परिचय

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका माध्यमहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्‍नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, मानिसले वचन देहमा देखा पर्नुभएका परमेश्‍वरलाई साँच्चै देख्ने तुल्याउनुहुन्छ, र उहाँको बुद्धि र अद्भुतता देख्ने तुल्याउनुहुन्छ। मानिसहरूलाई विजय गर्ने, मानिसहरूलाई सिद्ध पार्ने, र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझै राम्ररी हासिल गर्न परमेश्वर यसरी काम गर्नुहुन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। वचनहरूद्वारा मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो, त्यो थाहा पाउन पुग्छन्। वचनहरूद्वारा, परमेश्‍वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको सबै काम हासिल हुन्छन्। वचनहरूद्वारा, मानिसहरूलाई प्रकाश गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरू परमेश्‍वरको अस्तित्वमा, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धिमा, र मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्‍वरको हृदयमा विश्‍वास गर्न पुगेका छन्। “वचनहरू” भन्‍ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनले मानिसहरूका हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यसरी काम गर्नुहुन्छ, र केवल उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यस प्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयदेखि, मानिस परमेश्‍वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको खुवाइ र आपूर्तिमाझ जिउँछ; मानिसहरू परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूका श्रापहरू र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिसहरू त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी सबै वचनहरू र यो काम मानिसको मुक्तिका खातिर, परमेश्‍वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। वचनहरू प्रयोग गरेर परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले ब्रह्माण्डका सबै मानिसहरूलाई अगुवाइ गर्नुहुन्छ, वचनहरू प्रयोग गरेर नै उहाँ उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

यो युगमा, र तिमीहरूका माझमा, परमेश्‍वरले उल्लिखित तथ्य हासिल गर्नुहुनेछ: हरेक व्यक्तिले परमेश्‍वरका वचनहरू जिउनु पर्नेछ, सत्यतालाई व्यवहारमा लागू गर्न सक्नु पर्नेछ, र परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रेम गर्नु पर्नेछ; सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा र आफ्नो वास्तविकताको रूपमा प्रयोग गर्नु पर्नेछ, र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्नेछ; र परमेश्‍वरका वचनहरूको अभ्यासद्वारा मानिसले त्यसपछि परमेश्‍वरसँगै राजसी शक्ति चलाउने छ। परमेश्‍वरले हासिल गर्नुपर्ने काम यही हो। के तँ परमेश्‍वरका वचनहरू नपढी रहन सक्छस्? आज, उहाँका वचनहरू नपढी एक वा दुई दिन पनि बिताउन सकिँदैन भन्‍ने अनुभव गर्नेहरू धेरै छन्। उनीहरूले उहाँका वचनहरू हरेक दिन पढ्नुपर्छ, र यदि समयले साथ दिएन भने, तिनीहरूलाई सुन्नु नै काफी हुनेछ। पवित्र आत्माले मानिसहरूलाई दिने आभास यही हो, र उहाँले उनीहरूलाई प्रेरित गर्न सुरु गर्ने तरिका यही नै हो। यसको अर्थ, वचनहरूद्वारा उहाँ मानिसहरूलाई प्रेरित गर्नुहुन्छ, ता कि उनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। यदि, परमेश्‍वरका वचनहरू नखाई र नपिई केवल एक दिनपछि तैँले अँध्यारो र तिर्खा अनुभूति गर्छस् र यसलाई सहन सक्दैनस् भने, तँ पवित्र आत्माद्वारा चलायमान भएको छस्, र उहाँ तँबाट फर्किएर जानुभएको छैन भन्‍ने यसले देखाउँछ। अतः, यो प्रवाहमा रहेको तँ नै होस्। यद्यपि, यदि परमेश्‍वरका वचनहरू नखाई र नपिई एक दिन वा दुई दिन पछि, तैँले केही पनि अनुभूति गरिनस् भने, यदि तँलाई तिर्खा छैन, र तँ कत्ति पनि प्रभावित भएको छैनस् भने, पवित्र आत्मा तँबाट फर्किएर जानुभएको छ भन्‍ने यसले देखाउँछ। यसको अर्थ, तँभित्रको स्थितिमा केही खराबी छ भन्‍ने हुन्छ; तँ वचनको युगमा प्रवेश गरेको छैनस्, र तँ पछाडि परेकाहरूमध्ये एक होस्। मानिसहरूलाई शासन गर्न परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाइस् र पिइस् भने, तँलाई असल अनुभूति हुन्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँसँग कुनै हिँड्ने मार्ग छैन। परमेश्‍वरका वचनहरू मानिसहरूका खाना, र उनीहरूलाई प्रेरित गर्ने शक्ति बन्छन्। बाइबल भन्छ, “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ” (मत्ती ४:४)। आज, परमेश्‍वरले यो काम पूरा गर्नुहुनेछ, र उहाँले यो सच्चाइ तिमीहरूमा हासिल गर्नुहुनेछ। विगतमा कसरी, मानिसहरू परमेश्‍वरका वचनहरू नपढी धेरै दिन बिताउन सक्थे र तर पनि सधैँ जस्तै खान र काम गर्न सक्थे, तर आजको अवस्था पनि यस्तै छैन र? यो युगमा, परमेश्‍वरले यावत् थोकलाई शासन गर्न मुख्यतः वचनहरू प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका वचनहरूद्वारा, मानिसलाई न्याय गरिन्छ र सिद्ध पारिन्छ, त्यसपछि अन्तिममा राज्यमा लगिन्छ। खासगरी राज्यको युगमा, परमेश्‍वरका वचनहरूले मात्र मानिसको जीवन आपूर्ति गर्न सक्छन्, र परमेश्‍वरका वचनहरूले मात्र मानिसलाई प्रकाश र अभ्यासको मार्ग दिन सक्छन्। जबसम्म तँ परमेश्‍वरका वचनहरूको वास्तविकताबाट बाहिर जाँदैनस्, हरेक दिन उहाँका वचनहरूलाई खाने र पिउने गर्छस्, तबसम्‍म परमेश्‍वरले तँलाई सिद्ध बनाउन सक्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

सारा ब्रह्माण्डभरि म मेरो काम गरिरहेको छु र पूर्वमा मेघ गर्जन असीम रूपमा जारी हुन्छ, जसले सबै देश र सम्प्रदायहरूलाई हल्लाइदिन्छ। सारा मानिसहरूलाई वर्तमानमा डोर्‍याएको मेरै वाणीहरूले हो। म सबै मानिसहरूलाई मेरा वाणीद्वारा विजय गरिने, यही प्रवाहमा पार्ने, र मेरो सामु आत्मसमर्पण गर्ने तुल्याउँछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ रूपमा जारी गरेको छु। मेरो महिमा देख्ने अभिलाषा कसलाई हुँदैन? कसले व्यग्रतापूर्वक मेरो पुनरागमनको प्रतीक्षा गर्दैन? मेरो पुन: देखापराइको तृष्णा कसले गर्दैन? मेरो प्रेमिलो स्वभावका निम्ति को लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले आदर गर्दैन? मेरा वाणीहरू पृथ्वीभरि प्रसार गरिनेछन्; शक्तिशाली मेघगर्जनहरूले पहाड़ र नदीहरू थर्काएझैँ, म मेरा चुनिएका मानिसहरूसँग अझ धेरै वचन व्यक्त गर्नेछु र बोल्नेछु। म मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिलाई सुनाउँछु। यसकारण, मेरो मुखबाट निस्कने वचनहरू मानिसहरूको खजाना बनेका छन् र सबै मानिसहरूले मेरा वचनहरूलाई प्रिय ठान्छन्। बिजुली पूर्वदेखि पश्‍चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तीबाट अलग हुन अनिच्छुक हुन्छन्, अनि ती वचन मानिसलाई अथाह लाग्छ, र त्यसभन्दा पनि बढी, तिनले मानिसलाई आनन्दित हुने तुल्याउँछन्। भर्खरै जन्‍मेका शिशुझैँ, सबै मानिसहरू खुसी र आनन्दित महसुस गर्छन्, र मेरो आगमनको उत्सव मनाउँछन्। मेरा वाणीहरूको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूमाझ औपचारिक रूपमा प्रवेश गर्नेछु, र तिनीहरूलाई मलाई श्रद्धा गर्न आउने तुल्याउनेछु। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, म यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र तिनीहरूले बिजुली पूर्वबाट चम्केको, म पूर्वको “जैतूनको डाँड़ामा” ओर्लेको, म पृथ्वीमा लामो समयअघि नै आएको, र म अबउप्रान्त यहूदीको छोरा नभई पूर्वको बिजुली भएको देख्नेछन्। किनभने म उहिले नै बौरी उठेको छु र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ महिमासहित फेरि देखा परेको छु। आजभन्दा कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ, र कैयौँ युगहरू अघि इस्राएलीहरूद्वारा त्यागिएको बालक पनि म नै हुँ। यसभन्दा पनि बढी, म हालको युगको महा-महिमित सर्वशक्तिमान् परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र तिनीहरूले मेरो महिमामय मुहार देखून्, मेरा वाणी सुनून्, र मेरा कार्यहरू हेरून्। मेरो अभिप्रायको सम्पूर्णता यही हो; यो नै मेरो योजनाको अन्त र उत्कर्ष हो, साथै मेरो व्यवस्थापनको उद्देश्य हो: असङ्ख्य राष्ट्रले मलाई श्रद्धा गरून्, असङ्ख्य मुखले मलाई स्वीकार गरून्, असङ्ख्य मानिसले ममाथि भरोसा राखून् र मेरा चुनिएका असङ्ख्य मानिसले मेरो सामु समर्पण गरून्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले अझै उहाँका वाणीहरू अनुसरण गर्दै अघि बढ्नुपर्छ, र भविष्यमा परमेश्‍वरका वाणीहरूले मानिसको जीवनलाई अझै कनानको राम्रो भूमिमा प्रत्यक्ष डोर्याउनेछ। जब मोशा उजाड स्थानमा थिए, परमेश्‍वरले तिनलाई प्रत्यक्ष निर्देशन दिनुभयो र तिनीसँग कुरा गर्नुभयो। स्वर्गबाट परमेश्‍वरले मानिसहरूको उपभोगका लागि खाना, पानी र मन्न पठाइदिनुभयो, र यो आज पनि यस्तै छ: परमेश्‍वरले व्यक्तिगत रूपमा खाने र पिउने चीजहरू मानिसहरूको उपभोगका लागि पठाइदिनुभएको छ, र उहाँले व्यक्तिगत रूपमा मानिसहरूलाई सजाय दिन श्राप पठाउनुभएको छ। त्यसरी नै, परमेश्‍वरले उहाँको कामको हरेक चरण व्यक्तिगत तवरमा गर्नुहुन्छ। आज, मानिसहरू तथ्यहरूको घटना खोजी गर्दछन्, तिनीहरूले चिन्‍ह र अचम्‍मका कामहरू खोज्छन्, र यो सम्भव छ कि त्यस्ता सबै मानिसहरूलाई हटाइनेछ, किनकि परमेश्‍वरको काम बढ्दो रूपमा व्यावहारिक हुँदै गइरहेको छ। परमेश्‍वर स्वर्गबाट ओर्लनुभएको कसैलाई थाहा छैन, परमेश्‍वरले खाना र औषधीहरू स्वर्गबाट पठाउनुभएको कुरामा पनि उनीहरू अन्जान छन्—तर परमेश्‍वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ, र मानिसहरूले कल्पना गर्ने सहस्राब्दीय राज्यका उत्तेजक दृश्यहरू पनि परमेश्‍वरका व्यक्तिगत वाणी हुन्। तथ्य यही हो, र केवल यसलाई नै पृथ्वीमा परमेश्‍वरसँग शासन गर्नु भनेर भनिन्छ। पृथ्वीमा परमेश्‍वरसँग शासन गर्नुले देहलाई जनाउँछ। जो देहबाट बनेको छैन त्यो पृथ्वीमा अस्तित्वमा रहँदैन, र यसरी तेस्रो स्वर्ग जाने कुरामा ध्यान केन्द्रित गर्ने सबै व्यर्थमा त्यसो गर्छन्। एक दिन, जब सम्पूर्ण ब्रह्माण्ड परमेश्‍वरमा फर्कन्छ, सम्पूर्ण ब्रह्माण्डभरि उहाँको कामको केन्द्रले उहाँका वाणीहरूको अनुसरण गर्दछ; अन्त कतै, परमेश्‍वरका वाणीहरू लिन कोही मानिसले टेलिफोन प्रयोग गर्नेछन्, कोही हवाईजहाज चढ्नेछन्, कोही समुद्र तर्न डुङ्गा चढ्नेछन्, र कोहीले लेजरहरूको प्रयोग गर्नेछन्। हरेकले आराधना गर्नेछन्, र उत्कट अभिलाषा राख्नेछन्, तिनीहरू सबै परमेश्‍वरको निकट आउनेछन्, र परमेश्‍वरतर्फ भेला हुनेछन्, र सबैले परमेश्‍वरको आराधना गर्नेछन्—र यी सबै परमेश्‍वरका कार्यहरू हुनेछन्। यो कुरालाई याद राख! परमेश्‍वरले अवश्य नै अरू कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्‍वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्‍नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। परमेश्‍वरका कार्यहरू प्रकट हुने र परमेश्‍वरले महिमा प्राप्त गर्ने समय त्यही नै हुनेछ; ब्रह्माण्डका सारा मानिसहरूले यस साधारण “मानव” को आराधना गर्नेछन्। के यो परमेश्‍वरको महिमाको दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जीवित पानीको मुहानबाट पानी खोज्न टेलिग्राम पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू यस व्यक्तिलाई आराधना गर्न आउनेछन्, जसलाई उनीहरूले घृणा गर्थे। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्ना हृदयले उहाँलाई भरोसा गर्नेछन्—के यो कुनै चिन्‍ह र अचम्‍मको काम होइन र? जब सम्पूर्ण राज्य आनन्दित हुन्छ, त्यो परमेश्‍वरको महिमाको दिन हुनेछ, अनि जो-कोही तिमीहरूकहाँ आउँछन् र परमेश्‍वरको सुखद समाचार ग्रहण गर्छन्, उनीहरूले परमेश्‍वरबाट आशीर्वाद पाउनेछन्, र ती देशहरू तथा मानिसहरू जसले त्यसो गर्छन् उनीहरूले परमेश्‍वरबाट आशीर्वाद एवं हेरचाह पाउनेछन्। भविष्यको दिशा यस्तो हुनेछ: जसले परमेश्‍वरको मुखबाट वाणी प्राप्त गर्दछन् उनीहरूले पृथ्वीमा हिँड्ने मार्ग पाउनेछन्, र तिनीहरू व्यापारी वा वैज्ञानिक, वा शिक्षाविद् वा उद्योगपतिहरू जो भएपनि, परमेश्‍वरका वचनरहित हुनेहरूलाई एक कदम चाल्न पनि कठिन हुनेछ, र साँचो मार्ग खोज्न बाध्य हुनेछन्। यसको अर्थ यही हो, “सत्यताद्वारा तँ सारा संसार हिँड्नेछस्; सत्यताविना तँ कहीँ पनि पुग्नेछैनस्।” तथ्यहरू यस प्रकार छन्: परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डलाई चलाउन तथा मानवजातिमाथि शासन गर्न र विजय प्राप्त गर्न मार्ग (जसको अर्थ उहाँका सबै वचनहरू हुन्) प्रयोग गर्नुहुनेछ। परमेश्‍वरले कार्य गर्ने माध्यमहरूमा ठूलो परिवर्तन हुनेछ भन्‍ने मानिसहरूले सँधै आशा गरिरहेका छन्। स्पष्ट रूपमा भन्नुपर्दा, वचनहरू मार्फत नै परमेश्‍वरले मानिसहरूलाई नियन्त्रण गर्नुहुन्छ, र तैँले चाहे पनि वा नचाहे पनि उहाँले भनेको गर्नै पर्छ; यो एक वस्तुनिष्ठ तथ्य हो, र यसलाई सबैले पालना गर्नै पर्दछ, र त्यसैले पनि, यो अपरिवर्तनीय छ, र सबैलाई थाहा छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

परमेश्‍वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के हो भने, यदि परमेश्‍वरको काम सम्पूर्ण ब्रह्माण्डमा फैलिनु छ भने, उहाँका वचनहरू फैलिनै पर्छ। परमेश्‍वरको महिमाको दिनमा, परमेश्‍वरका वचनहरूले आफ्नो शक्ति र अख्तियार देखाउनेछन्। अनन्त कालदेखि आजसम्मका उहाँका हरेक वचनहरू पूरा हुनेछन् र घट्नेछन्। यसप्रकार, पृथ्वीमा परमेश्‍वरको महिमा हुनेछ—अर्थात, उहाँका वचनहरूले पृथ्वीमा शासन गर्नेछन्। सबै दुष्ट मानिसहरूलाई परमेश्‍वरको मुखबाट निस्केका वचनहरूद्वारा सजाय दिइनेछ, सबै धर्मीहरू उहाँको मुखबाट निस्केका वचनहरूद्वारा आशिषित हुनेछन्, र उहाँको मुखबाट निस्केका वचनहरूद्वारा सबै स्थापित हुनेछन् र पूर्ण पारिनेछन्। न त उहाँले कुनै सङ्केत वा चमत्कारहरू व्यक्त गर्नुहुनेछ; उहाँका वचनले सबै पूरा गर्नेछन्, र उहाँका वचनले तथ्यहरू उत्पन्न गर्दछन्। पृथ्वीमा भएका हरेकले परमेश्‍वरका वचनहरूको उत्सव मनाउनेछन्, चाहे तिनीहरू वयस्क हुन् वा बच्चा, पुरुष, महिला, वृद्ध वा जवान हुन्, सबै मानिसहरू परमेश्‍वरका वचनको अधीनमा समर्पित हुनेछन्। परमेश्‍वरका वचनहरू मानिसले पृथ्वीमा स्पष्ट र जीवन्त रूपमा देख्ने गरी देहमा देखा पर्दछन्। वचन देह बन्नुहुन्छ भन्नुको अर्थ यही हो। मुख्यतः “परमेश्‍वर शरीर बन्नुहुन्छ” भन्‍ने तथ्यलाई पूरा गर्न परमेश्‍वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्‍वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्‍नताविना देख्नेछन्। परमेश्‍वरको देहधारणको सर्वोच्च अर्थ यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्‍वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्‍वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्‍वरले मात्रै आत्माका अभिप्राय बताउन सक्नुहुन्छ, र देहका परमेश्‍वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्‍वरका वचनहरू देहधारी परमेश्‍वरमा स्पष्ट पारिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि स्वतन्त्र छैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; यस तरिकाले प्राप्त नगर्नेहरूले यदि स्वर्गबाट वाणीहरू पाउन सक्छौं भन्‍ने सोच्छन् भने, उनीहरूले दिवास्वप्न देखिरहेका छन्। देहधारी परमेश्‍वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्‍वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि अर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई विजय गर्न यो काम आफ्नो देहधारी देहले गर्नुहुनेछैन, तर देहधारी परमेश्‍वरको मुखबाट निस्केका वाणीहरू प्रयोग गरेर गर्नुहुन्छ; वचन देह हुनु भनेको यही मात्रै हो, र वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्‍वरले धेरै काम गर्नुभएको छैन—तर परमेश्‍वरले उहाँका वचन उच्चारण गर्नु मात्र पर्छ, र उनीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन् र अचम्मित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्‍वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्‍वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्‍वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने। वास्तवमा, मैले व्याख्या गर्नु आवश्यक छैन—पृथ्वीमा सहस्राब्दीय राज्यको आगमन हुनु भनेको पृथ्वीमा परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। स्वर्गबाट नयाँ यरूशलेममा ओर्लनु भनेको मानिसको बीचमा बस्न, मानिसको हरेक कार्य र उसको सबै आन्तरिक विचारहरूमा साथ दिनका लागि परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। यो पनि परमेश्‍वरले पूरा गर्नुहुने तथ्य नै हो; यो सहस्राब्दीय राज्यको सौन्दर्य हो। यो परमेश्‍वरले बनाउनुभएको योजना हो: उहाँका वचनहरू पृथ्वीमा एक हजार वर्षको लागि देखा पर्नेछन्, र तिनले उहाँका सबै कार्यहरू प्रकट गर्नेछन्, र पृथ्वीमा उहाँका सबै कामहरू पूरा गर्नेछन्, त्यसपछि मानवजातिको यो चरणको अन्त्य हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

अर्को:  कार्यका तीन चरणहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger