७. तपाईं परमेश्‍वरले आखिरी दिनहरूमा मानिसलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिनका लागि न्यायको काम गर्नुहुन्छ भनी गवाही दिनुहुन्छ, तर मैले सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरू पढेको छु, र तीमध्ये केही धेरै कठोर छन्—तिनले मानिसलाई निन्दा गर्छन् र सराप दिन्छन्। के यो मानिसको दण्ड होइन? यसलाई कसरी मानिसको शुद्धीकरण र मुक्ति भन्न सकिन्छ?

परमेश्वरका सान्दर्भिक वचनहरू:

युगलाई समाप्त गर्ने परमेश्‍वरको अन्तिम काममा, उहाँको स्वभाव सजाय र न्यायको हो, जसमा उहाँ अधार्मिक सबै कुरा प्रकट गर्नुहुन्छ, असङ्ख्य मानिसहरूको सार्वजनिक रूपमा न्याय गर्नुहुन्छ र उहाँलाई सच्चा रूपमा प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ। यस्तो स्वभावले मात्र त्यस युगलाई समाप्त गर्न सक्छ। आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणहरूका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरू सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्न सकिँदैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकट गर्न सकिन्छ। मानिसहरू आफूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र आफू साँचो रूपमा के हो त्यो देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र असङ्ख्य मानिसले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले, परमेश्‍वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्। त्यसकारण, यस्तो स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ। प्रत्येक नयाँ युगको कामका खातिर परमेश्‍वरको स्वभाव प्रकाश र प्रकट हुन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकाश गर्नुहुन्छ भन्‍ने होइन। मानौँ, मानिसहरूका परिणाम प्रकट गर्ने आखिरी दिनहरूमा, परमेश्‍वर मानिसलाई अझै पनि असीम कृपा र प्रेमिलो दयाका साथ प्रेम गर्नुहुन्छ र तिनीहरूप्रति निरन्तर प्रेमिलो हुनुहुन्छ, तिनीहरूलाई धर्मी न्यायको अधीनमा नल्याई, बरु नरमपन, धैर्य र क्षमा देखाउनुहुन्छ र तिनीहरूका पाप जति नै गम्भीर भए पनि, कुनै धर्मी न्याय नगरी तिनीहरूलाई क्षमा गर्नुहुन्छ। त्यसोभए, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कहिले समाप्त हुनेथियो? यस्तो स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेथियो? यसलाई सधैँ मानिसहरूप्रति प्रेमिलो हुने न्यायाधीश, दयालु मुहार र कोमल हृदयको न्यायाधीशसँग तुलना गर्न सकिन्छ, जो मानिसहरूलाई उनीहरूले जस्तोसुकै अपराध गरेका भए पनि प्रेम गर्छ र तिनीहरू जोसुकै भए पनि तिनीहरूप्रति प्रेम र सहनशीलता देखाउँछ—त्यस्तो न्यायाधीशले कहिले चाहिँ न्यायसङ्गत फैसला गर्न सक्छ र? आखिरी दिनहरूको अवधिमा, केवल धर्मी न्यायले मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न र तिनीहरूलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यसरी, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

मेरा वचनहरू कठोर भए पनि, ती सबै मानिसका लागि मुक्ति हुन्, किनभने म वचनहरू मात्रै बोलिरहेको छु र मानिसको देहलाई दण्ड दिइरहेको छैनँ। यी वचनहरूले मानिसलाई ज्योतिमा जिउन, ज्योति अस्तित्वमा छ भनी जान्न, ज्योति बहुमूल्य छ भनी जान्न, र, अझ बढी, यी वचनहरू उसका लागि कति लाभदायक छन् भनी जान्न, साथै परमेश्‍वर नै मुक्ति हुनुहुन्छ भनी जान्न लगाउँछन्। मैले सजाय र न्यायका वचनहरू धेरै बोलेको भए पनि, वास्तवमा तिमीहरूमाथि केही पनि आइपरेको छैन। म मेरो काम गर्न र मेरा वचनहरू बोल्न नै आएको हुँ, र मेरा वचनहरू कठोर भए पनि, ती तिमीहरूको भ्रष्टता र तिमीहरूको विद्रोहीपनको न्याय गर्न बोलिएका हुन्। मैले यसो गर्नुको उद्देश्य अझै पनि मानिसलाई शैतानको शक्तिबाट मुक्ति दिनु नै हो। यसको उद्देश्य मेरा वचनहरू प्रयोग गरेर मानिसलाई मुक्ति दिनु हो; मेरा वचनहरूद्वारा मानिसलाई हानि गर्नु होइन। मेरो काममा नतिजाहरू हासिल गर्नका निम्ति मेरा वचनहरू कठोर छन्। यस्तो काममार्फत मात्रै मानिसले आफूलाई चिन्न र आफ्नो विद्रोही स्वभावबाट अलग हुन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरू त्याग्नुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

परमेश्‍वरले मानिसलाई सिद्ध पार्ने कार्य कुन माध्यमबाट पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभावमा मुख्य रूपमा धार्मिकता, क्रोध, प्रताप, न्याय र सराप समावेश हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध पार्नुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध पार्न सक्‍नुहुन्छ भनी प्रश्न गर्छन्। तिनीहरू भन्छन्, “यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई न्याय गर्नुभयो भने, के मानिस निन्दित हुनेथिएन? त्यसो भए ऊ कसरी अझै पनि सिद्ध पारिन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्‍वरको कामलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको विद्रोहीपन हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ कठोर रूपमा र मानिसका भावनालाई बिलकुलै ख्याल नगरी बोल्ने भए पनि, उहाँले मानिसभित्रका सबै कुरा खुलासा गर्नुहुन्छ, उहाँले केही कठोर वचनद्वारा मानिसभित्र हुने सारगत कुराहरू खुलासा गर्नुहुन्छ, तैपनि त्यस्तो न्यायद्वारा, उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ। मानिसको देह पापको र शैतानको हो, यो विद्रोही छ, र यो परमेश्‍वरको सजायको पात्र हो। यसैले, मानिसलाई आफैलाई चिन्‍न लगाउनका लागि परमेश्‍वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्‍वरको काम प्रभावकारी हुन सक्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

परमेश्‍वर मानिसलाई सिद्ध पार्न आफ्नो न्याय प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेमभित्र कति कुरा रहेको छ? त्यसमा न्याय, प्रताप, क्रोध, र श्राप छ। विगतमा परमेश्‍वरले मानिसलाई सराप्नुभएको भए पनि, उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हाल्नुभएन, बरु उक्त माध्यमलाई मानिसको आस्थालाई शोधन गर्नका लागि प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्यु हुने अवस्थामा पुर्‍याउनुभएन, बरु मानिसलाई सिद्ध पार्नका लागि काम गर्नुभयो। देहको सार त्यो हो जुन शैतानको हो—परमेश्‍वरले यो ठ्याक्कै सही भन्नुभयो—तर परमेश्‍वरले अगाडि बढाउनुभएका तथ्यहरू उहाँका वचनहरूअनुसार साकार हुँदैनन्। उहाँ तँलाई सराप्नुहुन्छ ताकि तैँले उहाँलाई प्रेम गर्न सकेस्, र ताकि तैँले देहको सार जान्न सकेस्; उहाँ तँलाई सजाय दिनुहुन्छ ताकि तँ ब्युँझन सकेस्, तैँले आफूभित्रका कमीहरू थाहा पाउन, र मानिसको नीचता र अयोग्यता थाहा पाउन सकेस्। तसर्थ, परमेश्‍वरका श्रापहरू, उहाँको न्याय, साथै उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध पार्नका निम्ति हुन्। आज परमेश्‍वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूमार्फत प्रकट गर्नुहुने धर्मी स्वभाव—यो सबै मानिसलाई सिद्ध पार्नका निम्ति हो। परमेश्‍वरको प्रेम यस्तो हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

मानिसका लागि, परमेश्‍वरको सजाय र न्याय भनेको शोधन, निर्मम खुलासा, र उसले गरेका पापहरूका लागि उसलाई दण्ड दिने र उसको देहलाई दण्ड दिने उद्देश्यले गरिएका कामकुरा भए पनि, यीमध्ये कुनै पनि कामको अभिप्राय उसको देहलाई दोषी ठहराउनु र नष्ट गर्नु होइन। वचनको कठोर खुलासा तँलाई सही मार्गमा डोर्‍याउने उद्देश्यका लागि मात्रै हो। तिमीहरूले व्यक्तिगत रूपमा यो काम यति धेरै अनुभव गरेका छौ र, स्पष्ट रूपमा, यसले तिमीहरूलाई दुष्ट मार्गमा डोर्‍याएको छैन! यो सबै तँलाई सामान्य मानवता जिउने बनाउनका लागि हो, र यो सबै तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिने कुरा हो। परमेश्‍वरको कामको हरेक चरण तेरा आवश्यकताहरूमा आधारित हुन्छ, तेरा कमजोरीहरूअनुसार, र तेरो खास कदअनुसार हुन्छ, र तिमीहरूमाथि सहन नसकिने कुनै पनि बोझ जबरजस्ती लादिँदैन। आज तँलाई यो कुरा प्रस्ट भएको छैन, र तँलाई मैले तँमाथि कठोर व्यवहार गरिरहेको छु भन्ने लाग्छ, अनि तँ सधैँ मैले तँलाई घृणा गर्ने भएकाले नै म हरेक दिन तँलाई सजाय दिने, न्याय गर्ने, र हप्काउने गर्छु भन्ने विश्‍वास गर्छस्। तर तैँले सजाय र न्याय प्राप्त गरे पनि, यो वास्तवमा तँप्रतिको प्रेम हो, र यो सबैभन्दा ठूलो सुरक्षा हो। यदि तँ यस कामको अझ गहिरो अर्थ बुझ्न सक्दैनस् भने, अनुभव गरिरहन तेरा लागि असम्भव हुनेछ। तैँले यस मुक्तिबाट सान्त्वना प्राप्त गर्नुपर्छ। होसमा आउन इन्कार नगर्। यति टाढासम्म आइसकेपछि, विजयको कामको महत्त्व तँलाई स्पष्ट भइसकेको हुनुपर्छ, र अब तैँले यसबारे कुनै पनि प्रकारको राय बोकिहिँड्नु हुँदैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (४)

आज परमेश्‍वर तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले के थाहा पाउनुपर्छ भने, तँलाई दोषी ठहराउनुको उद्देश्य तैँले आफैलाई चिन्नु हो। उहाँ तँलाई दोषी ठहराउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, ताकि तँ आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, र यसभन्दा पनि बढी, ताकि तँ आफ्‍नो मूल्य जान्‍न सक्, र परमेश्‍वरका सबै कार्य धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरूअनुसार छन्, र उहाँ मानिसको मुक्तिसम्बन्धी आफ्नो योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने र मुक्ति दिनुहुने, अनि न्याय गर्नुहुने र सजाय पनि दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न हैसियतको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्‍ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि जुन न्याय र सजाय गर्नुहुन्छ त्यसमार्फत उहाँले आफ्नो मुक्ति प्रकट गर्ने अभिप्राय राख्नुहुन्छ भन्‍ने थाहा छैन भने, तैँले कामकुरा अनुभव गर्न सम्भव छैन, अनि तँ अघि बढिरहन त झनै सक्षम छैनस्। परमेश्‍वर मानिसहरूलाई ढाल्न वा नष्ट गर्न आउनुभएको होइन, बरु तिनीहरूलाई न्याय गर्न, श्राप दिन, सजाय दिन, र मुक्ति दिन आउनुभएको हो। उहाँको ६ हजार वर्षे व्यवस्थापनको योजना समाप्त नभएसम्म—उहाँले प्रत्येक वर्गको मानिसको परिणाम प्रकट गर्नुअघि—पृथ्वीमा परमेश्‍वरको काम पूर्ण रूपमा मुक्तिका खातिर हुन्छ; यसको उद्देश्य उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण रूपमा सिद्ध पार्नु र तिनीहरूलाई उहाँको प्रभुत्वअन्तर्गत समर्पण गर्न लगाउनु मात्रै हो। परमेश्‍वरले मानिसहरूलाई जसरी मुक्ति दिनुभए पनि, यो सबै तिनीहरूलाई तिनीहरूको पुरानो शैतानी प्रकृतिबाट अलग गराएर गरिन्छ; अर्थात्, उहाँ तिनीहरूलाई जीवन पछ्याउन लगाएर मुक्ति दिनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले परमेश्‍वरको मुक्ति स्वीकार गर्न सम्भव हुनेछैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र मुक्ति स्वीकार गर्नका निम्ति मानिसले जीवन पछ्याउनैपर्छ। मानिसको नजरमा, मुक्ति भनेको परमेश्‍वरको प्रेम हो, र परमेश्‍वरको प्रेम सजाय, न्याय, र श्राप हुन सक्दैन; मुक्तिमा कृपा, दयाधर्म, र, यतिमात्र नभएर, सान्त्वनाका वचनहरू, साथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिष्‌हरू समावेश हुनैपर्छ। मानिसहरू के विश्‍वास गर्छन् भने, परमेश्‍वरले मानिसलाई मुक्ति दिँदा उसलाई उहाँका आशिष्‌ र अनुग्रहले प्रेरित गरेर त्यसो गर्नुहुन्छ, ताकि उसले आफ्नो हृदय परमेश्‍वरलाई दिन सकोस्। भन्नुको मतलब, उहाँले मानिसलाई छुनु नै उहाँले उसलाई मुक्ति दिनु हो। यस प्रकारको मुक्ति लेनदेन हो। परमेश्‍वरले मानिसलाई सय गुणा दिँदा मात्र ऊ परमेश्‍वरको नाउँसमक्ष आफूलाई समर्पण गर्न आउनेछ, र यसरी परमेश्‍वरलाई गर्व गराउनेछ र उहाँलाई महिमित पार्नेछ। मानवजातिप्रति परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानवजातिलाई मुक्ति दिनका निम्ति पृथ्वीमा काम गर्न आउनुभएको हो; यसमा कुनै झूट छैन। यदि यस्तो नभएको भए, उहाँ पक्कै पनि आफ्नो काम गर्न व्यक्तिगत रूपमा आउनुभएको हुनेथिएन। विगतमा, उहाँले मुक्ति दिने विधिमा सबैभन्दा धेरै कृपा र दयाधर्म देखाउनुहुन्थ्यो, यतिसम्म कि उहाँले सम्पूर्ण मानवजातिको बदलामा शैतानलाई आफ्नो सर्वस्व दिनुभयो। वर्तमान भनेको विगतजस्तो छँदै छैन: आज तिमीहरूको मुक्ति आखिरी दिनहरूमा हुन्छ, जब हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ; तिमीहरूको मुक्तिको माध्यम कृपा वा दयाधर्म होइन, बरु सजाय र न्याय हो, ताकि मानिसलाई अझ पूर्ण रूपमा मुक्ति दिन सकियोस्। तसर्थ, तिमीहरूले सजाय, न्याय, र निर्दयी प्रहार मात्र प्राप्त गर्छौ, तर यो कुरा जानिराख: यस निर्दयी प्रहारमा अलिकति पनि दण्ड हुँदैन। मेरा वचनहरू जतिसुकै कठोर भए पनि, तिमीहरूमाथि केही त्यस्ता वचन मात्रै आइपर्छन् जुन तिमीहरूलाई पूर्ण रूपमा निर्दयी लाग्न सक्छन्, र म जतिसुकै रिसाएको भए पनि, तिमीहरूमाथि अझै पनि हप्काइका वचनहरू नै आइपर्छन्, र मेरो उद्देश्य तिमीहरूलाई हानि गर्नु वा मृत्युदण्ड दिनु होइन। के यी सबै तथ्य होइनन् र? आजकाल, चाहे त्यो धर्मी न्याय होस् वा निर्दयी शोधन र सजाय होस्, सबै कुरा मुक्तिका खातिर हो भन्ने जानिराख। आज हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने भए पनि वा सबै प्रकारका मानिस प्रकट गरिने भए पनि, परमेश्‍वरका सबै वचन र कामको उद्देश्य परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूलाई मुक्ति दिनु हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्न ल्याइन्छ, र निर्दयी शोधन उसलाई स्वच्छ पार्न गरिन्छ; कठोर वचनहरू वा ताडना दुवै शुद्ध गर्नका लागि गरिन्छन् र ती मुक्तिका खातिर हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरू त्याग्नुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

अघिल्लो:  ६. तपाईं भन्नुहुन्छ, कि आखिरी दिनहरूमा परमेश्‍वरले मानिसको न्याय र शुद्धीकरण गर्न सत्यता व्यक्त गर्नुहुन्छ। परमेश्‍वरले पुरानो र नयाँ करार दुवैका मानवजातिको न्याय गर्न वचनहरू बोल्नुहुन्छ—परमेश्‍वरको न्यायले मानिसलाई कहिल्यै छोडेको छैन। के तपाईं यी वचनहरू मानिसको न्याय र शुद्धीकरण गर्न असमर्थ छन् भनी भन्दैहुनुहुन्छ? परमेश्‍वरद्वारा आखिरी दिनहरूमा व्यक्त गरिएको न्यायका वचनहरू, र बाइबलमा लेखिएको मानिसको न्याय गर्ने परमेश्‍वरका वचनहरू बीचमा के फरक छ?

अर्को:  ८. तपाईं सर्वशक्तिमान् परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ, देखा पर्नुभएका मुक्तिदाता हुनुहुन्छ, र उहाँले सत्यता व्यक्त गर्दैहुनुहुन्छ र मानिसलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन अनि मानिसलाई शैतानको अँध्यारो प्रभावबाट छुटकारा दिन परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरले कसरी मानिसलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger