27  जब पूर्वबाट बिजुली चम्किन्छ

पद १

जब सब मानिसले ध्यान दिन्छन्,

जब सबथोक नयाँ, पुनर्जीवित गरिन्छन्,

मानिसले परमेश्‍वरलाई पालन गर्छ,

उहाँको बोझ बोक्न इच्छुक हुन्छ,

तब पूर्वीय बिजुली चम्किन्छ,

पूर्वबाट पश्चिम सब चम्काउँछ,

पृथ्वीका सबलाई झट्का दिँदै।

यो बेला उहाँ नयाँ जीवन सुरु गर्नुहुन्छ।


पूर्व कोरस १

अब उहाँ पृथ्वीमा नयाँ काम सुरु गर्नुहुन्छ,

ब्रह्माण्डका मानिसलाई भन्नुहुन्छ:


कोरस १

जब बिजुली पूर्वबाट चम्किन्छ,

त्यो क्षण उहाँ बोल्न थाल्नुहुन्छ।

जब बिजुली चम्किन्छ,

आकाश उज्यालो हुन्छ, सबै ताराहरू

बदलिन्छन्, हो बदलिन्छन्।


पद २

गवाही दिइँदादेखि काम थाल्नुभएसम्म,

इश्‍वरत्वले पृथ्वी शासन गरुन्जेलसम्म,

यो पूर्वीय बिजुलीको किरण हो,

जुन सारा ब्रह्माण्डमा चम्किन्छ।

जब पृथ्वीका राज्य ख्रीष्टका बन्छन्,

तब ब्रह्माण्ड ज्योतिर्मय हुन्छ।

अब पूर्वीय बिजुली चम्किने समय हो:

देहधारी परमेश्‍वर इश्‍वरत्वमा बोल्नुहुन्छ।


पूर्व कोरस २

जब उहाँ पृथ्वीमा बोल्न थाल्नुहुन्छ

तब पूर्वीय बिजुली चम्किन्छ।


कोरस २

जब जिउँदो पानी सिंहासनबाट बग्छ,

जब सिंहासनबाट आवाज सुरु हुन्छ,

सात आत्माका वचन ठ्याक्कै सुरु हुन्छन्।


पद ३

अब पूर्वीय बिजुली चम्किन थाल्छ;

समयावधिको कारण, उज्यालोको

हद पनि फरक फरक हुन्छ,

चमकको दायरा सीमित गर्छ।

तर उहाँको काम, योजना बदलिँदा—

पुत्र र मानिसमा काम भिन्न हुँदा—

ज्योतिले अन्तर्निहित कार्य गर्छ,

ब्रह्माण्ड मैलोपन बिना ज्योतिर्मय हुन्छ।


ब्रिज

यो उहाँको ६००० वर्षे योजनाको फल हो,

उहाँले आनन्द लिनुहुने फल।

उहाँको ज्योतिले सारा पृथ्वीलाई उज्यालो पार्दा,

स्वर्ग र पृथ्वीका सबथोक बदलिनेछन्।


कोरस ३

आकाशका तारा बदलिनेछन्,

सूर्य र चन्द्र नयाँ हुनेछन्,

तब पृथ्वीमा मानिस नयाँ हुनेछन्—

स्वर्ग र पृथ्वीमा उहाँको काम यही हो।

आकाशका तारा बदलिनेछन्,

सूर्य र चन्द्र नयाँ हुनेछन्,

तब पृथ्वीमा मानिस नयाँ हुनेछन्—

स्वर्ग र पृथ्वीमा उहाँको काम यही हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १२” बाट परिमार्जित

अघिल्लो:  23  परमेश्‍वर राज्यमा शासन गर्नुहुन्छ

अर्को:  28  परमेश्‍वरका भेडाहरूले उहाँको स्वर सुन्दछन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger