1023  परमेश्‍वर र मानवको लागि फरक विश्राम स्थानहरू

पद १

जब परमेश्‍वर र मानव सँगै विश्राममा जान्छन्,

बुझ कि मानवलाई मुक्ति दिइयो र शैतानलाई नष्ट गरियो,

मानवमा उहाँको काम पूर्ण समापन भयो,

मानवमा उहाँको काम पूर्ण समापन भयो,

उप्रान्त उहाँ मानवमा काम जारी राख्नुहुनेछैन,

र मानव शैतानको राज्यक्षेत्रमुनि बाँच्नेछैनन्।

उहाँ व्यस्त रहनुहुनेछैन, मानव हतारमा हुनेछैन;

परमेश्‍वर र मानव सँगै विश्राममा प्रवेश गर्नेछन्।


कोरस १

उहाँ आफ्नो मौलिक स्थानमा र

हरेक व्यक्ति आ-आफ्नो ठाउँमा फर्कनेछन्।

उहाँको सबै व्यवस्थापन सकिएपछि, मानव र

उहाँ बस्ने गन्तव्य यिनै हुन्।


पद २

उहाँको आफ्नै, र मानवको आफ्नै गन्तव्य छ।

विश्राममा उहाँले सबैलाई पृथ्वीमा मार्गदर्शन गरिरहनुहुनेछ,

उहाँको ज्योतिमा तिनले स्वर्गमा रहनुभएको

एउटै साँचो परमेश्‍वरको आराधना गर्नेछन्।

अनि उहाँ मानव माझ बाँच्नुहुनेछैन,

न मानव उहाँको गन्तव्यमा उहाँसँग बाँच्न सक्नेछ।

परमेश्‍वर र मानव एउटै क्षेत्रमा बाँच्न सक्तैनन्;

बरू दुवैको आ-आफ्नो जिउने शैली हुन्छ।


कोरस २

उहाँ नै सबैलाई मार्गदर्शन गर्नुहुन्छ,

र मानव उहाँको व्यवस्थापन कार्यको फल हो।

मानवलाई नेतृत्व गरिन्छ

र मानव परमेश्‍वरको सार समान हुँदैनन्,

र मानव परमेश्‍वरको सार समान हुँदैनन्।


पद ३

मानवको विश्राम स्थान पृथ्वी हो,

उहाँको विश्राम स्थान स्वर्ग हो।

मानव विश्राममा उहाँको आराधना गर्दा पृथ्वीमा बस्नेछन्,

र उहाँले विश्राममा बाँकी मानवलाई,

पृथ्वीबाट नभई स्वर्गबाट डोर्याउनुहुन्छ।

परमेश्‍वर आत्मा नै हुनुहुनेछ जबकि मानव देह नै हुनेछन्।

परमेश्‍वर र मानव फरक तरिकामा विश्राम गर्छन्,

फरक तरिकामा विश्राम गर्छन्।


कोरस ३

उहाँ विश्राम गर्नुहुँदा मानव माझ देखा पर्नुहुनेछ;

मानव विश्राम गर्दा,

स्वर्ग भ्रमण गर्न र त्यहाँ जीवनको आनन्द लिन

परमेश्‍वरले उसलाई डोर्याउनुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट परिमार्जित

अघिल्लो:  1020  परमेश्‍वरका सबै मानिसहरूले आफ्ना हृदयस्पर्शी भावना व्यक्त गर्छन्

अर्को:  1024  शुद्ध पारिएकाहरू मात्रै विश्राममा प्रवेश गर्नेछन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger