1028  विश्राममा जीवन

कोरस

विश्राममा जिउनु भनेको युद्ध, फोहोर,

अन्याय, शैतानी अवरोध र भ्रष्टता

बिनाको जीवन हो जहाँ

परमेश्‍वरको कोही शत्रु छैन, जहाँ सृष्टिका

प्रभूको आराधना गर्नलाई

सब उचित स्थानमा छ,

जहाँ स्वर्ग र पृथ्वी शान्त छन्।

यही हो विश्राममा जीवनको अर्थ, हो यही हो।


पद १

जब उहाँ विश्राम गर्नुहुन्छ, पृथ्वीमा दुष्टता र

आक्रमण गर्ने शत्रु हुनेछैनन्;

मानिस नयाँ क्षेत्रमा पस्नेछ,

भ्रष्ट तुल्याइनेछैन,

बरू भ्रष्टताबाट मुक्ति दिइएको मानिस हुनेछ।


पद २

मानिसको विश्राम दिन उहाँको विश्राम दिन हुनेछ,

जुन मानिस विश्राममा पस्न असक्षम

भएकोले उहाँले गुमाउनुभयो।

विश्राममा पस्नुको अर्थ

सबथोक ठप्प हुनु वा वृद्धि हुन रोकिनु होइन।


ब्रिज

उहाँ काम गर्न रोक्नुहुन्छ भन्ने होइन।

मानिस जिउन छोड्छन् भन्ने होइन।

विश्राम सुरु हुनेछ, जब

शैतान नष्ट हुन्छ, र त्यसको दुष्कर्ममा

सरिक हुने दुष्टहरू दण्डित हुनेछन्,

र परमेश्‍वरका शत्रु बाँकी रहनेछैनन्।


कोरस

विश्राममा जिउनु भनेको युद्ध, फोहोर,

अन्याय, शैतानी अवरोध र भ्रष्टता

बिनाको जीवन हो जहाँ

परमेश्‍वरको कोही शत्रु छैन, जहाँ सृष्टिका

प्रभूको आराधना गर्नलाई

सब उचित स्थानमा छ,

जहाँ स्वर्ग र पृथ्वी शान्त छन्।

यही हो विश्राममा जीवनको अर्थ, हो यही हो।


पद ३

उहाँ विश्राममा पस्नुको अर्थ मानिसलाई मुक्ति दिने

काम सक्काउनुभयो भन्ने हुनेछ।

मानिस विश्राममा पस्दा,

उहाँको ज्योतिमा, सब आशिषित

र शैतानबाट स्वतन्त्र भई, पृथ्वीमा जिउनेछन्।


पद ४

उहाँ मानिससँगै विश्राममा पस्नुहुँदा,

मानिसलाई मुक्ति दिइएको,

शैतान चकनाचुर पारिएको,

उहाँको काम पूरा भएको हुनेछ,

अनि उप्रान्त मानिस शैतानमुनि जिउनेछैनन्।


अन्त्य

उहाँ व्यस्त हुनुहुनेछैन,

मानिस हतारमा हुनेछैन;

परमेश्‍वर र मानिस सँगै विश्राममा पस्नेछन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट परिमार्जित

अघिल्लो:  1026  परमेश्‍वरले हरेक किसिमको मानिसको लागि उपयुक्त प्रबन्धहरू बनाउनुहुन्छ

अर्को:  1030  जब मानवजाति अनन्त गन्तव्यमा प्रवेश गर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger