के तँ जीवित भएको व्यक्ति होस्?
तैँले आफ्ना भ्रष्ट स्वभावहरू फालिसकेपछि अनि सामान्य मानवताको जियाइ हासिल गरिसकेपछि मात्र तँलाई सिद्ध पारिनेछ। तैँले अगमवाणी वा कुनै पनि रहस्यहरू बोल्न नसके पनि, मानवको स्वरूप जिइरहेको र प्रकट गरिरहेको हुनेछस्। परमेश्वरले मानिस सृष्टि गर्नुभयो तर त्यसपछि मानिसलाई शैतानले भ्रष्ट बनायो, जसले गर्दा मानिसहरू “मृत जन” बने। तसर्थ, तँ बदलिसकेपछि उप्रान्त यी “मृत जन” जस्तो हुनेछैनस्। मानिसहरूको आत्मालाई प्रज्वलित गर्ने र पुनर्जीवित हुन तुल्याउने परमेश्वरका वचनहरू नै हुन् र जब मानिसहरूको आत्मा पुनर्जीवित हुन्छ, तब तिनीहरू जीवित भएका हुनेछन्। जब म “मृतक जन” का बारेमा कुरा गर्छु, तब म आत्मा नभएका लासहरूलाई, आत्मा आफूभित्रै मरिसकेका मानिसहरूलाई जनाइरहेको हुन्छु। जब मानिसहरूको आत्माप्रज्वलित हुन्छ, तब मानिसहरू जीवित बन्छन्। पहिले कुरा गरिएका पवित्र जनहरूले जीवित भएका, शैतानको प्रभावमा रहेका तर शैतानलाई पराजित गरेका मानिसहरूलाई जनाउँछ। चीनका चुनिएका मानिसहरूले रातो अजिङ्गरको क्रूर र अमानवीय सतावट र छल सहेका छन्, जसले तिनीहरूलाई मानसिक रूपमा तहसनहस पारेर छाडेको छ अनि जिउने अलिकति पनि साहस बाँकी छोडिदिएको छैन। यसरी, तिनीहरूको आत्माको जागरण तिनीहरूको सारसँग सुरु हुनैपर्छ: अलिअलि गरेर, तिनीहरूको सारमा, तिनीहरूको आत्मालाई जागृत गर्नैपर्छ। जब एक दिन तिनीहरू जीवित हुन्छन्, तब कुनै पनि व्यवधानहरू हुनेछैनन् र सबै जना सहज रूपमा अघि बढ्नेछन्। हाल यो अप्राप्य छ। धेरैजसो मानिस धेरै प्राणघातक प्रवाह निम्त्याउने तरिकाले जिउँछन्; तिनीहरू मृत्युको सायामा बेरिएका हुन्छन् र तिनीहरूमा धेरै कुराको कमी हुन्छ। कतिपय मानिसका शब्दहरूमा मृत्यु हुन्छ, तिनीहरूका कार्यहरूमा मृत्यु हुन्छ, अनि तिनीहरू जिउने लगभग हरेक कुरामा मृत्यु हुन्छ। यदि आज मानिसहरूले सार्वजनिक रूपमा परमेश्वरको गवाही दिने हो भने, तिनीहरू यस कार्यमा असफल हुनेछन्, किनभने तिनीहरू अझै पनि पूर्ण रूपमा जीवित हुनु नै छ, र तिमीहरूमाझ अत्यन्तै धेरै मृत जन छन्। आज, केही मानिस किन परमेश्वर केही चिन्ह र आश्चर्यकर्म देखाउनुहुन्न भनेर सोध्छन् ताकि उहाँले अन्यजातिहरूमाझ आफ्नो काम शीघ्र रूपमा फैलाउन सक्नुहोओस्। मृत मानिसहरूले परमेश्वरको गवाही दिन सक्दैनन्; त्यो त जीवित व्यक्तिहरूले मात्र गर्न सक्ने कुरा हो, तैपनि आज धेरैजसो मानिस “मृत” छन्; अत्यन्तै धेरै व्यक्ति मृत्युको कात्रोमुनि, शैतानको प्रभावमा जिउँछन् र त्यसलाई जित्न सक्दैनन्। यसो हुँदा, तिनीहरू कसरी परमेश्वरको गवाही दिन सक्छन्? तिनीहरू कसरी सुसमाचारको काम फैलाउन सक्छन्?
अन्धकारको प्रभावमा जिउने सबै मृत्युबीच जिउनेहरू, शैतानको वशमा परेकाहरू हुन्। परमेश्वरद्वारा मुक्ति नदिई अनि परमेश्वरद्वारा न्याय नगरिई र सजाय नदिई, मानिसहरू मृत्युको प्रभावबाट उम्कन सक्दैनन्; तिनीहरू जीवित बन्न सक्दैनन्। यस्ता मृत जनहरू परमेश्वरको गवाही दिन सक्दैनन्, न त तिनीहरू परमेश्वरद्वारा प्रयोग गरिन नै सक्छन्, झन् तिनीहरू राज्यमा प्रवेश गर्न सक्नु त परै जाओस्। परमेश्वर मृतहरूको नभई जीवितहरूको गवाही चाहनुहुन्छ, र उहाँ मृतहरूले नभई जीवितहरूले उहाँका लागि कामगरून् भन्ने माग गर्नुहुन्छ। “मृतहरू” ती हुन्, जो परमेश्वरको विरोध गर्छन् र परमेश्वरविरुद्ध विद्रोह गर्छन्; तिनीहरू आत्मामा भावशून्य भएका र परमेश्वरका वचनहरू नबुझ्नेहरू हुन्; तिनीहरू सत्यता अभ्यास नगर्ने र परमेश्वरप्रति रत्तीभर बफादारी नभएकाहरू हुन्, र तिनीहरू शैतानको शक्तिअन्तर्गत जिउने र शैतानद्वारा शोषित हुनेहरू हुन्। मृत व्यक्तिहरूका प्रकटीकरणहरू भनेको सत्यताको विरोधमा उभिनु, परमेश्वरविरुद्ध विद्रोह गर्नु, अनि तुच्छ, घृणायोग्य, क्रूर, हैकमवादी, धूर्त र कपटी हुनु हुन्। त्यस्ता मानिसहरूले परमेश्वरका वचनहरू खाने र पिउने गरे तापनि, तिनीहरू परमेश्वरका वचनहरू जिउन सक्दैनन्; तिनीहरू जीवित भए तापनि, केवल हिँड्ने लास, सास फेर्ने मृत व्यक्ति हुन्। मृतहरू परमेश्वरलाई सन्तुष्ट पार्न पूर्ण रूपमा असक्षम हुन्छन्, झन् पूर्ण रूपमा उहाँप्रति समर्पित हुन सक्नु त परै जाओस्। तिनीहरूले उहाँलाई छल गर्न, उहाँको निन्दा गर्न, र उहाँलाई विश्वासघात गर्न मात्रै सक्छन्, र तिनीहरूले जिउने कुरा पूर्ण रूपमा शैतानको प्रकृतिका प्रकटीकरणहरू हुन्। यदि मानिसहरू जीवित प्राणी बन्न र परमेश्वरको गवाही दिन, अनि परमेश्वरद्वारा योग्य ठहरिन चाहन्छन् भने, तिनीहरूले परमेश्वरको मुक्ति स्विकार्नैपर्छ; तिनीहरू खुसीसाथ उहाँको न्याय र सजायमा समर्पित हुनैपर्छ र तिनीहरूले परमेश्वरको काँटछाँट खुसीसाथ स्वीकार गर्नैपर्छ। त्यसपछि मात्र तिनीहरूले परमेश्वरद्वारा माग गरिएका सबै सत्यता अभ्यास गर्न सक्नेछन्, र त्यसपछि मात्र तिनीहरूले परमेश्वरको मुक्ति प्राप्त गर्नेछन् र तिनीहरू साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरू ती हुन्, जसलाई परमेश्वरले मुक्ति दिनुभएकोहुन्छ; तिनीहरू परमेश्वरद्वारा न्याय गरिएका र सजाय दिइएका हुन्छन्, तिनीहरू आफूलाई अर्पण गर्न इच्छुक हुन्छन् र खुसीसाथ परमेश्वरका लागि आफ्नो जीवन त्याछन् र तिनीहरू हर्षसाथ आफ्नो सम्पूर्ण जीवन परमेश्वरप्रति समर्पित गर्छन्। जब जीवितहरू परमेश्वरको गवाही दिन्छन्, तब मात्र शैतानलाई लज्जित पार्न सकिन्छ; जीवितहरूले मात्र परमेश्वरको सुसमाचारको काम फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिस हुन्। सुरुमा परमेश्वरद्वारा सृजित मानिस जीवित थियो, तर शैतानको भ्रष्टताका कारण मानिस मृत्युबीच जिउँछ् अनि शैतानको प्रभावमा जिउँछ, त्यसैले यसरी मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्वरको विरोध गर्ने शत्रु बनेका छन्, तिनीहरू शैतानको औजार बनेका छन् अनि तिनीहरू शैतानको बन्दी बनेका छन्। परमेश्वरद्वारा सृजित जीवित मानिसहरू मृत जन बनेका छन्, त्यसैले परमेश्वरले आफ्नो गवाही गुमाउनुभएको छ, र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु, मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्वरले उहाँको गवाही फिर्ता लिने र उहाँको आफ्नै हातद्वारा सृजित गरिएका तर शैतानद्वारा बन्दी बनाइएकाहरूलाई फिर्ता लिने हो भने, तिनीहरूलाई पुनर्जीवित गर्नैपर्छ ताकि तिनीहरू जीवित प्राणी बनून्, र उहाँले तिनीहरू सबैलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा जिऊन्। मृतकहरू ती हुन्, जोसँग आत्मा हुँदैन, जो चरम रूपमा भावशून्य हुन्छन्, र जो परमेश्वरको विरोध गर्छन्, त्यसभन्दा पनि बढी, जो परमेश्वरलाई चिन्दैनन्। यी मानिसहरूमा परमेश्वरप्रति समर्पित हुने रत्तीभर अभिप्राय हुँदैन; तिनीहरू केवल उहाँविरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर बफादारी हुँदैन। जीवितहरू ती हुन्, जसको आत्मा पुनर्जीवित भएको हुन्छ, जो परमेश्वरमा समर्पित हुन जान्दछन्, जो परमेश्वरप्रति बफादार छन्, र जोसँग सत्यता र गवाही छ—यी मानिसहरू मात्र परमेश्वरका लागि उहाँको घरमा प्यारा हुन्छन्। परमेश्वर जीवित हुन सक्नेहरूलाई, परमेश्वरको मुक्ति देख्न सक्नेहरूलाई, परमेश्वरप्रति बफादार हुन सक्नेहरूलाई, परमेश्वरको खोजी गर्न इच्छुकहरूलाई, परमेश्वरको देहधारणमा विश्वास गर्नेहरूलाई, अनि उहाँको देखापराइमा विश्वास गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। केही मानिस जीवित हुन सक्छन् र केही मानिस सक्दैनन्; यो तिनीहरूको प्रकृतिलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्ने कुरामा निर्भर हुन्छ। धेरै मानिसले परमेश्वरका धेरै वचन सुनेका हुन्छन् तैपनि तिनीहरू परमेश्वरका अभिप्रायहरू बुझ्न सक्दैनन्, र अझै पनि ती अभ्यास गर्न सक्दैनन्। यस्ता मानिसहरू कुनै पनि सत्यता जिउन सक्षम हुँदैनन् र जानाजानी परमेश्वरको काममा बाधा पनि पुर्याउँछन्। तिनीहरू परमेश्वरका लागि कुनै पनि काम गर्न सक्षम हुँदैनन्, र तिनीहरू उहाँका लागि आफूलाई समर्पित गर्न सक्दैनन्—त्यसविपरित, तिनीहरू गोप्य रूपमा मण्डलीको पैसा खर्च गर्छन् र परमेश्वरको घरमा सित्तैमा खाना खान्छन्। यिनीहरू मुक्ति दिन नसकिने मृत मानिस हुन्। परमेश्वर उहाँको कामका बीचमा रहेकाहरू सबैलाई मुक्ति दिनुहुन्छ, तर उहाँको मुक्ति प्राप्त गर्न नसक्ने केही मानिस छन्; थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँको मुक्ति प्राप्त गर्न सक्छन्। किनभने धेरैजसो मानिस अति गहन रूपमा भ्रष्ट पारिएका अनि मृत जन बनेका छन्, र तिनीहरूले मुक्ति पाउन सक्दैनन्; तिनीहरू पूर्ण रूपमा शैतानद्वारा शोषित भएका छन्, र तिनीहरू आफ्नो प्रकृतिमा अत्यन्तै दुर्भावपूर्ण छन्। ती अल्पङ्ख्यक मानिसहरू पनि पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन सक्दैनन्। तिनीहरू सुरुदेखि नै परमेश्वरप्रति बफादार रहेका, वा सुरुदेखि नै परमेश्वरप्रति अत्यधिक प्रेम भएकाहरू होइनन्; बरु तिनीहरू परमेश्वरको विजयको कामका कारण उहाँप्रति समर्पित बनेका छन्, तिनीहरू परमेश्वरलाई उहाँको सर्वोच्च प्रेमका कारण देख्छन्, तिनीहरू परमेश्वरको धर्मी स्वभावका कारण स्वभावगत परिवर्तन हासिल गर्छन्, र तिनीहरू परमेश्वरलाई उहाँको काम, व्यावहारिक र सामान्य दुवै रहेको कामका कारण चिन्छन्। परमेश्वरको यो कामविना, यी मानिसहरू जति नै असल भए पनि, अझै पनि शैतानकै हुन्छन्, तिनीहरू अझै पनि मृत्युकै हुन्छन्, अनि तिनीहरू अझै पनि मृत नै हुन्छन्। यी मानिसहरूले आज परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छन् भन्ने तथ्य विशुद्ध रूपमा तिनीहरू परमेश्वरसँग सहकार्य गर्न इच्छुक भएका कारणले नै हो।
परमेश्वरप्रति तिनीहरूको वफादारीका कारण, जीवितहरू परमेश्वरद्वारा प्राप्त गरिनेछन् र उहाँका प्रतिज्ञाहरूबीच जिउनेछन्, र परमेश्वरप्रतिको तिनीहरूको विरोधका कारण, मृतकहरू परमेश्वरद्वारा तिरस्कृत हुनेछन् र उहाँको दण्ड र श्रापहरूबीच जिउनेछन्। परमेश्वरको धर्मी स्वभाव यस्तै हुन्छ, जुन कुनै पनि मानिसद्वारा परिवर्तन गर्न सकिँदैन। मानिसहरूले तिनीहरूको आफ्नै खोजीका कारण परमेश्वरको अनुमोदन प्राप्त गर्छन् र तिनीहरू ज्योतिमा जिउँछन्; मानिसहरू आफ्नै धूर्त षडयन्त्रहरूका कारण परमेश्वरद्वारा श्रापित हुन्छन् र दण्डमा पर्छन्; मानिसहरू आफ्नो दुष्ट कार्यहरूका कारण श्वपरमेश्वरद्वारा दण्डित हुन्छन्, र मानिसहरूले आफ्नो तिर्सना र बफादारीका कारण परमेश्वरका आशिष्हरू प्राप्त गर्छन्। परमेश्वर धर्मी हुनुहुन्छ: उहाँ जीवितहरूलाई आशिष् दिनुहुन्छ र मृतहरूलाई श्राप दिनुहुन्छ ताकि तिनीहरू सधैँ मृत्युबीच होऊन् र कहिल्यै परमेश्वरको ज्योतिमा नजिऊन्। परमेश्वरले जीवितहरूलाई सधैँभरि उहाँसँगै अस्तित्वमा रहनका लागि उहाँको राज्य र उहाँका आशिष्हरूमा लैजानुहुनेछ। तर मृतहरूको हकमा भने, उहाँले तिनीहरूलाई अनन्त मृत्युको जिम्मा लगाउनुहुनेछ; तिनीहरू उहाँको विनाशका पात्र हुन् र तिनीहरू सधैँ शैतानकै हुनेछन्। परमेश्वरले बिलकुलै कसैलाई पनि अन्यायपूर्वक व्यवहार गर्नुहुनेछैन। परमेश्वरलाई साँचो रूपमा खोजी गर्ने सबै जना अवश्य नै परमेश्वरको घरमा रहनेछन्, र परमेश्वरविरुद्ध विद्रोही हुने र उहाँसँग नमिल्नेहरू सबै जना अवश्य नै उहाँको दण्डबीच जिउनेछन्। सायद तँ परमेश्वरको देहधारी देहद्वारा गरिएको कामबारे अनिश्चित छस्—तर एक दिन, परमेश्वरको देहले सोझै मानिसको परिणाम प्रबन्ध गर्नेछैन; बरु, उहाँको आत्माले मानिसको गन्तव्यको प्रबन्ध गर्नेछ, र त्यतिबेला मानिसहरूले परमेश्वरको देह र उहाँको आत्मा एउटै हो, अनि उहाँको देहले गल्ती गर्दैन र उहाँको आत्माले त झनै गर्दैन भन्ने कुरा थाहा पाउनेछन्। अन्त्यमा, उहाँले जीवित भएकाहरूलाई निश्चित रूपमा उहाँको राज्यमा लैजानुहुनेछ; न एक जना बढी, न एक जना कम। जीवित नभएका मृतकहरूको हकमा भने, तिनीहरूलाई निश्चित रूपमा शैतानको गुफामा फालिनेछ।