802  परमेश्‍वरलाई चिन्नेले मात्र परमेश्‍वर प्राप्त गर्न सक्छन्

पद १

परमेश्‍वरलाई अध्ययन गर्न, आफ्नो ज्ञान र सिकेका कुरा प्रयोग गरेमा,

कहिल्यै उहाँलाई चिन्न वा बुझ्न सक्षम हुनेछैनौ।

तर सत्यता र परमेश्‍वरको खोजी गर्ने मार्ग प्रयोग गरेमा,

उहाँलाई हेर्दा, उहाँलाई चिन्न खोजेमा,

एक दिन देख्नेछौ कि:

परमेश्‍वरका कार्य र बुद्धि सबैतिर छन्।

उहाँलाई सबथोकको मालिक र

सबथोकको निम्ति जीवनको स्रोत किन

भनिन्छ भनी बुझ्नेछौ।


पद २

जति यस्तो ज्ञान पाउँछौ, त्यति बुझ्नेछौ,

हो, किन उहाँलाई सबथोकको मालिक भनिन्छ

भनी देख्नेछौ। हो, तिमीले देख्नेछौ।

तिमी लगायत सबथोकलाई

परमेश्‍वरको आपूर्तिको प्रवाह निरन्तर दिइन्छ।

यो बुझ्नेछौ कि यस संसारमा र मानवजाति माझ,

सबथोकमाथि शासन गर्न,

सबथोकको अस्तित्व कायम राख्न र

व्यवस्थापन गर्न यस्तो शक्ति र सार

हुन सक्ने उहाँबाहेक अरू कोही छैन।

उहाँबाहेक अरू कोही छैन।


पद ३

यो बुझेपछि, उहाँ तिम्रो

परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्नेछौ।

जब यो बिन्दुमा पुग्छौ, साँच्चै स्वीकार गर्दै,

उहाँलाई तिम्रो परमेश्‍वर र मालिक हुन

दिन इच्छुक हुनेछौ, तिमी इच्छुक हुनेछौ।

जब तिमीले बुझ्छौ, जब यो बिन्दुमा पुग्छौ,

तब पाउनेछौ कि:

उप्रान्त उहाँ तिमीलाई जाँच र न्याय गर्नुहुनेछैन,

तिमीबाट कुनै माग गर्नुहुनेछैन,

कारण उहाँ र उहाँको हृदय चिन्छौ, र उहाँलाई

हृदयमा साँच्चै स्वीकारेको छौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ८” बाट परिमार्जित

अघिल्लो:  801  मानिसले परमेश्‍वरलाई चिनेर मात्र परमेश्‍वरलाई प्रेम गर्न सक्छ

अर्को:  804  परमेश्‍वरलाई चिनेर प्राप्त हुने परिणाम

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger