800  यदि कसैले परमेश्‍वरलाई चिनेमा मात्र ऊ परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ

“परमेश्‍वरको डर मान्नु र दुष्‍टताबाट अलग बस्नु” र परमेश्‍वरलाई चिन्नु कैयौँ धागोले अविभाज्य रूपमा गाँसिएका छन्, र तिनीहरू बीचको सम्बन्ध आफै प्रमाणित छ। यदि कसैले दुष्‍टताबाट अलग बस्‍ने चाहना गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरको साँचो डर मान्‍नुपर्छ; यदि कसैले परमेश्‍वरको साँचो डर मान्‍ने इच्छा गर्छ भने ऊसँग सबैभन्दा पहिला परमेश्‍वरको साँचो ज्ञान हुनुपर्छ; यदि कसैले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्ने इच्छा गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरका वचनहरू अनुभव गर्नुपर्छ, परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ, परमेश्‍वरको ताडना र अनुशासन कार्यवाही अनुभव गर्नुपर्छ, उहाँको सजाय र उहाँको न्याय अनुभव गर्नुपर्छ।

यदि कसैले परमेश्‍वरका वचनहरू अनुभव गर्ने इच्छा गर्छ भने, ऊ पहिला परमेश्‍वरका वचनहरूको आमनेसामने आउनुपर्छ, परमेश्‍वरको आमनेसामने आउनुपर्छ, र मानिस, घटना र कामकुरा समावेश भएको सबै किसिमका वातावरणको रूपमा परमेश्‍वरका वचनहरू अनुभव गर्ने अवसर प्रदान गर्नुहोस् भनी परमेश्‍वरसँग अनुरोध गर्नुपर्छ। यदि कसैले परमेश्‍वर र उहाँका वचनहरूको आमनेसामने आउने इच्छा गर्छ भने ऊसँग पहिला सरल र इमानदार हृदय हुनुपर्छ, सत्यता स्वीकार गर्ने तत्परता हुनुपर्छ, दुःखकष्ट सहने इच्छा हुनुपर्छ, दुष्‍टताबाट अलग बस्‍ने सङ्‍कल्प र साहस हुनुपर्छ, र साँचो सृजित प्राणी बन्‍ने आकाङ्क्षा हुनुपर्छ… यसरी तँ चरणबद्ध तरिकाले अघि बढ्दै परमेश्‍वरको नजिक जानेछस्, तेरो हृदय अझ शुद्ध हुँदै जानेछ, र तैँले परमेश्‍वरलाई चिन्न थालेपछि, तेरो जीवन र तँ जीवित रहनुको मूल्य झन्-झन् अर्थपूर्ण र झन्-झन् उज्‍ज्‍वल हुँदै जानेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

अघिल्लो:  798  साँचो विश्‍वास केवल परमेश्‍वरलाई चिनेर आउँछ

अर्को:  801  मानिसले परमेश्‍वरलाई चिनेर मात्र परमेश्‍वरलाई प्रेम गर्न सक्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger