३. क्याथोलिक विश्वासीहरू पादरीहरूको कुरा सुन्छन्, पादरीहरू बिशपहरूको कुरा सुन्छन्, र बिशपहरू पोपको कुरा सुन्छन्। तपाईंले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको जति राम्रो सङ्गति गर्नुभए पनि, जबसम्म पोप र पादरीहरूले प्रभुको आगमनको घोषणा गर्दैनन्, हामी यसलाई स्वीकार गर्न सक्दैनौं—हामी क्याथोलिकहरू पादरीहरू र पोपको कुरा सुन्छौं।
सन्दर्भका लागि बाइबलका पदहरू:
“हामीले मानिसको होइन परमेश्वरको आज्ञा मान्नुपर्छ” (प्रेरित ५:२९)।
“मानिसहरू तिनीहरूलाई हिर्काउनुहुनेकहाँ फर्कँदैनन्, न त तिनीहरू सेनाहरूका यहोवाको खोजी नै गर्छन्। यसकारण यहोवाले एकै दिनमा इस्राएलबाट शिर र पुच्छर, हाँगा र नर्कट काटिदिनुहुनेछ। प्राचीन र आदरका योग्य, उनी शिर हुन्; र झूट सिकाउने अगमवक्ता पुच्छर हुन्। किनकि यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गल्ती गर्ने तुल्याउँछन्; र तिनीहरूद्वारा अगुवाइ गरिएकाहरू नष्ट हुनेछन्” (यशैया ९:१३-१६)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसहरूलाई शक्तिपिपासु भनिन्छ। तिनीहरू संसारमा शक्ति भएका सम्प्रदायहरू मात्र खोज्छन्, र सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरू मात्र खोज्छन्। तिनीहरूले सत्यताको मार्गलाई स्वीकार गरेका भए पनि, तिनीहरू आधा मात्र विश्वास गर्छन्, र तिनीहरू आफ्नो सम्पूर्ण शरीर र मन अर्पण गर्न असक्षम हुन्छन्; तिनीहरू मुखले परमेश्वरप्रति आफूलाई समर्पित गर्ने कुरा बोल्छन्, तर तिनीहरूका आँखा ठूला पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरू ख्रीष्टलाई फर्केर पनि हेर्दैनन्। तिनीहरूको दिमाग ख्याति, प्राप्ति, र महिमाका विचारहरूले भरिएको हुन्छ। तिनीहरू यस्तो सानो व्यक्तिले यति धेरैलाई विजय गर्न सक्छ, यस्तो मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्ने कुरा असम्भव ठान्छन्। तिनीहरू धुलो र गोबरको थुप्रोमा रहेका यी साना मानिसहरू परमेश्वरद्वारा चुनिएका मानिस हुन् भन्ने कुरा असम्भव ठान्छन्। तिनीहरू यदि यस्ता मानिसहरू परमेश्वरको मुक्तिका पात्र हुन्थे भने, स्वर्ग र पृथ्वी उल्टोपुल्टो हुनेथियो, र सबै मानिस हाँसेर मुर्छा पर्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरू यदि परमेश्वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुभयो भने, ती महान् मानिसहरू परमेश्वर स्वयम् बन्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्वासले दूषित हुन्छन्; विश्वास नगर्ने मात्र होइन, तिनीहरू त अविवेकी पशु नै हुन्। किनभने तिनीहरू हैसियत, प्रतिष्ठा, र शक्तिलाई मात्र महत्त्व दिन्छन्, र तिनीहरू ठूला समूह र सम्प्रदायहरूलाई सम्मान गर्छन्, र ख्रीष्टद्वारा अगुवाइ गरिएकाहरूलाई अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरू केवल त्यस्ता विश्वासघाती हुन् जसले ख्रीष्ट, सत्यता, र जीवनप्रति पिठ्युँ फर्काएका छन्।
तँ ख्रीष्टको विनम्रताको प्रशंसा गर्दैनस्, तर तँ प्रमुख हैसियत भएका ती झूटा गोठालाहरूलाई आदर गर्छस्। तँ ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारको फोहोरमा लागेका ती उच्छृङ्खल मानिसहरूलाई रुचाउँछस्। तँ ख्रीष्टले विश्राम गर्ने ठाउँ नपाउनुभएको पीडालाई खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरू चोर्ने र मोजमस्तीमा जिउने ती लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टका साथमा दुःख भोग्न इच्छुक छैनस्, तर तँ स्वेच्छाले ती लापरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूको अँगालोमा बाँधिन्छस्, यद्यपि तिनीहरूले तँलाई देह, शब्द, र नियन्त्रण मात्र आपूर्ति गर्छन्। अहिले पनि, तेरो हृदय तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूको शक्तितर्फ नै ढल्किन्छ। तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्ने र यसलाई स्वीकार गर्न अनिच्छुक हुने मनोवृत्ति अपनाइरहन्छस्। यही कारणले गर्दा मात्र म भन्छु कि तँमा ख्रीष्टलाई स्वीकार गर्ने विश्वास छैन। तैँले आजसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अरू कुनै विकल्प नभएर मात्र हो। तेरो हृदयमा उच्च छविचित्रहरूको शृङ्खला सधैँ खडा भइरहन्छ; तैँले तिनीहरूका हरेक शब्द र कार्यलाई, साथै तिनीहरूका प्रभावशाली शब्द र हातहरूलाई पनि बिर्सन सक्दैनस्। तिमीहरूको हृदयमा, तिनीहरू सदैव सर्वोच्च र नायकका रूपमा रहन्छन्। तर आजका ख्रीष्टको हकमा यो लागू हुँदैन। तेरो हृदयमा, उहाँ सधैँ तुच्छ हुनुहुन्छ, उहाँ सधैँ डर मान्न योग्य नभएको मानव हुनुहुन्छ। किनभने उहाँ धेरै नै साधारण हुनुहुन्छ, उहाँको प्रभाव निकै कम छ, र उहाँ बिलकुलै उच्च हुनुहुन्न।
जे भए पनि, म भन्छु कि जो सत्यतालाई महत्त्व दिँदैनन् तिनीहरू सबै अविश्वासी र सत्यताका विश्वासघाती हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्। के तैँले अब तँभित्र कति अविश्वास छ, र तँमा ख्रीष्टप्रति कति विश्वासघात छ भनी पहिचान गरेको छस्? म तँलाई यस्तो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग रोजेको हुनाले, तैँले आफूलाई पूर्ण हृदयले अर्पित गर्नुपर्छ; दुविधात्मक वा अनुत्साहित नहो। तैँले के बुझ्नुपर्छ भने, परमेश्वर संसारको वा कुनै एक व्यक्तिको परमेश्वर हुनुहुन्न, बरु उहाँमा साँचो विश्वास गर्ने सबैको, उहाँको आराधना गर्ने सबैको, र उहाँप्रति अर्पित र विश्वसनीय हुने सबैको परमेश्वर हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्वरको विश्वासी होस्?
हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलका व्याख्याहरू प्रसङ्गभन्दा बाहिरबाट ल्याइएका र तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा प्रेरित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै सक्थेनन् भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? आखिरमा, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरू केही धर्मसिद्धान्त प्रचार गर्न सक्छन् वा अरूलाई आफ्नो पक्षमा ल्याउन र केही जुक्ति प्रयोग गर्न जान्दछन्। त्यसैले तिनीहरू मानिसहरूलाई छल्छन् र मानिसहरूलाई आफूसमक्ष ल्याउँछन्। यी मानिसहरूले परमेश्वरमा नाम मात्रको विश्वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाका मामलाहरूबारे मैले मेरो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्वरमा विश्वास गर्ने र साँचो मार्ग स्वीकार गर्ने कुरामा मानिसहरूलाई कसरी अरूको सहमति र अनुमोदन समेत आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्याजनक कुरा होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसी, झूटा गोठाला, र ख्रीष्टविरोधी बनेका छैनन् र? के तिनीहरू मानिसहरूका लागि साँचो मार्ग स्वीकार गर्नमा बाधक बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्। … विगतमा, मानिसहरूले उहाँमाथि गर्ने विश्वास साँचो वा झुटो जे-जस्तो भए पनि, तिनीहरूले अरूलाई नै पछ्याए पनि, वा तिनीहरूले सत्यता पछ्याउँदै नपछ्याए पनि, परमेश्वर मानिसहरूसँग कडा हुनुहुन्थेन, किनकि उहाँद्वारा पूर्वनिर्धारित गरिएका र चुनिएकाहरूले आखिरी चरणमा उहाँसामु आएर उहाँको न्याय स्विकार्नैपर्नेछ भनेर उहाँले पहिल्यै तोकिसक्नुभएको थियो। यदि परमेश्वरको आखिरी दिनहरूको काम स्विकारिसकेपछि पनि मानिसहरूले अझै अरूलाई नै आराधना गर्न र पछ्याउन जारी राख्छन् भने, र यदि तिनीहरूले सत्यता पछ्याउनुको सट्टा आशिष् र ताज पछ्याउँछन् भने, त्यो अक्षम्य हुन्छ। त्यस्ता मानिसहरूको अन्त्य पावलको जस्तै हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
सत्यतालाई नबुझ्नेहरूले सदैव अरूहरूलाई पछ्याउँछन्: यदि मानिसहरूले यो पवित्र आत्माको कार्य हो भनी भन्छन् भने, तैँले पनि यो पवित्र आत्माको कार्य हो भनी भन्छस्; यदि मानिसहरूले यो दुष्टात्माको कार्य हो भनी भन्छन् भने, तँ पनि शङ्कालु हुन्छस्, वा यो दुष्टात्माको कार्य हो भनी भन्छस्। तँ सदैव अरूहरूको कुराहरूलाई सुगारटाइ गर्छस्, र आफैँ केही कुरा खुट्ट्याउनसक्दैनस्, न त तँ आफ्नै लागि सोच्न समर्थ हुन्छस्। यो कुनै अडानविनाको व्यक्ति हो, जससँग सुझबुझ छैन—यस्तो व्यक्ति एक निकम्मा नालायक हुन्छ! तँ सदैव अरूहरूको कुराहरू दोहोर्याउँछस्: आज यस्तो भनिन्छ कि यो पवित्र आत्माको कार्य हो, तर यस्तो सम्भावना छ कि कुनै दिन कसैले भन्नेछ कि यो पवित्र आत्माको कार्य होइन, र वास्तवमा यो मानिसको कार्यभन्दा बाहेक अरू केही होइन—तापनि तँ यसलाई छुट्ट्याउन सक्दैनस्, र अरूहरूद्वारा यो कुरा बताइएको तँ प्रत्यक्षदर्शी हुँदा, तैँले पनि त्यही कुरा भन्छस्। यो वास्तवमा पवित्र आत्माको कार्य हो, तर तँ यो मानिसको कार्य हो भनी भन्छस्; के तँ पवित्र आत्माको कार्यको विरुद्धमा निन्दा गर्नेहरूमध्ये एक हुँदैनस् र? यसमा, के तैँले आफूमा सुझबुझ नभएको कारण परमेश्वरलाई विरोध गरेको छैनस् र? सायद कुनै दिन कुनै मूर्ख प्रकट हुनेछ जसले भन्छ “यो दुष्टात्माको कार्य हो,” र जब तँ यी शब्दहरू सुन्छस्, तँ नोकसानीमा हुनेछस्, र फेरि एकपटक तँ अरूहरूको कुराहरूद्वारा बन्धित हुनेछस्। हरेक पटक कसैले खलबल पैदा गर्छ, तँ आफ्नो अडानमा खडा हुन असक्षम हुन्छस्, र यो सबै तँसँग सत्यता नभएकोले गर्दा हो। परमेश्वरमा विश्वास गर्ने र परमेश्वरलाई जान्न खोज्ने कुरा सरल छैन। यी कुराहरू केवल सँगै भेला भएर अनि प्रचार सुनेर हासिल गर्न सकिँदैन, र तँ जोसद्वारा मात्र सिद्ध गरिन सक्दैनस्। तैँले आफ्नो कार्यहरू अनुभव गर्नुपर्छ, र जान्नुपर्छ, र तँ तिनमा सिद्धान्तवान् हुनुपर्छ, र पवित्र आत्माको कार्य हासिल गर्नुपर्छ। जब तँ अनुभवहरूबाट गुज्रेको हुन्छस्, तब तैँले धेरै कुराहरू छुट्ट्याउन समर्थ हुनेछस्—तँ असल र खराबबीचको, न्याय र दुष्टताबीचको, शरीर र रगत को हो र सत्यता के हो सोबीचको भिन्नता छुट्ट्याउन समर्थ हुनेछस्। तैँले यी सबै कुराहरूको बीचको भिन्नतालाई छुट्ट्याउन सक्नुपर्छ, र यसो गर्दा, परिस्थितिहरू जस्तोसुकै भएतापनि, तँ कहिल्यै हराउने छैनस्। यही मात्र तेरो वास्तविक कद हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरू मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्नेहरू हुन्
परमेश्वरमा विश्वास गर्ने मानिसहरूले उहाँमा समर्पण र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्च ठान्ने नगर्; परमेश्वरलाई पहिलो स्थानमा, तैँले उच्च ठान्ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्वर समान वा उहाँको बराबर ठान्नु हुँदैन। यो परमेश्वरको निम्ति असहनीय हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले चुन्नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश
परमेश्वरलाई पछ्यानुमा प्रमुख महत्त्वको कुरा के हो भने सबै कुरा परमेश्वरका वर्तमान वचनहरूअनुसार हुनुपर्छ: तँ जीवन प्रवेश पछ्याइरहेको भए पनि वा परमेश्वरका अभिप्रायहरू पूरा गर्ने पछ्याइमा रहेको भए पनि, सबै कुरा परमेश्वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित हुनुपर्छ। यदि तैँले सङ्गति गर्ने र प्रवेश गर्न खोज्ने कुराहरू परमेश्वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्वरका वचनहरूभन्दा बाहिरको व्यक्ति होस्, र तँसँग पवित्र आत्माको काम बिलकुलै छैन। परमेश्वर उहाँका पदचापहरू पछ्याउने मानिसहरू चाहनुहुन्छ। तैँले पहिले बुझेको कुरा जतिसुकै अद्भुत र शुद्ध भए पनि, परमेश्वर त्यो चाहनुहुन्न, र यदि तँ त्यस्ता कुराहरू त्याग्न असमर्थ छस् भने, ती भविष्यमा तेरो प्रवेशका लागि ठूलो बाधा बन्नेछन्। पवित्र आत्माको आजको ज्योतिलाई पछ्याउन सक्नेहरू सबै आशिषित हुन्छन्। युगौँयुग र पुस्तौँपुस्ताअघिका मानिसहरूले पनि परमेश्वरका पदचापहरूलाई पछ्याए, तर तिनीहरूले आजको दिनसम्म पछ्याइरहन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष् नै यही हो। पवित्र आत्माको वर्तमान कार्यलाई पछ्याउन सक्ने, र परमेश्वरका पदचापहरू पछ्याउन सक्नेहरू, परमेश्वरले तिनीहरूलाई जहाँ डोर्याउनुभए पनि उहाँलाई नै पछ्याउनेहरू—यिनीहरू परमेश्वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कामलाई नपछ्याउनेहरू परमेश्वरका वचनहरूको काममा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जतिसुकै काम गरे पनि, वा तिनीहरूको दुःख जतिसुकै ठूलो भए पनि, वा तिनीहरूले जतिसुकै दौडधुप गरे पनि, परमेश्वरका लागि त्यो कुनै पनि कुराको कुनै अर्थ हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्वरका वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबै पवित्र आत्माको प्रवाहमा छन्; परमेश्वरका वर्तमान वचनहरूभन्दा बाहिर हुनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र त्यस्ता मानिसहरू परमेश्वरद्वारा अनुमोदित हुँदैनन्। … “पवित्र आत्माको कामलाई पालन गर्नु” को अर्थ परमेश्वरका वर्तमान अभिप्रायहरू बुझ्नु, र परमेश्वरका वर्तमान मागहरूअनुसार चल्न, आजका परमेश्वरप्रति समर्पित हुन र उहाँलाई पछ्याउन, अनि परमेश्वरका नवीनतम वचनहरूअनुरूप प्रवेश गर्न सक्षम हुनु हो। यो मात्रै पवित्र आत्माको कामलाई पालन गर्ने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति हो। त्यस्ता मानिसहरू परमेश्वरको अनुमोदन प्राप्त गर्न र परमेश्वरलाई देख्न सक्षम हुने मात्र होइन, तिनीहरू परमेश्वरको नवीनतम कामबाट परमेश्वरको स्वभाव पनि जान्न सक्छन्, र उहाँको नवीनतम कामबाट मानिसका धारणाहरू र विद्रोहीपन, र मानिसको प्रकृति र सार जान्न सक्छन्; यसबाहेक, तिनीहरू आफ्नो सेवाको दौरान बिस्तारै आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरू मात्रै परमेश्वरलाई प्राप्त गर्न सक्षम रहेका, र साँच्चिकै साँचो मार्ग भेट्टाएका मानिस हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ
परमेश्वरलाई पछ्याउने दाबी गर्ने ती मानिसहरूले आफ्ना आँखा खोलेर तिनीहरू ठ्याक्कै कसलाई विश्वास गर्छन् भनेर राम्ररी हेर्नु सबैभन्दा राम्रो हुनेछ: तँ साँच्चै परमेश्वरमा विश्वास गर्छस् कि शैतानमा? यदि तँलाई आफूले विश्वास गर्ने कुरा परमेश्वर होइन, बरु आफ्नै मूर्तिहरू हुन् भनी थाहा छ भने, तैँले आफू विश्वासी भएको दाबी नगर्नु नै सबैभन्दा राम्रो हुनेछ। यदि तँलाई आफूले कसलाई विश्वास गर्छु भन्ने साँच्चै थाहा छैन भने, फेरि पनि, तैँले आफू विश्वासी भएको दाबी नगर्नु नै सबैभन्दा राम्रो हुनेछ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! तँलाई परमेश्वरमा विश्वास गर्न कसैले बाध्य पारिरहेको छैन। तिमीहरू ममा विश्वास गर्छौ भनेर नभन; मैले यस्ता कुराहरू पर्याप्त सुनिसकेको छु र म त्यो फेरि सुन्न चाहन्नँ, किनभने तिमीहरूले विश्वास गर्ने कुरा तिमीहरूको हृदयका मूर्तिहरू र तिमीहरूमाझका स्थानीय गुन्डाहरू हुन्। सत्यता सुन्दा टाउको हल्लाउनेहरू, मृत्युका शब्दहरू सुन्दा मुस्कुराउनेहरू शैतानको सन्तान हुन् र तिनीहरू नै हटाइने व्यक्ति हुन्। मण्डलीमा धेरै जनासँग खुट्ट्याउने क्षमता हुँदैन। जब कसैले अरूलाई भ्रमित पार्ने प्रयास गर्छ, तब तिनीहरू उल्टै शैतानको पक्षमा उभिन्छन्; तिनीहरू आफूलाई शैतानका नोकरहरू भनिँदा अत्यन्तै अन्याय भएको समेत महसुस गर्छन्। मानिसहरूले आफूसँग खुट्ट्याउने क्षमता छैन भनेर भन्न सक्ने भए पनि, तिनीहरू सधैँ असत्यको पक्षमा उभिन्छन्, तिनीहरू सङ्कटको समयमा कहिल्यै सत्यताको पक्षमा उभिँदैनन्, तिनीहरू कहिल्यै खडा हुँदैनन् र सत्यताका लागि तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै खुट्ट्याउने क्षमताको कमी हुन्छ? तिनीहरू किन उल्टै शैतानको पक्ष लिन्छन्? तिनीहरू किन सत्यताका खातिर निष्पक्ष र उचित हुने एउटा शब्द कहिल्यै बोल्दैनन्? के यो परिस्थिति साँच्चै तिनीहरूको क्षणिक अन्योलको परिणाम स्वरूप उत्पन्न भएको हो? मानिसहरूसँग जति कम खुट्ट्याउने क्षमता हुन्छ, तिनीहरू सत्यताको पक्षमा उभिन त्यति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले खुट्ट्याउने क्षमता नभएका मानिसहरू पापलाई प्रेम गर्छन् भन्ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार सन्तान हुन् भन्ने देखाउँदैन र? तिनीहरू किन सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूको हरेक बोली र कार्य, तिनीहरूको अनुहारका हाउभाउहरू सबै तिनीहरू कुनै पनि प्रकारले सत्यतालाई प्रेम गर्नेहरू होइनन् भनी प्रमाणित गर्न पर्याप्त छन्; बरु, तिनीहरू सत्यतालाई घृणा गर्ने मानिस हुन्। तिनीहरू शैतानको पक्षमा उभिन सक्नुले शैतानको खातिर लड्न आफ्नो जीवन बिताउने यी साना दियाबलसहरूलाई शैतान साँच्चै प्रेम गर्छ भनी पर्याप्त रूपमा प्रमाणित गर्छ। के यी सबै तथ्य अत्यन्तै स्पष्ट छैनन् र? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तँमा किन सत्यता अभ्यास गर्नेहरूका लागि सम्मान छैन र किन तँ सत्यता अभ्यास नगर्नेहरूले पुलुक्कै हेर्नेबित्तिकै तुरुन्तै तिनीहरूलाई पछ्याउँछस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग खुट्ट्याउने क्षमता छ कि छैन भन्ने कुराको मलाई वास्ता छैन। तैँले जति नै ठूलो मूल्य चुकाएको भए पनि त्यसको मलाई वास्ता छैन। तेरा शक्तिहरू जति नै ठूला भए पनि त्यसको मलाई वास्ता छैन र तँ स्थानीय गुन्डा भए पनि वा झन्डा बोक्ने अगुवा भए पनि मलाई त्यसको वास्ता छैन। यदि तेरा शक्तिहरू ठूला छन् भने, त्यो शैतानको शक्तिको मद्दतले मात्रै हो। यदि तेरो प्रतिष्ठा उच्च छ भने, त्यो तेरो वरिपरि सत्यता अभ्यास नगर्नेहरू धेरै भएकाले मात्रै हो। यदि तँलाई निष्कासित गरिएको छैन भने, त्यो अहिले निष्कासित गर्ने कामको समय नभएकाले हो; बरु, यो हटाउने कामको समय हो। अहिले तँलाई निष्कासित गर्नु कुनै हतार छैन। म तँलाई हटाइसकेपछि दण्ड दिने दिनको केवल प्रतीक्षा गरिरहेको छु। सत्यता अभ्यास नगर्ने जोकोहीलाई हटाइनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी