983  तिमीहरूले अहिले जिउने हरेक दिन निर्णायक छ

पद १

अहिले, तिमीहरूले जिउने हर दिन निर्णायक छ,

तिमीहरूको गन्तव्य, नियतिको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ,

त्यसैले आज तिमीहरूसँग

भएका सबथोकको र बित्ने

हरेक मिनेटको कदर गर्नैपर्छ।

आफूलाई उच्चतम लाभहरू दिन जति

सक्दो समय निकाल्नैपर्छ,

ताकि जीवन व्यर्थमा जिएको हुने छैनौ।


पूर्व कोरस १

परमेश्‍वर यस्ता वचन किन बोल्नुहुन्छ

भनी अन्योलमा पर्न सक्छौ।

नढाँटी भन्नुपर्दा,

तिमीहरूमध्ये कसैको व्यवहारबाट उहाँ खुसी नै हुनुहुन्न,


कोरस १

कारण तिमीहरू आज जस्तो छौ, उहाँले

तिमीहरूबाट गर्नुभएका आशा अर्कै थिए।

कारण तिमीहरू आज जस्तो छौ, उहाँले

तिमीहरूबाट गर्नुभएका आशा अर्कै थिए।


पद २

तिमीहरू सबै खतराको जोखिममा छौ,

तिमीहरूका पहिलेका मद्दतका हारगुहार,

सत्यता पछ्याउने, प्रकाश खोज्ने आकांक्षाहरू

अन्त्यमा पुग्दै छन्।

यो तिमीहरूको प्रतिपूर्तिको अन्तिम प्रदर्शन हो,

जुन उहाँले कहिल्यै अपेक्षा गर्नुभएन।

उहाँ तथ्य विपरीत बोल्न चाहनुहुन्न, कारण

उहाँलाई निकै निराश बनाएका छौ।


कोरस २

सायद तिमीहरू यो स्वीकार्न चाहँदैनौ,

वास्तविकता सामना गर्न चाहँदैनौ—

तैपनि उहाँले गम्भीर रूपमा यो सोध्नैपर्छ:

यी वर्षहरूमा, तिमीहरूका हृदय केले भरिएका छन्?

तिमीहरूका हृदय कोप्रति वफादार छन्?


पद ३

परमेश्‍वरले तिमीहरूलाई धेरै

राम्ररी चिन्नुहुने, ख्याल गर्नुहुने भएकाले,

तिमीहरूको आचरण र कार्यमा उहाँले हृदय

यति लगानी गर्नुभएकोले तिमीलाई

लेखा गर्न निरन्तर बोलाइरहनुहुन्छ

र तीतो कठिनाइ सहनुहुन्छ।

तैपनि उदासीनता र अनिच्छुक आत्मसमर्पण

बाहेक उहाँलाई केही दिएका छैनौ।


कोरस ३

उहाँप्रति लापरवाह भएका छौ;

के उहाँलाई यसबारे थाहा नहोला?

यही विश्‍वास गर्छौ भने,

त्यसले यो तथ्यलाई पुष्टि गर्छ

कि उहाँलाई साँच्चै दयासाथ व्यवहार गर्दैनौ।

त्यसैले उहाँ भन्नुहुन्छ कि आफैलाई छलीरहेका छौ।


अन्त्य

यति चलाख छौ कि के

गरिरहेका छौ भनी पनि जान्दैनौ—

त्यसोभए उहाँलाई लेखा दिन के प्रयोग गर्नेछौ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तँ कोप्रति निष्ठावान् छस्?” बाट परिमार्जित

अघिल्लो:  981  मानिसहरूले ज्योतिको मार्ग प्राप्त गरून् भनी परमेश्‍वर आशा गर्नुहुन्छ

अर्को:  992  मानिसलाई परमेश्‍वरका तीन सल्लाह

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger