अध्याय ४४

म धर्मी छु, म निष्ठावान छु, र म मानिसको अन्तस्करण छानबिन गर्ने परमेश्‍वर हुँ! को साँचो र को झूटो हो भन्ने कुरा म तुरुन्तै प्रकाश गर्नेछु। हतोत्साहित नहो; सबै थोकले मेरो समयअनुसार काम गर्छन्। मलाई कसले इमानदारीका साथ चाहन्छ, र कसले चाहँदैन—म तिमीहरूलाई पालैपालो बताउनेछु। तिमीहरूले खाइसक्ने, पिइसक्ने र मेरो उपस्थितिमा मेरो नजिक आउने कुरामा मात्रै ध्यान दियौ भने, मेरो काम म आफै गर्नेछु। तीव्र नतिजाका लागि ज्यादै व्यग्र नहोओ; मेरो काम झट्टै सम्पन्न गरिहाल्न सकिने कुरा होइन। त्यसभित्र मेरा चरणहरू र मेरो बुद्धि छन्, त्यसै कारणले मेरो बुद्धि प्रकट गर्न सकिन्छ। म तिमीहरूलाई मेरा हातहरूद्वारा गरिने काम देखाउनेछु—त्यो हो, दुष्टलाई दण्ड र असललाई इनाम दिनु। म सबै मानिसप्रति पूर्णतया निष्पक्ष छु। जसले मलाई सच्चा रूपमा प्रेम गर्छ, म उसलाई सच्चा रूपमा प्रेम गर्नेछु, जसले मलाई सच्चा रूपमा प्रेम गर्दैन, ऊप्रति मेरो क्रोध सधैँ रहनेछ, ताकि म नै साँचो परमेश्‍वर, मानिसको अन्तस्करण छानबिन गर्ने परमेश्‍वर हुँ भनेर उसलाई सधैँभरि याद रहोस्। अरूका आँखाअगाडि एउटा र पिठिउँपछाडि अर्को व्यवहार नगर्; तैँले गर्ने सबै कुरा म स्पष्ट रूपमा देख्दछु, र तैँले अरूलाई मूर्ख बनाउन सके पनि मलाई मूर्ख बनाउन सक्दैनस्। म यो सबै स्पष्ट देख्दछु। तैँले कुनै पनि कुरा लुकाउनु सम्भव छैन; सबै थोक मेरै हातमा छन्। आफैलाई धेरै चतुर र आफ्ना क्षुद्र साना युक्तिहरूमा अत्यन्तै निपुण नठान्। म तँलाई भन्छु: मानिसहरूले जति धेरै योजनाहरू रचे पनि, चाहे ती हजारौँ वा दसौँ हजार भए पनि, आखिरमा ती मेरो हत्केलाबाट उम्कन सक्दैनन्। सबै थोक र सबै घटनाहरू मेरा हातद्वारा नियन्त्रित छन्, एक जना व्यक्तिको त कुरै नगरौँ! मलाई छल्ने वा मबाट लुक्ने कोसिस नगर्, फुस्लाउने वा लुकाउने कोसिस नगर्। के मेरो महिमायुक्त अनुहार, मेरो क्रोध र मेरो न्याय सार्वजनिक रूपमा प्रकट गरिएको तैँले अझै नदेखेको हुन सक्छ? जसले मलाई सच्चा रूपमा चाहँदैन, म उसलाई तुरुन्तै र दया नदेखाई न्याय गर्नेछु। मेरो कृपा अन्त्य भएको छ; अब केही बाँकी छैन। अब उप्रान्त पाखण्डी नबन्, र तेरा असभ्य र लापरवाह चालहरूलाई बन्द गर्।

हे मेरो छोरो, होसियार बस्; मेरो उपस्थितिमा धेरै समय बिता अनि म तेरो जिम्मा लिनेछु। नडरा, मेरो दुईधारे तरवार लिएर आइज, र—मेरा अभिप्रायहरूअनुसार—शैतानसित अन्तिमसम्मै लडाइँ गर्। म तँलाई रक्षा गर्नेछु; कुनै चिन्ता नगर्। लुकेका सबै कुराहरू खोलिनेछन् र प्रकट गरिनेछन्। म सूर्य हुँ जसले प्रकाश दिन्छ, निर्दयतापूर्वक सबै अन्धकारलाई उज्यालो पार्छ। मेरो न्याय पूर्ण रूपले आफ्नो सम्पूर्णतामा ओर्लिएको छ; मण्डली लडाइँको एक मैदान हो। तिमीहरू सबैले आफैलाई तयार पार्नुपर्छ र तेरो सम्पूर्ण अस्तित्व अन्तिम, निर्णायक लडाइँमा समर्पित गर्नुपर्छ; म तँलाई निश्चित रूपमा रक्षा गर्नेछु ताकि तैँले मेरो लागि असल र विजयी लडाइँ लड्न सक्।

सावधान हो—हिजोआज मानिसहरूका हृदयहरू छली अनि पूर्वानुमान गर्न नसकिने छन् र उनीहरूसँग अन्य मानिसहरूको विश्‍वास जित्ने कुनै तरिका छैन। केवल म पूर्ण रूपमा तिमीहरूका लागि छु। ममा कुनै छल छैन; केवल ममाथि भर पर्! मेरा छोराहरू निश्चय त्यो अन्तिम, निर्णायक लडाइँमा विजयी हुनेछन्, र शैतान निश्चय नै मृत्यु-संघर्षका लागि बाहिर आउनेछ। नडरा! म तेरो शक्ति हुँ, र म तेरो सबै थोक हुँ। तँ ती कुराहरूको विषयमा घरीघरी विचार नगर्, तैँले त्यति धेरै कुराहरूबारे एकसाथ विचार गर्न सक्दैनस्। मैले पहिले नै भनेको छु, म तिमीहरूलाई अब फेरि बाटोमा तान्ने छैन, किनकि समय धेरै दबाबपूर्ण अवस्थामा छ। मसँग तिमीहरूलाई कानमा समातेर हरेक मोडमा तिमीहरूलाई सावधान गराउने समय छैन—यो सम्भव छैन! लडाइँका निम्ति तेरा तयारीहरू समाप्त गर्। म तेरो लागि पूर्ण जिम्मेवारी लिन्छु; सबै कुराहरू मेरो हातमा छन्। यो मृत्युसम्मकै लडाइँ हो, र एक वा अर्को पक्ष नष्ट हुने निश्चित छ। तर तँ यस विषयमा स्पष्ट हुनुपर्छ: म सधैँ विजयी र अपराजित छु, र शैतान निश्चय नै नाश हुनेछ। यो मेरो पद्धति हो, मेरो काम, मेरो इच्छा, र मेरो योजना हो!

काम भइसक्यो! सबै काम भइसक्यो! डरपोक वा भयभीत नहो। म तँसँग, र तँ मसँग, हामी सधैँभरि राजाहरू हुनेछौं! मेरा वचनहरू, एक पटक बोलिएपछि कहिल्यै बदलिँदैनन्, र घटनाहरू चाँडै तँमाथि घट्नेछन्। होसियार हो! तैँले प्रत्येक पंक्तिमाथि राम्ररी विचार गर्नुपर्छ; मेरा वचनहरूको बारेमा अब फेरि अनिश्चित नहो। तँ तिनको बारेमा स्पष्ट हुनुपर्छ! तैँले याद राख्नुपर्छ—मेरो उपस्थितिमा जतिसक्दो धेरै समय बिता!

अघिल्लो:  अध्याय ४३

अर्को:  अध्याय ४५

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger