सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय ४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति तिमीहरूको बफादारीता शुद्ध र सम्पूर्ण हृदयको थियो? के मेरो बारेमा तिमीहरूको ज्ञान सत्य थियो? तिमीहरूको हृदयमा मैले कति ठाउँ ओगट्थें? के मैले तिमीहरूको हृदय पूर्ण रूपमा भरेको थिएँ? मेरा वचनहरूले तिमीहरूभित्र कति कुरा पूरा गर्‍यो? मलाई मूर्ख बनाउने प्रयास नगर्! यी कुराहरू मेरा निम्ति पूरा स्पष्ट छन्! आज, मेरो उद्धारको आवाज निस्‍कने क्रममा, के मप्रतिको तिमीहरूको प्रेममा केही वृद्धि भएको छ? के मप्रतिको तिमीहरूको वफादारीताको अंश शुद्ध भएको छ? के मबारे तिमीहरूको ज्ञान गहिरो भएको छ? के विगतमा चढाइएको प्रशंसाले आज तिमीहरूको ज्ञानका लागि एक ठोस आधार बसालेको छ? तिमीहरू कतिसम्म मेरो आत्माद्वारा ओगटिएका छौ? मेरो स्वरूपले तिमीहरूभित्र कति स्थान ओगट्छ? के मेरा भनाइहरूले तिमीहरूको केन्द्रमै प्रहार गरेको छ? के तिमीहरूलाई साँच्चै तिमीहरूका सर्म लुकाउने ठाउँ कहीँ पनि छैन भन्‍ने लाग्छ? के तिमीहरू मेरा मानिसहरू हुन अयोग्य छौ भन्‍ने साँच्‍चै विश्‍वास गर्छौ? यदि तिमीहरू माथिका प्रश्नहरूबारे पूर्ण रूपमा अनजान छौ भने, त्यसले तिमीहरू धमिलो पानीमा माछा मार्दैछौ, तिमीहरू केवल सङ्ख्या थप्न मात्र उपस्थित छौ भन्‍ने देखाउँछ, र त्यस बेला मद्वारा पूर्वनिर्धारित भएर तिमीहरू निश्चय नै हटाइनेछौ र दोस्रो चोटि अतल कुण्डमा फालिनेछौ। यी मेरा चेतावनीका वचनहरू हुन्, र यसलाई हल्‍का रूपमा लिने जो-कोहीलाई पनि मेरो न्यायद्वारा प्रहार गरिनेछ, र तोकिएको समयमा विनाशको सामना गराइनेछ। के यो यस्तै होइन र? के यो कुरा बुझाउन मैले अझै अरू उदाहरण दिनु आवश्यक छ? तिमीहरूलाई उदाहरण दिन के म अझ स्पष्ट बोल्नुपर्छ? सृष्टिको समयदेखि आजको दिनसम्म, धेरै मानिसले मेरा वचनहरूका विरुद्ध विद्रोह गरेका छन्, यसैले मेरो पुनर्बहालीको प्रवाहबाट त्यागिएका र हटाइएका छन्; अन्त्यमा, तिनीहरूका शरीरहरू नष्ट हुन्छन् र तिनीहरूका आत्माहरूलाई पातालमा फालिनेछ र अहिले पनि तिनीहरू गम्भीर दण्डको अधीनमा छन्। धेरै मानिसहरूले मेरा वचनहरू अनुसरण गरेका छन्, तर तिनीहरू मेरो ज्ञान र प्रकाशको विरुद्धमा गएका छन्, र यसरी तिनीहरू मद्वारा लत्याइएका छन्, शैतानको सत्तामा परेका छन् र मेरा विरोध गर्नेहरूमध्ये एक बनेका छन्। (आज मेरो सिधा विरोध गर्नेहरू सबैले मेरा वचनहरू सतही रूपमा मात्र पालन गर्छन् र मेरा वचनहरूको सारको विरुद्ध विद्रोह गर्दछन्।) मैले हिजो बोलेका वचनहरू मात्र सुनेकाहरू, विगतका “मूल्यहीन” थोकहरू समात्‍ने र वर्तमानको “उत्पादन” लाई कदर नगर्नेहरू धेरै रहेका छन्। यी मानिसहरू शैतानद्वारा कैद गरिएका मात्र छैनन्, तिनीहरू त अनन्त पापीहरू र मेरा शत्रुहरू भएका छन्, र तिनीहरूले सीधै मेरो विरोध गर्छन्। त्यस्ता मानिसहरू मेरो क्रोधको पराकाष्ठामा मेरो न्यायका पात्रहरू हुन्, र आज पनि तिनीहरू अन्धा छन्, अझै पनि अँध्यारो कालकोठरीमा छन् (जसको अर्थ, त्यस्ता मानिसहरू सडेका, लट्टिएका लासहरूमा हुन्, जो शैतानद्वारा नियन्त्रित छन् भन्‍ने हुन्छ; किनकि तिनीहरूको आँखामा मैले घुम्टो हालिदिएको छु, म भन्छु, कि तिनीहरू अन्धा छन्।) तिमीहरूका सन्दर्भका लागि उदाहरण प्रदान गर्नु राम्रो हुन्छ, यसैले कि तैँले त्यसबाट शिक्षा लिन सक्:

पावलको उल्लेख गर्दा, तिमीहरू तिनको इतिहास र तिनका बारेमा रहेका केही कथाहरू विचार गर्छौ जुन गलत छन् र वास्तविकतासँग मिल्दैनन्। तिनलाई बाल्यकालदेखि नै तिनका आमाबुबाले शिक्षा दिएका थिए, र मेरो जीवन प्राप्त गरेका थिए, र मेरो पूर्वनिर्धारणको परिणामस्वरूप तिनीसँग मलाई चाहिने क्षमताको स्वामित्त्व थियो। तिनले १९ वर्षको उमेरमा जीवनको बारेमा विभिन्न पुस्तकहरू पढे; अहिले मैले यसको पूर्ण जानकारी दिनु आवश्यक छैन, तिनको योग्यताका कारण अनि मेरो ज्ञान र प्रकाशको कारण तिनी केही आत्मिक कुराको विषयमा केही जानकारीसहित बोल्न मात्र सकेनन्, तर मेरा अभिप्रायहरू बुझ्न पनि सक्षम भए। अवश्य, यसले आन्तरिक र बाह्य तत्वहरूको मिश्रणलाई हटाउँदैन। तापनि, तिनको एउटा असिद्धता यो थियो, कि तिनका योग्यताहरूको कारण तिनले प्रायः चापलुसी र शेखी गर्थे। फलस्वरूप, तिनको विद्रोहीपनको कारण जसको एक भागले प्रत्यक्ष रूपमा प्रधान स्वर्गदूतको प्रतिनिधित्व गर्‍यो, जब म पहिलो पटक देहधारी बनेँ, तब तिनले मलाई चुनौती दिने हरप्रकारको कोसिस गरे। तिनी तीमध्ये एक थिए जसले मेरा वचनहरू जान्दैनन्, र तिनको हृदयमा अगिबाटै मेरो स्थान हराइसकेको थियो। त्यस्ता मानिसहरूले सीधै मेरो ईश्‍वरत्वको विरोध गर्छन्, र मद्वारा प्रहार गरेर ढालिएका छन्, र अन्त्यमा मात्र निहुरिन्छन् र आफ्ना पापहरू स्वीकार गर्छन्। यसैले, मैले तिनको बलिया पक्षहरू प्रयोग गरिसकेपछि—भन्नुको अर्थ, तिनले केही समय मेरा लागि काम गरिसकेपछि—तिनी फेरि एक पटक पुराना चालहरूमा फसे, र तिनले सीधै मेरा वचनहरूको विरुद्धमा विद्रोह नगरे पनि मेरो भित्री अगुवाइ र ज्ञानको विरुद्धमा विद्रोह गरे, तसर्थ तिनले विगतमा गरेका सबै काम व्यर्थ भए; अर्को शब्दमा भन्नुपर्दा, तिनले कुरा गरेका महिमाको मुकुट खाली खोक्रा शब्दहरू, तिनका आफ्नै कल्पनाको उपज बनेका थिए किनभने आजको दिनमा पनि तिनी मेरा बन्धनहरूका कैदमा मेरो दण्डको अधीनमा छन्।

माथिको उदाहरणबाट यो देख्न सकिन्छ कि जसले मेरो (मेरो देहगत अस्तित्व मात्र होइन तर अझ महत्त्वपूर्ण कुरा, मेरा वचनहरू र मेरो आत्मा, अर्थात्, मेरो ईश्‍वरत्वलाई समेत विरोध गर्नु) विरोध गर्छ, त्यसले आफ्नो देहमा मेरो दण्ड भोग्दछ। जब मेरा आत्माले तिमीहरूलाई छोडनुहुन्छ, तिमीहरू अचानक तल झर्छौं, सिधा पातालमा ओर्लिन्छौ। अनि तिमीहरूको मासुको शरीर पृथ्वीमा भए पनि तिमीहरू मानसिक रोगबाट पीडित व्यक्तिजस्तै हुन्छौ: तैँले आफ्नो विवेक हराएको छस्, तैँले तुरुन्तै आफू एक लासजस्तो भएको महसुस गर्छस्, यस्तो हुन्छ कि तैँले तेरो देहलाई ढिलो नगरी समाप्त गर्न मसँग बिन्ती गर्नेछस्। तिमीहरूमध्ये धेरै जना जोसँग आत्मा छ तिमीहरूले यी परिस्थितिहरूको गहिरो बुझाइ पाएका छौ, र मैले यसको पूरा वर्णन गर्नु आवश्यक छैन। विगतमा, जब मैले सामान्य मानवतामा काम गरें, धेरै मानिसहरूले मेरो क्रोध र प्रतापको तुलनामा आफैलाई मापन गरिसकेका थिए, र मेरो बुद्धि र स्वभावको बारेमा यसअघि नै अलिअलि जानेका थिए। आज, म सीधै ईश्‍वरत्वमा बोल्छु र काम गर्छु, र अझै पनि कोही मानिसहरू छन् जसले मेरो क्रोध र न्यायलाई आफ्नै आँखाले देख्नेछन्; यसबाहेक, न्यायको युगको दोस्रो चरणको मुख्य काम भनेको सबै मानिसलाई मेरो देहका कामहरू प्रत्यक्ष रूपमा जान्न दिनु र तिमीहरू सबैलाई प्रत्यक्ष रूपमा मेरो स्वभाव हेर्न दिनु हो। तापनि, म देहमा भएकोले, म तिमीहरूका कमजोरीहरूलाई बुझ्छु। मेरो आशा यो हो कि तिमीहरू आफ्नो आत्मा, प्राण र शरीरलाई खेलौनासँग जस्तो व्यवहार गर्नेछैनौ, र कुनै सोचविचार नगरी ती शैतानलाई सुम्पनेछैनौ। तिमीहरूले आफूसँग भएका सबै कुरालाई कदर गर्नु राम्रो हुन्छ, र तिनलाई खेलाँची सम्झनु हुँदैन, किनकि त्यस्ता कुराहरू तिमीहरूको भाग्यसित सम्बन्धित हुन्छन्। के तिमीहरू साँच्चै मेरा वचनहरूको सही अर्थ बुझ्न सक्छौ? के तिमीहरू साँच्चै मेरा वास्तविक भावनाहरूलाई बुझ्‍न सक्छौ?

के तिमीहरू पृथ्वीमा मेरा आशिषहरू उपभोग गर्न इच्छुक छौ, ती आशिषहरू जुन स्वर्गका आशिषहरू जस्ता छन्? के मसम्बन्धी बुझाइलाई, मेरा वचनहरूको आनन्द, र मेरो विषयको ज्ञान तिमीहरूको जीवनको सबैभन्दा मूल्यवान् र अर्थपूर्ण थोकको रूपमा सम्हालेर राख्न इच्छुक छौ? के तिमीहरू आफ्नै सम्भावनाहरूलाई विचार नगरी साँच्चै पूर्ण रूपमा आफैलाई ममा समर्पण गर्न इच्छुक छौ? के तिमीहरू साँच्चै आफैलाई मद्वारा मारिन, भेडाझैं मद्वारा डोऱ्याइनका लागि सुम्पन सक्छौ? के तिमीहरूको माझमा कोही यस्तो छ जसले यी कुराहरू प्राप्त गर्न सक्छ? के मैले स्वीकार गरेका र मेरा प्रतिज्ञाहरू प्राप्त गर्नेहरू सबै मेरा आशिषहरू प्राप्त गर्नेहरू हुन् भन्‍ने हुनसक्छ? के तिमीहरूले यी वचनहरूबाट केही बुझेका छौ? यदि मैले तिमीहरूलाई जाँच गरें भने, के तिमीहरू आफैलाई मेरो कृपामा छोड्न सक्छौ, र यी परीक्षाहरूको बीचमा, के मेरा अभिप्रायहरूको खोजी गर्न र मेरो हृदयलाई बुझ्न सक्छौ? तँ हृदयस्पर्शी वचनहरू बोल्न, वा धेरै वटा रोमाञ्चक कथाहरू भन्न सक्षम भएको म चाहन्नँ; बरु, तँ मेरो राम्रो गवाही बन्न सक्, र तँ पूर्ण र गहन रूपमा वास्तविकतामा प्रवेश गर्न सक् भनेर म तँलाई अह्राउँछु। यदि म सिधा बोल्दिनँ थिएँ भने के तैँले आफ्नो वरिपरिका सबै थोकहरू त्याग्न सक्थिस् र आफैलाई मद्वारा प्रयोग हुन दिन सक्थिस्? के मैले चाहेको वास्तविकता यही होइन र? मेरा वचनहरूमा भएको अर्थ कसले बुझ्न सक्दछ? तापनि म तिमीहरूलाई भन्छु, अब उप्रान्त शङ्काको भारले नथिचिनू, तिमीहरू आफ्नो प्रवेशमा सक्रिय हुनू र मेरा वचनहरूको सार बुझ्‍नू। यसले तिमीहरूलाई मेरा वचनहरू गलत प्रकारले बुझ्नबाट, र मेरो अर्थमा अस्पष्ट भएर मेरो प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नबाट बचाउँछ। म आशा गर्छु, मेरा वचनहरूमा तिमीहरूका निम्ति मेरा अभिप्रायहरूलाई तिमीहरूले बुझ्नेछौ। अबउप्रान्त तिमीहरूका आफ्नै सम्भाव्यताहरूबारे नसोच र परमेश्‍वरलाई सबै कुरामा तिमीहरूलाई योजनाबद्ध गर्न दिन तिमीहरूले मेरो अघि सङ्कल्‍प गरेअनुसार व्यवहार गर। मेरो परिवारभित्र उभिने सबै जनाले आफूले सक्‍ने जति गर्नुपर्दछ; तैँले पृथ्वीमा मेरो कामको अन्तिम भागका निम्ति आफ्नो सबैभन्दा उत्तम थोक चढाउनुपर्छ। के तँ साँच्चै यी कुरालाई अभ्यास गर्न इच्छुक छस्?

फेब्रुवरी २३, १९९२

अघिल्लो:  प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू—अध्याय १०३

अर्को:  सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरू—अध्याय ५

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger