1348 तैँले परमेश्वरद्वारा सिद्ध पारिने आफ्नो एकमात्र मौकालाई कदर गर्नुपर्छ
१
परमेश्वरको मुक्तिका अवधिमा, उहाँको स्वभाव कृपालु, प्रेमिलो र सहनशील हुन्छ, तर जब परमेश्वरको मुक्तिको काम समाप्त हुन्छ, उहाँले त्यस उप्रान्त मानिसलाई आफ्नो सहनशीलता प्रदान गर्नुहुनेछैन। परमेश्वरले यसलाई फिर्ता लिनुहुनेछ, र मानिसहरूले उहाँको क्रोध र प्रताप मात्र सामना गर्नेछन्। अहिले, तिमीहरू यस महान् क्षणका लागि ठीक समयमा आइपुगेका छौ—परमेश्वरले आखिरी दिनहरूमा न्यायको काम गरिरहनुभएको छ। मानिसहरूका निम्ति परमेश्वरद्वारा मुक्ति दिइने र उहाँद्वारा सिद्ध पारिने यो एकमात्र अवसर हो। परमेश्वरको राज्य सुसमाचार फैलाउने यस निर्णायक क्षणमा तिमीहरू सबैले आफ्ना कर्तव्यहरू पूरा गरिरहेका छौ। यो परमेश्वरको अनुग्रह हो। यो मौका प्राप्त गर्न एकदम गाह्रो हुन्छ।
२
जब परमेश्वर कार्य गर्नुहुन्छ, तब उहाँ सबैप्रति निष्पक्ष हुनुहुन्छ, उहाँ सबैलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ। सत्यता स्वीकार र अभ्यास गर्ने जोकोहीलाई परमेश्वरले अनुग्रहका साथ व्यवहार गर्नुहुन्छ र सत्यतालाई प्रेम नगर्ने, सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई इन्कार गर्ने जोकोहीलाई उहाँले तिरस्कार गर्नुहुन्छ। उहाँ हरेक व्यक्तिप्रति धर्मी हुनुहुन्छ। जबसम्म तँ सत्यता स्वीकार गर्न र परमेश्वरमा समर्पित हुन सक्छस्, तबसम्म परमेश्वरले तँलाई अनुग्रहसाथ व्यवहार गर्नुहुनेछ, र तेरा विगतका अपराधप्रति तँलाई जबाफदेही बनाउनुहुनेछैन। परमेश्वरले तेरा निम्ति जस्तोसुकै मार्ग खोल्नुभए पनि र उहाँले तँलाई जतिसुकै अनुग्रहसाथ व्यवहार गर्नुभए पनि, उहाँको अन्ततः एउटै मात्र कामना हुन्छ, जुन तेरो जीवन प्रगतिका लागि उपयुक्त वातावरणमा तँलाई उहाँका अभिप्रायहरू बुझ्ने, पाठहरू सिक्ने र सत्यता बुझ्ने तुल्याउनु हो।
३
परमेश्वरका वचन र सत्यताहरू तँभित्र ढालिएपछि र ती तेरो जीवन बनेपछि, र तँ परमेश्वरप्रतिको समर्पणता र परमेश्वरको डर हासिल गर्न सक्षम भएपछि, तँ परमेश्वरका अभिप्रायहरूअनुसारको व्यक्ति हुन्छस्। तिमीहरूले, यदि, परमेश्वरका वचनहरू पढेर र सत्यता बुझेर, तिमीहरू सबैले सङ्कल्प प्राप्त गर्छौ, तिमीहरू जीवनमा वृद्धि हुन्छौ, तिमीहरूसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ, अनि परीक्षा र सङ्कष्टहरू आइपर्दा दृढ रहन सक्षम हुन्छौ भने, तिमीहरूसँग कद हुनेछ, र परमेश्वर सन्तुष्ट हुनुहुनेछ। परमेश्वरले तँलाई अनुग्रहसाथ व्यवहार गर्नुहुँदा उहाँले व्यर्थमा रगत-पसिना बगाउनुभएन भन्नुहुनेछ। उहाँले प्रतिफल हात पार्नुभएको हुनेछ, तँमा फलहरू देख्नुहुनेछ, र यो देखेर उहाँ प्रसन्न र हर्षित हुनुहुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो