७. तपाईं प्रभु येशू फर्केर आउनुभएको छ, र उहाँ आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनी गवाही दिनुहुन्छ। तर धार्मिक संसारका पाष्टरहरू र एल्डरहरूले तपाईंले जसमा विश्वास गर्नुहुन्छ उहाँ प्रभु येशू हुनुहुन्न, र सर्वशक्तिमान् परमेश्वरको मण्डली इसाई धर्मसित सम्बन्धित छैन। के यी पाष्टरहरू र एल्डरहरूका वचनहरूको कुनै प्रमाण छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
यहोवाको कामपछि, येशू मानिसमाझ आफ्नो काम गर्न देह बन्नुभयो। उहाँको काम अलग्गै गरिएको थिएन, बरु यहोवाको कामको जगमा टेकेर गरिएको थियो। यो परमेश्वरले व्यवस्थाको युग समाप्त गर्नुभएपछि नयाँ युगका लागि गरेको काम थियो। त्यसै गरी, येशूको काम सकिएपछि, परमेश्वरले अर्को युगका लागि आफ्नो काम जारी राख्नुभयो, किनभने परमेश्वरको सम्पूर्ण व्यवस्थापन सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बितेर जान्छ, त्यसलाई नयाँ युगले प्रतिस्थापन गर्नेछ र पुरानो काम पूरा भएपछि, परमेश्वरको व्यवस्थापनलाई निरन्तरता दिनका लागि नयाँ काम हुनेछ। यो देहधारण परमेश्वरको दोस्रो देहधारण हो, जुन येशूको कामपछि आउँछ। अवश्य नै, यो देहधारण स्वतन्त्र रूपमा भएको होइन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको कामको तेस्रो चरण हो। हरेक पटक परमेश्वरले कामको नयाँ चरण सुरु गर्दा, त्यहाँ सधैँ एउटा नयाँ सुरुवात हुनैपर्छ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनैपर्छ। त्यसै गरी परमेश्वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको कामको स्थानमा र उहाँको नाममा पनि सोहीअनुरूपका परिवर्तनहरू आउँछन्। त्यसैले, मानिसलाई नयाँ युगमा परमेश्वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै आश्चर्य होइन। तर परमेश्वरलाई मानिसले जतिसुकै विरोध गरे पनि, उहाँ सधैँ आफ्नो काम गरिरहनुभएको हुन्छ र सधैँ सम्पूर्ण मानवजातिलाई अगाडि बढाइरहनुभएको हुन्छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूको दौरान, परमेश्वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ र अझ भन्नुपर्दा, तिनीहरू व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यस कामले मानवजातिलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
जुन बेला येशू आफ्नो काम गर्दै हुनुहुन्थ्यो, उहाँबारे मानिसको ज्ञान अझै धमिलो र अस्पष्ट नै थियो। मानिस सधैँ उहाँ दाऊदको पुत्र भएको विश्वास गर्थ्यो, र उहाँ एक महान् अगमवक्ता, मानिसलाई उसका पापहरूबाट छुटकारा दिने परोपकारी प्रभु हुनुहुन्छ भनेर भन्थ्यो। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तर, मानिस आफैभित्र गहिरो जरा गाडेर बसेका शैतानी भ्रष्ट स्वभावहरू पत्ता लाउन असमर्थ थियो, न त उसलाई ती स्वभावहरू कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्थ्यो भने, उसलाई मानकअनुरूपको विश्वासी मानिन्थ्यो। यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले छुटकारा पाउँथे। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध पार्नका लागि हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनका लागि हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति फाल्न असफल हुनेथ्यो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसका भ्रष्ट स्वभावहरू अझै ऊभित्रै रहन्छन्, मानिसले अझै पनि पाप गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्वर वचन प्रयोग गरेर मानिसका भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्न लगाउनुहुन्छ। यस चरणको काम अघिल्लोभन्दा बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई भरणपोषण गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपमा नवीकरण हुन सक्षम बनाउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
येशू र म एउटै आत्माबाट आउँछौँ। हाम्रा देहहरू असम्बन्धित भए पनि, हाम्रा आत्माहरू एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम एउटै नभए पनि, हाम्रो सार एउटै हो; हाम्रा देहहरूले फरक-फरक रूप धारण गर्छन्, तर यो युगमा आएको परिवर्तन र हाम्रो कामका फरक-फरक मागहरूले गर्दा हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसैले हामीले अगाडि ल्याउने काम र हामीले मानिसलाई प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। त्यसैकारण मानिसले आज जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जुन युगमा आएको परिवर्तनले गर्दा हो। उहाँहरूको देहका लिङ्ग र रूप फरक भए पनि, र उहाँहरू एउटै परिवारमा नजन्मनुभएका, एउटै कालखण्डमा त झनै नजन्मनुभएका भए पनि, उहाँहरूको आत्मा एउटै हो। उहाँहरूका देहहरूबीच रगतको वा कुनै पनि प्रकारको शारीरिक नाता नभए पनि, उहाँहरू दुई फरक कालखण्डका परमेश्वरका देहधारी शरीर हुन् भन्ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्वरका देहधारी शरीर हुन् भन्ने कुरा खण्डन गर्न नसकिने सत्यता हो। यद्यपि, उहाँहरू एउटै रगतका हुनुहुन्न र उहाँहरूको साझा मानव भाषा छैन। (एक जना यहूदीहरूको भाषा बोल्ने पुरुष हुनुहुन्थ्यो, र अर्की चिनियाँ भाषा मात्रै बोल्ने महिला हुनुहुन्छ।) यिनै कारणले गर्दा उहाँहरू प्रत्येकले गर्नुपर्ने काम गर्नका लागि उहाँहरू फरक-फरक देशमा, र फरक-फरक कालखण्डमा पनि जिउनुभएको छ। उहाँहरू एउटै आत्माका हुनुहुन्छ—अर्थात्, एउटै सारका हुनुहुन्छ—भन्ने तथ्यको बाबजुद, उहाँहरूको देहका बाहिरी आवरणहरूमा पूर्ण समानता केही पनि छैन। उहाँहरूको साझा कुरा भनेको एउटै मानवता मात्रै हो, तर उहाँहरूको देहको बाहिरी रूप र उहाँहरूको जन्मको परिस्थितिको कुरा गर्नुपर्दा, उहाँहरू उस्तै हुनुहुन्न। यी कुराहरूले उहाँहरूको सम्बन्धित काममा वा उहाँहरूबारे मानिसको ज्ञानमा कुनै प्रभाव पार्दैनन्, किनभने, अन्तिम विश्लेषणमा, उहाँहरू एउटै आत्माका हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। उहाँहरूबीच रगतको सम्बन्ध नभए पनि, उहाँहरूको सम्पूर्ण सत्त्व उहाँहरूको आत्माको नियन्त्रणमा हुन्छ, जसले उहाँहरूलाई फरक-फरक कालखण्डमा फरक-फरक काम गर्न सक्षम बनाउँछ, र उहाँहरूका देहहरू फरक-फरक रगतका हुन्। उदाहरणका लागि, यहोवाको आत्मा येशूका आत्माका पिता हुनुहुन्न, र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्न: उहाँहरू एउटै र उही आत्माका हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्वर र येशूबीच रगतको सम्बन्ध छैन, तर उहाँहरू एक हुनुहुन्छ—किनभने उहाँहरूको आत्मा एक हुनुहुन्छ। परमेश्वर कृपा र प्रेमपूर्ण दयाको काम, साथै मानिसको धर्मी न्याय र सजायको काम, र मानिसमाथि श्राप ल्याउने काम गर्न सक्नुहुन्छ; र अन्त्यमा, उहाँ संसारलाई नष्ट गर्ने र दुष्टहरूलाई दण्ड दिने काम गर्न सक्नुहुन्छ। के उहाँ यी सबै आफैले गर्नुहुन्न र? के यो परमेश्वरको सर्वशक्तिमान्ता होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्ने कुरा छैन भन्ने देखिन्छ र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामका तीन चरणहरूको अवधिमा, परमेश्वर दुई पटक देहधारी हुनुभएको छ र दुवै समयमा देहधारी परमेश्वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्भ गर्छ; देहधारणहरू एकअर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्नु असम्भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारण एउटै स्रोतबाट आउनुहुन्छ कि आउनुहुन्न भन्ने कुरालाई उहाँहरू जन्मनुभएको युग र स्थान वा अन्य त्यस्ता देहगत कारकतत्त्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्न, किनभने परमेश्वरको कामले चलनलाई पालन गर्दैन तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्वरसम्बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्वरको आफ्नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँसम्बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्वरले आफ्नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित बुझ्ने क्षमताको कारण, परमेश्वरसम्बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ र उहाँको ईश्वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्न कामको माध्यमद्वारा उहाँलाई चिन्न दिनको लागि परमेश्वर देहमा आउनुहुन्छ र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन। दुई देहधारी शरीरका काम फरक भए तापनि, देहहरूका सार र उहाँहरूका कामको स्रोत उस्तै छन्; के मात्रै हो भने, उहाँहरू कामका फरक-फरक चरणहरूलाई गर्नका निम्ति अस्तित्वमा हुनुहुन्छ र दुई फरक युगहरूमा देखा पर्नुहुन्छ। जेसुकै भए तापनि, परमेश्वरका देहधारी शरीरहरूको उही सार र उही व्युत्पत्ति छ—यो कसैले पनि नकार्न नसक्ने सत्य हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार