२. हामी विश्वास गर्छौं, प्रकाशको पुस्तकमा अगमवाणी गरिएको ठूलो सेतो सिंहासन अविश्वासीहरूलाई लक्षित गरिएको हो जो शैतानको स्वामित्वमा छन्। जब प्रभु आउनुहुन्छ, उहाँमा विश्वास गर्नेहरू स्वर्गमा उठाइ लगिनेछन्, त्यसपछि प्रभुले अविश्वासीहरूलाई नाश पार्नका लागि विपत्तिहरू बर्साउनुहुनेछ। यही नै ठूलो सेतो सिंहासनको न्याय हो, तैपनि तपाईं परमेश्वरको आखिरी दिनहरूको न्याय सुरु भइसकेको छ भनी गवाही दिनुहुन्छ। त्यसोभए परमेश्वरले अविश्वासीहरूलाई नाश पार्नका लागि विपत्तिहरू बर्साउनुभएको हामीले किन देखेका छैनौं? यो कसरी ठूलो सेतो सिंहासनको न्याय हुन सक्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)।
“अनि यदि कुनै मानिसले मेरा वचनहरू सुन्छ तर तिनलाई पालन गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर मुक्ति दिन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एउटा छ: मैले बोलेको त्यो मार्गले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४७-४८)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
आखिरी दिनहरूको काम सबैलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नु, र परमेश्वरको व्यवस्थापनको योजनालाई निष्कर्षमा पुर्याउनु हो, किनकि समय नजिक छ र परमेश्वरको दिन आएको छ। परमेश्वर उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई—अन्तिमसम्म उहाँप्रति बफादार हुने सबैलाई—परमेश्वर स्वयम्को युगमा ल्याउनुहुन्छ। तैपनि परमेश्वर स्वयम्को युग आइपुग्नुभन्दा पहिले, परमेश्वरको काम मान्छेका कार्यहरूलाई निरीक्षण गर्नु होइन, वा मान्छेको जीवनबारे सोधखोज गर्नु होइन, बरु मान्छेको विद्रोहीपनलाई न्याय गर्नु हो, किनकि परमेश्वरले उहाँको सिंहासनसामु आउने सबैलाई शुद्ध गर्नुहुनेछ। यस दिनसम्म परमेश्वरका पदचापहरू पछ्याएकाहरू सबै परमेश्वरको सिंहासनसामु आउनेहरू हुन्, अनि यस्तो भएको हुनाले, परमेश्वरको कामको अन्तिम चरण स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा, परमेश्वरको अन्तिम चरणको काम स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको न्यायको पात्र हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्वरविरुद्धको विरोधी शक्ति हो भन्नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्रायहरू, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
कतिपयले परमेश्वर कुनै अज्ञात समयमा पृथ्वीमा आउनुहुनेछ र मानिससामु देखा पर्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ र कसैलाई पनि नछुटाई एक-एक गरेर जाँच्नुहुनेछ भन्ने विश्वास गर्छन्। यसरी सोच्नेहरूलाई देहधारणको कामको यस चरणबारे थाहा छैन। परमेश्वर मानिसहरूलाई एकपछि अर्को गर्दै न्याय गर्नुहुन्न, न त तिनीहरूलाई एक-एक गरेर जाँच उत्तीर्ण गर्न लगाइन्छ; त्यसो गर्नु न्यायको काम हुँदैन। के सम्पूर्ण मानवजातिको भ्रष्टता उस्तै होइन र? के सम्पूर्ण मानवजातिको सार उस्तै होइन र? न्याय गरिने त मानवजातिको भ्रष्ट सार, शैतानद्वारा भ्रष्ट पारिएको मानिसको सार, र मानिसका सबै पाप हुन्। परमेश्वर मानिसका सानातिना र महत्त्वहीन गल्तीहरूलाई न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक हुन्छ, र यो विशेष गरी कुनै निश्चित व्यक्तिका लागि गरिँदैन। बरु, यो त सम्पूर्ण मानवजातिको न्यायको प्रतिनिधित्व गर्नका लागि मानिसहरूको एउटा समूहलाई न्याय गरिने काम हो। देहमा परमेश्वरद्वारा गरिएको काम भनेको सम्पूर्ण मानवजातिको कामको प्रतिनिधित्व गर्नका लागि मानिसहरूको एउटा समूहमा उहाँको प्रत्यक्ष काम प्रयोग गर्नु हो, जसपछि यो बिस्तारै फैलिन्छ। न्यायको काम पनि यस्तै हुन्छ। परमेश्वर कुनै निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, बरु सम्पूर्ण मानवजातिको अधार्मिकतालाई न्याय गर्नुहुन्छ, जस्तै मानिसले परमेश्वरको विरोध गर्नु, वा मानिसले उहाँको डर नमान्नु, वा मानिसले परमेश्वरको काममा बाधा दिनु। न्याय गरिने त परमेश्वरको विरोध गर्ने मानवजातिको सार हो, र यो न्यायको काम आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्वरको काम र वचन आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनअघिको न्यायको काम हो, जुन विगतमा मानिसहरूले आफ्ना धारणाहरूमा पालेका थिए। देहधारी परमेश्वरले हाल गरिरहेको काम ठ्याक्कै ठूलो सेतो सिंहासनअघिको न्याय हो। आजका देहधारी परमेश्वर आखिरी दिनहरूको दौरान सम्पूर्ण मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यो देह र यस देहको काम, वचन, र सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। यस देहको कामको दायरा सीमित भए पनि, र यसमा सम्पूर्ण ब्रह्माण्डलाई सिधै नसमेटे पनि, न्यायको कामको सार सम्पूर्ण मानवजातिको प्रत्यक्ष न्याय हो—यो काम चीनका चुनिएका मानिसहरूका खातिर मात्रै होइन, न त यो थोरै सङ्ख्याका मानिसका खातिर नै गरिन्छ। देहमा परमेश्वरको कामको दौरान, यस कामको दायरामा सम्पूर्ण ब्रह्माण्ड समावेश नभए पनि, यसले सम्पूर्ण ब्रह्माण्डको कामको प्रतिनिधित्व गर्छ, र उहाँले आफ्नो देहको कामको दायराभित्र काम सम्पन्न गर्नुभएपछि, येशूको पुनरुत्थान र स्वर्गारोहणपछि उहाँको सुसमाचार फैलिएजस्तै गरी, उहाँले तुरुन्तै ब्रह्माण्डभित्रको हरेक ठाउँमा यो काम फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् वा देहको काम होस्, यो सीमित दायराभित्र गरिने, तर सम्पूर्ण ब्रह्माण्डको कामको प्रतिनिधित्व गर्ने काम हो। आखिरी दिनहरूको दौरान, परमेश्वर आफ्नो देहधारी पहिचानमा देखा परेर आफ्नो काम गर्नुहुन्छ, र देहमा हुनुहुने परमेश्वर सेतो ठूलो सिंहासनअघि मानिसको न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। चाहे उहाँ आत्मा हुनुहोस् वा देह हुनुहोस्, न्यायको काम गर्नुहुने जन आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यो उहाँले गर्ने कामद्वारा निर्धारण गरिन्छ, उहाँको बाहिरी रूप वा अन्य केही कारकद्वारा गरिँदैन। मानिसले यी वचनहरूबारे धारणाहरू पाले पनि, देहधारी परमेश्वरले सम्पूर्ण मानवजातिलाई न्याय र विजय गर्नुभएको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसबारे जेसुकै सोचे पनि, तथ्यहरू आखिर तथ्य नै हुन्। कसैले पनि “काम परमेश्वरले गर्नुभएको हो, तर देह परमेश्वर हुनुहुन्न” भनेर भन्न सक्दैन। यो एउटा भ्रम हो, किनभने यो काम देहमा हुनुहुने परमेश्वरबाहेक अरू कसैले पनि गर्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ
आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। किन आजको सजाय र न्यायलाई आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अघि हुने न्याय हो भनेर भनिन्छ? के तँ यो देख्दैनस्? विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो सजाय र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउन र त्यसपछि आ-आफ्नै प्रकारअनुसार वर्गीकृत हुन दिनका लागि होइन र? यसलाई मानवजातिउपर विजय गर्नु भन्नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्न वर्गका मानिसहरूलाई खुलासा गर्दै, त्यसमार्फत तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा समर्पित हुनेगर्ने मानिसहरूलाई—अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई—सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछ र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट हरूलाई दुष्टहरूको समूहमा, फेरि सूर्यको किरणमा नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन् र तिनीहरूले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला यावत् थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय भनेको आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई प्रकारअनुसार वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै भूमि र सबै जातिकाले पनि विजयको काम स्विकार्नेछन्। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरिनेछ, न्याय गरिनका लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कामकुरा यस सजाय र न्यायको कष्टबाट उम्किन सक्दैन, न त कुनै व्यक्ति न त कुनै कामकुरा नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि यावत् थोकको परिणाम नजिकै आउँदै छ, र सारा स्वर्ग र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानव अस्तित्व अन्त्य हुने दिनबाट उम्कन सक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
म राज्यमा शासन गर्छु, र त्यसभन्दा पनि बढी, म सम्पूर्ण ब्रह्माण्डभरि शासन गर्छु: म राज्यको राजा र ब्रह्माण्डको प्रमुख, दुवै हुँ। अब उप्रान्त, म जो चुनिएका मानिस होइनन् तिनीहरू सबैलाई भेला गर्नेछु र अन्यजातिहरूमाझ मेरो काम सुरु गर्नेछु, र म सम्पूर्ण ब्रह्माण्डलाई मेरा प्रशासनिक आदेशहरू घोषणा गर्नेछु, ताकि म सहज रूपमा आफ्नो कामको अर्को चरणमा लाग्न सकूँ। अन्यजातिहरूमाझ मेरो काम फैलाउन, म सजाय प्रयोग गर्नेछु, भन्नुको अर्थ, म जो-जो अन्यजाति हुन् तिनीहरू सबैको विरुद्धमा “बल” प्रयोग गर्नेछु। स्वाभाविक रूपमा, यो काम र चुनिएका मानिसहरूमाझ गरिने मेरो काम एकै समयमा गरिनेछ। जब मेरा मानिसहरूले पृथ्वीमा राजाका रूपमा शासन गर्छन्, त्यो पृथ्वीका सबै मानिस विजय गरिएको दिन पनि हुनेछ, अनि त्यसभन्दा बढी, मैले विश्राम गर्ने समय पनि त्यही हुनेछ—र त्यसपछि मात्र म विजय गरिएकाहरू सबैकहाँ देखा पर्नेछु। म पवित्र राज्यमा देखा पर्छु, र म आफूलाई फोहोरको देशबाट लुकाउँछु। विजय गरिएका र मेरो सामु समर्पित बनेका सबैले आफ्नै आँखाले मेरो मुहार देख्न सक्छन् र आफ्नै कानले मेरो स्वर सुन्न सक्छन्। आखिरी दिनहरूमा जन्मनेहरूको आशिष् यही नै हो, यो मद्वारा पूर्वनियोजित गरिएको आशिष् हो, र यसलाई कुनै पनि मानिसले बदल्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २९