८६. चिनियाँ कम्युनिस्ट पार्टीको झ्यालखानमा दिन-प्रतिदिन

याङ्ग यि, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “धेरै स्थानहरूमा, परमेश्‍वरले सिनिमको भूमिमा उहाँले विजयीहरूको एउटा समूह प्राप्त गरिरहनुभएको हुनुहुनेछ भनी अगमवाणी गर्नुभएको छ। संसारको पूर्वमा विजेताहरू प्राप्त गर्नुपर्ने भएकोले, परमेश्‍वरले उहाँको दोस्रो देहधारणमा पाइला टेक्‍नुहुने ठाउँ निस्सन्देह सिनिमको भूमि हो, ठीक त्यही स्थान जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ। त्यहाँ, परमेश्‍वरले ठूलो रातो अजिङ्गरका सन्तानहरू प्राप्त गर्नुहुनेछ ताकि त्यसलाई पूर्ण रूपमा पराजित र लज्जित तुल्याउन सकिओस्। परमेश्‍वरले यी मानिसहरूलाई जगाउन लाग्नुभएको छ, जो दुःखको बोझले दबिएका छन्, उनीहरू पूर्ण रूपमा नबिउँझञ्‍जेलसम्म जगाउनुहुनेछ र उनीहरूलाई कुइरोबाट बाहिर निकालेर त्यो ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ। उनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्न सक्‍नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरलाई दिन सक्षम हुनेछन्, अन्धकारका शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्‍वरको विजयको प्रमाण बन्नेछन्। यस प्रकारले मात्र परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (६))। यी वचनहरू पढेपछि, मलाई करिब एक दशक पहिले चिनियाँ कम्युनिस्ट पार्टीद्वारा मलाई गिरफ्तारी गरिएको घटनाको बारेमा याद आयो।

यो २३ जनवरी, २००४ को कुरा हो, म मण्डलीकी एउटी सिस्टरलाई भेट्न जान चाँडै उठेँ। तापनि, म त्यहाँ जाँदै गर्दा बाटोमा चिनियाँ कम्युनिस्ट पार्टीको पुलिसले गैरकानुनी रूपमा मलाई गिरफ्तार गरेको थियो। तिनीहरूले मेरो झोलामा खानतलासी गरे अनि विश्‍वाससम्बन्धी केही सामग्रीहरू, एउटा सेल फोन र एउटा पेजर आदि भेट्टाए। पछि तिनीहरूले मलाई सार्वजनिक सुरक्षा ब्यूरोमा लगे। जब हामी त्यहाँ पुग्यौं, पुलिसले मलाई एउटा कोठाभित्र लग्यो। तीमध्ये एक जनाले केही सुराक पाउने उद्देश्यले मेरो पेजर र सेल फोनमा खोजतलास गर्‍यो। तिनले फोन खोल्यो, तर त्यसमा ब्याट्री कम देखायो, त्यसपछि ब्याट्री पूरै समाप्त भयो। उसले जति नै कोसिस गरे पनि त्यो चालू गर्न सकेन। फोन समातेर ऊ चिन्तित भएको देखेँ। म पनि अलमल्ल परेकी थिएँ—मैले त्यही बिहान मात्र फोन चार्ज गरेकी थिएँ। ब्याट्री कसरी सकिन सक्छ? मलाई अचानक थाहा भयो कि पुलिसले अरू दाजुभाइ-दिदीबहिनीहरूको बारेमा कुनै जानकारी नपाओस् भनेर परमेश्‍वरले चमत्कारिक ढङ्गले त्यो काम गर्नुभएको थियो। मैले परमेश्‍वरले बोल्नुभएका वचनहरू पनि बुझेँ: “चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। साँच्चै, सबै थोक र सबै घटनाहरू परमेश्‍वरको हातमा छन्। चाहे जीवित होस् वा मृत, सबै कुराहरू परमेश्‍वरको विचारअनुसार बदलिन्छन्। त्यस क्षणमा, मैले कसरी सबै थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ र उहाँले सबै थोकलाई योजनाबद्ध गर्नुहुन्छ भन्ने बारेमा साँचो बुझाइ प्राप्त गरें। यसबाहेक, मैले आउनेवाला सोधपुछको सामना गर्नका लागि परमेश्‍वरमा भरोसा गर्नको लागि आवश्यक आत्मविश्‍वास प्राप्त गरें। झोलामा भएका थोकहरूलाई औँल्याउँदै, पुलिस अधिकृतले आरोप लगाउँदै सोध्यो: “यी कुराहरूले तँ मण्डलीको कुनै साधारण सदस्य होइनस् भन्‍ने देखाउँछ। तँ एक वरिष्ठ अगुवाहरूमध्ये एक, कुनै महत्त्वपूर्ण व्यक्ति हुनुपर्छ, किनकि साना अगुवाहरूसँग पेजर वा सेल फोनहरू हुँदैन। मैले ठीक भनें होइन?” मैले जबाफ दिएँ, “तपाईं के भन्दैहुनुहुन्छ त्यो मैले बुझिनँ।” तिनी गर्जिए, “तैँले बुझिनँ भनेर बहाना गर्दैछस्!” त्यसपछि तिनले मलाई ठिङ्ग्रिएर उभिन अनि बोल्न लगायो। म नबोलेकी देखेर तिनीहरूले मलाई घेरे, र लात-घुस्सा हान्न थाले—मानौं तिनीहरूले मलाई मार्न चाहन्छन्। मेरो अनुहार रक्ताम्मे भएर सुनिएपछि मेरो सम्पूर्ण शरीर असह्य पीडाले दुख्‍न थाल्यो, म भुइँमा ढलेँ। मलाई रीस उठेको थियो। म तिनीहरूसँग तर्क गर्न बोल्न चाहन्थें, मेरो मुद्दाको बहस गर्न चाहन्थें: मैले के गल्ती गरेकी छु? तपाईंहरू मलाई किन यसरी कुटपिट गर्नुहुन्छ? तर मैले तिनीहरूसँग समझदारीको कुरा गर्ने कुनै उपाय थिएन, किनकि चिनियाँ कम्युनिस्ट पार्टी सरकार समझदारीको कुरा गर्दैन। म अलमल्ल परेकी थिएँ, तर म तिनीहरूको कुटाइमा हार मान्न चाहन्नँथिएँ। म अन्योल अवस्थामा हुँदा, मैले अचानक चिनियाँ कम्युनिस्ट पार्टी सरकारका यी दुष्ट अधिकृतहरू अति हास्यास्पद छन् त्यो सोचेँ१, किनकि तिनीहरूले मलाई कुनै शब्दहरू बोल्न दिइरहेका थिएनन्, मैले तिनीहरूलाई केही भन्नु आवश्यक थिएन। म चुप लागेर बस्नु नै राम्रो थियो—त्यसो गरेर म तिनीहरूका लागि कुनै कामको हुनेथिइन। जब मैले यो सोचेँ, मैले तिनीहरूले भनिरहेका कुरामा ध्यान दिन छोडें। यो तरिकाले ममा कुनै प्रभाव पारेको नदेखेर ती दुष्ट पुलिसहरू क्रोधित भए र अझ जङ्गिए; तिनीहरूले दोष स्वीकार गराउनका निम्ति यातना दिन थाले। तिनीहरूले मलाई भुइँमा काँटी ठोकिएको फलामको कुर्सीमा जोडेर हतकडी लगाएर यस्तो अवस्थामा राखे जसको कारण म न टुक्रुक्क बस्न सक्थें न त खडा हुन सक्थें। तिनीहरूमध्ये एक जनाले हतकडी नलगाइएको मेरो हात कुर्सीमा राख्यो र एउटा जुत्ताले हिर्कायो, मेरो हातको पछिल्लो भाग कालो र नीलो भएपछि मात्र रोकियो, अर्कोले छालाको जुत्ताले मेरो खुट्टा जोरसँग कुल्चियो, खुट्टाका औँलाहरू भाँच्नलाई जुत्ताले घोट्यो, अनि त्यस बेला मैले एक अविश्‍वसनीय, घोचाइको पीडा अनुभव गरें, जुन सीधै मेरो मुटुमा पुग्यो। त्यसपछि, छ-सात जना पुलिसले पालैपालो गरी मलाई कुटे। तिनीहरूमध्ये एक मेरा जोर्नीहरूमा ध्यान केन्द्रित गरे, र तिनमा यति जोडले चिमोटे कि एक महिना बितिसक्दा पनि म अझै मेरो पाखुरा घुमाउन सक्दिनथिएँ। अर्कोले मेरो कपाल समात्यो र मेरो टाउको झट्कायो, त्यसपछि मेरो अनुहार माथितिर पर्ने गरी पछाडिपट्टि झट्काउँदै तान्यो। तिनले डरलाग्दो प्रकारले भन्यो, “आकाशमा नियाल् अनि त्यहाँ परमेश्‍वर छ कि हेर्!” रात नपरुञ्‍जेल तिनीहरूले त्यसो गरिरहे। मबाट केही प्राप्त नहुने देखेर अनि चिनियाँ नयाँ वर्ष भएकोले तिनीहरूले मलाई सीधै थुना घरमा पठाए।

जब म थुना घरमा आइपुगेँ, गार्डले मलाई एउटा कोठामा राख्यो र त्यसपछि मेरो बारेमा धेरै झूटो हल्ला फैलायो र मलाई यातना दिन कैदीहरूलाई उक्सायो। कैदीहरूले ममाथि हरेक दिन चलाकी गर्थे: जब तापक्रम शून्यभन्दा तल ८ वा ९ डिग्री हुन्थ्यो, तिनीहरूले मेरो जुत्ता भिजाउथे। तिनीहरूले गोप्य रूपमा मेरो खानामा नउमालेको पानी खन्याउथे; साँझ, जब म निदाएकी हुन्थें, तिनीहरूले मेरो कपासको ज्याकेट भिजाइदिन्थे; तिनीहरूले मलाई शौचालयको छेउमा सुत्न लगाउँथे, र तिनीहरूले राति मलाई निदाउन नदिनका निम्ति प्रायः मेरो सिरक तान्थे र मेरो कपाल तान्थे; तिनीहरूले बफाएका मेरा रोटीहरू खोस्थे; तिनीहरूले मलाई शौचालय सफा गर्न कर लाउँथे, र तिनीहरूको बचेका औषधिहरू मेरो मुखमा कोचिदिन्थे, तिनीहरूले मलाई दिसा-पिसाब गर्न दिँदैनथे; र यस्तै अन्य कार्य गर्थे। यदि मैले तिनीहरूले भनेका केही गरिनँ भने, तिनीहरू हुल बाँधेर मलाई पिट्थे—र प्रायजसो त्यस्तो बेला सुधार अधिकृतहरू वा गस्ती गर्नेहरू हतार-हतार नदेखिने ठाउँमा गइहाल्थे वा तिनीहरूले केही नदेखेका जस्तो बहाना गर्थे; कहिलेकहीँ तिनीहरू अलिक पर लुकेर हेर्थे। यदि कैदीहरूले मलाई केही दिन सताएनन् भने सुधार अधिकृतहरूले तिनीहरूलाई मलाई पिट्न उक्साउथे। गार्डको क्रूर यातनाले मलाई तिनीहरूप्रतिको घृणाले भऱ्यो। यदि मैले यो मेरो आफ्नै आँखाले नदेखेकी भए र व्यक्तिगत रूपमा यो अनुभव नगरेकी भए, चिनियाँ कम्युनिस्ट पार्टी सरकार, जसले परोपकारी र नैतिकताले भरिपूर्ण भएको दाबी गर्छ, त्यो त्यत्ति कालो, डरलाग्दो र भयानक हुन सक्छ भनी मैले कहिल्यै पनि विश्‍वास गर्नेथिइनँ—मैले त्यसको वास्तविक अनुहार, छली र नक्कली अनुहार कहिल्यै पनि देख्नेथिइनँ। “जनताको सेवा गर्ने, सभ्य र सामञ्जस्यपूर्ण समाज निर्माण गर्ने” त्यसका सबै कुरा—मानिसहरूलाई धोका दिन र छल्न बनाइएका झूटहरू हुन्, ती आफैलाई सुन्दर देखाउने अनि तिनीहरूले पाउन नसक्ने प्रशंसा पाउने साधन र युक्ति हुन्। त्यस बेला, मैले परमेश्‍वरका वचनहरू विचार गरें: “त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले परमेश्‍वरलाई तुच्छ ठानेको धेरै भइसक्यो, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई मूर्ख बनाएका छन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्‍वरलाई इन्कार गर्न र धोखा दिन मलाई बाध्य पार्नका लागि चिनियाँ कम्युनिस्ट पार्टी मलाई यातना दिन र बरबाद पार्न केही गर्न पनि रोकिएन—तर त्यसले मलाई जति धेरै यातना दिन्थ्यो, मैले त्यति नै स्पष्ट रूपमा त्यसको शैतानी अनुहार देख्छु, र मैले मेरो हृदयको गहिराइमा त्यसलाई त्यत्ति नै बढी तिरस्कार र इन्कार गर्छु भन्‍ने त्यसलाई थाहा थिएन। मैले परमेश्‍वरलाई पछ्याउन अझ दृढ सङ्कल्‍प गरेँ।

तिनीहरूले चाहेका कुनै पनि कुरा मलाई बोल्‍न लगाउन नसक्ने देखेर तिनीहरूले केही पनि गर्न बाँकी राखेनन्—चाहे त्यो जनशक्ति होस्, वा भौतिक र आर्थिक स्रोत-संसाधनहरू—कठोरतासाथ र निरन्तर म परमेश्‍वरको विश्‍वासी हुँ भनी प्रमाण मागे। तीन महिनापछि, तिनीहरूले हतारमा गरेका सबै काम व्यर्थ भयो। आखिरमा, तिनीहरूले आफ्नो मुख्य चाल चाले: तिनीहरूले सोधपुछ गर्ने एक प्रमुख व्यक्ति खोजे। भनिन्थ्यो, कि जसलाई तिनको अगाडि ल्याइन्थ्यो उसलाई तिनका तीन प्रकारका यातना दिइन्थ्यो, र दोष स्वीकार नगर्ने कोही पनि हुँदैनथियो। एक दिन, चार जना पुलिस अधिकृतहरू आएर मलाई भने: “आज हामी तँलाई नयाँ घरमा लैजाँदैछौं।” त्यसपछि तिनीहरूले मलाई एक कैदी ढुवानी गर्ने गाडीमा धकेले, मेरा हातहरूलाई पछाडिपट्टि फर्काएर हतकडी लगाइयो र मेरो टाउकोमा एउटा घुम्टो ओढाइदिए। तिनीहरूले मलाई कसरी यातना दिने योजना बनाएका थिए त्यो मलाई थाहा थिएन, त्यसैले मलाई अलिक डर लागेको थियो। त्यत्ति नै बेला मैले प्रभुको वचन सम्झिएँ, “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरो खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ(मत्ती १६:२५)। प्रभुको वचनले मलाई विश्‍वास र शक्ति दियो। यदि हामी चीनको भुतिया सहरमा परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन चाहन्छौं भने हामीमा आफ्नो जीवन अर्पण गर्ने साहस हुनुपर्छ। म परमेश्‍वरका लागि मर्न तयार थिएँ। म छक्क परेँ, किनकि म गाडीमा पसेपछि मैले दुष्ट पुलिसहरू बीचको कुराकानी सुनें। यस्तो लाग्थ्यो, कि तिनीहरूले मलाई सोधपुछ गर्न कतै लगिरहेका छन्। अँ! तिनीहरूले मलाई मृत्युदण्ड दिन लगिरहेका थिएनन्—र मैले परमेश्‍वरका लागि एक शहीदको मृत्यु मर्नका लागि तयारी गरिरहेकी थिएँ! मैले यो सोचिरहेकी बेला कुनै अज्ञात कारणवश एक जना पुलिसले मेरो टाउकोको घुम्टोको डोरी कसिलो गरी बाँध्यो। त्यसको तुरुन्तैपछि मैले असहज महसुस गर्न थालेँ—म निस्सासिंदैछु जस्तो लाग्यो। मेरो मुखबाट फिँज निस्कन थाल्यो, तब मैले बान्ता रोक्न सकिनँ। मभित्रका सबै कुरा बान्ता गर्छु जस्तो लाग्यो। मलाई रिङ्गटा लाग्यो, मेरो टाउको खाली भएको जस्तो लाग्यो, मैले आफ्ना आँखाहरू खोल्न सकिनँ। मेरो शरीरमा कहीँ पनि कुनै शक्ति थिएन, मानौं म पक्षाघाती भएकी थिएँ। मेरो मुखमा कुनै टाँस्‍सिने कुरा छ जस्तो मलाई अनुभूति भयो, जसलाई मैले बाहिर निकाल्‍न सकिनँ। म सधैँ कमजोर नै थिएँ, र यस प्रकारको दुर्व्यवहार भएपछि मलाई लाग्यो कि म समस्यामा छु, र कुनै पनि बेला मेरो सास रोकिन सक्छ जस्तो भयो। त्यो पीडाको बीचमा, मैले परमेश्‍वरसँग प्रार्थना गरें: “हे परमेश्‍वर! म बिन्ती गर्छु, मेरो हृदयको रक्षा गरिदिनुहोस्। चाहे म बाँचूँ वा मरूँ, म तपाईंलाई धोका दिनेछैन।” केही समयपछि, त्यो गाडी एउटा होटेलमा आइपुग्यो। तिनीहरूले मलाई एक बन्द कोठामा लगे। तुरुन्तैपछि, “सोधपुछ गर्ने विशेषज्ञ” भनिएको त्यो पुलिस आइपुग्यो। तिनी मेरो अगाडि आयो र मलाई समात्यो। मलाई अनुहारमा दर्जनौं पटक थप्पड हानेपछि, तिनले मेरो छातीमा र डाढमा धेरैचोटि जोडले मुक्का हान्यो, तब छालाको जुत्ता खोलेर त्यसले मलाई अनुहारमा हिर्कायो। तिनले यसरी कुटेपछि, मलाई मैले मेरो मुख र पेटबाट बाहिर निकाल्न नसक्ने केही कुरा छ भन्ने लाग्‍न थाल्यो। मलाई बोधो लाग्‍न छोड्यो र मैले मेरा आँखाहरू खोल्न सकेँ। बिस्तारै मलाई मेरा खुट्टाहरूमा खडा हुन सक्छु भन्‍ने महसुस गरेँ, र मेरो शरीरमा शक्ति आउन थाल्यो। त्यसपछि, तिनले रूखो प्रकारले मेरो काँधमा समात्यो र मलाई पर्खालतिर धकेल्यो, तिनलाई हेर्न र तिनका प्रश्नहरूको उत्तर दिन मलाई आदेश दिए। मैले तिनलाई कुनै ध्यान नदिएकी देखेर तिनलाई रिस उठ्यो, र तिनले परमेश्‍वरको बदनामी, अपमान र निन्दा गर्दै मबाट प्रतिक्रिया प्राप्त गर्ने कोसिस गऱ्यो। मलाई फसाउनका लागि तिनले सबैभन्दा घृणित, नीच तरिकाहरूको प्रयोग गऱ्यो, र धम्की दिँदै भन्यो, “मैले जानाजानी तेरो देह र प्राणको लागि असहनीय यातना दिइरहेको छु, यसैले कि तँलाई कुनै सामान्य मानिसले भोग्‍न नसक्‍ने पीडा दिन सकूँ—तैँले बरु मरेकी भए हुनेथियो भनी इच्छा गर्नेछस्। अन्त्यमा, तैँले मलाई छोडिदिन बिन्ती गर्नेछस्, अनि त्यसबेला तैँले समझदारीको कुरा गर्नेछस्, र तेरो भाग्य परमेश्‍वरको हातमा छैन—त्यो मेरो हातमा छ भन्नेछस्। यदि मैले तँलाई मर्न चाहन्छु भने, त्यो तुरुन्तै हुनेछ। यदि मैले तँलाई बाँच्‍न दिन चाहन्छु भने, तँ बाँच्‍नेछस्, र म जुन कठिनाइहरू तँलाई भोग्न लगाउँछु, त्यो तैँले भोग्नेछस्। तेरो सर्वशक्तिमान् परमेश्‍वरले तँलाई बचाउन सक्दैनन्—तैँले बाँच्नका लागि हामीलाई बिन्ती गरिस् भने मात्र तँ बाँच्नेछस्।” यी तुच्छ, निर्लज्ज, घृणित ठगहरू, यी जङ्गली जनावरहरू, यी दुष्ट राक्षसहरूलाई देख्दा म साँच्चै तिनीहरूसँग लड्न चाहन्थें। मैले सोचेँ, “स्वर्ग र पृथ्वीमा भएका सबै थोक परमेश्‍वरद्वारा सृष्टि गरिएको हो र उहाँद्वारा नियन्त्रित छ। मेरो भाग्य पनि परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा छ। परमेश्‍वर नै जीवन र मृत्युको निर्णायक हुनुहुन्छ; के तैँले चाहँदैमा म मर्छु भन्ने तँलाई लाग्छ?” त्यो बेला, मेरो हृदय क्रोधले भरिएको थियो। ती पुलिसहरूले मेरो विरुद्ध गरेका तुच्छ कार्यहरू र तिनीहरूले भनेका निन्दापूर्ण र परमेश्‍वर-विरोधी कुराहरूले आज सत्यतालाई घृणा गर्ने र परमेश्‍वरका विरोधीहरूका रूपमा रहेको तिनीहरूको राक्षसी सार स्पष्ट उदाङ्गो भयो, र यो परमेश्‍वरको निन्दा, दण्ड र विनाशको प्रत्याभूति गराउने आवश्यक प्रमाण हुनेथियो।

मैले दोष स्वीकार गर्न अस्वीकार गरेकीले कथित विशेषज्ञको अनुहारको भाव बिग्रेको थियो। तिनले क्रोधित हुँदै मेरो एउटा पाखुरा मेरो पछाडिपट्टि घुमायो र अर्को मेरो काँधको पछाडि तान्यो, तब मेरा हातहरूलाई एकैसाथ कसिलो गरी बाँध्यो। आधा घण्टाभन्दा कम समयमा मेरो अनुहारबाट पसिनाका ठूलठूला थोपाहरू बगेर मेरा आँखाहरूमा पसे, मैले आँखाहरू खोल्न सकिनँ। मैले अझै पनि तिनको प्रश्नहरूको उत्तर दिन नचाहेकी देखेर तिनले मलाई भुइँमा पछारे, त्यसपछि मेरो पछाडि लगाइएको हतकडीमा समातेर मलाई उठाए। मैले तुरुन्तै मेरा पाखुराहरूमा चर्चराउँदो पीडा महसुस गरें, ती भाँचिएछन् जस्तो लागे। त्यसले यति साह्रै दुखायो, कि मैले मुस्किलले सास फेर्न सकेँ। त्यसपछि, तिनले मलाई भित्तातिर हुत्त्याए र त्यसको छेउमा उभिन लगाए। पसिनाले मेरो आँखा धमिलो बनायो। मलाई यति धेरै पीडा भइरहेको थियो कि मेरो सम्पूर्ण शरीर पसिनाले ढाक्यो—मेरा जुत्ताहरू समेत भिजेका थिए। म सधैँ कमजोर भएकी थिएँ, र त्यस बेला म ढलेँ। मैले मेरो नाकद्वारा सास फेर्न सक्दिनँ जस्तो लागेको थियो। मैले मेरो मुखले मात्र स्वाँस्वाँ सास फेर्न सक्थें। मैले मृत्यु एकचोटि फेरि नजिक आइरहेको छ भन्‍ने महसुस गरें—सायद यो पटक म साँच्चै मर्नेथिएँ। तर त्यस बेला, मैले येशूका चेलाहरूमध्ये एक लूका र तिनलाई झुन्ड्याएर मारिएको तिनको अनुभवको बारेमा विचार गरें। मेरो हृदयमा, मैले मेरो शक्ति फेरि प्राप्त गरें, र आफैलाई स्मरण गराउनका लागि बारम्बार एउटै कुरा भनिरहें: “लूकालाई झुन्ड्याएर मारिएको थियो। म पनि लूका हुनुपर्छ, म पनि लूका हुनुपर्छ, म पनि लूका हुनुपर्छ। म स्वेच्छाले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरू पालन गर्छु, र म लूकाजस्तै मृत्युसम्म परमेश्‍वरप्रति वफादार रहन चाहन्छु।” पीडा असहनीय भयो र म मृत्युको सँघारमा थिएँ, त्यही बेला मैले अचानक एउटा दुष्ट पुलिसले तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरका धेरै जना विश्‍वासहरूलाई गिरफ्तार गरेका छन् भनेको सुनें। मेरो हृदयमा, म स्तब्ध भएँ: धेरै जना दाजुभाइ-दिदीबहिनीहरूलाई यातना दिइनेभयो। तिनीहरूले दाजुभाइहरूलाई विशेष गरी कठोर यातना दिने निश्चय थियो। मेरो हृदय चिन्ताले भरिएको थियो। म मनमनै तिनीहरूका लागि प्रार्थना गरिरहेँ। सायद मलाई पवित्र आत्माले छुनुभएको थियो; मैले जति धेरै प्रार्थना गरें, त्यति नै बढी म प्रेरित भएँ। मैले अचेत रूपमा मेरो पीडा बिर्सिएँ। यी परमेश्‍वरको बुद्धिमानी बन्दोबस्तहरू हुन् भन्‍ने कुरा मैले राम्ररी जानेँ; परमेश्‍वरले मेरो कमजोरी जान्नुहुन्थ्यो र मेरो सबैभन्दा पीडादायी समयबाट मलाई लैजाँदै हुनुहुन्थ्यो। त्यो रात, दुष्ट पुलिसले मसँग कस्तो व्यवहार गर्छन् भन्ने कुरालाई मैले वास्ता गर्न छोडेँ, र तिनीहरूको प्रश्नहरूमा मैले अलिकति पनि ध्यान दिइनँ। जे भइरहेको थियो त्यो देखेर, त्यो दुष्ट पुलिसले आफ्नो मुक्का प्रयोग गरी मेरो अनुहारमा निर्दयतासाथ पिट्यो, तब मेरो कनपटीको वरिपरिको कपाल आफ्‍ना औँलाहरूमा बेर्यो र जोडले तान्यो। निमोठेकोले मेरो कान सुन्निएको थियो, मेरो अनुहार चिन्न नसकिने भएको थियो, तिनीहरूले मलाई काठको मोटो टुक्राले कुटेका मेरो चाक र मेरा तिग्राहरूमा चोटैचोट भएका र च्यातिएका थिए, र काठका टुक्राले हिर्काएकाले मेरो खुट्टाका औँलाहरू पनि कालो र नीलो बनेका थिए। मलाई छ घण्टासम्म हतकडी लगाएर झुन्ड्याइपछि जब दुष्ट पुलिसले हतकडी खोल्यो, मेरो देब्रे औंला मुनिको मासु रगेडिएर लुछिएको थियो—हड्डी छोप्ने एउटा पातलो तह मात्र बाँकी थियो। हतकडीले मेरो नाडी पहेँलो फोकाले छोपिएको थियो, र ती फेरि पलाउने कुनै उपाय थिएन। त्यो क्षणमा, एक महत्त्वपूर्ण देखिने महिला पुलिस अधिकृत भित्र आइन्। तिनले मलाई माथिदेखि तलसम्म हेरिन्, त्यसपछि तिनीहरूलाई भनिन्: “तपाईंहरूले यसलाई अब पिट्नु हुँदैन—यो त मर्न लागेकी जस्तो देखिन्छे।” पुलिसले मलाई एउटा होटेलको कोठामा बन्द गरिदियो। त्यो कोठाका पर्दाहरू दिनको चौबीसै घण्टा बन्द राखिन्थ्यो। कसैलाई ढोकामा पाले बस्न खटाइएको थियो, र कुनै पनि सेवाकर्मीलाई भित्र पस्न दिइएको थिएन, न त तिनीहरूले मलाई यातना र क्रूर व्यवहार गरेका दृश्यहरू कसैलाई हेर्ने अनुमति दिइएको थियो। तिनीहरूले नबिसाइ पालैपालो मलाई सोधपुछ गरे। तिनीहरूले पाँच दिन र पाँच रातसम्म मलाई सुत्न दिएनन्, तिनीहरूले मलाई थ्याच्च बस्न वा टुक्रुक्क बस्न दिएनन्, न त तिनीहरूले मलाई अघाउन्जेल खाना खान नै दिए। मलाई पर्खालमा अडेसिएर उभिने अनुमति मात्र थियो। एक दिन, एक जना अधिकृत मलाई सोधपुछ गर्न आए। मैले तिनलाई बेवास्ता गरिरहेकी देखेर तिनी रिसले चूर भए र मलाई लात्तीले हानेर टेबलमुनि पुऱ्याए। त्यसपछि, तिनले मलाई तानेर बाहिर निकाले र घुस्साले हाने, जसले गर्दा मेरो मुखको कुनाबाट रगत बग्यो। आफ्नो क्रूरता लुकाउन, तिनले कसैलाई भित्र आउन नदिनका निम्ति छिटोछिटो ढोका बन्द गऱ्यो। तब तिनले मुट्ठीभर टिसिउहरू निकाले, र मेरो रगत पुछ्न थाले, मेरो अनुहारको रगत पानीले धोए र भुइँको रगत सफा गरे। मैले जानाजानी मेरो सेतो स्वेटरमा केही रगत छोडें। तैपनि, जब म हिरासत घरमा फर्केर आएँ, त्यो दुष्ट पुलिसले अन्य कैदीहरूलाई मेरो कपडामा लागेको रगत मलाई मानसिक अस्पतालमा जाँचेको बेला लागेको हो भने र बितेका केही दिनमा म त्यही थिएँ भनी बताए। साथै तिनीहरूले मेरो शरीरमा चोटहरू र रगत बिरामीहरूको कारणले भएको हो—तिनीहरू अर्थात् पुलिसले मलाई छुँदैछोएका छैनन् भनी भने। यी क्रूर तथ्यहरूले मलाई जनताको पुलिसको क्रूरता, आन्तरिक धूर्तता, र अमानवीयता देखायो, र त्यसको साथसाथै, मैले साँच्चै मप्रतिको परमेश्‍वरको सुरक्षा र वास्ता महसुस गरें। हरेक चोटि मेरो पीडा अझ तीव्र हुँदा, परमेश्‍वरले मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्थ्यो, मेरो विश्‍वास र शक्ति बढाउनुहुन्थ्यो, मलाई उहाँको लागि साक्षी बनेर खडा हुने साहस दिनुहुन्थ्यो। जब दुष्ट पुलिसको क्रूरताले मलाई मृत्युको ढोकामा पुर्‍यायो, परमेश्‍वरले मलाई अरू दाजुभाइ-दिदीबहिनीहरू गिरफ्तार भएको खबर सुन्ने अनुमति दिनुभयो, त्यसले मलाई तिनीहरूका निम्ति अझ बढी प्रार्थना गर्न उत्प्रेरित गऱ्यो, यसरी मैले मेरो आफ्नै पीडा भुलेँ र अनजानमा मृत्युका बाध्यताहरूलाई जित्न सकेँ। शैतानले दुष्ट, डरलाग्दो प्रतिभारको रूपमा काम गरेको हुनाले मैले परमेश्‍वर मात्र सत्यता, बाटो, र जीवन हुनुहुन्छ, र परमेश्‍वरको स्वभाव मात्र धार्मिकता र भलाइको प्रतीक हो भन्‍ने बुझेँ। परमेश्‍वरले मात्रै सबै कुरामाथि शासन गर्नुहुन्छ र सबै कुराको व्यवस्था गर्नुहुन्छ, र उहाँले भूतहरूको फौजको घेराबन्दीलाई परास्त गर्न, देहको कमजोरी र मृत्युको बाध्यतालाई पराजित गर्न मेरो हरेक पाइलालाई अगुवाइ गर्नका लागि आफ्नो महान् शक्ति र बुद्धिको प्रयोग गर्नुभयो, र त्यसरी मलाई त्यस अन्धकार स्थानमा दृढतापूर्वक बाँच्‍न सहायता गर्नुभयो। जब मैले परमेश्‍वरको प्रेम र मुक्तिको बारेमा सोचेँ, मलाई अत्यन्तै प्रेरित भएको महसुस भयो, र मैले अन्त्यसम्म शैतानसँग लड्ने सङ्कल्प गरें। म झ्यालखानामा सडेँ भने पनि, म मेरो गवाहीमा दृढ भएर खडा हुनेथिएँ र परमेश्‍वरलाई सन्तुष्ट पार्नेथिएँ।

सक्दो प्रयास गरेपछि, दुष्ट पुलिसले मबाट केही पाएका थिएनन्। अन्त्यमा, तिनीहरूले दृढ विश्‍वाससँग भने: “चिनियाँ कम्युनिस्ट पार्टी स्टिलबाट बनेको छ, तर सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेहरू हीराबाट बनेका छन्—तिनीहरू प्रत्येक कुरामा चिनियाँ कम्युनिस्ट पार्टीभन्दा अगाडि छन्।” यी वचनहरू सुनेपछि, मैले आफ्नो हृदयमा परमेश्‍वरको जयजयकार र प्रशंसा नगरी रहन सकिनँ: “हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु र प्रशंसा गर्दछु! तपाईंको सर्वशक्तिमान्‌ता र बुद्धिद्वारा तपाईंले शैतानमाथि विजय पाउनुभयो र तपाईंका शत्रुहरूलाई पराजित गर्नुभयो। तपाईं सर्वोच्च अख्तियार हुनुहुन्छ र तपाईंको महिमा होस्!” यो समयमा मात्र मैले चिनियाँ कम्युनिस्ट पार्टी सरकार जतिसुकै क्रूर भए पनि त्यो परमेश्‍वरको हातद्वारा नियन्त्रित र योजनाबद्ध गरिएको छ भन्‍ने देखेँ। यो परमेश्‍वरका वचनहरूले भनेको जस्तै छ: “आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले आदेश दिनुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)

एक दिन, दुष्ट पुलिस फेरि मलाई सोधपुछ गर्न आयो। यस पटक तिनीहरू सबै अलि अनौठा देखिन्थे। तिनीहरूले बोल्दा मलाई हेरे, तर तिनीहरू मसँग बोलिरहेका छन् जस्तो लाग्दैनथियो। तिनीहरूले केही कुरामा छलफल गरिरहेका छन् जस्तो देखिन्थ्यो। अघिल्ला समयहरूमा जस्तै, यो सोधपुछ पनि असफलतामा समाप्त भयो। पछि, दुष्ट पुलिसले मलाई मेरो कोठामा फर्कायो। बाटोमा, मैले अचानक म सायद अर्को महिनाको पहिलो दिन रिहाइ हुनेछु भनेर तिनीहरूले भन्दै गरेका सुनेँ। यो सुनेर, मेरो हृदय खुसीले झन्डै विस्फोट भयो: “यसको अर्थ म तीन दिनपछि बाहिर निस्कनेछु!” मैले सोचेँ। “म बल्‍ल यो राक्षसी नरक छोडेर जान सक्‍ने भएँ!” मेरो हृदयको खुसीलाई दबाउँदै मैले हरेक पल-पल प्रतीक्षा गरें। तीन दिन तीन वर्षजस्तै लाग्यो। अन्त्यमा, महिनाको पहिलो दिन आइपुग्यो! त्यो दिन, कसैले मेरो नाउँ बोलाउनेछ भनी पर्खँदै मैले ढोकामा हेरिरहें। बिहान बित्यो, र केही भएन। म दिउँसो छोडेर जानेछु होला भनेर मैले पूर्ण आशा राखेँ—तर जब साँझ आइपुग्यो, अझै पनि केही भएन। जब बेलुकीको खाना खाने समय भयो, मलाई खान मन लागेन। मेरो हृदयमा अन्योलता छायो; त्यही क्षण मेरो हृदय स्वर्गबाट नरकमा खसेजस्तै भएको थियो। सुधार अधिकृतले अन्य कैदीहरूलाई सोधे, “त्यसले किन खाना खाएन?” एक जना कैदीले जबाफ दियो, “तिनले सोधपुछबाट फर्केको दिनदेखि त्यत्ति खान मन गरेकी छैन।” सुधार अधिकृतले भने, “त्यसको निधार छाम् त, के त्यो बिरामी छे?” एक जना कैदी आएर मेरो निधार छामी। तिनले धेरै तातो छ, र ज्वरो आएको छ भनेर भनी। मलाई साँच्चै ज्वरो आएको थियो। म अचानक बिमारी परेकी थिए, र यो धेरै गम्भीर थियो। त्यो क्षण, म ढलेँ। दुई घण्टाको अवधिमा, ज्वरो झन्-झन् बढ्दै गयो। म रोएँ! सुधार अधिकृत लगायत तिनीहरू सबैले म रोएकी हेरिरहे। तिनीहरू सबै छक्क परेका थिए: तिनीहरूले मलाई लोभ्याउँदा पनि नलोभिने अनि तर्साउँदा पनि नटेर्ने व्यक्तिको रूपमा हेर्थे, जसले कठोर यातनाको सामना गर्दा पनि एक थोपा आँसु बगाएको थिएन, र जसलाई हतकडी लगाएर घण्टौंसम्म झुन्डाउँदा पनि पीडाको आवाज निकालेको थिएन। तैपनि आज, कुनै यातनाविना म रोएकी थिएँ। मेरा आँसुहरू कहाँबाट आए त्यो तिनीहरूलाई थाहा थिएन—तिनीहरूले म धेरै बिरामी छु भन्ने मात्र सोचे। वास्तवमा, परमेश्‍वर र मलाई मात्र कारण थाहा थियो। यो सबै मेरो विद्रोह र अनाज्ञाकारिताको कारणले भएको थियो। मैले आशा गरेकी कुराहरू पूरा नभएकोले र मेरा आशाहरू चकनाचूर भएकाले मेरा आँसुहरू बगेका थिए। ती विद्रोह र गुनासाका आँसुहरू थिए। त्यस बेला, मैले उप्रान्त परमेश्‍वरको साक्षी बन्ने सङ्कल्प गर्न चाहिनँ। मसँग फेरि त्यस्तो प्रकारले जाँचिने साहस थिएन। त्यो साँझ, म दु:खको आँसु रोएँ, किनकि मैले झ्यालखानामा धेरै जीवन बिताइसकेकी थिएँ र म यी राक्षसहरूलाई तिरस्कार गर्थें—र त्योभन्दा बढी, मलाई यो डरलाग्दो ठाउँमा बस्न घृणा लाग्थ्यो। म त्यहाँ अर्को एक सेकेन्ड पनि बिताउन चाहँदिनँ थिएँ। मैले यसको बारेमा जति धेरै सोचेँ, म त्यति नै बढी निराश बनें, र मलाई त्यत्ति नै धेरै गुनासो, दयनीयता, र एकलोपन महसुस हुन्थ्यो। मलाई आफू समुद्रमा तैरिरहेको एक्लो डुङ्गा हुँ जस्तो लाग्यो, जसलाई कुनै पनि बेला पानीले डुबाउन सक्थ्यो; यसबाहेक, मलाई मेरो वरिपरिका मानिसहरू कपटी र भयानक छन् जस्तो लाग्यो, जसले कुनै पनि बेला तिनीहरूको क्रोध ममाथि पोखाउन सक्थे। मैले बारम्बार परमेश्‍वरसँग प्रार्थना गरें, र उहाँबाट यी वचनहरू मकहाँ आए: “परमेश्‍वरलाई प्रेम गर्न इच्‍छा गर्ने हरेकको लागि, प्राप्त गर्न नसक्‍ने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने त्यस्तो कुनै न्याय छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ, र उहाँको इच्‍छालाई पूरा गर्नको लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमका आकांक्षाहरू र दृढता हुनैपर्छ, र मेरुदण्ड नभएकाहरू, दुर्बल व्यक्तिहरू जस्ता तँ बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी आलटाल गर्ने व्यवहार गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरको वचनले मलाई विश्‍वास दियो। मैले जस्तै दुःख भोग्‍नु परे पनि म परमेश्‍वरको साक्षी बनेर खडा हुनेछु र शैतानलाई लज्जित पार्नेछु भनी आफूले परमेश्‍वरको सामु खाएकी गम्भीर शपथलाई सम्झेँ। तर जब मैले लामो समयसम्‍म पुलिसको यातना सहेँ, त्यस बेला मैले आफ्नो सङ्कल्प हराएँ र त्यो घृणित ठाउँबाट उम्कने सक्ने दिनको मात्र आशा गरिरहेकी थिएँ। त्यो कसरी कुनै पनि प्रकारले अधीनतामा बसेको भयो र? त्यो कसरी कुनै प्रकारको गवाही थियो र? परमेश्‍वरसँग प्रार्थना गर्दा, मैले मेरो सारा जीवन झ्यालखानामा बिताउन परे पनि म कहिल्यै पनि शैतानका अघि झुक्नेछैन भनी शपथ खाएँ। म साक्षी बन्नेछु र शैतानलाई लज्जित पार्नेछु भनी भनेँ। तब ६ डिसेम्बर, २००५ मा, त्यो नरकीय झ्यालखानको जीवन अन्त्य गर्दै म रिहा भएँ।

यो गिरफ्तारी र सतावटको अनुभवपछि, मेरो देहले केही कठिनाइ सहेको भए पनि, मैले अन्तर्ज्ञान र विवेकको विकास गरेकी थिएँ, र चिनियाँ कम्युनिस्ट पार्टी सरकार साँच्चै शैतानको प्रतिरूप, आँखा नझिम्काइ मानिसहरूलाई मार्ने हत्याराहरूको एउटा झुन्ड हो भनी देखेकी थिएँ, तर मैले परमेश्‍वरको सर्वशक्ति र बुद्धि, साथै उहाँको धार्मिकता र पवित्रता पनि बुझ्न पाएकी थिएँ; मैले मलाई बचाउने परमेश्‍वरका असल अभिप्रायहरू, र मप्रतिको उहाँको वास्ता र सुरक्षालाई बुझ्न सकेकी थिएँ, त्यसरी मैले शैतानको क्रूरताको समयमा एक-एक पाइला गर्दै शैतानलाई पराजित गर्न र मेरो गवाहीमा दृढ बनेर खडा हुने मौका पाएँ। यस दिनदेखि उता, म मेरो सम्पूर्ण अस्तित्व पूर्ण रूपले परमेश्‍वरलाई दिन चाहन्छु, र म दृढतापूर्वक परमेश्‍वरको पछि लाग्नेछु, ताकि म जतिसक्दो चाँडो उहाँद्वारा प्राप्त हुन सकूँ।

अघिल्लो:  ८५. क्रूर यातनाको समय

अर्को:  ८७. क्रूर यातनाले मेरो विश्‍वास बलियो बनायो

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger