देहधारण

परमेश्‍वरका दैनिक वचनहरू  अंश ९९

“देहधारण” भनेको देहमा परमेश्‍वरको देखापराइ हो; परमेश्‍वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहका स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण, उहाँ परमेश्‍वरको देहधारण हुनुभएकाले, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सारमा नै देह बन्नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो। उहाँको देहधारी जीवन र कामलाई दुई चरणमा विभाजित गर्न सकिन्छ। पहिलो उहाँले आफ्नो सेवकाइ गर्नुभन्दा पहिले जिउने जीवन हो। उहाँ सामान्य मानव आवश्यकताहरू (गाँस, बास, कपास, आराम), सामान्य मानव कमजोरीहरू र सामान्य मानव भावनाहरूसहित, मानव जीवनका सामान्य नैतिकताहरू र नियमहरू पालन गर्दै, अत्यन्तै सामान्य मानवतामा साधारण मानव परिवारमा जिउनुहुन्छ। अर्को शब्दमा भन्दा, यो पहिलो चरणको अवधिमा उहाँ सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्न हुँदै, गैर-ईश्‍वरीय, पूर्ण रूपमा सामान्य मानवतामा जिउनुहुन्छ। दोस्रो चरण भनेको उहाँले आफ्‍नो सेवकाइ सुरु गर्नुभएपछि उहाँले जिउनुभएको जीवन हो। अलौकिकताको कुनै बाहिरी चिन्ह नदेखाईकन, उहाँ अझै पनि सामान्य मानव भेषसहितको यस सामान्य मानवतामा बास गर्नुहुन्छ। तैपनि उहाँ पूर्ण रूपमा आफ्नो सेवकाइको खातिर जिउनुहुन्छ, र यो समयावधिमा उहाँको ईश्‍वरत्वको सामान्य कार्यलाई कायम राख्नका लागि नै उहाँको सामान्य मानवता पूर्ण रूपमा अस्तित्वमा रहन्छ, किनभने त्यस बेलासम्म उहाँको सामान्य मानवता उहाँको सेवकाइ गर्न सक्ने बिन्दुसम्म परिपक्व भइसकेको हुन्छ। त्यसैले, उहाँको जीवनको दोस्रो चरण भनेको उहाँको सामान्य मानवतामा उहाँको सेवकाइ गर्नु हो, जुन बेला यो सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवैको जीवन हुन्छ। उहाँको जीवनको पहिलो चरणको अवधिमा, उहाँले पूर्ण रूपमा सामान्य मानवताको जीवन जिउनुको कारण के हो भने, उहाँको मानवता ईश्‍वरीय कार्यको पूर्णतालाई कायम राख्न अझै सक्षम भएको हुँदैन, परिपक्व भएको हुँदैन; उहाँको मानवता वृद्धि भएर परिपक्व भएपछि, आफ्नो सेवकाइको भार उठाउन सक्ने भएपछि मात्रै, उहाँ आफूले गर्नुपर्ने सेवकाइ गर्न तयार बन्न सक्नुहुन्छ। उहाँ भएकाले उहाँ वृद्धि हुन र परिपक्व हुन आवश्यक छ। त्यसकारण, उहाँको जीवनको पहिलो चरण सामान्य मानवताको जीवन हो, जबकि दोस्रो चरणमा, उहाँको मानवता उहाँको काम गर्न र उहाँको सेवकाइ प्रदर्शन गर्न सक्षम हुन्छ, त्यसैले उहाँको सेवकाइको अवधिमा देहधारी परमेश्‍वरले जिउनुहुने जीवन मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हो। उहाँको जन्म भएको क्षणदेखि नै देहधारी परमेश्‍वरले अलौकिक चिन्ह र आश्‍चर्यकर्महरू गर्दै औपचारिक रूपमा आफ्‍नो सेवकाइ सुरु गर्नुभएको भए, उहाँमा कुनै भौतिक सार हुने थिएन। त्यसकारण, उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन र मानवताविनाको व्यक्ति मानव होइन। यसरी, परमेश्‍वरको देहको मानवता परमेश्‍वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्‍वर देह बन्नुहुन्छ तब उहाँसँग ईश्‍वरत्व मात्र हुन्छ र मानवता हुँदैन” भन्नु भनेको ईश्‍वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन र यसले देहधारणको सिद्धान्तलाई उल्लङ्घन गर्छ। उहाँले आफ्‍नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेषसहित आफ्नो ईश्‍वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्‍वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको कर्ता उहाँको मानवतामा बास गर्ने ईश्‍वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्‍वरीयता काममा छ, तैपनि यो ईश्‍वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; सारमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्‍वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ भनेर कसैले भन्न सक्छ, किनभने परमेश्‍वर देहमा जीवित परमेश्वर बन्नुहुन्छ; उहाँसँग मानव भेष र मानव सार छ, अनि त्योभन्दा पनि उहाँसँग परमेश्‍वरको सार छ। उहाँ परमेश्‍वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्‍वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेषसहितका सबैमध्ये, मानवतासहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—अरू सबै सृजित मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवताबाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्न सकिन्छ तर उहाँको ईश्‍वरीयतालाई देख्न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्‍वरीयतालाई व्यक्त गरिने हुँदा र मानिसहरूले यसलाई कल्पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्‍वरको साँचो सारलाई बुझ्न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसबारे यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्‍ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्‍वर देह बन्नुहुने भएकोले, उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्‍वर स्वयम्, पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

परमेश्‍वरका दैनिक वचनहरू  अंश १००

येशूले पृथ्वीमा जिउनुभएको जीवन देहको सामान्य जीवन थियो। उहाँ आफ्नो देहको सामान्य मानवतामा जिउनुभयो। उहाँको अख्तियार—आफ्नो काम गर्नु र आफ्नो वचन बोल्नु वा बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई निकाल्‍नु, त्यस्ता असाधारण कुराहरू गर्नुले उहाँले आफ्नो सेवकाइ सुरु नगरुञ्‍जेलसम्‍म प्रायजसो, आफैलाई प्रकट गरेन। उनन्तीस वर्षभन्दा पहिलेको, उहाँले आफ्नो सेवकाइ गर्नुभन्दा पहिलेको उहाँको जीवन नै उहाँ सामान्य देहगत शरीर हुनुहुन्थ्यो भन्‍ने कुराको पर्याप्त प्रमाण थियो। यसकारणले गर्दा र उहाँले आफ्नो सेवकाइ अझै सुरु नगर्नुभएको कारणले, उहाँमा मानिसहरूले कुनै ईश्‍वरीय कुरा देखेनन्, सामान्य मानव, सामान्य मानिसबाहेक अरू केही पनि देखेनन्—जसरी त्यो समयमा, कतिपय मानिसहरूले उहाँ योसेफका पुत्र हुन् भन्‍ने ठान्थे। उहाँ सामान्य मानिसका छोरा हुनुहुन्छ भन्‍ने मानिसहरूले ठाने, उहाँ परमेश्‍वरका देहधारी शरीर हुनुहुन्छ भनेर भन्‍ने तिनीहरूसँग कुनै उपाय थिएन; आफ्नो सेवकाइको अवधिमा, उहाँले धेरै आश्‍चर्यकर्महरू गर्नुहुँदा समेत, धेरैजसो मानिसहरूले उहाँ योसेफका पुत्र हुनुहुन्छ भनेर भने, किनभने उहाँ सामान्य मानवताको बाहिरी भेषसहितका ख्रीष्ट हुनुहुन्थ्यो। उहाँको सामान्य मानवता र उहाँको कार्य दुवै नै पहिलो देहधारणको महत्त्वलाई पूरा गर्न, परमेश्‍वर पूर्ण रूपमा देहमा आउनुभएको छ, उहाँ पूर्ण रूपमा सामान्य मानिस बन्नुभएको छ भन्‍ने प्रमाणित गर्नको लागि अस्तित्वमा थिए। उहाँले आफ्नो काम सुरु गर्नुभन्दा पहिलेको उहाँको सामान्य मानवता उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने कुराको प्रमाण थियो; र त्यसपश्‍चात उहाँले काम गर्नुभयो भन्‍ने कुराले पनि उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने प्रमाणित गऱ्यो, किनभने उहाँले सामान्य मानवतासहितको देहमा चिन्हहरू र आश्चर्यका कामहरू गर्नुभयो, बिरामीहरूलाई चङ्गाइ गर्नुभयो र भूतात्माहरूलाई निकाल्नुभयो। उहाँले आश्‍चर्यकर्महरू गर्न सक्नुको कारण के थियो भने, उहाँको देहमा परमेश्‍वरको अख्तियार थियो, परमेश्‍वरका आत्मालाई धारण गरिएको देह थियो। परमेश्‍वरका आत्माको कारण उहाँमा यो अख्तियार थियो र यसको अर्थ उहाँ देह हुनुहुन्न भन्‍ने थिएन। बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई निकाल्नु उहाँले आफ्नो सेवकाइमा गर्नुपर्ने काम थियो, यो उहाँको मानवतामा लुकेको उहाँको ईश्‍वरीयताको अभिव्यक्ति थियो र उहाँले जुन चिन्हहरू देखाउनुभए तापनि वा उहाँले आफ्नो अख्तियारलाई जसरी प्रदर्शन गर्नुभए तापनि, उहाँ सामान्य मानवतामा नै जिउनुभयो र सामान्य देह नै हुनुहुन्थ्यो। उहाँ क्रूसमा मर्नुभएपछि पुनरुत्थान भइञ्जेलसम्म, उहाँले सामान्य देहमा नै बास गर्नुभयो। अनुग्रह प्रदान गर्नु, बिरामी निको पार्नु र भूतात्माहरूलाई धपाउनु सबै उहाँको सेवकाइका भाग थिए, ती सबै उहाँले आफ्नो सामान्य देहमा गर्नुभएका काम थिए। उहाँ क्रूसमा टाङिग्नुभन्दा पहिले, चाहे जेसुकै काम गर्दा होस्, उहाँ आफ्नो सामान्य मानव देहबाट कहिल्यै अलग हुनुभएन। उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, उहाँले परमेश्‍वर स्वयम्‌को काम गर्दै हुनुहुन्थ्यो, तैपनि उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुभएकोले, उहाँले खाना खानुभयो र वस्त्र लगाउनुभयो, उहाँका सामान्य मानवीय आवश्यकताहरू थिए, सामान्य मानव तर्क र सामान्य मानव मन थियो। यी सबै नै उहाँ सामान्य मानिस हुनुहुन्थ्यो भन्‍ने कुराको प्रमाण थिए, जसले परमेश्‍वरको देहधारी शरीर सामान्य मानवतासहितको देह थियो, अलौकिक होइन भन्‍ने कुराको प्रमाण दिए। उहाँको काम परमेश्‍वरको पहिलो देहधारणको कामलाई समाप्त गर्नु, पहिलो देहधारणले गर्नुपर्ने सेवकाइलाई पूरा गर्नु थियो। देहधारणको महत्त्व भनेको साधारण, सामान्य मानिसले परमेश्‍वर स्वयमको काम गर्छ भन्‍ने हो; अर्थात्, परमेश्‍वरले आफ्नो ईश्‍वरीय काम मानवतामा गर्नुहुन्छ र जसद्वारा उहाँले शैतानलाई जित्नुहुन्छ। देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्नुहुन्छ, अर्थात्, परमेश्‍वर देह बन्नुहुन्छ भन्‍ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन काम देहमा साकार हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्‍वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्‍वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्‍वरीय कामलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्‍वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्मनेबित्तिकै उहाँले आश्‍चर्यकर्महरू गर्न सक्नुभएको भए, उहाँले बोल्न सिक्नेबित्तिकै उहाँले स्वर्गको भाषा बोल्न सक्नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्नुभएकै क्षणमा सारा सांसारिक कुराहरूलाई बुझ्न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्न सक्नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्न सकिँदैन थियो र त्यस्तो देहलाई मानव देह भनेर भन्न सकिँदैन थियो। यदि ख्रीष्टको अवस्था यस्तो भएको भए, परमेश्‍वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्‍ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्‍ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने कुरालाई थप प्रदर्शन गर्छ; यसका साथै, उहाँ परमेश्‍वरको वचन, परमेश्‍वरका आत्मा नै देह हुनुभएको हो भन्‍ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ। उहाँको कामका आवश्यकताहरूको कारण परमेश्‍वर देह बन्नुहुन्छ; अर्को शब्दमा भन्दा, कामको यो चरणलाई देहमा नै गरिनुपर्छ, सामान्य मानवतामा नै गरिनुपर्छ। “वचन देह बन्नुहुन्छ,” “वचन देहमा देखा पर्नुहुन्छ”को पूर्वसर्त यही नै हो र परमेश्‍वरका दुईवटा देहधारणहरूको पछाडिको साँचो कथा यही नै हो। येशूले आफ्नो जीवनभरि आश्‍चर्यकर्महरू गर्नुभयो, पृथ्वीमा उहाँको काम समाप्त नभइञ्जेलसम्म उहाँले मानवताको कुनै चिन्ह देखाउनुभएन, उहाँसँग सामान्य मानव आवश्यकताहरू वा कमजोरीहरू वा मानव भावनाहरू थिएनन्, जीवनका आधारभूत आवश्यकताहरू थिएनन् वा सामान्य मानव विचार गर्न खाँचो थिएन भनेर मानिसहरूले विचार गर्न सक्छन्। उहाँमा महामानवीय विचार, सर्वश्रेष्ठ मानवता मात्रै छ भन्‍ने कल्पना तिनीहरू गर्छन्। उहाँ परमेश्‍वर हुनुभएकोले, उहाँले सामान्य मानवले जस्तो विचार गर्नुहुन्न र त्यसरी जिउनुहुन्न, सामान्य मानिस, वास्तविक मानिसले मात्रै सामान्य मानव विचारहरू सोच्न सक्छ र सामान्य मानव जीवन जिउन सक्छ भन्‍ने विश्‍वास तिनीहरू गर्छन्। यी सबै मानव विचारहरू र मानव धारणाहरू हुन्, र यी धारणाहरू परमेश्‍वरको कामका मूल अभिप्रायहरूका विपरीत बहन्छन्। सामान्य मानव सोचाइले सामान्य मानव तर्क र सामान्य मानवतालाई कायम राख्छ; सामान्य मानवताले देहका सामान्य कार्यहरूलाई कायम राख्छ; र देहका सामान्य कार्यहरूले देहको सामान्य जीवनलाई यसको पूर्णतामा सक्रिय गर्छ। त्यस्तो देहमा काम गरेर मात्रै परमेश्‍वरले आफ्नो देहधारणको उद्देश्यलाई पूरा गर्न सक्नुहुन्छ। यदि देहधारी परमेश्‍वरको देहको बाहिरी भेष मात्रै थियो तर सामान्य मानव विचारहरू सोच्नुहुन्नथियो भने, यो देहमा मानव तर्क हुने थिएन, वास्तविक मानवता हुने कुरा त परै जाओस्। मानवताविनाको यस्तो देहले कसरी देहधारी परमेश्‍वरले गर्नुपर्ने सेवकाइलाई पूरा गर्न सक्नुहुन्छ? सामान्य मनले मानव जीवनका सम्पूर्ण पक्षहरूलाई कायम राख्न सक्छ; सामान्य मनविना, व्यक्ति मानव हुने थिएन। अर्को शब्दमा भन्दा, सामान्य विचारहरू सोच्न नसक्ने व्यक्ति मानसिक रोगी हो र मानवता नभएको तर ईश्‍वरीयता मात्रै भएको ख्रीष्टलाई परमेश्‍वरको देहधारी शरीर भन्न सकिँदैन। त्यसकारण, परमेश्‍वरको देहधारी शरीरमा कसरी सामान्य मानवता नहुन सक्छ? ख्रीष्टमा कुनै मानवता छैन भनेर भन्नु के ईश्‍वरनिन्दा हुँदैन र? मानिसहरू संलग्न हुने सबै क्रियाकलापहरू सामान्य मानव मनको संचालनमा निर्भर हुन्छ। योविना, मानिसहरूले छाडा व्यवहार गर्नेथिए; तिनीहरूले कालो र सेतो, असल र खराबबीचको भिन्नतालाई समेत छुट्याउन सक्दैन थिए; र तिनीहरूमा कुनै पनि मानव नैतिकता र सदाचार सिद्धान्तहरू हुने थिएन। त्यसरी नै, यदि देहधारी परमेश्‍वरले सामान्य मानवले जस्तो विचार गर्नुहुन्‍न थियो भने, उहाँ वास्तविक देह, सामान्य देह हुनुहुनेथिएन। विना-सोचाइको त्यस्तो देहले ईश्‍वरीय कामलाई लिन सक्ने थिएन। उहाँ सामान्य देहका क्रियाकलापहरूमा सामान्य रूपमा संलग्न हुन सक्षम हुनुहुनेथिएन, पृथ्वीमा मानिसहरूसँग एकसाथ जिउने कुरा त परै जाओस्। अनि त्यसैले, परमेश्‍वरको देहधारणको महत्त्व, परमेश्‍वर देहमा आउनुको खास सार नै हराउने थियो। देहधारी परमेश्‍वरको मानवता देहमा सामान्य ईश्‍वरीय कार्यलाई कायम राख्नको लागि अस्तित्वमा छ; उहाँको सामान्य मानव सोचाइले उहाँको सामान्य मानवता र उहाँका सबै सामान्य भौतिक क्रियाकलापहरूलाई कायम राख्छ। उहाँको सामान्य मानव सोचाइ देहमा परमेश्‍वरका सारा कार्यलाई कायम राख्नको लागि अस्तित्वमा छ भनेर भन्न सकिन्छ। यदि यो देहमा सामान्य मानव मन थिएन भने, परमेश्‍वरले देहमा काम गर्न सक्नुहुनेथिएन, र उहाँले देहमा जे गर्नु आवश्यक छ त्यसलाई कहिल्यै पनि पूरा गर्न सकिँदैन थियो। देहधारी परमेश्‍वरमा सामान्य मानव मन भए तापनि, उहाँको काम मानव विचारद्वारा मिलावट भएको छैन; उहाँले मानव मन भएको मानवता धारण गर्ने पूर्वसर्तसहित, सामान्य मनसहित मानवतामा काम गर्नुहुन्छ, सामान्य मानव विचारको अभ्यासद्वारा होइन। उहाँका देहका विचारहरू जति नै उत्कृष्ट भए तापनि, उहाँको काम तर्क वा विचारबाट कलङ्कित छैन। अर्को शब्दमा भन्दा, उहाँको काम उहाँको देहको मनद्वारा पैदा भएको हुँदैन तर यो उहाँको मानवतामा ईश्‍वरीय कार्यको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँका सबै काम उहाँले पूरा गर्नैपर्ने सेवकाइ हो र यीमध्ये कुनै पनि उहाँको मस्तिष्कमा पैदा हुँदैन। उदाहरणको लागि, बिरामीलाई चङ्गाइ गर्नु, भूतात्माहरूलाई निकाल्नु, क्रूसीकरण उहाँको मानव मनका उपजहरू थिएनन् र मानव मन भएको कुनै पनि मानिसले ती हासिल गर्न सक्ने थिएन। त्यसरी नै, आजको विजयको काम देहधारी परमेश्‍वरले पूरा गर्नैपर्ने काम हो तर यो मानव इच्छाको काम होइन, यो उहाँको ईश्‍वरीयताले गर्नुपर्ने काम हो, जुन काम गर्न कुनै पनि देहगत मानिस सक्षम छैन। त्यसैले देहधारी परमेश्‍वरमा सामान्य मानव मन हुनैपर्छ, सामान्य मानवता हुनैपर्छ, किनभने उहाँले सामान्य मनसहितको मानवतामा नै आफ्नो काम गर्नुपर्छ। देहधारी परमेश्‍वरको कामको सार, देहधारी परमेश्‍वरको सार यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०१

येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्‍वर हुनुहुन्थ्यो भनेर कसैले भन्न सकेन, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर कसैले पत्ता लगाएन; उहाँ पूर्ण रूपमा साधारण मानिस हुनुहुन्छ भन्‍ने मात्रै मानिसहरूलाई थाहा थियो। उहाँको पूर्ण सामान्य, साधारण मानवता नै परमेश्‍वर शरीरमा देहधारी हुनुभएको थियो र अनुग्रहको युग देहधारी परमेश्‍वरको कामको युग थियो, आत्माको कामको युग थिएन भन्‍ने कुराको प्रमाण थियो। यो परमेश्‍वरका आत्मा पूर्ण रूपमा देहमा प्रकट हुनुभयो, परमेश्‍वरको देहधारणको युगमा उहाँको देहले आत्माका सबै कार्य गर्नेथियो भन्‍ने कुराको प्रमाण थियो। सामान्य मानवतासहितका ख्रीष्ट त्यो देह हो जसमा आत्मा साकार हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य समझ र मानव विचार छ। “साकार हुनु” भनेको परमेश्‍वर मानिस बन्नु, आत्मा देह बन्नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवतासहितको देहमा परमेश्‍वर स्वयम् वास गर्नु हो र यसद्वारा उहाँले आफ्नो ईश्‍वरीय कामलाई व्यक्त गर्नुहुन्छ—साकार हुनु वा देहधारी हुनुको अर्थ यही नै हो। उहाँको पहिलो देहधारणको अवधिमा, परमेश्‍वरले बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई धपाउनु अत्यावश्यक थियो, किनभने उहाँको काम उद्धार गर्नु थियो। सारा मानवजातिलाई उद्धार गर्नको लागि, उहाँ करुणामय र क्षमाशील बन्नु आवश्यक थियो। उहाँलाई क्रूसमा मारिनुभन्दा पहिले उहाँले गर्नुभएको काम बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई निकाल्नु थियो, जुन मानिसलाई पाप र भ्रष्टताबाट गरिने मुक्तिको पूर्वाभास थियो। यो अनुग्रहको युग भएकोले उहाँले बिरामीलाई निको पार्नु आवश्यक थियो, त्यसद्वारा चिन्हहरू र आश्चर्यका कामहरू देखाउनुभयो, जुन त्यस युगको अनुग्रहको प्रतिनिधि थिए—किनभने अनुग्रहको युग अनुग्रह दिनुसँग सम्बन्धित थियो, जुन शान्ति, आनन्द र भौतिक आशिषहरू अर्थात् येशूमाथि मानिसहरूको विश्‍वासका निशानीहरूको प्रतीक थियो। भन्नुको अर्थ, बिरामीलाई चङ्गाइ गर्ने, भूतात्माहरूलाई निकाल्ने र अनुग्रह प्रदान गर्ने काम अनुग्रहको युगमा येशूको देहमा जन्मजातै पाउनुभएका क्षमताहरू थिए, ती देहमा प्रकट भएका आत्माको काम थिए। तर जबकि उहाँले त्यस्तो काम गरिरहनुभएको बेलामा, उहाँ देहमा जिइरहनुभएको थियो, र त्यसले देहलाई नाघेन। उहाँले जस्तोसुकै प्रकारको चङ्गाइ गर्नुभए तापनि, उहाँमा सामान्य मानवता नै थियो, उहाँले सामान्य मानव जीवन नै जिउनुभयो। परमेश्‍वरको देहधारणको युगको अवधिमा देहले आत्माको सबै काम गऱ्यो भनेर मैले भन्‍नुको कारण के हो भने, उहाँले जे काम गर्नुभए तापनि, उहाँले यो देहमा नै गर्नुभयो। तर उहाँको कामको कारणले गर्दा, मानिसहरूले उहाँको देहलाई पूर्ण रूपमा भौतिक सार भएको देहको रूपमा ठानेनन्, किनभने यो देहले अचम्मका कामहरू गर्न सक्थ्यो र विशेष क्षणहरूमा देहको क्षमताबाहिरका कुराहरू गर्न सक्थ्यो। अवश्य नै, यी सबै घटनाहरू उहाँले आफ्नो सेवकाइलाई सुरु गर्नुभन्दा पहिले नै घटे, जस्तै उहाँलाई चालीस दिनसम्म प्रलोभनमा पारिनु वा पर्वतमा उहाँको रूप परिवर्तन हुनु। त्यसकारण येशूमा, परमेश्‍वरको देहधारणको अर्थ पूर्ण भएन तर यो आंशिक रूपमा मात्रै पूरा भयो। आफ्नो काम सुरु गर्नुभन्दा पहिले उहाँले देहमा जिउनुभएको जीवन सबै पक्षहरूमा अत्यन्तै सामान्य थियो। उहाँले काम सुरु गर्नुभएपछि आफ्नो देहको बाहिरी भेष मात्रै कायम राख्नुभयो। उहाँको काम ईश्‍वरीयताको अभिव्यक्ति थियो, त्यसकारण यसले देहका सामान्य कार्यहरूलाई नाघ्यो। आखिर, परमेश्‍वरको देहधारी शरीर मासु र रगतको मानवभन्दा फरक थियो। अवश्य नै, उहाँको दैनिक जीवनमा, उहाँलाई खाना, वस्त्र, निद्रा र बासको आवश्यकता पऱ्यो, उहाँलाई सबै सामान्य आवश्यकताहरूको खाँचो भयो र उहाँमा सामान्य मानवको जस्तै चेतना थियो र उहाँले सामान्य मानवले जस्तै सोच्नुभयो। मानिसहरूले उहाँलाई सामान्य मानिसको रूपमा नै लिन्थे, उहाँले गर्ने काम मात्र अलौकिक थियो। वास्तवमा, उहाँले जे गर्नुभए तापनि, उहाँ सामान्य र साधारण मानवतामा जिउनुभयो, र काम गर्ने क्रममा, उहाँको चेतना निश्चित रूपमा सामान्य हुन्थ्यो, उहाँका विचारहरू निश्चित रूपमा अरू कुनै पनि सामान्य मानिसको भन्दा स्पष्ट हुन्थे। देहधारी परमेश्‍वरमा त्यस्तो सोचाइ र चेतना हुनु अत्यावश्यक थियो, किनभने ईश्‍वरीय कार्यलाई त्यस देहद्वारा व्यक्त गरिनु आवश्यक थियो जसको चेतना अत्यन्तै सामान्य हुन्थे र जसका विचारहरू अत्यन्तै स्पष्ट हुन्थे—यसरी मात्रै उहाँको देहले ईश्‍वरीय कामलाई व्यक्त गर्न सक्थ्यो। येशूले पृथ्वीमा बिताउनुभएको साढे तेत्तीस वर्षको अवधिभरि आफ्नो सामान्य मानवतालाई कायम राख्नुभयो तर साढे तीन वर्षको उहाँको सेवकाइको अवधिमा उहाँले गर्नुभएको कामको कारण, उहाँ अत्यन्तै सर्वोच्च हुनुहुन्छ, उहाँ पहिलेभन्दा अत्यन्तै अलौकिक हुनुहुन्छ भन्‍ने मानिसहरूले ठाने। वास्तवमा, येशूको सामान्य मानवता उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभन्दा पहिले र पछि अपरिवर्तित नै रह्यो; यो अवधिमा उहाँको मानवता उस्तै रह्यो तर उहाँको सेवकाइभन्दा पहिले र पछिको भिन्नताको कारणले गर्दा, उहाँको देहको विषयमा दुईवटा फरक विचारहरू प्रकट भए। मानिसहरूले जे विचार गरे तापनि, देहधारी परमेश्‍वरले आफ्नो मूल, सामान्य मानवतालाई सम्पूर्ण समय नै कायम राख्नुभयो, किनभने परमेश्‍वर देहधारी हुनुभएको हुनाले, उहाँ देह, सामान्य मानवता भएको देहमा जिउनुभयो। चाहे उहाँले आफ्नो सेवकाइ गरिरहेका होऊन् वा नहोऊन्, उहाँको देहको सामान्य मानवतालाई हटाउन सकिएन, किनभने देहको आधारभूत सार मानवता नै हो। येशूले आफ्नो सेवकाइ गर्नुभन्दा पहिले, सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्न हुने क्रममा, उहाँको देह पूर्ण रूपमा सामान्य नै रह्यो; उहाँ अलिकति पनि अलौकिक देखिनुभएन, उहाँले कुनै पनि आश्चर्यजनक चिन्हहरू देखाउनुभएन। त्यो समयमा, उहाँ अत्यन्तै सामान्य मानिस मात्रै हुनुहुन्थ्यो जसले परमेश्‍वरको आराधना गर्थ्यो, यद्यपि उहाँको खोजी कसैको भन्दा अझै इमानदार, अझै निष्कपट थियो। उहाँको अत्यन्तै सामान्य मानवताले आफैलाई यसरी नै प्रकट गऱ्यो। आफ्नो सेवकाइलाई लिनुभन्दा पहिले उहाँले कुनै पनि काम नगर्नुभएको हुनाले, उहाँको पहिचानबारे कसैलाई पनि थाहा थिएन, उहाँको देह अरू सबैको भन्दा फरक छ भनेर कसैले पनि भन्न सकेन, किनभने उहाँले एउटै पनि आश्चर्यकर्म गर्नुभएन, परमेश्‍वर स्वयमको एउटै पनि काम गर्नुभएन। तैपनि, उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभएपछि, उहाँले सामान्य मानवताको बाहिरी भेषलाई कायम राख्नुभयो र सामान्य मानव चेतनामा नै जिउनुभयो तर उहाँले परमेश्‍वर स्वयमको कामलाई सुरु गर्नुभएको, ख्रीष्टको सेवकाइलाई लिनुभएको र मरणशील प्राणीहरू, मासु र रगतका मानिसहरूले गर्न नसक्ने काम गर्नुभएकोले, उहाँसँग सामान्य मानवता थिएन र उहाँ पूर्ण रूपमा सामान्य देह हुनुहुन्‍नथियो, तर अपूर्ण देह हुनुहुन्थ्यो भन्‍ने अनुमान मानिसहरूले गरे। उहाँले गर्नुभएको कामको कारणले गर्दा, उहाँ देहमा प्रकट हुनुभएका परमेश्‍वर हुनुहुन्छ जसमा सामान्य मानवता छैन भनेर मानिसहरूले भने। त्यस किसिमको बुझाइ भ्रमपूर्ण छ, किनभने मानिसहरूले परमेश्‍वरको देहधारणको महत्त्वलाई बुझेनन्। यो भ्रमपूर्ण बुझाइ देहमा हुनुभएका परमेश्‍वरले व्यक्त गर्नुभएको काम सामान्य मानवतासहितको देहमा व्यक्त गरिएको ईश्‍वरीय काम हो भन्‍ने तथ्यबाट उठ्यो। परमेश्‍वरले देहधारण गर्नुभएको थियो, उहाँ देहमा बास गर्नुभयो र मानवतामा उहाँले गर्नुभएको उहाँको काम उहाँको मानवताको सामान्यतालाई अस्पष्ट पाऱ्यो। यस कारणले गर्दा, मानिसहरूले परमेश्‍वरमा मानवता छैन तर ईश्‍वरीयता मात्रै छ भन्‍ने विश्‍वास गरे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०२

आफ्नो पहिलो देहधारणमा परमेश्‍वरले देहधारणको कार्य पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरण मात्रै पूरा गर्नुभयो जुन देहमा हुनुभएको परमेश्‍वरले निर्वाह गर्नुपर्थ्यो। त्यसैले, देहधारणको काम पूरा गर्न, परमेश्वर एकपटक फेरि देहमा फर्कनुभएको छ, उहाँ देहका सारा सामान्यता र व्यावहारिकता जिउनुहुन्छ, अर्थात्, परमेश्वरका वचनलाई सबैभन्दा सामान्य र साधारण देहमा प्रकट गराउनुहुन्छ, यसरी उहाँले देहमा अझै पूरा गर्न बाँकी काम समापन गर्नुहुन्छ। दोस्रो देहधारी देहसँग पहिलोजस्तै सार छ, तर उहाँ पहिलोभन्दा अझै व्यावहारिक, अझै सामान्य हुनुहुन्छ। परिणामस्वरूप, दोस्रो देहधारी शरीरले सामना गर्ने कष्ट पहिलोको भन्दा ठूलो छ, तर यो कष्ट उहाँको देहको सेवकाइको परिणाम हो, जुन भ्रष्ट मानिसको कष्टजस्तो छैन। यो उहाँको देहको सामान्यता र व्यावहारिकताबाट पनि निस्किआउँछ। उहाँले आफ्नो सेवकाइ अत्यन्तै सामान्य र व्यावहारि देहमा गर्नुहुने हुँदा, देहले अत्यन्तै धेरै कठिनाइको सामना गर्नुपर्छ। यो देह जति सामान्य र जति व्यावहारिक छ, उहाँले आफ्नो सेवकाइ गर्ने क्रममा त्यति नै बढी कष्ट भोग्नुहुनेछ। परमेश्‍वरको कामलाई अत्यन्तै सामान्य देहमा व्यक्त गरिएको छ, जुन अलौकिक छँदै छैन। उहाँको देह सामान्य छ र यसले मानिसलाई मुक्त गर्ने कार्यको भारलाई पनि बोक्नुपर्ने भएकोले, उहाँले अलौकिक देहले भन्दा पनि बढी कष्ट भोग्नुपर्छ—अनि यी सबै कष्ट उहाँको देहको व्यावहारिकता र सामान्यताबाट आउँछ। आफ्ना सेवकाइहरू गर्ने क्रममा दुई देहधारी शरीरहरूले सामना गरेका कष्टबाट, देहधारी शरीरको सारलाई देख्न सकिन्छ। देह जति सामान्य छ, काम गर्ने क्रममा उहाँले त्यति नै ठूलो कष्ट भोग्नुपर्छ; काम गर्ने देह जति व्यावहारिक छ, मानिसहरूको धारणा त्यति नै कठोर हुन्छ र उहाँमा त्यति नै खतराहरू पर्ने सम्भावना हुन्छ। तैपनि, देह जति व्यावहारिक छ र देहमा सामान्य मानवका आवश्यकताहरू र पूर्ण चेतना जति हुन्छ, परमेश्‍वरको कामलाई देहमा लिन उहाँ त्यति नै सक्षम हुनुहुन्छ। येशू देहको माध्यमद्वारा क्रूसमा टाँगिनुभयो, र उहाँले देहको माध्यमद्वारा पापबलिका रूपमा सेवा गर्नुभयो, अर्थात्त्यो सामान्य मानवतासहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्नुभयो र मानिसलाई क्रूसबाट पूर्ण रूपमा मुक्ति दिनुभयो। पूर्ण देहको माध्यमद्वारा नै दोस्रो देहधारणले विजयको काम गर्नुहुन्छ र शैतानलाई पराजित गर्नुहुन्छ। पुर्ण रूपमा सामान्य र व्यावहारिक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ। भन्नुको अर्थ, मानिसको विजयले देहमा हुनुभएका परमेश्‍वरको व्यावहारिकता र सामान्यताद्वारा आफ्नो परिणामप्राप्त गर्छ, अलौकिक आश्‍चर्यकर्महरू र प्रकाशहरूद्वारा होइन। यस देहधारी परमेश्‍वरले निर्वाह गरेको सेवकाइ बोल्नु हो, र उहाँले बोलीद्वारा नै मानिसलाई विजय गर्नुहुन्छ र सिद्ध पार्नुहुन्छ; अर्को शब्दमा भन्दा, देहमा साकार हुने आत्माको काम बोल्नु हो र देहको काम बोल्नु हो, त्यसद्वारा मानिसलाई पूर्ण रूपमा विजय गर्ने, प्रकट गर्ने, सिद्ध पार्ने र हटाउने उद्देश्य प्राप्त हुन्छ। त्यसैले, विजयको काममा नै परमेश्‍वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। मानिसका पापका लागि पहिलोपटक गरिएको प्रायश्चितको काम देहधारणको कामको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले मात्र देहधारणको सम्पूर्ण कामलाई पूरा गर्छ। लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुन्छ र यसले परमेश्‍वरसम्बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्‍वर पुरुष र स्त्री दुवै बन्न सक्नुहुन्छ र वास्तवमा, देहधारी परमेश्‍वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन। कामको यो चरणमा, परमेश्‍वरले चिन्हहरू र आश्चर्यका कामहरू गर्नुहुन्न, ताकि त्यो कामले वचनको माध्यमद्वारा यसका परिणामहरूलाई हासिल गर्न सक्‍नेछ। यसका साथै, यसको कारण के हो भने, यस पटक देहधारी परमेश्‍वरको काम भनेको बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन तर बोलेर मानिसलाई जित्नु हो, भन्नुको अर्थ परमेश्‍वरको यस देहधारी शरीरमा भएको जन्मजात क्षमता भनेको वचन बोल्नु र मानिसलाई जित्नु हो, बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन। सामान्य मानवतामा उहाँको काम भनेको आश्‍चर्यकर्महरू गर्नु होइन, बिरामी निको पार्नु र भूतात्माहरू धपाउनु होइन, तर बोल्नु हो र त्यसकारण दोस्रो देहधारी शरीर मानिसहरूका लागि पहिलोभन्दा अझै सामान्य देखिन्छ। परमेश्‍वरको देहधारण झूट होइन भन्‍ने मानिसहरूले देख्छन्; तर यस देहधारी परमेश्‍वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ र उहाँहरू दुवै देहधारी परमेश्‍वर हुनुभए तापनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्न। येशूमा सामान्य मानवता, साधारण मानवता थियो तर उहाँले धेरै चिन्हहरू र आश्‍चर्यकर्महरू गर्नुभयो। यस देहधारी परमेश्‍वरमा, मानव आँखाले कुनै चिन्हहरू वा आश्चर्यका कामहरू देख्नेछैन, न त बिरामीलाई निको पारेको न त भूतात्माहरूलाई निकालेको, न त समुद्रमा हिँडेको न त चालीस दिनसम्म उपवास बसेको नै देख्नेछ…। येशूले गर्नुभएको काम उहाँले गर्नुहुन्नु, वास्तवमा उहाँको देह येशूको भन्दा फरक भएर होइन तर बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँले उहाँको आफ्नै कामलाई तोड्नुहुन्न, उहाँको आफ्नै कामलाई वाधा दिनुहुन्नु। उहाँले मानिसलाई आफ्ना व्यावहारिक वचनहरूद्वारा जित्नुहुने हुँदा, उहाँले आश्चर्यकर्महरूद्वारा जित्नुको कुनै आवश्यकता पर्दैन, त्यसैले यो चरण भनेको देहधारणको कामलाई पूरा गर्नु हो। तैँले आज देख्ने देहधारी परमेश्‍वर पूर्ण रूपमा देह हुनुहुन्छ र उहाँबारे केही पनि अलौकिक छैन। उहाँ अरूझैँ बिरामी पर्नुहुन्छ, अरूलाई जस्तै उहाँलाई खाने कुरा र वस्त्र चाहिन्छ; उहाँ पूर्ण रूपमा देह हुनुहुन्छ। यदि यो समयमा, देहधारी परमेश्‍वरले अलौकिक चिन्हहरू र आश्चर्यका कामहरू गर्नुभयो भने, यदि उहाँले बिरामीलाई निको पार्नुभयो, भूतात्माहरूलाई निकाल्नुभयो वा एउटै वचनले मार्न सक्नुभयो भने, विजयको कामलाई कसरी अघि बढाउन सकिन्थ्यो? अन्यजाति राष्ट्रहरूमा कसरी काम फैलाउन सकिन्छ? बिरामीलाई चङ्गाइ गर्ने र भूतात्माहरूलाई निकाल्ने काम अनुग्रहको युगको काम थियो, यो छुटकाराको कामको पहिलो चरण थियो र अब परमेश्‍वरले मानिसलाई क्रूसबाट मुक्त गरिसक्‍नुभएको हुनाले, उहाँले अब उप्रान्त त्यो काम गर्नुहुन्न। यदि, आखिरी दिनहरूको अवधिमा, बिरामीलाई चङ्गाइ गर्ने, भूतात्माहरूलाई धपाउने अनि मानिसको लागि क्रूसमा टाँगिने येशूजस्तै “परमेश्‍वर” देखा पर्नुभयो भने, यो बाइबलमा दिइएको परमेश्‍वरको व्याख्यासँग मिल्ने र मानिसले सहजै स्वीकार गर्ने भए पनि, त्यो “परमेश्‍वर”, परमेश्‍वरका आत्माद्वारा होइन तर दुष्ट आत्माद्वारा धारण गरिएको देह हुने थियो। किनभने उहाँले जे पहिले नै पूरा गरिसक्‍नुभएको छ त्यसलाई फेरि नदोहोऱ्याउनु परमेश्‍वरको कामको सिद्धान्त नै हो। त्यसकारण, परमेश्‍वरको दोस्रो देहधारणको काम पहिलोको कामभन्दा फरक छ। आखिरी दिनहरूमा, परमेश्‍वरले विजयको कामलाई सामान्य, साधारण देहमा प्रकट गर्नुहुन्छ; उहाँले बिरामीलाई निको पार्नुहुन्न, उहाँ मानिसको लागि क्रूसमा मारिनुहुनेछैन तर देहमा वचनहरू मात्रै बोल्नुहुन्छ र देहमा मानिसलाई विजय गर्नुहुन्छ। त्यस्तो देह मात्रै परमेश्‍वरको देहधारी शरीर हो; त्यस्तो देहले मात्रै परमेश्‍वरको कामलाई देहमा पूरा गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०३

चाहे यस चरणमा देहधारी परमेश्‍वरले कष्ट भोगिरहनुभएको होस् वा आफ्‍नो सेवकाइ गरिरहनुभएको होस्, उहाँले देहधारणको अर्थलाई पूरा गर्न त्यसो गर्नुहुन्छ, किनभने यो परमेश्‍वरको अन्तिम देहधारण हो। परमेश्‍वर दुई पटक मात्रै देहधारी हुन सक्‍नुहुन्छ। तेस्रो पटक हुन सक्दैन। पहिलो देहधारण पुरुष हुनुहुन्थ्यो, दोस्रो स्त्री हुनुहुन्छ र त्यसैले परमेश्‍वरको देहको स्वरूप मानिसको मनमा पूरा हुन्छ; यसको साथै, दुई देहधारणहरूले पहिले नै परमेश्‍वरको कामलाई देहमा पूरा गरिसक्नुभएको छ। पहिलो पटक, देहधारणको अर्थलाई पूरा गर्नको लागि देहधारी परमेश्‍वरले सामान्य मानवतालाई धारण गर्नुभयो। यस पटक पनि उहाँले सामान्य मानवतालाई धारण गर्नुहुन्छ तर यो देहधारणको अर्थ फरक छ: यो अझै गहिरो छ र उहाँको काम अझै गहन महत्त्वको छ। परमेश्‍वर एक पटक फेरि देह बन्नुको कारण भनेको देहधारणको अर्थलाई पूरा गर्नु हो। जब परमेश्‍वरले उहाँको कामको यो चरणलाई पूर्ण रूपमा पूरा गर्नुभयो, देहधारणको सम्पूर्ण अर्थ अर्थात् देहमा परमेश्‍वरको कार्य पूरा हुनेछ र देहमा गर्नको लागि थप कुनै काम हुनेछैन। भन्नुको अर्थ, अबदेखि उसो आफ्नो काम गर्नको लागि परमेश्‍वर फेरि कहिल्यै देहमा आउनुहुनेछैन। मानवजातिलाई मुक्त गर्न र सिद्ध गर्न मात्रै परमेश्‍वरले देहधारणको काम गर्नुहुन्छ। अर्को शब्दमा भन्दा, कामको खातिरबाहेक, देहमा आउनु परमेश्‍वरको लागि सामान्य होइन। काम गर्नको लागि देहमा आएर, उहाँले शैतानलाई देखाउनुहुन्छ कि, परमेश्‍वर देह हुनुहुन्छ, सामान्य व्यक्ति, साधारण व्यक्ति हुनुहुन्छ—तैपनि उहाँले संसारलाई पराजित गर्न सक्नुहुन्छ, शैतानलाई पराजित गर्न, मानवजातिलाई छुटकारा दिन, र मानवजातिलाई विजय गर्न सक्नुहुन्छ! शैतानको कामको उद्देश्य भनेको मानवजातिलाई भ्रष्ट तुल्याउनु हो, जबकि परमेश्‍वरको कामको उद्देश्य भनेको मानवजातिलाई मुक्ति दिनु हो। शैतानले मानिसलाई अतल कुण्डमा फसाउँछ, जबकि परमेश्‍वरले उसलाई यसबाट मुक्ति दिनुहुन्छ। शैतानले सबै मानिसहरूलाई त्यसको आराधना गर्ने बनाउँछ तर परमेश्‍वरले तिनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा रहने बनाउनुहुन्छ, किनभने उहाँ सृष्टिका प्रभु हुनुहुन्छ। यी सबै काम परमेश्‍वरका दुई देहधारणहरूद्वारा हासिल गरिन्छ। सारमा, उहाँको देह मानवता र ईश्‍वरीयताको मिलाप हो र यसमा सामान्य मानवता छ। त्यसैले परमेश्‍वरको देहधारी शरीरविना, परमेश्‍वरले मानवजातिलाई मुक्त गर्ने परिणामहरू प्राप्त गर्न सक्नुहुन्नथियो र उहाँको देहको सामान्य मानवताविना, देहमा उहाँले गर्नुहुने कार्यले यी परिणामहरू हासिल गर्न सक्दैन थियो। परमेश्‍वरको देहधारणको सार भनेको उहाँमा सामान्य मानवता हुनैपर्छ भन्‍ने हो; अन्यथा यो हुनु भनेको देहधारी हुने परमेश्‍वरको मूल अभिप्रायको विपरीत हुने थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०४

किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्‍वरले गर्ने कामको एउटा भाग मात्रै थियो; उहाँले छुटकाराको काम मात्रै गर्नुभयो र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्ने काम गर्नुभएन। यस कारणले गर्दा, आखिरी दिनहरूमा परमेश्‍वर फेरि देह बन्नुभएको छ। कामको यो चरणलाई पनि सामान्य देहमा नै गरिन्छ; यो पूर्ण रूपमा सामान्य मानवद्वारा गरिन्छ, जसको मानवता अलिकति पनि असाधारण छैन। अर्को शब्दमा भन्दा, परमेश्‍वर पूर्ण रूपमा मानव बन्नुभएको छ; उहाँ त्यो व्यक्ति हुनुहुन्छ जसको पहिचान परमेश्‍वरको, पूर्ण मानवको, पूर्ण देहको छ, जसले काम गरिरहनुभएको छ। मानव आँखाले देहगत शरीरलाई देख्छ जुन बिल्कुलै असाधारण छैन, जो एक साधारण व्यक्ति हुनुहुन्छ जसले स्वर्गको भाषा बोल्न सक्नुहुन्छ, जसले कुनै पनि आश्चर्यकर्मका चिन्‍हहरू देखाउने, आश्चर्यकर्महरू गर्ने गर्नुहुन्न, ठूला सभा हलहरूमा धर्मको आन्तरिक तथ्यलाई खुलासा गर्ने त परै जाओस्। मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्ने कुरा छैन भन्‍ने देखिन्छ र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्‍ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामका तीन चरणहरूको अवधिमा, परमेश्‍वर दुई पटक देहधारी हुनुभएको छ र दुवै समयमा देहधारी परमेश्‍वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्भ गर्छ; देहधारणहरू एकअर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्नु असम्भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारण एउटै स्रोतबाट आउनुहुन्छ कि आउनुहुन्न भन्‍ने कुरालाई उहाँहरू जन्मनुभएको युग र स्थान वा अन्य त्यस्ता देहगत कारकतत्त्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्‍वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्न, किनभने परमेश्‍वरको कामले चलनलाई पालन गर्दैन तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्‍वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्‍वरको आफ्नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँसम्बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्‍वरले आफ्नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित बुझ्ने क्षमताको कारण, परमेश्‍वरसम्बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्‍वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्‍वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ र उहाँको ईश्‍वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्न कामको माध्यमद्वारा उहाँलाई चिन्न दिनको लागि परमेश्‍वर देहमा आउनुहुन्छ र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्‍वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन। दुई देहधारी शरीरका काम फरक भए तापनि, देहहरूका सार र उहाँहरूका कामको स्रोत उस्तै छन्; के मात्रै हो भने, उहाँहरू कामका फरक-फरक चरणहरूलाई गर्नका निम्ति अस्तित्वमा हुनुहुन्छ र दुई फरक युगहरूमा देखा पर्नुहुन्छ। जेसुकै भए तापनि, परमेश्‍वरका देहधारी शरीरहरूको उही सार र उही व्युत्पत्ति छ—यो कसैले पनि नकार्न नसक्ने सत्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०५

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट दैहिक हुनुहुन्न, बरु आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिससँग छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई कायम राख्छ, जबकि उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयम्‌को काम गर्दछ। चाहे उहाँको मानवता होस् वा ईश्‍वरत्व, यी दुवै नै स्वर्गमा हुनुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, अर्थात् ईश्‍वरत्व हो। त्यसकारण, उहाँको सार परमेश्वर स्वयम्‌को सार हो; यो सारले उहाँको आफ्नै कार्यमा अवरोध गर्दैन, र उहाँको आफ्नै कामलाई नष्‍ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्‍नुहुन्‍न, न त उहाँको आफ्नै इच्छाविरुद्ध जाने कुनै पनि वचन नै उहाँले कहिल्यै बोल्‍नुहुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरले उहाँको आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्‍न। सबै मानिसहरूले यही कुरालाई बुझ्‍नुपर्छ। पवित्र आत्माको कार्यको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्‍वरको आफ्नै व्यवस्थापनको लागि हो। त्यसै गरी, ख्रीष्‍टको कार्य पनि मानिसलाई मुक्ति दिनु नै हो, र यो परमेश्‍वरको इच्छाकै खातिर हो। परमेश्‍वर देहधारी हुनुहुने हुँदा, उहाँले आफ्नो काम गर्नको लागि उहाँको देह पर्याप्‍त हुने गरी उहाँको सारलाई उहाँको देहभित्र साकार पार्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्‍टको कार्यले परमेश्‍वरका आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्रबिन्दु ख्रीष्‍टको कार्य हुन्छ। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। अनि, परमेश्‍वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ देहमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्‍वरका आत्मा हुन् वा ख्रीष्‍ट हुन्, दुवै नै परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले वहन गर्नुपर्ने सेवकाइ वहन गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्‍टको सार हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०६

परमेश्‍वरको सारले नै अख्तियारको प्रयोग गर्छ, तर उहाँबाट आउने अख्तियारप्रति उहाँ पूर्ण रूपमा समर्पित हुन सक्‍नुहुन्‍छ। चाहे यो आत्माको काम होस् वा देहको काम होस्, यीमध्ये कुनै पनि काम एकअर्कासँग बाझिँदैन। सारा सृष्टिमाथिको अख्तियार परमेश्‍वरका आत्मासँग छ। परमेश्‍वरको सारसहितको देहसँग पनि अख्तियार हुन्छ, तर देहमा हुनुभएका परमेश्‍वरले ती सबै कार्य गर्न सक्‍नुहुन्‍छ, जुन कार्य स्वर्गमा हुनुहुने पिताको इच्छाप्रति समर्पित हुन्छ। यसलाई कुनै पनि व्यक्तिले प्राप्‍त गर्न वा कल्पना गर्न सक्दैन। परमेश्‍वर स्वयम्‌ नै अख्तियार हुनुहुन्छ, तर उहाँको देह उहाँको अख्तियारप्रति समर्पित हुन सक्छ। “ख्रीष्‍ट परमेश्‍वर पिताको इच्छाप्रति समर्पित बन्नुहुन्छ” भनेर भन्दा यही कुरालाई इङ्गित गरिन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ र उहाँ जसरी परमेश्‍वर मानिस बन्‍न सक्‍नुहुन्‍छ त्यसरी नै उहाँले मुक्तिको काम पनि गर्न सक्‍नुहुन्‍छ। जे भए तापनि, परमेश्‍वर स्वयम्‌ले नै आफ्नो कार्य गर्नुहुन्छ; न त उहाँ अवरोध पुऱ्याउनुहुन्छ, न त बाधा नै दिनुहुन्छ, उहाँले आफैमा बाझिने किसिमको काम गर्नुहुने त प्रश्‍नै उठ्दैन, किनभने आत्मा र देहले गर्ने कार्यको सार उही प्रकारको हुन्छ। चाहे आत्मा होस् वा देह, दुवैले उही इच्छालाई पूरा गर्न र उही कार्यलाई व्यवस्थापन गर्न काम गर्नुहुन्छ। आत्मा र देहका गुणहरू पूर्ण रूपमा फरक भए तापनि, उहाँहरूका सारहरू उस्तै छन्; दुवैमा परमेश्‍वर स्वयम्‌को सार, अनि परमेश्‍वर स्वयम्‌को पहिचान छ। परमेश्‍वर स्वयम्‌मा विद्रोहीपनका कुनै पनि तत्वहरू छैनन्; उहाँको सार असल छ। उहाँ सारा सुन्दरता र भलाइका साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्‍वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्‍न जसले परमेश्‍वर पिताविरुद्ध विद्रोह गर्छ। आफ्नो जीवन बलिदान दिनुपर्दासमेत उहाँले हृदयदेखि नै त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुहुन्‍न। परमेश्‍वरमा आत्मधार्मिकता वा अहम्, वा अभिमान र अहङ्कारको कुनै तत्वहरू छैनन्; उहाँमा कुटिलताका कुनै तत्वहरू छैनन्। परमेश्‍वरविरुद्ध विद्रोह गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्‍टताको स्रोत नै शैतान हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्‍ट तुल्याएको र प्रशोधन गरेको छ। ख्रीष्‍टलाई शैतानले भ्रष्‍ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्‍वरका विशेषताहरू मात्रै छन्, शैतानका विशेषताहरू छैनन्। काम जतिसुकै कठिन होस् वा देह जतिसुकै कमजोर होस्, जब परमेश्‍वर देहमा जिउनुहुन्छ, उहाँले परमेश्‍वर स्वयम्‌को कार्यमा अवरोध पुऱ्याउने कुनै पनि कुरा कहिल्यै गर्नुहुनेछैन, विद्रोह गरी उहाँले परमेश्‍वर पिताको इच्छालाई त्याग्‍ने कुरा त गर्दै नगरौँ। उहाँले परमेश्‍वर पिताको इच्छालाई तोड्नुभन्दा देहको पीडालाई भोग्‍न रचाउनुहुन्छ; यो कुरा येशूले प्रार्थनामा भन्‍नुभएको जस्तै हो, “पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो चाहना होइन, तर तपाईंको चाहना पूरा होस्।” मानिसहरूले आफ्नो लागि आफै निर्णयहरू गर्छन्, तर ख्रीष्‍टले त्यसो गर्नुहुन्‍न। उहाँसँग परमेश्‍वर स्वयम्‌को पहिचान भए तापनि, उहाँले परमेश्‍वर पिताको इच्छाको खोजी गर्नुहुन्छ, र परमेश्‍वर पिताले उहाँलाई सुम्‍पनुभएको कुरालाई देहको दृष्टिकोणद्वारा पूरा गर्नुहुन्छ। यो मानिसले पूरा गर्न नसक्‍ने कुरा हो। शैतानबाट आउने कुरामा परमेश्‍वरको सार हुँदैन; यसमा परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने सार मात्रै हुन्छ। यो परमेश्‍वरप्रति पूर्ण रूपले समर्पित हुन सक्दैन, परमेश्‍वरको इच्छाप्रति स्वेच्‍छाले समर्पित हुने कुरा त परै जाओस्। ख्रीष्‍टबाहेकका सबै मानिसहरूले त्यही काम गर्न सक्छन् जसले परमेश्‍वरको विरोध गर्छ, र कुनै पनि मानिसले परमेश्‍वरले सुम्‍पनुभएको कार्यलाई प्रत्यक्ष रूपमा अघि बढाउन सक्दैन; परमेश्‍वरको व्यवस्थापनलाई एक जनाले पनि आफूले निर्वाह गर्नुपर्ने कर्तव्यको रूपमा लिन सक्दैन। ख्रीष्‍टको सार भनेको परमेश्‍वर पिताको इच्छाप्रति समर्पित हुनु हो; परमेश्‍वरको विरुद्धको विद्रोहीपन शैतानको चरित्र हो। यी दुई गुणहरू परस्पर-विरोधी गुणहरू हुन्, र शैतानका गुणहरू भएको कसैलाई पनि ख्रीष्‍ट भन्‍न सकिँदैन। मानिसले परमेश्‍वरको खातिर उहाँको काम गर्न नसक्‍नुको कारण के हो भने मानिसमा परमेश्‍वरको कुनै पनि सार हुँदैन। मानिसले आफ्नो व्यक्तिगत रुचिहरूका लागि र भविष्यको आशाको लागि मात्रै परमेश्‍वरको काम गर्छ, तर ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छालाई पछ्याउनको लागि काम गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्‍टको सार हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०७

ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा सञ्‍चालित छ। उहाँ देहमा हुनुभए तापनि, उहाँको मानवता पूर्ण रूपमा देहको मानिसजस्तो छैन। उहाँमा उहाँको आफ्नै अद्वितीय चरित्र छ, र यो पनि उहाँको ईश्‍वरत्वद्वारा सञ्‍चालित छ। उहाँको ईश्‍वरत्वमा कुनै कमजोरी छैन; ख्रीष्‍टको कमजोरीले उहाँको मानवताको कमजोरीलाई जनाउँछ। केही हदसम्‍म, यो कमजोरीले उहाँको ईश्‍वरत्वलाई बाधा दिन्छ, तर त्यस्ता सीमितताहरू निश्‍चित क्षेत्र र समयभित्र हुन्छन्, र ती असीमित हुँदैनन्। जब उहाँको ईश्‍वरत्वको कामलाई अघि बढाउने समय आउँछ, तब उहाँको मानवताको बाबजुत पनि यसलाई पूरा गरिन्छ। ख्रीष्‍टको मानवता पूर्ण रूपमा उहाँको ईश्‍वरत्वद्वारा निर्देशित छ। उहाँको मानवताको सामान्य जीवनबाहेक, उहाँको मानवताका अरू सबै कार्यहरू पनि उहाँको ईश्‍वरत्वद्वारा अभिप्रेरित, प्रभावित र निर्देशित हुन्छन्। ख्रीष्‍टमा मानवता भए तापनि, यसले उहाँको ईश्‍वरत्वको काममा बाधा दिँदैन, र यसो हुनु ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा निर्देशित भएकोले नै हो; अरूसँग कसरी व्यवहार गर्ने भन्‍नेबारेमा उहाँको मानवता परिपक्‍व नभए तापनि, यसले उहाँको ईश्‍वरत्वको सामान्य कार्यलाई असर पार्दैन। उहाँको मानवता भ्रष्‍ट भएको छैन भनी भन्‍ने क्रममा मैले ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा प्रत्यक्ष रूपमा निर्देशित हुन सक्छ, र उहाँमा साधारण मानिसको भन्दा उच्‍च चेतना छ भनेर भन्‍न खोजेको हुँ। उहाँको मानवता उहाँको कार्यमा ईश्‍वरत्वद्वारा निर्देशित हुन सबैभन्दा बढी उपयुक्त छ; उहाँको मानवता ईश्‍वरत्वको कार्य व्यक्त गर्न सबैभन्दा सक्षम छ, र त्यस्तो कार्यप्रति समर्पित हुन सबैभन्दा समर्थ छ। परमेश्वरले देहमा काम गर्ने क्रममा उहाँले देहमा रहेको मानिसले निर्वाह गर्नुपर्ने कर्तव्यलाई कहिल्यै पनि बिर्सनुहुन्‍न; उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्षम हुनुहुन्छ। उहाँमा परमेश्‍वरको सार छ, र उहाँको पहिचान परमेश्‍वर स्वयम्‌को पहिचान हो। यो के मात्रै हो भने उहाँ पृथ्वीमा आउनुभएको छ र सृष्‍टि गरिएको प्राणी बन्‍नुभएको छ र सृष्‍टि गरिएको प्राणीको बाहिरी आवरण ओढ्नुभएको छ र, अहिले मानवता धारण गर्नुभएको छ जुन पहिले उहाँमा थिएन। स्वर्गमा हुनुहुने परमेश्‍वरलाई आराधना गर्न उहाँ सक्षम हुनुहुन्छ; यो परमेश्‍वर स्वयम्‌को अस्तित्व हो र यसलाई मानिसले अनुकरण गर्न सक्दैन। उहाँको पहिचान परमेश्‍वर स्वयम्‌ नै हो। देहको दृष्टिकोणद्वारा उहाँले परमेश्‍वरको आराधना गर्नुहुन्छ; त्यसकारण, “ख्रीष्‍टले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई आराधना गर्नुहुन्छ” भन्‍ने वचन गलत छैनन्। मानिसबाट उहाँले चाहने कुरा भनेको उहाँको आफ्नै अस्तित्व हो; मानिसहरूबाट ती कुरा माग्‍नुभन्दा पहिले नै उहाँले ती सबै हासिल गर्नुभएको छ। जुन कुरा आफूमा छैन उहाँले त्यो कुरा अरूबाट कहिल्यै अपेक्षा गर्नुहुन्‍न, किनभने त्यो सबै उहाँको अस्तित्वमा रहेको हुन्छ। उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्‍वरविरुद्ध विद्रोह गर्ने तरिकाले उहाँले कहिल्यै काम गर्नुहुन्‍न। उहाँले मानिसबाट जे माग गर्नुभए पनि, त्यो मानिसले पूरा गर्न सक्‍नेभन्दा बाहिरको कुनै माग हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्‍वरको इच्छालाई पछ्याउने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो। ख्रीष्‍टको ईश्‍वरत्व सबै मानिसहरूभन्दा माथि छ; त्यसकारण, सबै सृजित प्राणीमाझ सबैभन्दा उच्‍च अख्तियार उहाँ नै हुनुहुन्छ। यो अख्तियार नै उहाँको ईश्‍वरत्व, अर्थात् परमेश्‍वर स्वयम्‌को स्वभाव र अस्तित्व हो, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्‍वर स्वयम्‌को पहिचान छ भन्‍ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्‍नुभए तापनि र उहाँ परमेश्‍वरको इच्छाप्रति जसरी समर्पित हुनुभए पनि, उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्‍न भनेर भन्‍न सकिँदैन। प्रायजसो मूर्ख र अज्ञानी मानिसहरूले ख्रीष्‍टको मानवतालाई त्रुटि ठान्छन्। आफ्नो ईश्‍वरत्वको अस्तित्वलाई उहाँले जसरी व्यक्त र प्रकट गर्नुभए पनि, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्न मानिस असमर्थ छ। अनि, ख्रीष्‍टले जति समर्पण र विनम्रता प्रदर्शन गर्नुहुन्छ, मूर्ख मानिसहरूले ख्रीष्‍टलाई त्यति नै हल्कासँग लिन्छन्। उहाँप्रति बहिष्‍कार र तिरस्कारको मनोवृति अपनाउने तर उच्‍च प्रतिष्‍ठा भएका “महान् मानिसहरू” लाई चाहिँ आराधनाको टेबलमा राख्‍ने मानिसहरू पनि छन्। मानिसमा परमेश्‍वरप्रतिको प्रतिरोध र उहाँविरुदद्धको विद्रोह देहधारी परमेश्‍वरको सार परमेश्‍वरप्रति समर्पित हुन्छ भन्‍ने तथ्यका साथै ख्रीष्‍टको सामान्य मानवताबाट आउँछ; यो नै मानिसमा परमेश्‍वरप्रतिको प्रतिरोध र उहाँविरुद्धको विद्रोहको स्रोत हो। यदि ख्रीष्‍टमा उहाँको मानवताको भेष नभएको भए र उहाँले सृष्‍टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताको इच्छालाई नखोज्‍नुभएको भए, र उहाँमा अधिक मानवता भएको भए, मानिसहरूमा कुनै विद्रोह नहुने सम्‍भावना बढी हुन्थ्यो। मानिसले सधैँ स्वर्गको अदृश्य परमेश्‍वरमा विश्‍वास गर्न तयार हुनुको कारण के हो भने स्वर्गको परमेश्‍वरमा कुनै मानवता हुँदैन, न त उहाँमा सृष्‍टि गरिएको प्राणीको कुनै एउटा गुण नै हुन्‍छ। त्यसकारण, मानिसले उहाँलाई सबैभन्दा उच्‍च आदरको दृष्‍टिकोणले हेर्छ, तर ख्रीष्‍टप्रति भने तिरस्कारको मनोवृति अँगाल्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्‍टको सार हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०८

ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए पनि, उहाँ देहमा रहेको आफ्नो स्वरूप सबै मानिसहरूलाई देखाउने अभिप्रायका साथ आउनुभएको होइन। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुभएको होइन; उहाँ त आफ्नै हातले मानिसलाई डोर्‍याउनका निम्ति आउनुभएको हो, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्‍टको देहको प्रकार्य परमेश्‍वर स्वयम्‌को काम, अर्थात् देहमा गरिने परमेश्‍वरको कामका लागि हो, मानिसलाई उहाँको देहको सार पूर्ण रूपमा बुझ्‍न सक्षम पार्नको लागि होइन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले गर्ने कुनै पनि कुरा देहद्वारा प्राप्‍त गर्न सकिने परिधिभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले त्यो सामान्य मानवताका साथ देहमा गर्नुहुन्छ, र मानिससमक्ष परमेश्‍वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्‍न। यसको साथै, देहमा उहाँले गर्ने काम मानिसले सोचेजति अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्‍टले देहमा परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्नुभए पनि र परमेश्‍वर स्वयम्‌ले गर्नुपर्ने काम व्यक्तिगत रूपमा आफै गर्नुहुने भए पनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नुहुन्‍न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो देहभित्र गुप्त र विनम्र रहनुहुन्छ। ख्रीष्‍टबाहेक, आफूलाई ख्रीष्‍ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैनन्। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्‍ने स्वभावसँग तुलना गर्दा, ख्रीष्ट कस्तो प्रकारको देह हुनुहुन्छ भन्‍ने कुरा छर्लङ्ग हुन्छ। तिनीहरू जति धेरै झूट हुन्छन्, त्यति नै हदसम्‍म झूटा ख्रीष्‍टहरूले आफ्नो धाक देखाउँछन्, र मानिसहरूलाई बहकाउन तिनीहरू चिन्‍ह र चमत्कारहरू देखाउन त्यति नै धेरै सक्षम हुन्छन्। झूटा ख्रीष्‍टहरूमा परमेश्‍वरका गुणहरू हुँदैनन्; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्‍ट कलङ्कित हुनुहुन्‍न। देहको काम पूरा गर्नका लागि मात्रै परमेश्‍वर देह बन्‍नुहुन्छ, मानिसहरूलाई उहाँ देखिने तुल्याउन मात्र उहाँ देह बन्नुहुने होइन। बरु, उहाँले आफ्नै कामलाई उहाँको पहिचान पुष्‍टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेकै कुरालाई उहाँले आफ्नो सार प्रमाणित गर्न दिनुहुन्छ। उहाँको सार आधारहीन छैन; उहाँको पहिचान उहाँको हातले खोसेर लिएको कुरा होइन; यो त उहाँको काम र उहाँको सारद्वारा निर्धारित हुन्छ। उहाँमा परमेश्‍वर स्वयम्‌को सार भए पनि र परमेश्‍वर स्वयम्‌को कामलाई पूरा गर्न उहाँ सक्षम हुनुभए पनि, आखिर उहाँ देह नै हुनुहुन्छ, जुन आत्माभन्दा फरक छ। उहाँ आत्माका गुणहरू भएको परमेश्‍वर हुनुहुन्‍न; उहाँ देहको आवरण भएको परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, उहाँ जति सामान्य र जति कमजोर भए पनि, र उहाँले परमेश्‍वर पिताको इच्छालाई जसरी खोज्‍नु भए पनि, उहाँको ईश्‍वरत्व अखण्डनीय छ। देहधारी परमेश्‍वरभित्र सामान्य मानवता र यसको कमजोरीहरू मात्रै हुँदैनन्; त्यहाँ उहाँको ईश्‍वरत्वको अद्‌भुतता र अज्ञेयताका साथै देहमा उहाँले गर्नुहुने सबै कार्यहरू पनि हुन्छन्। त्यसकारण, मानवता र ईश्‍वरत्व दुवै ख्रीष्‍टभित्र व्यावहारिक र व्यवहारिक दुवै रूपमा अस्तित्वमा हुन्छ। यो रित्तो वा अलौकिक कुरा हुँदै होइन। उहाँ आफ्नो कार्यलाई अघि बढाउने मुख्य उद्देश्यको साथ पृथ्वीमा आउनुभएको छ; पृथ्वीमा काम अघि बढाउनको लागि सामान्य मानवता धारण गर्नु अपरिहार्य नै हुन्छ; अन्यथा, उहाँको ईश्‍वरत्वको शक्ति जति नै महान् भए पनि, यसको मूल प्रकार्यलाई राम्रोसित प्रयोग गर्न सकिँदैन। उहाँको मानवताको महत्त्व निकै ठूलो भए पनि, यो उहाँको सार होइन। उहाँको सार ईश्‍वरत्व हो; त्यसकारण, उहाँले जुन क्षण पृथ्वीमा आफ्नो सेवकाइ सुरु गर्नुहुन्छ त्यही क्षण नै उहाँले आफ्नो ईश्‍वरत्व व्यक्त गर्न सुरु गर्नुहुन्छ। उहाँको मानवता आफ्नो देहको सामान्य जीवनलाई कायम राख्‍नको लागि मात्रै अस्तित्वमा रहन्छ ताकि उहाँको ईश्‍वरत्वले देहमा सामान्य रूपले आफ्नो कार्य अघि बढाउन सकोस्; उहाँको कार्यलाई पूर्ण रूपमा निर्देशित गर्नेचाहिँ ईश्‍वरत्व नै हो। जब उहाँले आफ्नो कार्य पूरा गर्नुहुन्छ, तब उहाँले आफ्नो सेवकाइ पूरा गरिसक्‍नुभएको हुनेछ। उहाँको कार्यको सम्पूर्णता नै मानिसले जान्‍नुपर्ने कुरा हो, र उहाँले मानिसलाई उहाँको कार्यद्वारा नै उहाँलाई चिन्‍न सक्षम तुल्याउनुहुन्छ। आफ्नो कार्यको अवधिमा, उहाँले आफ्नो ईश्‍वरत्वको अस्तित्वलाई लगभग पूर्ण रूपमा व्यक्त गर्नुहुन्छ, र उहाँको त्यो ईश्‍वरत्व मानवताद्वारा कलङ्कित नभएको स्वभाव हो, विचार र मानव आचरणद्वारा कलङ्कित नभएको अस्तित्व हो। जब उहाँको सारा सेवकाइ पूरा हुने समय आउँछ, उहाँले आफूले व्यक्त गर्नुपर्ने स्वभावलाई पहिले नै सिद्ध र पूर्ण रूपमा व्यक्त गरिसक्‍नुभएको हुनेछ। उहाँको कार्य कुनै पनि मानिसको निर्देशनहरूद्वारा निर्देशित छैन; उहाँको स्वभावको अभिव्यक्ति पनि पूर्णतया स्वतन्त्र नै छ, र यो दिमागद्वारा नियन्त्रित वा विचारद्वारा सञ्‍चालित छैन, बरु प्राकृतिक रूपमै यो प्रकट हुन्छ। यो कुनै पनि मानिसले प्राप्‍त गर्न नसक्‍ने कुरा हो। वातावरणहरू कठोर भए पनि वा अवस्थाहरू प्रतिकूल भए पनि, उहाँले उचित समयमा आफ्नो स्वभावलाई व्यक्त गर्न सक्‍नुहुन्‍छ। जो ख्रीष्‍ट हुनुहुन्छ, उहाँले ख्रीष्‍टको सारलाई प्रकट गर्नुहुन्छ, तर जो ख्रीष्‍ट होइनन् तिनीहरूमा ख्रीष्‍टको स्वभाव हुँदैन। त्यसकारण, सबैले उहाँलाई विरोध गरे पनि वा उहाँको बारेमा विभिन्‍न धारणा राखे पनि, ख्रीष्‍टले व्यक्त गर्नुभएको स्वभाव नै परमेश्‍वरको स्वभाव हो भन्‍ने कुरालाई मानिसका धारणाहरूको आधारमा कसैले पनि इन्कार गर्न सक्दैन। ख्रीष्‍टलाई साँचो हृदयले पछ्याउने वा मनैबाट परमेश्‍वरलाई खोज्‍ने सबैले उहाँको ईश्‍वरत्वको अभिव्यक्तिको आधारमा उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्नेछन्। मानिसका धारणाहरूसँग नमिल्‍ने उहाँका कुनै पनि पक्षहरूको आधारमा तिनीहरूले ख्रीष्‍टलाई कहिल्यै पनि इन्कार गर्दैनन्। मानिस अत्यन्तै मूर्ख भए पनि, मानिसको इच्छा के हो र परमेश्‍वरबाट के आउँछ भन्‍ने कुरा सबैलाई यथार्थ रूपमा थाहा छ। के मात्रै हो भने आफ्‍ना अभिप्रायहरूका परिणामस्वरूप धेरै मानिसहरूले ख्रीष्‍टलाई जानीजानी विरोध गर्छन्। यदि त्यो कुरा नभइदिएको भए, ख्रीष्‍टको अस्तित्वलाई इन्कार गर्ने कारण कुनै पनि मानिससँग हुँदैनथ्यो, किनभने ख्रीष्‍टले व्यक्त गर्नुभएको ईश्‍वरत्व वास्तवमै अस्तित्वमा छ, र उहाँको कार्यलाई नाङ्गो आँखाले देख्‍न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्‍टको सार हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश १०९

ख्रीष्‍टको कार्य र अभिव्यक्तिले नै उहाँको स्वभाव निर्धारित गर्छ। उहाँमा समर्पित गरिएको साँचो हृदयलाई उहाँले पूर्ण गर्न सक्‍नुहुन्‍छ। उहाँले स्वर्गका परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्‍नुहुन्‍छ, र साँचो हृदयद्वारा नै उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍न सक्‍नुहुन्छ। यी सबैलाई उहाँको सारले नै निर्धारित गर्छ। अनि, उहाँको सारले नै उहाँको प्राकृतिक प्रकाशलाई पनि निर्धारित गर्छ; मैले यसलाई “प्राकृतिक प्रकाश” भन्‍नुको कारण के हो भने उहाँको अभिव्यक्ति अनुकरण, वा मानिसको शिक्षाको परिणाम, वा मानिसले धेरै वर्ष जगेर्ना गर्दाको परिणाम होइन। उहाँले यो कुरा सिक्‍नुभएन वा आफैलाई यसद्वारा सजाउनुभएन; बरु, यो त उहाँ आफैमा अन्तर्निहित छ। मानिसले उहाँको कार्य, उहाँको अभिव्यक्ति, उहाँको मानवता, र उहाँको सामान्य मानवताको सम्पूर्ण जीवनलाई इन्कार गर्न सक्छ, तर उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन; उहाँ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नको लागि आउनुभएको हो भन्‍ने कुरालाई पनि कसैले इन्कार गर्न सक्दैन, र उहाँले परमेश्‍वर पितालाई जुन इमानदारीसाथ खोज्‍नुहुन्छ त्यस तथ्यलाई पनि कसैले इन्कार गर्न सक्दैन। उहाँको स्वरूप इन्द्रियहरूका लागि आकर्षक नभए पनि, उहाँको उपदेश असाधारण नभए पनि, र उहाँको कार्य मानिसले कल्‍पना गरेजस्तो पृथ्वी फोर्ने वा स्वर्ग हल्‍लाउने नभए पनि, उहाँ वास्तवमै ख्रीष्‍ट हुनुहुन्छ, जो साँचो हृदयको साथ स्वर्गमा हुनुहुने पिताको इच्छाअनुसार कार्य गर्नुहुन्छ र स्वर्गमा हुनुहुने पिताप्रति पूर्ण रूपमा समर्पित र मृत्युसम्‍मै समर्पित हुनुहुन्छ। यस्तो किन हुन्छ भने उहाँको सार ख्रीष्‍टकै सार हो। मानिसलाई यो सत्यता विश्‍वास गर्न कठिन हुन्‍छ, तर यही नै सत्य हो। जब ख्रीष्‍टको सेवकाइ पूर्ण रूपमा पूरा भएको हुन्छ, तब उहाँको कार्यद्वारा मानिसले के कुरालाई देख्‍न सक्छ भने उहाँको स्वभाव र उहाँको अस्तित्वले स्वर्गका परमेश्‍वरको स्वभाव र अस्तित्वलाई प्रतिनिधित्व गर्छ। त्यो समयमा, उहाँका सबै कार्यको समस्टीले उहाँ वास्तवमा देहधारी हुनुहुने वचन हुनुहुन्छ, र देह एवं रगतले बनेको मानिसजस्तो हुनुहुन्‍न भन्‍ने कुरालाई पुष्‍टि गर्न सक्छ। पृथ्वीमा ख्रीष्‍टले गर्नुहुने कार्यको हरेक चरणको आफ्नै प्रतिनिधिमूलक महत्त्व छ, तर हरेक चरणको वास्तविक कार्य अनुभव गर्ने मानिसले उहाँको कार्यको महत्त्व बुझ्‍न सक्दैन। परमेश्‍वरले आफ्नो दोस्रो देहधारणद्वारा अघि सार्नुभएका कार्यका विभिन्‍न चरणहरूको हकमा यो विशेष गरी लागू हुन्छ। ख्रीष्‍टका वचनहरूलाई मात्रै सुनेका वा देखेका तर उहाँलाई कहिल्यै नदेखेका धेरैजसोमा उहाँको कामको बारेमा धारणाहरू हुँदैनन्; ख्रीष्‍टलाई देखेका र उहाँका वचनहरू सुनेका, साथै उहाँको कार्य अनुभव गरेका मानिसहरूलाई उहाँको कार्य स्वीकार गर्न कठिन हुन्छ। के यो ख्रीष्‍टको स्वरूप र सामान्य मानवता मानिसले चाहेजस्तो नभएको कारणले गर्दा भएको हो? ख्रीष्‍ट गइसक्‍नुभएपछि उहाँको कार्य स्वीकार गर्ने मानिसहरूमा त्यस्तो कठिनाइ हुँदैन, किनभने तिनीहरूले केवल उहाँको कार्य स्वीकार गर्छन् तर ख्रीष्‍टको सामान्य मानवताको तिनीहरू सम्पर्कमा आउँदैनन्। परमेश्‍वरप्रतिको आफ्ना धारणाहरू त्याग्‍न मानिस असक्षम छ र उसले उहाँलाई तीव्रताको साथ जाँच्छ; यसको कारण के हो भने मानिसले उहाँको स्वरूपमा मात्रै विशेष ध्यान दिन्छ र उहाँको कार्य र उहाँका वचनहरूको आधारमा उहाँको सार पहिचान गर्न सक्दैन। यदि मानिसले ख्रीष्‍टको स्वरूपप्रति आफ्नो आँखा चिम्लन्छ वा ख्रीष्‍टको मानवता छलफल गर्नबाट टाढा बस्छ, र उहाँको ईश्‍वरत्व अर्थात् जसको काम र वचन कुनै पनि मानिसले प्राप्‍त गर्न सक्दैन त्यस ईश्‍वरत्वको बारेमा मात्रै कुरा गर्छ भने, मानिसका आधा धारणाहरू घट्नेछन्, र सबै मानिसका कठिनाइहरूसमेत समाधान हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्‍टको सार हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११०

जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको काम अघि ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग औँल्याउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरूबाट पुष्टि गर्नै पर्दछ। भन्नुको अर्थ, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो मार्ग हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारका आधारमा छुट्ट्याउनैपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र छानबिन गर्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्‍ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचानलाई प्रस्तुत गर्न सक्थे र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी स्वरूपलाई हेरेकाले र इमानदारीपूर्वक उहाँको मुखका वचनहरू स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाइ-दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैनन्। तैँले आधुनिक समयको फरिसी बनेर परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु हुँदैन। तैँले परमेश्‍वरको पुनरागमनलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि सत्यताको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने त्यस विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फर्केर आउनुहुने दिनको प्रतीक्षा गर्ने सबैको जिम्मेवारी यही हो। हामीले आफ्ना आत्मिक आँखाहरूलाई स्पष्ट देख्‍ने बनाउनुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नु हुँदैन। हामीले परमेश्‍वरको वास्तविक कार्यबारे सोच्नुपर्छ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पालन गर्नुपर्छ भनी नजानेका तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा बगेर सधैँ अन्तै जाने नगर वा आफै दिवा सपनामा बगेर नजाओ। व्यावहारिक विषयहरूमा अझ बढी सोचविचार गर्नु नै राम्रो हुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

परमेश्‍वरका दैनिक वचनहरू  अंश १११

परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुभएको बेलामा, देहधारी परमेश्‍वरले उहाँको पछि लाग्‍ने केही मानिसहरूको अगाडि मात्र आफैलाई प्रकट गर्नुहुन्छ, सबै सृष्टि गरिएका प्राणीहरूको अगाडि होइन। उहाँ केवल आफ्नो कामको एक चरण पूरा गर्न मात्र देह बन्‍नुभयो, मानिसलाई आफ्नो स्वरूप देखाउनका निम्ति होइन। यद्यपि उहाँको काम उहाँ आफैले गर्नुपर्छ, त्यसैले उहाँले देहमा नै त्यो काम गर्नु आवश्यक छ। जब यो काम समाप्त हुन्छ, उहाँ मानव संसारबाट प्रस्थान गर्नुहुनेछ; उहाँ आउने कामको बाटोमा खडा हुने डरले मानवजातिबीच लामो समयसम्म बस्‍न सक्‍नुहुन्‍न। उहाँले भीडलाई उहाँको धर्मी स्वभाव र उहाँका सबै कामहरू मात्र देखाउनुभएको छ, र उहाँ दुईपटक देह बन्‍नुभएको स्वरूप देखाउनुभएको छैन, किनकि परमेश्‍वरको स्वरूपलाई उहाँको स्वभावद्वारा मात्र देखाउन सकिन्छ, र उहाँको देहधारी शरीरले त्यसको स्थान लिन सक्दैन। उहाँको देहको स्वरूप सीमित मानिसहरूलाई मात्र देखाइन्छ, उहाँले देहमा काम गर्नुहुँदा उहाँको पछि लाग्‍नेहरूलाई मात्र देखाइन्छ। यसैले, अहिले भइरहेको काम गोप्य रूपमा गरिन्छ। त्यसरी नै, जब येशूले आफ्नो काम गर्नुभयो, तब उहाँले आफूलाई यहूदीकहाँ मात्र देखाउनुभयो, र अरू कुनै पनि जातिको सामु आफैलाई खुल्लमखुल्ला कहिल्यै देखाउनुभएन। यसरी, उहाँले आफ्नो काम सिध्याइसक्‍नुभएपछि, उहाँ मानिसको संसारबाट तुरुन्तै जानुभयो र त्यहाँ बसिरहनुभएन; पछि, आफैलाई प्रकट गर्नुहुने उहाँ, मानिसको स्वरूप हुनुहुन्‍न थियो, तर पवित्र आत्मा हुनुहुन्थ्यो, जसले प्रत्यक्ष रूपमा काम गर्नुभयो। जब देहधारी परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुन्छ, उहाँ मरणशील संसारबाट जानुहुन्छ, र उहाँले देहमा हुँदा जुन काम गर्नुभयो त्यो काम फेरि कहिल्यै गर्नुहुनेछैन। त्यसपछि, सबै काम पवित्र आत्माले नै प्रत्यक्ष रूपमा गर्नुहुनेछ। यस अवधिमा, मानिसले उहाँको शारीरिक स्वरूपलाई मुस्किलले मात्रै देख्‍न सक्छ; उहाँले आफूलाई मानिससामु कुनै पनि हालतमा देखाउनुहुन्‍न, सदासर्वदाका लागि गुप्त रहनुहुन्छ। देहधारी परमेश्‍वरको कामको समय सीमित छ। यो एक निश्चित युग, अवधि, जाति र विशेष मानिसहरूमाझ पूरा गरिन्छ। यो कामले केवल परमेश्‍वरले देहधारण गर्नुभएको अवधिमा गरिएको कार्यलाई मात्रै प्रतिनिधित्व गर्छ; यसले एउटा युगको प्रतिनिधित्व गर्छ, र यसले एक विशेष युगमा परमेश्‍वरका आत्माको कामलाई प्रतिनिधित्व गर्छ, र उहाँको सम्पूर्ण कार्यलाई होइन। त्यसैले, देहधारी परमेश्‍वरको स्वरूप सबै मानिसलाई देखाइनेछैन। भीडलाई जे देखाइन्छ त्यो उहाँ दुईचोटि देह बन्‍नुहुँदाको उहाँको स्वरूप होइन, बरु परमेश्‍वरको धार्मिकता र उहाँको सम्पूर्ण स्वभाव हो। मानिसलाई देखाइएको यो स्वरूप एउटै र एकलो स्वरूप होइन, न त दुईवटा मिश्रित स्वरूपहरू नै हो। त्यसकारण, परमेश्‍वरको देहधारी शरीरले आफूले गर्नुपर्ने काम पूरा गरेपछि यस पृथ्वीबाट प्रस्थान गर्नु अनिवार्य छ, किनकि उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्र आउनुहुन्छ, मानिसहरूलाई आफ्नो स्वरूप देखाउन होइन। देहधारणको महत्त्वलाई परमेश्‍वरले दुईपटक देह बनेर पूरा गरिसक्‍नुभएको छ, तापनि उहाँलाई यसअघि कहिल्यै नदेख्‍ने कुनै पनि जातिको सामु उहाँले आफूलाई खुल्लमखुल्ला प्रकट गर्नुहुनेछैन। येशू फेरि कहिल्यै पनि आफूलाई धार्मिकताको सूर्यको रूपमा यहूदीहरूसामु देखा पर्नुहुनेछैन, न त उहाँ जैतून डाँडाको टुप्‍पामा खडा भएर सबै मानिसहरूको सामु देखा नै पर्नुहुनेछ; यहूदीहरूले येशू यहूदियामा हुनुहुँदाको अवधिमा जे देखे त्यो उहाँको चित्र मात्र हो। किनकि येशूले उहाँको देहधारणमा गर्नुभएको काम दुई हजार वर्षअघि नै समाप्त भयो; उहाँ एक यहूदीको रूपमा यहूदियामा फर्कनुहुनेछैन, उहाँले आफैलाई कुनै पनि अन्यजातिका मानिसहरूकहाँ प्रकट गर्नुहुनेछ भन्‍ने कुरा त कल्पनै नगरौं, किनकि देहधारी येशूको स्वरूप एक यहूदीको स्वरूप मात्र हो, र यूहन्‍नाले देखेका मानिसको पुत्रको स्वरूप होइन। येशूले आफ्ना चेलाहरूलाई उहाँ फेरि आउनुहुनेछ भनेर प्रतिज्ञा गर्नुभए पनि उहाँले आफैलाई ती सबै अन्यजाति राष्ट्रहरूमा एक यहूदीको रूपमा प्रकट गर्नुहुनेछैन। देहधारी परमेश्‍वरको काम एउटा युग सुरु गर्नु हो भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ। यो काम केही वर्षहरूमा सीमित हुन्छ, र उहाँले परमेश्‍वरका आत्माका सबै काम पूरा गर्न सक्‍नुहुन्‍न, जसरी एक यहूदीको रूपमा रहेको येशूको स्वरूपले केवल उहाँले यहूदियामा काम गर्नुहुँदाको परमेश्‍वरको स्वरूपलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र उहाँले क्रूसमा टाँगिने काम मात्र गर्न सक्‍नुहुन्थ्यो। येशू देहमा हुनुभएको अवधिमा, उहाँले युगलाई अन्त्य गर्ने वा मानव जातिलाई नाश पार्ने काम गर्न सक्‍नुभएन। त्यसकारण, उहाँ क्रूसमा टाँगिनुभएपछि र आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउनुभएपछि, उहाँ सर्वोच्‍च उचाइमा चढिजानुभयो र सधैँभरिका लागि आफूलाई मानिसबाट लुकाउनुभयो। त्यस बेलादेखि यता, अन्यजाति देशहरूका विश्‍वासयोग्य विश्‍वासीहरू प्रभु येशूको प्रकटीकरण देख्‍न असमर्थ रहे, तिनीहरूले भित्तामा टाँसेका उहाँको तस्विरलाई मात्रै देख्‍न सके। यो चित्र मानिसले बनाएको चित्र मात्रै हो, र त्यो परमेश्‍वरले आफैलाई मानिसकहाँ देखाउनुभएको स्वरूप होइन। परमेश्‍वरले आफैलाई उहाँले दुईचोटि देहधारण गर्नुभएको स्वरूपमा खुल्लमखुल्ला भीडहरूको सामु प्रकट गर्नुहुनेछैन। उहाँले मानवजातिको बीचमा गर्नुहुने काम उनीहरूलाई उहाँको स्वभाव बुझ्ने मौका दिनको लागि हो। यी सबै कुरा मानिसलाई विभिन्‍न युगहरूको कामद्वारा देखाइन्छ; यो येशूको स्वरूप प्रकटीकरणद्वारा नभई उहाँले प्रकट गर्नुभएको स्वभाव र उहाँले गर्नुभएका कामद्वारा पूरा हुन्छ। यो भनेको के हो भने, मानिसको निम्ति परमेश्‍वरको स्वरूपलाई देहधारी स्वरूपद्वारा नभई, स्वरूप र रूप दुवै हुने देहधारी परमेश्‍वरले गर्नुभएको कामद्वारा चिनाइन्छ, र उहाँको कामद्वारा, उहाँको स्वरूप देखाइन्छ र उहाँको स्वभावलाई प्रकट गरिन्छ। उहाँले देहमा गर्न चाहनुभएको कामको महत्त्व यही हो।

जब परमेश्‍वरका दुईवटा देहधारणका काम समाप्त हुन्छ, तब उहाँले सबै अन्यजाति राष्ट्रहरूभरि आफ्नो धर्मी स्वभाव देखाउन सुरु गर्नुहुनेछ, र भीडलाई उहाँको स्वरूप देख्‍न दिनुहुनेछ। उहाँले आफ्नो स्वभाव प्रकट गर्नुहुनेछ र यस माध्यमद्वारा मानिसका विभिन्‍न वर्गहरूको अन्त्य भएको स्पष्ट पार्नुहुनेछ, र यसरी पुरानो युगलाई पूर्ण रूपमा अन्त्य गर्नुहुनेछ। उहाँले देहमा गर्नुभएको काम धेरै क्षेत्रमा भएन (जसरी येशूले यहूदियामा मात्रै काम गर्नुभयो, र आज म केवल तिमीहरूको बीचमा काम गर्छु) किनकि देहमा उहाँले गर्नुहुने कामहरूको सीमा र हदहरू छन्। उहाँले एक साधारण र सामान्य मानिसको स्वरूपमा छोटो समयका निम्ति काम गर्दै हुनुहुन्छ; उहाँले अनन्तको काम गर्न वा अन्यजाति राष्ट्रका मानिसहरूको सामु देखा पर्न देहधारी शरीरको प्रयोग गरिरहनुभएको छैन। देहको काम क्षेत्रमा सीमित मात्र हुन सक्छ (जस्तै केवल यहूदियामा वा केवल तिमीहरूका बीचमा मात्रै काम गर्नु), त्यसपछि, यी सीमाहरूभित्र गरिएको कामद्वारा यसको दायरा विस्तार गर्न सकिन्छ। निश्चय नै, विस्तारको काम सीधै उहाँका आत्माद्वारा गरिन्छ, त्यसपछि यो काम अबउप्रान्त उहाँको देहधारी शरीरको काम हुनेछैन। किनकि देहको कामका सीमाहरू हुन्छन् र त्यो ब्रह्माण्डका सबै कुनासम्म फैलन सक्दैन—यसले यस्तो उपलब्धि हासिल गर्न सक्दैन। देहमा गरिने कामद्वारा, उहाँका आत्माले त्यसपछिको काम गर्नुहुन्छ। त्यसकारण, देहमा गरिएको काम उद्‍घाटन प्रकृतिको हुन्छ, जुन निश्चित सीमाहरूभित्र गरिन्छ; त्यसपछि, उहाँका आत्माले यो काम अगाडि बढाउनुहुन्छ, र उहाँले विस्तारित क्षेत्रमा त्यो काम गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (२)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११२

परमेश्‍वर युगलाई डोऱ्याउनको लागि मात्रै पृथ्वीमा काम गर्न आउनुहुन्छ; उहाँले एउटा नयाँ युग सुरु गर्ने र पुरानो युगलाई समाप्त गर्ने मात्र अभिप्राय राख्‍नुहुन्छ। उहाँ पृथ्वीमा कुनै मानिसको जीवन बिताउन, मानव संसारको जीवनको आनन्द र दुःखहरू आफै अनुभव गर्न, वा आफ्‍नै हातद्वारा कुनै निश्चित व्यक्तिलाई सिद्ध बनाउन वा कुनै व्यक्ति बढ्दै गएको व्यक्तिगत रूपमा हेर्न आउनुभएको होइन। यो उहाँको काम होइन; उहाँको काम भनेको नयाँ युगलाई सुरु गर्नु र पुरानोलाई अन्त्य गर्नु मात्रै हो। अर्थात्, उहाँले व्यक्तिगत रूपमा एउटा युगको सुरु गर्नुहुनेछ, व्यक्तिगत रूपमा अर्कोलाई अन्त्य गर्नुहुन्छ, र व्यक्तिगत रूपले आफ्नो काम गरी शैतानलाई पराजित गर्नुहुनेछ। प्रत्येकचोटि जब उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्नुहुन्छ, तब त्यो उहाँले युद्धको मैदानमा खुट्टा टेक्‍नुभएको जस्तो हुन्छ। सर्वप्रथम, देहमा हुँदा उहाँले संसारलाई परास्त गर्नुहुन्छ र शैतानमाथि विजयी बन्‍नुहुन्छ। उहाँले सम्पूर्ण महिमा लिनुहुन्छ र दुई हजार वर्षको सम्पूर्ण कामको पर्दा उठाउनुहुन्छ, जसले गर्दा पृथ्वीमा सबै मानिसले हिँड्ने सही मार्ग र जिउनका निम्ति शान्ति र आनन्दको जीवन पाउन सक्छन्। तापनि, परमेश्‍वर मानिससँग लामो समयसम्म यस संसारमा बस्‍न सक्‍नुहुन्‍न, किनकि परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ, र जे भए पनि मानिसजस्तो हुनुहुन्‍न। उहाँले सामान्य व्यक्तिको जीवनकाल बाँच्न सक्‍नुहुन्‍न, अर्थात् उहाँ पृथ्वीमा त्यस्तो व्यक्तिको रूपमा वास गर्न सक्‍नुहुन्‍न, जो कुनै विशेष व्यक्ति होइन, किनकि उहाँसँग आफ्नो मानव जीवन थेग्‍नका निम्ति सामान्य व्यक्तिको सामान्य मानवताको थोरै मात्र अंश छ। अर्को शब्दमा भन्‍नुपर्दा, परमेश्‍वरले कसरी पृथ्वीमा एउटा परिवार सुरु गर्न, वृत्ति विकास गर्न र छोराछोरीहरूलाई हुर्काउन सक्‍नुहुन्छ? के त्यो उहाँको बेइज्जती हुनेछैन र? सामान्य रूपले काम गर्न दिने उद्देश्यले मात्र उहाँलाई सामान्य मानवता प्रदान गरिएको हो, एक सामान्य मानिसले जस्तो परिवार सुरु गर्न र वृत्ति विकास गर्न सक्षम पार्नको लागि होइन। उहाँको सामान्य चेतना, सामान्य दिमाग र सामान्य भोजन र उहाँको देहको बस्‍त्र नै उहाँसँग सामान्य मानवता छ भन्‍ने कुराको पर्याप्त प्रमाण हो; उहाँसँग सामान्य मानवता छ भनी प्रमाणित गर्नको लागि उहाँले परिवार सुरु गर्न वा वृत्ति विकास गर्न आवश्यक छैन। यो पूर्ण रूपमा अनावश्यक हुनेथियो! परमेश्‍वर पृथ्वीमा आउनु भनेको वचन देहधारी हुनु हो; उहाँले मानिसलाई उहाँको वचन बुझ्‍न र उहाँको वचन हेर्न दिइरहनुभएको छ, अर्थात् देहले गरेको काम मानिसलाई हेर्न दिइरहनुभएको छ। मानिसहरूले उहाँको देहलाई कुनै खास तरिकाले व्यवहार गरून् भन्‍ने होइन, बरु मानिस आखिरीसम्म समर्पित होस्, अर्थात् उहाँको मुखबाट निस्केका सबै वचनमा समर्पित होस्, र उहाँले गर्नुहुने सबै काममा समर्पित होस् भन्‍ने उहाँको उद्देश्य हो। उहाँले देहमा रही केवल काम गरिरहनुभएको छ; उहाँले जानाजानी मानिसलाई उहाँको देहको महानता र पवित्रताको बढाइ गर्न भनिरहनुभएको छैन, बरु उहाँले मानिसलाई उहाँको कामको ज्ञान-बुद्धि र उहाँको सम्पूर्ण अख्तियार देखाउँदै हुनुहुन्छ। त्यसकारण, उहाँसित उत्कृष्ट मानवता भए पनि उहाँले कुनै घोषणा गर्नुहुन्‍न, उहाँले गर्नुपर्ने काममा मात्र ध्यान केन्द्रित गर्नुहुन्छ। परमेश्‍वर किन देहधारी हुनुभयो तर पनि उहाँले आफ्नो सामान्य मानवताको किन प्रचार गर्नुहुन्‍न वा गवाही दिनुहुन्‍न, केवल आफूले गर्न चाहनुभएको काम मात्र गर्नुहुन्छ भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। त्यसकारण, तिमीहरूले देहधारी परमेश्‍वरबाट देख्‍न सक्‍ने भनेको उहाँ ईश्‍वरीय रूपमा जो हुनुहुन्छ त्यही मात्र हो; यसको कारण के हो भने मानिसले अनुकरण गर्न सकोस् भनेर उहाँले उहाँ मानिसको रूपमा जे हुनुहुन्छ सो कहिल्यै पनि घोषणा गर्नुहुन्‍न। जब मानिसले मानिसहरूलाई डोऱ्याउँछ तब मात्र उसले प्रशंसा र सङ्कल्‍प प्राप्त गर्दै अरूको नेतृत्व प्राप्त गर्नको लागि मानिसको रूपमा ऊ को हो भनी बताउँछ। यसको विपरीत, परमेश्‍वरले उहाँको कामद्वारा मात्रै मानिसलाई जित्‍नुहुन्छ (अर्थात् मानिसले प्राप्त गर्न नसक्‍ने काम); उहाँलाई कुनै मानिसले प्रशंसा गर्नु वा उहाँले मानिसलाई उहाँको श्रद्धा गर्ने बनाउनुको कुनै अर्थ छैन। उहाँले मानिसभित्र उहाँप्रति डरको भाव वा उहाँको अथाहपनको भाव मात्रै स्थापित गरिदिनुहुन्छ। परमेश्‍वरले मानिसलाई प्रभावित पारिरहनुको कुनै आवश्यकता छैन; तैँले उहाँको स्वभाव देखेपछि उहाँको डर मानिस् भने उहाँलाई पुग्छ। परमेश्‍वरले गर्नुहुने काम उहाँकै हो; मानिसले उहाँको सट्टामा यो काम गर्न सक्दैन, न त मानिसले यसलाई प्राप्त नै गर्न सक्छ। परमेश्‍वरले मात्रै आफ्‍नो काम आफै गरेर मानिसलाई नयाँ जीवनमा लैजानका निम्ति नयाँ युगको प्रारम्भ गर्नुहुन्छ। उहाँले गर्नुहुने काम भनेको मानिसलाई नयाँ जीवन धारण गर्न र नयाँ युगमा प्रवेश गर्न सक्‍ने तुल्याउनु हो। बाँकी काम सामान्य मानवता भएका ती व्यक्तिहरूलाई सुम्पिइएको छ, जसलाई अरूले इज्‍जत गर्छन्। त्यसकारण, अनुग्रहको युगमा, उहाँले दुई हजार वर्षको काम आफ्नो तेत्तीस वर्षको देहबाट मात्र साढे तीन वर्षमा पूरा गर्नुभयो। जब परमेश्‍वर पृथ्वीमा आफ्नो काम पूरा गर्न आउनुहुन्छ, उहाँले जहिले पनि केही वर्षको छोटो अवधिभित्र दुई हजार वर्षको वा एउटा सम्पूर्ण युगको काम पूरा गर्नुहुन्छ। उहाँ रोकिनुहुन्‍न, र उहाँले ढिलाइ गर्नुहुन्‍न; धेरै वर्षको काम केही वर्षभित्रै पूरा होस् भनेर उहाँले केवल त्यसलाई छोट्याउनुहुन्छ। यसको कारण के हो भने, उहाँले व्यक्तिगत रूपमा जुन काम गर्नुहुन्छ त्यो पूर्ण रूपमा नयाँ बाटो खोल्न र नयाँ युगतिर डोऱ्याउनका निम्ति हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (२)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११३

जब परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, उहाँ कुनै निर्माण कार्यमा वा अभियानमा संलग्न हुनका लागि आउनुहुन्न, तर आफ्नो सेवकाइ पूरा गर्न आउनुहुन्छ। प्रत्येक पटक उहाँ देह बन्नुहुँदा केवल एक चरणको काम पूरा गर्न र नयाँ युग सुरु गर्नका निम्ति हो। अब परमेश्‍वरको राज्यको युग पनि आइपुगेको छ, त्यसरी नै राज्यको तालिम पनि आइपुगेको छ। कामको यो चरण मानिसले गर्ने काम होइन, र यो मानिसले कुनै हदसम्म गर्नुपर्ने काम होइन, तर केवल परमेश्‍वरको कामको एक अंश पूरा गर्नका लागि हो। उहाँले गर्ने काम मानिसको काम होइन, यो काम गर्ने मानिसले पृथ्वी छोड्नु अघि केही निश्चित परिणाम प्राप्त गर्नु होइन; यो उहाँको सेवकाइ पूरा गर्नु र उहाँले गर्नुपर्ने काम समाप्त गर्नु हो, जुन यस पृथ्वीमा उहाँको कामका लागि उचित प्रबन्धहरू गर्नु र त्यसद्वारा महिमा प्राप्त गर्नु हो। देहधारी परमेश्‍वरले गर्नुहुने काम पवित्र आत्माद्वारा प्रयोग भएका मानिसहरूले गर्ने कामभन्दा भिन्न हुन्छ। जब परमेश्‍वर पृथ्वीमा आफ्नो काम गर्न आउनुहुन्छ, उहाँले केवल आफ्नो सेवकाइको पूरा गर्नुमा ध्यान दिनुहुन्छ। उहाँको सेवकाइसँग सम्बन्धित नभएका अरू सबै मामलाहरूमा, उहाँले प्रायः भाग लिनुहुन्न, यहाँसम्म कि उहाँले आँखा पनि बन्द गर्नुहुन्छ। आफूले गर्नुपर्ने काम मात्र उहाँले गर्नुहुन्छ, र मानिसले गर्नुपर्ने काममा उहाँले थोरै मात्र चासो राख्नुहुन्छ। उहाँले गर्नुहुने काम पूर्ण रूपमा उहाँ हुनुभएको युग र उहाँले पूरा गर्नुपर्ने सेवकाइसँग सम्बन्धित हुन्छ, मानौं अरू सबै विषयहरू उहाँको कार्यक्षेत्र बाहिर छन्। मानव जातिको बीचमा जिउनका लागि उहाँले आफूलाई आधारभूत ज्ञानले सुसज्जित पार्नुहुन्न, न त उहाँले धेरै सामाजिक सीपहरू सिक्नुहुन्छ, न आफूलाई मानिसले बुझ्ने अरू कुनै कुराद्वारा सुसज्जित पार्नुहुन्छ। मानिसमा हुनुपर्ने कुराहरूले उहाँलाई चिन्तित बनाउँदैन, र उहाँले केवल आफ्नो काम गर्नुहुन्छ जुन उहाँको कर्तव्य हो। यसरी मानिसले हेर्दा, देहधारी परमेश्‍वरलाई धेरै कुरामा कमी देख्छ कि उहाँले मानिसमा हुनुपर्ने धेरै कुराहरूमा समेत ध्यान दिनुहुन्‍न, उहाँलाई यस्ता विषयहरूको केही पनि ज्ञान छैन। जीवनको बारेमा सामान्य ज्ञान जस्ता कुराहरू, साथै व्यक्तिगत आचरण र अरूसँग गरिने बातचितको उहाँसँग कुनै सम्बन्ध नभएको जस्तो देखिन्छ। तर तैँले देहधारी परमेश्‍वरबाट असामान्यताको सानोभन्दा सानो सङ्केत पनि पाउन सक्दैनस्। भन्नुको अर्थ, उहाँको मानवताले केवल एक सामान्य व्यक्तिको रूपमा उहाँको जीवनलाई, उहाँको दिमागको सामान्य तर्कलाई थामेर राख्छ, उहाँलाई सही र गलत छुट्याउने क्षमता प्रदान गर्दछ। तापनि, उहाँ अरू कुनै कुराले सुसज्जित हुनुहुन्न, ती सबै थोकहरू केवल मानिसमा (सृष्टि गरिएका प्राणीहरूमा) मात्र हुनुपर्छ। परमेश्‍वर केवल उहाँको आफ्नै सेवकाइ पूरा गर्न मात्र शरीर बन्नुहुन्छ। उहाँको काम एउटा सम्पूर्ण युगतिर निर्देशित हुन्छ, कुनै एक व्यक्ति वा स्थानमा होइन, तर सम्पूर्ण ब्रह्माण्डमा। उहाँको कामको दिशा र उहाँले काम गर्ने सिद्धान्त यही नै हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन, र मानिसको निम्ति यसमा संलग्न हुने कुनै उपाय छैन। प्रत्येक पटक जब परमेश्‍वर देह बन्नुहुन्छ, उहाँले आफ्नो साथमा त्यस युगको काम ल्याउनुहुन्छ, र मानिसले अझ राम्ररी उहाँलाई बुझून् र प्राप्त गरून् भनी उहाँ मानिससँग बीस, तीस, चालीस, वा सत्तरी वा असी वर्षसम्म जिइरहने उहाँको कुनै उद्देश्य हुँदैन। त्यसको कुनै आवश्यकता छैन! त्यसो गर्दा कुनै पनि प्रकारले परमेश्‍वरको भित्री स्वभावसम्बन्धी मानिसको ज्ञानलाई गहिरो बनाउँदैन; यसको साटो, त्यसले केवल उसका धारणाहरू मात्र बढाउँछ र उसका धारणा र विचारहरूलाई जीवाश्म बनाउँछ। यसैले तिमीहरू सबैले देहधारी परमेश्‍वरको काम के हो भनेर ठ्याक्कै बुझ्नु आवश्यक छ। मैले तिमीहरूलाई दिएका वचनहरू तिमीहरूले पक्कै पनि बुझ्न असफल भएका छैनौ: “म सामान्य मानव जीवनको अनुभव गर्न आएको थिइनँ?” के तिमीहरूले यी वचनहरू भुलेका छौ: “परमेश्‍वर पृथ्वीमा एक सामान्य मानिसको जीवन जिउन आउनुभएको होइन?” तिमीहरू परमेश्‍वर देह बन्नुको उद्देश्य बुझ्दैनौ, न त तिमीहरू “सृष्टि गरिएको प्राणीको जीवनको अनुभव गर्ने मनसायले पृथ्वीमा कसरी परमेश्‍वर आउन सक्नुहुन्छ?” भन्‍ने कुराको अर्थ जान्दछौ। परमेश्‍वर केवल आफ्नो काम पूरा गर्न पृथ्वीमा आउनुहुन्छ, र यसैले पृथ्वीमा उहाँको काम अल्पकालीन हुन्छ। उहाँ पवित्र आत्मालाई उहाँको आफ्नो मासुको शरीरलाई चर्चको नेतृत्व गर्ने महामानव बनाउन लगाउने उद्देश्यले पनि आउनुहुन्न। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, यो वचन देहधारी बन्नु नै हो; तापनि, मानिसले उहाँको कामबारे जान्दैन र जबरजस्ती उहाँलाई विभिन्न उपाधिहरू दिन्छ। तर तिमीहरू सबैले बुझ्नुपर्छ, कि परमेश्‍वर “वचन देह बन्‍नुहुन्छ,” केही क्षणसम्म परमेश्‍वरको भूमिका खेल्न परमेश्‍वरका आत्माले तयार गर्नुभएको मासुको शरीर होइन। परमेश्‍वर आफै पनि हेरचाहको उपज हुनुहुन्‍न, तर वचन देहधारी हुनुभएको हो, र आज उहाँले आधिकारिक रूपमा तिमीहरू सबैको माझ आफ्नो काम गर्नुहुन्छ। तिमीहरू सबैलाई थाहा छ, र स्वीकार गर्छौ, कि परमेश्‍वरले देहधारण हुनुभएको कुरा वास्तविक सत्यता हो, तापनि, तिमीहरू यसलाई बुझेको जस्तो व्यवहार गर्छौ। देहधारी परमेश्‍वरको कामदेखि उहाँको देहधारणको महत्त्व र तत्त्वसम्म तिमीहरू थोरै पनि बुझ्न सक्दैनौ र स्मरणबाट सजिलै भन्‍न सकिने वचनहरूद्वारा अरूलाई पछ्याउँछौं। के देहधारी परमेश्‍वर तैँले कल्पना गरेको जस्तो हुनुहुन्छ भनी तँ विश्‍वास गर्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११४

परमेश्‍वर केवल युगलाई डोऱ्याउन र नयाँ कामलाई गति दिनका निम्ति मात्रै देह बन्नुहुन्छ। तिमीहरूले यो कुरा बुझ्नु आवश्यक छ। यो मानिसको प्रकार्यभन्दा धेरै फरक छ, र दुवैलाई उही रूपमा उल्‍लेख गर्न सकिँदैन। मानिसलाई काम गर्न प्रयोग गर्नुभन्दा पहिले उसलाई लामो समयसम्म विकास गर्नु र सिद्ध बनाउनु आवश्यक हुन्छ, र जुन प्रकारको मानवता चाहिएको हुन्छ त्यो विशेष प्रकारले उच्च स्तरको हुन्छ। मानिसले सामान्य मानवताको ज्ञानलाई कायम राख्न सक्ने मात्र होइन, तर उसले अरूसँग सम्बन्धित आफ्नो आचरणलाई नियन्त्रण गर्ने धेरै सिद्धान्तहरू र नियमहरूलाई बुझ्‍न, र यसबाहेक ऊ बुद्धि र नैतिक ज्ञानको बारेमा अझ बढी अध्ययन गर्न प्रतिबद्ध हुन सक्‍नुपर्छ। मानिस यस्तै कुराले सुसज्जित हुनुपर्छ। तापनि, देह बन्नुहुने परमेश्‍वरको हकमा त्यस्तो हुँदैन, किनकि उहाँको कामले न त मानिसको न मानिसको कामको प्रतिनिधित्व गर्छ, बरु, उहाँको अस्तित्वको प्रत्यक्ष अभिव्यक्ति र उहाँले गर्नुपर्ने कामको प्रत्यक्ष कार्यान्वयनको प्रतिनिधित्व गर्दछ। (स्वाभाविक रूपमा, उहाँको काम उपयुक्त समयमा सम्पन्न हुन्छ, संयोगले वा निरुद्देश्यमा होइन, र यो उहाँको सेवकाइ पूरा गर्ने समय भएको बेलामा सुरु भएको छ)। उहाँ मानिसको जीवनमा वा मानिसको काममा सहभागी हुनुहुन्न, अर्थात् उहाँको मानवता यीमध्ये कुनै पनि कुराद्वारा सुसज्जित छैन (यद्यपि यसले उहाँको कामलाई असर गर्दैन)। उहाँ तब मात्र आफ्नो सेवकाइ पूरा गर्नुहुन्छ जब उहाँले यसो गर्ने समय आउँछ; उहाँको दर्जा जे-सुकै भए पनि, उहाँ आफूले गर्नुपर्ने काममा लगातार अगि बढ्नुहुन्छ। मानिसले उहाँको विषयमा जे जान्दछ, उहाँको विषयमा मानिसको विचार जे-जस्तो भए पनि उहाँको काम पूर्ण रूपमा अप्रभावित हुन्छ। उदाहरणका लागि, जब येशूले आफ्नो काम पूरा गर्नुभयो, उहाँ को हुनुहुन्छ भनेर ठ्याक्कै कसैलाई पनि थाहा थिएन, तर उहाँ केवल आफ्नो काममा अगि बढ्नुभयो। यी कुनै पनि कुराले उहाँले गर्नुपर्ने काम गर्न उहाँलाई कुनै बाधा पुऱ्याएन। त्यसकारण, उहाँले सुरुमा आफ्नो पहिचान स्वीकार गर्ने र घोषणा गर्ने गर्नुभएन, र मानिस उहाँको पछि लागेका मात्र थिए। स्वाभाविक रूपमा, यो परमेश्‍वरको नम्रता मात्र थिएन, तर परमेश्‍वरले देहमा काम गर्नुहुने तरिका पनि थियो। उहाँले यसरी मात्र काम गर्न सक्नुहुन्थ्यो, किनकि नाङ्गो आँखाले उहाँलाई चिन्ने मानिसको कुनै उपाय थिएन। अनि यदि मानिसले उहाँलाई चिनेको भए पनि उसले उहाँको काममा कुनै सहयोग गर्न सक्दैनथ्यो। यसबाहेक, मानिसले उहाँको देहलाई चिनोस् भनेर उहाँ देह बन्नुभएको थिएन; यो उहाँले आफ्‍नो काम गर्न र आफ्नो सेवकाइ पूरा गर्नको लागि थियो। यसकारण, उहाँले आफ्नो पहिचान सार्वजनिक गर्नुलाई कुनै महत्त्व दिनुभएन। जब उहाँले गर्नुपर्ने सबै कामहरू पूरा गर्नुभयो तब उहाँको सम्पूर्ण पहिचान र दर्जा स्वाभाविक रूपमा मानिसको अगि स्पष्ट भयो। देहधारी परमेश्‍वर चुपचाप रहनुहुन्छ र कहिल्यै पनि कुनै घोषणाहरू गर्नुहुन्न। उहाँले न त मानिसलाई न मानिसले कसरी उहाँलाई पछ्याउँदैछ भनेर ध्यान दिनुहुन्छ, तर केवल आफ्नो सेवकाइ पूरा गर्न र उहाँले गर्नुपर्ने काम पूरा गर्न अगि बढ्नुहुन्छ। उहाँको कामको बाटोमा कोही पनि खडा हुन सक्दैन। जब उहाँको काम समाप्त गर्ने समय आउँदछ, यो निश्चय नै निष्कर्षमा पुग्नेछ र समाप्त हुनेछ, र कसैले पनि अन्यथा निर्देशित गर्न सक्दैन। उहाँले मानिसमा आफ्नो काम पूरा गरेर जानुभएपछि मात्र मानिसले उहाँले गर्नुहुने कामलाई बुझ्‍नेछ, तापनि अझै पूर्ण रूपमा स्पष्ट होइन। उहाँले पहिलो आफ्‍नो काम कुन अभिप्रायहरूका साथ गर्नुभएको थियो भनी बुझ्न मानिसलाई धेरै लामो समय लाग्नेछ। अर्को शब्दमा भन्नुपर्दा, देहधारी परमेश्‍वरको युगको काम दुई भागमा बाँडिएको छ। एउटा भागमा देहधारी परमेश्‍वर आफैले गर्नुहुने काम र परमेश्‍वरको देहधारी शरीर आफैले बोल्नुहुने वचनहरू छन्। उहाँको शरीरको सेवकाइ पूर्णरूपमा पूरा भएपछि, त्यो कामको अर्को भाग ती मानिसहरूद्वारा गरिनुपर्छ जो पवित्र आत्माद्वारा चलाइन्छन्। मानिसले आफ्नो काम पूरा गर्ने समय यही हो, किनकि परमेश्‍वरले अघिबाटै बाटो खोलिदिइसक्नुभएको हुन्छ, र त्यसमा मानिस आफै हिँड्नुपर्छ। भन्नुको अर्थ, देहधारी बन्नुभएका परमेश्‍वरले कामको एक भाग पूरा गर्नुहुन्छ, र त्यसपछि पवित्र आत्मा र पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरूले बाँकी काम गर्नुपर्छ। त्यसकारण, देहधारी हुनुभएका परमेश्‍वरले यस चरणमा गर्नुहुने मुख्य काम के हो र देह बन्नुभएका परमेश्‍वरको महत्त्व के हो र उहाँले गर्नुपर्ने काम के हो त्यसलाई मानिसले ठीकसँग बुझ्नुपर्छ, र उसले मानिससँग माग गरेजस्तो परमेश्‍वरसित माग गर्नुहुँदैन। यसैमा मानिसको गल्ती, उसको धारणा र त्योभन्दा बढी उसको विद्रोहीपनमा लुकेको हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११५

परमेश्‍वर मानिसलाई उहाँको देहबारे जान्न दिने, वा देहधारी परमेश्‍वरको शरीर र मानिसको शरीर बीचका भिन्नताहरू छुट्ट्याउन दिने उद्देश्यले देहधारी बन्नुभएको होइन; न त परमेश्‍वर मानिसको समझशक्तिलाई तालिम दिनका लागि नै देह बन्नुभएको हो, र मानिसलाई परमेश्‍वरको देहधारी शरीरको पूजा गर्ने अनुमति दिने र त्यसरी ठूलो महिमा प्राप्त गर्ने उद्देश्यले त झन् यो हुँदै-होइन। यी कुनै पनि कुरा परमेश्‍वर देह बन्नुको मूल अभिप्राय होइन। न त मानिसलाई दोषी ठहराउनका लागि, न त जानाजानी मानिसलाई प्रकट गर्न, न त उसका निम्ति स्थितिहरू गाह्रो बनाउन परमेश्‍वर देह बन्नुभएको हो। यीमध्ये कुनै पनि कुराहरू परमेश्‍वरको अभिप्राय होइन। हरेक पल्ट जब परमेश्‍वर देह बन्नुहुन्छ, त्यो अपरिहार्य कुरा हुन्छ। उहाँले जसरी काम गर्नुहुन्छ त्यो उहाँको महान् काम र उहाँको ठूलो व्यवस्थापनको खातिर गर्नुहुन्छ, मानिसले कल्पना गरेको जस्तो प्रकारले काम गर्नको लागि होइन। परमेश्‍वर उहाँको कामको आवश्यकताअनुसार मात्र पृथ्वीमा आउनुहुन्छ, र आवश्यक पर्दा मात्र आउनुहुन्छ। उहाँ केवल यता-उता हेर्नका निम्ति मात्र पृथ्वीमा आउनुहुन्न, तर उहाँले गर्नुपर्ने काम पूरा गर्न आउनुहुन्छ। उहाँले आफ्नो काम पूरा गर्न किन यस्तो गह्रौं बोझ लिनुहुन्छ र यस्तो ठूलो जोखिम उठाउनुहुन्छ? जब आवश्यक पर्छ तब परमेश्‍वर देह बन्नुहुन्छ, र सधैँ द्वित्तिय महत्त्वसहित देह बन्नुहुन्छ। यदि मानिसहरूलाई उहाँतिर हेर्न लगाउनु र तिनीहरूका क्षितिजलाई फराकिलो बनाउनका लागि मात्र हो भने, निश्‍चित रूपमा उहाँ कहिल्यै पनि त्यति सजिलै मानिसहरूको बीचमा आउनुहुने थिएन। उहाँ आफ्नो व्यवस्थापन र उहाँको महान् कामको खातिर, र अझै बढी मानवजाति प्राप्त गर्न सकूँ भनेर पृथ्वीमा आउनुहुन्छ। उहाँ युगको प्रतिनिधित्व गर्न आउनुहुन्छ, उहाँ शैतानलाई हराउन आउनुहुन्छ, र शैतानलाई हराउनका लागि उहाँले आफैमा शरीर धारण गर्नुहुन्छ। अझ बढी, उहाँ सम्पूर्ण मानवजातिलाई तिनीहरूको जीवन जिउन अगुवाइ गर्नका निम्ति आउनुहुन्छ। यी सबै उहाँको व्यवस्थापनसित सम्बन्धित छन्, र यो सम्पूर्ण ब्रह्माण्डको कामसँग सम्बन्धित छ। यदि मानिसलाई उहाँको देह चिन्ने तुल्याउन र मानिसहरूका आँखा खोलिदिनका निम्ति मात्र परमेश्‍वर मानिस बन्नुभयो भने उहाँले किन सबै देशको यात्रा गर्नुभएन? के यो अत्यन्तै सजिलो कुरा हुनेछैन र? तर उहाँले त्यसो गर्नुभएन, बरु उहाँले बस्‍नलाई उपयुक्त स्थान चुनेर आफूले गर्नुपर्ने काम सुरु गर्नुहुन्छ। यो देह मात्रै पनि धेरै महत्त्वपूर्ण छ। उहाँले सम्पूर्ण युगको प्रतिनिधित्व गर्नुहुन्छ, साथै सम्पूर्ण युगको काम पनि गर्नुहुन्छ; उहाँले अघिल्लो युगको अन्त्य गर्ने र नयाँ युग सुरु गर्ने, दुवै काम गर्नुहुन्छ। यो सबै नै परमेश्‍वरको व्यवस्थापनसँग सम्बन्धित महत्त्वपूर्ण कुरा हो, र यो सबै नै परमेश्‍वर पृथ्वीमा आई अघि बढाउनुहुने कामको एउटा चरणको महत्त्व हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११६

परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको प्रयोगबाट गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्‍नुभएको भए, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ हुनेथियो। यदि परमेश्‍वरले सृजित मानिसको बाहिरी रूप धारण नगर्नुभएको भए, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन, त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छँदै छैन। केवल एक सृजित प्राणी बनेर, अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको देहको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचन मिसाउन सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई सुन्न र देख्न सक्दछ, र त्यसबाहेक, उहाँको वचन प्राप्त गर्न सक्दछ, र यसरी उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। परमेश्‍वर देह नबन्नुभएको भए, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो मुक्ति प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिमाझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजातिलाई नै ढालिनेथियो, वा, परमेश्‍वरको सम्पर्कमा आउने उपाय नभएर, तिनीहरूलाई शैतानले पूर्ण रूपले पक्रेर लैजानेथ्यो। पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको देहको शरीरद्वारा छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानी स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण उप्रान्त पापबलिका रूपमा सेवा गर्नका लागि होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो कि, पाप क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा स्वच्छ पारिऊन्, र स्वभावमा परिवर्तन हासिल गरून् र यसरी शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्‍वरले मुक्तिको काम सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहीपनका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्‍वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्‍वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। देह बनेर मात्र परमेश्‍वर मानिससँग बस्न, संसारको कष्ट भोग्न, र सामान्य देहको शरीरमा जिउन सक्नुहुन्छ। यस तरिकाले मात्र उहाँले मानिसहरूलाई सृजित प्राणीहरूका रूपमा चाहिने व्यावहारिक वचन प्रदान गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, उसका प्रार्थनाहरूका जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। मानिस देह र रगतको भएकाले उसले परमेश्‍वरका आत्मालाई कुनै पनि तरिकाले देख्‍न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्, तसर्थ, ऊ केवल परमेश्‍वरले देहधारी देहको सम्पर्कमा आउन सक्छ। यस माध्यमबाट मात्र मानिसले सबै वचन र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ। दोस्रो देहधारण मानिसलाई उसका पापहरू फाल्ने तुल्याउन र उसलाई पूर्ण रूपमा शुद्ध गर्न पर्याप्त हुनेछ। यसैले, दोस्रो देहधारणद्वारा परमेश्‍वरको सम्पूर्ण कामलाई समाप्त गरिनेछ र परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुनेछ। त्यसपछि, देहमा गरिने परमेश्‍वरको काम पूर्ण रूपमा अन्त्य हुनेछ। दोस्रो देहधारणपछि, उहाँ आफ्नो कामका लागि तेस्रो पटक देह बन्नुहुनेछैन। किनकि उहाँको सम्पूर्ण व्यवस्थापन अन्त्य भएको हुनेछ। आखिरी दिनहरूका देहधारणले उहाँका चुनिएका मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ, र आखिरी दिनहरूको मानवजाति सबै उनीहरूका प्रकारअनुसार वर्गीकरण गरिएका हुनेछन्। उहाँले फेरि मुक्तिको काम गर्नुहुनेछैन, न त उहाँ कुनै काम गर्न देहमा फर्केर नै आउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११७

मानिसले अहिले के हासिल गरेको छ—उसको वर्तमान कद, ज्ञान, प्रेम, बफादारी, समर्पण र अन्तर्दृष्टि—वचनको न्यायको माध्यमबाट प्राप्त भएका कुराहरू यिनै हुन्। तँ आजको दिनसम्‍म बफादार हुन र खडा रहन सकेको छस्, त्यो वचनको माध्यमद्वारा नै हो। अहिले मानिसले देहधारी परमेश्‍वरको काम वास्तवमै असाधारण छ, र यसमा मानिसले प्राप्त गर्न नसक्‍ने, र रहस्य र अचम्‍मका कुराहरू धेरै छन् भन्‍ने देख्‍न सक्छ। त्यसैकारण धेरै जना अधीनमा बसेका छन्। कोही-कोही तिनीहरूका जन्मदेखि नै कहिल्यै कसैको अधीनमा बसेका छैनन्, तापनि तिनीहरूले आजको दिनमा परमेश्‍वरका वचनहरू देख्दा तिनीहरूले थाहै नपाई तिनीहरू अधीनमा बसेका हुन्छन्, अनि तिनीहरू जाँच्ने वा अरू कुनै कुरा गर्ने आँट गर्दैनन्। मानवता वचनको अधीनमा परेको छ र वचनको न्यायको मुनि लम्पसार परेको छ। यदि परमेश्‍वरका आत्माले मानिससँग सीधै बोल्नुहुन्थ्यो भने मानवजाति सबै त्यो आवाजको अधीनमा बस्‍नेथिए, अनि जसरी पावल दमस्कसको बाटोको ज्योतिले गर्दा भुइँमा लडेका थिए त्यसरी नै तिनीहरू प्रकाशको वचनविना नै लड्नेथिए। यदि परमेश्‍वरले यस प्रकारले काम गरिरहनुभएको भए, मानिसले कहिल्यै पनि वचनको न्यायद्वारा आफ्नो भ्रष्टतालाई जान्न र त्यसबाट मुक्ति प्राप्त गर्न सक्दैनथियो। केवल देहधारी हुनुभएर मात्र परमेश्‍वरले हरेक मानवका कानमा उहाँका वचनहरू व्यक्तिगत रूपमा पुर्‍याउन सक्नुहुन्छ, यसरी जसको कान छ ती सबैले उहाँको वचन सुन्न र वचनद्वारा न्यायको कामलाई स्वीकार गर्न सक्छन्। यसरी मात्र उहाँको वचनमार्फत नतिजा हासिल हुन्छ, आत्मा देखा पर्नुभई मानिसलाई समर्पित हुन त्रसित तुल्याएर होइन। परमेश्‍वरको यही व्यावहारिक तर असाधारण काममार्फत मात्रै मानिसभित्र धेरै वर्षदेखि लुकेको उसको पुरानो स्वभावलाई पूर्ण रूपमा खुलासा गर्न सकिन्छ, यसरी मानिसले त्यसलाई चिन्न र परिवर्तन गर्न सक्दछ। यी सबै देहधारी परमेश्‍वरका व्यावहारिक कामहरू हुन्, जसमा व्यावहारिक रूपमा बोलेर अनि न्याय कार्यान्वयन गरेर उहाँले वचनद्वारा मानिसमा न्यायको परिणाम प्राप्त गर्नुहुन्छ। देहधारी परमेश्‍वरको अख्तियार र परमेश्‍वरको देहधारणको महत्त्व यही हो। यो देहधारी परमेश्‍वरको अधिकार जनाउन, वचनको कामले हासिल गरेका परिणामहरू जनाउन र आत्मा देहमा आउनुभएको छ भनी बताउन र वचनद्वारा मानिसको न्याय गरी उहाँको अधिकार प्रदर्शन गर्नका निम्ति गरिन्छ। उहाँको देह एक साधारण र सामान्य मानवताको बाहिरी रूप भए पनि उहाँका वचनहरूले प्राप्त गरेका परिणामहरूले मानिसलाई उहाँ अख्तियारले पूर्ण हुनुहुन्छ, उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ र उहाँका वचनहरू स्वयम् परमेश्‍वरका अभिव्यक्ति हुन् भनी देखाउँछ। यस माध्यमद्वारा सबै मानवजातिलाई उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ, उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँलाई कसैले उल्‍लङ्घन गर्नु हुँदैन, र अनि कसैले पनि वचनद्वारा गरिने उहाँको न्यायलाई उछिन्न सक्दैन, अन्धकारको कुनै शक्ति उहाँको अख्तियारमाथि विजयी हुन सक्दैन भनी देखाइन्छ। मानिसको उहाँप्रतिको समर्पण सबै उहाँ देहमा देखा पर्नुहुने वचन हुनुभएका कारण, सबै उहाँको अख्तियारका कारण र वचनद्वारा उहाँले गर्नुहुने न्यायका कारणले गर्दा हो। उहाँको देहधारी देहद्वारा ल्याइएको काम उहाँसित भएको अख्तियार हो। शरीरले पनि अख्तियार प्राप्त गर्न सकोस् भनेर उहाँ देह बन्‍नुभएको हो, र उहाँ मानिसले देख्न र अनुभव गर्न सक्‍ने गरी मानिसमा व्यावहारिक ढङ्गले काम गर्न सक्षम हुनुहुन्छ। यो काम परमेश्‍वरका आत्माले सिधै गरेको कामभन्दा धेरै व्यावहारिक हुन्छ, जोसँग सबै अधिकार छ, र यसका परिणामहरू पनि स्पष्ट हुन्छन्। किनकि देहधारी परमेश्‍वर व्यावहारिक रूपमा बोल्न र काम गर्न सक्नुहुन्छ। उहाँको देहको बाहिरी रूपको कुनै अख्तियार हुँदैन, र मानिस त्यसको नजिक जान सक्छ, जबकी उहाँको सारले अख्तियार बोक्दछ, तर उहाँको अख्तियारलाई कसैले पनि देख्न सक्दैन। जब उहाँ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसले उहाँको अख्तियारको अस्तित्व पत्ता लगाउन सक्दैन; यसले उहाँलाई उहाँको प्राकृतिक काम गर्न सहयोग पुर्‍याउँछ। यो सबै व्यावहारिक कार्यले परिणामहरू प्राप्त गर्न सक्छ। कुनै मानिसले उहाँमा अधिकार छ भन्‍ने महसुस नगरे पनि, वा उहाँलाई दुःखी बनाउनु हुँदैन भनी नबुझे पनि, वा उहाँको क्रोध नदेखे पनि, उहाँले उहाँको गुप्त अख्तियार, उहाँको लुकेको क्रोध र उहाँले खुल्लमखुल्ला बोल्नुहुने वचनबाट आफ्ना वचनहरूद्वारा आफूले चाहनुभएको परिणाम प्राप्त गर्नुहुन्छ। अर्को शब्दमा, उहाँको आवाजको सुर, उहाँको बोलीको कठोरता, र उहाँको वचनका सबै बुद्धिद्वारा मानिस पूर्ण रूपले विश्‍वस्त हुन्छ। यस प्रकारले, मानिस देहधारी परमेश्‍वरको अधीनमा बस्छ, जसको कुनै अधिकार छैन जस्तो देखिन्छ, यसरी मानिसलाई बचाउने परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। यो उहाँको देहधारणको महत्त्वको अर्को पक्ष हो: अझ बढी व्यावहारिक तरिकामा बोल्नु र उहाँको वचनको वास्तविकतालाई मानिसमा प्रभाव पार्ने तुल्याउनु, यसैले कि मानिसले परमेश्‍वरको वचनको शक्तिलाई देख्न सकोस्। त्यसकारण, यदि देहधारणको माध्यमद्वारा यो काम गरिएको थिएन भने, त्यसले थोरै परिणामहरू पनि प्राप्त गर्न सक्दैनथियो र पापी मानिसहरूलाई पूर्ण रूपमा मुक्ति दिन सक्ने थिएन। यदि परमेश्‍वर देह नबन्नुभएको भए उहाँ आत्मा नै रहनुहुने थियो, जो मानिसका निम्ति अदृश्य र अनुभव गर्न नसकिने दुवै हुनेथियो। मानिस शारीरिक प्राणी भएकोले ऊ र परमेश्‍वर दुई फरक संसारका हुनुहुन्छ र जसका विभिन्न प्रकृतिहरू छन्। मानिस देह भएकोले परमेश्‍वरका आत्मा ऊसित सँगै रहन सक्दैन, र तिनको बीचमा सम्बन्ध स्थापित गर्ने कुनै उपाय छैन, अनि मानिस आत्मामा परिवर्तन हुनु त झन् हुनै नसक्ने कुरा हो। यस्तो भएकोले, आफ्‍नो मूल कार्य गर्नको लागि परमेश्‍वरका आत्मा सृष्टि गरिएको प्राणी हुनु नै पर्दछ। परमेश्‍वर उच्च स्थानमा चढ्न र मानव प्राणी बन्नका निम्ति आफूलाई नम्र तुल्याउन, दुवै कार्य गर्न सक्‍ने हुनुहुन्छ, यसरी उहाँले मानवजातिका माझमा काम गर्न र तिनीहरूका बीचमा रहन सक्‍नुहुन्छ, तर मानिस उच्च स्थानमा उक्लिन र आत्मा बन्न सक्दैन, र ऊ तल्लो स्थानमा त झनै ओर्लन सक्दैन। यसैले गर्दा परमेश्‍वर आफ्नो काम पूरा गर्न देह बन्नुपर्छ। यसरी नै, पहिलो देहधारणको अवधिमा देहधारी परमेश्‍वरको शरीरले मात्रै उहाँको क्रूसीकरणद्वारा मानिसलाई छुटकारा दिन सक्यो, नत्र भने परमेश्‍वरका आत्मा मानिसको पापबलिको रूपमा क्रूसमा टाँगिने कुनै उपाय हुनेथिएन। परमेश्‍वर मानिसको पापबलि हुनका निम्ति सीधै मानिस बन्न सक्नुहुन्थ्यो, तर मानिस परमेश्‍वरले उसको निम्ति तयार पार्नुभएको पापबलि बोकेर सीधै स्वर्गमा उक्लिन सक्दैनथ्यो। यस्तो भएकोले, परमेश्‍वरलाई स्वर्ग र पृथ्वीको बीचमा केही पल्ट आउने र जाने गर्न लाउनु मात्र सम्भव हुन्थ्यो, मानिसलाई मुक्ति पाउनका निम्ति स्वर्गमा उक्लिन लगाउनु सम्भव भएन, किनकि मानिस पतित भएको थियो, साथै मानिस यसै पनि स्वर्गमा उक्‍लिन सक्दैन, झन् पापबलि प्राप्त गर्न सक्‍नु त कुरै नगरौं। त्यसकारण, येशू मानवजातिको बीचमा आउनु र कुनै मानिसले गर्न नसक्ने काम व्यक्तिगत रूपमा गर्नु आवश्यक थियो। हरेक चोटि परमेश्‍वर अति आवश्यक परेकोले गर्दा मात्रै मानिस बन्नुहुन्छ। यदि कुनै पनि चरणहरू प्रत्यक्ष रूपमा परमेश्‍वरका आत्माद्वारा पूरा गर्न सकिन्थ्यो भने उहाँ देहधारी हुने अपमानजनक कार्यमा समर्पित बन्नुहुने थिएन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११८

परमेश्‍वर देह बन्नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले भ्रष्ट तुल्याएको छ। मानिसको देह भ्रष्ट तुल्याइएको कारणले नै परमेश्‍वरले देहको मानिसलाई आफ्नो कामको पात्र बनाउनुभयो; यसका साथै, मानिस भ्रष्टताको पात्र भएकोले परमेश्‍वरले उसलाई नै आफ्नो मुक्तिको कार्यका सबै चरणहरूको एक मात्र पात्र बनाउनुभयो। मानिस मरणशील प्राणी हो, ऊ देह र रगतको हो र उसलाई मुक्ति दिन सक्ने परमेश्‍वर मात्रै हुनुहुन्छ। यसरी, आफ्नो काम गर्नको लागि परमेश्‍वर मानिसका जस्तै गुणहरू भएको देह बन्नुपर्छ, ताकि उहाँको कामले अझै उत्तम प्रभावहरू हासिल गर्न सकोस्। मानिस देहको हो र ऊ पापमाथि विजय प्राप्त गर्न र आफैलाई देहबाट मुक्त गर्न असक्षम छ, ठीक यही कारणले गर्दा आफ्नो काम गर्नको लागि परमेश्‍वर देह बन्नैपर्छ। देहधारी परमेश्‍वरको सार र पहिचान मानिसको सार र पहिचानभन्दा निकै फरक भए तापनि, उहाँको स्वरूप मानिसको जस्तै छ; उहाँमा सामान्य मानिसको जस्तो स्वरूप छ र उहाँले सामान्य मानिसको जीवन जिउनुहुन्छ र उहाँलाई देख्नेहरूले उहाँलाई सामान्य मानिसभन्दा फरक देख्न सक्दैनन्। यो सामान्य स्वरूप र सामान्य मानवता नै उहाँको लागि सामान्य मानवतामा आफ्नो ईश्‍वरीय काम गर्न पर्याप्त छन्। उहाँको देहले उहाँलाई सामान्य मानवतामा आफ्नो काम गर्न दिन्छ र मानिसको बीचमा आफ्नो काम गर्न यसैले सहायता गर्छ, यसका साथै, उहाँको सामान्य मानवताले मानिसको बीचमा मुक्तिको काम गर्न सहायता गर्छ। उहाँको सामान्य मानवताले मानिसको बीचमा निकै कोलाहल पैदा गरेको भए तापनि, त्यस किसिमको कोलाहलले उहाँको कार्यको सामान्य प्रभावहरूलाई असर गरेको छैन। छोटकरीमा, उहाँको सामान्य देहको काम मानिसको लागि निकै फाइदाजनक छ। धेरैजसो मानिसहरूले उहाँको सामान्य मानवतालाई स्वीकार नगरे तापनि, उहाँको कार्यले परिणामहरू पैदा गर्न सक्छ र उहाँको सामान्य मानवताले गर्दा नै यी परिणामहरू हासिल गरिन्छ। यसमा कुनै शङ्का छैन। देहमा उहाँले गर्ने कार्यद्वारा मानिसले उसको सामान्य मानवताबारे मानिसको बीचमा रहेका धारणाहरूभन्दा दशौं वा दर्जनौं गुणा बढी कुराहरू प्राप्त गर्छ र त्यस्ता धारणाहरू सबैलाई आखिरीमा उहाँको कार्यले निलिदिनेछ। अनि उहाँको कार्यले हासिल गरेको प्रभाव, भन्नुको अर्थ, उहाँको विषयमा मानिससँग भएको ज्ञान उहाँबारे मानिसमा भएका धारणाहरूभन्दा निकै बढी हुन्छ। देहमा उहाँले गर्नुहुने कामको कल्पना गर्ने वा नाप्ने कुनै तरिका छैन, किनभने उहाँको देह कुनै पनि देहको मानवजस्तो छैन; बाहिरी भेष समान भए पनि, सार भने समान छैन। उहाँको देहले मानिसको बीचमा परमेश्‍वरसम्बन्धी अनेक धारणाहरू उत्पन्न गर्छ, तैपनि उहाँको देहले मानिसलाई अझै बढी ज्ञान प्राप्त गर्न दिन्छ र त्यस्तै बाहिरी भेष भएको कुनै पनि व्यक्तिलाई विजय समेत गर्नसक्छ। किनभने उहाँ मानव मात्रै हुनुहुन्न तर मानवको बाहिरी भेष भएको परमेश्‍वर हुनुहुन्छ र कसैले पनि उहाँलाई पूर्ण रूपमा जान्न वा बुझ्न सक्दैन। अदृश्य र छुन नसकिने परमेश्‍वरलाई सबैले प्रेम र स्वागत गर्छन्। यदि परमेश्‍वर मानिसको लागि अदृश्य आत्मा मात्रै हुनुहुन्छ भने, मानिसलाई परमेश्‍वरमा विश्‍वास गर्न निकै सहज हुन्छ। मानिसहरूले आफ्ना कल्पनालाई बेलगाम छोडिदिन सक्छन्, आफैलाई प्रसन्न पार्न र आफूलाई खुसी तुल्याउनको लागि तिनीहरूले परमेश्‍वरको स्वरूपको रूपमा जेसुकैलाई चुन्न सक्छन्। यसरी, मानिसहरूले निस्सङ्कोच तिनीहरूका परमेश्‍वरले के गरेको मन पराउनुहुन्छ र चाहनुहुन्छ त्यही गर्न सक्छन्। यति मात्र कहाँ हो र, मानिसहरू परमेश्‍वरप्रति तिनीहरू जत्तिको निष्ठावान र भक्त कोही पनि छैनन् र अरू सबै अन्यजाति कुकुरहरू हुन् र परमेश्‍वरप्रति अबफादार हुन् भन्‍ने विश्‍वास गर्छन्। परमेश्‍वरमाथि जसको विश्‍वास अस्पष्ट र सिद्धान्तमा आधारित छ, तिनीहरूले खोज्ने यही नै हो भनेर भन्न सकिन्छ; तिनीहरूले सिक्ने कुरा पनि लगभग उस्तै हुन्छ, त्यसमा अलिकति मात्रै अन्तर हुन्छ। तिनीहरूका कल्पनामा भएका परमेश्‍वरका स्वरूपहरू फरक मात्रै छन्, तैपनि तिनीहरूको सार वास्तवमा उस्तै छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ११९

देहधारी परमेश्‍वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताले गर्दा मात्रै हो। परमेश्‍वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो र उहाँका सबै बलिदानहरू र दुःखकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्‍वर स्वयमको फाइदाका लागि होइनन्। परमेश्‍वरका लागि कुनै फाइदा र बेफाइदा वा इनाम भन्ने हुँदैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँकै थियो त्यसको कटनी गर्नुहुनेछ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्नका लागि भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर हो। देहमा परमेश्‍वरले गर्नुहुने काममा विभिन्न अकल्पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामका प्रभावहरू भन्दा निकै बढी हुन्छ। देहको कार्यमा धेरै कठिनाइ समावेश छन् र देहको पहिचान आत्माको पहिचान जस्तो महान् हुन सक्दैन, उहाँले आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्नुहुन्न, उहाँमा आत्माको जस्तै अख्तियार हुन सक्ने कुरा त परै जाओस्। तैपनि उहाँको यस साधारण देहले गर्ने कामको सार आत्माले प्रत्यक्ष रूपमा गर्नुहुने कामभन्दा धेरै नै श्रेष्ठ हुन्छ, र सारा मानवजातिका आवश्यकताहरूको उत्तर यही देह स्वयम् नै हुनुहुन्छ। मुक्त गरिनेहरूका लागि, आत्माको उपयोगी मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदी, तालतलैया अनि समुद्रहरूलाई समावेश गर्न सक्ने भए तापनि, देहको काम उहाँ सम्पर्कमा आउने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्बन्धित हुन्छ। यति मात्र होइन, परमेश्‍वरको देहको मूर्त रूपलाई मानिसले अझै राम्ररी बुझ्न र भरोसा गर्न सक्छ र यसले परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानलाई अझै थप रूपमा गहन तुल्याउन सक्छ र परमेश्‍वरका व्यावहारिक कार्यहरूबारे मानिसमा अझै प्रगाढ छवि छोड्न सक्छ। आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीले यो भविष्यवाणी गर्न गाह्रो छ र तिनीहरूले यसलाई देख्न अझै गाह्रो छ, त्यसकारण तिनीहरू खोक्रा कल्पनाहरूको मात्रै भर पर्न सक्छन्। तैपनि, देहको काम सामान्य र व्यावहारिक हुन्छ, अनि यसमा प्रशस्त बुद्धि छ, साथै यो मानिसको भौतिक आँखाले देख्न सक्ने तथ्य हो; परमेश्‍वरको कामको बुद्धिलाई मानिसले व्यक्तिगत रूपमा नै अनुभव गर्न सक्छ र उसको प्रशस्त कल्पनाहरूको प्रयोग गर्ने कुनै आवश्यकता हुँदैन। देहमा परमेश्‍वरले गर्नुहुने कामको शुद्धता र व्यावहारिक मूल्य यही नै हो। आत्माले मानिसको लागि अदृश्य र उसलाई कल्पना गर्न कठिन हुने कुराहरू मात्रै गर्न सक्नुहुन्छ, उदाहरणको लागि आत्माको अन्तर्दृष्टि, आत्माको हलचल र आत्माको अगुवाइ, तर मन भएको मानिसको लागि, यिनले कुनै पनि स्पष्ट अर्थ प्रदान गर्दैन। तिनीहरूले स्पर्श, वा बृहत् अर्थ मात्रै प्रदान गर्न सक्छन् र शब्दहरूद्वारा निर्देशन दिन सक्दैनन्। तैपनि, देहमा परमेश्‍वरले गर्नुहुने कार्य निकै फरक छ: यसमा शब्दहरूको यथार्थ निर्देशन संलग्न हुन्छ, र यसका स्पष्ट अभिप्राय हुन्छन्, र यसका स्पष्ट आवश्यक उद्देश्यहरू हुन्छन्। त्यसकारण मानिसले छामछुम गरिहिँड्नु वा आफ्नो कल्पनाको प्रयोग गर्नु आवश्यक हुँदैन, अनुमानहरू गर्नुपर्ने त परै जाओस्। देहको कामको स्पष्टता यही हो र यो आत्माको कामभन्दा निकै फरक छ। सीमित क्षेत्रको लागि मात्रै आत्माको काम उपयुक्त हुन्छ र यसले देहको कामलाई प्रतिस्थापन गर्न सक्दैन। देहको कार्यले मानिसलाई आत्माको कार्यले भन्दा धेरै यथार्थ र आवश्यक लक्ष्यहरू र अझै व्यावहारिक, बहुमूल्य ज्ञान दिन्छ। भ्रष्ट मानिसको लागि सबैभन्दा मूल्यवान् काम भनेको त्यही हो जुन कामले सटीक शब्दहरू, पछ्याउनको लागि स्पष्ट लक्ष्यहरू प्रदान गर्न सक्छ, जसलाई देख्न र छुन सकिन्छ। मानिसको स्वादको लागि वास्तविक काम र समयअनुसारको अगुवाइ मात्रै उपयुक्त छन् र व्यावहारिक कार्यले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पुरानो भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्‍नुहुन्छ। आत्मा परमेश्‍वरको अन्तर्निहित सार भए तापनि, यस प्रकारको कामलाई उहाँको देहले मात्र गर्न सक्नुहुन्छ। यदि आत्माले एकलै काम गर्नुभयो भने, उहाँको काम प्रभावकारी हुनु सम्भव हुनेथिएन—यो स्पष्ट सत्यता हो। यो देहको कारण धेरैजसो मानिसहरू परमेश्‍वरका शत्रुहरू बनेका भए पनि, जब उहाँले आफ्नो काम समाप्त गर्नुहुन्छ, तब उहाँका विरुद्धमा हुनेहरू उहाँका शत्रुहरू बन्‍न छोडेका मात्र हुनेछैनन्, तर यसको विपरीत तिनीहरू उहाँका साक्षीहरू बन्नेछन्। तिनीहरू उहाँले विजय गर्नुभएका गवाहीहरू, उहाँको लागि अनुकूल र उहाँबाट अलग गर्न नसकिने गवाहीहरू बन्नेछन्। उहाँले मानिसलाई मानिसको निम्ति देहमा उहाँको कार्यको महत्त्वलाई जान्ने तुल्याउनुहुन्छ र मानिसको अस्तित्वको लागि मानिसले उहाँको देहको महत्त्व थाहा पाउनेछ, मानिसको जीवन वृद्धिका सम्बन्धमा उहाँको व्यावहारिक मूल्य थाहा पाउनेछ, यति मात्र होइन, यो देह जीवनको जीवित मूल बन्नेछ जसबाट मानिस अलग हुन सक्दैन भन्‍ने पनि जान्नुपर्छ। परमेश्‍वरको देहधारी शरीर उहाँको पहिचान र स्थानसँग मिल्दै नमिल्ने र मानिसको लागि यो उहाँको वास्तविक स्थितिसँग अमेल देखिने भए तापनि, परमेश्‍वरको साँचो स्वरूप वा उहाँको साँचो पहिचान नभएको यो देहले त्यो काम गर्न सक्नुहुन्छ जुन काम गर्न उहाँका आत्मा असमर्थ छ। परमेश्‍वरको देहधारणको साँचो महत्त्व र मूल्य यही हो, र मानिसले कदर गर्न र स्वीकार गर्न नसक्ने भनेको यही महत्त्व र मूल्य नै हो। सबै मानवजातिले परमेश्‍वरका आत्मालाई आदरका साथ हेर्ने र परमेश्‍वरको देहलाई हेलाको साथ हेर्ने भए तापनि, तिनीहरूले जसरी हेरे पनि वा विचार गरे पनि, देहको व्यावहारिक महत्त्व र मूल्य आत्माको भन्दा बढी नै छ। अवश्य नै, यो भ्रष्ट मानिसको लागि मात्रै हो। सत्यताको खोजी गर्ने र परमेश्‍वरको देखा पराइको तृष्णा गर्ने हरेकको सन्दर्भमा, आत्माको कामले स्पर्श वा प्रेरणा अनि यो काम अवर्णनीय र अकल्पनीय छ भन्ने आश्चर्यको आभास अनि यो महान्, श्रेष्ठ र प्रशंसनीय छ, तैपनि सबैको लागि यो प्राप्त गर्न र भेट्टाउन नसकिने छ भन्‍ने भाव मात्रै दिन सक्छ। मानिस र परमेश्‍वरका आत्माले एकअर्कालाई टाढाबाट मात्रै हेर्न सक्नुहुन्छ, मानौं उहाँहरूको बीचमा ठूलो दूरी छ र उहाँहरू कहिल्यै उस्तै बन्न सक्नुहुन्न मानौं मानिस र परमेश्‍वरलाई अदृश्य पर्खालले अलग गरेको छ। वास्तवमा, यो आत्माले मानिसलाई दिनुभएको एउटा भ्रम मात्रै हो, किनभने आत्मा र मानिस उस्तै प्रकारको हुनुहुन्न र उहाँहरू एउटै संसारमा सँगै अस्तित्वमा कहिल्यै रहन सक्नुहुन्न, किनभने आत्मामा मानिसको केही पनि छैन। त्यसकारण मानिसलाई आत्माको खाँचो छैन, किनभने मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने काम आत्माले प्रत्यक्ष रूपमा गर्न सक्नुहुन्न। देहको कामले मानिसलाई पछ्याउनको लागि व्यावहारिक उद्देश्यहरू, स्पष्ट शब्दहरू र उहाँ व्यावहारिक र सामान्य हुनुहुन्छ, उहाँ नम्र र साधारण हुनुहुन्छ भन्‍ने आभास दिन्छ। मानिस उहाँदेखि डराउने भए तापनि, धेरैजसो मानिसहरूका लागि उहाँ सजिलै सम्बन्ध जोड्न सकिने हुनुहुन्छ: मानिसले उहाँको मुहारलाई हेर्न सक्छन् र उहाँको आवाजलाई सुन्न सक्छन् र उसले उहाँलाई टाढाबाट हेर्नुपर्दैन। यो देह मानिसको पहुँचमा हुनुहुन्छ भन्ने आभास हुन्छ, टाढा र बुझ्न नसकिने होइन, तर देख्न सकिने र छुन सकिने हुनुहुन्छ, किनभने यो देह मानिसकै संसारमा हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२०

देहमा जिउने सबैका लागि, तिनीहरूको स्वभावलाई परिवर्तन गर्न लक्ष्यहरूको पछि लाग्न आवश्यकता पर्छ र परमेश्‍वरलाई चिन्नको लागि परमेश्‍वरका व्यावहारिक कार्यहरू र वास्तविक मुहारलाई हेर्नु आवश्यक हुन्छ। यी दुवै कुरा परमेश्‍वरको देहधारी शरीरले मात्रै हासिल गर्न सक्नुहुन्छ र यी दुवै कुरा सामान्य र ठोस देहले मात्रै पूरा गर्न सक्नुहुन्छ। यही कारणले देहधारण अत्यावश्यक छ र यसै कारणले सारा भ्रष्ट मानवजातिलाई यसको खाँचो छ। मानिसहरूले परमेश्‍वरलाई जान्नु आवश्यक भएकोले, तिनीहरूका हृदयबाट अस्पष्ट र अलौकिक ईश्‍वरहरूका स्वरूपहरूलाई हटाइनैपर्छ अनि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावलाई त्याग्नु आवश्यक भएकोले, तिनीहरूले सुरुमा आफ्ना भ्रष्ट स्वभावलाई चिन्नैपर्छ। यदि मानिसले मानिसहरूका हृदयबाट अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई हटाउने काम मात्रै गऱ्यो भने, ऊ इच्छित प्रभाव हासिल गर्न असफल हुनेछ। मानिसहरूको हृदयमा भएको अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई वचनहरूले मात्रै खुलासा गर्न, हटाउन वा पूर्ण रूपमा निकाल्न सक्दैन। यसो गर्ने क्रममा, आखिरमा अझै मानिसहरूका हृदयबाट जरा गाडेर बसेका यी कुराहरूलाई हटाउन सम्भव हुनेछैन। यी अस्पष्ट र अलौकिक कुराहरूलाई व्यवहारिक परमेश्‍वर र परमेश्‍वरको साँचो स्वरूपले प्रतिस्थापन गरेर अनि मानिसहरूलाई बिस्तारै ती चिनाएर मात्रै, उचित प्रभाव हासिल गर्न सकिन्छ। विगतमा उसले खोजेको परमेश्‍वर अस्पष्ट र अलौकिक छ भन्‍ने कुरालाई मानिसले पहिचान गर्छ। यो प्रभाव हासिल गर्न सक्ने आत्माको प्रत्यक्ष नेतृत्व होइन, निश्चित व्यक्तिका शिक्षाहरूको त कुरै छाडौं, तर यो त देहधारी परमेश्‍वर नै हुनुहुन्छ। जब देहधारी परमेश्‍वरले आधिकारिक रूपमा आफ्नो काम गर्नुहुन्छ तब मानिसका धारणाहरूलाई उदाङ्गो पारिन्छ, किनभने देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकता नै मानिसको कल्पनामा भएको अस्पष्ट र अलौकिक ईश्‍वरलाई हटाउने प्रतिपक्ष हो। मानिसको मूल धारणाहरूलाई देहधारी परमेश्‍वरको विरुद्धमा तुलना गरियो भने मात्रै खुलासा गर्न सकिन्छ। देहधारी परमेश्‍वरसँगको तुलनाविना, मानिसका धारणाहरूलाई खुलासा गर्न सकिँदैन; अर्को शब्दमा भन्दा, प्रतिभारको रूपमा रहेको व्यावहारिकताबिना, अस्पष्ट कुराहरूलाई प्रकट गर्न सकिँदैन। यो कार्य गर्नको लागि वचनहरूको प्रयोग गर्न सक्ने कोही छैन र वचनहरूको प्रयोग गरी यो स्पष्ट पार्न सक्ने कोही पनि छैन। परमेश्‍वर आफ्‍नो काम आफै गर्न सक्‍नुहुन्छ, र अरू कसैले पनि उहाँको तर्फबाट यो काम गर्न सक्दैन। मानिसको भाषा जति नै सम्पन्न भए तापनि, परमेश्‍वरको व्यावहारिकता र सामान्यतालाई स्पष्ट रूपमा व्यक्त गर्न ऊ सक्षम छैन। यदि परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको बीचमा काम गर्नुभयो र आफ्नो स्वरूप र आफ्नो अस्तित्वलाई पूर्ण रूपमा देखाउनुभयो भने मात्रै, मानिसले अझै व्यवहारिक रूपमा परमेश्‍वरलाई चिन्न सक्छ र उहाँलाई अझै स्पष्ट रूपमा चिन्न सक्छ। यो प्रभावलाई देहका कुनै पनि मानिसले हासिल गर्न सक्दैन। अवश्य नै, यो प्रभाव हासिल गर्न परमेश्‍वरका आत्मा असमर्थ हुनुहुन्छ। परमेश्‍वरले भ्रष्ट मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्नुहुन्छ, तर यो काम परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा पूरा गर्न सक्नुहुन्न; बरु, यो त परमेश्‍वरका आत्माले धारण गर्नुहुने देहले, अर्थात् परमेश्‍वरको देहधारी शरीरले मात्रै पूरा गर्न सक्नुहुन्छ। यो देह मानिस हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ, उहाँ सामान्य मानवता भएको मानिस अनि पूर्ण ईश्‍वरीयता भएको परमेश्‍वर पनि हुनुहुन्छ। त्यसकारण, यो देह परमेश्‍वरका आत्मा नहुनुभए पनि र आत्माभन्दा निकै फरक हुनुभए पनि, उहाँ मानिसलाई मुक्ति दिनुहुने देहधारी परमेश्‍वर स्वयम् नै हुनुहुन्छ, जो आत्मा हुनुहुन्छ र देह पनि हुनुहुन्छ। उहाँलाई जे भनेर बोलाइए तापनि, आखिरमा मानवजातिलाई मुक्ति दिनुहुने परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। किनकि परमेश्‍वरका आत्मा देहबाट अविभाज्य हुनुहुन्छ र देहको काम परमेश्‍वरका आत्माको काम पनि हो; यति मात्रै हो कि यो काम आत्माको पहिचान प्रयोग गरेर गरिँदैन, बरु देहको पहिचान प्रयोग गरेर गरिन्छ। आत्माले प्रत्यक्ष रूपमा गर्नुपर्ने कामका लागि देहधारणको आवश्यकता पर्दैन र देहले गर्नपर्ने काम आत्माले प्रत्यक्ष रूपमा गर्न सक्नुहुन्न र देहधारी परमेश्‍वरले मात्रै यो गर्न सक्नुहुन्छ। यो कामका लागि आवश्यक पर्ने कुरा यही हो र भ्रष्ट मानवजातिलाई आवश्यक पर्ने कुरा यही नै हो। परमेश्‍वरको कामका तीन चरणहरूमा, एउटै चरण मात्रै पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो र बाँकी दुई वटा चरणहरू प्रत्यक्ष रूपमा आत्माले नभई देहधारी परमेश्‍वरले गर्नुहुन्छ। आत्माले गर्नुभएको व्यवस्थाको युगको काममा मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गर्ने कार्य संलग्न थिएन, न त परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानसँग नै यसको कुनै सम्बन्ध थियो। तर, अनुग्रहको युग र राज्यको युगको परमेश्‍वरको देहको काममा मानिसको भ्रष्ट स्वभाव र परमेश्‍वरसम्बन्धी उसको ज्ञान संलग्न हुन्छ र यो मुक्तिको कामको महत्त्वपूर्ण र निर्णायक भाग हो। त्यसकारण, भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचो छ र देहधारी परमेश्‍वरको प्रत्यक्ष कामको अझै बढी खाँचो छ। उसलाई रखवारी गर्न, उसलाई सहयोग गर्न, उसलाई मलजल गर्न, उसलाई खुवाउन, उसलाई न्याय गर्न र सजाय दिनका लागि मानवजातिलाई देहधारी परमेश्‍वर चाहिन्छ र देहधारी परमेश्‍वरबाट उसलाई अझै बढी अनुग्रह र अझै बढी छुटकाराको खाँचो छ। देहमा हुनुहुने परमेश्‍वर मात्रै मानिसको विश्‍वासपात्र, मानिसको गोठालो, सधैँ उपलब्ध हुने सहयोग हुन सक्नुहुन्छ र आज र विगतको समय दुवैमा देहधारणको आवश्यकता यी सबै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२१

मानिसलाई शैतानले भ्रष्ट तुल्याएको छ र ऊ परमेश्‍वरका प्राणीहरूमध्ये सबैभन्दा उच्च छ, त्यसकारण मानिसलाई परमेश्‍वरको मुक्तिको खाँचो छ। परमेश्‍वरको मुक्तिको पात्र मानिस नै हो, शैतान होइन र मुक्त गरिने भनेको मानिसको देह र मानिसको प्राण नै हो, दियाबलसहरू होइनन्। शैतान परमेश्‍वरको विनाशको पात्र हो, मानिस परमेश्‍वरको मुक्तिको पात्र हो र मानिसको देहलाई शैतानले भ्रष्ट तुल्याएको छ, त्यसकारण सुरुमा मुक्त गरिने मानिसको देह नै हुनुपर्छ। मानिसको देहलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएको छ र यो परमेश्‍वरलाई विरोध गर्ने कुरा बनेको छ, यति हदसम्म कि यसले खुलेआम परमेश्‍वरको अस्तित्वको विरोध र इन्कार समेत गर्छ। यो भ्रष्ट देह अत्यन्तै हठी छ र देहको भ्रष्ट स्वभावलाई काटछाँट वा परिवर्तन गर्नुभन्दा कठिन अरू केही छैन। बाधाहरू पैदा गर्नको लागि शैतान मानिसको देहमा आउँछ र परमेश्‍वरको काममा बाधा ल्याउन र परमेश्‍वरको योजनामा हानि गर्न यसले मानिसको देह प्रयोग गर्छ, यसरी मानिस शैतान नै बनेको छ र परमेश्‍वरको शत्रु बनेको छ। मानिसलाई मुक्ति दिनका लागि, उसलाई पहिले विजय गरिनैपर्छ। यही कारणले गर्दा नै परमेश्‍वर चुनौतीमा उठ्नुहुन्छ र आफ्‍नो अभिप्रायको काम गर्न र शैतानसँग लडाइँ गर्न देहमा आउनुहुन्छ। उहाँको उद्देश्य भनेको भ्रष्ट तुल्याइएको मानिसलाई मुक्ति दिनु र उहाँको विरुद्धमा विद्रोह गर्ने शैतानलाई हराउनु र नष्ट गर्नु हो। मानिसलाई विजय गर्ने आफ्नो कामद्वारा उहाँले शैतानलाई पराजित गर्नुहुन्छ, जबकि यही क्रममा उहाँले भ्रष्ट मानवजातिलाई मुक्ति दिनुहुन्छ। यसरी, यो एकै पटकमा दुईवटा उद्देश्यहरू हासिल गर्ने काम हो। मानिससँग अझै राम्ररी संलग्न हुन र मानिसलाई राम्ररी विजय गर्नको लागि उहाँले देहमा काम गर्नुहुन्छ, र देहमा बोल्नुहुन्छ र देहमा नै सबै काम लिनुहुन्छ। अन्तिम पटक परमेश्‍वर देह बन्नुहुँदा, आखिरी दिनहरूको उहाँको कामलाई देहमा समापन गरिनेछ। उहाँले सबै मानिसहरूलाई प्रकारअनुसार वर्गीकरण गर्नुहुनेछ, आफ्नो सम्पूर्ण व्यवस्थापनलाई समाप्त गर्नुहुनेछ र देहको उहाँको सम्पूर्ण कामलाई पनि समाप्त गर्नुहुनेछ। पृथ्वीको उहाँको सबै काम सकिएपछि, उहाँ पूर्ण रूपमा विजयी बन्नुहुनेछ। देहमा काम गर्ने क्रममा, परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा विजय गर्नुभएको हुनेछ र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ। के यसको अर्थ उहाँको सम्पूर्ण व्यवस्थापन समाप्त भइसकेको हुनेछ भन्‍ने होइन र? उहाँले शैतानलाई पूर्ण रूपमा हराएपछि र विजय बन्नुभएपछि, जब परमेश्‍वरले देहमा आफ्नो काम समाप्त गर्नुहुन्छ, तब मानिसलाई भ्रष्ट तुल्याउने थप मौका शैतानसँग हुनेछैन। परमेश्‍वरको पहिलो देहधारणको काम भनेको मानिसका पापहरूको छुटकारा र क्षमा थियो। अहिले यो मानवजातिलाई विजय गर्ने र पूर्ण रूपमा प्राप्त गर्ने काम हो, ताकि शैतानसँग उप्रान्त त्यसको काम गर्ने कुनै मार्ग नहोस् र त्यो पूर्ण रूपमा हारोस् अनि परमेश्‍वर पूर्ण रूपमा विजय बन्नुभएको होस्। देहको काम यही नै हो र यो परमेश्‍वर स्वयंले गर्नुहुने काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२२

परमेश्‍वरको कार्यका तीन वटा चरणको प्रारम्भिक कार्य आत्माले नै प्रत्यक्ष रूपमा गर्नुभयो, देहले होइन। तैपनि, परमेश्‍वरको कार्यका तीन वटा चरणको अन्तिम कार्य देहधारी परमेश्‍वरले गर्नुहुन्छ, प्रत्यक्ष रूपमा आत्माले होइन। बीचको चरणको छुटकाराको काम पनि देहमा हुनुहुने परमेश्‍वरले नै गर्नुभयो। सम्पूर्ण व्यवस्थापन कार्यभरि, सबैभन्दा महत्त्वपूर्ण काम भनेको मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्नु हो। मुख्य काम भनेको भ्रष्ट मानिसहरूलाई पूर्ण रूपमा विजय गर्नु हो, ताकि विजय गरिएकाहरूको परमेश्‍वरको डर मान्ने सुरुको हृदयलाई पुनर्स्थापित गर्न सकियोस् र तिनीहरूले सामान्य मानव जीवन, अर्थात्, सृजित प्राणीको सामान्य जीवन हासिल गर्न सकून्। यो काम अत्यन्तै महत्त्वपूर्ण छ र यो व्यवस्थापन कार्यको केन्द्रविन्दु हो। मुक्तिको कार्यको तीन चरणहरूमा, व्यवस्थाको युगको पहिलो चरणको कार्य व्यवस्थापन कार्यको केन्द्रविन्दुबाट निकै टाढा थियो; यसमा मुक्तिको कार्यको अलिकति स्वरूप मात्रै थियो र यो मानिसलाई शैतानको सत्ताबाट मुक्त गर्ने परमेश्‍वरको कार्यको सुरुवात थिएन। कार्यको पहिलो चरण प्रत्यक्ष रूपमा आत्माले नै गर्नुभयो किनभने, व्यवस्थाको अधीनमा व्यवस्थाको पालन गर्ने बारेमा मात्रै मानिसलाई थाहा थियो र मानिससँग त्योभन्दा बढी सत्यता थिएन, किनभने व्यवस्थाको युगको कार्यमा मानिसको स्वभावलाई परिवर्तन गर्ने कार्य मुस्किलले संलग्न थिए, शैतानकोसत्ताबाट मानिसलाई कसरी मुक्त गर्ने भन्‍ने कार्यसँग यो सम्बन्धित हुने कुरा त परै जाओस्। यसरी परमेश्‍वरका आत्माले कार्यको यो अत्यन्तै सरल चरणलाई पूरा गर्नुभयो, जसले मानिसको भ्रष्ट स्वभावसँग कुनै सम्बन्ध राखेन। कार्यको यो चरणले व्यवस्थापनको केन्द्रविन्दुसँग त्यति सम्बन्ध राखेन र मानिसको मुक्तिको आधिकारिक कार्यसँग यसको त्यति धेरै परस्पर सम्बन्ध थिएन, त्यसकारण व्यक्तिगत रूपमा आफ्नो काम गर्नको लागि परमेश्‍वर देह बन्न आवश्यक तुल्याएन। आत्माले गर्नुभएको काम अन्तर्निहित र बुझ्न नसकिने छ र यो मानिसको लागि गहन रूपमा डरलाग्दो र उसको पहुँचले नभ्याउने छ; मुक्तिको काम प्रत्यक्ष रूपमा गर्नको लागि आत्मा उपयुक्त हुनुहुन्न र उहाँ मानिसलाई प्रत्यक्ष रूपमा जीवन दिन उपयुक्त हुनुहुन्न। मानिसको लागि सबैभन्दा उपयुक्त भनेको आत्माको कामलाई मानिसको नजिकको पहुँचमा रूपान्तरण गर्नु हो, भन्नुको अर्थ, आफ्नो काम गर्नको लागि परमेश्‍वर सामान्य, सर्वसाधारण व्यक्ति बन्नु नै मानिसको लागि सबैभन्दा उपयुक्त हो। यसको लागि आफ्नो काममा आत्माको स्थान लिन परमेश्‍वर देहधारी बन्नु आवश्यक हुन्छ र मानिसको लागि, परमेश्‍वरले काम गर्ने योभन्दा अरू कुनै उपयुक्त तरिका छैन। कार्यका यी तीन वटा चरणहरूमध्ये दुई चरणलाई देहले अघि बढाउनुहुन्छ र यी दुई चरणहरू व्यवस्थापन कार्यका मुख्य अवस्थाहरू हुन्। दुई देहधारणहरू पारस्परिक रूपमा परिपूरक छन् र तिनीहरूले एकअर्कालाई सिद्ध रूपमा परिपूर्ण गर्छन्। परमेश्‍वरको देहधारणको पहिलो चरणले दोस्रो चरणको लागि जग बसाल्यो र परमेश्‍वरका दुई देहधारणहरूले एउटै पूर्णतालाई निर्माण गर्छन् र तिनीहरू एकअर्कासँग परस्पर विरोधी छैनन् भनेर भन्न सकिन्छ। परमेश्‍वरको कार्यका यी दुई चरणहरूलाई परमेश्‍वरले आफ्नो देहधारी पहिचानमा अघि बढाउनुहुन्छ किनभने सम्पूर्ण व्यवस्थापन कार्यको लागि ती अत्यन्तै महत्त्वपूर्ण छन्। के सम्म भन्न सकिन्छ भने, परमेश्‍वरका दुई देहधारणहरूको कार्यविना, सम्पूर्ण व्यवस्थापन कार्य रोकिने थियो र मानवजातिलाई मुक्त गर्ने कार्य बकम्फुसे गफबाहेक केही पनि हुनेथिएन। यो कार्य महत्त्वपूर्ण छ कि छैन भन्‍ने कुरा मानवजातिका आवश्यकताहरू, मानवजातिको भ्रष्टताको वास्तविकता र शैतानको विद्रोहीपनको गाम्भीर्य र कामप्रतिको त्यसको बाधामा आधारित हुन्छ। कुनै कामको लागि उपयुक्त व्यक्ति को छ त्यस कुरालाई काम गर्नेले गरेको कामको प्रकृति र कामको महत्त्वको आधारमा पूर्वानुमान गरिन्छ। जब यो कामको महत्त्वको कुरा आउँछ, कार्यको कुन विधि अपनाउने हो त्यसको आधारमा—परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम वा देहधारी परमेश्‍वरले गर्नुभएको काम वा मानिसद्वारा गरिने काम—सुरुमा हटाइने भनेको मानिसद्वारा गरिने कार्य हो, र कामको प्रकृति र देहको कामको विरुद्धमा आत्माको कामको प्रकृतिको तुलनाको आधारमा, मानिसको लागि आत्माले प्रत्यक्ष रूपमा गर्नुहुने कामभन्दा देहले गर्ने काम नै लाभदायक छ र यसले अझै बढी फाइदाहरू प्रदान गर्छ भन्‍ने नै अन्तिम निर्णय हो। यो काम आत्माद्वारा गर्ने कि देहद्वारा गर्ने भन्‍ने बारेमा निर्णय गर्ने समयमा परमेश्‍वरले यही विचार गर्नुभयो। कार्यको हरेक चरणको महत्त्व र आधार छ। ती आधारहीन कल्पनाहरू होइनन्, न त ती मनोमानी ढङ्गले नै गरिन्छन्; तिनमा निश्चित बुद्धि छ। परमेश्‍वरको सबै कामको पछाडिको सत्यता यस्तै छ। निश्चित रूपमा, देहधारी परमेश्‍वरले मानिसको बीचमा व्यक्तिगत रूपमा काम गरिरहनुभएको बेलामा यति ठूलो काममा परमेश्‍वरको अझै धेरै योजना छ। त्यसकारण, परमेश्‍वरको बुद्धि र उहाँको अस्तित्वको सम्पूर्णता उहाँको कामको हरेक क्रियाकलाप, सोचाइ र विचारमा प्रतिबिम्बित हुन्छ; यो परमेश्‍वरको अझै ठोस र व्यवस्थित अस्तित्व हो। यी सानातिना सोचाइ र विचारहरू मानिसले कल्पना गर्न कठिन छ, मानिसले विश्‍वास गर्न कठिन छ, यसको साथै, मानिसले जान्न कठिन छ। मानिसले गर्ने काम आधारभूत सिद्धान्तको आधारमा गरिन्छ, जुन मानिसको लागि अत्यन्तै सन्तोषजनक हुन्छ। तैपनि परमेश्‍वरको कामको तुलनामा, त्यसमा अत्यन्तै धेरै भिन्नता छ; परमेश्‍वरका कर्महरू महान् र परमेश्‍वरको काम विशाल आकारको भए तापनि, तिनका पछाडि मानिसको लागि अकल्पनीय हुने धेरै साना र सटीक योजनाहरू र बन्दोबस्तहरू हुन्छन्। उहाँको कार्यको हरेक चरण सिद्धान्तको आधारमा गरिने मात्रै होइन तर हरेक चरणमा त्यस्ता धेरै कुराहरू समावेश हुन्छन् जसलाई मानव भाषाले व्यक्त गर्न सक्दैन र यी कुराहरू मानिसको लागि अदृश्य छन्। चाहे यो आत्माको काम होस् या देहधारी परमेश्‍वरको काम होस्, हरेकमा उहाँको कामका योजनाहरू समावेश हुन्छन्। उहाँले आधारहीन रूपमा काम गर्नुहुन्न र उहाँले निरर्थक काम गर्नुहुन्न। जब आत्माले प्रत्यक्ष रूपमा काम गर्नुहुन्छ, यो उहाँको लक्ष्यहरूसहित नै हुन्छ र जब उहाँ आफ्‍नो काम गर्नको लागि मानिस बन्‍नुहुन्छ (भन्नुको अर्थ, जब उहाँले आफ्‍नो बाहिरी भेषलाई रूपान्तरण गर्नुहुन्छ), यो अझै बढी उहाँको लक्ष्यहरूसहित हुन्छ। अन्यथा उहाँले किन आफ्नो पहिचानलाई सहजै परिवर्तन गर्नुहुन्थ्यो? अन्यथा उहाँ किन सहजै नीच र सताइएको ठानिने व्यक्ति बन्नुहुन्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२३

देहमा उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ, जसलाई उहाँको कामको सम्बन्धमा उल्लेख गरिन्छ र आखिरमा काम समाप्त गर्नुहुने देहधारी परमेश्‍वर नै हुनुहुन्छ, आत्मा होइन। कतिपयले यो विश्‍वास गर्छन् कि कुनै अज्ञात समयमा परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ र मानिसकहाँ देखा पर्नुहुन्छ, त्यसपछि उहाँले कसैलाई नछोडीकन तिनीहरू हरेकलाई पालैपालो गरी जाँच्दै, सारा मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ। यस्तो विचार गर्नेहरूलाई देहधारणको कामको यो चरणको बारेमा थाहा छैन। परमेश्‍वरले मानिसलाई पालैपालो गरी न्याय गर्नुहुन्न, र उहाँले मानिसलाई पालैपालो गरी जाँच्नुहुन्न; त्यसो गर्नु भनेको न्यायको काम होइन। के सारा मानवजातिको भ्रष्टता उस्तै छैन र? के सारा मानवजातिको सार उस्तै छैन र? न्याय गरिने भनेको मानवजातिको भ्रष्ट सार, शैतानले भ्रष्ट तुल्याएको मानिसको सार र मानिसका सारा पापहरूलाई हो। मानिसका तुच्छ र सानातिना गल्तीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक छ र यसलाई कुनै निश्चित व्यक्तिको लागि विशेष रूपमा अघि बढाइँदैन। बरु, यो त्यस्तो काम हो जसमा सारा मानवजातिको न्यायलाई प्रतिनिधित्व गर्नको लागि मानिसहरूको समूहलाई न्याय गरिन्छ। मानिसहरूको समूहमा आफ्नो कार्य व्यक्तिगत रूपमा गर्नुभएर, देहमा हुनुहुने परमेश्‍वरले सारा मानवजातिको कार्यलाई प्रतिनिधित्व गर्नको लागि आफ्नो कार्यको प्रयोग गर्नुहुन्छ, जसपश्चात यो क्रमिक रूपमा फैलिँदै जान्छ। न्यायको काम पनि यस्तै छ। परमेश्‍वरले निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, तर सारा मानवजातिको सारा अधार्मिकतालाई न्याय गर्नुहुन्छ—उदाहरणको लागि, परमेश्‍वरप्रतिको मानिसको विरोध वा मानिसमा उहाँप्रतिको डरको कमी वा परमेश्‍वरको काममा मानिसको बाधा, इत्यादि। न्याय गरिने भनेको परमेश्‍वरलाई विरोध गर्ने मानिसको सार हो र यो कार्य नै आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्‍वरको कार्य र वचन नै आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्यायको काम हो, जुन विगतका समयका मानिसहरूले कल्‍पना गरेका थिए। देहधारी परमेश्‍वरले हाल गरिरहनुभएको काम नै वास्तवमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्याय हो। आजका देहधारी परमेश्‍वर नै आखिरी दिनहरूमा सारा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यो देह र काम, वचन अनि यस देहको सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। यस देहको कामको क्षेत्र सीमित भए पनि, र सम्पूर्ण ब्रह्माण्डलाई प्रत्यक्ष रूपमा संलग्न नगरे पनि, न्यायको कामको सार भनेको सारा मानवजातिको प्रत्यक्ष न्याय हो—यो चीनका चुनिएका मानिसहरूका खातिर मात्र होइन, न त मानिसहरूको सानो समूहको खातिर नै हो। देहमा परमेश्‍वरको कार्यको अवधिमा, यो कार्यको क्षेत्रले सम्पूर्ण ब्रह्माण्डलाई संलग्न नगरे तापनि, यसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ र जसरी उहाँको पुनरुत्थान र स्वर्ग आरोहणपछि ब्रह्माण्डभरि येशूको सुसमाचारलाई फैलाइयो त्यसरी नै उहाँले आफ्नो देहको कार्य क्षेत्र भित्रको कामलाई समाप्त गर्नुभएपछि, उहाँले यो कार्यलाई तुरुन्तै सारा ब्रह्माण्डभरि फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् या देहको काम होस्, यो सीमित क्षेत्रभित्र गरिने काम हो तर जसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ। आखिरी दिनहरू दौरान, परमेश्‍वरले उहाँको देहधारी पहिचानमा देखा परेर उहाँको काम गर्नुहुन्छ, र देहमा हुनुहुने परमेश्‍वर नै ठूलो सेतो सिंहासनको अगाडि मानिसलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। उहाँ आत्मा भए पनि वा देह भए पनि, न्यायको काम गर्नुहुने नै आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यसलाई उहाँको कामको आधारमा परिभाषित गरिन्छ र यसलाई उहाँको बाहिरी रूप वा अन्य विभिन्न कारकतत्वहरूको आधारमा परिभाषित गरिँदैन। यी वचनहरूबारे मानिसले अनेक धारणाहरू राख्ने भए तापनि, देहधारी परमेश्‍वरको न्याय र सारा मानवजातिलाई गरिने विजयको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसबारे जे विचार गरे पनि, आखिर सत्य भनेको सत्य नै हो। कसैले पनि यसो भन्न सक्दैन, “काम गर्ने परमेश्‍वर नै हुनुहुन्छ, तर देह परमेश्‍वर हुनुहुन्न।” यो एउटा भ्रम हो, किनभने देहमा हुनुहुने परमेश्‍वरले बाहेक यो काम कसैले गर्न सक्दैन। यो काम पहिले नै पूरा गरिसकिएको हुनाले, यो कामपछि मानिसलाई न्याय गर्ने परमेश्‍वरको काम दोस्रो पटक देखा पर्नेछैन; आफ्नो दोस्रो देहधारणमा परमेश्‍वरले सारा व्यवस्थापनको सम्पूर्ण कार्य समाप्त गरिसक्‍नुभएको छ र परमेश्‍वरको कामको चौथो चरण हुनेछैन। किनभने न्याय गरिने भनेको मानिस हो, देहगत र भ्रष्ट तुल्याइएको मानिस हो, र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मा होइन, त्यसकारण न्यायको काम आत्मिक क्षेत्रमा नभई मानिसमाझ गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२४

मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामका लागि, देहमा हुनुहुने परमेश्‍वर जत्तिको उपयुक्त र योग्य अरू कोही पनि छैन। यदि परमेश्‍वरका आत्माले सीधै न्याय गर्नुभएको भए, यो सर्व-समावेशी हुनेथिएन, र, त्यसमाथि, मानिसलाई यो स्वीकार गर्न कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्नुहुन्न। यसकै कारण मात्रै, प्रभावहरू तात्कालिक हुनेथिएनन्, मानिसले परमेश्‍वरको उल्लङ्घन गर्न नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्न त झनै सक्नेथिएन। देहमा हुनुहुने परमेश्‍वरले मानवजातिको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतानलाई पूर्ण रूपमा हराउन सकिन्छ। देहमा हुनुहुने परमेश्‍वर पनि सामान्य मानवता भएको व्यक्ति हुनुहुन्छ, र उहाँले मानिसको अधार्मिकतालाई सीधै न्याय गर्न सक्नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको विशिष्टताको चिन्ह हो। मानिसलाई न्याय गर्नका लागि परमेश्‍वर मात्रै योग्य, र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँसँग सत्यता र धार्मिकता छ, र त्यसैले उहाँ मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यताविहीन र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभएको भए, यसको अर्थ शैतानमाथिको विजय हो भन्‍ने हुनेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्च हुनुहुन्छ र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले सीधै गर्नुभएको भए, उहाँले मानिसका सारा विद्रोहीपनलाई न्याय गर्न र मानिसको सबै अधार्मिकतालाई प्रकाश गर्न सक्नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वरबारे मानिसका धारणाहरूमार्फत पनि गरिन्छ र मानिससँग आत्माबारे कुनै धारणा कहिल्यै रहेको छैन, त्यसकारण आत्माले मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकाश गर्न सक्नुहुन्न, झन् त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्न त झनै असक्षम हुनुहुन्छ। देहधारी परमेश्‍वर उहाँलाई नचिन्नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँप्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा विद्रोहीपनलाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माको कामका भन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय सीधै आत्माले गर्नुहुन्न बरु यो देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्न र छुन सक्छ, र देहमा हुनुहुने परमेश्‍वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्नुहुन्छ। मानिस देहमा हुनुहुने परमेश्‍वरको विरोध गर्नेबाट उहाँमा समर्पित हुन, उहाँलाई सताउनबाट उहाँलाई स्विकार्न, उहाँबारे धारणाहरू हुनबाट उहाँलाई चिन्न, र उहाँलाई इन्कार्नबाट उहाँलाई प्रेम गर्नमा उन्नत हुन्छ—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्। उहाँको न्यायलाई स्वीकार गरेर मात्रै मानिस मुक्त हुन सक्छ, उहाँको मुखका वचनहरूद्वारा मात्रै मानिसले बिस्तारै उहाँलाई चिन्दै जान्छ, उहाँप्रतिको उसको विरोधको अवधिमा उहाँले मानिसलाई विजय गर्नुहुन्छ र उहाँको सजायको स्वीकारको अवधिमा उसले उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यी सबै काम देहमा हुनुहुने परमेश्‍वरको काम हो र आत्माको रूपमा आफ्ना पहिचानमा हुनुभएका परमेश्‍वरको काम होइन। देहधारी परमेश्‍वरले गर्नुभएको काम नै सबैभन्दा ठूलो र सबैभन्दा गहन काम हो र परमेश्‍वरको कामका तीन वटा चरणहरूको निर्णायक भाग भनेको देहधारणको कामका दुई वटा चरणहरू हुन्। मानिसको गहन भ्रष्टता देहधारी परमेश्‍वरको कामको निम्ति ठूलो बाधा हो। निश्चित रूपमा, आखिरी दिनहरूका मानिसहरूमा गरिने काम निकै कठिन छ र वातावरण शत्रुवत छ अनि हरेक प्रकारका व्यक्तिको क्षमता निकै कमजोर छ। तैपनि यो कामको अन्त्यमा, यसले कुनै पनि त्रुटिहरूविना नै उचित प्रभाव हासिल गर्नेछ; देहको कामको प्रभाव यही नै हो र आत्माको कामभन्दा यो प्रभाव अझै विश्‍वस्त तुल्याउने किसिमको हुन्छ। परमेश्‍वरको कार्यका तीन वटा चरणहरूलाई देहमा समाप्त गरिनेछ र तिनलाई देहधारी परमेश्‍वरले नै समाप्त गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देहमा गरिन्छ र मानिसको मुक्ति देहमा हुनुहुने परमेश्‍वरले व्यक्तिगत रूपमा नै गर्नुपर्छ। देहमा हुनुहुने परमेश्‍वर मानिससँग सम्बन्धित देखिँदैन भन्‍ने मानिसले ठाने पनि, वास्तवमा यो देहले सारा मानवजातिको नियति र अस्तित्वसँग सरोकार राख्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२५

परमेश्‍वरको कार्यको हरेक चरण सारा मानवजातिको खातिर कार्यान्वयन गरिन्छ र यो सारा मानवजातिप्रति लक्षित हुन्छ। यो देहमा गरिने उहाँको काम भए तापनि, यो सारा मानवजातिप्रति नै लक्षित हुन्छ; उहाँ सारा मानवजातिका परमेश्‍वर हुनुहुन्छ र उहाँ सिर्जित र सृष्टि नगरिएका सबै प्राणीहरूका परमेश्‍वर हुनुहुन्छ। देहमा उहाँको कार्य सीमित क्षेत्रभित्र रहे तापनि, र यो कार्यको पात्रसमेत फरक भए तापनि, आफ्‍नो कार्य गर्नलाई जब-जब उहाँ देह बन्‍नुहुन्छ उहाँले अत्यन्तै प्रतिनिधिमूलक रहेको आफ्‍नो कामको पात्रलाई चुन्‍नुहुन्छ; उहाँले काम गर्नको लागि सरल र अउल्‍लेखनीय मानिसहरूको समूहलाई छनौट गर्नुहुन्‍न, बरु देहमा उहाँको कामका प्रतिनिधिहरू हुन सक्‍ने मानिसहरूको समूहलाई आफ्‍नो कामको पात्रको रूपमा छनौट गर्नुहुन्छ। मानिसहरूको यो समूहलाई छनौट गरिन्छ किनभने देहमा उहाँको कार्यको क्षेत्र सीमित हुन्छ र यो विशेष गरी देहधारी शरीरको लागि तयार गरिएको हुन्छ र देहमा उहाँको कार्यको लागि विशेष गरी चुनिएको हुन्छ। आफ्‍नो कार्यका पात्रहरूको परमेश्‍वरको छनौट आधारहीन हुँदैन तर यो सिद्धान्त अनुसार गरिन्छ: कामका पात्र देहमा परमेश्‍वरको कामको निम्ति फाइदाजनक हुनुपर्छ र सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सक्‍ने हुनुपर्छ। उदाहरणको लागि, येशूको व्यक्तिगत छुटकारालाई स्वीकार गर्ने काममा यहूदीहरूले सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सके र देहधारी परमेश्‍वरको व्यक्तिगत विजयलाई स्वीकार गर्ने काममा चिनियाँहरूले सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सक्छन्। सारा मानवजातिलाई यहूदीहरूले गरेको प्रतिनिधित्वको आधार छ र परमेश्‍वरको व्यक्तिगत विजयलाई स्वीकार गर्ने काममा चिनियाँ मानिसहरूले सारा मानवजातिलाई गरेको प्रतिनिधित्वको पनि आधार छ। यहूदीहरूका बीचमा गरिएको छुटकाराको कामले जत्तिको अरू कुनै कुराले छुटकाराको महत्त्वलाई प्रकट गर्दैन र चिनियाँ मानिसहरूका बीचमा गरिँदै गरिएको विजयको कामले जत्तिको अरू कुनै पनि कुराले विजयको कामको पूर्णता र सफलतालाई प्रकट गर्न सक्दैन। देहधारी परमेश्‍वरको काम र वचन मानिसहरूको सानो समूहप्रति मात्रै लक्षित गरिएको जस्तो देखिन्छ तर वास्तवमा, यो सानो समूहमा गरिने उहाँको काम सम्पूर्ण ब्रह्माण्डको काम हो, र उहाँको वचन सारा मानवजातिप्रति लक्षित छ। देहमा गरिने उहाँको काम समाप्त भएपछि, उहाँलाई पछ्याउनेहरूले तिनीहरूका बीचमा उहाँले गर्नुभएको कामलाई फैलाउन सुरु गर्नेछन्। देहमा गरिने उहाँको कार्यको सबैभन्दा उत्तम कुरा भनेको उहाँले सही वचनहरू र अर्तीहरू अनि मानवजातिप्रतिको उहाँका निश्‍चित अभिप्रायलाई उहाँको पछि लाग्‍नेहरूमा छोड्न सक्‍नुहुन्छ ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै सटिक र अझै व्यावहारिक तरिकामा देहमा गरिने उहाँको सारा काम र सारा मानवजातिप्रति उहाँका अभिप्रायलाई यो मार्ग स्वीकार गर्नेहरूमा हस्तान्तरण गर्न सक्‍नेछन्। मानिसको बीचमा देहमा गरिने परमेश्‍वरको कामले मात्रै परमेश्‍वर मानिससँगै रहनु र सँगै बस्नुको तथ्यलाई साँचो रूपमा पूरा गर्छ। यो कामले मात्रै परमेश्‍वरको मुहारलाई हेर्ने, उहाँको कामलाई देख्ने र उहाँको व्यक्तिगत वचन सुन्ने मानिसको इच्छालाई पूरा गर्छ। देहधारी परमेश्‍वरले त्यो युगलाई समाप्त गर्नुहुन्छ, जुन युगमा यहोवाको पिठ्यूँ मात्र मानिसकहाँ देखा परेको थियो, र अस्पष्ट परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको युगलाई पनि उहाँले समाप्त गर्नुहुन्छ। निश्चित रूपमा, अन्तिम देहधारी परमेश्‍वरको कार्यले सारा मानवजातिलाई त्यो युगमा ल्याउँछ जुन अझै वास्तविक, अझै व्यवहारिक र अझै सुन्दर हुन्छ। यस कामले व्यवस्था र प्रावधानहरूको युगलाई समाप्त गर्ने मात्र होइन तर अझै महत्त्वपूर्ण कुरा, त्यसले मानवजातिका निम्ति त्यस्तो परमेश्‍वरलाई प्रकट गर्छ जो व्यावहारिक र सामान्य हुनुहुन्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको कार्य खुल्ला पार्नुहुन्छ, जसले मानवजातिका रहस्यहरू र गन्तव्यलाई प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापन कार्यलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौं वर्षसम्म गुप्त बस्नुभयो। यस कामले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्छ, यसले त्यो युगलाई अन्त्य गर्छ जुन युगमा सारा मानवजातिले परमेश्‍वरको मुहारलाई हेर्ने इच्छा गर्छन् तर त्यसो गर्न सक्दैनन्, यसले त्यस युगलाई समाप्त गर्छ जुन युगमा सारा मानवजातिले शैतानको सेवा गरे अनि यसले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोऱ्याउँछ। यी सबै परमेश्‍वरका आत्माको स्थानमा देहमा हुनुहुने परमेश्‍वरको कामको परिणाम हो। जब परमेश्‍वरले देहमा काम गर्नुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उप्रान्त त्यस्ता कुराहरूलाई खोजी गर्ने र छामछुम गर्ने गर्दैनन्, जुन अस्तित्वमा छ र अस्तित्वमा छैन जस्तो देखिन्छ र तिनीहरूले अस्पष्ट परमेश्‍वरका अभिप्रायबारे अनुमान गर्न छोड्छन्। जब परमेश्‍वरले देहमा गर्ने आफ्नो कामलाई फैलाउनुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गर्नुभएको कामलाई सारा धर्महरू र सम्प्रदायहरूमा फैलाउँछन् र तिनीहरूले उहाँका सबै वचनहरूलाई सारा मानवजातिको कानमा सुनाउनेछन्। उहाँको सुसमाचारलाई ग्रहण गरेकाहरूले सुनेका सबै कुरा उहाँका कार्यका तथ्यहरू हुनेछन्, मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन् र तथ्यहरू हुनेछन्, हल्‍ला मात्र होइन। यी तथ्यहरू त्यो सबुत हो जसद्वारा उहाँले काम फैलाउनुहुन्छ र ती उहाँले काम फैलाउने क्रममा प्रयोग गर्नुहुने औजारहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सारा देशहरू र सबै स्थानहरूमा फैलने थिएन; तथ्यहरूविना तर मानिसहरूको कल्पनाहरूद्वारा मात्रै, उहाँले सारा ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्नुहुनेथिएन। आत्मा मानिसको लागि छुन नसकिने छ र मानिसको लागि अदृश्य छ र मानिसको लागि गरिने परमेश्‍वरको कामको थप प्रमाण वा तथ्यहरूलाई छोड्न आत्माको काम असमर्थ छ। मानिसले परमेश्‍वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेछ। मानिसले परमेश्‍वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरूलाई नै सुन्नेछ। आखिर, मानिसका कल्पनाहरू रित्तो छन् र यीद्वारा परमेश्‍वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सकिँदैन; परमेश्‍वरको अन्तर्निहित स्वभाव र परमेश्‍वर स्वयंको कामको नक्कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्‍वर र उहाँको कार्यलाई देहधारी परमेश्‍वरले मात्रै पृथ्वीमा ल्याउन सक्नुहुन्छ जसले व्यक्तिगत रूपमै मानिसहरूको बीचमा आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वर मानिसको बीचमा प्रकट हुने सबैभन्दा उत्तम तरिका यही नै हो, जसमा मानिसले परमेश्‍वरलाई देख्छ र परमेश्‍वरको साँचो मुहारलाई चिन्दछ र गैर-देहधारी परमेश्‍वरले यो हासिल गर्न सक्नुहुन्न। आफ्नो कामलाई यो चरणसम्म अघि बढाइसकेपछि, परमेश्‍वरको कार्यले पहिले नै अधिकतम प्रभाव हासिल गरिसकेको छ र यो पूर्ण रूपमा सफल भएको छ। देहमा परमेश्‍वरको व्यक्तिगत कामले उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको नब्बे प्रतिशत काम पहिले नै पूरा गरिसकेको छ। यो देहले उहाँको सम्पूर्ण कामको निम्ति उत्तम सुरुवात र उहाँको सम्पूर्ण कार्यको सारांश प्रदान गरेको छ र उहाँले आफ्ना सारा कार्यलाई प्रकट गर्नुभएको छ र यो सम्पूर्ण कार्यलाई अन्तिम रूपमा पूर्णता दिनुभएको छ। यसपछि, परमेश्‍वरको कार्यको चौथो चरण गर्नको लागि अर्का देहधारी परमेश्‍वर हुनुहुनेछैन र परमेश्‍वरको तेस्रो देहधारणको कुनै पनि आश्चर्यजनक काम कहिल्यै हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२६

देहमा परमेश्‍वरको कार्यको हरेक चरणले उहाँको सम्पूर्ण युगको कार्यलाई प्रतिनिधित्व गर्छ र मानिसको कार्यले जस्तो, यसले निश्‍चित अवधिलाई प्रतिनिधित्व गर्दैन। अनि उहाँको अन्तिम देहधारणको कार्यको समाप्तिको अर्थ उहाँको कार्य पूर्ण रूपमा समाप्त भएको छ भन्‍ने हुँदैन, किनभने देहमा उहाँको कार्यले सम्पूर्ण युगलाई प्रतिनिधित्व गर्छ र उहाँले देहमा गर्नुहुने आफ्नो कामको अवधिलाई मात्रै प्रतिनिधित्व गर्दैन। के मात्रै हो भने, उहाँ देहमा हुनुभएको समय अवधिमा उहाँले सम्पूर्ण युगको आफ्नो कार्यलाई समाप्त गर्नुहुन्छ, यसपछि यो सबै स्थानहरूमा फैलन्छ। देहधारी परमेश्‍वरले आफ्नो सेवकाइलाई पूरा गर्नुभएपछि, उहाँलाई पछ्याउनेहरूलाई उहाँले आफ्नो भविष्यको कार्य सुम्पनुहुनेछ। यसरी, सम्पूर्ण युगको उहाँको कार्यलाई नटुक्र्याइकन अघि बढाइनेछ। देहधारणको सम्पूर्ण युगको कार्य सम्पूर्ण ब्रह्माण्डमा फैलिएपछि मात्रै यसलाई पूरा भएको मान्न सकिन्छ। देहधारी परमेश्‍वरको कामले नयाँ युग सुरु गर्छ र उहाँको कार्यलाई जारी राक्नेहरू उहाँद्वारा प्रयोग गरिनेहरू नै हुन्। मानिसले गर्ने कार्य सबै देहमा परमेश्‍वरको सेवकाइभित्र पर्छ र यो दायराभन्दा बाहिर जान यो असमर्थ छ। यदि देहधारी परमेश्‍वर आफ्नो काम गर्नको लागि नआउनुभएको भए, मानिसले पुरानो युगलाई समाप्त गर्न सक्ने थिएन र नयाँ युगलाई प्रारम्भ गर्न सक्ने थिएन। मानिसले गर्ने कार्य मानिसले गर्न सम्भव रहेको उसको कर्तव्यको कार्यक्षेत्रभित्र मात्रै हुन्छ र यसले परमेश्‍वरको कार्यलाई प्रतिनिधित्व गर्दैन। देहधारी परमेश्‍वर मात्रै आउन र आफूले गर्ने कामलाई पूरा गर्न सक्नुहुन्छ र उहाँबाहेक, कसैले पनि उहाँको खातिर यो काम गर्न सक्दैन। अवश्य नै, म जे बोल्छु त्यो देहधारणको कामसँग सम्बन्धित छ। यस देहधारी परमेश्‍वरले सुरुमा कामको त्यो चरण गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन, त्यसपछि उहाँले थप काम गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन। कामको लक्ष्य भनेको मानिसको विजय हो। एक हिसाबमा, परमेश्‍वरको देहधारण मानिसका धारणाहरूअनुरूप छैनन्, यसबाहेक, उहाँले थप काम गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन अनि मानिसले उहाँ बारे अझै आलोचनात्मक दृष्टिकोणहरूको विकास गर्छन्। उहाँले मानिसहरूका बीचमा विजयको काम गर्नुहुन्छ जोसँग उहाँबारे अनेक धारणाहरू हुन्छन्। तिनीहरूले उहाँलाई जस्तो व्यवहार गरे तापनि, उहाँले आफ्नो सेवकाइलाई पूरा गरिसक्नुभएपछि सबै मानिसहरू उहाँको प्रभुत्वको अधीनस्थ बनिसकेका हुनेछन्। यो कार्यको तथ्य चिनियाँ मानिसहरूका बीचमा मात्रै प्रतिबिम्‍बित हुँदैन, तर सारा मानवजातिलाई कसरी विजय गरिने त्यसलाई पनि यसले प्रतिनिधित्व गर्छ। यी मानिसहरूमा हासिल गरिने प्रभावहरू सारा मानवजातिमा हासिल गरिने प्रभावहरूका पूर्वाभास हुन् र भविष्यमा उहाँले गर्नुहुने कामका प्रभावहरू यी मानिसहरूमाथिका प्रभावहरूभन्दा पनि धेरै बढेर जानेछन्। देहमा परमेश्‍वरको काममा ठूलो धूमधाम संलग्न छैन, न त यो अप्रसिद्धिले नै घेरिएको छ। यो वास्तविक र खास हो र यो त्यस्तो काम हो जसमा एक एक हुन्छ र दुई दुई नै हुन्छ। यसलाई कसैबाट लुकाइएको छैन, न त यसले कसैलाई धोका नै दिन्छ। मानिसहरूले जे देख्छन् ती वास्तविक र सच्चा कुराहरू हुन् र मानिसले जे प्राप्त गर्छ त्यो व्यावहारिक ज्ञान र सत्यता हो। जब काम समाप्त हुन्छ, तब मानिसले उहाँको बारेमा नयाँ ज्ञान पाउनेछ र साँचो रूपमा खोज्नेहरूसँग उहाँबारे उप्रान्त कुनै धारणाहरू हुनेछैनन्। यो चिनियाँ मानिसहरूमा परेको उहाँको कामको प्रभाव मात्रै होइन, तर सारा मानवजातिलाई विजय गर्ने उहाँको कामको प्रभावलाई पनि यसले प्रतिनिधित्व गर्छ, किनभने सारा मानवजातिलाई विजय गर्ने कार्यको लागि यो देह, यो देहको कार्य र यो देहको सबै कुराभन्दा बढी अरू केही पनि लाभदायक छैन। ती आजको उहाँको कार्यको निम्ति लाभदायक छन् र भविष्यको उहाँको कार्यको लागि लाभदायक छन्। यो देहले सारा मानवजातिलाई विजय गर्नेछ र सारा मानवजातिलाई प्राप्त गर्नेछ। योभन्दा उत्तम काम अरू कुनै छैन जसद्वारा सारा मानवजातिले परमेश्‍वरलाई हेर्नेछन् र परमेश्वरमा समर्पित हुनेछन् र परमेश्‍वरलाई चिन्नेछन्। मानिसले गर्ने कामले सीमित क्षेत्रलाई मात्रै प्रतिनिधित्व गर्छ र जब परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ उहाँ निश्चित व्यक्तिसँग बोल्नुहुन्न तर सारा मानवजाति र उहाँको वचनलाई पालन गर्नेहरू सबैसँग बोल्नुहुन्छ। उहाँले घोषणा गर्नुहुने अन्त्य नै सारा मानवजातिको अन्त्य हो, निश्चित व्यक्तिको मात्रै अन्त्य होइन। उहाँले कसैलाई पनि विशेष व्यवहार गर्नुहुन्न, न त उहाँले कसैलाई पीडित नै तुल्याउनुहुन्छ र उहाँले सारा मानवजातिको लागि काम गर्नुहुन्छ र बोल्नुहुन्छ। त्यसकारण यस देहधारी परमेश्‍वरले सारा मानवजातिलाई प्रकार अनुसार वर्गीकृत गरिसक्‍नुभएको छ, सारा मानवजातिलाई न्याय गरिसक्‍नुभएको छ र सारा मानवजातिको लागि उचित गन्तव्य तय गरिसक्‍नुभएको छ। परमेश्‍वरले आफ्नो काम चीनमा मात्रै गर्नुहुने भए तापनि, वास्तवमा उहाँले सम्पूर्ण ब्रह्माण्डको कार्य गर्ने सङ्कल्प गरिसक्नुभएको छ। आफ्ना वाणीहरू र बन्दोबस्तहरू चरणबद्ध रूपमा प्रस्तुत गर्नुभन्दा पहिले उहाँले आफ्‍नो काम सारा मानवजातिमा फैलिञ्जेलसम्म प्रतीक्षा गर्न सक्नुहुन्न। के त्यो अत्यन्तै ढिलो हुनेछैन र? अब उहाँ भविष्यको कामलाई अग्रिम रूपमा पूरा गर्न सक्षम हुनुहुन्छ। जसले काम गर्दैहुनुहुन्छ उहाँ देहमा हुनुहुने परमेश्‍वर हुनुभएकोले, उहाँले सीमित क्षेत्रभित्र सीमित काम गर्दैहुनुहुन्छ र त्यसपछि मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई पूरा गर्न मानिसलाई लगाउनुहुन्छ; उहाँको कामको सिद्धान्त यही नै हो। उहाँ केही समयको लागि मात्रै मानिससँग जिउन सक्नुहुन्छ र सम्पूर्ण युगको कार्य समाप्त नभइञ्‍जेलसम्म मानिसको साथ दिन सक्नुहुन्न। यसको कारण के हो भने, उहाँ भविष्यको आफ्‍नो कामबारे अग्रिम रूपमा भविष्यवाणी गर्ने परमेश्‍वर हुनुहुन्छ। त्यसपछि, उहाँले सारा मानवजातिलाई प्रकारअनुसार आफ्नो वचनद्वारा वर्गीकरण गर्नुहुनेछ र मानवजाति उहाँको वचनहरूअनुसार उहाँको चरणबद्ध कार्यमा प्रवेश गर्नेछन्। कोही पनि उम्कनेछैनन् र सबैले यहीअनुसार अभ्यास गर्नुपर्छ। त्यसकारण, भविष्यमा उहाँका वचनहरूले युगलाई अगुवाइ गर्नेछन् र आत्माले अगुवाइ गर्नेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२७

मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ र यसलाई सबैभन्दा गहन रूपमा अन्धा तुल्याइएको र अत्यन्तै उल्‍लेखनीय रूपमा हानि गरिएको छ। परमेश्‍वरले किन देहमा व्यक्तिगत रूपमा काम गर्नुहुन्छ सबैभन्दा आधारभूत कारण हो, उहाँको मुक्तिको पात्र मानिस नै हो, जो देहको हो र किनभने परमेश्‍वरको काममा बाधा दिनको लागि शैतानले पनि मानिसकै देहलाई प्रयोग गर्छ। शैतानसँगको युद्ध भनेको वास्तवमा मानिसलाई विजय गर्ने काम नै हो र यसको साथै, मानिस पनि परमेश्‍वरको मुक्तिको पात्र हो। यसरी, परमेश्वर उहाँको काम गर्न देहधारी बन्नु अत्यन्तै आवश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो र मानिस शैतानको मूर्तरूप बन्यो अनि परमेश्‍वरद्वारा हराइने पात्र बन्यो। यसरी, शैतानसँग युद्ध गर्ने र मानिसलाई मुक्ति दिने काम पृथ्वीमा हुन्छ र शैतानसँग युद्ध गर्नको लागि परमेश्‍वर मानव बन्नैपर्छ। यो सबैभन्दा बढी व्यवहारिकता भएको काम हो। जब परमेश्‍वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग युद्ध गरिरहनुभएको हुन्छ। जब उहाँले देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा आफ्‍नो काम गरिरहनुभएको हुन्छ र उहाँले आफ्नो सम्पूर्ण कार्यलाई पृथ्वीमा आत्मिक क्षेत्रमा वास्तविक बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति विद्रोही रहेको मानिस नै हो र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँप्रति शत्रुतामा छ र आखिरमा मुक्त गरिने पनि मानिस नै हो। यसरी, परमेश्‍वर सिर्जित प्राणीको बाहिरी भेष भएको मानव बन्नु अझै बढी आवश्यक छ, ताकि उहाँले शैतानसँग वास्तविक लडाइ गर्न, उहाँप्रति विद्रोही हुने र उहाँको जस्तै बाहिरी भेष भएको मानिसलाई विजय गर्न र उहाँको जस्तै बाहिरी भेष भएको र शैतानद्वारा हानी गरिएको मानिसलाई मुक्ति गर्न सक्नुभएको होस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो र उहाँको मुक्तिको पात्र मानिस हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्नैपर्छ र यसरी उहाँको काम निकै सहज बन्छ। उहाँले शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्नुहुन्छ, र त्यो भन्दा पनि बढी, उहाँ मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ। यो देह सामान्य र व्यावहारिक भए तापनि, उहाँ सामान्य देह हुनुहुन्न: उहाँ मानिस मात्रैको देह हुनुहुन्न तर त्यो देह हुनुहुन्छ जुन मानवीय र ईश्‍वरीय दुवै हो। उहाँ र मानिसको बीचको भिन्नता यही नै हो र परमेश्‍वरको पहिचानको चिन्ह यही नै हो। यस किसिमको देहले मात्रै उहाँले अभिप्राय राख्नुभएको काम गर्न सक्छ र देहमा परमेश्‍वरको सेवकाइलाई पूरा गर्न र मानिसको बीचमा उहाँको कामलाई पूर्ण रूपमा पूरा गर्न सक्छ। यस्तो नभएको भए, मानिसको बीचमा उहाँको काम सँधै रित्तो र त्रुटिपूर्ण हुनेथियो। परमेश्‍वरले शैतानको आत्मासँग युद्ध गरेर विजयी भएर निस्कन सक्नुहुने भए तापनि, भ्रष्ट मानिसको पुरानो प्रकृतिलाई कहिल्यै पनि समाधान गर्न सकिँदैन र परमेश्‍वरप्रति विद्रोही र उहाँको विरोध गर्नेहरू साँचो रूपमा उहाँको प्रभुत्वको अधीनस्थ कहिल्यै बन्न सक्दैनन्, भन्नुको अर्थ, उहाँले मानवजातिलाई कहिल्यै विजय गर्न सक्नुहुन्न र सारा मानवजातिलाई कहिल्यै प्राप्त गर्न सक्नुहुन्न। यदि पृथ्वीमा उहाँको काम कहिल्यै समाधान गर्न सकिँदैन भने, उहाँको व्यवस्थापनलाई कहिल्यै पनि समाप्त गर्न सकिनेछैन र सारा मानवजाति विश्राममा प्रवेश गर्न सक्नेछैनन्। यदि परमेश्‍वर आफ्ना सारा सिर्जित प्राणीहरूसँग विश्राममा प्रवेश गर्न सक्नुहुन्न भने, त्यस्तो व्यवस्थापन कार्यको परिणाम कहिल्यै हुनेछैन र परिणामस्वरूप परमेश्‍वरको महिमा हराउनेछ। उहाँको देहमा कुनै अख्तियार नभए तापनि, उहाँले गर्ने कामले यसको प्रभाव हासिल गर्नेछ। उहाँको कामको अपरिहार्य दिशा यही नै हो। उहाँको देहमा अख्तियार भए पनि वा नभए पनि, जबसम्म उहाँ आफै परमेश्‍वरको काम गर्न सक्नुहुन्छ, तबसम्म उहाँ परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। उहाँको देह जति सामान्य र साधारण भए तापनि, उहाँले गर्नुपर्ने काम उहाँले गर्न सक्नुहुन्छ, किनभने यो देह परमेश्‍वर नै हुनुहुन्छ, मानव मात्रै होइन। यो देहले मानिसले गर्न नसक्ने काम गर्न सक्नुको कारण के हो भने, उहाँको भित्री सार कुनै पनि मानवको जस्तो छैन र उहाँले मानिसलाई मुक्ति दिन सक्नुको कारण के हो भने, उहाँको पहिचान कुनै पनि मानिसको भन्दा फरक छ। यो देह मानवजातिको निम्ति अति महत्त्वपूर्ण छ किनभने उहाँ मानिस हुनुहुन्छ र त्योभन्दा पनि बढी, उहाँ परमेश्‍वर हुनुहुन्छ, किनभने देहको साधारण मानिसले गर्न नसक्ने काम उहाँले गर्न सक्नुहुन्छ, किनभने उहाँले पृथ्वीमा उहाँसँग बस्ने भ्रष्ट मानिसलाई मुक्ति दिन सक्नुहुन्छ। उहाँ पनि मानिस नै हुनुभए पनि, देहधारी परमेश्‍वर मानवजातिका लागि कुनै पनि मूल्यवान् मानिसभन्दा बढी महत्त्वपूर्ण छ, किनभने उहाँले परमेश्‍वरका आत्माले गर्न नसक्ने काम गर्न सक्नुहुन्छ, परमेश्‍वर स्वयमको गवाही दिनको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। परिणामस्वरूप, यो देह सामान्य र साधारण भए तापनि, जब मानवजातिप्रति उहाँको योगदान र मानवजातिको अस्तित्वप्रति उहाँको महत्त्वको कुरा आउँछ, तब ती अत्यन्तै बहुमूल्य हुन्छन्अनि यस देहको वास्तविक मूल्य र महत्त्व कुनै पनि मानवले नाप्न सक्दैन। यो देहले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्न नसके तापनि, उहाँले मानवजातिलाई विजय गर्न र शैतानलाई हराउन, र शैतानलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा हार मान्ने तुल्याउनका लागि आफ्‍नो काम प्रयोग गर्न सक्‍नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभएकोले उहाँले शैतानलाई हराउन सक्नुहुन्छ र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ। उहाँले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्नुहुन्‍न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएका मानवजातिलाई विजय गर्ने काम गर्नको लागि उहाँ देह बन्नुहुन्छ। यसरी, उहाँ आफ्ना सृजित प्राणीहरूमाझ आफ्नो गवाही दिन अझै राम्ररी सक्नुहुन्छ र उहाँ भ्रष्ट मानिसलाई मुक्ति दिन सक्नुहुन्छ। परमेश्‍वरका आत्माद्वारा शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्ने कार्यले भन्दा, देहधारी परमेश्‍वरको शैतानमाथिको विजयले अझै ठूलो गवाही दिन्छ र यो अझै विश्‍वास दिलाउने हुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिसलाई सृष्टिकर्ता चिन्नका लागि अझै बढी फाइदाजनक हुनुहुन्छ र उहाँका सृजित प्राणीहरूमाझ आफ्नो गवाही दिनको लागि अझै बढी सक्षम हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२८

परमेश्‍वर पृथ्वीमा मानिसको बीचमा आफ्नो काम गर्न, आफैलाई मानिसकहाँ व्यक्तिगत रूपले प्रकट गर्न र मानिसलाई उहाँलाई हेर्ने मौका दिन आउनुभयो; के यो सानो विषय हो? यो वास्तवमा सरल छैन! यो कुरा मानिसले सोचेजस्तो होइन: मानिसले उहाँलाई हेर्न सकोस्, मानिसले परमेश्‍वर व्यावहारिक हुनुहुन्छ, अस्पष्ट वा खोक्रो हुनुहुन्न र परमेश्‍वर उच्च हुनुहुन्छ, तर नम्र पनि हुनुहुन्छ भन्‍ने जानोस् भनी परमेश्‍वर आउनुभएको छ। के यो त्यत्ति सरल हुन सक्छ? शैतानले मानिसको शरीरलाई भ्रष्ट पारेको छ र परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्नुभएको मानिस नै हो, त्यसकारण शैतानसँग लडाइँ गर्न र मानिसलाई व्यक्तिगत रूपमा गोठाला गर्नको लागि परमेश्‍वरले देह धारण गर्नुपर्छ। केवल यो मात्रै उहाँको कामको लागि लाभदायक छ। शैतानलाई हराउन र मानिसजातिलाई अझ राम्ररी मुक्ति दिन परमेश्‍वरका दुईवटा देहधारण अस्तित्वमा आएका छन्। कारण चाहे परमेश्‍वरका आत्मा होऊन् वा उहाँको देहधारणी शरीर, परमेश्‍वरले मात्र शैतानसँग लडाइँ गर्न सक्नुहुन्छ। छोटकरीमा, शैतानको साथ लडाइँ गर्ने स्वर्गदूतहरू हुन सक्दैनन्, झन् मानिस त हुनै सक्दैन, जसलाई शैतानले भ्रष्ट पारेको छ। स्वर्गदूतहरू यो लडाइँ लड्न शक्तिहीन छन् र मानिस त झन् अझै दुर्बल छ। त्यसैले, यदि परमेश्‍वर मानिसको जीवनमा गरिने काम गर्न चाहनुहुन्छ भने, यदि उहाँ मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा पृथ्वीमा आउन चाहनुहुन्छ भने, उहाँ व्यक्तिगत रूपमा नै देह बन्नुपर्दछ—अर्थात् उहाँले व्यक्तिगत रूपमा देह धारण गर्नुपर्दछ र आफ्नो जन्मजात पहिचान र उहाँले गर्नुपर्ने कामको साथमा मानिसकहाँ आएर व्यक्तिगत रूपमा मानिसलाई मुक्ति दिनुपर्छ। यदि होइन भने, यदि यो काम परमेश्‍वरका आत्मा वा मानिसले गर्ने हो भने, यो लडाइँबाट कहिल्यै केही पनि प्राप्त हुँदैन र यो कहिल्यै पनि समाप्त हुँदैन। जब परमेश्‍वर मानिसको बीचमा शैतानविरुद्ध व्यक्तिगत रूपमा युद्धमा जान देह बन्नुहुन्छ, तब मात्र मानिसले मुक्ति पाउने मौका पाउँछ। यसको साथै, केवल त्यसपछि मात्रै शैतान लाजमा पर्छ र त्योसित शोषण गर्ने कुनै मौका वा कार्यान्वयन गर्ने कुनै योजना हुँदैन। देहधारी परमेश्‍वरले गर्नुहुने काम उहाँका आत्माले हासिल गर्न सक्नुहुन्न र यो मासुले बनेको कुनै पनि मानिसले परमेश्‍वरको तर्फबाट गर्नु अझ असम्भव हुनेथियो, किनकि उहाँले गर्नुहुने काम मानिसको जीवनका लागि र मानिसको भ्रष्ट स्वभाव परिवर्तन गर्नका लागि हो। यदि मानिसले यस लडाइँमा भाग लिनुपरेको भए ऊ केवल लथालिङ्ग अवस्थामा भाग्नेथियो र आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न असक्षम हुनेथियो। ऊ मानिसलाई क्रूसबाट बचाउन वा सबै विद्रोही मानवजातिलाई जित्न असक्षम हुनेथियो, तर केवल थोरै पुरानो काम मात्र गर्न सक्नेथियो जुन सिद्धान्तहरूभन्दा पर जान सक्दैन वा शैतानलाई पराजित गर्नुसित सम्बन्धित नरहेको कार्य मात्रै गर्न सक्नेथियो। त्यसोभए किन झमेलामा पर्ने? शैतानलाई हराउने त परै जाओस्, मानवजातिलाई समेत प्राप्त गर्न नसक्ने कामको के महत्त्व हुन्छ? यसैले, शैतानसितको लडाइँ केवल परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्नुहुन्छ र यो मानिसले गर्नु असम्भव छ। मानिसको कर्तव्य भनेको समर्पित हुनु र अनुसरण गर्नु हो, किनकि मानिस आकाश र पृथ्वी सृष्टि गर्नेजस्तो काम गर्न असमर्थ छ, यसबाहेक न त उसले शैतानसित लडाइँ गर्ने काम नै गर्न सक्छ। मानिसले परमेश्‍वर स्वयम्‌को नेतृत्वमुनि रहेर मात्र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ, जसद्वारा शैतान पराजित हुन्छ; मानिसले गर्न सक्ने यति मात्र हो। तसर्थ, हरेक चोटि नयाँ लडाइँ सुरु हुँदा, अर्थात्, हरेक चोटि नयाँ युगको काम सुरु हुँदा, यो काम परमेश्‍वर स्वम्‌ले व्यक्तिगत रूपमा गर्नुहुन्छ, जसद्वारा उहाँले सम्पूर्ण युगको नेतृत्व गर्नुहुन्छ र सम्पूर्ण मानवजातिका लागि नयाँ बाटो खोलिदिनुहुन्छ। प्रत्येक नयाँ युगको उदय शैतानसँगको लडाइँको एउटा नयाँ सुरुआत हो, जसद्वारा मानिस नयाँ, अझ सुन्दर संसारमा प्रवेश गर्दछ र एउटा नयाँ युगमा जसलाई परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा नेतृत्व गर्नुहुन्छ। मानिस सबै थोकको मालिक हो, तर प्राप्त भएकाहरू शैतानसँगका सबै लडाइँका फलहरू हुनेछन्। शैतानले सबै कुरालाई भ्रष्ट पार्दछ, लडाइँहरूको अन्त्यमा पराजित हुन्छ र यी लडाइँहरूपछि दण्ड पनि त्यसलाई नै दिइन्छ। परमेश्‍वर, मानिस र शैतानमध्ये शैतान मात्र तिरस्कृत हुनेछ। शैतानले प्राप्त गरेको तर परमेश्‍वरद्वारा फिर्ता नलिएकाहरू शैतानको पक्षमा दण्ड पाउनेहरू बन्नेछन्। यी तीनमध्ये, सबै थोकले केवल परमेश्‍वरलाई मात्रै आराधना गर्नुपर्दछ। तिनीहरू, जो शैतानद्वारा भ्रष्ट भएका थिए तर परमेश्‍वरद्वारा फिर्ता लिइएका छन् र जो परमेश्‍वरको मार्ग अनुसरण हिँड्दछन्, तिनीहरूचाहिँ परमेश्‍वरको प्रतिज्ञा पाउने र उहाँको तर्फबाट दुष्टहरूको न्याय गर्नेहरू हुनेछन्। परमेश्‍वर निश्चय विजयी हुनुहुनेछ र शैतान निश्चय पराजित हुनेछ, तर मानिसको बीचमा जित्नेहरू हुनेछन् र हार्नेहरू पनि हुनेछन्। जित्नेहरू विजय हुनेहरूका स्वामित्वमा हुनेछन् र हार्नेहरू पराजित हुनेहरूका स्वामित्वमा हुनेछन्; प्रत्येकको प्रकारअनुसारको वर्गीकरण यही हो, यो परमेश्‍वरको सबै कामको अन्तिम समाप्ति हो। यो परमेश्‍वरका सबै कामको लक्ष्य पनि हो र यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको व्यवस्थापन योजनाको मुख्य काम मानिसको मुक्तिमा केन्द्रित छ, र परमेश्‍वर मुख्य रूपमा यही लक्ष्‍यको खातिर, यस कामको खातिर र शैतानलाई हराउनका लागि देह बन्नुहुन्छ। पहिलो पटक परमेश्‍वर मानिस बन्नुको कारण पनि शैतानलाई हराउनु नै थियो: पहिलो लडाइँको काम पूरा गर्न अर्थात् मानवजातिलाई छुटकारा दिनको लागि उहाँ व्यक्तिगत रूपले देह बन्नुभयो अनि उहाँलाई व्यक्तिगत रूपले क्रूसमा काँटी ठोकियो। त्यस्तै गरी, कामको यो चरण पनि परमेश्‍वरले व्यक्तिगत रूपमै गर्नुहुन्छ, जो मानिसको बीचमा आफ्नो काम गर्न, व्यक्तिगत रूपमा उहाँको वचन बोल्न र मानिसलाई उहाँ स्वयम्‌लाई देख्ने तुल्याउन मानिस बन्नुभयो। अवश्य नै, यस क्रममा उहाँले अनिवार्य रूपमा अन्य कामहरू पनि गर्नुहुन्छ तर उहाँले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुको मुख्य कारण शैतानलाई पराजित गर्नु, सम्पूर्ण मानवजातिलाई जित्नु र यी मानिसहरूलाई प्राप्त गर्नु नै हो। यसैले, परमेश्‍वरको देहधारणको काम साँच्चै सजिलो छैन। यदि परमेश्‍वरको उद्देश्य मानिसलाई उहाँ नम्र र गुप्त हुनुहुन्छ अनि व्यावहारिक हुनुहुन्छ भनी देखाउनु मात्रै थियो भने, यदि यो काम गर्नका लागि मात्र थियो भने, उहाँ देह बन्नुको कुनै आवश्यक हुँदैनथियो। यदि परमेश्‍वर मानिस नबन्नुभएको भए पनि उहाँले आफ्नो नम्रता र गोप्यता, आफ्नो महान्‌ता र पवित्रता मानिसको सामु प्रत्यक्ष रूपमा प्रकट गर्न सक्नुहुन्थ्यो तर मानवजातिलाई व्यवस्थापन गर्ने कामसित ती कुराहरूको कुनै सरोकार हुनेथिएन। तिनीहरू मानिसलाई बचाउन वा पूर्ण बनाउन असमर्थ छन्, तिनीहरूले शैतानलाई जित्न सक्ने कुरा त परै जाओस्। यदि शैतानलाई पराजित गर्नका निम्ति आत्माले केवल आत्माविरुद्ध लडाइँ मात्रै गर्नुपर्थ्यो भने, त्यस्तो कामको व्यावहारिक मूल्य अझै कम हुनेथियो; त्यो मानिसलाई प्राप्त गर्न असमर्थ हुनेथियो र यसले मानिसका भाग्य र सम्भावनाहरूलाई नाश पार्न सक्थ्यो। त्यसैले, परमेश्‍वरको आजको कामको गहन महत्त्व छ। यो, मानिसले उहाँलाई देख्न सकोस् वा मानिसका आँखाहरू खोलिऊन् वा उसले स्पर्श र उत्साहका केही भावनाहरू प्राप्त गरोस् भनेर मात्र होइन; त्यस्तो कामको कुनै महत्त्व हुँदैन। यदि तँ यस प्रकारको ज्ञानको बारेमा मात्रै कुरा गर्न सक्छस् भने, तँलाई परमेश्‍वरको देहधारणको वास्तविक महत्त्व थाहा छैन भन्‍ने त्यसले प्रमाणित गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२९

परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा आउनुभयो, र यस पटक परमेश्‍वर आउनुहुँदा, उहाँको स्वरूप महिलाको छ। यसबाट के देख्‍न सकिन्छ भने, परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र महिला दुवै उहाँको काममा उपयोगी हुन सक्छन्, र उहाँका लागि लिङ्गको कुनै भिन्‍नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह धारण गर्न सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे त्यो पुरुष होस् या महिला, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि येशू आउनुहुँदा उहाँ महिलाका रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माले शिशु बालक नभई शिशु बालिकाको गर्भधारण गर्नुभएको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्‍नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्र भनेर उल्‍लेख गरिँदैन? किनकि कामका आवश्यकताहरूले येशूको भन्दा फरक लिङ्गमा परिवर्तन हुनुपर्ने बाध्यता सिर्जना गरेको छ। परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता हुँदैन। उहाँले आफ्‍नो इच्छाअनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्धहरूको अधीनमा हुनुहुन्‍न, उहाँ त विशेष स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। परमेश्‍वर दुईपटक देह बन्‍नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिमपटक हो भन्‍ने कुरा आफैमा स्पष्ट छ। आफ्‍ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले देख्‍ने गरी व्यक्तिगत रूपमै काम गर्नको लागि उहाँ देह नबन्‍नुभएको भए, परमेश्‍वर पुरुष मात्रै हुनुहुन्छ, स्‍त्री हुनुहुन्‍न भन्‍ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्‍नेथ्यो। यसभन्दा पहिले, सारा मानवजातिले परमेश्‍वर पुरुष मात्रै हुन सक्‍नुहुन्छ र स्‍त्रीलाई परमेश्‍वर भनेर भन्‍न सकिँदैन भनेर विश्‍वास गर्‍यो, किनभने सारा मानवजातिले स्‍त्रीहरूमाथि पुरुषहरूकै अख्तियार हुन्छ भन्‍ने ठाने। तिनीहरूले कुनै पनि स्‍त्रीले अख्तियार लिन सक्दैन, पुरुषहरूले मात्रै सक्छ भन्‍ने विश्‍वास गरे। यति मात्र होइन, पुरुस नै स्‍त्रीको प्रमुख हो र स्‍त्रीले पुरुषको आज्ञापालन गर्नैपर्छ, उसलाई उछिन्‍न सक्दैन भनेरसमेत तिनीहरूले भने। विगतका समयहरूमा, जब पुरुष नै स्‍त्रीको प्रमुख हो भनेर भनियो, यो आदम र हव्‍वाप्रति लक्षित थियो, जो सर्पद्वारा छलिएका थिए—यो सुरुमा यहोवाले सृष्टि गर्नुभएकै पुरुष र स्‍त्रीप्रति लक्षित थिएन। अवश्‍य नै, स्‍त्रीले आफ्‍नो पतिको आज्ञापालन गर्नैपर्छ र उसलाई प्रेम गर्नैपर्छ, र पतिले आफ्‍नो परिवारलाई खुवाउन र सहारा दिन सिक्‍नैपर्छ। यी यहोवाले निर्धारित गरेका नियम र विधानहरू हुन् जसलाई मानवजातिले आफ्नो पृथ्वीको जीवनमा पालन गर्नैपर्छ। यहोवाले स्‍त्रीलाई भन्‍नुभयो, “तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” मानवजाति (अर्थात्, पुरुष र स्‍त्री दुवै) ले यहोवाको प्रभुत्वको अधीनमा रही सामान्य जीवन जिउन सकून्, र मानवजातिको जीवनमा संरचना होस्, र तिनीहरूको जीवनमा अव्यवस्थितपन नआओस् भनेर मात्रै उहाँले यो कुरा बोल्‍नुभएको थियो। त्यसकारण, पुरुष र स्‍त्रीले कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा यहोवाले उचित नियमहरू बनाउनुभयो, तर ती नियम पृथ्वीमा जिइरहेका सबै सृजित प्राणीहरूसँग मात्रै सम्‍बन्धित थियो, र परमेश्‍वरको देहधारणसँग यसको कुनै सम्‍बन्ध थिएन। परमेश्‍वर कसरी उहाँका सृजित प्राणीहरूजस्तै हुन सक्‍नुहुन्छ? उहाँका वचनहरू उहाँले सृष्टि गर्नुभएका मानवजातितर्फ मात्रै लक्षित थिए; मानवजातिले सामान्य जीवन जिओस् भनेर मात्रै उहाँले पुरुष र स्‍त्रीका लागि नियमहरू स्थापित गर्नुभयो। सुरुमा, जब यहोवाले मानवजातिलाई सृष्टि गर्नुभयो, उहाँले पुरुष र स्‍त्री दुवै प्रकारका मानवजाति बनाउनुभयो; त्यसैले उहाँको देहधारणहरूमा पुरुष र स्‍त्रीको विभाजन छ। उहाँले आदम र हव्‍वासँग बोल्‍नुभएका वचनहरूको आधारमा आफ्‍नो कामको निर्णय गर्नुभएन। उहाँले सुरुमा मानवजाति सृष्टि गर्नुभएको समयको उहाँको सोचअनुसार नै उहाँ दुईपटक देह बन्‍नुहुने कुरा पूर्ण रूपमा निर्धारित भएको थियो; अर्थात्, तिनीहरू भ्रष्ट हुनुभन्दा पहिलेको पुरुष र स्‍त्रीको आधारमा उहाँले आफ्‍ना दुई देहधारणहरूको काम पूरा गर्नुभयो। यदि सर्पको छलमा परेका आदम र हव्‍वासँग यहोवाले बोल्‍नुभएका वचनहरूलाई मानवजातिले लिएका, र तिनलाई परमेश्‍वरको देहधारणमा लागू गरेका भए, के येशूले पनि आफ्‍नी पत्‍नीलाई जसरी पत्‍नीलाई प्रेम गर्नुपर्छ त्यसरी नै प्रेम गर्नु पर्दैनथ्यो र? यसरी, के परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुनेथ्यो र? अनि यस्तो हुँदा, के उहाँले अझै आफ्‍नो कामलाई पूरा गर्न सक्षम हुनुहुनेथ्यो र? यदि परमेश्‍वरको देहधारण स्‍त्री बन्‍नु गलत हुन्थ्यो भने, परमेश्‍वरले स्‍त्रीलाई सृष्टि गर्नु सबैभन्दा ठूलो गल्ती हुँदैनथ्यो र? यदि मानिसहरूले अझै परमेश्‍वर स्‍त्रीको रूपमा देहधारी हुनु गलत हो भन्‍ने विश्‍वास गर्छन् भने, येशू जसले विवाह गर्नुभएन र त्यसैले आफ्‍नी पत्‍नीलाई प्रेम गर्न सक्‍नुभएन, के उहाँ पनि वर्तमान देहधारणजत्तिकै गल्‍ती हुनुहुन्‍थेन र? तँ वर्तमानको दिनमा परमेश्‍वरको देहधारणको सत्यतालाई मापन गर्नको लागि यहोवाले हव्‍वासँग बोल्‍नुभएका वचनहरूको प्रयोग गर्छस्, त्यसकारण तैँले अनुग्रहको युगमा देह बन्‍नुभएका प्रभु येशूको बारेमा राय बनाउनको लागि यहोवाले आदमसँग बोल्नुभएका वचनहरूको प्रयोग गर्नैपर्छ। के यी एउटै र उही होइनन्? तैँले सर्पले छल नगरेको पुरुषअनुसार प्रभु येशूको मापन गर्छस्, त्यसैले तैँले आजको देहधारणको सत्यताको बारेमा सर्पले छल गरेको स्‍त्रीअनुसार राय बनाउन सक्दैनस्। यो अनुचित हुनेछ! तैँले परमेश्‍वरलाई यसरी मापन गर्दा, तँमा तर्कशक्ति छैन भन्‍ने प्रमाणित हुन्छ। जब यहोवा दुईपटक देह बन्‍नुभयो, उहाँको देहको लिङ्ग सर्पको छलमा नपरेका पुरुष र स्‍त्रीसँग सम्‍बन्धित थियो; सर्पको छलमा नपरेका ती पुरुष र स्‍त्रीअनुसार नै उहाँ दुईपटक देह बन्‍नुभएको थियो। येशूको पुरुषत्व, सर्पको छलमा परेको आदमको जस्तै थियो भनेर नसोच। उहाँहरू पूर्ण रूपमा असम्बन्धित हुनुहुन्छ, उहाँहरू फरक प्रकृतिका पुरुषहरू हुनुहुन्छ। येशूको पुरुषत्वले उहाँ सबै स्‍त्रीहरूका प्रमुख हुनुहुन्छ, तर सबै पुरुषहरूका प्रमुख हुनुहुन्‍न भनेर अवश्य नै प्रमाणित गर्दैन? के उहाँ (पुरुष र स्‍त्री दुवै लगायत) सारा यहूदीहरूका राजा हुनुहुन्‍न र? उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, स्‍त्रीको प्रमुख मात्रै नभई पुरुषको पनि प्रमुख हुनुहुन्छ। उहाँ सृष्टि गरिएका सारा प्राणीहरूका प्रभु हुनुहुन्छ र सृष्टि गरिएका सारा प्राणीहरूका प्रमुख हुनुहुन्छ। येशूको पुरुषत्व स्‍त्रीको प्रमुखको प्रतीक हो भनेर तैँले कसरी निर्धारित गर्छस्? के यो ईश्‍वरनिन्दा हुनेछैन र? येशू भ्रष्ट नपारिएको पुरुष हुनुहुन्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ; उहाँ ख्रीष्‍ट हुनुहुन्छ; उहाँ प्रभु हुनुहुन्छ। उहाँ कसरी आदमजस्तो भ्रष्ट पारिएको पुरुष हुन सक्‍नुहुन्छ? येशू परमेश्‍वरका सबैभन्दा पवित्र आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। उहाँ आदमको पुरुषत्व भएको परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी भन्‍न सक्छस्? त्यस्तो भएमा, के परमेश्‍वरका सबै कार्य गलत हुन्थेन र? के सर्पको छलमा परेका आदमको पुरुषत्वलाई यहोवाले येशूभित्र समायोजन गर्नुहुन्थ्यो? के वर्तमान समयको देहधारण येशूभन्दा फरक लिङ्गका तर प्रकृतिमा उहाँजस्तै हुनुहुने देहधारी परमेश्‍वरको कामको अर्को घटना होइन र? के तँ अझै पनि देहधारी परमेश्‍वर स्‍त्री हुन सक्‍नुहुन्‍न किनभने सर्पले सुरुमा स्‍त्रीलाई नै छल गरेको थियो भनेर भन्‍ने आँट गर्छस्? के तँ अझै पनि स्‍त्री सबैभन्दा अशुद्ध र मानवजातिको भ्रष्टताको स्रोत भएकीले, परमेश्‍वर स्‍त्रीको रूपमा देह बन्‍ने सम्‍भावना हुन सक्दैन भनेर भन्‍ने आँट गर्छस्? के तँ “स्‍त्रीले सधैँ पुरुषको आज्ञापालन गर्नुपर्छ र उसले कहिल्यै पनि परमेश्‍वरको प्रकटीकरण वा प्रत्यक्ष प्रतिनिधित्व गर्न सक्दिन” भनेर भनिरहने आँट गर्छस्? तैँले विगतमा त बुझिनस्, तर के अब पनि तँ परमेश्‍वरको कामको, विशेष गरी परमेश्‍वरको देहधारणको निन्दा गर्दै हिँड्छस्? यदि यो तँलाई स्पष्ट छैन भने, तैँले आफ्‍नो जिब्रोलाई सम्‍हालेर राख्, नत्र तेरो मूर्खता र अज्ञानता प्रकट हुनेछ र तेरो कुरूपता खुलासा हुनेछ। तैँले सबै कुरा बुझ्छस् भन्‍ने नसोच्। म तँलाई भन्छु, तैँले देखेको र अनुभव गरेको सबै कुरा पनि तैँले मेरो व्यवस्थापन योजनाको हजार भागको एक भाग बुझ्‍नलाई पर्याप्त छैन। अनि, तँ किन त्यति अहङ्कारी हुन्छस्? तँसँग भएको थोरै प्रतिभा र अलिकति ज्ञान येशूले आफ्‍नो कामको लागि एक सेकण्ड प्रयोग गर्न पनि पर्याप्त छैन! तँसँग वास्तवमा कति अनुभव छ? तैँले देखेका र तैँले आफ्‍नो जीवनभरि सुनेका अनि तैँले कल्‍पना गरेका सबै कुराहरू मैले एक पलमा गर्ने कामभन्दा पनि थोरै छन्! तैँले कुरा नकोट्याएको र गल्ती नखोतलेकै जाती हुन्छ। तँ आफूले चाहेजति अहङ्कारी बन्‍न सक्छस्, तर तँ एक सृष्टि गरिएको प्राणीबाहेक केही पनि होइनस्, तँ कमिला बराबरको पनि छैनस्! तेरो पेटभित्र जति छ त्यो सबै कमिलाको पेटमा भएको भन्दा पनि थोरै छ! तैँले केही अनुभव र वरिष्ठता प्राप्त गरेको छस् भन्दैमा, यसले तँलाई ठूलो पल्टिने र ठूलाठूला गफ चुट्ने अधिकार दिन्छ भनेर नसोच्। के तेरा अनुभव र तेरो वरिष्ठता मैले उच्‍चारण गरेका शब्‍दहरूको उपज होइनन् र? के तँ ती तेरो आफ्नै परिश्रम र मेहनतको बलमा आएका हुन् भन्‍ने विश्‍वास गर्छस्? आज, म देह बनेको छु भन्‍ने तैँले बुझेको छस्, र यसबारेमा मात्रै तँमा अधिक अवधारणाहरू छन्, र त्यसमा धारणाहरूको कुनै अन्त्य छैन। यदि मेरो देहधारण नभएको भए, तँसँग असाधारण प्रतिभाहरू नै भएको भए पनि, तँसँग त्यति धेरै अवधारणाहरू हुने थिएनन्; अनि के यीबाट नै तेरा धारणाहरू पैदा हुँदैनन् र? यदि पहिलोपटक येशू देह नबन्‍नुभएको भए, के तैँले देहधारणको बारेमा समेत जान्‍नेथिइस् र? पहिलो देहधारणले तँलाई ज्ञान दिएको हुनाले नै दोस्रो देहधारणको बारेमा आलोचना गर्ने दुस्साहस तँसँग छैन र? किन समर्पित अनुयायी हुनुको सट्टा तैँले यसलाई अध्ययनको विषय बनाइरहेको छस्? जब तँ प्रवाहमा प्रवेश गरेर देहधारी परमेश्‍वरको अघि आएको हुन्छस्, के उहाँले तँलाई उहाँको शोधअध्ययन गर्न दिनुहुन्छ? तैँले तेरो आफ्‍नै पारिवारिक इतिहासको शोधअध्ययन गर्न सक्छस्, तर यदि तैँले परमेश्‍वरको “पारिवारिक पृष्ठभूमि” को शोधअध्ययन गर्ने प्रयास गरिस् भने, के आजका परमेश्‍वरले तँलाई त्यस्तो अध्ययन गर्न दिनुहुन्छ र? के तँ अन्धो छैनस्? के तैँले आफ्नै अवहेलना निम्त्याउँदैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३०

येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्‍बन्धित नभए पनि, हाम्रा आत्मा एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए पनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरकफरक रूपहरू लिन सक्छन्, तर यो कुरा युगको परिवर्तन र हाम्रो कामका फरकफरक आवश्यकताहरूको कारणले गर्दा भएको हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि बढाउने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले गर्दा, यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूका देहको स्वरूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा न्‍मनुभएको थिएन, उही समयअवधिमा जन्‍मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। उहाँहरूका देहमा न त रगतको नाता छ न त कुनै पनि प्रकारको भौतिक साइनो नै छ, तैपनि उहाँहरू दुई फरक समयअवधिका परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरा अकाट्य सत्य हो। तैपनि, उहाँहरू एउटै रक्तवंशको हुनुहुन्‍न र उहाँहरूले एउटै मानव भाषा बोल्‍नुहुन्‍न (एक जना पुरुष हुनुहुन्थ्यो जसले यहूदीहरूको भाषा बोल्‍नुहुन्थ्यो र अर्काचाहिँ महिला हुनुहुन्छ जसले चिनियाँ भाषा मात्रै बोल्‍नुहुन्छ)। यिनै कारणहरूले गर्दा, आफूले गर्नुपर्ने काम गर्नको लागि उहाँहरू फरकफरक देशमा र फरकफरक समयअवधिमा पनि जिउनु भयो। उहाँहरू एउटै आत्मा हुनुहुन्छ, उहाँहरूमा एउटै सार छ भन्‍ने तथ्यको बाबजुत पनि, उहाँहरूका देहहरूको बाहिरी भेषहरूमा कुनै ठोस समानता छैनन्। उहाँहरू दुवै उही मानवतामा हुनुहुन्छ, तर जहाँसम्म उहाँहरूका देहहरूको बाहिरी रूप र उहाँहरूको जन्‍मका परिस्‍थितिहरूको सवाल छ, उहाँहरू उही हुनुहुन्‍न। उहाँहरूको सम्‍बन्धित काममा वा उहाँहरूबारेको मानिसको ज्ञानमा यी कुराहरूले कुनै प्रभाव पार्दैनन्, किनभने अन्तिम विश्‍लेषणमा उहाँहरू एउटै आत्मा हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। रगतद्वारा उहाँहरू सम्‍बन्धित नभए पनि, उहाँहरूको सम्पूर्ण अस्तित्व उहाँहरूका आत्माहरूको नियन्त्रणमा छ, जसले उहाँहरूलाई फरक समयअवधिमा फरक काम दिनुहुन्छ, र उहाँहरूको देह फरकफरक वंशमा पर्छन्। यहोवाका आत्मा येशूका आत्माका पिता हुनुहुन्‍न र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्‍न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्‍वर र येशूमा रगतको सम्‍बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूका आत्मा एउटै हुनुहुन्छ। परमेश्‍वरले कृपा र प्रेमिलो-दयालुपनको कामका साथै मानिसको धर्मी न्याय र सजाय गर्ने अनि मानिसमा श्राप हालिदिने काम गर्न सक्‍नुहुन्छ; र अन्तिममा, उहाँले संसारलाई नष्ट गर्ने र दियाबलसलाई दण्ड दिने काम गर्न सक्‍नुहुन्छ। के उहाँले यो सबै आफै गर्नुहुन्‍न र? के यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३१

परमेश्‍वर सारा ब्रह्माण्डमा र माथिको क्षेत्रमा महान् हुनुभएकोले के उहाँले देहको स्वरूप प्रयोग गरेर आफूलाई पूर्ण रूपमा व्याख्या गर्न सक्नुहुन्छ र? आफ्नो कामको एक चरण गर्नका लागि परमेश्‍वरले आफैलाई यस देह धारण गराउनुहुन्छ। देहको यो स्वरूपमा कुनै खास महत्त्व छैन, युगहरू बितेर जाने कुरासँग यसको कुनै सम्बन्ध छैन, न त परमेश्‍वरको स्वभावसँग यसको कुनै सम्बन्ध छ। येशूले किन आफ्नो स्वरूप रहिरहन दिनुभएन? किन उहाँले मानिसलाई उहाँको चित्र बनाउन दिनुभएन, जुन पछिबाट आउने पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिन्थ्यो? किन उहाँले मानिसहरूलाई उहाँको स्वरूप परमेश्‍वरको प्रतिरूप हो भनेर स्वीकार गर्ने अनुमति दिनुभएन? मानिसको स्वरूप परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको भए पनि, के मानिसको स्वरूपले परमेश्‍वरको उच्च स्वरूपको प्रतिनिधित्व गर्नु सम्भव थियो? जब परमेश्‍वर देह बन्नुहुन्छ, उहाँ केवल स्वर्गबाट मात्र एउटा खास शरीरमा आउनुहुन्छ। देहमा ओर्लनुहुने उहाँको आत्मा नै हो, जसद्वारा उहाँले आत्माको काम गर्नुहुन्छ। शरीरमा प्रकट गरिने आत्मा यही हो, र आत्माले नै देहमा उहाँको काम गर्नुहुन्छ। देहमा गरिएको कामले आत्मालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ, र देह कामका लागि हो, तर त्यसको अर्थ देहको स्वरूप परमेश्‍वर स्वयम्‌को स्वरूपको प्रतिस्थापन हो भन्‍ने होइन; परमेश्‍वर देह बन्नुको उद्देश्य वा महत्त्व यो होइन। आत्माले शरीरमा उहाँको काम राम्ररी हासिल गर्न सक्‍नुभएको होस् भनेर उहाँको कामको निम्ति उपयुक्त वास गर्ने ठाउँ प्राप्त गर्न, मानिसहरूले उहाँका कामहरू देखून्, उहाँको स्वभावलाई बुझ्न सकून्, उहाँका वचनहरू सुन्न सकून्, र उहाँको कामको चमत्कारहरू जान्न सकून् भनेर मात्रै उहाँले देहमा काम गर्नुहुन्छ। उहाँको नाउँले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ, उहाँको कामले उहाँको चिनारीको प्रतिनिधित्व गर्दछ, तर उहाँको देहको रूपले उहाँको स्वरूपको प्रतिनिधित्व गर्छ भनी उहाँले कहिल्यै पनि भन्नुभएन, त्यो त केवल मानिसको धारणा मात्रै हो। यसैले, परमेश्‍वरको देहधारणको महत्त्वपूर्ण पक्षहरू उहाँको नाउँ, उहाँको काम, उहाँको स्वभाव, र उहाँको लिङ्ग हो। यस युगमा उहाँको व्यवस्थापनको प्रतिनिधित्व गर्न यी कुराहरूको प्रयोग गरिन्छ। उहाँको व्यवस्थापनसँग उहाँ शरीरमा देखा पर्नुहुने कुराको कुनै सम्बन्ध छैन, त्यो त्यस समयको उहाँको कामका निम्ति मात्र हो। तापनि देहधारी परमेश्‍वरको कुनै विशेष रूप नहुनु असम्भव छ, यसकारण उहाँले आफ्नो प्रकटीकरण निश्चित गर्न एउटा उपयुक्त परिवार चुन्नुहुन्छ। यदि परमेश्‍वरको प्रकटीकरणसित प्रतिनिधित्वको महत्त्व हुन्थ्यो भने उहाँको जस्तै अनुहार भएका सबै जनाले परमेश्‍वरको प्रतिनिधित्व गर्नेथिए। के त्यो अति भयानक गल्ती हुनेथिएन र? मानिसले येशूलाई पुजून् भनेर मानिसले उहाँको चित्र बनाएका थिए। त्यस बेला, पवित्र आत्माले कुनै विशेष निर्देशनहरू दिनुभएन, त्यसकारण मानिसले त्यो काल्पनिक चित्र आजसम्म हस्तान्तरण गर्दैआएको छ। वास्तवमा, परमेश्‍वरको सुरुको मनसाय अनुसार मानिसले त्यसो गर्नुहुँदैन थियो। मानिसको जोशले मात्र येशूको चित्र आजको दिनसम्म रहेको छ। परमेश्‍वर आत्मा हुनुहुन्छ, र अन्तिम विश्लेषणमा पनि मानिसले उहाँको स्वरूप के हो सो पूर्ण रूपमा पत्ता लगाउन सक्दैन। उहाँको स्वरूपलाई उहाँको स्वभावले मात्र प्रतिनिधित्व गर्न सक्छ। उहाँको नाक, उहाँको मुख, आँखा, र केशको ढाँचा कस्तो हुनेछन् भन्‍ने बारेमा भन्दा यी सब तेरो पत्ता लगाउने क्षमताभन्दा बाहिर छन्। जब यूहन्नाकहाँ प्रकाश आयो, तिनले मानिसको पुत्रको स्वरूपलाई हेरे: उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो, उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, उहाँको शिर र केश ऊनजस्तो सेतो थियो, उहाँका पाउहरू टल्काएका काँसाजस्ता थिए। उहाँको छातीमा सुनौला फित्ता थियो। उहाँका वचनहरू अत्यन्तै स्पष्ट थिए, तर तिनले वर्णन गरेका परमेश्‍वरको स्वरूप सृष्टि गरिएको प्राणीको स्वरूप थिएन। तिनले जे देखे त्यो एउटा दर्शन मात्र थियो, र भौतिक संसारको व्यक्तिको स्वरूप थिएन। यूहन्नाले एउटा दर्शन देखेका थिए, तर तिनले परमेश्‍वरको वास्तविक रूप देखेनन्। सृष्टि गरिएको प्राणीको स्वरूपले बनेको परमेश्‍वरको देहधारी शरीर परमेश्‍वरको स्वभावलाई त्यसको पूर्णतामा प्रतिनिधित्व गर्न सक्दैन। जब यहोवाले मानव जाति सृष्टि गर्नुभयो, उहाँले त्यो आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र पुरुष र स्त्रीको रूपमा सृष्टि गर्नुभयो भनी भन्नुभयो। त्यस बेला, उहाँले पुरुष र स्त्रीलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो भनी भन्नुभयो। मानिसको स्वरूप परमेश्‍वरको स्वरूपसँग मेल खाए पनि त्यसलाई व्याख्या गर्दै मानिसको स्वरूप परमेश्‍वरको स्वरूप हो भन्न मिल्दैन। न त तैँले परमेश्‍वरको पूर्ण नमुना दिन मानव जातिको भाषा नै प्रयोग गर्न सक्छस्, किनकि परमेश्‍वर अति उच्च, अति महान्, अति अचम्मका र बुझ्नै नसकिने हुनुहुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३२

यसपालि, परमेश्‍वर आत्मिक शरीरमा नभई अति साधारण शरीरमा काम गर्नका लागि आउनुहुन्छ। त्यसमाथि, यो परमेश्‍वरको दोस्रो देहधारणको शरीर हो, र त्यो शरीर पनि हो जसमार्फत परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। उहाँलाई हेर्दा, तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यो फगत नगण्य देह नै परमेश्‍वरका समस्त सत्यताका वचनको मूर्त रूप, आखिरी दिनहरूमा परमेश्‍वरका कामको वाहक, र मानिसले परमेश्‍वरको सम्पूर्ण स्वभाव बुझ्ने अभिव्यक्ति हो। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्ने चाहना बिछट्टै राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्ने चाहना बिछट्टै राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्ने चाहना बिछट्टै राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू—कुनै पनि मानिसले कहिल्यै तँलाई बताउन नसकेका रहस्यहरू—बताउनुहुनेछ र उहाँले तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यको तेरो प्रवेशद्वार र नयाँ युगमा प्रवेश गर्नका लागि तेरो मार्गदर्शक हुनुहुन्छ। यो साधारण देहसँग मानिसका निम्ति बुझ्न नसकिने धेरै रहस्य हुन्छन्। उहाँका कार्यहरू तेरा लागि दुर्बोध छन्, तर उहाँले गर्ने कामको सम्पूर्ण लक्ष्य नै तँलाई उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर देख्न सक्षम बनाउन पर्याप्त छ, किनकि उहाँ आखिरी दिनहरूमा परमेश्‍वरका अभिप्राय, र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरको हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू अग्निका ज्वालाहरूजस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट परमेश्‍वर क्रोधी भइरहनुभएको सुन्न सक्छस् र परमेश्‍वरले मानवजातिका लागि कृपा देखाइरहनुभएको थाहा पाउन सक्छस् र तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस्, र त्यसभन्दा पनि बढी, सबै मानवजातिका लागि परमेश्‍वरको हेरविचार बोध गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीमा मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्ने तुल्याउनु हो, र परमेश्‍वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिस झैँ देखिनुभए पनि, उहाँ एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर हुनुभए पनि, अन्त्यमा, परमेश्‍वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यो व्यक्ति अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीले ठूलो परिवर्तन भोग्नेथिए; यदि यो व्यक्ति अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र महामारीमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूका देहधारी परमेश्‍वर तिमीहरूलाई मुक्ति दिन नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यो देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भए, सबै मानवजातिका लागि ठूलो विपत्तिबाट उम्कन असम्भव हुनेथियो, र त्यसका लागि आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्योभन्दा कठोर दण्डबाट उम्कन असम्भव हुनेथियो। यदि यो साधारण देह नजन्मिएको भए, तिमीहरू सबै यस्तो स्थितिमा हुनेथियौ, जहाँ तिमीहरू जीवनको भीख मागिरहेका हुनेथियौ तर जिउन सक्‍नेथिएनौ र मृत्युको भीख मागिरहेका हुनेथियौ तर मर्न सक्‍नेथिएनौ; यदि यो देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ, बरु, तिमीहरूका घोर पापहरूका कारणले तिमीहरू परमेश्‍वरद्वारा दण्डित हुनेथियौ। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्‍वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिको मौका हुनेथिएन; र यदि यो देहको आगमन नभएको भए, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथियो? अतः, के तिमीहरूले अझै पनि परमेश्‍वरको दोस्रो देहधारणलाई इन्कार गर्नेछौ? यो साधारण व्यक्तिबाट तिमीहरूले यति ठूला फाइदा प्राप्त गर्न सक्‍ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३३

परमेश्‍वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तैँले तेरो निर्णय सही छ कि छैन त्यसलाई राम्ररी बुझ्‍न सक्दैनस्, अनि परमेश्‍वरको काम सफल हुन सक्छ कि सक्दैन भनेर तैँले जान्‍न पनि सक्दैनस् भने, तैँले भाग्यमा भरोसा गरेर यो साधारण मानिस तेरो लागि ठूलो उपयोगी हुन सक्छ कि सक्दैन, र परमेश्‍वरले साँच्‍चै महान् काम गर्नुभएको छ कि छैन भनेर हेर्ने प्रयास किन गर्दैनस् त? यद्यपि, मैले तँलाई भन्नैपर्छ कि नोआको समयमा मानिसहरू यति हदसम्म खाइरहेका र पिइरहेका, विवाह गरिरहेका र विवाहमा दिइरहेका थिए कि परमेश्‍वरले त्यो हेर्नै सक्नुभएन, त्यसैले आठ जनाको नोआको परिवार र सबै प्रकारका पशु-पंक्षीहरूलाई छाडेर सबै मानवजातिलाई नष्ट गर्न उहाँले विशाल जलप्रलय पठाउनुभयो। तथापि, अन्त्यसम्म परमेश्‍वरप्रति बफादार रहनेहरू सबैलाई आखिरी दिनहरूमा उहाँले बचाउनुहुन्छ। हुनत दुवै युग परमेश्‍वरलाई साक्षी दिन असह्य ठूलो भ्रष्टताका समय थिए, र दुवै युगमा मानवजाति परमेश्‍वर उनीहरूको प्रभु हुनुहुन्थ्यो भन्‍ने इन्कार गरेका र भ्रष्ट भएका कारण परमेश्‍वरले नोआको समयमा मानिसहरूलाई मात्र नष्ट गर्नुभयो। दुवै युगमा मानवजातिले परमेश्‍वरलाई ठूलो दुःख दिए, तर पनि परमेश्‍वरले अहिलेसम्म आखिरी दिनहरूका मानिससँग धैर्य गर्नुभयो। किन हो यो? तिमीहरूले किन कहिल्यै आश्चर्य मानेनौ? यदि तिमीहरूलाई साँच्चिकै थाहा छैन भने, मलाई भन्न देऊ। आखिरी दिनहरूमा मानिसहरूलाई परमेश्‍वरले कृपा गर्न सक्नुको कारण उनीहरू नोआको समयका मानिसहरूभन्दा कम भ्रष्ट भएर होइन, अथवा उनीहरूले परमेश्‍वरलाई पश्चाताप देखाएको भएर होइन, आखिरी दिनहरूमा प्रविधि यति आधुनिक छ कि उनीहरूलाई परमेश्‍वर स्वयमले नष्ट गर्न सक्नुहुन्न भन्‍ने कुरा त परै छाडौँ। बरु, यसको कारण यो हो कि परमेश्‍वरले मानिसहरूको एक समूहमा आखिरी दिनहरूमा गर्नुपर्ने काम छ, र यो काम परमेश्‍वर स्वयमले उहाँको देहधारणमा गर्नुहुनेछ। यसको साथै, परमेश्‍वर उहाँको मुक्तिका पात्रहरू र उहाँको व्यवस्थापनको योजनाको फल बन्न यो समूहको एक भाग छान्‍नुहुनेछ, र ती मानिसहरूलाई अर्को युगमा ल्याउनुहुनेछ चाहना राख्नुहुन्छ। त्यसैले, जे भए पनि, परमेश्‍वरले चुकाउनुभएको यो मूल्य पूर्ण रूपले उहाँको देहधारी शरीरले आखिरी दिनहरूमा गर्ने कामको तयारीको लागि हो। यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यी सबै आशिष् प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्त्वहीन मानिसप्रति समर्पण गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्‍वर र मानिसबीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरूबीचको दूरीलाई छोट्याएको छ र परमेश्‍वर र मानिसका विचारहरूबीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्‍वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्‍वास र आराधनाको लागि अयोग्य छ? के यस्तो साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूमाझ परमेश्‍वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यताहरू इन्कार गऱ्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गऱ्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूलाई के हुनेछ?

आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्योभन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्तो व्यक्ति तिमीहरूले विश्‍वास गरे जस्तो: उल्लेख गर्न नै अयोग्य हुने गरी अति साधारण हुन सक्छ? के उहाँको सत्यता तिमीहरूलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के आफ्नै आँखाले उहाँका कार्य देख्नुले नै तिमीहरूलाई विश्‍वस्त तुल्याउन सक्दैन? अथवा के उहाँले तिमीहरूलाई अगुवाइ गर्नुहुने त्यो मार्ग तिमीहरूका लागि हिँड्न योग्य छैन? अन्ततः, कुन कुराले तिमीहरूलाई उहाँप्रति वितृष्ण हुन र उहाँलाई इन्कार्न र उहाँबाट टाढा रहन लगाउँछ? सत्यता व्यक्त गर्ने मानिस यी नै हुनुहुन्छ, सत्यता आपूर्ति गर्ने मानिस यी नै हुनुहुन्छ, तिमीहरूलाई पछ्याउनका लागि मार्ग दिने मानिस यी नै हुनुहुन्छ। के तिमीहरू यी सत्यताभित्र परमेश्‍वरको कामका पदचापहरू भेट्न अझसम्म असक्षम भएको हुन सक्छ? येशूको कामविना मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारणबिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्नेछैनन्। यी साधारण मानिसको आगमनविना, तिमीहरूले परमेश्‍वरको साँचो मुहार देख्ने अवसर कहिल्यै पाउनेथिएनौ, न त तिमीहरू त्यसको योग्य नै हुनेथियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नुपर्ने पात्र हौ। परमेश्‍वरको दोस्रो देहधारणको आगमनका कारण, तिमीहरूलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र कृपा देखाउनुभएको छ। जे भए पनि, मैले तिमीहरूलाई अन्तिमतिर अझै पनि यी वचनका साथ छोड्नैपर्छ: यी साधारण मानिस, जो देहधारी परमेश्‍वर हुनुहुन्छ, तिमीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ। यो, परमेश्‍वरले मानिसहरूमाझ गरिसक्नुभएको महान् कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३४

तैँले व्यावहारिक परमेश्‍वरको विषयमा के थाहा पाउनुपर्छ? आत्मा, व्यक्ति, र वचन मिलेर व्यावहारिक परमेश्‍वर स्वयम्‌ निर्मित हुनुभएको छ, र व्यावहारिक परमेश्‍वर स्वयम्‌को वास्तविक अर्थ यही हो। यदि तैँले व्यक्तिलाई मात्र चिन्छस्‌—यदि तैँले उहाँका आनीबानी र व्यक्तित्वलाई मात्र चिन्छस्‌—तर आत्माको कामलाई चिन्दैनस्‌, वा आत्माले देहमा के गर्नुहुन्छ भन्‍ने कुरा तँलाई थाहा छैन भने, र यदि तैँले आत्मा र वचनलाई मात्र ध्यान दिन्छस्‌, र आत्माको अगाडि मात्र प्रार्थना गर्छस्‌, तर व्यावहारिक परमेश्‍वरको रूपमा परमेश्‍वरका आत्माको कामको बारेमा तँलाई थाहा छैन भने, तैँले व्यावहारिक परमेश्‍वरलाई चिन्दैनस्‌ भनी यसले प्रमाणित गर्छ। व्यावहारिक परमेश्‍वरको ज्ञानमा उहाँका वचनहरूको बारेमा थाहा पाउने र अनुभव गर्ने, र पवित्र आत्माको कामका नियम र सिद्धान्तहरू र परमेश्‍वरका आत्माले देहमा कसरी काम गर्नुहुन्छ भनी थाहा पाउनुपर्ने कुराहरू संलग्न हुन्छन्‌। देहमा हुने परमेश्‍वरको हरेक कार्य आत्माद्वारा नियन्त्रित हुन्छ, र उहाँले बोल्‍नुभएका वचनहरू आत्माका प्रत्यक्ष अभिव्यक्तिहरू हुन् भनी थाहा पाउनुपर्ने कुराहरू पनि यसमा संलग्न हुन्छन्। त्यसैले, व्यावहारिक परमेश्‍वरलाई चिन्‍नको लागि परमेश्‍वरले मानवता र ईश्‍वरत्वमा कसरी काम गर्नुहुन्छ भनी थाहा पाउनु अति महत्त्वपूर्ण हुन्छ; यसो भएको हुँदा, यसले सबै मानिसहरू सहभागी हुने आत्माको अभिव्यक्तिहरूमा सरोकार राख्छ।

आत्माको अभिव्यक्तिका पक्षहरू के-के हुन्? कहिलेकहीँ परमेश्‍वर मानवतामा काम गर्नुहुन्छ, र कहिलेकहीँ ईश्‍वरत्वमा—तर यी दुवै सन्दर्भमा आत्माको नियन्त्रण हुन्छ। मानिसहरूभित्र जस्तो आत्मा हुन्छ, त्यस्तै तिनीहरूको बाह्य अभिव्यक्ति हुन्छ। आत्माले सामान्य तरिकाले काम गर्नुहुन्छ, तर आत्माद्वारा गरिने उहाँको निर्देशनमा दुई भागहरू छन्: एउटा भाग मानवतामा हुने उहाँको काम हो र अर्को भाग ईश्‍वरत्वद्वारा हुने उहाँको काम हो। तैँले यो कुरा स्पष्‍टसँग थाहा पाउनुपर्छ। आत्माको काम परिस्थितिअनुसार फरक हुन्छ: जब उहाँको मानवीय कामको आवश्यकता पर्छ, तब आत्माले यो मानवीय कामलाई निर्देशित गर्नुहुन्छ, र जब उहाँको ईश्‍वरीय कामको आवश्‍यकता पर्छ, तब त्यो कामलाई कार्यान्वयन गर्न ईश्‍वरत्व सोझै देखा पर्छ। परमेश्‍वरले देहमा काम गर्नुहुने र उहाँ देहमा देखा पर्नुहुने हुँदा, उहाँले मानवता र ईश्‍वरत्व दुवैमा सीधै काम गर्नुहुन्छ। मानवतामा हुने उहाँको कामलाई आत्माद्वारा निर्देशित गरिन्छ र मानिसहरूका शारीरिक आवश्यकताहरूलाई सन्तुष्ट‍ पार्न, उहाँसँग तिनीहरूको सहभागिता सहजीकरण गर्न, र तिनीहरूलाई परमेश्‍वरको व्यावहारिकता र सामान्यता हेर्न लगाउन, र तिनीहरूलाई परमेश्‍वरका आत्मा देहमा आउनुभएको छ र मानिसहरूको माझमा हुनुहुन्छ, मानिससँग सँगै बास गर्नुभएको छ, र मानिससँग सहभागी हुनुभएको छ भनी देखाउन गरिन्छ। ईश्‍वरत्वमा हुने उहाँको काम, मानिसहरूका स्वभावहरू परिवर्तन गर्दै र तिनीहरूलाई देहमा आत्माको स्वरूप साँचो रूपले हेर्न दिँदै, मानिसहरूको जीवनको लागि प्रबन्ध गर्न र मानिसहरूलाई हरेक कुरामा सकारात्मक पक्षबाट मार्गदर्शन दिन गरिन्छ। मुख्यगरी, मानिसको जीवनमा हुने वृद्धि प्रत्यक्ष रूपमा परमेश्‍वरको काम र ईश्‍वरत्वमा हुने वचनहरूद्वारा प्राप्त‍ गरिएको हुन्छ। यदि मानिसहरूले ईश्‍वरत्वमा हुने परमेश्‍वरको कामलाई स्वीकार गर्छन् भने मात्र तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्, र तब मात्र तिनीहरू आफ्ना आत्मामा सन्तुष्ट हुन सक्‍छन्; यसअतिरिक्त, यदि मानवतामा हुने काम—मानवतामा हुने परमेश्‍वरको गोठालो-कार्य, सहायता, र प्रबन्ध—छ भने मात्र, परमेश्‍वरको कामका प्रतिफलहरू पूर्ण रूपमा प्राप्त‍ गर्न सकिन्छ। आज चर्चा गरिएका व्यावहारिक परमेश्‍वर स्वयम्‌ले मानवता र ईश्‍वरत्व दुवैमा काम गर्नुहुन्छ। व्यावहारिक परमेश्‍वरको स्वरूपद्वारा उहाँको सामान्य मानवीय काम र जीवन र उहाँको पूर्ण ईश्‍वरीय काम प्राप्त‍ गरिन्छन्। उहाँको मानवता र ईश्‍वरत्व एकै गरी गाभिएका छन्‌, दुवैका काम वचनहरूद्वारा सम्पन्न‍ गरिन्छ; चाहे मानवतामा होस्‌ वा ईश्‍वरत्वमा होस, उहाँले वचनहरू उच्‍चारण गर्नुहुन्छ। जब परमेश्‍वरले मानवतामा काम गर्नुहुन्छ, तब उहाँले मानवताको भाषा बोल्‍नुहुन्छ, ताकि मानिसहरू सहभागी हुन सकून्‌ र उनीहरूले बुझ्‍न सकून्। उहाँका वचनहरू सरल रूपमा बोलिएका हुन्छन् र बुझ्‍न सजिलो हुन्छ, यतिसम्म कि ती सबै मानिसहरूलाई प्रदान गर्न सकिन्छ; चाहे मानिसहरू ज्ञानले भरिएका होऊन् वा कम शिक्षित होऊन्, तिनीहरू सबै जनाले परमेश्‍वरका वचनहरू प्राप्त‍ गर्न सक्छन्। ईश्‍वरत्वमा हुने परमेश्‍वरका काम पनि वचनहरूद्वारा कार्यान्वयन गरिन्छ, तर यो प्रबन्धले भरिएको हुन्छ, यो जीवनले भरिएको हुन्छ, यो मानिसका विचारहरूद्वारा दूषित भएको हुँदैन, यसमा मानवीय प्राथमिकताहरू समावेश भएका हुँदैनन्‌, र यसमा मानवीय सीमाहरू हुँदैनन्‌, यो सामान्य मानवताको अधीनभन्दा बाहिर छ; यो देहमा कार्यान्वयन गरिएको हुन्छ, तर यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। यदि मानिसहरूले मानवतामा हुने परमेश्‍वरको कामलाई मात्र स्वीकार गर्छन् भने, तिनीहरूले आफैलाई एक निश्‍चित क्षेत्रमा सीमित गर्नेछन्, र तिनीहरूमा अलिकति परिवर्तन ल्याउन पनि निरन्तर काँटछाँट र अनुशासनको आवश्यकता पर्नेछ। पवित्र आत्माको काम वा उपस्थितिविना त तिनीहरू सधैँ आफ्ना पुराना मार्गहरूमा फर्कनेछन्‌; ईश्‍वरत्वको कामद्वारा मात्र यी गम्भीर समस्याहरू र कमजोरीहरूलाई सुधार्न सकिन्छ, र तब मात्र मानिसहरूलाई पूर्ण बनाउन सकिन्छ। दीर्घकालीन काँटछाँटको सट्टामा, चाहिने आवश्यक कुरा भनेको सबै कमी-कमजोरीहरू सुधार्न वचनहरूको प्रयोग गर्दै, मानिसको प्रत्येक स्थिति प्रकट गर्न वचनहरूको प्रयोग गर्दै, तिनीहरूको जीवन, तिनीहरूको प्रत्येक उच्‍चारण, तिनीहरूको प्रत्येक कार्यलाई मार्गदर्शन दिन, र तिनीहरूका अभिप्राय र उत्प्रेरणाहरूलाई उदाङ्गो पार्न वचनहरूको प्रयोग गर्दै गरिने सकारात्मक प्रबन्ध नै हो। यो व्यावहारिक परमेश्‍वरको व्यावहारिक काम हो। त्यसैले, व्यावहारिक परमेश्‍वरप्रति तेरो मनोवृत्तिमा तैँले उहाँलाई पहिचान र स्वीकार गर्दै तत्कालै आफैलाई उहाँको मानवताको सामु समर्पित गर्नुपर्छ, र यसअतिरिक्त तैँले उहाँका ईश्‍वरीय काम र वचनहरू ग्रहण गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। देहमा परमेश्‍वर देखा पर्नुको अर्थ परमेश्‍वरका आत्माका सबै काम र वचनहरू उहाँको सामान्य मानवताद्वारा र उहाँको देहधारी देहद्वारा सम्पन्न‍ गरिएका हुन्छन् भन्‍ने हुन्छ। अर्को शब्दमा, परमेश्‍वरका आत्माले तत्कालै उहाँको मानवीय कामलाई निर्देशित गर्नुहुन्छ र देहमा ईश्‍वरत्वको काम सम्पन्न‍ गर्नुहुन्छ, र देहधारी परमेश्‍वरमा तैँले मानवतामा हुने परमेश्‍वरको काम र उहाँको पूर्ण ईश्‍वरीय काम दुवै देख्‍न सक्छस्‌। यही नै व्यावहारिक परमेश्‍वरको दैहिक स्वरूपको वास्तविक महत्त्व हो। यदि तैँले यो कुरा स्पष्‍टसँग देख्‍न सक्छस्‌ भने, तैँले परमेश्‍वरका सबै फरक भागहरूलाई जोड्न सक्षम हुनेछस्‌; तैँले ईश्‍वरत्वमा हुने उहाँको काममाथि अनावश्यक महत्त्व दिन छोड्नेछस्‌, र तैँले मानवतामा हुने उहाँको कामलाई अनावश्यक उपेक्षाका साथ हेर्न छोड्नेछस्‌, र तँ अतिवादतिर जानेछैनस्‌, न त घुमाउरो मार्ग नै पछ्याउनेछस्‌। समग्रमा भन्‍नुपर्दा, व्यावहारिक परमेश्‍वरको अर्थ उहाँको मानवताको र उहाँको ईश्‍वरत्वको काम, आत्माले निर्देशन गर्नुभएबमोजिम, उहाँको देहद्वारा अभिव्यक्त हुन्छ भन्‍ने हो, ताकि मानिसहरूले उहाँ सजीव र जीवन्त, वास्तविक र सत्य हुनुहुन्छ भन्‍ने कुरा देख्‍न सकून्।

मानवतामा हुने परमेश्‍वरका आत्माको कामका सङ्क्रमणकालीन चरणहरू हुन्छन्। मानवतालाई सिद्ध बनाएर, उहाँले आफ्नो मानवतालाई आत्माको निर्देशन ग्रहण गर्न सक्षम तुल्याउनुहुन्छ, त्यसपछि उहाँको मानवता मण्डलीहरूलाई प्रबन्ध र गोठालो गर्न सक्षम हुन्छ। यो परमेश्‍वरको सामान्य कामको एउटा अभिव्यक्ति हो। त्यसैले, यदि तैँले मानवतामा हुने परमेश्‍वरको कामका सिद्धान्तहरू स्पष्‍टसँग देख्‍न सक्छस् भने, तैँले मानवतामा परमेश्‍वरको कामको विषयमा आफ्नै धारणाहरू बनाउने सम्भावना कम हुनेछ। अन्य कुराहरू चाहे जेसुकै हुन्, परमेश्‍वरका आत्मा गलत हुन सक्‍नुहुन्‍न। उहाँ सही र त्रुटिरहित हुनुहुन्छ; उहाँ कुनै पनि काम बेठीक रूपले गर्नुहुन्‍न। ईश्‍वरीय काम मानवताको बाधारहित परमेश्‍वरका अभिप्रायहरूको प्रत्यक्ष अभिव्यक्ति हो। यो सिद्धताको प्रक्रिया हँदै जाँदैन, बरु यो त प्रत्यक्ष आत्माबाट आउँछ। तथापि, उहाँले ईश्‍वरत्वमा काम गर्न सक्‍नुहुन्छ भन्‍ने तथ्य उहाँको सामान्य मानवताको कारण हो; यो गौण अलौकिकतामा हुँदैन, र यसलाई सामान्य व्यक्तिद्वारा कार्यान्वयन गरिएको जस्तो देखिन्छ। परमेश्‍वर स्वर्गबाट पृथ्‍वीमा मुख्य रूपमा देहमार्फत परमेश्‍वरका वचनहरू व्यक्त गर्न, देहको माध्यमद्वारा परमेश्‍वरका आत्माको काम पूरा गर्न आउनुभयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३५

आज, व्यावहारिक परमेश्‍वरबारे मानिसहरूको ज्ञान अति नै एक-पक्षीय रहेको छ, र देहधारणको महत्त्वको तिनीहरूको बुझाइ अझै अति नै कम छ। परमेश्‍वरको देहसँगै, मानिसहरूले उहाँका काम र वचनहरूमार्फत परमेश्‍वरका आत्मामा यति धेरै कुरा समावेश छन् र उहाँ यति धेरै सम्पन्न हुनुहुन्छ भन्‍ने कुरा देख्छन्। जेसुकै भए तापनि, आखिरमा परमेश्‍वरको गवाही परमेश्‍वरका आत्माबाट आउँछ: परमेश्‍वरले देहमा जे गर्नुहुन्छ, उहाँले जुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ, उहाँले मानवतामा जे गर्नुहुन्छ, र उहाँले ईश्‍वरत्वमा जे गर्नुहुन्छ। मानिसहरूसँग यस विषयमा ज्ञान हुनुपर्छ। आज, तँ यस व्यक्तिको आराधना गर्न सक्षम छस्‌, तर सारमा तैँले आत्मालाई आराधना गर्दैछस्‌, र मानिसहरूले देहधारी परमेश्‍वरबारे कम्तीमा हासिल गर्नुपर्ने ज्ञान यही हो: देहमार्फत आत्माको सार थाहा पाउने, देहमा आत्माको ईश्‍वरीय काम र देहमा मानवीय काम थाहा पाउने, देहमा आत्माका सबै वचन र वाणीहरू स्वीकार गर्ने, र परमेश्‍वरका आत्माले कसरी देहलाई निर्देशित गर्नुहुन्छ र देहमा उहाँको शक्ति प्रदर्शन गर्नुहुन्छ भनी हेर्ने। भन्नुको अर्थ यो हो कि मानिसले स्वर्गमा हुनुहुने आत्मालाई देहमार्फत चिन्छ; मानिसमाझ व्यावहारिक परमेश्‍वर स्वयम्‌ देखा पर्नुभएको हुँदा यसले मानिसहरूको धारणाहरूबाट अस्पष्ट परमेश्‍वरलाई हटाइदिएको छ। मानिसहरूले, व्यावहारिक परमेश्वर स्वयम्‌लाई गर्ने आराधनाले तिनीहरूको परमेश्‍वरप्रतिको समर्पणतालाई अभिवृद्धि गरेको छ, र देहमा परमेश्‍वरका आत्माको ईश्‍वरीय काम र देहमा उहाँको मानवीय कामद्वारा, मानिसले प्रकाश प्राप्त‍ गर्छ र उसलाई गोठालो गरिन्छ, र मानिसको जीवन स्वभावमा परिवर्तनहरू हासिल हुन्छन्‌। देहमा आत्माको आगमनको वास्तविक अर्थ यही हो, जसको प्राथमिक उद्देश्य भनेको मानिसहरू परमेश्‍वरसँग सम्पर्कमा आउन, परमेश्‍वरमा निर्भर रहन, र परमेश्‍वरको ज्ञानसम्म पुग्‍न सकून् भन्‍ने हो।

समग्रमा, व्यावहारिक परमेश्‍वरप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? तँलाई देहधारणको विषयमा, वचन देहमा देखा पर्नुभएको विषयमा, परमेश्‍वर देहमा देखा पर्नुभएको विषयमा, व्यावहारिक परमेश्‍वरका कामहरूको विषयमा के थाहा छ? आजको छलफलका मुख्य विषयहरू के-के हुन्? देहधारण, देहमा वचनको आगमन, देहमा परमेश्‍वरको देखा पराइ सबै बुझ्नैपर्ने विषयहरू हुन्। तिमीहरूको कदको आधारमा र युगको आधारमा, तिमीहरूले क्रमिक रूपमा यी सबै विषयहरूको बारेमा बुझ्दै जानुपर्छ र तिमीहरूको जीवन अनुभवमा तीबारेमा स्पष्‍ट ज्ञान हासिल गर्दै जानुपर्छ। मानिसहरूले परमेश्‍वरका वचनहरू अनुभव गर्ने प्रक्रिया र तिनीहरूले परमेश्‍वरका वचनहरू देहमा देखापर्नुभएको कुरा थाहा पाउने प्रक्रिया उस्तै छन्। मानिसहरूले जति धेरै परमेश्‍वरका वचनहरू अनुभव गर्छन् त्यति नै धेरै परमेश्‍वरका आत्मालाई चिन्छन्‌; परमेश्‍वरका वचनहरूलाई अनुभव गरेर, मानिसहरूले आत्माको कामका सिद्धान्तहरू बुझ्छन्‌ र व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई चिन्छन्। वास्तवमा, जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ र तिनीहरूलाई हासिल गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई व्यावहारिक परमेश्‍वरका कामहरूको बारेमा थाहा पाउन दिँदै हुनुहुन्छ; उहाँले मानिसहरूलाई देहधारणको वास्तविक महत्त्व देखाउन, वास्तवमा परमेश्‍वर मानिसकहाँ प्रकट हुनुभएको छ भन्‍ने कुरा देखाउन व्यावहारिक परमेश्‍वरको कामलाई प्रयोग गर्दै हुनुहुन्छ। जब मानिसहरू परमेश्‍वरद्वारा हासिल हुन्छन्‌ र सिद्ध बनाइन्छन्‌, तब व्यावहारिक परमेश्‍वरका अभिव्यक्तिहरूले तिनीहरूलाई जितेका हुन्छन्‌; तिनीहरूलाई उहाँ जे हुनुहुन्छ (उहाँ मानवतामा जे हुनुहुन्छ वा उहाँ ईश्‍वरत्वमा जे हुनुहुन्छ) त्यसले भर्दै, तिनीहरूलाई उहाँका वचनहरूको सारतत्त्वले भर्दै, र मानिसहरूलाई उहाँका वचनअनुसार जीवन जिउने तुल्याउँदै, व्यावहारिक परमेश्‍वरका वचनहरूले तिनीहरूलाई परिवर्तन गरेका हुन्छन्‌ र तिनीहरूभित्र उहाँको आफ्नो जीवन हालिदिएका हुन्छन्। जब परमेश्‍वरले मानिसहरूलाई हासिल गर्नुहुन्छ, तब उहाँले मुख्यगरी मानिसहरूका कमजोरीहरू काटछाँट गर्ने र तिनीहरूको विद्रोही स्वभावको न्याय र पर्दाफास गर्ने शैलीको रूपमा व्यावहारिक परमेश्‍वरका वचनहरू र उच्‍चारणहरूलाई प्रयोग गर्दै, तिनीहरूलाई खाँचो परेका कुरा हासिल गराउँदै र परमेश्‍वर मानिसमाझ आउनुभएको छ भन्‍ने कुरा देखाउँदै त्यसो गर्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरो, व्यावहारिक परमेश्‍वरद्वारा गरिएको काम भनेको प्रत्येक व्यक्तिलाई शैतानको प्रभावबाट मुक्ति दिने, तिनीहरूलाई फोहोरको स्थानबाट बाहिर ल्याउने, तिनीहरूको भ्रष्ट‍ स्वभावलाई हटाउने हो। व्यावहारिक परमेश्‍वरद्वारा हासिल गरिनुको सबैभन्दा गहिरो महत्त्व भनेको व्यावहारिक परमेश्‍वरसँग एक उदाहरण र एक नमुनाको रूपमा सामान्य मानवताको जीवन जिउन सक्षम बन्‍नु, उहाँले भन्‍नुभएका जस्तोसुकै कुराहरू व्यवहारमा लागू गर्दै, अलिकति पनि विचलित वा निर्गमन नभईकन, व्यावहारिक परमेश्‍वरका वचन र आवश्यक मापदण्डहरूअनुसार अभ्यास गर्न सक्षम बन्‍नु, उहाँले जे भन्नुहुन्छ त्योअनुसार अभ्यास गर्नु, र उहाँले भन्‍नुभएका जस्तोसुकै कुरा प्राप्त‍ गर्न सक्षम बन्‍नु हो। यसरी, तँ परमेश्‍वरद्वारा हासिल गरिएको हुनेछस्‌। जब तँ परमेश्‍वरद्वारा हासिल गरिन्छस्‌, तब तैँले पवित्र आत्माका कामहरू मात्र हासिल गर्दैनस्‌; मुख्यतः तँ व्यावहारिक परमेश्‍वरका आवश्यक मापदण्डहरूअनुसार जिउन सक्षम हुन्छस्‌। केवल पवित्र आत्माको काम तँसँग हुनुको अर्थ तँसँग जीवन छ भन्‍ने हुँदैन। मुख्य कुरा भनेको व्यावहारिक परमेश्‍वरले तँले पूरा गर्नुपर्ने भनी आवश्यक गर्नुभएका कुराहरूअनुसार तँ जीवन जिउन सक्षम छस्‌ कि छैनस्‌ भन्‍ने हो, जुन कुरा तँ परमेश्‍वरद्वारा हासिल गरिन सक्षम छस्‌ कि छैनस्‌ भन्‍ने कुरासँग सम्बन्धित छ। यी कुराहरू नै देहमा गरिने व्यावहारिक परमेश्‍वरको कामको सबैभन्दा ठूला अर्थ हुन्। भन्नुको अर्थ यो हो कि साँच्चिकै र वास्तवमै देहमा देखिनुभएर, सजीव र जीवन्त हुनुभएर, मानिसहरूद्वारा देखिनुभएर, वास्तवमा देहमा आत्माको काम गर्नुभएर, र देहमा मानिसहरूका निम्ति एक उदाहरण बन्नुभएर, परमेश्‍वरले मानिसहरूको एक समूहलाई हासिल गर्नुहुन्छ। देहमा परमेश्‍वरको आगमनको प्राथमिक अर्थ मानिसहरूलाई परमेश्‍वरका व्यावहारिक कामहरू देख्‍न सक्षम तुल्याउनु, निराकार आत्मालाई देहको रूपमा आकार दिनु, र मानिसहरूलाई उहाँलाई हेर्न र छुन दिनु हो। यसरी, उहाँद्वारा सिद्ध बनाइएका मानिसहरूले उहाँले चाहनुभएअनुसार जिउनेछन्‌, तिनीहरू उहाँद्वारा हासिल गरिनेछन्‌, र उहाँका अभिप्रायहरूअनुसारका मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वर स्वर्गमा मात्र बोल्‍नुहुन्थ्यो र पृथ्‍वीमा साँच्‍चिकै नआउनुभएको भए, मानिसहरूले परमेश्‍वरलाई अझै चिन्‍न सक्‍ने थिएनन्; तिनीहरूले खोक्रो सिद्धान्त प्रयोग गरी परमेश्‍वरका कामहरूको विषयमा प्रचार गर्न मात्र सक्षम हुनेथिए र परमेश्‍वरका वचनहरूलाई वास्तविकताको रूपमा प्राप्त‍ गर्ने थिएनन्। मुख्यगरी, जसलाई उहाँले हासिल गर्नु छ ती मानिसहरूका निम्ति उदाहरण र नमुनाको रूपमा कार्य गर्न परमेश्‍वर यस पृथ्‍वीमा आउनुभएको हो; यसरी मात्र मानिसहरूले वास्तवमा परमेश्‍वरलाई चिन्‍न सक्छन्, परमेश्‍वरलाई छुन सक्छन्, र उहाँलाई हेर्न सक्छन्, र तब मात्र तिनीहरू साँच्‍चिकै परमेश्‍वरद्वारा हासिल हुन सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३६

देहधारी परमेश्‍वरको कार्य दुई भागमा समावेश छ। जब उहाँ पहिलो पटक देह बन्नुभयो, मानिसहरूले उहाँमा विश्‍वास गरेनन्‌ वा उहाँलाई चिनेनन्‌, र तिनीहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि, जब उहाँ दोस्रो पटक देह बन्नुभयो, मानिसहरूले अझै पनि उहाँमा विश्‍वास गरेनन्, उहाँलाई जान्ने कुरा त परै जाओस्‌, र फेरि एक पटक तिनीहरूले ख्रीष्टलाई क्रूसमा टाँगे। के मानिस परमेश्‍वरको शत्रु होइन र? यदि मानिसले उहाँलाई चिन्दैन भने, मानिस कसरी परमेश्‍वरसँग घनिष्ठ हुन सक्थ्यो र? ऊ कसरी परमेश्‍वरको गवाही दिन योग्य हुन सक्थ्यो र? के परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरको सेवा गर्ने, र परमेश्‍वरलाई महिमित गर्ने मानिसका दाबीहरू सबै कपटपूर्ण झूट होइनन्‌ र? यदि तैँले आफ्नो जीवन यस्ता अवास्तविक, अव्यवहारिक कुराहरूमा समर्पित गर्छस्‌ भने, के तैँले व्यर्थमा परिश्रम गर्दैनस्‌ र? जब परमेश्‍वर को हुनुहुन्छ भन्‍ने कुरा समेत तँलाई थाहा छैन भने तँ कसरी परमेश्‍वरसँग घनिष्ठ हुन सक्थिस्‌? के यस्तो किसिमको खोजी अस्पष्ट र अमूर्त छैन र? के यो कपटपूर्ण छैन र? कुनै व्यक्ति कसरी परमेश्‍वरसँग घनिष्ठ बन्न सक्छ? परमेश्‍वरसँग घनिष्ठ हुनुको व्यावहारिक महत्त्व के हो? के तँ परमेश्‍वरका आत्मासँग घनिष्ठ हुन सक्छस्‌? आत्मा कति महान्‌ र उच्च हुनुहुन्छ भन्‍ने कुरा के तँ देख्न सक्छस्‌? अदृश्य, अस्पृश्य परमेश्‍वरसँग घनिष्ठ हुनु—के त्यो अस्पष्ट र अमूर्त छैन र? यस्तो खोजीको व्यावहारिक महत्त्व के हो? के यो सबै कपटपूर्ण झूट होइन र? तँ जे कुराको पछि लाग्छस्‌ त्यो परमेश्‍वरसँग घनिष्ठ बन्नु हो, तथापि वास्तवमा तँ शैतानको काखे-कुकुर होस्‌, किनकि तैँले परमेश्‍वरलाई चिन्दैनस्‌, र तँ अस्तित्वविहीन “यावत्‌ थोकहरूका परमेश्‍वर” को पछि लाग्छस्‌, जुन अदृश्य, अस्पृश्य, र तेरो आफ्नै विचारहरूको एक उपज हो। मोटामोटी रूपमा भन्नुपर्दा, यस्तो “परमेश्‍वर” शैतान हो, र व्यावहारिक रूपमा भन्नुपर्दा, यो तँ आफै होस्‌। तँ आफैसँग घनिष्ठ हुन खोज्छस्‌, तैपनि तँ परमेश्‍वरसँग घनिष्ठ बन्न खोज्छु भनी भन्छस्‌—के यो ईश्‍वरनिन्दा होइन र? यस्तो खोजीको महत्त्व के हो? यदि परमेश्‍वरका आत्मा देह बन्नुहुन्न भने, परमेश्‍वरको सारतत्त्व केवल मानिसको निम्ति एक अदृश्य, अस्पर्श्य जीवनको आत्मा, आकारविहीन र निराकार, अभौतिक प्रकारको, पहुँचरहित र अबोध्य हुन्छ। मानिस कसरी यस्तो अपार्थिव, अनुपम, अगाध आत्मासँग घनिष्ठ हुन सक्थ्यो र? के यो एक ठट्टा होइन र? यस्तो निरर्थक तर्क अमान्य र अव्यावहारिक छ। सृष्टि गरिएको मानिस परमेश्‍वरका आत्माभन्दा स्वभावैले फरक प्रकृतिको छ, त्यसैले यी दुई कसरी घनिष्ठ हुन सक्छन्‌? यदि परमेश्‍वरका आत्मा देहमा नआउनुभएको भए, यदि परमेश्‍वर देह नबन्नुभएको भए र सृष्टि गरिएको प्राणी बन्नको लागि उहाँले आफैलाई नहोच्याउनुभएको भए, सृष्टि गरिएको मानिस उहाँसँग घनिष्ठ हुनको लागि दुवै अयोग्य र असक्षम हुनेथियो, र आफ्ना आत्मा स्वर्गमा प्रवेश गरिसकेपछि परमेश्‍वरसँग घनिष्ठ हुने मौका पाउन सक्ने ती धर्मी विश्‍वासीहरूभन्दा बाहेक, अधिकांश मानिसहरू परमेश्‍वरका आत्मासँग घनिष्ठ हुन असमर्थ हुनेथिए। अनि यदि मानिसहरू देहधारी परमेश्‍वरको अगुवाइ अन्तर्गत स्वर्गमा हुनुहुने परमेश्‍वरका निकटवर्तीहरू बन्ने इच्छा गर्छन्‌ भने, के तिनीहरू अचम्मै मूर्ख गैर-मानिसहरू होइनन्‌ र? मानिसहरू अदृश्य परमेश्‍वरप्रतिको “विश्‍वासयोग्यता” लाई फगत पछ्याउँछन्‌, र देख्न सकिने परमेश्‍वरलाई कति पनि ध्यान दिँदैनन्‌, किनकि अदृश्य परमेश्‍वरलाई पछ्याउनु अति सजिलो छ। मानिसहरू यो उनीहरूले चाहेजस्तै गर्न सक्छन्‌, तर दृश्यगत परमेश्‍वरको खोजी त्यति सजिलो छैन। अस्पष्ट परमेश्‍वरलाई खोज्ने व्यक्तिले परमेश्‍वरलाई प्राप्त गर्न नितान्तै असमर्थ हुन्छ, किनकि अस्पष्ट र अमूर्त कुराहरू सबै मानिसहरूद्वारा परिकल्पित हुन्छन्‌, र मानिसद्वारा हासिल गरिन असक्षम हुन्छन्‌। यदि तिमीहरूको माझमा आउनुभएको परमेश्‍वर उच्च हुनुभएको र उचालिनुभएको परमेश्‍वर, जो तिमीहरूको पहुँचरहित हुनुभएको भए, तिमीहरूले उहाँका अभिप्राय कसरी बुझ्न सक्थ्यौ र? अनि तिमीहरूले उहाँलाई कसरी चिन्न र जान्न सक्थ्यौ? यदि उहाँले आफ्नो कार्य मात्र गर्नुभएको भए, र मानिससँग कुनै सामान्य सम्पर्क नगर्नुभएको भए, वा सामान्य मानवत्व नभएको र केवल मरणशीलहरूसम्म पहुँचरहित हुनुभएको भए, अनि, यदि उहाँले तिमीहरूको लागि निकै कार्य समेत गर्नुभएको तर तिमीहरूले उहाँसँग कुनै सम्पर्क नराखेको भए, र उहाँलाई देख्न असमर्थ भएका भए, तिमीहरूले उहाँलाई कसरी जान्न सक्थ्यौ र? यदि यस देहले सामान्य मानवत्व धारण नगरेको भए, मानिसले परमेश्‍वरलाई जान्ने कुनै उपाय हुनेथिएन्; यो त परमेश्‍वरको देहधारणले गर्दा मात्र मानिस देहधारी परमेश्‍वरसँग घनिष्ठ हुन योग्य भएको हो। मानिसहरू परमेश्‍वरसँग घनिष्ठ बन्छन्‌ किनकि तिनीहरू उहाँको सम्पर्कमा आउँछन्‌, तसर्थ तिनीहरू उहाँसँग सँगै जिउँछन्‌ र उहाँको सङ्गतमा रहन्छन्‌, र यसरी उहाँलाई बिस्तारै चिन्छन्। यदि यो यस्तो नभएको भए, के मानिसको खोजी व्यर्थै हुनेथिएन र? भन्नुको मतलब, यो सबै परमेश्‍वरको कार्यको कारणले गर्दा मानिस परमेश्‍वरसँग घनिष्ठ हुन योग्य भएको होइन, तर देहधारी परमेश्‍वरको व्यावहारिकता र स्वाभाविकताको कारणले हो। यो केवल परमेश्‍वर देह बन्नुहुने कारणले गर्दा मात्रै मानिसले आफ्नो कर्तव्य पूरा गर्ने मौका, र साँचो परमेश्‍वरलाई आराधना गर्ने मौका पाउँछ। के यो सबैभन्दा वास्तविक र व्यावहारिक सत्यता होइन र? अब, के तँ अझै पनि स्वर्गमा हुनुहुने परमेश्‍वरसँग घनिष्ठ हुने इच्छा गर्छस्‌? परमेश्‍वरले आफैलाई एउटा निश्चित बिन्दुसम्म विनम्र तुल्याउनु हुँदा मात्र, भन्नुको मतलब, परमेश्‍वर देह बन्नुहुँदा मात्र, मानिस उहाँसँग घनिष्ठ र विश्‍वासपात्र हुन सक्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ: मानिसहरू कसरी यस आत्मासँग घनिष्ठ हुन योग्य हुन सक्छन् जो यति उच्च र बुझ्न नसकिने हुनुहुन्छ? जब परमेश्‍वरका आत्मा देहमा अवतरण गर्नुहुन्छ, र बाहिरी स्वरूपमा मानिसजस्तै सृजित प्राणी बन्नुहुन्छ, तब मात्र मानिसहरूले उहाँका अभिप्राय बुझ्न सक्छन्‌ र व्यावहारिक रूपमा उहाँद्वारा प्राप्त गरिन सक्छन्। उहाँ देहमा बोल्नुहुन्छ र कार्य गर्नुहुन्छ, मानिस जातिको सुख, दुःख, र सङ्कष्टहरू सँगै अनुभव गर्नुहुन्छ, मानवजाति कै संसारमा जिउनुहुन्छ, मानवजातिको सुरक्षा गर्नुहुन्छ, र तिनीहरूलाई मार्गदर्शन गर्नुहुन्छ, र यसद्वारा उहाँले मानिसहरूलाई शुद्ध पार्नुहुन्छ र तिनीहरूलाई उहाँको मुक्ति र उहाँको आशिष् प्राप्त गर्न दिनुहुन्छ। जब मानिसहरूले यी कुराहरू प्राप्त गरेर साँच्चै परमेश्‍वरका अभिप्राय बुझ्छन्‌, तब मात्र तिनीहरू परमेश्‍वरसँग घनिष्ठ हुन सक्‍नेछन्‌। केवल यो व्यावहारिक छ। यदि परमेश्‍वर मानिसहरूको निम्ति अदृश्य र अमूर्त हुनुभएको भए, तिनीहरू कसरी उहाँसँग घनिष्ठ हुन सक्थे होलान्‌? के यो खोक्रो सिद्धान्त होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३७

परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, उहाँले ईश्‍वरत्व भित्रको उहाँको काम मात्र गर्नुहुन्छ, जुन कुरा स्वर्गीय आत्माले देहधारी परमेश्‍वरलाई जिम्मा दिनुभएको छ। जब उहाँ आउनुहुन्छ, उहाँले विभिन्न माध्यमहरूद्वारा र विभिन्न दृष्टिकोणहरूले आफ्ना वाणीहरूमा आवाज भर्न देशको एकछेउदेखि अर्को छेउसम्म बोल्नुहुन्छ। उहाँले मानवलाई जुटाउने र सिकाउने कार्यलाई मुख्य रूपमा आफ्ना लक्ष्यहरू र कार्य सिद्धान्तका रूपमा लिनुहुन्छ, र अव्यक्तिगत सम्बन्ध वा मानिसहरूका जीवनका विवरणहरूजस्ता कुराहरूमा उहाँले सरोकार राख्‍नुहुन्न। उहाँको मुख्य सेवकाइ भनेको आत्माको लागि बोल्‍नु हो। अर्थात्, परमेश्‍वरका आत्मा शरीरमा मूर्त रूपमा प्रकट हुनुहुँदा, उहाँले मानवको जीवनको लागि मात्र जुटाउनुहुन्छ र सत्यता प्रकट गर्नुहुन्छ। उहाँले आफूलाई मानवका काममा संलग्न गर्नुहुन्न, जसको अर्थ उहाँ मानवका कार्यमा सहभागी हुनुहुन्न। मानवले ईश्‍वरीय काम गर्न सक्दैन, परमेश्‍वरले मानवीय कार्यमा भाग लिनुहुन्न। परमेश्‍वर यस पृथ्वीमा आफ्नो काम गर्न आउनुभएका सबै वर्षहरूमा, उहाँले सधैँभरि मानिसहरूद्वारा यो गर्नुभएको छ। तथापि, यी मानिसहरूलाई देहधारी परमेश्‍वर भनी विचार गर्न सकिँदैन—तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरू मात्र हुन्। यसैबीच, आजका परमेश्‍वरले आत्माको आवाज पठाएर र आत्माका पक्षमा काम गरेर, ईश्‍वरीय दृष्टिकोणबाट सीधै बोल्न सक्नुहुन्छ। यसरी नै, विभिन्न युगहरूमा परमेश्‍वरले प्रयोग गर्नुभएका सबै मानिसहरू, भौतिक शरीरभित्र परमेश्‍वरका आत्माले काम गर्नुभएका उदाहरणहरू हुन्—त्यसो हो भने किन तिनीहरूलाई परमेश्‍वर भन्न सकिँदैन? तर आजका परमेश्‍वर पनि शरीरमा सीधै काम गर्ने परमेश्‍वरका आत्मा हुनुहुन्छ, र येशू पनि शरीरमा काम गर्नुहुने परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो; उहाँहरू दुवैलाई परमेश्‍वर भनिन्छ। तब भिन्नताचाहिँ के हो त? विभिन्न युगभरि परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूमा सामान्य विचार र तर्कहरूका क्षमता थिए। तिनीहरू सबैले मानव व्यवहारका सिद्धान्तहरू बुझेका थिए। तिनीहरूसँग सामान्य मानव विचारहरू थिए, र सामान्य मानिसहरूमा हुनुपर्ने सबै कुराहरू तिनीहरूमा थिए। तिनीहरूमध्ये धेरैजसोमा असाधारण खुबीहरू र जन्मजात बौद्धिकता थियो। यी मानिसहरूमा काम गर्नुहुँदा, परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई उपयोग गर्नुभयो, जुनचाहिँ परमेश्‍वरले तिनीहरूलाई दिनुभएका वरदानहरू थिए। परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई क्रियाशील बनाउनुभई, तिनीहरूका सामर्थ्यहरूलाई परमेश्‍वरको सेवामा प्रयोग गर्नुहुन्छ। तैपनि परमेश्‍वरको सारतत्त्वचाहिँ कुनै धारणा वा विचार विनाको हुन्छ, मानवीय अभिप्रायहरूले यसलाई परिवर्तन गर्न सक्दैनन्, र सामान्य मानवसँग भएका कुराहरू समेत यसमा हुँदैनन्। यसो भन्नुको तात्पर्यचाहिँ, उहाँ मानव व्यवहारका सिद्धान्तहरूसँग पनि परिचित हुनुहुन्न भन्‍ने हो। आजका परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, यही नै हुन्छ। उहाँका काम र वचनहरू मानव अभिप्रायहरू वा मानव विचारहरूद्वारा मिश्रित हुँदैनन्, तर ती आत्माका अभिप्रायहरूका सीधा प्रदर्शन हुन्, अनि उहाँले सीधै परमेश्‍वरका पक्षमा काम गर्नुहुन्छ। यसको अर्थ आत्मा सीधै बोल्नुहुन्छ, अर्थात्, अलिकति मानव अभिप्रायहरू नमिसाइकन नै ईश्‍वरत्वले सीधै काम गर्छ। अर्को किसिमले भन्नुपर्दा, देहधारी परमेश्‍वर, मानव विचार वा धारणाहरू विना, र मानव व्यवहारका सिद्धान्तहरूका बुझाइ विना नै सीधै ईश्‍वरत्वले भरिनुहुन्छ। यदि ईश्‍वरत्व मात्र कार्यमा हुनुहुन्थ्यो भने (यदि परमेश्‍वर मात्र कार्यमा हुनुहुन्थ्यो भन्‍ने अर्थमा), पृथ्वीमा परमेश्‍वरको कार्यलाई कार्यान्वयन गर्ने कुनै उपाय नै हुने थिएन। यसैले परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वमा गर्नुहुने कामसँगको एकतामा मानवसँग काम गर्न उहाँले प्रयोग गर्नुहुने मानिसहरूको सानो संख्या उहाँसँग हुनैपर्छ। अर्को प्रकारले भन्नुपर्दा, उहाँको ईश्‍वरीय कार्यलाई कायम राख्‍न उहाँले मानव कार्यलाई प्रयोग गर्नुहुन्छ। अन्यथा, ईश्‍वरीय कार्यसँग सीधै संलग्न हुन मानवका लागि कुनै उपाय नै हुने थिएन। येशू र उहाँका चेलाहरूसँग यही नै भएको थियो। यस संसारको आफ्नो समयावधिमा, येशूले पुराना व्यवस्थाहरूलाई रद्द गरी नयाँ आज्ञाहरू स्थापित गर्नुभयो। उहाँले धेरै वचनहरू पनि बोल्नुभयो। यो सबै काम ईश्‍वरत्वमा गरिएको थियो। पत्रुस, पावल, यूहन्ना जस्ता अरू व्यक्तिहरूले येशूका वचनहरूका जगमा आफ्ना कामलाई स्थापित गरेका थिए। यसो भन्नुको तात्पर्यचाहिँ, परमेश्‍वरले अनुग्रहको युगको थालनी गर्नुभई, त्यस युगमा आफ्नो काम सुरु गर्नुभयो; अर्थात्, उहाँले “परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ” भन्‍ने वचनहरूलाई पूरा गर्नुभई, पुरानोलाई रद्द गरी नयाँ युगको सुरुवात गर्नुभयो। अर्को प्रकारले भन्नुपर्दा, मानिसले ईश्‍वरीय कामको जगमाथि मानव काम गर्नैपर्छ। येशूले आफूले भन्न आवश्यक रहेको सबै कुरा भन्नुभएपछि र यस पृथ्वीमा आफ्नो काम पूरा गर्नुभएपछि, उहाँले मानवलाई छोड्नुभयो। यसपछि, काम गर्ने सबै मानिसहरूले उहाँका वचनहरूमा अभिव्यक्त भएका सिद्धान्तहरू अनुसार यसो गरे, र उहाँले बोल्नुभएका सत्यताअनुसार यसको अभ्यास गरे। यी सबै मानिसहरूले येशूका निम्ति काम गरे। यदि येशूले मात्र काम गर्नुभएको भए, उहाँले जति नै धेरै वचनहरू बोल्नुभएको भए तापनि, उहाँका वचनहरूसँग संलग्न हुने कुनै उपाय मानिसहरूसँग हुने थिएन, किनकि उहाँले ईश्‍वरीयतामा काम गरिरहनुभएको थियो र उहाँले ईश्‍वरीयताका वचनहरू मात्र बोल्न सक्नुहुन्थ्यो, र सामान्य मानिसहरूले उहाँका वचनहरूलाई बुझ्न सक्ने गरी उहाँले व्याख्या गर्न सक्नुहुन्नथ्यो। अनि उहाँसँग प्रेरितहरू र अगमवक्ताहरू हुनुपर्नेथियो जो उहाँका कामलाई पूरा गर्न उहाँका पछि आएका थिए। देहधारी परमेश्‍वरले कसरी आफ्नो काम गर्नुहुन्छ भन्‍ने कुराको यो एउटा सिद्धान्त हो—बोल्नका लागि देहधारी शरीरको प्रयोग गर्ने र ईश्‍वरत्वको काम पूरा गर्ने कार्य, र उहाँको कामलाई पूरा गर्न परमेश्‍वरका अभिप्रायअनुसारका केही मानिसहरूलाई, वा सायद धेरै मानिसहरूलाई प्रयोग गर्ने। अर्थात्, मानवलाई हेरचाह गर्ने र पानी जुटाउने कार्य गर्नका लागि परमेश्‍वरका अभिप्रायअनुसारका मानिसहरूलाई उहाँले प्रयोग गर्नुहुन्छ, यसरी परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछन्।

यदि उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वको काम मात्र गर्नुभयो, र उहाँसँग काम गर्नका लागि उहाँका अभिप्राय अनुसारका मानिसहरू यदि उहाँसँग थिएनन् भने, परमेश्‍वरका अभिप्राय बुझ्न वा परमेश्‍वरसँग संलग्न हुन मानव असक्षम हुनेथियो। यस काम पूरा गर्न, मण्डलीहरूमाथि देखरेख गर्न र हेरचाह वा गोठालो गर्न परमेश्‍वरले आफ्ना अभिप्राय अनुसारका सामान्य मानिसहरूलाई प्रयोग गर्नैपर्छ, यसरी मानवका मानसिक प्रक्रियाहरू, उसको दिमाग, कल्पना गर्न सक्ने क्षमताको तहलाई प्राप्त गर्न सकिन्छ। अरू शब्दहरूमा भन्नुपर्दा, परमेश्‍वरले आफ्नो ईश्‍वरत्वभित्र गर्नुहुने कामलाई “रूपान्तरण” गर्न आफ्ना अभिप्राय अनुसारका मानिसहरूको सानो सङ्ख्यालाई प्रयोग गर्नुहुन्छ, ताकि ईश्‍वरीय भाषालाई मानवीय भाषामा परिवर्तन गर्नको लागि यसलाई खुला गर्न सकियोस्, यसरी मानिसहरूले यसलाई जान्न र बुझ्न सक्छन्। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भएको भए, कसैले पनि परमेश्‍वरको ईश्‍वरीय भाषा बुझ्न सक्नेथिएनन्, किनकि परमेश्‍वरका अभिप्राय अनुसारका मानिसहरू आखिर अल्पसंख्यक नै छन्, र मानवको बोध गर्ने क्षमता कमजोर छ। त्यसैले त देहधारी शरीरमा काम गर्नुहुँदा मात्र परमेश्‍वरले यस तरिकालाई छान्नुहुन्छ। यदि त्यहाँ ईश्‍वरीय काम मात्र थियो भने, मानिसले परमेश्‍वरलाई चिन्ने वा उहाँसँग संलग्न हुने कुनै उपाय हुने थिएन, किनकि मानवले परमेश्‍वरको भाषा बुझ्दैन। परमेश्‍वरका वचनहरूलाई स्पष्ट पार्ने उहाँका अभिप्राय अनुसारका मानिसहरूका प्रतिनिधित्वद्वारा मात्र मानवले यो भाषालाई बुझ्न सक्छ। तथापि, मानवताभित्र काम गर्ने त्यस्ता मानिसहरूमात्र त्यहाँ थिए भने, त्यसले मानवको सामान्य जीवनलाई मात्र कायम राख्न सक्थ्यो; यसले मानवको स्वभावलाई परिवर्तन गर्न सक्दैनथियो। परमेश्‍वरको कामको नयाँ सुरुवात विन्दु हुन सक्दैनथ्यो; त्यहाँ उही पुराना गीतहरू, उही पुराना सामान्य विवरणहरू मात्र हुन्थे। उहाँको देहधारणको समयावधिमा भन्नुपर्ने सबै कुराहरू भन्‍ने र गर्नुपर्ने सबै कुराहरू गर्ने, त्यसपछि उहाँका वचनहरू अनुसार मानिसहरूले काम गर्ने र अनुभव गर्ने, देहधारी परमेश्‍वरका प्रतिनिधिद्वारा मात्र तिनीहरूका जीवन स्वभाव परिवर्तन हुनसक्थे, र यसरी तिनीहरू समयहरूसँग बग्न सक्थे। ईश्‍वरत्वभित्र काम गर्नुहुनेले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ, मानवताभित्र काम गर्नेहरूचाहिँ परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरू हुन्। यसो भन्नुको तात्पर्य, देहधारी परमेश्‍वरचाहिँ परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरूबाट सारगत रूपमा भिन्न हुनुहुन्छ। देहधारी परमेश्‍वरले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ भने परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूले गर्न सक्दैनन्। प्रत्येक युगको सुरुमा, परमेश्‍वरका आत्मा व्यक्तिगत रूपमा बोल्नुहुन्छ र मानवलाई नयाँ सुरुवातमा ल्याउनका लागि नयाँ युग प्रारम्भ गर्नुहुन्छ। उहाँले बोलिसक्नुभएपछि, उहाँको ईश्‍वरत्वभित्रको परमेश्‍वरको काम पूरा भएको छ भनी यसले सङ्केत गर्छ। त्यसपछि, आफ्ना जीवन अनुभवमा प्रवेश गर्नका लागि परमेश्‍वरद्वारा प्रयोग गरिएकाहरूका अगुवाइलाई मानिसहरूले पछ्याउँछन्। ठीक यसरी नै, परमेश्‍वरले यही चरणमा मानवलाई नयाँ युगमा ल्याउनुहुन्छ र मानिसहरूलाई नयाँ सुरुवात दिनुहुन्छ—त्यही समयमा नै शरीरमा परमेश्‍वरको काम पूरा भएको हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका सारगत भिन्नता

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३८

आफ्ना सामान्य मानवतालाई सिद्ध पार्न वा सामान्य मानवताको कार्य गर्न परमेश्‍वर पृथ्वीमा आउनुहुन्न। उहाँ सामान्य मानवतामा ईश्‍वरीय काम गर्नका लागि मात्र आउनुहुन्छ। सामान्य मानवताका बारेमा परमेश्‍वरले बोल्नुभएको कुरा मानिसहरूले कल्पना गरेकोजस्तो होइन। मानवले “सामान्य मानवतालाई” पति वा पत्नी, र छोराहरू र छोरीहरू हुनु हो भनेर परिभाषित गर्छ, जुनचाहिँ सामान्य व्यक्ति हुनुको प्रमाण हो; तथापि, परमेश्‍वरले यसरी हेर्नुहुन्न। उहाँले सामान्य मानवतालाई सामान्य मानव विचार, सामान्य मानव जीवन, र सामान्य मानिसहरूबाटको जन्मका रूपमा हेर्नुहुन्छ। तर उहाँको सामान्यतामा मानवले बोल्ने जस्ता पत्नी, पति, र सन्तानहरू हुनुलाई समान्यताको रूपमा समावेश गरिएको हुँदैन। अर्थात्, मानवका लागि परमेश्‍वरले बताउनुभएको सामान्य मानवताचाहिँ मानवले विचार गर्ने मानवताको अनुपस्थिति हो, येशूको जस्तो, झण्डै भावनाहरू नै नभएको र शारीरिक आवश्यकताहरूरहित जस्तो देखिने, उहाँका बाहिरी कुरा मात्र सामान्य व्यक्तिका जस्ता थिए र उहाँले सामान्य व्यक्तिको रूप लिनुभयो, तर वास्तवमा सामान्य व्यक्तिसँग हुनैपर्ने सबै कुराहरू उहाँमा थिएनन्। यसबाट यो देखिन सक्छ कि देहधारी परमेश्‍वरका सारतत्त्वले सामान्य मानवताको पूर्णतालाई नाघेको हुँदैन, तर सामान्य मानव जीवनका क्रियाकलापहरूलाई समर्थन गर्न र तर्कका सामान्य मानव शक्तिहरूलाई कायम गर्नका लागि मानिसहरूमा हुनैपर्ने कुराहरूको भाग मात्र हुन्छ। तर मानवले सामान्य मानवता भनी विचार गर्ने कुराहरूसँग यिनीहरूको कुनै सरोकार छैन। तिनीहरू देहधारी परमेश्‍वरमा हुनुपर्छ। तथापि, यदि देहधारी परमेश्‍वरका पत्नी, छोराछोरी, परिवार भए भने मात्र उहाँमा सामान्य मानवता रहेको हुन्छ भनी विचार गर्ने व्यक्तिहरू पनि छन्; यी कुराहरू विना उहाँ सामान्य व्यक्ति हुनुहुन्न भनी तिनीहरूले भन्‍ने गर्छन्। त्यसो भए म तिमीहरूसँग प्रश्न गर्छु, “के परमेश्‍वरकी पत्नी छिन्? के परमेश्‍वरसँग कुनै पति हुनु सम्भव छ? के परमेश्‍वरका छोराछोरी हुनसक्छन्?” के यी गल्ती कुराहरू होइनन्? तथापि, देहधारी परमेश्‍वर फुटेका चट्टानहरूका बीचबाट निस्कन सक्नुहुन्न वा आकाशबाट खस्‍न सक्नुहुन्न। उहाँ सामान्य मानव परिवारमा मात्र जन्मन सक्नुहुन्छ। त्यसैले त उहाँका आमाबुबा र दिदीबहिनीहरू छन्। देहधारी परमेश्‍वरका सामान्य मानवतामा यी कुराहरू हुनैपर्छ। येशूको विषयमा पनि यही भएको थियो; येशूका बुबा र आमा, बहिनीहरू र भाइहरू थिए, अनि यो सबै सामान्य थियो। तर यदि उहाँका पत्नी र छोराछोरीहरू भएका भए, देहधारी परमेश्‍वरमा हुनुपर्ने भनी परमेश्‍वरले उद्देश्य राख्नुभएका कुराहरूमा योचाहिँ सामान्य मानवता हुनेथिएन। यदि यसो भएको भए, उहाँले ईश्‍वरत्वको पक्षमा काम गर्न सक्‍नुहुनेथिएन। उहाँका पत्नी र छोराछोरीहरू थिएनन्, र पनि उहाँ सामान्य परिवारमा सामान्य मानिसहरूबाट जन्मनुभयो त्यसैले ठीक यही कारणले नै उहाँले ईश्‍वरत्वको कार्य गर्न सक्नुभयो। यसलाई अझ स्पष्ट पार्दा, परमेश्‍वरले जसलाई सामान्य व्यक्ति भनी विचार गर्नुहुन्छ, त्यो व्यक्ति सामान्य परिवारमा जन्मेको हुन्छ। यस्तो व्यक्ति मात्र ईश्‍वरीय काम गर्नका लागि योग्य हुन्छ। अर्कोतर्फ, यदि कुनै व्यक्तिका पत्नी, छोराछोरीहरू, वा पति छन्, ती व्यक्तिले ईश्‍वरीय काम गर्न सक्दैनन्, किनकि तिनीहरूमा परमेश्‍वरले माग गर्नुभएको सामान्य मानवता नभएर मानवले माग गरेको सामान्य मानवता मात्र हुन्छ। परमेश्‍वरले ठान्नुभएको कुरा, र मानिसहरूले बुझेका कुरामा प्राय ठूलो भिन्नता, लामो दूरी हुन्छ। परमेश्‍वरको कामको यस चरणमा, मानिसहरूका अवधारणहरूबाट यो धेरै विरोधमा र अति नै भिन्न हुन्छ। परमेश्‍वरको कामको यस चरण पूर्ण किसिमले नै व्यावहारिक रूपमा ईश्‍वरीय कार्य हो, जहाँ मानवले सहयोगीको भूमिका खेल्न सक्छ भनेर भन्न सकिन्छ। किनकि परमेश्‍वर आफ्नो काम गर्नका लागि आफै पृथ्वीमा आउनुहुन्छ र यसका लागि उहाँले कुनै पनि मानवलाई यसमा उसको हात लगाउन दिनुहुन्न, त्यसैले उहाँले आफ्नो काम पूरा गर्नका लागि आफैलाई देहधारण गर्नुहुन्छ (अपूर्ण र सामान्य व्यक्ति)। मानवजातिलाई नयाँ युग प्रस्तुत गर्न, उहाँको काममा भएको अर्को कदम मानवजातिलाई बताउन, र उहाँका वचनहरूमा वर्णन गरिएको मार्गअनुसार अभ्यास गर्नका लागि मानिसहरूलाई आग्रह गर्न उहाँले यस देहधारणलाई प्रयोग गर्नुहुन्छ। यसरी शरीरमा भएको परमेश्‍वरको काम पूरा भएको छ; उहाँ मानवजातिबाट प्रस्थान गर्न लाग्नुभएको छ, सामान्य मानवताको शरीरमा अब बसिरहनुहुन्न, तर उहाँको कामको अर्को भागमा जानका लागि मानवबाट अलग हुन लाग्नुभएको छ। तब आफ्ना अभिप्राय अनुसारका मानिसहरूलाई प्रयोग गरी, उहाँले मानिसहरूका यस समूहका बीचमा यस पृथ्वीमा आफ्नो काम निरन्तर गर्नुहुन्छ, तर तिनीहरूका मानवतामा गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका सारगत भिन्नता

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३९

देहधारी परमेश्‍वर सधैँभरि मानवसँग बस्न सक्नुहुन्न किनकि परमेश्‍वरले गर्नुपर्ने अरू धेरै काम छन्। उहाँ शरीरमा बाँधिएर बस्न सक्नुहुन्न, उहाँले शरीरको रूपमा त्यो काम गर्नु भए पनि, उहाँले गर्नैपर्ने कामका लागि उहाँले शरीरलाई त्याग्नुपर्छ। परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, उहाँ मर्न र मानवजातिलाई छोडेर जानुभन्दा पहिले सामान्य मानवले प्राप्त गर्नैपर्ने आकारमा उहाँ पुगुञ्जेल उहाँले पर्खेर बस्नुपर्दैन। उहाँको शरीर जति नै उमेरको भए पनि, उहाँको काम पूरा भएपछि, उहाँ जानुहुन्छ र मानवलाई छोड्नुहुन्छ। उहाँको निम्ति उमेर भन्‍ने हुँदैन, उहाँले मानव आयुअनुसार आफ्ना दिनहरू गर्नुहुन्न; यसको सट्टामा, उहाँका कामका चरणहरू अनुसार उहाँले शरीरमा भएको आफ्नो जीवनको अन्त्य गर्नुहुन्छ। शरीरमा आउनुहुने परमेश्‍वर खास उमेरसम्‍म वृद्धि हुनैपर्छ, वयस्कमा वृद्धि हुनैपर्छ, वृद्ध उमेरमा पुग्नुपर्छ, र त्यो शरीरले काम गर्न नसकेपछि मात्र छोड्नुपर्छ भनी अनुभूति गर्नेहरू पनि हुनसक्छन्। यो मानवको कल्पना हो; परमेश्‍वरले यसरी काम गर्नुहुन्न। उहाँले गर्नुपर्ने काम गर्नका लागि मात्र उहाँ शरीरमा आउनुहुन्छ, उहाँ आमाबाबुबाट जन्मन, हुर्कन, परिवार स्थापित गर्न र पेशा सुरु गर्न, छोराछोरीहरू जन्माउन र हुर्काउन, वा जीवनका उकाली-ओरालीहरू अनुभव गर्न—सामान्य मानवका सम्पूर्ण क्रियाकलापहरू गर्ने गरी सामान्य मानव जीवन जिउनका लागि आउनुहुन्न। परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, परमेश्‍वरका आत्माले शरीर लिनुहुन्छ, शरीरमा आउनुहुन्छ, तर परमेश्‍वरले सामान्य मानवको जीवन जिउनुहुन्न। उहाँको व्यवस्थापनको योजनाको एक भाग पूरा गर्नका लागि मात्र उहाँ आउनुहुन्छ। त्यसपछि उहाँले मानवजातिलाई छोड्नुहुन्छ। उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरका आत्माले शरीरका सामान्य मानवलाई सिद्ध पार्नुहुन्न। बरु, परमेश्‍वरले पूर्वनिर्णय गर्नुभएको समयमा नै, ईश्‍वरत्व सीधै काममा जानुहुन्छ। तब, उहाँले गर्न आवश्यक पर्ने सबै गर्नुभएपछि र उहाँको सेवा पूरा भएपछि, यस चरणमा हुने परमेश्‍वरको काम पूरा भएको हुन्छ, उहाँको शरीर यसको आयु अवधिसम्म रहे पनि वा नरहे पनि, यस बिन्दुमा देहधारी परमेश्‍वरको काम पनि टुङ्गिन्छ। त्यसो भन्नुको तात्पर्यचाहिँ, मासुको शरीर जीवनको जुनसुकै चरणमा पुगे पनि, पृथ्वीमा यो जति लामो समय बाँचे पनि, सबै कुराहरू आत्माको कामद्वारा नै निर्णय गरिएको हुन्छ। मानवले सामान्य मानवता भनी विचार गरेका कुरासँग यसको कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि येशूलाई लिनुहोस्। उहाँ साढे तेत्तीस वर्षसम्म शरीरमा जिउनुभयो। मानव शरीरको आयुको हिसाबमा, उहाँ त्यस उमेरमा मर्नु हुँदैनथ्यो, र उहाँले छोडेर जानु हुँदैनथ्यो। तर परमेश्‍वरका आत्माको लागि यो त्यति सरोकारको कुरा थिएन। उहाँको काम पूरा भएको थियो, त्यस बिन्दुमा शरीर लगियो, आत्मासँगै अलप भयो। यही सिद्धान्तद्वारा नै परमेश्‍वरले शरीरमा काम गर्नुहुन्छ। अनि यसलाई दृढतासाथ भन्नुपर्दा, देहधारी परमेश्‍वरको मानवता मुख्य महत्त्वको विषय होइन। यसलाई फेरि भन्दा, उहाँ सामान्य मानव प्राणीको जीवन जिउनका लागि यस पृथ्वीमा आउनुहुन्‍न। उहाँले सामान्य मानव जीवनलाई पहिले स्थापित गरेपछि काम गर्न सुरु गर्नुहुन्छ भन्‍ने होइन। बरु, उहाँ सामान्य मानव परिवारमा जन्मनुहुँदा, उहाँले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ, जुन काम मानवका अभिप्रायहरूद्वारा दूषित पारिएको हुँदैन, अर्थात् शारीरिक हुँदैन, जसले समाजका तरिकाहरूलाई अपनाउँदैन वा मानवका विचारहरू र अवधारणाहरूलाई संलग्न गराउँदैन, र यसका अतिरिक्त, सांसारिक कुराहरूसँग सम्‍बन्धित मानिसको दर्शनलाई संलग्न गराउँदैन। देहधारी परमेश्‍वरले यही काम गर्ने अभिप्राय राख्नुभएको छ, अनि उहाँको देहधारणको व्यावहारिक महत्त्व पनि यही नै हो। अन्य सानातिना प्रक्रियाहरूबाट भएर नगई, र, सामान्य मानवका अनुभवहरू नलिई नै शरीरमा पूरा गर्नुपर्ने आवश्यक कामका चरणहरूलाई पूरा गर्न परमेश्‍वर मुख्यगरी शरीरमा आउनुहुन्छ। देहधारी परमेश्‍वरको शरीरले गर्नुपर्ने कार्यले सामान्य मानव अनुभवहरूलाई समावेश गर्दैन। यसैले परमेश्‍वरले शरीरमा पूरा गर्नका लागि आवश्यक पर्ने काम पूरा गर्नका खातिर उहाँ शरीरमा आउनुहुन्छ। बाँकी कुराहरूसँग उहाँको कुनै सम्बन्ध छैन, उहाँ विभिन्न सानातिना प्रक्रियाहरूद्वारा भएर जानुहुन्न। उहाँको काम पूरा भएपछि, उहाँको देहधारणको महत्त्व पनि अन्त्य हुन्छ। यो चरण पूरा गर्नुको अर्थ उहाँले शरीरमा गर्न आवश्यक पर्ने काम पूरा भएको छ, अनि उहाँको शरीरको सेवा पूरा भएको छ भन्‍ने हो। तर उहाँ अनिश्चितकालसम्म शरीरमा काम गरिरहन सक्नुहुन्न। उहाँ काम गर्नका लागि अर्को स्थानमा सर्नुपर्छ, जुनचाहिँ शरीरभन्दा बाहिरको स्थान हो। यसरी मात्र उहाँको काम पूर्ण रूपमा गर्न सकिन्छ, र महान् प्रभावको लागि यो अघि बढ्छ। परमेश्‍वरले आफ्नो सुरुको योजनाअनुसार काम गर्नुहुन्छ। कुन काम उहाँले गर्न आवश्यक छ र कुन काम उहाँले पूरा गर्नुभएको छ, सो कुरा उहाँलाई आफ्नो हतकेला जतिकै स्पष्टसँग थाहा छ। परमेश्‍वरले पहिल्यै निर्धारण गर्नुभएको बाटोमा हिँड्न उहाँले प्रत्येक व्यक्तिलाई अगुवाइ गर्नुहुन्छ। कोही पनि यसबाट उम्कन सक्दैन। परमेश्‍वरका आत्माको अगुवाइलाई पछ्याउनेहरू मात्र विश्राममा प्रवेश गर्न सक्नेछन्। पछिको काममा, मानवलाई अगुवाइ गर्नका लागि परमेश्‍वरले शरीरमा बोल्नुहुने कुरा हुनेछैन, तर मूर्त रूपमा आत्माले मानवको जीवनलाई अगुवाइ गर्नुहुनेछ भन्‍ने कुरा हुनसक्छ। तब मात्र मानवले ठोस रूपमा परमेश्‍वरलाई छुन सक्नेछ, परमेश्‍वरलाई हेर्नेछ, र परमेश्‍वरले माग गर्नुभएको यथार्थमा राम्रोसँग प्रवेश गर्नेछ, यसरी ऊ व्यावहारिक परमेश्‍वरद्वारा सिद्ध बनाइनेछ। यही कामलाई परमेश्‍वरले पूरा गर्ने अभिप्राय राख्नुभएको छ, अनि यही कुरालाई उहाँले लामो समयदेखि योजना गर्नुभएको हो। यसबाट, तिमीहरूले लिनैपर्ने बाटोलाई तिमीहरू सबैले देख्नैपर्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका सारगत भिन्नता

परमेश्‍वरका दैनिक वचनहरू  अंश १४०

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनकि उहाँसँग परमेश्‍वरको सार र छ, र उहाँमा परमेश्‍वरको स्वभाव छ, र उहाँमा उहाँको कामको बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त परमेश्वरले आफ्‍नो काम गर्दा र मानिसमाझ आफ्नो काम पूरा गर्दा धारण गर्नुहुने विशेष देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कामलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई आपूर्ति गर्न सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु, ख्रीष्‍टको प्रामाणिकतालाई मानिसले परिभाषित गर्न सक्दैन, परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ। यसरी, यदि तँ जीवनको बाटोलाई साँचो रूपमा खोज्‍न चाहन्छस् भने, तैँले पहिले परमेश्‍वर पृथ्वीमा आउनुभएर मानिसलाई जीवनको बाटो दिने काम गर्नुहुन्छ भन्‍ने कुरा स्वीकार गर्नैपर्छ, र मानिसलाई जीवनको बाटो दिनको लागि आखिरी दिनहरूमा उहाँ आउनुहुन्छ भनेर तैँले स्वीकार गर्नैपर्छ। यो विगत होइन; यो कुरा आज भइरहेको छ।

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्‍त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र ऊ परमेश्‍वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्‍न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्‍वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्‍वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस् र? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्‍याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्‍वरको कामका कदमहरूको खोजी गर्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्ध पार्ने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई सचिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूलाई बोध गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्‍ने कोही पनि छैन। ख्रीष्‍टमार्फत बाहेक परमेश्‍वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्‍वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्‍नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्‍म जल्नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नका लागि परमेश्‍वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्‍वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्‍ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्‍नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी आलोचना नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउन र फेरि परमेश्‍वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

अघिल्लो:  आखिरी दिनहरूको न्याय

अर्को:  परमेश्‍वरको कामलाई चिन्‍नु

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger