बाइबल सम्बन्धमा (३)

बाइबलमा भएका सबै कुरा परमेश्‍वर स्वयम्‌ले बोलेका वचनहरूको अभिलेख होइनन्। बाइबलले परमेश्‍वरको कामको अघिल्ला दुई चरणलाई मात्रै दस्ताबेजीकरण गर्छ, जसमध्ये एउटा भाग अगमवक्ताहरूका अगमवाणीहरूको अभिलेख हो र एउटा भाग युगौँयुगभरि परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरूले लेखेका अनुभवहरू र ज्ञान हो। मानव अनुभवहरू मानिसको राय र ज्ञानद्वारा दूषित भएका हुन्छन् अनि यो अपरिहार्य कुरा हो। बाइबलका धेरै पुस्तकमा मानव धारणाहरू, मानव पूर्वाग्रहहरू र मानिसहरूको विकृत बुझाइ समावेश छन्। अवश्य नै, धेरैजसो वचन पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिका नतिजा हुन् र ती सही बुझाइहरू हुन्—तैपनि ती अझै पनि सत्यताका पूर्णतया सही अभिव्यक्तिहरू हुन् भनेर भन्न सकिँदैन। निश्चित कुराहरूबारे तिनीहरूका दृष्टिकोणहरू व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान वा पवित्र आत्माको अन्तर्दृष्टिबाहेक अरू केही होइनन्। अगमवक्ताहरूका अगमवाणीहरूलाई परमेश्‍वर स्वयम्‌ले निर्देशन दिनुभएको थियो: यशैया, दानिएल, एज्रा, यर्मिया र इजकिएलजस्ता व्यक्तिहरूका अगमवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका थिए; यी मानिसहरू दर्शी थिए, तिनीहरूले अगमवाणीको आत्मा प्राप्त गरेका थिए र तिनीहरू सबै पुरानो करारका अगमवक्ता थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा प्राप्त गरेका यी मानिसहरूले धेरै अगमवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष रूपमा निर्देशन दिनुभएको थियो। अनि यहोवाले तिनीहरूमा किन काम गर्नुभयो? किनभने इस्राएलका मानिसहरू परमेश्‍वरका चुनिएका मानिस थिए र अगमवक्ताहरूको काम तिनीहरूमाझ गरिनुपर्थ्यो; त्यसैकारण अगमवक्ताहरूले त्यस्ता प्रकाशहरू प्राप्त गर्न सके। वास्तवमा, तिनीहरूले आफूले प्राप्त गरेका प्रकाशहरू बुझेका थिएनन्। ती वचनहरू पवित्र आत्माले तिनीहरूका मुखबाट बोल्नुभयो ताकि भावी मानिसहरूले ती कुराहरू बुझ्न सकून् र ती साँच्चै परमेश्‍वरका आत्माको, पवित्र आत्माको काम थिए र ती मानव विचारहरूबाट आएका थिएनन् अनि सबै मानिसले पवित्र आत्माको कामको पुष्टि प्राप्त गर्न सकून्। अनुग्रहको युगको दौरान, येशू स्वयम्‌ले तिनीहरूको सट्टामा यी सब काम गर्नुभयो र त्यसैले मानिसहरूले उप्रान्त अगमवाणी बोलेनन्। त्यसोभए के येशू अगमवक्ता हुनुहुन्थ्यो? येशू अवश्य नै अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ प्रेरितहरूको काम गर्न पनि सक्षम हुनुहुन्थ्यो—उहाँ अगमवाणी बोल्न अनि देशभरि मानिसहरूलाई प्रचार गर्न र सिकाउन दुवै सक्नुहुन्थ्यो। तैपनि उहाँले गरेको काम र उहाँले प्रतिनिधित्व गरेको पहिचान एउटै थिएनन्। उहाँ सम्पूर्ण मानवजातिलाई छुटकारा दिन, मानिसलाई पापबाट छुटकारा दिन आउनुभयो; उहाँ अगमवक्ता र प्रेरित हुनुहुन्थ्यो, तर त्योभन्दा बढी उहाँ ख्रीष्ट हुनुहुन्थ्यो। अगमवक्ताले अगमवाणी बोल्न सक्छ, तर त्यस्तो अगमवक्ता ख्रीष्ट हो भनेर भन्न सकिँदैन। त्यसबेला, येशूले धेरै अगमवाणी बोल्नुभयो र त्यसैले उहाँ अगमवक्ता हुनुहुन्थ्यो भनेर भन्न सकिन्छ, तर उहाँ अगमवक्ता हुनुहुन्थ्यो र त्यसैले ख्रीष्ट हुनुहुन्नथ्यो भनेर भन्न सकिँदैन। किनभने उहाँले कामको एउटा चरण सम्पन्न गर्न परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्नुभयो र उहाँको पहिचान यशैयाको भन्दा फरक थियो—उहाँ छुटकाराको काम पूरा गर्न आउनुभयो र उहाँले मानिसको जीवनको भरणपोषण पनि गर्नुभयो र परमेश्‍वरका आत्मा उहाँमाथि प्रत्यक्ष रूपमा आउनुभयो; उहाँले गरेको काममा, परमेश्‍वरका आत्माबाट कुनै प्रेरणाहरू वा यहोवाबाट कुनै निर्देशनहरू आएनन्, बरु, आत्माले प्रत्यक्ष रूपमा काम गर्नुभयो। यो नै येशू अगमवक्ताजस्तै हुनुहुन्नथ्यो भनी प्रमाणित गर्न पर्याप्त छ। उहाँले गरेको काम छुटकाराको काम थियो, जसको दोस्रो स्थानमा अगमवाणी बोल्ने काम आउँथ्यो। उहाँ अगमवक्ता, प्रेरित हुनुहुन्थ्यो, तर त्योभन्दा बढी उहाँ उद्धारक हुनुहुन्थ्यो। यसबीच, भविष्यवक्ताहरूले अगमवाणी मात्र बोल्न सक्थे र परमेश्‍वरका आत्माको स्थानमा अरू कुनै काम गर्न सक्दैनथे। येशूले मानिसद्वारा पहिले कहिल्यै नगरिएको धेरै काम गर्नुभएको र मानवजातिलाई छुटकारा दिने काम गर्नुभएको हुनाले, उहाँ यशैयाजस्ता व्यक्तिहरूभन्दा फरक हुनुहुन्थ्यो। कतिपय मानिसले आजको प्रवाहलाई स्वीकार नगर्नुको कारण के हो भने यसले तिनीहरूका लागि अड्चन खडा गरेको छ। तिनीहरू भन्छन्, “पुरानो करारमा धेरै अगमवक्ताले पनि धेरै वचन बोले—त्यसोभए तिनीहरू किन देह बन्नुभएको परमेश्‍वर भएनन्? आजका परमेश्‍वर वचनहरू बोल्नुहुन्छ—के उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्न त्यति नै पर्याप्त छ? तँ बाइबललाई उच्च पार्दैनस्, न त यो अध्ययन नै गर्छस्—त्यसोभए उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनी भन्नका लागि तँसँग के आधार छ? तँ उहाँका वचनहरू उहाँलाई पवित्र आत्माद्वारा सङ्केत गरिएका थिए भनी भन्छस् र तँ कामको यो चरण परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गरेको काम हो भनी विश्वास गर्छस्—तर यसका लागि तेरो आधार के हो? तँ आज परमेश्‍वरका वचनहरूमा आफ्नो ध्यान केन्द्रित गर्छस् र तैँले बाइबललाई इन्कार गरेको र यसलाई एकातिर पन्छाएको छस् जस्तो देखिन्छ।” अनि त्यसैले तिनीहरू सधैँ तँ विधर्म र विषम मतमा विश्वास गर्छस् भनेर भन्छन्।

यदि तँ परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिन चाहन्छस् भने, तैँले बाइबलपछाडिको वास्तविक कथा, बाइबलको संरचना र बाइबलको सार बुझ्नैपर्छ। आज, मानिसहरू सधैँ बाइबल नै परमेश्‍वर हुनुहुन्छ र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। साथै, तिनीहरू बाइबलका वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरद्वारा भनिएका थिए भनेर पनि विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबै के समेत सोच्छन् भने, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तक मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरको प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूको अभिलेख थिए। यो मानिसको विकृत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्र मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्दृष्टिबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्दृष्टिका नतिजा थिए, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि अर्ती र प्रोत्साहनका शब्दहरू थिए। ती पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, अनि तिनले यूहन्नाले देखेका दर्शनहरू झनै देखेका थिएनन्। तिनका पत्रहरू एफिसस, कोरिन्थ, गलातिया र त्यस समयका अन्य मण्डलीहरूका लागि लेखिएका थिए। अनि त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू हुन्, अनि ती न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त ती पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती त तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका अर्ती, सान्त्वना र प्रोत्साहनका शब्दहरू मात्र हुन्। त्यसै गरी, ती पावलको त्यतिखेरका धेरै कामका अभिलेख पनि हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीका लागि, अनि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले तिनको सल्लाह सुनून् र प्रभु येशूको पश्चात्तापको मार्ग पछ्याऊन् भनेर लेखिएका थिए। चाहे ती त्यस समयका मण्डलीहरू होऊन् वा भविष्यका, पावलले कुनै पनि हिसाबले सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर भनेनन्, न त तिनले आफ्ना सबै शब्द परमेश्‍वरबाट आएका हुन् भनेर नै भने। कुरा यति मात्र थियो कि, त्यस बेलाका मण्डलीहरूका परिस्थिति अनुसार, उनले दाजुभाइ तथा दिदीबहिनीहरूसँग सङ्गति गरे, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूमा आस्थाको प्रेरणा दिए, र तिनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि अर्ती दिए। तिनका शब्दहरू तिनको आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग गरिएको कामदार थिए, यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनैपर्थ्यो, मण्डलीहरूको काम गर्नैपर्थ्यो, र दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिबारे थाहा पाउनैपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीका लागि पत्रहरू लेखे। उनले मानिसहरूका लागि भनेका सबै शिक्षाप्रद र सकारात्मक कुरा सही थिए, तर तिनले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैनथे, र तिनले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे। यदि मानिसहरू एउटा व्यक्तिका अनुभवहरूका अभिलेखहरू र व्यक्तिका पत्रहरूलाई मण्डलीहरूलाई पवित्र आत्माले बोल्नुभएका वचनहरूका रूपमा लिन्छन् भने, त्यो एक अत्यन्तै गलत बुझाइ, र ठूलो ईश्‍वरनिन्दा हो! विशेष गरी पावलले मण्डलीहरूका लागि लेखेका पत्रहरूका हकमा यो कुरा साँचो हो, किनभने तिनका पत्रहरू त्यसबेलाका प्रत्येक मण्डलीको परिस्थिति र अवस्थाका आधारमा दाजुभाइ-दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा भएका दाजुभाइ-दिदीबहिनीहरूलाई अर्ती दिनका लागि थिए, ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यस समयका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जागृत गर्नका लागि थिए। यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले तिनलाई दिएको बोझ पनि थियो भनेर भन्न सकिन्छ; आखिर, तिनी त्यस समयका मण्डलीहरूको अगुवाइ गर्ने प्रेरित थिए र मण्डलीहरूका लागि पत्रहरू लेख्नु र तिनीहरूलाई अर्ती दिनु तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल काम गर्ने प्रेरितको थियो, तिनी केवल परमेश्‍वरद्वारा पठाइएका प्रेरित थिए, अगमवक्ता थिएनन्, न त भविष्यक्ता नै थिए अनि तिनका लागि त आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन अत्यन्तै महत्त्वपूर्ण थियो। त्यसैले, तिनले पवित्र आत्माको तर्फबाट बोल्न सकेनन् र तिनका वचनहरू पवित्र आत्माका वचन थिएनन्, झन् ती परमेश्‍वरका वचनहरू हुन् भनेर भन्न सक्नु त परको कुरा हो, किनभने तिनी एक सृजित प्राणीबाहेक अरू केही थिएनन् र तिनी निश्चित रूपमा देहधारी परमेश्‍वर थिएनन्। तिनको पहिचान येशूको जस्तो थिएन। येशूका वचनहरू पवित्र आत्माका वचन थिए, ती परमेश्‍वरका वचनहरू थिए, किनभने उहाँको पहिचान ख्रीष्ट—परमेश्‍वरका पुत्रको थियो। पावललाई कसरी उहाँको बराबर मान्न सकिन्छ र? यदि मानिसहरू पावलका जस्ता पत्रहरू वा वचनहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरका रूपमा आराधना गर्छन् भने, तिनीहरूमा खुट्ट्याउने क्षमताको अत्यन्तै कमी छ भनेर मात्रै भन्न सकिन्छ। अझ गम्भीर शब्दमा भन्दा, के यो केवल ईश्‍वरनिन्दा होइन र? कुनै व्यक्तिले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि मानिसहरू कसरी कुनै व्यक्तिका पत्रहरू र तिनले बोलेका वचनहरूका अभिलेखहरूलाई कुनै पवित्र पुस्तक वा स्वर्गीय पुस्तकजस्तो गरी तीसामु दण्डवत् गर्न सक्छन् र? के कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू त्यतिकै बोल्न सक्छ र? कुनै व्यक्तिले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसैले, तँ के भन्छस्—तिनले मण्डलीहरूका लागि लेखेका पत्रहरू तिनका आफ्नै विचारहरूद्वारा दूषित हुन सक्दैनन् र? ती कसरी तिनका आफ्नै विचारहरूबाट आएका कुराहरूद्वारा दूषित हुन सक्दैनन् र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानका आधारमा मण्डलीहरूका लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातियाका मण्डलीहरूलाई एउटा पत्र लेखे, जसमा एउटा निश्चित राय थियो र पत्रुसले अर्को पत्र लेखे, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुन चाहिँ पवित्र आत्माबाट आएको थियो? कसैले पनि निश्चित रूपमा भन्न सक्दैन। त्यसैले, तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बोकेका थिए भनेर मात्रै भन्न सकिन्छ, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कदलाई प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूका लागि तिनीहरूको भरणपोषण र साथको अनि मण्डलीहरूप्रति तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्छन् र तिनले मानव कामलाई मात्रै प्रतिनिधित्व गर्छन्—ती पूर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तँ तिनका पत्रहरू पवित्र आत्माका वचन हुन् भनी भन्छस् भने, तँ बेतुके होस् र तैँले ईश्‍वरनिन्दा गरिरहेको छस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालैका आत्मिक व्यक्तित्वहरूका संस्मरणहरू बराबर हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरू इत्यादि बराबरका हुन्। यति मात्र हो, हालैका आत्मिक व्यक्तित्वहरूका पुस्तकहरू नयाँ करारमा सङ्कलित गरिएका छैनन्, तैपनि यी मानिसहरूको सार एउटै थियो: तिनीहरू एक निश्चित अवधिको दौरान पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिस थिए र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।

नयाँ करारको मत्तीको सुसमाचारले येशूको वंशावलीलाई दस्ताबेजीकरण गर्छ। सुरुमा, यसले येशू अब्राहाम र दाऊदका वंशज अनि युसुफका छोरा हुनुहुन्थ्यो भनेर भन्छ; त्यसपछि यसले येशूको गर्भधारण पवित्र आत्माद्वारा भएको थियो र उहाँ कन्याबाट जन्मनुभएको थियो भनेर भन्छ—जसको अर्थ उहाँ युसुफका छोरा वा अब्राहाम र दाऊदका वंशज हुनुहुन्नथ्यो भन्ने हो। यद्यपि, वंशावलीले येशूलाई युसुफसँग जोड्नमा जोड दिन्छ। त्यसपछि, वंशावलीले येशू जन्मेको प्रक्रियालाई अभिलेख गर्न थाल्छ। यसले येशूको गर्भधारण पवित्र आत्माद्वारा भएको थियो, उहाँ कन्याबाट जन्मनुभएको थियो र युसुफका छोरा हुनुहुन्नथ्यो भनेर भन्छ। तैपनि वंशावलीमा येशू युसुफका छोरा हुनुहुन्थ्यो भनेर स्पष्ट रूपमा लेखिएको छ र वंशावली येशूका लागि लेखिएको हुनाले, यसले बयालीस पुस्तालाई अभिलेख गर्छ। जब यो युसुफको पुस्तामा पुग्छ, तब यसले तुरुन्तै युसुफ मरियमका पति थिए भनेर भन्छ, जुन शब्दहरू येशू अब्राहामका वंशज हुनुहुन्थ्यो भनी प्रमाणित गर्नका लागि दिइएका हुन्। के यो विरोधाभास होइन र? वंशावलीले स्पष्ट रूपमा युसुफको पुर्खालाई अभिलेख गर्छ, यो स्पष्ट रूपमा युसुफको वंशावली हो, तर मत्ती यो येशूको वंशावली हो भनी जिद्दी गर्छन्। के यसले येशूको गर्भधारण पवित्र आत्माद्वारा भएको तथ्यलाई इन्कार गर्दैन र? त्यसैले, के मत्तीले लेखेको वंशावली मानव विचार होइन र? यो त झनै हास्यास्पद छ! यसरी तँ यो पुस्तक पूर्ण रूपमा पवित्र आत्माबाट आएको होइन भनी जान्न सक्छस्। सायद, कतपिय मानिस पृथ्वीमा परमेश्‍वरको वंशावली हुनैपर्छ भनी सोच्छन्, जसको परिणाम स्वरूप तिनीहरू येशूलाई अब्राहामको बयालीसौँ पुस्ताका रूपमा तोक्छन्। त्यो एकदमै हास्यास्पद छ! पृथ्वीमा आउनुभएपछि, परमेश्‍वरको वंशावली कसरी हुन सक्छ र? यदि तँ परमेश्‍वरको वंशावली छ भनी भन्छस् भने, के तैँले उहाँलाई सृजित प्राणीहरूको दर्जामा राख्दैनस् र? परमेश्‍वर पृथ्वीका हुनुहुन्न, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, र उहाँ देहको हुनुभए तापनि, उहाँ मानिसजस्तो सारको हुनुहुन्न, त्यसोभए तँ कसरी परमेश्‍वरलाई सृजित प्राणीकै प्रकारको दर्जामा राख्न सक्छस् र? अब्राहामले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्; तिनी त्यतिबेला यहोवाको कामका पात्र थिए, तिनी केवल यहोवाद्वारा योग्य पाइएका बफादार सेवक थिए र तिनी इस्राएलका मानिसहरूमध्ये एक थिए। तिनी कसरी येशूका पुर्खा हुन सक्छन् र?

येशूको वंशावली कसले लेख्यो? के येशू स्वयम्‌ले त्यो लेख्नुभयो? के येशूले व्यक्तिगत रूपमा तिनीहरूलाई “मेरो वंशावली लेख” भनेर भन्नुभयो? येशू क्रूसमा टाँगिनुभएपछि यो मत्तीद्वारा अभिलेख गरिएको थियो। त्यसबेला, येशूले आफ्ना चेलाहरूले बुझ्न नसक्ने धेरै काम गर्नुभएको थियो र कुनै स्पष्टीकरण दिनुभएको थिएन। उहाँ जानुभएपछि, चेलाहरूले चारैतिर प्रचार गर्न र काम गर्न थाले अनि कामको त्यस चरणका खातिर, तिनीहरूले पत्रहरू र सुसमाचारका पुस्तकहरू लेख्न थाले। नयाँ करारका सुसमाचारका पुस्तकहरू येशू क्रूसमा टाँगिनुभएको बीसदेखि तीस वर्षपछि अभिलेख गरिएका थिए। पहिले, इस्राएलका मानिसहरू पुरानो करार मात्र पढ्थे। भन्नुको अर्थ, अनुग्रहको युगको सुरुमा मानिसहरू पुरानो करार पढ्थे। नयाँ करार अनुग्रहको युगको दौरान मात्र देखा पर्‍यो। येशूले काम गर्नुहुँदा नयाँ करार अस्तित्वमा थिएन; मानिसहरूले उहाँ मरेकाहरूबाट बौरिउठ्नुभएपछि र स्वर्गमा उक्लनुभएपछि उहाँको कामलाई अभिलेख गरे। त्यसपछि मात्र चार सुसमाचारका पुस्तकहरू अस्तित्वमा आए, जसका अतिरिक्त पावल र पत्रुसका पत्रहरू र प्रकाशको पुस्तक पनि अस्तित्वमा आए। येशू स्वर्गमा उक्लनुभएको तीन सय वर्षभन्दा बढी समयपछि, पछिल्ला पुस्ताहरूले यी दस्ताबेजहरूलाई छनौट गरी सङ्कलन गरे र त्यसपछि मात्र बाइबलको नयाँ करार अस्तित्वमा आयो। यो काम पूरा भइसकेपछि मात्र नयाँ करार अस्तित्वमा आयो; यो पहिले अस्तित्वमा थिएन। परमेश्‍वरले ती सबै काम गर्नुभएको थियो अनि पावल र अन्य प्रेरितहरूले विभिन्न स्थानका मण्डलीहरूलाई एकदमै धेरै पत्र लेखेका थिए। तिनीहरूपछिका मानिसहरूले तिनीहरूका पत्रहरूलाई एकसाथ जोडे र यूहन्नाले पत्मोस टापुमा देखेको सबैभन्दा ठूलो दर्शनबारे उनको विवरण थपे, जसमा परमेश्‍वरको आखिरी दिनहरूको कामबारे अगमवाणी गरिएको थियो। मानिसहरूले यो श्रृङ्खला बनाए, जुन आजका वाणीहरूभन्दा फरक छ। आज अभिलेख गरिने कुरा परमेश्‍वरको कामका चरणहरूअनुसार हुन्छ; आज मानिसहरू संलग्न हुने कुरा परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गरेको काम र उहाँले व्यक्तिगत रूपमा बोलेका वचनहरू हुन्। तँ—मानवजातिले—हस्तक्षेप गर्नुपर्दैन; आत्माबाट प्रत्यक्ष रूपमा आउने वचनहरूलाई चरणबद्ध रूपमा प्रबन्ध गरिएको छ र यो प्रबन्ध मानिसहरूका अभिलेखहरूको प्रबन्धभन्दा फरक छ। तिनीहरूले अभिलेख गरेको कुरा तिनीहरूको शिक्षाको स्तर र मानव क्षमताअनुसार थियो भनेर भन्न सकिन्छ। तिनीहरूले अभिलेख गरेका कुराहरू मानव अनुभव थिए र हरेकसँग अभिलेख गर्ने आफ्नै माध्यम र आफ्नै बुझाइ थियो अनि हरेक अभिलेख फरक थियो। त्यसैले, यदि तँ बाइबललाई परमेश्‍वरका रूपमा आराधना गर्छस् भने तँ अत्यन्तै अज्ञानी र मूर्ख होस्! तँ किन आजका परमेश्‍वरको काम खोजी गर्दैनस्? परमेश्‍वरको कामले मात्र मानिसलाई मुक्ति दिन सक्छ। बाइबलले मानिसलाई मुक्ति दिन सक्दैन, मानिसहरू यसलाई केही हजार वर्षसम्म पढ्न सक्छन् र तैपनि तिनीहरूमा अझै अलिकति पनि परिवर्तन आउनेछैन र यदि तँ बाइबललाई आराधना गर्छस् भने तैँले पवित्र आत्माको काम कहिल्यै प्राप्त गर्नेछैनस्। इस्राएलमा भएका परमेश्‍वरको कामका दुवै चरण बाइबलमा अभिलेख गरिएका छन् र त्यसैले यी अभिलेखहरूमा भएका सबै नाम इस्राएलका हुन् र सबै घटना इस्राएलका हुन्; “येशू” नामसमेत इस्राएली नाम हो। यदि तँ आज बाइबल पढिरहन्छस् भने, के तैँले प्रावधानहरू पालन गरिरहेको छैनस् र? बाइबलको नयाँ करारमा अभिलेख गरिएका कुराहरू यहूदियाका मामिला हुन्। मूल पाठ ग्रीक र हिब्रू दुवै भाषामा थियो र उहाँलाई बोलाइने नाम र त्यसबेला येशूका वचनहरू सबै मानिसको भाषाका हुन्। जब उहाँलाई क्रूसमा टाँगियो, तब येशूले भन्नुभयो, “एली, एली, लामा सबखथनी?” के यो हिब्रू भाषा होइन र? यो केवल येशूले यहूदियामा देहधारण गर्नुभएको कारणले हो, तर यसले परमेश्‍वर यहूदी हुनुहुन्छ भनी प्रमाणित गर्दैन। आज, परमेश्‍वर चीनमा देह बन्नुभएको छ र त्यसैले निस्सन्देह उहाँले भन्ने सबै कुरा चिनियाँ भाषामा छन्। तैपनि यसलाई बाइबलबाट अनुवाद गरिएको चिनियाँ भाषासँग तुलना गर्न सकिँदैन, किनभने यी वचनहरूको स्रोत फरक छ: एउटा मानिसहरूले अभिलेख गरेको हिब्रू भाषाबाट आउँछ र अर्को आत्माका प्रत्यक्ष वाणीहरूबाट आउँछ। तिनमा पटक्कै फरक कसरी नहुन सक्छ र?

अघिल्लो:  बाइबल सम्बन्धमा (२)

अर्को:  बाइबल सम्बन्धमा (४)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger