279  परमेश्‍वरले निनवेको राजाको पश्चातापको प्रशंसा गर्नुभयो

पद १

जब निनवेका राजाले यहोवा परमेश्‍वरले

निनवे सहर नष्ट गर्नुहुन्छ सुने, सिंहासनबाट उठे,

वस्त्र खोले, भाङ्ग्रा लगाए र खरानीमा बसे।


पद २

त्यसपछि सहरमा

कसैलाई केही चाख्न नदिने घोषणा गरे।

सबले भाङ्ग्रा लगाउनुपर्नेभयो,

र परमेश्‍वरलाई बिन्ती गर्नुपर्नेभयो।

सबले आफ्ना दुष्ट तरिकाबाट टाढा रही

हातका हिंसा त्याग्नुपर्नेभयो।


पूर्व कोरस १

यी श्रृंखलाबद्ध कार्यबाट मूल्याङ्कन गर्दा,

निनवेका राजामा साँचो पश्चाताप थियो भनी बुझिन्छ।

यी श्रृंखलाबद्ध कार्यहरूद्वारा, तिनले

शासकले गर्नुपर्ने कार्य साँच्चै पूरा गरे।


कोरस १

तिनका श्रृंखलाबद्ध कार्यहरू, मानव इतिहासमा

वास्तवमै, कुनै राजाले हासिल गर्न सकेका थिएनन्।

यी कार्यलाई मानव इतिहासमा

अभूतपूर्व कार्य भन्न सकिन्छ,

जुन मानिसद्वारा स्मरण र अनुकरण गरिन योग्य छन्,

जुन मानिसद्वारा स्मरण र अनुकरण गरिन योग्य छन्।


पद ३

मानिसको इतिहासमा, हरेक राजाले प्रजालाई

परमेश्‍वरको विरोध गर्न नेतृत्व गरेको थियो।

कसैले प्रजालाई दुष्टताबाट छुटकारा खोज्न,

उहाँको माफी पाउन र दण्डबाट

जोगिनको निम्ति, उहाँलाई बिन्ती गर्न नेतृत्व गरेन।


पूर्व कोरस २

यद्यपि, निनवेका राजाले प्रजालाई उहाँतर्फ फर्कन,

आफ्ना दुष्ट तरिका पछाडि छोड्न र

हातका हिंसा त्याग्न नेतृत्व गर्न सके।


कोरस २

राजाले सिंहासनलाई पनि पन्छ्याउन सके,

बदलामा, यहोवा परमेश्‍वरको मन परिवर्तन भयो,

पछुतो महसुस गर्नुभयो, क्रोध फिर्ता लिनुभयो र

सहरवासीलाई विनाशबाट जोगाउँदै बाँच्न दिनुभयो।

राजाका कार्यलाई मानव इतिहासको

दुर्लभ चमत्कार मात्र भन्न सकिन्छ,

र भ्रष्ट मानिसको पश्चाताप र परमेश्‍वर सामु आफ्ना पाप

स्वीकार गरेको, नमुना उदाहरण पनि भन्न सकिन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट परिमार्जित

अघिल्लो:  278  परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुराको मार्गमा कुनै शक्ति खडा हुन सक्तैन

अर्को:  280  परमेश्‍वर मानिसको नियतिको एकमात्र सार्वभौम हुनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger