सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू—अध्याय २९

जुन दिन सबै कुराको पुनरुत्थान भएका थिए, म मानिसको बीचमा आएँ र मैले उसँग सुन्दर दिन र रातहरू बिताएको छु। यस अवस्थामा मात्र मानिसले मेरो पहुँचको बारेमा थोरै महसुस गर्न सक्छ, र मसँग बारम्बार कुराकानी हुँदैजाँदा उसले मसित के छ र म को हुँ भन्‍ने बारे केही देख्छ—फलस्वरूप, उसले मेरो बारेमा केही ज्ञान प्राप्त गर्दछ। सबै मानिसहरूमाझ म मेरो शिर उठाउँछु र हेर्छु, र तिनीहरू सबैले मलाई देख्छन्। तर जब संसारमा विपत्ति आउँछ, तिनीहरू तुरुन्त चिन्तित बन्छन् र तिनीहरूका हृदयबाट मेरो स्वरूप हराउँछ; विपत्ति आएकोले त्रासित बनेर तिनीहरूले मेरो अर्तीमा कुनै ध्यान दिँदैनन्। मैले मानिसमाझ धेरै वर्ष बिताएको छु, तर ऊ सधैँ अनभिज्ञ रहेको छ, र उसले मलाई कहिल्यै चिनेको छैन। म आज मेरो आफ्नै मुखले उसलाई यो भन्छु, ताकि सबै मानिस मबाट केही प्राप्त गर्न मसामु आउन सकून्, तर अझै पनि उनीहरू मबाट टाढा बस्छन्, र त्यसैले तिनीहरू मलाई चिन्दैनन्। जब मेरा पदचापहरू ब्रह्माण्डभरि र पृथ्वीको अन्तिम छेउसम्म पुग्छन्, तब मानिसले आत्म-चिन्तन गर्न थाल्नेछ, र सबै मानिस मकहाँ आउनेछन् र मेरो अगाडि झुक्नेछन् अनि मेरो आराधना गर्नेछन्। यो मैले महिमा प्राप्त गर्ने दिन, मेरो पुनरागमनको दिन, साथै मेरो प्रस्थानको दिन पनि हुनेछ। अहिले, मैले सारा मानवजातिमाझ मेरो काम सुरु गरेको छु, औपचारिक रूपमा ब्रह्माण्डमा मेरो व्यवस्थापनको योजनाको अन्तिम भाग सुरु गरेको छु। यदि कोही अझै पनि असावधान हुन्छ भने, ऊ कुनै पनि क्षण निर्दयी सजायमा पर्नेछ। म निर्दयी भएकोले यस्तो हुने होइन, बरु यो मेरो व्यवस्थापन योजनाको एउटा चरण हो; सबै कुरा मेरो योजनाको चरणहरू अनुसार अगाडि बढ्नु पर्छ, र कुनै पनि मानिसले यसलाई परिवर्तन गर्न सक्दैन। जब म औपचारिक रूपमा मेरो काम सुरु गर्छु, सबै मानिस मेरो चालसँगै चल्छन्, यसरी कि ब्रह्माण्डभरिका मानिसहरू आफूलाई मसँगै व्यस्त राख्छन्, सारा ब्रह्माण्ड “उल्लास” को स्थितिमा हुन्छ, र मानिस मद्वारा अघि बढाइन्छ। परिणामस्वरूप, ठूलो रातो अजिङ्गर आफै समेत मद्वारा अस्तव्यस्तता र अलमलको स्थितिमा पुऱ्याइन्छ, र त्यसले मेरो काममा सेवा गर्छ, र अनिच्छुक भए पनि त्यो आफ्नै चाहनाहरूको पछि लाग्न असमर्थ हुन्छ, बरु मैले चाहेअनुसार मलाई योजनाबद्ध गर्न दिनुबाहेक त्योसित अरू कुनै विकल्प हुँदैन। मेरा सबै योजनामा, त्यो ठूलो रातो अजिङ्गर मेरो प्रतिभार हो, मेरो शत्रु तर मेरो नोकर पनि हो; त्यसैले, मैले त्यसबाट मेरा “मागहरू” कहिल्यै खुकुलो पारेको छैन। यसैकारण मेरो देहधारणको कामको अन्तिम चरण त्यसको घरमा पूरा हुन्छ—ठूलो रातो अजिङ्गरलाई उचित रूपमा मेरो सेवा गर्न यो अझ बढी अनुकूल हुन्छ, जसको माध्यमबाट म त्यसलाई विजय गर्नेछु र मेरो योजना पूरा गर्नेछु। मैले काम गर्दै गर्दा, सबै स्वर्गदूत मसँगै निर्णायक लडाइँमा लाग्छन् र अन्तिम चरणमा मेरा अभिप्राय पूरा गर्ने सङ्कल्प गर्दछन्, ताकि पृथ्वीका मानिसहरू पनि स्वर्गदूतहरू झैँ मेरो सामुन्ने समर्पित होऊन्, र तिनीहरूमा मेरो विरोध गर्ने कुनै चाहना नहोस्, र तिनीहरूले मलाई धोका दिने कुनै काम नगरून्। सारा ब्रह्माण्डभरिमा हुने मेरो कामका गतिविधिहरू यिनै हुन्।

मानिस बीचको मेरो आगमनको उद्देश्य र महत्त्व सम्पूर्ण मानव जातिलाई मुक्ति दिनु, सबै मानव जातिलाई मेरो परिवारमा फर्काउनु, स्वर्गलाई पृथ्वीसँग पुनर्मिलन गराउनु, र मानिसलाई स्वर्ग र पृथ्वीको बीचमा “सङ्केत” व्यक्त गर्नु हो, किनकि मानिसको अन्तर्निहित कार्य त्यही हो। मैले मानव जातिलाई सृष्टि गरेको समयमा, मैले मानव जातिका लागि सबै थोक तयार गरेको थिएँ र पछि, मैले मानव जातिलाई मेरो आवश्यकताहरू अनुसार दिएका सम्पत्तिहरू प्राप्त गर्न दिएँ। यसैले, म भन्छु कि मेरो मार्गदर्शन अन्तर्गत नै सबै मानवजाति आजको दिनमा आइपुगेको छ। र यो सबै मेरो योजना नै हो। सबै मानव जातिमा असङ्ख्य मानिसहरू मेरो प्रेमको संरक्षण अन्तर्गत अस्तित्वमा छन्, र अरू असङ्ख्य मेरो घृणाको सजाय अन्तर्गत बाँचिरहेका छन्। सबै मानिसहरूले मलाई प्रार्थना गर्ने भए तापनि, उनीहरू आफ्नो वर्तमान अवस्था परिवर्तन गर्न असमर्थ छन्; आशा गुमाइसकेपछि तिनीहरूले प्रकृतिलाई आफ्‍नै बाटो लाग्‍न दिनसक्छन् र मेरो विरुद्धमा विद्रोह गर्न छोड्छन्, किनकि यी सबै कुराहरू मानिस आफैले प्राप्त गर्न सक्छ। जब मानिसको जीवनको अवस्थाको कुरा आउँछ, मानिसले वास्तविक जीवन पाउनु अझै बाँकी नै छ, उसले अझै पनि संसारका अन्याय, उजाडता, र दयनीय अवस्थाहरूलाई देखेको छैन—यसैले, यो विपत्तिको आगमनको लागि थिएन भने, अधिकांश मानिसहरूले अझै पनि प्रकृति आमालाई अङ्गालो हाल्‍नेथियो, र अझै पनि आफूलाई “जीवन” का स्वादहरूमा डुबाउनेथियो। के यो संसारको वास्तविकता होइन र? के यो मैले मानिसको लागि बोल्‍ने मुक्तिको आवाज होइन र? किन मानिसहरूको बीचमा मलाई साँच्चिकै माया गर्ने कोही छैन? मानिसले मलाई किन सजाय र परीक्षाको बेला मात्र प्रेम गर्छ, तैपनि मेरो सुरक्षामुनि हुँदा कसैले पनि मलाई प्रेम गर्दैन? मैले धेरै चोटि मानिसहरूलाई मेरो सजाय दिएको छु। तिनीहरू त्यसलाई एकचोटि हेर्छन्, तर त्यसपछि त्यसलाई बेवास्ता गर्दछन्, र तिनीहरू यस बेला यसको अध्ययन र चिन्तन गर्दैनन्, त्यसैले मानिसमाथि आउने कुरा निर्दयी न्याय मात्र हो। यो मेरो काम गर्ने तरिकाहरूमध्येको एउटा मात्रै हो, तर अझै पनि यो मानिसलाई परिवर्तन गर्न र उसलाई मलाई प्रेम गर्ने बनाउनका निम्ति हो।

म राज्यमा शासन गर्दछु, र यसबाहेक म सम्पूर्ण ब्रह्माण्डमा शासन गर्दछु: म राज्यको राजा र ब्रह्माण्डका प्रमुख, दुवै हुँ। यस समयदेखि उसो म तिनीहरू सबैलाई भेला गर्नेछु जो चुनिएकाहरू होइनन् र अन्यजातिहरूको माझमा काम सुरु गर्नेछु, र म मेरो प्रशासनिक आदेशहरू सम्पूर्ण ब्रह्माण्डमा घोषणा गर्नेछु, यसैले कि मैले आफ्नो कार्यको अर्को चरण सफलतापूर्वक सुरु गर्न सकूँ। अन्यजातिहरूमाझ मेरो कामहरू फैलाउन म सजायको प्रयोग गर्नेछु, भन्‍नुको अर्थ, म ती सबै अन्यजातिहरूको विरुद्धमा “शक्ति” प्रयोग गर्नेछु। स्वाभाविक रूपमा, यो काम त्यत्ति बेला नै गरिन्छ जब चुनिएकाहरूको बीचमा मेरो काम हुन्छ। जब मेरा मानिसहरूले पृथ्वीमा शासन गर्छन् र शक्ति प्रयोग गर्छन्, त्यो त्यस दिन पनि हुनेछ जब पृथ्वीका सबै मानिसहरू जितिएका हुनेछन्, र यसबाहेक, यो त्यही समय हुनेछ जब म विश्राम गर्छु—र त्यसपछि मात्र म जितिएकाहरू सबैकहाँ देखा पर्नेछु। म पवित्र राज्यमा देखा पर्छु, र म आफैलाई फोहोरको देशबाट लुकाउँछु। जितिएकाहरू र मेरो सामु समर्पित हुनेहरू सबैले आफ्नै आँखाले मेरो मुहार देख्न सक्नेछन्, र तिनीहरूका आफ्नै कानले मेरो स्वर सुन्न सक्नेछन्। आखिरी दिनहरूमा जन्मनेहरूको आशिष् यही नै हो, यो मद्वारा पूर्वनिर्धारित आशिष् हो, र यसलाई कुनै पनि मानिसले परिवर्तन गर्न सक्दैन। आज म भविष्यको कामका लागि यस तरिकाले काम गर्दछु। मेरा सबै काम एक-अर्कोसित सम्बन्धित छ, यी सबैमा एउटा बोलावट र जबाफ हुन्छ: कुनै चरण कहिल्यै पनि अचानक रोकिएको छैन र कुनै पनि चरण अर्कोबाट स्वतन्त्र भएर पूरा भएको छैन। के यो यस्तै होइन र? के विगतको काम आजको कार्यको आधार होइन? के विगतका वचनहरू आजका वचनहरूका लागि अग्रदूत होइनन् र? के विगतका चरणहरू आजका चरणहरूको सुरुआत होइनन् र? जब मैले औपचारिक रूपमा चर्मपत्रको मुट्ठो खोल्छु, त्यसै बेला ब्रह्माण्डभरिका मानिसहरूले सजाय पाउँछन्, त्यसै बेला विश्‍वभरिका मानिसहरू परीक्षाको सिकार हुन्छन्, र यो मेरो कामको चरम सीमा हो; सबै मानिसहरू ज्योति विनाको भूमिमा बस्छन्, र सबै मानिसहरू उनीहरूको वातावरणले ल्याएको जोखिमहरूका बीचमा जिउँछन्। अर्को शब्दमा भन्नुपर्दा, यो त्यस्तो जीवन हो जुन मानिसले सृष्टिको समयदेखि अहिलेसम्म कहिल्यै पनि अनुभव गरेका छैन र युगौंयुगसम्म कसैले पनि यस प्रकारको जीवन “उपभोग” गरेको छैन, र त्यसैले म भन्छु कि मैले त्यस्तो काम गरें जुन पहिले कहिल्यै गरिएको थिएन। यो वास्तविक स्थिति हो, र भित्री अर्थ यही हो। मेरो दिन सबै मानव जातिको नजिक आउने हुनाले, यो टाढा देखिँदैन तर मानिसकै आँखाको सामु भएकोले, फलस्वरूप, भयभीत नहुने को होला र? र यसमा खुशी हुन नसक्ने को होला? फोहोरी सहर बेबिलोन त्यसको अन्त्यमा आइपुगेको छ; मानिसले फेरि एउटा नयाँ संसारलाई भेटेको छ, र आकाश र पृथ्वी परिवर्तन भएको र नयाँ बनाइएको छ।

जब म सबै राष्ट्रहरू र सबै मानिसहरू सामु देखा पर्छु, आकाशमा सेता बादलहरू निस्केर मलाई घेर्छन्। त्यसरी नै पृथ्वीमा पक्षीहरू पनि पृथ्वीको वातावरणको मुख्य कुराहरू झल्काउँदै मेरो निम्ति गाउँछन् र खुसीले नाच्छन्, र यसरी पृथ्वीका सबै थोकहरूलाई जीवित बनाउँछन्, अब “बिस्तारै तल झर्दैनन्,” तर बरु यसको साटो सजिवताको वातावरण बीच जिउँछन्। जब म बादलहरूमाझ हुन्छु, मानिसले मेरो अनुहार र मेरो आँखालाई मधुरो गरी चिन्दछ, र यस बेला उसलाई अलिअलि डर लाग्छ। विगतमा, उसले मेरो बारेमा किम्बदन्ती ऐतिहासिक विवरणहरू सुनेको छ, त्यसको फलस्वरूप ऊ आधा विश्‍वासी र आधा शङ्कालु छ। म कहाँ छु वा मेरो अनुहार कति ठूलो छ भनी उसले जान्दैन—के यो समुद्रजस्तै चौडा छ, वा हरिया चौरहरूजस्तै असीम छ? यी कुराहरू कसैले पनि जान्दैन। आज जब मानिसले बादलमा मेरो अनुहार देख्छ तब मात्र किम्बदन्तीको म वास्तविक हुँ भनी महसुस गर्छ, यसैले ऊ मप्रति केही बढी अनुकूल हुन थाल्छ, र मेरो कामका कारणले गर्दा मात्र मप्रतिको उसको प्रशंसा केही ठूलो हुन्छ। तर मानिसले अझै पनि मलाई चिन्दैन, र उसले बादलहरूमा मेरो एक भाग मात्र देख्छ। त्यसपछि म मेरा बाहुलीहरू बढाउँछु र ती मानिसहरूलाई देखाउँछु। मानिस छक्क पर्छ, र मेरो हातद्वारा प्रहार गरिएला भनी गहन रूपमा डर मान्दै उसको मुख छोप्छ, त्यसैले उसले आफ्नो प्रशंसामा थोरै डर थप्छ। मानिसले मेरो चालमा ध्यान दिएर हेर्छ, किनभने उसले ध्यान दिएन भने ऊ मबाट प्रहार गरिनेछ भनी ऊ गम्भीर रूपमा डराएको हुन्छ—तर म मानिसले मलाई हेर्ने कुरामा मात्र सीमित छैन, र म मेरो हातमा भएको काम गरिरहन्छु। मैले गर्ने सबै कामहरूको कारणले मात्र मानिससँग मप्रति केही निगाह हुन्छ, र यसरी मसँग सम्बन्ध स्थापित गर्न बिस्तारै मतिर आउँछ। जब म मेरो पूर्णतामा मानिसकहाँ प्रकट हुन्छु मानिसले मेरो अनुहार देख्नेछ र त्यस बेलादेखि उसो म मानिसबाट म आफैलाई लुकाउने वा अस्पष्ट बनाउनेछैन। सारा ब्रह्माण्डमा म सबै मानिसहरूका सामु खुल्लमखुल्ला देखा पर्नेछु, अनि मासु र रगतका सबैले मेरा कामहरू देख्नेछन्। जो आत्माका हुन्, तिनीहरू सबै शान्तिसाथ मेरो परिवारमा बस्नेछन् र निश्चित रूपमा मसँग अद्भुत आशिषहरूको आनन्द लिनेछन्। ती सबै जसलाई म वास्ता गर्छु तिनीहरू दण्डबाट उम्कनेछन् र आत्माको पीडा र शरीरको वेदनाबाट बच्नेछन्। म सबै मानिसहरूको सामु खुल्लमखुल्ला देखा पर्नेछु अनि शासन गर्नेछु र शक्ति प्रयोग गर्नेछु, जसले गर्दा लासको दुर्गन्ध ब्रह्माण्डमा व्याप्त हुनेछैन, त्यसको साटो मेरा ताजा सुगन्ध सारा संसारमा फैलिनेछ, किनकि मेरो दिन नजिक आउँदैछ, मानिस ब्युँझिँदैछ, पृथ्वीमा सबै कुरा ठीक क्रममा छ, र पृथ्वीको बाँच्ने दिन अब छैन, किनकि म आइपुगेको छु!

अप्रिल ६, १९९२

अघिल्लो:  सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू—अध्याय २६

अर्को:  विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger