842  तिमी सबै कुरामा परमेश्‍वरद्वारा सिद्ध पारिन खोज्नुपर्छ

शुरुवात

हाल, तिमीहरूले खोज्नु पर्ने कुरा

भनेको परमेश्‍वर मार्फत सबै

मानिस, मामला, कुराद्वारा सिद्ध पारिनु हो।

तब उहाँ जे हुनुहुन्छ, तिमीहरूमा हुनेछ।


पद १

पहिले पृथिवीमा उहाँको उत्तराधिकार पाऊ;

तब थप र महान् आशिष् पाउन सक्छौ।

पहिले यी कुरा खोज, जति उहाँको सिद्धता खोज्छौ,

त्यति सबथोकमा उहाँको हात देख्नेछौ।

विभिन्न कोणबाट, विभिन्न मामलामा,

उहाँका वचनको वास्तविकतामा पस्न खोज्नेछौ।

पापबाट टाढा रहेर, धारणा, मानव

दर्शन वा इच्छा बिना सन्तुष्ट हुन सक्तैनौ।


कोरस

उहाँले मानिसलाई कैयौँ तरिकाले सिद्ध पार्नुहुन्छ।

सबथोकमा सिद्ध पारिने मौका हुन्छ।

त्यो सकारात्मक वा नकारात्मकमा हुन सक्छ।

दुबैले तिम्रो प्राप्तिलाई प्रचुर बनाउँछन्।


पद २

हरेक दिन सिद्ध पारिने मौका हुन्छन्।

हर दिन उहाँबाट लिइन समय खोज।

केही समय पछि परिवर्तित हुनेछौ।

पहिले अनभिज्ञ रहेका कुरा जान्नेछौ।

अन्तर्दृष्टि दिनुहुनेछ, अरूको सहयोग बिना,

सब अनुभवमा विस्तृत रूपमा प्रवेश गर्नेछौ।

मार्गदर्शन गर्नुहुनेछ, मोडिनेछैनौ।

तिमी सिद्ध पारिने मार्गमा हुनेछौ।


कोरस

उहाँले मानिसलाई कैयौँ तरिकाले सिद्ध पार्नुहुन्छ।

सबथोकमा सिद्ध पारिने मौका हुन्छ।

त्यो सकारात्मक वा नकारात्मकमा हुन सक्छ।

दुबैले तिम्रो प्राप्तिलाई प्रचुर बनाउँछन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सिद्ध पारिएकाहरूका निम्ति दिइएका प्रतिज्ञाहरू” बाट परिमार्जित

अघिल्लो:  841  परमेश्‍वरद्वारा सिद्ध पारिने मार्ग

अर्को:  843  के तिमी परमेश्‍वरद्वारा सिद्ध पारिन खोज्ने मानिस हौ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger