परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ परमेश्‍वरमा समर्पित हुनैपर्छ

तँ ठ्याक्कै किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै मानिस यस प्रश्नको कुरा आउँदा अलमल्ल पर्छन्। तिनीहरूमा व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका बारेमा सधैँ दुई वटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोण हुन्छन्, जसले तिनीहरू परमेश्‍वरमा समर्पित हुनका लागि नभई निश्चित फाइदाहरू पाउन, वा प्रकोपले ल्याउने कष्टबाट बच्नका लागि उहाँमा विश्‍वास गर्छन् भन्ने देखाउँछ। त्यसपछि मात्र तिनीहरू केही हदसम्म समर्पित हुन्छन्। तिनीहरूको समर्पणता ससर्त हुन्छ—तिनीहरूको व्यक्तिगत भविष्य नै तिनीहरूको समर्पणताका पुर्वसर्त हुन्; तिनीहरू आफूसँग कुनै विकल्प नभएकाले तसमर्पित हुन्छन्। त्यसोभए, आखिर तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि यो तेरो भविष्य र नियतिका खातिर मात्र हो भने, तैँले उहाँमा विश्‍वास नै नगरे राम्रो हुन्छ। यस किसिमको विश्‍वास आत्म-छल, आत्म-आश्वासन, र आत्म-प्रशंसा हो। यदि तेरो आस्था परमेश्‍वरप्रतिको समर्पणताको जगमा निर्माण भएको छैन भने, तँलाई उहाँको विरोध गरेकोमा अन्ततः दण्ड दिइनेछ। आफ्‍नो आस्थामा परमेश्‍वरमाथिको समर्पणता नखोज्नेहरू उहाँको विरोध गर्ने मानिसहरू हुन्। परमेश्‍वर मानिसहरूलाई सत्यताको खोजी गर्न, उहाँको वचनका लागि तिर्खाउन, उहाँका वचन खान र पिऊन्, र ती अभ्यास गर्न भन्नुहुन्छ, र त्यो सब तिनीहरूले परमेश्‍वरप्रतिको समर्पणता प्राप्त गर्न सकून् भनेर हो। यदि तेरो साँचो अभिप्राय त्यही हो भने, परमेश्‍वरले तँलाई निश्चय नै उच्च पार्नुहुनेछ, र तँप्रति निश्चय नै अनुग्रहकारी हुनुहुनेछ। यो निस्सन्देह र अपरिवर्तनीय कुरा हो। यदि तँ परमेश्‍वरमा समर्पित नहुने अभिप्राय राख्छस्, अनि तेरा अन्य लक्ष्यहरू छन् भने, तैँले भन्ने र गर्ने सबै कुरा—परमेश्‍वरसामु तैँले गर्ने प्रार्थनाहरू समेत, र अझै अगाडि गएर भन्नुपर्दा, तेरो हरेक चाल—उहाँका विरोधमा हुनेछन्। तेरा शब्दहरू कोमल र तँ नम्र स्वभावको भए पनि, तेरो प्रत्येक चाल र अभिव्यक्ति तँ समर्पित हुने व्यक्ति भएझैँ गरी अरूका लागि उचित देखिए पनि, परमेश्‍वरमाथिको तेरो आस्थाका अभिप्राय र दृष्टिकोणहरूका कुरा आउँदा, तेरो हरेक कार्य परमेश्‍वरविरुद्ध हुन्छ, त्यो दुष्टता गर्नु हो। भेडाजस्तै आज्ञाकारी देखिने, तर हृदयमा भने दुष्ट अभिप्रायहरू बोकेर हिँड्ने मानिसहरू भेडाको भेष धारण गरेका ब्‍वाँसो हुन्। तिनीहरू सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि छोड्नुहुनेछैन। पवित्र आत्माले तिनीहरूमध्ये हरेकलाई प्रकाश गर्नुहुनेछ र पवित्र आत्माले सबै ढोँगीलाई निश्चय नै तिरस्कार गर्नुहुनेछ भन्‍ने कुरा सबैलाई देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले लेखा राख्‍नुहुनेछ र क्रमैसँग तिनीहरू प्रत्येकलाई तह लगाउनुहुनेछ।

यदि तँ परमेश्‍वरको नयाँ ज्योति स्वीकार गर्न सक्दैनस्, र परमेश्‍वरले आज गर्नुहुने सबै कार्यलाई बुझ्न सक्दैनस् र यसलाई खोजी गर्दैनस्, वा यसलाई शङ्का गर्छस्, यसको आलोचना गर्छस्, वा यसलाई जाँच र विश्लेषण गर्छस् भने, तँसँग परमेश्‍वरमा समर्पित हुने मन छैन। अहिलेको ज्योति देखा पर्दा, यदि तैँले हिजोको ज्योतिलाई मात्र बहुमूल्य ठानिराख्छस् र परमेश्‍वरको नयाँ कार्यलाई विरोध गर्छस् भने, तँ मूर्खभन्दा बढी केही होइनस्—तँ जानी-जानी परमेश्‍वरलाई विरोध गर्ने व्यक्ति होस्। परमेश्‍वरप्रति समर्पित हुने कार्यको चाबीचाँहि नयाँ ज्योति स्विकार्नु, र यसलाई स्वीकार गर्न सक्नु र यसलाई अभ्यास गर्न सक्नु हो। यही नै साँचो समर्पणता हो। परमेश्‍वरको तृष्णा गर्ने सङ्कल्प नभएकाहरू जानाजान उहाँप्रति समर्पित हुन सक्दैनन्, र आफ्ना यथास्थितिमा सन्तुष्ट भएको फलस्वरूप तिनीहरूले परमेश्‍वरको विरोध मात्र गर्न सक्छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा समर्पित हुन नसक्नुको कारण के हो भने, तिनीहरू पहिले आएको कुराको बन्धनमा बाँधिएका हुन्छन्। पहिले आएका कुराहरूले मानिसमा परमेश्‍वरका बारेमा अनेक किसिमका धारणा र विभिन्‍न कल्पनाहरू पैदा गरेका छन्, र उसका मनमा यी कुराहरू नै परमेश्‍वरको स्वरूप बनेका छन्। यसरी, उसले आफ्नै धारणाहरू र आफ्नै कल्पनाका मानकहरूमा विश्वास गर्छ। यदि तैँले आज व्यावहारिक काम गर्नुहुने परमेश्‍वरलाई तेरो कल्पनाको परमेश्‍वरसँग तुलना गर्छस् भने, तेरो विश्‍वास शैतानबाट आउँछ, र तेरा आफ्नै प्राथमिकताहरूद्वारा दूषित पारिएको छ, परमेश्‍वरले यस किसिमको विश्‍वास चाहनुहुन्न। तिनीहरूका योग्यताहरू जति नै उच्च भए पनि, र तिनीहरू समर्पित नै भएपनि—तिनीहरूले उहाँका काममा पूरै जीवनका प्रयासहरू समर्पण गरेका भए पनि, तिनीहरूले आफैलाई शहीद तुल्याएका भए पनि—यस किसिमको विश्‍वास भएको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न। उहाँले तिनीहरूमाथि थोरै अनुग्रह मात्र दिनुहुन्छ र केही समयका लागि यसको आनन्द लिन दिनुहुन्छ। यस्ता मानिसहरूले सत्यतालाई लागू गर्न सक्दैनन्। पवित्र आत्माले तिनीहरूभित्र काम गर्नुहुन्न, र परमेश्‍वरले तिनीहरू प्रत्येकलाई हटाउनुहुनेछ। जवान र वृद्ध जो भए पनि, आफ्नो विश्‍वासमा परमेश्‍वरप्रति समर्पित नहुने र गलत अभिप्राय बोकेर हिँड्ने मानिसहरू विरोध गर्ने र अवरोध पुऱ्याउने मानिसहरू हुन् र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्‍नेमा कुनै प्रश्न छैन। जो परमेश्‍वरप्रति अलिकति पनि समर्पित छैनन्, जसले उहाँको नामलाई त्यतिकै स्वीकार गर्छन्, र परमेश्‍वरको दयालुपन र प्रेमिलोपनको बारेमा केही जानेका हुन्छन्, र पनि पवित्र आत्माका कदमहरूलाई पछ्याउँदैनन्, र पवित्र आत्माका वर्तमान कार्य र वचनहरूलाई पालना गर्दैनन् भने—यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहले मात्र बाँचेका हुन्छन्, र तिनीहरूलाई उहाँले लिनुहुनेछैन वा सिद्ध पार्नुहुनेछैन। परमेश्‍वरले मानिसहरूका समर्पणताद्वारा, परमेश्‍वरको वचनलाई खाने, पिउने र यसमा आनन्द मनाउने, र तिनीहरूका कार्यद्वारा, र तिनीहरूका जीवनमा आउने दुःख र शोधनद्वारा परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्छ। यस किसिमको विश्‍वासद्वारा मात्र मानिसहरूका भित्री स्वभाव परिवर्तन हुनेछ, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्नेछन्। परमेश्‍वरको अनुग्रहमा बाँचेर मात्र सन्तुष्ट नहुनु, सक्रिय रूपमा सत्यताको तृष्णा र खोजी गर्नु, र परमेश्‍वरद्वारा प्राप्त गरिने पछ्याइमा लाग्नु—सचेत भएर परमेश्‍वरमा समर्पित हुनु भनेको यही नै हो र उहाँले चाहनुहुने विश्‍वास पनि यही नै हो। परमेश्‍वरको अनुग्रहमा आनन्द गर्ने बाहेक अरू केही कुरा नगर्ने व्यक्तिहरूलाई सिद्ध पार्न वा परिवर्तन गर्न सकिँदैन। अनि तिनीहरूका समर्पणता, भक्ति, प्रेम, र धैर्यता सबै सतही मात्र हुन्छन्। परमेश्‍वरको अनुग्रहमा मात्र रमाउनेहरूले परमेश्‍वरलाई साँचो रूपमा चिन्न सक्दैनन्, अनि तिनीहरूले परमेश्‍वरलाई चिने भने पनि, तिनीहरूको ज्ञान सतही हुन्छ, र “परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,” वा “परमेश्‍वरले मानिसमाथि कृपा राख्नुहुन्छ” भन्‍ने जस्ता कुराहरू तिनीहरू गर्छन्। यसले मानिसको जीवनलाई प्रतिनिधित्व गर्दैन, र मानिसहरूले साँच्चै परमेश्‍वरलाई चिनेका छन् भन्‍ने कुरालाई पनि देखाउँदैन। जब परमेश्‍वरको वचनले तिनीहरूलाई शोधन गर्छ, वा उहाँका जाँचहरू तिनीहरूमाथि आउँछन्, मानिसहरू परमेश्‍वरप्रति समर्पित हुनसक्दैनन्—बरु, तिनीहरू शङ्कालु हुन्छन्, र पतन हुन्छन्—तब तिनीहरू अलिकति पनि समर्पित भएका हुँदैनन्। तिनीहरूभित्र, परमेश्‍वरमाथिको विश्‍वास सम्बन्धी धेरै नियमहरू र प्रतिबन्धहरू, धेरै वर्षको विश्‍वासका नतिजा स्वरूप आएका पुराना अनुभवहरू, वा बाइबलमा आधारित विभिन्न प्रावधानहरू हुन्छन्। के यस किसिमका मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन सक्छन्? यी मानिसहरू मानवीय कुराहरूले भरिएका हुन्छन्—तिनीहरू कसरी परमेश्‍वरमा समर्पित हुन सक्छन्? तिनीहरूका “समर्पणता” व्यक्तिगत प्राथमिकता अनुसार हुन्छन्—के परमेश्‍वरले यस किसिमको समर्पणता चाहनुहुन्छ? यो परमेश्‍वरप्रतिको समर्पण होइन, बरु प्रावधानहरूको पालना हो। यो आफैलाई सन्तुष्ट र शान्त पार्नु हो। यदि तँ यो परमेश्‍वरप्रति गरिएको समर्पणता हो भनी भन्छस् भने, के तैँले उहाँको निन्दा गरिरहेको हुँदैनस् र? तँ मिश्री फारो जस्तो भइस्। तैँले दुष्ट काम गरिरहेको छस्, र तैँले विशेषगरी आफैलाई परमेश्‍वरको विरोध गर्ने काममा लगाएको छस्—के तैँले परमेश्‍वरलाई यसरी नै सेवा गरेको उहाँ चाहनुहुन्छ? तैँले तुरुन्तै पश्‍चाताप गरेर केही स्व-चेतना प्राप्त गर्ने प्रयास गर्नु नै राम्रो हुन्छ। यसमा तँ असफल भइस् भने, तँ घर जानु नै असल हुन्छ; परमेश्‍वरप्रतिको तेरो सेवा सम्बन्धी झूटो घोषणाले भन्दा त्यसले तँलाई बढी फाइदा गर्नेछ। तैँले अवरोध र बाधा पुऱ्याउनेछैनस्; तँलाई आफ्नो स्थान थाहा हुनेछ, र तँ राम्रोसँग जिउनेछस्—के त्यो तेरो लागि अझै असल हुँदैन र? परमेश्‍वरको विरोध गरेकोमा तैँले दण्ड पनि पाउनेछैनस्!

अघिल्लो:  धार्मिक सेवालाई उन्मुलन गरिनैपर्छ

अर्को:  परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger