५. पुरानो र नयाँ करारको दुवै युगमा, परमेश्वरले इस्राएलमा काम गर्नुभयो। प्रभु येशूले उहाँ आखिरी दिनहरूमा फर्कनुहुनेछ भनी अगमवाणी गर्नुभयो, त्यसैले जब उहाँ फेरि आउनुहुन्छ, उहाँ इस्राएलमा आउनुपर्छ। तैपनि तपाईं प्रभु येशू पहिले नै फर्केर आइसक्नुभएको छ, उहाँ शरीरमा प्रकट हुनुभएको छ र चीनमा आफ्नो काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। चीन एक नास्तिक राजनीतिक दलले शासन गरेको देश हो। कुनै पनि देशमा यहाँ जतिको परमेश्वरको ठूलो विरोध र इसाईहरूको सतावट छैन। प्रभुको पुनरागमन चीनमा कसरी हुन सक्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“किनभने घाम उदाएदेखि अस्ताउञ्जेलसम्म नै अन्यजातिहरूका बिचमा मेरो नाउँ महान् हुनेछ, सेनाहरूका यहोवा भन्नुहुन्छ” (मलाकी १:११)।
“जसरी बिजुली पूर्वबाट चम्किँदा, पश्चिमसम्मै चम्किन्छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। किनभने जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन्” (मत्ती २४:२७-२८)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
परमेश्वर सबै सृजित प्राणीका प्रभु हुनुहुन्छ
अघिल्ला दुइटा युगको कामको एउटा चरण इस्राएलमा र एउटा यहूदियामा सम्पन्न गरिएको थियो। सामान्य रूपमा भन्नुपर्दा, यस कामको कुनै पनि चरण इस्राएलबाहिर गएन, र प्रत्येक चरण प्रथम चुनिएका मानिसहरूमाथि गरियो। फलस्वरूप, इस्राएलीहरू यहोवा परमेश्वर इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छन्। येशूले यहूदियामा काम गर्नुभएको र त्यहाँ उहाँले क्रुसीकरणको काम पूरा गर्नुभएको हुनाले, यहूदीहरू उहाँलाई यहूदी मानिसहरूको उद्धारकर्ताका रूपमा हेर्छन्। तिनीहरू सोच्छन्, उहाँ अरू कुनै मानिसहरूको नभई यहूदीहरूको मात्र राजा हुनुहुन्छ; उहाँ बेलायतीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, न त अमेरिकीहरूलाई छुटकारा दिने प्रभु नै हुनुहुन्छ, बरु इस्राएलीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्छ; उहाँले इस्राएलमा यहूदीहरूलाई नै छुटकारा दिनुभएको थियो। वास्तवमा, परमेश्वर यावत् थोकको सार्वभौम हुनुहुन्छ। उहाँ सबै सृजित प्राणीको परमेश्वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्न, न त यहूदीहरूको मात्र परमेश्वर नै हुनुहुन्छ; उहाँ सबै सृजित प्राणीको परमेश्वर हुनुहुन्छ। उहाँको कामका अघिल्ला दुइटा चरण इस्राएलमा भएका थिए, र यसको परिणामस्वरूप मानिसहरूले निश्चित धारणाहरू विकास गरेका छन्। तिनीहरू यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयम्ले आफ्नो काम यहूदियामा सम्पन्न गर्नुभयो, र त्यसबाहेक, येशूले यो काम देहमा गर्नुभयो भनी विश्वास गर्छन्। कुरा जेसुकै भए पनि, तिनीहरू यो काम इस्राएलबाहिर फैलिएन भन्ने सोच्छन्। परमेश्वरले मिश्रीहरू वा भारतीयहरूमाथि काम गर्नुभएन; उहाँले इस्राएलीहरूमाथि मात्र काम गर्नुभयो। यसरी मानिसहरू विभिन्न धारणाहरू बनाउँछन्, र परमेश्वरको कामलाई एक निश्चित दायरासम्म सीमित गर्छन्। तिनीहरू भन्छन्, परमेश्वरले काम गर्दा चुनिएका मानिसहरूमाथि र इस्राएलमा नै गर्नुपर्छ; परमेश्वर इस्राएलीहरूबाहेक अरू कसैमाथि काम गर्नुहुन्न, न त उहाँको कामको अझ कुनै ठूलो दायरा नै छ। तिनीहरू देहधारी परमेश्वरलाई नियन्त्रणमा राख्ने कुरामा विशेष गरी कडिकडाइ गर्छन्, र उहाँलाई इस्राएलको सिमानाबाहिर जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणा मात्रै होइनन् र? परमेश्वरले सबै स्वर्ग र पृथ्वी अनि यावत् थोक बनाउनुभयो, उहाँले सबै सृजित प्राणी बनाउनुभयो, त्यसैले उहाँले आफ्नो काम इस्राएलमा मात्र कसरी सीमित गर्न सक्नुहुन्थ्यो र? यदि त्यसो भएको भए, उहाँले सबै सृजित प्राणी बनाउनुको के अर्थ हुन्थ्यो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले आफ्नो छ हजार वर्षे व्यवस्थापन योजना इस्राएलमा मात्र नभई ब्रह्माण्डका हरेक व्यक्तिमाथि लागू गर्नुभएको छ। चाहे तँ जोसुकै होस्—चिनियाँ, अमेरिकी, बेलायती, रुसी—हरेक व्यक्ति आदमको सन्तति हो; तिनीहरू सबै परमेश्वरद्वारा बनाइएका हुन्। तिनीहरूमध्ये एक जना पनि सृजित प्राणीहरूको सिमानाबाट उम्कन सक्दैन, र तिनीहरूमध्ये एक जनाले पनि आफूलाई “आदमको सन्तति” भन्ने उपाधिबाट अलग गर्न सक्दैन। तिनीहरू सबै सृजित प्राणी हुन्, तिनीहरू सबै आदमका सन्तान हुन्, र तिनीहरू सबै आदम र हव्वाका भ्रष्ट तुल्याइएका सन्तति पनि हुन्। इस्राएलीहरू मात्र नभई सबै मानिस सृजित प्राणी हुन्; यति मात्र हो, कतिपय श्रापित भएका छन्, र कतिपय आशिषित् भएका छन्। इस्राएलीहरूका बारेमा स्वीकार्य कुराहरू धेरै छन्; तिनीहरू सबैभन्दा कम भ्रष्ट भएका हुनाले परमेश्वरले सुरुमा तिनीहरूमाथि काम गर्नुभयो। चिनियाँहरू तिनीहरूको तुलनामा आउँदैनन्; उनीहरू धेरै कम स्तरका छन्। त्यसैले, परमेश्वरले सुरुमा इस्राएलका मानिसहरूमाझ काम गर्नुभयो, र उहाँको कामको दोस्रो चरण यहूदियामा मात्र लागू गरिएको थियो—जसले गर्दा मानिसहरूमाझ धेरै धारणा र प्रावधानहरू उत्पन्न भएका छन्। वास्तवमा, यदि परमेश्वरले मानव धारणाहरूअनुसार काम गर्नुभएको भए, उहाँ इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुनेथियो, र यसरी उहाँले आफ्नो काम अन्यजाति राष्ट्रहरूमा फैलाउन सक्नुहुनेथिएन, किनकि उहाँ इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुनेथियो, र सबै सृजित प्राणीको परमेश्वर हुनुहुनेथिएन। अगमवाणीहरूले यहोवाको नाम अन्यजाति राष्ट्रहरूमाझ महान् हुनेछ, यो अन्यजाति राष्ट्रहरूसम्म फैलिनेछ भनी भनेका थिए। यो अगमवाणी किन गरियो? यदि परमेश्वर इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्र काम गर्नुहुनेथियो। यसबाहेक, उहाँले यो काम फैलाउनुहुनेथिएन, र त्यस्तो अगमवाणी गर्नुहुनेथिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, पक्कै पनि आफ्नो काम अन्यजाति राष्ट्रहरूमाझ, हरेक देश र सबै भूमिमा फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नैपर्छ; यो उहाँको योजना हो, किनकि उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने प्रभु, र सबै सृजित प्राणीको परमेश्वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूमाथि, वा सम्पूर्ण यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्ने काम सम्पूर्ण ब्रह्माण्डको काम, र सम्पूर्ण मानवजातिको काम हो। आज उहाँले ठूलो रातो अजिङ्गरको देशमा—अन्यजाति राष्ट्रमा—गर्ने काम पनि सम्पूर्ण मानवजातिकै काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्थ्यो; त्यसैगरी, चीन पनि अन्यजाति राष्ट्रहरूमाझ उहाँको कामको आधार हुन सक्छ। के उहाँले अब “यहोवाको नाम अन्यजाति राष्ट्रहरूमाझ महान् हुनेछ” भन्ने अगमवाणी पूरा गर्नुभएको छैन र? अन्यजाति राष्ट्रहरूमाझ उहाँको कामको पहिलो कदम यही काम, उहाँले ठूलो रातो अजिङ्गरको देशमा गर्ने काम हो। देहधारी परमेश्वरले यस भूमिमा काम गर्नुपर्छ, र यी श्रापित मानिसहरूमाथि काम गर्नुपर्छ भन्ने कुरा मानव धारणाहरूसँग विशेष गरी बाझिन्छ; यिनीहरू सबैभन्दा तल्लो स्तरका मानिस हुन्, तिनीहरूको कुनै मूल्य छैन, र तिनीहरू सुरुमा यहोवाद्वारा त्यागिएका थिए। मानिसहरू अरू मानिसद्वारा त्यागिन सक्छन्, तर यदि तिनीहरू परमेश्वरद्वारा त्यागिए भने, तिनीहरूभन्दा हैसियतविहीन अरू कोही हुँदैन, तिनीहरूभन्दा कम मूल्यको अरू कोही हुँदैन। सृजित प्राणीका हकमा, शैतानको अधीनमा पर्नु वा मानिसहरूद्वारा त्यागिनु धेरै पीडा हुने कुरा हो—तर सृजित प्राणी सृष्टिकर्ताद्वारा त्यागिनुको अर्थ उसको हैसियत त्योभन्दा तल हुन सक्दैन भन्ने हो। मोआबका सन्ततिहरू श्रापित थिए, र तिनीहरू यस पिछडिएको देशमा जन्मिए; निस्सन्देह, अन्धकारको प्रभावमुनि रहेका सबै मानिसमध्ये मोआबका सन्ततिहरूको हैसियत सबैभन्दा निम्न छ। यी मानिसहरू अहिलेसम्म सबैभन्दा निम्न हैसियतका भएका हुनाले, तिनीहरूमाथि गरिएको कामले मानव धारणाहरूलाई सबैभन्दा बढी चकनाचुर पार्छ, र त्यो परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजनाको सम्पूर्ण कामका लागि सबैभन्दा लाभदायक पनि छ। यी मानिसहरूमाथि यस्तो काम गर्दा मानव धारणाहरूलाई सबैभन्दा राम्ररी चकनाचुर पार्न सकिन्छ, र यसैद्वारा परमेश्वर एउटा युग आरम्भ गर्नुहुन्छ; यसैद्वारा उहाँ सबै मानव धारणाहरूलाई चकनाचुर पार्नुहुन्छ; यसैद्वारा उहाँ सम्पूर्ण अनुग्रहको युगको काम अन्त्य गर्नुहुन्छ। उहाँको प्रारम्भिक काम यहूदियामा, इस्राएलको सिमानाभित्र लागू गरिएको थियो, अन्यजाति राष्ट्रहरूमाझ, उहाँले नयाँ युग आरम्भ गर्न कुनै काम गर्नुभएन। कामको अन्तिम चरण अन्यजातिहरूमाथि मात्र लागू गरिँदैन, बरु श्रापित भएकाहरूमाथि अझ बढी गरिन्छ। यो एउटा पक्ष शैतानलाई अपमानित गर्न सबैभन्दा सक्षम प्रमाण हो, र यसरी, परमेश्वर ब्रह्माण्डका सबै सृजित प्राणीको परमेश्वर, यावत् थोकको प्रभु, जीवन भएका सबै कुराका लागि आराधनाको पात्र “बन्नुहुन्छ”।
आज, परमेश्वरले कुन नयाँ काम सुरु गर्नुभएको छ भनी अझै नबुझ्नेहरू पनि छन्। अन्यजाति राष्ट्रहरूमाझ, परमेश्वरले एउटा नयाँ सुरुवात ल्याउनुभएको छ। उहाँले एउटा नयाँ युग सुरु गर्नुभएको छ, र नयाँ कामको थालनी गर्नुभएको छ—र उहाँ यो काम मोआबका सन्ततिहरूमाथि गर्नुहुन्छ। के यो उहाँको सबैभन्दा नयाँ काम होइन र? युगौँयुगदेखि कसैले पनि यो काम पहिले कहिल्यै अनुभव गरेको छैन। कसैले यसबारे सुनेको समेत छैन, झन् यसलाई बुझ्ने त कुरै छोडौँ। परमेश्वरको बुद्धि, परमेश्वरको आश्चर्यकर्म, परमेश्वरको अथाहपन, परमेश्वरको महानता, र परमेश्वरको पवित्रता सबै कामको यस चरण, आखिरी दिनहरूको काममार्फत प्रकट हुन्छन्। के यो नयाँ काम, मानव धारणाहरूलाई चकनाचुर पार्ने काम होइन र? यसरी सोच्नेहरू पनि छन्: “परमेश्वरले मोआबलाई श्राप दिनुभएकाले र उहाँले मोआबका सन्ततिहरूलाई त्याग्ने भन्नुभएकाले, अब उहाँले तिनीहरूलाई कसरी मुक्ति दिन सक्नुहुन्थ्यो र?” यिनीहरू परमेश्वरद्वारा श्रापित भएका र इस्राएलबाट निकालिएका अन्यजाति हुन्; इस्राएलीहरू तिनीहरूलाई “अन्यजाति कुकुर” भन्थे। सबैको दृष्टिकोणमा, तिनीहरू अन्यजाति कुकुर मात्र होइनन्, त्योभन्दा खराब, विनाशका पुत्र हुन्; अर्थात्, तिनीहरू परमेश्वरका चुनिएका मानिस होइनन्। सुरुमा तिनीहरू इस्राएलको सिमानाभित्र जन्मेका भए पनि, तिनीहरू इस्राएलका मानिसहरूको भाग होइनन्, र तिनीहरूलाई निष्कासित गरेर अन्यजाति राष्ट्रहरूमा पठाइएको थियो। तिनीहरू मानिसहरूमध्यै सबैभन्दा निम्न स्तरका हुन्। तिनीहरू मानवजातिमध्ये सबैभन्दा निम्न स्तरका भएकाले नै परमेश्वर तिनीहरूमाथि नयाँ युगको आरम्भ गर्ने आफ्नो काम सम्पन्न गर्नुहुन्छ, किनकि तिनीहरू भ्रष्ट मानवजातिका प्रतिनिधि हुन्। परमेश्वरको काम अन्धाधुन्ध वा उद्देश्यविहीन हुँदैन; उहाँले आज यी मानिसहरूमाथि गर्ने काम सृजित प्राणीहरूमाथि गरिने काम पनि हो। नोआ सृजित प्राणी थिए, उनका सन्ततिहरू पनि त्यस्तै हुन्। संसारमा मासु र रगतले बनेको जोकोही सृजित प्राणी हो। परमेश्वरको काम सबै सृजित प्राणीप्रति लक्षित हुन्छ; यो कोही सृष्टि गरिएपछि श्रापित भयो कि भएन भन्ने कुरामा निर्भर हुँदैन। उहाँको व्यवस्थापन काम सबै सृजित प्राणीप्रति लक्षित हुन्छ, श्रापित नभएका ती चुनिएका मानिसहरूप्रति होइन। परमेश्वरले आफ्नो काम आफ्ना सृजित प्राणीहरूमाथि गर्ने अभिप्राय राख्नुहुने हुनाले, पक्कै पनि यसलाई सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, र उहाँले ती मानिसहरूमाथि काम गर्नुहुनेछ जो उहाँको कामका लागि लाभदायक छन्। त्यसकारण, मानिसहरूमाथि काम गर्नुहुँदा उहाँ सबै प्रावधान तोड्नुहुन्छ; उहाँका लागि “श्रापित,” “सजाय पाएको” र “आशिषित्” भन्ने शब्दहरू अस्तित्वमा हुँदैनन्! यहूदी मानिसहरू असल छन्, इस्राएलका चुनिएका मानिसहरू पनि असल छन्; तिनीहरू उच्च क्षमता र असल मानवता भएका मानिस हुन्। सुरुमा, यहोवाले तिनीहरूमाथि नै उहाँको कामको आरम्भ गर्नुभयो, र उहाँको सबैभन्दा प्रारम्भिक काम गर्नुभयो—तर आज तिनीहरूलाई विजयको कामको प्रापक बनाउनु अर्थहीन हुनेछ। तिनीहरू पनि सृजित प्राणीको भाग हुन सक्छन्, र तिनीहरूका बारेमा सकारात्मक कुरा धेरै हुन सक्छन्, तर तिनीहरूमाथि कामको यो चरण सम्पन्न गर्नु व्यर्थ हुनेछ; यसले मानिसहरूलाई विजय गर्न सक्नेछैन, न त यसले सबै सृजित प्राणीलाई विश्वस्त पार्न नै सक्नेछ। यो नै उहाँको कामलाई ठूलो रातो अजिङ्गरको देशका यी मानिसहरूमा सार्नुको उद्देश्य हो। यहाँ सबैभन्दा ठूलो महत्त्वको कुरा भनेको उहाँले एउटा युगको आरम्भ गर्नु, उहाँले सबै प्रावधान र सबै मानव धारणा तोड्नु र उहाँले सम्पूर्ण अनुग्रहको युगको काम अन्त्य गर्नु हो। यदि उहाँको वर्तमान काम अझै पनि इस्राएलीहरूमाथि लागू गरिन्थ्यो भने, उहाँको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुँदासम्म, सबैले परमेश्वर इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्छ, इस्राएलीहरू मात्र परमेश्वरका चुनिएका मानिस हुन्, र इस्राएलीहरू मात्र परमेश्वरको आशिष् र प्रतिज्ञाको उत्तराधिकारी बन्न योग्य छन् भनी विश्वास गर्नेथिए। आखिरी दिनहरूको दौरान ठूलो रातो अजिङ्गरको अन्यजाति देशमा भएको परमेश्वरको देहधारणले सबै सृजित प्राणीको परमेश्वर हुने उहाँको काम सम्पन्न गर्छ, उहाँको सम्पूर्ण व्यवस्थापनको कार्य पूरा गर्छ, र उहाँको व्यवस्थापन कामको चुरो भागलाई ठूलो रातो अजिङ्गरको देशमा समाप्त गर्छ। कामका यी तीन चरणको चुरो मानिसको मुक्ति—अर्थात्, सबै सृजित प्राणीलाई सृष्टिकर्ताको आराधना गर्न लगाउनु हो। तसर्थ, कामको प्रत्येक चरणको ठूलो अर्थ छ; परमेश्वर अर्थ वा महत्त्वविनाको कुनै काम गर्नुहुन्न। एकातिर, कामको यस चरणले एउटा नयाँ युग ल्याउँछ र अघिल्ला दुइटा युगलाई अन्त्य गर्छ; अर्कोतिर, यसले मानिसहरूका सबै धारणा र मानिसहरूको विश्वास गर्ने सबै पुराना तरिका र कामकुरा बुझ्ने पुराना तरिकाहरूलाई चकनाचुर पार्छ। अघिल्ला दुइटा युगको काम विभिन्न मानव धारणाहरूअनुसार सम्पन्न गरिएको थियो; तर यस चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, यसरी मानवजातिलाई पूर्ण रूपमा विजय गर्छ। मोआबका सन्ततिहरूलाई विजय गरेर, मोआबका सन्ततिहरूमाथि गरिएको काममार्फत, परमेश्वरले सम्पूर्ण ब्रह्माण्डका मानिसहरूलाई विजय गर्नुहुनेछ। उहाँको कामको यस चरणको सबैभन्दा गहन अर्थ यही हो, र यो उहाँको कामको यस चरणको सबैभन्दा मूल्यवान् पक्ष हो। अब तँलाई तेरो आफ्नै स्थान निम्न स्तरको छ र तँ निम्न मूल्यको होस् भन्ने थाहा भए पनि, तँलाई अझै पनि तैँले यति ठूलो आशिष्को उत्तराधिकार पाएको छस् र यति ठूलो प्रतिज्ञा प्राप्त गरेको छस्, र तैँले परमेश्वरको यो महान् काम सम्पन्न गर्नका लागि मद्दत गर्न, परमेश्वरको साँचो मुहार हेर्न, परमेश्वरको अन्तर्निहित स्वभाव चिन्न, र परमेश्वरको इच्छा पालन गर्न सक्छस् भन्ने महसुस हुनेछ, जुन तँलाई सबैभन्दा आनन्ददायी कुरा लाग्नेछ। परमेश्वरको कामका अघिल्ला दुइटा चरण इस्राएलमा सम्पन्न गरिएका थिए। यदि आखिरी दिनहरूमा उहाँको कामको यो चरण पनि इस्राएलीहरूमाथि लागू गरिएको भए, सबै सृजित प्राणीले इस्राएलीहरू मात्र परमेश्वरका चुनिएका मानिस हुन् भनी विश्वास गर्ने मात्र नभई परमेश्वरको सम्पूर्ण व्यवस्थापन योजनाले पनि त्यसको चाहेको नतिजा हासिल गर्न सक्नेथिएन। इस्राएलमा उहाँको कामका दुइटा चरण लागू गरिएको समयमा, अन्यजाति राष्ट्रहरूमाझ न त कुनै नयाँ काम—न त नयाँ युगको आरम्भ गर्ने कुनै काम—नै लागू गरियो। कामको आजको चरण—एउटा नयाँ युगको आरम्भ गर्ने काम—पहिले अन्यजाति राष्ट्रहरूमा लागू गरिन्छ, र त्यसबाहेक, सुरुमा मोआबका सन्ततिहरूमाथि लागू गरिन्छ, यसरी सम्पूर्ण युगको आरम्भ हुन्छ। परमेश्वरले मानव धारणाहरूभित्र रहेको कुनै पनि ज्ञानलाई चकनाचुर पार्नुभएको छ, त्यो कुनै पनि रहन दिनुभएको छैन। उहाँले आफ्नो विजयको काममा, मानव धारणाहरू र मानिसहरूका कामकुरा बुझ्ने पुराना, पहिलेका तरिकाहरूलाई चकनाचुर पार्नुभएको छ। उहाँ मानिसहरूलाई परमेश्वरसँग कुनै प्रावधानहरू छैनन्, परमेश्वरबारे कुनै कुरा पुरानो छैन, उहाँले गर्ने काम पूर्ण रूपमा मुक्त, पूर्ण रूपमा स्वतन्त्र छ, र उहाँ आफूले गर्ने सबै कुरामा सही हुनुहुन्छ भनेर देखाउनुहुन्छ। तँ उहाँले सृजित प्राणीहरूमाथि गर्ने कुनै पनि कामप्रति पूर्ण रूपमा समर्पित हुनैपर्छ। उहाँले गर्ने सबै कामको अर्थ हुन्छ, र त्यो मानव रोजाइ र धारणाहरूअनुसार नभई उहाँको आफ्नै अभिप्राय र बुद्धिअनुसार सम्पन्न गरिन्छ। यदि कुनै कुरा उहाँको कामका लागि लाभदायक छ भने, उहाँ त्यो गर्नुहुन्छ; र यदि कुनै कुरा उहाँको कामका लागि लाभदायक छैन भने, त्यो जतिसुकै राम्रो भए पनि उहाँ गर्नुहुन्न! उहाँ आफ्नो कामको अर्थ र उद्देश्यअनुसार काम गर्नुहुन्छ अनि उहाँको कामका प्रापकहरू र स्थान छनौट गर्नुहुन्छ। उहाँ काम गर्दा, विगतका प्रावधानहरू पालन गर्नुहुन्न, न त उहाँ पुराना सूत्रहरू नै पालना गर्नुहुन्छ। बरु, उहाँ कामको महत्त्वअनुसार आफ्नो कामको योजना बनाउनुहुन्छ। अन्ततः उहाँले एउटा वास्तविक परिणाम र अपेक्षित लक्ष्य हासिल गर्नुहुनेछ। यदि आज तैँले यी कुराहरू बुझिनस् भने, यस कामले तँमा कुनै प्रभाव पार्नेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम
यहोवाको काम संसारको सृष्टि थियो, यो सुरुवात थियो; कामको यो चरण कामको अन्त्य हो र यो समापन हो। सुरुमा, परमेश्वरको काम इस्राएलका चुनिएका मानिसहरूमाझ गरिएको थियो, र यो सबैभन्दा पवित्र स्थानमा गरिएको अभूतपूर्व काम थियो। कामको अन्तिम चरण संसारलाई न्याय गर्न र युगलाई अन्त्य गर्न सबैभन्दा फोहोरी देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्वरको काम सबैभन्दा उज्यालो स्थानमा गरिएको थियो, र अन्तिम चरण सबैभन्दा अँध्यारो स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, उज्यालो ल्याइनेछ, र सबै मानिसमाथि विजय हासिल गरिनेछ। जब यस सबैभन्दा फोहोरी र सबैभन्दा अँध्यारो स्थानका मानिसहरूमाथि विजय हासिल गरिसकिएको हुन्छ, र सम्पूर्ण जनसङ्ख्याले परमेश्वर हुनुहुन्छ, जो साँचो परमेश्वर हुनुहुन्छ भनी स्वीकार गरेका हुन्छन्, र हरेक व्यक्ति पूर्ण रूपमा विश्वस्त भएको हुन्छ, तब यो तथ्य सम्पूर्ण ब्रह्माण्डमाथि विजय हासिल गर्ने काम गर्न प्रयोग गरिनेछ। कामको यो चरण प्रतिनिधिमूलक छ। यस युगको काम समाप्त भइसकेपछि, छ हजार वर्षे व्यवस्थापनको काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अँध्यारो स्थानमा भएकाहरूमाथि विजय हासिल गरिसकेपछि, अरू सबै ठाउँमा पनि त्यसै हुनेछ भनेर भनिरहनु पर्दैन। त्यसकारण, चीनमा गरिने विजयको कामले मात्र प्रतिनिधिमूलक महत्त्व राख्छ। चीन अन्धकारका सबै शक्तिको मूर्तरूप हो, र चीनका मानिसहरूले देहका, शैतानका र सांसारिकताका सबै मानिसको प्रतिनिधित्व गर्छन्। चिनियाँ मानिसहरू नै ठूलो रातो अजिङ्गरद्वारा सबैभन्दा बढी भ्रष्ट तुल्याइएका छन्, जसले परमेश्वरको सबैभन्दा घोर विरोध गर्छन्, जसको मानवता सबैभन्दा नीच र सबैभन्दा फोहोरी छ, र त्यसैले तिनीहरू सम्पूर्ण भ्रष्ट मानवजातिका मूल रूप हुन्। यसको अर्थ अन्य देशहरूमा पटक्कै समस्या छैन भन्ने होइन; मानिसका धारणाहरू सबै उस्तै हुन्छन्, र यी देशका मानिसहरू राम्रो क्षमताका हुन सक्ने भए पनि, यदि तिनीहरू परमेश्वरलाई चिन्दैनन् भने, तिनीहरू उहाँको विरोध पक्कै गर्छन्। यहूदीहरूले पनि किन परमेश्वरको विरोध गरे र उहाँको विरुद्ध विद्रोह गरे? फरिसीहरूले पनि किन उहाँको विरोध गरे? यहूदाले किन येशूलाई विश्वासघात गरे? त्यसबेला, धेरै चेलाले येशूलाई चिनेका थिएनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि बौरिउठ्नुभएपछि पनि मानिसहरूले किन अझै उहाँमा विश्वास गरेनन्? के मानिसको विद्रोहीपन सबै उस्तै होइनन् र? यति मात्र हो कि, चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको छ, र जब तिनीहरूमाथि विजय हासिल गरिन्छ, तब तिनीहरू नमुना र प्रतिरूप बन्नेछन्, अनि अरूका लागि सन्दर्भका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापनको योजनाका सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा नै भ्रष्टता, फोहोरीपन, अधार्मिकता, विरोध, र विद्रोहीपन सबैभन्दा पूर्ण रूपमा देखिन्छन् र ती तिनका सबै विविध रूपमा प्रकट हुन्छन्। एकातिर, तिनीहरू कमजोर क्षमताका छन्, र अर्कोतिर, तिनीहरूको जीवन र मानसिकता पिछडिएको छ, अनि तिनीहरूको बानी, सामाजिक वातावरण, जन्मिएको परिवार—सबै कमजोर र सबैभन्दा पिछडिएका छन्। तिनीहरूको हैसियत पनि निम्न छ। यस स्थानको काम प्रतिनिधिमूलक छ, र यो परीक्षण काम पूर्ण रूपमा गरिसकिएपछि, परमेश्वरको त्यसपछिको काम अझ धेरै सजिलो हुनेछ। कामको यो चरण पूरा भएपछि, त्यसपछिको काम पटक्कै गाह्रो हुनेछैन। कामको यो चरण सम्पन्न भइसकेपछि, ठूलो सफलता पूर्ण रूपमा हासिल भएको हुनेछ, र सम्पूर्ण ब्रह्माण्डमा विजयको काम पूर्ण रूपमा समाप्त भएको हुनेछ। वास्तवमा, तिमीहरूमाझको काम सफल भइसकेपछि, यो सम्पूर्ण ब्रह्माण्डमा हासिल भएको सफलता बराबर हुनेछ। यो नै मैले तिमीहरूलाई नमुना र उदाहरणका रूपमा कार्य गर्न लगाउनुको महत्त्व हो। विद्रोहीपन, विरोध, फोहोरीपन, अधार्मिकता—यी सब कुरा यी मानिसहरूमा पाउन सकिन्छ र तिनीहरूमा मानवजातिको सम्पूर्ण विद्रोहीपनको प्रतिनिधित्व भएको छ। तिनीहरू साँच्चै केही खास हुन्। यसर्थ, तिनीहरूलाई विजयको मुख्य प्रतीकका रूपमा खडा गरिन्छ, र तिनीहरूमाथि विजय हासिल गरिसकिएपछि तिनीहरू स्वाभाविक रूपमा अरूका लागि उदाहरण र नमुना बन्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (२)
परमेश्वरले ब्रह्माण्डमा आफ्नो कामको सम्पूर्ण ध्यान मानिसहरूको यस समूहमा लगाउनुभएको छ। उहाँले तिमीहरूका लागि आफ्नो सारा रगत-पसिनाको बलिदान गर्नुभएको छ; उहाँले ब्रह्माण्डमा रहेको आत्माको सबै काम फिर्ता लिएर तिमीहरूलाई दिनुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि, उहाँका चुनिएका मानिसहरूदेखि, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहमार्फत पूर्ण रूपमा प्रकट गर्नुहुनेछ। त्यसकारण, परमेश्वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, र त्योभन्दा पनि बढी, तिमीहरू परमेश्वरको महिमाको उत्तराधिकार प्राप्त गर्ने मानिस हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: “किनभने हाम्रो हल्का दुःख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्वरलाई सताउँछ अनि त्यो परमेश्वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्वरमा विश्वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्वरले आफ्नो काम परमेश्वरको विरोध गर्ने भूमिमा गर्ने हुनाले, उहाँको सबै कामले भयङ्कर अवरोधहरू सामना गर्छ, र उहाँका धेरै वटा वचन तुरुन्तै पूरा गर्न सकिँदैन; यसर्थ, मानिसहरूलाई परमेश्वरका वचनहरूका कारण शोधन गरिन्छ, र त्यो पनि दुःखकै पाटो हो। ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम गर्न परमेश्वरलाई भयङ्कर गाह्रो हुन्छ, तर यही कठिनाइमार्फत परमेश्वरले एक चरणको आफ्नो काम गर्नुहुन्छ, ताकि उहाँले आफ्नो बुद्धि र उहाँका अचम्मका कार्यहरू प्रकाश गर्न सक्नुहोस्, अनि परमेश्वरले यो अवसरलाई प्रयोग गरेर मानिसहरूको यो समूहलाई पूर्ण पार्नुहुन्छ। मानिसहरूको दुःख भोगाइमार्फत, तिनीहरूको क्षमतामार्फत, अनि यस फोहोरी भूमिका मानिसहरूको सारा शैतानी स्वभावमार्फत नै परमेश्वरले आफ्नो शुद्धीकरण र विजयको काम गर्नुहुन्छ, ताकि यसबाट उहाँले महिमाका साथै उहाँका कार्यहरूको साक्षी दिने सबैलाई प्राप्त गर्न सक्नुभएको होस्। परमेश्वरले मानिसहरूको यस समूहका निम्ति चुकाउनुभएको सारा मूल्यको पूर्ण महत्त्व यस्तो छ। अर्थात्, परमेश्वर उहाँको विरोध गर्नेहरूमार्फत नै विजयको काम गर्नुहुन्छ, र यसरी मात्रै परमेश्वरको महान् शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोरी भूमिमा रहेकाहरू मात्र परमेश्वरको महिमाको उत्तराधिकार हुन लायक छन्, र यसले मात्र परमेश्वरको महान् शक्तिमाथि प्रकाश पार्न सक्छ। यसैकारण त्यही फोहोरी भूमिबाट, र त्यही फोहोरी भूमिमा बस्नेहरूबाट नै परमेश्वरले महिमा प्राप्त गर्नुहुन्छ—परमेश्वरको अभिप्राय त्यस्तो छ। यो ठ्याक्कै येशूको कामको चरण जस्तै छ: उहाँ आफूलाई सताउने फरिसीहरूका माझमा मात्र महिमा प्राप्त गर्न सक्नुहुन्थ्यो; फरिसीहरूको सतावट र यहूदाको विश्वासघात नहुने हो भने, येशूलाई उपहास वा अपमान गरिएको हुनेथिएन, क्रूसमा टाँगिनु त झनै परको कुरा हो, र उहाँले महिमा प्राप्त गर्न सक्नुभएको हुनेथिएन। जहाँ परमेश्वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ र त्यहीँ नै उहाँले प्राप्त गर्न चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। यो नै परमेश्वरको कामको योजना हो, र यो नै उहाँको व्यवस्थापन हो।
परमेश्वरका केही हजार वर्षको योजनामा, देहमा कामका दुई भाग गरिन्छन्: पहिलो क्रूसीकरणको काम हो, जसका लागि उहाँ महिमा प्राप्त गर्नुहुन्छ; अर्को आखिरी दिनहरूमा गरिने विजय र सिद्धीकरणको काम हो, जसका लागि उहाँ महिमा प्राप्त गर्नुहुन्छ। परमेश्वरको व्यवस्थापन यही हो। त्यसैले परमेश्वरको काम, वा परमेश्वरले तिमीहरूलाई दिनुभएको आज्ञालाई सामान्य कुराका रूपमा नलिऊ। तिमीहरू सबै परमेश्वरको महिमाको अत्यन्तै अत्यधिक र अनन्त भारको उत्तराधिकार प्राप्त गर्नेहरू हौ, र यो परमेश्वरद्वारा विशेष रूपमा नियोजित थियो। उहाँको महिमाका दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट गरिन्छ; परमेश्वरको महिमाको एउटा भागको सम्पूर्णता तिमीहरूलाई दिइएको छ, ताकि यो तिमीहरूको उत्तराधिकार हुन सकोस्। यो त परमेश्वरले तिमीहरूलाई उचाल्नुभएको हो, र यो उहाँले धेरै अघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने भूमिमा परमेश्वरले गर्नुभएको कामको महान्तालाई विचार गर्दा, यदि यो काम अन्यत्र सारिएको भए, यसले धेरै अघि नै ठूलो फल फलाउनेथ्यो र मानिसले यसलाई सहजै स्वीकार गर्नेथ्यो। यसबाहेक, परमेश्वरमा विश्वास गर्ने पश्चिमका ती पादरीहरूका लागि यो काम स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथ्यो, किनभने येशूको कामको चरण एउटा नजिरका रूपमा रहेको छ। यसैकारण परमेश्वर महिमा प्राप्त गर्ने कामको यो चरण अन्यत्र हासिल गर्न सक्नुहुन्न; जब कामलाई मानिसहरूले समर्थन गर्छन् र राज्यले मान्यता दिन्छ, तब परमेश्वरको महिमा स्थापित हुने कुनै ठाउँ हुँदैन। यस भूमिमा कामको यस चरणले बोक्ने असाधारण महत्त्व ठ्याक्कै यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?
धेरै वटा ठाउँमा, परमेश्वरले अगमवाणी गर्नुभएको छ कि उहाँले सिनिमको भूमिमा विजयीहरूको एउटा समूह प्राप्त गर्नुहुनेछ—संसारको पूर्वमा नै विजयीहरू प्राप्त गरिनेछन्। तसर्थ, परमेश्वरले आफ्नो दोस्रो देहधारणमा पाइला टेक्नुहुने ठाउँ निस्सन्देह सिनिमको भूमि हो, ठ्याक्कै त्यही ठाउँ जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ। त्यहाँ, परमेश्वरले ठूलो रातो अजिङ्गरको सन्तानलाई प्राप्त गर्नुहुनेछ ताकि त्यो पूर्ण रूपमा पराजित र लज्जित होस्। परमेश्वरले दुःखो भारीले थिचिएका यी मानिसहरूलाई जगाउनुहुनेछ, पूर्ण रूपमा नबिउँझेसम्म तिनीहरूलाई झकझकाउनुहुनेछ, र तिनीहरूलाई कुहिरोबाट बाहिर निस्कन र ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ। तिनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्वरलाई दिन सक्षम हुनेछन्, काला शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्वरको विजयको प्रमाण बन्नेछन्। यसरी मात्र परमेश्वरले महिमा प्राप्त गर्नुहुनेछ। यही कारणले गर्दा मात्र, परमेश्वरले इस्राएलमा समाप्त भएको कामलाई ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको देशमा ल्याउनुभयो र, प्रस्थान गरेको झन्डै दुई हजार वर्षपछि, अनुग्रहको युगको कामलाई निरन्तरता दिन उहाँ फेरि एकपटक देहमा आउनुभएको छ। मानिसको नाङ्गो आँखाले हेर्दा, परमेश्वर देहमा नयाँ काम सुरु गर्दै हुनुहुन्छ। तर परमेश्वरको दृष्टिकोणमा, उहाँ अनुग्रहको युगको कामलाई निरन्तरता दिइरहनुभएको छ, तर केही हजार वर्षको अन्तरालपछि मात्र, र उहाँको कामको स्थान र कार्यक्रममा परिवर्तन गरेर मात्र।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (६)
तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्वरको कामलाई सृष्टि गरिएको प्राणीको पहिचानबाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्वरका पाइलाहरूलाई कुनै विशेष क्षेत्रमा सीमित पार्नेछैनौ। यस्तो हुन्छ किनभने आजकल धेरै मानिसहरूले परमेश्वर कुनै विशेष राष्ट्र वा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्वरको कामको महत्त्व कति गहन छ, र परमेश्वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसका धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्वर देखा पर्नुभएको खोजी गर्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताका धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरू आफ्नै धारणाहरूको वशमा हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्वरको देखा पराइलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै पनि परमेश्वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।
परमेश्वर सम्पूर्ण मानवजातिको परमेश्वर हुनुहुन्छ। उहाँ आफूलाई कुनै देश वा राष्ट्रको व्यक्तिगत सम्पत्ति मान्नुहुन्न, बरु उहाँ त कुनै पनि स्वरूप, देश वा राष्ट्रमा सीमित नभई, उहाँले योजना गर्नुभएअनुसार आफ्नो काम गर्नुहुन्छ। सायद तैँले यो स्वरूपलाई कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यो स्वरूपप्रति तेरो मनोवृत्ति इन्कारको हुन सक्छ, वा सायद परमेश्वर जुन देशमा वा राष्ट्रमा देखा पर्नुहुन्छ त्यो बस सबैद्वारा भेदभाव गरिएको र पृथ्वीमा सबैभन्दा पछि परेको हुन सक्छ। तैपनि परमेश्वरसँग उहाँको बुद्धि छ। उहाँको महान् शक्तिको साथ र उहाँको सत्यता अनि उहाँको स्वभावमार्फत, उहाँले उहाँसँग एउटै मन भएका मानिसहरूको समूहलाई, र उहाँले पूर्ण पार्ने कामना गर्नुभएको मानिसहरूको समूहलाई साँच्चै प्राप्त गर्नुभएको छ—यो उहाँले विजय गर्नुभएको त्यो समूह हो, जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावट सहेर अन्त्यसम्म नै उहाँलाई पछ्याउन सक्छ। कुनै पनि स्वरूप वा देशमा सीमित नरहेको परमेश्वरको देखा पराइको उद्देश्य भनेको, उहाँको काम उहाँले योजना गर्नुभएअनुसार पूरा गर्न उहाँलाई सक्षम तुल्याउनु हो। यो चाहिँ परमेश्वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिलाई छुटकारा दिन क्रूसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्वरका निम्ति यो गर्नु असम्भव छ भनेर विश्वास गर्थे, र तिनीहरूले परमेश्वरलाई देहधारी हुन र प्रभु येशूको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने। तिनीहरूको “असम्भव” नै तिनीहरूले परमेश्वरको निन्दा र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएलको विनाशतर्फ डोऱ्यायो। आज पनि धेरै मानिसहरूले उस्तै गल्ती गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्वरको चाँडै हुने देखा पराइको घोषणा गर्छन्, तैपनि उही बेला परमेश्वरको देखा पराइलाई निन्दा गर्छन्; तिनीहरूको “असम्भव” ले फेरि एकचोटि परमेश्वरको देखा पराइलाई तिनीहरूको कल्पनाका सीमाहरूभित्र सीमित गर्छ। अनि त्यसैले मैले परमेश्वरको वचन पाउँदा धेरै मानिसहरूको उन्मत्त हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको भर्त्सना र ईश्वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौ, तिमीहरूमा तृष्णाको मनोवृत्ति त झनै छैन। तिमीहरू केवल अन्धाधुन्ध अध्ययन गर्छौ, र बेपरवाह भएर पर्खी बस्छौ। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्न सक्छौ? के तिमीहरूले परमेश्वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौ भन्ने तिमीहरूलाई लाग्छ? यदि तँ परमेश्वरका वाणी खुट्ट्याउन सक्दैनस् भने, तँ कसरी परमेश्वरको देखा पराइ देख्न योग्य छस्? परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुनेछ, र त्यहाँ परमेश्वरको आवाज हुनेछ। सत्यता स्वीकार गर्न सक्नेहरूले मात्रै परमेश्वरको आवाज सुन्न सक्नेछन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्वरको देखा पराइ देख्न योग्य हुन्छन्। तेरा धारणा त्यागिदे! आफैलाई शान्त पार् र यी वचनहरूलाई होसियारीसाथ पढ्। तँसँग सत्यताको तृष्णा गर्ने हृदय भएसम्म, परमेश्वरले तैँले उहाँका अभिप्राय र वचन बुझ्नेछस् भनेर तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। तिमीहरूका “असम्भवता” का तर्कलाई त्यागिदेओ! मानिसहरूले कुनै कुरा असम्भव छ भन्ने विश्वास जति धेरै गर्छन्, त्यो हुने सम्भावना त्यति नै धेरै हुन्छ, किनभने परमेश्वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्वरका सोचहरू मानिसका सोचहरूभन्दा उच्च छन्, र परमेश्वरले मानिसका सोच र धारणाका सीमाभन्दा बाहिर आफ्नो काम गर्नुहुन्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसभित्र त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसका धारणाहरूद्वारा जति कल्पना गर्न सकिँदैन, त्यसमा त्यति नै धेरै परमेश्वरका अभिप्रायहरू समावेश हुन्छन्। किनभने, उहाँ जहाँ देखा पर्नुभए पनि, परमेश्वर अझै परमेश्वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने स्थान वा शैलीका कारण उहाँको सार बिलकुलै परिवर्तन हुनेछैन। परमेश्वरका पाइलाहरू चाहे जहाँ भए पनि परमेश्वरको स्वभाव परिवर्तन हुनेछैन, र उहाँका पाइलाहरू चाहे जहाँ भए पनि, उहाँ सबै मानवजातिका परमेश्वर हुनुहुन्छ, जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्वर नभई, एसिया, युरोप र अमेरिकाका सबै मानिसहरूका परमेश्वर हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ सम्पूर्ण ब्रह्माण्डमाथि र ब्रह्माण्डभर एक मात्र परमेश्वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्वरका अभिप्रायको खोजी गरौँ र उहाँका वाणी र वचनहरूमा उहाँको देखा पराइ पत्ता लगाऔँ, र उहाँका पाइलाहरूसँग पाइला मिलाऔँ! परमेश्वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँको देखा पराइ एकैसाथ अस्तित्वमा हुन्छन्, र उहाँको स्वभाव अनि उहाँका पाइलाहरू मानवजातिलाई सदैव सार्वजनिक रूपमा देखाइन्छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरू सबैले यी वचनहरूमा परमेश्वरको देखा पराइ देख्न सक्छौ, तिमीहरूले उहाँका पाइलाहरूसँग गति मिलाउन थाल्नेछौ र नयाँ युगतर्फ लम्कनेछौ, र परमेश्वरको देखा पराइ कुर्नेहरूका लागि उहाँले तयार पार्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्नेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ