१. तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, र उहाँ आफ्नो काम गर्न मानिस बन्नुभएको छ भनेर गवाही दिनुहुन्छ। यो कसरी सम्भव छ? बाइबल भन्छ, “ए गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूबाट स्वर्गमा उठाइएका यही येशू, जसरी उहाँ स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै आउनुहुनेछ” (प्रेरित १:११)। प्रभु येशूले क्रूसीकरणको काम समाप्त गरिसक्नुभएपछि, उहाँ मरेकोबाट जीवित भई उठ्नुभयो र उहाँका चेलाहरूकहाँ देखा पर्नुभयो। उहाँ एक महिमित आत्मिक शरीर बन्नुभयो र स्वर्गमा उक्लनुभयो। जब प्रभु फेरि आउनुहुन्छ, उहाँ मरेकोबाट फेरि जीवित भई उठेको एक आत्मिक शरीरको रूपमा हामीकहाँ देखा पर्नुपर्छ। तपाईं किन आखिरी दिनहरूमा परमेश्वर मानिस बन्नुपर्छ र मानिसको पुत्रको रूपमा देखा परेर काम गर्नुपर्छ भनी भन्नुहुन्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (लूका १२:४०)।
“किनभने जसरी बिजुली, आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर सुरुमा उसले धेरै कुराहरूको कष्ट भोग्नैपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनैपर्छ” (लूका १७:२४-२५)।
“पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ” (यूहन्ना ५:२२)।
“र न्याय गर्ने अख्तियार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ” (यूहन्ना ५:२७)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर के तँ उहाँका वचनहरूको वास्तविक अर्थ जान्दछस्? के यो उहाँले तिमीहरूको समूहलाई भन्नुभएको हुन सक्छ? तँ यति मात्र जान्दछस्, कि उहाँ जसरी बादलमा सवार भएर जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर परमेश्वर आफैले कसरी आफ्नो काम गर्नुहुन्छ भन्ने के तँलाई ठीकसँग थाहा छ? यदि तँ साँच्चै देख्न सक्थिस् भने, येशूले बोल्नुभएका वचनहरूको व्याख्या कसरी गर्नुपर्छ? उहाँले भन्नुभयो: जब मानिसका पुत्र आखिरी दिनहरूमा आउँदछ, त्यो ऊ आफैले जान्नेछैन, स्वर्गदूतहरूले जान्नेछैनन्, स्वर्गका दूतहरूले जान्नेछैनन्, र सारा मानव जातिले जान्नेछैन। केवल पिताले मात्र जान्नुहुन्छ, अर्थात्, आत्माले मात्र जान्नुहुन्छ। मानिसको पुत्रले आफैले पनि जान्दैन, तापनि, के तँ देख्न र जान्न सक्छस्? यदि तैँले जान्न र आफ्नै आँखाले देख्न सक्थिस् भने, के यी वचनहरू व्यर्थमा बोलिएका हुने थिएनन् र? अनि त्यसबेला येशूले के भन्नुभयो? “तर त्यो दिन र घडीका बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ। तर नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। … यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउनुहुनेछ।” जब त्यो दिन आउँछ, मानिसको पुत्र आफैलाई पनि त्यो थाहा हुँदैन। मानिसका पुत्रले एक सामान्य र साधारण व्यक्ति, परमेश्वरको देहधारी शरीरलाई बुझाउँछ। मानिसका पुत्र आफैलाई पनि थाहा छैन भने तैँले कसरी जान्न सक्छस्? येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ। जब उहाँ आउनुहुन्छ, त्यो उहाँ आफैले पनि थाहा पाउनुहुन्न, त्यसोभए के उहाँले तँलाई पहिल्यैबाट जानकारी दिन सक्नुहुन्छ? के तँ उहाँको आगमनलाई देख्न सक्छस्? के यो ठट्टा होइन?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
परमेश्वर देह बन्नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले भ्रष्ट तुल्याएको छ। मानिसको देह भ्रष्ट तुल्याइएको कारणले नै परमेश्वरले देहको मानिसलाई आफ्नो कामको पात्र बनाउनुभयो; यसका साथै, मानिस भ्रष्टताको पात्र भएकोले परमेश्वरले उसलाई नै आफ्नो मुक्तिको कार्यका सबै चरणहरूको एक मात्र पात्र बनाउनुभयो। मानिस मरणशील प्राणी हो, ऊ देह र रगतको हो र उसलाई मुक्ति दिन सक्ने परमेश्वर मात्रै हुनुहुन्छ। यसरी, आफ्नो काम गर्नको लागि परमेश्वर मानिसका जस्तै गुणहरू भएको देह बन्नुपर्छ, ताकि उहाँको कामले अझै उत्तम प्रभावहरू हासिल गर्न सकोस्। मानिस देहको हो र ऊ पापमाथि विजय प्राप्त गर्न र आफैलाई देहबाट मुक्त गर्न असक्षम छ, ठीक यही कारणले गर्दा आफ्नो काम गर्नको लागि परमेश्वर देह बन्नैपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ
परमेश्वरले मानिसलाई मुक्ति दिने काम सिधै आत्माको माध्यमबाट र आत्माको पहिचानद्वारा गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस उहाँको नजिक जान नै सक्छ। यदि उहाँले मानिसलाई आत्माका रूपमा सिधै मुक्ति दिने प्रयास गर्नुभएको भए, मानिस उहाँको मुक्तिको अनुग्रह पाउन असमर्थ हुनेथ्यो। यदि परमेश्वरले सृजित प्राणीको बाहिरी आवरण धारण नगर्नुभएको भए, मानिससँग यो मुक्तिको अनुग्रह पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादल नजिक कोही पनि जान सकेन, त्यसरी नै मानिस उहाँको नजिक आउने उपाय बिलकुलै छैन। एक सृजित मानव बनेर मात्र, अर्थात्, उहाँको मार्गलाई उहाँ बन्न लाग्नुभएको देहमा हालेर मात्र उहाँलाई पछ्याउनेहरू सबैमा उहाँ व्यक्तिगत रूपमा उक्त मार्ग हालिदिन सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको मार्ग सुन्न र देख्न सक्छ, र उहाँको मार्ग प्राप्त गर्न समेत सक्छ, र यस माध्यमबाट पूर्ण रूपमा मुक्ति पाउन सक्छ। परमेश्वर देह नबन्नुभएको भए, देह र रगतको कसैले पनि त्यस्तो ठूलो मुक्तिको अनुग्रह पाउन सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्वरका आत्माले मानवजातिमाझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजातिलाई नै ढालिनेथियो, वा, परमेश्वरको सम्पर्कमा आउने कुनै उपाय नभएर, तिनीहरूलाई शैतानले पूर्ण रूपमा कैदी बनाउनेथियो। पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको देहको शरीरद्वारा छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र शैतानी भ्रष्ट स्वभावहरू अझै रहिरहे। दोस्रो देहधारण उप्रान्त पापबलिका रूपमा सेवा गर्नका लागि होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो ताकि जसका पापहरू क्षमा गरिएका छन्, तिनीहरू पापबाट मुक्त होऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभाव परिवर्तन हासिल गरून्, र यसरी शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन र परमेश्वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएपछि र अनुग्रहको युग सुरु भएदेखि, परमेश्वरले मुक्तिको कामको सुरुवात गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब परमेश्वर मानवजातिलाई तिनीहरूको विद्रोहीपनका लागि न्याय गर्ने र सजाय दिने काम गर्नुहुन्छ, जसमार्फत मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ। यसपछि मात्र परमेश्वर उहाँको मुक्तिको कामलाई टुङ्ग्याउनुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा चरण मात्र मानिसहरूलाई जीवन जिउन मार्गदर्शन गर्नका लागि हो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। देह बनेर मात्र परमेश्वर मानिससँग बस्न, संसारको कष्ट भोग्न, र सामान्य देहको शरीरमा जिउन सक्नुहुन्छ। यसरी मात्र उहाँ मानिसहरूलाई सृजित प्राणीका रूपमा चाहिने व्यावहारिक मार्ग आपूर्ति गर्न सक्नुहुन्छ। मानिसले परमेश्वरको देहधारणमार्फत नै परमेश्वरबाट पूर्ण मुक्तिको अनुग्रह पाउँछ, उसको आफ्नै याचनामार्फत सिधै स्वर्गबाट पाउँदैन। मानिस देह र रगतको हो, उसले परमेश्वरका आत्मालाई कुनै पनि तरिकाले देख्न सक्दैन, उहाँका आत्माको नजिक त झन् जान सक्दैन, त्यसैले ऊ केवल परमेश्वरको देहधारी शरीरको सम्पर्कमा आउन सक्छ। यस माध्यमबाट मात्र मानिसले सबै मार्ग र सबै सत्यता बोध गर्न साथै पूर्ण मुक्तिको अनुग्रह पाउन सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
देहधारी परमेश्वर देहमा आउनुको एकमात्र कारण भ्रष्ट मानिसहरूका आवश्यकता हो। परमेश्वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो र उहाँका सबै बलिदानहरू र दुःखकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्वर स्वयमको फाइदाका लागि होइनन्। परमेश्वरका लागि कुनै फाइदा र बेफाइदा वा इनाम भन्ने हुँदैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँकै थियो त्यसको कटनी गर्नुहुनेछ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्नका लागि भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर हो। देहमा परमेश्वरले गर्नुहुने काममा विभिन्न अकल्पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामका प्रभावहरू भन्दा निकै बढी हुन्छ। देहको कार्यमा धेरै कठिनाइ समावेश छन् र देहको पहिचान आत्माको पहिचान जस्तो महान् हुन सक्दैन, उहाँले आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्नुहुन्न, उहाँमा आत्माको जस्तै अख्तियार हुन सक्ने कुरा त परै जाओस्। तैपनि उहाँको यस साधारण देहले गर्ने कामको सार आत्माले प्रत्यक्ष रूपमा गर्नुहुने कामभन्दा धेरै नै श्रेष्ठ हुन्छ, र सारा मानवजातिका आवश्यकताहरूको उत्तर यही देह स्वयम् नै हुनुहुन्छ। मुक्ति दिइनेहरूका लागि, आत्माको उपयोगको मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदी, तालतलैया अनि समुद्रहरूलाई समेट्न सक्छ, तैपनि देहको काम उहाँ सम्पर्कमा आउनुहुने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्बन्धित हुन्छ। अझ के भने, परमेश्वरको मूर्त रूप भएको देहलाई मानिसले अझै राम्ररी बुझ्न र भरोसा गर्न सक्छ र त्यस देहले परमेश्वरसम्बन्धी मानिसको ज्ञानलाई थप गहन तुल्याउन सक्छ र त्यस देहले परमेश्वरका व्यावहारिक कार्यहरूबारे मानिसमा अझै गहन छाप छोड्न सक्छ। आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीहरूलाई यो पूर्वानुमान गर्न गाह्रो छ, र देख्न झनै गाह्रो छ, र त्यसकारण तिनीहरू निराधार कल्पनाहरूमा भर पर्न मात्रै सक्छन्। तर, देहको काम सामान्य र व्यावहारिक हुन्छ, अनि त्यसमा प्रशस्त बुद्धि हुन्छ, र त्यो मरणशील मानिसको आँखाले व्यक्तिगत रूपमा देख्न सक्ने तथ्य हो; मानिसले परमेश्वरको कामको बुद्धिलाई व्यक्तिगत रूपमा नै अनुभूत गर्न सक्छ र उसका प्रशस्त कल्पनाहरूको प्रयोग गर्नै पर्दैन। देहमा हुनुहुने परमेश्वरको कामको सहीपन र व्यावहारिक मूल्य यही नै हो। आत्माले मानिसका लागि अदृश्य र उसलाई कल्पना गर्न कठिन हुने कुराहरू मात्रै गर्न सक्नुहुन्छ, उदाहरणका लागि आत्माको अन्तर्दृष्टि, आत्माको उत्प्रेरणा र आत्माको मार्गदर्शन, तर दिमाग भएको मानिसका लागि, यिनले कुनै स्पष्ट अर्थ प्रदान गर्न सक्दैनन्। यिनले उत्प्रेरणा, वा मोटामोटी रूपमा समान अर्थ मात्रै प्रदान गर्न सक्छन् र शब्दहरूमार्फत निर्देशन दिन सक्दैनन्। तर, देहमा हुनुहुने परमेश्वरको काम निकै फरक छ: त्यसमा शब्दहरूको सही मार्गदर्शन, र स्पष्ट अभिप्राय, र स्पष्ट माग गरिएका उद्देश्यहरू समावेश हुन्छन्। त्यसकारण मानिसले छामछुम गरिहिँड्नु वा आफ्नो कल्पनाको प्रयोग गर्नु आवश्यक हुँदैन, अनुमानहरू गर्नुपर्ने त परै जाओस्। देहको कामको स्पष्टता यही हो र यो आत्माको कामभन्दा निकै फरक छ। सीमित क्षेत्रको लागि मात्रै आत्माको काम उपयुक्त हुन्छ र यसले देहको कामलाई प्रतिस्थापन गर्न सक्दैन। देहको कार्यले मानिसलाई आत्माको कार्यले भन्दा धेरै यथार्थ र आवश्यक लक्ष्यहरू र अझै व्यावहारिक, बहुमूल्य ज्ञान दिन्छ। भ्रष्ट मानिसहरूका लागि सटीक शब्दहरू र पछ्याउने स्पष्ट उद्देश्यहरू प्रदान गर्ने, अनि देख्न र छुन सकिने काम मात्र सबैभन्दा मूल्यवान् प्रकारको काम हो। मानिसको स्वादका लागि व्यावहारिक काम र सामयिक मार्गदर्शन मात्रै उपयुक्त छन् र व्यावहारिक कामले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन सक्छ। यसलाई देहधारी परमेश्वरले मात्रै हासिल गर्न सक्नुहुन्छ; देहधारी परमेश्वरले मात्रै मानिसलाई उसको पुरानो भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन सक्नुहुन्छ। आत्मा परमेश्वरको अन्तर्निहित सार भए तापनि, यस प्रकारको काम उहाँको देहले मात्र गर्न सक्नुहुन्छ। यदि आत्मा एक्लै काम गर्नुहुन्थ्यो भने, उहाँको काम प्रभावकारी हुनु सम्भव हुनेथिएन—यो स्पष्ट सत्यता हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ
परमेश्वरको देहधारी शरीर उहाँको पहिचान र स्थानसँग मिल्दै नमिल्ने र मानिसको लागि यो उहाँको वास्तविक स्थितिसँग अमेल देखिने भए तापनि, परमेश्वरको साँचो स्वरूप वा उहाँको साँचो पहिचान नभएको यो देहले त्यो काम गर्न सक्नुहुन्छ जुन काम गर्न उहाँका आत्मा असमर्थ छ। परमेश्वरको देहधारणको साँचो महत्त्व र मूल्य यही हो, र मानिसले कदर गर्न र स्वीकार गर्न नसक्ने भनेको यही महत्त्व र मूल्य नै हो। सबै मानवजातिले परमेश्वरका आत्मालाई आदरका साथ हेर्ने र परमेश्वरको देहलाई हेलाको साथ हेर्ने भए तापनि, तिनीहरूले जसरी हेरे पनि वा विचार गरे पनि, देहको व्यावहारिक महत्त्व र मूल्य आत्माको भन्दा बढी नै छ। अवश्य नै, यो भ्रष्ट मानिसको लागि मात्रै हो। सत्यताको खोजी गर्ने र परमेश्वरको देखा पराइको तृष्णा गर्ने हरेकको सन्दर्भमा, आत्माको कामले हृदयस्पर्श वा प्रेरणा, अनि यो काम अद्भुत, अगम्य र अकल्पनीय छ भन्ने आश्चर्यको आभास, अनि यो महान्, असाधारण र प्रशंसनीय छ, तैपनि यो सबैका लागि प्राप्त गर्न नसकिने र पहुँचबाहिरको छ भन्ने भाव मात्रै दिन सक्छ। मानिस र परमेश्वरका आत्माले एकअर्कालाई टाढाबाट मात्रै हेर्न सक्छन्, मानौँ उनीहरूको बीचमा ठूलो दूरी छ, र उनीहरू कहिल्यै उस्तै बन्न सक्दैनन्, मानौँ मानिस र परमेश्वरलाई अदृश्य फाटोले अलग गरेको छ। वास्तवमा, यो आत्माले मानिसलाई दिनुभएको एउटा भ्रम मात्रै हो, किनभने आत्मा र मानिस उस्तै प्रकारका छैनन् र उनीहरू कहिल्यै एउटै संसारमा सँगै अस्तित्वमा रहन सक्नेछैनन् र आत्मासँग मानिसको केही पनि छैन। त्यसकारण मानिसलाई आत्माको खाँचो छैन, किनभने आत्मा मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने काम प्रत्यक्ष रूपमा गर्न सक्नुहुन्न। देहको कामले मानिसलाई पछ्याउनका लागि व्यावहारिक उद्देश्यहरू, प्रस्ट वचनहरू, र उहाँ व्यावहारिक र सामान्य हुनुहुन्छ, उहाँ नम्र र साधारण हुनुहुन्छ भन्ने आभास दिन्छ। मानिस उहाँदेखि डराउने भए तापनि, धेरैजसो मानिसका लागि उहाँ निकै पहुँचयोग्य हुनुहुन्छ: मानिसले उहाँको मुहार हेर्न सक्छ र उहाँको आवाज सुन्न सक्छ, र उसले उहाँलाई टाढाबाट हेर्नुपर्दैन। यो देह मानिसको नजिक हुनुहुन्छ भन्ने आभास हुन्छ, टाढा र बुझ्न नसकिने नभई देख्न सकिने र पहुँचयोग्य हुनुहुन्छ, किनभने यो देह मानिसकै संसारमा हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ
किनभने न्याय गरिने भनेको मानिसलाई हो, देहको र भ्रष्ट तुल्याइएको मानिसलाई हो, र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मालाई होइन, त्यसकारण न्यायको काम आत्मिक क्षेत्रमा नभई मानिसमाझ गरिन्छ। मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामका लागि, देहमा हुनुहुने परमेश्वरभन्दा उपयुक्त र योग्य अरू कोही पनि छैन। यदि परमेश्वरका आत्माले सीधै न्याय गर्नुभएको भए, यो सर्व-समावेशी हुनेथिएन, र, त्यसमाथि, मानिसलाई यो स्वीकार गर्न कठिन हुनेथ्यो, किनभने आत्मा मानिसको आमने-सामने हुन सक्नुहुन्न। यसलाई मात्रै मध्यनजर गर्दा, प्रभावहरू तात्कालै देखिनेथिएनन्, झन् मानिसले कुनै पनि उल्लङ्घन नसहने परमेश्वरको स्वभाव अझै बढी स्पष्टताका साथ देख्न सक्नु त परै जाओस्। देहमा हुनुहुने परमेश्वरले मानवजातिको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतानलाई पूर्ण रूपमा हराउन सकिन्छ। देहमा हुनुहुने परमेश्वर सामान्य मानवता भएको व्यक्ति पनि हुनुहुन्छ, तैपनि उहाँ मानिसको अधार्मिकतालाई सीधै न्याय गर्न सक्नुहुन्छ; यो उहाँको जन्मजात पवित्रता, र उहाँको अद्वितीयताको चिन्ह हो। मानिसलाई न्याय गर्नका लागि परमेश्वर मात्रै योग्य, र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँसँग सत्यता र धार्मिकता छ, त्यसैले उहाँ मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यताविहीन र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्वरका आत्माले गर्नुभएको भए, यसको अर्थ शैतानमाथिको विजय हुनेथिएन। आत्मा अन्तर्निहित रूपमै मरणशील प्राणीहरूभन्दा उच्च हुनुहुन्छ र परमेश्वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले सिधै गर्नुभएको भए, उहाँले मानिसका सारा विद्रोहीपनलाई न्याय गर्न र मानिसका सबै अधार्मिकतालाई प्रकाश गर्न सक्नुहुनेथिएन। किनभने न्यायको काम परमेश्वरबारे मानिसका धारणाहरूमार्फत पनि गरिन्छ र मानिसमा आत्माबारे कहिल्यै कुनै धारणा रहेको छैन, त्यसकारण आत्मा मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकाश गर्न सक्नुहुन्न, झन् त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्न सक्नु त परे जाओस्। देहधारी परमेश्वर उहाँलाई नचिन्नेहरू सबैको शत्रु हुनुहुन्छ। उहाँबारे मानिसका धारणाहरूलाई र उहाँप्रतिको विरोधलाई न्याय गरेर, उहाँ मानवजातिका सारा विद्रोहीपनलाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्ने कामका प्रभावहरू आत्माको कामका प्रभावहरूभन्दा झनै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय सिधै आत्माले गर्नुहुन्न बरु यो त देहधारी परमेश्वरको काम हो। देहमा हुनुहुने परमेश्वरलाई मानिसले देख्न र छुन सक्छ, र देहमा हुनुहुने परमेश्वर मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्नुहुन्छ। मानिस उहाँको विरोध गर्ने अवस्थाबाट उहाँमा समर्पित हुने अवस्थामा, उहाँलाई सताउने अवस्थाबाट उहाँलाई स्वीकार गर्ने अवस्थामा, उहाँबारे धारणाहरू पाल्ने अवस्थाबाट उहाँलाई चिन्ने अवस्थामा, र उहाँलाई इन्कार गर्ने अवस्थाबाट उहाँलाई प्रेम गर्ने अवस्थामा प्रगति गर्छ—यी देहधारी परमेश्वरको कामका प्रभावहरू हुन्। मानिसले उहाँको न्याय स्वीकार गरेर मात्रै मुक्ति पाउँछ, मानिसले उहाँको मुखका वचनहरूमार्फत मात्रै उहाँलाई बिस्तारै चिन्न पुग्छ, मानिस उहाँको विरोध गर्ने क्रममा उहाँद्वारा विजय गरिन्छ, र उसले उहाँको सजाय स्वीकार गर्ने क्रममा उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यो सबै काम देहमा हुनुहुने परमेश्वरको काम हो, र आत्माका रूपमा उहाँको पहिचानमा परमेश्वरको काम होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ
देहमा गरिने उहाँको कामको सबैभन्दा ठूलो फाइदा भनेको उहाँले सही वचनहरू र अर्तीहरू अनि मानवजातिप्रतिको उहाँका सही अभिप्रायलाई उहाँलाई पछ्याउनेहरूमा छोड्न सक्नुहुन्छ ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै सही र अझै व्यावहारिक तरिकाले देहमा गरिने उहाँको सारा काम र सारा मानवजातिप्रतिको उहाँका अभिप्रायलाई यो मार्ग स्वीकार गर्नेहरूमा हस्तान्तरण गर्न सक्नेछन्। मानिसमाझ काम गर्नुहुने देहधारी परमेश्वरले मात्र परमेश्वर मानिससँगै हुनु र सँगै जिउनुलाई साँच्चै वास्तविकता बनाउनुहुन्छ, र परमेश्वरको मुहार हेर्ने, परमेश्वरको काम देख्ने र उहाँको व्यक्तिगत वचन सुन्ने मानिसको चाहनालाई पूरा गर्नुहुन्छ। देहधारी परमेश्वरले यहोवाको पिठ्यूँ मात्र मानिसकहाँ देखा परेको युगलाई समाप्त गर्नुहुन्छ, र अस्पष्ट परमेश्वरमाथिको मानवजातिको विश्वासको युगलाई पनि समाप्त गर्नुहुन्छ। विशेष गरी, परमेश्वरको अन्तिम देहधारणको कामले सारा मानवजातिलाई अझै वास्तविक, अझै व्यावहारिक र अझै सुन्दर युगमा ल्याउँछ। यस कामले व्यवस्था र प्रावधानहरूको युगलाई समाप्त गर्ने मात्र होइन तर अझै महत्त्वपूर्ण कुरा, यसले मानवजातिलाई व्यावहारिक र सामान्य परमेश्वर प्रकट गर्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको काम खोल्नुहुन्छ, जसले मानवजातिका रहस्यहरू र गन्तव्य प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापनको कामलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौँ वर्षसम्म गुप्त रहनुभएको छ। यस कामले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्छ, यसले सारा मानवजातिले परमेश्वरको मुहारलाई खोज्न चाहेको तर त्यसो गर्न नसकेको युगलाई अन्त्य गर्छ, यसले सारा मानवजातिले शैतानको सेवा गरेको युगलाई समाप्त गर्छ, अनि यसले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोऱ्याउँछ। यी सबै परमेश्वरका आत्माको स्थानमा देहमा हुनुहुने परमेश्वरको कामको परिणाम हुन्। परमेश्वरले उहाँको देहमा काम गर्नुहुँदा मात्र, उहाँलाई पछ्याउनेहरूले उप्रान्त त्यस्ता कुराहरूलाई खोजी र छामछुम गर्दैनन्, जुन अस्तित्वमा छ र अस्तित्वमा छैन जस्तो देखिन्छ, र तिनीहरूले उप्रान्त अस्पष्ट परमेश्वरका अभिप्रायहरूबारे अनुमान गर्दैनन्। जब परमेश्वरले देहमा गर्ने आफ्नो कामलाई फैलाउनुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गर्नुभएको कामलाई सारा धर्महरू र सम्प्रदायहरूमा फैलाउँछन् र तिनीहरूले उहाँका सबै वचनहरूलाई सारा मानवजातिको कानमा सुनाउनेछन्। उहाँको सुसमाचारलाई ग्रहण गरेकाहरूले सुनेका सबै कुरा उहाँका कार्यका तथ्यहरू हुनेछन्, मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन् र तथ्यहरू हुनेछन्, हल्ला मात्र होइन। यी तथ्यहरू त्यो सबुत हो जसद्वारा उहाँले काम फैलाउनुहुन्छ र ती उहाँले काम फैलाउने क्रममा प्रयोग गर्नुहुने औजारहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सारा देशहरू र सबै स्थानहरूमा फैलने थिएन; तथ्यहरूविना तर मानिसहरूको कल्पनाहरूद्वारा मात्रै, उहाँले सारा ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्नुहुनेथिएन। आत्मा मानिसका लागि छुन नसकिने हुनुहुन्छ र मानिसका लागि अदृश्य हुनुहुन्छ, र मानिसहरूलाई परमेश्वरको कामका अरू कुनै प्रमाण वा अरू कुनै तथ्यहरू दिन आत्माको काम असक्षम छ। मानिसले परमेश्वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्वरमा विश्वास गर्नेछ। मानिसले परमेश्वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरू नै सुन्नेछ। आखिर, मानिसका कल्पनाहरू रित्ता छन्, र तिनले परमेश्वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सक्दैनन्; परमेश्वरको अन्तर्निहित स्वभाव, र परमेश्वर स्वयम्को कामको नक्कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्वर र उहाँको कामलाई परमेश्वर देहधारी भएर अनि व्यक्तिगत रूपमा उहाँको काम गर्न उहाँ मानिसमाझ आउनुभएर मात्र पृथ्वीमा ल्याउन सकिन्छ। परमेश्वर मानिसकहाँ प्रकट हुने सबैभन्दा आदर्शमय तरिका यही नै हो, जसमा मानिसले परमेश्वरलाई देख्छ र परमेश्वरको साँचो मुहारलाई चिन्न पुग्छ र गैर-देहधारी परमेश्वरले यो हासिल गर्न सक्नुहुन्न।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ
देहको परमेश्वरको कार्य देहमा नै गरिनुपर्छ। यदि यो सीधै परमेश्वरका आत्माले गर्नुभएको भए, यसले कुनै प्रभाव पार्ने थिएन। यो आत्माले गर्नुभएको भए पनि, कामको त्यति ठूलो महत्त्व हुनेथिएन र आखिरमा यो विश्वस्त तुल्याउने हुनेथिएन। सबै सिर्जित प्राणीहरूले सृष्टिकर्ताको कामको महत्त्व छ कि छैन र यसले के प्रतिनिधित्व गर्छ र यो केको खातिर गरिन्छ र परमेश्वरको काम अख्तियार र बुद्धिले भरिपूर्ण छ कि छैन र यो अत्याधिक मूल्य र महत्त्वको छ कि छैन भनेर जान्न चाहन्छन्। उहाँले गर्नुहुने काम सारा मानवजातिको मुक्तिको लागि, शैतानलाई हराउनको खातिर र सबै थोकहरूका माझ उहाँ स्वयंको साक्षी दिनको लागि हो। त्यसैले, उहाँले गर्नुहुने काम ठूलो महत्त्वको हुनैपर्छ। मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ र यसलाई सबैभन्दा गहन रूपमा अन्धो बनाइएको र अत्यन्तै गम्भीर रूपमा हानि गरिएको छ। परमेश्वर किन देहमा आफै काम गर्नुहुन्छ भन्ने कुराको सबैभन्दा आधारभूत कारण के हो भने, उहाँको मुक्तिको पात्र मानिस नै हो, जो देहको हो र परमेश्वरको काममा बाधा दिन शैतानले पनि मानिसकै देह प्रयोग गर्छ। शैतानसँगको युद्ध भनेको वास्तवमा मानिसलाई विजय गर्ने काम नै हो र सँगसँगै, मानिस परमेश्वरको मुक्तिको पात्र पनि हो। यसरी, परमेश्वर आफ्नो काम गर्न देहधारी हुनु अत्यन्तै आवश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो र मानिस शैतानको मूर्तरूप बन्यो अनि परमेश्वरद्वारा हराइने पात्र बन्यो। यसरी, शैतानसँग लडाइ गर्ने र मानिसलाई मुक्ति दिने काम पृथ्वीमा हुन्छ, र शैतानसँग लडाइ गर्नका लागि परमेश्वर मानव बन्नैपर्छ। यो सबैभन्दा व्यावहारिक काम यही हो। जब परमेश्वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग लडाइँ गरिरहनुभएको हुन्छ। जब उहाँ देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रको आफ्नो काम गरिरहनुभएको हुन्छ र उहाँ आत्मिक क्षेत्रको आफ्नो सम्पूर्ण कामलाई पृथ्वीमा साकार बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति विद्रोही रहेको मानिस नै हो, र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँसँग शत्रुवत् छ र अन्ततः मुक्ति दिइने पनि मानिस नै हो। यसरी, परमेश्वर सृजित प्राणीको बाहिरी खोल भएको मानव बन्नु अझै बढी आवश्यक छ, ताकि उहाँ शैतानसँग वास्तविक लडाइँ गर्न, उहाँप्रति विद्रोही र उहाँसरह बाहिरी खोल भएको मानिसलाई विजय गर्न र उहाँसरह बाहिरी खोल भएको र शैतानद्वारा हानि गरिएको मानिसलाई मुक्ति दिन सक्नुहोस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो र उहाँको मुक्तिको पात्र पनि मानिस नै हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्नैपर्छ, र यसरी उहाँको काम निकै सहज बन्छ—उहाँ शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्नुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ। … यो देह मानवजातिको निम्ति अति महत्त्वपूर्ण छ किनभने उहाँ मानिस हुनुहुन्छ र त्योभन्दा पनि बढी, उहाँ परमेश्वर हुनुहुन्छ, किनभने देहको साधारण मानिसले गर्न नसक्ने काम उहाँले गर्न सक्नुहुन्छ, किनभने उहाँले पृथ्वीमा उहाँसँग बस्ने भ्रष्ट मानिसलाई मुक्ति दिन सक्नुहुन्छ। उहाँ पनि मानिस नै हुनुभए पनि, देहधारी परमेश्वर मानवजातिका लागि कुनै पनि मूल्यवान् मानिसभन्दा बढी महत्त्वपूर्ण छ, किनभने उहाँले परमेश्वरका आत्माले गर्न नसक्ने काम गर्न सक्नुहुन्छ, परमेश्वर स्वयमको गवाही दिनको लागि परमेश्वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नको लागि परमेश्वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। परिणामस्वरूप, यो देह सामान्य र साधारण भए तापनि, जब मानवजातिप्रति उहाँको योगदान र मानवजातिको अस्तित्वप्रति उहाँको महत्त्वको कुरा आउँछ, तब ती अत्यन्तै बहुमूल्य हुन्छन्अनि यस देहको वास्तविक मूल्य र महत्त्व कुनै पनि मानवले नाप्न सक्दैन। यो देहले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्न नसके तापनि, उहाँले मानवजातिलाई विजय गर्न र शैतानलाई हराउन, र शैतानलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा हार मान्ने तुल्याउनका लागि आफ्नो काम प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वर देहधारी हुनुभएकोले उहाँले शैतानलाई हराउन सक्नुहुन्छ र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ। उहाँले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्नुहुन्न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएका मानवजातिलाई विजय गर्ने काम गर्नको लागि उहाँ देह बन्नुहुन्छ। यसरी, उहाँ आफ्ना सृजित प्राणीहरूमाझ आफ्नो गवाही दिन अझै राम्ररी सक्नुहुन्छ र उहाँ भ्रष्ट मानिसलाई मुक्ति दिन सक्नुहुन्छ। परमेश्वरका आत्माद्वारा शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्ने कार्यले भन्दा, देहधारी परमेश्वरको शैतानमाथिको विजयले अझै ठूलो गवाही दिन्छ र यो अझै विश्वास दिलाउने हुन्छ। देहमा हुनुहुने परमेश्वर मानिसलाई सृष्टिकर्ता चिन्नका लागि अझै बढी फाइदाजनक हुनुहुन्छ र उहाँका सृजित प्राणीहरूमाझ आफ्नो गवाही दिनको लागि अझै बढी सक्षम हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ