सत्यता कसरी पछ्याउने (१)
हामीले सत्यता कसरी पछ्याउने भन्ने यो विषयमा निकै लामो समयदेखि सङ्गति गरेका छौँ, र हामीले सङ्गति गरेका सबै कुरामा सत्यता कसरी पछ्याउने भन्ने बारेमा अभ्यासको एउटा पक्ष समावेश छ: त्याग्नु। अर्थात्, हाम्रो सङ्गतिको विषयवस्तु सबै मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने प्रक्रियामा त्याग्नुपर्ने कामकुराहरूका बारेमा थियो, जुन मानिसहरूले आफ्नो जीवनमा र आफूले हिँड्ने जीवन मार्गमा त्याग्नुपर्ने कुराहरू पनि हुन्। मानिसहरूले सत्यता पछ्याउने कार्यलाई असर गर्ने कुराहरूमध्ये केही कुराहरू ठीक यिनै हुन्। त्यसोभए त्याग्ने बारेमा रहेको हाम्रो विषयको पहिलो विषयवस्तु के थियो? (मानिसहरूका विभिन्न नकारात्मक संवेगहरू त्याग्नु।) अनि दोस्रो विषयवस्तु के थियो? (मानिसहरूको खोज, आकाङ्क्षा, र कामनाहरू त्याग्नु।) त्याग्ने बारेमा रहेको हाम्रो विषयवस्तुको पहिलो बुँदा विभिन्न नकारात्मक संवेगहरू त्याग्नु थियो, र दोस्रो बुँदा मानिसहरूको खोज, आकाङ्क्षा, र कामनाहरू त्याग्नु थियो। हरेक विषयवस्तुमा केही उप-विषय र विवरणहरू समावेश थिए, होइन र? (हो।) हामीले चाहे जे सङ्गति गरिरहेका भए पनि, वा यस विषयभित्र जुनसुकै अनुश्रेणी र विषयवस्तुहरू भए पनि, र चाहे जति धेरै उदाहरणहरू दिइएको भए पनि, वा समस्याहरूका चाहे जति धेरै स्थिति र सारहरू खुलासा गरिएका भए पनि, छोटकरीमा भन्दा, हामीले सङ्गति गरेका सबै विषयले मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने प्रक्रियामा वा तिनीहरूको वास्तविक जीवनमा आइपर्ने विभिन्न समस्याहरू, साथै मानिसहरूले छनौट गर्नुपर्ने अभ्यासका मार्गहरू र यी समस्याहरूको सामना गर्दा तिनीहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरूलाई छोएका छन्। यी समस्याहरूसँग सम्बन्धित विभिन्न पक्षहरू खोक्रा छैनन् र ती मानिसहरूको सोच वा आत्मिक संसारमा मात्रै अस्तित्वमा हुँदैनन्। बरु, ती मानिसहरूको वास्तविक जीवनमा अस्तित्वमा हुन्छन्। त्यसकारण यदि तँ सत्यता पछ्याउन इच्छुक छस् भने, तँलाई जस्तोसुकै समस्याहरू आइपरे पनि, तँ सत्यताको खोजी गर्न र आफ्नो आधारका रूपमा लिनका लागि सम्बन्धित सत्यता सिद्धान्तहरू भेट्टाउन, अभ्यासको मार्ग पत्ता लगाउन, र यी समस्याहरू आइपर्दा पछ्याउने मार्ग प्राप्त गर्न सक्छस् भन्ने म आशा गर्छु। यो सबै विषयमा सङ्गति गर्नुको एउटा आधारभूत उद्देश्य यही हो। हामीले यी सबै सत्यताहरूका बारेमा सङ्गति गरिसकेका भए पनि, मानिसहरूलाई यी सत्यता वास्तविकताहरूमा प्रवेश गर्न केही समय लाग्नेछ। मानिसहरूले यी सत्यताहरूमा सङ्गति गरेर सुरु गर्नुपर्छ, र तिनीहरूले विभिन्न सत्यता सिद्धान्तहरूलाई आफ्नो आधारका रूपमा लिनुपर्छ, र सबै प्रकारका कामकुराहरूप्रतिको तिनीहरूको दृष्टिकोण, साथै तिनीहरूको जीवन मनोवृत्ति र अस्तित्वका माध्यमहरूलाई परिवर्तन गर्नुपर्छ। त्यसरी, परमेश्वरमा विश्वास गर्ने प्रक्रियामा वा जिउने र अस्तित्वमा रहने प्रक्रियामा, मानिसहरूले यी सत्यता सिद्धान्तहरू स्वीकार गरेर, थाहै नपाई, पहिले अस्तित्वमा रहेका, पुराना, र शैतानबाट आएका आफ्ना विभिन्न भ्रामक सोच, दृष्टिकोण, वा मनोवृत्ति र अस्तित्वका माध्यमहरूलाई परिवर्तन गर्न सक्नेछन्, र तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्नेछन्। त्यसकारण, हामीले यसभन्दा पहिले सङ्गति गरेका यी शब्दहरू र भविष्यमा सङ्गति गर्ने यी शब्दहरू कुनै प्रकारको ज्ञान, वा कुनै प्रकारको विद्वता होइनन्, र ती अवश्य नै सिद्धान्त होइनन्। बरु, मानिसहरूलाई आफ्नो दैनिक जीवनमा तिनीहरूले सामना गर्ने विभिन्न समस्या र कठिनाइहरूलाई समाधान गर्न मार्गदर्शन गर्न, निर्देशित गर्न, र सहयोग गर्नका लागि तिनको प्रयोग गरिन्छ। जब पनि तैँले समस्या सामना गर्छस्, वा जब पनि तैँले परिस्थिति, वा व्यक्ति, घटना, वा कामकुराको सामना गर्छस्, तब तैँले पालना र अभ्यास गर्नुपर्ने सत्यता मापदण्डहरूका बारेमा हाम्रो सङ्गतिको विषयभित्र हेर्न सक्छस्, ताकि तैँले आफ्ना भ्रष्ट स्वभाव र आफ्ना पुराना र गलत दृष्टिकोणहरू अनुसार अभ्यास गर्नुको सट्टा सत्यतालाई आफ्नो आधार र मापदण्डका रूपमा लिन सक्। मानिसहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य सत्यता पछ्याउनु हो, तर सत्यता पछ्याउनुको उद्देश्य भनेको मानिसहरूको रित्तो जीवन भर्नु, वा तिनीहरूको रित्तो जीवन परिवर्तन गर्नु, वा तिनीहरूका आत्मिक संसारलाई सम्पन्न पार्नु होइन। सत्यता पछ्याउनुको उद्देश्य के हो? मानिसहरूका हकमा, उद्देश्य भनेको मुक्ति दिइनका लागि आफ्नो भ्रष्ट स्वभाव फाल्नु हो; अवश्य नै, आफ्नो भ्रष्ट स्वभाव फाल्नु भनेको परमेश्वरमा समर्पित हुन, र परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्नका लागि पनि हो। तर परमेश्वरका लागि, मानिसहरूले सत्यता पछ्याउनुको उद्देश्य र महत्त्व त्यति साधारण हुँदैन; यो कसैले मुक्ति पाउनुसँग मात्रै सम्बन्धित हुँदैन। बरु, यो परमेश्वरले शैतानका भ्रष्ट स्वभावहरूले उप्रान्त मूर्ख नतुल्याइने व्यक्ति प्राप्त गर्नु हो, र अवश्य नै, यो परमेश्वरसँग मिल्न सक्ने प्रकारको व्यक्ति प्राप्त गर्नु पनि हो; अझै महत्त्वपूर्ण कुरा, यो परमेश्वरले, सृजित मानवजातिबाट आफूले चाहेको प्रकारको व्यक्ति, यावत् थोक व्यवस्थापन गर्न र यावत् थोकसँग सदासर्वदा अस्तित्वमा रहन सक्ने व्यक्ति प्राप्त गर्नु हो। यो महत्त्व मानिसहरूका लागि सरल भएझैँ मुक्ति पाउनु जत्तिको सरल कुरा होइन। त्यसकारण, चाहे यो मानिसहरूका लागि होस् वा परमेश्वरका लागि होस्, सत्यता पछ्याउनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यो अत्यन्तै महत्त्वपूर्ण भएको हुनाले, सत्यता पछ्याउने कार्यसँग सम्बन्धित अभ्यासको एउटा पक्षको विषय—“त्याग्नु”—मुक्ति प्राप्ति पछ्याउन चाहने हरेक व्यक्तिका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। “त्याग्नु” को अभ्यास अत्यन्तै महत्त्वपूर्ण भएकोले, “त्याग्नु” सम्बन्धी विभिन्न सत्यता सिद्धान्तहरू, साथै “त्याग्नु” को अभ्याससँग सम्बन्धित रहेका अनि खुलासा गरिएका विभिन्न स्थिति, भ्रष्ट स्वभावका प्रकटीकरणहरू, र भ्रष्ट सोच र दृष्टिकोणहरू मानिसहरूले राम्ररी बुझ्नैपर्ने कुराहरू हुन्। जब मानिसहरूले दैनिक जीवनमा प्रायजसो प्रकट हुने भ्रमपूर्ण सोच र दृष्टिकोणहरू, साथै तिनीहरूका भ्रष्ट स्वभाव र भ्रष्टताका प्रकटीकरणहरूलाई जाँच्छन् र बुझ्छन्, र यसरी आफूलाई चिन्न पुग्छन्, र सत्यताको एउटा पक्षलाई बुझ्छन् र स्वीकार गर्छन्, र त्यसपछि सम्बन्धित सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्छन्, तब मात्रै तिनीहरूले सत्यता पछ्याउनुको उद्देश्य हासिल गर्नेछन्। हामीले सत्यता कसरी पछ्याउने भन्ने अन्तर्गत रहेको “त्याग्नु” का दुई वटा मुख्य विषयवस्तुहरूका बारेमा यस समयावधिमा गरेको हाम्रो सङ्गतिलाई लगभग अन्त्यमा पुगेका छौँ। पहिलो विषयवस्तु के थियो? मानिसहरूका विभिन्न नकारात्मक संवेगहरू त्याग्नु। दोस्रो बुँदा के थियो? मानिसहरूका खोजी, आकाङ्क्षा, र कामनाहरू त्याग्नु। हामीले यी दुई विषयवस्तुका बारेमा रहेको हाम्रो सङ्गतिमा धेरै विषयहरू समेटेका भए पनि, अझै महत्त्वपूर्ण कुरा के हो भने तैँले यी विषयहरूमा संलग्न रहेका प्रत्येक निश्चित सत्यता सिद्धान्तहरू बुझ्नुपर्छ। मानिसहरूले सत्यता सिद्धान्तहरू बुझेपछि मात्रै तिनीहरूले आफ्नो दैनिक जीवनमा र आफ्नो जीवनको मार्गमा यी सत्यता सिद्धान्तहरू अनुसार आफूलाई आचरणमा राख्न र व्यवहार गर्न, बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्न, र सत्यता पछ्याउने प्रक्रियामा, बिस्तारै सत्यतालाई बुझ्ने र प्राप्त गर्ने परिणामहरू हासिल गर्न सक्छन्।
हामीले यसभन्दा पहिले सङ्गति गरेको, सत्यतालाई कसरी पछ्याउने अन्तर्गत रहेको “त्याग्नु” को अभ्यासका दुई वटा विषयवस्तुलेले मानिसहरूका भ्रष्ट स्वभाव, तिनीहरूका विभिन्न सोच र दृष्टिकोण, र तिनीहरूको दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याहरूलाई छुन्छन्। तर “त्याग्नु” भित्र अर्को महत्त्वपूर्ण वा, अझै ठूलो विषयवस्तु पनि छ भनेर पनि भन्न सकिन्छ, जसका बारेमा हामीले साँच्चै नै सङ्गति गर्नैपर्छ। त्यो विषयवस्तु के हो? यसमा परमेश्वरप्रतिको मानिसहरूका मनोवृत्ति, परमेश्वरप्रतिको तिनीहरूका सोच र दृष्टिकोण, र तिनीहरूले आफ्नो दैनिक जीवनमा परमेश्वरलाई व्यवहार गर्ने अभ्यासका सिद्धान्तहरू समावेश हुन्छन्। यो विषयवस्तु पहिलो दुई वटाभन्दा अलिक महत्त्वपूर्ण छ भनेर भन्न सकिन्छ। यो विषयवस्तु परमेश्वरप्रतिको मानिसहरूका मनोवृत्ति, परमेश्वरप्रतिको तिनीहरूका सोच र दृष्टिकोण, र मानिसहरू र परमेश्वरको बीचमा रहेको सम्बन्धसँग सीधै सम्बन्धित हुने हुनाले, यो हामीले “त्याग्नु” को यो विषयवस्तु अन्तर्गत कुरा गर्ने अन्तिम विषय हो, र अवश्य नै यो सबैभन्दा महत्त्वपूर्ण विषय पनि हो। हामीले यसभन्दा पहिले छलफल गरेका दुई वटा विषयवस्तुहरूका केही विषयहरू मानिसहरूले परमेश्वरका बारेमा पाल्ने निश्चित मनोवृत्ति र दृष्टिकोणहरूसँग, वा मानिसहरू र परमेश्वरको बीचमा रहेको सम्बन्धसँग सम्बन्धित छन्, तर हामीले हाम्रो सङ्गतिका अवधिमा अपनाएको अडानका हिसाबमा भन्दा, हामीले मानिसहरूका विभिन्न समस्याहरूलाई मानव दृष्टिकोणका आधारमा लगभग चिरफार गरिसकेका छौँ—हामीले मानिसहरूका विभिन्न भ्रष्ट स्वभाव वा भ्रमपूर्ण सोच र दृष्टिकोणहरूलाई तिनीहरूका विभिन्न प्रकारका समस्याहरूको प्रसङ्गभित्र चिरफार गरेका छौँ। आज हामीले सङ्गति गर्न लागेको कुरा परमेश्वरप्रतिको मानिसहरूका मनोवृत्ति र परमेश्वरप्रतिको तिनीहरूका सोच र दृष्टिकोणहरूसँग सम्बन्धित छ। सत्यता पछ्याउने प्रक्रियामा मानिसहरूले त्याग्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। यो विषयवस्तु पनि त्यति सरल छैन, किनभने तिनीहरू जोसुकै भए पनि, वा तिनीहरू जस्तोसुकै प्रकारका व्यक्ति भए पनि, कसैसँग पनि परमेश्वरप्रति एउटै मात्र प्रकारको मनोवृत्ति हुँदैन वा परमेश्वरप्रति एउटै मात्र प्रकारको सोच र दृष्टिकोण हुँदैन, र अवश्य नै, मानिसहरू र परमेश्वरको बीचमा रहेको सम्बन्ध एउटै प्रकारको मात्रै हुँदैन, र यसमा एउटै प्रकारको मानव स्थिति मात्रै समावेश पनि हुँदैन। परमेश्वरप्रतिको मानिसहरूका विभिन्न मनोवृत्तिका कारण, र परमेश्वरको पहिचान, हैसियत, र छविप्रति मानिसहरूले राख्ने विभिन्न सोच र दृष्टिकोणहरू, साथै अरू कारणहरूले गर्दा, मानिसहरू र परमेश्वरको बीचमा विभिन्न प्रकारका सम्बन्धहरू पैदा हुन्छन्। त्यसकारण, आज हामी यस गर्नेछौँ र मानिसहरू र परमेश्वरका बीचमा अझै के-कस्ता गम्भीर समस्या वा मिलाउनै नसकिने द्वन्द्वहरू छन्, र मानिसहरूले ठ्याक्कै अरू के-के कुरालाई त्याग्नुपर्छ भन्ने कुरा हेर्नेछौँ। यो कुरा बुझेपछि, यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, परमेश्वरसँगको तेरो सम्बन्धमा सुधार आउनेछ, र परमेश्वरप्रतिको तेरो दृष्टिकोण बिस्तारै सही, सकारात्मक, वा सत्यता अनुरूपको अवस्था नजिक पुग्नेछ। त्याग्नु भन्ने विषयको तेस्रो विषयवस्तु भनेको आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्नु हो—मानिसहरूले त्याग्नुपर्ने कुराहरूको तेस्रो विषयवस्तु यही हो। यस विषयमा औपचारिक रूपमा सङ्गति गर्नुभन्दा पहिले, सुरुमा हामी र दैनिक जीवनमा हुने के-कस्ता समस्याहरू, मानिस र परमेश्वरको बीचमा रहेका पर्खालहरू, र परमेश्वरप्रतिको मानिसहरूको शत्रुतासँग सम्बन्धित हुन्छन् भन्ने बारेमा छोटकरीमा छलफल गरौँ। आफैसँग सम्बन्धित केही व्यक्तिपरक समस्याहरू बाहेक, के मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने प्रक्रियामा परमेश्वरलाई कसरी लिन्छन् भन्ने कुरामा हरप्रकारका समस्याहरू हुँदैनन् र? मानिसहरूले विभिन्न घटना र कामकुराहरूलाई कसरी लिन्छन् भन्ने विषयमा तिनीहरूसँग हरप्रकारका भ्रमपूर्ण सोच र दृष्टिकोण र अभ्यासका गलत सिद्धान्तहरू हुन्छन्, र त्यसरी नै, तिनीहरूले परमेश्वरसँग कसरी व्यवहार गर्छन् त्यसमा तिनीहरूसँग हरप्रकारका भ्रमपूर्ण सोच र दृष्टिकोण र अभ्यासका गलत सिद्धान्तहरू हुन्छन्। यदि सबै प्रकारका मानिस, घटना, र कामकुराहरूका हकमा, तैँले तिनलाई सत्यता सिद्धान्तहरूका आधारमा व्यवहार गर्न र अभ्यास गर्न सक्छस्—अर्थात्, यदि तैँले सबै प्रकारका मानिस, घटना, र कामकुराहरूका हकमा तैँले पाल्ने भ्रमपूर्ण सोच र दृष्टिकोणहरूलाई चिन्न पुग्छस्, र यसको साथै यी भ्रमपूर्ण सोच र दृष्टिकोणहरूलाई सच्च्याउँछस् र त्याग्छस्, त्यसपछि परमेश्वरले मानिसहरूलाई बताउनुहुने सही सोच र दृष्टिकोणहरू अनुसार विभिन्न समस्याहरू सामना गर्न र समाधान गर्छस् भने—तैँले सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई कसरी लिन्छस् भन्ने बारेमा अभ्यासका तेरा सिद्धान्तहरू तुलनात्मक रूपमा सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्। के यसलाई कसैले मुक्ति पाएको छ भन्ने कुराको चिन्हका रूपमा लिन सकिन्छ? अहिले हेर्दा, अहँ, सकिँदैन। यदि मैले आजको सङ्गतिको विषय नउठाएको भए, मानिसहरूले यस्तो सोच्नेथिए होला, “सबै किसिमका कुराहरूका हकमा, म परमेश्वरका वचनहरूमा रहेका सत्यता सिद्धान्तहरू अनुसार तिनलाई हेर्न र अभ्यास गर्न सक्छु, त्यसकारण मलाई म सत्यता पछ्याउने, सत्यताको पछ्याइमा परिणामहरू हासिल गरेको, र मुक्ति दिइएको व्यक्ति हुँ भन्ने लाग्छ।” मैले आज उठाएको विषय—परमेश्वरप्रति मानिसहरूले राख्ने विभिन्न मनोवृत्तिहरू—का आधारमा मूल्याङ्कन गर्दा के तिनीहरूको यो सोच तथ्यहरू अनुरूप छ? (अहँ, छैन।) यो कुरा स्पष्ट रूपमा नै तथ्यहरू अनुरूप छैन। तैँले सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई कसरी लिन्छस् भन्ने बारे तँसँग निश्चित आधार र निश्चित सकारात्मक मनोवृत्ति हुन सक्ला, तर तँ र परमेश्वरका बीचमा अझै पनि हरप्रकारका पर्खालहरू हुन्छन्, र विभिन्न मामलाहरूका हकमा परमेश्वरप्रतिको तेरो मनोवृत्ति अझै पनि शत्रुवत् हुन्छ। यो समस्या गम्भीर छ, र सबै समस्याहरूमध्ये सबैभन्दा ठूलो समस्या यही हो। तैँले परमेश्वरलाई पछ्याइरहेको र आफ्नो कर्तव्य पूरा गरिरहेको अवधिमा, सबै पक्षहरूमा रहेको तेरो प्रस्तुति अरूका लागि निकै राम्रो देखिन सक्छ, र बाहिरी रूपमा सत्यता र सिद्धान्तहरू अनुरूप देखिन सक्छ। तर, तेरो हृदयमा परमेश्वरका बारेमा धेरै धारणाहरू छन् र तँ र परमेश्वरको बीचमा पर्खालहरू छन्, र तैँले धेरै समस्याहरूको सामना गर्दा परमेश्वरप्रति अझै पनि शत्रुवत् मनोवृत्ति समेत राख्छस्। यी समस्याहरू अत्यन्तै गम्भीर छन्। यदि तेरो हृदयमा यी समस्याहरू छन् भने, यसले तँ मुक्ति पाएको व्यक्ति होस् भन्ने कुरा प्रमाणित गर्दैन। तँ र परमेश्वरका बीचमा अझै धेरै पर्खालहरू रहेका हुनाले, र मुख्य र महत्त्वपूर्ण समस्याहरूका हकमा तँसँग अझै पनि परमेश्वरप्रति शत्रुवत् मनोवृत्ति हुने भएकोले, तँ मुक्ति पाएको व्यक्ति नहुने मात्र होइन, तर तँ खतरामा पनि हुन्छस्। यदि तैँले जीवनमा धेरै समस्याहरू सामना गर्दा सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्न सक्छस्, र तेरा कार्यहरू तुलनात्मक रूपमा सत्यता अनुरूप छन् भन्ने विश्वास गरे पनि, यो बाहिरी रूप मात्रै हो र यसले तँ मुक्ति पाएको व्यक्ति होस् भन्ने कुरालाई प्रमाणित गर्न सक्दैन भनेर भन्न सकिन्छ। किनभने तैँले परमेश्वरसँगको तेरो सम्बन्धमा अनुकूलता हासिल गरेको छैनस्, र तँ अझै पनि परमेश्वरमा समर्पित भएको छैनस् वा उहाँको डर मान्दैनस्। त्यसकारण, जब-जब तँलाई विभिन्न कामकुराहरू आइपर्छन्, तब तेरो बाहिरी व्यवहार वा तेरा सोच र दृष्टिकोणहरूले, तैँले सत्यता सिद्धान्तहरू पालना गर्नुको सट्टा यी मामलाहरूमा सही ठानेका धर्मसिद्धान्त, नारा, र प्रावधानहरू पालना गरेको छस् भन्ने कुरा मात्रै देखाउन सक्छ। यो यहाँ अनुमानको सम्बन्ध जस्तो हुन सक्छ, र यो जटिल सुनिन्छ होला, तर हामीले आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्ने सम्बन्धी निर्दिष्ट विषयवस्तुका बारेमा सङ्गति गरिसकेपछि, र मानिसहरू होसियारीपूर्ण जाँचमा संलग्न भएपछि, तिनीहरूले मेरा वचनहरूको अर्थ बुझ्नेछन्।
आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्ने विषयमा औपचारिक रूपमा सङ्गति गर्नुभन्दा पहिले, हामी सुरुमा मानिसहरू र परमेश्वरबीच के-कस्ता पर्खालहरू हुन्छन् भनेर छलफल गरौँ। तैँले आफ्नो दैनिक जीवनमा महसुस गर्न र तँ सचेत हुन सक्ने, वा अरूमा देखा पर्ने खालका मानिसहरू र परमेश्वरका बीचमा रहेका के-कस्ता पर्खालहरू, र परमेश्वरप्रतिको शत्रुताहरू छन्? यी प्रकटीकरणहरू निश्चय नै अस्तित्वमा हुन्छन्। ती कुरा हरेक दिन मानिसहरूमाझ घट्छन्, र ती तेरो जीवनमा पनि हरेक दिन घट्छन्, त्यसकारण तैँले सोच्नका लागि धेरै ऊर्जा खर्चनु पर्दैन—जब तँ मुख खोल्छस्, तब यी समस्याहरूको एउटा सूची तुरुन्तै बाहिर आउनेछ। के कुरा यही होइन र? (हो।) मानिसहरू र परमेश्वरका बीचमा कस्तो किसिमका पर्खालहरू हुन्छन्? सुरुमा हामी “पर्खालहरू” भन्ने शब्दले केलाई समेट्छ भन्ने बारेमा कुरा गरौँ। यसमा द्वन्द्व, अवज्ञा, धारणा, गलतफहमी, र यस्तै कुराहरू समावेश हुन्छन्, होइन र? मलाई थप बताओ। (जब कुनै व्यक्ति आफ्नो कर्तव्य पूरा गर्ने क्रममा प्रकाश हुन्छ वा काट-छाँट गरिन्छ, तब उसमा परमेश्वरबारे केही गलतफहमीहरू आउन सक्छ र उसले जति महत्त्वपूर्ण कर्तव्य पूरा गर्छ, उसलाई त्यति नै चाँडो खुलासा गरिनेछ भन्ने सोच्दै ऊ उहाँबाट सावधान रहन सक्छ। त्यसकारण, उसको हृदयमा ऊ र परमेश्वरबीचमा केही न केही पर्खालहरू हुनेछन्, र उसले निश्चित कर्तव्य र आज्ञाहरूलाई शुद्ध र खुला हृदयले स्वीकार गर्न सक्नेछैन।) यहाँ पर्खाल के हो? (सावधानी र गलतफहमीहरू।) सावधानी र गलतफहमीहरू। यो एक प्रकारको पर्खाल हो। यसमा कसले थप्न सक्छ? के बाँकी तिमीहरू र परमेश्वरबीच कुनै पर्खालहरू छैनन् र? के तिमीहरूका हृदय सफा र पवित्र छन्? के तिमीहरूमा कहिल्यै पनि परमेश्वरबारे कुनै प्रतिकूल वा नकारात्मक विचारहरू आएका छैनन्? (परमेश्वर, म एउटा कुरा थप्न सक्छु। जब पनि परमेश्वरले मेरो लागि योजनाबद्ध गर्नुभएका परिस्थितिहरूमा कामकुराहरू निकै सहज रूपमा अघि बढिरहेका हुन्छन्, तब म र परमेश्वरको बीचमा रहेको सम्बन्ध तुलनात्मक रूपमा सामान्य देखिन्छ। तर यदि मैले कहिल्यै प्रतिकुलता वा मेरा धारणाहरू अनुरूप नरहेको कुनै कुराको सामना गरेँ भने, म परमेश्वरले के गर्नुहुनेछ, र मलाई यसपछि के हुनेछ, र नतिजा के हुनेछ भन्ने बारेमा अनुमान गर्न थाल्छु। म धेरै सोच्छु, र म गुनासा समेत पैदा गर्छु, र मनमा परमेश्वरलाई आलोचना गर्छु र गलत रूपमा बुझ्छु, र त्यति बेला मेरो हृदय बन्द हुन्छ। म आफूले देखेको कुराका बारेमा पनि कुरा गर्न चाहन्छु। जब कतिपय मानिसहरूले अवाञ्छनीय परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरूलाई हृदयमा प्रतिरोध महसुस हुन्छ र तिनीहरू भन्छन्, “परमेश्वरले मलाई किन यी परिस्थितिहरू सामना गर्न लगाइरहनुभएको छ? किन ती अरूहरूमाथि आइपरेका छैनन्?” तिनीहरू परमेश्वरले तिनीहरूका लागि प्रबन्ध गर्नुभएका परिस्थितिहरूमा समर्पित हुन सक्दैनन्, र तिनीहरू र परमेश्वरको बीचमा द्वन्द्व पैदा हुन्छ।) तैँले सुरुमा उल्लेख गरेको समस्या के थियो भने मानिसहरू र परमेश्वरबीच पर्खालहरू हुन्छन्, निश्चित परिस्थितिहरूप्रतिको स्वतः प्रतिक्रियाका रूपमा, मानिसहरूले आफू र परमेश्वरबीच पर्खालहरू निर्माण गर्छन्, परमेश्वरप्रतिको सावधानी, र परमेश्वरको बारेमा गलतबुझाइहरू विकास गर्छन्। तैँले उल्लेख गरेको दोस्रो समस्या के थियो भने मानिसहरू भित्री रूपमा अवज्ञाकारी हुने भएकाले तिनीहरू परमेश्वरप्रति शत्रुवत् बन्छन्। अरू कसले कुरा थप्न सक्छ? (जब मलाई माथिले काट-छाँट गर्छन् र मेरो कमजोर क्षमता प्रकाश हुन्छ, तब म आफ्नै बारेमा फैसला गर्छु र मैले मुक्ति पाउन सक्दिनँ भन्ने सोच्छु, र मैले चाहे पनि मसँग सत्यता पछ्याउने कुनै प्रेरणा हुँदैन। यो परमेश्वरप्रतिको एक प्रकारको गलतफहमी हो। यसको साथै, जब कतिपय दाजुभाइ-दिदीबहिनीहरू बिरामी हुन्छन् र तिनीहरूले मृत्युको सामना गर्छन्, तब तिनीहरूले सोच्छन्, “के मैले परमेश्वरका लागि गरेको सबै दौडधुप र समर्पण उहाँले याद गर्नुहुन्न?” तिनीहरू हृदयमा, परमेश्वरसँग बहस गर्छन्, उहाँविरुद्ध होहल्ला गर्छन्, र उहाँविरुद्ध लडाइँ गर्छन्। यस्तो प्रकारको स्थिति निकै आम हुने गर्छ।) आफू र परमेश्वरबीच रहेका पर्खालहरू र परमेश्वरप्रतिको शत्रुताको हकमा भन्दा, धेरैजसो मानिसहरूले प्रकट गर्ने समस्याहरू लगभग सावधानी र गलतफहमीहरू, साथै मानिसहरूले निश्चित कुराहरू सामना गर्दा प्रकाश गर्ने अवज्ञा र असन्तुष्टि नै हुन्, जुन अर्को शब्दमा भन्दा, परमेश्वरप्रतिको शत्रुता हो। सबै मुलतः यी कुरा नै हुन्। परमेश्वरप्रतिको मानिसहरूको भित्री मनोवृत्तिका विभिन्न समस्याहरू वास्तवमा तिमीहरूले सङ्गति गरेका समस्याहरूको दायराभन्दा निकै बाहिर जान्छन्। तिमीहरूलाई थाहा नभएका केही समस्याहरू छन्। एक हिसाबमा, यस्तो हुन्छ किनभने मानिसहरूले विभिन्न परिस्थितिहरू सामना गर्दा आफूभित्र के-कस्ता समस्याहरू हुन्छन् भनेर जाँच्दैनन्। अर्को हिसाबमा, मानिसहरूले परमेश्वरसँगको तिनीहरूको सम्बन्ध ठ्याक्कै कस्तो छ, वा परमेश्वरप्रति मानिसहरूमा हुनुपर्ने सही मनोवृत्ति र दृष्टिकोणहरू के-के हुन् भनेर कहिल्यै ध्यान दिएर ख्याल गरेका हुँदैनन्। त्यसकारण, मानिसहरूका फरक-फरक प्रकटीकरणहरू र अहिले मानिसहरूमा वास्तवमा अवस्थित रहेका यी अवस्थाहरूका आधारमा, आज हामी मानिसहरू र परमेश्वर बीचका पर्खालहरूका र परमेश्वरप्रतिको मानिसहरूको शत्रुताका फरक-फरक प्रकटीकरणहरू बारे निर्दिष्ट रूपमा सङ्गति गर्नेछौँ। यी फरक-फरक प्रकटीकरणहरूका बारेमा सङ्गति गर्नुको उद्देश्य भनेको मानिसहरूलाई आफू र परमेश्वरबीचमा रहेका पर्खालहरू, र तिनीहरूको दैनिक जीवनमा यी कामकुराहरू देखा पर्दा परमेश्वरप्रति तिनीहरूले राख्ने शत्रुतालाई सक्रिय रूपमा त्याग्न, उहाँसँग सद्भावपूर्ण सम्बन्ध हासिल गर्न, र अन्ततः उहाँसँग पूर्ण रूपमा मिल्ने अवस्थामा पुग्न सक्षम तुल्याउनु हो। यसरी, तिनीहरूले आफू र परमेश्वरबीच रहेका पर्खालहरू, र परमेश्वरप्रतिको तिनीहरूको शत्रुतालाई पूर्ण रूपमा हटाएका हुनेछन्, र तिनीहरूले परमेश्वरको डर मान्न र तिनीहरू उहाँमा साँचो रूपमा समर्पित हुन थालेका हुनेछन्। मानिसहरू र परमेश्वरबीचको सामान्य सम्बन्ध यो मात्रै हो, र यस्ता मानिसहरू मात्रै साँचो सृजित प्राणीहरू हुन्।
आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्ने कुरा आउँदा, मानिसहरूले त्याग्नुपर्ने पहिलो कुरा भनेको आफ्ना धारणा र कल्पनाहरू हुन्। यो अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु हो, होइन र? (हजुर, हो।) के हरेक व्यक्तिमा परमेश्वरका बारेमा धारणा र कल्पनाहरू हुँदैनन् र? (हो, हुन्छन्।) कुनै पनि व्यक्ति शून्यतामा जिउँदैन, र कुनै पनि व्यक्ति रोबट होइन। हरेक व्यक्तिसँग स्वतन्त्र इच्छा हुन्छ, र उसले बाहिरी संसारबाट प्राप्त गरेका विभिन्न सोच र दृष्टिकोणहरू बोक्छ; अवश्य नै, हरेक व्यक्तिसँग परमेश्वरबारे विभिन्न धारणा र कल्पनाहरू पनि हुन्छन्, जुन तिनीहरूका आफ्नो व्यक्तिगत इच्छाभित्र रहेका आफ्नै खाँचो, प्राथमिकता, र कामनाहरूका आधारमा विकास भएका हुन्छन्। तिनलाई “धारणाहरू” र “कल्पनाहरू” भनिने तथ्यको अर्थ ती अवश्य नै सत्यता वा तथ्यहरूसँग मिल्दैनन् भन्ने हुन्छ; कम्तीमा पनि, ती परमेश्वरका अभिप्रायहरू, परमेश्वरको पहिचान, र परमेश्वरको सारसँग मिल्दैनन्। त्यसकारण, मानिसहरूले त्याग्नुपर्ने पहिलो मुख्य कुरा यी धारणा र कल्पनाहरू नै हुन्। त्यसोभए परमेश्वरका बारेमा रहेका धारणा र कल्पनाहरूसँग सम्बन्धित विषयवस्तुमा मुख्य रूपमा के समावेश हुन्छ? एक हिसाबमा, तिनमा मानिसहरूले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले नै तिनीहरूसँग रहेका पूर्वस्थापित धारणाहरू समावेश हुन्छन्। अर्को हिसाबमा, तिनमा मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि परमेश्वरबारे विकास गरेका नयाँ धारणाहरू समावेश हुन्छन्, र यी नयाँ धारणाहरू अझै निर्दिष्ट र यथार्थवादी धारणा र कल्पनाहरू हुन्। मानिसहरूले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले, तिनीहरूका हृदय परमेश्वरबारे कल्पनाहरूले भरिएको हुन्छ, र यी कल्पनाहरू सबै मानवमा आम रूपमा हुने धारणाहरू हुन् भनेर भन्न पनि सकिन्छ। यो त चिनियाँहरूले परमेश्वरमा विश्वास नगरे पनि उहाँलाई “आकाशमा बस्ने वृद्ध मानिस” भने जस्तै हो, र पश्चिमाहरूले—जसमध्ये धेरैले परमेश्वरमा विश्वास गर्छन् तिनीहरूले—उहाँलाई “प्रभु” भने जस्तै हो। धेरै मानिसहरूले परमेश्वरमा विश्वास नगर्ने भए पनि, धेरैजसो मानिसहरू परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्छन् र तिनीहरू उहाँबारेमा कल्पनाहरूले भरिएका हुन्छन्, परमेश्वर सबै थोकका बीचमा अस्तित्वमा हुनुहुन्छ र उहाँ सबै थोकभन्दा माथि हुनुहुन्छ, र उहाँ सर्वव्यापी, सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँसँग ठूला र अविश्वसनीय शक्तिहरू छन् भन्ने सोच्छन्। त्यसोभए यो परमेश्वर ठ्याक्कै को हुनुहुन्छ त? कसैलाई थाहा हुँदैन, तर जे भए पनि, तिनीहरूलाई परमेश्वर सबैभन्दा महान् हुनुहुन्छ र उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्ने चाहिँ थाहा हुन्छ। त्यसोभए परमेश्वरको विशिष्ट स्वरूप के हो त? हरेक व्यक्तिले, आफ्नो मनमा आफूले कल्पना गरेको र निर्धारित गरेको परमेश्वरको रूप र चित्रको बारेमा एउटा विचार बोकेको हुन्छ। हामीले यी विश्वव्यापी मानव धारणा र कल्पनाहरूका बारेमा पहिले पनि छलफल गरेका छौँ, र ती आजको सङ्गतिको मुख्य विषय होइनन्। आज हामी मानिसहरू र परमेश्वर बीचका पर्खालहरू र परमेश्वरप्रतिको तिनीहरूको शत्रुतासँग सम्बन्धित सबै किसिमका धारणा र कल्पनाहरूमाझ रहेका परमेश्वरको विरोध गर्ने र उहाँको सारसँग नमिल्ने, मानिसहरूले त्याग्नुपर्ने विभिन्न प्रकारका धारणा र कल्पनाहरूका बारेमा सङ्गति गर्नेछौँ। हामी ती खोक्रा, अवास्तविक र पत्ता लगाउन नसकिने धारणा र कल्पनाहरूका बारेमा कुरा गर्नेछैनौँ। तिमीहरूको वर्तमान कदलाई हेर्दा, ती कुराहरू आधारभूत रूपमा समस्या होइनन् र तिनले सत्यता पछ्याउने तिमीहरूको कार्यमा असर गर्नेछैनन्, परमेश्वरलाई पछ्याउने तिमीहरूको कार्यमा त झनै असर गर्नेछैनन्, र कतिपय व्यक्तिहरूको मनमा अझै पनि केही अतिरञ्जित कल्पनाहरू भए पनि, तिनले परमेश्वरलाई पछ्याउने तिनीहरूको कार्यमा असर गर्नेछैनन्, त्यसकारण ती त्यति ठूलो समस्या होइनन् भनेर भन्न सकिन्छ। हामीले सङ्गति गर्न लागेका मानव धारणा र कल्पनाहरू मानिसहरूको दैनिक जीवनमा परमेश्वरप्रति मानिसहरूको मनोवृत्ति, साथै मानिसहरूको कर्तव्य निर्वाह, मानिसहरूले लिने मार्गहरूसँग सम्बन्धित हुन्छन्, र अवश्य नै, ती मानिसहरूको पछ्याइसँग अझै बढी सम्बन्धित हुन्छन्। परमेश्वरबारे मानिसहरूमा रहेका विभिन्न धारणा र कल्पनाहरूमध्ये, सर्वप्रथम, मानिसहरूसँग उहाँको काम बारे अत्यन्तै धेरै धारणा र कल्पनाहरू हुन्छन्, जुन परमेश्वरबारे गैर-विश्वासीहरूले राख्ने विभिन्न कल्पनाहरूभन्दा निकै बढी वास्तविक हुन्छन्, र ती खोक्रा पनि हुँदैनन् र ती पत्ता लगाउन नसकिने पनि हुँदैनन्। ती त परमेश्वरलाई पछ्याउँदै गर्दा हरेक व्यक्तिको मनमा हुने कुराहरू हुन्। भन्नुको अर्थ, मानिसहरू परमेश्वरको कामका बारेमा धेरै अतिरञ्जित र अवास्तविक धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। उदाहरणका लागि, मानिसहरूले उहाँको काम चमत्कारहरूले भरिएको छ, र मानिसहरूले पूर्वानुमान गर्न वा हासिल गर्न नसक्ने आश्चर्यकर्महरूले भरिएको छ भन्ने कल्पना गर्छन्। अवश्य नै, यस सन्दर्भमा मानिसहरूका सबैभन्दा ठूला धारणा र कल्पनाहरू के हुन् भने परमेश्वरको कामले व्यक्तिलाई तुरुन्तै पूर्ण पार्न सक्छ, वा केही शब्द बोलेर वा चमत्कार वा आश्चर्यकर्म गरेर मात्रै, परमेश्वरले कुनै व्यक्तिलाई क्षण भरमै रूपान्तरण गरेर देहको जीवन र देहका विभिन्न व्यावहारिक कठिनाइहरूबाट मुक्त भएको व्यक्तिमा परिणत गर्न सक्नुहुन्छ। तिनीहरूले के कल्पना गर्छन् भने, यो व्यक्तिले न त खान्छ न त पिउँछ, र रोबोटको जस्तै उसको पनि कुनै शारीरिक खाँचोहरू हुँदैन; यसको साथै, तिनीहरूले यो व्यक्तिले शुद्ध तरिकाले, कुनै स्वार्थी विचारविना सोच्छ, र ऊ भित्री रूपमा अत्यन्तै पवित्र पारिएको हुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूले के कल्पना गर्छन् भने यो हासिल गर्नका लागि, सत्यता पछ्याउनु, वा वर्षौँसम्म सत्यताबारे सङ्गति गर्नु वा काट-छाँट स्वीकार गर्नु पर्दैन; बरु, परमेश्वरले केवल केही वचनहरूद्वारा नै यो सबै कुरा हासिल गर्न सक्नुहुन्छ, किनभने परमेश्वरले जे भन्नुभए पनि त्यो पूरा हुनेछ र उहाँले जे आज्ञा दिनुभए पनि त्यो लागू हुनेछ। विशेष गरी सुरुमा, जब मानिसहरूले परमेश्वरको कामको तेस्रो चरणलाई भर्खरै स्वीकार गरेका थिए, तब तिनीहरू उहाँको कामबारे हरप्रकारका धारणा र कल्पनाहरूले अझै बढी भरिएका थिए। जब कतिपय मानिसहरूले “परमेश्वरको काम चाँडै समाप्त हुनेछ” भन्ने सुने, तब त्यो कुन वर्ष, महिना, वा दिनमा समाप्त हुनेछ भन्ने तिनीहरूलाई थाहा थिएन, र तैपनि तिनीहरू बेचैन भए र तिनीहरूले आफ्नो जागिर र परिवार समेत त्यागे। कतिपय किसानहरूले बाली उब्जाउन छोडे, र अरूले गाईवस्तु र भेडा पालन गर्न छोडे। कतिपय मानिसहरूले त आफ्नो जग्गा-जमिन र कार समेत बेचे, बैँकमा भएको सबै पैसा निकाले, आफ्नो सम्पत्ति बटुले, र परमेश्वरलाई पछ्याउन तयार भएर आफ्नो सुन, चाँदी, र बहुमूल्य कुराहरू आफूसँग बोकेर हिँड्न थाले। किनभने मानिसहरूले परमेश्वरको काम समाप्त भइरहेको छ, र तिनीहरूले अबउप्रान्त आफ्नो जीवन जिउनु आवश्यक छैन भन्ने सोचेका थिए, र परमेश्वरले परिवार र विवाहहरू तोड्नुभएको छ, र तिनीहरूले परमेश्वरलाई पछ्याउनका लागि आफ्ना वैवाहिक सम्बन्ध, जागिर, र भविष्य त्याग्नुपर्छ, र सबै सांसारिक सुखहरूलाई छोड्नुपर्छ भन्ने विश्वास गरेका थिए। यदि कसैले तिनीहरूलाई “झोला बोकेर अनि पूरै परिवार लिएर कहाँ हिँडेको?” भनेर सोधे भने, तिनीहरू यसो भन्थे, “म स्वर्गको राज्यमा जाँदैछु।” त्यसपछि तिनीहरूलाई “स्वर्गको राज्य कहाँ छ?” भनेर सोधियो भने तिनीहरूले जवाफ दिन्थे, “अहिलेसम्म त थाहा छैन, तर परमेश्वरले मलाई जहाँ लैजानुहुन्छ म त्यहीँ जानेछु।” तिनीहरूले चाहे आवेगमा काम गरिरहेका वा यस कुरालाई राम्ररी विचार गरेका भए पनि, जे भए पनि, यी प्रकटीकरणहरूले एउटा तथ्य प्रकट गर्छन्, जुन के हो भने मानिसहरूमा परमेश्वरको कामको बारेमा अत्यन्तै धेरै कल्पनाहरू हुन्छन्। परमेश्वरले तिनीहरूलाई मुक्ति दिन कसरी काम गर्नुहुनेछ, वा उहाँले तिनीहरूलाई मुक्ति दिनुभएपछि तिनीहरूलाई कस्तो महसुस हुनेछ वा तिनीहरू कस्तो स्थिति र वातावरणमा जिउनेछन् भन्ने तिनीहरूलाई थाहा हुँदैन। अनि परमेश्वरका अभिप्रायहरू ठ्याक्कै के हुन्, वा मानिसहरूमा परमेश्वरले गर्नुहुने कामद्वारा उहाँले के नतिजा हासिल गर्न चाहनुहुन्छ भन्ने कुराको हकमा भन्दा, तिनीहरूलाई यी कुनै कुरा पनि थाहा हुँदैन। त्यसोभए तिनीहरूलाई के थाहा हुन्छ? तिनीहरूलाई एउटा वाक्य मात्रै याद हुन्छ: परमेश्वरको दिन नजिकै छ, विपत्तिहरू आइसकेका छन्, परमेश्वरको काम चाँडै समाप्त हुनेछ, र हामीले सबै कुरा त्याग्नुपर्छ र परमेश्वरलाई पछ्याउनुपर्छ। तिनीहरूका सबै धारणा र कल्पनाहरू निर्माणको स्रोत र आधार यही हो, र यी धारणा र कल्पनाहरूमार्फत तिनीहरूले हरप्रकारका छनौट र निर्णयहरू गरेका हुन्छन्। तिनीहरूले के-कस्ता छनौट र निर्णयहरू गरेका हुन्छन्? तिनीहरूले संसारलाई त्याग्ने, आफ्नो अध्ययन त्याग्ने, आफ्नो करियर त्याग्ने, आफ्नो वैवाहिक सम्बन्ध त्याग्ने, आफ्नो परिवार त्याग्ने, र देहगत, पारिवारिक प्रेम, र इत्यादि कुराहरू समेत त्याग्ने निर्णय गरेका हुन्छन्, र यी सबै कुरा त्यागेपछि, तिनीहरूले परमेश्वरको काम समाप्त हुने दिनको प्रतीक्षा गरिरहेका हुन्छन्। परमेश्वरको काम समाप्त हुने दिनको प्रतीक्षा गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? यो उठाइलगिनु र उहाँलाई पछ्याउनु हुन्छ। ठ्याक्कै कहाँ उठाइलगिनु? तिनीहरूलाई जहाँ उठाइलगिए पनि, वा तिनीहरूलाई ठ्याक्कै जुनसुकै दिनमा उठाइलगिए पनि, तिनीहरू नरक जानेछैनन् भन्ने सोच्छन्। तिनीहरूले के विश्वास गर्छन् भने स्वर्ग नभए पनि, तिनीहरू अझ उच्च स्थानमा जाँदैछन्, र यो स्वर्ग, वा भौतिक राज्य नभए पनि, तिनीहरूले परमेश्वरलाई पछ्याएर गल्ती गरेको हुँदैनन्, र तिनीहरू परमेश्वर जहाँ हुनुहुन्छ सायद त्यहाँ नै उठाइलगिनेछन्। मानिसहरूमा रहेका यी धारणा र कल्पनाहरू प्रवीण भए पनि, के ती पूरा हुन सक्छन्? के तिनीहरूले प्रतीक्षा गरेको क्षण—परमेश्वरको कामको अन्त्य—आइपुगेको छ त? (छैन।) अनि परमेश्वरको काम अझै समाप्त नभएको हुनाले, के मानिसहरू निराश वा बेचैन महसुस गर्छन्? के तिनीहरूलाई पछुतो हुन्छ? कतिपय मानिसहरू निराश हुन्छन्, होइन र? कतिपय मानिसहरू आफ्नो कर्तव्य पूरा गर्ने क्रममा कठिनाइहरूको सामना गर्दा नकारात्मक बन्छन्, वा तिनीहरूले आफ्नो घरायसी जीवनमा सङ्कष्ट सामना गर्दा वा सतावट भोग्दा अन्नी तिनीहरूसँग उम्कने कुनै बाटो नहुँदा तिनीहरूलाई पछुतो हुन्छ। अवश्य नै, कतिपय मानिसहरूलाई अहिलेको क्षणसम्म सहन सजिलो भएको छैन, तर हृदयमा तिनीहरू साँच्चै नै अत्यन्तै बेचैन हुन्छन्। तिनीहरू केबारे बेचैन हुन्छन्? तिनीहरू यसो सोच्छन्, “परमेश्वरको काम किन अझै समाप्त भएको छैन? परमेश्वरको कामका लागि अझै कति समय लाग्नेछ त? के म घर गएर आफ्नो जीवनलाई अघि बढाउनुपर्छ त? के मैले काममा फर्केर संसारमा आफ्नो भविष्य खोजी गर्नुपर्छ त? के मैले मेरो घर किनेर फिर्ता लिनुपर्छ त? परमेश्वरले हामीलाई यसबारेमा प्रतिक्रिया दिनुहुन्न वा हामीलाई स्पष्ट उत्तर दिनुहुन्न! के हामीले तयार हुन सकौँ भनेर परमेश्वरको काम कहिले समाप्त हुनेछ, र उहाँले अरू के काम गर्नुहुनेछ भनेर हामीलाई भनिनु पर्दैन र? परमेश्वरले हामीलाई यी कुराहरू बताउनुहुन्न, उहाँ त केवल सत्यता व्यक्त गरिरहनुहुन्छ, सत्यताहरूबारे सङ्गति गरिरहनुहुन्छ, र मुक्तिका बारेमा कुरा गरिरहनुहुन्छ। उहाँले पछि के हुनेछ, वा भविष्यका बारेमा, वा मानवजाति सुन्दर गन्तव्यमा कहिले प्रवेश गर्नेछ, वा देहको जीवन कहिले समाप्त हुनेछ भन्ने बारेमा कहिल्यै कुरा गर्नुहुन्न; उहाँ हामीलाई अनिश्चितकालीन रूपमा प्रतीक्षा गर्न मात्रै लगाउनुहुन्छ।” मानिसहरूसँग परमेश्वरको कामबारे ज्ञान हुँदैन। अझै निर्दिष्ट रूपमा भन्दा, परमेश्वर मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ, उहाँ मानिसहरूलाई मुक्ति दिन के-के विधिहरू प्रयोग गर्नुहुन्छ, मानिसहरूलाई मुक्ति पाउने तुल्याउन परमेश्वर आफ्नो सबै कामभित्र के-कस्ता निर्दिष्ट कुराहरू गर्नुहुन्छ, र इत्यादि कुराहरूका बारेमा तिनीहरू स्पष्ट हुँदैनन्। बरु, तिनीहरू सधैँ आफ्नै धारणा र कल्पनाहरूमा जिउँछन्, र परमेश्वरको कामलाई औपचारिकता वा एउटा शानदार प्रकारको जादुका रूपमा लिन्छन्। मानौँ उहाँको काम भाषणकला मात्रै हो र यसमा कुनै विशिष्ट विषय नै छैन—परमेश्वरले केही वचन मात्रै बोल्नुपर्छ र उहाँले जे भन्नुभयो त्यही पूरा हुनेछ, र उहाँले जे आज्ञा दिनुहुन्छ त्यही हुनेछ, र पछि मानिसहरू परिवर्तित हुनेछन्, अनि प्रकाशको पुस्तकमा भविष्यवाणी गरिए झैँ बन्नेछन्, सन्तहरू बन्नेछन् र तिनीहरू पवित्र पारिनेछन्। परमेश्वरको कामबारे मानिसहरूमा चाहे जति नै काल्पनिक र खोक्रा विचारहरू भए पनि, ती निश्चित भए पनि वा अनिश्चित भए पनि, समग्रमा भन्दा, मानिसहरू उहाँको कामका बारेमा धारणा र कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरूले परमेश्वरको कामलाई कसरी लिन्छन्, र परमेश्वरले मानवजातिलाई मुक्ति दिनका लागि गर्नुहुने हरेक विशिष्ट काम र उहाँले भन्नुभएका हरेक विशिष्ट कुरालाई कसरी लिन्छन् त्यसमा तिनीहरू सधैँ खोक्रा धारणा र कल्पनाहरू बोकेर जिउँछन्। अवश्य नै, अधिकांश मानिसहरूमा परमेश्वरको कामबारे एकमात्र धारणा र कल्पना हुन्छ, जुन के हो भने परमेश्वरको काम समाप्त भएपछि, मानिसहरूले बल्ल यो यात्रालाई पूरा गरेका हुनेछन्, र तिनीहरूले उहाँको काम समाप्त नभएसम्म प्रतीक्षा गरेर त्यो बेलासम्म बाँच्न सके भने, तिनीहरूले जितेका हुनेछन्, र तिनीहरूले त्यागेका र चढाएका सबै कुरा, र तिनीहरूले भोगेका कठिनाइहरू, र तिनीहरूले चुकाएका मूल्यहरू सबै सार्थक हुनेछन्। यसको आधारमा मूल्याङ्कन गर्दा, एक हिसाबमा, मानिसहरू परमेश्वरको कामबारे हरप्रकारका कल्पनाहरूले भरिएका हुन्छन्। अर्को हिसाबमा, मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता पछ्याइरहेका हुँदैनन्; बरु, तिनीहरूको आस्थामा बाजी थाप्ने गुण समावेश हुन्छ—तिनीहरूले आफ्नो जीवन र आफ्नो सबै सम्पत्ति, भविष्य, आफ्नो वैवाहिक सम्बन्ध, र आफूसँग भएको सबै कुरालाई बाजी लगाइरहेका हुन्छन्, र तिनीहरूले केवल परमेश्वरको काम समाप्त नभएसम्म कष्ट भोग्नुपर्छ, र परमेश्वरले आफ्नो काम समाप्त भएको छ भनेर घोषणा गर्नुहुँदा तिनीहरू अझै जीवित भएसम्म, तिनीहरूले नाफा कमाएका हुनेछन्, र आफूले चुकाएका सबै कुरा फिर्ता पाएका हुनेछन् भन्ने सोच्छन्। के मानिसहरूले सोच्ने तरिका यही होइन र? (हो।) अब हामीले यसका बारेमा यति धेरै कुरा गरिसकेका हुनाले, परमेश्वरको कामबारे मानिसहरूका मुख्य धारणा र कल्पनाहरू के-के हुन् त? (मानिसहरूले के विश्वास गर्छन् भने परमेश्वरको काम चमत्कारहरूले भरिएको छ, र परमेश्वरले मानिसहरूलाई केही शब्द बोलेर मात्रै पनि शुद्ध गर्न सक्नुहुन्छ, र तिनीहरूले कुनै मूल्य नचुकाई वा सत्यता नपछ्याई तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्।) परमेश्वरको कामबारे मानिसहरूमा हुने धारणा र कल्पनाहरू यिनै हुन्। अरू के-के धारणा र कल्पनाहरू छन्? (मानिसहरूमाथि गरिएको परमेश्वरको कामद्वारा उहाँले ठ्याक्कै के परिणाम हासिल गर्न चाहनुहुन्छ भन्ने कुरा मानिसहरूलाई थाहा हुँदैन, र तिनीहरूले परमेश्वरको काम पूरा नभएसम्म कष्ट सहन सके भने, तिनीहरूसँग स्वर्गको राज्यमा प्रवेश गर्ने आशा हुनेछ भन्ने सोच्छन्।) यो पनि एउटा धारणा र कल्पना हो—मानिसहरूले परमेश्वरको काम औपचारिकता र प्रक्रिया मात्रै हो भन्ने सोच्छन्। अरू के छ? (परमेश्वरमाथिको आफ्नो विश्वासमा, मानिसहरूले सत्यता पछ्याइरहेका हुँदैनन्, बरु तिनीहरूको विश्वासमा बाजी थाप्ने गुण हुन्छ।) के यो धारणा र कल्पना हो? परमेश्वरमाथिको मानिसहरूको विश्वासको सार र तिनीहरूको पछ्याइको सार यही हो। यसभित्र के-कस्ता धारणा र कल्पनाहरू हुन्छन्? के मानिसहरूले परमेश्वरलाई पछ्याउँदै गर्दा सबै कुरा त्यागे र कर्तव्य पूरा गरेसम्म, तिनीहरू मानौँ जादुले परिवर्तन हुनेछन् भन्ने सोच्दैनन् र? (सोच्छन्।) मानिसहरूका सोच अत्यन्तै खोक्रो हुन्छन्, अलौकिक कुराहरूसँग चासो राख्ने, र कल्पनाशील हुन्छन्। मानिसहरूले के सोच्छन् भने तिनीहरूले परमेश्वरका वचनहरूको सजाय, न्याय, वा काट-छाँट, वा आपूर्ति स्वीकार गर्नु पर्दैन, तिनीहरूले परमेश्वरलाई यसरी मात्रै पछ्याउनुपर्छ, आफूलाई जुनसुकै कर्तव्य पूरा गर्न लगाइएको हो त्यही गर्नुपर्छ, र तिनीहरूले अन्त्यसम्म पछ्याएसम्म, तिनीहरू परिवर्तन हुनेछन्, र परमेश्वरको काम सकिएपछि तिनीहरू अन्ततः स्वर्गको राज्यमा प्रवेश गर्नेछन्। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।)
मानिसहरू परमेश्वरको कामबारे हर प्रकारका धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। हामीले भर्खरै सङ्गति गरेको कुरा परमेश्वरको कामका दिनहरूका बारेमा रहेका मानिसहरूका धारणाहरूसँग सम्बन्धित छ। यी धारणा बाहेक, अर्को प्रकारको धारणा र कल्पना पनि छ। त्यो के हो भने जब पनि मानिसहरूले कुनै वास्तविक कठिनाइहरू सामना गर्छन्, तब तिनीहरूले प्रायजसो आफ्नो व्यक्तिगत इच्छामा के आशा गर्छन् भने तिनीहरूले साधारण समयमा परमेश्वरका वचनहरू खाने-पिउने नगरी, आफूलाई सत्यताले सुसज्जित नगरी, वा सत्यता सिद्धान्तहरू नबुझी परमेश्वरबाट प्रेरणाको झलक प्राप्त गर्नेछन् र त्यसपछि तिनीहरूको मस्तिष्कको तरङ्गित हुनेछ, र परमेश्वरले तिनीहरूलाई आफ्नो दैनिक जीवनमा ठूलो होस् वा सानो होस्, जेसुकै समस्याहरू आए पनि त्यसलाई समाधान गर्न सहयोग गर्न सक्नुहुन्छ। परमेश्वरको कामबारे मानिसहरूको बुझाइ र समझ अत्यन्तै काल्पनिक र खोक्रो छ, र मानिसलाई मुक्ति दिने परमेश्वरका विधिहरूका बारेमा पनि मानिसहरू धारणा र कल्पनाहरूले भरिएका छन्। मानिसहरू परमेश्वरको काममा विभिन्न सत्यताहरू खोजी गर्न र सत्यता सिद्धान्तहरू अनुसार हरेक मामलालाई व्यावहारिक तरिकाले सम्हाल्न चाहँदैनन्। बरु, तिनीहरू के आशा गर्छन् भने तिनीहरूले कुनै पनि प्रकारको समस्या सामना गर्दा, परमेश्वरले अगमवक्ताहरूलाई प्रकाश दिनुभएको जस्तै, तिनीहरूलाई पनि ज्योति र प्रकाशहरू दिनुहुनेछ, ताकि तिनीहरूको वास्तविक जीवनमा जेसुकै आइपरे पनि, तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्न र सत्यताको खोजी गर्न नपरी, वा परमेश्वरका वचनहरू खानु-पिउनु नपरी तिनीहरूसँग हर प्रकारका समस्याहरू झेल्ने बुद्धि र क्षमता अनि तरिकाहरू हुनेछन्। मानिसहरूको कल्पना अनुसार त, तिनीहरू के सोच्छन् भने परमेश्वरमा विश्वास गर्न थालेपछि तिनीहरू बाठो र चलाख बन्नेछन्। कतिपयले के समेत सोच्छन् भने तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि तिनीहरू सुन्दर बन्नेछन्, र तिनीहरूसँग दैनिक जीवनमा देहका कुनै पनि कठिनाइ र समस्याहरू, वा भ्रष्ट स्वभावहरूको अवरोध, वा कुनै वास्तविक कठिनाइहरू हुनेछैनन्। तिनीहरू के विश्वास गर्छन् भने तिनीहरूसँग परमेश्वरलाई सन्तुष्ट पार्ने इच्छा भएसम्म, उहाँले तिनीहरूलाई सामर्थ्य दिनुहुनेछ र तिनीहरूका लागि असल र अझ श्रेष्ठ परिस्थितिहरू सृजना गर्नुहुनेछ, यो सबै कुरालाई वास्तविकतामा परिणत गर्नुहुनेछ, र तिनीहरूका सबै आकाङ्क्षा र चाहनाहरू पूरा गर्नुहुनेछ, र, विशेष गरी जब तिनीहरूले आफ्नो क्षमता र जन्मजात प्रवृत्तिले हासिल गर्न नसक्ने कुराहरू सामना गर्छन्, तब परमेश्वरले तिनीहरूलाई चलाख तरिकाले वा सजिलै आफूले गर्न चाहेका कुराहरू गर्न सहयोग गर्नुहुनेछ। कमजोर क्षमता भएका र हरेक प्रकारको पेसा सम्बन्धी सीपको अभाव भएका कतिपय मानिसहरूले परमेश्वरले चमत्कार वा आश्चर्यकर्म वा मात्रै गर्नुपर्छ अनि तिनीहरूको क्षमता अचानक असल हुनेछ, र तिनीहरू अचानक चलाख बन्नेछन् भन्ने सोच्छन्। तिनीहरूले के पनि विश्वास गर्छन् भने परमेश्वरका लागि हासिल गर्न गाह्रो कुरा केही छैन, र परमेश्वरले तिनीहरू आफैले पूरा गर्न नसक्ने कुराहरू पूरा गर्न तिनीहरूलाई सहयोग गर्न सक्नुहुन्छ, र तिनीहरूले आफै जित्न नसक्ने र तिनीहरूको क्षमताभन्दा बाहिरका कठिन समस्याहरू समाधान गर्न सहयोग गर्न सक्नुहुन्छ। सारांशमा भन्दा, परमेश्वरको काममा, मानिसहरूमा धेरै धारणा र कल्पनाहरू हुन्छन्। एक हिसाबमा, तिनीहरू परमेश्वरको कामको अवधिका बारेमा विभिन्न कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरूले यस सन्दर्भमा विभिन्न कार्यहरू पनि गरेका हुन्छन् र विभिन्न मूल्य चुकाएका हुन्छन्। सँगसँगै, मानिसहरू आफूले सामना गर्ने विभिन्न कठिनाइ र समस्याहरूका बारेमा, र आफ्नै भ्रष्ट स्वभावका बारेमा समेत हर प्रकारका धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। यीमध्ये धेरैजसो धारणा र कल्पनाहरू खोक्रा, काल्पनिक, र अवास्तविक हुन्छन्, र अझै बढी, तिनले मानिसहरूको क्षमता र मनलाई उछिन्छन्, र तिनले तिनीहरूको प्रवृत्तिलाई उछिन्छन्। मानिसहरू प्रायजसो के आशा गर्छन् भने, परमेश्वरले तिनीहरूको वास्तविक कठिनाइहरू, वा तिनीहरूको क्षमता, मन, र प्रवृत्तिका आधारमा काम गर्नुहुनेछैन, बरु उहाँले तिनीहरूलाई यी सबै कुरालाई उछिन्न, र निश्चित कुराहरू गर्नका लागि तिनीहरूको सामान्य मानवता र तिनीहरूको क्षमता र प्रवृत्तिलाई उछिन्न सहयोग गर्नुहुनेछ। मानिसहरू परमेश्वरको कामबारे धारणा र कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरूको कल्पनाको विषयवस्तु अत्यन्तै अलौकिक हुन्छ। यी धारणा र कल्पनाहरू परमेश्वरले व्यक्त गर्नुभएका सत्यताहरूसँग पूर्ण रूपमा उल्टो र शत्रुवत् हुन्छन्। मानिसहरू मनमनै यस्तो सोच्दैनन्: यदि परमेश्वर यी अलौकिक कुराहरू गर्नुहुन्छ भने, उहाँ किन अझै पनि यति धेरै वचनहरू बोल्नुहुन्छ र मानिसहरूलाई यति धेरै सत्यता प्रदान गर्नुहुन्छ? उहाँले त्यसो गर्नु नै पर्नेथिएन। परमेश्वरको काम यति व्यावहारिक हुनुको कारण के हो भने परमेश्वरले मानिसहरूलाई आफ्ना सबै वचन र सत्यताहरू प्रदान गर्ने र तिनीहरूलाई मानिसहरूमा ढाल्ने आशा गर्नुहुन्छ, ताकि तिनीहरू यी वचन र सत्यताहरू अनुसार जिउन सकून्। उहाँको अभिप्राय भनेको मानिसहरूलाई सामान्य मानवता वा तिनीहरूका प्रवृत्तिलाई उछिन्न सहयोग गर्नु होइन, बरु तिनीहरूलाई सामान्य मानवताका आधारमा सत्यता सिद्धान्तहरू कायम राख्न, र उहाँले तिनीहरूलाई दिनुभएका कर्तव्य र आज्ञाहरू कायम राख्न सक्षम तुल्याउनु हो। तर, मानिसहरूका धारणा र कल्पनाहरू परमेश्वरको कामको ठीक विपरीत हुन्छन्, र ती परमेश्वरले काम गर्ने तरिकाअनुरूप पटक्कै हुँदैनन्। परमेश्वरले व्यावहारिक तरिकाले काम गर्न चाहनुहुन्छ, जबकि परमेश्वरको कामबारे मानिसहरूका कल्पना अलौकिक कुराहरूसँग सम्बन्धित हुन्छ, जुन खोक्रा, र अवास्तविक हुन्छन्। अवश्य नै, कतिपय मानिसहरूले परमेश्वरले तिनीहरूलाई प्रकाशहरू दिन, तिनीहरूलाई आपूर्ति गर्न, साथ दिन र सहयोग गर्न, र तिनीहरूलाई परिवर्तन गर्न र मुक्ति पाउने तुल्याउनका लागि समेत अझै विशेष विधिहरू प्रयोग गर्नुहुन्छ भन्ने आशा गर्छन्। उदाहरणका लागि, जब पनि कतिपय मानिसहरू समस्या सामना गर्छन्, तब प्रायजसो तिनीहरू उत्तरहरू वा अभ्यासका मार्गहरू खोज्न परमेश्वरका वचनहरूभित्र हेर्दैनन्, तर घुँडा टेक्छन्, आँखा चिम्लिन्छन्, अनि प्रार्थना गर्छन्। तिनीहरूले प्रार्थना गर्दा समस्याबारे सत्यताको खोजी गर्ने, र त्यसपछि यसलाई समाधान गर्नका लागि परमेश्वरका सम्बन्धित वचनहरू खोज्ने गर्दैनन्। बरु, तिनीहरूले परमेश्वरले तिनीहरूलाई हृदयमा के गर्ने भनेर बताउन सक्नुहोस्; वा तिनीहरूलाई एउटा वाक्य, विचार, वा चित्रद्वारा अन्तर्दृष्टि दिन सक्नुहोस्; वा तिनीहरूलाई केही ज्योति प्राप्त गर्ने तुल्याउनुहोस् र केही उत्प्रेरणा दिन सक्नुहोस् होस् भन्ने आशा गर्छन्—तिनीहरू यसरी सत्यता बुझ्न चाहन्छन्। अवश्य नै, कतिपय मानिसहरूले अझै चरम शैली अपनाउँछन्, जुन के हो भने, जब-जब तिनीहरू समस्या सामना गर्छन्, तब-तब तिनीहरू परमेश्वरले तिनीहरूलाई सपनामा आफ्ना वचनहरूको एउटा खण्ड प्रकट गरिदिन सक्नुहोस्, तिनीहरूले फलानो-ढिस्कानो कुरा गर्नुपर्छ कि गर्नु पर्दैन र त्यो कसरी गर्नुपर्छ, वा तिनीहरू फलानो-ढिस्कानो ठाउँमा जानुपर्छ कि पर्दैन, वा तिनीहरूले फलानो-ढिस्कानोलाई सुसमाचार प्रचार गर्नुपर्छ कि गर्नु पर्दैन भनेर बताइदिनुहोस् भन्ने आशा गर्छन्। कतिपय मानिसहरू, ठूला कठिनाइहरू सामना गर्दा, सपना प्राप्त गर्ने वा सपनामा उत्तर प्राप्त गर्ने आशा गर्छन्, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरू वा मण्डली अगुवाहरूसँग आफ्नो सपनाको विश्लेषण र अर्थ लगाउने समेत आशा गर्छन्, र सोच्छन्, “परमेश्वरले मलाई दिनुभएको यो सपनाको अर्थ के हो? उहाँ मैले के गरोस् भन्ने चाहनुहुन्छ? उहाँले मलाई जान भनिरहनुभएको छ कि नजान?” तिनीहरू के विश्वास गर्छन् भने परमेश्वरको काम भनेको मानिसहरूलाई यी विशेष माध्यमहरू प्रयोग गरेर प्रकाशहरू दिनु, मानिसहरूलाई अगुवाइ गर्नु, र मानिसहरूलाई आपूर्ति गर्नु हो, र यसरी तिनीहरूलाई मुक्ति पाउने तुल्याउनु हो। के यो धारणा र कल्पना होइन र? (हजुर, हो।) अरू मानिसहरू पनि हुन्छन्, जसले समस्या आइपर्दा, र के गर्ने भन्ने थाहा नहुँदा र प्रार्थना गर्दा परमेश्वरबाट उत्तरहरू प्राप्त नगर्दा, निर्णय गर्न सिक्का फ्याँकेर सहारा लिन्छन्। उदाहरणका लागि, जब सुसमाचार प्रचार गर्न कुनै ठाउँमा जानु पर्ने हुन्छ, तब तिनीहरू जानुपर्छ कि पर्दैन भनेर परमेश्वरलाई प्रार्थना गर्छन् र तिनीहरू उत्तर प्राप्त गर्दैनन्, त्यसपछि तिनीहरू के गर्छन्? तिनीहरू जाने कि नजाने भनेर निर्णय गर्न सिक्का पल्टाउने मात्रै गर्छन्। तिनीहरूले के सोच्छन् भने यदि सिक्का सुल्टो भयो भने, परमेश्वर तिनीहरू जाऊन् भन्ने चाहनुहुन्छ भनी प्रमाणित गर्छ, जबकि यदि त्यो उल्टो भयो भने, यसले परमेश्वरले तिनीहरू नजाऊन् भन्ने चाहनुहुन्छ भनी प्रमाणित गर्छ। तिनीहरूले तीन पटक सिक्का पल्टाउँछन् र यो एक पटक सुल्टो हुन्छ र दुई पटक उल्टो हुन्छ, त्यसकारण तिनीहरूले यस्तो निष्कर्ष निकाल्छन्, “दुई पटक उल्टो र एक पटक सुल्टो भयो, जसको अर्थ परमेश्वर म नजाओस् भन्ने चाहनुहुन्छ,” अनि तिनीहरू जाँदैनन्। तिनीहरू जान नपरेकोमा निकै सहज मान्छन्, र यो परमेश्वरको चाहना हो भन्ने सोच्छन्, र मनमनै भन्छन्, “मैले परमेश्वरको अगुवाइ पछ्याउनुपर्छ। यो परमेश्वरको निर्णय हो, मेरो होइन। म परमेश्वरको अगुवाइमा समर्पित हुनुपर्छ र जानु हुँदैन।” त्यसोभए तिनीहरू वास्तवमा जानुपर्छ कि पर्दैन त? के यसरी परमेश्वरका अभिप्रायहरूको खोजी गर्दा सही उत्तर प्राप्त गर्न सकिन्छ? उत्तर पूर्ण रूपमा सही हुन सक्दैन। यस्तो परिस्थितिको सामना गर्दा, तैँले सिद्धान्तहरूका आधारमा र परिस्थितिले अनुमति दिन्छ कि दिँदैन भन्ने कुराका आधारमा निर्णय गर्नुपर्छ—यो विधि मात्रै सही हुन्छ। सुसमाचार प्रचार गर्नु तेरो कर्तव्य, अभिभारा, र तैँले आज गर्नुपर्ने काम हो, त्यसकारण तँ जानुपर्छ—तँ जानु नै सही कुरा हो। तर, मानिसहरूले प्रायजसो यी वास्तविकताहरूका आधारमा त्यस्ता मामलाहरूलाई बुझ्दैनन् वा सम्हाल्दैनन्। बरु, तिनीहरूले प्रायजसो केही धारणा र कल्पनाहरूका आधारमा तीबारे विचार गर्छन्, र केही असामान्य माध्यम र विधिहरू प्रयोग गरेर तिनको मूल्याङ्कन गर्छन्, र अन्तिममा केही वाहियात र विकृत निर्णयहरू गर्छन्। के यो तिनीहरूको धारणा र कल्पनाहरूको कारण होइन र? (हो।) परमेश्वरको कामभित्र, जब परमेश्वरले हरेक कुरा कसरी गर्नुपर्छ वा हरेक प्रकारको समस्या सम्हाल्दा के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ भनेर बताउने स्पष्ट वचनहरू प्रदान गर्नुहुन्न, तब मानिसहरूले पवित्र आत्माको निर्देशनलाई पछ्याउनुपर्छ र परमेश्वरले वास्तविक परिस्थितिहरूमा तिनीहरूलाई प्रदान गर्नुहुने मार्गदर्शन पछ्याउनुपर्छ। अवश्य नै, तिनीहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल वा प्रार्थना र खोजी पनि गर्नुपर्छ, र अन्ततः वास्तविक परिस्थितिका आधारमा हातमा रहेको मामलालाई कसरी सम्हाल्ने भनेर निर्णय लिनुपर्छ। तर, परमेश्वरको काममा, जब परमेश्वरसँग मानिसहरूलाई विभिन्न मामलाहरूका अभ्यासका सिद्धान्तहरू बताउने स्पष्ट वचन र स्पष्ट निर्देशनहरू हुन्छन्, तब पहिले अपनाइएका यी औपचारिकताहरू पन्छाउन सकिन्छ, र मानिसहरूले उप्रान्त तिनलाई पालना गर्नु पर्दैन। यदि तिनीहरूले तिनलाई पालना गरिरहे भने, यसले काममा ढिलाइ मात्रै गर्नेछ। उदाहरणका लागि, मानौँ, जब कुनै कुरा आइपर्छ अनि गएर कार्य गर्नु नै पर्ने हुन्छ, तब मानिसहरू अझै पनि घुँडा टेकेर प्रार्थना गर्छन्, र सोध्छन्, हे परमेश्वर, “म जानुपर्छ कि पर्दैन? यदि तपाईं म नजाओस् भन्ने चाहनुहुन्छ भने, बस मलाई अवरोध गर्ने कुनै परिस्थिति सिर्जना गर्नुहोस्, वा यदि तपाईं म जाओस् भन्ने चाहनुहुन्छ भने, मेरा लागि सबै कुरा सहज रूपमा अघि बढ्ने तुल्याइदिनुहोस्।” यो त औपचारिकताहरूलाई कडाइका साथ पालना गर्नु हो र परमेश्वरले मानिसहरूबाट माग गर्नुहुने कुरा यो होइन। जब परमेश्वरले आफ्ना माग र मापदण्डहरूका बारेमा स्पष्ट वचनहरू दिनुहुन्छ, तब मानिसहरूले उप्रान्त खोजी, प्रार्थना, सोधखोज, र इत्यादि कुनै औपचारिकताहरू पूरा गरिरहनु पर्दैन। बरु, एक हिसाबमा, तिनीहरूले खास अवस्था र वास्तविक परिस्थितिहरू अनुसार कार्य गर्नुपर्छ, र अर्को हिसाबमा, तिनीहरूले सबैभन्दा मुख्य रूपमा सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नुपर्छ—यो सही हो। हरेक दिन, उचित क्रममा कामकुरा सम्हाल्, आफूले गर्नुपर्ने कामकुरा गर्, र आफूले गर्नु नपर्ने कामकुराहरू नगर्; आत्तुरी भएको र निराकरण गर्नुपर्ने कुरालाई सम्हाल्, तत्कालका लागि पन्छाउन सकिने कुरालाई थाँती राख्, र सुरुमा आत्तुरी भएका मामलाहरूलाई ध्यान दे। के यी सिद्धान्तहरू होइनन् र? (हो, हुन्।) ती वास्तवमा नै सिद्धान्तहरू हुन्। तैँले यो कुरा याद गर्नुपर्छ: जब तैँले परमेश्वरलाई प्रार्थना गर्छस् र उहाँका अभिप्रायहरू बुझ्न खोज्छस्, तब तैँले उहाँका वचनहरू अनुसार त्यसो गर्नुपर्छ; विशेष परिस्थितिहरूमा, तोकेर भन्नुपर्दा परमेश्वरले निर्देशन प्रदान गर्नुभएका स्पष्ट वचनहरू नभएको बेला पनि, सबै प्रकारका मामलाहरूका लागि उहाँसँग स्पष्ट वचन र अभ्यासका सिद्धान्तहरू छन् भन्ने कुरा तैँले जान्नुपर्छ, र त्यस्ता परिस्थितिहरूमा, तैँले परमेश्वरले विगतमा मानिसहरूलाई चेतावनी दिनुभएका विभिन्न सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नुपर्छ। तर, मानिसहरूले आफ्नो मनमा परमेश्वरको कामबारे हास्यास्पद, अनौठा, र अलौकिक कुराहरूसँग सम्बन्धित धेरै धारणा र कल्पनाहरू विकास गरेका हुन्छन्, जसले परमेश्वरका वचनहरू र विभिन्न सत्यता सिद्धान्तहरूलाई सजावट र खोक्रा धर्मसिद्धान्तहरूमा परिणत गर्छन्, र मानिसहरूमाथि समस्याहरू आइपर्दा तिनलाई मानिसहरूको मामला सम्हाल्ने मापदण्ड वा अभ्यासका मार्गहरू बन्न नसक्ने बनाउँछन्। यो दुःखद कुरा हो, र यो पूर्ण रूपमा मानिसहरूले परमेश्वरको कामबारेमा धेरै धारणा र कल्पनाहरू विकास गरेका छन् भन्ने तथ्यका कारण भएको हो।
परमेश्वरको कामबारे मानिसहरूसँग तिनीहरूको दैनिक जीवनमा प्रक्षेपण हुने अरू केही हास्यास्पद, विचित्र, र अनौठा धारणा र कल्पनाहरू हुन्छन्। उदाहरणका लागि, मानौँ, कसैले आफूले सबैभन्दा बढी गर्नुपर्ने काम गर्न लागेको बेला, उसले घट्न नपर्ने भनी सोचेको कुनै घटना घट्छ, जस्तै काम गर्न जाँदा उसको मोबाइल चोरी हुन्छ, वा उसको कार बिग्रिन्छ वा ऊ त्यहाँ जाँदा बाटोमा लड्छ, वा अरू कुनै गलत कुरा हुन्छ। यसको अर्थ के हो? के यसको अर्थ परमेश्वरले उसलाई यो कार्य गर्नबाट अवरोध गरिरहनुभएको हो भन्ने हुन्छ? के यसको अर्थ यो कार्य गर्नु परमेश्वरका अभिप्रायहरू अनुरूप छैन भन्ने हुन्छ? के यसको अर्थ यो कार्य गर्नु हुँदैन भन्ने हुन्छ? के यसलाई यसरी बुझ्नुपर्छ र बोध गरिनुपर्छ? (अहँ, होइन।) यदि अहिले तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा गर्नुपर्ने, सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो, र तँ गएर यो काम गर्छस् भने, तैँले यस क्रममा केही बाधा र कठिनाइहरू, वा मानिसहरूले घट्न नहुने भनी सोचेका कुराहरू समेत सामना गरे पनि, तैँले निर्वाह गरिरहेको यो कर्तव्य र तैँले गरिरहेको यो कार्यले परमेश्वरलाई अप्रसन्न तुल्याउँछ, वा परमेश्वरले तँलाई यी कुराहरू गर्नबाट अवरोध गर्नुभएको हो भनेर भन्न सकिँदैन—त्यो मानव धारणा र कल्पना हो। यदि परमेश्वरले तँलाई अवरोध गर्न चाहनुहुन्छ भने, उहाँले ती विधिहरू प्रयोग गर्नुहुनेछैन। बरु, उहाँले प्रत्यक्ष रूपमा एउटा परिस्थिति योजनाबद्ध गर्नुहुनेछ ताकि तँ स्वाभाविक रूपमै त्यो कार्य गर्न जान नपरोस्। अर्थात्, परमेश्वरले आज तैँले गर्नुपर्ने अझै महत्त्वपूर्ण कुरा छ भन्ने कुरा तेरो मनमा स्पष्ट पारिदिनुहुनेछ, र परिणामस्वरूप त्यो अर्को कार्य तेरो सूचीको दोस्रो वा तेस्रो स्थानमा पुगेको हुनेछ, र पछि गर्ने गरी त्यो काम गर्न छोड्नुपर्ने हुनेछ। तैँले आफ्नो हिसाब-किताब जसरी गरे पनि, वास्तविक परिस्थितिका आधारमा आज त्यो कार्य पुरा गर्न सकिनेछैन भन्ने तैँले पत्ता लगाउनेछस्। परमेश्वरले तँलाई अवरोध गर्नु यही हो। तर, तैँले जेसुकै सोचे पनि, र त्यो कार्य पूरा गर्ने प्रक्रियामा जेसुकै बाधा वा कठिनाइहरू देखा परे पनि, जेसुकै भए पनि, यदि त्यो कार्य आज पूरा गरिनुपर्छ भने, तँ गएर त्यो कार्य गर्नुपर्छ। यदि परमेश्वरले तँलाई अवरोध गर्नुभयो भने, उहाँले तँलाई प्राकृतिक रूपमा नै त्यो काम छोड्न लगाउन सबैभन्दा उपयुक्त र उचित माध्यमहरू प्रयोग गर्नुहुनेछ—परमेश्वरले काम गर्नुहुने तरिका यही हो। परमेश्वरले काम गर्ने तरिका भनेको मानिसहरूलाई तिनीहरूले मानवताको प्रवृत्तिको दायराभित्र गर्नुपर्ने कुरा गर्न दिनु हो। एक हिसाबमा, मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। अर्को हिसाबमा, वस्तुगत परिस्थितिहरूको कारक पनि हुन्छ—यदि परिस्थितिले कार्य गर्न दिन्छन् भने, काम गर्नुपर्छ; यदि परिस्थितिले दिँदैनन् भने, मानिसहरूले यो काम गर्न केही समय प्रतीक्षा गर्नुपर्छ। प्रतीक्षा गर्नुको उद्देश्य के हो? यो परमेश्वरले प्रबन्ध गर्नुहुने सही समय र परिस्थितिहरूको प्रतीक्षा गर्नु हो। यदि परिस्थितिहरू निरन्तर अनुचित हुन्छन् र तैँले यो कार्य गर्ने प्रयास गरिरहँदै गर्दा परिस्थितिहरू गलत भइरहन्छन् भने, तैँले यो काम गर्नु हुँदैन। बुझिस्? (बुझेँ।) मानिसहरूको दैनिक जीवनमा, तिनीहरूले कार्य निर्वाह गर्दा, जस्तोसुकै कार्य भए पनि, ती ठूला भए पनि साना भए पनि, वा ती व्यक्तिगत मामला भए पनि वा मण्डलीका मामला भए पनि, तिनीहरूले आफ्नो आत्मामा के महसुस गरिरहेका छन् भनेर बुझ्ने प्रयास गर्नु पर्दैन। यदि आज तँलाई आत्मामा निराशा महसुस भइरहेको छ र, हृदयमा, तँलाई कुनै कार्य गर्न मन लागेन भने, तँसँग काम गर्न लागेका अरूलाई आत्मामा निराशा महसुस भयो कि भएन भनेर सोध्। यदि अरूलाई आत्मामा निराशा महसुस भएको छैन, र तिनीहरू हृदयमा कार्य गर्न इच्छुक छन्, तैपनि तैँले यो काम तेरो आफ्नै भावनाहरूका आधारमा गर्नु हुँदैन भनेर निष्कर्ष निकालिस् भने, के तँ यसबारे अलिक बढी नै व्यक्तिपरक भइरहेको हुँदैनस् र? (हो।) त्यसकारण, जब पनि मानिसहरूले कुनै काम गर्छन्, तब तिनीहरूले कम्तीमा पनि आफ्ना भावनाहरूलाई बोध गर्ने प्रयास गर्नु हुँदैन वा आफ्ना भावनाहरूका आधारमा काम गर्नु हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। उदाहरणका लागि, मानौँ तैँले कुनै काम पूरा गर्नुपर्ने छ, र तँ अलिक नर्भस हुन्छस्, तेरो आँखा फरफराइरहन्छ, र तेरो कान बजिरहन्छ, र तैँले यसो भन्छस्, “मेरो दाहिने आँखा फरफराइरहेको छ, के त्यसको अर्थ नराम्रो हुन्छ भन्ने हो? के मैले यो कार्य निर्वाह गर्नुपर्छ?” त्यसपछि कसैले भन्छ, “देब्रे आँखा फरफराउँदा शुभ हुन्छ तर दाहिने आँखा फरफराउँदा दुर्भाग्य हुन्छ,” अनि यो सुनेपछि, तँ गएर त्यो कार्य गर्ने आँट नै गर्दैनस्। तेरो जुनसुकै आँखा फरफराए पनि, यदि यो पहिले सहमति गरिसकिएको काम हो, र यो कार्य पूरा गर्नका लागि चाहिने सबै कारकहरू ठीक ठाउँमा छन्, र समय र स्थान सही छन् भने, तैँले गएर यो काम गर्नैपर्छ। यदि कसैले दाहिने आँखा फरफराउँदा दुर्भाग्य हुन्छ भनेकै भरमा मात्रै तैँले त्यहाँ नजाने निर्णय गर्छस् भने, के त्यो उचित हुन्छ? (अहँ, हुँदैन।) त्यो किन उचित हुँदैन? यदि यो तेरो जिम्मेवारी र कर्तव्य हो, र आज वस्तुगत परिस्थिति र सबै अवस्थाहरूले यसलाई पूरा गर्न दिन्छ, र त्यसमाथि, त्यो कार्य आत्तुरीको साथ पूरा गर्नु आवश्यक छ भने, तैँले गएर त्यो काम गर्नुपर्छ। त्यसोभए यदि तेरो दाहिने आँखा फरफरायो भने के भयो त? सायद केही सानातिना समस्याहरू देखा पर्लान् र सबै कुरा सहज रूपमा अघि नबढ्लान्, तर जे भए पनि कार्य पूरा हुन्छ। यदि परमेश्वरले यसमा अवरोध गर्नुभयो र परिस्थितिले दिएन भने मात्रै, तँ कार्य गर्न नजान सक्छस्। कसैले भन्छ, “तिम्रो दाहिने आँखामा समस्या भएकोले फरफराएको होला,” तर अर्कोले भन्छ, “यो पहिले गर्ने सहमति गरिएको कार्य हो, त्यसकारण हामीले गएर यो काम गर्नुपर्छ।” अन्त्यमा, तिमीहरू सबै जे भए पनि यो काम गर्न जान्छौ, तर त्यहाँ जाँदा आधा बाटोमा अचानक कार बिग्रिन्छ। मलाई भन, यदि समूह अघि बढिरहेको बेला कसैको दाहिने आँखा फरफरायो भने, के ऊ त्यस अवस्थामा जानुपर्छ? म तिमीहरूले वास्तवमा सत्यता बुझेका छौ कि छैनौ भनेर हेर्न चाहन्छु। तिमीहरूलाई के लाग्छ, के यो कार्य गर्न जानु सही हुनेछ? (हो, हुनेछ।) अवश्य नै। तेरो दाहिने आँखा फरफराउँछ के देब्रे भन्ने कुराका आधारमा तैँले जाने कि नजाने भनेर मूल्याङ्कन गर्न मिल्दैन। सर्वप्रथम, यो कार्य गर्न जानु सही कुरा हो। त्यसोभए त्यहाँ जाँदा किन कार बिग्रेको? के परमेश्वरले त्यसो हुन अनुमति दिनुभएको हो? त्यो व्याख्या गर्न गाह्रो छ, होइन र? (त्यहाँ जाँदा बाटोमा कार बिग्रिनुको कारण मानव लापरवाही हुन सक्छ, जस्तै कारमा कुनै समस्या छ कि छैन भनेर पहिले जाँच नगरिनु।) त्यो एउटा सम्भावित कारण हो। यदि हामीले त्यो कारणलाई नकाऱ्यौँ भने, के कार आधा बाटोमा बिग्रिनु सामान्य कुरा हो? (हो।) यदि तैँले सुरुमा नै असल गुणस्तरको नभएको पुरानो चिनियाँ कार किनिस्, र तैँले यसलाई उचित रूपमा मर्मत गरिनस् वा बनाइनस् र गुडाइरहिस् भने, आधा बाटोमा कार बिग्रिनेछ। यदि कार आधा बाटोमा बिग्रियो भयो भने, के यसको अर्थ कार्य निश्चित रूपमा नै पूरा गर्न सकिँदैन भन्ने हुन्छ? (यस्तै भन्ने हुँदैन।) कार बिग्रिन्छ र यसलाई मर्मत गर्न एक-दुई घण्टा लाग्छ। जब तिमीहरू गन्तव्यमा पुग्छौ, तब त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले यसो भन्छन्, “तपाईंहरू यो समयमा आउनु सौभाग्यको कुरा हो। निगरानी एजेन्टहरू भर्खरै गए। यदि तपाईंहरू दुई घण्टा पहिले आउनुभएको भए, तपाईंहरूलाई अवश्य नै ठूलो रातो अजिङ्गरले पक्रनेथियो। झण्डै तिनीहरूको हातमा पर्नुभयो!” हेर् त, खराब कुरा त असल कुरामा पो परिणत भयो। के गएर कार्य गर्नु सही थियो? (थियो।) के कार बिग्रिनुमा परमेश्वरको असल अभिप्राय थियो? (थियो।) त्यसोभए तेरो दाहिने आँखा फरफराउनु अशुभ चिन्ह थियो कि शुभ चिन्ह थियो? (कुनै पनि थिएन।) यसको परिणाम स्वरूप केही पनि भएन। यदि हामीले कार दुर्घटनाग्रस्त भएको बिन्दुमै कथा रोक्यौँ, र “दायाँ आँखा फरफराउँदा दुर्भाग्य हुन्छ” भन्ने दाबी निकै सही नै देखिनेथियो। कार बिग्रिनु अनिष्ट नै हो, होइन र? तर अन्तिम परिणाम हेर्दा, कार बिग्रनु असल कुरा भयो। यदि कार नबिग्रिएको भए, तिमीहरू सबै गन्तव्यमा पुगेपछि समस्यामा पर्नेथियौ—तिमीहरूले कार्य पूरा गर्न नसक्ने मात्र होइन, तिमीहरू पक्राउ पनि पर्नेथियौ। यसो हेर्दा, बाटोमा कार बिग्रिएको र त्यसलाई मर्मत गर्न दुई घण्टा लागेको भए पनि, तिमीहरू त्यहाँ पुग्दासम्म, खतरा भर्खरै टरेको थियो र तिमीहरू खतरामुक्त भयौ। यो परमेश्वरले तिमीहरूको सुरक्षा गर्नुभएको हो! यसबारे विचार गर, कार बिग्रिएको दृष्टिकोणबाट हेर्ने हो भने, परमेश्वरले तँलाई जानबाट अवरोध गर्नुभएको हो जस्तो देखिन्छ, तर वास्तवमा तैँले कार मर्मत भएर तँ कुनै थप घटना नघटी पुगेपछि मात्रै के भएको हो भनेर थाहा पाउँछस्। तिमीहरूले यो सम्पूर्ण प्रक्रियामा परमेश्वरका कार्यका सिद्धान्त र विधिहरूलाई कसरी हेर्छौ? परमेश्वरको कामबारे मानिसहरूमा कस्तो बुझाइ हुनुपर्छ? यसलाई सारांश गर, यहाँ खोजी गर्न सकिने सत्यताहरू छन्, र तिमीहरूले तिनलाई खोजी गर्न सक्छौ कि सक्दैनौ भनी म हेर्छु। (परमेश्वर, मेरो बुझाइ के हो भने मानिसहरूमाथि असल या खराब कामकुराहरू आइपरे पनि, त्यसमा परमेश्वरको असल अभिप्राय हुन्छ।) यो एउटा पक्ष हो। (अर्को पक्ष पनि छ, जुन के हो भने परमेश्वरको काम अलौकिक वा काल्पनिक हुँदैन, तर अत्यन्तै व्यावहारिक हुन्छ।) हो, त्यो राम्रो बुझाइ हो। परमेश्वरको काम व्यावहारिक हुन्छ, र यो काल्पनिक वा अलौकिक हुँदैन; सामान्य मानवता भएको जोकोहीले यसलाई अनुभवद्वारा महसुस गर्न र जान्न सक्छ, र यो मानिसहरूले बुझ्न सक्ने कुरा पनि हो। के परमेश्वरको कामबारे मानिसहरूमा हुनुपर्ने बुझाइ यही होइन र? (हो।) यो बुझाइका साथसाथै, मानिसहरूले अरू के कुरा बुझ्नुपर्छ? तिनीहरूले परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ। परमेश्वरको काममा, उहाँले गर्नुहुने हरेक निर्दिष्ट कुराले मानिसहरूलाई उहाँका कार्यहरू अत्यन्तै व्यावहारिक छन् भन्ने कुरा देख्ने तुल्याउँछ। सुरुमा, जब तिमीहरूको समूह यात्रामा निस्किँदैथियो, तब तिमीहरूमध्ये कतिपयले जाने कि नजाने भनेर छलफल गर्यौ। परमेश्वरले तिमीहरूलाई अवरोध गर्नुभएन; उहाँले तिमीहरूलाई वाकवाकी लाग्ने, वा बान्ता हुने, वा पखाला लाग्ने बनाउनुभएन। उहाँले तँलाई न त अवरोध गर्नुभयो, न त तँलाई जानका लागि जोड नै गर्नुभयो। के यो अत्यन्तै व्यावहारिक कुरा होइन र? उहाँले समूहलाई यस विषयमा सँगै छलफल गर्न अनुमति दिनुभयो। कतिपय मानिसहरूले तिनीहरूको दाहिने आँखा फरफरायो भनेर भने, जबकि अरूले भित्री रूपमा असहज महसुस भएको भने, तर तँ आफ्ना भावना र मुडमा, वा अलौकिक कुराहरूसँग सम्बन्धित कल्पनाहरूमा भर परे पनि, अन्ततः तँ जहाँ जानुपर्ने हो त्यहाँ जानुपर्यो, र परमेश्वरले तँलाई कुनै पनि हालतमा बाधा दिनुभएन। के परमेश्वरले यसरी काम गर्नु अत्यन्तै व्यावहारिक होइन र? (हो।) परमेश्वरका कार्यहरू अलिकति पनि खोक्रा हुँदैनन्; सबै प्रकारका मानव प्रकटीकरणहरूलाई अनुमति दिइन्छ, जसमा कतिपय मानिसहरूको आँखा फरफराउने कुरा समेत समावेश हुन्छ। मलाई भन्, के परमेश्वरले मानिसहरूको आँखा फरफराउने कुरालाई रोक्न वा नियन्त्रण गर्न सक्नुहुन्छ? के परमेश्वरलाई यो नियन्त्रण गर्न अत्यन्तै सजिलो हुनेथिएन र? तर के उहाँले त्यसो गर्नुभयो? (गर्नुभएन।) परमेश्वरले त्यसो गर्नुभएन। उहाँले हस्तक्षेप गर्नुभएन, उहाँले तँलाई स्वतन्त्रता दिनुभयो। तेरो आँखा जसरी फरफराउनु पर्ने थियो त्यसरी फरफरायो, तर अन्त्यमा, जे भए पनि समूह त अघि बढ्यो नै—यो सबै अत्यन्तै व्यावहारिक थियो। तर गन्तव्यमा समस्या थियो, र तिमीहरू त्यहाँ गइरहेका छौ भनेर मात्रै परमेश्वरले यो खतरालाई हटाउनुभएन। परमेश्वरले त्यसो गर्नुभएन, र समस्या अझै पनि जसरी देखा पर्नु पर्नेथियो त्यसरी नै देखा पर्यो। तैपनि परमेश्वरले चलाख काम गर्नुभयो: उहाँले त्यहाँ जाँदा आधा बाटोमा तिमीहरूको कार बिग्रिने तुल्याइदिनुभयो, ताकि कार मर्मत गरिँदासम्म र तिमीहरू सबै गन्तव्यमा पुग्दासम्म, खतरा टरिसकेको होस्। यो परमेश्वरले तिमीहरूको सुरक्षा गर्नुभएको हो। हेर् त, यो समयको अन्तरका कारण, उहाँले तँलाई चलाख ढङ्गले खतराबाट पन्छाउन सक्षम तुल्याउनुभयो। परमेश्वरले गर्नुहुने सबै कुरा अत्यन्तै व्यावहारिक हुन्छन्, होइन र? (हो।) त्यसकारण यसले तँलाई अत्यन्तै व्यावहारिक तरिकाले के देखाउँछ भने, परमेश्वरले गर्नुहुने कुरा खोक्रो वा अलौकिक पटक्कै हुँदैन, र घट्ने हरेक घटना स्वाभाविक र अपरिहार्य हुन्छ, तर यसमा परमेश्वरको सर्वशक्तिमान्ता लुकेको हुन्छ। सम्पूर्ण घटनाभरि, मानिसहरूका कल्पना जस्तासुकै भए पनि, तिनीहरूको कठिनाइ, कमजोरी, र समस्याहरू जस्तासुकै भए पनि, तिनीहरूले सँगै छलफल गरेका दृष्टिकोणहरू सही भए पनि वा गलत भए पनि, यीमध्ये कुनै पनि कुराले अन्ततः के भयो त्यसमा असर गरेन, न त यसले घटनाको अपरिहार्य परिणाममा नै असर गर्यो। घट्नुपर्ने हरेक घटना घट्यो, आउनुपर्ने समस्या आयो, कार बिग्रिनु पर्नेथियो बिग्रियो, र मानिसहरूका दृष्टिकोण पनि उदाङ्गो भयो, तर अझै पनि घटनाको अन्तिम परिणाम त परमेश्वरले तय गर्नुभएको तरिका अनुसार, र परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको र परमेश्वरले यस घटनामाथि कसरी शासन गर्नुभयो त्यस अनुसार नै आयो। यो परमेश्वरको सर्वशक्तिमान्ता हो, होइन र? (हो।) यो सबै कुरा मानिसहरूको दैनिक जीवनमा हरेक दिन हुने सबै कुरा जस्तै निकै व्यावहारिक र सामान्य रूपमा घटेको थियो; यो स्वाभाविक रूपमा घटेको थियो र यो अलौकिक, काल्पनिक, वा खोक्रो थिएन। त्यसकारण, यस मामलामा मानिसहरूले परमेश्वरको काम व्यावहारिक छ र उहाँले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ। मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ? सर्वप्रथम, तिनीहरूमाथि जेसुकै आइपरे पनि तिनीहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ भन्ने कुरा तिनीहरूले बुझ्नुपर्छ। यदि तिनीहरूले मानव भावनाहरू अनुसार मात्रै काम गर्छन् भने, त्यो कुरा भर पर्दो हुँदैन। तिनीहरू अलौकिक भावनाहरू अनुसार अघि बढ्नु हुँदैन, वा तिनीहरूले खोक्रा कल्पनाहरूका आधारमा उन्मत्त अनुमानहरू लगाउनु हुँदैन। बरु, तिनीहरूले वास्तविक परिस्थिति र आफूले पूरा गर्नुपर्ने कर्तव्यका आधारमा गएर आफूले गर्नुपर्ने काम गर्नुपर्छ। यसको साथै, महत्त्वपूर्ण कुरा भनेको तिनीहरूले गएर आफूले गर्नुपर्ने काम सत्यता सिद्धान्तअनुसार गर्नुपर्छ। त्यसोभए के यो कुरा झन् सजिलो हुँदैन र? (हुन्छ।) त्यसकारण, तैँले चाहे जे समस्याहरू सामना गरे पनि, र परमेश्वरको काम जुनसुकै चरणमा पुगेको भए पनि, तैँले आफ्ना भावनाहरू अनुसार काम गर्नु पर्दैन, मिति शुभ छ कि छैन भनेर जाँच गर्नु पर्दैन, र अवश्य नै तैँले विशेष गरी कुनै दशाग्रह हेर्ने वा कुनै भविष्यवाणी सुन्ने गर्नु पर्दैन—तैँले आफूले गर्नुपर्ने कुरा मात्रै गर्नुपर्छ। कतिपय मानिसहरूले दशाग्रह हेर्न वा मितिहरू शुभ छन् कि छैनन् भनेर जाँच्न मन पराउँछन्, र यसो भन्छन्, “भोलि राम्रो मिति होइन, के म बाहिर गएँ भने सबै कुरा खराब हुनेछ? के ठूलो रातो अजिङ्गरले पक्राउहरू गरिरहेको हुनेछ? आज बिहान म सबेरै उठेर बाहिर जाँदा कसरी ढोकाको छेउमा काग कराइरहेको थियो? कतिपय मानिसहरूले हिजो राती बाहिर जाँदा कालो बिरालो देखे रे भन्ने सुनेको थिएँ। यी सबै अशुभ लक्षणहरू हुन्! मैले के गर्ने? के कुनै खतरा आउन लागेको हो?” यदि तँसँग सामान्य मानवता र सामान्य मानव सोचाइ छ भने, तैँले कुन-कुन परिस्थितिहरू खतरनाक छन् र कुन-कुन परिस्थितिहरू तुलनात्मक रूपमा सुरक्षित छन् भनेर मूल्याङ्कन गर्न सक्नुपर्छ, र वास्तविक परिस्थिति अनुसार तिनलाई कसरी लिने र सम्हाल्ने भन्ने कुरा जान्नुपर्छ—तैँले ती अरू कुराहरूलाई नियाल्नु पर्दैन। तैँले हरेक दिन के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुराका हकमा भन्दा, एक हिसाबमा, सत्यता सिद्धान्तहरूका रूपमा काम गर्ने परमेश्वरका स्पष्ट वचनहरू छन्, र अर्को हिसाबमा, तँसँग सामान्य मानवता, विवेक र समझ छ, र तैँले वास्तविक परिस्थितिहरूको प्रबन्ध र तिनले प्रदान गर्ने दिशाका आधारमा, र सामान्य मानवताका वास्तविक आवश्यकताहरू र तेरा आफ्नै जिम्मेवारी र दायित्वहरू अनुसार हरेक दिन आफूले गर्नुपर्ने कुरा गरेसम्म, त्यो ठीकै हुन्छ। यदि मानिसहरूले आफ्नो दैनिक जीवनलाई यसरी लिए भने, के कुराहरू अझै सरल हुनेछैनन् र? (हुनेछन्।)
परमेश्वरको काम सर्वशक्तिमान् र अद्भुत भए पनि, र परमेश्वरका वचनहरू सत्यता र जीवन भए पनि, मानिसहरूलाई एकै रातमा पूर्ण पारिन वा परिवर्तन गर्न सकिँदैन। कतिपय मानिसहरू, आफ्ना धारणा र कल्पनाहरूका आधारमा, प्रायजसो यसो भन्छन्, “मैले परमेश्वरमा विश्वास गरेको अत्यन्तै धेरै वर्ष भयो, तर पनि म कसरी अझै परिवर्तन भएको छैनँ? मैले अझै पनि कसरी पवित्रीकरण हासिल गरेको छैनँ? म, किन हृदयमा, अझै पनि संसारलाई प्रेम गर्छु? म किन अझै पनि यति आडम्बरी छु? ममा किन अझै पनि दुष्ट वासना छ? मलाई गैरविश्वासी संसारका केही भिडियो वा मनोरञ्जन कार्यक्रमहरू हेर्न मन पर्थ्यो। मैले अहिलेसम्म परमेश्वरमा विश्वास गरेको छु, धेरै वर्षदेखि परमेश्वरका वचनहरू खाएको र पिएको छु, आफ्नो कर्तव्य पूरा गरेको छु, कुराहरू त्यागेको, र आफूलाई धेरै वर्ष समर्पित गर्छु भन्ने तथ्यको बाबजुद र मैले हृदयमा ती कुराहरूलाई पहिले नै छोडेको छु जस्तो महसुस गरे पनि, किन म अझै पनि ती कुरा समय-समयमा हेर्न चाहन्छु?” मानिसहरूमा हुने केही धारणाहरू यिनै हुन्, होइनन् र? विशेष गरी, परमेश्वरमाथिको आफ्नो विश्वासमा, कतिपय मानिसहरू सधैँ आफ्नो शरीरलाई काबुमा राख्ने, देहका सुखहरूको लालसा नगर्ने, अझै धेरै कष्ट भोग्ने र परिश्रम गर्ने, र धेरै शारीरिक कठिनाइहरूलाई जित्न सक्ने जस्ता कुराहरूलाई पछ्याउँछन्। तर तिनीहरूले यसरी पछ्याइरहने भए पनि, तिनीहरूलाई अझै पनि तिनीहरू प्रायजसो देहका विलासी कामनाहरू, सहजता, र अल्छीपनको लालसाद्वारा नियन्त्रित भइरहन्छन् भन्ने लाग्छ, त्यसकारण तिनीहरू प्रायजसो नकारात्मक हुन्छन् र तिनीहरू परमेश्वरमाथिको आस्था गुमाउँछन्, र सोच्छन्, “परमेश्वरको काम यो विन्दुमा पुगेको छ, तर पनि म किन यति निराश छु र अझै पनि प्रायजसो नकारात्मक नै हुन्छु?” कहिलेकहीँ, जब तिनीहरूले कुनै कार्यमा केही नतिजाहरू हासिल गरेका हुन्छन् र सबैको अनुमोदन प्राप्त गरेका हुन्छन्, तब तिनीहरूलाई सहज हुन्छ र तिनीहरू यसो सोच्छन्, “मसँग अझै पनि मुक्ति पाउने आशा छ। परमेश्वरको काम र उहाँका वचनहरू अत्यन्तै असल छन्। उहाँको कामले साँच्चै नै मानिसहरूलाई परिवर्तन गर्न सक्छ।” तर केही समयपछि, तिनीहरूलाई अझै पनि आफ्ना प्रियजनहरूको याद आएको महसुस हुन्छ। विशेष गरी, तिनीहरू कहिलेकहीँ, आफूले प्रिय ठानेका मानिसहरूलाई समेत याद गर्छन्, र आफूले बिताएको सांसारिक जीवनको सम्झना गर्छन्, र संसारमा हुँदाका आफ्नो वैभवका दिनहरूलाई निकै याद गर्छन्, त्यसकारण तिनीहरूले सोच्छन्, “मलाई कसरी अझै पनि ती कुराहरूको याद आउँछ? मैले किन देहका सुखहरूलाई त्यागेको छैनँ र आफूलाई संसारबाट पवित्रीकरण गरिएका रूपमा अलग गरेको छैनँ? म कसरी अझै पनि परिवर्तन भएको छैनँ?” अनि तिनीहरूलाई फेरि पनि निराशा महसुस हुन्छ। तिनीहरू प्रायजसो यी सोच र दृष्टिकोणहरूमाझ हराउँछन्। तिनीहरूको स्थिति कहिलेकहीँ असल हुन्छ र कहिलेकहीँ खराब हुन्छ, तिनीहरू केही समयसम्म कमजोर हुन्छन् र त्यसपछि केही समयसम्म दह्रिलो हुन्छन्, तिनीहरू केही समय नकारात्मक हुन्छन् त्यसपछि केही समय सकारात्मक हुन्छन्। तिनीहरूले दैनिक जीवनमा देखा पर्ने आफ्ना प्रकटीकरणहरूका आधारमा प्रायजसो आफ्नै विषयमा फैसला गर्छन्। यदि तिनीहरू असल स्थितिमा छन् भने, तिनीहरूले आफू मुक्तिको पात्र हुँ भन्ने सोच्छन्; यदि तिनीहरू खराब स्थितिमा छन् भने, तिनीहरूलाई मुक्ति पाउने कुनै आशा छैन र तिनीहरू छुटकारा पाउन नसक्ने हुन् भन्ने लाग्छ। तिनीहरू या त एकातिर कि त अर्कोतिर चरम हदमा हुन्छन्। जब तिनीहरू असल स्थितिमा हुन्छन्, तब तिनीहरूलाई तिनीहरू सन्त जस्तै हुन् र तिनीहरू परमेश्वरसँग अत्यन्तै नजिक छन्, तिनीहरू र परमेश्वरका बीचमा कुनै पर्खाल छैन भन्ने लाग्छ, र तिनीहरूलाई परमेश्वर तिनीहरूको छेउमै हुनुहुन्छ भन्ने लाग्छ। जब तिनीहरू खराब स्थितिमा हुन्छन्, तब तिनीहरूलाई तिनीहरू नरकको १८ औँ तलमा खसेको र तिनीहरूले परमेश्वरलाई देख्न वा छुन सक्दैनन् जस्तो लाग्छ, र तिनीहरूलाई परमेश्वर तिनीहरूबाट अत्यन्तै टाढा हुनुहुन्छ भन्ने लाग्छ। यस्तो किन हुन्छ? तिनीहरूमा किन यी स्थितिहरू हुन्छन्? यी स्थितिहरू सामान्य हुन् कि असामान्य हुन्? (असामान्य।) जब तिनीहरू असल स्थितिमा हुन्छन्, तब तिनीहरूले मण्डलीले तिनीहरूलाई जे गर्न प्रबन्ध गर्छ त्यही गर्छन्, र तिनीहरूले कुनै पनि कठिनाइलाई जित्न, कुनै पनि कष्ट सहन, र कुनै पनि मूल्य चुकाउन सक्छन्। तिनीहरूलाई तिनीहरू परमेश्वरमा समर्पित हुन सबैभन्दा सक्षम व्यक्ति हुन्, तिनीहरू परमेश्वरको घरका सत्यता पछ्याउने व्यक्ति हुन्, र कुनै पनि कठिनाइले तिनीहरूलाई बाधा दिन सक्दैन भन्ने लाग्छ। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न निकै मेहनत गर्छन् र तिनीहरू मेहनत गर्न इच्छुक हुन्छन्। अरूसँग सङ्गति गर्दा तिनीहरूले जति नै धेरै बातचित गरे पनि तिनीहरूलाई थकाइ लाग्दैन, र तिनीहरूलाई एक छाक नखाई बस्दा, वा दुई-तीन घण्टा सुत्न नपाउँदा केही हुँदैन। तिनीहरू परमेश्वरप्रति आफूलाई समर्पित गर्न र आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा अर्पण गर्न इच्छुक हुन्छन्। परिणाम स्वरूप, तिनीहरूलाई तिनीहरू परिवर्तन भएका छन् भन्ने लाग्छ। तिनीहरू त्यस उप्रान्त आफ्नो परिवारबारे सोच्दैनन्, तिनीहरू उप्रान्त कुनै बेला प्रेम गरेका मानिसहरूलाई याद गर्दैनन्, र तिनीहरू उप्रान्त संसारमा भएको आफ्नो वैभव र सम्मानको सम्झना गर्न छोड्छन्। तिनीहरूले त्यो सबै कुरा शून्यतामा बिसाइदिन्छन् र सिद्धान्तहरू पालना गर्दै, बाधा वा अवरोध सृजना गर्ने जोकोहीलाई काट-छाँट गर्दै, परमेश्वरको घरका लागि निष्पक्षता कायम राख्दै, इन्साफका पक्षमा दृढ रही, परमेश्वरको घरका हितहरूको प्रतिरक्षा गर्दै, र कडा र निष्पक्ष “न्यायकर्ताका” रूपमा आफ्नो छवि स्थापित गर्दै परमेश्वरप्रति आफूलाई पूर्ण हृदयले समर्पित गर्छन्। तिनीहरू केही समयसम्म निकै राम्रो कार्य प्रदर्शन गर्छन्। तर कुनै बेला तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्ने वा कुनै गलत काम गर्ने समय आउन सक्छ, त्यसपछि तिनीहरू “परमेश्वरले मलाई प्रकाश गर्नुभएको छ, उहाँ उप्रान्त मलाई प्रेम गर्नुहुन्न” भनेर सोच्दै नकारात्मक र कमजोर बन्नेछन्। त्यहाँदेखि, तिनीहरू फेरि खडा हुन सक्नेछैनन्। तिनीहरूलाई तिनीहरू केही पनि होइनन् र तिनीहरूले केही गर्न सक्दैनन्, तिनीहरूमा अझै पनि स्वार्थी सोचहरू, र दुष्ट वासना छन्, तिनीहरूले कुनै बेला प्रेम गरेका र मन पराएका मानिसहरूलाई प्रायजसो याद गर्छन्, तिनीहरू प्रायजसो नकारात्मक र कमजोर हुन्छन्, तिनीहरू अझै पनि परमेश्वरको प्रतिरोध गर्छन्, तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्, र तिनीहरूले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको भए पनि तिनीहरू परिवर्तन भएका छैनन् भन्ने महसुस गर्छन्, र तिनीहरू यसो सोच्छन्, “के यसको अर्थ म खत्तम भए भन्ने होइन र?” तिनीहरूले तिनीहरूसँग मुक्ति पाउने कुनै मौका छैन, र तिनीहरूका लागि कुनै आशा छैन भन्ने सोच्नेछन्। जब तिनीहरू खुसी हुन्छन्, तब तिनीहरू हर्षले प्रफुल्ल हुन्छन्, र जब तिनीहरू पीडामा हुन्छन्, तब तिनीहरू अत्यन्तै व्याकुल हुन्छन्। तिनीहरू सधैँ यी दुई चरम अवस्थामा जान्छन्, र एकबाट अर्कोमा झुल्छन्। किन यस्तो हुन्छ? यी स्थिति र प्रकटीकरणहरू सकारात्मक भए पनि वा दिक्दारीका भए पनि, समग्रमा, यी सबै एउटै प्रकारका समस्या हुन्, अर्थात् परमेश्वरको कामका बारेमा धारणा र कल्पनाहरूले भरिनु, र आफ्नो मुडका आधारमा, र निश्चित अवधिमा आफूले गरेका प्रकाश र प्रकटीकरणहरूका आधारमा सधैँ आफ्नो बारेमा फैसला गर्नु र आफूलाई चित्रण गर्नु, साथसाथै परमेश्वरको काम, मानिसहरूमा गरिएको उहाँको कामले हासिल गर्ने नतिजाहरू, र मानिसहरूमा गरिएको उहाँको कामले हासिल गर्ने उद्देश्य र लक्ष्यका बारेमा फैसला गर्नु। के समस्याको जड यही हो? (हो।) जब मानिसहरू सकारात्मक हुन्छन्, तब तिनीहरू परमेश्वरको अघि प्रार्थना गर्छन्, जोडसँग रुँदै आफ्नो सङ्कल्प व्यक्त गर्छन्, केही नमागी आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा अर्पण गर्न, परमेश्वरलाई पछ्याउन र उहाँका लागि लागिपर्न इच्छुक हुन्छन्। जब तिनीहरूले यसरी प्रार्थना गर्छन् र सङ्कल्पहरू गर्छन्, तब तिनीहरूलाई सबै कठिनाइहरू त कठिनाइहरू नै होइनन् भन्ने लाग्छ। तिनीहरूले उत्प्रेरित भएर आँसु झार्छन्, र पवित्र आत्माले तिनीहरूलाई उत्प्रेरित गर्नुभएको हो भन्ने समेत विश्वास गर्छन्। तिनीहरू सोच्छन्, “पवित्र आत्माले मलाई उत्प्रेरित गर्नुभएको छ। परमेश्वरले मलाई अवश्य नै धेरै प्रेम गर्नुहुन्छ! परमेश्वरले मलाई त्याग्नुभएको छैन!” तिनीहरूले आँसु झार्दै प्रार्थना गर्छन् र पवित्र आत्माद्वारा उत्प्रेरित भएको छु भनेर भन्छन्—के यो भ्रम होइन र? (हो।) वास्तवमा, तँलाई आफ्नो बारेमा कति राम्रो महसुस भयो भन्ने कुराले उत्प्रेरित गरेको हो; तँलाई पवित्र आत्माले भन्दा पनि, तेरा आफ्नै सङ्कल्प, आकाङ्क्षा, चाहना, र आफ्नै कार्यले उत्प्रेरित गरेको थियो। तँलाई तँ आफैले उत्प्रेरित गरेको होस् भनेर म किन भन्छु? परमेश्वरको कामबारे तँसँग धेरै धारणा र कल्पनाहरू छन्, र ती अत्यन्तै विकृत छन्—के परमेश्वरले तँलाई उत्प्रेरित गर्नुहुनेथियो भन्ने तँलाई लाग्छ? तँ यो चरम स्थितिमा पुगिसकेपछि पनि, के परमेश्वरले तँलाई अझै चरम अवस्थामा पुग्ने गरी तँलाई उत्प्रेरित गर्नुहुनेथियो त? यदि परमेश्वरले तँलाई उत्प्रेरित गर्नुभएको हो भने, यसले तँलाई बस अझै चरम बनाउनेथियो, र तँलाई आफैलाई अझै बढी आदर गर्न र आफूद्वारा अझै बढी प्रभावित हुन लगाउनेथियो, र तँलाई यो सङ्कल्प गर्न अझै बढी चाहना हुनेथियोः “म कम सुत्नेछु र अझै धेरै कष्ट भोग्नेछु, म खाना मीठो भए पनि वा नभए पनि खान्छु, मैले जेसुकै खान पाए पनि हुन्छ, र यसले मेरो शरीरमा फाइदा गर्छ कि गर्दैन भन्ने कुराको वास्ता गर्नेछैनँ। मैले मेरो पुरानो देहका प्राथमिकताहरूलाई जित्नुपर्छ, मैले मेरो पुरानो देहका कमीकमजोरीहरूलाई निश्चित रूपमा सुधार्नुपर्छ, र मैले मेरो देहलाई अझै बढी कष्ट भोग्न दिनुपर्छ र यसलाई सहज हुन दिनु हुँदैन। यदि यसलाई सहज भयो भने, मैले परमेश्वरलाई प्रेम गर्नेछैनँ; यदि यसलाई सहज भयो भने, म देहका सुखहरूमा लिप्त हुनेछु र आफ्नो कर्तव्य पूरा गर्न कठिन परिश्रम गर्नेछैनँ।” यदि पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुभएको हो भने, तैँले यो चरम अवस्थालाई कायम राखिरहनेथिइस्, र तैँले पहिले नै देहमाथि विजय गरिसकेको छस् र शैतानलाई पराजित गरेको छस्, र तैँले पहिले नै मुक्ति पाइसकेको छस् भन्ने अझै गलत विश्वास गर्नेथिइस्। त्यसकारण म तँलाई पवित्र आत्माले होइन, तर तँ आफैले उत्प्रेरित गरेको हो भनेर भन्छु। के तिमीहरू प्रायजसो आफैद्वारा उत्प्रेरित हुन्छौ? (हुन्छौँ।) तँलाई परमेश्वरप्रति आफूलाई समर्पित गर्ने र कष्ट भोग्ने तेरो आफ्नै सङ्कल्पले उत्प्रेरित गर्छ, र तँ परमेश्वरका लागि कष्ट भोग्न, कुनै पनि हदसम्म कठिनाइ भोग्न, वा मर्न समेत हृदयमा निकै इच्छुक हुन्छस्, त्यसपछि तेरो अनुहारमा आँसु बग्छ। वास्तवमा, परमेश्वर तँ उत्प्रेरित भएकोले प्रभावित हुनुहुन्न, न त उहाँ तेरो सङ्कल्पद्वारा नै प्रभावित बन्नुहुन्छ। तेरो यो प्रकटीकरण क्षणिक आवेग, आवेगमय जोसको क्षणिक आवेग मात्रै हो। यस्तो अवस्थामा, तैँले उहाँसँग प्रार्थना गरेर यसो समेत भन्न सक्छस्, “हे परमेश्वर, म तपाईंका लागि मर्न इच्छुक छु! हे परमेश्वर, आज म आफ्नो कर्तव्य पूरा गर्नमा यति व्यस्त थिएँ कि मैले खाना पनि खाइनँ। मैले १० छाक खान पाइनँ भने पनि, म त्यसो गर्न इच्छुक हुनेछु! मानिसहरू रोटीले मात्रै बाँच्दैनन्, तर तिनीहरू परमेश्वरको मुखबाट निस्कने वचनहरूले बाँच्छन्। हे परमेश्वर, म तपाईंलाई मेरो सम्पूर्ण जीवनभरि, सदासर्वदा प्रेम गर्न इच्छुक छु, र तपाईंप्रतिको मेरो प्रेम कहिल्यै परिवर्तन हुनेछैन!” तेरा यी भव्य शब्दहरूले तँलाई धुरुधुरु रुन उत्प्रेरित गर्छन्, तर तँप्रतिको परमेश्वरको मनोवृत्ति परिवर्तन हुँदैन। किन? किनभने तँ केवल क्षणिक आवेगद्वारा उत्प्रेरित भएको हुन्छस्, र तेरा आँसुहरू पछुतोका आँसुहरू, ऋणी भावका आँसुहरू, वा आफूलाई साँचो रूपमा चिनेर आएका आँसुहरू हुँदैनन्, र ती सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरू कायम राख्न नसक्नुको पछाडि रहेका तेरो दुःखका आँसुहरू हुनु त परको कुरा हो। त्यसकारण, तेरो यो संवेगले तँलाई मात्रै उत्प्रेरित गर्न सक्छ, र सायद अरू वा तेरो वरिपरिका मानिसहरूलाई पनि उत्प्रेरित गर्न सक्छ, तर परमेश्वरलाई यसले प्रभावित पार्दैन। त्यसकारण, तँलाई पवित्र आत्माले होइन, तर तैँले आफैलाई उत्प्रेरित गरिरहेको हुन्छस्। तैँले आफैलाई उत्प्रेरित गरेको हुनाले तेरा आँसु बगेका हुन्छन्। तेरा आँसु, तेरा भावनात्मक शब्दहरू, र तेरो आवेगमय जोस सतही स्तरका कुरा मात्रै हुन्, ती एक प्रकारका व्यवहार मात्रै हुन्। ती तेरो सार र जीवनका परिवर्तन होइनन्, न त ती सत्यता तेरो जीवन हो भन्ने कुराको प्रकटीकरण नै हुन्। जब तँसँग परमेश्वरप्रति आफूलाई समर्पित गर्ने र कष्ट भोग्ने जोस र आवेग हुन्छ र तँ निकै सक्रिय हुन्छस्, तँलाई पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुभएको छ, तँ परिवर्तन भएको छस्, र तँ मुक्तिको पात्र होस् भन्ने लाग्छ—यो परमेश्वरको कामबारे तँसँग रहेको एक प्रकारको धारणा र कल्पना हो। जब तँ अस्थायी असफलता र पतनका कारण, वा तेरो भ्रष्टता र कमीकमजोरीहरू उदाङ्गो भएका कारण, वा तँलाई काट-छाँट र खुलासा गरिएका कारण नकारात्मक बन्छस्, तब तँलाई दुःख र पीडा हुन्छ, र तैँले तँ परिवर्तन भएको छैनस् र तँसँग मुक्ति पाउने कुनै आशा छैन भन्ने सोच्छस्—यो परमेश्वरको कामबारे तँसँग रहेको अर्को प्रकारको धारणा र कल्पना हो। वास्तवमा, परमेश्वरले जे देख्नुभए पनि—चाहे तँ नकारात्मक स्थितिमा भए पनि वा सकारात्मक स्थितिमा भए पनि, वा तेरो स्थिति जति हदसम्म बिग्रेको र पतन भएको भए पनि—परमेश्वरले तँलाई सधैँ कसरी हेर्नुहुन्छ? तेरो कद जे हो त्यही हो। तँ कति परिवर्तन भएको छस् र तँ कति वटा सत्यता वास्तविकताहरूमा प्रवेश गरेको छस् भन्ने कुरा परमेश्वरले तेरो वास्तविक परिस्थिति, तेरा वास्तविक प्रकटीकरण, र तेरो वास्तविक कदका आधारमा निर्धारित गर्नुहुनेछ। अहिले तँ खडा हुन नसक्नु र अहिले तँ पूर्ण दिक्दारी अवस्थामा डुब्नु परमेश्वरले तँलाई हेर्ने वा तेरो वास्तविक कद निर्धारित गर्ने मानक होइन। त्यसकारण, तँ सकारात्मक स्थितिमा भए पनि वा नकारात्मक स्थितिमा भए पनि, वा तँ आवेगपूर्ण जोसले भरिएको भए पनि वा तैँले दिक्दार महसुस गरिरहेको भए पनि, यसले तेरो बारेमा परमेश्वरले गर्नुहुने मूल्याङ्कन र चरित्र निर्धारणमा असर गर्नेछैन। आफ्नो अस्थायी प्रकाश र प्रकटीकरणहरूका आधारमा आफूलाई गलत रूपमा चित्रण गर्ने—या त पहिले नै पत्रुस जस्तो बनिसकेको व्यक्तिका रूपमा, अथवा छुटकारा पाउन नसक्ने व्यक्तिका रूपमा चित्रण गर्ने—तँ मात्रै होस् किनभने तँसँग परमेश्वरको कामबारे धेरै धारणा र कल्पनाहरू हुन्छन्। तर तैँले चाहे जसरी फैसला गरे पनि, तैँले जस्तोसुकै असल वा खराब भावनाहरू अनुभव गरे पनि, यो सबै तैँले परमेश्वरको कामबारे विकास गरेका धारणा र कल्पनाहरूका कारण हुन्छ, र यी धारणा र कल्पनाहरू परमेश्वरले व्यक्तिका बारेमा दिनुहुने सही र व्यावहारिक परिभाषा र उहाँले गर्नुहुने उसको सही र व्यावहारिक फैसला अनुरूप हुँदैनन्। के कुरा यही होइन र? (हो।) त्यसकारण, चाहे त्यो मानिसहरूको आफ्नै प्रकटीकरण होस्, तिनीहरूको आफ्नै सार होस्, वा तिनीहरूले आफूलाई अन्ततः चित्रण गर्ने तरिका होस्, तिनीहरूले यी कुराहरूका बारेमा आफ्ना धारणा र कल्पनाहरूका आधारमा फैसला गर्न सक्दैनन्। बरु, तिनीहरूले परमेश्वरको कामका सामान्य व्यवस्था र परमेश्वरले आफ्नो काममा हासिल गर्न चाहनुहुने वास्तविक नतिजाहरू, वा परमेश्वरले काम गर्ने तरिकाहरू र मानिसहरूका बारेमा दिनुहुने सही परिभाषाहरूका आधारमा यी कुराहरूलाई मापन गर्नुपर्छ। यहाँ परमेश्वरको कामबारे मानिसहरूका मुख्य धारणा र कल्पनाहरू के-के हुन्? मानिसहरूले के विश्वास गर्छन् भने तिनीहरूको वास्तविक कद तिनीहरूका अस्थायी प्रकटीकरण, वा निश्चित अवधिका तिनीहरूका प्रकटीकरणहरूमा निर्धारित हुन्छ: यदि तिनीहरू यस अवधिमा असल स्थितिमा छन् भने, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछ, र तिनीहरू परिवर्तन भएका हुनेछन्, तिनीहरूसँग जीवन हुनेछ, तिनीहरू कदमा वृद्धि भएका हुनेछन्, र तिनीहरूले मुक्ति प्राप्त गर्न सक्नेछन्; यदि तिनीहरू यस अवधिमा खराब स्थितिमा छन् र तिनीहरूसँग परमेश्वरमाथिको कुनै साँचो विश्वास छैन भने, यसको अर्थ तिनीहरूमा कुनै कद छैन भन्ने हुन्छ। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।) परमेश्वरको कामबारे मानिसहरूमा हुने एउटा धारणा र कल्पना के हो भने यो मानिसहरूमा दीर्घकालीन र निरन्तर रूपमा गरिँदैन, तर यसले तिनीहरूलाई क्षणिक रूपमा थोरै अन्तर्दृष्टि दिन्छ, जसले गर्दा तिनीहरूले ऊर्जाको प्रस्फुटन र क्षणिक आवेग प्रकट गर्छन्। अर्को प्रकार के हो भने मानिसहरू परमेश्वरको काम अलौकिक छ, उहाँले मानिसहरूलाई सकारात्मक मनोवृत्ति अपनाउन, र उहाँका लागि कष्ट भोग्ने र उहाँप्रति आफूलाई समर्पित गर्ने इच्छा गर्ने गरी उत्प्रेरित गर्नुहुन्छ, त्यसपछि तिनीहरूले कद प्राप्त गर्छन् र आफ्नो जीवनका रूपमा परमेश्वरको सत्यता भएका मानिसहरू बन्छन् भन्ने विश्वास गर्छन्। तिनीहरू के विश्वास गर्छन् भने यदि तिनीहरू कुनै समस्याका कारण कमजोर बने भने, परमेश्वरले तिनीहरू असफल भएका छन् र प्रकाश गरिएका छन् भनेर निर्धारित गर्नुहुनेछ, त्यसपछि तिनीहरूलाई परमेश्वरले निन्दा गर्नुहुनेछ, र हटाउनुहुनेछ र त्याग्नुहुनेछ। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।)
हामीले भर्खरै सङ्गति गरेका मानिसहरूका धारणा र कल्पनाहरू के-के हुन्? (मानिसहरूमा परमेश्वरको कामबारे कैयौँ प्रकारका धारणा र कल्पनाहरू हुन्छन्। तिनीहरूले व्यक्तिको वास्तविक कदलाई निश्चित अवधिमा देखा पर्ने उसको प्रकटीकरण वा उसको अस्थायी प्रकटीकरणले निर्धारित गर्छ भन्ने विश्वास गर्छन्, र तिनीहरूले परमेश्वरले मानिसहरूमा गर्नुहुने काम दीर्घकालीन र निरन्तर हुनुको सट्टा क्षणिक रूपमा हुन्छ भन्ने सोच्छन्। मानिसहरू के पनि विश्वास गर्छन् भने परमेश्वरको काम अत्यन्तै अलौकिक हुन्छ र परमेश्वरले मानिसहरूलाई प्रायः उत्प्रेरित गर्नुहुन्छ। जब मानिसहरूलाई पवित्र आत्माले क्षणिक रूपमा उत्प्रेरित गर्नुहुन्छ, तब तिनीहरूलाई तिनीहरू सिद्ध पार्न लागिएका छन् वा तिनीहरू पत्रुसको मानका हासिल गर्ने अवस्था नजिक पुगेका छन् भन्ने लाग्छ, र जब मानिसहरू असफल हुन्छन् र कमजोर बन्छन्, तब तिनीहरूले आफूलाई हटाइएको छ भनेर निर्धारित गर्छन्।) यस सन्दर्भमा परमेश्वरको कामबारे मानिसहरूका धारणा र कल्पनाहरू के-के हुन्? मानिसहरू के विश्वास गर्छन् भने तिनीहरूको अस्थायी प्रकटीकरणहरूले तिनीहरूको वास्तविक कद प्रतिनिधित्व गर्छन्, र परमेश्वरले तिनीहरूको अस्थायी प्रकटीकरणका आधारमा मानिसहरूको फैसला गर्नुहुन्छ। मानिसहरू के सोच्छन् भने परमेश्वरले मानिसहरूले कष्ट भोगेको र मूल्य चुकाएको देख्न मन पराउनुहुन्छ, मानिसहरूले प्रायजसो प्रार्थना गरेको र सङ्कल्पहरू गरेको र धुरुधुरु रुने गरी उत्प्रेरित भएको देख्न उहाँलाई मन पर्छ, र मानिसहरूले कुराहरू त्याग्न र उहाँप्रति आफूलाई समर्पित गर्न र लगनशीलताको साथ काम गर्न, र देहका विभिन्न कठिनाइहरूलाई जित्न सकेको देख्न उहाँलाई मन पर्छ। तिनीहरूले सिद्धान्तहरू अनुसार काम गरे पनि नगरे पनि वा सत्यता अनुरूप काम गरे पनि नगरे पनि, तिनीहरूले बारम्बार मूल्य चुकाउन सकेसम्म, र आफ्नो कर्तव्य निर्वाह गर्दा, प्रायजसो खान र सुत्न छुटाए, एकाबिहानै उठेर राती ढिलो सुते, र दिन-रात काम गरेसम्म, परमेश्वरलाई यो कुरा मन पर्नेछ भन्ने तिनीहरू सोच्छन्। यसको तात्पर्य के हो भने परमेश्वरले चाहे जे काम गर्नुभए पनि वा उहाँले चाहे जति धेरै वचन बोल्नुभए पनि, उहाँ सबै मानिसहरूले कष्ट भोग्न र उहाँका लागि मूल्य चुकाउन सकून्, मीठो खाना खान वा राम्रो लुगा लगाउन नपाऊन्, र कुनै खाली समय नपाऊन् भन्ने, र तिनीहरूले हरेक दिन आफ्नो कर्तव्य पूरा गर्न वा प्रार्थना गर्नमा बिताउनुपर्छ, र प्रायजसो सङ्कल्पहरू गर्नुपर्छ, आफ्नो सङ्कल्प व्यक्त गर्नुपर्छ, आफ्नो मनमा ठान लिनुपर्छ, र शपथ खानैपर्छ भन्ने मात्रै आशा गर्नुहुन्छ। कतिपय मानिसहरू के सोच्छन् भने परमेश्वरले मानिसहरूको हृदय र हातगोडालाई बन्धनमा पार्न मन पराउनुहुन्छ, उहाँ मानिसहरूलाई स्वतन्त्रता र आजादी दिनुहुन्न, बरु उहाँ तिनीहरूलाई दमनमा परेको महसुस गराउनुहुन्छ ताकि तिनीहरू स्वतन्त्र हुन नसकून्, र उहाँ तिनीहरूलाई सामान्य मानवताको जीवनको स्वतन्त्रताबाट वञ्चित गर्नुहुन्छ। मानिसहरूले यस्तो सोच्छन्, होइन र? (हो।) मानिसहरू अरू के सोच्छन्? परमेश्वरले मानिसहरूलाई असफल हुन, कमजोरी वा भ्रष्टता प्रकाश गर्न, वा आफ्ना कमीकमजोरीहरू देखाउन दिनुहुन्न। मानिसहरू के पनि विश्वास गर्छन् भने यदि तिनीहरू मुक्ति प्राप्त गर्न र सिद्ध पारिन चाहन्छन् भने, आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा तिनीहरू बिलकुलै कमजोर हुनु हुँदैन, वा तिनीहरूसँग सामान्य मानवताको कुनै पनि आवश्यकता, कमीकमजोरी, वा त्रुटिहरू हुनु हुँदैन, र तिनीहरूले कुनै पनि भ्रष्ट स्वभाव प्रकाश गर्नैहुँदैन। के यी मानिसहरूका धारणा र कल्पनाहरू होइनन् र? (हुन्।) मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरू के सोच्छन् भने परमेश्वरको काम र अगुवाइअन्तर्गत, तिनीहरू हृदयमा युवा हुनुपर्छ, तिनीहरू जोसिलो हुनुपर्छ, र तिनीहरू आफ्नो कामप्रति जोसले भरिएका हुनुपर्छ र तिनीहरूसँग यसप्रति गम्भीर मनोवृत्ति हुनुपर्छ, साथै तिनीहरू निरन्तर सजग हुनुपर्छ र कहिल्यै पनि सहज हुनु हुँदैनन्। के मानिसहरू यही सोच्दैनन् र? यो मानिसहरूमा भएको धारणा र कल्पना हो कि यो परमेश्वरले मानिसहरूबाट गर्नुहुने साँचो माग हो? (यो मानिसहरूमा हुने धारणा र कल्पना हो।) मानिसहरू के सोच्छन् भने यदि तिनीहरू अलिकति नकारात्मक र कमजोर भएमा, वा तिनीहरूमा थोरै देहगत कठिनाइ भएमा, वा तिनीहरूको मानवतामा केही कमीकमजोरी वा त्रुटिहरू भएमा, वा तिनीहरूले भ्रष्ट स्वभाव प्रकाश गरेमा, र बारम्बार देहगत सहजताको लालसा गरेमा, परमेश्वरले तिनीहरूलाई चाहनुहुनेछैन, उहाँ तिनीहरूसँग बोल्नुहुनेछैन वा उहाँले तिनीहरूमा काम गर्नुहुनेछैन, र तिनीहरूलाई हटाइनेछ र तिनीहरूसँग मुक्ति पाउने कुनै आशा हुनेछैन। के वास्तवमा मामला यही हो त? (होइन।) के यी मानिसहरूसँग हुने धारणा र कल्पनाहरू होइनन् र? (हुन्।) मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले एक हिसाबमा के विश्वास गर्छन् भने, परमेश्वरले आफ्नो कामप्रति निरन्तर उत्साह र आगोमय जोसले भरिएका मानिसहरूलाई मन पराउनुहुन्छ, र अर्को हिसाबमा, परमेश्वरले मानिसहरूको नकारात्मकतालाई मन पराउनुहुन्न र तिनीहरूलाई आफ्ना कमजोरीहरू देखाउन दिनुहुन्न। अर्को शब्दमा भन्दा, मानिसहरूले परमेश्वर सन्यासीहरूलाई मन पराउनुहुन्छ भन्ने सोच्छन्, सोच्दैनन् र? तिनीहरूले आफ्नो सम्पूर्ण जीवन गरिबीमा जिउनु, सबै बाहिरी मामलाहरूलाई पटक्कै ध्यान नदिनु, र कुपी बालेर मधुरो ज्योतिमा परमेश्वरका वचनहरू दिनहुँ पढ्नु अत्यावश्यक हुन्छ भन्ने सोच्छन्; तिनीहरू बिहान र साँझको प्रार्थना दुवै अनिवार्य हुन्छ, हरेक खानाभन्दा पहिले तिनीहरूले परमेश्वरलाई धन्यवाद दिनैपर्छ, र तिनीहरूसँग सामान्य मानवताको कुनै पनि आवश्यकताहरू हुनु हुँदैन भन्ने विश्वास गर्छन्। त्यसपछि मात्रै तिनीहरूलाई परमेश्वरप्रति पूर्ण रूपमा बफादार र आफ्नो कामप्रति पूर्ण रूपमा बफादार मान्न मिल्छ, र यस्तो प्रकारको जोस कायम राखेर मात्रै तिनीहरू परमेश्वरले मन पराउने र परमेश्वरले मुक्ति दिन र सिद्ध पार्न चाहनुहुने व्यक्ति बन्न सकिन्छ भन्ने तिनीहरूले विश्वास गर्छन्। मानिसहरूमा यी धारणा र कल्पनाहरू हुने हुनाले, कतिपयले कहिलेकहीँ आफ्नो परिवारको याद आउँदा, भित्री रूपमा निकै धिक्कार महसुस गर्छन्, र कहिलेकहीँ अलिकति बातचित गर्दा पनि, परमेश्वरले तिनीहरूलाई हप्काउनुहुनेछ भन्ने सोच्दै असहज महसुस गर्छन्। जब कतिपय जवान महिलाहरूले बेला-बेलामा अलिक झालाकझुलुक देखिने र निकै फेसनका वस्त्र लगाउँछन्, तब तिनीहरूलाई सबैतिर असहज महसुस हुन्छ, र तिनीहरू यसो सोच्छन्, “मैले यसरी लुगा लगाउनु अलिक अशिष्ट कुरा हो कि? यो अलिक लम्पट भयो कि?” वास्तवमा, तिनीहरूले अनौठा वा जीउका भाग देखिने गरी वस्त्र लगाइरहेका हुँदैनन्, तर तिनीहरूलाई बस लम्पट महसुस हुन्छ र तिनीहरू यसो सोच्छन्, “परमेश्वरले मलाई भित्री रूपमा हप्काइरहनुभएको छ। मैले यसो गरेको उहाँलाई मन पर्दैन।” यदि तँलाई परमेश्वरले यो कुरा मन पराउनुहुन्न भन्ने लाग्छ भने, तँ किन बौद्ध भिक्षुको वस्त्र वा ताओवादीको वस्त्र लगाउँदैनस् त? त्यो कति “सभ्य” र “शिष्ट” हुनेथियो! त्यो त लम्पट हुनेथिएन, होइन र? कतिपय मानिसहरू कहिलेकहीँ थोरै भए पनि अभिमान देखाउँछन् वा धाक लगाउँछन्, त्यसपछि भित्री रूपमा हप्की र असहज महसुस गर्छन् र सोच्छन्, “परमेश्वर मलाई उप्रान्त मन पराउनुहुन्न। उहाँ मलाई उप्रान्त चाहनुहुन्न।” कतिपय मानिसहरूले कपाल कोर्ने, मेकअप लगाउने, वा ऐना हेर्ने अनुमति छैन, र तिनीहरूले महिनामा एक पटक वा हरेक छ महिनामा एक पटक मात्रै नुहाउन मिल्छ भन्ने नियमहरू समेत बनाउँछन्, र यदि तिनीहरूले महिनामा एक पटक वा हरेक छ महिनामा एक पटकभन्दा बढी पटक नुहाए भने, यस कुरालाई परमेश्वरले घृणा गर्नुहुन्छ र तिनीहरूले अवश्य नै मुक्ति पाउनेछैनन् भन्ने समेत सोच्छन्। तिनीहरू बिहान पाँच बजेभन्दा पहिले उठ्नैपर्छ भन्ने नियम तय गर्छन्, र आधा घण्टा ढिला उठे भने, तिनीहरू सुखमा लिप्त भइरहेका छन्, र तिनीहरू परमेश्वरलाई प्रेम गर्ने मानिसहरू होइनन् भन्ने सोच्छन्; तिनीहरू मध्यरातपछि नै सुत्नुपर्छ भन्ने नियम तय गर्छन्, र मध्यरातभन्दा पहिले सुते भने, तिनीहरू आफ्नो कर्तव्य बफादार रूपमा पूरा गर्ने मानिसहरू होइनन् भन्ने सोच्छन्। यी मानिसहरूले आफ्नो व्यवहार, दैनिक जीवन, र जीवनका आवश्यकताहरूका लागि धेरै अटल नियमहरू सृजना गर्छन्। तिनीहरू परमेश्वरका मागहरू के हुन् भनेर खोजी गर्दैनन्, न त तिनीहरू यी मामलाहरूप्रति परमेश्वरका दृष्टिकोण र मनोवृत्तिहरू के-के हुन् भनेर बुझ्ने प्रयास नै गर्छन्। बरु, तिनीहरू परमेश्वरको काममा, परमेश्वरले मानिसहरूलाई यी प्रकटीकरणहरू देखाउन दिनुहुन्न, र यदि तिनीहरूसँग कहिल्यै यी प्रकटीकरणहरू भएमा, तिनीहरू पूर्ण रूपमा विद्रोही भइरहेका छन्, र तिनीहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ, र त्यसकारण तिनीहरूले मुक्ति पाउन सक्दैनन् भनेर पूर्णतः व्यक्तिपरक रूपमा विश्वास गर्छन्। प्रायजसो, गलत कुरा भन्नु, गलत शब्द प्रयोग गर्नु, अलि बढी खाजा खानु, वा कहिलेकहीँ मनोरञ्जनका भिडियोहरू हेर्नु जस्ता उल्लेख गर्न लायक नरहेका केही सानातिना मामलाहरूका कारण मात्रै पनि, मानिसहरू यसो सोच्छन्, “म खत्तम भएँ, यो त म पूर्णतः विद्रोही भइरहेको हो! ममा यस्तो व्यवहार र यस्ता झुकाव हुन सक्छन् भन्ने मलाई थाहा थिएन—ममा अझै पनि यी समस्याहरू छन् भन्ने मलाई थाहा थिएन। यो भयानक कुरा हो। मैले गहन रूपमा आत्म-चिन्तन गर्नुपर्छ, आफूलाई आत्माको गहिराइदेखि विश्लेषण गर्नुपर्छ, र मैले भित्री क्रान्ति भोग्नुपर्छ। मैले यो कुरा त्याग्न मिल्दैन!” सत्यता सिद्धान्तहरूसँग कुनै सम्बन्ध नभएका यी कुराहरूलाई मानिसहरू ठूलो महत्त्व दिन्छन्। यी सबै मानिसहरूका धारणा र कल्पनाहरू हुन् र परमेश्वरले तिनलाई तिरस्कार गर्नुहुन्छ। मानिसहरूले यी प्रकटीकरणहरू प्रकाश गरेको हेर्न परमेश्वर चाहनुहुन्न। त्यसोभए मानिसहरूले यस सन्दर्भमा बुझ्नुपर्ने सत्यताहरू के-के हुन्? पालना गर्नुपर्ने सिद्धान्तहरू के-के हुन्? यी कुराहरू मानिसहरूका धारणा र कल्पनाहरू भएका हुनाले, ती निश्चित रूपमा नै परमेश्वरले मानिसहरूबाट माग गर्नुहुने सिद्धान्तहरू होइनन्, र परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अनि ती धारणा र कल्पनाहरू हुन्, त्यसकारण यसको अर्थ ती कुराहरूलाई मानव मनमा कल्पना गरिएका र एकत्र गरिएका हुन्छन्—छोटकरीमा भन्दा, ती मानिसहरूका मनबाट आउँछन् र परमेश्वरले मानिसहरूलाई प्राप्त गर भनी माग गर्नुहुने सत्यता वास्तविकताहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। मानिसहरूले यी धारणा र कल्पनाहरूलाई जसरी पालना गरे पनि, सत्यतासँग तिनको कुनै सम्बन्ध नभएसम्म, मानिसहरूले तिनलाई पालना गर्नु व्यर्थ हुन्छ। तैँले ती कुराहरू पालना गरे पनि, तैँले सत्यता सिद्धान्तहरू पालना गरिरहेको हुँदैनस्, र परमेश्वरले यसलाई याद गर्नुहुनेछैन। विशेष गरी, कतिपय मानिसहरू कहिलेकहीँ आफ्ना प्राथमिकता वा देहगत बानीबेहोराहरू प्रकाश गर्दा भित्री रूपमा गहन असहजता र कडा हप्काइ महसुस गर्छन्। यो असहजता र आत्म-निन्दा कसरी पैदा हुन्छ? के यो पवित्र आत्माले तिनीहरूलाई उत्प्रेरित गर्नुभएको परिणाम हो? (होइन, मानिसहरूसँग परमेश्वरबारे धारणा र कल्पनाहरू हुन्छन्, त्यसकारण तिनीहरूलाई असहज महसुस हुन्छ।) यी भावनाहरूको आधार मानिसहरूका धारणा र कल्पनाहरू हुन्, सत्यता होइनन्। कतिपय मानिसहरूलाई टोपी खस्ने बित्तिकै भित्री रूपमा हप्की र असहज महसुस हुन्छ, र तिनीहरूले हतार-हतार प्रार्थना गर्छन् र आफ्नो पाप स्वीकार गर्छन्, र तुरुन्तै पश्चात्ताप गर्छन्। तैँले केका लागि पश्चात्ताप गर्नुपऱ्यो? तैँले गरेका यी कुराहरू दैनिक जीवनका आम व्यवहारहरू हुन्। ती पाप होइनन्, र ती अवश्य नै ठूला अपराधहरू होइनन्। त्यस्ता महत्त्वहीन कुराहरूलाई ठूलो नबना! यदि तँलाई ती कुराहरू गलत छन् भन्ने लाग्छ भने, तैँले ती नगर्ने छनौट गर्न सक्छस्। तर तैँले ती कुराहरू नगर्नुको अर्थ तैँले सत्यता सिद्धान्तहरू पालना गरिरहेको छस् भन्नेचाहिँ हुँदैन, र असहज महसुस हुँदैमा तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेको छस् भन्ने हुँदैन। तैँले किन पश्चात्ताप गरिरहेको छस्? तैँले किन आफूलाई परिवर्तन गरिरहेको छस्? तेरा धारणा र कल्पनाहरूले तँलाई ती व्यवहारहरूमा तँ संलग्न हुनु हुँदैन भन्ने गलत रूपमा विश्वास गराइरहेकाले हो कि तेरो व्यवहार परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू विपरीत जान्छन् भनी तैँले सोचेकोले हो? यदि ती सत्यता सिद्धान्तहरू विपरीत जान्छन्, र तँलाई साँच्चै असहज लाग्छ भने, तैँले आफ्नो मार्ग परिवर्तन गर्न हतार गर्नुपर्छ र परमेश्वरको अघि पश्चात्ताप गर्नुपर्छ। यो असहजता कम्तीमा पनि मानवजातिको विवेकको हप्की हो। यदि तँ आफ्ना धारणा र कल्पनाहरूको विरुद्धमा गएकोले मात्रै तँलाई असहज महसुस हुन्छ भने, के तँ अनावश्यक भावनाहरूमा डुबिरहेको छैनस् र? (छु।) यो विशुद्ध रूपमा अनावश्यक भावनाहरूमा डुब्नु मात्रै हो र यो अनावश्यक कार्य हो। ख्रीष्ट-विरोधीहरूलाई पछ्याउँदा तँलाई कसरी असहज महसुस हुँदैन? त्यसका लागि तँलाई कसरी हप्की महसुस हुँदैन? जब तैँले दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा र अवरोध दिइरहेका र परमेश्वरको घरका हितहरूलाई हानि गरिरहेका देख्छस्, र तँ तिनीहरूलाई रोक्न खडा हुँदैनस्, तब के तँलाई असहज महसुस हुन्छ? जब तँ सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेर अनि आफ्नै इच्छाका आधारमा बोल्छस् र व्यवहार गर्छस्, तब के तँलाई असहज महसुस हुन्छ? यदि तैँले यी मामलाहरूमा सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेको छस् र तैपनि तँलाई यसबारे कहिल्यै असहज महसुस हुँदैन भने, तँसँग मानवता समेत छैन, न त तँसँग विवेक नै छ। अनि यदि तँसँग कुनै विवेक छैन भने, कुन-कुन कुराहरूले तँलाई असहज तुल्याउनेछन्? तेरो असहजता भनेको विशुद्ध रूपमा तँ अनावश्यक भावनाहरूमा डुब्नु मात्र हो। तँलाई यातना दिइरहेका र असहज तुल्याइरहेका तेरा आफ्नै धारणा र कल्पनाहरूले हुन्—त्यसको कुनै काम हुँदैन। तैँले आफ्नै धारणा र कल्पनाहरूमा रहेर परमेश्वरमा विश्वास गर्दा अन्तिम परिणाम के हुनेछ? तँ झन्-झन् ढोँगी र फरिसीहरू जस्तै मात्र हुनेछस्। तँ परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूबाट झन्-झन् टाढा मात्रै जानेछस्, र तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न असम्भव हुनेछ। तँलाई सधैँ आफ्नो बारेमा राम्रो महसुस हुन्छ, तर तँमा यति राम्रो कुरा ठ्याक्कै के छ र? तँ धारणा र कल्पनाहरूले अति भरिएको छस्, र तैँले महसुस गर्ने सबै कुरा सत्यतासँग सम्बन्धित नै हुँदैन। उत्प्रेरित हुने र हप्की महसुस गर्ने तेरा भावना, तँलाई महसुस हुने ऋणीपन र पछुतो, तँमा हुनुपर्छ भन्ने तँलाई लागेको पश्चात्ताप, र तैँले खाने शपथ र तैँले गर्ने सङ्कल्पहरू सबै तेरा धारणा र कल्पनाहरूसँग सम्बन्धित हुन्छन्। यी कुराहरू तेरा धारणा र कल्पनाहरूमा मात्रै आधारित हुन्छन् र सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन। त्यसकारण, तैँले गर्ने कुनै पनि कुरा—चाहे त्यो तैँले भोग्ने कष्ट होस् र चुकाउने मूल्य होस् वा भेटी चढाउने र आफूलाई समर्पित गर्ने कार्य होस्, र तैँले जेसुकै समर्पित गरे पनि—यदि सत्यतासँग त्यसको कुनै सम्बन्ध छैन भने त्यो व्यर्थ हुन्छ। बुझिस्? (बुझेँ।)
अहिले हामीले परमेश्वरको कामका बारेमा मानिसहरूमा रहेका यी धारणा र कल्पनाहरूका बारेमा सङ्गति र चिरफार गरिसकेका हुनाले, के तिमीहरू मानिसहरूले कठिनाइ भोग्छन् कि भोग्दैनन्, आफ्नो कर्तव्य पूरा गर्दा मूल्य चुकाउँछन् कि चुकाउँदैनन्, र आफूलाई रोक्छन् कि रोक्दैनन्, र तिनीहरूलाई मीठो खाना खान र राम्रो लुगा लगाउन मन पर्छ कि पर्दैन, र इत्यादि कुराहरू, साथै परमेश्वरले मानिसहरूबाट माग गर्नुहुने सिद्धान्तहरू के-के हुन्, र परमेश्वरले आफ्नो कामद्वारा मानिसहरूमा के हासिल गर्न चाहनुहुन्छ भन्ने कुरालाई कसरी हेर्ने भन्ने बारेमा अलिक स्पष्ट भयौ? परमेश्वरले मानिसहरूमा हासिल गर्न चाहनुहुने परिणाम भनेको सधैँ तेरो कामप्रतिको जोसलाई हेर्नु होइन। अर्थात्, परमेश्वरले तेरो जोस वा कठिनाइ भोग्ने र मूल्य चुकाउने तेरो सङ्कल्प हेर्न चाहनुहुन्न। परमेश्वरको नजरमा, यदि तैँले सत्यता बुझ्दैनस् भने, यी प्रकटीकरणहरू क्षणिक आवेग मात्रै हुन्। अर्को शब्दमा भन्दा, ती तेरो जोस मात्रै हुन्। जोस भनेको आधारभूत रूपमा के हो? यो तेरो आवेग हो, वा अझै विशिष्ट रूपमा भन्दा, यो परिस्थितिहरूलाई व्यवहार गर्ने भावनात्मक शैली हो। परमेश्वरले मानिसहरूको जोस, परिस्थितिहरूलाई व्यवहार गर्ने तिनीहरूको भावनात्मक शैली, तिनीहरूको अस्थायी आवेग, वा यस्तो जोसिलो अवस्था चाहनुहुन्न। परमेश्वरले के चाहनुहुन्छ? (उहाँले मानिसहरूले सत्यता बुझ्न सकून् भन्ने चाहनुहुन्छ।) कम्तीमा पनि, तैँले सत्यतालाई प्रेम गर्न र सत्यता बुझ्न, र, विभिन्न मामलाहरू सामना गर्दा, कुनै प्रावधान, औपचारिकता, वा व्यवहार पालना गर्ने होइन, तर सत्यता सिद्धान्तहरू पालना गरेको चाहनुहुन्छ; उहाँले तँलाई आफूले पूरा गर्ने कर्तव्यमा र सबै कुरामा सत्यता सिद्धान्तहरू खोजी गर्न, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न, र परमेश्वरका वचनहरू र सत्यतालाई तेरो वास्तविकता बनाउन सक्ने बनेको पनि चाहनुहुन्छ—परमेश्वरको कामले हासिल गर्ने अभिप्राय राखेको परिणाम यही हो। जहाँसम्म तेरो व्यक्तिगत जीवनमा, तँ चाँडै सुतेर र बिहानै उठ्न चाहन्छस् कि चाहँदैनस्, वा ढिलो सुत्न र ढिलो उठ्न चाहन्छस् कि चाहँदैनस्, वा तँसँग कस्तो वरदानहरू छन् वा तँ कति स्पष्ट रूपमा बोल्छस् भन्ने कुरा छ, परमेश्वरलाई यीमध्ये कुनै पनि कुराले फरक पार्दैन। तँसँग चाहे कठिनाइ भोग्ने सङ्कल्प भए पनि नभए पनि वा तैँले जति नै धेरै मूल्य चुकाए पनि, परमेश्वरले यी कुराहरूलाई मूल्यवान् ठान्नुहुन्न। कतिपय मानिसहरूले भन्छन्, “परमेश्वरमाथिको मेरो विश्वासका खातिर, मैले कैयौँ वर्षदेखि राम्रा लुगा किनेको छैनँ, र म हजामकहाँ नगएको दश वर्षभन्दा बढी भएको छ।” तैँले जीवनभरि मीठो खाइनस्, राम्रो लुगा लगाइनस्, र धेरै कठिनाइ भोगिस् भने पनि, के भो त? के परमेश्वरले चाहनुहुने त्यही हो त? के परमेश्वरले प्रचार गर्नु र सङ्गति गरेर मानिसहरूलाई धेरै सत्यताहरू प्रदान गर्नुको अन्तिम उद्देश्य तँलाई सन्न्यासीमा परिणत गर्नु मात्रै हो त? के यो तँलाई दयनीय नीच मान्छे, भिखारी, वा क्रोधित जवान व्यक्तिमा परिणत गर्नका लागि मात्रै हो? होइन। परमेश्वरले मानिसहरूमा आफ्ना वचनहरू र सत्यता सिद्धान्तहरू ढाल्न चाहनुहुन्छ। त्यसकारण, परमेश्वरले मानिसहरूले अझै धेरै कठिनाइ भोगेको र अझै धेरै मूल्य चुकाएको मन पराउनुहुन्छ, र तिनीहरूले अत्यन्तै कन्जुस, मेहनती, र सरल जीवन जिएको, तिनीहरूसँग अत्यन्तै धेरै सङ्कल्प र आकांक्षाहरू भएको, र तिनीहरू अत्यन्तै जोसिलो भएको, वा अत्यन्तै संयमी भएको, र तिनीहरूले आफ्नो स्थानमा बसेर व्यवहार गरेको उहाँले मन पराउनुहुन्छ भन्ने धेरैले विश्वास गरे पनि, यी परमेश्वरको कामबारे तिनीहरूका धारणा र कल्पनाहरू मात्रै हुन्। मानौँ, तेरो जीवनको धेरै वर्षसम्म, तैँले दिनमा एक छाक मात्रै खान्छस् र राती तीन घण्टा मात्रै सुत्छस्, र मीठो खाना खान वा राम्रा लुगा लगाउन सक्दैनस्, र तैँले आफूले गर्नुपर्ने भनेर सोचेको कुरा धेरै वर्षसम्म गर्छस्, र अनगिन्ती कठिनाइ भोगेको छस् र अनगिन्ती सङ्कल्पहरू गरेको छस्। तिमीहरूका आफ्नै शब्दहरूमा भन्दा, तिमीहरू “आफ्ना मूल आकांक्षामा सच्चा रहेका छौ,” र तिमीहरूले परमेश्वरका लागि कठिनाइहरू भोग्छौ र उहाँप्रति आफूलाई समर्पित गर्छौ र आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पित गर्छौ। तैपनि, यो सबै कुराको बाबजुद पनि, यदि तैँले परमेश्वरका वचनहरू वा सत्यतामा कहिल्यै मेहनत गर्दैनस्, र आफूले गर्ने सबै कामकुरामा सत्यता सिद्धान्तहरू खोज्दैनस् भने, तँ अवश्य नै त्यागिनेछस्। तँ कठिनाइ भोगेर अनि मूल्य चुकाएर, र आफ्नो मूल आकांक्षालाई कहिल्यै परिवर्तन नगरी, र आफ्नो सम्पूर्ण जीवन परमेश्वरप्रति समर्पित गरेर, र आफूसँग भएको सबै कुरा उहाँलाई समर्पित गरेर मुक्ति प्राप्त गर्न चाहन्छस्। यो त सपना मात्रै हो—यो त काल्पनिक कामना मात्रै हो। तैँले आफ्नो जीवनभरि मकैको भात र उसिनेको मकैको रोटी खाए पनि र कहिल्यै पनि मीठो खाना नखाए पनि वा राम्रा कुराहरूको आनन्द नउठाए पनि, यसको कुनै काम हुनेछैन। परमेश्वरले कहिल्यै पनि व्यक्तिको व्यवहार हेर्नुहुन्न, न त उहाँले व्यक्तिले बाहिरी रूपमा कुन नियमहरू पालन गर्छ, वा उसले बाहिरी रूपमा सरल र सादा जीवन जिउँछ कि जिउँदैन भनी नै हेर्नुहुन्छ। परमेश्वरले तँ कुन मार्गमा छस्, तैँले सामना गर्ने हरेक मामलामा के-के सिद्धान्तहरू पालना गर्छस्, र समस्याहरू सम्हाल्दा तैँले सत्यता सिद्धान्तहरू पालना गर्छस् कि गर्दैनस् भनी हेर्न चाहनुहुन्छ। यदि तैँले सत्यता सिद्धान्तहरू पालना गर्दैनस् भने, तैँले ती तय गरिएका प्रावधान र नियमहरूलाई चाहे जति राम्ररी पछ्याए पनि, यसको कुनै काम हुनेछैन। यसले तँ धारणा र कल्पनाहरूमा जिउने व्यक्ति होस्, पूर्ण रूपमा व्यक्तिपरक, राम्रा कामनाहरूमा जिउने व्यक्ति होस्, परमेश्वरको कामसँग जसको कुनै सम्बन्ध हुँदैन, र जसको परमेश्वरले मानिसहरूमा आफ्नो मुक्तिको काम गर्ने कुनै पनि तरिकासँग कुनै सम्बन्ध हुँदैन—तँ परमेश्वरको कामबाट टाढा भएको व्यक्ति होस् भन्ने कुरालाई मात्रै जनाउनेछ। त्यसकारण, यदि तँ परमेश्वरको कामबाट केही प्राप्त गर्न चाहन्छस् भने, तैँले सुरुमा सत्यतामा कठिन परिश्रम गर्नुपर्छ; तैँले आफ्ना धारणा र कल्पनाहरूमा कुनै पनि काम गर्नु वा कुनै मेहनत लगाउनु हुँदैन—त्यसो गर्नु व्यर्थ हुन्छ। कतिपय मानिसहरूले मलाई यसो सोध्छन्: “तिमीलाई मलाई लामो कपालले अझै भद्र र उचित देखिन्छ जस्तो लाग्छ कि छोटो कपालले?” म तिनीहरूलाई प्रतिक्रिया दिँदै सोध्छु, “तँलाई लामो कपाल पाल्न मन पर्छ कि छोटो कपाल पाल्न मन पर्छ?” तिनीहरूले भन्छन्, “मलाई मेरो कपाल लामो पाल्न मन पर्छ। तर मलाई के लाग्छ भने लामो कपाल भद्र र उचित हुँदैन, र परमेश्वरलाई यो कुरा मन पर्दैन।” अनि म जवाफ दिन्छु, “परमेश्वरले कहिले त्यसो भन्नुभयो? के सत्यतासँग यसको कुनै सम्बन्ध छ?” अरूले मलाई सोध्छन्: “के मैले खाजा खान मिल्छ?” अनि म जबाफ दिन्छु, “के खाजा खानु सामान्य मानवताको आवश्यकता हो? के परमेश्वरले मानिसहरूले ती खान मिल्दैन भनेर तोक्नुहुन्छ? के परमेश्वरले यसलाई निन्दा गर्नुहुन्छ?” अनि तिनीहरूले भन्छन्, “मलाई लाग्छ परमेश्वरले यसलाई निन्दा गर्नुहुन्छ, किनभने खाजा खानु लम्पट कुरा हो।” “लम्पट” को अर्थ के हो? यदि तँलाई खाजा खानु लम्पट कुरा हो भन्ने लाग्छ भने, के खाजा नखानुको अर्थ तँ लम्पट छैनस् भन्ने हुन्छ? के खाजा नखानुको अर्थ तैँले सत्यता बुझ्छस् र सत्यताको अभ्यास गर्छस् भन्ने हुन्छ र? मैले यसलाई यसरी भन्दा तिमीहरूले यो कुरा बुझ्न सक्छौ, होइन त? (हो।) धारणा र कल्पनाहरू सत्यता होइनन् र सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन। यदि तँ तीक्ष्ण-बुद्धिको छस् भने, तैँले तँसँग अझै पनि के-कस्ता धारणा र कल्पनाहरू छन्, र तँसँग अझै पनि फरिसीहरूका के-कस्ता अभ्यास, सोच र दृष्टिकोणहरू छन् भनेर तुरुन्तै जाँच्नुपर्छ, र तिनलाई ढिला नगरी त्याग्नुपर्छ। यी कुराहरू त्याग्नुको उद्देश्य तँलाई लम्पट र आत्म-लिप्त बन्ने तुल्याउनु होइन, तर तँलाई सत्यता सिद्धान्तहरू खोजी गर्न, र सत्यतालाई आफ्नो जीवनका रूपमा प्राप्त गर्न परमेश्वरको अघि आउने तुल्याउनु हो। तँ भिखारी बनेको र तैँले सन्न्यासी जीवन बिताएको परमेश्वर हेर्न चाहनुहुन्न। कतिपय मानिसहरूले भन्छन्, “परमेश्वरले मानिसहरू भिखारी बनेको मन पराउनुहुन्न, त्यसोभए के यसको अर्थ उहाँले तिनीहरू समृद्ध बनेको मन पराउनुहुन्छ भन्ने हो?” परमेश्वरले मानिसहरू धनी बनेको पनि चाहनुहुन्न। कतिपय मानिसहरू भन्छन्, “मानिसहरूले शारीरिक कठिनाइ भोगेको परमेश्वरले मन पराउनुहुन्छ भन्ने कुरा मानव धारणा र कल्पना हो। त्यसोभए यदि परमेश्वरले मानिसहरूले कठिनाइ भोगेको मन पराउनुहुन्न भने, के यसको अर्थ उहाँले तिनीहरूलाई सुख-सयलमा जिएको मन पराउनुहुन्छ भन्ने हुन्छ त?” गलत, यो पनि तेरो धारणा र कल्पना हो। त्यसोभए, व्यवहार गर्ने सही तरिका के हो त? (परमेश्वरले मानिसहरू उहाँको अघि आउन र सत्यता सिद्धान्तहरू खोजी गर्न सकेको मन पराउनुहुन्छ, चाहे तिनीहरूमा जेसुकै आइपरोस्।) जहिले भए पनि, सत्यता सिद्धान्तहरूलाई बिर्सन सकिँदैन। कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्वर मानिसहरूले उहाँको अघि सङ्कल्पहरू गरेको र कठिनाइ भोग्ने सङ्कल्प गरेको मन पराउनुहुन्छ।” अरूले यसो भन्छन्, “कष्ट भोग्न नचाहने मानिसहरूलाई परमेश्वरले मन पराउनुहुन्न।” यस्ता कुराहरू भन्नु सही हो कि गलत हो? कुन अभिव्यक्ति सही छ र कुन चाहिँ गलत छ? (ती दुवै गलत छन्।) कतिपय मानिसहरूले सधैँ आफ्नो हैसियत, ख्याति, र प्राप्तिका खातिर कठिनाइ भोग्छन्—तिनीहरूसँग कठिनाइ भोग्ने दृढ सङ्कल्प हुन्छ। के यी प्रकटीकरणहरूले परमेश्वरलाई प्रसन्न पार्छन्? (पार्दैनन्।) कतिपय मानिसहरू व्यक्तिगत मामलाहरूमा कठिनाइ भोग्न अनिच्छुक हुन्छन्, तर आफ्नो कर्तव्य पूरा गर्नका खातिर र सत्यताका खातिर कठिनाइ भोग्न इच्छुक हुन्छन्, र सत्यता सिद्धान्तहरूअनुसार काम गर्नका लागि थोरै कठिनाइ भोग्न इच्छुक हुन्छन्। यीमध्ये कुन प्रकटीकरण अलि राम्रो हुन्छ? (सत्यता सिद्धान्तहरूका खातिर कठिनाइ भोग्नु।) यी कुराहरूबाट के देख्न सकिन्छ? सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु र सत्यता अभ्यास गर्नु सही हो। चाहे यो आफ्नो कर्तव्य पूरा गर्ने मामलाहरूसँग सम्बन्धित होस्, वा आफ्नो व्यक्तिगत जीवनका मामलाहरूसँग सम्बन्धित होस्, व्यक्तिले कठिनाइ भोग्छ कि भोग्दैन भन्ने कुरा मानक वा सिद्धान्त होइन। सिद्धान्तहरू के-के हुन् त? सिद्धान्तहरू त परमेश्वरका मागहरू, परमेश्वरका वचनहरू, र सत्यता हुन्। यदि तँ सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्छस् भने, तैँले त्यसो गर्दा कठिनाइ नभोगे पनि, तैँले गरिरहेको कुरा सही हुन्छ, र परमेश्वरले त्यसलाई अनुमोदन गर्नुहुन्छ; यदि तँ सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैनस् भने, तैँले यस प्रक्रियामा धेरै कठिनाइ भोगे पनि वा ठूलो अपमान अनुभव गरे पनि, यो व्यर्थ हुन्छ, र परमेश्वरले तेरा कार्यहरूलाई अनुमोदन गर्नुहुन्न। यो त कतिपय मानिसहरूले ख्रीष्ट-विरोधीको आदेश सुनेपछि जे गर्नु भनिएको हो त्यही गर्नु जस्तै हो, ख्रीष्ट-विरोधीका प्राथमिकताहरूअनुसार काम कार्यन्वयन गर्छन्, धेरै बातचित गर्छन् र कष्ट भोग्छन्, र आफूलाई निकै व्यस्त राख्छन्, यहाँसम्म कि तिनीहरूको शरीर थकाइले कुप्रिन्छ र गल्छ। के परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्छ? के परमेश्वरले यसलाई याद राख्नुहुनेछ? (उहाँले यसलाई अनुमोदन गर्नुहुन्न, र उहाँले यसलाई याद राख्नुहुनेछें।) त्यसोभए परमेश्वरको मनोवृत्ति के हो? (परमेश्वरले त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ।) परमेश्वरले के भन्नुभयो? “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” परमेश्वरको मनोवृत्ति यही हो, होइन र? (हो।) तैँले जति नै धेरै कठिनाइ भोगेको भए पनि वा तैँले जति नै धेरै मूल्य चुकाएको भए पनि, तैँले यी कुराहरू आफ्नो योगदानका बारेमा घमन्ड गर्न प्रयोग गर्न त सक्छस्, तर परमेश्वरले यी कुराहरू हेर्नुहुन्न। तैँले यी कुराहरू सत्यतासिद्धान्तहरू अनुसार गरिस् कि गरिनस् र तैँले परमेश्वरका वचनहरू पालना गरिरहेको थिइस् कि थिइनस् भन्ने कुरालाई मात्रै परमेश्वरले हेर्नुहुन्छ—उहाँले तँलाई मापन गर्न यो सिद्धान्त प्रयोग गर्नुहुन्छ। यदि तँ परमेश्वरका वचनहरू पछ्याउँदैनस्, तर त्यसको सट्टा आफ्नै विचारहरूअनुसार काम गर्छस् भने, तैँले चाहे जति धेरै कठिनाइ भोगे पनि वा जति धेरै मूल्य चुकाए पनि, त्यो सबै व्यर्थ हुनेछ। परमेश्वरले त्यसलाई याद नराख्नुहुने मात्र होइन, तर उहाँले यसलाई निन्दा पनि गर्नुहुनेछ। त्यो त तैँले आफ्नै विनाश ल्याउनु हुनेथियो, होइन र? (हो।) त्यस्ता मानिसहरूलाई अन्त्यमा हटाइनेछ—तिनीहरू यहीलायक हुन्छन्, होइन र? (हो।) परमेश्वरले हजारौँ-हजार वचन बोल्नुभएको छ र तँलाई सत्यता सिद्धान्तहरू बताउनुभएको छ, तर तँ पटक्कै सुन्दैनस्। तँसँग सधैँ आफ्नै विचारहरू हुन्छन्, र तैँले सत्यतालाई आफ्नै धारणा र कल्पनाहरूद्वारा प्रतिस्थापन गर्ने, र यसरी परमेश्वरको अनुमोदन प्राप्त गर्ने, राज्यमा प्रवेश गर्ने, र आशिषित हुने र इनाम पाउने अभिलाषा राख्छस्। के यो मृत्युसँग खेल्नु होइन र? के त्यस्ता मानिसहरू पावलकै खालका होइनन् र? (हुन्।) त्यसकारण, यदि मानिसहरूले आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको तिनीहरूको शत्रुतालाई छोड्न चाहन्छन् भने, तिनीहरूसँग परमेश्वरको कामबारे सही बुझाइ हुनुपर्छ। तिनीहरूले परमेश्वरबारे अनुमान लगाउनु हुँदैन, उहाँको कामलाई मापन गर्नु हुँदैन, वा आफ्ना धारणा र कल्पनाहरूका आधारमा आफ्नो व्यवहार र अभ्यासहरूलाई मापन गर्ने, अनि त्यसपछि यी धारणा र कल्पनाहरूका आधारमा सबै कुरालाई सम्हाल्ने गर्नु हुँदैन। यो शैलीको अन्तिम परिणाम के हुनेछ भने यो व्यर्थ हुनेछ, र गम्भीर अवस्थामा, तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउनेछ, परमेश्वरको स्वभावलाई चिढ्याउनेछन्, र तिनीहरू दण्डित हुनेछन्। त्यसकारण, परमेश्वरको कामसँग व्यवहार गर्दा, मानिसहरूले परमेश्वरका बारेमा रहेका आफ्ना विभिन्न धारणा र कल्पनाहरूलाई छोड्नुपर्छ। अर्थात्, तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूलाई जाँच्नु र चिरफार गर्नुपर्छ र त्यसपछि तिनलाई छोड्नुपर्छ, परमेश्वरका अभिप्रायहरू र सत्यताको खोजी गर्नु पुग्नुपर्छ, र आफ्ना धारणा, कल्पना, गलत सिद्धान्तहरू र अभ्यासहरूलाई प्रतिस्थापन गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्नुपर्छ। यसरी मात्रै तँ मुक्तिको मार्गमा हिँड्न थाल्न सक्छस्। नत्र भने, तैँले मुक्ति पाउनु असम्भव हुन्छ, त्यो सम्भव नै छैन! परमेश्वरको कामका बारेमा मानिसहरूमा हुने एउटा धारणा र कल्पना यही हो। हामी हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ।
मानिसहरूसँग परमेश्वरको कामबारे अर्को प्रकारको धारणा र कल्पना हुन्छ, जुन के हो भने तिनीहरूको दैनिक जीवनमा, तिनीहरू कमजोर हुँदा, तिनीहरूभित्र परमेश्वरप्रतिको विभिन्न प्रकारका विद्रोहीपन देखा पर्दा, वा तिनीहरूले परमेश्वरको विरुद्धमा विद्रोह गर्ने र परमेश्वरको विरोध गर्ने कुराहरू गरेका हुँदा, तिनीहरूलाई ताडना, सजाय, वा दण्ड, श्राप समेत दिइनुपर्छ, इत्यादि भन्ने आफ्नो धारणामा विश्वास गर्छन्। उदाहरणका लागि, कहिलेकहीँ मानिसहरूले गलत कुरा भन्छन् वा केही धारणाहरू प्रकाश गर्छन्, वा तिनीहरूले कुनै कुराप्रति निश्चित रायहरू राख्ने र केही अवज्ञा पाल्ने गर्छन्, र केही समयपछि, तिनीहरू यसो सोच्छन्, “मैले यो विद्रोहीपन र विश्वासघात प्रकाश गरेको छु, तर किन यसका लागि मलाई ताडना दिइएको छैन? मेरो जिब्रोमा कुनै घाउ-खटिरा आएको छैन, म राती नराम्रो सपना देख्दिनँ, र मलाई हृदयमा असहजता महसुस हुँदैन। किन? मैले कसरी पवित्र आत्माको काम अनुभव गर्दिनँ?” तिनीहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले के विश्वास गर्छन् भने परमेश्वर तिनीहरूलाई मुक्ति दिन आउनुभएको हुनाले, र परमेश्वरको कामले तिनीहरूलाई विजय गर्ने मात्र होइन, तर तिनीहरूलाई रूपान्तरण गर्नुपर्ने र शुद्ध पार्नुपर्ने भएको हुनाले, अनि सत्यतासँग नमिल्ने तिनीहरूले पालेका सबै प्रकारका विचार र दृष्टिकोणहरू रूपान्तरण पनि गर्नुपर्ने हुनाले, यदि तिनीहरूको विचारमा सत्यताअनुरूप नहुने केही कुराहरू छन्, वा फोहोरी, मैलो, वा दुष्ट कुराहरू छन् भने, तिनीहरूलाई ती कुराका लागि ताडना दिइनुपर्छ, हप्काइनुपर्छ, वा दण्ड समेत दिइनुपर्छ, र तिनीहरूले सोच्छन्, “मानिसहरूलाई बारम्बार अनुशासनमा राखिएन भने तिनीहरू कसरी परिवर्तन हुन सक्छन् र कसरी पवित्रीकरण हुन सक्छन्?” यहाँ मानिसहरूका धारणा र कल्पनाहरू के-के हुन्? तोकेर भन्दा, तिनीहरूलाई बारम्बार अनुशासनमा राखिनुपर्छ, हप्काइनुपर्छ, ताडना दिइनुपर्छ, दण्ड दिइनुपर्छ, र सजाय दिइनुपर्छ र आलोचना समेत गरिनुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले स्वभाव परिवर्तन हासिल गर्न सक्छन्। तर, दैनिक जीवनमा, जब मानिसहरूले फोहोरीपन, दुष्टता, र भ्रष्टता प्रकाश गर्छन्, तब तिनीहरूले स्वतः नै त्यसो गर्छन्, तिनीहरूले यो कुरा महसुस गर्न सक्छन्, र यसरी जिउँदा तिनीहरूलाई शान्ति समेत महसुस हुन्छ र तिनीहरूलाई ताडना वा दण्ड दिइएको छ भन्ने महसुस हुँदैन, र तिनीहरूलाई यो असामान्य लाग्छ। मानिसहरूले के सोच्छन् भने यदि तिनीहरूले भ्रष्टता प्रकाश गरे भने, तिनीहरूलाई कम्तीमा पनि हप्कीको अनुभूति हुनुपर्छ, वा तिनीहरू बिरामी पर्नुपर्छ, वा मुखमा घाउ-खटिरा आउनुपर्छ, वा खाँदा अड्किनुपर्छ वा जिब्रो टोकिनुपर्छ, र तिनीहरूले हेर्न नहुने कुरा हेरे भने तिनीहरूको आँखा रातो हुनुपर्छ र सुन्निनुपर्छ। मलाई भन, के परमेश्वरले यी कुराहरू गर्नुहुन्छ? (गर्नुहुन्न।) के उहाँले ती कुराहरू पटक्कै गर्नुहुन्न त? (जब मानिसहरूले सत्यता बुझ्दैनन्, तब परमेश्वरले तिनीहरूलाई तिनीहरूको कद अनुसार थोरै ताडना दिन र हप्काउन सक्नुहुन्छ, ताकि तिनीहरू आत्मचिन्तन गर्न र सत्यतामा प्रवेश गर्न सकून्। तर, जब मानिसहरूले सत्यता बुझ्छन् र तिनीहरूले गरेको काम गलत छ भन्ने कुरा हृदयमा स्पष्ट रूपमा थाहा पाउँछन्, तब परमेश्वरले तिनीहरूलाई अवश्य नै त्यो अवस्थामा ताडना दिनुहुनेछैन, किनभने उहाँ आशा गर्नुहुन्छ कि तिनीहरूले सत्यताको खोजी गरून्, र आफ्नो कार्य र व्यवहार मापन गर्न उहाँका वचन र सत्यताको प्रयोग गरून्।) त्यो कुराको बारेमा निकै राम्रोसँग सङ्गति गरिस्। मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले के विश्वास गर्छन् भने जब-जब तिनीहरूले भ्रष्टता र विद्रोहीपन प्रकाश गर्छन्, तब-तब परमेश्वरले तिनीहरूलाई ताडना दिनुपर्छ, र विशेष गरी, जब दुष्ट मानिसहरूले दुष्कर्म गर्छन्, तब परमेश्वरको दण्ड तुरुन्तै तिनीहरूमाथि आइपर्नुपर्छ, ताकि दुष्ट मानिसहरूले निश्चित रूपमा नै दण्ड पाऊन्। तर वास्तविक जीवनमा, तिनीहरूले यी दण्डहरू लागू भएको बिरलै देख्छन्। एक हिसाबमा, जब मानिसहरूले विभिन्न प्रकारका भ्रष्टता र विद्रोहीपन प्रकाश गर्छन्, तब तिनीहरूलाई अनुशासनमा राखिँदैन वा ताडना दिइँदैन, र अर्को हिसाबमा, जब दुष्ट मानिसहरूले दुष्कर्म गर्छन्, तब तिनीहरूलाई दण्ड दिइँदैन। यसले मानिसहरूको हृदयको गहनतम भागमा परमेश्वरको कामबारे निश्चित धारणाहरू पैदा गर्छ, र कतिपय मानिसहरूले आफ्नो आस्था समेत गुमाउँछन्, र यी बाहिरी कामकुराहरूका आधारमा परमेश्वरको कामलाई मापन गर्छन्, र उहाँको कामबारे आलोचना गर्छन्। यी मानिसहरूका धारणा र कल्पनाहरू नै हुन्, होइनन् र? जब मानिसहरूले भ्रष्टता र विद्रोहीपन प्रकट गर्छन्, तब के परमेश्वरले तिनीहरूलाई ताडना दिनैपर्छ, वा सजाय दिनैपर्छ र न्याय गर्नैपर्छ? (होइन।) कतिपय मानिसहरू भन्छन्, “जब परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ, तब उहाँले तिनीहरूलाई पूर्ण रूपमा मुक्ति दिनु नै पर्छ। परमेश्वरको कामको उद्देश्य के हो? के त्यो मानिसहरूलाई शुद्ध पार्नु होइन र? त्यसकारण जब मानिसहरूले भ्रष्टता र विद्रोहीपन प्रकाश गर्छन्, तब परमेश्वरले तिनीहरूलाई अनुशासित गर्नुपर्छ र हप्काउनुपर्छ—तिनीहरूप्रति जिम्मेवार हुनु भनेको यही हो। नत्र भने, उहाँले मानिसहरूलाई वास्ता गर्नुहुन्न र तिनीहरूलाई साँचो रूपमा प्रेम र कृपा गर्नुहुन्न।” के मानिसहरूले यसरी सोच्दैनन् र? (सोच्छन्।) यहाँ बुझ्नुपर्ने सत्यताहरू के-के हुन्? के मानिसहरूले सत्यता बुझ्न, र तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि अनुशासन, ताडना, र दण्ड भोग्नु अत्यावश्यक प्रक्रियाहरू नै हुन्? के ती मानिसहरूलाई मुक्ति दिन र रूपान्तरण गर्न परमेश्वरका लागि अत्यावश्यक माध्यम र तरिकाहरू हुन्? कतिपय मानिसहरू यो बुझ्न नै सक्दैनन् र यसो सोच्छन्, “यदि परमेश्वर साँच्चै नै अस्तित्वमा हुनुहुन्छ र उहाँले मानिसहरूलाई मुक्ति दिनका लागि आफ्नो काम गर्नुहुन्छ भने, तिनीहरूले भ्रष्टता प्रकाश गर्दा वा उहाँको विरुद्धमा विद्रोह गर्दा उहाँले किन मानिसहरूलाई अनुशासनमा राख्नुहुन्न? परमेश्वरले किन दुष्ट मानिसहरूलाई दुष्कर्म गरेकोमा दण्ड दिनुहुन्न?” जब परमेश्वरले मानिसहरूलाई अनुशासनमा राख्नुहुन्न, वा जब दुष्ट मानिसहरूलाई दुष्कर्म गरेकोमा दण्ड दिइँदैन, तब के यसले कतिपय मानिसहरूलाई परमेश्वरको अस्तित्व र उहाँको कामका परिणामहरूबारे प्रश्न गर्ने तुल्याउँदैन र? यदि बारम्बारको अनुशासन र दण्डले सत्यताको खोजी गर्ने मानिसहरूलाई प्रतिस्थापन गर्न वा तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउन सक्ने भएको भए, अनुशासन र दण्ड मानिसहरूलाई मुक्ति दिनका लागि परमेश्वरले काम गर्ने मुख्य तरिका, र त्यसो गर्ने अत्यावश्यक माध्यम हुनेथियो। तर मानिसहरूको भ्रष्टताको हालको तह हेर्दा, के परमेश्वरको अनुशासन र दण्डद्वारा तिनीहरूको शैतानी प्रकृति तुरुन्तै रूपान्तरण गर्न सकिन्थ्यो? के मानिसहरूले तुरुन्तै साँचो पश्चात्ताप गर्न सक्थे? के तिनीहरू तुरुन्तै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्थे? (अहँ, सक्थेनन्।) त्यो तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुनेथियो। त्यसकारण, परमेश्वरको कामको यो चरणमा, परमेश्वरले मानिसहरूलाई जीवन प्रदान गर्न सत्यताहरू व्यक्त गर्दै गर्दा, उहाँले मानिसहरूलाई अन्तर्दृष्टि दिने र मार्गदर्शन गर्ने—पवित्र आत्माको काम बाहेक अरू कुनै अलौकिक काम गर्नुहुन्न, र उहाँले मानिसहरूलाई ताडना दिने, अनुशासनमा राख्ने, वा दण्ड दिने जस्ता कुराहरू समेत बिरलै गर्नुहुन्छ। मानिसहरूलाई ताडना दिनु, अनुशासित गर्नु, र दण्ड दिनु परमेश्वरको कामको प्रमुख भाग होइन, तर उहाँले अझै पनि यी कुराहरू गर्नुहुन्छ। अर्थात्, निश्चित विशेष मानिसहरू वा विशेष मामलाहरूका हकमा, वा निश्चित विशेष वातावरणहरूमा, निश्चित विशेष नतिजाहरू हासिल गर्नका खातिर वा निश्चित विशेष कारणहरूवश, परमेश्वरले मानिसहरूलाई अनुशासनमा राख्ने, ताडना दिने, वा दण्ड दिने काम गर्नुहुनेछ। तर समग्रमा, उहाँको कामको यस चरणमा, उहाँले काम गर्ने मुख्य तरिका भनेको मानिसहरूलाई सत्यता पछ्याउने तिनीहरूको मार्गमा खाँचो पर्ने कुरा प्रदान गर्नका लागि सत्यता बोल्नु र व्यक्त गर्नु हो, र यसको उद्देश्य भनेको तिनीहरूलाई सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउनु हो। अहिले परमेश्वरले अत्यन्तै धेरै सत्यता व्यक्त गर्नुभएको हुनाले, उहाँले विगतमा गर्नुभएका अनुशासनमा राख्ने, ताडना दिने, र दण्ड दिने काम समेत बिरलै गर्नुहुन्छ। त्यसकारण मानिसहरूले त परमेश्वरले तिनीहरूलाई अनुशासनमा राखिरहनुभएको छ कि छैन, तिनीहरूलाई अवरोध गरिरहनुभएको छ कि छैन, वा तिनीहरूलाई कुनै निश्चित मामलामा कामकुराहरूलाई सहज रूपमा अघि बढ्ने तुल्याइरहनुभएको छ कि छैन भन्ने कुरामा, र अरू त्यस्ता तरिका र अभ्यासहरूमा ध्यान दिनुको सट्टा दैनिक जीवनमा मामलाहरू सामना गर्दा तिनीहरूले अभ्यास गर्नुपर्ने विभिन्न सत्यता सिद्धान्तहरूमा नै बढी ध्यान दिनुपर्छ। परमेश्वरले अनुशासन, ताडना, र दण्ड जस्ता विधिहरू बिरलै प्रयोग गर्नुहुने हुनाले, उहाँले ती कहिल्यै प्रयोग गर्नुहुन्न भन्ने होइन, तर उहाँले ती बिरलै मात्रै प्रयोग गर्नुहुन्छ। मैले “ती बिरलै प्रयोग गर्नुहुन्छ” भन्नुको अर्थ के हो? कहिलेकहीँ, केही विशेष परिस्थितिहरूमा, उहाँले मानिसहरूलाई सत्यता बुझ्न र सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सहयोग गर्ने केही काम गर्नका लागि—हल्का रूपमा वा नमुना र उपमाका रूपमा—अनुशासन, ताडना, वा दण्डका विधिहरू प्रयोग गर्नुहुन्छ। अर्थात्, उहाँले मानिसहरूलाई सत्यता सिद्धान्तहरूमा प्रवेश गर्न सहयोग गर्न यी तरिकाहरू प्रयोग गर्नुहुन्छ, तर त्यति मात्र हो। त्यसोभए, परमेश्वरले आफ्नो काममा किन यी विधिहरू धेरै प्रयोग गर्नुहुन्न त? उहाँले किन मुख्य रूपमा यी तरिकाले काम गर्नुहुन्न? एक हिसाबमा, किनभने उहाँको कामको यो चरणमा, उहाँले मानिसहरूलाई तिनीहरूले बुझ्नुपर्ने विभिन्न सत्यताहरू बताइसक्नुभएको छ र प्रदान गरिसक्नुभएको छ, र तिनीहरूले यी सत्यताहरू सुनिसकेका छन्, र तिनीहरूसँग पहिले नै तिनीहरूको बुझाइको दायराभित्र ती कुराहरूको बोध र ज्ञान छ। यो एउटा कारण हो। अर्को कारण मानिसहरूका व्यक्तिपरक तत्त्वहरूसँग सम्बन्धित छ। मानिसहरूसँग सामान्य मानवताको विवेक हुन्छ, र यो विवेकको प्रभावमा, तिनीहरूले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू, वा तिनीहरूका आफ्नै कार्य, सोच, र दृष्टिकोणहरू, सकारात्मक छन् कि नकारात्मक छन् भनेर तिनीहरूले मापन गर्नेछन्। कम्तीमा पनि, मानिसहरूका अन्तस्करणमा, यो सब कुरालाई मापन गर्ने विवेकको मानक हुन्छ। यदि तैँले निश्चित कुरालाई मापन गर्न आफ्नो विवेक प्रयोग गर्छस् र यो सकारात्मक छ भनेर निर्धारित गर्छस् भने, तैँले यो काम अघि बढाउनुपर्छ, र तँ त्यो गर्न अलिक सुस्त वा ढिलो भइस् भनेर आफूलाई हप्काउनु पर्दैन। यदि तैँले त्यो कुरालाई मापन गर्न आफ्नो विवेक प्रयोग गर्छस् र यो नकारात्मक छ र यो काम गर्नु हुँदैन भन्ने निर्धारित गर्छस् भने, तैँले आफूलाई नियन्त्रित गर्नुपर्छ र त्यो कुरा भन्नु वा गर्नु हुँदैन। तर, यदि तँमा विवेक र समझद्वारा सञ्चालित भावनाहरू छैनन् भने, तँ मानव होइनस्। यदि तँसँग विवेक र समझ समेत छैन भने, तैँले कुनै कुरा सही छ कि गलत छ, सकारात्मक छ कि नकारात्मक छ भनेर मापन गर्न सम्भवतः सक्दैनस्, त्यसकारण परमेश्वरले तँलाई अनुशासनमा राख्नु र दण्ड दिनु व्यर्थ हुनेथियो। अर्को शब्दमा भन्दा, विवेकका प्रभावका अधीनमा नहुनेहरूमा परमेश्वरले काम गर्नुहुन्न, र उहाँले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। तिनीहरूलाई “मुक्ति नदिनु” भन्ने शब्दमा के समावेश हुन्छ? उहाँले तिनीहरूलाई अनुशासनमा राख्न समेत चाहनुहुन्न; उहाँले तिनीहरूलाई अनुशासनमा राख्ने वा ताडना दिने गर्नुहुन्न। यस्तो सोध्नेहरू पनि हुन्छन्, “यदि कसैले दुष्कर्म गर्यो भने, के परमेश्वरले उसलाई दण्ड दिनुहुनेछ?” परमेश्वरले तिनीहरूलाई सीधै दण्ड दिनुहुनेछैन, किनभने मण्डलीका प्रशासनिक आदेशहरू हुन्छन्। यदि ऊ बाधा वा अवरोध पुऱ्याउने दुष्ट व्यक्ति हो भने, उसलाई निकाल्नु वा निष्कासित गर्नुमा नै मामला सक्किन्छ। उसले निकालिने वा निष्कासित हुने सर्तहरू पूरा नगरे पनि, उसलाई ख समूहमा पठाइनेछ। यदि कसैले परमेश्वरका भेटीहरू बरबाद गर्यो भने, त्यो त झनै गम्भीर कुरा हो, र उसले आफूले परिपूर्ति गर्नुपर्नेजति रकम परिपूर्ति गर्नुपर्छ, त्यसपछि उसलाई उचित रूपमा निराकरण गर्नुपर्छ। परमेश्वरको कामको सिद्धान्त र उहाँले मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्त यही हो। यो सरल छ, होइन र? (हजुर, हो।) के परमेश्वरले तँलाई छनौट गर्नुको अर्थ उहाँले तँलाई पूर्ण पार्नैपर्छ, र उहाँले त्यसो नगरेसम्म उहाँ रोकिनुहुनेछैन भन्ने तँलाई लाग्छ? विवेक र समझ भएका, र सत्यता पछ्याउनेहरूका हकमा मात्रै यो कुरा लागू हुन्छ—मुक्ति पाउन सक्नेहरूका हकमा मात्रै यो लागू हुन्छ। विवेकको चेतना समेत नभएका मानिसहरूका हकमा भन्दा, तिनीहरूलाई मण्डलीका प्रशासनिक आदेशहरूअनुसार व्यवहार र निराकरण मात्रै गरे पुग्छ—परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुहुनेछैन। तिनीहरूलाई अनुशासनमा राख्नुको के अर्थ हुन्छ र? सामान्य मानवता र विवेकको अभाव भएका मानिसहरूलाई अनुशासनमा राख्नु भनेको माछालाई जमिनमा जिउन बाध्य पार्नु, वा सुँगुरलाई उड्न बाध्य पार्नु जस्तै हो, यो सुँगुरको अघि मोती टक्र्याउनु र अशुद्धको अगाडि खानका लागि पवित्र कुराहरू टक्र्याउनु जस्तै हो—परमेश्वरले निश्चित रूपमा नै यसो गर्नुहुन्न। त्यसकारण, यस मामलामा, मानिसहरूले यस्तो सोच्नु हुँदैन, “मलाई परमेश्वरले चुन्नुभएको हो, म परमेश्वरको भेडामध्ये एक हुँ, र मैले गल्ती गरे पनि र दुष्कर्म गरे पनि, परमेश्वरले मलाई त्याग्नुहुनेछैन।” यो अभिव्यक्ति सही छैन—तँ भेडा होस् कि ब्वाँसो होस् भनेर भन्न गाह्रो छ। तँ परमेश्वरको भेडामध्ये एउटा होस् कि होइनस् भनेर तैँले कसरी मापन गर्छस्? यो कुरा तैँले मानवता र विवेकको विरुद्धमा जाने कुनै काम गर्दा तँलाई यसको बारेमा थाहा हुन्छ कि हुँदैन र तेरो विवेकलाई धिक्कार र हप्काइ महसुस हुन्छ कि हुँदैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँलाई हप्काइ महसुस हुन्छ भने, तैँले आफूलाई सुल्ट्याउनेछस्, र तैँले सत्यता नबुझे पनि, तैँले विवेकको मानकअनुसार काम गर्न सक्नेछस्। कम्तीमा पनि, तैँले सामान्य मानवताअनुसार काम गर्न सक्नेछस्। यदि तँमा यी प्रकटीकरणहरू छन् भने, तँ परमेश्वरको भेडामध्ये एउटा होस्। जब तैँले सामान्य मानवताको विवेकको विरुद्धमा जाने र नैतिक इन्साफको उल्लङ्घन गर्ने कुनै कुराको सामना गर्छस्, यदि, तँसँग अलिकति पनि इन्साफको बोध हुँदैन, र तैँले गरेको दुष्कर्म, वा दुष्ट मानिसहरूले पुऱ्याएको बाधाप्रति तँलाई तिरस्कार वा घृणा महसुस हुँदैन, र तेरो विवेकलाई हप्काइ महसुस पटक्कै हुँदैन भने, तँ परमेश्वरको भेडामध्ये एक होइनस्, तँ ब्वाँसो होस्, तँ पशु होस्, र तँ दियाबलस होस्। तँ परमेश्वरको भेडा होस् कि ब्वाँसो होस् भनेर मापन गर्ने मानक यही हो। यदि तँ परमेश्वरको भेडामध्ये एउटा होइनस्, र पनि तँ अझै “मैले भ्रष्टता र विद्रोहीपन प्रकाश गरेको छु, तैपनि परमेश्वरले मलाई अनुशासित् गर्नुभएको; परमेश्वरले मलाई अनुशासित गर्नुभएको छैन” भन्ने जस्ता विचार, धारणा, र कल्पनाहरू प्रयोग गरेर परमेश्वरको कामलाई निरन्तर मापन गर्छस् भने, तँ मूर्ख होस्। तँ पटक्कै परमेश्वरको भेडामध्ये एक होइनस्, र परमेश्वरसँग तँलाई मुक्ति दिने कुनै अभिप्राय छैन, त्यसकारण के तँ परमेश्वरको काम मापन गर्न र मूल्याङ्कन गर्न योग्य हुन्छस् त? यदि यो मूर्खता होइन भने, के हो त? तैँले यस कुरालाई मापन गर्न सक्छस्, होइन र? (अहिले सक्छु।)
विवेक हुनुको मापदण्ड के हो? कुनै व्यक्तिमा विवेक छ कि छैन भनेर तैँले कसरी मापन गर्नुपर्छ? (यो कुरा दुष्ट मानिसहरूले दुष्कर्म गरेको वा परमेश्वरको घरका हितहरूमा हानि गर्ने कुराहरू देखेपछि तिनीहरूले हृदयमा न्यायको बोध हुन्छ कि हुँदैन, र तिनीहरूले यी कुराहरूलाई घृणा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरूको हृदयमा कुनै चेतना छैन भने, तिनीहरूमा कुनै विवेक हुँदैन। यसको साथै, यदि कुनै व्यक्तिले गरेको दुष्कर्म, वा सिद्धान्तहरू स्पष्ट रूपमा उल्लङ्घन गर्ने गरी उसले गरेका कुराहरूका बारेमा उसको हृदयमा कुनै चेतना छैन भने, त्यस्ता मानिसहरूमा पनि कुनै विवेक हुँदैन।) यदि तँसँग कुनै विवेक छैन भने, तँ मानव होइनस्। त्यस्तो अवस्थामा, के परमेश्वरले अझै पनि तँलाई मुक्ति दिनुहुनेछ? यदि परमेश्वरले तँलाई मुक्ति दिनुभएन भने, के उहाँले तँलाई अझै पनि अनुशासनमा राख्नुहुनेछ? अनुशासन र ताडना दिनु परमेश्वरको कामको न्यूनतम भाग हो। जब म “न्यूनतम” भन्छु, तब मेरो तात्पर्य के हो भने परमेश्वरले यी विधिहरूलाई कहिलेकहीँ मात्रै प्रयोग गर्नुहुन्छ, तर ती अझै पनि परमेश्वरको कामको भाग हुन्। यदि तँसँग विवेक वा समझ समेत छैन भने, के परमेश्वरले तँलाई अनुशासनमा राख्नुको कुनै फाइदा हुन्छ? यदि तँसँग कुनै न्यायको बोध छैन, र तँलाई दुष्टता, सत्यताको विरुद्धमा जाने, नैतिक न्यायको विरुद्धमा जाने, र तेरो विवेकको विरुद्धमा जाने सबै कुराप्रति केही महसुस हुँदैन, र तैँले त्यस्ता कुराहरूलाई घृणा गर्दैनस्, र यदि तँ परमेश्वरको घरका हितहरूको रक्षा गर्न परमेश्वरको पक्षमा खडा हुन सक्दैनस्, र तैँले मण्डलीको कामको रक्षा गर्न खडा भएर एउटा कुरा बोल्न सक्दैनस्—एउटै मात्र निष्पक्ष अभिव्यक्ति समेत बोल्दैनस् भने—तँ मानव होइनस्। तँ मानव होइनस्, तैपनि परमेश्वरले तँलाई अनुशासनमा राख्नुहुन्छ भनेर लालची रूपमा आशा गर्छस्। तैँले साँच्चै आफूलाई उचालिरहेको छस् र आफूलाई बाहिरी व्यक्तिको रूपमा लिइरहेको छैनस्! कतिपयले भन्छन्, “यदि कुनै व्यक्ति परमेश्वरको भेडा होइन तर ब्वाँसा हो भने, परमेश्वरले उसलाई अनुशासनमा राख्नुहुनेछैन। त्यसोभए यदि तिनीहरू परमेश्वरका भेडाहरूमध्ये एउटा हुन् भने, के परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुहुनेछ?” विशेष परिस्थितिहरूमा, परमेश्वरले कहिलेकहीँ तँलाई अनुशासित गर्नुहुन्छ र तेरो लागि जिम्मेवारी लिनुहुन्छ। तँ अबुझ र अनजान भए पनि, परमेश्वरले तँलाई अगुवाइ गर्नुहुनेछ, अनुशासनमा राख्नुहुनेछ, र हप्काउनुहुनेछ। परमेश्वरको काम उचित हदसम्म पूरा हुन्छ र यसलाई त्यतिकै छोडिदेओ। उहाँले किन यसरी काम गर्नुहुन्छ? किनभने यदि तँसँग विवेक छ भने, जब परमेश्वरले तँलाई यसरी हप्काउनुहुन्छ, तब तेरो विवेकले तुरुन्तै चेतना प्राप्त गर्नेछ, र तैँले आफूलाई दोष दिनेछस् र तँलाई उहाँप्रति ऋणी महसुस हुनेछ; तँलाई पछुतो, दुःख, र वेदना हुनेछ, र तैँले आफूलाई परिवर्तन गर्न सक्नेछस् र अन्तिममा सत्यता सिद्धान्तहरू र सत्यता अनुसार अभ्यास गर्न सक्नेछस्—परमेश्वरले चाहनुहुने परिणाम यही हो। यदि तँसँग संवेदनशील विवेक छ र तैँले धेरै सत्यता बुझेको छस्, र परमेश्वरले तँलाई अनुशासनमा नराख्नुभए पनि, ताडना नदिनुभए पनि, वा तँलाई निर्देशन नदिनुभए पनि, तैँले अझै पनि समस्यालाई महसुस गर्न सक्छस्, र तेरो विवेकमा अझै चेतना हुन्छ, र तँलाई धिक्कार र हप्काइको महसुस हुन्छ भने, त्यो अझै राम्रो कुरा हो, र परमेश्वरको अनुशासनको आवश्यकता पर्दैन। यदि परमेश्वरले तँलाई अनुशासनमा नराख्नुभए पनि, तेरो विवेक अत्यन्तै संवेदनशील हुन्छ र तँलाई हप्काइएको महसुस हुन्छ, र तँलाई पछुतो हुन्छ, व्याकुलता हुन्छ, परमेश्वरप्रति ऋणी महसुस हुन्छ, र तैँले उहाँलाई अन्याय गरेको छस्, निराश तुल्याएको छस्, र उहाँलाई असन्तुष्ट तुल्याएको छस् भन्ने महसुस गर्छस्, र तैँले सक्रिय रूपमा सत्यता सिद्धान्तहरू खोजी गर्न र उहाँका मापदण्डहरू अनुसार काम गर्न सक्छस्। सामान्य मानवताको विवेकले मानिसहरूमा पार्ने प्रभाव यही हो, र यसले मानिसहरूमा पार्नुपर्ने प्रभाव पनि यही हो। त्यसकारण, व्यक्ति परमेश्वरको भेडा हो कि होइन, र उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा ऊसँग सामान्य मानवता र विवेक छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यो निर्णायक र महत्त्वपूर्ण कुरा हो। यदि तैँले धेरै सत्यता बुझेको छु भनेर भन्छस् भने, जब तँ आफै विद्रोही हुन्छस्, वा तैँले दुष्ट मानिसहरूले दुष्कर्म गरेको देख्छस्, तब के तैँले बुझेका सत्यताहरू लागू हुन्छन्? के तिनले तँलाई सुपरिवेक्षण गर्ने, अन्तर्दृष्टि दिने, र तेरो विवेकलाई हप्काइएको महसुस गराउने र परिवर्तन गर्ने प्रभाव पार्छन्? यदि तँसँग विवेकको कुनै चेतना छैन भने, तँमा विवेक र सामान्य मानवताको कमी हुन्छ, र तैँले सत्यता होइन तर धर्मसिद्धान्तलाई बुझेको हुन्छस्। यदि तैँले धर्मसिद्धान्त मात्रै बुझेको छस् भने, तैँले सत्यतालाई अभ्यास गर्न सक्दैनस्, र तँ मुक्ति पाउनेहरूमध्ये एउटा होइनस्। तिमीहरूले यो कुरा बुझ्यौ, होइन र? (हो।) त्यसकारण, परमेश्वरको काममा, जब परमेश्वरले काम गर्नुहुने केही सबैभन्दा आधारभूत तरिकाहरूका कुरा आउँछ, तब मानिसहरूले तिनलाई आफ्नै धारणा र कल्पनाहरूका आधारमा सीमित गर्नु हुँदैन। तँलाई परमेश्वरले अनुशासनमा राख्नुभएको, ताडना दिनुभएको, र दण्ड दिनुभएको भए पनि, वा तँलाई कहिल्यै अनुशासनमा नराख्नुभएको, ताडना, वा दण्ड नदिनुभएको भए पनि, यो तैँले कति वटा सत्यता सिद्धान्तहरू बुझेको छस् भन्ने कुराको सङ्केत होइन, न त यसले तँ परमेश्वरले चुन्नुभएको व्यक्ति होस् भन्ने कुरालाई नै जनाउँछ। सायद तैँले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको छ होला र तँलाई अनगिन्ती पटक अनुशासनमा राखिएको र ताडना दिइएको छ होला, तर तैँले कहिल्यै पनि सत्यता सिद्धान्तहरू अनुसार काम गरेको छैनस्—त्यस्तो अवस्थामा, जब तैँले अन्तमा मुक्ति पाउँदैनस्, तब यो सबै तेरो आफ्नै गल्ती हुनेछ र त्यो तैँले पाउनुपर्ने कुरा नै हुनेछ। परमेश्वरमाथिको तेरो विश्वासमा तँलाई बिरलै अनुशासनमा राखिएको र दण्डित गरिएको हुन सक्छ, तर तेरो विवेकको कारण, तँलाई प्रायजसो हप्काइ र धिक्कारको महसुस हुन्छ, र जब तैँले अपराध गर्छस् तब तँलाई पछुतो हुन्छ र आफूलाई परिवर्तन गर्छस्, र तैँले सत्यता सिद्धान्तहरू खोजी गर्न, सत्यताको अभ्यास गर्न, र सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छस्—यस अवस्थामा, तँ मुक्ति पाउनुहुनेहरूमध्ये एक हुन्छस्। बुझ्यौ? (बुझ्यौँ।) मैले दुई वटा परिस्थितिहरूको बारेमा उल्लेख गरेँ। ती निश्चित रूपमा के हुन्? (एउटा परिस्थिति मानिसहरूलाई धेरै अनुशासनमा राखिएको र दण्ड दिइएको हुन्छ, तर अन्त्यमा तिनीहरूले अझै पनि सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्दैनन् र तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन्, त्यसकारण तिनीहरूले मुक्ति पाउँदैनन्, र यो सबै तिनीहरूको आफ्नै गल्ती हो। अर्को परिस्थिति के हो भने कतिपय मानिसहरूले परमेश्वरले धेरै अनुशासन वा सजाय नदिई आफूलाई काबुमा राख्नका लागि आफ्नो विवेक प्रयोग गर्न सक्छन्, र जब तिनीहरूले सिद्धान्तहरू उल्लङ्घन गर्छन् वा विद्रोहीपन प्रकट गर्छन् तब तिनीहरूलाई आफ्नो विवेकले हप्काएको महसुस हुन्छ, र तिनीहरूले सक्रिय रूपमा सत्यताको खोजी गर्न र सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन्, र कम्तीमा पनि, तिनीहरूले केही सकारात्मक कुराहरू गर्न सक्छन्, त्यसकारण तिनीहरू मुक्ति पाउने मानिसहरूमध्येका हुन्। परमेश्वरले भर्खरै यी दुई वटा परिस्थितिहरूका बारेमा कुरा गर्नुभयो।) तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा यी दुई प्रकारका मानिसहरूलाई मूल्याङ्कन गर्ने मापदण्ड हो। कतिपय मानिसहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्दैनन्, र तिनीहरूले जति धेरै धर्मसिद्धान्त बुझे पनि वा तिनीहरूलाई जति धेरै अनुशासनमा राखिए पनि र दण्ड दिइएको भए पनि, तिनीहरू मुक्तिका निसानाहरू हुँदैनन्। जबकि, अरू मानिसहरूलाई परमेश्वरले बिरलै अनुशासनमा राख्नुहुन्छ र दण्ड दिनुहुन्छ वा उहाँले तिनीहरूलाई बिरलै ताडना दिनुहुन्छ र हप्काउनुहुन्छ, तर तिनीहरूले बारम्बार आफ्नो बारेमा मनन गर्न सक्छन्, र जब तिनीहरूले सिद्धान्तहरू उल्लङ्घन गरेर काम गर्छन् वा विद्रोहीपन प्रकट गर्छन्, तब तिनीहरूले आफ्नो विवेकले हप्काएको र धिक्कारेको महसुस गर्न सक्छन्, र पछि तिनीहरूलाई पछुतो हुन्छ र तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार सक्रिय रूपमा अभ्यास गर्न सक्छन्। परमेश्वरले तिनीहरूलाई बिरलै अनुशासनमा राख्नु वा ताडना दिनुहुने भए पनि, यस्ता मानिसहरू अझै पनि मुक्तिका निसानाहरू हुन्। मैले यहाँ उल्लेख गरेको अनुशासन र सजायसँग परमेश्वरका वचनहरूको न्याय र सजायसँग कुनै सम्बन्ध छैन, तर ती मानिसहरूले आफ्नै धारणा र कल्पनाहरूका आधारमा अनुशासन र सजायको रूपमा लिने कुराहरू मात्रै हुन्। मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले के विश्वास गर्छन् भने यदि तिनीहरूलाई बारम्बार अनुशासनमा राखियो र दण्ड दिइयो छ भने, यसको अर्थ तिनीहरूसँग अनुभवको गवाही छ, र तिनीहरू आत्मिक मानिसहरू हुन् भन्ने हुन्छ। मानिसहरूले प्रायजसो अनुशासन र दण्डलाई पवित्र आत्माको कामसँग जोड्छन्, र ती पवित्र आत्माको मूलसँग जोडिएका हुन्छन् भन्ने विश्वास गर्छन्। कतिपय मानिसहरूले प्रायजसो यसो भन्छन्, “मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरिनँ, र मलाई फेरि काट-छाँट गरियो। अहिले मेरो मुखमा घाउ आएको छ र म बिरामी परेको छु—यो परमेश्वरले मलाई अनुशासनमा राख्नुभएको हो।” धेरै मानिसहरूले प्रायजसो यी अनुभवहरूका बारेमा सङ्गति गर्छन्, तर समस्याहरू आइपर्दा तैँले तिनीहरूको प्रकटीकरण के-के हुन् भनेर हेर्नुपर्छ—तिनीहरूले कुनै गलत काम गर्दा तिनीहरूलाई विवेकले हप्काएको महसुस हुन्छ कि हुँदैन, र दुष्ट मानिसहरूले दुष्कर्म गरिरहेका देख्दा वा दुष्ट कुराहरूको सामना गर्दा तिनीहरूले खडा भएर सत्यता सिद्धान्तहरू पालना गर्न र परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्नुपर्छ। होइन भने, यी मानिसहरूसँग कुनै विवेक हुँदैन र तिनीहरू मानव होइनन्! तिनीहरूले राम्रा सुनिने शब्दहरू बोल्छन्, र आफूसँग भएका धेरै अनुभवात्मक गवाहीहरूका बारेमा अत्यन्तै पूर्ण रूपमा बोल्छन्—यस्तो हुन्छ मानौँ परमेश्वरले तिनीहरूलाई धेरै अनुग्रह देखाउनुभएको छ, र तिनीहरूमा धेरै काम गर्नुभएको छ र तिनीहरूसँग धेरै वचनहरू बोल्नुभएको छ, र यसले तिनीहरूले पहिले नै मुक्ति प्राप्त गरिसकेका छन् भन्ने कुरालाई सङ्केत गरेको जस्तो देखिन्छ। तैपनि, आफ्नो दैनिक जीवनमा, जब तिनीहरूले सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरूको सामना गर्छन्, तब तिनीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरू पालना गर्दैनन्, र तिनीहरू सधैँ आफ्नो खोलमा लुक्ने कछुवा जस्तै पछि हट्छन् र समस्याबाट तर्कन्छन्। अनि तिनीहरूलाई बोल्न र आफ्नो दृष्टिकोण र अडान व्यक्त गर्न लगाइँदा हरेक पटक, तिनीहरू यसबाट अलग बस्छन्, नजानेको नाटक गर्छन्, र चुप बस्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरू पटक्कै पालना गर्दैनन्, न त तिनीहरूले सत्यताको अभ्यास नै गर्छन्। तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू ढोङ्गीहरू हुन्। जब तिनीहरूले अरूलाई मलजल गरिरहेका र सहयोग गरिरहेका हुन्छन्, तब तिनीहरूले अत्यन्तै व्यवस्थित र तार्किक तरिकाले आत्मिक सिद्धान्तहरूका बारेमा कुरा गर्छन्, र तिनीहरूले घण्टौँसम्म कुरा गर्छन्, जसले गर्दा कतिपय मानिसहरूले आँसु झार्छन्, तैपनि तिनीहरूले कहिल्यै पनि आफ्नो व्यवहारमा सत्यताको अभ्यास गर्दैनन्—यी मानिसहरू फरिसीहरू हुन्। तिनीहरूले जति धेरै झूटा आत्मिक अनुभव र झूटा आत्मिक धर्मसिद्धान्तहरूका बारेमा कुरा गरे पनि, वा जति धेरै खोक्रा शब्द र अतिशयोक्तिपूर्ण शब्दहरू बोले पनि, तिनीहरूको विवेकले तिनीहरूलाई हप्काउँदैन; अनि सही र गलतका कुनै पनि मुख्य समस्याहरू वा सिद्धान्तका मामलाहरूका हकमा, तिनीहरू सत्यताको पक्षमा खडा हुँदैनन् वा तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गर्दैनन्, र तिनीहरूको विवेकले तिनीहरूलाई पटक्कै हप्काउँदैन, तर पछि तिनीहरूले अझै पनि कसरी परमेश्वरको घरका हितहरूको रक्षा गर्ने गरेका छन् भनेर लाजमर्दो रूपमा घमण्ड गर्न सक्छन्, र तिनीहरूले अझै पनि धेरै राम्रा सुनिने धर्मसिद्धान्तहरू बोल्न सक्छन्—यो ढोङ्गीपन हो र विवेकको कमी हुनु हो। तिनीहरू सत्यताको अभ्यास गर्न धेरै पटक असफल हुन्छन्, तिनीहरूले सत्यतालाई धेरै पटक उल्लङ्घन गर्छन्, तिनीहरूले मानिसहरूलाई धेरै पटक छल गर्छन् र बहकाउँछन्, तैपनि तिनीहरूको विवेकले तिनीहरूलाई पटक्कै हप्काउँदैन, र तिनीहरूले अझै पनि निर्धक्क भएर आफूलाई प्रदर्शन गर्न सक्छन्—यो मानवता विहीन हुनु हो! तिनीहरूले यसरी जताततै घमण्ड गर्छन् र धाक देखाउँछन्, र तिनीहरूलाई लाज समेत लाग्दैन; तिनीहरूले सत्यताको अभ्यास गर्दैनन्, तैपनि तिनीहरूले अझै पनि तिनीहरू आत्मिक मानिसहरू हुन्, तिनीहरू परमेश्वरले मुक्ति दिनुभएका र सिद्ध तुल्याउनुभएका मानिसहरू हुन्, र अरू कसैले भन्दा बढी परमेश्वरलाई प्रेम गर्ने मानिसहरू हुन् भनेर घमण्ड गर्छन्—यो विवेकको चेतनाको कमी हुनु हो, र तिनीहरू मुक्ति पाएका मानिसहरू होइनन्। के मुक्ति पाएका मानिसहरूमा सामान्य मानवता र विवेकको चेतनाको कमी हुन सक्छ? कतिपय मानिसहरूलाई आफूलाई सत्यता त्यति मन पर्दैन भन्ने लाग्छ, र जब तिनीहरूले सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू, वा सही र गलतका मुख्य समस्याहरूको सामना गर्छन्, तब तिनीहरू अरूलाई खुशी पार्ने मानिसहरू बन्छन्, झारा टार्ने प्रयास गर्छन्, र तिनीहरूले कहिल्यै सत्यता सिद्धान्तहरू कहिल्यै पालना गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई हृदयमा धिक्कार महसुस हुन्छ र तिनीहरूले प्रायजसो परमेश्वरको अघि प्रार्थना गर्छन् र उहाँप्रति ऋणी भएको महसुस गर्छन्। तिनीहरू प्रायजसो कमजोर हुने भए पनि र तिनीहरूले यो पर्खाल तोड्न नसक्ने भए पनि, तिनीहरूले सत्यता वा न्यायको रक्षा गरेका छैनन्, र तिनीहरू परमेश्वरका लागि आफ्नो गवाहीमा दह्रिलो गरी खडा भएका छैनन्, र तिनीहरू अरूलाई खुशी पार्ने मानिसहरू मात्रै हुन् भन्ने तिनीहरूलाई हृदयमा थाहा हुन्छ, त्यसकारण तिनीहरूसँग कुनै गवाही छ भनेर भन्न तिनीहरूलाई साह्रै लाज लाग्छ। किनभने तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गरेका हुँदैनन् र तिनीहरूसँग कुनै साँचो अनुभवको गवाही हुँदैन, र तिनीहरू दरिद्र र अन्धो हुन्छन् र तिनीहरूले परमेश्वरका मापदण्डहरू पूरा गरेका हुँदैनन्; तिनीहरूलाई यो कुरा हृदयमा थाहा हुन्छ, र यसका लागि प्रायजसो तिनीहरूको विवेकलाई हप्काइको महसुस हुन्छ, र तिनीहरूलाई तिनीहरू परमेश्वरप्रति ऋणी छु भन्ने लाग्छ र तिनीहरू व्याकुल हुन्छन्। यी मानिसहरूले मुक्ति प्राप्त गर्ने आशा र उपाय अझै बाँकी हुन्छ। यसको विपरीत, बाहिरी रूपमा सत्यतालाई राम्ररी बुझेका, र मानिसहरूलाई मलजल गर्न, भरणपोषण गर्न, र सहयोग गर्न सक्ने जस्ता देखिने मानिसहरू पनि हुन्छन्, तर जब तिनीहरूले सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू, वा सही र गलतका मुख्य समस्याहरूको सामना गर्छन्, तब तिनीहरू कहिल्यै पनि परमेश्वरको पक्षमा खडा हुँदैनन् र तिनीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरू पालना गर्दैनन्, तैपनि तिनीहरूले आत्मिक मानिसहरू, परमेश्वरलाई प्रेम गर्ने मानिसहरू, र परमेश्वरप्रति बफादार रहेका मानिसहरू बनेको छु भने घमण्ड गर्छन्। यस्ता मानिसहरू ठूलो समस्यामा हुन्छन्। तिनीहरूले वास्तविकताको सामना गर्ने आँट गर्दैनन्, तिनीहरूले वास्तविक समस्याहरू समाधान गर्ने आँट गर्दैनन्, तिनीहरूले प्रमुख समस्याहरूका बारेमा आफ्नो अडान घोषणा गर्ने आँट गर्दैनन्, र तिनीहरूले खुलस्त र सीधा तरिकाले सत्यता सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, तर वास्तवमा, तिनीहरूले अझै पनि आत्मिक मानिसहरू हौँ भनेर लाजमर्दो रूपमा घमण्ड गर्छन्, र तिनीहरूले सबैभन्दा बढी परमेश्वरलाई प्रेम गर्छन् र परमेश्वरका अभिप्रायहरूलाई सबैभन्दा राम्ररी बुझ्न सक्छन् भनेर भन्छन्। यस्ता मानिसहरूमा विवेकको बारेमा कुनै चेतना हुँदैन। के विवेकको चेतना नभएको व्यक्तिले सत्यता सिद्धान्तहरू पालना गर्न सक्छ? के तिनीहरूले दुष्ट मानिसहरूलाई निराकरण गर्न आफ्नो अडान खुलस्त घोषणा गर्ने र परमेश्वरको पक्षमा खडा हुने आँट गर्छन्? यस्तो हुने कुनै उपाय छैन; त्यस्ता मानिसहरूलाई सत्यताको अभ्यास गर्न निकै गाह्रो हुन्छ।
यदि कुनै व्यक्तिमा सामान्य मानवताको विवेक छ भने, उसले आफ्ना विचार, बोलीवचन, र कार्यहरूलाई नियन्त्रण गर्नेछ। “नियन्त्रण गर्नु” को अर्थ के हो? यसको अर्थ के हो भने, जब तेरा विचार र व्यवहारहरू सामान्य मानवताको मापदण्डभन्दा बाहिर जान्छन्, तब तेरो विवेकले त्यस्तो सोच्नु गलत छ र त्यो काम गर्नु राम्रो होइन भनेर मूल्याङ्कन गर्नेछ, त्यसकारण तँलाई लाज लाग्नेछ र तँलाई असहजता र धिक्कारको महसुस हुनेछ। यी भावनाहरू महसुस गरेपछि, तेरा विचार र व्यवहारहरू निश्चित हदसम्म संयमित हुनेछन्, र निश्चित हदसम्मको यो संयमताले तेरो व्यवहारलाई नियन्त्रण गर्नेछ र सत्यता सिद्धान्तहरू स्पष्ट रूपमा उल्लङ्घन गर्ने, र तेरो विवेक र नैतिक इन्साफको विरुद्धमा जाने कुराहरू गर्नबाट तँ जोगिनेछस्। तर यदि तँसँग विवेकको मापदण्ड छैन भने, जब तैँले कामकुरा गर्छस्, तब तँसँग आफ्ना विचार र व्यवहारहरूलाई नियन्त्रण गर्ने र काबुमा राख्ने कुनै मापदण्ड हुनेछैन, त्यसकारण तँ उन्मत्त हुनेछस्, तैँले तेरो मनमा जे आउँछ, तँलाई जे मन लाग्छ, र आफ्नो लागि जे कुरा फाइदाजनक र लाभदायक छ त्यही गर्नेछस्। तँसँग कुनै संयमता नभएका यी परिस्थितिहरूमा, तेरा विचार र व्यवहारहरू निकै वृद्धि हुनेछन्। “निकै वृद्धि हुनु” को अर्थ के हो? तिनमा कुनै नियम हुँदैन। यो त गैर-विश्वासीहरूले मानिसहरूलाई धोका दिने अवस्था जस्तै हुनेछ—तिनीहरूमा विवेकको कमी हुन्छ, र तिनीहरूले तँलाई हजारौँ पैसा ठग्छन्, तिनीहरूलाई नराम्रो महसुस हुँदैन, र यदि तिनीहरूले तँलाई तेरो परिवार बरबाद हुने गरी ठगे भने पनि, तिनीहरूलाई नराम्रो लाग्नेछैन, र तैँले घुँडा टेकेर तिनीहरूलाई बिन्ती गरे पनि, तिनीहरूले तँलाई ध्यान दिनेछैनन्। तिनीहरू साँच्चै नै अत्यन्तै दुष्ट मानिसहरू हुन्। तिनीहरूले किन यस्तो दुष्कर्म गर्न सक्छन्? किनभने तिनीहरूसँग विवेकको बारेमा कुनै चेतना हुँदैन, वा विवेकले प्रदान गर्ने संयमता हुँदैन, त्यसकारण तिनीहरू अत्यन्तै दुष्ट हुन र घृणित पापी बन्न सक्छन्। त्यसकारण, सामान्य मानवताको विवेक हुनु महत्त्वपूर्ण हुन्छ। मानिसहरूमा विवेकको चेतना छ भने तिनीहरूले सुरुमा सत्यता सिद्धान्तहरू पालना गर्न सक्छन्। यस्तो विवेकको चेतना र लाजको बोध हुनुले नै तेरो व्यवहारलाई नियन्त्रण गर्न र तँलाई सत्यताको खोजी गर्ने र अभ्यासको मार्गमा हिँड्ने अवसर दिन्छ। यदि तँसँग आफूलाई नियन्त्रण गर्ने विवेकको चेतना छैन भने, तँसँग सत्यता पछ्याउने मार्गमा हिँड्ने अवसर हुनेछैन। त्यसकारण, विवेकको चेतना भएको आधारमा मात्रै मानिसहरूलाई सत्यताको अभ्यास गर्ने र सत्यता सिद्धान्तहरू पालना गर्ने मार्गमा डोर्याउने अवसर प्राप्त हुन्छ—तर त्यो अवस्थामा पनि, तिनीहरूसँग यो अवसर मात्रै हुन्छ। तिनीहरूसँग यो अवसर मात्रै हुन्छ भनेर म भन्छु, किनभने व्यक्तिका विचार र व्यवहारहरूलाई विवेकको चेतनाले नियन्त्रण गरे पनि, तिनीहरूले अझै पनि सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्न सक्छन् वा ती अनुसार काम नगर्न सक्छन्, बीचको बाटो अपनाउँछन्, अर्थात् तिनीहरूले सत्यता सिद्धान्तहरू पनि पालना नगर्ने तर दुष्ट मानिसहरूसँग मिलेर काम पनि नगर्ने गर्न सक्छन्। भन्नुको अर्थ, विवेकको प्रभावमा, निकै असल मानिसहरूले सत्यताको अभ्यास गर्न र सत्यता सिद्धान्तहरू पालना गर्न सक्छन्, जबकि अलिक खराब क्षमता भएका मानिसहरू कम्तीमा पनि दुष्ट मानिसहरूको नियन्त्रण वा जबरजस्तीमा पर्नबाट जोगिन सक्छन्, र दुष्कर्म गर्नमा तिनीहरूलाई पछ्याउनबाट जोगिन सक्छन्—यो विवेकको मापदण्डबाट आउने आधारभूत मापदण्डमा पुग्नु मात्रै हो। तैँले सत्यताको अभ्यास नगरे पनि, तैँले दुष्कर्म गरेको हुँदैनस्। यस्तो व्यक्तिलाई कम्तीमा पनि विवेक भएको व्यक्ति भनेर भन्न सकिन्छ, र उसले सत्यताको अभ्यास नगरे पनि, उसले अवश्य नै दुष्कर्म गर्नेछैन। मानिसहरूमा विवेकले पार्ने प्रभाव यही हो। सत्यतालाई प्रेम गर्नेहरूका हकमा, विवेकको सबैभन्दा फाइदाजनक प्रभावहरूमध्ये एउटा के हो भने यसले तिनीहरूको बोलीवचन र व्यवहारलाई नियन्त्रण गर्ने मौका हुन्छ, र तिनीहरूलाई सत्यताको अभ्यास गर्ने र सत्यता सिद्धान्तहरू पालना गर्ने मार्गमा डोर्याउन सक्छ। त्यसकारण, मानिसहरूका लागि, विवेक तिनीहरूको मानवताको अत्यन्तै महत्त्वपूर्ण भाग हो, र योविना तिनीहरू रहन सक्दैनन्। त्यसोभए “विवेक” को अर्थ के हो? हामी पछि अवसर पाएपछि यसको बारेमा विस्तृत रूपमा कुरा गर्नेछौं, तर आज यसको बारेमा छोटकरीमा केही कुरा बताऊँ। विवेकले व्यक्तिको दयालु हृदय र न्यायको बोधलाई जनाउँछ, जुन दुई वटा सबैभन्दा आधारभूत गुणहरू हुन्। यदि तँमा यी दुई वटा गुणहरू छन् भने, तँ विवेक भएको व्यक्ति होस्; यदि तँमा यी दुई वटा गुणहरूमध्ये कुनै पनि छैन भने, तँमा विवेकको कमी हुन्छ। विवेक नभएका मानिसहरूमा सामान्य मानवता हुँदैन, र सामान्य मानवता नहुनुको अर्थ तिनीहरूमा कुनै न्यायको बोध छैन र तिनीहरू दयालु हृदयका हुँदैनन् भन्ने हुन्छ। “न्यायको बोध नहुनु” को अर्थ के हो? यसको अर्थ कुटिल र दुष्ट हुनु हो। “दयालु हृदय नहुनु” को अर्थ के हो? यसको अर्थ दुर्भावनापूर्ण, आक्रमक, र दुष्ट हुनु हो। यी स्वभाव भएका मानिसहरू मानवता नभएका मानिसहरू हुन्, र परिणाम स्वरूप तिनीहरूले कुनै पनि प्रकारको दुष्ट काम गर्न सक्छन्, किनभने तिनीहरूसँग सामान्य मानवताको विवेक हुँदैन, न त तिनीहरूमा सामान्य मानवताको विवेकमा समावेश हुने न्याय र दयाको दुई वटा सार नै हुन्छ। तिनीहरू लाज विहीन, अत्यन्तै कुटिल हुन्छन्, र विशेष गरी आक्रमक र दुर्भावनापूर्ण हुन्छन्, त्यसकारण तिनीहरूले कुनै पनि किसिमको दुष्ट काम गर्न सक्छन्। अर्थात्, तिनीहरूले गर्ने कुराहरू जति नै दुष्ट र दुर्भावनापूर्ण भए पनि, तिनीहरूलाई केही पनि महसुस हुँदैन—तिनीहरूलाई नराम्रो महसुस हुँदैन, र तिनीहरूलाई हप्कीको महसुस हुँदैन। तिनीहरू किन कुनै पनि प्रकारको दुष्कर्म गर्न सक्ने हुन्छन्? किनभने तिनीहरू दयालु हृदयका हुँदैनन् र तिनीहरूमा मानवताको सारको कमी हुन्छ; तिनीहरूले जेसुकै दुष्कर्म गरे पनि, तिनीहरूले यसलाई उचित ठान्छन् र यसलाई दुष्टता ठान्दैनन्। उदाहरणका लागि, यदि तँ विवेकको चेतना भएको व्यक्ति होस् भने, जब तैँले अर्को व्यक्तिलाई श्राप दिने वा आक्रमण गर्ने कुरा बोल्छस्, तब तैँले यसलाई सहन सक्नेछैनस्। तैँले यस्तो सोच्नेछस्, “मैले तिनीहरूलाई श्राप दिनका लागि केही कुराहरू भनेको छु, र त्यो नै पर्याप्त छ। मानिसहरूलाई श्राप दिँदा तिनीहरूलाई निकै व्याकुलताको महसुस हुन्छ! कसैले मलाई यसरी श्राप दियो भने मलाई पनि व्याकुलताको महसुस हुन्छ, त्यसकारण अहिले मैले मेरो घृणालाई कम गर्न र केही रिस पोखाउनका लागि तिनीहरूलाई श्राप दिने केही कुराहरू बताइसकेको हुनाले, म यो कुरालाई यतिकै छोडिदिनेछु।” त्यसकारण तँ रोकिनेछस्। तर दुष्ट मानिसहरूले त्यस्तो सोच्दैनन्। तिनीहरूले सोच्छन्, “तँलाई श्राप दिनु भनेको तँलाई हल्का रूपमा छोड्नु हो। म तँलाई कुटपिट गर्नेछु, तेरो परिवारलाई बरबाद गर्नेछु, र तेरा सन्तानहरूलाई कष्ट दिनेछु! मैले तँलाई जे-जस्ता दुष्ट वा खराब कुराहरू गरे पनि ती सही हुन्छन्। तैँले आफूले पाउनुपर्ने सजाय पाउँछस् र मैले आफ्नो घृणालाई पोखाउन पाउँछु भने, म जेसुकै गर्न तयार छु!” तिनीहरूले तँलाई श्राप समेत दिँदैनन् होला, तर सीधै तँलाई दुष्ट कुराहरू गर्छन् र तँसँग बदला लिन्छन् होला—दुष्ट हुनु भनेको यही हो। विवेकको चेतनाविनाका मानिसहरू यस्तै हुन्छन्—तिनीहरूले सबै किसिमका दुष्कर्म गर्न सक्छन्।
परमेश्वरको कामको बारेमा मानिसहरूमा रहेका विभिन्न धारणा र कल्पनाहरूमध्ये, मानिसहरूलाई थाहा हुने कुराहरू मुख्य रूपमा तिनीहरूले प्रायजसो बताउने धारणाहरू हुन्, जुन अनुशासन, ताडना, र दण्डसँग सम्बन्धित हुन्छन्। एक हिसाबमा, हामीले परमेश्वरको कामको क्रममा मानिसहरूमा पैदा हुने धारणा र कल्पनाहरूका बारेमा सङ्गति गरेका छौं; अर्को हिसाबमा, परमेश्वरले मानिसहरूमा धेरै र विभिन्न तरिकाले काम गर्नुहुन्छ भन्ने कुरा पनि मानिसहरूले जान्नुपर्छ। उहाँले काम गर्नुहुने फरक-फरक युगहरू, र उहाँले मानिसहरूलाई दिनुहुने फरक-फरक मापदण्डहरूका आधारमा, र अवश्य नै उहाँले आफ्नो कामद्वारा मानिसहरूमा हासिल गर्न चाहनुहुने फरक-फरक परिणामहरूका आधारमा, र उहाँको कामका फरक-फरक उद्देश्यहरू र मानिसहरूको फरक-फरक प्रकृति सारको आधारमा, परमेश्वरले फरक-फरक विधिहरू अपनाउनुहुन्छ र मानिसहरूमा धेरै र विविध तरिकाले काम गर्नुहुन्छ। अनुशासन, ताडना, र दण्ड उहाँको कामको एउटा सानो भाग मात्रै हो, र उहाँले आफ्नो काममा प्रयोग गर्नुहुने मुख्य विधिहरू ती होइनन्। किनभने परमेश्वरले मानिसहरूलाई भरणपोषण गर्न र तिनीहरूलाई मुक्ति दिने परिणाम हासिल गर्नका लागि आफ्नो कामको तेस्रो चरणमा धेरै सत्यता व्यक्त गर्नुभएको छ, उहाँले मानिसहरूलाई दिनुहुने अनुशासन, ताडना, र दण्डको कामको मात्रा अत्यन्तै सानो छ। यसको साथै, परमेश्वरले आफ्नो कामका फरक-फरक उद्देश्यहरूका आधारमा पनि सम्बन्धित सिद्धान्तहरू अनुसार यी कुराहरू गर्नुहुन्छ, र उद्देश्यहरू र विभिन्न परिस्थितिहरूका आधारमा उहाँका कार्यहरू फरक-फरक हुन्छन्। त्यसकारण, तुलनात्मक रूपमा भन्दा, उहाँले मानिसहरूलाई बिरलै अनुशासनमा राख्नुहुन्छ, ताडना दिनुहुन्छ, वा दण्ड दिनुहुन्छ। त्यसकारण, मानिसहरूले परमेश्वरको कामको बारेमा रहेका आफ्ना पहिलेका धारणा र कल्पनाहरूलाई पक्रिराख्न छोड्नुपर्छ, र परमेश्वरले धेरै वचनहरू र धेरै सत्यताहरू व्यक्त गर्नुभएको हुनाले, तिनीहरूले परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुहुन्छ, ताडना दिनुहुन्छ, वा दण्ड दिनुहुन्छ भनेर भरोसा गरिरहनु हुँदैन, र तिनीहरूलाई सत्यताको अभ्यास गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न लगाउनुहुन्छ भनेर तिनीहरूले निष्क्रिय रूपमा पर्खिरहनु हुँदैन—मानिसहरूमा यस्तो विचार हुनु हुँदैन। मानिसहरूमा हुनुपर्ने सही विचार के हो भने तिनीहरूलाई परमेश्वरका अभिप्रायहरू बुझ्न वा उहाँको अघि आउन लगाउनका लागि परमेश्वरको अनुशासन, ताडना, वा दण्डमा निष्क्रिय रूपमा तिनीहरू निर्भर भइरहनु हुँदैन, बरु तिनीहरू परमेश्वरका अभिप्रायहरू र सत्यता सिद्धान्तहरू खोजी गर्न परमेश्वरको अघि आउनमा अझै सकारात्मक र सक्रिय हुनुपर्छ। जुनसुकै बेला भए पनि, परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू तैँले अघि बढ्नुपर्ने दिशा हुन्, र ती तैँले आफ्नो दैनिक जीवनमा वा आफ्नो अस्तित्वको मार्गमा सबैभन्दा बढी पालना गर्नुपर्ने र अभ्यास गर्नुपर्ने सिद्धान्त र मार्गहरू हुन्, जबकि परमेश्वरले अनुशासनमा राख्नु, ताडना दिनु, वा दण्ड दिनु भनेको उहाँले निश्चित विशेष परिस्थितिहरूमा र उहाँले आवश्यक ठान्नुहुने परिस्थितिहरूमा प्रदर्शन गर्नुहुने कामका तरिकाहरू मात्रै हुन्। मानिसहरूका हकमा भन्दा, तिनीहरूले यस्तो घटना घटोस् भनेर निष्क्रिय रूपमा प्रतीक्षा गर्नु हुँदैन वा यस्तो सोच्दै निष्क्रिय रूपमा अनुरोध गर्नु हुँदैन, “मैले सत्यतालाई प्रेम गर्न सकूँ र म सत्यता सिद्धान्तहरूमा प्रवेश गर्न सकूँ भनेर परमेश्वरले मलाई अनुशासनमा राख्नुपर्छ, ताडना दिनुपर्छ, र दण्ड दिनुपर्छ।” यो भ्रमपूर्ण विचार हो, र यो विचार मानिसहरूमा हुनु हुँदैन। कतिपय मानिसहरूले विवेक नभएका मानिसहरू पशुहरू हुन् र तिनीहरूले मुक्ति पाउन सक्दैनन् भन्ने सुन्छन्, त्यसकारण तिनीहरू चिन्तित हुन्छन् र सोच्छन्, “यदि मैले मुक्ति पाउन सकिनँ भने त्यो निकै समस्याग्रस्त हुनेछ। मसँग सामान्य मानवताको विवेकको चेतना नभएको हुनाले, म सामान्य मानवताको विवेकको सट्टामा परमेश्वरले नै मलाई अनुशासनमा राख्नुभएको होस् र दण्ड दिनुभएको होस् भन्ने चाहन्छु।” के यो राम्रो विचार हो? सृजित प्राणीको रूपमा, र भ्रष्ट मानवजातिको साधारण सदस्यको रूपमा, यदि तँलाई साँच्चै नै तँमा सामान्य मानवता छैन र तँमा सामान्य मानवताको विवेक छैन भन्ने लाग्छ भने, तँलाई यसको पीडा गहन रूपमा महसुस हुन्छ, र परमेश्वरको अनुशासन, ताडना, र दण्डले तँलाई नत्यागोस्, र त्यसले तँलाई रूपान्तरण गर्न र अन्तिममा बाँच्न सहयोग गर्नेछ भन्ने तँलाई आशा हुन्छ भने—यदि तँमा साँच्चै नै यस्तो सङ्कल्प छ भने, त्यो राम्रो कुरा हुन सक्छ, र यो तेरो अस्तित्वको आशाको किरण हो। तर यदि तँसँग त्यस्तो सङ्कल्प छैन भने, म तँलाई भन्छु: यदि तँसँग सामान्य मानवताको विवेकको चेतना छैन भने तँ ठूलो खतरामा हुन्छस्। यदि तँ कहिलेकहीँ परमेश्वरको अनुशासन, ताडना, र दण्ड प्राप्त गर्ने अवस्थामा पुगेको छस् भने पनि, त्यो उहाँले तँलाई दिनुभएको कुरा हो। परमेश्वरले तँलाई प्रोत्साहन दिन र चेतावनी दिनका लागि यी कुराहरू गर्नुहुन्छ र यी विधिहरू प्रयोग गर्नुहुन्छ, ताकि तेरो दुष्कर्म घटोस् र तैँले पाउने दण्ड कम होस्। परमेश्वरले तेरो अभिमानलाई पर्याप्त रूपमा बचाउनुभएको छ; तँलाई के फाइदाजनक छ भन्ने थाहा नहुनुको सट्टा, तँलाई यो अनुग्रह देखाएर एउटा छूट दिनुभएकोमा तँ परमेश्वरप्रति कृतज्ञ हुनुपर्छ। सामान्य परिस्थितिहरूमा, परमेश्वरले मानवताको विवेक र समझ नभएको व्यक्तिमा कुनै काम गर्नुहुन्न वा कुनै पनि तरिका प्रयोग गर्नुहुन्न। यदि तैँले परमेश्वरबाट अनुशासन, ताडना, वा दण्ड प्राप्त गरेको छस् भने, यो जेसुकै भए पनि, यो हल्का भए पनि वा अलिक गम्भीर भए पनि, तँ यो सबैका लागि परमेश्वरप्रति कृतज्ञ हुनुपर्छ। मानिसका बोलीवचनको भाषामा भन्दा, यो त परमेश्वरले तँलाई केही आधारभूत आदर दिनु र तँलाई उत्थान गर्नु हो। परमेश्वरले अवश्य नै तँलाई शत्रुताको नजरले हेर्नुहुन्न वा दोष दिनुहुन्न, त्यसकारण तैँले यसलाई परमेश्वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ। यदि तँसँग साँच्चै नै सत्यताको बन्दोबस्तभन्दा बाहिर परमेश्वरको अनुशासन, ताडना, वा दण्ड प्राप्त गर्ने मौका पाइस् भने, यसले के प्रमाणित गर्छ भने परमेश्वरले अझै पनि तँलाई सृजित प्राणी र भ्रष्ट मानवजातिको सदस्यको रूपमा व्यवहार गर्नुहुन्छ। तैँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ, यसलाई सही रूपमा बुझ्नुपर्छ, र तँ परमेश्वरको अनुशासन, ताडना, वा दण्डमा समर्पित हुनुपर्छ। यसको कारण तैँले परमेश्वरप्रति शत्रुतापूर्ण मनोवृत्ति राख्नु हुँदैन, न त तैँले यसको कारण परमेश्वरको विरुद्धमा अझै बढी विद्रोह गर्न मिल्छ। तैँले जस्तोसुकै अनुशासन पाए पनि, वा तैँले जति नै गम्भीर दण्ड पाए पनि, तँ परमेश्वरमा समर्पित हुनुपर्छ र तँलाई अगुवाइ गर्नुभएकोमा र चेतावनी दिनुभएकोमा, र तँलाई यो मौका दिनुभएकोमा, र तँलाई परमेश्वरबाट यो सबै प्राप्त गर्ने मौका दिनुभएकोमा उहाँलाई धन्यवाद दिँदै कुनै ढिलाई नगरी तुरुन्तै उहाँलाई धन्यवाद दिनुपर्छ। यसले के पनि प्रमाणित गर्छ भने तँसँग अझै पनि परमेश्वरसँगको सम्बन्ध छ र यो बन्धन पूर्ण रूपमा तोडिएको छैन। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्वरको काममा, र उहाँले मानिसहरूलाई मुक्ति दिने प्रक्रियामा, परमेश्वरले अझै पनि तँलाई आफ्नो हृदयमा राख्नुहुन्छ; कम्तीमा पनि, परमेश्वरले तँलाई अझै पनि हेर्नुहुन्छ—जब उहाँले तेरो विद्रोहीपन र भ्रष्टता देख्नुहुन्छ, तब पनि उहाँ अझै तँलाई अनुशासित गर्न, ताडना दिन, र दण्ड दिन इच्छुक हुनुहुन्छ। यसले उहाँले तँलाई पूर्ण रूपमा त्यागेको छैन भन्ने कुरालाई प्रमाणित गर्छ; तेरो लागि, यो सौभाग्यको कुरा हो, र यो राम्रो खबर पनि हो। त्यसकारण, यदि तँलाई अलिकति नै पीडादायी अनुशासन वा ताडना दिइयो भने पनि, तँ ढिलाई नगरी परमेश्वरको अघि आउनुपर्छ। परमेश्वरको अघि आउनुको उद्देश्य भनेको तँ उहाँको अघि झुक्नु होइन, न त तँलाई परमेश्वर भयभीत लाग्दो वा डरलाग्दो हुनुहुन्छ भन्ने महसुस गराउनु नै हो। बरु, तैँले परमेश्वरलाई खुशी पार्न के गर्नुपर्छ, परमेश्वरलाई अबदेखि तँसँग रिसाउन नदिनका लागि तैँले के गर्नुपर्छ, र उहाँको रिस हटाउनका लागि के गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। कम्तीमा पनि, तैँले परमेश्वरले तँलाई बताउनुभएका सत्यता सिद्धान्तहरू अभ्यास गर्नका लागि आफ्नो क्षमताले हासिल गर्न सक्ने हदभित्र रहेर आफूले सक्दो गर्नुपर्छ, र तैँले फेरि परमेश्वरलाई तँसँग रिसाउन दिनु हुँदैन। यदि परमेश्वर बारम्बार तँसँग रिसाउनुभयो, र तँ अत्यन्तै अबुझ भइरहिस्, र तैँले अझै पनि कठोर व्यवहार गर्छस् र हठी भएर परमेश्वरलाई अन्त्यसम्मै शत्रुताको नजरले हेर्छस् र उहाँको विरुद्धमा लडाइँ गर्छस् भने, अन्त्यमा तैँले अवश्य नै परमेश्वरले तँलाई त्याग्नुहुने अवस्थाको सामना गर्नेछस्। परमेश्वरले तँलाई अनुशासनमा राख्न, ताडना दिन, वा दण्ड दिन छोड्नुभएको समय, परमेश्वरले तँलाई त्याग्नुभएको समय हो। अनि परमेश्वरले तँलाई त्याग्नुभएपछि, उहाँले तँलाई प्रोत्साहित गर्न छोडनुहुनेछ, र उहाँले तँलाई आफ्नो नजरबाट हटाउनुहुनेछ, मण्डलीभन्दा बाहिरको ठाउँमा, उहाँको कामको केन्द्रबाट टाढा रहेको ठाउँमा लैजानुहुनेछ; कम्तीमा पनि, उहाँले आफ्नो कामको अवधिमा तँलाई देख्न नसकिने गरी यसो गर्नुहुनेछ—परमेश्वरले तँलाई अबदेखि हेर्न चाहनुहुन्न। यदि तैँले यति हदसम्म दुष्कर्म गरिस् र तँ यो विन्दुमा पुगिस् भने, तैँले मुक्ति पाउने कुनै आशा हुँदैन। बुझ्यौ? (बुझ्यौँ।)
आजको सङ्गति आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको व्यक्तिको शत्रुतालाई त्याग्ने विषयमा रहेको छ। चाहे यो परमेश्वरको बारेमा रहेका मानिसहरूका धारणा र कल्पनाहरूलाई खुलासा गर्नु होस्, वा परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई खुलासा गर्नु होस्, वा परमेश्वरले मानिसहरूमा आफ्नो काम कसरी र कुन-कुन तरिकाले गर्नुहुन्छ भन्ने बारेमा सङ्गति गर्नु होस्, जे भए पनि, यो सबैले अन्तमा मानिसहरूलाई के भन्छ भने: परमेश्वरको कामप्रति तिनीहरूले लिनुपर्ने सबैभन्दा सही दृष्टिकोण भनेको परमेश्वरबाट टाढा जानुको सट्टा परमेश्वरको न्याय र सजायलाई स्वीकार गर्नु र त्यसमा समर्पित हुनु, र परमेश्वरका वचनहरू र उहाँले तिनीहरूलाई प्रदान गर्नुहुने हरेक सत्यता सिद्धान्तलाई स्वीकार गर्नु हो। जब तिनीहरूले कुनै पनि कुरा गर्छन्, तब तिनीहरूले आफ्नो बाहिरी व्यवहारमा मेहनत गर्नुको सट्टा, वा बाहिरी रूपमा कठिनाइ भोग्नु र मूल्य चुकाउनुको सट्टा, र अवश्य नै आफ्ना धारणा र कल्पनाहरूमा फस्नु र तिनको बारेमा ठूलो झमेला लिनुको सट्टा सत्यता सिद्धान्तहरू खोज्नुपर्छ र ती अनुसार अभ्यास गर्नुपर्छ, र सत्यता वास्तविकतामा प्रवेशको खोजी गर्नुपर्छ। यति भनिसकेपछि, परमेश्वरको बारेमा रहेका तेरा धारणा र कल्पनाहरू जेसुकै भए पनि, परमेश्वरको कामले हासिल गर्ने अभिप्राय राखेको कुरा भनेको मानिसहरूमा उहाँका वचनहरू र सत्यतालाई काम गर्न दिनु, र तिनीहरूलाई आफ्नो दैनिक जीवनमा र अस्तित्वको मार्गमा तिनीहरूले सामना गर्ने सबै कुरामा यी सत्यता सिद्धान्तहरू पालना गर्न र त्यसलाई कायम राख्न सहयोग गर्नु हो—परमेश्वरको कामले पूरा गर्ने अभिप्राय राखेको परिणाम यही हो। परमेश्वरको कामले हासिल गर्ने अन्तिम परिणाम के हो भने उहाँले यी सबै कुरा मानिसहरूका धारणा र कल्पनाहरू अनुसार हासिल गर्नुको सट्टा सत्यता नै मानिसहरूको वास्तविकता र जीवन बन्न पुग्छ। तिमीहरूले यो कुरा बुझ्यौ, होइन र? हामीले यी विषयहरूका बारेमा लगभग पर्याप्त रूपमा सङ्गति गरिसकेका छौं, होइन र? (हो।) त्यसोभए आजको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। बिदा!
जुलाई ८, २०२३