सत्यता कसरी पछ्याउने (२०)
आज हामी हाम्रो अघिल्लो विषयमाथिको सङ्गतिलाई जारी राख्नेछौँ। यसभन्दा पहिले, हामीले सबै प्रकारका मानिसको उत्पत्तिका बारेमा सङ्गति गरेका थियौँ, र हामीले तीन प्रकारका बारेमा छलफल गरेका थियौँ। के तिमीहरूलाई ती तीन प्रकार के-के हुन् भन्ने याद छ? (एउटा प्रकार पशुहरूबाट पुनर्जन्म भएको, एउटा दियाबलसहरूबाट पुनर्जन्म भएको, र अर्को मानवहरूबाट पुनर्जन्म भएको हो।) हामी हाम्रो छलफलमा कहाँ पुगेका थियौँ? (हामी मानवहरूबाट पुनर्जन्म भएका मानिसहरूमा सामान्य मानवता हुन्छ, र तिनीहरूको मानवताभित्र विवेक र समझ हुन्छ भन्नेबारे छलफल गर्ने बिन्दुमा पुगेका थियौँ। यसमा सही र गलत खुट्ट्याउनु, र ठिक के हो र बेठिक के हो भनी जान्नुका दुई वटा विशेषता समावेश हुन्छन्।) एउटा सही र गलत खुट्ट्याउनु हो, र अर्को ठिक के हो र बेठिक के हो भनी जान्नु हो; यी मानवहरूका विशेषताहरू हुन्। मानवहरूमा विवेक र समझ हुने भएकाले नै तिनीहरूमा मुख्यतया यी दुई विशेषता हुन्छन्; त्यसैले, विवेक र समझ भएकाहरू सही र गलत खुट्ट्याउन र ठिक के हो र बेठिक के हो भनी जान्न सक्षम हुन्छन्। हामीले यस पक्षका बारेमा केही विस्तृत सङ्गति पनि गरेका थियौँ। हामीले सही र गलत खुट्ट्याउन नसक्ने र ठिक के हो र बेठिक के हो भनी जान्न नसक्नेहरूका प्रकटीकरणहरूका बारेमा मुख्यतया सङ्गति गर्यौँ, यस क्रममा नकारात्मक पक्षमा तिनीहरूका केही प्रकटीकरण खुलासा गर्यौँ, र त्यसपछि, हामीले सकारात्मक कुराहरू के हुन् भनेर कुरा गर्यौँ, होइन र? (हो।) आज, मानवहरूबाट पुनर्जन्म हुने विषयको सङ्गतिलाई निरन्तरता दिऔँ। मानवहरूबाट पुनर्जन्म भएकाहरूले सही र गलत खुट्ट्याउन मात्र सक्ने होइन, तिनीहरू ठिक के हो र बेठिक के हो भन्ने पनि जान्दछन्। सही र गलत खुट्ट्याउनु भनेको मुख्यतया सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भन्ने जान्नु हो—अर्थात्, सही र गलत खुट्ट्याउन सक्ने व्यक्तिले सबै प्रकारका मानिस, घटना र कामकुराहरू खुट्ट्याउन सक्छ; तिनीहरूले आफूले पहिले कहिल्यै सामना नगरेका कुराहरूमा समेत तिनको सरल मूल्याङ्कन गर्न आफ्नो विवेक र समझ प्रयोग गर्नेछन्। यदि तिनीहरूले त्यस्ता कुराहरूको सामना गरे अनि आफ्नो विवेकमा असहज महसुस गरे वा यी कुराहरूलाई आफ्नो समझसँग मिलाउन सकेनन् भने, तिनीहरूले आधारभूत छनौट गर्नेछन्, र अवचेतन रूपमा त्यस्ता कुराहरूको ठिकपन वा बेठिकपन, वा सकारात्मक वा नकारात्मक प्रकृति बोध गर्नेछन्। भन्नुको अर्थ, साँचो मानवहरूले आफूले सामना गर्ने अपरिचित कुराहरूको मूल्याङ्कन गर्न, ती सकारात्मक कुराहरू हुन् कि नकारात्मक कुराहरू हुन्, र ती ठिक हुन् कि बेठिक हुन् भनी खुट्ट्याउन आफ्नो विवेक वा समझका आधारभूत भावनाहरू प्रयोग गर्नेछन्। तर, विवेक र समझ नभएका मानिसहरूलाई सही र गलत खुट्ट्याउन र ठिक र बेठिक के हो भनेर जान्न धेरै गाह्रो हुन्छ, चाहे त्यो अपरिचित कुरासँग सम्बन्धित होस् वा परिचित कुरासँग। विशेष गरी, समाजमा देखा पर्ने केही नयाँ कुरा सही छन् कि छैनन् भनेर जान्न तिनीहरू अझ कम सक्षम हुन्छन्। ती सकारात्मक हुन् कि नकारात्मक कुराहरू हुन् भनी तिनीहरू खुट्ट्याउन सक्दैनन्। यदि समाजमा कुनै सकारात्मक कुरा देखा पर्यो भने, तिनीहरूले त्यसलाई लिने तरिकामा, र त्यसको निन्दा र त्यो अस्वीकार गर्ने कार्यमा तिनीहरूले सांसारिक प्रवृत्तिहरू समेत पछ्याउनेछन्। मानवहरू र गैर-मानवहरूबीचको भिन्नता यही हो। हेर त, तिनीहरू मानवजस्तै देखिए पनि, कतिपयले कहिल्यै सत्यता सुनेका हुँदैनन् वा परमेश्वरका वचनहरूको प्रबन्ध प्राप्त गरेका हुँदैनन्, तैपनि तिनीहरू जुनसुकै वातावरणमा भए पनि, तिनीहरूका व्यवहारहरूको न्यूनतम सीमा हुन्छ—कम्तीमा, विवेकको न्यूनतम सीमा। तिनीहरूले विवेक वा नैतिकताको विरुद्धमा जाने कामहरू पटक्कै गर्नेछैनन्। किनभने तिनीहरू आफ्नो हृदयको गहिराइमा नकारात्मक कुराहरूदेखि विकर्षित हुन्छन्, र तिनीहरूमा मानवीय विवेक र समझ हुन्छ, त्यसैले तिनीहरूसँग आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने तरिकामा नैतिकताको आधारभूत न्यूनतम सीमा हुन्छ। तर गैर-मानवहरूका हकमा, तिनीहरूको वर्गीकरणका गुणहरूलाई हेर्दा, तिनीहरूमा विवेक र समझ हुँदैन। एकातिर, तिनीहरू सकारात्मक र नकारात्मक कुराहरूबीच खुट्ट्याउन सक्दैनन्। अर्कोतिर, तिनीहरू ती नकारात्मक कुराहरू वा स्पष्टतः गलत कुराहरूप्रति कुनै विकर्षण वा घृणा महसुस गर्दैनन्, न त तिनीहरूसँग तिनको प्रतिरोध गर्ने क्षमता नै हुन्छ; तिनीहरू नकारात्मक कुराहरूलाई प्रेम गर्न र दुष्ट प्रवृत्तिहरू पछ्याउन समेत सक्षम हुन्छन्। अझ खेदजनक कुरा त के हो भने, परमेश्वरमा विश्वास गर्छु र परमेश्वरलाई पछ्याउँछु भनी दाबी गर्ने कतिपय मानिस अझै पनि दुष्ट प्रवृत्तिहरू पछ्याउन सक्छन् र गैरविश्वासीहरूले जस्तै ती दुष्ट कामहरू गर्न सक्छन्, र तिनीहरू अलिकति पनि लाजको भावनाविना त्यसो गर्न सक्छन्, आफ्नो विवेकबाट कुनै हप्की समेत महसुस गर्दैनन्।
आजभोलि, धेरै मानिस आफ्नो फोनले सेल्फी खिच्छन्। सामान्य मानवता भएका मानिसहरू कस्ता तस्विरहरू खिच्छन्? तिनीहरू अर्थपूर्ण र सम्झन लायक तस्विरहरू खिच्छन्, जसको उद्देश्य केही सुन्दर सम्झना छोड्नु हो। तिनीहरूले आफ्नै तस्विरहरू खिचे पनि, तिनीहरू परिष्कृत, उपयुक्त, मर्यादित, र सीधा देखिने तस्विरहरू खिच्छन्। यस सन्दर्भमा तिनीहरूका व्यवहारहरू सबै सामान्य मानवताको विवेक र समझको दायराभित्र हुन्छन्। तर विवेक र समझ नभएकाहरू फरक हुन्छन्; तिनीहरू पनि सेल्फी त खिच्छन्, तर तिनीहरूका सेल्फीहरू समस्याग्रस्त हुन्छन्। कतिपय स्त्रीहरू कस्ता तस्विरहरू खिच्छन्? तिनीहरू मर्यादित, भलाद्मी, र उपयुक्त तस्विरहरू खिच्दैनन्। इन्टरनेटमा गैरविश्वासी स्त्रीहरूले केही उत्तेजक तस्विर, कामोत्तेजक तस्विर, वा विशेष गरी अनौठा तस्विर खिचेको देख्दा तिनीहरू उनीहरूको नक्कल गर्छन्, र पुरुषहरूलाई र्याल चुहाउन लगाउने र कामुक विचारहरू राख्न लगाउने केही तस्विर पनि खिच्छन्—अर्थात्, उनीहरू विशेष गरी आफू वेश्या, छाडा स्त्री जस्तो देखिने तस्विरहरू, वा कामोत्तेजक तस्विरहरू खिच्छन्। कतिपय स्त्रीलाई गाढा मेकअप गर्न, आफ्नो अनुहार धेरै सेतो र ओठ धेरै रातो बनाउन, अनि अन्त्यमा विचित्र देखिने गरी आँखाको मेकअप गर्न मन पर्छ; तिनीहरू जानाजानी क्यामेराको अगाडि आकर्षक, मोहक तरिका अपनाउँछन्, र तिनीहरूको आँखाको हेराइ मनमोहक र अश्लील हुन्छ, जसले गर्दा पुरुषहरूले यो सब देख्दा कामुक विचारहरू राख्छन्। कतिपय स्त्री यस्ता पनि हुन्छन्, जो आफ्नो लामो कपाल आफ्नो अनुहारमा छर्छन्, आफ्नो अनुहार अलिकति माथि ढल्काउँछन् र आफ्नो कपालको बीचको खाली ठाउँबाट आकर्षक, अश्लील हेराइ देखाउँछन्। छोटकरीमा, यस्ता स्त्रीहरू आफूलाई आकर्षक र कामुक लाग्ने जुनसुकै भाव र हाउभाउ प्रयोग गरेर तस्विरहरू खिच्छन्। ती खिचिसकेपछि, यी स्त्रीहरूलाई विशेष गरी आत्ममुग्ध पनि महसुस हुन्छ, र तिनीहरू समय-समयमा आफ्नै उत्तेजक तस्विरहरूको प्रशंसा गर्छन्। अझ, तिनीहरू आफ्नो सबैभन्दा बहुमूल्य र मनपर्ने सेल्फीहरूलाई आफ्नो कम्प्युटर वा फोनको वालपेपरका रूपमा राख्छन्, र यीमध्ये कतिपय स्त्रीले तिनलाई अनलाइनमा समेत पोस्ट गर्छन्। जब-जब तिनीहरू यी तस्विरहरू हेर्छन्, तिनीहरूलाई आफू धेरै आकर्षक रहेको, आफू स्टार बन्नकै लागि जन्मेको, र आफूले परमेश्वरमा विश्वास नगरेको भए, आफू पक्कै पनि एक ठूलो सेलिब्रेटी बनेको हुने महसुस हुन्छ। हेर, तिनीहरू कस्तो मार्गमा हिँडिरहेका हुन्छन्? तिनीहरू आफै सधैँ ती तस्विरहरूको प्रशंसा मात्र गर्दैनन्, तिनीहरू यी तस्विरहरू आफ्ना वरपरका मानिसहरूलाई पनि देखाउँछन्। यदि मानिसहरूले तस्विरहरू हेरेपछि तिनीहरूको प्रशंसा गरेनन् भने, तिनीहरूलाई भित्रबाट असन्तुष्ट महसुस हुन्छ। यदि तिनीहरूले तिनीहरूका तस्विरहरूको निकै प्रशंसा गर्दै “यो तस्विर कति राम्रोसँग खिचिएको रहेछ, यो त स्टारको तस्विर हो! यो त फलानो-फलानो जस्तै देखिन्छ त” भनेर भन्ने उस्तै खालको कसैलाई भेटे भने, तिनीहरूलाई आफूप्रति अझ बढी खुसी लाग्छ, र तिनीहरू हरेक दिन यही भावनामा रमाउँछन्। कतिपय मानिसलाई आफ्ना तस्विरहरू सजाउन, आफ्नो टाउकोमा खरायोको कानको जोडी राख्न र बिरालोको जुँगा थप्न पनि मन पर्छ, र तिनीहरू आफू खरायो र बिरालोको बच्चाभन्दा प्यारो रहेको भन्ठान्छन्। तिनीहरू आफूले भेट्ने सबैलाई सोध्छन्, “तिमीलाई म खरायो जस्तो देखिन्छु जस्तो लाग्छ कि बिरालोको बच्चा जस्तो?” मानिसहरूले “तिमी कस्तो देखिन्छौ भनेर कसलाई थाहा छ र?” भनेर भन्दा, तिनीहरू धेरै रिसाउँछन्। मलाई भन्, के कुनै व्यक्तिले उचित मानव बन्न नचाहेर पशु बन्न चाहनु विकृत कुरा होइन र? तिनीहरू आफ्ना यी “उत्कृष्ट कृतिहरू” लाई अनलाइनमा समेत पोस्ट गर्छन्, र अझ धेरै मानिसबाट प्रशंसा बटुल्ने प्रयास गर्छन्। कतिपय मानिस यस्ता पनि हुन्छन्, जो सेल्फी खिच्दा तरवारधारी वा शूरवीरहरू—वा पश्चिमी चलचित्रहरूका स्पाइडर-म्यान वा ब्याटम्यान—को पहिरन लगाउँछन्—वा तिनीहरू पृथक्, अलग, र रहस्यमय व्यक्तित्वको पहिरन लगाउँछन्। तिनीहरू यो सब अरूले आफूलाई मन पराऊन् र अनुमोदन गरून् भन्ने आशामा गर्छन्, र तिनीहरू हरेक दिन यसमै मोहित हुन्छन्। मलाई भन त, यी कस्ता प्रकारका मानिसहरू हुन्? के तिनीहरू सामान्य मानिसहरू हुन्? पटक्कै होइनन्; तिनीहरू गैर-मानव हुन्। सेल्फी खिच्नु दुष्ट प्रवृत्तिहरूमध्येको एक सरल, सानो कुरा मात्रै भए पनि, यसले कुनै व्यक्तिका प्राथमिकता र पछ्याइहरू प्रकट गर्छ, र उसको चरित्र, उसको मानवताका आवश्यकताहरू, र उसको आत्माको गहिराइमा रहेका कुराहरू प्रकट गर्छ। मर्यादित र सीधा मानिसहरू सकारात्मक, अर्थपूर्ण, र मूल्यवान् कुराहरूको तस्विर खिच्न मोबाइल फोन, यो उपकरण, प्रयोग गर्छन्, जबकि मानवताका गुणहरू नभएका मानिसहरू नकारात्मक, दुष्ट कुराहरू—तिनीहरूको आफ्नै प्रकृति सारलाई आवश्यक पर्ने कुराहरू—को तस्विर खिच्छन्। कुनै व्यक्ति कस्तो प्रकारको छ भन्ने कुराले उसका आवश्यकताहरू कस्तो प्रकारका छन्, ऊ कस्तो प्रकारका तस्विरहरू खिच्छ, र उसले आफूलाई सजाउन र आफ्नो छवि प्रस्तुत गर्न छनौट गर्ने तरिका के हो भन्ने कुरा निर्धारण गर्छ भनेर भन्न सकिन्छ। सामान्य मानवता भएका मानिसहरूले केही मर्यादित, भलाद्मी, परिष्कृत, अर्थपूर्ण, र मूल्यवान् तस्विरहरू चिनोका रूपमा खिच्ने छनौट गर्नेछन्, जबकि सामान्य मानवता नभएका मानिसहरूले संसारको दुष्ट प्रवृत्तिहरू पछ्याउनेछन्, र आफूलाई मन पर्ने कुराहरू गर्नेछन्। सेल्फी खिच्नु भनेको एउटा सानो कुरा भए पनि, मानिसहरूका भित्री प्राथमिकता र पछ्याइहरू हेर्नका लागि यो पर्याप्त हुन्छ। जुनसुकै मामिला भए पनि, सामान्य मानवता भएका मानिसहरूले कुन कुराहरू सकारात्मक छन् र कुन कुराहरू नकारात्मक छन् भनेर निकै स्पष्ट रूपमा भन्न नसक्ने कुरामा समेत, त्यस्ता मानिसहरू विवेक र समझद्वारा नियन्त्रित हुने भएकाले, तिनीहरूले स्वाभाविक रूपमा सकारात्मक कुराहरू नै छनौट गर्नेछन्। यदि क्षणिक रूपमा खुट्ट्याउने क्षमताको कमी भएको कारण तिनीहरूले कुनै नकारात्मक कुरा छनौट गरे वा अनजानमा केही नकारात्मक काम गरे भने, तिनीहरूले तुरुन्तै आफ्नो हृदयमा एउटा भावना अनुभूति गर्नेछन्—तिनीहरूको विवेकले तिनीहरूलाई हप्काउनेछ, वा तिनीहरूले यो कुरालाई आफ्नो समझसँग मिलाउन सक्नेछैनन्। जब मानवता नभएका मानिसहरूले सकारात्मक कुराहरू सामना गर्छन्, तब तिनीहरूलाई सकारात्मक कुराहरू कति खल्लो र नीरस छन्, उल्लेख गर्न लायकका छैनन्, र मानिसहरूले हेयको नजरले हेर्ने कुरा हुन् भन्ने महसुस हुन्छ, जबकि तिनीहरू आफ्नो हृदयमा खास गरी नकारात्मक कुराहरू, विशेष गरी दुष्ट प्रवृत्तिहरूभित्र धेरै लोकप्रिय रहेका कुराहरू मन पराउँछन् र तिनको प्रशंसा गर्छन्। यदि तैँले यस प्रकारको व्यक्तिको मर्यादित र भलाद्मी तस्विर खिचिस् भने, तिनीहरू विकर्षित हुनेछन् र त्यसप्रति नाक खुम्च्याउनेछन्, र तिनीहरूले यसो भन्नेछन्, “अझै पनि कसले यस्तो तस्विर खिच्छ र? यो त कति पुरानो शैली भयो!” तिनीहरू आफै कामोत्तेजक तस्विरहरू खिच्ने छनौट गर्छन्। सामान्य मानिसहरूलाई त्यस्ता तस्विरहरू घिनलाग्दो र कुरूप लाग्छ, तर यस प्रकारको व्यक्तिले भन्छ, “यो कामुक छ। के तिमीले कामुक भनेको के हो भन्ने बुझेका छौ? यो प्रचलनमा छ; यो उच्च कला हो। तिमीले कला बुझ्दैनौ!” तिनीहरूलाई आफ्ना कामोत्तेजक तस्विरहरू खिच्दा घिन नलाग्ने मात्रै होइन, यी प्रचलनका रहेका कुराहरू र कामोत्तेजक कुराहरू पछ्याउन निकै मन पर्छ।
गैर-मानवहरू नकारात्मक कुराहरूप्रति अत्यन्तै उत्साहित हुन्छन्। दुष्ट प्रवृत्तिहरूका बीचमा केही नकारात्मक कुरा देखा पर्दा, तिनीहरूले तीबारे तुरुन्तै सिक्नेछन् र तिनलाई उच्च स्तरमा स्वीकार गर्नेछन्। यदि तिनीहरूसँग अवसर भयो र अवस्थाले अनुमति दियो भने, तिनीहरूले आफूलाई मन पर्ने र आफूले अनुमोदन गर्ने दुष्ट प्रवृत्तिहरूबाट आएका ती कामहरू पक्कै गर्नेछन्। तिनीहरूले पटक्कै इन्कार गर्नेछैनन्, र तिनीहरू पटक्कै दर्शक बन्नेछैनन्, तिनीहरूले तिनलाई घृणा गर्ने वा तिनीहरू तीबाट टाढा बस्ने त झन् पटक्कै गर्नेछैनन्; बरु, तिनीहरू तिनमा हाम फाल्नेछन्। खास गरी, परमेश्वरमा विश्वास गर्ने कतिपय मानिस पनि पश्चिमबाट आएको भनेर सुनेका केही प्रचलित भनाइ र अभ्यासहरूलाई नजिकबाट पछ्याउँछन्। उदाहरणका लागि, पश्चिममा ह्यालोविन भनिने एउटा चाड छ, जुन वास्तवमा भूतहरूको चाड हो। यस दिनमा, वयस्क र केटाकेटीहरू सबैले मञ्च वा नाट्य प्रदर्शनका लागि लगाइने जस्ता विभिन्न वेशभूषा लगाउँछन्। कोही बोक्स, कोही राजकुमार वा राजकुमारी, र अरू चाहिँ भ्यागुता, सर्प, डाइनासोर, इत्यादिका रूपमा प्रस्तुत हुन्छन्। त्यसपछि तिनीहरू विभिन्न शपिङ मल, पसल, र घरहरूमा मिठाई माग्न टोकरी वा झोलाहरू लिएर जान्छन्। परमेश्वरमा विश्वास गर्ने कतिपय मानिस पनि यो चाड मनाउँछन्, र भूतको पहिरन लगाउँछन्, र निकै खुसी महसुस गर्छन् अनि यो विभिन्न भूमिका खेल्ने राम्रो अवसर हो भन्ने सोच्छन्। तिनीहरू कस्ता पहिरन लगाउने छनौट गर्छन्? तिनीहरू सैन्य अधिकारी, जर्नेल, वा नायकहरू जस्ता तुलनात्मक रूपमा सकारात्मक व्यक्तित्वहरूको पहिर लगाउँदैनन्; तिनीहरू बोक्सी र झाँक्रीहरूको लुगा लगाउन जिद्दी गर्छन्। भूतहरूको चाड मनाउन विभिन्न दियाबलसको जस्तो पहिरन लगाएर, तिनीहरू खुसी हुन्छन् र यसमा रमाउँछन्, र यो परमेश्वरले घृणा गर्ने कुरा हो र मानव संसारमा रहेको एउटा नकारात्मक कुरा हो भन्ने महसुस गर्न तिनीहरू असफल हुन्छन्। भित्रभित्रै, यस प्रकारको व्यक्तिसँग त्यस्ता नकारात्मक कुराहरूबारे कुनै स्पष्ट बुझाइ हुँदैन, र ऊ आफूले परम्परागत संस्कृतिका यी कुराहरू र यी सांसारिक प्रवृत्तिहरूलाई कसरी लिनुपर्छ भन्ने जान्दैन। ऊसँग आफू वास्तवमा के हो भन्ने कुराबारे पनि साँचो बुझाइ हुँदैन, र उसलाई आफू मानव हो कि भूत हो भन्ने कुरा थाहा हुँदैन। उसलाई आफू मानव हो कि भूत हो भन्ने थाहा हुँदैन, तर उसलाई मानव बनाउन गाह्रो हुन्छ, जबकि यदि तैँले उसलाई भूत वा पशु बन्न भनिस् भने, उसलाई यो अनन्त रूपमा रमाइलो लाग्छ र ऊ कहिल्यै इन्कार गर्दैन। त्यसैले मलाई भन्, यो कस्तो प्रकारको व्यक्ति हो? यदि तैँले उसलाई विवेक र समझ भएको व्यक्ति बन्न लगाइस् भने, उसले प्रायजसो यसो भन्नेछ, “विवेकको मूल्य कति छ र? आजभोलि कसले विवेकको वास्ता गर्छ र? कसले अझै पनि स्नेह र नैतिक इन्साफको वास्ता गर्छ र? कसले अझै पनि नैतिकताको वास्ता गर्छ र?” तर यदि तैँले उसलाई झाँक्रीको पहिरन लगाउन र भूमिका खेल्न, वा डाइनासोरको भूमिका खेल्नका लागि डाइनासोरको पहिरन लगाउन भनिस् भने, ऊ आपत्ति जनाउँदैन वा इन्कार गर्दैन। मलाई भन्, यो कस्तो प्रकारको व्यक्ति हो? के ऊसँग आफ्नो प्रकृति सारमा सकारात्मक कुराहरूप्रति थोरै पनि प्रेम हुन्छ र? के ऊ नकारात्मक कुराहरूदेखि अलिकति पनि विकर्षित हुन्छ? उसले छनौट गर्ने मानिस, घटना र कामकुराहरूबाट हेर्दा त, उसमा सकारात्मक कुराहरूप्रति अलिकति पनि प्रेम छैन, र ऊ नकारात्मक कुराहरूप्रति अलिकति पनि विकर्षण महसुस गर्दैन भन्ने स्पष्ट हुन्छ। यसको विपरीत, ऊ सकारात्मक कुराहरूदेखि निकै विकर्षित हुन्छ, र तिनलाई उपहास र तिरस्कारको दृष्टिले हेर्छ। नकारात्मक कुराहरूको हकमा—विशेष गरी निकै लोकप्रिय रहेका र हाल दुष्ट प्रवृत्तिहरूका बीचमा धेरै चलनचल्तीमा रहेका कुराहरूको—ऊ निकै प्रशंसा र अनुमोदन गर्छ। खास गरी, कतिपय मानिसलाई आफू दुष्ट प्रवृत्तिहरू पछ्याउन र दियाबलस, दुष्ट आत्मा, र जङ्गली जनावरहरूको भूमिका खेल्न सक्षम भएकोमा गर्व महसुस हुन्छ, र तिनीहरू आफू अरूभन्दा फरक रहेको महसुस गर्छन्। यस प्रकारको व्यक्तिमा स्पष्ट रूपमै विवेक र समझ हुँदैन; कुनै कुरा दुष्ट प्रवृत्तिहरूबाट जति धेरै आउँछ, तिनीहरूलाई त्यो त्यति नै मन पर्छ। खास गरी कतिपय पूर्वीय मानिसहरू—मानिसहरूले पश्चिममा के लोकप्रिय छ, पश्चिमीहरूलाई के मन पर्छ, र पश्चिमीहरू के लगाउँछन् र प्रयोग गर्छन् भन्ने कुरा गरेको सुनेपछि—अलिकति पनि खुट्ट्याइ प्रयोग नगरी सबै कुरा स्वीकार गर्छन्, र त्यसको नक्कल गर्ने प्रयास गर्छन्। त्यो विवेक र समझको विरुद्धमा जाने, र सत्यताको विरुद्धमा जाने कुनै दुष्ट कुरा भए पनि, तिनीहरू अझै पनि त्यसलाई स्वीकार गर्छन्। कतिपय मानिस यसो भन्छन्, “के यो विदेशी कुराहरूको पूजा गर्नु र विदेशीहरूको चापलुसी गर्नु हो?” के यो यही हो त? (होइन, तिनीहरूलाई आफ्नो प्रकृति सारमा यी दुष्ट कुराहरू मन पर्ने मात्र हो।) ठीक भनिस्। तिनीहरूलाई पूर्वीय मानिसहरूमाझ लोकप्रिय रहेका कुराहरू पर्याप्त रूपमा परिष्कृत छैनन् भन्ने लाग्छ, त्यसैले तिनीहरू पश्चिममा लोकप्रिय रहेका कुराहरू पछ्याउँछन्, र अद्वितीय र अरूभन्दा फरक हुन, र अरूबाट उच्च सम्मान पाउन चाहन्छन्। जे होस्, यस प्रकारको व्यक्तिमा मानवताका गुणहरू हुँदैनन्। उसका प्राथमिकता र पछ्याइ, र हरेक मामिलामा तिनीहरूका विचार, दृष्टिकोण, र प्रकटीकरणहरूका आधारमा हेर्दा, तिनीहरूमा विवेक र समझ हुँदैन। तिनीहरूका विचार र दृष्टिकोणहरू गैर-मानवहरूको जस्तै हुन्छन्, र दियाबलस र शैतानको जस्तै पनि हुन्छन्। मामिलाहरूलाई हेर्ने तिनीहरूको अडान र दृष्टिकोण परमेश्वरद्वारा माग गरिएको सामान्य व्यक्तिको अडान र दृष्टिकोणको ठीक विपरीत हुन्छ, र तिनको विरोधी हुन्छ। तर, साँचो मानवहरूमा जन्मजात रूपमा मानवीय विवेक र समझ हुने भएकाले, तिनीहरूले कुनै पनि व्यक्ति, घटना, र कामकुरालाई आफ्नो विवेक र समझका भावनाका आधारमा मूल्याङ्कन गर्नेछन्, र तीमध्येबाट सकारात्मक कुराहरू छान्नेछन्, र के ठिक र के बेठिक हो भनी खुट्ट्याउनेछन्।
कतिपय मानिसहरू, पूर्वीय समाजको वातावरणमा, परम्परागत पूर्वीय संस्कृतिद्वारा प्रतिबन्धित हुन्छन् र तिनीहरूले केही पूर्वीय परम्पराहरूको पालन गर्न सक्छन्। तिनीहरूले विवेक र नैतिकताको विरुद्धमा जाने केही कामहरू नगरे पनि, भित्री रूपमा तिनीहरूलाई यी कुराहरू मन पर्छ। त्यसकारण, वातावरण परिवर्तन हुनेबित्तिकै, तिनीहरूले अवसर पाउनेबित्तिकै, तिनीहरूले आफ्नो मानवताको साँचो पक्ष देखाउनेछन्, तिनीहरू जस्तो देखिन्छन् तिनीहरूले त्यसलाई पूर्ण रूपमा परिवर्तन गर्नेछन्, र गैरमानवीय गुण प्रकट गर्नेछन्। यो गैरमानवीय गुणलाई कसरी व्याख्या गरिनुपर्छ? यसलाई सही र गलत नखुट्ट्याउनु, ठिक र बेठिक के हो भनी नजान्नु, र सामान्य मानवताको विवेक र समझ नहुनुले सूचित गर्छ। कतिपय मानिसहरू जब पूर्वमा हुन्छन्, तब तिनीहरूको शैली भलाद्मी, मर्यादित, सद्गुणी, र परिष्कृत भएको हुन्छ, र तिनीहरूले खास गरी आफ्नो परिवारको हेरचाह गर्ने गरेको, र तिनीहरू कुनै बदनामीबाट मुक्त हुने गरेको देखिन्छ। तर जब तिनीहरू पश्चिममा पुग्छन्, तब तिनीहरू फरक हुन्छन्। तिनीहरूले कतिपय मानिसहरूले यसो भनेको सुन्छन्, “पश्चिमीहरू निकै खुलस्त हुन्छन्, र पुरुष र स्त्रीबीचको सम्बन्धको हिसाबमा निकै स्वतन्त्र हुन्छन्।” वास्तवमा, यो कुरा तथ्यहरूसँग मेल खाँदैन, तर तिनीहरूको विचार र धारणाहरूअनुसार, तिनीहरूले पश्चिममा पुग्नेबित्तिकै आफू स्वतन्त्र भएको, र आफूले कुनै पनि प्रतिष्ठा वा नैतिक निष्ठा, वा परम्परागत पूर्वीय संस्कृतिका भनाइहरूको बारेमा चिन्ता लिनु नपर्ने भनी विश्वास गर्छन्। तिनीहरू स्त्रीहरूले स्त्रीको सद्गुण पालन गर्नु नपर्ने, र पुरुषहरू एक-विवाहमा अडिग रहनु नपर्ने, र पश्चिममा आएपछि, तिनीहरू विपरीत लिङ्गीसँग छाडा हुन सक्ने, र कसैले तिनीहरूलाई हाँसोमा उडाउनेछैन वा आलोचना गर्नेछैन भन्ने सोच्छन्। तिनीहरूले यो पश्चिमी संस्कृति यस्तै हो, यो सामाजिक प्रवृत्ति हो, र कसैले यसको विरोध गर्दैन भन्ने विश्वास गर्छन्। तिनीहरूले यसरी सोच्न थाल्नेबित्तिकै, के तिनीहरू असल मार्गमा हिँड्न छोडेका हुँदैनन् र? तिनीहरूले आफ्नो मानवतामा साँचो रूपमा प्रेम गर्ने कुराहरू, साथै तिनीहरूको मानवताको साँचो अनुहार, खुलासा हुन लागेको हुन्छ। पूर्वीय मानिसहरू—विशेष गरी चिनियाँ मानिसहरू—पश्चिममा आएपछि, तिनीहरूको जीवनसाथी आफ्नो देशमा नै हुने हुनाले, जब तिनीहरू विदेशी भूमिका अपरिचित मानिसहरू र ठाउँहरूका बीचमा एक्लै हुन्छन्, र तिनीहरूले काम र जीवन दुवै सम्हाल्नुपर्ने हुन्छ र केही अन्य जटिल मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ, तब तिनीहरूको जीवन निकै कठिन हुन्छ, र तिनीहरूलाई आफू निकै एकलो भएको महसुस हुन्छ। त्यसकारण, संयुक्त राज्य अमेरिकाको चिनियाँ समुदायमाझ एक प्रकारको “युद्धकालीन जोडी” को अवधारणा लोकप्रिय भएको छ—यसमा अस्थायी घर खडा गर्न र सँगै बस्न, जीवनका कठिनाइहरूको सँगै सामना गर्न एकअर्कालाई मद्दत र साध दिन, र यसका साथै देहको शारीरिक आवश्यकताहरू पूरा गर्न अस्थायी जीवनसाथी खोज्ने कार्य समावेश हुन्छ। विदेशी भूमिमा एक्लै गुजारा गर्न गाह्रो हुने भएकोले, धेरै मानिसहरूले आफ्नो विभिन्न आवश्यकताहरू पूरा गर्न युद्धकालीन जोडी बनाउन विपरीत लिङ्गको सदस्य खोज्छन्। कतिपय युद्धकालीन जोडीहरू धेरै वर्षसम्म सँगै बसेपछि, दुवै पक्षका जीवनसाथीहरू आउँछन्, र दुई परिवारहरू साथी बन्छन् र तिनीहरूले एकअर्कासँग अन्तरक्रिया समेत गर्छन् भन्ने भनाइ छ। जीवनका व्यवधानहरूसँग जुध्न गैरविश्वासीहरूले अपनाउने यो एउटा लोकप्रिय चलन बनेको छ। मलाई भन्, के परमेश्वरमा विश्वास गर्नेहरूमाझ यस्ता कामहरू गर्ने मानिसहरू छन्? (कतिपय अविश्वासीहरूले पनि यसो गर्न सक्छन्।) परमेश्वरमा विश्वास गर्नेहरूमाझ, सत्यता नपछ्याउने धेरै मानिसहरू छन्, र कतिपय त स्पष्ट रूपमा नै सत्यतामा पटक्कै रुचि नराख्ने अविश्वासीहरू पनि हुन्छन्। कतिपयमा त विवेक र समझ समेत हुँदैन। जब यी मानिसहरूले यी नकारात्मक कुराहरूका बारेमा सुन्छन्, तब भित्री रूपमा तिनीहरू वास्तवमा विकर्षित हुँदैनन्; तिनीहरूलाई यी कुराहरू स्वीकार्य छन् भन्ने लाग्छ, र कतिपय तिनमा रमाउँछन् समेत। तिनीहरूलाई यी कुराहरूप्रति घिन लाग्दैन, र तिनीहरूले यस्तो समेत सोच्छन्, “यो निकै सामान्य कुरा हो। गैरविश्वासीहरू सबैले यस्तो गर्छन्; यो एउटा प्रवृत्ति हो, अपराध होइन। पहिलो, यो गैरकानुनी होइन। दोस्रो, यसले सार्वजनिक नैतिकतालाई भ्रष्ट तुल्याउँदैन। तेस्रो, यो मानवको शारीरिक आवश्यकता हो। यो गर्नु उचित, तर्कसङ्गत, र कानुनी कुरा हो—यसमा के गलत छ र?” तिनीहरूलाई यो कुरा सामान्य लाग्छ। हामी गैरविश्वासीहरूको कुरा नगरौँ—यदि परमेश्वरमा विश्वास गर्ने मानिसहरूले यस्ता कामहरू गर्न सक्छन् भने, तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? के तिनीहरूको मानवतामा केही गडबड हुँदैन र? (हुन्छ, यस प्रकारको व्यक्तिमा मानवता हुँदैन।) मानवता नभएका मानिसहरूले यस्ता घृणित कामहरू गर्न सक्छन्। मानवता भएका मानिसहरूले, यस्ता कामहरू गर्नु त परै जाओस्, यो दुष्ट प्रवृत्तिका विचार र दृष्टिकोणहरूलाई स्वीकार समेत गर्न सक्दैनन्, र तिनीहरू आफ्नो हृदयको अन्तस्करणदेखि नै तिनबाट विकर्षित हुन्छन् र तिनीहरूले तिनलाई घृणा गर्छन्। चाहे यो दुवै पक्षले एकअर्काको हेरचाह गर्न सकून् भनेर भएको होस् वा कुनै अन्य उद्देश्यका लागि भएको होस्, मानवताको विवेक र समझको दृष्टिकोणबाट, “युद्धकालीन जोडी” बनाउनु सकारात्मक कुरा होइन। यदि परमेश्वरमा विश्वास गर्ने व्यक्तिलाई यस प्रकारको कुरा सकारात्मक कुरा हो कि होइन वा यो तर्कसङ्गत छ कि छैन भन्ने समेत थाहा छैन भने, के उसँग विवेक र मानवता हुन्छ? कतिपय मानिसहरूले यसो भन्छन्, “मलाई यो सकारात्मक कुरा हो कि होइन भन्ने थाहा नभए पनि, म परमेश्वरमा विश्वास गर्छु, त्यसैले म यस्तो काम गर्न सक्दिनँ। गैरविश्वासीहरूले परमेश्वरमा विश्वास गर्दैनन् वा परमेश्वरको डर मान्दैनन्, त्यसैले तिनीहरूले यस्तो काम गर्दा तिनीहरूमा कुनै सचेतना हुँदैन, तर म परमेश्वरमा विश्वास गर्ने व्यक्ति हुँ, त्यसैले म यस्तो काम गर्न सक्दिनँ।” यदि तिनीहरूले यसरी सोच्छन् भने, यसले तिनीहरूसँग मानवीय विवेक र समझ छ भन्ने प्रमाणित गर्छ। तिनीहरूलाई यो मामिला सही छ कि छैन भन्ने थाहा नभए पनि, तिनीहरूलाई यो सकारात्मक कुरा हो कि होइन वा परमेश्वरले यसबारे के भन्नुहुन्छ भन्ने कुरा पनि थाहा नभए पनि, तिनीहरूले यसको मूल्याङ्कन गर्न मानवताको आधारभूत विवेक र समझ प्रयोग गर्न सक्छन्। तिनीहरूले यो सकारात्मक हो कि नकारात्मक हो भनेर स्पष्ट रूपमा जान्न नसके पनि, तिनीहरूले यो कुरा नैतिकता र मानवताको विरुद्धमा जान्छ र यस्तो कुरा गर्नु हुँदैन भनेर देख्न सक्छन्। तिनीहरूसँग त्यस्ता कुराहरूका बारेमा निश्चित स्तरको खुट्ट्याउने क्षमता हुन्छ, त्यसैले जब तिनीहरूमाथि त्यस्ता कुराहरू आइपर्छन्, तब तिनीहरूले तिनलाई इन्कार गर्छन्। जसले त्यस्ता कुराहरूलाई इन्कार गर्दैनन् र पूर्ण रूपमा स्वीकार गर्न सक्छन्, तिनीहरू मानव होइनन्; तिनीहरूसँग सामान्य मानवता हुँदैन, र तिनीहरूमा विवेक र समझ हुँदैन भनेर भन्न सकिन्छ। तिनीहरूले यी नकारात्मक कुराहरूलाई स्वीकार गर्न सक्नुले तिनीहरूको विवेक र समझले पटक्कै काम गर्दैन, र तिनीहरूले त्यस्ता कुराहरूलाई खुट्ट्याउन, प्रतिरोध गर्न, वा इन्कार गर्नका लागि विवेक र समझ भन्ने न्यूनतम मानक प्रयोग गरेका हुँदैनन् भन्ने देखाउँछ; त्यसकारण, यस प्रकारको व्यक्तिको मानवतामा स्पष्ट रूपमा समस्या हुन्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “यस प्रकारको व्यक्तिको मानवतामा समस्या हुन्छ, त्यसोभए तिनीहरू पशुहरूका हुन् कि दियाबलसहरूका हुन्?” तिनीहरू पशुहरूका हुन् वा दियाबलसहरूका हुन् भन्ने कुरालाई छोडेर, तिनीहरूलाई सामूहिक रूपमा गैरमानवहरू भनिन्छ। जब तिनीहरू पश्चिममा आउँछन् र तिनीहरूले पश्चिमी देशहरू विकसित, सम्पन्न, र स्वतन्त्र छन्, र उनीहरूको सामाजिक प्रणाली पूर्वीय देशहरूको भन्दा बढी उन्नत छ भन्ने देख्छन्, तब तिनीहरूले पश्चिमका सबै कुरा सही र पूर्वको भन्दा राम्रो छ भन्ने सोच्छन्। तिनीहरूलाई पूर्वीय मानिसहरू कुण्ठित, रूढिवादी, र सांसारिक ज्ञान नभएका मानिसहरू हुन्, जबकि पश्चिमीहरू खुलस्त, स्वतन्त्र, र सांसारिक रूपमा चतुर हुन्छन्, र विवाह वा यौन सम्बन्धको बारेमा निकै खुलस्त हुन्छन् भन्ने लाग्छ। तिनीहरूलाई पुरुष र स्त्रीहरूले सडकमा भेट्दा अङ्गालो हाल्नु र चुम्बन गर्नु निकै सामान्य कुरा हो भन्ने लाग्छ। तर वास्तवमा, भेट्दा अङ्गालो हाल्ने कुरामा पश्चिमीहरूको सिद्धान्तहरू हुन्छन्; तिनीहरूले जोसुकैलाई पनि त्यसै अङ्गालो हाल्दैनन्। विशेष गरी, वयस्कहरूले यस प्रकारको काम धेरै गर्दैनन्; प्रायः युवाहरूलाई नै यस्तो कुरा गर्न मन पर्छ। यसको विपरीत, जहाँ एसियालीहरू भेला हुन्छन्, त्यहाँ प्रायजसो एक पुरुष र एक स्त्री सार्वजनिक रूपमा, विशेष गरी सडकका भीडभाड भएका क्षेत्रहरूमा अनेक किसिमका घनिष्ठ कार्यहरूमा संलग्न भएको देखिन्छ। वृद्ध मानिसहरूले समेत यो गरेको देख्न सकिन्छ, र यो हेर्दा निकै घृणित देखिन्छ। सायद कतिपय एसियालीहरूले पश्चिमको यात्रा गरेका हुन्छन् र पश्चिमीहरूको सांस्कृतिक जीवन र शिष्टाचार देखेका हुन्छन्, त्यसपछि पश्चिमीहरू स्वतन्त्र, खुलस्त, र यौनजन्य रूपमा मुक्त छन् भन्ने दाबी गर्छन्। यी दाबीहरूका आधारमा, धेरै एसियालीहरूले आफ्नो मनमा सबै प्रकारका दुष्ट कुराहरू मनमानी रूपमा कल्पना गर्छन्। वास्तवमा, यदि तैँले साँच्चै पश्चिमी समाजलाई गहिरिएर हेरिस् वा पश्चिमीहरूसँग गहिरो सम्पर्क र अन्तरक्रिया गरिस् भने, धेरै कुराहरू एसियालीहरूले कल्पना गर्ने र भन्ने गरेको कुराभन्दा पूर्ण रूपमा फरक छन् भन्ने तैँले भेट्टाउनेछस्। विशेष गरी धार्मिक पृष्ठभूमि भएका वा अझ दुर्गम रहेका समुदायहरूमा, तिनीहरू विशेष गरी रूढिवादी र परम्परागत हुन्छन्, एसियालीहरूले फैलाएका मिथकहरू जस्ता पटक्कै हुँदैनन्। पश्चिमीहरू यौन सम्बन्धको बारेमा धेरै खुलस्त छन् भन्ने दाबीहरू मानिसहरूको कल्पना मात्रै हुन्, तथ्य होइनन्। यदि कसैले साँच्चै यसरी सोच्छ, र आफूलाई साँचो लाग्ने यो तथाकथित खुलापनलाई आफूमा लागू गर्छ, र ऊ मनमानी रूपमा आफ्नो दैहिक कामवासनाहरूमा लिप्त हुन्छ भने, त्यो उसको आफ्नै समस्या हो; समाजको प्रवृत्ति, संस्कृति, वा परम्परासँग यसको कुनै पनि सरोकार हुँदैन। यो पश्चिमी संस्कृति वा परम्पराहरूले तिनीहरूलाई भ्रमित पारेको होइन, बरु तिनीहरू आफैमा समस्याहरू भएकाले हो। होइन र? (हो।) जब पूर्वीय मानिसहरूले पश्चिमीहरूका बारेमा उल्लेख गर्छन्, तब तिनीहरूले भन्ने पहिलो कुरा हो, “पश्चिमीहरू स्वतन्त्र, खुलस्त, र यौनजन्य रूपमा मुक्त छन्,” जसको अर्थ पश्चिमका मानिसहरू कामवासनामा लिप्त हुन सक्छन् वा तिनीहरूले हाडनाता करणी समेत गर्न सक्छन् भन्ने हो। यस्ता विचार र दृष्टिकोणहरूद्वारा शासित भएर, पूर्वीय मानिसहरू पश्चिममा आइपुगेपछि आफूलाई लिप्त गराउन थाल्छन्। तिनीहरूको लिप्तता तिनीहरूले साँच्चै यी घटनाहरू देखेर र तिनको नक्कल गरेर आएको हुँदैन, तर यो दुष्टतालाई प्रेम गर्ने कुरा तिनीहरूको प्रकृतिमा नै भएकोले हो; तिनीहरूले आफ्नो देहमा लिप्त हुनका लागि तथाकथित पश्चिमी संस्कृति वा पश्चिमी परम्पराहरूलाई बहानाको रूपमा मात्रै प्रयोग गर्छन्। वास्तवमा, यस प्रकारको व्यक्ति सकारात्मक व्यक्तित्व नहुने हुनाले र उसमा मानवताका गुणहरू नहुने हुनाले, र उसको जन्मजात प्रकृतिमा नै नकारात्मक कुराहरू र सबै बेठिक कुराहरूलाई प्रेम गर्ने प्रवृत्ति हुने भएकोले, उसले सकारात्मक कुराहरूको विपरीत हुने वा शत्रुवत् समेत हुने कामहरू गर्न विभिन्न बहाना र निहुँहरू खोज्छ। यसबाहेक, तिनीहरूलाई यो कुरा पूर्ण रूपमा जायज लाग्छ, र तिनीहरूले आजभोलि पश्चिमीहरू सबै यस्तै छन् भन्ने सोच्छन्। के यो तथ्यगत हो? तिनीहरूले बकवासबाहेक केही बोल्दैनन् र आधारहीन आरोपहरू लगाउँछन्! स्पष्ट रूपमा, जब यस प्रकारको व्यक्तिले, “पश्चिमीहरू स्वतन्त्र, खुलस्त, र यौनजन्य रूपमा मुक्त छन्” भनेर भन्छ, तब वास्तवमा उसमा भित्री अभिप्रायहरू हुन्छन्—आफ्नो कामवासनाहरूमा लिप्त हुने आफ्नो लक्ष्य हासिल गर्ने अभिप्राय। यस प्रकारको व्यक्तिले किन यस्तो आत्म-विश्वासका साथ यी नकारात्मक कुराहरूलाई पछ्याउन सक्छ? एकातिर, तिनीहरूसँग सकारात्मक र नकारात्मक कुराहरूको बारेमा सही बुझाइ हुँदैन; अपरिचित कुराहरूको सामना गर्दा, तिनीहरूले तिनको मूल्याङ्कन गर्न विवेक र समझ भन्ने न्यूनतम मानक प्रयोग गर्न सक्दैनन्। स्पष्ट रूपमा, यस प्रकारको व्यक्तिमा मानवताका गुणहरू हुँदैनन्। यदि तिनीहरूले स्पष्ट रूपमा सकारात्मक कुरालाई सकारात्मक कुराको रूपमा बुझ्न सक्दैनन्, अनि त्यसलाई सकारात्मक कुराको रूपमा स्वीकार गर्न सक्छन् भने, यस प्रकारको व्यक्तिहरूमा निश्चित रूपमा सामान्य व्यक्तिको विवेक र समझ हुँदैन। अर्कोतिर, यदि कसैलाई सकारात्मक कुराहरू के हुन्, अनि नकारात्मक कुराहरू के हुन् भन्ने थाहा छैन भने, तिनीहरूले स्पष्ट रूपमा सही र गलत अनि ठिक र बेठिक खुट्ट्याउन सक्दैनन्। तिनीहरूले त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू राख्ने भएकोले, तिनीहरूले केही बेठिक कामहरू वा विवेक र समझको विरुद्धमा जाने कामहरू गरे पनि, तिनीहरूलाई यसबारे कुनै सचेतना हुँदैन। यस प्रकारको व्यक्तिले सही र गलत अनि ठिक र बेठिकबीच छुट्याउन सक्दैन भन्ने कुरा धेरै स्पष्ट छ। तिनीहरूमा सामान्य मानवताको विवेक र समझ हुँदैन, र तिनीहरूलाई जीवनमा वा अस्तित्वको प्रक्रियामा आउने केही कुराहरू ठिक हुन् कि बेठिक हुन् भन्ने थाहा हुँदैन, न त तिनीहरूले तिनको शुद्धता र अशुद्धताको मूल्याङ्कन र जाँच गर्न आफ्नो विवेक प्रयोग गर्ने कुरा नै सम्भव हुन्छ। त्यसकारण, तिनीहरूले प्रायजसो विवेक र समझको विरुद्धमा जाने केही बेठिक कामहरू गर्छन्, र ती गरिसकेपछि, तिनीहरूसँग यसबारे कुनै सचेतना हुँदैन, र आफूले सही तरिकाले काम गरेको छु र आफू सीधा मानिस हुँ भन्ने सोचेर, तिनीहरूले पूर्ण रूपमा जायज महसुस समेत गर्छन्। के यो वास्तविकतालाई पूर्ण रूपमा उल्टो पार्नु होइन र? (हो।)
कतिपय मानिसहरूले अरूका छोराछोरीहरू निकै चकचके भएको देख्छन् र भन्छन्, “कस्तो चकचके बच्चा; झट्ट हेर्दा नै यो बच्चा राम्रो छैन भन्ने थाहा हुन्छ। ठूलो भएपछि यसले पक्कै पनि उचित कामलाई बेवास्ता गर्नेछ। यसले के नै प्रगति गर्न सक्ला र?” तर यदि अरूले त्यस्तो व्यक्तिलाई उसको बच्चा चकचके छ भनेर भन्यो भने, उसले जवाफ दिन्छ, “ऊ चकचके भएर के भयो त? मेरो बच्चा चकचके हुनु त उसको भविष्य उज्ज्वल छ भन्ने कुराको प्रकटीकरण हो। जब ऊ ठूलो हुन्छ, तब ऊ अरूभन्दा उत्कृष्ट हुन सक्नेछ; सायद ऊ उच्च अधिकारी पनि बन्ला!” जब अरू मानिसहरूका छोराछोरीहरू चकचके हुन्छन्, तब उसले तिनीहरू ठूला भएपछि कुनै गतिला हुँदैनन् भनेर भन्छ, तर जब उसको आफ्नै बच्चा चकचके हुन्छ, तब उसले ऊ ठूलो भएपछि अरूभन्दा उत्कृष्ट हुन सक्छ भनेर भन्छ। उसका कुनचाहिँ भनाइहरू सही छन् त? (कुनै पनि छैनन्।) त्यसोभए उसले किन यसो भन्छ? के उसले निष्पक्षतामा बोलिरहेको हुन्छ? (हुँदैन।) उसले यस्ता कुराहरू भन्न सक्नुले उसमा विवेकको चेतना छैन भन्ने देखाउँछ। अरूका छोराछोरीहरू अझै ठूला भइसकेका हुँदैनन्, त्यसोभए उसले तिनीहरू केही पनि बन्न सक्दैनन् भनेर कसरी भन्न सक्छ? मानिसहरू ठूला भएपछि केही बन्छन् कि बन्दैनन् भन्ने कुरा परमेश्वरको नियोजन र तिनीहरूले हिँड्ने मार्गमा निर्भर हुन्छ; यो उसको एउटै वाक्यमा कसरी निर्भर हुन सक्छ र! उसले यस्ता कुराहरू भन्न सक्नुले उसमा विवेकको चेतना छैन भन्ने देखाउँछ। यो चकचके हुने उही समस्या हुन्छ, तैपनि आफ्नै बच्चाको बारेमा बोल्दा, उसले यसलाई सकारात्मक मोड दिन्छ, जबकि अरूका छोराछोरीहरूका बारेमा बोल्दा, उसले यसलाई नकारात्मक मोड दिन्छ। के उसका शब्दहरू निष्पक्ष छन्? (छैनन्।) त्यसोभए कस्तो प्रकारको व्यक्ति निष्पक्ष हुन्छ? (विवेक भएको व्यक्ति।) विवेक भएको व्यक्तिका गुणहरू के-के हुन्? विवेक भएको व्यक्तिमा दुई वटा गुणहरू हुन्छन्: सोझोपन र दया। सोझो हुनुको अर्थ, कम्तीमा पनि, व्यक्तिले बोल्दा र काम गर्दा उसको हृदय सही हुनुपर्छ भन्ने हो। व्यक्तिले बोल्ने शब्दहरू निष्पक्ष, वस्तुगत, र तथ्यपरक हुनुपर्छ; ती पक्षपाती हुनु हुँदैन, ती कमजोरीहरू ढाक्न प्रयोग गरिएको हुनु हुँदैन, वा भावनामा आधारित हुनु हुँदैन। जब अरू मानिसहरूका छोराछोरीहरू चकचके हुन्छन्, तब उसले तिनीहरू ठूला भएपछि कुनै गतिला व्यक्ति हुँदैनन् भनेर भन्छ, तर जब उसको आफ्नै बच्चा चकचके हुन्छ, तब उसले ऊ ठूलो भएपछि उसको भविष्य उज्ज्वल हुनेछ भनेर भन्छ। चकचकेपनको उस्तै प्रकटीकरणलाई उसले दुई फरक-फरक व्याख्या दिन्छ। के तैँले यो व्यक्ति सोझो छ भनेर भन्छस्? (भन्दिनँ।) के केवल भावनाको आधारमा बोल्ने व्यक्तिमा विवेक हुन्छ? (हुँदैन।) उसमा विवेक छैन भनी प्रमाणित गर्नका लागि यो एउटा बुँदा मात्रै पर्याप्त हुन्छ। उसले आफ्नै बच्चाको बारेमा आशिष् र शुभकामनासहित राम्रा कुराहरू मात्रै भन्छ, तर अरूका छोराछोरीहरूका बारेमा बोल्दा तिनीहरूलाई सराप्छ। यो दयालु नहुनु र सोझो नहुनु हो। उसमा विवेक नभएकोले, उसले यस्ता दुर्भावपूर्ण शब्दहरू बोल्न सक्छ। यस्तो व्यक्तिले निष्पक्ष रूपमा बोल्दैन र कुतर्कबाहेक केही पनि व्यक्त गर्दैन। एक हिसाबमा, यसले तिनीहरू सोझा छैनन् भन्ने देखाउँछ; अर्को हिसाबमा, यसले तिनीहरू दयालु छैनन् भन्ने देखाउँछ। दयालु नभएका मानिसहरूले अरूका परिस्थितिहरू जस्तोसुकै भए पनि तिनलाई खराब भनेर नै व्याख्या गर्नेछन्। तिनीहरूले भित्री अभिप्राय राखेर बोल्छन्, र अरूको नराम्रो होस् भनेर असाध्यै आशा गर्छन्। तिनीहरूले भन्ने कुरामा दुर्भावना र अरूलाई सराप्ने भाव हुन्छ। तिनीहरूले सधैँ यसरी नै बोल्छन् र आफ्नो विवेकमा यसबारे कहिल्यै असहज महसुस गर्दैनन्। तिनीहरूले अरू मानिसहरूका मामिलाहरूका बारेमा यसरी बोल्छन्, र अरूलाई यसरी नै व्यवहार पनि गर्छन्। उदाहरणका लागि, एउटी स्त्रीको श्रीमान्को अनैतिक सम्बन्ध हुन्छ। अरूले यसबारे के भन्लान् भन्ने डरले, उसले मानिसहरूलाई भन्छे, “मेरो श्रीमान्को अनैतिक सम्बन्ध छ किनभने ऊ निकै उत्कृष्ट छ। ऊ सुन्दर र सक्षम छ। आजकलको यो दुष्ट समाजमा, ती महिलाहरू यति निर्लज्ज भएका छन्—तिनीहरू नै उसमाथि जाइलाग्छन्। यो ऊ निकै उत्कृष्ट भएकोले मात्रै हो। यसले मैले उसलाई छनौट गर्दा गलत मूल्याङ्कन गरिनँ भन्ने पनि प्रमाणित गर्छ; मेरो रोजाइ कति राम्रो छ!” तर यदि अरू कसैको श्रीमान्को अनैतिक सम्बन्ध भयो भने, उसले भन्छे, “ऊ एक सभ्य व्यक्ति होइन भनेर भन्न सकिन्छ। ऊसँग न त पैसा छ न त रूप नै, तैपनि ऊ बाहिर स्वास्नीमान्छे खेलाउँदै हिँड्छ। ऊसँग बस्ने कुनै पनि महिला अन्धी हो!” उसले त्यस व्यक्तिलाई तुरुन्तै आफ्नो श्रीमान्लाई त्याग्न, र गएर नयाँ खोज्न सल्लाह समेत दिन्छे। त्यो व्यक्तिले सोध्छे, “तेरो श्रीमान्को पनि अनैतिक सम्बन्ध छ, र पनि तैँले किन नयाँ खोज्दिनस्?” उसले भन्छे, “मेरो श्रीमान् तेरोभन्दा फरक छ। तेरो श्रीमान् त बदमास हो। मेरो त निकै उत्कृष्ट व्यक्ति हो, र अरूले उसलाई जबरजस्ती गर्छन्। मेरो श्रीमान्ले आफूलाई रोक्न सकेन, जबकि तेरो श्रीमान्ले आफै स्वास्नीमान्छे खोजेको हो।” हेर् त, जब यो कुरा ऊसँग सम्बन्धित हुन्छ, तब उसले सबै कुराको बारेमा भन्ने कुरा परिवर्तन हुन्छ। ऊसँग सम्बन्धित कुनै पनि कुरा क्षमायोग्य र विशेष मामिलाको कुरा हुन्छ; उसले ती सबैलाई सकारात्मक रूपमा वर्णन गर्छे। तर जब यो कुरा अरूसँग सम्बन्धित हुन्छ, तब यो फरक हुन्छ; उसले ती सबैलाई खराब भनेर वर्णन गर्छे। त्यसपछि, यदि यस्तो व्यक्तिका आमाबुबाले परमेश्वरमा विश्वास गर्दैनन् भने, उसले के भन्छ? “मेरा आमाबुबाले परमेश्वरमा विश्वास नगरे पनि, संसारमा तिनीहरू असल मानिसहरू हुन्। तिनीहरूले झगडा गर्दैनन् वा अरूलाई सराप्दैनन्, र तिनीहरूले कठिनाइ भोगिरहेका जोकोहीलाई पनि मद्दत गर्छन्। तिनीहरूलाई टाढा-टाढासम्म अत्यन्तै असल र दयालु मानिसहरूका रूपमा चिन्छन्। यदि तिनीहरूले परमेश्वरमा विश्वास गरेका भए, तिनीहरू पक्कै पनि हामीभन्दा असल हुनेथिए!” तैपनि जब केही ब्रदर-सिस्टरहरूका आमाबुबाले परमेश्वरमा विश्वास गर्दैनन्, तब तिनीहरूले यसो भन्छन्, “तिम्रा आमाबुबा सबै दियाबलसहरू हुन्।” जब केही ब्रदर-सिस्टरहरूका आमाबुबाले परमेश्वरमा विश्वास गर्छन्, तब तिनीहरूले भन्छन्, “तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि, तिनीहरू नाम मात्रका विश्वासीहरू हुन्, र तिनीहरू राम्रा छैनन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, तिनीहरूले तिमीलाई कर्तव्य पूरा गर्ने काममा किन समर्थन गर्दैनन्?” जबजब यो कुरा तिनीहरू आफैसँग सम्बन्धित हुन्छ, तबतब तिनीहरूले भन्ने कुरा परिवर्तन हुन्छ। तिनीहरूले कहिल्यै वस्तुगत तथ्यहरूका आधारमा बोल्दैनन्, र तिनीहरूका शब्दहरू कहिल्यै निष्पक्ष हुँदैनन्। तिनीहरूको आफ्नै मामिलाहरूका लागि एउटा मानक हुन्छ र अरू मानिसहरूका लागि अर्को मानक हुन्छ। तिनीहरूको हृदयको गहिराइमा, सबै प्रकारका मानिस, घटना र कामकुराहरूको मूल्याङ्कन गर्ने कुनै निष्पक्ष मानक हुँदैन। तिनीहरूसँग सम्बन्धित जे पनि असल र सकारात्मक हुन्छ, र त्यसका विभिन्न उचित कारणहरू हुन्छन्; अरूसँग सम्बन्धित जेसुकै कुराको बारेमा निन्दा गरिनुपर्छ, त्यसलाई सरापिनु पर्छ, र त्यसलाई इन्कार गरिनुपर्छ, र त्यो दियाबलस र शैतानको हुन्छ। तिनीहरूको परिवार, आफन्त, र साथीहरूका हकमा, तिनीहरू सबै असल मानिसहरू, साँचो विश्वासीहरू, र ब्रदर-सिस्टरहरू हुन्। तर जब मण्डलीका ब्रदर-सिस्टरहरूको कुरा आउँछ, तब तिनीहरूले मनमानी ढङ्गमा तिनीहरूको आलोचना गर्छन्, र योचाहिँ अविश्वासी हो, त्योचाहिँ आफ्नो कर्तव्य पूरा गर्न समर्पित छैन, र तिनीहरू सबैलाई निकालिनुपर्छ भनेर भन्छन्। यदि कुनै ब्रदर वा सिस्टरले सानो गल्ती गर्यो वा ऊ सानोतिनो समस्यामा पर्यो भने, तिनीहरूले तुरुन्तै त्यसलाई समात्छन्, त्यसलाई सार्वजनिक गर्छन्, त्यसपछि कठोर नजरले उनीहरूलाई अर्ती दिन्छन् र हेला गर्छन्। तर जब तिनीहरूका आफ्नै आफन्तहरूले केही गलत गर्छन्, तब तिनीहरूले मामिलालाई ढाकछोप गर्ने प्रयास गर्छन् र कुतर्कद्वारा उनीहरूको रक्षा गर्न सक्दो प्रयास गर्छन्। के यस्तो व्यक्तिमा कुनै निष्पक्षता हुन्छ? (हुँदैन।) तिनीहरूमा अलिकति पनि निष्पक्षता हुँदैन। ब्रदर-सिस्टर र अरू मानिसहरूसँग व्यवहार गर्दा, तिनीहरूले कठोर नजरका साथ “सिद्धान्तहरू पालन गर्छन्”, र आफूमा सत्यता वास्तविकता छ भन्ने महसुस गर्छन्। तिनीहरूले प्रायजसो अरूको अगाडि घमन्ड गर्छन्, र यसो भन्छन्, “हेर त म कति धेरै सिद्धान्तहरू पालन गर्छु। मेरो अडान कति दृढ छ। म सत्यतालाई कति राम्ररी अभ्यास गर्न सक्छु।” तर जब तिनीहरूका आफ्नै पारिवारिक मामिलाहरू—तिनीहरूका श्रीमान् वा श्रीमती, छोराछोरी, आफन्त, र तिनीहरूको कुकुर समेत—को कुरा आउँछ, तब तिनीहरूको मनोवृत्ति परिवर्तन हुन्छ। उदाहरणका लागि, यदि तिनीहरूको कुकुरले अपरिचित व्यक्तिलाई देख्नेबित्तिकै भुक्छ र परिचितहरू भेट्न आउँदा अन्धाधुन्ध टोक्छ भने, तिनीहरूले भन्छन्, “हेर, यो कुकुर साँच्चै एक असल, बफादार रक्षक हो। ऊ म, उसको मालिकप्रति पूर्ण रूपमा बफादार छ; ऊ कहिल्यै परिवर्तन हुँदैन!” तर यदि अरू कसैको कुकुरले परिचित व्यक्तिलाई देख्दा अन्धाधुन्ध टोक्छ भने, तिनीहरूले भन्छन्, “यो कुकुर अन्धो छ। यसले को यहाँ छ भनेर हेर्दा पनि हेर्दैन। यसको घरको रक्षा गर्ने कुनै सिद्धान्त छैन। यसले अन्धाधुन्ध किन टोकिरहेको छ?” तिनीहरू कुकुरहरूप्रति समेत निष्पक्ष हुँदैनन्। यो कस्तो प्रकारको व्यक्ति हो? (यो मानव होइन।) तिनीहरूले आफूले गर्ने सबै कुरा सही र तर्कसङ्गत छ, र यो सकारात्मक कुराहरूअनुरूप छ भन्ने सोच्छन्; तिनीहरूले आफूले सत्यता सिद्धान्तहरू पालन गरिरहेको छु भन्ने समेत सोच्छन्। तर जब तिनीहरूले गर्ने कुनै पनि अनुचित कुरा वा तिनीहरूले व्यक्त गर्ने कुनै पनि कुतर्कको कुरा आउँछ, तब तिनीहरूले त्यो गलत हो भनेर कहिल्यै सोच्दैनन्, न त तिनीहरूले त्यसलाई कहिल्यै सुधार्छन्। यदि तैँले तिनीहरूलाई हप्काइस् वा खुलासा गरिस् भने, तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्। अन्तिम परिणाम के हुन्छ? के हुन्छ भने, तिनीहरू हठी भई आफ्नै दाबी र आफ्ना तथाकथित सिद्धान्तहरूमा टाँसिन्छन्, र तिनीहरू इन्साफको मूर्त रूप हुन् र तिनीहरूले सबै मामिलाहरूको मूल्याङ्कन गर्छन् भने जसरी व्यवहार समेत गर्छन्। वास्तवमा, तिनीहरूले कुराहरूको शुद्धताको मूल्याङ्कन गर्ने दृष्टिकोण र अडान सत्यता सिद्धान्तहरूसँग पूर्णतया विरोधी, र विपरीत हुन्छ, तैपनि तिनीहरू आफैले यो कुरा कहिल्यै महसुस गर्दैनन्। तिनीहरूले धेरै विधर्म र भ्रामक तर्कहरू निकाल्छन्, र तिनीहरू हठी भई यी शब्दहरूमा टाँसिन्छन्, र तिनीहरूले सत्यताको विरोध समेत गर्छन् र सही र गलत खुट्ट्याउन सक्ने र सत्यता बुझ्नेहरूसँग तर्क गर्ने प्रयास गर्छन्। यी कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरू तर्कहीन मानिसहरू हुन्। तिनीहरूले गर्ने र हठ गर्ने कुरालाई मानिसहरूको नजरमा गलत नमानिए पनि, तिनीहरूका धेरै प्रकटीकरण र प्रकाशहरूबाट हेर्दा, तिनीहरूमा सोझोपन, दया, र समझ, मानवताका यी गुणहरू पटक्कै हुँदैनन्। दैनिक जीवनमा तिनीहरूले विभिन्न मानिस, घटना र कामकुराहरूलाई कसरी व्यवहार गर्छन् भनेर हेर्दा मात्रै पनि, एउटा बच्चा वा कुकुरको बारेमा तिनीहरूले गर्ने मूल्याङ्कन समेत विकृत हुन्छ—तिनीहरूको आफ्नै कुकुर जतिसुकै खराब भए पनि, त्यो अझै पनि संसारको सबैभन्दा राम्रो कुकुर हुन्छ; र अरू कसैको कुकुर जतिसुकै राम्रो भए पनि, तिनीहरूले त्यसको बारेमा एउटै राम्रो कुरा भन्न सक्दैनन्। तिनीहरूले कुनै व्यक्ति वा मामिलालाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्नेछैनन्, कुनै व्यक्ति वा मामिलालाई निष्पक्ष रूपमा व्यवहार गर्ने कुरा त परै जाओस्। तिनीहरूको मानवतामा, भावना र पक्षपात मात्रै हुन्छ। तिनीहरूले आफ्नै हित र आफूसँग सम्बन्धित कुनै पनि मानिस, घटना र कामकुराहरूलाई मात्रै सुरक्षा दिन्छन्। यसबाहेक, तिनीहरूलाई जीवनमा गर्न लायकको केही पनि छैन भन्ने लाग्छ। मानिसहरूको कुनै पनि समूहमा र कुनै पनि मामिलामा, तिनीहरूले प्रकट गर्ने तिनीहरूको प्रकृतिको गुण भनेको सबै वस्तुगत मानिस, घटना र कामकुराहरूलाई तोडमोड गर्नु, र तिनलाई गलत रूपमा प्रस्तुत गर्नु भन्ने हुन्छ। तिनीहरूले तिनलाई पूर्ण रूपमा आफ्नै विचार र दृष्टिकोणअनुसार वा ती तिनीहरूका लागि लाभदायक छन् कि छैनन् भन्ने आधारमा मूल्याङ्कन र व्यवहार गर्छन्।
यस प्रकारका मानिसहरू, जसमा मानवताका गुणहरू हुँदैनन्, तिनीहरूमा मानवताको सोझोपन, दया, र समझ हुँदैन। यी प्रकटीकरणहरूका आधारमा हेर्दा, के यस्ता मानिसहरूसँग व्यवहार गर्न गाह्रो हुँदैन र? (हुन्छ।) तिनीहरूसँग व्यवहार गर्न गाह्रो हुन्छ र घुलमेल हुन गाह्रो हुन्छ। तैँले तिनीहरूलाई सही विचार र दृष्टिकोणहरू स्वीकार गर्न कहिल्यै लगाउन सक्दैनस्, किनभने तिनीहरूमा सकारात्मक कुराहरू स्वीकार गर्ने सामर्थ्य नै हुँदैन। यसको अर्थ तिनीहरूमा कुनै पनि सही विचार र दृष्टिकोणहरू स्वीकार गर्ने सर्तहरू हुँदैनन्। त्यसकारण, धेरै सही दृष्टिकोण र सकारात्मक कुराहरूलाई तिनीहरूले गलत रूपमा व्याख्या गर्छन् र तोडमोड गर्छन्, र तोडमोड गरिसकेपछि, ती यस प्रकारको व्यक्तिमा मात्रै पाइने विभिन्न विचार, दृष्टिकोण, र दाबीहरू बन्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि, तिनीहरूले जतिसुकै परमेश्वरका वचनहरू पढेका भए पनि वा जतिसुकै प्रवचन र सङ्गतिहरू सुनेका भए पनि, तिनीहरूले सधैँ आफ्नै भ्रामक विचार र दृष्टिकोणहरूलाई आफ्नो हृदयमा समातिराख्छन्, र तिनलाई कहिल्यै त्याग्दैनन्। परमेश्वरले तिनीहरूलाई सत्यता प्रदान गर्नुभए पनि, तिनीहरूले परमेश्वरबाट आएको कुनै पनि सही विचार र दृष्टिकोणहरू स्विकार्न सक्दैनन्, न त तिनीहरूले कुनै व्यक्ति वा मामिलालाई सही रूपमा व्याख्या गर्न र सही तरिकाले लिन वा मूल्याङ्कन गर्न नै सक्छन्। तिनीहरूको मानवताका गुणहरूका आधारमा, तिनीहरूले सबै प्रकारका मानिस, घटना र कामकुराहरूलाई आफ्नै अनौठो भ्रामक विचार र दृष्टिकोणहरू प्रयोग गरेर मात्रै व्यवहार गर्नेछन्, र तिनीहरू त्यसमा जिद्दी भई लागिरहनेछन्। त्यसैले, तैँले यस्ता मानिसहरूबाट के देख्न सक्छस् भने, तिनीहरूमा अहङ्कारी र छली स्वभावहरू हुनुका साथै अर्को स्पष्ट रूपमा मुख्य स्वभाव हुन्छ, जुन निकै हठी हुनु हो। यसको निश्चित प्रकटीकरण के हो भने तिनीहरू निकै हठी, मूर्ख, जिद्दी, र संकीर्ण सोच भएका समेत हुन्छन्। जब तैँले यस्तो व्यक्तिहरूसँग अन्तरक्रिया गर्छस् र केही विषयहरूमा छलफल गर्छस्, वा तिनीहरूसँग सङ्गत गर्दा केही मामिलाहरूको सामना गर्छस्, तब तैँले मामिलाहरूको सामना गर्दा तिनीहरूका मनोवृत्ति र स्वभावहरू निकै हठी, अटेरी, मूर्ख, र जिद्दी छन् भन्ने देख्छस्। एक सामान्य व्यक्तिका लागि स्वीकार गर्नका लागि स्पष्ट रूपमा निकै सजिलो हुने सही मामिला वा सही विचार र दृष्टिकोण स्वीकार गर्न तिनीहरूका लागि धेरै बाधाहरू समावेश भएका निकै गाह्रो कुरा बन्छ। यसले तँलाई हाँस्ने कि रुने भन्ने स्थितिमा पुर्याउँछ, र तँलाई यो व्यक्ति निकै झन्झटिलो छ भन्ने महसुस हुन्छ: “यति सरल मामिला पनि तिनीहरूलाई किन एउटा कठिन समस्या लाग्छ? के तिनीहरू मानव पनि हुन्?” तिनीहरूलाई एक सही मामिला वा एक सही दृष्टिकोण स्वीकार गर्न लगाउनु भनेको ब्वाँसोलाई मासु खान छोडेर विभिन्न सागसब्जीहरू खान लगाउनु जत्तिकै कठिन हुन्छ। यो कुरा त तिनीहरूलाई आफ्नो वर्गीकरण परिवर्तन गर्न भन्नु बराबर हो—यो त्यति नै गाह्रो हुन्छ। कुनै सानो मामिलाका हकमा, तैँले व्याख्या गर्न धेरै समय बिताएर त्यस कुरालाई स्वीकार गर्न तिनीहरूलाई मुस्किलले मनाउन पनि ठूलो प्रयास गरेको हुन सक्छ, तर जब अर्को मामिला उत्पन्न हुन्छ, तब तिनीहरूको हठी स्वभाव फेरि प्रकट हुन्छ, र यो निकै स्पष्ट तरिकाले प्रकट हुन्छ—तिनीहरूले आफ्नो विकृत बोध र हठीपन, साथै मूर्ख, जिद्दी, र संकीर्ण सोच प्रदर्शन गर्छन्। जब तँ यस्ता मानिसहरूसँग धेरै सम्पर्कमा हुन्छस् र तैँले तिनीहरूका बारेमा धेरै अन्तर्दृष्टि प्राप्त गर्छस्, तब तैँले मानिसहरूका सारहरू फरक-फरक हुन्छन् भन्ने कुरा पत्ता लगाउनेछस्। जब यस्ता मानिसहरूको सारको कुरा आउँछ, तब तैँले केही महत्त्वहीन मामिलाहरूका बारेमा तिनीहरूलाई बुझाउन र स्पष्ट रूपमा व्याख्या गर्न, र अन्तमा ठूलो कठिनाइका साथ केही परिणामहरू हासिल गर्नका लागि समेत अथाह प्रयास गर्नुपर्ने हुन सक्छ। तर, जब दृष्टिकोण र अडानका समस्याहरू, वा प्रमुख मामिलाहरूको कुरा आउँछ, तब तैँले तिनीहरूसँग कहिल्यै कुराकानी गर्न सक्दैनस्। त्यस बिन्दुमा, तँलाई के थाहा हुनेछ भने मानिसहरूका वर्गीकरणहरू हुन्छन्, र सबैको वर्गीकरण फरक-फरक हुन्छ। यदि दुई व्यक्तिले सहज रूपमा कुराकानी गर्न वा सद्भावपूर्ण रूपमा सहकार्य गर्न सक्दैनन्, र कुनै पनि मामिलामा छलफल गर्दा तिनीहरू आफ्नो दृष्टिकोणमा छिट्टै सद्भाव र सहमतिमा पुग्न सक्दैनन् भने, तिनीहरू फरक-फरक वर्गीकरणका हुन्। के सही हो र के गलत हो भनी नजान्ने प्रकारका मानिसहरूमा के सही हो र के गलत हो भनेर खुट्ट्याउने क्षमता तिनीहरूको मानवतामा नहुने हुनाले, तिनीहरूले स्पष्ट रूपमा सही विचार र दृष्टिकोण, सही शब्दहरू, र सही मामिलाहरू किन सही छन्, वा तिनको शुद्धता कहाँ छ भनेर कहिल्यै चाल पाउनेछैनन्। तिनीहरूले भन्छन्, “तैँले भनेको कुरा किन सही छ? मैले भनेको कुरा किन सही छैन? तिमीले भनेको कुरा कसरी सही भयो?” कहिलेकाहीँ, तैँले भनेको कुरा सही छ भनेर प्रमाणित गर्नका लागि, तैँले तथ्यहरू प्रस्तुत गर्नुपर्छ र कुराहरूलाई तर्कसङ्गत रूपमा प्रस्तुत गर्नुपर्छ, धेरै उदाहरणहरू दिनुपर्छ र धेरै उपमाहरू दिनुपर्छ, अनि तैँले धेरै समस्याबाट गुज्रेपछि र धेरै सोचविचार गरेपछि मात्रै तिनीहरूलाई एउटा मामिला स्पष्ट रूपमा व्याख्या गर्न सक्छस्। अन्तमा त्यसो गरिसकेपछि, तैँले अझै पनि उत्पन्न हुने अर्को मामिलाबारे तिनीहरूलाई स्पष्ट रूपमा व्याख्या गर्नका लागि धेरै सोचविचार गर्नुपर्ने हुन्छ र तँ धेरै समस्याबाट गुज्रनुपर्ने हुन्छ। यदि तैँले सधैँ यसो गरिस् भने, समय बित्दै जाँदा तैँले के पत्ता लगाउनेछस् भने त्यसो गरेर अन्ततः कुनै व्यक्तिको वर्गीकरण परिवर्तन गर्न सकिँदैन, र त्यसो गर्दा तैँले बालुवामा पानी हालिरहेको हुन्छस्। तैँले धेरै प्रयास गरे पनि र तिनीहरूमा ठूलो आशा राखे पनि, तैँले प्राप्त गर्ने परिणामहरू अत्यन्तै साना हुनेछन्, किनभने कसैले पनि कुनै व्यक्तिको वर्गीकरण परिवर्तन गर्न सक्दैन। यदि कसैलाई के सही हो र के गलत हो भन्ने समेत थाहा छैन भने, उसको वर्गीकरण परिवर्तन गर्न सक्ने एउटा मात्रै चाल हुन्छ, त्यो के हो भने ऊ फेरि पुनर्जन्म लिन आफ्नो मौलिक रूपमा फर्कनुपर्छ। यदि तिनीहरू भाग्यमानी छन् भने, तिनीहरूले मानवको रूपमा पुनर्जन्म लिनेछन्; यदि तिनीहरू अभागी छन् र तिनीहरूले फेरि एक पटक मानवबाहेक अरू केहीको रूपमा पुनर्जन्म लिए भने, त्यस्ता मानिसहरूलाई के सही हो र के गलत हो भन्ने कुरा थाहा गराउने कुनै आशा अझै पनि हुँदैन। कुरा यही हो।
मानवताका गुणहरू नहुने यस प्रकारका मानिसहरूको अरूसँगको सङ्गतमा अर्को एउटा विशेषता हुन्छ: तिनीहरूले अरू सबैका विभिन्न प्रकारका अवगुणहरू औँल्याउन सक्छन्, तर जब तिनीहरूमा यिनै अवगुणहरू हुन्छन्, तब तिनीहरूले ती अवगुणहरू हुन् भनेर कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले अरूमा कुनै पनि सबल पक्ष वा असल गुणहरू देख्न सक्दैनन्; तिनीहरूले उनीहरूका अवगुणहरू मात्रै औँल्याउँछन् र उनीहरूका कमजोरीहरूलाई खुलासा गर्छन्, र अरूले तिनीहरूसँग सद्भावपूर्ण रूपमा सहकार्य गर्न सक्दैनन्, र सद्भावपूर्ण रूपमा सहकार्य गर्न नसक्नु सबै अरूको गल्ती हो, जबकि तिनीहरू आफैमा कुनै पनि गल्ती छैन, र अरूले नै आफूलाई चिन्नु आवश्यक छ भनेर भन्नका लागि यसलाई बहानाको रूपमा प्रयोग गर्छन्। यहाँ समस्या के हो? आफूलाई आचरणमा ढाल्दा र कामकुराहरूलाई सम्हाल्दा, यस्ता मानिसहरूले अरूसँग कहिल्यै तर्कसङ्गत रूपमा व्यवहार गर्न सक्दैनन्, न त तिनीहरूले आफ्नै समस्याहरूलाई तर्कसङ्गत, सही, र निष्पक्ष तरिकाले लिन नै सक्छन्। तिमीहरू मामिलाहरूलाई सम्हाल्ने र मानिसहरूलाई व्यवहार गर्ने तिनीहरूको मनोवृत्ति सही छ भनेर भन्छौ कि गलत छ भनेर भन्छौ? (गलत।) तर के तिनीहरूलाई यो कुरा थाहा हुन्छ? (हुँदैन।) तिनीहरूले सधैँ नैतिकताको उच्च आसनबाट अरूको मूल्याङ्कन गर्छन् र अरूलाई हेर्छन्। तिनीहरूले अरूलाई हेर्ने तरिकामा, र तिनीहरूले त्यसो गर्ने दृष्टिकोणमा, अरूलाई खुट्ट्याउन आफ्नै तथाकथित “सही र गलत” को प्रयोग समावेश हुन्छ। तिनीहरूले अरूले गर्ने सबै कुरालाई गलत र आफूभन्दा तुच्छ देख्छन्। यदि कुनै विवाद उत्पन्न भयो र तिनीहरूले सद्भावपूर्ण रूपमा सहकार्य गर्न सकेनन् भने, तिनीहरूले यो सबै अरू मानिसहरूको समस्या हो र यो अरूका कारणले भएको हो, अरूमा भ्रष्ट स्वभावहरू छन्, र अरूले नै परिवर्तन र रूपान्तरण खोज्नुपर्छ भन्ने विश्वास गर्छन्। तिनीहरूले अरूलाई एउटै पनि गुणविनाको, अवगुण र समस्याहरूले भरिएको देख्छन्, जबकि आफूलाई प्रशस्त गुणहरू भएको, र कुनै पनि अवगुणबाट मुक्त भएको रूपमा हेर्छन्। के तँ यस्ता मानिसहरूमा समझ हुन्छ भनेर भन्छस्? (भन्दिनँ।) के समझविनाका मानिसहरूका आँखाले कुनै उद्देश्य पूरा गर्छ? (गर्दैन।) तिनीहरूले सबै प्रकारका मानिसहरूमा भएका सबल पक्ष र असल गुणहरू देख्न सक्दैनन्। यसको विपरीत, तिनीहरूले अरूका कमजोरीहरूलाई समात्छन्—जुन, वास्तवमा कमजोरीहरू नै नहुन पनि सक्छन्—र तिनलाई लिएर तिललाई पहाड बनाउँछन्। कुनै समस्या उत्पन्न नभएसम्म कुराहरू ठीकठाक हुन्छन्, तर समस्या उत्पन्न भएपछि, तिनीहरूले अर्को पक्षका कमजोरीहरूलाई समात्छन् र त्यसलाई छोड्दैनन्, र यसो भन्छन्, “तिमी कुन हिसाबमा मभन्दा राम्रो छौ? यदि तिमी मभन्दा राम्रो छौ भने, यो समस्या किन भयो त?” गहिरो जरा गाडेर बसेको तिनीहरूको अवज्ञा बाहिर निस्कन्छ, र तिनीहरूका साँचो भित्री दृष्टिकोणहरू सबै उदाङ्गो हुन्छन्। तिनीहरूले मानिस, घटना र कामकुराहरूलाई कहिल्यै तर्कसङ्गत तरिकाले हेर्दैनन्। तिनीहरूको नजरमा, अरू मानिसहरूबाट आउने कुनै पनि प्रकटीकरण एउटा समस्या, एउटा अवगुण हो। तिनीहरू आफ्ना विचार र दृष्टिकोणहरूअनुसार चल्ने हुनाले, तिनीहरूका लागि तीमध्ये कुनै पनि स्वीकार्य हुँदैन; तिनीहरूका लागि ती सबै गलत कुरा, सबै नकारात्मक कुराहरू, र तिनीहरूका लागि आलोचना गर्ने हतियार हुन्। यस्ता मानिसहरूसँग व्यवहार गर्न गाह्रो हुन्छ। तिनीहरूमा सामान्य मानवताको विवेक र समझ हुँदैन, त्यसैले तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूको तथाकथित “सही र गलत” को अर्थ केवल तिनीहरूले जे सही सोच्छन् त्यो सही हो, र तिनीहरूले जे सही होइन भनी सोच्छन् त्यो गलत हो भन्ने हुन्छ। तिनीहरूले मानिस, घटना र कामकुराहरूको शुद्धतालाई आफ्नै मूल्याङ्कन र प्राथमिकताहरूका आधारमा, र आफ्नै हितहरूका आधारमा पनि मूल्याङ्कन गर्छन्। तिनीहरूले मानिस र कामकुराहरूलाई निष्पक्ष रूपमा हेर्नेछैनन्। तिनीहरूले मन नपराउने, तिनीहरूसँग नमिल्ने, तिनीहरूको लाभ नहुने, वा तिनीहरूले हेला गर्ने कुनै पनि कुरालाई तिनीहरूले छलफलको लागि कुनै ठाउँ नराखीकन गलत र खराब भनेर सामान्यीकरण गर्छन्। यस्ता मानिसहरूसँग व्यवहार गर्न गाह्रो मात्रै हुने होइन तर यो कार्य डरलाग्दो पनि हुन्छ। यदि तेरो वरिपरि यस्तो व्यक्ति छ भने, तिनीहरूका सबै विचार र दृष्टिकोणहरू व्यक्त भएपछि, तिनीहरूको चरित्र पूर्ण रूपमा उदाङ्गो हुन्छ। तैँले तिनीहरूको आत्माको गहिराइमा वास्तवमा के छ, तिनीहरूले वास्तवमा के मन पराउँछन्, तिनीहरूका आवश्यकताहरू वास्तवमा के हुन्, र तिनीहरूले वास्तवमा के कुरा पछ्याउँछन् भनेर देख्न सक्छस्। तिनीहरूमा यी कुराहरू देख्दा तँलाई तिनीहरूप्रति जीवनभर घृणा लाग्न सक्छ। अवश्य पनि, जब तिनीहरूका यी सबै समस्याहरू उदाङ्गो हुन्छन्, तब तैँले तिनीहरूको विकृत बोध, र तिनीहरूको हठी स्वभावका कारणले तिनीहरूले प्रकट गर्ने हठीपन, मूर्खता, जिद्दीपन, र विकृतिहरूप्रतिको झुकाव जस्ता तिनीहरूका प्रकटीकरणहरूका बारेमा उत्तर पाउनेछस्। यो उत्तर के हो त? त्यो के हो भने यस्ता मानिसहरूमा सामान्य मानवता हुँदैन—अर्थात्, तिनीहरूमा मानवको विवेक र समझ हुँदैन; तिनीहरू मानिस होइनन्। यदि तिनीहरूमा अलिकति विवेक र समझ भएको भए, तिनीहरूले कुतर्कलाई समात्ने र त्यसबारे त्यो सही हो भने जस्तै गरी बोल्ने थिएनन्। परमेश्वरमा विश्वास गरेर यति धेरै प्रवचनहरू सुनिसकेपछि, तिनीहरूले कम्तीमा अलिकति सत्यता बुझ्नुपर्थ्यो, र कामकुराहरूप्रतिको तिनीहरूको दृष्टिकोण केही हदसम्म परिवर्तन हुनुपर्थ्यो। त्यसोभए तिनीहरूले अझै पनि गैरविश्वासीहरूको दृष्टिकोण प्रयोग गरेर किन कुराहरू हेर्छन्, र त्रुटिपूर्ण दृष्टिकोण र कुतर्कलाई सही र सत्यताको रूपमा किन लिन्छन्, र सत्यता, सकारात्मक कुराहरू, र सही कुराहरूलाई नकारात्मक कुराहरू भनेर किन निन्दा समेत गर्छन्? जब तिनीहरूका त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू उदाङ्गो हुन्छन्, तब तैँले उत्तर पाउँछस्। तिनीहरूले जीवनमा सेतोलाई कालो र कालोलाई सेतो बनाउने र तथ्यहरूलाई तोडमोड गर्ने यति धेरै कुराहरू भन्न सक्नु स्वाभाविक नै हो—यो तिनीहरूले सत्यतालाई स्वीकार गर्न पूर्ण रूपमा नमान्ने हुनाले भएको हो। तिनीहरूमा सत्यताप्रति वितृष्ण हुने विशेषता हुने भएकोले, तिनीहरूले ती कुराहरू प्रकट गर्नु तार्किक मात्रै हुन्छ। यो तिनीहरूका आमाबुबाले तिनीहरूलाई कसरी सिकाए भन्ने कुराले भएको हुँदैन, न त वातावरणको प्रभावले नै भएको हुन्छ, समाजले तिनीहरूलाई के सिकायो भन्ने कुराले त झनै भएको हुँदैन; यो त तिनीहरूको मानवताको गुण हो। तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्; तिनीहरूमा यो विशेषता हुन्छ। व्यक्तिले के मन पराउँछ, उसले कस्तो प्रकारको मानवता प्रकट गर्छ, उसले दैनिक जीवनमा स्वाभाविक रूपमा के प्रकट गर्छ, र जीवनमा उसको सामान्य स्थिति के हो—यी सबै कुरा व्यक्तिको विशेषतामा निर्भर हुन्छ। कसैले पनि कुनै व्यक्तिको विशेषता परिवर्तन गर्न सक्दैन। यो त सर्पको अवस्था जस्तै हो: कुटिल हुनुको विशेषता भएकोले, यो कहिल्यै पनि सोझो रेखामा घस्रनेछैन। गङ्गटो जस्तै: यो तेर्सो हिँड्छ, र तैँले यसलाई साँघुरो ठाउँमा राखे पनि, यो अझै पनि तेर्सो नै हिँड्नेछ। यी तिनीहरूका विशेषताहरू हुन्, र विशेषताहरूलाई परिवर्तन गर्न सकिँदैन। यदि कुनै व्यक्तिले सही र गलत खुट्ट्याउन सक्दैन वा के सही हो र के गलत हो भनी जान्न सक्दैन भने, यो गुणलाई ऊसँग भएको एउटा विशेषता भन्न सकिन्छ। तिनीहरूमा यो विशेषता हुने हुनाले, तिनीहरूले स्वाभाविक रूपमा आफ्नो दैनिक जीवनमा यससँग सम्बन्धित धेरै कुराहरू प्रकट गर्छन्—यो निकै सामान्य कुरा हो।
कतिपय मानिस, भावनाहरू वा कामकुराहरू सम्हाल्ने सन्दर्भमा, के सही र के गलत हो भन्ने जान्दैनन्। त्यसरी नै, तिनीहरू पुरुष र महिलाबीचको आचरणका सन्दर्भमा पनि के सही र के गलत हो भन्ने जान्दैनन्। उदाहरणका लागि, तिनीहरूलाई विपरीत लिङ्गीसँग अन्तरक्रिया र सङ्गत गर्दा कति दूरी कायम राख्ने, कुन-कुन विषय, टिप्पणी र व्यवहारहरूबाट टाढा बस्ने, वा आफ्नो दैनिक बोली र आचरणमा कुन-कुन विवरणहरूमा ध्यान दिने भन्ने कुरा थाहा हुँदैन। यो कुरा बुझ्न गाह्रो छ—के सामान्य मानिसहरू सबैलाई विपरीत लिङ्गीसँग सङ्गत गर्दा त्यसमा सीमाहरू हुनुपर्छ भन्ने थाहा हुँदैन र? (हुन्छ।) के यो सिकाउनुपर्ने कुरा हो र? जब कुनै व्यक्ति बच्चा नै हुन्छ, तब उसका आमाबुबाले उसलाई यो कुरा सिकाउनुपर्ने हुन सक्छ, तर जब ऊ बिस्तारै हुर्कन्छ र समझदार बन्छ, तब उसलाई परिवार वा समाजले नसिकाई नै उसले यी कुराहरू स्वाभाविक रूपमा जान्दछ। यो जन्मजात कुरा हो, होइन र? पुरुष र महिलाबीच सीमाहरू हुन्छन् भन्ने कुरा जान्नु मानवताको एउटा गुण हो। मानवताका गुणहरूमा विवेक र समझ समावेश छन्, त्यसैले मानिसहरूलाई लाजको बोध हुनु भनेको के हो भनेर पक्कै पनि थाहा हुन्छ। यदि तँसँग लाजको बोध छ भने, तैँले विपरीत लिङ्गीलाई कसरी व्यवहार गर्ने भन्ने जान्दछस्। यदि तँलाई त्यो कुरा थाहा छैन, र तँ लाजको बोधविना व्यवहार गर्छस्—कुन व्यवहार सही हो र कुन गलत हो, कुन उचित र तर्कसङ्गत हो, र कुन हदभन्दा बढी र सीमा नाघ्ने तरिका हो भन्ने नजानी यसो गर्छस्—भने तेरो मानवतामा समस्या छ, किनभने यो सामान्य व्यक्तिले न्यूनतम रूपमा जान्नुपर्ने कुरा हो। यदि कसैले यी कुराहरू जान्दछ र ती पालन गर्न सक्छ भने, ऊसँग मानवताको विवेक र समझ छ; यदि कसैले यीमध्ये कुनै पनि कुरा जान्दैन र उसलाई अरूले सम्झाउनुपर्ने र रोक्नुपर्ने समेत हुन्छ भने, यस्तो व्यक्तिमा ठूलो समस्या हुन्छ। खास गरी यस्तो प्रकारको व्यक्ति पनि हुन्छ जो अरूको बीचमा हुँदा समान लिङ्गका मानिसहरूसँग बस्दैन, तर निश्चित रूपमा विपरीत लिङ्गीको छेउमा बस्छ, र तिनीहरूको धेरै नजिक हुन्छ—ऊ यसबाट जोगिन खोज्दैन। जब अरूले यस्ता व्यक्तिहरूलाई सम्झाउँछन्, तब तिनीहरूलाई यो अनौठोसमेत लाग्छ, र तिनीहरू यसो भन्छन्, “एकअर्काको नजिक बस्दा के गलत भयो र? हामी सार्वजनिक रूपमा के नै गर्न सक्छौँ र? म वयस्क हुँ—के मैले मेरो रेखदेख गर्न तिमीलाई लगाइरहनु आवश्यक छ र? तिमी किन सधैँ मलाई मात्रै औँल्याउँछौ?” तिनीहरू यसो भन्ने आँटसमेत गर्छन्, “हामीले सार्वजनिक रूपमा के नै गर्न सक्छौँ र?”—के तिनीहरूसँग कुनै लाजको बोधसमेत हुन्छ? (हुँदैन।) के तिनीहरूले वास्तवमा केही गर्नुपर्छ भन्ने नै समस्या हो? अथवा जबसम्म तिनीहरू केही गर्दैनन्, तबसम्म तिनीहरूले पुरुष र महिलाबीचका सीमाहरू पालन गर्नुपर्दैन भन्ने हो? के पुरुष र महिलाबीच कुनै भिन्नता छैन र? (छ।) त्यसो हो भने, तिनीहरूबीच सीमाहरू हुनुपर्छ, र यी सीमाहरू कायम राख्ने काम मानवताभित्रको लाजको बोधद्वारा प्रेरित हुन्छ। यदि तँसँग लाजको बोध छ भने, तैँले विपरीत लिङ्गीसँग अन्तरक्रिया गर्दा निकै स्वाभाविक रूपमा सीमाहरू कायम राख्नेछस्; तँलाई अरूले निगरानी गर्नुपर्ने आवश्यक पर्नेछैन, न त तँलाई वातावरणले रोक्नुपर्ने नै आवश्यक पर्छ—तँ यो कुरा आफै गर्न सक्छस्। यदि तँमा यति थोरै लाजको बोधसमेत छैन र तँलाई अरूले निगरानी गर्नुपर्ने र सम्झाउनुपर्ने आवश्यक पर्छ भने, तँजस्तो व्यक्ति ठूलो खतरामा हुन्छ। कतिपय मानिस पुरुष र महिलाबीचका मामिलाहरूमा खास गरी लापरवाह हुन्छन्, र तिनीहरू अक्सर विपरीत लिङ्गीलाई आँखा झिम्क्याउँछन् र रोमान्टिक नजरले हेर्छन्, र तिनीहरूलाई छुने गर्छन्। खास गरी, कतिपय मानिसलाई विपरीत लिङ्गीको अगाडि आफूलाई प्रदर्शन गर्न विशेष रूपमा मन पर्छ। जति धेरै विपरीत लिङ्गीका सदस्यहरू उपस्थित हुन्छन्, तिनीहरू त्यति नै अनियन्त्रित र उत्साहित हुन्छन्, र तिनीहरूले त्यति नै जोसका साथ आफूलाई प्रदर्शन गर्छन्। अरूलाई यो अनुचित र अमर्यादित लाग्छ, तैपनि तिनीहरूलाई यो समस्या हो भन्ने लाग्दैन, न त तिनीहरूलाई आफ्नो विवेकले घोचेको महसुस नै हुन्छ। बरु, तिनीहरू यस्तो सोच्छन्, “यो निकै सामान्य कुरा हो। के पुरुष र महिलाबीच यस्तै हुनुपर्ने होइन र? के महिलाहरूलाई यस संसारमा पुरुषहरूका लागि नै ल्याइएको होइन र? अनि पुरुषहरूलाई महिलाहरूका लागि ल्याइएको होइन र? सँगै अलिकति रमाइलो गर्दा के गलत भयो र? के यो खुसीको कुरा होइन र? तिमीहरूजस्तो गम्भीर भएर जिउनु त कति थकाइलाग्दो हुन्छ! के तिमीहरूले मानिसहरूले यसो भनेको सुनेका छैनौ, ‘पुरुष र महिलाले सँगै काम गर्दा काम हलुको हुन्छ’?” हेर् त, तिनीहरूलाई कुनै पनि सोच वा दृष्टिकोण स्वीकार्य लाग्छ। खास गरी, तिनीहरू यी भ्रामक विचार र दृष्टिकोणहरूलाई पूर्ण रूपमा स्वीकार गर्छन्, तैपनि सकारात्मक भनाइहरूलाई अलिकति पनि स्वीकार गर्दैनन्, बरु तिनलाई प्रतिरोध गर्छन्, खण्डन गर्छन्, र अस्वीकार गर्छन्। यदि तैँले तिनीहरूलाई सम्झाउने प्रयास गरिस् भने, तिनीहरूलाई यो मन पर्दैन, र तिनीहरू तँलाई मनमनै घृणा गर्छन् र तँलाई शत्रुताको दृष्टिले हेर्छन्। तिनीहरू कसैको सल्लाह स्वीकार गर्दैनन्, र यसरी नै व्यवहार गर्न जिद्दी गर्छन्। कतिपय मानिसले एक क्षणका लागि नियन्त्रण गुमाउन सक्छन् वा तिनीहरू लापरवाहीको शिकार हुन सक्छन्, र तिनीहरूले कहिलेकाहीँ थोरै अनैतिक व्यवहार गर्न सक्छन्। अरूले नसम्झाई नै, तिनीहरूलाई भित्रबाट असहज महसुस हुन्छ र भविष्यमा होसियार हुनुपर्छ भन्ने लाग्छ। विवेक र समझ भएको व्यक्तिमा हुनुपर्ने प्रकटीकरण यही हो। तर यो अर्को प्रकारको व्यक्ति पहिले नै धेरै टाढा गइसकेको हुन्छ र उसले गम्भीर रूपमा सीमा नाघिसकेको हुन्छ; ऊ पहिले नै दैहिक अभिलाषामा लिप्त भइसकेको हुन्छ। धेरै मानिसले यो देखेर सहन सक्दैनन्। यदि तिनीहरूले यस्तै गरिरहे भने, आफैमाथि खतरा ल्याउनेछन्, र तिनीहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ। तैपनि तिनीहरू वास्ता गर्दैनन्, र भन्छन्, “वासनामा लिप्त हुँदा के खतरा हुन सक्छ र?” वास्तवमा तिनीहरूमा कुनै पनि चेतना हुँदैन। बीस-उनन्तिस वर्षका कतिपय महिला विपरीत लिङ्गीसँग लापरवाहीपूर्वक सङ्गत गर्छन्, र पुरुषहरूको घरमा रात बिताउँछन्। यदि यो कुरा बाहिरियो भने, यसले तिनीहरूको प्रतिष्ठामा आँच ल्याउनेछ, तैपनि कसरी-कसरी तिनीहरू यसको वास्ता गर्दैनन्। के यस्तो व्यक्तिमा लाजको बोध हुन्छ? (हुँदैन।) तिनीहरूमा अलिकति पनि लाजको बोध हुँदैन। चाहे पुरुष होस् वा महिला, यदि कसैको हृदयमा पुरुष र महिलाबीचका मामिलाहरूबारे न्यूनतम सीमा छैन भने, र उसलाई “लाज” भन्ने शब्दको अर्थ थाहा छैन भने, यसले ऊसँग मानवताका गुणहरू छैनन् भनेर पूर्ण रूपमा पुष्टि गर्छ। यदि कुनै व्यक्तिमा मानवताका गुणहरू छन्, र उसले कहिलेकाहीँ विपरीत लिङ्गीसँग सम्बन्धित गल्ती गर्छ वा सीमा नाघ्ने काम गर्छ भने, ऊ जीवनभरि पछुताउनेछ। जब-जब उसले यसबारे सोच्छ, तब-तब उसको अनुहार रातो हुनेछ, र उसले आफ्नो हृदयमा हल्का घोचेको जस्तो महसुस गर्नेछ; उसलाई असहज र बेचैन महसुस हुनेछ, उसले त्यो मामिला फेरि उठाउन चाहँदैन, र भविष्यमा यस्तो कुरा फेरि कहिल्यै नहोस् भन्ने आशा गर्छ। उसले जे गर्यो त्यो उसका लागि स्थायी दाग हुन्छ। सामान्य मानिसहरूमा लाजको बोध अनि पुरुष र महिलाबीचका मामिलाहरूबारे न्यूनतम सीमा हुन्छ; तिनीहरूले आफूलाई नियन्त्रण गर्नेछन् र संयममा राख्नेछन्, अनि त्यस्ता कामहरू गर्नेछैनन्। यदि तिनीहरूले एक क्षणका लागि नियन्त्रण गुमाए र विपरीत लिङ्गीसँग गल्ती गरे भने पनि, तिनीहरूलाई पछुतो लाग्नेछ। तिनीहरूले आफ्नो गल्ती बढाउनेछैनन्, न त वातावरणले दिँदा आफूलाई लिप्त हुन दिनेछन् र आफूलाई पतन हुन दिनेछन्; बरु, तिनीहरू संयममा बस्नेछन्। यो कुरा कसरी हासिल हुन्छ? यो त्यस्तो असल परिणाम हो जुन तैँले तेरो विवेक र समझद्वारा आफूलाई रोकेर प्राप्त गर्छस्। तँलाई तेरो विवेक र समझले रोक्नेछन् र नियन्त्रण गर्नेछन्, र तँलाई न्यूनतम सीमा दिनेछन्, जुन त्यस्ता मामिलाहरूलाई व्यवहार गर्ने तेरो न्यूनतम मानक पनि हो; अर्थात्, तिनले तँलाई यो न्यूनतम सीमा नाघ्नबाट जोगिन र त्यस्ता कामहरू गर्नबाट रोकिन मद्दत गर्नेछन्। जब कमजोरी वा कुनै विशेष कारणले गर्दा तँ अस्थायी रूपमा आफ्ना इच्छाहरूलाई जित्न असमर्थ हुन्छस् र यसरी विपरीत लिङ्गीसँग गल्ती गर्छस्, तब तँ आफ्नो हृदयभित्र घिन र घृणा महसुस गर्नेछस्, र जीवनभरि पश्चात्तापसमेत महसुस गर्नेछस्—यो कुरा जीवनमा दोस्रोपटक हुनेछैन। तर, मानवताविनाका मानिसहरू त्यस्ता कामहरू गर्दा वास्ता गर्दैनन्। तिनीहरू त यसलाई चारैतिर प्रचारसमेत गर्छन् र अरूको तुलनामा आफू कहाँ छु भनेर हेर्छन्, अनि यो एउटा सीप र सक्षमता हो, यसलाई आफूमा आकर्षण हुनु भनिन्छ, र यसलाई फाइदा लिनु भनिन्छ—र यसो नगर्नु भनेको खेर फाल्नु हो भन्ने सोच्छन्। यदि यस्ता मानिसहरूले अवसर पाए भने, के फेरि त्यस्ता कामहरू गर्नेछन्? जवाफ पक्कै पनि ‘गर्नेछन्’ भन्ने नै हुन्छ—तिनीहरूले अवश्य नै त्यसो गर्नेछन्। तिनीहरू त्यस्ता कामहरू गरेकामा कहिल्यै दुःखी महसुस गर्दैनन्, बरु तीबारे धाक चाहिँ लगाउँछन्। के यो कुरा घृणित छैन र? (घृणित छ।) तिनीहरू दुःखी महसुस गर्दैनन् भन्ने कुरा नै पर्याप्त रूपमा निराशाजनक कुरा हो, तर तिनीहरू धाकसमेत लगाउँछन्, जुन अझ बढी घृणित कुरा हो। तिनीहरू जे गर्छन् त्यसले अरूलाई घृणा महसुस गराउँछ, तैपनि तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन; यस्ता मानिसहरू मानव भनिन लायक हुँदैनन्। तिनीहरू अक्सर यस्ता लाजमर्दा कामकुराहरू गर्छन्, तैपनि लाज, पश्चात्ताप, वा दुःख महसुस गर्दैनन्, र यदि भविष्यमा अवसर वा परिस्थितिहरू सही भए भने, तिनीहरूले ती फेरि गर्नेछन्—यो लाजको बोध नहुनुको प्रकटीकरण हो। त्यसोभए मलाई भन् त, यदि यस्तो व्यक्तिले सत्यता अभ्यास गर्दैन भने, के उसले दुःखी वा ग्लानि महसुस गर्छ? (गर्दैन।) ठिक भनिस्, उसले दुःखी वा ग्लानि महसुस पनि गर्नेछैन। किन? (किनभने ऊसँग विवेक वा समझ हुँदैन।) लाजमर्दा कामकुराहरू गर्ने कुरामा, विवेक वा समझ नभएको व्यक्तिले गैरविश्वासीहरूले समेत लाजमर्दो ठान्ने काम गर्दा लाज महसुस गर्दैन, न त उसले त्यस्तो काम गर्दा दुःखी महसुस नै गर्छ। त्यसोभए, झन् उसले सत्यताविरुद्ध जाने कामहरू गर्दा दुःखी महसुस गर्ने सम्भावना त झनै कम हुन्छ, होइन र? (हो।) गैरविश्वासीहरूको नजरमा, सत्यता अभ्यास नगर्नु र सत्यता नपछ्याउनु निकै सामान्य कुरा हो; यसलाई अपमानजनक मानिँदैन, न त यसलाई मानव नैतिकताविरुद्ध जाने कुरा नै मानिन्छ, किनभने अधिकांश मानिस त्यस्तै हुन्छन्। यसरी, यसले त्यस प्रकारको व्यक्तिलाई केही पनि महसुस गराउँदैन। यदि कुनै सामान्य व्यक्तिले सत्यता अभ्यास गर्न असफल भएको कारण र सिद्धान्तहरूविरुद्ध गएकाले काँटछाँट भोग्छ भने, ऊसँग विवेक र समझ हुने भएकाले, उसले आफ्नो हृदयमा ग्लानि महसुस गर्नेछ, र उसको विवेकलाई असहज हुनेछ। तर जब विवेक र समझ नभएको व्यक्तिले लाजमर्दा कामकुराहरू, वा अरूमा घृणा र दिक्दारी उत्पन्न गराउने कामहरू गर्छ, तब उसले असहज वा बेचैन महसुस गर्दैन। उसको दृष्टिकोणमा, उसले सत्यताको अभ्यास नगर्नु पूर्ण रूपमा सामान्य कुरा हुँदैन र? ऊसँग कुनै पनि चेतना हुँदैन, त्यसैले यस्ता मानिसहरू सुध्रिने कुनै आशा हुँदैन।
मलाई भन् त, के सही र के गलत हो, के ठिक र के बेठिक हो भनी छर्लङ्गै देख्न सक्नेहरू धेरै छन्? तिमीहरूका परिवार, मित्र र सहकर्मीहरूलगायत तिमीहरूको वरपरका मानिसहरूलाई हेर, र त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूलाई हेर। यी मानिसहरूका बीचमा, के सही र के गलत हो, अनि के ठिक र के बेठिक हो भनी खुट्ट्याउन र छर्लङ्गै देख्न सक्नेहरू धेरै छन् कि थोरै छन्? (निकै थोरै छन्।) के ठिक र के बेठिक हो भनी जान्न सक्ने मानिसहरू धेरै छैनन्। अर्थात्, यस संसारमा, सोझा र दयालु मानवता भएका मानिसहरू धेरै छैनन्, आफ्नो बोली र व्यवहारमा निष्पक्ष अनि वस्तुगत हुने, र खराब कामहरू गर्नमा अनियन्त्रित रूपमा नचल्नेहरू धेरै छैनन्, र तर्कसङ्गत रूपमा बोल्ने, र कुतर्क प्रयोग नगर्नेहरू धेरै छैनन्। विशेष गरी गैरविश्वासीहरूमा, यस्ता मानिसहरू अत्यन्तै थोरै छन्। जब तँ कुनै गैरविश्वासीको सम्पर्कमा आउँछस्, तब ऊ कस्तो प्रकारको व्यक्ति हो भनेर जान्नका लागि तैँले उसले बोलेको कुरा सुन्नु मात्रै आवश्यक हुन्छ। गैरविश्वासीहरूका शब्दहरूमा धेरै अशुद्धता र मिसावट हुन्छ। तिनीहरूमध्ये धेरैजसोले निष्पक्ष र वस्तुगत रूपमा बोल्दैनन्; तिनीहरू आफ्ना भावनाहरूका आधारमा र आफ्नै हितहरूको सुरक्षा गर्नका लागि बोल्छन्। तिनीहरूले जस्तोसुकै गलत शब्दहरू बोले पनि वा जस्तोसुकै गलत कामकुराहरू गरे पनि, तिनीहरूलाई आफ्नो हृदयभित्र त्यसको चेतना हुँदैन। परमेश्वरमा विश्वास गर्ने व्यक्तिका रूपमा, यदि कुनै व्यक्ति आफ्नो बोली र व्यवहारमा के ठिक र के बेठिक हो भनी नजान्ने गैरविश्वासीजस्तै छ भने—र उसले बोल्ने शब्दहरू र उसले राख्ने दृष्टिकोणहरू गलत भए पनि, ऊ अझै तिनमा अन्धाधुन्ध रूपले लागिरहन्छ, गलत दृष्टिकोणहरूलाई सकारात्मक कुरा र सत्यताठान्छ, अनि सत्यता र परमेश्वरका वचनहरूलाई प्रतिस्थापित गर्न त्यस्ता दृष्टिकोणहरू प्रयोगसमेत गर्छ भने—के यस्तो व्यक्तिले मुक्ति पाउने कुनै आशा हुन्छ? (हुँदैन।) कतिपय मानिसले बीस वा तीस वर्ष, वा जीवनभरि नै परमेश्वरमा विश्वास गरेका हुन्छन्, तर तिनीहरू सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनेर कहिल्यै जान्दैनन्, न त तिनीहरू के ठिक र के बेठिक हो भन्नेबारे नै कहिल्यै स्पष्ट हुन्छन्। जबसम्म कुनै कुरा तिनीहरूका लागि लाभदायक हुन्छ, तबसम्म तिनीहरू त्यो मन पराउँछन् र त्यसको बचाउ गर्छन्; यदि त्यो कुरा तिनीहरूका लागि लाभदायक छैन भने, तिनीहरू त्यो खराब र गलत छ भन्छन्, अनि त्यसलाई अस्वीकार गर्छन्। तिनीहरू अहिलेसम्म संसारसँग व्यवहार गर्ने यस्तो दर्शन र मनोवृत्तिका साथ जिएका छन्, तैपनि तिनीहरू अझै आफूले परमेश्वरमा विश्वास गर्ने र मुक्ति पाउन चाहेको दाबी गर्छन्—के यो ठट्टा होइन र? (हो।) तिनीहरू आफू परमेश्वरको अनुयायी हुँ र परमेश्वरको गवाही हुँ भन्ने दाबी पनि गर्छन्। तिनीहरूले परमेश्वरको गवाही दिन के प्रयोग गर्न सक्छन् र? तिनीहरूलाई के ठिक र के बेठिक हो भन्नेसमेत थाहा हुँदैन, तैपनि तिनीहरू आफूले परमेश्वरको गवाही दिन चाहेको दाबी गर्छन्—के यो पूर्णतया बकवास होइन र? के परमेश्वर आफ्नो गवाही दिन यस्ता विवेकहीन मानिसहरूलाई प्रयोग गर्नुहुन्छ र? (गर्नुहुन्न।) यस्ता मानिसहरूले उहाँको गवाही दिनु त परमेश्वरका लागि अपमानको कुरा हुनेथियो। तिनीहरू परमेश्वरले गर्ने कुनै पनि कुरा सही छ भन्ने कहिल्यै महसुस गर्दैनन्। तिनीहरूका विचार र दृष्टिकोणहरू प्रयोग गरेर मूल्याङ्कन गर्दा त, परमेश्वरले गर्ने धेरै कुरा तिनीहरूका विचार र दृष्टिकोणहरूअनुरूप हुँदैनन्, न त ती तिनीहरूका धारणाहरूअनुरूप नै हुन्छन्, र अवश्य पनि, ती तिनीहरूका दैहिक रुचिहरूअनुरूप पनि हुँदैनन्। अक्सर, परमेश्वरका वचनहरू वा परमेश्वरको काम तिनीहरूका इच्छाहरू, तिनीहरूका व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरू, अनि तिनीहरूका सबै प्रकारका व्यक्तिगत हितहरूविरुद्ध जान्छन्। त्यसकारण, दस वा बीस वर्षदेखि परमेश्वरमा विश्वास गरेका कतिपय मानिसका हकमा भन्दा, तिनीहरूलाई हृदयबाट आउने एउटै शब्द बोल्न लगाउन, परमेश्वरले गर्ने सबै कुरा सही र त्रुटिरहित छ भनेर भन्न लगाउन एकदमै गाह्रो हुन्छ। तिनीहरूको हृदयमा केही कुरा लुकेका हुन्छन् भनेर भन्न सकिन्छ। यी सब वर्षहरूमा परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूसँग प्रत्यक्ष अनुभव हुन्छ: तिनीहरू आफ्ना चाहनाहरू पूरा भएका छैनन् भन्ने महसुस गर्छन्; तिनीहरू अधिकारी बन्न चाहन्थे तर बन्न सकेनन्, र आशिष्हरू प्राप्त गर्न चाहन्थे तर ती पाएनन् भन्ने महसुस गर्छन्। परमेश्वरको घरले तिनीहरूलाई अन्यायपूर्ण व्यवहार गरेको जस्तो देखिन्छ। तिनीहरूको हृदयमा भएका गुनासाहरू र अन्यायमा परेको भावना हुन्छन् जुन भावनालाई तिनीहरू व्यक्त गर्न चाहन्छन् तर सक्दैनन्; तिनीहरूलाई यदि आफूले यो कुरा बोल्यो भने, परमेश्वरलाई चिढ्याउनेछु, अरूलाई आफूविरुद्ध प्रयोग गर्ने मौका दिनेछन्, वा मानिसहरूको हृदयमा आफ्नो राम्रो छवि कायम राख्न असफल हुनेछु भन्ने डर लाग्छ। यसरी, तिनीहरू धेरै कुरा भित्रै दबाइराख्छन्। तिनीहरू ठूलो स्वरमा बोल्दैनन् भन्दैमा तिनीहरूको हृदयमा यी विचार वा निश्चित कुराहरू छैनन् भन्ने होइन। अनि यी तथाकथित “कुराहरू” के हुन् त? ती परमेश्वर र उहाँको कामबारे यी मानिसहरूको सकारात्मक बोध र ज्ञान होइनन्, बरु परमेश्वरप्रतिको तिनीहरूको अबुझपन, अवज्ञा, र रिस, साथै तिनीहरूले परमेश्वरमा विश्वास गरेका यतिका धेरै वर्षमा तिनीहरूले भोगेका भन्ठान्ने कुराहरूसम्बन्धी गुनासाहरू हुन्। तर तिनीहरूले विश्वास गर्ने त परमेश्वर नै हुनुभएकाले, तिनीहरू यो कुरा भन्न सक्दैनन्। तिनीहरूको हृदयमा कि यति धेरै कुरा हुन्छन् जुन तिनीहरू व्यक्त गर्न सक्दैनन्? यसको पछाडि पनि एउटा कारण छ। यही एउटा बुँदा नै तिनीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरे तापनि सत्यता साँच्चै बुझेका छैनन् भन्ने कुरा देखाउनका लागि पर्याप्त छ। तिनीहरू परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता पछ्याउनुलाई गम्भीर रूपमा लिँदैनन्। तिनीहरू आफूलाई जे आइपरे पनि, उहाँका वचनहरूअनुसार कामकुराहरूलाई हेर्दैनन्, न त अभ्यासको मार्ग खोज्न सत्यता खोजी नै गर्छन्। तिनीहरूले उहाँका वचनहरूलाई सत्यता र जीवनका रूपमा कहिल्यै स्वीकार गरेका छैनन्। तिनीहरू सत्यतालाई अनमोल ठान्दैनन् वा महत्त्व दिँदैनन्, न त तिनीहरू सत्यता अभ्यास कसरी गर्ने भन्नेबारे गम्भीर नै हुन्छन्। परमेश्वरमा विश्वास गरेको धेरै वर्षको दौरान, तिनीहरू सधैँ परमेश्वरको विरोधमा खडा भएका हुन्छन्, उहाँका वचनहरूलाई छानबिन, खोजीनिती, र प्रश्न गरेका हुन्छन्, यहाँसम्म कि उहाँका वचनहरूको प्रतिरोध गरेका हुन्छन्, वा आफ्ना तथाकथित सही दृष्टिकोणहरूले उहाँका वचनहरू र कामको मूल्याङ्कन र न्याय गरेका हुन्छन्। त्यसैले, धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि, तिनीहरू अन्ततः हृदयबाट केही भन्छन्: “मैले परमेश्वरमा विश्वास गरेर के पाएँ?” यसको तात्पर्य के हो भने तिनीहरूले परमेश्वरमा विश्वास गरेर केही पनि पाएका छैनन्। तिनीहरू आफ्नो हृदयमा, आफूले धेरै दुःख भोगेको छु र वर्षौंदेखि परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा धेरै मूल्य चुकाएको छु, तर आशिष्हरू प्राप्त गर्ने आफ्नो चाहना अनि ख्याति र प्राप्ति पछ्याउने आफ्नो इच्छा पूरा भएको छैन भनेर विश्वास गर्छन्। कतिपयले त आफूले भोगेका अन्यायहरूलाई परमेश्वरले सच्याउनुभएको छैन भन्नेसमेत विश्वास गर्छन्, त्यसैले तिनीहरू आफू भित्रबाट अवज्ञा, रिस, र गुनासाले भरिएको महसुस गर्छन्। आशिष्हरू प्राप्त गर्नका लागि र आफ्नो गन्तव्यका लागि तिनीहरूसँग दुःखी हुँदै आफ्नो कर्तव्यको थोरै अंश निर्वाह गर्नु र परमेश्वरको घरमा थोरै काम गर्नुबाहेक अरू कुनै विकल्प हुँदैन, तर अन्त्यमा, तिनीहरूका आशाहरू खेर जान्छन् र तिनीहरूले केही पनि पाउँदैनन्। के यस्ता मानिसहरू अस्तित्वमा छन्? कम्तीमा पनि यस्ता मानिसहरूको एउटा हिस्सा त छ। तिनीहरूले धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि केही पनि प्राप्त नगर्नु त तिनीहरूका आफ्नै समस्याहरूको कारणले भएको हुन्छ। तिनीहरूसँग सत्यता बोध गर्ने वा बुझ्ने क्षमता हुँदैन, र तिनीहरू आशिष्हरू प्राप्त गर्ने अभिप्रायका साथ परमेश्वरलाई पछ्याउँछन् र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले केही हदसम्म इमानदारीपूर्वक आफूलाई समर्पित गरेका, अनि ठूलो मूल्य चुकाएका र धेरै दुःख भोगेका भए पनि, परमेश्वरले बोल्ने वचनहरू वा परमेश्वरले व्यक्त गर्ने सत्यताहरूमा कहिल्यै रुचि राखेका हुँदैनन्। तिनीहरूले तिनलाई कहिल्यै आफ्नो हृदयमा स्वीकार गरेका हुँदैनन्, न त सत्यता अभ्यासलाई गम्भीर रूपमा लिएका नै हुन्छन्। त्यसकारण, तिनीहरूले आफूसँग सत्यता वास्तविकता छ कि छैन भनेर कहिल्यै जानेका हुँदैनन्। तिनीहरू यस्तो सोच्छन्, “हामी सत्यताबारे विषयमा सङ्गति गर्न सक्छौँ र हामीले केही सत्यता बुझेका छौँ, त्यसोभए हामीसँग सत्यता वास्तविकता छैन भनेर कसरी भन्न सकिन्छ?” तर तिनीहरू एउटै पनि साँचो अनुभवात्मक गवाही लेख्न सक्दैनन्, त्यसोभए तिनीहरूको यो सत्यता वास्तविकता कहाँ हुन्छ त? तिनीहरूका व्यवहार र कार्यहरू अझै पनि गैरविश्वासीहरूका जस्तै हुन्छन्; गैरविश्वासीहरूको तुलनामा तिनीहरूको व्यवहार थोरै परिवर्तन भएको मात्रै हुन्छ। आफूलाई आचरणमा ढाल्ने तिनीहरूका तरिका र विधिहरूमा, अनि सबै घटना र कामकुराहरू—विशेष गरी सकारात्मक र नकारात्मक कुराहरू, अनि के ठिक र के बेठिक हो भन्नेबारे—तिनीहरूले आफ्ना विचार र दृष्टिकोणहरूमा कहिल्यै उहाँका वचनहरू वा सत्यताका आधारमा कामकुराहरूलाई हेरेका हुँदैनन्। बरु, तिनीहरू सबै कुरालाई आफ्नै विचार र दृष्टिकोणअनुसार हेर्छन्। तिनीहरू आफूलाई मन पर्ने कुरा सकारात्मक कुरा हो, र आफूलाई घृणा लाग्ने कुरा नकारात्मक कुरा हो भन्ने विश्वास गर्छन्। तिनीहरू उहाँका वचनहरूलाई आधारका रूपमा प्रयोग गरेर मानिसहरू र कामकुराहरूलाई कहिल्यै हेर्दैनन्, र तिनीहरू आफूले सामना गर्ने मानिस, घटना र कामकुराहरूमा कहिल्यै सत्यता खोजी गर्दैनन् वा सत्यता स्वीकार गर्दैनन्—तिनीहरू आफ्नै चाहना, अभिप्राय, र प्राथमिकताहरूअनुसार काम गर्न, जिउन, र आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नै आकाङ्क्षी सोचलाई मात्रै पछ्याउँछन्। तिनीहरू आफूले कामकुराहरू त्याग्न, आफूलाई समर्पित गर्न, दुःख भोग्न, र मूल्य चुकाउन सक्नुको अर्थ तिनीहरूले पहिले नै परमेश्वरमा ठूलो योगदान गरिसकेका छन् भन्ने विश्वास गर्छन्; तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको अर्थ यही हो, र सत्यता पछ्याउनु भनेको यही हो भन्ने सोच्छन्। तिनीहरू आफ्नो हृदयमा कल्पना गरेका परमेश्वरमाथि आफ्नै तरिकाले विश्वास गर्छन्, र आफ्नै तरिकाले सत्यता पछ्याउँछन्। जब तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ मनमानी र लापरवाहीपूर्वक आफ्नै इच्छाअनुसार काम गरेको कारणले काँटछाँट गरिन्छ, वा जब तिनीहरूलाई परमेश्वरको घरमा महत्त्वपूर्ण कामहरूका लागि प्रयोग गरिँदैन, तब तिनीहरू निराश र हताश महसुस गर्छन्। अन्ततः तिनीहरू सबै कुराको निचोड एउटै कथनमा निकाल्छन्: “मैले यति धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेर के पाएँ?” तिनीहरूले साँच्चै केही पनि पाएका हुँदैनन्। तिनीहरूले सत्यता प्राप्त नगर्नुको कारण के हो भने तिनीहरूले सत्यता पछ्याएका हुँदैनन्; यसका लागि परमेश्वरलाई दोष दिन मिल्दैन। किनभने परमेश्वर मानिसहरूलाई पक्षपात गर्नुहुन्न, न त सत्यताले नै पक्षपात गर्छ। तँ सत्यता प्राप्त गर्न असफल हुनुको कारण परमेश्वरले तँलाई अवसर नदिनुभएकाले वा उहाँले तँलाई उहाँका वचनहरू सुन्न नदिनुभएकाले होइन, बरु तैँले उहाँका वचनहरू सुनेर पनि तिनलाई मनन, सोचविचार, अभ्यास, वा अनुभव नगरेको कारणले हो। तैँले सत्यतालाई प्रेम नगर्ने भएकाले नै तँ त्यसलाई स्वीकार गर्दैनस्। परमेश्वरले तेरा आँखाहरू वा तेरो हृदय बन्द गरिदिनुभएको छैन; बरु, तेरा रुचिहरू र तेरो मूर्खताले तेरो हृदयलाई रोकेको छ जसले गर्दा तँ सत्यता स्वीकार गर्न सक्दैनस्। तँ सत्यता प्राप्त गर्न असफल हुनुको कारण परमेश्वरले तँलाई त्यो प्रदान नगर्नुभएको होइन, बरु तैँले कहिल्यै उहाँका वचनहरू पढ्न मन पराएको हुँदैनस्, र तँ आफ्नो हृदयमा उहाँका वचनहरू वा सत्यतालाई स्वीकार गर्दैनस्। तँ तेरा आफ्नो विश्वास र दृष्टिकोणहरूलाई आफूले पछ्याउने र आफू समर्पित हुने सत्यताका रूपमा व्यवहार गर्छस्—के तँ मानिसहरूले तँलाई परमेश्वरका रूपमा आराधना गरून् भन्ने चाहन्छस्? परमेश्वरका वचनहरू र परमेश्वरको काम तेरा लागि एक औपचारिकता, एक सूत्र मात्र हुन्; तैँले सत्यता र जीवनलाई पटक्कै पछ्याएको छैनस्। त्यसैले, तैँले परमेश्वरमा विश्वास गर्नुको अन्त्य एउटै तरिकाले मात्र हुन सक्छ—तैँले साँच्चै केही पनि प्राप्त गरेको हुँदैनस्। तैँले सत्यता किन प्राप्त गरेको छैनस्? यो परमेश्वरले तँलाई अनुग्रह प्रदान नगर्नुभएको कारणले होइन, बरु तँ व्यक्तिगत रूपमा हिँड्ने मार्गको कारणले हो। परमेश्वरले तँलाई धेरै अवसर दिनुभएको छ अनि उहाँ तँलाई इमानदारी र धैर्यपूर्वक अर्ती दिनुहुन्छ र मद्दत गर्नुहुन्छ, तर तँ कुनै ध्यान दिँदैनस्। न त तँ काँटछाँटलाई स्वीकार नै गर्छस्। तँ सधैँ आशिष्हरू प्राप्त गर्ने वा ख्याति र हैसियत प्राप्त गर्ने कुरालाई पछ्याउँछस्, र त्यसलाई कहिल्यै छोड्दैनस्। सत्यता प्राप्त गर्ने क्रममा तैँले भोग्ने अन्तिम असफलता पूर्णतया तँ व्यक्तिगत रूपमा हिँडेको मार्गको कारणले नै आएको हो। तँ सत्यता पछ्याउने मार्गमा हिँडेको छैनस्। परमेश्वरसँग यसको कुनै सम्बन्ध छैन। परमेश्वर मानिसहरूलाई पक्षपात गर्नुहुन्न, न त सत्यताले नै पक्षपात गर्छ। तेरो वर्गीकरण जेसुकै भए पनि, जबसम्म तँ एक मानव हुन्छस्, तबसम्म सत्यता बोध गर्ने तेरो क्षमता सामान्य व्यक्तिको भन्दा थोरै खराब भए पनि, यदि तँ उहाँका वचनहरूलाई आफ्नो हृदयले सुन्न, उहाँका वचनहरू स्वीकार गर्न, र उहाँका वचनहरू अभ्यास गर्न सक्छस् भने—तैँले केही धर्मसिद्धान्त मात्रै बुझे पनि र केही प्रावधान मात्र पालन गर्न सके पनि—तैँले अझै पनि केही कुरा प्राप्त गर्न सक्छस्। धेरैजसो मानिसले यो कुरा गर्न सक्छन्, र पनि तँ किन यसो गर्न सक्दैनस्? अरूले प्रवचनहरू सुन्छन् र त्यसरी नै आफ्नो कर्तव्य निर्वाह गर्छन्, र पनि तिनीहरूले किन सत्यता प्राप्त गर्न, आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्न, र आफ्ना भ्रष्ट स्वभावहरू त्यागेर परमेश्वरमा समर्पित हुन सक्छन्, तर तँ त्यसो गर्न सक्दैनस्? परमेश्वरले तेरा लागि आफ्नो कर्तव्य निर्वाह गर्ने वातावरण मिलाइदिनुभएको छ, र तैँले सत्यता बुझोस् र त्यसलाई अभ्यास गर्न सकोस् भन्ने आशा गर्नुभएको छ। परमेश्वरले तँलाई रोकावट दिनुभएको छैन, तर तँ आफै सधैँ सांसारिक कुराहरू र दैहिक सुखको लालसा गर्छस्, तँ परमेश्वरको वचन खाँदैनस् र पिउँदैनस्, अनि तँ आफ्नो हृदयमा सत्यताप्रति वितृष्णा राख्छस् र त्यसलाई अस्वीकार गर्छस्। तँ शैतानको दर्शन र शिक्षा अनि ज्ञानलाई सकारात्मक कुरा र सत्यता ठान्छस्, जबकि उहाँका वचनहरू र सत्यतालाई बेवास्ता गर्छस्, र तिनलाई आफ्नो शत्रु, आफूविरोधी कुराका रूपमा लिन्छस्। तैँले आफ्नो हृदयमा सत्यतालाई प्रेम नगर्ने हुनाले, तँ किन परमेश्वरमा विश्वास गर्छस्? तँ परमेश्वरमा विश्वास त गर्छस् तर उहाँका वचनहरू सुन्दैनस् वा उहाँका वचनहरू स्वीकार गर्दैनस्—के तँ अझै पनि मुक्ति पाउने आशा गर्न सक्छस् र? तँ सत्यता स्वीकार गर्दैनस् वा आफ्ना भ्रष्ट स्वभावहरू त्याग्दैनस्, त्यसकारण तँलाई कसरी मुक्ति दिन सकिन्छ र? तँ उहाँका वचनहरू स्वीकार गर्दैनस् र सत्यता पछ्याउँदैनस्, तैपनि तँ अझै परमेश्वरद्वारा स्वीकार गरिन र मान्यता पाउन चाहन्छस्, यो एउटा कोरा सपना हो; यसले काम गर्नेछैन। तँ उहाँका वचनहरू र सत्यता स्वीकार गर्दैनस्, त्यसैले त्यसको अर्थ तेरो हृदयमा परमेश्वरका लागि कुनै ठाउँ छैन भन्ने हुन्छ। तँ परमेश्वरबाट झन्-झन् टाढा मात्रै हुनेछस्। तँ गैरविश्वासीजस्तै हुनेछस्; तैँले मुक्ति प्राप्त गर्नु असम्भव हुनेछ।
कतिपय मानिसहरूले परमेश्वरका वचनहरूलाई आफ्नो हृदयको गहिराइमा कहिल्यै पनि साँच्चै स्वीकार गरेका हुँदैनन्; तिनीहरूले परमेश्वरको एउटै वचन पनि स्वीकार गर्दैनन्। जब परमेश्वरको घरले तिनीहरूलाई अघि पदोन्नति गर्दैन वा प्रयोग गर्दैन, तब तिनीहरूले यसो भनेर गुनासो गर्छन्: “परमेश्वरले मलाई किन मन पराउनुहुन्न? परमेश्वरको घरले मलाई किन कहिल्यै पदोन्नति गर्दैन वा महत्त्वपूर्ण पदमा राख्दैन? मैले केही सत्यताहरू बुझेको छु, मसँग आकाङ्क्षा र सङ्कल्प छ, र म परमेश्वरका लागि आफूलाई समर्पित गर्न इच्छुक छु! म शिक्षित छु र मसँग सामर्थ्य छ, र म कष्ट भोग्न र मूल्य चुकाउन सक्छु—र पनि परमेश्वरको घरले मलाई किन मौका दिँदैन? मलाई यसरी व्यवहार गर्नु अन्याय हो! अरूले अवसर पाउँछन्, र पनि मैलेचाहिँ किन पाउँदिनँ? परमेश्वर धर्मी हुनुहुन्न!” त्यसोभए तँ मानिसहरूलाई पदोन्नति गर्ने र प्रयोग गर्ने सन्दर्भमा परमेश्वरको घरका सिद्धान्तहरूअनुसार छस् कि छैनस् भनेर किन हेर्दैनस्? तेरो हृदय परमेश्वरप्रति बन्द छ, र तँ परमेश्वरले बोल्नुहुने वचनहरूप्रति प्रतिरोधी छस्—के तैँले परमेश्वरले भन्नुभएका कुराहरूलाई ग्रहण गरेको छस्? जब तँ कुनै काम गर्छस्, तब के तैँले कहिल्यै परमेश्वरका वचनहरू खोजेको छस्? तँ परमेश्वरका वचनहरूले के भन्छन् भन्ने सुन्दैनस्, र तँ कहिल्यै परमेश्वरका अभिप्राय वा सत्यता सिद्धान्तहरू खोज्दैनस्, त्यसकारण परमेश्वरको घरले तँलाई कसरी प्रयोग गर्न सक्थ्यो र? परमेश्वरले तेरा लागि वातावरण खडा गरिदिनुभए पनि, र परमेश्वरको घरले तँलाई पदोन्नति हुने र प्रयोग गरिने मौका दिए पनि, तँ कुन कामका लागि सक्षम हुन सक्थिस् र? तैँले कुन कामको जिम्मा लिन सक्थिस् र? यदि यस्तो व्यक्तिलाई मण्डलीको कामका लागि प्रयोग गरियो भने, उसले निश्चय नै आफ्नै इच्छाअनुसार लापरवाही पूर्वक दुष्कर्म गर्नेथियो, र अवरोध र बाधा उत्पन्न गर्नेथियो, जसले एउटा मात्रै कुरा निम्त्याउन सक्थ्यो: उसलाई हटाइनेथियो। मानिसहरूलाई हटाइनुका दुई वटा कारणहरू हुन्छन्: एउटा, वास्तविक काम गर्न नसक्ने झूटो अगुवा हुनु, र अर्को, लापरवाहीसाथ दुष्कर्म गर्ने, आफ्नै तरिकाले काम गर्ने, र मण्डलीको काम वा परमेश्वरको घरका हितहरूलाई समर्थन नगर्ने ख्रीष्ट विरोधी हुनु। अन्ततः, दुवैलाई हटाइनुपर्छ। तँ कहिल्यै सत्यता स्वीकार गर्दैनस्, तँ परमेश्वरका वचनहरू पढ्नदेखि वितृष्ण हुन्छस्, तेरो हृदय परमेश्वरप्रति बन्द छ, र तँ काम गर्दा सत्यता सिद्धान्तहरू खोज्दैनस्। परमेश्वरले तँलाई अनुग्रह देखाउनुभए पनि र तँलाई मौका दिनुभए पनि, र परमेश्वरको घरले तँलाई अघि पदोन्नति गराए पनि र प्रयोग गरे पनि, तँ काममा सक्षम हुनेछैनस्, न त तैँले कुनै पनि काम आत्मनिर्भर रूपमा गर्न सक्नेछस्। अन्ततः, तँलाई जसरी पनि हटाइनुपर्ने नै हुन्छ। तँ परमेश्वरको घरले तँलाई पदोन्नति गरोस् र प्रयोग गरोस् भन्ने आशा गर्छस्, तर के तेरो मानसिकता सकारात्मक छ? यदि तेरो लक्ष्य आफ्नो कर्तव्य पूरा गर्नु, सत्यता प्राप्त गर्नु, र परमेश्वरको प्रेमको बदला चुकाउनु होइन भने, तेरो मानसिकतामा महत्त्वाकाङ्क्षाहरू र चाहनाहरूबाहेक अरू केही पनि हुँदैन; यो तेरो अहङ्कारी स्वभावले काम गरिरहेको कारणले गर्दा आएको हुन्छ, र परमेश्वरले यसलाई स्वीकार गर्नुहुन्न। मलाई भन्, तेरोजस्ता प्रकटीकरणहरू हुँदा, के परमेश्वरको घरले तँलाई प्रयोग गर्ने आँट गर्छ? यदि तँलाई प्रयोग गरियो भने, त्यसले मण्डलीको काममा समस्या र हानि मात्रै ल्याउनेछ। तैँले कुनै पनि कुरा राम्ररी गर्न सक्दैनस्, र तैँले केही गरेपछि, धेरै मानिसहरूले परिस्थितिलाई सुधार्नुपर्छ र त्यो गडबडीलाई सफा गर्नुपर्छ। त्यसकारण, परमेश्वरको घरले तँलाई प्रयोग गर्ने आँट गर्दैन। मण्डलीको कामको हरेक कुरा निकै महत्त्वपूर्ण हुन्छ—के तैँले तिनको जिम्मा लिन सक्छस्? यदि केही गडबड भयो भने, के तैँले जिम्मेवारी लिन सक्छस्? तँ काममा सक्षम छैनस् र तैँले त्यसको बोझ लिन सक्दैनस्, तैपनि तँ अझै पनि परमेश्वरको घरले तँलाई महत्त्वपूर्ण पदमा राखोस् भन्ने चाहन्छस्—त्यो त ठूलै महत्त्वाकाङ्क्षा हो! यदि तँ साँच्चै मण्डलीको कामको जिम्मा लिने काममा पदोन्नति हुन चाहन्छस् भने, तँ किन आफूलाई अझ धेरै सत्यताले सुसज्जित गर्ने र अझ धेरै सत्यता बुझ्नेबारे सोच्दैनस्? परमेश्वरका वचनहरूको शत्रु नबन्। तेरा आफ्नै तथाकथित सही विचार र दृष्टिकोणहरूलाई त्याग्, र परमेश्वरका वचनहरूलाई इमानदारीसाथ पढ्। परमेश्वरका वचनहरूप्रति समर्पणताको मनोवृत्ति हुनु मात्रै पनि राम्रो नै हुनेथियो। तँसँग परमेश्वरका वचनहरूप्रति समर्पणताको मनोवृत्ति समेत छैन, तैँले तिनलाई स्वीकार गर्ने कुरा त परै जाओस्। यदि तैँले परमेश्वरका वचनहरूलाई स्वीकार गर्दैनस् तर अझै पनि परमेश्वरको घरमा पदोन्नति हुन र मण्डलीको काम गर्न चाहन्छस् भने, तँ केही दिन पनि टिक्न नपाई तँलाई हटाइनेछ। यस प्रकारका मानिसहरू सबैको हृदयको गहिराइमा आफ्नै आकाङ्क्षाहरू हुन्छन् जस्तो देखिन्छ, तर यी आकाङ्क्षाहरू कहिल्यै साकार हुन सक्दैनन्, र तिनीहरूको हृदय सन्तुष्ट हुन सक्दैन। तिनीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेर परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्न सके पनि, अनि कुराहरू त्याग्न र आफूलाई समर्पित गर्न सके पनि, तिनीहरूको हृदय सधैँ परमेश्वरप्रति बन्द हुने र तिनीहरूमा सत्यताप्रति प्रतिरोधी मनोवृत्ति हुने हुनाले, तिनीहरूले यति धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेर पनि आफूले केही प्राप्त नगरेको महसुस गर्छन्। म त भन्छु, “तैँले जे भन्छस् त्यो एकदमै साँचो हो; तैँले साँच्चै केही पनि प्राप्त गरेको छैनस्।” यदि तैँले यति धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि साँच्चै केही सत्यता प्राप्त गरेको भए, त्यो साँच्चै बहुमूल्य कुरा हुनेथियो। यदि तँभित्र साँच्चै खजानाहरू भएको भए, परमेश्वरको घरले तँजस्तो व्यक्तिलाई साँच्चै मन पराउनेथियो र बहुमूल्य ठान्नेथियो। दुर्भाग्यवश, तँ त्यस्तो प्रकारको व्यक्ति होइनस्। तैँले प्राप्त गरेको कुरा सत्यता होइन, न त त्यो खजाना नै हो; बरु, तैँले प्राप्त गरेको कुरा त गुनासो, अवज्ञा, असन्तुष्टि र गनगनहरूले भरिएको दिमाग हो। तँ आफूले केही पनि प्राप्त गरेको छैन भनेर भन्छस्, र त्यो सही नै हो; त्यो साँच्चै त्यस्तै नै हो। यदि तैँले साँच्चै केही सत्यता बुझेको भए र केही सत्यता प्राप्त गरेको भए, तेरो हृदयमा गुनासो, अवज्ञा, गनगन, र अन्य यस्ता नकारात्मक कुराहरू हुनेथिएनन्। बरु, तँसँग परमेश्वरमाथिको विश्वास, परमेश्वरको बुझाइ, परमेश्वरप्रतिको ख्याल, परमेश्वरप्रतिको समर्पणता, र परमेश्वरप्रतिको डर—यी सबै सकारात्मक कुराहरू हुनेथिए। दुःखको कुरा के हो भने तँभित्र सकारात्मक कुराहरू छैनन्, तर पूर्ण रूपमा नकारात्मक कुराहरू छन्। तैपनि तँ तिनलाई बलियोसँग समातेर राख्छस्, र यी कुराहरू सबैभन्दा बहुमूल्य हुन् भन्ने सोच्छस्; तिनलाई समातेर राख्दा, तैँले आफू सही छु र तँसँग बहाना छ भन्ने सोच्छस्। यो एउटा मूर्ख विचार हो। तेरो त्यो रिस, घृणा, आलोचना, र अवज्ञा अनि आक्रोश सत्यता होइनन्। ती सबै शैतानबाट आउने कुराहरू हुन्; ती शैतानका भ्रष्ट स्वभावहरूबाट उत्पन्न भएका घातक ट्युमरहरू हुन्। तैँले तिनलाई समाधान गर्ने उपाय सोच्नुपर्छ। यी कुराहरूले तँलाई मुक्ति प्राप्त गर्न सक्षम तुल्याउन सक्दैनन्, न त तिनले तँलाई सत्यता स्वीकार गर्न र एक साँचो सृजित प्राणी बन्न अनि सृष्टिकर्ताको सार्वभौमिकता र प्रबन्धहरूलाई स्वीकार गर्न परमेश्वरको सामु खुलस्त र उदाङ्गो भएर आउन नै सक्षम तुल्याउन सक्छन्। यदि, यसको विपरीत, तैँले सधैँ यी कुराहरूलाई बहुमूल्य ठानिस् र तिनलाई त्यागिनस् भने, यसले तँलाई परमेश्वरबाट झन्-झन् टाढा बनाउनेछ, र तँलाई भित्रैबाट झन्-झन् अन्धकारमा र झन्-झन् तल डुब्न लगाउनेछ। अन्ततः, यसले तँलाई परमेश्वरमा झन्-झन् कम रूपमा विश्वास गर्न लगाउनेछ, र परमेश्वरका वचनहरू, परमेश्वरको काम, परमेश्वरका मागहरू, र परमेश्वरको स्वभाव सारप्रति झन्-झन् घृणा गर्न लगाउनेछ। तैँले परमेश्वरमा विश्वास त गर्छस् तर तँ बिस्तारै उहाँबाट झन्-झन् टाढा हुँदै गइरहेको छस्; यो राम्रो कुराको सङ्केत होइन। तेरा लागि, यो एक विपत्ति हो जसले पूर्ण विनाश ल्याउनेछ। तैँले यसलाई उल्टाउनुपर्छ र तँ यी कुराहरूमा टाँसिरहनु हुँदैन। यदि तँ यी नकारात्मक कुराहरूमा टाँसिइस् भने, यसले तँलाई विनाशतिर मात्रै डोऱ्याउनेछ। तैँले यी कुराहरूलाई विश्लेषण गर्न, तिनलाई त्याग्न, र सत्यता स्वीकार गर्नका लागि उदाङ्गो पार्नु नै राम्रो हुनेछ। कतिपय मानिसहरूले भन्छन्, “के तपाईंले हामीजस्ता मानिसहरूसँग सत्यता स्वीकार गर्ने सामर्थ्य हुँदैन भन्नुभएन र?” तँसँग सत्यता स्वीकार गर्ने सामर्थ्य छैन, तर म तँलाई अहिले भन्दै छु: तँभित्रका गुनासो, असन्तुष्टि, अवज्ञा, आक्रोश, घृणा, र आलोचना सबै परमेश्वरको प्रतिरोध गर्ने कुराहरू हुन्। यदि तैँले यो कुरा बुझिस् र तँभित्रका समस्याहरू खुट्ट्याउन सकिस् भने, तैँले यी कुराहरूलाई त्याग्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “म सत्यता बुझ्दिनँ, त्यसैले मलाई यो कुरा कसरी त्याग्ने भन्ने थाहा छैन।” त्यसोभए के तँलाई प्रावधानहरू कसरी पालन गर्ने भन्ने थाहा छ? परमेश्वरका वचनहरूले तँलाई जे गर्न भन्छन् त्यही गर्। उदाहरणका लागि, के तँ दुष्ट काम गर्नदेखि अलग बस्न सक्छस्? के तँ परमेश्वरलाई दोष लगाउनदेखि अलग बस्न सक्छस्? के तँ अझ धेरै असल कामहरू गर्न सक्छस्? के तँ दुष्कर्मीहरूलाई पछ्याउनदेखि अलग बस्न सक्छस्? के तँ परमेश्वरप्रति आफ्नो हृदय खोल्न सक्छस्? जब तैँले समस्याहरू पत्ता लगाउँछस्, तब के तैँले परमेश्वरको घरलाई त्यसबारे रिपोर्ट गर्न सक्छस्? जब तँ परमेश्वरलाई प्रार्थना गर्छस्, तब के तँ हृदयदेखि बोल्न सक्छस्? जब तँ आफ्नो कर्तव्य पूरा गर्छस्, तब के तँ झाराटारुवा हुनदेखि अलग बस्न सक्छस्? यदि तैँले यी कुराहरू गर्न सकिस् भने, तेरा लागि अझै पनि आशा हुन्छ। यदि तैँले यी कुराहरू समेत गर्न सक्दैनस् भने, म तँलाई सत्य कुरा भन्छु: तँ काम नलाग्ने भइस्। तेरो अगाडि ज्योति होइन तर अन्धकार छ। तँ अझै पनि शैतानको व्यक्ति होस्, र तँलाई मुक्ति दिन सकिँदैन।
यदि कुनै व्यक्तिले सत्यता नबुझे पनि, यदि ऊसँग विवेक र समझ छ भने, उसले जेसुकै सामना गरे पनि, उसले के सही र के गलत हो भनेर केही हदसम्म खुट्ट्याउन सक्छ। तर, विवेक र समझ नभएका मानिसहरूले धेरै मामलाहरूमा के सही र के गलत हो भन्ने कुरा जान्दैनन्, जसले गर्दा अरूलाई तिनीहरू धेरै अनौठा छन् भन्ने लाग्छ। जब मानिसहरूले तिनीहरूसँग अन्तरक्रिया गर्छन् वा मामलाहरू सम्हाल्छन्, तब धेरै कुराहरूले तिनीहरूमा काम गर्दैनन्, र धेरै शब्दहरूले तिनीहरूलाई छुँदैनन्। यसबाहेक, तिनीहरूका विचार र दृष्टिकोणहरू धेरै अपरम्परागत र चरम हुन्छन्, र मानिसहरूलाई ती अकल्पनीय लाग्छन्, मानौँ तिनीहरू मानव संसारमा कहिल्यै बसेका नै छैनन्। तिनीहरूले विश्वव्यापी रूपमा सही भनेर मान्यता प्राप्त रहेका धेरै कुराहरू बुझ्दैनन्; तिनीहरूले तिनलाई अनुमोदन वा स्वीकार गर्न नसक्ने मात्रै होइन, तर तिनीहरूले विकृत तर्क र विधर्मका केही कुराहरू समेत व्यक्त गर्न सक्छन्। खास गरी, कतिपय मानिसहरूले प्रायजसो समूहभित्र गोप्य चालबाजी गर्छन्, झगडाको बीउ रोप्छन् र तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्छन्। मानौँ हरेक दिन तिनीहरूसँग ध्यान दिनुपर्ने कुनै उचित कुरा नै हुँदैन; तिनीहरूले कि त यो व्यक्तिको आलोचना गरिरहेका हुन्छन् कि त त्यो मामलाको आलोचना गरिरहेका हुन्छन्, र तिनीहरूले यसैमा आनन्द लिन्छन्। तिनीहरूले भनेका कुराहरूमा कसैले ध्यान नदिए पनि, र यी कुराहरूमा कसैलाई रुचि नभए पनि, तिनीहरू ती कुराहरू भन्न र गर्नमा कहिल्यै थाक्दैनन्। तिनीहरू सधैँ मानिसहरूको सम्बन्धमा झगडाको बीउ रोप्छन्, अरूको आलोचना गर्दै पर्दा पछाडि तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्छन्। जब कुराहरू तिनीहरूको इच्छाअनुसार हुँदैनन्, तब तिनीहरू गनगन गर्छन्, गुनासो गर्छन्, र मानिसहरूको पिठ्युँ पछाडि आलोचना समेत गर्छन्। तिनीहरूको जीवन पूर्ण रूपमा यी कुराहरूले भरिएको हुन्छ। तैँले तिनीहरूलाई कहिल्यै आफ्नो बुझाइको बारेमा सङ्गति गरिरहेको देख्दैनस्—परमेश्वरका वचनहरूबाट प्राप्त गरेको अन्तर्दृष्टि र ज्योतिको बारेमा सङ्गति गरिरहेको, वा कुनै निश्चित मामलामा आफ्नो अनुभवको बारेमा सबैसँग सङ्गति र साझेदारी गरिरहेको देख्दैनस्। यस्ता उचित मामलाहरूमा जति धेरै छलफल हुन्छ, तिनीहरू त्यति नै धेरै मौन हुन्छन्, तिनीहरूमा सक्रिय मनोवृत्तिको कमी हुन्छ, र तिनीहरू उत्साहहीन देखिन्छन् र कुनै पनि ऊर्जा जुटाउन असमर्थ हुन्छन्। तिनीहरू झगडाको बीउ रोप्न र तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्नमा जोसिला हुन्छन्। कुनै मामलामा छलफल गर्दा समेत, तिनीहरूले त्यसलाई सही र गलत, ठीक र बेठीकको दृष्टिकोणबाट हेरेर गैरविश्वासीहरूले जस्तो व्यवहार गर्छन्, र सामान्य मानवताको विवेक र समझको हिसाबमा कुनै पनि मामलामा कहिल्यै छलफल गर्दैनन्। तिनीहरूले सधैँ मानिसहरूको समूहमा लाम्खुट्टे, झिँगा, मुसा, आदिको भूमिका खेल्छन्, र उनीहरूको सामान्य जीवनमा बाधा र हैरानी दिन्छन्। जब तिनीहरूले बोल्छन् र आफ्ना दृष्टिकोणहरू व्यक्त गर्छन्, वा कुनै कुराको लेखाजोखा गर्छन् र मूल्याङ्कन गर्छन्, तब मानिसहरूले आफ्नो हृदयमा वितृष्णा र बाधा महसुस गर्छन्, र सत्यता नबुझ्ने सानो कदका कतिपय मानिसहरू त तिनीहरूद्वारा भ्रमित भएका र बाँधिएका समेत हुन्छन्। यी मानिसहरूले समूहमा कहिल्यै सकारात्मक भूमिका खेल्दैनन्; तिनीहरू सधैँ कुरा काट्ने र तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्ने, यो व्यक्तिको गल्ती के हो र त्यसपछि त्यो व्यक्तिले के गर्यो भनेर कुरा गर्ने गर्छन्। तैपनि तिनीहरूले यसो गर्नुमा केही गलत छ भन्ने कहिल्यै महसुस गर्दैनन्; बरु, तिनीहरूले मानिसहरू यसरी नै जिउनुपर्छ, र यसरी जिएर मात्रै व्यक्ति खुसी र स्वतन्त्र हुन सक्छ भन्ने विश्वास गर्छन्। तिनीहरूले यो गलत जीवनशैली र मामलाहरू सम्हाल्ने तरिकालाई सही, सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने जीवनशैलीको रूपमा लिन्छन्, र जब अरूले तिनीहरूलाई काँटछाँट र खुलासा गर्छन्, तब तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्। यदि कुनै निश्चित समूहमा तिनीहरूको तरिका काम लागेन भने, तिनीहरू आफ्नै प्रकारका मानिसहरू—तिनीहरूको जस्तै फोहोरी मानसिकता भएका अरू—लाई खोज्न अर्को समूहमा जान्छन्, र तिनीहरूसँग सही र गलतको मूल्याङ्कन गर्छन्। जब तिनीहरूले समान विचारधाराको व्यक्ति भेट्टाउँछन्, तब तिनीहरूलाई आफ्नो जीवनको हरेक दिन धेरै खुसी र आनन्दित छ भन्ने लाग्छ। कुनै पनि परिवेशमा, यी मानिसहरूले खेल्ने भूमिका भनेको तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्ने, झगडाको बीउ रोप्ने, मानिसहरूलाई आफ्नो गुटमा तान्ने प्रयास गर्ने, र मानिसहरूलाई बाधा दिने र आक्रमण गर्ने व्यक्तिको भूमिका हो। यदि तैँले तिनीहरूलाई यसो गर्दा तिनीहरूले कस्ता भित्री उद्देश्यहरू बोकेका छन् र तिनीहरूले कुन लक्ष्य हासिल गर्न चाहन्छन् भनेर सोधिस् भने, तिनीहरू आफैले पनि आफूले किन यसो गर्छन् भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। तिनीहरूसँग स्पष्ट लक्ष्य नहुन सक्छ, तैपनि तिनीहरूले जिउने गरेका अवस्था सामान्यतया यी प्रकटीकरण र अभ्यासहरूले भरिएको हुन्छ। मलाई भन्, यस्ता मानिसहरूको वर्गीकरण के हो? यदि तैँले तिनीहरूले यसो गर्दा भित्री उद्देश्यहरू राख्छन् भनेर भनिस् भने, तिनीहरू बहानाले भरिएका हुन्छन्: “मेरो तात्पर्य कसैको कर्तव्यको निर्वाहमा असर गर्ने थिएन, मेरो तात्पर्य कसैलाई बाधा दिने थिएन, र मेरो तात्पर्य परमेश्वरको घरको काममा बाधा दिने थिएन। के मैले आफ्नो मनमा जे छ त्यो भन्न पाउँदिन र?” जब तैँले तिनीहरूलाई खुलासा गर्छस्, तब तिनीहरू अवज्ञाकारी हुन्छन्; तिनीहरूले यसरी नै काम गर्न जिद्दी गर्छन्, तिनीहरूले आफ्नै तरिका अपनाउन जिद्दी गर्छन्, र तिनीहरूले अरूको बीचमा यसरी नै जिउन जिद्दी गर्छन्। तिनीहरूले जसलाई दोष दिए पनि वा जुनसुकै तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गरे पनि, के तिनीहरूको जिउने र आफूलाई आचरणमा ढाल्ने तरिका सही हुन्छ? (हुँदैन।) तैपनि तिनीहरूले यसमा आनन्द लिन सक्छन्। के तैँले यस्ता मानिसहरूको समस्या धेरै गम्भीर हुन्छ भनेर भन्छस्? (भन्छु।) तिनीहरू वयस्क हुन्, तैपनि तिनीहरूलाई कुन बोलीवचन र कुन व्यवहारहरू सही, मूल्यवान्, अर्थपूर्ण, र उचित काममा ध्यान दिने खालका हुन् भन्ने थाहा हुँदैन, र कुन व्यवहारहरूले उचित कामलाई बेवास्ता गर्छन् भन्ने थाहा हुँदैन—यस प्रकारका मानिसहरू सबै अभिप्राय र उद्देश्यका हिसाबमा बदमाशहरू हुन्, सामान्य मानिसहरू होइनन्। तिनीहरूले अरूलाई बाधा पुऱ्याए पनि नपुऱ्याए पनि, तिनीहरू हरेक दिन आफूले गरिरहेको काम सही छ कि गलत छ भन्ने नजानिकन लापरवाहीसाथ दुष्कर्म गर्ने अवस्थामा जिउँछन्, र तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्ने र झगडाको बीउ रोप्ने कामलाई उचित काम ठान्छन्, अनि यसो गर्दा तिनीहरूको विवेकमा कुनै चेतना हुँदैन, के तैँले तिनीहरूमा मानवता छ भनेर भन्छस्? यदि तिनीहरूमा साँच्चै सामान्य मानवता भएको भए, तिनीहरूलाई बोल्ने र काम गर्ने कुरालाई नियन्त्रण गर्ने सिद्धान्तहरू के हुन् भन्ने थाहा हुनुपर्थ्यो, र अझ बढी त, तिनीहरूलाई आफूलाई आचरणमा ढाल्दा, व्यक्तिले सत्यता बुझ्नुपर्छ, र यो मानिसहरूको सबैभन्दा ठूलो आवश्यकता हो भन्ने थाहा हुनुपर्थ्यो। तर, तिनीहरूलाई मानिसहरूलाई के चाहिन्छ वा मानिसहरूले के गर्नुपर्छ भन्ने थाहा हुँदैन। तिनीहरूमा सामान्य मानवता हुँदैन; तिनीहरू पशुहरू हुन्। कतिपय त पशुहरूभन्दा पनि खराब हुन्छन्। बिरालोहरूलाई हेर्: तिनीहरू दिनमा सुत्छन् र कहिलेकाहीँ खेल्छन्, र जब अँध्यारो हुन्छ तब मुसा समात्न जान्छन्। मुसाहरू मानवहरूका लागि हानिकारक हुन्छन्, त्यसैले तिनलाई समातेर बिरालोहरूले मानवहरूका लागि फाइदाजनक काम गरिरहेका हुन्छन्। वा कुकुरहरू कसरी जिउँछन् भनी हेर्। आफ्ना मालिकहरूसँग खेल्नेबाहेक, कुकुरहरूले घरको सुरक्षा गर्छन्। जब कुनै अपरिचित व्यक्ति आउँछ, तब तिनीहरू आफ्नो मालिकलाई सचेत गराउन र घरको सुरक्षा गर्नका लागि भुक्न थाल्छन्। जब तिनीहरूको मालिकले तिनीहरूलाई बाहिर लैजान्छ, तब तिनीहरू आफ्नो मालिकको छेउमा बस्छन्, र यदि कुनै अपरिचित व्यक्ति नजिक आयो भने, तिनीहरूले आफ्नो मालिकको सुरक्षा गर्छन्। तिनीहरूले सुरक्षा गर्ने र घरको रेखदेख गर्ने भूमिका पूरा गर्छन्। चाहे बिरालो होस् वा कुकुर, तिनीहरू सबैले उचित काममा ध्यान दिन सक्छन्। अवश्य पनि, पशुहरूले यो कार्य विवेकको नियन्त्रणकारी शक्तिले गर्दा होइन तर नैसर्गिक प्रवृत्तिले गर्दा गर्छन्। जब परमेश्वरले तिनीहरूलाई सृष्टि गर्नुभयो, तब उहाँले यो नैसर्गिक प्रवृत्ति सृष्टि गर्नुभयो र तिनीहरूलाई यस्तो मिसन दिनुभयो, र तिनीहरू आफ्नो मिसनमा अडिग रहन्छन्, र कसैले यसलाई परिवर्तन गर्न सक्दैन। पशुहरूले समेत आफ्ना जिम्मेवारीहरू पूरा गर्न र उचित काममा ध्यान दिन सक्छन्। यदि कुनै व्यक्ति मानव हो भने, कम्तीमा पनि, ऊ विवेक र समझद्वारा नियन्त्रित हुनुपर्छ। व्यक्तिले हरेक दिन के गर्नुपर्छ र के गर्नु हुँदैन, कुन कार्यहरू सत्यतासँग सम्बन्धित छन्, र कुन कार्यहरूले उचित कामलाई बेवास्ता गर्छन् भन्नेबारे उसको हृदयमा मानकहरू र न्यूनतम सीमा हुनुपर्छ। यी मानकहरू र यो न्यूनतम सीमालाई मानवताको विवेक र समझ प्रयोग गरेर तुरुन्तै मापन गर्न सकिन्छ। उदाहरणका लागि, छाडा र अनियन्त्रित हुनु, तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्न मन पराउनु, आदि—कस्ता मानिसहरूले यी कामहरू गर्छन्? सामान्य मानिसहरूले यस्तो महसुस गर्न सक्छन्: “ती कामहरू त उचित कामलाई बेवास्ता गर्ने अल्छी र बदमाशहरूले गर्ने काम हुन्। सामान्य मानिसहरू उचित मामलाहरूमा धेरै व्यस्त हुन्छन्; कसले ती कामहरू गर्छ र? तिनको कुनै अर्थ छैन! यसबाहेक, तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्ने र झगडाको बीउ रोप्ने यी कुराहरू सबै नकारात्मक र गलत कुरा हुन्। यदि मानिसहरूमा विवेक र समझ छ भने, तिनीहरूले ती कामहरू पटक्कै गर्नु हुँदैन। कहिलेकाहीँ, कुनै प्रकारको विशेष परिस्थिति हुन सक्छ—कसैले तिमीलाई चिढ्याउँदा—र तिमीले गरम मिजासीपनले गर्दा केही गनगनका शब्दहरू बोल्न सक्छौ, तर तिमीले यसलाई आफ्नो दैनिक जीवनको सामान्य अवस्था बनाउन सक्दैनौ; तिमीले यसलाई उचित कामको रूपमा लिन सक्दैनौ!” यो यस्तो कुरा हो जसलाई सामान्य व्यक्तिको विवेक र समझ प्रयोग गरेर मापन गर्न सकिन्छ, त्यसैले तिनीहरू यी कामहरू गर्नदेखि अलग बस्न सक्षम हुन्छन्। तर विवेक र समझ नभएका मानिसहरूले यी कुराहरूलाई उचित कामको रूपमा लिन्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा ढिलाइ हुँदा चिन्ता लिँदैनन् वा सुर्ता गर्दैनन्। जब तिनीहरूले आफ्नो काम पूरा गरेका हुँदैनन् र अरूले तिनीहरूलाई गर्न लगाउँछन्, तब तिनीहरूले त्यसलाई गम्भीर रूपमा लिँदैनन्। अरू सबैजना आफ्ना कर्तव्यहरू पूरा गर्न व्यस्त हुन्छन्, तर तिनीहरूले यो कुरालाई नदेखेको जस्तो गर्छन्। जब-जब तिनीहरूलाई मन लाग्छ, तब-तब तिनीहरू कि त तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्दै कि त झगडाको बीउ रोप्दै व्यर्थको कुराकानी गर्छन्। यी प्रकटीकरणहरू सामान्य मानवताका प्रकटीकरणहरू होइनन्, तर गैरमानव हुनुका प्रकटीकरणहरू हुन्। मानव जातिको सदस्यको रूपमा, वयस्क भएपछि, सबैले केही उचित मामलाहरूमा सोच्नुपर्छ, जस्तै व्यक्तिले जीवनप्रति कस्तो दृष्टिकोण स्थापित गर्नुपर्छ, व्यक्तिमा कस्ता आकाङ्क्षा र खोजहरू हुनुपर्छ, व्यक्तिले केमा विश्वास गर्नुपर्छ, व्यक्तिले कुन मार्ग लिनुपर्छ, यस जीवनमा मूल्य र अर्थ होस् भनेर कसरी जिउनुपर्छ, आदि—व्यक्तिले सोच्नुपर्ने र बुझ्नुपर्ने धेरै कुराहरू छन्। मानिसहरूले परमेश्वरमा विश्वास गरेपछि र परमेश्वरको घरमा कर्तव्य पूरा गर्न थालेपछि यो विशेष रूपमा लागू हुन्छ, जहाँ हरेक कामको मात्रा ठूलो हुन्छ, जसलाई पूरा गर्न प्रगति र दक्षता चाहिन्छ। सबैजना धेरै व्यस्त हुन्छन्—तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्ने र झगडाको बीउ रोप्ने फुर्सद कोसँग हुन्छ र? धेरैजसो मानिसहरूले आफ्नो समय यी कुराहरूमा खर्च गर्दैनन्। यसबाहेक, धेरैजसो मानिसहरूमा यो सोख हुँदैन; जसमा यो सोख हुन्छ ऊ निकै अनौठो र विचित्र देखिन्छ। तथ्य र झूटलाई गलत तरिकाले प्रस्तुत गर्ने र झगडाको बीउ रोप्ने कामलाई सोखको रूपमा लिनेहरू गैरमानव हुन्, किनभने तिनीहरूको व्यवहार सामान्य मानिसहरूको भन्दा पूर्ण रूपमा फरक हुन्छ, र त्यो सामान्य मानिसहरूमा हुनुपर्ने काम गर्ने सिद्धान्तहरूको विरुद्धमा जान्छ। त्यसकारण, यस्ता मानिसहरू आफ्नो उचित कामलाई बेवास्ता गर्ने तुच्छ मानिसहरू हुन्। तिनीहरूले गर्ने कामहरू सामान्य मानिसहरूले गर्नुपर्ने काम होइनन्; तिनीहरूले खेल्ने भूमिका गैरमानवको भूमिका हो। तैपनि तिनीहरू आफैले भने यो निकै राम्रो र सही छ भन्ने सोच्छन्। के यो त सही के हो र गलत के हो भनी नजान्नु होइन र? (हो।)
कतिपय मानिसहरू सधैँ मानिसहरूको पिठ्युँ पछाडि गोप्य र हस्तक्षेपकारी व्यवहारमा संलग्न हुन्छन्। उदाहरणका लागि, कतिपयलाई अरू मानिसहरूको व्यक्तिगत जानकारी, जस्तै तिनीहरूको व्यक्तिगत डायरी र आत्मिक भक्तिसम्बन्धी टिपोटहरू जाँच्न मन पर्छ। कतिपयलाई अरूको प्रार्थना सुन्न, वा अरूको कुराकानी सुन्न मन पर्छ ताकि तिनीहरू आफैको बारेमा उल्लेख भयो कि भएन र अरूले तिनीहरूको बारेमा के सोच्छन् भनेर हेर्न सकियोस्। कतिपयले अरूको कम्प्युटरमा तिनीहरूले के-कस्ता मेसेजहरू गर्छन्, तिनीहरूले कोसँग सम्पर्क गरिरहेका छन्, तिनीहरूले कुन गीतहरू सुनिरहेका छन्, र तिनीहरूले कुन भिडियोहरू हेरिरहेका छन् भनेर हेर्नका लागि चियाउँछन्, र सधैँ अरूको निजी जीवनको जासुसी गर्छन्। चोर्ने बानी भएका कतिपय मानिसहरू पनि हुन्छन् जसले अनुमतिविना अरूको व्यक्तिगत सामान, पोकाहरू, र तिनीहरूको ओछ्यान समेत चहार्छन्। तिनीहरूले अरूले जे खान्छन्, लगाउँछन्, वा प्रयोग गर्छन्, ती सबै जाँच्छन्। यदि तिनीहरूले केही राम्रो कुरा भेट्टाए भने, तिनीहरूले त्यो लिन्छन् र प्रयोग गर्छन्, र यदि त्यो प्रयोग गर्दा तिनीहरूलाई राम्रो लाग्यो भने, तिनीहरूले त्यसलाई आफ्नै ठान्छन्। जब अरूले केही खाजा वा पेस्ट्री किन्छन्, तब तिनीहरूले लुकेर हेर्छन्, र यदि तिनीहरूले केही स्वादिष्ट कुरा भेट्टाए भने, तिनीहरूले एक गाँस वा एक टुक्रा लिन्छन्। तिनीहरूको उद्देश्य हेर्नु मात्रै होइन, तर खानु पनि हो किनभने तिनीहरू लोभी हुन्छन्। यदि तिनीहरूलाई खान मन लाग्यो भने, तिनीहरूले केही माग्न सक्थे, र कसैले तिनीहरूको खिल्ली उडाउनेथिएन। तर तिनीहरूले किन अरूको खाना पिठ्युँ पछाडि चोर्छन्? के यसो गर्नु सही हो? (होइन।) तिनीहरूलाई यो गलत हो भन्ने थाहा हुन्छ तर पनि यही गर्छन्, र प्रायजसो यस्तै गर्छन्, र अरूको चीजहरूलाई आफ्नै जस्तो गरी चहार्छन्। यदि पत्ता लाग्यो भने, तिनीहरूले केवल हेरिरहेको थिएँ भन्दै आफूलाई सही साबित गर्छन्, र तिनीहरूलाई यस कुराप्रति लाज लाग्दैन। जब वरपर कोही हुँदैन, तब तिनीहरूले चहार्ने र चोर्ने कार्यलाई निरन्तरता दिन्छन्। तिनीहरूमा लाजको भावना हुँदैन; तिनीहरूलाई यो सही हो कि होइन भन्ने समेत थाहा हुँदैन। कस्तो प्रकारको व्यक्तिले यस्ता कामहरू गर्छ? सामान्यतया, छ वा सात वर्षका समझदार केटाकेटीहरूले समेत यी कामहरू गर्दैनन्। यदि कुनै वयस्कले अझै पनि त्यस्ता काम गर्छ भने, त्यो उसलाई बाल्यकालदेखि नै त्यस्ता कुरा गर्ने बानी परेको भएर हो। यो त चोरजस्तै हो जसलाई चोर्ने बानी परेको हुन्छ र उसले जहाँ गए पनि चोर्छ। ऊसँग कुनै कुराको कमी नभए पनि, ऊ अझै पनि चोर्न चाहन्छ; यसो गर्ने त उसलाई बानी परिसकेको हुन्छ र उसले आफूलाई रोक्न सक्दैन। उसले आफूलाई रोक्न चाहे पनि, सक्दैन। तिनीहरू जन्मजात चोर हुन्। के तिनीहरू गैरमानव होइनन् र? (हुन्।) तँ जिज्ञासु छस् र अरूको व्यक्तिगत सामान हेर्न जिद्दी गर्छस्, तर हेरेर के फाइदा हुन्छ र? तैँले हेरे पनि, ती तेरा सामान त होइनन्, र तैँले ती प्राप्त गर्न सक्दैनस्। यदि तँ साँच्चै एक पटक केही कुरा सापटी लिन चाहन्छस् भने, त्यो व्यक्तिलाई माग्, र उसले सहमति दिएपछि मात्रै प्रयोग गर्। खुलस्त र स्पष्ट रूपमा कामहरू गर्; गोप्य नबन्। यदि तँलाई अरू कसैको लुगा लगाउन मन लाग्यो भने, उसलाई खुलस्त रूपमा लगाउनका लागि सापटी माग्। यदि उसले तँलाई लगाउन सापटी दिन सहमति जनायो भने मात्रै तैँले ती लगाउन सक्छस्। यदि उसले आफूले मूल्यवान् ठान्ने कुनै कुरा तँलाई अनिच्छापूर्वक सापटी दिन मान्यो छ भने, यसलाई ब्रदर-सिस्टरहरूबीचको स्नेह मानिन्छ। यदि उसले तँलाई सापटी दिएन भने, त्यसलाई गोप्य रूपमा चोरेर नलगा। परमेश्वरमा विश्वास गर्नेहरू सबै वयस्क हुन्, तैपनि तिनीहरूमध्ये कतिपयले अझै पनि आफ्नो व्यवहारमा अभद्र कार्य गर्छन्, र कतिपय व्यक्तिहरूको त चोर्ने बानी समेत हुन्छ। तिनीहरूले गोप्य रूपमा अरूको चीजहरू चहार्छन्, र यो गलत हो भन्ने तिनीहरूलाई थाहा हुँदैन। जब तिनीहरूले यसो गरेको कुरा पत्ता लाग्छ र अरूले तिनीहरूको बारेमा कुरा गर्छन्, तब तिनीहरूलाई कुनै लाज लाग्दैन, र तिनीहरूले यस्तो समेत सोच्छन्, “मैले तिम्रो चीजहरू चहारेर के भयो त? तिमीले केही गुमाएको छैनौ, र तिम्रा चीजहरू पवित्र भनेर अलग गरिएका त होइनन्, त्यसकारण मैले किन ती हेर्नु हुँदैन र?” हेर् त, तिनीहरूले विकृत तर्क समेत प्रयोग गर्छन्। यो समस्या गम्भीर छ; यो तिनीहरूको व्यवहारको समस्या मात्रै होइन, तर तिनीहरूको मानवता सारको समस्या हो। अनि तिनीहरूको सारको समस्या के हो? यस्ता मानिसहरूले गलत काम गर्दा तिनीहरूमा यसको कुनै पनि चेतना हुँदैन। जब कसैले तिनीहरूले गरेको काम पत्ता लगाउँछ र तिनीहरूलाई सुधार्छ, तब तिनीहरूले त्यसलाई स्वीकार नगर्ने मात्रै होइन, तर तिनीहरूले आफूलाई सही ठहराउँछन्, विकृत तर्क प्रयोग गर्छन्, र त्यसरी नै काम गर्न जिद्दी गर्छन्। यसले तिनीहरू गैरमानव हुन् भन्ने देखाउँछ। गैरमानवहरूको एउटा विशेषता के हो भने, तिनीहरूले गलत काम गर्दा आफू गलत छु भनेर कहिल्यै स्वीकार गर्दैनन्, तिनीहरूमा कुनै पनि पछुतो हुँदैन, तिनीहरूले आफू सही छु भनेर विश्वास गर्न जिद्दी गर्छन्, र तिनीहरू आफूलाई सही साबित गर्ने तर्कहरूले भरिएका हुन्छन्। अर्थात्, तिनीहरूले गलत कुरा, विकृत कुरा, र कुटिल अनि दुष्ट कुराहरूलाई सही कुरा भनेर बताउँछन्। यो भ्रामक तर्कलाई सही जस्तो गरी लिनु हो। जसमा यो विशेषता हुन्छ उसमा विवेक र समझको कमी हुन्छ। विवेक र समझको कमी भएका मानिसहरू गैरमानव हुन्। यी ठ्याक्कै त्यस्ता प्रकारका प्रकटीकरणहरू हुन् जुन गैरमानवहरूमा हुन्छन्। जब तिनीहरूले गोप्य रूपमा अरूको चीजहरू चहार्छन्, तब तैँले तिनीहरूलाई जसरी खुलासा गरे पनि वा तिनीहरूसँग सत्यतामा सङ्गति गरे पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्। तिनीहरूले पछुतो महसुस नगर्ने मात्रै होइन, तर तिनीहरूले विकृत तर्क समेत प्रयोग गर्छन्, र यसो भन्छन्, “मैले कसैको चीजहरू चहारेको मात्रै हो—त्यसमा के गलत छ र? व्यभिचार, हत्या, वा आगजनीमा संलग्न हुने, र कल्पना गर्न सकिने हरेक दुष्ट काम गरेकाहरूसँग तुलना गर्दा त, म सबैभन्दा असल व्यक्ति पो हुँ! तिमीले म जस्तो असल मान्छे अरू कहाँ भेट्टाउन सक्छौ र?” के यो पूर्ण रूपमा अव्यावहारिक तर्क होइन र? (हो।) यदि कसैले केही गलत गर्छ र त्यसलाई स्वीकार गर्न हठी भई इन्कार गर्छ भने, ऊ सुध्रनै नसक्ने व्यक्ति हो। कतिपय मानिसहरूले यस्ता गम्भीर गल्तीहरू गर्छन्, जुन मानवीय नैतिकता प्रयोग गरेर मूल्याङ्कन गर्दा समेत अस्वीकार्य हुन्छन्, सत्यतासँग तुलना गर्ने कुरा त परै जाओस्; तिनीहरूको क्षमताले तिनीहरूलाई यो महसुस गर्न असक्षम बनाउँछ। मानवताको हिसाबमा, जब कुनै व्यक्तिमा विवेक र समझको कमी हुन्छ, तब ऊ गैरमानव हुन्छ। तैँले आफूलाई जतिसुकै असल, दयालु, महान्, वा कुलीन ठानिस् भने पनि, यदि तँसँग विवेक र समझका प्रकटीकरणहरू छैनन्, बरु तँ धेरै अमानवीय प्रकटीकरणहरूमा जिउँछस्, र तँसँग निकै निश्चित अभ्यासहरू र त्रुटिपूर्ण विचार अनि दृष्टिकोणहरू समेत छन् भने, तँ गैरमानव होस्। अमानवहरूका मुख्य विशेषताहरू के-के हुन् भने तिनीहरूले सत्यता वा सकारात्मक कुराहरू स्वीकार गर्दैनन्, तर त्रुटिपूर्ण कुराहरूलाई सही दृष्टिकोणका रूपमा स्वीकार गर्छन्, र मानिसहरूलाई भ्रममा पार्न सही र गलतलाई बङ्ग्याउन र कालोलाई सेतो बनाउन समेत सक्छन्।
एक प्रकारका मानिसहरू यस्ता हुन्छन्, जसले आफ्नी छोरी राम्री भएको देखेर उसलाई धेरै पैसा कमाउनका लागि प्रयोग गर्न चाहन्छन्। त्यसैले, तिनीहरूले एउटा धनी मानिससँग उसको मगनी गरिदिन्छन् र धेरै दाइजो माग्छन्। जब तिनीहरूले दाइजो पाउँछन्, तब तिनीहरू खान, पिउन, र मोजमस्ती गर्न थाल्छन्। केही समयपछि, जब तिनीहरूले लगभग सबै पैसा खर्च गरिसकेका हुन्छन्, तब तिनीहरू अझै धेरै पैसा माग्न केटाको परिवारकहाँ जान्छन्। जब त्यो परिवारले आफूहरूले सबै दाइजो दिइसकेको र अब दिन नसक्ने कुरा बताउँछ, तब ती आमाबुबाले छोरीको मगनी अर्को परिवारसँग गरिदिन्छन् र फेरि पनि निकै धेरै दाइजो माग्छन्। पहिलो परिवारले तिनीहरूले छोरीलाई आफ्नो परिवारसँग विवाह गर्न दिँदैनन् भन्ने देख्छन्, त्यसैले तिनीहरूले दाइजो फिर्ता माग्छन्। अनि ती मानिसहरूले के भन्छन्? “मेरी छोरीले तिम्रो छोरासँग विवाह गर्न सक्दिन किनभने तिमीले पर्याप्त दाइजो दिएनौ। हामीले तिमीलाई पैसा फिर्ता दिनुपर्दैन। तिमीलाई पर्याप्त नदिनू भनेर कसले भन्यो? तिमीले पर्याप्त पैसा दिएनौ र अझै पनि मेरी छोरीसँग विवाह गर्न चाहन्छौ? कुनै पनि हालतमा हुँदैन!” पैसा ठगेपछि, तिनीहरूले कुतर्क प्रयोग गर्न थाल्छन्। पहिलो परिवारले आफूहरूले एक ठग र बदमासलाई भेटेको महसुस गर्छ, त्यसैले तिनीहरूले उनीहरूलाई बेवास्ता गर्छन्। दोस्रो परिवार पनि त्यसरी नै ठगिन्छ। छोरीको मगनी धेरै परिवारहरूसँग धेरै पटक यताउता गरेर गरिन्छ, र यति धेरै उथलपुथलपछि, अन्त्यमा उसको विवाह हुँदैन, तर उसको परिवारले धेरै पैसा कमाउँछ। के यो परिवार असल हो? (होइन।) किन होइन? (तिनीहरूले आफ्नी छोरीको विवाहलाई पुरुषहरूबाट पैसा ठग्नका लागि प्रयोग गरे। जब फिर्ता दिन भनियो, तब तिनीहरूले अस्वीकार गरे र कुतर्क प्रयोग गरे। तिनीहरूसँग कुनै समझ नै छैन। यस्ता मानिसहरूलाई सही के हो र गलत के हो भन्ने थाहा हुँदैन, र तिनीहरूमा लाजको कुनै बोध हुँदैन, त्यसैले तिनीहरू खराब हुन्।) तिनीहरूले यी सबै व्यवहारहरू देखाउँछन्। तिनीहरूलाई सही के हो र गलत के हो भन्ने थाहा हुँदैन र तिनीहरूमा लाजको कुनै बोध हुँदैन। आफूले ठगेको पैसा तिनीहरूले कुनै आत्म-धिक्कार महसुस नगरी खर्च गर्छन्, र राम्ररी खानपिन समेत गर्छन्, र पनि हरेक दिन सफा विवेक लिएर जिउँछन्। मलाई भन्, के परमेश्वरमा विश्वास गर्नेहरूका बीचमा यस्ता मानिसहरू छन्? (सायद छन् होला।) छन्। यी मानिसहरूसँग सबै प्रकारका ठग्ने युक्तिहरू हुन्छन्, जसले गर्दा तिनीहरूबाट जोगिन असम्भव हुन्छ। गैरविश्वासीहरूको दुराचारपूर्ण र अस्तव्यस्त संसारको अवस्था यस्तै छ; तर यदि परमेश्वरमा विश्वास गर्ने व्यक्तिले नै यसरी अरूलाई छल गर्छ भने, उसलाई कुनै पनि हालतमा असल व्यक्ति भन्न सकिँदैन। उसको प्रकृति अत्यन्तै खराब हुन्छ; परमेश्वरमा विश्वास गर्दा पनि, ऊ एक अविश्वासी नै हुन्छ। के यो उसको प्रकृतिद्वारा निर्धारित हुँदैन र? (हुन्छ।) उसले प्रतिफलमा समेत विश्वास गर्दैन, तैपनि उसले परमेश्वरमा विश्वास गर्छ—ऊ कस्तो तुच्छ कुरा हो? उसले मानिसहरूबाट दाइजो ठग्छ र आफ्नी छोरीलाई विवाह गर्न दिँदैन। यो धोका हो। यसबाहेक, उसले एउटा परिवारलाई मात्र होइन, तर धेरैलाई ठग्छ, र अझै पनि ऊ सफा विवेक लिएर जिउँछ। अनि उसले परमेश्वरमा विश्वास गर्ने दाबी समेत गर्छ। के परमेश्वरले यस्तो व्यक्तिलाई स्वीकार गर्नुहुन्छ? (गर्नुहुन्न।) परमेश्वरले उसको विश्वासलाई स्वीकार गर्नुहुन्न। यदि परमेश्वरको घरमा यस्ता मानिसहरू छन् भने, तिनीहरूलाई सफा गरिनुपर्छ। परमेश्वरको घरलाई यस्ता मानिसहरू चाहिँदैन। ठगहरूलाई परिवर्तन गर्न सकिँदैन; परमेश्वरले दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्न। एक ठगले जहाँ गए पनि मानिसहरूलाई ठग्नेछ। जब ऊ परमेश्वरको घरमा आउँछ, तब के उसले ब्रदर-सिस्टरहरूलाई धोका दिनेछ? के उसले परमेश्वरको घरलाई धोका दिनेछ? उसले पक्कै पनि दिनेछ। के परमेश्वरले यस्तो व्यक्तिलाई मुक्ति दिनुहुनेछ? परमेश्वरले उसलाई मुक्ति दिनुहुनेछैन। ठगहरू कस्ता प्रकारका मानिसहरू हुन्? ठ्याक्कै भन्नुपर्दा, तिनीहरू गैरमानवहरू हुन्। गैरमानवहरू विवेक र समझविनाका मानिसहरू हुन्। त्यसोभए, के यस्तो व्यक्तिले परमेश्वरमा विश्वास गर्ने क्रममा मानिसहरूलाई ठग्दै हिँड्नेछ? उसले पक्कै पनि त्यसो गर्नेछ। यदि उसले परमेश्वरमा विश्वास गर्ने दाबी गर्छ भने, कतिपय ब्रदर-सिस्टरहरूले उसलाई प्रेमले व्यवहार गर्नेछन्, उसका कठिनाइहरूमा उसलाई मद्दत गर्नेछन् र उसको आवश्यकतामा उसलाई दिनेछन्। तर अन्ततः, समय बित्दै जाँदा, तिनीहरूले के पत्ता लगाउँछन् भने, यो व्यक्तिले सत्यता पटक्कै पछ्याउँदैन र ऊ एक ठग हो। के तिनीहरू ठगिएका हुँदैनन् र? त्यसकारण, ठगिनबाट बच्न ठगहरूलाई कसरी खुट्ट्याउने भन्ने कुरा जान्नुपर्छ। यो ब्रदर-सिस्टरहरूलाई ठगिनबाट जोगाउनका लागि हो। यदि यस्तो व्यक्ति फेला पर्यो भने, उसलाई निकालिनुपर्छ, किनभने उसको प्रतिष्ठा खराब हुन्छ र ऊ कुनै पनि खराब काम गर्न सक्षम हुन्छ—ऊ समाजको एउटा बदमास हो। एउटा बदमासले कसरी मुक्ति प्राप्त गर्न सक्छ? बदमासहरूलाई मण्डलीभित्र अस्तित्वमा रहन अनुमति छैन। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूमाझ बस्न योग्य हुँदैनन्। तिनीहरूलाई निकालिनुपर्छ; तिनीहरू परमेश्वरको घरमा रहन अयोग्य हुन्छन्।
कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जसलाई अरूबाट सामान सापटी लिन खुब मन पर्छ। चाहे त्यो खानेकुरा होस्, लुगाफाटो होस्, औजार होस्, कम्प्युटर होस्, वा फर्निचर होस्, तिनीहरूले सबै कुरा सापटी लिन्छन्—पैसा, गहना, र गाडीसमेत लिन्छन्। कतिपयसँग आफ्नै पैसा हुन्छ तर तिनीहरू आफैले सामान किन्दैनन्; तिनीहरूलाई अरूबाट सापटी लिन मन पर्छ, र तिनीहरूले जानाजानी उनीहरूबाट फाइदा उठाउँछन्। उदाहरणका लागि, कतिपय मानिसहरूले बाहिर जानका लागि गाडी सापटी लिन्छन्, र जब तिनीहरूले सबै इन्धन सक्छन्, तब त्यसमा इन्धन भर्दैनन्। कतिपयले त गाडी सापटी लिएर फिर्ता नै गर्दैनन्, र मालिक आएर नमागुन्जेल फिर्ता दिँदैनन्। कतिपय मानिसहरूले औजार सापटी लिन्छन्, र जब तिनीहरूले ती बिगार्छन्, तब मालिकका लागि मर्मत गरिदिँदैनन्, माफीसमेत माग्दैनन्। कतिपय मानिसहरूले पैसा सापटी लिन्छन् र त्यो सबै खर्च गर्छन्, र त्यो आफ्नै पैसा हो जस्तो गरी फिर्ता गर्ने कुनै मनसाय राख्दैनन्। तिनीहरूले सापटी दिनेले यसबारे बिर्सियोस् भन्ने चाहन्छन्, जुन तिनीहरूले चाहेकै कुरा हुन्छ, र यसरी तिनीहरूले जानाजानी फाइदा उठाउँछन्। तिनीहरूले अरूको पैसा व्यापारमा, खानपिनमा, र मनोरञ्जनमा प्रयोग गर्छन्, जबकि आफ्नो पैसाचाहिँ ब्याज कमाउन वा सेयरमा लगानी गर्न बचत गर्छन्। जब तिनीहरूलाई पैसा कहिले फिर्ता गर्छौ भनेर सोधिन्छ, तब तिनीहरूले भन्छन्, “जब मसँग पैसा हुन्छ तब म फिर्ता गर्छु। मसँग अहिले पैसा नै छैन त, मैले कसरी फिर्ता गर्न सक्छु!” देख्यौ? तिनीहरूको वास्तविक रूप खुलासा भयो, होइन र? सुरुदेखि नै तिनीहरूको अभिप्राय यसलाई कहिल्यै फिर्ता नगर्ने नै थियो। यो कस्तो प्रकारको व्यक्ति हो? यो व्यक्ति त बदमास हो। अरूले चाहिँ, कसैको राम्रो घडी देखेर, केही दिनका लागि सापटी माग्छन्, र अन्त्यमा घडी फोहोर पारिदिन्छन्। जब मालिक फिर्ता लिन आउँछ, तब तिनीहरू रिसाउँछन् र भन्छन्, “तिमी कस्तो कन्जुस! मैले यो लिएको केही दिन मात्रै भएको छ र तिमीले फिर्ता मागिसक्यौ!” यो कस्तो मानसिकता हो? सधैँ अरूका राम्रा कुराहरू आफ्नो लागि हडप्न चाहनु। के यो लोभी हुनु होइन र? तिनीहरूलाई के लाग्छ भने, सामान सापटी लिनु पूर्ण रूपमा जायज छ, त्यसैले तिनीहरू सधैँ अरूबाट सापटी लिने अवसर खोजिरहेका हुन्छन्। तिनीहरूले जे सापटी लिए पनि, तिनीहरूले कहिल्यै फिर्ता गर्न चाहँदैनन्, र ती कुराहरू आफ्नो लागि हडप्ने आशा गर्छन्। यो कस्तो प्रकारको व्यक्ति हो? (यो गुन्डा र बदमास हो; यो एक गैरमानव हो।) गैरविश्वासीहरूका बीचमा यस्ता धेरै बदमास र गैरमानवहरू हुन्छन्—हामी तिनीहरूका बारेमा थप छलफल गर्नेछैनौँ। तर के परमेश्वरमा विश्वास गर्नेहरूका बीचमा यस्ता मानिसहरू हुन्छन्? यदि यस्तो व्यक्ति मण्डलीभित्र छिर्यो भने, के ऊ गुन्डा र बदमास हुँदैन र? (हुन्छ।) यस्ता बदमासहरूले आशिष् पाउनका लागि मात्रै परमेश्वरमा विश्वास गर्छन्। जब तिनीहरूले ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्छन्, तब तिनीहरूमा सधैँ उनीहरूबाट फाइदा लिने मानसिकता हुन्छ। तिनीहरू सधैँ ब्रदर-सिस्टरहरूमध्ये कोसँग पैसा छ, कसको प्रभाव छ, वा कसको परिवारमा राम्रा कुराहरू छन् भनेर खोजिरहेका हुन्छन्, र तिनीहरूले विशेष गरी यस्ता मानिसहरूलाई लक्षित गर्छन्। तिनीहरूले जसलाई सक्छन् त्यसलाई प्रयोग गर्छन् र जसबाट फाइदा लिन सजिलो हुन्छ उसैसँग अन्तरक्रिया गर्छन्। तिनीहरूले सधैँ ब्रदर-सिस्टरहरूबाट सामान सापटी लिइरहेका हुन्छन् र “ब्रदर-सिस्टरहरू एउटै परिवार हुन्” भन्ने नारा लगाएर उनीहरूलाई के गर्ने भनेर अह्राउँछन्, र ब्रदर-सिस्टरहरूले उनीहरूलाई अतिथि-सत्कार गरुन् भनेर माग समेत गर्छन्। परमेश्वरमा भर्खरै विश्वास गर्न थालेका कतिपय ब्रदर-सिस्टरहरूले सत्यता बुझ्दैनन् र तिनीहरूमा कुनै खुट्ट्याउने क्षमता हुँदैन, त्यसैले तिनीहरूले यस्तो व्यक्तिलाई ब्रदर-सिस्टरको रूपमा व्यवहार गर्छन्, र उनीहरूको कुरा इन्कार गर्दा अप्ठ्यारो महसुस गर्छन्। तर समय बित्दै जाँदा, तिनीहरूले के पत्ता लगाउँछन् भने, यो व्यक्तिले त आफ्नो घरमा सित्तैमा खाइरहेको छ र यो व्यक्ति जाँदैन, मिठो खानेकुरा देख्नेबित्तिकै अटुट रूपमा खाइरहन्छ, र मन लागेअनुसार राम्रा कुराहरू आफै लिन्छ। यसबाहेक, यो व्यक्तिले सत्यता पछ्याउँदैन वा अलिकति पनि आफ्नो कर्तव्य निर्वाह गर्दैन, र दिनभरि फाइदा लिने बारेमा मात्रै सोच्छ। त्यसैले, तिनीहरू ऊदेखि वाक्क हुन्छन्। परमेश्वरको घरमा यस्ता मानिसहरू रहेछन् भन्ने देखेर, कतिपयले त परमेश्वरका बारेमा धारणाहरू समेत विकास गर्छन्, र मनमनै सोच्छन्, “परमेश्वरले यस्तो व्यक्तिलाई कसरी छान्नुभयो होला?” वास्तवमा, यस्तो व्यक्ति परमेश्वरद्वारा चुनिएको हुँदैन; बरु, ऊ मण्डलीभित्र छिरेको हुन्छ। उसलाई सुसमाचार प्रचार गर्ने मानिसहरूलाई उसको वास्तविक पृष्ठभूमि थाहा थिएन, र मण्डलीले उसलाई स्वीकार गर्यो। यस्ता अवस्थाहरू आउँछन् नै। परमेश्वरले यस्ता बदमास र गैरमानवहरूलाई पटक्कै छान्नुहुन्न। यदि यस्ता दुष्ट मानिसहरू र बदमासहरू फेला परे भने, तिनीहरूबाट अलग बस्नुपर्छ र तिनीहरूलाई इन्कार गर्नुपर्छ। तिनीहरूलाई ब्रदर-सिस्टरको रूपमा व्यवहार नगर; तिनीहरू सित्तैमा खानेहरू मात्रै हुन्। यदि तैँले यस्तो बदमासलाई ब्रदर-सिस्टरको रूपमा व्यवहार गरिस् र ऊ परमेश्वरले छान्नुभएको व्यक्ति हो भन्ने सोचिस् भने, तेरो बोध विकृत हुन्छ। परमेश्वरले छान्नुहुने मानिसहरू, कम्तीमा पनि, असल मानवता भएका र सत्यता स्वीकार गर्न सक्षम भएकाहरू हुन्छन्। परमेश्वरले बदमास र दुष्ट मानिसहरूलाई कहिल्यै पनि छान्नुहुनेछैन, किनभने परमेश्वरले बदमास र दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्न; परमेश्वरलाई त्यस्ता मानिसहरू चाहिँदैन। यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्न आए पनि, उहाँले तिनीहरूलाई प्रकट गर्नुहुनेछ र हटाउनुहुनेछ। अब बुझ्यौ? (बुझ्यौँ।) यस्ता व्यक्तिहरूसँग व्यवहार गरेपछि मानिसहरू पूर्ण रूपमा वाक्क हुन्छन्, र उनीहरूले तिनीहरूलाई घृणा र तिरस्कार गर्छन्। त्यसोभए, यदि तिनीहरूले परमेश्वरसँग सङ्गत गर्ने हो भने, के परमेश्वरले यस्ता मानिसहरूलाई मन पराउन सक्नुहुन्छ र? उत्तर स्पष्ट छ: परमेश्वरले यस्ता मानिसहरूलाई पटक्कै मन पराउनुहुन्न, न त उहाँले तिनीहरूलाई कहिल्यै छान्नु नै हुनेछ। परमेश्वरको घरलाई यस्ता मानिसहरूले कर्तव्य पूरा गरेको चाहिँदैन, र तिनीहरू कुनै पनि कामका लागि सक्षम हुँदैनन्। तिनीहरू केवल लफङ्गाहरू हुन्, जो लक्ष्यविहीन भएर बरालिने मानिसहरू हुन्। तिनीहरू परमेश्वरको घरमा सित्तैमा खान मात्रै आएका हुन्छन्। तिनीहरूले के सोच्छन् भने, परमेश्वरमा विश्वास गर्ने मानिसहरू सबै निष्कपट, विशेष गरी साँचो र मायालु, र अरूलाई मद्दत गर्न इच्छुक हुन्छन्। तिनीहरूले के सोच्छन् भने, विश्वासीहरूले उनीहरूलाई पैसा सापटी दिए पनि, तिनीहरूलाई फिर्ता माग्न अप्ठ्यारो लाग्नेछ, र उनीहरूले पैसा फिर्ता नगरे पनि, विश्वासीहरूले उनीहरूको बारेमा उजुरी गर्नेछैनन्। तिनीहरूलाई यी मानिसहरूबाट फाइदा लिन सबैभन्दा सजिलो छ भन्ने लाग्छ। अनि तिनीहरूले काम गर्न नचाहने हुनाले, तिनीहरूले ब्रदर-सिस्टरहरूबाट पैसा सापटी मात्रै लिन्छन्। तिनीहरूले काम नगरीकनै गुजारा गर्न सक्छन्, र यदि तिनीहरू कठिनाइमा परे भने मण्डलीले मद्दत गर्न सक्छ। तिनीहरूको भाडाको मात्रै व्यवस्था हुँदैन, तर तिनीहरूको खर्चको पैसा पनि जुटाइन्छ, र तिनीहरूले चिन्तामुक्त भएर दिन बिताउँछन्। कतिपय ब्रदर-सिस्टरहरूमा खुट्ट्याउने क्षमता हुँदैन र तिनीहरूले वास्तवमा यस्ता मानिसहरूको जीविका चलाइदिन्छन्, र साँच्चै उनीहरूलाई फाइदा उठाउन र कमजोरीको फाइदा लिन दिन्छन्। के तिनीहरूमा खुट्ट्याउने क्षमता नभएकोले यस्तो हुँदैन र? (हो।) मानिसहरू अत्यन्तै मूर्ख हुन्छन् र उनीहरूमा अरूलाई खुट्ट्याउने क्षमता हुँदैन, त्यसैले तिनीहरूले कहिलेकाहीँ केही मूर्खतापूर्ण कामहरू गर्छन्। के तिमीहरूलाई अब यस्ता मानिसहरूलाई कसरी खुट्ट्याउने भन्ने थाहा भयो? (भयो।) तिमीहरूले तिनीहरूलाई खुट्ट्याउन सक्ने हुनाले, तिमीहरूले यस्ता मानिसहरूलाई सफा गर्नुपर्छ। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरू होइनन्, त्यसैले तिनीहरूलाई कुनै प्रेम देखाउन आवश्यक छैन। तिनीहरू सधैँ विना परिश्रम केही पाउन र नरोपेको ठाउँमा कटनी गर्न चाहन्छन्—तिनीहरू लफङ्गाहरू हुन्! कुन आधारमा तिनीहरूले तेरो मेहनतले कमाएको पैसा खर्च गर्नु पाउनुपर्छ र तेरो सामान मनलागी प्रयोग गर्न पाउनुपर्छ? यस्तो व्यक्तिलाई सहनु र छुट दिनु, र उसको जीविका समेत चलाइदिनु—यो परमेश्वरले तँलाई दिनुभएको कर्तव्य होइन, न त यो परमेश्वरले तँलाई सुम्पनुभएको कार्यभार र मिसन नै हो। तँसँग तिनीहरूलाई प्रेम देखाउने कुनै पनि जिम्मेवारी वा दायित्व छैन। साँचो ब्रदर-सिस्टरहरूलाई प्रेम देखाउनु सिद्धान्त र परमेश्वरका मागहरूअनुसार हुन्छ; यो तेरो जिम्मेवारी र दायित्व हो। साँचो ब्रदर-सिस्टरहरूलाई आर्थिक र भौतिक सहायतासहित व्यवस्था गर्नु, मद्दत गर्नु, र समर्थन गर्नु, सबै परमेश्वरको अभिप्रायअनुसार हुन्छ। यी असल कार्यहरू हुन्, र तिनलाई परमेश्वरले स्मरण गर्नुहुन्छ। तर यी गैरमानवहरूको हकमा, विनम्र हुनु आवश्यक हुँदैन, न त तिनीहरूप्रति प्रेमले व्यवहार गर्नु नै आवश्यक हुन्छ। प्रेम, सहिष्णुता, र धैर्य साँचो ब्रदर-सिस्टरहरूका लागि हो। गैरमानवहरू, गुन्डाहरू, बदमासहरू, र लफङ्गाहरूका हकमा, प्रेम, सहिष्णुता, वा धैर्य देखाउन आवश्यक छैन। सिद्धान्त यही हो। एक लफङ्गा, लाजको भावना नभएको र सही के हो र गलत के हो भन्ने थाहा नभएको सित्तैमा खाने व्यक्तिका हकमा, यदि तैँले अन्धाधुन्ध रूपमा धैर्य र प्रेम देखाइस् भने, त्यो मूर्खतापूर्ण र सिद्धान्तविहीन कार्य हुन्छ, र परमेश्वरले त्यस कार्यलाई अलिकति पनि स्मरण गर्नुहुन्न। सत्यतासँग तैँले यी कामहरू गर्नुको कुनै सम्बन्ध हुँदैन; परमेश्वरले यसलाई स्वीकार गर्नुहुन्न, र यो व्यर्थमा गरिएको हुन्छ।
कतिपय मानिसहरूले बारम्बार ब्रदर-सिस्टरहरू, अगुवा र कामदारहरू, र परमेश्वरको घर र यसका कार्य प्रबन्धहरूमाथि आक्रमण गर्छन्; तिनीहरूले परमेश्वरमाथि समेत आक्रमण र आलोचना गर्छन्। अनि यो गर्नका लागि तिनीहरूको बहाना के हुन्छ? “म जे गर्छु त्यसमा म निष्पक्ष छु। मेरो अरू कुनै अभिप्राय छैन। मैले यी कुराहरू सत्यता खोज्ने र इमानदार हुने मनोवृत्तिले भनिरहेको र गरिरहेको छु!” तिनीहरूको कुरा निकै तर्कसङ्गत सुनिन्छ र तिनीहरूले धार्मिकताको भाव लिएर बोल्छन्। वास्तवमा, तिनीहरूले बोल्ने हरेक शब्द र गर्ने हरेक कुरा सत्यताअनुसार हुँदैन र त्यो तिनीहरूका त्रुटिपूर्ण विचार र दृष्टिकोणहरूको परिणाम हो; यसबाहेक, ती सबैले मण्डलीको काममा अवरोध र बाधा उत्पन्न गर्छन्, तैपनि तिनीहरूले के सोच्छन् भने, “मैले जे गरिरहेको छु त्यो सही छ। म सही छु। तिमीले मलाई दोषी ठहराउन सक्दैनौ!” तिनीहरूले परमेश्वरमा विश्वास गर्छन्, तैपनि तिनीहरूले उहाँमाथि आक्रमण गर्छन्। तिनीहरूको हृदय परमेश्वरप्रति अवज्ञा र रिसले भरिएको हुन्छ, र तिनीहरूले उहाँलाई हेला गर्छन् र नीचो देख्छन्, तैपनि तिनीहरूले यो गलत हो भन्ने महसुस गर्दैनन्, र बरु यो सही कुरा भएजस्तो, यो आफ्नो कर्तव्य र दायित्व भएजस्तो गरी गर्छन्। भ्रष्ट मानवजातिमा, अर्थात् यस्ता मानिसहरूमा सबैभन्दा गम्भीर समस्याहरू हुन्छन् भनेर भन्न सकिन्छ। तिनीहरूका प्रकटीकरणहरू सामान्य मानिसहरूमा सामान्यतया देखिने विशिष्ट त्रुटिपूर्ण विचार र दृष्टिकोण वा कामकुराहरू सम्हाल्ने तरिकाहरू होइनन्, न त ती मानवताका अवगुणहरू नै हुन्। बरु, तिनमा के समावेश हुन्छ? (तिनमा परमेश्वर र परमेश्वरको घरको काम समावेश हुन्छ।) तिनमा सकारात्मक कुराहरू र परमेश्वरप्रतिको व्यक्तिको मनोवृत्ति समावेश हुन्छ। तिनीहरूका यी प्रकटीकरणहरूले मानिसहरूबीचको सम्बन्ध वा मानिसहरूले कामकुराहरू सम्हाल्ने तरिका र माध्यमलाई मात्रै समावेश गर्दैन; तिनले मानिस र परमेश्वरबीचको सम्बन्ध, मानिसहरूले परमेश्वरलाई कसरी व्यवहार गर्छन्, र उहाँप्रतिको मानिसहरूको मनोवृत्ति के हो त्यसलाई समावेश गर्छन्। यी मानिसहरूको परमेश्वरप्रतिको मनोवृत्तिमा अलिकति पनि समर्पणता नहुने मात्रै होइन, तर तिनीहरूले हृदयमा अक्सर मानव धारणाहरूसँग नमिल्ने परमेश्वरका सबै काम र वचनहरूमाथि आक्रमण, आलोचना, र निन्दा गर्छन्। तिनीहरूले परमेश्वरका सबै वचनहरू सत्यता हुन् भनेर समेत इन्कार गर्छन्, र परमेश्वरको घरका सबै कार्य प्रबन्धहरूलाई पन्छाउन सक्छन्। बाहिरी रूपमा, तिनीहरूले कुनै तर्क वा भनाइहरू प्रस्तुत गर्दैनन् वा मानिसहरूलाई खुलस्त र स्पष्ट रूपमा उक्साउँदैनन्, तर तिनीहरूले आफ्नो हृदयको गहिराइमा अक्सर परमेश्वरको आलोचना गर्ने र उहाँमाथि आक्रमण गर्ने विचारहरू राख्छन्। समय-समयमा, तिनीहरूले परमेश्वरको आलोचना गर्ने केही त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू फैलाउँछन्, र मानिसहरूको हृदयलाई बाधा दिन र तिनीहरूलाई परमेश्वरबाट टाढा लैजान नकारात्मकता र मृत्युको कुरा फैलाउँछन्। यी मानिसहरूको सार ख्रीष्ट विरोधीहरूको सार हो। ख्रीष्टविरोधीहरूको हृदयमा यति धेरै भ्रामक विचार र दृष्टिकोणहरू हुन्छन्। तिनीहरूले ती कुराहरू खुलस्त रूपमा व्यक्त गर्ने आँट नगरे पनि, जब तिनीहरूले पर्दा पछाडि मानिसहरूसँग अन्तरक्रिया गर्छन्, तब यी कुराहरू स्वाभाविक रूपमा प्रकट हुन्छन्। मलाई भन्, के यस्ता मानिसहरूमा समस्याहरू हुन्छन्? (हुन्छन्।) कस्तो प्रकारको समस्या? (यस्ता मानिसहरूमा दियाबलसहरूको सार हुन्छ, किनभने परमेश्वर र तिनीहरूका बीचमा कुनै रिसइबी हुँदैन, र परमेश्वरले मानिसहरूलाई मुक्ति दिन यति धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ, तैपनि तिनीहरूले उहाँमाथि निरन्तर आक्रमण र आलोचना गर्छन्। तिनीहरूले आफ्नो हृदयमा सत्यता र परमेश्वरलाई घृणा गर्छन्—तिनीहरूमा दियाबलसहरूको सार हुन्छ।) हेर् त, मैले यहाँ प्रचार गरिरहेको छु, र सबैले सुनिरहेका बेला, कतिपय मानिसहरूले आफूले यसलाई कसरी राम्ररी बुझ्ने र स्वीकार गर्ने भनेर गहिरो रूपमा सोच्छन्: “आजको प्रवचनको विषय के हो? मैले भ्रष्टताका यी खुलासा गरिएका प्रकटीकरणहरू विरुद्ध आफूलाई कसरी जाँच्नुपर्छ र कसरी आफूलाई चिन्नुपर्छ?” तिनीहरूको मनोवृत्ति स्वीकार गर्ने खालको हुन्छ। स्वीकार गर्ने मनोवृत्ति भएका, सामान्य मानवताको विवेक र समझभित्र जिउने यी मानिसहरूले प्रायजसो केही अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्। तिनीहरूले आफ्नो हृदयको गहिराइमा परमेश्वरको काम वा सकारात्मक कुराहरूलाई पन्छाउँदैनन्। कुरा के मात्रै हो भने, तिनीहरूको कमजोर क्षमताको कारण, तिनीहरूले सत्यता बुझ्न अलि ढिलो गर्छन्, र कहिलेकाहीँ तिनीहरूको स्थिति गलत हुन्छ किनभने तिनीहरू आफ्नो भ्रष्ट स्वभावद्वारा नियन्त्रित हुन्छन्। तर, तिनीहरूको हृदय सत्यतातर्फ लागिरहेको हुन्छ, र परमेश्वरसँगको तिनीहरूको सम्बन्ध प्रायजसो सामान्य नै हुन्छ। कुरा के मात्रै हो भने, कहिलेकाहीँ, जब तिनीहरूको भ्रष्ट स्वभावले बाधा दिन्छ, तब तिनीहरूमा नकारात्मक स्थिति विकास हुन्छ र तिनीहरू परमेश्वरको त्यति नजिक हुँदैनन्। तर तिनीहरूको हृदयमा, तिनीहरूले परमेश्वरको छानबिन गर्ने वा उहाँमाथि प्रश्न गर्ने गर्दैनन्, न त तिनीहरूले उहाँको प्रतिरोध गर्ने वा उहाँलाई बहिष्कार गर्ने नै गर्छन्, र तिनीहरूमा परमेश्वरलाई हेला गर्ने, परमेश्वरको खिल्ली उडाउने, वा उहाँको मजाक उडाएर रमाइलो मान्ने मनोवृत्ति त झनै हुँदैन। तर मानिसहरूको अर्को समूह छ जो फरक हुन्छ। जुनसुकै विषयमा छलफल भइरहेको भए पनि, तिनीहरूले सत्यताका लागि तिर्खाउने र समर्पण गर्ने अनि त्यसलाई स्वीकार गर्ने मानसिकताले प्रवचन सुन्दैनन्। बरु, तिनीहरूले छानबिन गर्ने र प्रश्न गर्ने मानसिकताले सुन्छन्: “तिमीले यो किन भनिरहेको छौ? यी कुराहरू भन्नुमा तिम्रो उद्देश्य के हो? तिमीले कसलाई खुलासा र प्रकट गर्न खोजिरहेका छौ? कि तिमीले कसलाई आक्रमण र निन्दा गर्न खोजिरहेका छौ? मसँग यसको के सम्बन्ध छ?” यदि अरूले यसलाई स्वीकार गर्न र आफूमा लागू गर्न सक्षम भए भने, तिनीहरूलाई रिस उठ्छ। यदि कसैलाई यी सत्यताहरू आफ्नो समझभन्दा बाहिरका छन् र उसले तिनलाई आफूमा लागू गर्न सक्दैन भन्ने लाग्छ भन्ने कुरा तिनीहरूले पत्ता लगाए भने, तिनीहरूलाई धेरै खुसी लाग्छ र ठूलो उपलब्धि महसुस हुन्छ: “अन्ततः, मैले परमेश्वरमाथि खोट पाएर रमाउन पाएँ! अन्ततः, मैले उहाँको कमजोरी समातेँ!” तिनीहरूले प्रायजसो यस्तो प्रकारको मानसिकताले प्रवचन सुन्छन्। विशेष गरी जब बोलिएको केही विषयवस्तुले तिनीहरूको स्थिति र प्रकटीकरणहरूलाई लक्षित गर्छ, तब तिनीहरूको मनोवृत्ति स्वीकार गर्ने खालको हुँदैन, न त नम्रता र विनम्रताको नै हुन्छ। बरु, तिनीहरूले आफ्नो हृदयमा प्रतिरोध, वितृष्णा, र घृणा महसुस गर्छन्। तिनीहरूलाई के लाग्छ भने, मैले भनिरहेको कुरा त भाषण छाँट्ने काम र ठूला-ठूला कुराहरू भन्ने काम मात्रै हो। तिनीहरू सुन्न चाहँदैनन् र तिनीहरूले त्यसलाई ग्रहण गर्न सक्दैनन्। विशेष गरी जब तिनीहरूको दुख्ने ठाउँ र कमजोरीहरूलाई छोइन्छ, तब तिनीहरूले अझै बढी वितृष्णा र घृणा महसुस गर्छन्, र भित्रबाट अत्यन्तै असहज मान्छन्। तिनीहरूको असहजता आफूमा भ्रष्ट स्वभावहरू छन् भन्ने तथ्यबाट हुने पछुतो वा दुःखबाट आउँदैन, बरु तिनीहरूलाई खुलासा गर्न प्रयोग गरिएको विधि र भाषा, साथै खुलासाको विषयवस्तु र तिनीहरूको आफ्नै खुलासा गरिएको सारप्रतिको तिनीहरूको प्रतिरोध र अस्वीकारबाट आउँछ। सामान्य परिस्थितिहरूमा, जब एक सामान्य व्यक्तिले मण्डलीको कामको कुनै जिम्मेवारी लिन्छ, तब उसले नम्रता र समर्पणताको मनोवृत्तिले माथिका कार्य प्रबन्धहरू वा प्रबन्ध र मार्गदर्शनलाई स्वीकार गर्छ भने, उसले केही समयपछि केही प्रगति गर्नेछ। उसले त्यसको भेउ पाउनेछ, केही विधिहरू पत्ता लगाउनेछ, र अभ्यासका केही सिद्धान्त र मार्गहरू भेट्टाउनेछ। अर्को शब्दमा भन्दा, उसले निरन्तर प्रगति गर्नेछ, ऊ परिवर्तन हुनेछ, र उसले केही कुरा प्राप्त गर्नेछ। तर आफ्नो हृदयमा प्रतिरोध पाल्नेहरू फरक हुन्छन्। किनभने तिनीहरूको हृदय परमेश्वरप्रति छानबिन, प्रतिरोध, खिल्ली, र सतर्कताले भरिएको हुन्छ, तिनीहरूका लागि, परमेश्वर र सत्यता तिनीहरूको छानबिनका वस्तुहरू हुन्। तिनीहरू सत्यताका लागि तिर्खाउँदैनन्। जब तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्छन्, तब तिनीहरू काम गर्न आफ्नो वरदान वा सानोतिनो चलाखीमा भर पर्छन्। जब तिनीहरूले समस्या वा कठिनाइहरूको सामना गर्छन्, तब तिनीहरूले तिनलाई समाधान गर्न सत्यता खोज्नेछैनन्। जब सत्यता सिद्धान्तहरू समावेश भएका मामिलाहरूको कुरा आउँछ, तब तिनीहरूलाई कुनै सुइँको नै हुँदैन। तिनीहरूले जुनसुकै समस्याहरूको सामना गरे पनि, जबसम्म तिनमा सत्यता सिद्धान्तहरू समावेश हुन्छन्, तबसम्म तिनीहरूलाई ती कठिन र भारी, र आफ्नो पहुँचभन्दा बाहिरका—माछालाई जमिनमा जिउन बाध्य पार्नु वा सुँगुरलाई उड्न बाध्य पार्नु जस्तो लाग्छ। यस्ता मानिसहरूले जतिसुकै प्रयास गरे पनि, तिनीहरू सत्यतामा पुग्न सक्दैनन्। तिनीहरूले जे भने पनि, तिनीहरू अज्ञानी मानिसहरू जस्ता सुनिन्छन्, जसले गर्दा तँलाई तिनीहरूले आफ्नो विश्वासका सबै वर्षहरूमा कहिल्यै परमेश्वरका वचनहरू पढेका छन् कि छैनन् वा सत्यताको बारेमा सङ्गति गरेका छन् कि छैनन्, र तिनीहरूले कहिल्यै साँच्चै मण्डली जीवन बिताएका छन् कि छैनन् भन्ने कुरामा शङ्का लाग्छ। यो साँच्चै अचम्मलाग्दो कुरा हो। के यस्ता मानिसहरू निकै समस्याग्रस्त हुँदैनन् र? तिनीहरूलाई व्याख्या गर्नका निम्ति मसँग एउटा शब्द छ: तिनीहरूमा कुनै आत्मिक तेज हुँदैन। यसको अर्थ, सबैभन्दा सरल काम गर्दा पनि, तिनीहरूले त्यो काम कसरी गर्ने भनेर पत्ता लगाउन सक्दैनन्, र मेहनत लगाउँदा पनि त्यसको भेउ पाउन सक्दैनन्। आत्मिक तेज नहुनुको अर्थ व्यक्ति सुस्त र मन्द नै देखिन्छ भन्ने चाहिँ हुँदैन। बरु, यसको अर्थ काम गर्ने कुरामा तिनीहरू विवेकहीन हुन्छन् भन्ने हो। तिनीहरूले जे गरे पनि, तिनीहरूले सिद्धान्त वा दिशा भेट्टाउन सक्दैनन्, र जति लामो समयसम्म गरे पनि, तिनीहरूले त्यसमा संलग्न नियमहरू बोध गर्न सक्दैनन्। यो विशेष गरी परमेश्वरको घरका विभिन्न कामहरूका हकमा लागू हुन्छ। यस्ता मानिसहरू शिक्षित, तुलनात्मक रूपमा जवान, र बुद्धिमान् देखिए पनि, परमेश्वरको घरमा कर्तव्य निर्वाह गर्दा र काम गर्दा तिनीहरू निकै भद्दा देखिन्छन्। तिनीहरूलाई हेर्दा मात्रै मानिसहरूलाई रिस उठ्छ; यो अचम्मलाग्दो देखिन्छ। यहाँ एक जीवित, सास फेर्ने, शिक्षित र प्रतिभाशाली व्यक्ति छ—ऊ हरेक काममा यति असक्षम कसरी हुन सक्छ? ऊ यति भद्दा कसरी हुन सक्छ? कुरा के हो भने, उसले संसारमा गरेको काम खराब थिएन, त्यसोभए परमेश्वरको घरको काम गर्दा ऊ यति अप्ठ्यारो र अयोग्य किन हुन्छ? यहाँ एउटा समस्या छ। जब यस्ता मानिसहरूले तीन देखि पाँच वर्षसम्म परमेश्वरमा विश्वास गरेका हुन्छन्, तब तिनीहरूले बुझ्ने भनेको ती केही शब्द र धर्मसिद्धान्तहरू मात्रै हुन्। जब तिनीहरू बोल्छन् तब नारा मात्रै लगाउँछन् र तिनीहरूको कार्यहरूमा पटक्कै कुनै सिद्धान्त हुँदैन। तिनीहरूले सात वा आठ वर्षसम्म विश्वास गरेपछि पनि, तिनीहरूले भन्ने कुरा अझै पनि उही पुरानो कुरा नै हुन्छ, र अलिकति पनि प्रगति हुँदैन। प्लास्टिकका फूलहरू जस्तै, तिनीहरू पटक्कै परिवर्तन भएका हुँदैनन्। तिनीहरूमा कुनै आत्म-ज्ञान हुँदैन, परमेश्वरका वचनहरूमा तिनीहरूको कुनै प्रवेश हुँदैन, र तिनीहरूले केही पनि प्राप्त गरेका हुँदैनन्। जब तिनीहरूले सत्यताको बारेमा सङ्गति गर्छन्, तब तिनीहरूले कथाहरू सुनाइरहेका वा घरायसी मामिलाहरूको बारेमा कुरा गरिरहेका छन् जस्तो हुन्छ—यो किन यति अप्ठ्यारो सुनिन्छ? अरूले भन्छन्, “हामीले भक्तिसाथ आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, हाम्रो इमानदारी चढाउनुपर्छ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, र परमेश्वरका लागि आफूलाई समर्पित गर्नुपर्छ।” तर तिनीहरूले के भन्छन्? “कडा परिश्रम गरौँ, हाम्रो सर्वस्व लगाऔँ, र राम्रो काम गरौँ!” एक दशकभन्दा बढी समयसम्म परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले “भक्तिसाथ आफ्नो कर्तव्य पूरा गर्ने” भन्ने शब्दहरू समेत भन्न सक्दैनन्। तिनीहरूले भन्न जान्ने भनेको यति मात्रै हो, “अझै धेरै प्रयास गरौँ, अझै धेरै काम गरौँ, परमेश्वरको घरका लागि काम गरौँ, परमेश्वरको घरका लागि काम गर्न हाम्रो जीवन समर्पित गरौँ। हामीसँग धेरै कुरा छैन, तर हामीसँग हाम्रो सामर्थ्य त छ!” यी सबै अज्ञानी मानिसहरूले भन्ने कुराहरू हुन्; तिनीहरूले आत्मिक शब्दावली समेत पूर्ण रूपमा प्रयोग गर्न सक्दैनन्। यस्ता मानिसहरूले कम्तीमा सात वा आठ, वा दश वर्षभन्दा बढी, निकै वर्षसम्म परमेश्वरमा विश्वास गरेका हुन्छन्। तिनीहरूले परमेश्वरको घरमा सधैँ कर्तव्य पूरा गर्दै आएका हुन्छन् र प्रवचनहरू सुन्ने आफ्नो उचित हिस्सा पूरा गरेका हुन्छन्। त्यसोभए जब तिनीहरू बोल्छन्, तब तिनीहरूले किन आत्मिक शब्दावली राम्ररी प्रयोग गर्न सक्दैनन्? यस्ता मानिसहरूले हरेक दिन आफ्नो हृदयमा के सोचिरहेका हुन्छन्, तिनीहरू केमा व्यस्त भइरहेका हुन्छन्, तिनीहरूले के चिन्तन गरिरहेका, र के विचार गरिरहेका हुन्छन्? यो पूर्ण रूपमा एउटा रहस्य हो! यदि तैँले तिनीहरूलाई केही समयका लागि अवलोकन गरिस् भने, तैँले के पत्ता लगाउनेछस् भने, तिनीहरूले हरेक दिन सोच्ने, चिन्तन गर्ने, र व्यस्त हुने कुराहरू वास्तवमा ती सबै दैहिक मामिलाहरू हुन्। तिनीहरू संकीर्ण सोच भएका, सानो चित्तका, र अति कडिकडाउ गर्ने किसिमका हुन्छन्, र दिनभरि को असल छ र को खराब छ त्यस्तो कुरा, व्यक्तिगत रिसइबी, र अन्य यस्ता तुच्छ, अर्थहीन कुराहरूमा फसेका हुन्छन्, जुन कुराहरूको सत्यतासँग कुनै सम्बन्ध हुँदैन। तिनीहरूका विचार, सोच, र दृष्टिकोणहरू सबै त्रुटिपूर्ण, हास्यास्पद, र बेतुकका हुन्छन्। बाहिरी रूपमा, यस्ता मानिसहरू शिक्षित र क्षमतावान् देखिन्छन्; कतिपयले त समाजमा व्यापार पनि चलाएका हुन्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, किन तिनीहरूमा अलिकति पनि आत्मिक समझ नभएको जस्तो देखिन्छ? तिनीहरूलाई जति हेरे पनि, तिनीहरू काठको मूर्ति वा रोबट जस्ता मात्रै देखिन्छन्। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गर्दा पनि तिनीहरू यति भद्दा किन हुन्छन्? तिनीहरूको मुखबाट आत्मिक शब्दावली निस्कँदा यति अप्ठ्यारो किन सुनिन्छ? तिनीहरू बोलीको नक्कल गर्न सक्ने सुगा जति पनि राम्रा हुँदैनन्। यदि तैँले सुगाको अगाडि “आमेन, परमेश्वरलाई धन्यवाद!” भनिरहिस् भने, त्यसले त्यो निकै धाराप्रवाह रूपमा भन्न सिक्न सक्छ। तर यी मानिसहरूले “परमेश्वरलाई धन्यवाद” समेत भन्न सक्दैनन्; तिनीहरूले “धन्यवाद, परमेश्वर” भन्छन्। अनि यदि तैँले तिनीहरूले कामकुराहरू सम्हाल्ने सिद्धान्तहरूलाई हेरिस् भने, तिनीहरूले हरेक दिन आफ्नो हृदयमा सोच्ने, हिसाब गर्ने, र योजना बनाउने कुराहरू, र तिनीहरूले भित्रबाट प्रेम गर्ने र पछ्याउन अनुराग राख्ने कुराहरूको सकारात्मक कुराहरूसँग कुनै पनि सम्बन्ध हुँदैन; ती सबै दुष्ट प्रवृत्तिहरूका कुराहरू, नकारात्मक कुराहरू हुन्छन्। त्यसकारण, यी मानिसहरूले आफ्नो हृदयमा सोच्ने कुराहरू सबै दुष्ट हुन्छन्—यो कथन अलिकति पनि गलत छैन। तिनीहरूले भेलाहरूमा सङ्गति गर्दा पनि, तिनीहरूको सङ्गतिको विषयवस्तु र तिनीहरूले प्रकट गर्ने विचार र दृष्टिकोणहरू सबै विकृत हुन्छन्। तिनीहरूले अलिकति पनि सत्यता खोज्दैनन् र तिनीहरू कुनै पनि अन्तर्दृष्टि वा ज्योति प्राप्त गर्न असमर्थ हुन्छन्। जब अरूले सङ्गति गर्छन् र आफ्नो व्यक्तिगत अन्तर्दृष्टि, ज्योति, र परमेश्वरका वचनहरूको बुझाइ बाँड्छन्, तब तिनीहरू निकै अप्ठ्यारो, असुहाउँदो, र के गर्ने भनी पूर्ण रूपमा अलमल्ल परेका देखिन्छन्। जब परिश्रम गर्ने र काम गर्ने कुरा आउँछ, तब तिनीहरूमा केही शक्ति हुन्छ र तिनीहरू कडा परिश्रम गर्न इच्छुक हुन्छन्, तर यदि तिमीले तिनीहरूलाई सत्यताको बारेमा सङ्गति गर्न भन्यौ भने, तिनीहरूले एक शब्द पनि भन्न सक्दैनन्। यस्ता मानिसहरूले जतिसुकै वर्षसम्म परमेश्वरमा विश्वास गरे पनि, तिनीहरूले जीवनमा मानिसहरूले कुन मार्ग लिनुपर्छ वा पछ्याउनका लागि सबैभन्दा मूल्यवान् कुरा के हो भनेर कहिल्यै महसुस गर्दैनन्। अलिकति विवेक र समझ भएको व्यक्तिले त परमेश्वरमा विश्वास नगरे पनि, पचास वा साठी वर्षको उमेरसम्ममा जीवनमा मानिसहरूमा हुनुपर्ने केही सामान्य ज्ञान र अन्तर्दृष्टि चिन्न सक्छ; गहिरो स्तरमा, उसले जीवन सम्बन्धी केही दर्शनशास्त्रहरू पनि चिन्न सक्छ। अनि यो कुरा परमेश्वरका विश्वासीहरूमा हुन्छ भनेर त भन्नै पर्दैन—दश वा बीस वर्षसम्म विश्वास गरेपछि, तिनीहरूले केही सत्यताहरू बुझ्न सक्छन् र साँचो विश्वास र परमेश्वरको डर मान्ने हृदय विकास गर्न सक्छन्। तर सत्यतालाई प्रेम नगर्नेहरूले, जतिसुकै वर्षसम्म परमेश्वरमा विश्वास गरे पनि, आफ्नो जीवनसँग सम्बन्धित मामलाहरूका बारेमा, कुन मार्ग लिने त्यस बारेमा, वा जीवनका आत्मिक मामलाहरूसँग सम्बन्धित कुराहरूको बारेमा कुनै अनुभूति वा कुनै भावना राख्दैनन्। तिनीहरू सय वर्षसम्म बाँचे पनि, तिनीहरूले ती केही धर्मसिद्धान्तहरू मात्रै भन्न सक्नेछन् र तिनीहरू ती केही दृष्टिकोणहरूमा हठी भई टाँसिइरहनेछन्। के यस्ता मानिसहरू निकै समस्याग्रस्त हुँदैनन् र? तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? यदि यस्ता मानिसहरूमा दुष्ट मानवता छ भने, तिनीहरू दियाबलसहरू र शैतानहरू हुन्। यदि तिनीहरू दुष्ट मानिसहरू होइनन् तर केवल अन्योलमा परेका, संवेदनहीन, र सुस्त-बुद्धिका मानिसहरू हुन् भने, तिनीहरू के हुन्? (पशुहरू।) यसको अर्थ तिनीहरू पशुहरूबाट पुनर्जन्म भएका मानिसहरू हुन्; यो पूर्णतया साँचो कुरा हो। दियाबलसहरूबाट पुनर्जन्म भएका र पशुहरूबाट पुनर्जन्म भएका दुवैमा एउटा साझा विशेषता हुन्छ: तिनीहरूले सत्यता स्वीकार गर्दैनन् र तिनीहरूलाई सत्यताप्रति वितृष्णा हुन्छ। जबसम्म तैँले सत्यताको बारेमा सङ्गति गर्छस्, तबसम्म दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूले स्पष्ट रूपमा वितृष्णा र प्रतिरोध देखाउँछन्; तिनीहरूसँग हरेक सत्यतालाई लक्षित गर्ने स्पष्ट विचार, सोच, र दृष्टिकोणहरू हुन्छन्। तर, पशुहरूबाट पुनर्जन्म भएकाहरूसँग स्पष्ट सोच र दृष्टिकोणहरू हुँदैनन्; तिनीहरू अन्योलमा हुन्छन्। तिनीहरूले आफ्नो हृदयमा केवल एक वितृष्णा महसुस गर्छन् र सत्यता स्वीकार गर्दैनन्। तिनीहरूसँग केही विकृत सोच र दृष्टिकोणहरू पनि हुन्छन् जुन पूर्ण रूपमा असमर्थनीय हुन्छन्। यी यस्ता दृष्टिकोणहरू हुन् जसलाई खुला रूपमा बाहिर ल्याउन सकिँदैन, र जसलाई कुनै पनि सामान्य व्यक्तिले कहिल्यै भन्नेछैन, तैपनि तिनीहरूले तिनलाई अत्यन्तै प्रिय ठान्छन्। छोटकरीमा, दियाबलसहरूबाट पुनर्जन्म भएका र पशुहरूबाट पुनर्जन्म भएका दुवैका प्रकटीकरणहरू भनेका सत्यताप्रति चरम वितृष्णा र घृणाको मनोवृत्ति हुनु हो: दियाबलसहरूबाट पुनर्जन्म भएकाहरूमा अत्यन्तै व्यक्तिपरक वितृष्णा, घृणा, र निन्दा हुन्छ; पशुहरूबाट पुनर्जन्म भएकाहरूमा चेतनासून्य वितृष्णा, घृणा, र दूरी हुन्छ—यो त्यति कट्टर नभए पनि, सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको प्रकृति उस्तै हुन्छ। त्यसकारण, यी दुई प्रकारका मानिसहरूले जतिसुकै प्रवचनहरू सुने पनि, तिनीहरूले तिनलाई बुझ्न वा बोध गर्न सक्दैनन् किनभने तिनीहरूले तिनलाई ग्रहण गर्न नै सक्दैनन्। यदि कसैले तीन वा पाँच वर्षसम्म परमेश्वरमा विश्वास गरेको छ र आत्मिक शब्दावली पूर्ण रूपमा वा राम्ररी प्रयोग गर्न सक्दैन भने, यो क्षमायोग्य हुन्छ, किनभने आत्मिक शब्दावलीहरू सबैका लागि निकै अपरिचित नै हुन्छन्; ती एक नयाँ प्रकारको भाषा हुन्। जब मानिसहरूले परमेश्वरमा विश्वास गर्न थाल्छन्, तब तिनीहरूले सुनेका आत्मिक शब्दावलीहरू राम्ररी बुझ्दैनन्, र धेरै तिनीहरूका लागि अपरिचित कुरा हुन्छन्। तर पाँच वर्षभन्दा बढी समयसम्म परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले प्रायजसो प्रवचनहरू सुन्ने, सत्यताको बारेमा सङ्गति गर्ने हुनाले, र तिनीहरू यो भाषाको सम्पर्कमा आउने हुनाले, तिनीहरू बिस्तारै यससँग परिचित हुन्छन्। तिनीहरूले यसलाई सहजताका साथ, धाराप्रवाह रूपमा, स्वाभाविक रूपमा, र स्वतन्त्र रूपमा बोल्न सक्नेछन्। तिनीहरूले यसलाई प्रयोग गर्न सक्नेछन्, र यो तिनीहरूको आफ्नै भाषा र तिनीहरूको जीवनको एक हिस्सा बन्नेछ। यी सामान्य मानिसहरूका प्रकटीकरणहरू हुन्। सामान्य मानिसहरूका प्रकटीकरणहरू नभएकाहरूले भने यी कुराहरू हासिल गर्न सक्दैनन्। तिनीहरूले केही आधारभूत आत्मिक शब्दावलीहरू बोल्दा पनि, यो निकै अप्ठ्यारो सुनिन्छ, र अरूलाई बुझ्न गाह्रो हुन्छ। जब तैँले यस्ता मानिसहरूसँग अन्तरक्रिया गरिस् भने, तैँले तिनीहरूले मानिसहरूको आत्मिक वृद्धि गर्ने, वा तर्कसङ्गत वा पूर्ण भएको एउटै कुरा भनेको सुन्ने सम्भावना हुँदैन। तिनीहरूले जे भने पनि त्यो अपूर्ण हुन्छ—त्यसको सुरु हुन्छ तर अन्त्य हुँदैन, वा अन्त्य हुन्छ तर सुरु हुँदैन—वा तिनीहरूको सोचाइमा कुनै तर्क हुँदैन, केवल बकवासको प्रवाह हुन्छ। यति लामो समयसम्म बाँचेर पनि, तिनीहरूलाई अझै पनि कसरी कुरा गर्ने भन्ने थाहा हुँदैन। तिनीहरूले आफूले के सोचिरहेका छन् वा के अनुभव गरेका छन् भनेर व्यक्त गर्न, वर्णन गर्न, वा स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। तिनीहरू सधैँ अपूर्ण वाक्यहरूमा बोल्छन्, तिनीहरूले सधैँ मूर्खता देखाइरहेका हुन्छन्, वा तिनीहरूले विकृत सोच र दृष्टिकोणहरू व्यक्त गरिरहेका हुन्छन्। तिमीले यसलाई जुनसुकै कोणबाट हेरे पनि—परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति, दैनिक जीवनमा तिनीहरूको मानवताका प्रकटीकरणहरूलाई हेरे पनि, वा यति धेरै वर्षसम्म बाँचेर पनि तिनीहरूले केही पनि प्राप्त नगरेको तथ्यलाई हेरे पनि—यस्ता मानिसहरू गैरमानवहरू हुन्। के गैरमानवहरूलाई सत्यता बुझ्न सजिलो हुन्छ? (हुँदैन।) यस्ता मानिसहरूलाई सत्यता बुझ्न सजिलो हुँदैन भन्ने कुरा अब झन्-झन् स्पष्ट हुँदै गइरहेको छ।
सही के हो र गलत के हो भनी जान्ने सन्दर्भमा भन्दा, यी उदाहरणहरूबारे छलफल गरेपछि, के तिमीहरूलाई अब सही के हो र गलत के हो भनेर कसरी खुट्ट्याउने भन्ने थाहा हुनुपर्दैन र? हामीले छलफल गरेका अधिकांश उदाहरणहरू नकारात्मक छन्। यी नकारात्मक उदाहरणहरूसँग तुलना गरेर, मानिसहरूले कुन कुराहरू सकारात्मक हुन् भनेर आधारभूत रूपमा थाहा पाउनुपर्छ। मानवताका गुणहरू भएको जोकोहीलाई पनि यस्ता नकारात्मक कुराहरूको चेतना हुन्छ। त्यसकारण, एक सामान्य व्यक्तिले विशेष परिस्थितिहरूमा मात्रै यस्ता कामहरू गर्नेछ, र ती गरेपछि, उसले दुःखी र पीडित महसुस गर्नेछ, र उसमा पश्चात्तापको मनोवृत्ति हुनेछ। तर गैरमानवहरू फरक हुन्छन्। तिनीहरूले सय वर्षसम्म यी कामहरू गरे पनि, तिनीहरूले आफू गलत छु भनेर थाहा पाउनेछैनन्; तिनीहरूले अझै पनि आफू सही छु भनेर सोच्नेछन् र तिनीहरू अन्त्यसम्म लागिरहनेछन्। यदि तैँले तिनीहरूले गरिरहेको कुरा गलत हो भनी खुलासा गरिस् भने, तिनीहरूले प्रतिवाद गर्नेछन्, “कुन आधारमा तिमीले मैले गरिरहेको कुरा गलत हो भनेर भन्छौ? मैले यो काम यति धेरै वर्षदेखि गरिरहेको छु, र कसैले पनि मलाई गलत भनेको छैन।” जब तैँले तिनीहरूले यसो भनेको सुन्छस्, तब तँलाई कस्तो लाग्छ? (मलाई यो व्यक्ति समझभन्दा बाहिरको छ भन्ने लाग्छ।) तिनीहरू समझभन्दा बाहिरका हुन्छन्। तैँले तिनीहरूलाई यसो गर्नु गलत हो भनेर भन्छस्, तर तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्, र तिनीहरू सही के हो र गलत के हो भन्नेबारे अनजान रहन्छन्। तब, तँ नाजवाफ मात्र हुन सक्छस्: “तिमीसँग तर्क गर्नु त असम्भव छ; मैले यो कुराकानी यहीँ सिध्याएँ!” के तिमीहरूलाई अब गैरमानवहरूका प्रकटीकरणहरूबारे स्पष्ट भयो? (भयो।) गैरमानवहरूले जीवनका मामिलाहरू, भावनाका मामिलाहरू, आफूलाई कसरी आचरणमा ढाल्ने र कामकुराहरू कसरी सम्हाल्ने, वा निष्ठा र इज्जत समावेश भएका मामिलाहरू के हुन् त्यो बुझ्दैनन्; यी कुराहरू तिनीहरूको समझभन्दा बाहिर हुन्छन् भनेर पनि भन्न सकिन्छ। तिनीहरूले मानिसहरू र कामकुराहरूलाई व्यवहार गर्न, र आफूलाई आचरणमा ढाल्न र कार्य गर्न ती त्रुटिपूर्ण विचार, दृष्टिकोण, र विधिहरूलाई छान्छन्, तर पनि तिनीहरूको विवेक सफा नै हुन्छ। यसबाहेक, तिनीहरू अन्धाधुन्ध रूपमा लागिरहन्छन् र त्यसो गर्नु सही हो भन्ने विश्वास गर्छन्। यसले तिनीहरूको मानवतामा पटक्कै कुनै विवेक वा समझ छैन भन्ने कुरालाई प्रकट गर्छ। त्यसैले, यी मानिसहरूमा मानवताका गुणहरू हुँदैनन् भन्ने कुरा स्पष्ट छ; तिनीहरू गैरमानवहरू हुन् भनेर मात्रै भन्न सकिन्छ। तिनीहरूमा अलिकति पनि विवेक वा समझ हुँदैन, र तिनीहरू पूर्ण रूपमा शैतानका दर्शनहरूद्वारा जिउँछन्, र आफूलाई ठूलै ठान्छन् र कसैसामु झुक्दैनन्। परमेश्वरमा विश्वास गर्न थालेपछि, यदि यी मानिसहरूले परमेश्वरप्रति आफूलाई अलिकति समर्पित गरे भने, तिनीहरूले आफूलाई परमेश्वरलाई प्रेम गर्ने र उहाँमा समर्पित हुने मानिसहरू ठान्छन्। यस्ता मानिसहरूले आफूले परमेश्वरलाई प्रेम गर्ने दाबी त गर्न सक्छन्, तर तिनीहरूको हृदयमा, तिनीहरूले अझै पनि उहाँको बारेमा धारणाहरू पाल्छन्, र जब तिनीहरूले परमेश्वरले तिनीहरूको धारणाहरूसँग नमिल्ने कामहरू गर्नुभएको देख्छन्, तब तिनीहरूले अझै पनि परमेश्वरको आलोचना गर्न र उहाँको प्रतिरोध गर्न सक्छन्। यस्ता परिस्थितिहरूमा तिनीहरूले आफूहरू नै परमेश्वरलाई सबैभन्दा धेरै प्रेम गर्नेहरू हौं भनी निर्लज्जतापूर्वक घोषणा गर्ने दुस्साहस समेत गर्छन्। के तिनीहरू समझभन्दा बाहिरका हुँदैनन् र? धर्ममा यस्ता धेरै मानिसहरू छन्। तिनीहरूले बाइबलको बारेमा बोल्छन् र बाहिरी रूपमा सबै धर्मसिद्धान्तहरू बुझेका छन् जस्तो देखिन्छ, तैपनि तिनीहरूले परमेश्वरले व्यक्त गर्नुभएको सत्यतालाई चिन्न सक्दैनन्। प्रभु येशूमा विश्वास गर्ने क्रममा, तिनीहरूले देहधारी परमेश्वरको निन्दा गर्छन्। मानिसहरूले परमेश्वरमा विश्वास गर्छन् तैपनि उहाँको प्रतिरोध गर्छन्, र उहाँको कमजोरी समात्ने प्रयास गर्न र उहाँमाथि आक्रमण गर्न समेत सक्छन्। तिनीहरूले सधैँ परमेश्वरको विरुद्धमा दाउपेच गर्ने प्रयास गरिरहेका हुन्छन्, सधैँ परमेश्वरको आलोचना गर्न चाहन्छन्, सधैँ परमेश्वरका वचनहरू सही छन् कि गलत भनी मूल्याङ्कन गर्न चाहन्छन्, परमेश्वरका कार्यहरू सही छन् कि गलत भनी मूल्याङ्कन गर्न चाहन्छन्, र परमेश्वर सही हुनुहुन्छ कि गलत हुनुहुन्छ भनी छानबिन गर्न चाहन्छन्। के यस्ता मानिसहरूमा कुनै विवेक वा समझ हुन्छ? तैँले परमेश्वरमा विश्वास गर्छस्, उहाँका वचनहरू खान्छस् र पिउँछस्, र उहाँको यति धेरै अनुग्रह र उहाँका यति धेरै आशिष्हरूको आनन्द लिन्छस्, तैपनि जब तैँले परमेश्वरले तेरो धारणाहरूसँग नमिल्ने केही गर्नुभएको पत्ता लगाउँछस्, तब तैँले परमेश्वरको आलोचना गर्ने, परमेश्वरको प्रतिरोध गर्ने, र परमेश्वरको निन्दा गर्ने आँट गर्छस्। यो समझभन्दा बाहिरको हुनु हो। समझभन्दा बाहिरका मानिसहरू गैरमानवहरू हुन्; तिनीहरू परमेश्वरमा विश्वास गर्न योग्य हुँदैनन् र परमेश्वरको सामु आउन योग्य हुँदैनन्।
ल, आजका लागि हाम्रो सङ्गति यति नै। बिदा!
अप्रिल २७, २०२४