10  परमेश्‍वरको राज्य पृथ्वीमा देखा परेको छ

पद १

सर्वशक्तिमान् साँचो परमेश्‍वर, सिंहासनमा

विराजमान राजा, सबै देश र जाति सामु

ब्रह्माण्ड शासन गर्नुहुन्छ,

स्वर्गमुनि सबथोक उहाँको महिमाले चम्किन्छ।

ब्रह्माण्ड र पृथ्वीको अन्त्यसम्मका सबैले देख्नेछन्,

पर्वत, नदी, ताल, जमिन, समुद्र

र सबै प्राणीले साँचो परमेश्‍वरको

मुहारको ज्योतिमा आफ्ना पर्दा खोलेका छन्,

र सपनाबाट ब्युझे झैँ पुनर्जीवित भएका छन्!


कोरस १

हाे! एउटै साँचो परमेश्‍वर संसार सामु देखा पर्नुहुन्छ।

प्रतिरोध गर्ने साहस कसको?

सबै डरले काँप्छन्।

सबै पूर्णतः विश्‍वस्त छन्, बारम्बार क्षमा माग्छन्।

सबै उहाँ सामु घुँडा टेक्छन्, सबै मुख उहाँकै आराधना गर्छन्!


पद २

महाद्वीप, समुद्र, पर्वत, नदी—

सबै उहाँको अनन्त प्रशंसा गर्छन्।

वसन्त न्यानो वायुसाथ आउँछ, शुद्ध वसन्त झरी ल्याउँदै।

सबै मानिसझैँ, खोलाका प्रवाह दुःख र

खुसीसाथ बग्छन्,

ऋणीपन, आत्म-निन्दाका आँसु झार्दै।

नदी, ताल, लहर, छाल साँचो परमेश्‍वरको

पवित्र नामको प्रशंसा गर्दै, गाउँदैछन्!


कोरस २

प्रशंसाको ध्वनि स्पष्टतासाथ गुञ्जिन्छ!

शैतानद्वारा भ्रष्ट तुल्याइएका प्रत्येक पुराना चिज—

नवीकरण र परिवर्तित हुनेछन्

र एउटा पूर्णतः नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …


पद ३

यो पवित्र तुरही हो, यो गुञ्जिन थालेको छ!

सुन यसलाई। त्यो सुमधुर अवाज सिंहासनको वाणी हो,

जसले हर व्यक्ति र राष्ट्रलाई अन्तिम अन्त्यको

समय आएको छ भनी घोषणा गर्दैछ,

उहाँको व्यवस्थापनको योजना सकियो।

उहाँको राज्य पृथ्वीमा खुल्ला रूपमा देखा परेको छ।

संसारका राज्य उहाँको राज्य भएका छन्।

संसारका राज्य उहाँको राज्य भएका छन्।


कोरस ३

उहाँका सात तुरही सिंहासनबाट गुञ्जिन्छन्,

र यस्ता अद्भुत कुरा हुनेछन्!

उहाँका अवाज सुन्ने र हरेक भूमिबाट जम्मा हुने,

उहाँका मानिसलाई खुसीसाथ हेर्नुहुन्छ।

सबै जना साँचो परमेश्‍वरलाई

निरन्तर प्रशंसा गर्छन्,

उफ्रिन्छन्! संसारलाई गवाही दिन्छन्

र साँचो परमेश्‍वरबारे तिनको

गवाहीको आवाज धेरै

पानीको गर्जन झैँ हुन्छ। सबैजना उहाँको

राज्यभित्र भेला हुनेछन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३६” बाट परिमार्जित

अघिल्लो:  7  सर्वशक्तिमान् परमेश्‍वरको पवित्र आत्मिक शरीर देखा परेको छ

अर्को:  11  हामी सिंहासन सामु लगिएका छौँ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger