682  परमेश्‍वरले धेरै तरिकाले मानिसलाई सिद्ध पार्नुहुन्छ

पद १

पवित्र आत्माको हरेक व्यक्तिमा हिँड्ने बाटो छ,

सबैलाई सिद्ध पारिने मौका दिनुहुन्छ।

नकारात्मक स्थितिद्वारा तिम्रो भ्रष्टता देखाइन्छ।

यी स्थिति फालेर अभ्यास गर्ने मार्ग पाउनेछौ।

यी तिमीलाई सिद्ध पारिने तरिका हुन्।


पद २

सकारात्मक कुराका निरन्तर अगुवाइद्वारा, सक्रिय भई

कर्तव्य निभाउनेछौ, अन्तर्दृष्टि, विवेक पाउनेछौ।

राम्रा अवस्थामा, विशेष गरी उहाँको प्रार्थना गर्न,

उहाँका वचन पढ्न इच्छुक हुन्छौ र

सुनेका प्रचार आफ्नो स्थितिसँग जोड्छौ।


कोरस १

यस्ता समयमा, उहाँले अन्तर्दृष्टि दिनुहुन्छ र

सकारात्मक कुरा जान्ने तुल्याउनुहुन्छ।

यसरी तिमी सिद्ध पारिनेछौ,

सकारात्मक पक्षमा सिद्ध पारिनेछौ।


पद ३

नकारात्मक स्थितिमा, कमजोर र निष्क्रिय हुन्छौ।

हृदयमा उहाँ नहुनुभएको महसुस गर्छौ; तैपनि

ज्योति दिनुभई, अभ्यास गर्ने मार्ग खोज्न उहाँले सघाउनुहुन्छ।

नकारात्मक समयमा सिद्धता प्राप्त गर्नु यही हो।

उहाँ मानिसलाई दुवै पक्षमा सिद्ध पार्न सक्नुहुन्छ।


पद ४

अनुभव गर्न सक्छौ-सक्तैनौ, उहाँद्वारा

सिद्ध पारिन खोज्छौ-खोज्दैनौमा यो भर पर्छ।

यसो गरेमा, नकारात्मकले हानि गर्न सक्तैन, बरु

वास्तविक स्थिति र कमी बोध गर्न मद्दत गर्छ।

यसले तिमीलाई मानिस केही होइन भनी देखाउँछ।


कोरस २

यदि कुनै जाँच अनुभव गर्दैनौ भने, सधैँ

अरूभन्दा राम्रो छौ भनी महसुस गर्नेछौ।

यी सबद्वारा देख्नेछौ कि पहिले पाएका

सबथोक उहाँद्वारा नै गरिएका र सुरक्षा गरिएका थिए।


ब्रिज

जाँचमा प्रवेश गर्दा प्रेमरहित, विश्‍वासरहित हुन्छौ।

प्रार्थनाको कमी हुन्छ, भजन गाउन सक्तैनौ।

अनि यसबीच थाहै नपाई,

तिमीले आफैलाई चिन्न थाल्छौ।

उहाँसँग मानिसलाई सिद्ध पार्ने धेरै माध्यम छन्।

उसको भ्रष्ट स्वभाव निराकरण गर्न

विभिन्न वातावरण र उसलाई नाङ्गो

पार्न विभिन्न कुरा प्रयोग गर्नुहुन्छ।


पद ५

एउटा सन्दर्भमा, उसलाई निराकरण गर्नुहुन्छ,

अर्को सन्दर्भमा, उसलाई नाङ्गो पार्नुहुन्छ,

अर्को सन्दर्भमा, उसलाई कहिल्यै थाहा नभएका

उसभित्रका “रहस्य” खुलासा गर्नुहुन्छ,

सब स्थिति खुलासा गरी उसको प्रकृति देखाउनुहुन्छ।


कोरस ३

धेरै तरिकाले मानिसलाई सिद्ध पार्नुहुन्छ—

निराकरण, खुलासा, शोधन गरेर,

सजाय दिएर, ताकि मानिसले

उहाँ कति व्यावहारिक हुनुहुन्छ भनी जानोस्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट परिमार्जित

अघिल्लो:  680  शोधनको पीडाद्वारा मात्रै मानिसको प्रेम शुद्ध हुन्छ

अर्को:  683  मानिसले परमेश्‍वरको अनुग्रहको आनन्द लिएर उहाँलाई चिन्न सक्दैन

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger