्थेँ, मैले आफ्नो मानवता र विवेक पूर्ण रूपमा गुमाएँ। सिउ लीले दुई सिस्टरहरूको अगाडि मेरा समस्याहरू मात्र औँल्याएकी थिइन्, तर मलाई आफ्नो इज्जत गुमेको महसुस भयो र बदला लिने इच्छा विकास गरेँ, सियाओयुसँग मिलेर उनलाई आक्रमण गरेँ र पाखा लगाएँ। म साँच्चै दुर्भावपूर्ण भएकी थिएँ! सत्य कुरा के थियो भने मैले भेलामा सङ्गतिको दौरान बीचमा बोल्नु र अरूको सोचाइ प्रक्रिया तोड्नु बाधा हो भनेर सु लीले औँल्याउनु उचित थियो। सिस्टरहरूसँग प्रवचन लेखहरूबारे छलफल गर्दा, मैले उनीहरूलाई सत्यता सिद्धान्तहरू खोज्न अगुवाइ गरिनँ, बरु आफ्नो अहङ्कारी स्वभावमा भर परेर उनीहरूलाई मेरो कुरा सुन्न लगाउने उद्देश्यले उनीहरूसँग तर्क गरेँ। सु लीले मेरो अहङ्कारी स्वभावका लागि काटछाँट गर्नु मलाई गाह्रो बनाउनका निम्ति थिएन, बरु मलाई आफूलाई चिन्न र आफ्नो कर्तव्य राम्रोसँग गर्न मद्दत गर्नका लागि थियो। यो न्यायको बोध हुनुको अभिव्यक्ति थियो। तर मैले यो परमेश्‍वरबाट आएको हो भनी स्वीकार गरिनँ। बरु, मैले मलाई मद्दत गर्ने उनलाई आफ्नो शत्रु ठानेँ, र गोप्य रूपमा बदला लिन चाहेँ, सियाओयुसँग मिलेर सु लीलाई आक्रमण गर्ने र पाखा लगाउनेसमेत गरेँ। यो ख्रीष्टविरोधी स्वभावको प्रकटीकरण थियो। मैले यी शैतानी विषहरूअनुसार जिउनु कति खतरनाक रहेछ भन्‍ने देखेँ! मैले मण्डलीबाट निष्कासित गरिएका ख्रीष्टविरोधीहरूबारे सोचेँ। उनीहरू आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनमा केन्द्रित थिए, र कसैलाई आफ्ना समस्याहरू खुलासा गर्न वा औँल्याउन दिँदैनथे, र उनीहरूका समस्याहरू खुलासा गर्ने जोकोहीलाई सताउँथे। उनीहरूले परमेश्‍वरको घरको कामलाई पटक्कै कायम राखेनन्, र अन्त्यमा, उनीहरू आफ्ना धेरै दुष्ट कार्यहरूको कारण निष्कासित भए। मेरो व्यवहार ख्रीष्टविरोधीको भन्दा कसरी फरक थियो र? यदि म नबदलिएकी भए, प्रकट गरिएर हटाइनेथिएँ। मैले शैतानी विषहरूअनुसार जिउँदा ममा मानवता नरहेको, मण्डलीको काममा अवरोध र बाधा पुगेको, अनि परमेश्‍वरको घृणा र तिरस्कार भित्रिएको देखेँ। म शैतानी विषहरूअनुसार जिइरहनु हुँदैन।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा लापरवाह र अनियन्त्रित छन् र गैरविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अराजकता फैलाउँछन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिनुपर्छ। तापनि अहिले परमेश्‍वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभावहरू मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। … परिवारहरूको आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका कानुनहरू हुन्छन्—र के परमेश्‍वरको घरमा अझ बढी यस्तो हुँदैन र? के यसमा झन् कडा मानकहरू छैनन् र? के त्यहाँ झन् बढी प्रशासनीय आदेशहरू छैनन्? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्‍वरको प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूबाट कुनै उल्लङ्घन सहनुहुन्न; उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिनुहुन्छ। के वास्तवमा मानिसहरूले अघिबाटै नै जान्दैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले परमेश्‍वरको स्वभावले अपराध सहँदैन भन्‍ने देखेँ। गैरविश्‍वासीहरूजस्तै व्यवहार र कुरा गर्ने, मण्डलीमा नकारात्मकता फैलाउने, गुटबन्दी गर्ने, र पर्दापछाडि मानिसहरूलाई कमजोर पार्ने परमेश्‍वरका विश्‍वासीहरूका सन्दर्भमा, परमेश्‍वर यस्ता मानिसहरू साँचो दियाबलस र शैतान हुन् भन्नुहुन्छ। विगतमा जब म परमेश्‍वरका वचनको यो खण्ड पढ्थेँ, तब यसलाई आफूमा लागू गर्दिनथेँ, किनभने म आफू परमेश्‍वरका विश्‍वासी हुँ र यस्ता कामहरू गर्दिनँ भन्‍ने सोच्थेँ। तर जब परमेश्‍वरले मलाई प्रकट गर्न परिस्थितिहरू योजनाबद्ध गर्नुभयो, तब म यस्ता दुष्ट कामहरू गर्न सक्छु भन्‍ने देखेर अचम्मित भएँ! सु लीसँग बदला लिनका लागि, मैले सियाओयुले ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्दा हरेक मोडमा उनको विरोध गरेको हेरेँ, तर मैले सियाओयुका समस्याहरू औँल्याइनँ, बरु उनलाई समर्थन गर्ने रोजेँ। यसले उनको अहङ्कारलाई बढायो, जसले गर्दा उनले सु लीलाई अझ बढी होच्याइन् र आक्रमण गरिन्, र परिणामस्वरूप सु ली नकारात्मकताले भरिइन् र उनले कामको अनुगमन गर्ने प्रेरणा गुमाइन्। यसले गर्दा टोलीको काम ठप्प हुने स्थितिमा पुग्यो। यदि मैले सियाओयुलाई पहिले नै मद्दत गरेकी भए, उनले सु लीलाई हानि पुऱ्याउने अनि मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउने यति धेरै कुरा गर्न सक्थिनन्, र टोलीको काम ठप्प हुनेथिएन। मैले बदला लिन खोज्दा, मण्डलीका हितलाई समेत बलि चढाएँ, जसले मूलतः मण्डलीको काममा अवरोध र बाधा पुऱ्यायो र मलाई शैतानको भूमिका खेल्न लगायो। सियाओयु र मैले गुटबन्दी गर्‍यौँ र टोली अगुवालाई कमजोर पाऱ्यौँ, टोलीलाई अस्तव्यस्त पाऱ्यौँ र काममा ढिलाइ गरायौँ। के यो दियाबलसको काम थिएन र? म साँच्चै परमेश्‍वरसामु जिउन लायक थिइनँ! मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले सधैँ परमेश्‍वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरूले आफूभित्र सधैँ परमेश्‍वरको डर मान्ने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरका वचनहरूले हामीलाई के बताउँछन् भने परमेश्‍वरमा विश्‍वास गर्नेहरूले परमेश्‍वरको डर मान्ने हृदय राखेर व्यवहार गर्नुपर्छ र बोल्नुपर्छ, र उनीहरू जे मन लाग्यो त्यही गर्ने हठी हुनु हुँदैन। बरु, उनीहरूले आफ्ना वरपरका मानिस, घटना, र कामकुरालाई परमेश्‍वरका मागअनुसार सम्हाल्नुपर्छ। विशेष गरी हामीलाई सल्लाह दिने वा काटछाँट गर्नेहरूलाई सही तरिकाले व्यवहार गर्नुपर्छ, र उनीहरूलाई आक्रमण गर्ने वा बदला लिने गर्नु हुँदैन। यी मानिसहरू सत्य बोल्छन् र हामीलाई साँचो मद्दत गर्छन्। यदि ममा अलिकति पनि परमेश्‍वरको डर मान्ने हृदय भएको भए र मैले यी परिस्थितिहरूमा परमेश्‍वरको अभिप्राय खोजेकी भए, परमेश्‍वरको स्वभावलाई चिढ्याउने कामकुरा गर्नेथिइनँ। मैले यसबारे जति सोचेँ, त्यति नै मलाई दोषी र दुःखी महसुस भयो, त्यसैले म परमेश्‍वरसामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईँको प्रकाशमा, म आफ्नो मानवता निकै दुर्भावपूर्ण छ, र आफू व्यक्तिगत लाभका लागि मानिसहरूलाई आक्रमण गर्न र बदला लिन, र मण्डलीको काममा गम्भीर क्षति पुऱ्याउन सक्षम छु भन्‍ने बुझेकी छु। हे परमेश्‍वर, तपाईँले मलाई मेरा अपराधहरूअनुसार व्यवहार गर्नुभएन, बरु मलाई पश्चात्ताप गर्ने मौका दिनुभएको छ। म पश्चात्ताप गर्न र परिवर्तन हुन इच्छुक छु।”

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “प्रेम र घृणा त्यस्ता कुराहरू हुन्, जुन सामान्य मानवतामा हुनुपर्दछ, तर तैँले कुन कुरालाई मन पराउँछस् र कुनलाई घृणा गर्छस् भन्‍ने कुराबीच तैँले स्पष्ट भिन्नता छुट्ट्याउनु पर्छ। तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, सत्यतालाई प्रेम गर्नुपर्छ, सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्नुपर्छ, जबकि तैँले शैतान र दियाबलसहरूलाई घृणा गर्नुपर्छ, नकारात्मक कुरालाई घृणा गर्नुपर्छ, ख्रीष्ट-विरोधीहरूलाई घृणा गर्नुपर्छ, र दुष्ट मानिसहरूलाई घृणा गर्नुपर्छ। यदि तँ घृणाको कारण दाजुभाइ-दिदीबहिनीहरूलाई दबाउन र तिनीहरूसित बदला लिन सक्छस् भने, यो धेरै डरलाग्दो हुन्छ, र यो दुष्ट व्यक्तिको स्वभाव हो। कतिपय मानिसहरूमा घृणाले भरिएका सोच र विचारहरू अर्थात् दुष्ट विचारहरू मात्र हुन्छन् तर तिनीहरूले कहिल्यै पनि दुष्ट कार्यहरू गर्दैनन्। तिनीहरू दुष्ट मानिसहरू होइनन् किनभने केही आइपर्दा, तिनीहरू सत्यता खोज्न सक्षम हुन्छन्, र आफूले कस्तो आचरण अँगाल्‍ने र कसरी परिस्थिति सम्हाल्ने भन्‍नेबारेमा तिनीहरूले सिद्धान्तहरूमा ध्यान दिन्छन्। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले माग्‍नुपर्नेभन्दा बढी माग गर्दैनन्; यदि तिनीहरू त्यो व्यक्तिसँग राम्ररी मिल्छन् भने, तिनीहरूसँग अन्तरक्रिया गरिरहनेछन्; यदि मिल्दैनन् भने, अन्तरक्रिया गर्नेछैनन्। यसले तिनीहरूको कर्तव्यपालन वा जीवन प्रवेशलाई बिरलै असर गर्छ। परमेश्‍वर तिनीहरूको हृदयमा हुनुहुन्छ र तिनीहरूसँग उहाँको डर मान्ने हृदय छ। तिनीहरू परमेश्‍वरलाई चिढ्याउन अनिच्छुक हुन्छन्, र उहाँलाई चिढ्याउन डराउँछन्। यी मानिसहरूमा केही निश्‍चित गलत धारणा र विचारहरू भए पनि, तिनीहरू ती विचारहरूविरुद्ध विद्रोह गर्न वा ती त्याग्‍न सक्षम हुन्छन्। तिनीहरूले आफ्नो कार्यव्यवहारमा संयम अपनाउँछन्, र विषयबाहिरको वा परमेश्‍वरलाई चिढ्याउने एक शब्द पनि बोल्दैनन्। यस तरिकाले बोल्ने र व्यवहार गर्ने व्यक्ति सिद्धान्तहरू भएको र सत्यता पालना गर्ने व्यक्ति हो। यस्तोमा तेरो व्यक्तित्व कसैको व्यक्तित्वसँग नमिल्दो हुन सक्छ, र तँलाई त्यो व्यक्ति मन नपर्न सक्छ, तर जब तैँले ऊसँग काम गर्छस्, तँ निष्पक्ष रहन्छस् र आफ्नो कर्तव्य पूरा गर्दा तेरा निराशाहरू व्यक्त गर्दैनस्, वा परमेश्‍वरको परिवारका हितहरूमाथि तेरा निराशाहरू पोखाउँदैनस्; तैँले सिद्धान्तअनुसार कामकाज सम्हाल्न सक्छस्। यो के कुराको प्रकटीकरण हो? यो परमेश्‍वरको डर मान्ने हृदय हुनुको प्रकटीकरण हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरले हामीलाई अरूलाई व्यवहार गर्ने सिद्धान्तहरू बताउनुभएको छ: यदि ब्रदर-सिस्टरहरूले हामीलाई चोट पुऱ्याउने कुराहरू भने भने, हामीले त्यसलाई सही तरिकाले सम्हाल्नुपर्छ। हामीले कहिल्यै मानिसहरूलाई आक्रमण गर्ने वा बदला लिने गर्नै हुँदैन, न त आफ्ना गुनासाहरू कर्तव्यमा पोख्नु नै हुन्छ। हाम्रा कर्तव्यहरूमा ब्रदर-सिस्टरहरूसँग काम गर्दा, हामीले अरूका सबलताहरूलाई ध्यान दिनुपर्छ र एकअर्काको पूरक बन्ने लक्ष्य राख्नुपर्छ। सद्भावपूर्ण सहकार्य गर्ने एकमात्र तरिका यही हो। मैले सु लीलाई पुऱ्याएको हानिबारे सोचें र मलाई अलि दोषी महसुस भयो। उनले मसँग पहिले काम गरेकी थिइन् र मलाई धेरै मद्दत गरेकी थिइन्, अनि उनले मेरा केही कमीकमजोरी सिधै औँल्यादिँदा, मैले उनलाई यस्तो व्यवहार गरेँ। मेरो मानवता साँच्चै खराब थियो! पछि, एउटा भेलाको दौरान, मैले अग्रसर भई सु लीलाई यस अवधिमा आफूले प्रकट गरेको दुर्भावपूर्ण स्वभावबारे खुलस्त बताएँ र माफी मागेँ। सु लीले यी सब कुरा मविरुद्ध लिइनन्, बरु मलाई हौसला दिँदै भनिन्, “तपाईँले आत्मचिन्तन गर्न र आफूलाई चिन्न सक्नु राम्रो कुरा हो। भविष्यमा, जब हामी आफ्नो भ्रष्टता प्रकट गर्छौँ, तब हामीले एकअर्कालाई औँल्याइदिनुपर्छ र एकअर्कलाई मद्दत गर्नुपर्छ, ताकि हामीले शैतानलाई काम गर्ने मौका नदिऔँ।” एकपटक, सु लीले अगुवा र सुपरिवेक्षकको अगाडि म टोलीका सदस्यहरूलाई धेरै उच्च मागहरू गर्छु, र मैले अरूलाई प्रेमभावले मद्दत गरिरहेकी छैनँ भनेर भनिन्। यो सुनेर मलाई असहज महसुस भयो र सोचेँ, “तिमीले मेरा बारेमा अगुवा र सुपरिवेक्षकको अगाडि कसरी यसो भन्न सक्यौ? उहाँहरूले मेरा बारेमा के सोच्नेछन्?” तर मलाई रिस उठे पनि, सुपरिवेक्षकको अगाडि उनीसँग तर्क गर्नु अनुपयुक्त लाग्यो, त्यसैले मैले मनमनै परमेश्‍वरलाई चुपचाप प्रार्थना गरेँ। त्यस क्षण, मैले म फेरि आफ्नो आत्मगौरवबारे चिन्तित भएकी छु भन्‍ने बुझेँ, र मैले आफ्नो आत्मगौरवका लागि आफ्नी सिस्टरसँग कसरी बदला लिएकी थिएँ, र कसरी उनलाई साँच्चै हानि पुऱ्याएकी थिएँ भनेर सोचेँ। यसपटक, मैले आफूलाई पन्छाउन र उनको सल्लाह स्विकार्न सिक्नुपर्थ्यो। मैले मनमनै परमेश्‍वरलाई चुपचाप प्रार्थना गर्दै, मेरो हृदयको रक्षा गर्न र सत्यता स्विकार्ने मनोवृत्ति दिन अनुरोध गरेँ, ताकि म उहाँले बन्दोबस्त गरेको वातावरणप्रति समर्पित हुन सकूँ। जब मैले यसरी सोचेँ, तब मेरो मन शान्त भयो। पछि, सुपरिवेक्षकले मेरा समस्याहरू सम्बोधन गर्न र मलाई मद्दत गर्न परमेश्‍वरका वचनहरू सङ्गति गरिन्, र मैले आफ्ना समस्याहरूबारे केही बुझाइ प्राप्त गरेँ। सु लीसँग काम गर्दा, मैले केही पाठ सिकेँ, र केही समयपछि, हामी छुट्टियौँ। मलाई आफ्नो दुर्भावपूर्ण प्रकृति बुझ्न र अरूसँग कसरी अन्तरक्रिया गर्ने भनी सिक्न सक्षम बनाउने वातावरण बन्दोबस्त गरिदिनुभएकामा म परमेश्‍वरप्रति धेरै आभारी छु।

अघिल्लो:  ३९. म अब उमेरका कारण व्याकुल वा चिन्तित हुन्नँ

अर्को:  ५४. त्रीएकत्वको रहस्य खुलासा

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger