837 कसरी सिद्ध पारिने
१
यदि तँ परमेश्वरद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छस् भने, तँसँग सत्यताको हरेक पक्ष हुनुपर्छ: कष्ट भोग्ने इच्छा, आस्था, धैर्य, समर्पणता, र सत्यता खोजी गर्ने र परमेश्वरका अभिप्रायहरू बुझ्ने क्षमता, उहाँको शोक र विचारशील मेहनतलाई ख्याल गर्ने क्षमता र यस्तै अरू कुराहरू हुनुपर्छ। तैँले अनुभव गर्ने प्रत्येक शोधनको निम्ति तेरो आस्था र प्रेम चाहिन्छ। यदि तँ परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छस् भने मार्गमा दौडधुप गर्नु मात्र पर्याप्त हुँदैन, न त तैँले केवल परमेश्वरप्रति आफैलाई समर्पित गर्नु नै पर्याप्त हुन्छ। परमेश्वरद्वारा सिद्ध पारिएको व्यक्ति बन्नका निम्ति तँसँग धेरै वटा कुराहरू हुनुपर्छ।
२
जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो।
३
तेरो वास्तविक कद जे भए पनि तँमा सुरुमा कठिनाइ सहने इच्छा र साँचो आस्था, दुवै हुनुपर्छ, अनि तँमा देहको विरुद्ध विद्रोह गर्ने इच्छा पनि हुनुपर्छ। परमेश्वरका अभिप्रायहरू पूरा गर्न तँ व्यक्तिगत रूपमा कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन इच्छुक हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। तँमा यी कुनै पनि कुराको कमी हुनु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ यी मापदण्डहरू पूरा गर्न सक्दैनस् भने, तँलाई सिद्ध पार्न सकिँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ