५. पुरानो र नयाँ करारको दुवै युगमा, परमेश्वरले इस्राएलमा काम गर्नुभयो। प्रभु येशूले उहाँ आखिरी दिनहरूमा फर्कनुहुनेछ भनी अगमवाणी गर्नुभयो, त्यसैले जब उहाँ फेरि आउनुहुन्छ, उहाँ इस्राएलमा आउनुपर्छ। तैपनि तपाईं प्रभु येशू पहिले नै फर्केर आइसक्नुभएको छ, उहाँ शरीरमा प्रकट हुनुभएको छ र चीनमा आफ्नो काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। चीन एक नास्तिक राजनीतिक दलले शासन गरेको देश हो। कुनै पनि देशमा यहाँ जतिको परमेश्वरको ठूलो विरोध र इसाईहरूको सतावट छैन। प्रभुको पुनरागमन चीनमा कसरी हुन सक्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“किनभने घाम उदाएदेखि अस्ताउञ्जेलसम्म नै अन्यजातिहरूका बिचमा मेरो नाउँ महान् हुनेछ, सेनाहरूका यहोवा भन्नुहुन्छ” (मलाकी १:११)।
“जसरी बिजुली पूर्वबाट चम्किँदा, पश्चिमसम्मै चम्किन्छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। किनभने जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन्” (मत्ती २४:२७-२८)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
परमेश्वर सारा सिर्जित प्राणीका प्रभु हुनुहुन्छ
अघिल्लो दुई युगहरूको कार्यको एउटा चरणलाई इस्राएलमा अघि बढाइएको थियो, र एउटालाई यहूदियामा अघि बढाइयो। सामान्य रूपमा भन्दा, न त यो कामको कुनै पनि चरणले इस्राएललाई छोड्यो, र प्रत्येक चरण प्रथम चुनिएका मानिसहरूका माझमा नै गरिएको थियो। परिणामस्वरूप, यहोवा परमेश्वर इस्राएलीहरूका एक मात्र परमेश्वर हुनुहुन्छ भन्ने इस्राएलीहरूले विश्वास गर्छन्। येशूले यहूदियामा काम गर्नुभयो, जहाँ उहाँले क्रूसीकरणको काम गर्नुभयो, त्यसकारण यहूदीहरूले उहाँलाई यहूदी मानिसहरूका मुक्तिदाताको रूपमा हेर्छन्। तिनीहरूले सोच्छन् कि उहाँ यहूदीहरूका मात्रै राजा हुनुहुन्छ, अरू कुनै मानिसहरूको होइन; अर्थात्, उहाँ अङ्ग्रेजहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, अमेरिकीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, तर इस्राएलीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्छ; अनि इस्राएलमा उहाँले छुटकारा दिनुभएकाहरू यहूदीहरू नै थिए। वास्तविकतामा, परमेश्वर यावत् थोकका सार्वभौम हुनुहुन्छ। उहाँ सारा सिर्जित प्राणीका परमेश्वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूका मात्रै परमेश्वर हुनुहुन्न, न त यहूदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ; उहाँ सारा सिर्जित प्राणीका परमेश्वर हुनुहुन्छ। उहाँको कार्यका अघिल्ला दुई चरणहरू इस्राएलमा भए, जसले मानिसहरूमा निश्चित धारणाहरू सिर्जना गरेको छ। तिनीहरुले विश्वास गर्छन कि यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयमले आफ्नो काम यहूदियामा गर्नुभयो, र, यसको साथै, उहाँ काम गर्नको लागि देह बन्नु्भयो—र जेसुकै भए तापनि, यो काम इस्राएलभन्दा टाढा विस्तार गरिएन। परमेश्वरले मिश्रीहरू वा भारतीयहरूमा काम गर्नुभएन; उहाँले इस्राएलीहरूमा मात्रै काम गर्नुभयो। यसरी मानिसहरूले विभिन्न धारणाहरू निर्माण गर्छन्, अनि परमेश्वरको कार्यलाई निश्चित क्षेत्रभित्र चित्रण गर्छन्। तिनीहरू भन्छन् कि जब परमेश्वरले काम गर्नुहुन्छ, उहाँले चुनिएका मानिसहरूका माझमा, र इस्राएलमा नै सो गर्नुपर्छ; इस्राएलीहरू बाहेक, परमेश्वरले अरू कसैको माझमा काम गर्नुहुन्न, न त उहाँको कामको कुनै ठुलो क्षेत्र नै छ। देहधारी परमेश्वरलाई ठीक ठाउँमा राख्ने बारेमा तिनीहरू विशेष गरी कठोर हुन्छन्, र इस्राएलको सीमाभन्दा टाढा उहाँलाई जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणाहरू मात्रै होइनन् र? परमेश्वरले स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू बनाउनुभयो, उहाँले सारा सिर्जित प्राणीलाई बनाउनुभयो, त्यसकारण उहाँले कसरी आफ्नो कामलाई इस्राएलमा मात्रै सीमित राख्न सक्नुहुन्छ र? यदि त्यसो हो भने, उहाँले सारा सिर्जित प्राणीलाई बनाउनुको अर्थ के हुने थियो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले इस्राएलमा मात्रै होइन, तर ब्रह्माण्डका हरेक व्यक्तिमा आफ्नो छ हजार वर्षे व्यवस्थापन योजनालाई कार्यान्वयन गर्नुभएको छ। तिनीहरू चीन, संयुक्त राज्य अमेरिका, बेलायतमा बसून् या रूसमा बसून्, हरेक व्यक्ति आदमका सन्तान नै हुन्; तिनीहरू सबैलाई परमेश्वरले नै बनाउनुभएको हो। तिनीहरूमध्ये एक जना पनि सृष्टिको सीमानाहरूबाट बाहिर उम्कन सक्दैनन्, र तिनीहरूमध्ये एक जनाले पनि आफूलाई “आदमका सन्तान” भन्ने नामबाट आफूलाई अलग गर्न सक्दैनन्। तिनीहरू सबै परमेश्वरका प्राणीहरू हुन्, तिनीहरू सबै आदमका सन्तान हुन्, र तिनीहरू सबै नै आदम र हव्वाका भ्रष्ट तुल्याइएका वंश पनि हुन्। सिर्जित प्राणीइस्राएलीहरू मात्रै सिर्जित प्राणी होईनन्, सबै मानिसहरू हुन्; यति मात्रै हो कि कतिलाई श्राप दिइएको छ, र कतिलाई आशिष दिइएको छ। इस्राएलीहरूका बारेमा सहमत गर्न सकिने कुराहरू धेरै छन्; परमेश्वरले शुरुमा तिनीहरूमा काम गर्नुभयो किनभने तिनीहरू सबैभन्दा कम भ्रष्ट थिए। चिनियाँहरूलाई तिनीहरूसँग तुलना गर्न सकिँदैन; तिनीहरू अत्यन्तै निम्न छन्। त्यसकारण, प्रारम्भमा परमेश्वरले इस्राएलका मानिसहरूका माझमा काम गर्नुभयो, र उहाँको कामको दोस्रो चरणलाई यहूदियामा मात्रै गरियो—जसले मानिसको माझमा विभिन्न धारणाहरू र नियमहरू पैदा गरेको छ। वास्तवमा, यदि परमेश्वरले मानवीय धारणाहरू अनुसार काम गर्नुभएको थियो भने, उहाँ इस्राएलीहरूका मात्रै परमेश्वर हुनुहुने थियो, र आफ्नो कामलाई अन्यजातिहरूको राष्ट्रमा बढाउन असक्षम हुनुहुने थियो, किनभने उहाँ इस्राएलीहरूका मात्रै परमेश्वर हुनुहुने थियो, सारा सिर्जित प्राणीका परमेश्वर होइन। अन्यजातिहरूको राष्ट्रका बीच यहोवाको नाम महान हुनेछ, कि यो गैरयहूदी राष्ट्रहरूमा फैलनेछ भनेर अगमवाणीहरूले बताए। किन यो अगमवाणी गरियो? यदि परमेश्वर इस्राएलीहरूका मात्रै परमेश्वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्रै काम गर्नुहुने थियो। यसको साथै, उहाँले यो कामलाई फैलाउनुहुने थिएन, र उहाँले त्यस्तो अगमवाणी गर्नुहुने थिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, उहाँले अवश्य नै गैरयहूदी राष्ट्रहरू, हरेक राष्ट्र र हरेक भूमिमा आफ्नो काम फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नु नै पर्छ; उहाँको योजना यही नै हो, किनभने उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू सृष्टि गर्नुहुने प्रभु, र सारा सिर्जित प्राणीका परमेश्वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूका माझमा काम गर्नुभए पनि, वा यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्नुहुने काम सम्पूर्ण ब्रह्माण्डको काम हो र सम्पूर्ण मानवजातिको काम हो। विशाल रातो अजिङ्गरको देशमा—गैरयहूदी देशमा—आज उहाँले गर्नुहुने काम अझै सम्पूर्ण मानवजातिको काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्यो; त्यसरी नै, चीन पनि गैरयहूदी राष्ट्रहरूका माझमा उहाँले गर्नुहुने कामको आधार बन्न सक्छ। के उहाँले अब “गैरयहूदी राष्ट्रहरूका माझमा यहोवाको नाम महान हुनेछ” भन्ने अगमवाणीलाई पूरा गर्नुभएको छैन र? गैरयहूदी राष्ट्रहरूका माझमा उहाँको कामको पहिलो चरण, अर्थात् उहाँले विशाल रातो अजिङ्गरको देशमा गर्नुहुने काम, अर्थात् यही काम हो। देहधारी परमेश्वरले यो भूमिमा काम गर्नुपर्छ, र यी श्रापित मानिसहरूका माझमा काम गर्नुपर्छ भन्ने कुरा मानव धारणाहरूका लागि निश्चय नै अलिक अमिल्दो छ; यिनीहरू सबैभन्दा निम्न मानिसहरू हुन्, र तिनीहरूका कुनै मूल्य छैन, र तिनीहरूलाई शुरुमा यहोवाद्वारा त्यागिएका थिए। मानिसहरूलाई अरू मानिसहरूले त्याग्न् सक्छन्, तर यदि तिनीहरूलाई परमेश्वरद्वारा त्यागिन्छन् भने, त्यतिको प्रतिष्ठाविहीन कोही पनि हुँदैन, त्यतिको कम मूल्यको कोही पनि हुँदैन। सिर्जित प्राणीको लागि, शैतानको वशमा हुनु वा मानिसहरूद्वारा त्यागिनु अत्यन्तै पीडादायक कुरा हो—तर कुनै सृष्टि उसको सृष्टिकर्ताद्वारा त्यागिनु जत्तिको निम्न प्रतिष्ठा केही हुँदैन। मोआबका सन्तानहरू श्रापित थिए, र तिनीहरू त्यस पिछडिएको देशमा जन्मिएका थिए; अन्धकारको प्रभावमा रहेका सबै मानिसहरूमध्ये, मोआबका सन्तानहरू नै सबैभन्दा कम प्रतिष्ठा भएकाहरू हुन् भन्ने कुरामा कुनै शङ्का छैन। यी मानिसहरूका अहिलेसम्म सबैभन्दा कम प्रतिष्ठा भएका हुनाले, तिनीहरूमा गरिने कामले मानव धारणाहरूलाई राम्ररी तोड्न सक्छ, र यो परमेश्वरको सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको लागि पनि सबैभन्दा फाइदाजनक छ। यी मानिसहरूका माझमा त्यस किसिमको काम गर्नु भनेको मानव धारणाहरूलाई तोड्ने सबैभन्दा राम्रो तरिका हो, र यससँगै परमेश्वरले नयाँ युगको शुरूवात गर्नुहुन्छ; यसद्वारा उहाँले सारा मानव धारणाहरूलाई तोड्नुहुन्छ; यसद्वारा उहाँले सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नुहुन्छ। उहाँको पहिलो काम इस्राएलको सिमानाभित्र, यहूदियामा गरियो; गैरयहूदी राष्ट्रहरूका माझमा, उहाँले नयाँ युग आरम्भ गर्नको लागि कुनै काम गर्नुभएन। त्यो कामको अन्तिम चरणलाई अन्यजातिहरूका माझमा गरिने मात्रै होइन, तर अझै बढी श्रापित भएकाहरूका माझमा अझै बढी गरिन्छ। यो एउटा बुँदा शैतानलाई अपमान गर्नुमा सबैभन्दा बढी सक्षम प्रमाण हो, र तसर्थ, यो परमेश्वर ब्रह्माण्डका सारासिर्जित प्राणीका परमेश्वर, यावत् थोकका प्रभु, जीवन भएका हरेक कुराले आराधना गर्ने पात्र “बन्नु्हुन्छ।”
आज, परमेश्वरले के नयाँ कामको शुरुवात गर्नुभएको छ भनेर अझै नबुझ्ने्हरू पनि छन्। गैरयहूदी राष्ट्रहरूका माझमा, परमेश्वरले नयाँ शुरुवातलाई प्रारम्भ गर्नुभएको छ। उहाँले नयाँ युगको शुरुवात गर्नुभएको छ, र नयाँ कार्यलाई प्रारम्भ, गर्नुभएको छ—र उहाँले मोआबका सन्तानहरूमा यो काम गर्नुहुन्छ। के यो उहाँको सबैभन्दा नयाँ काम होइन र? इतिहासभरिका कसैले पनि यो कामलाई पहिले कहिल्यै अनुभव गरेको छैन। कसैले पनि यसको बारेमा कहिल्यै सुनेको छैन्, यसलाई सराहना गर्ने कुरा त परै जाओस्। परमेश्वरको बुद्धि, परमेश्वरको आश्चर्य, परमेश्वरको अगम्यता, परमेश्वरको महान्ता, र परमेश्वरको पवित्रता सबैलाई कामको यो चरण, अर्थात् आखिरी दिनहरूका कामद्वारा प्रकट गरिन्छन्। के यो नयाँ कार्य, अर्थात् मानव धारणाहरूलाई तोड्ने कार्य होइन र? यस्तो तरिकाले विचार गर्नेहरू पनि छन्; “परमेश्वरले मोआबलाई श्राप दिनुभएको र उहाँले मोआबका सन्तानलाई त्याग्नेछु भनी भनिसक्नु भएको हुनाले, उहाँले तिनीहरूलाई अहिले कसरी मुक्ति दिन सक्नुहुन्छ र?” यिनीहरू परमेश्वरद्वारा श्रापित भएका र इस्राएलद्वारा बहिष्कृत अन्यजातिहरू हुन्; इस्राएलीहरूले तिनीहरूलाई “अन्यजाति कुकुरहरू” भन्थे। हरेकको नजरमा, तिनीहरू अन्यजाति कुकुरहरू मात्रै होईनन्, तर त्यो भन्दा खराब, विनाशका पुत्रहरू हुन् भन्नुको अर्थ, तिनीहरू परमेश्वरका चुनिएका मानिसहरू होइनन् भन्ने हो। तिनीहरू इस्राएलका सिमानाहरूभित्र जन्मिएका हुन सक्छन्, तर तिनीहरू इस्राएलका मानिसहरूमा पर्दैनन्, र तिनीहरूलाई गैरयहूदी राष्ट्रहरूमा निष्कासित गरिए। तिनीहरू सबै मानिसहरूमध्ये सबैभन्दा निम्न छन्। यो स्पष्ट छ किनकि तिनीहरू मानवजातिमा सबैभन्दा निम्न भएका हुनाले परमेश्वरले तिनीहरूका माझमा नयाँ युगको प्रारम्भ गर्ने उहाँको काम गर्नुहुन्छ, किनभने तिनीहरूले भ्रष्ट मानवजातिको प्रतिनिधित्व गर्छन्। परमेश्वरको कार्य चयनशील र लक्षित छ; उहाँले यी मानिसहरूका माझमा आज गर्नुहुने काम उहाँले सृष्टिमा गर्नुहुने काम पनि हो। नोआ उनका सन्तानहरू जस्तै परमेश्वरका सृष्टि थिए। देह र रगतले बनिएका संसारमा भएका जोकोही मानिसहरू परमेश्वरका सृष्टिहरू हुन्। परमेश्वरको कार्य सारा सिर्जित प्राणीप्रति लक्षित छ; कुनै व्यक्ति सृष्टि गरिएपछि श्रापित छ कि छैन भन्ने कुरामा यो निर्भर हुदैन। उहाँको व्यवस्थापन कार्य सारा सिर्जित प्राणीप्रति लक्षित छ, श्रापित नभएका चुनिएका मानिसहरूप्रति होइन। परमेश्वरले आफ्नो् काम आफ्नो सृष्टिको माझमा गर्न चाहनुहुने भएकोले, उहाँले यसलाई सफलतापूर्वक पूरा गर्ने गरी यो गर्नुहुनेछ, र उहाँले उहाँको कामको लागि फाइदाजनक मानिसहरूका माझमा काम गर्नुहुनेछ। त्यसकारण, मानिसहरूका माझमा काम गर्ने क्रममा उहाँले सबै परम्पराहरूलाई तोड्नुहुन्छ; उहाँको लागि, “श्रापित,” “सजाय दिइएको” र “आशिषित” भन्ने शब्दहरू अर्थहीन छन्! यहूदी मानिसहरू, इस्राएलका चुनिएका मानिसहरू जस्तै असल छन्; तिनीहरू असल क्षमता र मानवता भएका मानिसहरू हुन्। शुरुमा, तिनीहरूकै माझमा यहोवाले आफ्नो काम शुरु गर्नुभयो र आफ्नो सबैभन्दा शुरुको काम गर्नुभयो—तर तिनीहरूमा आज विजयको काम गर्नु व्यर्थ हुने थियो। तिनीहरू पनि सिर्जित प्राणीहरूको हिस्सा हुन सक्लान्, र तिनीहरूको बारेमा धेरै कुरा सकारात्मक हुन सक्छ, तर तिनीहरूका माझमा कामको यो चरण गर्नुको कुनै अर्थ हुने थिएन; परमेश्वरले मानिसहरूलाई विजय गर्न सक्नुहुने थिएन, न त उहाँले सारा सिर्जित प्राणीलाई विश्वस्त तुल्याउन नै सक्नुहुने थियो, र उहाँको कामलाई विशाल रातो अजिङ्गरको देशका मानिसहरूमा सार्नको कारण पनि ठीक त्यही नै हो। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँले युगको शुरुवात गर्नु, उहाँले सारा नियमहरू र सारा मानव धारणाहरूलाई तोड्नु र सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नु हो। यदि उहाँको हालको कार्यलाई इस्राएलीहरूका माझमा गरिएको भए, छ हजार वर्षे व्यवस्थापन योजना समाप्त भइञ्जेलसम्ममा, सबैले परमेश्वर इस्राएलीहरूका मात्रै परमेश्वर हुनुहुन्छ, इस्राएलीहरू मात्रै परमेश्वरका चुनिएका मानिसहरू हुन्, परमेश्वरको आशिष र प्रतिज्ञाको हकदार हुन योग्य इस्राएलीहरू मात्रै हुन् भनेर विश्वास गर्ने थिए। ठूलो रातो अजिङ्गरको अन्यजाति देशमा आखिरी दिनहरूको अवधिमा भएको परमेश्वरको देहधारणले सारा सृजित प्राणीहरूको परमेश्वरको रूपमा उहाँको काम पूरा गर्नुहुन्छ; उहाँले आफ्नो सम्पूर्ण व्यवस्थापन कामलाई पूरा गर्नुहुन्छ, र उहाँले आफ्नो् कामको केन्द्रीय भाग ठूलो रातो अजिङ्गरको देशमा समाप्त गर्नुहुन्छ। यी तीनवटा चरणहरूको कार्यको केन्द्र भनेको मानिसको मुक्ति हो—अर्थात्, सारासिर्जित प्राणीलाई सृष्टिकर्ताको आराधना गर्ने बनाउनु हो। तसर्थ, कामको हरेक चरणको ठूलो अर्थ हुन्छ; परमेश्वरले अर्थ वा मूल्य विनाको केही पनि गर्नुहुन्न। एकतर्फ, कामको यो चरणले नयाँ युगलाई प्रारम्भ गर्छ र अघिल्ला दुई वटा युगहरूलाई समाप्त गर्छ; अर्कोतर्फ, यसले सारा मानव धारणाहरू र मानव विश्वास र ज्ञानको सबै पुराना शैलीहरूलाई तोड्छ। अघिल्ला दुई युगहरूको काम फरक मानव धारणाहरू अनुसार गरियो; तैपनि, यो चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, जसद्वारा यसले मानवजातिलाई पूर्ण रूपमा विजय गर्छ। मोआबका सन्तानहरूलाई विजय गरेर, मोआबका सन्तानहरूका माझमा गरिएको कामद्वारा, परमेश्वरले ब्रह्माण्डभरिका सारा मानिसहरूलाई विजय गर्नुहुनेछ। उहाँको कामको यो चरणको सबैभन्दा गहन महत्त्व यही नै हो, र उहाँको कामको यो चरणको सबैभन्दा बहुमूल्य पक्ष यही नै हो। तेरो प्रतिष्ठा निम्न छ र तेरो मूल्य थोरै छ भन्ने तँलाई थाहा छ भने पनि, तैँले सबैभन्दा आनन्ददायी कुरा भेटेको छस् भन्ने तैँले अनुभव गर्नेछस्; तँ महान् आशिषको हकदार भएको छस्, तैँले महान् प्रतिज्ञा प्राप्त गरेको छस्, र तैँले परमेश्वरको यो महान् कार्यलाई पूरा गर्न सहायता गर्न सक्छस्। तैँले परमेश्वरको साँचो मुहारलाई हेरेको छस्, तँलाई परमेश्वरको अन्तर्निहित स्वभाव थाहा छ, र तैँले परमेश्वरको इच्छा पछ्याउँछस्। परमेश्वरको कामको अघिल्ला दुई चरणहरू इस्राएलमा गरिए। यदि आखिरी दिनहरूको अवधिमा उहाँको कामको यो चरणलाई पनि इस्राएलीहरूका माझमा नै गरिएको भए, इस्राएलीहरू मात्रै परमेश्वरका चुनिएका मानिसहरू हुन् भन्ने सारा सृजित प्राणीले विश्वास गर्ने मात्र होइन, तर परमेश्वरको सम्पूर्ण व्यवस्थापन योजनाले यसको अपेक्षित परिणाम प्राप्त गर्न असफल हुने थियो। उहाँको कामका दुई वटा चरणहरू इस्राएलमा गरिएका अवधिमा, न त कुनै नयाँ काम, न नयाँ युग शुरु गर्ने कुनै काम नै अन्यजाति राष्ट्रहरू माझमा गरियो। आजको कामको चरण—नयाँ युगलाई प्रारम्भ गर्ने काम—शुरुमा अन्यजाति राष्ट्रहरूका माझमा गरिन्छ, र यसको साथै, यसलाई शुरुमा मोआबका सन्तानहरूका माझमा गरिन्छ, जसद्वारा सम्पूर्ण युगको शुरुवात गरिन्छ। मानव धारणाहरूभित्र निहित भएका कुनै पनि ज्ञानलाई परमेश्वरले तोड्नुभएको छ, कुनैलाई पनि बाँकी रहन दिनुभएको छैन। आफ्नो विजयको काममा, उहाँले मानव धारणाहरू, ती पुराना, ज्ञानका प्रारम्भिक मानव शैलीहरूलाई तोड्नुभएको छ। उहाँले परमेश्वरको लागि कुनै प्रावधानहरू छैन, परमेश्वरको बारेमा पुरानो केही छैन, उहाँले गर्नुहुने काम पूर्ण रूपमा विमुक्त, पूर्ण रूपमा स्वतन्त्र छ, र उहाँले गर्नुहुने सबै काममा उहाँ सहि हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई देखाउनुहुन्छ। उहाँले सिर्जित प्राणीहरूका माझमा गर्नुहुने कुनै पनि काममा तँ पूर्ण रूपमा समर्पित हुनुपर्छ। उहाँले गर्नुहुने सबै कामको अर्थ हुन्छ, र उहाँको आफ्नै अभिप्राय र बुद्धि अनुसार ती गरिन्छन्, र मानव छनौटहरू र धारणाहरू अनुसार होइन। यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छ भने, उहाँले यो गर्नुहुन्छ; अनि यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छैन भने, यो जति नै असल भए पनि उहाँले यो गर्नुहुन्न! उहाँले आफ्नो कामको महत्त्व र उद्देश्यअनुसार काम गर्नुहुन्छ र सोही अनुसार उहाँको कामका प्रापकहरू र स्थान छनौट गर्नुहुन्छ। काम गर्ने क्रममा उहाँले विगतका प्रावधानहरू पालना गर्नुहुन्न, न त उहाँले पुराना सूत्रहरूलाई नै पछ्याउनुहुन्छ। बरु, उहाँले कामको महत्त्वअनुसार आफ्नो कामको योजना बनाउनुहुन्छ। अन्तिममा, उहाँले सच्चा परिणाम र प्रत्याशित लक्ष्य प्राप्त गर्नुहुन्छ। यदि तैँले यी कुराहरूलाई आज बुझिनस् भने, तँमा यो कामको कुनै प्रभाव हुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम
यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबै ठाउँहरूमध्ये सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न सबै देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई विजय गरिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, जो साँचो परमेश्वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई विजय गरिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्नेमा कुनै शङ्का छैन। तसर्थ चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीन अन्धकारका सबै शक्तिहरूको मूर्तरूप हो, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्वरको सबैभन्दा बढी प्रतिरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवजातिको मुख्य नमुना हुन्। यसको अर्थ अरू देशमा कुनै समस्याहरू छैनन् भन्ने होइन; मानिसका धारणाहरू सबै एकै प्रकारका हुन्छन्, अनि ती देशका मानिसहरू असल क्षमताका भए पनि यदि तिनीहरूले परमेश्वरलाई चिन्दैनन् भने तिनीहरूले पक्कै पनि उहाँको विरोध गरिरहेका हुन सक्छन्। किन यहूदीहरूले पनि परमेश्वरको विरोध र उहाँविरुद्ध विद्रोह गरे? किन फरिसीहरूले पनि उहाँको विरोध गरे? किन यहूदाले येशूलाई धोका दिए? त्यो बेला धेरै जना चेलाहरूले येशूलाई चिनेनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि जीवित हुनुभएपछि पनि किन मानिसहरूले अझै उहाँमा विश्वास गरेनन्? के मानिसको विद्रोहीपन सबै एकै प्रकारको छैन र? चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको मात्र हो, अनि जब तिनीहरूलाई विजय गरिन्छ तिनीहरू आदर्श र नमुनाहरू बन्नेछन्, र अरूका निम्ति उदाहरणका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापन योजनाको एक सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह सबैभन्दा पूर्ण रूपमा देखिएका छन् र ती विभिन्न स्वरूपमा प्रकाश भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र मानसिकता पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र सबैभन्दा पछौटे छन्। तिनीहरूको हैसियत पनि निकै तल्लो स्तरको छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो परीक्षण काम सम्पूर्ण रूपमा पूरा गरिएपछि, परमेश्वरले गर्नुहुने त्यसपछिको काम धेरै नै सहज हुनेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछिका कामहरू अवश्य नै अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ। वास्तवमा, तिमीहरूको माझमा काम सफल भएपछि, त्यो सारा ब्रह्माण्डभरि सफलता पाएको बराबर हुनेछ। मैले तिमीहरूलाई आदर्श र नमुनाको रूपमा काम गर्न लगाउनुको महत्त्व यही नै हो। विद्रोहीपन, विरोध, अशुद्धता, अधार्मिकता—यी सबै नै यी मानिसहरूमा पाइन्छ, अनि तिनीहरूमा मानवजातिका सारा विद्रोहीपनको प्रतिनिधित्व गरिएको छ। तिनीहरू साँच्चै केही त हुन्। यसैले तिनीहरूलाई विजयको नमुनाको रूपमा उच्च पारिएको छ, अनि तिनीहरूलाई जितिएपछि तिनीहरू स्वाभाविक रूपले नै अरूका निम्ति नमुना र आदर्शहरू बन्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (२)
परमेश्वरले ब्रह्माण्डभरि आफ्नो कामको सम्पूर्ण ध्यान मानिसहरूको यस समूहमा लगाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: “किनभने हाम्रो हल्का दुःख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्वरलाई सताउँछ अनि त्यो परमेश्वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्वरमा विश्वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरूतुरुन्तै पूरा हुन सक्दैनन्; यसर्थ, मानिसहरू परमेश्वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्वरले उहाँको बुद्धि र उहाँका अचम्मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि यसद्वारा उहाँले महिमा पाउन सक्नुभएको होस्, अनि उहाँले आफ्ना कार्यहरूको साक्षी बन्नेहरूलाई प्राप्त गर्न सक्नुभएको होस्। मानिसहरूको यस समूहका निम्ति परमेश्वरले गर्नुभएका सबै बलिदानको पूर्ण महत्त्व यही नै हो। अर्थात्, उहाँलाई विरोध गर्नेहरूद्वारा नै परमेश्वरले विजयको कार्य गर्नुहुन्छ, र यसरी मात्रै परमेश्वरको महान शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोर देशमा हुनेहरू मात्र परमेश्वरको महिमा प्राप्त गर्न योग्यका हुन्छन्, अनि यसले मात्र परमेश्वरको महान शक्तिमाथि प्रकाश पार्नसक्छ। यसैकारण यही फोहोर देशबाट नै, अनि यही फोहोर देशमा बस्नेहरूबाट नै, परमेश्वरको महिमा प्राप्त गरिन्छ। यस्तै नै छ परमेश्वरको अभिप्राय। येशूको कार्यको चरण यस्तै थियो: उहाँलाई सताउने फरिसीहरूको माझमा मात्रै उहाँले महिमा प्राप्त गर्न सक्नुभयो; फरिसीहरूको सतावट अनि यहूदाको विश्वासघात नभएको भए, येशूलाई उपहास वा निन्दा गरिने थिएन, क्रूसमा टाँगिने कुरा त परै जाओस्, यसर्थ उहाँले महिमा प्राप्त गर्न सक्नुहुनेथिएन। जहाँ परमेश्वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ अनि त्यहीँ नै उहाँले चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। परमेश्वरको कार्यको योजना यही नै हो, अनि उहाँको व्यवस्थापन यही नै हो।
हजारौं वर्षको परमेश्वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ; अर्को चाहिँ आखिरी दिनहरूमा गरिने विजय र सिद्धताको कार्य हो, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ। परमेश्वरको व्यवस्थापन यही हो। यसैकारण तिमीहरूलाई दिइएको परमेश्वरको कार्य वा परमेश्वरको आज्ञालाई हल्का विषयको रूपमा नलेऊ। तिमीहरू सबै नै परमेश्वरको प्रशस्त र अनन्त महिमाको हकवाला हौ र यो विशेष रूपमा परमेश्वरले नै नियुक्त गर्नुभएको थियो। उहाँको महिमाको दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट हुन्छ; परमेश्वरको महिमाको एउटा भागको पूर्णता, यो तिमीहरूकै निजी धन होस् भनेर तिमीहरूलाई प्रदान गरिएको छ। यो परमेश्वरले तिमीहरूमा गर्नुहुने सम्मान हो, अनि यो उहाँले धेरै वर्षअघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने देशमा परमेश्वरले गर्नुभएको कार्यको महानता सम्झँदा, यदि यो कार्यलाई अरू कुनै ठाउँतिर सारिएको भए, यसले धेरै अघि ठूलो फल फलिसक्ने थियो र मान्छेले तत्कालै ग्रहण गर्नेथियो। यसबाहेक, यो काम परमेश्वरमा विश्वास गर्ने पश्चिमका पादरीहरूलाई स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथियो, किनकि येशूद्वारा गरिएको कार्यको चरणले उदाहरणको काम गर्छ। यसैकारण परमेश्वरले महिमा प्राप्त गर्ने कार्यको यो चरण अरू कतै हासिल गर्न सक्नुहुन्न; जब काममा मानिसहरूको समर्थन हुन्छ र राष्ट्रहरूद्वारा मान्यता प्राप्त गरेको हुन्छ, परमेश्वरको महिमा हाबी हुन सक्दैन। यस देशमा कार्यको यस चरणले राख्ने असाधारण महत्त्व यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?
धेरै स्थानहरूमा, परमेश्वरले सिनिमको भूमिमा विजेताहरूको एउटा समूह प्राप्त गर्नुहुनेछ भनी उहाँले अगमवाणी गर्नुभएको छ—विजेताहरू प्राप्त गरिने भनेको संसारको पूर्वमा हो। त्यसैले, परमेश्वरले आफ्नो दोस्रो देहधारणमा पाइला टेक्नुहुने स्थान निस्सन्देह सिनिमको भूमि हो, ठ्याक्कै त्यही ठाउँ जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ। त्यहाँ, परमेश्वरले ठूलो रातो अजिङ्गरका सन्तानहरू प्राप्त गर्नुहुनेछ ताकि त्यो पूर्ण रूपमा पराजित र लज्जित होस्। यी मानिसहरू पूर्ण रूपमा नब्युँझिएसम्म उनीहरूलाई जगाउन र कुइरोबाट बाहिर निस्केर त्यो ठूलो रातो अजिङ्गरलाई इन्कार गर्ने तुल्याउन परमेश्वरले उनीहरूलाई जगाउनुहुनेछ, जो कष्टको बोझले अत्यन्तै दबिएका छन्। उनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, उनीहरूले ठूलो रातो अजिङ्गरको सार चिन्नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्वरलाई दिन सक्षम बन्नेछन्, अन्धकारका शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्वरको विजयको प्रमाण बन्नेछन्। यसरी मात्र परमेश्वरले महिमा प्राप्त गर्नुहुनेछ। यही कारणले गर्दा मात्र, परमेश्वरले इस्राएलमा समाप्त गर्नुभएको काम त्यो देशमा ल्याउनुभयो जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ, र उहाँ जानुभएको करिब दुई हजार वर्षपछि फेरि अनुग्रहको युगको कामलाई निरन्तरता दिन देहमा आउनुभएको छ। मानिसको नाङ्गो आँखाको नजरमा, परमेश्वरले देहमा नयाँ काम सुरु गर्दै हुनुहुन्छ। तर परमेश्वरको दृष्टिमा, केही हजार वर्षको अन्तरालपछि मात्र, अनि उहाँको कामको स्थान र कार्यक्रममा परिवर्तन गरेर उहाँले अनुग्रहको युगको कामलाई निरन्तरता दिँदै हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (६)
तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्वरको कामलाई सृष्टि गरिएको प्राणीको पहिचानबाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्वरका पाइलाहरूलाई कुनै विशेष क्षेत्रमा सीमित पार्नेछैनौ। यस्तो हुन्छ किनभने आजकल धेरै मानिसहरूले परमेश्वर कुनै विशेष राष्ट्र वा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्वरको कामको महत्त्व कति गहन छ, र परमेश्वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसका धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्वर देखा पर्नुभएको खोजी गर्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताका धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरू आफ्नै धारणाहरूको वशमा हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्वरको देखा पराइलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै पनि परमेश्वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।
परमेश्वर सम्पूर्ण मानवजातिको परमेश्वर हुनुहुन्छ। उहाँ आफूलाई कुनै देश वा राष्ट्रको व्यक्तिगत सम्पत्ति मान्नुहुन्न, बरु उहाँ त कुनै पनि स्वरूप, देश वा राष्ट्रमा सीमित नभई, उहाँले योजना गर्नुभएअनुसार आफ्नो काम गर्नुहुन्छ। सायद तैँले यो स्वरूपलाई कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यो स्वरूपप्रति तेरो मनोवृत्ति इन्कारको हुन सक्छ, वा सायद परमेश्वर जुन देशमा वा राष्ट्रमा देखा पर्नुहुन्छ त्यो बस सबैद्वारा भेदभाव गरिएको र पृथ्वीमा सबैभन्दा पछि परेको हुन सक्छ। तैपनि परमश्वरसँग उहाँको बुद्धि छ। उहाँको महान् शक्तिको साथ र उहाँको सत्यता अनि उहाँको स्वभावमार्फत, उहाँले उहाँसँग एउटै मन भएका मानिसहरूको समूहलाई, र उहाँले पूर्ण पार्ने कामना गर्नुभएको मानिसहरूको समूहलाई साँच्चै प्राप्त गर्नुभएको छ—यो उहाँले विजय गर्नुभएको त्यो समूह हो, जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावट सहेर अन्त्यसम्म नै उहाँलाई पछ्याउन सक्छ। कुनै पनि स्वरूप वा देशमा सीमित नरहेको परमेश्वरको देखा पराइको उद्देश्य भनेको, उहाँको काम उहाँले योजना गर्नुभएअनुसार पूरा गर्न उहाँलाई सक्षम तुल्याउनु हो। यो चाहिँ परमेश्वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिलाई छुटकारा दिन क्रूसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्वरका निम्ति यो गर्नु असम्भव छ भनेर विश्वास गर्थे, र तिनीहरूले परमेश्वरलाई देहधारी हुन र प्रभु येशूको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने। तिनीहरूको “असम्भव” नै तिनीहरूले परमेश्वरको निन्दा र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएलको विनाशतर्फ डोऱ्यायो। आज पनि धेरै मानिसहरूले उस्तै गल्ती गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्वरको चाँडै हुने देखा पराइको घोषणा गर्छन्, तैपनि उही बेला परमेश्वरको देखा पराइलाई निन्दा गर्छन्; तिनीहरूको “असम्भव” ले फेरि एकचोटि परमेश्वरको देखा पराइलाई तिनीहरूको कल्पनाका सीमाहरूभित्र सीमित गर्छ। अनि त्यसैले मैले परमेश्वरको वचन पाउँदा धेरै मानिसहरूको उन्मत्त हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको भर्त्सना र ईश्वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौ, तिमीहरूमा तृष्णाको मनोवृत्ति त झनै छैन। तिमीहरू केवल अन्धाधुन्ध अध्ययन गर्छौ, र बेपरवाह भएर पर्खी बस्छौ। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्न सक्छौ? के तिमीहरूले परमेश्वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौ भन्ने तिमीहरूलाई लाग्छ? यदि तँ परमेश्वरका वाणी खुट्ट्याउन सक्दैनस् भने, तँ कसरी परमेश्वरको देखा पराइ देख्न योग्य छस्? परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुनेछ, र त्यहाँ परमेश्वरको आवाज हुनेछ। सत्यता स्वीकार गर्न सक्नेहरूले मात्रै परमेश्वरको आवाज सुन्न सक्नेछन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्वरको देखा पराइ देख्न योग्य हुन्छन्। तेरा धारणा त्यागिदे! आफैलाई शान्त पार् र यी वचनहरूलाई होसियारीसाथ पढ्। तँसँग सत्यताको तृष्णा गर्ने हृदय भएसम्म, परमेश्वरले तैँले उहाँका अभिप्राय र वचन बुझ्नेछस् भनेर तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। तिमीहरूका “असम्भवता” का तर्कलाई त्यागिदेओ! मानिसहरूले कुनै कुरा असम्भव छ भन्ने विश्वास जति धेरै गर्छन्, त्यो हुने सम्भावना त्यति नै धेरै हुन्छ, किनभने परमेश्वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्वरका सोचहरू मानिसका सोचहरूभन्दा उच्च छन्, र परमेश्वरले मानिसका सोच र धारणाका सीमाभन्दा बाहिर आफ्नो काम गर्नुहुन्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसभित्र त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसका धारणाहरूद्वारा जति कल्पना गर्न सकिँदैन, त्यसमा त्यति नै धेरै परमेश्वरका अभिप्रायहरू समावेश हुन्छन्। किनभने, उहाँ जहाँ देखा पर्नुभए पनि, परमेश्वर अझै परमेश्वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने स्थान वा शैलीका कारण उहाँको सार बिलकुलै परिवर्तन हुनेछैन। परमेश्वरका पाइलाहरू चाहे जहाँ भए पनि परमेश्वरको स्वभाव परिवर्तन हुनेछैन, र उहाँका पाइलाहरू चाहे जहाँ भए पनि, उहाँ सबै मानवजातिका परमेश्वर हुनुहुन्छ, जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्वर नभई, एसिया, युरोप र अमेरिकाका सबै मानिसहरूका परमेश्वर हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ सम्पूर्ण ब्रह्माण्डमाथि र ब्रह्माण्डभर एक मात्र परमेश्वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्वरका अभिप्रायको खोजी गरौँ र उहाँका वाणी र वचनहरूमा उहाँको देखा पराइ पत्ता लगाऔँ, र उहाँका पाइलाहरूसँग पाइला मिलाऔँ! परमेश्वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँको देखा पराइ एकैसाथ अस्तित्वमा हुन्छन्, र उहाँको स्वभाव अनि उहाँका पाइलाहरू मानवजातिलाई सदैव सार्वजनिक रूपमा देखाइन्छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरू सबैले यी वचनहरूमा परमेश्वरको देखा पराइ देख्न सक्छौ, तिमीहरूले उहाँका पाइलाहरूसँग गति मिलाउन थाल्नेछौ र नयाँ युगतर्फ लम्कनेछौ, र परमेश्वरको देखा पराइ कुर्नेहरूका लागि उहाँले तयार पार्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्नेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ