२. तपाईं आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसको न्याय गर्ने र उसलाई शुद्ध पार्ने काम गर्नुहुन्छ भनी गवाही दिनुहुन्छ। सबैभन्दा आखिरीमा, उहाँले विजेताहरूको एउटा समूह प्राप्त गर्नुहुनेछ, र त्यसपछि यो पुरानो, दुष्ट युगलाई पूर्ण रूपले नाश पारेर मानिसलाई नयाँ युगमा डोऱ्याउनुहुनेछ। परमेश्‍वरले आखिरी दिनहरूको दौरान यो पुरानो, दुष्ट युगलाई कसरी नाश पार्नुहुनेछ भन्ने विषयमा कृपया तपाईंले अझ विस्तारमा सङ्गति गर्न सक्नुहुन्थ्यो कि?

परमेश्वरका सान्दर्भिक वचनहरू:

जब परमेश्‍वरका मानिसहरू सबै पूर्ण पारिएका हुन्छन् र पृथ्वीका सबै देशहरू ख्रीष्टको राज्य बनेका हुन्छन्, तब त्यो सात मेघगर्जन गर्जने समय हुनेछ। आजको दिन त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फको धावा बोलिसकिएको छ। यो परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले जे बोल्नुहुन्छ ती सबै उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। त्यसैले, पृथ्वीका देशहरू बालुवामा बनाइएका महल मात्र हुन् जुन टुक्राटुक्रा हुन लागेका छन् भन्ने कुरा स्पष्ट छ—अन्तिम दिन आउनै लागेको छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। परमेश्‍वरको योजना पूर्ण रूपमा सफल भएको सुनिश्‍चित गर्न स्वर्गदूतहरू मानव संसारमा ओर्लेका छन् र परमेश्‍वरलाई सन्तुष्ट पार्नका निम्ति उनीहरूले सक्दो गर्न थालेका छन्, साथै देहधारी परमेश्‍वर स्वयम् शत्रुविरुद्ध युद्ध गर्न युद्धको मैदानमा उपस्थित हुनुभएको छ। जहाँ देहधारण हुनुहुन्छ, शत्रुलाई त्यहीँ नष्ट गरिन्छ। नष्ट हुनेमा चीन पहिलो हुनेछ; त्यसलाई परमेश्‍वरको हातद्वारा सखाप पारिनेछ। परमेश्‍वरले त्यसलाई बिलकुलै दया देखाउनुहुनेछैन। परमेश्‍वरका मानिसहरू अझ परिपक्व हुँदै जाँदा, त्यसले ठूलो रातो अजिङ्गरको थप पतन भइरहेको प्रमाणित गर्छ; मानिसले यो प्रस्ट रूपमा देख्‍न सक्छ। परमेश्‍वरका मानिसहरूको परिपक्‍वता शत्रुको विनाशको पूर्वसङ्केत हो। “प्रतिस्पर्धा गर्छु” को अर्थबारे छोटो व्याख्या यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १०

सबै कुरा मेरा वचनहरूद्वारा पूरा हुनेछन्; कुनै मानिसले यसमा भाग लिन पाउनेछैन, र मैले गर्ने काम कुनै पनि मानिसले गर्न सक्नेछैन। म सबै भूमिको हावा सफा गर्नेछु र पृथ्वीमा रहेका पिशाचहरूका सबै चिन्हलाई नामेट पार्नेछु। मैले सुरु गरिसकेको छु, र म मेरो सजायको प्रारम्भिक काम ठूलो रातो अजिङ्गरको वासस्थानमा सुरु गर्नेछु। त्यसैले मेरो सजाय सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ भन्ने कुरा देख्न सकिन्छ। ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कनै सक्दैनन्, किनकि म सारा भूमिको छानबिन गर्छु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ, अर्थात्, जब न्यायको युगको अन्त्य हुन्छ, तब म औपचारिक रूपमा ठूलो रातो अजिङ्गरलाई सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिएको धर्मी सजाय अवश्यै देख्नेछन्, मेरो धार्मिकताका कारण अवश्यै अनवरत रूपमा प्रशंसा व्यक्त गर्नेछन्, र मेरो धार्मिकताका कारण अवश्यै सधैँभरि मेरो पवित्र नाउँको गुणगान गर्नेछन्। तसर्थ तिमीहरूले औपचारिक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेछौ, र औपचारिक रूपमा सारा भूमिभरि सदासर्वदा मेरो प्रशंसा गर्नेछौ!

जब न्यायको युग चरम सीमामा पुग्छ, म आफ्नो कामलाई टुङ्ग्याउन हतार गर्नेछैनँ, बरु त्यसलाई सजायको युगको प्रमाणसँग जोड्नेछु, ताकि मेरा सबै मानिसले देखून्; यसबाट अझ ठूलो फल प्राप्त हुनेछ। यो प्रमाण नै मैले ठूलो रातो अजिङ्गरलाई सजाय दिने माध्यम हो, र म मेरा मानिसलाई यो तिनीहरूका आफ्नै आँखाले हेर्न लगाउनेछु, ताकि तिनीहरूले मेरो स्वभावबारे अझ धेरै जानून्। मेरा मानिसहरू ममा त्यसबेला आनन्द लिन्छन् जब त्यो ठूलो रातो अजिङ्गरलाई सजाय दिइन्छ। ठूलो रातो अजिङ्गरका मानिसहरूलाई खडा हुन र त्यसविरुद्ध विद्रोह गर्न लगाउनु नै मेरो योजना हो, र यही विधिद्वारा म मेरा मानिसहरूलाई सिद्ध बनाउँछु, र यो मेरा सबै मानिसका निम्ति जीवनमा वृद्धि हुने एउटा ठूलो अवसर हो। … आज म मानिससँगसँगै सजायको युगमा अगाडि बढ्छु, ऊसँग हातमा हात मिलाएर अघि बढ्छु। म मेरो काम गर्दैछु, भन्नुको अर्थ, म मानिसमाझ मेरो लौरो प्रहार गर्छु र त्यो मानिसभित्रको विद्रोही कुरामाथि पर्छ। मानिसको नजरमा, मेरो लौरोमा विशेष शक्तिहरू भए जस्तो देखिन्छ: यो ती सबैमाथि आउँछ जो मेरा शत्रु हुन् र यसले तिनीहरूलाई सजिलै बाँकी राख्दैन; मेरो विरोध गर्नेहरू सबैमाझ यो लौरोले त्यसको अन्तर्निहित प्रकार्य गर्दछ; मेरो हातमा हुनेहरू सबैले मेरा अभिप्रायहरूअनुसार आ-आफ्ना भूमिकाहरू पूरा गर्छन्, र तिनीहरूले कहिल्यै मेरा अभिप्रायहरूविरुद्ध जाने वा आफ्नो सारतत्त्वलाई बदल्ने गरेका छैनन्। फलस्वरूप, पानी गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्, मानिस सधैँ परिवर्तन हुन प्रवृत्त हुनेछ, सूर्य मधुरो हुँदै जानेछ, चन्द्रमा अँध्यारो हुनेछ, मानिसका निम्ति शान्तिमा जिउने एक दिन पनि हुनेछैन, भूमिमा फेरि कहिल्यै अरू शान्तिको समय हुनेछैन, स्वर्ग फेरि कहिल्यै शान्त र मौन रहनेछैन, र यसले आफूलाई उप्रान्त बाँधेर राख्नेछैन। सबै थोक नवीकरण हुनेछन् र तिनीहरूले आफ्‍नो मूल स्वरूप फेरि प्राप्त गर्नेछन्। पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै देशलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नीबीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा कामकुराहरू जसरी हुने गर्थे ती सबैलाई म चकनाचुर पार्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २८

युगलाई समाप्त गर्ने परमेश्‍वरको अन्तिम काममा, उहाँको स्वभाव सजाय र न्यायको हो, जसमा उहाँ अधार्मिक सबै कुरा प्रकट गर्नुहुन्छ, असङ्ख्य मानिसहरूको सार्वजनिक रूपमा न्याय गर्नुहुन्छ र उहाँलाई सच्चा रूपमा प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ। यस्तो स्वभावले मात्र त्यस युगलाई समाप्त गर्न सक्छ। आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणहरूका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरू सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्न सकिँदैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकट गर्न सकिन्छ। मानिसहरू आफूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र आफू साँचो रूपमा के हो त्यो देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र असङ्ख्य मानिसले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले, परमेश्‍वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्। त्यसकारण, यस्तो स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ। प्रत्येक नयाँ युगको कामका खातिर परमेश्‍वरको स्वभाव प्रकाश र प्रकट हुन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकाश गर्नुहुन्छ भन्‍ने होइन। मानौँ, मानिसहरूका परिणाम प्रकट गर्ने आखिरी दिनहरूमा, परमेश्‍वर मानिसलाई अझै पनि असीम कृपा र प्रेमिलो दयाका साथ प्रेम गर्नुहुन्छ र तिनीहरूप्रति निरन्तर प्रेमिलो हुनुहुन्छ, तिनीहरूलाई धर्मी न्यायको अधीनमा नल्याई, बरु नरमपन, धैर्य र क्षमा देखाउनुहुन्छ र तिनीहरूका पाप जति नै गम्भीर भए पनि, कुनै धर्मी न्याय नगरी तिनीहरूलाई क्षमा गर्नुहुन्छ। त्यसोभए, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कहिले समाप्त हुनेथियो? यस्तो स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेथियो? यसलाई सधैँ मानिसहरूप्रति प्रेमिलो हुने न्यायाधीश, दयालु मुहार र कोमल हृदयको न्यायाधीशसँग तुलना गर्न सकिन्छ, जो मानिसहरूलाई उनीहरूले जस्तोसुकै अपराध गरेका भए पनि प्रेम गर्छ र तिनीहरू जोसुकै भए पनि तिनीहरूप्रति प्रेम र सहनशीलता देखाउँछ—त्यस्तो न्यायाधीशले कहिले चाहिँ न्यायसङ्गत फैसला गर्न सक्छ र? आखिरी दिनहरूको अवधिमा, केवल धर्मी न्यायले मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न र तिनीहरूलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यसरी, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै देश र ठाउँहरूले प्रकोपहरू भोग्‍नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर छन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घटिरहेका छैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; बरु, यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका किराका प्रकोपहरू एकपछि अर्को गरी देखा पर्दै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। यो असङ्ख्य देश र मानिसहरूमाथि मेरो न्याय हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५

यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी गर्नुहुन्छ भन्‍ने कुरा हुन्। परमेश्‍वरले मण्डलीका मानिसहरूमा उहाँको काम लगभग समाप्त गरिसक्नुभएको छ र त्यसपछि उहाँ सबै मानिसहरूको सामु क्रोध सहित देखा पर्नुहुनेछ। परमेश्‍वरले भन्‍नुभए झैँ, “म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू ‘न्यायआसनको अगाडि’ प्रमाणित हुनेछन्, ताकि पृथ्वीका मानिसहरूले तिनलाई स्वीकार गरेर, घोप्टो परून्।” के तिमीहरूले यी वचनहरूमा केही देख्यौ? यसमा परमेश्‍वरको कामको अर्को भागको सारांश छ। सर्वप्रथम, परमेश्‍वरले राजनैतिक शक्ति भएका सबै पाले कुकुरहरूलाई इमानदारीसाथ विश्‍वस्त हुने तुल्याउनुहुनेछ अनि तिनीहरूलाई तिनीहरूका आफ्नै इच्छाको इतिहासको मञ्चबाट पछि सर्ने, फेरि कहिल्यै ओहदाका निम्ति कुनै लडाइँ नगर्ने, फेरि कहिल्यै युक्तिहरू र षड्यन्त्रमा संलग्न नहुने बनाउनुहुनेछ। यो काम परमेश्‍वरले पृथ्वीमा विभिन्न विपत्तिहरू खडा गरी अगाडि बढाउनुपर्छ। तर यसको मतलब परमेश्‍वर देखा पर्नुहुनेछ भन्‍ने पटक्कै होइन। यस समयमा, ठूलो रातो अजिङ्गरको देश अझै पनि फोहोरको देश हुनेछ, र त्यसैले परमेश्‍वर देखा पर्नुहुनेछैन, तर केवल सजायद्वारा देखा पर्नुहुनेछ। परमेश्‍वरको धार्मिक स्वभाव त्यस्तै छ, जसबाट कोही पनि उम्कन सक्दैन। यस समय अवधिमा, ठूलो रातो अजिङ्गरको देशमा बस्ने सबैले विपत्ति भोग्नुपर्नेछ, जसमा स्वाभाविक रूपमा पृथ्वीको राज्य (मण्डली) पनि समावेश हुन्छ। तथ्यहरू बाहिर आउने समय यही नै हो, र यसरी सबै मानिसहरूले यसको अनुभव गर्छन्, र कोही पनि उम्कन सक्दैनन्। परमेश्‍वरले नै यो पूर्वनिर्धारित गरिसक्नुभएको छ। कामको ठीक यही चरणको कारणले नै परमेश्‍वर भन्नुहुन्छ, “ठूला-ठूला योजनाहरूलाई अघि बढाउने समय अहिले नै हो।” किनकि भविष्यमा यस पृथ्वीमा कुनै मण्डली हुनेछैन, र विनाशको आगमनको कारण, मानिसहरू केवल उनीहरूको अगाडि जे छ त्यसको बारेमा मात्र सोच्न सक्ने हुनेछन्, र अरू सबै कुरालाई बेवास्ता गर्नेछन्, र विनाशको बीचमा परमेश्‍वरको आनन्द लिनु उनीहरूलाई कठिन हुनेछ। यसैले, यस सुन्दर समयमा मानिसहरूलाई तिनीहरूका सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न आग्रह गरिएको छ, ताकि तिनीहरूले मौका नगुमाऊन्। जब यो तथ्य समाप्त हुन्छ, परमेश्‍वरले त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको हुनेछ, र यसरी परमेश्‍वरका मानिसहरूले गवाही दिने कामको अन्त्य हुनेछ; त्यसपछि, ठूलो रातो अजिङ्गरको देशलाई पूर्ण रूपमा नष्ट पारेर छोडेपछि परमेश्‍वरले कामको अर्को चरण सुरु गर्नुहुनेछ, र अन्त्यमा सारा ब्रह्माण्डभरिका मानिसहरूलाई क्रूसमा उल्टो झुन्ड्याएर काँटी ठोक्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानव जातिलाई नाश गर्नुहुनेछ—परमेश्‍वरको कामको भविष्यका चरणहरू यिनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय ४२

जब परमेश्‍वरले उहाँको क्रोध पोखाउनुहुन्छ, तब परिणामस्वरूप ज्वालामुखी विस्फोटन भएजस्तै सारा संसारले हरप्रकारका विपत्तिहरू भोग्नेछन्। आकाशको उच्च स्थानमा उभिएर पृथ्वीमा हरप्रकारको विपत्ति सारा मानवजातिको नजिक आइरहेको, दिन-प्रतिदिन क्रमिक रूपमा झन्-झन् नजिक आइरहेको देख्न सकिन्छ। माथिबाट तल हेर्दा, पृथ्वीले भूकम्प आउनुअघिका विविध प्रकारका दृश्यहरू प्रस्तुत गरेजस्तो देखिन्छ। तरल आगो कुनै नियन्त्रणविना दौडिन्छ, लाभा स्वतन्त्र रूपले बग्छ, पहाडहरू यताउता सर्छन्, र चिसो ज्योति जगमगाउँछ। सम्पूर्ण संसार नै आगोमा डुबेको छ। यो परमेश्‍वरले उहाँको क्रोध बर्साउनुभएको दृश्य हो, र यो उहाँको न्यायको समय हो। मासु र रगतले बनेकाहरू सबै नै उम्कन असमर्थ हुनेछन्। यसरी, सम्पूर्ण संसारलाई विनाश गर्नको लागि राष्ट्रहरूबीचका युद्धहरू र मानिसहरूबीचका द्वन्द्वहरूको आवश्यकता पर्दैन; यसको सट्टा, परमेश्‍वरको सजायको कोक्रोभित्र यो संसारले “सचेतन रूपले आफै आनन्द मनाउनेछ”। कोही पनि उम्कन सक्‍नेछैनन्; हरेक व्यक्तिले एक-एक गरी यो अग्निपरीक्षामार्फत गुज्रनुपर्छ। तत्पश्चात्, सम्पूर्ण ब्रह्माण्ड फेरि एकपल्ट पवित्र चमकको साथमा चम्कनेछ र सारा मानवजातिले फेरि एकपल्ट नयाँ जीवनको सुरुवात गर्नेछन्। अनि ब्रह्माण्डमाथि परमेश्‍वर विश्राम गरी बस्नुहुनेछ र हरेक दिन सारा मानवजातिलाई आशिष् दिनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १८

सबै मानिसहरू मेरो अनुहार हेर्न चाहन्छन्, तर जब म एक व्यक्ति बनेर यस पृथ्वीमा ओर्लन्छु, तिनीहरू सबै मेरो आगमनको विपरीत हुन्छन्, र तिनीहरूले ज्योतिको आगमनलाई निषेध गर्दछन्, मानौं म स्वर्गमा बस्‍ने मानिसको शत्रु हुँ। मानिसले उसको आँखामा प्रतिरक्षाको भाव राखेर मलाई अभिवादन गर्छ, र लगातार सचेत रहन्छ, मसँग उसका निम्ति अर्को योजना होला भनी गम्भीर रूपमा डराउँछ। मानवजातिले मलाई अपरिचित साथी ठानेको कारण, उनीहरू आफ्ना मनमा मैले उनीहरूलाई अन्धाधुन्ध मार्ने उद्देश्य राखेको छु भनी विचार गर्छन्। मानिसको नजरमा, म एक भयानक विरोधी हुँ। विपत्तिको बीचमा मेरो न्यानो स्वाद चाखेपछि पनि मानिस मेरो प्रेमको बारेमा अनजान रहन्छ, र मलाई अझै रोक्न र चुनौती दिन दृढ बन्छ। उसको अवस्थाको फाइदा उठाउँदै ऊ विरुद्ध कदम चाल्नु त कता हो कता, तर म मानिसलाई मेरो न्यानो अङ्गालोमा लिन्छु, उसको मुख मिठासले भरिदिन्छु, र उसको पेटमा आवश्यक भोजन हालिदिन्छु। तर जब मेरो भयानक क्रोधले पहाड र नदीहरू हल्लाउँछ, मानिसको कायरतालाई ध्यानमा राखेर अब उसो म उसलाई कुनै प्रकारको सहायता गर्नेछैनँ। यस घडी, म क्रोधित हुनेछु र सबै जीवित प्राणीहरूलाई पश्चात्ताप गर्ने अवसर दिन इन्कार गर्नेछु र मानिसप्रतिको मेरा सबै आशाहरू त्यागेर म त्यससँग अत्यन्तै योग्य बदला लिनेछु। यस समयमा गर्जन र बिजुलीको चमक चम्कन्छ र गर्जन्छ, समुद्रका छालहरू क्रोधमा उठेजस्तै, हजारौं-हजार पर्वतहरू भत्केर ढलेझैं। मानिस उसको विद्रोहीपनको कारण गर्जन र बिजुलीको चमकद्वारा ढल्छ, अनि अरू प्राणीहरू गर्जन र बिजुलीको चमकको विस्फोटद्वारा पूर्ण रूपले नष्ट हुन्छन्, र सारा ब्रह्माण्ड अचानक अराजकतामा ओर्लन्छ, र सृष्टि जीवनको मूल सास फेरि प्राप्त गर्न असमर्थ हुन्छ। मानिसहरूका असङ्ख्य भीडहरू त्यो गर्जनको आवाजबाट उम्कन सक्दैनन्; बिजुलीको चमकको बीचमा, मानिसहरू भीडका भीड पहाडबाट झरेको प्रचण्ड वर्षाको प्रवाहमा बगेर नष्ट हुन्छन्। अचानक, “मानिसहरू” को संसार मानिसको “गन्तव्य” को रूपमा परिवर्तित हुन्छ। लासहरू समुद्रको सतहमा बग्छन्। मेरो क्रोधको कारण सबै मानिसहरू मबाट टाढा जान्छन्, किनकि मानिसले मेरो आत्माको अस्तित्वको विरुद्ध पाप गरेका छन् र उसको विद्रोहीपनले मलाई अप्रसन्न तुल्याएको छ। तर, पानी नभएका खाली ठाउँहरूमा, अरू मानिसहरू मैले कृपासाथ प्रदान गरेका प्रतिज्ञाहरूमा हाँस्दै र गाउँदै आनन्द मनाउँछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १७

पुरानो संसार अस्तित्वमा रहुन्जेल, म हरेक देशमाथि मेरो ठूलो क्रोध खन्याउनेछु र सम्पूर्ण ब्रह्माण्डका लागि सार्वजनिक गरिएका प्रशासनिक आदेशहरू जारी गर्नेछु, र जसले तिनको उल्लङ्घन गर्छ उसले सजाय पाउनेछ:

जब म सम्पूर्ण ब्रह्माण्डसित बोल्छु, तब सबै मानिसले मेरो स्वर सुन्छन्, अर्थात्, मैले ब्रह्माण्डभरि गरेका सबै कार्य सारा मानिसले देख्छन्। जो मेरा अभिप्रायहरूका विरुद्धमा जान्छन्, अर्थात्, जो मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्छन्, तिनीहरू मेरो सजायको बीचमा ढल्नेछन्। म स्वर्गका असङ्ख्य ताराहरूलाई नवीन बनाउनेछु; मेरो कारणले गर्दा, सूर्य र चन्द्रमा नवीन हुनेछन्, आकाश पहिले जस्तो रहनेछैन; र पृथ्वीका यावत् थोक नवीन हुनेछन्—यी सबै मेरा वचनहरूका कारणले पूरा हुनेछन्। ब्रह्माण्डभित्रका सबै देशलाई नयाँ रूपमा विभाजन गरिनेछ र तिनलाई मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछ, ताकि पृथ्वीमा रहेका देशहरू सधैँका लागि लोप हुनेछन्, र त्यहाँ मेरो आराधना गर्ने राज्य मात्र हुनेछ; पृथ्वीका सबै देश नष्ट हुनेछन् र अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डभित्रका मानवजातिमध्ये, जो दियाबलसहरूका हुन् तिनीहरू सबैलाई नामेट पारिनेछ। शैतानको आराधना गर्ने सबै मेरो दन्किरहेको आगोको बीचमा ढल्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र भएकाहरू बाहेक, सबै खरानीमा परिणत हुनेछन्। जब म हरेक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू, विभिन्न हदसम्म, मेरो राज्यमा फर्कनेछन्, र मेरा कार्यहरूद्वारा विजय गरिनेछन्, किनभने तिनीहरूले “सेतो बादलमा सवार हुनुहुने पवित्र जन” पहिल्यै आइपुग्नुभएको छ भनी देखेका हुनेछन्। सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ, र तिनीहरूले आफ्ना कार्यहरू अनुरूप विभिन्न सजायहरू प्राप्त गर्नेछन्; ज-जसले मेरो प्रतिरोध गरेका छन् तिनीहरू सबै नाश हुनेछन्, र पृथ्वीमा जसका कार्यहरूले मलाई समेटेका छैनन्, तिनीहरू, आफूले गरेको व्यवहारका कारणले गर्दा, मेरा पुत्रहरू र मेरा मानिसहरूको शासनअन्तर्गत पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म अनगिन्ती देश र मानिसहरूसामु देखा पर्नेछु, र म पृथ्वीमा मेरो आफ्नै स्वर व्यक्त गर्नेछु, मेरो महान् काम पूरा भएको उद्घोष गर्नेछु, जसले गर्दा सबै मानिसले यसलाई आफ्नै आँखाले देख्न सकून्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २६

अघिल्लो:  १. आजको संसार साँच्चै झन्-झन् अँध्यारो हुँदै गइरहेको छ, र मानवजाति झन् बढी भ्रष्ट हुँदैछ। संसार पतन हुँदैछ, नैतिकता हराएको छ, परमेश्‍वरमा विश्‍वास गर्ने र सही बाटोमा हिँड्ने असल मानिसहरूलाई धम्की दिइन्छ, थिचोमिचो गरिन्छ, र सताइन्छ, जबकि ती चापलुसीकार र हिनामिना गर्ने, जसले हरप्रकारका दुष्ट कामहरू गर्छन् तिनीहरूको उन्नति हुन्छ। संसार किन यति अँध्यारो, यति दुष्ट छ? मानवजातिको भ्रष्टता चरम सीमामा पुगिसकेको छ—के अब मानिस परमेश्‍वरद्वारा नाश पारिने समय आएको हो?

अर्को:  १. प्रभुले यसो भन्दै हामीसँग प्रतिज्ञा गर्नुभयो, “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म आफै लिएर जानेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सकौ” (यूहन्‍ना १४:२-३)। प्रभु येशू पुनरुत्थान हुनुभयो र हाम्रो निम्ति ठाउँ तयार पार्न स्वर्गमा चढिजानुभयो, यसैले यो ठाउँ स्वर्गमा नै हुनुपर्दछ। तापनि तपाईं प्रभु येशू फर्केर आउनुभएको छ र पृथ्वीमा परमेश्‍वरको राज्य स्थापना गर्नुभएको छ भनी गवाही दिनुहुन्छ। मैले यो कुरा बुझिनँ: स्वर्गको राज्य स्वर्गमा छ कि पृथ्वीमा छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger