सत्यता कसरी पछ्याउने (२३)

केही समयदेखि, हामीले सत्यता कसरी पछ्याउने भन्‍ने विषयमा सङ्गति गर्दै आएका छौँ। हामीले यसबारे सङ्गति गरेर अझै सिध्याएका छैनौँ; यो एउटा निकै ठूलो विषय हो, र सत्यताको पछ्याइमा साँच्चै नै धेरै समस्या समावेश हुन्छन्, होइन र? (हो।) सत्यता कसरी पछ्याउने भन्‍ने विषयको सम्बन्धमा, हामीले अभ्यासका दुई पक्षका बारेमा सङ्गति गरेका छौँ: अभ्यासको एउटा पक्ष त्याग्‍नु हो, र अभ्यासको अर्को पक्ष भनेको आफूलाई अर्पित गर्नु हो। हामीले यसभन्दा पहिले “त्याग्‍नु” भन्‍ने विषयमा धेरै नै सङ्गति गरेका थियौँ। हामीले हालै सङ्गति गरेको कुरा “आफू र परमेश्‍वरको बीचमा रहेका तगाराहरू र परमेश्‍वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्‍नु” हो, जसलाई केही पक्षमा विभाजित गरिएको छ: धारणा र कल्पनाहरू, अनुचित मागहरू, रक्षात्मकता र आशङ्का, र छानबिन र खोजीनिती। के हामीले पहिलो पक्ष, धारणा र कल्पनाहरूका बारेमा निकै धेरै सङ्गति गरेका छैनौँ र? धारणा र कल्पनाहरूको पक्षभित्र, परमेश्‍वरबारे मानिसहरूका धारणा र कल्पनाहरू समावेश हुने विषयवस्तुमा परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव सार, र देहधारी परमेश्‍वबारे तिनीहरूका धारणाहरू पर्छन्। यसभन्दा पहिले, हामीले मुख्य रूपमा परमेश्‍वरको कामबारे मानिसहरूका धारणाहरूमा सङ्गति गरेका थियौँ। हामीले परमेश्‍वरको स्वभाव सारबारे मानिसहरूका धारणाहरूका बारेमा स्पष्ट रूपमा र तिनलाई लक्षित गरेर सङ्गति नगरे पनि, हामीले मानवजातिका विभिन्‍न पक्ष समावेश हुने केही समस्याका बारेमा सङ्गति गर्‍यौँ। यी कुराहरूका बारेमा सङ्गति गरेपछि, के मानिसहरूले मानवजातिका विभिन्‍न समस्याप्रतिको परमेश्‍वरको मनोवृत्ति बुझ्नुपर्दैन र? त्यसोभए के मानिसहरूले परमेश्‍वर मानिसहरूका जन्मजात अवस्थाहरू, भ्रष्ट स्वभावहरू, र मानवतालाई कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा बुझ्नुपर्दैन र? (पर्छ।) यी कुराहरू बुझेपछि, परमेश्‍वरको काम र परमेश्‍वरको स्वभाव सारबारे मानिसहरूका धारणाहरू समाधान हुनुपर्छ। हालै, हामीले सबै प्रकारका मानिसहरूको वर्गीकरणका बारेमा सङ्गति गरेका छौँ। मलाई भन, तिमीहरूलाई हामीले यस विषयमा किन सङ्गति गर्‍यौँ जस्तो लाग्छ? (सबै प्रकारका मानिसहरूको वर्गीकरणका बारेमा सङ्गति गर्नु भनेको, एक हिसाबमा, सबै प्रकारका मानिसहरूलाई खुट्ट्याउन—को मानिसहरूबाट पुनर्जन्म भएको हो, को पशुहरूबाट पुनर्जन्म भएको हो, र को दियाबलसहरूबाट पुनर्जन्म भएको हो भन्‍ने कुरा सिक्‍न सिक्न हामीलाई मद्दत गर्नु हो। हामीसँग खुट्ट्याइ भएपछि, हामी मानिसहरूलाई कसरी व्यवहार गर्छौँ भन्‍ने कुरामा हामीसँग सिद्धान्तहरू हुनेछन्। अर्को हिसाबमा, यसले हामीलाई परमेश्‍वर ठ्याक्कै कस्ता प्रकारका मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्‍ने सत्यताबारे केही बुझाइ प्राप्त गर्न सक्षम तुल्याउँछ, ताकि हामी हाम्रा धारणा र कल्पनाहरूका आधारमा परमेश्‍वरको कामलाई नलिऔँ।) छोटकरीमा भन्दा, यी कुराहरूका बारेमा सङ्गति गर्दा यसले मानिसहरूलाई परमेश्‍वर सबै प्रकारका मानिसहरूलाई कसरी हेर्नुहुन्छ, उहाँ सबै प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ, र उहाँ सबै प्रकारका मानिसहरूलाई कसरी सम्हाल्नुहुन्छ भन्‍ने कुरा बुझ्‍न दिन्छ। सबै प्रकारका मानिसहरूमा जन्मजात रूपमा हुने र पछि विकास हुने दुवै प्रकारका सार बुझेर, वा मानवजातिका विभिन्‍न समस्या बुझेर, मानिसहरूले मानवजातिका विभिन्‍न समस्यालाई व्यवहार गर्ने परमेश्‍वरका सिद्धान्तहरू के-के हुन् भन्‍ने कुराको सही ज्ञान लगभग प्राप्त गर्न सक्छन्। मानिसहरूले यी कुराहरू जानेपछि, परमेश्‍वरको काम र परमेश्‍वरको स्वभाव सारसँग सम्बन्धित तिनीहरूका धारणा र कल्पनाहरू धेरै हदसम्म समाधान हुन्छन्। हामीले मानिसहरूका धारणा र कल्पनाहरूको विषयअन्तर्गत परमेश्‍वरको काम र परमेश्‍वरको स्वभाव सार समावेश हुने समस्याहरूका बारेमा सङ्गति गरेर सिध्याएका छौँ। तिमीहरूले सङ्गति गरिएका कुराहरूलाई बिस्तारै आफै अनुभव गर्नुपर्छ र बुझ्दै जानुपर्छ, र समय बित्दै जाँदा, तिमीहरूले परमेश्‍वरबारे केही ज्ञान प्राप्त गर्नेछौ। जब तिमीहरूले जीवनमा यस प्रकारका समस्याहरूको सामना गर्छौ, तब तिमीहरूले यी वचनहरूलाई लिनुपर्छ र तिनलाई त्यस्ता समस्याहरूसँग तुलना गर्नुपर्छ, अझै धेरै खोजी गर्नुपर्छ र प्रार्थनार्थ पढ्नुपर्छ, त्यसपछि सङ्गति गरिएका सिद्धान्त वा विषयवस्तुका आधारमा तिमीहरूले वास्तविक जीवनमा सामना गरेका समस्याहरू समाधान गर्नुपर्छ।

मानिसहरूका धारणा र कल्पनाहरूको सम्बन्धमा, हामीले सङ्गति नगरेको अझै एउटा अन्तिम बुँदा छ, जुन देहधारी परमेश्‍वर बारे मानिसहरूका धारणा र कल्पनाहरू हो। के यस समस्याबारे सङ्गति गर्न आवश्यक छ? (छ।) देहधारी परमेश्‍वर, यो विशेष पहिचानको सम्बन्धमा तिमीहरूसँग के-कस्ता धारणा र कल्पनाहरू छन्? के तिमीहरूलाई देहधारी परमेश्‍वरको सम्बन्धमा तिमीहरूको सबैभन्दा ठूलो समस्या वा कठिनाइ ठ्याक्कै के हो भन्‍ने कुरा थाहा छ? धेरैजसो मानिसका लागि, देहधारी परमेश्‍वरसँगको प्रत्यक्ष सम्पर्क भनेको प्रवचनहरू र भेलाहरूका दौरान गरिने सङ्गति सुन्‍नुभन्दा बढी केही होइन। थोरै सङ्ख्याका मानिसहरूले मात्रै देहधारी परमेश्‍वरसँग वास्तविक प्रत्यक्ष सम्पर्क गर्न, वा जीवनमा उहाँसँग केही सीमित अन्तरक्रिया मात्र गर्न पाउँछन्। त्यसोभए, भेलाहरूको दौरान सङ्गति सुन्दा, वा काममा वा जीवनमा उहाँको सम्पर्कमा आउँदा र उहाँसँग अन्तरक्रिया गर्दा, देहधारी परमेश्‍वरबारे तिमीहरूमा हुने धारणा र कल्पनाहरू के-के हुन्? तिमीहरूका खास समस्या र कठिनाइहरू के-के हुन्? देहधारी परमेश्‍वरबारे मानिसहरूसँग निश्‍चित रूपमा धारणा र कल्पनाहरू हुन्छन्; तिनीहरूसँग ती नहुनु असम्भव छ। मानिसहरू शून्यतामा जिउँदैनन्, न त तिनीहरू सोच्न नसक्ने रोबोटहरू जस्ता नै हुन्छन्। यदि तँ सोच्न सक्छस् भने, तँमा सक्रिय मष्तिष्क छ, र यदि तेरो मष्तिष्क सक्रिय छ भने, देहधारी परमेश्‍वरको सम्पर्कमा आउँदा तँमा अवश्य नै विचारहरू आउनेछन्। यी विचारहरू प्रायजसो मानिसहरूका धारणा र कल्पनाहरू हुन्; तिनमा सत्यता समावेश हुँदैन, न त ती सत्यताअनुरूप नै हुन्छन्। कुरा के मात्रै हो भने, धेरैजसो मानिसले, तीनदेखि पाँच वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि, आधारभूत रूपमा देहधारी परमेश्‍वरलाई निश्‍चित हदसम्म पहिचान गरेका हुन्छन् र उहाँलाई स्वीकार गरेका हुन्छन्। त्यसकारण, तिनीहरूसँग केही धारणा भए पनि, तिनीहरूले धेरै सत्यता सुनेका हुनाले, यी कुराहरूको सामना गर्दा, तिनीहरू आधारभूत सिद्धान्त वा आफ्नै अद्वितीय विधिहरू प्रयोग गरेर तिनलाई आफै समाधान गर्न सक्छन्—सायद परमेश्‍वरका वचनहरू पढेर, वा आफैलाई काटछाँट गरेर, वा प्रार्थना गरेर—अनि प्रायजसो, परमेश्‍वर बारे तिनीहरूका धारणा र कल्पनाहरू समाधान हुन सक्छन्। त्यसोभए, के मानिसहरूले सत्यता बुझेका कारणले ती समाधान भएका हुन्छन्, कि तिनीहरूले मानव विधि र साधनहरू प्रयोग गरेर तिनलाई अस्थायी रूपमा साम्य पारेका कारणले यस्तो भएको हुन्छ? (तिनलाई अस्थायी रूपमा साम्य पारिएको हुन्छ।) अर्थात्, यो समस्या अझै समाधान भएको हुँदैन। बाहिरी रूपमा, तिनीहरूमा सबै कुरा शान्त र स्थिर देखिन्छ, र केही समयका लागि तिनीहरूसँग कुनै धारणाहरू हुँदैनन्, तर यो समस्याको जड अझै पनि तिनीहरूभित्र लुकेको हुन्छ र यसलाई निर्मूल पारिएको हुँदैन। मलाई भन, के यो समस्या निर्मूल नपारिनु राम्रो कुरा हो र? (होइन।) यो किन राम्रो होइन? यसले मानिसहरूलाई कस्तो असर गर्नेछ? (मानिसहरूसँग देहधारी परमेश्‍वरबारे धारणा र कल्पनाहरू हुन्छन्, र परिस्थितिहरू अनुकूल हुनेबित्तिकै, ती विस्फोट हुनेछन्। उदाहरणका लागि, जब तिनीहरूले आफूले अपेक्षा गरेअनुसार नहुने कुराहरूको सामना गर्छन्, तब तिनीहरूले परमेश्‍वरलाई गलत बुझ्नेछन् र उहाँबारे गुनासो गर्नेछन्, वा तिनीहरूले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेछन् र उहाँको प्रतिरोध गर्नेछन्।) यो एउटा वास्तविक समस्या हो। यदि देहधारी परमेश्‍वरबारे धारणा र कल्पनाहरूलाई तिनको जरैबाट समाधान गर्न सकिएन भने, ती सधैँ तँभित्र एउटा समस्याका रूपमा अस्तित्वमा रहनेछन् र तिनले तँलाई केही मात्रामा असर गर्नेछन्। जब तैँले कुनै खास परिस्थितिहरूको सामना गरेको हुँदैनस्, र तँ परमेश्‍वरका वचनहरू मात्रै पढ्छस् र तँ हृदयमा परमेश्‍वरको पहिचान र सार, साथै उहाँको स्वभावमा विश्‍वास गर्छस्, तब यो समस्याले तँलाई अझै कुनै असर गरेको हुँदैन। यदि देहधारी परमेश्‍वरले तँसँग अन्तरक्रिया गर्नुहुँदा, तँसँग कुरा गर्नुहुँदा, वा तँलाई काम सुम्पनुहुँदा, तैँले काटछाँट वा तैँले अपेक्षा गरेअनुसार नहुने कुराहरूको सामना गरिस् भने, तेरा धारणा र कल्पनाहरूले तँभित्र केही नकारात्मक प्रभाव पार्न सक्छन्। यदि देहधारी परमेश्‍वरबारे तेरा धारणा र कल्पनाहरू समाधान भए भने, तैँले यी कुराहरूको सामना गर्दा, तँलाई अझै पनि पीडा र असहजता महसुस हुन सक्छ, र अझै गम्भीर अवस्थाहरूमा तँमा विद्रोहीपनसमेत विकास हुन सक्छ, तर देहधारी परमेश्‍वरलाई साधारण व्यक्तिका रूपमा व्यवहार गर्नुको सट्टा, वा उहाँको विरुद्धमा विद्रोह गर्नु, उहाँको प्रतिरोध गर्नु, र उहाँको विरोधमा खडा हुनुको सट्टा, तँ यी समस्याहरू समाधान गर्नका लागि सत्यताको खोजी गर्न सक्रिय रूपमा परमेश्‍वरको अघि आउनेछस्।

हामी मानिसहरूले देहधारी परमेश्‍वरबारे आफूमा रहेका धारणा र कल्पनाहरू कसरी समाधान गर्नुपर्छ भन्‍ने बारेमा सङ्गति गरौँ। वास्तवमा, परमेश्‍वरको काम र परमेश्‍वरको स्वभाव सारसँग सम्बन्धित मानिसहरूका धारणा र कल्पनाहरूको समस्या समाधान गर्नुभन्दा यो समस्या समाधान गर्न सजिलो छ, जसबारे हामीले यसभन्दा पहिले सङ्गति गरेका थियौँ। परमेश्‍वरको कामको दायरा निकै फराकिलो छ, र यसमा धेरै विषयवस्तु समावेश छन्, जसमा मानिसहरूले जान्नुपर्ने र बुझ्नुपर्ने धेरै सत्यता छन्। यसबाहेक, परमेश्‍वरको स्वभाव सार त परमेश्‍वरमा विश्‍वास गर्नेहरूले बुझ्नुपर्ने सबै सत्यतामध्ये सबैभन्दा गहन सत्यता हो, र यो जान्न मानिसहरूका लागि सबैभन्दा गाह्रो पनि छ। तर, सत्यताका ती दुई पक्षको तुलनामा, देहधारी परमेश्‍वरसम्बन्धी सत्यता मानिसहरूका लागि अझ बढी प्रत्यक्ष छ, त्यसैले देहधारी परमेश्‍वरसँग सम्बन्धित धारणा र कल्पनाहरू समाधान गर्न पनि सजिलो छ। किनभने, परमेश्‍वरको काम र परमेश्‍वरको स्वभाव सारको तुलनामा, देहधारी परमेश्‍वर, आखिरमा, पूर्ण रूपमा वास्तविक हुनुहुन्छ—उहाँलाई मानिसहरूले देख्न र छुन सक्छन्। उहाँ अमूर्त हुनुहुन्न; बरु, उहाँले व्यक्त गर्ने सत्यताका विभिन्‍न पक्ष हुनुका साथै, उहाँको निश्‍चित आवाज छ र उहाँले आफ्‍नो कुरा मौखिक रूपमा व्यक्त गर्न सक्नुहुन्छ, र उहाँको निश्‍चित बाहिरी रूप, छवि, स्वभाव, र व्यक्तित्व छ, जसको सम्पर्कमा मानिसहरू आउन सक्छन्। त्यसकारण, परमेश्‍वरको काम र परमेश्‍वरको स्वभाव सारबारे हुने मानिसहरूका धारणा र कल्पनाहरूको तुलनामा, देहधारी परमेश्‍वरबारे मानिसहरूका धारणा र कल्पनाहरू अझै ठोस हुन्छन्। कुनै कुरा जति ठोस हुन्छ, मानिसहरूलाई जान्न त्यति नै सजिलो हुन्छ, आफूलाई तीसँग तुलना गर्न त्यति नै सजिलो हुन्छ, र तिनलाई समाधान गर्न त्यति नै सजिलो हुन्छ। सिद्धान्तमा यो यसरी नै काम गर्छ, तर ठ्याक्कै भन्नुपर्दा, देहधारी परमेश्‍वरबारे मानिसहरूका धारणा र कल्पनाहरू कसरी समाधान गरिनुपर्छ? अभ्यासका दुई मार्ग छन्, भन्नुको अर्थ, मानिसहरूले देहधारी परमेश्‍वरप्रति अपनाउनुपर्ने सही मनोवृत्तिको सम्बन्धमा अभ्यासका दुई सिद्धान्त छन्। पहिलो भनेको उहाँलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्नु हो। दोस्रो, जुन निकै महत्त्वपूर्ण पनि छ, उहाँलाई भ्रष्ट मानवजातिको बराबरीमा नराख्नु हो। यदि तँ यी दुई कुरा गर्न सक्छस् भने, देहधारी परमेश्‍वरबारे तेरा धारणा र कल्पनाहरू लगभग तिनको जरैबाट समाधान भएको मानिनेछ। हेर त, के यी दुई सिद्धान्तअनुसार अभ्यास गर्ने यो मार्ग सही छ? (छ।) देहधारी परमेश्‍वरबारे मानिसहरूमा रहेका धारणा र कल्पनाहरू समाधान गर्ने तरिकाहरू किन यी दुई मार्ग नै हुन्? (किनभने मानिसहरूले यी दुई गल्ती गर्ने सम्भावना सबैभन्दा बढी हुन्छ। जब परमेश्‍वर देह बन्नुहुन्छ, तब मानिसहरूले देहधारी परमेश्‍वर निकै अस्पष्ट हुनुहुन्छ भन्ने कल्पना गर्छन्, उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरले जस्तै चिन्ह र चमत्कारहरू गर्न सक्नुहुन्छ भन्ने, इत्यादि सोच्छन्। मानिसहरूले देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवजातिको बराबरीरमा राख्ने सम्भावना पनि हुन्छ, जसले परमेश्‍वरको स्वभावलाई सजिलै चिढ्याउँछ।) तिमीहरूले यो मामला स्पष्ट रूपमा देख्यौ, होइन र? (हो।) यी दुई बुँदाले देहधारी परमेश्‍वरबारे मानिसहरूमा रहेका धारणा र कल्पनाहरू समाधान गर्ने मार्ग र सिद्धान्तहरू हुनुको कारण के हो भने, मानिसहरूले देहधारी परमेश्‍वरबारे विकास गर्ने धारणा र कल्पनाहरूमा मुख्य रूपमा यी दुई पक्ष समावेश हुन्छन्। एक हिसाबमा, देहधारी परमेश्‍वरको सम्बन्धमा, यदि मानिसहरूले उहाँ स्वर्गबाट आउनुहुने परमेश्‍वर हुनुहुन्छ, उहाँको जीवनका रूपमा उहाँभित्र परमेश्‍वरका आत्माले बास गर्नुहुन्छ, र उहाँ देहमा साकार हुनुभएका परमेश्‍वरका आत्मा हुनुहुन्छ भनेर निर्धारण गर्छन्, र यदि तिनीहरूले उहाँको पहिचान विशेष छ र उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरको अभिव्यक्ति हुनुहुन्छ भनेर निर्धारण गर्छन् भने, तिनीहरूले उहाँलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्नेछन्। अर्को हिसाबमा, देहधारी परमेश्‍वर बाहिरी रूपमा मानवहरूभन्दा फरक नदेखिने र एक साधारण व्यक्ति मात्रै हुनुहुने हुनाले, मानिसहरू उहाँलाई भ्रष्ट मानवजातिको सदस्यका रूपमा व्यवहार नगरी बस्न सक्दैनन्। मानिसहरू उहाँलाई भ्रष्ट मानवजातिसँग तुलना गर्न वा उहाँलाई तिनीहरूको बराबरीमा राख्न निकै रुचाउँछन्, र देहधारी परमेश्‍वरलाई भ्रष्ट मानिसभन्दा फरक नभएको मानवजातिको सदस्यका रूपमा समेत लिन्छन्। यी दुई पक्ष मानिसहरूले देहधारी परमेश्‍वर बारे विकास गर्ने धारणा र कल्पनाहरूका स्रोत हुन्। यी दुई पक्ष मानिसहरूले देहधारी परमेश्‍वरलाई गर्ने व्यवहारमा प्रायजसो गर्ने गल्तीहरू, र देहधारी परमेश्‍वरलाई गर्ने व्यवहारमा उत्पन्न हुने विद्रोहीपन, प्रतिरोध, र विरोधका विभिन्‍न समस्याका मूल कारण पनि हुन्। त्यसकारण, यदि यी दुई समस्या समाधान भए भने, तैँले देहधारी परमेश्‍वरको सम्बन्धमा विकास गर्ने धारणा र कल्पनाहरू, साथै विद्रोहीपन र विरोध पनि बिस्तारै समाधान हुनेछन्। अभ्यासका यी दुई मार्ग यति महत्त्वपूर्ण भएका हुनाले, हामी विवरणहरूमा एक-एक गरेर सङ्गति गरौँ।

देहधारी परमेश्‍वरको बारेमा रहेका मानिसहरूका धारणा र कल्पनाहरू समाधान गर्नका लागि, अभ्यासको पहिलो सिद्धान्त भनेको उहाँलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्नु हो। स्वर्गमा हुनुहुने परमेश्‍वर आत्मिक शरीर हुनुहुन्छ, र पृथ्वीमा हुनुहुने परमेश्‍वर देह हुनुहुन्छ। उहाँलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्नुको अर्थ निश्‍चित रूपमा स्वर्गमा हुनुहुने परमेश्‍वर र देहधारी परमेश्‍वरलाई सँगसँगै राखेर हेर्ने प्रयास नगर्नु हो। देहधारी परमेश्‍वरको पहिचान र सार, साथै उहाँले गर्नुहुने काम सबैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रतिनिधित्व गर्ने हुनाले, मानिसहरूले प्रायजसो देहधारी परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरलाई सँगै राखेर तुलना गर्नु स्वाभाविक नै हो। त्यसोभए उहाँहरूलाई तुलना गर्दा त्यसमा के खराबी हुन्छ त? उहाँहरूलाई किन तुलना गर्न सकिँदैन? पहिले, मानिसहरूले सामान्यतया के तुलना गर्छन् भन्‍ने हेर, त्यसपछि मानिसहरूले उहाँहरूलाई यसरी तुलना गर्नु सही हो कि होइन भन्‍ने कुरा तँलाई थाहा हुनेछ। त्यसोभए, मानिसहरूले देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्दा के तुलना गर्छन्? तिनीहरूले उहाँहरूको शक्ति, उहाँहरूको अख्तियार, र उहाँहरूका स्वभावहरू तुलना गर्छन्, र तिनीहरू अझै निश्‍चित रूपमा गएर, उहाँहरूले चिन्ह र चमत्कारहरू गर्नुहुन्छ कि गर्नुहुन्न, उहाँहरूका वचनहरूको शक्ति, र उहाँहरूका वचनहरूले हासिल गरेका परिणामहरू तुलना गर्छन्। तिनीहरूले अरू के तुलना गर्छन्? (स्वर्गमा हुनुहुने परमेश्‍वर मेघ गर्जेझैँ बोल्नुहुन्छ, जसले सबैलाई तर्साउँछ, जबकि देहधारी परमेश्‍वर साधारण, सामान्य, र अत्यन्तै वास्तविक तरिकाले बोल्नुहुन्छ। मानिसहरूले यस सम्बन्धमा पनि तुलना गर्छन्।) अर्थात्, तिनीहरूले धेरै अलौकिक सक्षमताहरू तुलना गर्छन्। स्वर्गमा हुनुहुने परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो; स्वर्गमा हुनुहुने परमेश्‍वर मेघ गर्जेझैँ बोल्नुहुन्छ; स्वर्गमा हुनुहुने परमेश्‍वरले मरेकाहरूलाई पुन: जीवित पार्न सक्नुहुन्छ; स्वर्गमा हुनुहुने परमेश्‍वरले सुरुदेखि वर्तमानसम्म देख्नुहुन्छ; स्वर्गमा हुनुहुने परमेश्‍वरले बोल्नुहुन्छ, र त्यो कुरा अस्तित्वमा आउँछ, उहाँले आज्ञा गर्नुहुन्छ, र त्यो कायम रहन्छ; स्वर्गमा हुनुहुने परमेश्‍वरले भएको कुरालाई नभएको कुरामा, र नभएको कुरालाई भएको कुरामा परिवर्तन गर्न सक्नुहुन्छ; स्वर्गमा हुनुहुने परमेश्‍वरले विभिन्‍न चिन्ह र चमत्कारहरू गर्न सक्नुहुन्छ, र यस्तै अन्य कुराहरू। मानिसहरूले यी सबै कुराहरू तुलना गर्छन्: स्वर्गमा हुनुहुने परमेश्‍वरले के गर्नुहुन्छ र के भन्नुहुन्छ त्यो कुरा, उहाँले प्रदर्शन गर्नुहुने शक्ति, अख्तियार, सर्वशक्तिमान्‌ता, र स्वभाव, साथै उहाँको सर्वोच्चता र सर्वसामर्थ्य। अरू के छ? स्वर्गमा हुनुहुने परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ र यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ, र उहाँले मानिसहरूका भाग्यमाथि पनि सार्वभौमिकता राख्नुहुन्छ र तिनलाई प्रबन्ध गर्नुहुन्छ; स्वर्गमा हुनुहुने परमेश्‍वरले मानिसहरूका लागि सबै प्रकारका वातावरणहरू खडा गर्नुहुन्छ; उहाँले यावत् थोकको छानबिन गर्नुहुन्छ, सम्पूर्ण पृथ्वीको छानबिन गर्नुहुन्छ, र मानिसहरूका हरेक चाल र हरेक बोलीवचन र कार्यको छानबिन गर्नुहुन्छ, हरेक व्यक्तिले के सोच्छ र के महसुस गर्छ भन्‍ने कुरा जान्नुहुन्छ। यस्ता सबै कुराहरू मानिसहरूका धारणाहरूमा कल्पना गरिएका भए पनि वा ती मानिसहरूले गहिरो रूपमा बोध गरेका कुराहरू भए पनि, अन्ततः, ती सबै स्वर्गमा हुनुहुने परमेश्‍वरसँग भएको सार र उहाँले प्रदर्शन गर्न सक्नुहुने केही वास्तविक घटनाहरूका भाग हुन्, जसलाई मानिसहरूले आफ्नो बुझ्ने क्षमताको दायराभित्र कल्पना गर्न सक्छन्। यी स्वर्गमा हुनुहुने परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने कुराका प्रकटीकरणहरू हुन्; तोकेरै भन्दा, ती परमेश्‍वरका आत्माले गर्न सक्नुहुने कुराहरू हुन्। यीमध्ये कतिपय पक्षहरू परमेश्‍वरका आत्मासँग मिल्छन् र सम्बन्धित छन्, जबकि कतिपय मानिसहरूका धारणा र कल्पनाहरूसँग मिसावट भएका छन्। तर ती मानिसहरूका धारणा र कल्पनाहरू भए पनि वा परमेश्‍वरका आत्माको सत्यता भए पनि, अन्ततः, यी कुराहरू सबै स्वर्गमा हुनुहुने परमेश्‍वरसँग भएका र उहाँले बोक्नुहुने, र उहाँले हासिल गर्न सक्नुहुने जियाई, वा सार र प्रकाशहरूका भाग हुन्। ती स्वर्गमा हुनुहुने परमेश्‍वरसँग भएका र उहाँले बोक्नुहुने सार, स्वभाव, वा शक्ति भएकाले नै, यी प्रकटीकरण र प्रकाशहरू परमेश्‍वरका आत्मासँग मात्रै सम्बन्धित छन्—अर्थात्, ती परमेश्‍वरको अन्तर्निहित पहिचान र सारसँग सम्बन्धित छन्। स्वर्गमा हुनुहुने परमेश्‍वरसँग भएको र उहाँले बोक्नुहुने सार, स्वभाव, वा शक्ति जसलाई मानिसहरूले कल्पना गर्न, महसुस गर्न, वा जान्न सक्छन्, त्यो सृजित मानवजातिको तुलनामा असाधारण र महान् छ, र यो सृजित प्राणीका विशेषताहरू भएको कुनै पनि मानवको पहुँचभन्दा झनै बाहिर छ; उहाँले सबै सृजित र असृजित प्राणीहरूलाई उछिन्नुहुन्छ। देहधारी परमेश्‍वर स्वयम्सँग भएको र उहाँले बोक्नुहुने वा प्रकाश गर्नुहुने सार र शक्ति सबै परमेश्‍वरमा अन्तर्निहित छन्; ती परमेश्‍वरको स्वभाव वा परमेश्‍वरको सारका केही भाग हुन् जसले सबै सृजित र असृजित प्राणीहरूले कल्पना गर्न, जान्न, वा बोध गर्न सक्ने कुरालाई उछिन्नुहुन्छ। परमेश्‍वर ठ्याक्कै कति महान् हुनुहुन्छ, उहाँसँग ठ्याक्कै कति शक्ति छ, र उहाँले यावत् थोकलाई ठ्याक्कै कति उछिन्नुहुन्छ भन्‍ने कुराको हकमा भन्दा, सृजित मानवजातिका लागि, यो सधैँ एउटा समाधान गर्न नसकिने रहस्य हुनेछ। मानिसहरूले परमेश्‍वरलाई पूर्ण रूपमा जान्नु असम्भव छ; तिनीहरूले जे देख्छन् त्यो अत्यन्तै सीमित हुन्छ। परमेश्‍वरको बारेमा रहेका मानिसहरूका अवास्तविक धारणा र कल्पनाहरूको भागलाई पन्छाएर, अनि परमेश्‍वरसँग भएको साँचो शक्ति, अख्तियार, र सारको बारेमा मात्रै कुरा गर्दा, देहधारी परमेश्‍वरले जे गर्न, जिउन, र प्रकाश गर्न सक्नुहुन्छ त्यो अत्यन्तै सीमित हुन्छ। यसलाई वर्णन गर्न एउटा अनुपयुक्त मानव रूपक प्रयोग गर्दा, सायद देहधारी परमेश्‍वरले जे जिउनुहुन्छ, प्रकाश गर्नुहुन्छ, र गर्न सक्नुहुन्छ त्यो परमेश्‍वरको अन्तर्निहित पहिचान र सारको समुद्रमा एक थोपा वा विशाल कुराको सानो झलक मात्रै हो, र त्योभन्दा बढी केही होइन। अर्थात्, देहधारी परमेश्‍वरले परमेश्‍वरको पहिचान, परमेश्‍वरको स्वभाव सार, र परमेश्‍वरको शक्तिको बारेमा जे जिउन र प्रकाश गर्न सक्नुहुन्छ त्यो अत्यन्तै सीमित हुन्छ। देहधारी परमेश्‍वर सृजित मानवको रूपमा मानिसहरूका बीचमा जिउनुहुने परमेश्‍वर हुनुभएकाले, उहाँले जे गर्न सक्नुहुन्छ, र उहाँले जिउन सक्नुहुने नैसर्गिक प्रवृत्ति र अन्तर्निहित प्रकृति, अत्यन्तै सीमित हुन्छ। उहाँ देहमा साकार हुनुभएका परमेश्‍वरका आत्मा हुनुभए पनि र उहाँभित्र परमेश्‍वरका आत्माले बास गर्नुभए पनि, यो देह सृजित मानवजातिको सदस्यको रूपमा भएको हुनाले, उहाँले जिउन, प्रकाश गर्न, र व्यक्त गर्न सक्नुहुने परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव अत्यन्तै सीमित हुन्छन्। यो एउटा कारण हो। अर्को हिसाबमा, हरेक पटक परमेश्‍वर देह बन्नुहुँदा, यो परमेश्‍वरको कामका आवश्यकताहरूको अपरिहार्य परिणाम हुन्छ—अर्थात्, यो परमेश्‍वरको कामको एउटा चरणको अपरिहार्य आवश्यकता हुन्छ, जसको अर्थ, परमेश्‍वरको कामको यो चरणले परमेश्‍वर देह बन्नु आवश्यक छ भन्‍ने माग गर्छ, अर्थात् कामको यो चरण गर्नका लागि परमेश्‍वर देह बन्नैपर्छ। परमेश्‍वर देह बन्नु आवश्यक भएकाले, उहाँले आफ्नो देहधारणको माध्यमबाट कामको यो चरण पूरा गर्नुहुन्छ, र परमेश्‍वरले व्यक्त गर्नुपर्ने र कामको यो चरणका लागि आवश्यक पर्ने परमेश्‍वरको स्वभाव, सार, र शक्तिका विभिन्‍न पक्षहरू छन्। जब उहाँ देह बन्नुहुन्छ, तब उहाँले कामको यो चरणमा परमेश्‍वरलाई स्वभाव, सार, र शक्तिका जे-जस्ता पक्षहरू आवश्यक पर्छन्, यस देहमा कामको यो चरणको आवश्यकताहरूसँग सम्बन्धित परमेश्‍वरको स्वभाव, सार, र शक्तिलाई साकार पार्नुहुन्छ। सरल रूपमा भन्दा, यस देहले परमेश्‍वरको देहधारणको कामको यस चरणलाई आवश्यक पर्ने जुनसुकै काम पूरा गर्न सक्छ। उदाहरणका लागि, आखिरी दिनहरूको कामको यो चरणले सजाय र न्यायको काम गर्नु आवश्यक छ भन्‍ने माग गर्छ। त्यसपछि देहधारी परमेश्‍वरले परमेश्‍वरको क्रोध, प्रताप, र परमेश्‍वरको धर्मी स्वभाव व्यक्त गर्न सक्नुहुन्छ; उहाँले यस्तो प्रकारको स्वभाव व्यक्त गर्न सक्नुहुन्छ, र यस्तो प्रकारको काम पनि गर्न सक्नुहुन्छ। परमेश्‍वरको यस देहधारणको दौरान, मानिसहरूले देख्ने र अनुभव गर्ने कुराहरूमा परमेश्‍वरको सजाय र न्याय, परमेश्‍वरको क्रोध, परमेश्‍वरको प्रताप, र परमेश्‍वरको धर्मी स्वभाव समावेश हुन्छन्। जब देहधारी परमेश्‍वरले गर्नुभएको काम छुटकाराको काम हुन्छ, मानवजातिलाई अनुग्रह र आशिष्‌हरू प्रदान गर्ने र मानिसहरूका पापहरू क्षमा गर्ने काम हुन्छ, तब देहधारी परमेश्‍वरले प्रतिनिधित्व गर्नुहुने परमेश्‍वरको स्वरूप कृपा र करुणाले भरिपूर्ण, धैर्यता र सहनशीलताले भरिपूर्ण, र प्रेमले भरिपूर्ण हुन्छ, र उहाँले मानिसहरूलाई प्रशस्त अनुग्रह पनि प्रदान गर्नुहुन्छ—कामको त्यस चरणमा परमेश्‍वरको स्वभाव र सारका स्पष्ट विशेषताहरू यस्तै हुन्छन्। त्यसकारण, परमेश्‍वरको देहधारण जुनसुकै भए पनि, मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरको स्वभाव र सारलाई व्यापक रूपमा देख्न वा जान्न असम्भव छ। उदाहरणका लागि, अनुग्रहको युगका विश्‍वासीहरूले देखेका प्रभु येशूका विशेषताहरूमध्ये एउटा के थियो भने उहाँमा मानिसहरूका लागि अथाह सहनशीलता, धैर्यता, र क्षमा, साथै प्रशस्त कृपा र करुणा थियो। त्यसकारण, प्रभुमा विश्‍वास गर्ने कतिपय विश्‍वासीहरूले परमेश्‍वरबाट आउने धैर्यता, सहनशीलता, र असीमित, अथाह प्रेम—अर्थात्, परमेश्‍वरबाट आउने कृपा र करुणा अनुभव गर्न सके। अनुग्रहको युगमा, छुटकाराको काम गर्नुहुने देहधारी परमेश्‍वरको मुख्य विशेषता कृपा र करुणा थियो। तर, आखिरी दिनहरूको कामको यस चरणमा, देहधारी परमेश्‍वरले मानिसहरूका पापहरू क्षमा गर्नुको सट्टा मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्ने अभिप्राय राख्नुहुने हुनाले, मानिसहरूले कामको यस चरणमा देहधारी परमेश्‍वरबाट अनुभव गर्ने कुरा परमेश्‍वरको प्रताप, क्रोध, न्याय, र सजाय हो। मानिसहरूले परमेश्‍वरको निर्दयी पक्ष समेत देख्छन्, उहाँले मानिसहरूलाई निर्दयी रूपमा न्याय र खुलासा गर्नुभएको देख्छन्—व्यावहारिक रूपमा उहाँले बोल्नुहुँदा हरेक पटक, आधारभूत विषयवस्तु भनेको मानिसहरूमा भएका विभिन्‍न भ्रष्ट स्वभावहरू, भ्रष्टताका प्रकटीकरणहरू, र भ्रष्ट स्थितिहरूको निरन्तर, अटुट, र अथक खुलासा गर्ने कार्य नै हुन्छ। मानिसहरूले यस पटक देहधारी परमेश्‍वरमा देख्ने कुरा परमेश्‍वरको प्रताप र क्रोध, परमेश्‍वरको चिढ्याइ नसहने गुण, र परमेश्‍वरको धर्मी स्वभाव हो; तिनीहरूले अनुभव गर्ने कुरा परमेश्‍वरको सजाय र न्याय, र परीक्षा र शोधन हो। परमेश्‍वरले भन्नुहुने हरेक कुरामा, मानिसहरूले परमेश्‍वरको धार्मिकता, प्रताप, र चिढ्याइ नसहने गुण अनुभव गर्छन्, र प्रायजसो मानवजातिप्रतिको परमेश्‍वरको रिस, घृणा, तिरस्कार, र इन्कार, र उहाँका श्राप र निन्दा समेत महसुस गर्छन्। देहधारी परमेश्‍वर आफै परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्न, परमेश्‍वरको पहिचान, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको सारलाई प्रतिनिधित्व गर्न पूर्ण रूपमा सक्षम हुनुभए पनि, परमेश्‍वरको देहधारणको यो रूप परमेश्‍वरको अन्तर्निहित पहिचानको रूपभन्दा फरक हुने हुनाले, उहाँ देहको यो रूपद्वारा र यस रूपका नैसर्गिक प्रवृत्तिहरूद्वारा सीमित हुनुहुन्छ। मानिसहरूले देहधारी परमेश्‍वरमा परमेश्‍वरको सार, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको शक्तिको बारेमा जे देख्न सक्छन् त्यो परमेश्‍वरको अन्तर्निहित पहिचान र सारको तुलनामा सीमित हुन्छ। यो अत्यन्तै सामान्य कुरा हो। मानिसहरूले यो कुरा बुझ्नुपर्छ, र देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग अन्धाधुन्ध रूपमा तुलना गर्नु हुँदैन, त्यसपछि, जब तिनीहरूले उहाँहरूलाई समरूप गर्न सक्दैनन्, तब अत्यन्तै निराश हुने, उहाँको आलोचना र निन्दा गर्ने, परमेश्‍वरलाई इन्कार गर्ने, र परमेश्‍वरको पहिचान, परमेश्‍वरको काम, वा परमेश्‍वरको सारलाई इन्कार गर्ने गर्नु हुँदैन। कतिपय मानिसहरूले एउटै मामलाको कारणले धारणाहरू समेत विकास गर्छन्, देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग मिलाउने प्रयास गर्छन्, र जब तिनीहरू मिलाउन असफल हुन्छन्, तब तिनीहरू नकारात्मक र कमजोर बन्छन्, र कतिपयले त आफ्नो विश्‍वास त्याग्ने विचार समेत गर्छन्। यो अत्यन्तै मूर्खतापूर्ण प्रकटीकरण हो, र अत्यन्तै अज्ञानी प्रकटीकरण पनि हो।

उहाँको पहिचान र सारको हिसाबमा, देहधारी परमेश्‍वर परमेश्‍वरसँग सम्बन्धित हुनुहुन्छ; उहाँसँग परमेश्‍वरको पहिचान र सार छ। तर, उहाँको देहको रूप र देहका विशेषताहरू सृजित मानवजातिका नैसर्गिक प्रवृत्तिहरूसँग सम्बन्धित हुने हुनाले र यी नैसर्गिक प्रवृत्तिहरूको दायरामा सीमित हुने हुनाले, देहधारी परमेश्‍वरले यस पटक जुनसुकै काम गर्नुभए पनि, उहाँले जे गर्न सक्नुहुन्छ, उहाँले जे हासिल गर्न सक्नुहुन्छ त्यो, र उहाँले प्रतिनिधित्व गर्न सक्नुहुने परमेश्‍वरको पहिचान र सार भनेको यस देहधारणमा उहाँले गर्नुहुने काम र सेवकाइसँग मात्रै सम्बन्धित हुन्छन्। उहाँले यस पटक उहाँको सेवकाइ र कामसँग मेल खाने परमेश्‍वरको जुनसुकै पहिचान र सारलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ। यस पटक गरिने कामले परमेश्‍वरको पहिचान र सारलाई प्रतिनिधित्व गर्छ, र परमेश्‍वरको स्वभावलाई प्रतिनिधित्व गर्छ। उहाँले परमेश्‍वरको जुनसुकै स्वभावलाई प्रतिनिधित्व गर्नुपर्ने भए पनि, उहाँले परमेश्‍वरको जुनसुकै स्वभाव व्यक्त गर्नुपर्ने भए पनि, र उहाँले परमेश्‍वरको जुनसुकै काम गर्नुपर्ने भए पनि, उहाँले परमेश्‍वरको सान्दर्भिक स्वभावलाई प्रतिनिधित्व गर्नुहुनेछ; उहाँले परमेश्‍वरको सान्दर्भिक स्वभावलाई प्रतिनिधित्व गर्न सक्‍नुहुनेछ र परमेश्‍वरले गर्न चाहनुभएको सान्दर्भिक काम गर्न सक्नुहुनेछ, तर उहाँले ती सबैलाई प्रतिनिधित्व गर्नुचाहिँ असम्भव छ। परमेश्‍वरको जुनसुकै देहधारणमा गरिने काम परमेश्‍वरले त्यस देहधारणमा व्यक्त गर्न चाहनुभएको स्वभावलाई प्रतिनिधित्व गर्नका लागि पर्याप्त हुन्छ, र परमेश्‍वरले त्यस देहधारणमा गर्न चाहनुभएको कामलाई व्यक्त गर्नका लागि पनि पर्याप्त हुन्छ। यसबाहेक, परमेश्‍वरले व्यक्त गर्नुहुने स्वभाव र उहाँले प्रकाश गर्नुहुने सार परमेश्‍वरको अन्तर्निहित पहिचान र सारसँग पटक्कै विरोधाभासपूर्ण हुँदैनन्, न त उहाँले यस सम्बन्धमा कुनै गल्ती नै गर्नुहुन्छ। देहधारी परमेश्‍वरको पहिचान र सार परमेश्‍वरको अन्तर्निहित सार वा स्वर्गमा हुनुहुने परमेश्‍वरको सारसँग पूर्ण रूपमा एक हुने हुनाले, उहाँका वचनहरूका हिसाबमा होस्, उहाँले जिउनुहुने जीवनको हिसाबमा होस्, वा उहाँको कामको हिसाबमा होस्, वा परमेश्‍वरको स्वभाव, सार, र मानिसहरूले देख्न सक्ने अन्य पक्षहरूको हिसाबमा होस्, देहधारी परमेश्‍वर स्वर्गमा हुनुहुने परमेश्‍वरसँग ठ्याक्कै उस्तै हुनुहुन्छ; उहाँहरू एउटै हुनुहुन्छ। उहाँले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा प्रतिनिधित्व गर्न सक्नुभए पनि वा नसक्नुभए पनि, र मानिसहरूले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा देख्न सके पनि वा नसके पनि, छोटकरीमा भन्दा, उहाँको पहिचान र सार स्वर्गमा हुनुहुने परमेश्‍वरबाट उत्पन्न हुन्छन्। तेरो दृष्टिकोणमा, देहधारी परमेश्‍वरले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा प्रतिनिधित्व गर्न नसक्नुभए पनि, उहाँको पहिचान र सार अझै पनि परमेश्‍वर स्वयम्‌कै हुन्छ। तैँले उहाँहरूलाई धेरै वर्षसम्म तुलना गरेपछि पनि, तैँले अझै पनि देहधारी परमेश्‍वर र तैँले चिनेको स्वर्गमा हुनुहुने परमेश्‍वरको बीचमा कुनै सम्बन्ध पत्ता लगाउन नसके पनि, देहधारी परमेश्‍वरको पहिचान र सार अझै पनि परिवर्तन हुँदैन, किनभने यो एउटा तथ्य हो। अनि यो तथ्य के हो? त्यो के हो भने देहधारी परमेश्‍वरको सार स्वर्गमा हुनुहुने परमेश्‍वरको सार हो, र उहाँको सारको कारणले उहाँको पहिचान कहिल्यै परिवर्तन हुँदैन—यो परमेश्‍वरको पहिचान हो। सायद तीस वर्षअघि, मैले यसो भनेको भए धेरैजसो मानिसहरूले मलाई विश्‍वास गर्नेथिएनन्, तर तीस वर्षपछि, मलाई लाग्छ म यसो भन्न योग्य छु। म किन त्यसो भन्छु? यदि यी तीस वर्षको काम नगरिएको भए, र यदि यी सत्यताहरू व्यक्त नगरिएको भए, “देहधारी परमेश्‍वरले परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्नुहुन्छ” भनेर भन्दा त्यो अलिक हतार गरेको हुनेथियो। किनभने परमेश्‍वरका वचनहरूको अभिव्यक्ति, परमेश्‍वरको स्वभावको अभिव्यक्ति, र परमेश्‍वरको पहिचान र सारको अभिव्यक्तिविना, यदि तैँले “देहधारी परमेश्‍वरले परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्नुहुन्छ” भनेर भनिस् भने, मानिसहरूले तँ असामान्य खालको छस् भनेर सोच्नेथिए, वा तिनीहरूले तँ अत्यन्तै विद्रोही खालको छस् भनेर सोच्नेथिए। तर परमेश्‍वरका वचनहरूको यति धेरै अभिव्यक्ति, र परमेश्‍वरको स्वभाव सार र परमेश्‍वरको अन्तर्निहित पहिचानको यति धेरै अभिव्यक्तिपछि, के “देहधारी परमेश्‍वरले परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्नुहुन्छ” भनेर भन्नु अतिशयोक्ति हो जस्तो तिमीहरूलाई लाग्छ? (लाग्दैन।) के यो बढाइचढाइ हो? के यो अनुचित कुरा हो? (होइन।) यो धाक लगाउनु होइन। त्यसकारण, देहधारी परमेश्‍वरले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, उहाँसँग स्वर्गमा हुनुहुने परमेश्‍वरको स्वभाव र सार छ कि छैन, र उहाँसँग स्वर्गमा हुनुहुने परमेश्‍वरको पहिचान छ कि छैन भन्‍ने कुरालाई उहाँको बाहिरी रूपबाट मूल्याङ्कन गर्न सकिँदैन। सायद उहाँको बाहिरी रूप अत्यन्तै नगण्य छ, र उहाँ अत्यन्तै साधारण र सामान्य देखिनुहुन्छ जसले गर्दा, कतिपय मानिसहरूले उहाँलाई बेवास्ता समेत गर्छन् होला; सायद उहाँमा औसतभन्दा माथिका कुनै गुणहरू छैनन् होला, न त उहाँमा कुनै अलौकिक प्रकटीकरणहरू नै छन्, भ्रष्ट मानवजातिको नजरमा तथाकथित अद्वितीय विशेषताहरू, वा भ्रष्ट मानवजातिले प्रशंसा गर्ने, आदर गर्ने, वा अचम्म मान्ने कुनै कुरा त झनै छैन होला। तर उहाँले गर्नुहुने काम, उहाँको सार, र उहाँको स्वभावले स्वर्गमा हुनुहुने परमेश्‍वरको स्वभाव र सारलाई व्यक्त गर्न सक्ने हुनाले, उहाँको पहिचान देहधारी परमेश्‍वरको पहिचान हो, परमेश्‍वर स्वयम्‌को हो भनेर निर्धारण गर्न सकिन्छ।

देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्ने विषयमा सङ्गति गर्ने कार्यलाई जारी राखौँ। हामीले भर्खरै के उल्लेख गर्‍यौँ भने, जब धेरैजसो मानिसहरू देहधारी परमेश्‍वरको सम्पर्कमा आउँछन्, तब तिनीहरू उहाँलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्न रुचाउँछन्। यहाँसम्म सङ्गति गरिसकेपछि, मलाई भन, के उहाँहरूलाई यसरी तुलना गर्नु उचित हुन्छ? (हुँदैन।) के यो ठूलो गल्ती गर्नु होइन र? (हो।) के यो गल्ती गर्नु मूर्खता हो? के यसका कुनै प्रतिकूल परिणामहरू हुन्छन्? (हुन्छन्।) ती के-के हुन्? (जब मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा परमेश्‍वरलाई सीमित गर्छन्, तब तिनीहरूले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्ने सम्भावना हुन्छ, र तिनीहरूले परमेश्‍वरको काम वा परमेश्‍वरको मुक्तिलाई स्वीकार नगर्ने सम्भावना पनि हुन्छ; यसका परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्।) तैँले देहधारी परमेश्‍वरलाई तर्कसङ्गत रूपमा व्यवहार गर्नुपर्छ। त्यसोभए तर्कसङ्गत हुनका लागि तैँले के गर्नुपर्छ? तैँले यस्तो मनन गर्नुपर्छ: स्वर्गमा हुनुहुने परमेश्‍वरले अहिले आफ्नो काम गर्न देहधारण गर्नुभएको छ भन्नुको अर्थ के हो? अहिले, अन्तिम निर्णय गर्ने अधिकार देहधारी परमेश्‍वरकै हो। उहाँले आखिरी दिनहरूको न्यायको काम गर्न पूर्ण अख्तियारका साथ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ। त्यसकारण, यदि तँसँग कुनै मामला वा समस्याहरू छन् भने, तैँले देहधारी परमेश्‍वरबाट खोजी गर्नुपर्छ। उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्नुहुने हुनाले, उहाँले तेरा समस्याहरू समाधान गर्न सक्नुहुन्छ; उहाँले तेरो जीवनका समस्याहरू, परमेश्‍वरप्रतिको तेरो विश्‍वासका समस्याहरू, तेरो मुक्तिसम्बन्धी समस्याहरू, र तेरो भविष्यको गन्तव्य र नियतिसम्बन्धी समस्याहरू समाधान गर्न स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ। अर्कोतर्फ, यदि तैँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रार्थना गर्छस् र उहाँबाट खोजी गर्छस्, तर पृथ्वीमा हुनुहुने यी परमेश्‍वरलाई बेवास्ता गर्छस्, र देहधारी परमेश्‍वरलाई बेवास्ता गर्छस् भने, त्यसै गरेर हेर्, अनि तैँले अझै पनि स्पष्ट निर्देशन, स्पष्ट अन्तर्दृष्टि र ज्योति, र अभ्यासको स्पष्ट मार्ग प्राप्त गर्न सक्छस् कि सक्दैनस् हेर्। यदि तैँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रार्थना गरेर अनि उहाँबाट अपेक्षा गरेर यी कुराहरू प्राप्त गर्न सक्छस् भने, त्यो वास्तवमा निकै राम्रो कुरा हो, र तैँले देहधारी परमेश्‍वरबाट खोजी गर्नुपर्नेछैन। तर यदि लामो समयसम्म स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रार्थना गरेपछि, उहाँबाट खोजी गरेपछि, र उहाँबाट अपेक्षा गरेपछि पनि, तैँले अझै स्पष्ट ज्योति, अभ्यासको मार्ग, वा स्पष्ट समाधान प्राप्त गरेको छैनस् भने, तैँले के गर्नुपर्छ? (परमेश्‍वरका वचनहरूभित्र सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ।) त्यसोभए अरू कुनै उपाय छैन; तैँले देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरू र उहाँले गर्नुभएको काम मात्रै खोजी गर्न सक्छस्। आफ्नो अहङ्कारलाई त्याग्; तेरो अहम्‌ताले तँलाई मुक्ति दिन सक्दैन, यसले तँलाई हानि मात्रै गर्न सक्छ। स्वर्गमा हुनुहुने परमेश्‍वर सर्वशक्तिमान्‌, उच्च, महान्, असाधारण, र सर्वोत्कृष्ट हुनुहुन्छ, तर मानवजाति उहाँसम्म पुग्न सक्दैन। जब उहाँ बोल्नुहुन्छ, तब तैँले उहाँलाई बुझ्न वा सुन्न सक्दैनस्। यदि परमेश्‍वरले साँच्चै तँसँग बोल्नुभयो भने, तेरो मरणशील देहले त्यसलाई सहन वा खप्न पटक्कै सक्नेथिएन। त्यसोभए तैँले के गर्नुपर्छ? तैँले देहधारी परमेश्‍वरबाट खोजी गर्नुपर्छ, र देहधारी परमेश्‍वरले पृथ्वीमा के-कस्ता वचनहरू बोल्नुभएको छ र उहाँले के काम गर्नुभएको छ, र तँसँग उहाँका विभिन्‍न मागहरू के-के छन् भनेर हेर्नुपर्छ। यी कुराहरू बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सधैँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रार्थना गर्ने र उहाँबाट अपेक्षा गर्ने नगर, स्वर्गमा हुनुहुने परमेश्‍वरले तँलाई प्रकाश दिनुहुन्छ भनेर सधैँ प्रतीक्षा नगर। यदि तैँले यसो गरिस् भने, स्वर्गमा हुनुहुने परमेश्‍वरले तँलाई बेवास्ता गर्नुहुनेछ। स्वर्गमा हुनुहुने परमेश्‍वरले भन्नुभएको छ, “मैले अहिले पृथ्वीमा काम गरिरहेको छु, वाणीहरू दिइरहेको छु र बोलिरहेको छु। मैले बोल्ने वचनहरू तैँले सुन्न र बुझ्न सक्छस्, र यी वचनहरूले तेरो अभ्यासका समस्याहरू समाधान गर्न र तेरा भ्रष्ट स्वभावहरू समाधान गर्न सक्छन्।” त्यसोभए तैँले के गर्नुपर्छ? तैँले स्वर्गमा हुनुहुने परमेश्‍वरले व्यक्तिगत रूपमा तँसँग बोल्नुहुन्छ भनेर सधैँ प्रतीक्षा गर्नु हुँदैन। तैँले सत्यता खोजी गर्न देहधारी परमेश्‍वरको अघि आउन र उहाँका वचनहरूको अघि आउन “आफूलाई नम्र तुल्याउनुपर्छ”, ताकि तैँले भरणपोषण र मद्दत प्राप्त गर्न सक्। चेतना हुनु भनेको यही हो; देहधारी परमेश्‍वरलाई तर्कसङ्गत रूपमा व्यवहार गर्नु भनेको यही हो। एक हिसाबमा, जब तैँले देहधारी परमेश्‍वरको बाहिरी रूप र स्वरूप देख्छस् वा उहाँले बोल्नुभएको सुन्छस्, तब उहाँलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्; उहाँलाई परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्ने एक साधारण, सामान्य, वास्तविक व्यक्तिको रूपमा मात्रै व्यवहार गर्। अर्को हिसाबमा, उहाँले बोल्नुहुने वचनहरू, तँप्रतिका उहाँका मागहरू, र तँप्रतिका उहाँका निर्देशनहरूलाई लिएर तैँले तिनको छानबिन गर्ने, तिनको बारेमा अलमल्ल पर्ने, तिनलाई प्रमाणित गर्ने, तिनको बारेमा छलफल गर्ने, वा तिनलाई प्रशोधन गर्ने गर्नुपर्दैन। तिनलाई सीधै व्यवहारमा लागू गर् र कार्यान्वयन गर्, र तँ सीधै समर्पित बन्; देहधारी परमेश्‍वरको पिठ्युँ पछाडि स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रार्थना गर्ने, उहाँबाट खोजी गर्ने, वा उहाँसँग ती कुरालाई प्रमाणित गर्ने कुनै आवश्यकता छैन। यदि तैँले व्यवहारमा लागू गर्नु, कार्यान्वयन गर्नु, र समर्पित हुनुअघि आफ्नो आत्मामा सहज र हृदयमा इच्छुक महसुस गर्नका लागि प्रमाणीकरण प्राप्त गर्ने जिद्दी गर्छस् भने, के यो अत्यन्तै समस्यापूर्ण कुरा होइन र? (हो।) के यसो गर्ने मानिसहरू छन्? आठ-दश वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका र आफ्नो हृदयमा परमेश्‍वरको बारेमा पूर्ण रूपमा निश्चित भएका धेरैजसो मानिसहरूले यसो गर्दैनन्; तिनीहरूलाई यो अत्यन्तै समस्यापूर्ण लाग्छ। प्रायजसो तीन वर्षभन्दा कम समयदेखि विश्‍वास गरेका मानिसहरूले नै यसो गर्ने गर्छन्। तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई कसरी प्रार्थना गर्छन्? तिनीहरूले भन्छन्, “परमेश्‍वर, कृपया मलाई तपाईंको देहधारी शरीरमा समर्पित हुन दिनुहोस्। परमेश्‍वर, कृपया मलाई तपाईंले पृथ्वीमा बोल्ने वचनहरूमा समर्पित हुन दिनुहोस्। परमेश्‍वर, कृपया मलाई तपाईंले पृथ्वीमा व्यक्त गर्ने कुरामा समर्पित हुन दिनुहोस्। परमेश्‍वर, कृपया मलाई तपाईंको देहधारी शरीरको बारेमा ममा भएका धारणाहरू त्याग्न मद्दत गर्नुहोस्।” जब तिनीहरूले यसरी प्रार्थना गर्छन्, तब तिनीहरूले कसलाई प्रार्थना गरिरहेका हुन्छन्? (स्वर्गमा हुनुहुने परमेश्‍वरलाई।) मलाई भन, के सामान्यतया यसरी प्रार्थना गर्ने मानिसहरूमा पवित्र आत्माको प्रेरणा हुन्छ? के तिनीहरूसँग परमेश्‍वरको उपस्थिति हुन्छ? (हुँदैन।) तिनीहरूसँग त्यो हुँदैन, र तिनीहरूलाई यो प्राप्त गर्न सजिलो हुँदैन। के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई कुनै ध्यान दिनुहुन्छ? (दिनुहुन्न।)

देहधारी परमेश्‍वर देह हुनुभएकाले, उहाँ एक साधारण, सामान्य मानिसको पुत्र हुनुहुन्छ। एक साधारण, सामान्य मानिसको पुत्रको कुरा गर्दा, यसको अर्थ उहाँसँग एक साधारण, सामान्य व्यक्तिका नैसर्गिक प्रवृत्ति र अन्तर्निहित अवस्थाहरू, साथै सामान्य मानवताको व्यक्तित्व, भावनाहरूको दायरा, अभिव्यक्तिको तरिका, र बोल्ने शैली हुन्छ भन्‍ने हो। अरू के छ? सोच्ने तरिका, जीवनशैली, र जिउने सम्बन्धी बानीबेहोराहरू, साथै जीवनका सबै पक्षहरूप्रतिका सामान्य मानवताका विभिन्‍न छनौटहरू। यी छनौटहरूमा के-के समावेश हुन्छन्? उदाहरणका लागि, रुचाइएको जिउने वातावरण, मन पर्ने रङहरू, र आधारभूत आवश्यकताहरू सम्बन्धी केही प्राथमिकता र छनौटहरू। यो बाहिरी रूप, सामान्य मानवताका यी नैसर्गिक प्रवृत्ति र अन्तर्निहित अवस्थाहरू, साथै सामान्य मानव जीवनको दायराभित्र पर्ने विभिन्‍न प्रकटीकरणहरूका आधारमा, देहधारी परमेश्‍वर पूर्ण रूपमा मानक किसिमका, सामान्य व्यक्ति, सृजित मानवजातिको एक साधारण सदस्य हुनुहुन्छ भनेर निश्चितताका साथ भन्न सकिन्छ। उहाँका विशेषताहरू र अस्तित्वको रूपको हिसाबमा भन्दा, देहधारी परमेश्‍वर स्वर्गमा हुनुहुने परमेश्‍वरभन्दा, अर्थात्, परमेश्‍वरका आत्माभन्दा पूर्ण रूपमा फरक हुनुहुन्छ; उहाँको बाहिरी रूप पनि परमेश्‍वरका आत्माको भन्दा पूर्ण रूपमा फरक छ। देहधारी परमेश्‍वरको कामको अवधिको दौरान, उहाँले जे प्रकट गर्नुहुन्छ र उहाँ जे गर्न सक्षम हुनुहुन्छ त्यो मानव आँखाले देख्न सक्ने र मानव मनले बुझ्न सक्ने कुरा हुन्छ। तर, परमेश्‍वरको स्वभाव, परमेश्‍वरको सार, र परमेश्‍वरको अन्तर्निहित पहिचानको बारेमा मानिसहरूको ज्ञान अत्यन्तै सीमित छ। मानिसहरू आफैले परमेश्‍वरको बारेमा धेरै धारणा र कल्पनाहरू बोक्छन् भन्‍ने तथ्य बाहेक, देहधारी परमेश्‍वरको मानवताका विभिन्‍न प्रकटीकरणहरूले मानिसहरूका लागि केही कठिनाइहरू खडा गर्छन्। उदाहरणका लागि, मैले बोल्दा प्रयोग गर्ने वचनहरू दैनिक भाषा हुन्, र म प्रायजसो केही बोलचालका शब्दहरू र स्थानीय भाषाहरू पनि प्रयोग गर्छु। त्यसपछि मानिसहरूले मलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्नेछन्, र यसो भन्‍नेछन्, “स्वर्गमा हुनुहुने परमेश्‍वरले वाक्पटुताका साथ बोल्नुपर्छ र शिष्ट शब्दहरू प्रयोग गर्नुपर्छ। यो व्यक्तिले प्रयोग गर्ने शब्दहरू किन शिष्ट छैनन्? उसले केही बोलचालका शब्दहरू र स्थानीय भाषा समेत प्रयोग गर्छ, र कहिलेकाहीँ दैनिक आवश्यकताहरूसँग सम्बन्धित शब्दावली र अभिव्यक्तिहरू प्रयोग गर्छ।” उदाहरणका लागि, मलाई कुनै निश्‍चित रङ मन पर्छ, र कसैले यसो भन्छ, “तपाईंलाई यो रङ कसरी मन पर्न सक्छ? यो रङ शुद्ध वा पवित्र देखिँदैन! के परमेश्‍वरलाई सेतो रङ मन पर्नुपर्ने होइन र? के परमेश्‍वरलाई आकाशे नीलो वा हरियो रङ मन पर्नु पर्दैन र? तपाईंलाई यो रङ कसरी मन पर्न सक्छ? यो रङले परमेश्‍वरको पहिचान र सारलाई प्रतिनिधित्व गर्दैन!” त्यसपछि तिनीहरूले आफ्नो हृदयमा धारणाहरू विकास गर्छन्। तर म भन्छु मलाई साँच्चै यो रङ मन पर्छ—तैँले यसलाई कसरी लिनुपर्छ? (हामीले यसलाई सही तरिकाले लिनुपर्छ।) देहधारी परमेश्‍वरसँग सामान्य मानवता छ। सामान्य मानवताभित्र जिउँदा, उहाँ सामान्य मानव जीवनको दायराभित्र पर्ने सबै प्रकारका कुराहरूको सम्पर्कमा आउनुपर्छ। त्यसकारण, आधारभूत आवश्यकताहरूको सम्बन्धमा, उहाँका आफ्नै व्यक्तिगत प्राथमिकताहरू छन्। यी प्राथमिकताहरू तेरा धारणा र कल्पनाहरूमा भएका परमेश्‍वरका प्राथमिकताहरूसँग मिल्न सक्छन्, वा नमिल्न पनि सक्छन्। यदि ती मिलेनन् भने के हुन्छ? तँ गलत होस्, कि म गलत हुँ? मलाई लाग्छ, म गलत छैनँ, किनभने मलाई मन पर्ने कुराहरू छनौट गर्ने अधिकार मसँग छ। मैले तिनलाई तँमाथि लादेको छैनँ, न त मैले ती सत्यता हुन् र तैँले तिनलाई स्वीकार गर्नुपर्छ भनेर नै भनेको छु। तँसँग पनि तेरा अधिकारहरू छन्, र म तिनमा कहिल्यै हस्तक्षेप गर्दिनँ। सेतो वा नीलो रङ मन पराएकोमा म तँलाई कहिल्यै निन्दा गर्दिनँ, त्यसैले मैले अरू रङहरू मन पराएकोमा तैँले पनि मलाई निन्दा गर्नु हुँदैन, होइन र? कतिपय मानिसहरूले भन्छन्, “त्यसरी हुँदैन। तपाईंले प्रतिनिधित्व गर्ने कुरा मैले प्रतिनिधित्व गर्ने कुराभन्दा फरक छ। म भ्रष्ट मानवहरूलाई प्रतिनिधित्व गर्छु, र तपाईंले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रतिनिधित्व गर्नुहुन्छ। त्यो कसरी एउटै हुन सक्छ र?” म स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रतिनिधित्व त गर्छु, तर मलाई मन पर्ने रङहरूलाई स्वर्गमा हुनुहुने परमेश्‍वरले निन्दा गर्नुहुन्न। तँ सेतो रङ पवित्र हो भन्‍ने सोच्छस्, तर स्वर्गमा हुनुहुने परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई हेर् त—ती सबै रङमा आउँछन्। परमेश्‍वरले सृष्टि गर्नुभएका फूलहरू विभिन्‍न रङमा आउँछन्। कहिलेकाहीँ आकाशमा अरू बादलहरूका बीचमा कालो बादल पनि हुन्छ, र कालो बादल खैरो रङको हुन्छ। गर्मीमा धेरै गर्मी हुँदा, कालो बादलले घामलाई छेक्नेबित्तिकै, तँलाई शीतल र सहज महसुस हुन्छ, र तैँले परमेश्‍वरको अनुग्रहका लागि उहाँलाई धन्यवाद दिन्छस्। के यो राम्रो कुरा होइन र? (हो।) कतिपय अरू मानिसहरूले भन्छन्, “हरियो रङ राम्रो हो; परमेश्‍वरले सृष्टि गर्नुभएको हरियो रङले जीवनलाई प्रतिनिधित्व गर्छ।” यो गलत हो। परमेश्‍वरले सृष्टि गर्नुभएका अन्नहरूलाई हेर् त। उदाहरणका लागि, के मकै धेरै रङमा आउँदैन र? मकै पहेँलो, सेतो, बैजनी, र कालो हुन्छ। के तैँले मकैले जीवनलाई प्रतिनिधित्व गर्दैन भनेर भन्न सक्छस्? मकै परमेश्‍वरले सृष्टि गर्नुभएको कुरा हो। यसले जरा हाल्न, टुसाउन, फुल्न, र फल फलाउन सक्छ। यो जैविक कुरा हो, र यसले जीवनलाई पनि प्रतिनिधित्व गर्छ। साथै, के रूखका सबै पातहरू हरिया हुन्छन्? (हुँदैनन्, बैजनी, पहेँलो, र रातो पातहरू पनि हुन्छन्।) यी सबै पातहरूका रङ हुन्; के तिनले जीवनलाई प्रतिनिधित्व गर्दैनन् र? (गर्छन्।) त्यसोभए, जब कतिपय मानिसहरूले “हरियो रङले जीवनलाई प्रतिनिधित्व गर्छ” भनेर भन्छन्, तब के तिनीहरू गलत हुँदैनन् र? (हुन्छन्।) त्यसोभए के कतिपय मानिसहरूले “सेतो रङले शुद्धतालाई प्रतिनिधित्व गर्छ” भनेर भन्नु उचित हो? के यो बकवास होइन र? सेतो रङ अलिक सफा र उज्यालो मात्रै देखिन्छ; यसले शुद्धतालाई प्रतिनिधित्व गर्दैन। तैँले जीवनभरि सेतो लुगा लगाए पनि, यसको अर्थ तँ शुद्ध छस् भन्‍ने हुँदैन; तँ अझै पनि भ्रष्ट मानव नै होस्। त्यसकारण, रङहरू छनौट गर्ने कुरामा कुनै प्रावधानहरू छैनन्। यो केवल व्यक्तिको छालाको रङ, व्यक्तिगत प्राथमिकता, र व्यक्तित्वमा, र अवश्य नै मौसम, हावापानी, र तापक्रममा आधारित हुन्छ। सेतो एउटा रङ मात्रै हो; यसले कुनै कुरालाई प्रतिनिधित्व गर्दैन। कालो रङको बारेमा नि? कतिपय मानिसहरूले भन्छन्, “कालो रङले अन्धकार, मृत्यु, र दियाबलसलाई प्रतिनिधित्व गर्छ, त्यसैले कालो रङ खराब हो!” मलाई भन, के कालो रङलाई निन्दा गर्नु राम्रो हो? (होइन।) कहिलेकाहीँ म पनि कालो लुगा लगाउँछु, जस्तै कालो ऊनीको ओभरकोट, विन्डब्रेकर, स्विटर, वा पाइन्ट, र जाडोमा, म कहिलेकाहीँ कालो गलबन्दी र कालो पन्जा लगाउँछु। कतिपय मानिसहरूले भन्छन्, “के कालो रङले अन्धकार र शैतानलाई प्रतिनिधित्व गर्दैन र? तपाईंले कसरी कालो लुगा लगाउन सक्नुहुन्छ? के तपाईंले परमेश्‍वरलाई प्रतिनिधित्व गर्नुहुन्न र? यदि तपाईंले परमेश्‍वरलाई प्रतिनिधित्व गर्दा कालो लुगा लगाउनुभयो भने, के त्यो उहाँलाई गलत रूपमा प्रस्तुत गर्नु होइन र? स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पक्कै पनि कालो रङ मन पर्दैन।” म भन्छु तँ गलत होस्। स्वर्गमा हुनुहुने परमेश्‍वरलाई कालो रङ मन पर्दैन भन्‍ने कुरा तँलाई कसरी थाहा भयो? तैँले कहिले परमेश्‍वरले मलाई कालो रङ मन पर्दैन भनेर भन्नुभएको सुनिस्? के यो कुरा बाइबलमा अभिलेख गरिएको छ, वा कुनै दूतले तँलाई यो कुरा बताएको हो? अन्न र गेडागुडीहरूमध्ये कालो खानेकुराहरूलाई हेर् त, जस्तै कालो भटमास, कालो चामल, र कालो तिल—के तिनलाई परमेश्‍वरले सृष्टि गर्नुभएको होइन र? (हो।) मानिसहरू यी कालो खानेकुराहरू खान रुचाउँछन्, र तिनले शरीरलाई पोषण दिन्छन् भनेर भनिन्छ। साथै, सिल्की अर्थात् कडकनाथ कुखुराहरू पूर्ण रूपमा कालो हुन्छन्, र तिनको पौष्टिक मूल्य साधारण कुखुराहरूको भन्दा बढी हुन्छ। माछाहरूमध्ये स्नेकहेड, स्तनधारी प्राणीहरूमध्ये कालो भालु, र चराहरूमध्ये काग पनि हुन्छन्—के ती कालो हुँदैनन् र? (हुन्छन्।) कालो ढुङ्गाहरू हुन्छन्, कालो कपाल भएका मानिसहरू हुन्छन्, र कालो छाला भएका मानिसहरू हुन्छन्। जब कतिपय मानिसहरूको चम्किलो कालो कपाल हुन्छ, तब तिनीहरूले सधैँ अरूको अगाडि यसको प्रदर्शन गर्छन्, र यसो भन्छन्, “मेरो कपाल कति कालो छ हेर त; यो कति सुन्दर छ!” जब सेतो कपाल बढ्छ, तब तिनीहरूले चिन्ता गर्न थाल्छन्, र आफू बूढो भएको महसुस गर्छन्। त्यसोभए सेतो रङले केलाई प्रतिनिधित्व गर्छ? (बुढ्यौलीलाई।) यसले बुढ्यौली, शारीरिक कार्यहरूमा ह्रास, र मृत्युतर्फको यात्रालाई समेत प्रतिनिधित्व गर्छ। मानिसहरूको जति धेरै सेतो कपाल हुन्छ, तिनीहरू त्यति नै उदास, दिक्दार, र व्याकुल बन्छन्, र तिनीहरू जवान हुँदा कालो कपाल हुँदा कति राम्रो थियो भनेर सम्झन्छन्। यस बेला, तिनीहरूले “सेतो रङले पवित्रतालाई प्रतिनिधित्व गर्छ” भनेर भन्नु कति मूर्खतापूर्ण थियो भन्‍ने कुरा महसुस गर्छन्, र तिनीहरूले उप्रान्त कालो रङले अन्धकार, दियाबलस, र शैतानलाई प्रतिनिधित्व गर्छ भनेर भन्दैनन्; तिनीहरूले उप्रान्त आफ्ना धारणाहरूका आधारमा अन्धाधुन्ध रूपमा बोल्दैनन्। मानिसहरूले केही अनुभवहरूबाट गुज्रेपछि यी कुराहरू बुझ्नेछन्, तर कतिपय मानिसहरूले बृद्धावस्थामा पुग्दा समेत तिनलाई कहिल्यै बुझ्दैनन्। मानिसहरूले धेरै कुराहरूका बारेमा आफ्नो हृदयमा धारणाहरू बोक्छन्। जब तिनीहरूले मैले भनेको कुरा सुन्छन्, वा मैले के गर्न लागेको छु वा मैले के-कस्ता छनौटहरू गर्छु भन्‍ने देख्छन्, तब तिनीहरू मलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्ने प्रयास नगरी बस्न सक्दैनन्, र तिनीहरूले केही धारणाहरू विकास गर्छन्। तिनीहरूले प्रायजसो विशेष गरी जीवनका ती कुराहरूको सम्बन्धमा धारणाहरू विकास गर्छन् जसको सम्पर्कमा तिनीहरू आउन सक्छन् र जसलाई तिनीहरूले देख्न सक्छन्। हेर् त, मानिसहरू रङहरूको छनौटको सम्बन्धमा धारणाहरू विकास नगरी बस्न सक्दैनन्, र तिनीहरूले यो सानो मामलालाई तर्कसङ्गत ढङ्गले लिन र सही मूल्याङ्कन गर्न समेत सक्दैनन्। उदाहरणका लागि, तैँले बौद्ध भिक्षुणी र भिक्षुहरूले लगाएका लुगाहरू खैरो रङका हुन्छन् भन्‍ने देख्छस्, त्यसैले तैँले खैरो रङले बौद्ध भिक्षुणी र भिक्षुहरूलाई प्रतिनिधित्व गर्छ भन्‍ने सोच्छस्। त्यसकारण, यदि मैले तेरो लागि खैरो रङको माथिल्लो लुगा छनौट गरेँ भने, तैँले यस्तो सोच्छस्, “के हामी इसाईहरू होइनौँ र? के तपाईं देहधारी परमेश्‍वर हुनुहुन्न र? तपाईंले अझै पनि कसरी खैरो लुगा छनौट गर्न सक्नुहुन्छ? बौद्ध भिक्षुणी र भिक्षुहरूले मात्रै खैरो लुगा लगाउँछन्! परमेश्‍वरमा विश्‍वास गर्नेहरूले बौद्ध भिक्षुणी र भिक्षुहरूले लगाउने रङ कसरी लगाउन सक्छन्? के यो हामीलाई बौद्ध धर्मसँग तुलना गर्नु होइन र? तपाईंले यो निषेधित कुरालाई बेवास्ता समेत गर्नुहुन्न!” म भन्छु, बेवास्ता गर्नुपर्ने कुरा के छ र? सबै रङहरू परमेश्‍वरले सृष्टि गर्नुभएको हो। मलाई जुनसुकै रङ मन परे पनि त्यसका आफ्नै कारणहरू छन्, र यसबाहेक, यो पक्कै पनि तेरो लागि राम्रो र लाभदायक हुन्छ। तैँले सधैँ भिक्षु र भिक्षुणीहरूलाई खैरो रङसँग, वा परमेश्‍वरमा विश्‍वास गर्नेहरूसँग, वा आफैसँग तुलना गर्छस्—त्यो तेरो समस्या हो। म यसलाई यति जटिल तरिकाले सोच्दिनँ। त्यसरी सोच्नुको अर्थ तँ अविवेकी छस् भन्‍ने हुन्छ। तैँले यो रङलाई तेरा धारणा र कल्पनाहरूको दृष्टिकोणबाट हेरिरहेको छस्, तैँले यो रङमा आफ्नै अर्थ थपेको छस्, र तैँले यो रङलाई विकृत तरिकाले व्याख्या गरेको छस्। अन्ततः, तैँले आफूलाई सेतो रङ मात्रै मन पराउन र सेतो लुगा मात्रै लगाउनमा सीमित गर्छस्। तर जब तैँले आफ्नो टाउको सेतो कपालले भरिएको, तेरो छाला र अनुहारको रङ फिक्का भएको, वा तँलाई दुबी भएको देख्छस्, तब तँ दुःखी हुन्छस्, र तैँले उप्रान्त मलाई सेतो रङ मन पर्छ भनेर भन्दैनस्, न त तैँले सेतो रङले शुद्धतालाई प्रतिनिधित्व गर्छ भनेर नै भन्छस्। देहधारी परमेश्‍वरलाई कस्ता रङहरू मन पर्छ र उहाँले कस्ता रङहरू छनौट गर्नुहुन्छ भन्‍ने बारेमा मानिसहरू धारणाहरूले भरिपूर्ण समेत हुन्छन्। मलाई भन, के यो अत्यन्तै समस्यामय कुरा होइन र? म सोच्छु: के यी मानिसहरूले मैले सङ्गति गरेका धेरै सत्यताहरू वास्तवमा बुझेका छन् त? यदि तिनीहरूले यो सानो मामला समेत बुझ्न सक्दैनन् भने, के तिनीहरूले यति जटिल सत्यता बुझ्न सक्छन् त? तिनीहरूले वास्तवमा सत्यता बुझ्छन् कि बुझ्दैनन् भन्‍ने कुरामा मलाई शङ्का लाग्छ। भन्न गाह्रो छ, होइन र? (हो।) तिनीहरूले केही धर्मसिद्धान्तहरू मात्रै बुझ्छन् तर सत्यता बुझ्दैनन्, तैपनि तिनीहरूले वास्तविक जीवनका केही कुराहरूमा अन्धाधुन्ध रूपमा प्रावधानहरू लागू गर्छन् र तिनको आलोचना गर्छन्। के यो मानिसहरूले कुरा बङ्ग्याउने कार्य होइन र? (हो।)

मलाई भन, मानिसहरूले विभिन्‍न रङहरूलाई कसरी हेर्नुपर्छ र बुझ्नुपर्छ? यो मानव संसारलाई हेर् त: मानिसहरूले नाङ्गो आँखाले देख्न सक्ने वस्तुहरू र जीवित प्राणीहरू—चाहे ती चल हुन् वा अचल—सबै प्रकारका रङमा आउँछन्, र ती सबै परमेश्‍वरले सृष्टि गर्नुभएको हो। माछा, चरा, हिंस्रक जनावरहरू, शाकाहारी जनावरहरू, कुखुरा, र गाईवस्तुहरू सबै प्रकारका रङमा आउँछन्; रूखहरूमा र जमिनमा फल्ने फलहरू सबै प्रकारका रङमा आउँछन्। यी प्रशस्त रङहरूबाट तैँले के बुझेको छस्? परमेश्‍वरले सृजित मानवजातिका लागि उपयुक्त जिउने वातावरण प्रदान गर्न विभिन्‍न अचल वस्तुहरूका रङहरू सृष्टि गर्नुभयो; यी रङहरू मानिसहरूका आँखा र इन्द्रियहरूका लागि, साथै तिनीहरूको सम्पूर्ण शरीरको अस्तित्वका लागि लाभदायक छन्। परमेश्‍वरले यी सबै कुराहरूका बारेमा विचार गर्नुभएको छ। परमेश्‍वरका लागि, कुनै निश्‍चित रङ प्रयोग गर्नुको, वा कुनै कुराको रूप र आकार, साथै यसको जिउने बानी र ढाँचाहरू डिजाइन गर्नुको पछाडि विशेष कारण हुन्छ; परमेश्‍वरले कुनै प्रावधानहरू मान्‍नु पर्दैन। परमेश्‍वरले यावत् थोक सृष्टि गर्दा प्रावधानहरू पालन नगर्नुहुने मात्र होइन, तर एउटा सबैभन्दा आधारभूत सिद्धान्त पनि छ: तिनका रङ, रूप, जिउने सम्बन्धी बानी, र कार्यहरू, साथै यावत् थोकका बीचमा हरेकले खेल्ने भूमिकाबाट हेर्दा, ती सबैले मानिसहरूलाई त्यस्तो वातावरणमा बाँच्न उपयुक्त बनाउँछन्, र मानिसहरूलाई विभिन्‍न खानेकुराहरूबाट आवश्यक पर्ने विभिन्‍न पोषक तत्त्वहरू लिन सक्षम तुल्याउँछन्; तिनलाई यी कुराहरूका आधारमा सृष्टि गरिएका थिए। मानिसहरू अत्यन्तै नगण्य हुने हुनाले र तिनीहरूले नाङ्गो आँखाले देख्न सक्ने कुराहरू सीमित हुने हुनाले, तिनीहरूले नाङ्गो आँखाले देख्न सक्ने कुराहरूको दायराभित्र, तिनीहरूले परमेश्‍वर यस्तो वा त्यस्तो हुनुहुन्छ भनेर सीमित गर्छन्, र परमेश्‍वरले यसरी वा त्यसरी काम गर्नुपर्छ भन्‍ने सोच्छन्। उदाहरणका लागि, मानिसहरूका कल्पनाहरूमा, शैतान सामान्यतया अन्धकारबाट निस्कन्छ, त्यसैले मानिसहरूले यस्तो सोच्छन्, “कालो रङ खराब हो। परमेश्‍वरलाई कालो रङ मन पर्दैन; परमेश्‍वरले कालो कुराहरू सृष्टि गर्नुहुन्न।” यसरी सोच्नु तेरो गल्ती हो! मानिसहरूका लागि लाभदायक हुने धेरै कालो कुराहरू छन्। उदाहरणका लागि, कालो भटमास र कालो तिल जस्ता केही खानेकुराहरू कालो हुन्छन्, तर ती मानव शरीरका लागि लाभदायक हुन्छन्। साथै, केही चराहरू र जनावरहरूका रङ कालो हुन्छ, र ती राज्य-संरक्षित प्रजातिहरूमध्ये पनि पर्छन्। त्यसकारण, कुनै कुरा राम्रो छ कि खराब छ भनेर त्यसको रङको आधारमा निर्धारण गर्नु तेरो गल्ती हो। शैतानले कालो रङ छनौट गर्नुले कालो रङ खराब हो भन्‍ने प्रमाणित गर्दैन, न त यस कुराले कालो रङ परमेश्‍वरले मन नपराउने वा निन्दा गर्ने कुरा हो भन्‍ने नै प्रमाणित गर्छ। त्यसोभए शैतानले किन कालो रङ छनौट गर्छ? किनभने शैतान दुष्ट र क्रूर छ, यसले ज्योति सहन सक्दैन, र यसले आफूलाई अन्धकारमा लुकाउन रुचाउँछ। आफूलाई अन्धकारमा लुकाएर मात्रै यसले मानिसहरूद्वारा पत्ता लाग्नबाट जोगिन सक्छ। यसले लुक्न, धोका दिन, खराब कुराहरू गर्न, र दुष्टता गर्न सजिलो होस् भनेर कालो रङ छनौट गर्छ। तर शैतानले कालो रङ छनौट गर्छ भन्दैमा तैँले कालो रङलाई निन्दा गर्न मिल्दैन। सेतो रङको तुलनामा, कालो रङले बढीमा शैतानलाई लुक्न सजिलो मात्रै बनाउँछ, र शैतानले यसको उपयोग गर्छ, त्यसैले शैतानले कालो रङ रुचाउँछ। परमेश्‍वर ज्योति हुनुभएकाले, उहाँ प्रायजसो ज्योतिमा हिँड्नुहुन्छ, ज्योतिमा मानिसहरूसँग बोल्नुहुन्छ, र ज्योतिमा मानिसहरूका अघि देखा पर्नुहुन्छ। परमेश्‍वर ज्योतिमा जिउनुहुन्छ, र परमेश्‍वरले सधैँ सेतो ज्योति छनौट गर्नुहुन्छ। त्यसैले मानिसहरूले यस्तो सोच्छन्, “परमेश्‍वरलाई अरू रङहरू मन पर्दैन; परमेश्‍वरलाई सेतो रङ मात्रै मन पर्छ।” के यो दृष्टिकोण गलत होइन र? (हो।) परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई हेर् त—ती सबै प्रकारका रङमा आउँछन्। त्यसोभए यी सबै विभिन्‍न रङहरू कहाँबाट आउँछन्? ती सबै परमेश्‍वरका विचारहरूबाट उत्पन्न भएका हुन्। यदि तैँले परमेश्‍वरका विचारहरूबाट उत्पन्न हुने विभिन्‍न रङहरूलाई निन्दा गर्छस् भने, यो कस्तो प्रकारको समस्या हो? के यो विद्रोह होइन र? (हो।) यो अत्यन्तै मूर्खतापूर्ण कुरा हो! यदि तँ देहधारी परमेश्‍वरको सामान्य मानवताका प्रकटीकरणहरूको सम्पर्कमा आउन, तिनलाई देख्न, वा सुन्न सक्छस् भने, तैँले तिनलाई सही तरिकाले लिनुपर्छ। तिनले सत्यता स्वीकार गर्ने तेरो कार्यमा असर गर्दैनन् भने वा बाधा पुर्याउँदैनन् भने, तैँले यी कुराहरूलाई ठूलो विषय बनाउनु, तिनको अनुसन्धान र विश्लेषण गर्नु, अनि तिनलाई बढाइचढाइ गर्नु, र अन्ततः धारणाहरू विकास गर्नु, र देहधारी परमेश्‍वरको आलोचना गर्नु, निन्दा गर्नु, प्रतिरोध गर्नु, र उहाँलाई इन्कार गर्नु हुँदैन। त्यसो गर्नु अत्यन्तै गलत हुनेछ! त्यस्ता मानिसहरू विवेक र समझविनाका हुन्छन्।

देहधारी परमेश्‍वर एक साधारण, सामान्य व्यक्ति हुनुभएकाले, उहाँको आफ्नो निश्चित, सामान्य जीवनको दायरा, जीवनशैलीका बानीबेहोराहरू, र जीवनशैलीका ढाँचाहरू समेत छन्, साथै मानव जीवनमा समावेश हुने सबै किसिमका विभिन्‍न छनौटहरू, सम्झौताहरू, र भावनाहरूको दायरा छ। देहधारी परमेश्‍वरको सामान्य मानवताको सम्बन्धमा, एक हिसाबमा, मानिसहरूले यसलाई तर्कसङ्गत दृष्टिकोणबाट सही तरिकाले लिनुपर्छ; अर्को हिसाबमा, तिनीहरूसँग यसको सही बुझाइ हुनुपर्छ। यदि तैँले देहधारी परमेश्‍वरले आफ्नो जीवन र सामान्य मानवताको बारेमा गर्नुहुने कुराहरू देख्ने, सुन्ने हुनाले, वा तँ तिनको सम्पर्कमा आउने हुनाले तैँले धारणाहरू विकास गर्छस् भने, यसले तेरो जीवन प्रवेश वा परमेश्‍वरका वचनहरूलाई तैँले गर्ने स्वीकारमा असर गर्दैन भनेर सुनिश्‍चित गर्ने सबैभन्दा सरल विधि भनेको देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्ने प्रयास नगर्नु हो। देहधारी परमेश्‍वर सामान्य मानवतामा जिउनुहुन्छ; उहाँसँग आफ्नो स्वतन्त्रता छ, उहाँसँग आफूले निर्वाह गर्नुपर्ने सेवकाइ छ, र उहाँसँग सामान्य मानव जीवन पनि छ। तैँले यसलाई सही तरिकाले लिनुपर्छ। हेर् त, मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कामको तेस्रो चरणमा धेरै सत्यताहरू व्यक्त गर्नु आवश्यक छ। सत्यताका विभिन्‍न पक्षहरूका बारेमा सङ्गति गर्दा, उहाँले दैनिक भाषा प्रयोग गर्नुहुन्छ, प्रायजसो बोलचालका शब्दहरू, स्थानीय भाषाहरू, र स्थानीय भाषिका समावेश गर्नुहुन्छ, र कहिलेकाहीँ अभिव्यक्तिका विशेष तरिकाहरू प्रयोग गर्नुहुन्छ। बोलिएका वचनहरू सबै सत्यता हुन् भने, र ती सबै तैँले बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यताहरू हुन् भने, तँ समर्पित हुनुपर्छ; यसरी, तँ मुक्ति हासिल गर्न सक्षम हुनेछस्। यदि तँ सधैँ गल्ती खोज्छस्, सधैँ छानबिन गर्छस्, र सधैँ शङ्का गर्छस् भने, तैँले सत्यता प्राप्त गर्नेछैनस्, र तैँले देहधारी परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुने बहुमूल्य अवसर गुमाउनेछस्। त्यसोभए तैँले देहधारी परमेश्‍वरको कामलाई कसरी सही तरिकाले लिनुपर्छ? पहिले, तँसँग समझ हुनुपर्छ, तैँले परमेश्‍वरको काममा समर्पित हुन सिक्नुपर्छ, तैँले आफ्ना उचित कार्यहरूमा ध्यान केन्द्रित गर्नुपर्छ र तँ सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ, र तैँले मुक्ति हासिल गर्न आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तैँले दिनभरि परमेश्‍वरको छानबिन गरिरहनु आवश्यक छैन। तँसँग जतिसुकै धारणा र कल्पनाहरू भए पनि, ती सत्यता होइनन्। तैँले जीवनभरि आफ्ना धारणाहरूमा टाँसिएर पनि सत्यता प्राप्त नगर्न सक्छस्, र तँ अन्ततः नरकमा जानुपर्ने हुन सक्छ। एक पटक तैँले यी समस्याहरूलाई छर्लङ्गै देखेपछि, तँ परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा प्रवेश गर्न सक्षम हुनेछस्, र परमेश्‍वरका वचनहरू पढ्दा तँ आफ्ना धारणा र कल्पनाहरू त्याग्न सक्षम हुनेछस्। पहिले, यी वचनहरूमा खोजी गर्नुपर्ने सत्यता छ कि छैन भनेर हेर्। यदि यी वचनहरूमा सत्यता र परमेश्‍वरका अभिप्रायहरू समावेश छन्, र तिनले तँलाई सत्यता सिद्धान्तहरूको एउटा पक्ष बुझ्न सक्षम तुल्याउन सक्छन् भने, अझै फराकिलो सोचाइ राख्; हरेक विवरणमा किचकिच नगर, सङ्कीर्ण सोचाइ नराख्, र यसमा नअल्झी। तैँले आफ्नो हृदयमा के सोच्नुपर्छ? “देहधारी परमेश्‍वर सामान्य मानवता भएको एक साधारण व्यक्ति भए पनि, उहाँले सत्यता व्यक्त गर्न सक्नुहुन्छ, र उहाँले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ। हामीसँग केही शिक्षा भए पनि र हामीले वाक्पटुताका साथ बोल्न सके पनि, हामीले सत्यता व्यक्त गर्न सक्दैनौँ, न त हामीले परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरा नै व्यक्त गर्न सक्छौँ, न त हामीले सत्यता सिद्धान्तहरूका बारेमा स्पष्ट रूपमा सङ्गति गर्न नै सक्छौँ। हामीसँग जतिसुकै ज्ञान भए पनि वा हाम्रो हैसियत जतिसुकै उच्च भए पनि, यसको अर्थ हामीसँग सत्यता छ भन्‍ने हुँदैन, न त हामीले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न नै सक्छौँ। देहधारी परमेश्‍वरले सरल र बुझ्न सजिलो दैनिक भाषामा बोल्नुभए पनि, उहाँले बोल्नुहुने वचनहरू सबै सत्यता हुन्। उहाँले सत्यता सिद्धान्तहरूलाई विस्तृत रूपमा सङ्गति गर्न र मानिसहरूका विभिन्‍न समस्याहरू समाधान गर्न पनि सक्नुहुन्छ। यति नै पर्याप्त छ। के मानिसहरूले सत्यता प्राप्त गर्नका लागि नै परमेश्‍वरमा विश्‍वास गर्दैनन् र? मैले सधैँ गल्ती खोज्ने र खोट निकाल्ने प्रयास गर्नु हुँदैन; त्यो त मेरा उचित कार्यहरूलाई बेवास्ता गर्नु हो।” यदि तँसँग यस्तो मनोवृत्ति छ भने, तँ परमेश्‍वरका वचनहरू पढ्दा सत्यता बुझ्न सक्षम हुनेछस्, र तँ सत्यता पछ्याउन सक्षम हुनेछस्। यदि तँसँग यो मनोवृत्ति छैन, र तैँले सत्यता खोजी गर्दैनस् र प्रवचनहरू सुन्दा सधैँ वचनहरूमा गल्ती खोज्छस्, र तँसँग सधैँ देहधारी परमेश्‍वरका वचन र कामको बारेमा धारणाहरू हुन्छन् भने, यसले सत्यता बुझ्ने तेरो कार्यमा असर गर्नेछ। कतिपय मानिसहरूले सधैँ देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्छन्, र सधैँ यसो भनेर सोध्छन्, “देहधारी परमेश्‍वर किन आत्मिक शरीर हुनुहुन्न? देहले किन स्वर्गमा हुनुहुने परमेश्‍वरले जस्तै मेघ गर्जेको आवाजमा बोल्दैन?” तिनीहरूले देहधारी परमेश्‍वर वाणीहरू दिने र बोल्ने साँचो परमेश्‍वर हुनु असम्भव छ भन्‍ने पनि विश्‍वास गर्छन्। तिनीहरूले साँचो परमेश्‍वरका कार्यहरूले मानिसहरूका कल्पनाहरूलाई उछिन्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्—यदि उहाँले एक सामान्य व्यक्तिले जस्तै बोल्नुहुन्छ भने, त्यो कसरी परमेश्‍वरको देखापराइ र उहाँको काम हुन सक्छ र? तिनीहरूले यस्तो मनन गर्दैनन्, “के मानिसले सत्यता व्यक्त गर्न सक्छ? देहधारी परमेश्‍वरले यति धेरै सत्यताहरू व्यक्त गर्न सक्नुहुन्छ; के यो मानिसले हासिल गर्न सक्ने कुरा हो? धेरै मानिसहरूले यो कुरा स्पष्ट रूपमा देख्न सक्दैनन्। परमेश्‍वरले यति धेरै सत्यताहरू व्यक्त गर्नु परमेश्‍वरले मानवजातिमाझ गर्नुभएको सबैभन्दा महान् काम हो, र यो कुनै पनि मानिसले हासिल गर्न नसक्ने कुरा हो।” मानिसहरूले बुझून् भनेर, मैले सत्यता सङ्गति गर्दा, मैले यसलाई सरल रूपमा र बुझ्न सजिलो तरिकाले सङ्गति गर्नुपर्छ; मैले विस्तृत रूपमा बोल्नुपर्छ, कुराहरू बारम्बार भन्नुपर्छ, र उदाहरणहरू पनि दिनुपर्छ। यसले गर्दा धेरै मानिसहरूले धारणाहरू विकास गर्छन्। यदि मैले साँच्चै नै समग्र तरिकाले सङ्गति गरेँ भने, कति जना मानिसहरूले मैले भनेको कुरा बोध गर्न सक्नेछन्? एक जना व्यक्तिले पनि यो बोध गर्न सक्नेछैन, र मुख्य कारण के हो भने तिमीहरूको कद अत्यन्तै सानो छ। म कुराहरू यति विस्तृत रूपमा व्याख्या गर्छु, यति विस्तृत रूपमा कि यो लामो र झर्कोलाग्दो बन्छ, र म आफैलाई पनि यसदेखि वाक्क लाग्छ र म यसबारे बोलिरहन चाहन्नँ, तर कतिपय मानिसहरूले अझै पनि मैले भनेको कुरा बुझ्दैनन्, र मनमनै यस्तो सोच्छन्, “किन अझै दुई-चार वटा उदाहरणहरू नदिने?” मैले वाक्क लाग्ने र अझै बोल्न नचाहने हदसम्म बोलिसकेको हुन्छु, र पनि तैँले अझै पनि किन नबुझेको त? यसले के प्रमाणित गर्छ भने तँसँग मानव दिमाग छैन, तँसँग सत्यता बुझ्ने क्षमता छैन, र मैले जतिसुकै विस्तृत रूपमा बताए पनि, तैँले अझै पनि यो बुझ्नेछैनस्। यसरी सङ्गति गर्दा, अलिकति बुझ्ने क्षमता भएको जोकोहीले पनि बुझ्न सकोस् र उससँग अभ्यासको मार्ग होस् भन्‍ने सुनिश्‍चित गर्ने प्रयास गर्दा, यो अपरिहार्य रूपमा नै अलिक लामो र झर्कोलाग्दो हुनेछ। त्यसमाथि, सामान्य मानवताको ऊर्जा र अन्य पक्षहरू सीमित हुन्छन्। विशेष गरी सत्यता सङ्गति गर्दा, कतिपय कुराहरूलाई शब्दमा व्यक्त गर्न अत्यन्तै गाह्रो हुन्छ, र मानव भाषामा अत्यन्तै कमीकमजोरी छ। त्यसकारण, कहिलेकाहीँ दुई-तीन सेकेन्डभित्र सही शब्द फेला पार्न अत्यन्तै गाह्रो हुन्छ, र म अलिकति प्रभाव हासिल गर्नका लागि लगभग उस्तै अर्थ दिने शब्द मात्रै प्रयोग गर्न सक्छु, र त्यति नै पर्याप्त हुन्छ। तर मैले सङ्गति गर्दा हरेक पटक, म सङ्गति गर्ने वचनहरू एउटै विषयको वरिपरि केन्द्रित हुन सकून् भन्‍ने सुनिश्‍चित गर्ने प्रयास गर्छु, ताकि तिमीहरूले सत्यताको यस पक्षको बारेमा बुझाइ प्राप्त गर्न सक, र अन्ततः तिमीहरूले आफ्नो खास अनुभवमा सबै प्रकारका कुराहरूको सामना गर्दा तिमीहरूसँग पछ्याउने मार्ग होस्। यो तिमीहरूको जीवन अनुभवका लागि अत्यन्तै लाभदायक हुन्छ। यति विस्तृत रूपमा बोल्दा म लामो र झर्कोलाग्दो रूपमा बोलेको जस्तो देखिए पनि, जब तिमीहरूले यस्ता प्रकारका समस्याहरूको सामना गर्छौ, तब तिमीहरूलाई हराएको महसुस हुनेछैन—तिमीहरूसँग पछ्याउने मार्ग हुनेछ। तिमीहरू उप्रान्त शब्द र धर्मसिद्धान्तहरूका बीचमा जिउनेछैनौ, तर यसको सट्टा तिमीहरूसँग व्यावहारिक मार्ग, व्यावहारिक आधार, र व्यावहारिक सत्यता सिद्धान्तहरू हुनेछन् जसलाई तिमीहरूले आफ्ना समस्याहरू समाधान गर्न आफूले सामना गर्ने परिस्थितिहरूसँग मिलाएर लागू गर्न सक्छौ। त्यसकारण, म देहधारी परमेश्‍वरको सामान्य मानवताले हासिल गर्न सक्ने कुरा गर्नका लागि सक्दो प्रयास गर्छु, र म आफूले सोच्न सक्ने सबै कुरा भन्नका लागि सक्दो प्रयास गर्छु। जब म तिमीहरूले सबै कुरा बुझ्यौ र मैले अझै सङ्गति गर्नुपर्ने कुनै आवश्यकता छैन भनेर भन्‍ने हदसम्म बोल्छु, तब म बोल्न छोड्नेछु; म साँच्चै नै यति लामो समयसम्म बोलिरहन चाहन्नँ।

हेर् त, स्वर्गमा हुनुहुने परमेश्‍वर सरल रूपमा बोल्नुहुन्छ। उदाहरणका लागि, यहोवा परमेश्‍वरले मोशालाई भन्नुभयो, “मोशा, आइज, मसँग तँलाई भन्‍नुपर्ने केही कुरा छ।” मोशाले तुरुन्तै घुँडा टेके, परमेश्‍वरले तिनलाई घोषणा गर्नका लागि केही कुरा भन्नुभयो र मोशाले यहोवा परमेश्‍वरका निर्देशनहरूअनुसार ती कुराहरू घोषणा गरे। आज, यदि देहधारी परमेश्‍वरले तँलाई केही कुरा भन्नुभयो र तँलाई ती गर्न लगाउनुभयो भने, तैँले आफ्नो अभ्यासको दौरान सबै प्रकारका भ्रष्ट स्वभाव प्रकट गर्नेछस्। यसबेला, के तँसँग अभ्यासका सिद्धान्तहरू र अभ्यासको मार्ग हुन सक्‍नेछ? (सक्‍नेछैन।) तँसँग त्यो हुन सक्‍नेछैन। त्यसकारण, तँ के देख्छस् भने परमेश्‍वरका आत्मा सरल रूपमा बोल्नुहुन्छ, तर जब परमेश्‍वरका आत्मा काम गर्नुहुन्छ र केही वचन बोल्नुहुन्छ, तब उहाँ आफूसँग त्यसो गर्नुको कुनै विकल्प नभएको बेला मात्रै विशेष अवसरहरूमा र विशेष सन्दर्भहरूमा केही विशेष, एकल कुराहरू गर्दा यसो गर्नुहुन्छ। तर, देहधारी परमेश्‍वरले गर्ने काम ठोस र व्यापक हुन्छ। यो परमेश्‍वरका आत्माले मानिसहरूलाई प्रकाश दिन केही कुरा भन्नु वा आज्ञा दिन वा अगमवाणी गर्न केही कुरा भन्नु अनि त्यसपछि यो सरल, एकल काम गरिसकेपछि काम समाप्त गर्नुजस्तो होइन। देहधारी परमेश्‍वरको काम भनेको लामो समयसम्म बोल्नु हो। मानिसहरूको स्वभाव रूपान्तरण गर्नु र तिनीहरूका भ्रष्ट स्वभावहरू फाल्नु भनेको एक-दुईवटा कुरा भनेर मात्र हासिल गर्न सकिने कुराहरू होइनन्। मानवजाति अत्यन्तै गहन रूपमा भ्रष्ट भएको हुनाले र मानिसहरूभित्र शैतानका विभिन्‍न विष र स्वभावहरू गहन रूपमा जरा गाडेर बसेका हुनाले, देहधारी परमेश्‍वरले मानिसहरूको भ्रष्टतालाई पूर्ण रूपमा पखाल्न ठोस काम गर्नैपर्छ, ठोस वचनहरू बोल्नैपर्छ र मानिसहरूले मुक्ति हासिल गर्नका लागि आवश्यक पर्ने सत्यताका विभिन्‍न पक्षहरू व्यक्त गर्नैपर्छ। यति लामो समयसम्म यसरी काम गरेर नै उहाँले बोल्ने वचनहरू र उहाँले गर्ने काम अत्यन्तै ठोस देखिन्छन् र सायद—मानिसहरूको नजरमा—एकदमै लम्बेतान र लम्मिएको समेत देखिन्छन्। मानिसहरू आफ्ना धारणाहरूअनुसार यस्तो सोच्छन्, “अहो, देहधारी परमेश्‍वर आफ्नो काममा बिजुली जत्तिकै छिटो हुनुहुन्न, न त उहाँ कामकुराहरू द्रुत रूपमा समाधान नै गर्नुहुन्छ। उहाँ अत्यन्तै विस्तृत रूपमा बोल्नुहुन्छ र धेरै कुरा भन्नुहुन्छ; उहाँ अलि लम्बेतान नै बोल्नुहुन्छ। उहाँ मानिसहरूलाई तीन वर्षका बालबालिकालाई जस्तै व्यवहार गर्नुहुन्छ!” तेरो कदलाई हेर्दा, तँ तीन वर्षको बच्चाकै स्तरमा छस् जस्तो पनि मलाई लाग्दैन—सायद तँ एक वा दुई वर्षको बच्चाको स्तरमा छस् वा सायद शिशुको स्तरमा छस्। तँलाई तीन वर्षको बच्चाका रूपमा व्यवहार गर्नु भनेको त वास्तवमा तँलाई उचाल्नु हो। जब परमेश्‍वर मानिसहरूलाई कुराहरू भन्नका लागि स्वर्गबाट मेघ गर्जेझैँ बोल्नुहुन्छ, तब उहाँले कस्ता प्रकारका मानिसहरूलाई सम्बोधन गरिरहनुभएको हुन्छ? उहाँले आफ्ना दूतहरू र उहाँद्वारा प्रयोग गरिएका मानिसहरूलाई सम्बोधन गरिरहनुभएको हुन्छ। अनि देहधारी परमेश्‍वरले अहिले मानिसहरूको कुन समूहको सामना गरिरहनुभएको छ? उहाँले कुनै निश्‍चित व्यक्तिहरूसँग बोल्नु र तिनीहरूमा काम गर्नुभन्दा पनि, भ्रष्ट मानवजातिको अर्थात् उहाँले मुक्ति दिने अभिप्राय राखेको मानवजातिको सामना गरिरहनुभएको छ। परमेश्‍वरका आत्माले गर्ने कामको प्रकृति र देहधारी परमेश्‍वरले गर्ने कामको प्रकृति पूर्ण रूपमा फरक छन्। परमेश्‍वरका आत्मा भ्रष्ट मानवजातिसँग कहिल्यै जिउन सक्नुहुन्न। देहधारी परमेश्‍वर मात्रै मानिसहरूसँग जिउन सक्नुहुन्छ र यसरी उहाँ भ्रष्ट मानवजातिसँग अथक रूपमा बोलिरहन र तिनीहरूमा काम गरिरहन सक्नुहुन्छ। देहधारी परमेश्‍वर मानिसहरूमाझ आउनुहुन्छ र तिनीहरूसँग जिउनुहुन्छ। उहाँ तिनीहरूसँग जिउनुहुने हुनाले, सबै कुराको निरीक्षण गर्नुहुन्छ। सबै कुराको निरीक्षण गर्नुको अर्थ के हो? यसको अर्थ मानिसहरू आफूलाई कसरी आचरणमा ढाल्छन्, तिनीहरू कसरी जिउँछन्, तिनीहरू कसरी काम गर्छन्, कसरी आफ्ना कर्तव्यहरू पूरा गर्छन् र कुन मार्गमा हिँड्छन् भन्‍ने कुरासँग सम्बन्धित समस्याहरू, साथै मानिसहरूको मुक्ति, मानिसहरू कसरी परमेश्‍वरलाई व्यवहार गर्छन् र मानिसहरू कसरी परमेश्‍वरलाई चिन्छन् भन्ने कुरासँग सम्बन्धित समस्याहरू सबै समाधान गर्नैपर्छ भन्‍ने हो। पछिल्लो पटक परमेश्‍वर देह बन्नुहुँदा, मानिसहरूलाई पापबाट छुटकारा दिनका लागि क्रूसमा टाँगिनलाई यसो गरिएको थियो। यस पटक, मानिसहरूको पापी प्रकृतिलाई त्यसको जडबाटै समाधान गर्नका लागि परमेश्‍वर देह बन्नुभएको छ। त्यसकारण कामको यस चरणले परमेश्‍वरले धेरै वचन बोल्नुहोओस् र धेरै सत्यता व्यक्त गर्नुहोओस् भन्‍ने माग गर्छ र परमेश्‍वरको कामको अवधि पनि धेरै लामो समयसम्म फैलिनैपर्छ। परमेश्‍वरका आत्मा मानवजातिसँग जिउन सक्नुहुन्न, किनभने मानवजातिका विशेषताहरू परमेश्‍वरका आत्मा र परमेश्‍वरको अन्तर्निहित पहिचानका विशेषताहरूभन्दा फरक छन्। ती दुई सँगै जिउने कुनै उपाय छैन। त्यसकारण, यसलाई अलिक अनुपयुक्त रूपमा भन्दा, तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई आदरका साथ हेर्छस्, तर स्वर्गमा हुनुहुने परमेश्‍वर आत्मिक शरीर हुनुहुन्छ र उहाँ सधैँ मानवजातिलाई साथ दिन सक्नुहुन्न। जब परमेश्‍वर देह बनेर एक साधारण व्यक्ति बन्नुहुन्छ, तब मात्रै उहाँ मानवजातिलाई यसरी साथ दिन सक्नुहुन्छ। यसरी भन्दा बुझ्न सजिलो हुन्छ, होइन र? (हो।) देहधारी परमेश्‍वर वर्षौँवर्ष यसरी नै अथक रूपमा बोल्दै र काम गर्दै मानवजातिसँगै जिउनुहुन्छ। देहधारी परमेश्‍वर मानिसहरूसँग जिउनुहुन्छ र उहाँको वरिपरि रहेर उहाँको सम्पर्कमा आउन सक्नेहरूले सायद केही कुरा अनुभव गरेका छन्: उहाँले मानिसहरूका लागि समाधान गर्नुपर्ने आधारभूत आवश्यकताहरूसम्बन्धी सबै समस्या समाधान गर्नुभएको छ र आफूले गर्नुपर्ने कामभन्दा बाहिर गएर पनि धेरै कुरा गर्नुभएको छ, जसमा चलचित्रहरू निर्माण गर्नु, पटकथाहरू संशोधन गर्नु, भिडियोहरू निर्देशन गर्नु, संवादहरू लेख्नु, अन्तर्वार्ताका पटकथाहरू लेख्नु र महत्त्वपूर्ण लेखहरू संशोधन गर्नु समावेश छन्। मैले मूल रूपमा गर्न नपर्ने यी सबै काम गरेको छु। यो अतिरिक्त काम गर्दा म शारीरिक र मानसिक रूपमा थकित हुन्छु, यसो गर्दा म विश्राम गर्न पाउँदिन र यसले प्रवचनहरू दिने मेरो काममा समेत ढिलाइ गराएको छ। धेरै मानिस यी कुराहरू देख्छन् तर तिनीहरूमा तीबारे कुनै समझ हुँदैन। म यति अथक रूपमा बोल्छु र काम गर्छु, तैपनि धेरैजसो मानिस अझै पनि कमीका हुन्छन् र तिनीहरू त्यति बुझ्दैनन्। म के देख्छु भने यो मानवजाति साँच्चै दयनीय, साँच्चै नगण्य र साँच्चै अज्ञानी छ। लिङ्ग वा उमेर जेसुकै भए पनि, मानिसहरू केही पनि होइनन्। यदि मैले यो काम गर्नुअघि यसो भनेको भए, तैँले यस्तो सोच्न सक्थिस्, “के तपाईँले अत्यन्तै उच्च र शक्तिशाली भएको नाटक गरिरहनुभएको छैन र? तपाईँले हामीलाई तुच्छ ठानिरहनुभएको छ।” तर यी मानिसहरूसँग धेरै वर्षसम्म अन्तरक्रिया गरेपछि, म आफ्नो हृदयभित्रबाट सुस्केरा हाल्दै भन्छु, “तिमीहरूले साँच्चै मलाई तिमीहरूका लागि यति धेरै कष्ट उठाउन लगाएका छौ! तिमीहरूको क्षमता कमजोर छ र तिमीहरूको विद्रोहीपन ठूलो छ। मैले साँच्चै तिमीहरूलाई तुच्छ ठानिरहेको छैनँ।” म तिमीहरूमाझ सबैभन्दा कम देखिने र सबैभन्दा कम ध्यान पर्ने व्यक्ति हुँ अनि बोली, रूप, उचाइ वा सिकाइको हिसाबमा भए पनि, तिमीहरू मलाई तिमीहरूभन्दा तल्लो स्तरको पाउँछौ, तर यी वर्षहरूमा तिमीहरूसँगको मेरो खास सम्पर्क र अन्तरक्रियाहरूद्वारा, मैले भन्न सक्ने एउटै मात्र कुरा के हो? तिमीहरूले देहधारी परमेश्‍वरलाई पछ्याउनका लागि रोजेको मार्ग सही छ भन्‍ने तथ्यबाहेक, तिमीहरूसँग अरू केही पनि छैन। तिमीहरू जीवन वास्तविकताविनाका खाली खपटाहरू मात्रै हौ। तिमीहरूको मानव जीवनको हकमा भन्दा, यो पूर्ण रूपमा अस्तव्यस्त र भद्रगोल मात्रै छ। धेरैजसो मानिससँग कुनै साँचो सीप वा वास्तविक सिकाइ हुँदैन, तिनीहरूलाई कसरी जिउने भन्‍ने थाहा हुँदैन, तिनीहरूलाई वातावरण कसरी व्यवस्थापन गर्ने वा पशुहरूलाई कसरी व्यवस्थापन गर्ने भन्‍ने थाहा हुँदैन र तिनीहरूलाई आफ्नो व्यक्तिगत सरसफाइको कसरी ख्याल राख्ने भन्‍ने थाहा हुँदैन। तिनीहरूसँग आफूले गर्ने हरेक कुरामा कुनै प्रक्रियाहरू हुँदैनन्, तिनीहरू अव्यवस्थित हुन्छन् र तिनीहरूलाई कामकुराहरू कसरी सुरु गर्ने वा कसरी समाप्त गर्ने भन्‍ने थाहा हुँदैन। तिनीहरूको चरित्र पनि खराब हुन्छ। कामकुराहरू गर्दा तिनीहरूमा गम्भीर, जिम्मेवार, सख्त र सूक्ष्म रूपले काम गर्ने मनोवृत्तिको कमी हुन्छ। तिनीहरू सित्तैमा खान झाराटारुवा रूपमा मात्रै कार्य गर्छन्, दिनदिनै झारा टार्छन्। तैपनि यी मानिसहरूसँग अत्यधिक चाहनाहरू हुन्छन्, तिनीहरू आफूलाई अरूभन्दा राम्रो ठान्छन् र तिनीहरू प्रमुख बन्न र अरूलाई काम गर्न लगाउन आदेश दिन चाहन्छन् तर अफसोसको कुरा, तिनीहरूमध्ये कसैसँग पनि त्यो क्षमता हुँदैन। मलाई प्रमुख बनेर आदेश दिन मन पर्दैन, न त मलाई उच्च स्थानमा बसेर आदेश दिन र मानिसहरूलाई के गर्ने भनेर अह्राउन नै मन पर्छ। मलाई त केवल वास्तविक काम गर्न, हरेक काम सफासँग र प्रभावकारी रूपमा गर्न, तिनलाई व्यवस्थित रूपमा राम्ररी गर्न र अन्त्यसम्म अत्यन्तै गम्भीरताका साथ तिनको जिम्मेवारी लिन मन पर्छ। तर धेरैजसो मानिससँग साँच्चै आवश्यक क्षमता नै हुँदैन। तिनीहरू यो जिम्मेवारी वहन गर्न सक्षम हुँदैनन् र तिनीहरूसँग आदेश दिने सीप वा क्षमता हुँदैन। मैले के भन्नैपर्छ भने तिमीहरू वातावरण व्यवस्थापन गर्न वा कायम राख्न सक्दैनौ। मेरो मनमा एउटा निश्‍चित खाका र एउटा निश्‍चित योजना छ, त्यसैले म तिमीहरूलाई आफ्नो योजना बताउँछु। म तिमीहरूलाई कसरी काम गर्ने, कामकुराहरू कसरी व्यवस्थित गर्ने, कहाँ रूख रोप्ने, कहाँ घाँस लगाउने, कहाँ के निर्माण गर्ने, निश्‍चित कुराहरू कहाँ राख्न उपयुक्त हुन्छ अनि निश्‍चित कुराहरू कसरी व्यवस्थापन गर्ने भनेर बताउँछु, त्यसपछि तिमीहरू गएर त्यो गर्छौ—त्यति गरे पुग्छ। जब तिमीहरू काम सिध्याउँछौ, तब सबैले गरिएको कुरा वास्तवमै निकै राम्रो देखिन्छ भन्ने देख्छन्। मैले यी मानिसहरूसँग पाँच वा छ वर्षसम्म अन्तरक्रिया गरेको छु अनि तिनीहरूका सीप र क्षमताहरू सबै उदाङ्गिएका छन्। मलाई अब के थाहा भयो भने यस मानवजातिका सदस्यहरू सायद सबै यस्तै छन्। मैले विभिन्‍न देशहरूका चुनिएका मानिसहरूसँग जीवन नबिताए पनि, तिमीहरूको खास अवस्था अमेरिकाका चिनियाँ मण्डलीहरूमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूको जस्तै हुनुपर्छ। म यी मानिसहरूसँग अन्तरक्रिया गर्छु, त्यसैले तिनीहरू अलिकति अतिरिक्त लाभ पाउँछन् र तिनीहरू मेरो निगाहमा थोरै रमाउँछन्। तिमीहरू टाढा छौ र म तिमीहरूको सम्पर्कमा आउन सक्दिनँ, त्यसैले तिमीहरू सत्यता मात्रै पछ्याउन सक्छौ। परिणाम उस्तै हुन्छ।

यस पटक काम गर्न देह बन्नुहुँदा, परमेश्‍वर मुख्य रूपमा विभिन्‍न सत्यताहरूमा सङ्गति गर्नुहुन्छ, जसले मानिसहरूलाई हरेक सत्यता बुझेर, स्विकारेर र अभ्यास गरेर मुक्तिको मार्गमा लाग्न अनि अन्ततः मुक्ति हासिल गर्न सक्षम तुल्याउँछ र यसरी परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको योजनाको काम समाप्त हुनेछ; परमेश्‍वरले गर्नुपर्ने काम यही हो। यस कामको कति भाग मानिसहरूका धारणाहरूसँग मिल्दैनन् वा मानिसहरूले देखेअनुसार स्वर्गमा हुनुहुने परमेश्‍वरअनुरूप छैनन् भन्‍ने कुराको हकमा भन्दा, तिनीहरूले यी सबै कुरा त्याग्नुपर्छ। तँसँग जस्तोसुकै धारणाहरू भए पनि, देहधारी परमेश्‍वरले बोलेका वचनहरू र उहाँले गरेको कामले यदि सत्यता र परमेश्‍वरका अभिप्रायहरू व्यक्त गर्छन्, परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्न सक्छन् अनि परमेश्‍वरको स्वभाव र पहिचानलाई प्रतिनिधित्व गर्न सक्छन् भने, तैँले ती स्वीकार गर्नुपर्छ र गल्ती खोज्नु हुँदैन। यसबाहेक, यदि तँ निरन्तर रूपमा गल्ती खोज्छस् र देहधारी परमेश्‍वरका बारेमा यस्तो वा त्यस्तो धारणा राख्छस्, जसले तँलाई सत्यता स्विकार्नबाट सधैँ रोक्छ भने, यो तेरा लागि सबैभन्दा समस्याजनक कुरा हो; यसले तँलाई हानि मात्रै गर्नेछ, अलिकति पनि फाइदा गर्नेछैन। त्यसकारण, तैँले देहधारी परमेश्‍वरलाई आफ्ना धारणा र कल्पनाहरूका आधारमा व्यवहार गर्नु हुँदैन, न त तैँले आफ्ना धारणा र कल्पनाहरू प्रयोग गरेर देहधारी परमेश्‍वरको मूल्याङ्कन नै गर्न मिल्छ। बरु, तैँले देहधारी परमेश्‍वरका बारेमा आफ्ना सुरुका धारणा र कल्पनाहरू, साथै उहाँबारे आफ्ना हालैका धारणा र कल्पनाहरू त्याग्नुपर्छ। तैँले आफूसँग जस्तोसुकै धारणा र कल्पनाहरू भए पनि, तिनलाई इन्कार गर्नुपर्छ; तैँले तिनलाई चिरफार गर्नुपर्छ र चिन्नुपर्छ, त्यसपछि तिनलाई निन्दा गर्नुपर्छ र त्याग्नुपर्छ। तिनलाई त्यागेपछि मात्रै तँसँग परमेश्‍वरका वचनहरू र परमेश्‍वरले तँमा गर्ने मुक्तिको काम स्विकार्नका लागि सफा हृदय हुन सक्छ, त्यसपछि मात्रै तँ परमेश्‍वरसामु आउन सक्छस् र तँसँग मुक्ति हासिल गर्ने आशा हुन सक्छस्। देहधारी परमेश्‍वरले मानिसहरूलाई सत्यता प्रदान गर्नका लागि बोल्नु र मानिसहरूलाई सजाय दिने, न्याय गर्ने र मुक्ति दिने काम गर्नुका अतिरिक्त, वास्तवमा मानिसहरूको जीवनका केही मामिलासम्बन्धी केही उपयोगी मार्गदर्शन पनि दिनुहुन्छ। यस काममा सत्यता वा मानिसहरूलाई मुक्ति दिने काम समावेश नभए पनि र यो देहधारी परमेश्‍वरको सेवकाइभित्र समावेश भएको काम नभए पनि, मैले अमेरिकाका चिनियाँ मण्डलीहरूमा मानिसहरूसँगको आफ्नो सम्पर्क र अन्तरक्रियाहरूमा, तिनीहरूको जीवनका समस्याहरूसम्बन्धी प्रशस्त मार्गदर्शन, आलोचना र सुधार पनि गरेको छु। होइन र? (हो।) यो मैले त्यत्तिकै गर्ने काम मात्रै हो। धेरैजसो मानिस बाहिरी रूपमा केही हदसम्म सक्षम छन् जस्ता देखिन्छन् तर तिनीहरू कामको एउटा पनि जिम्मेवारी वहन गर्न सक्दैनन् र तिनीहरूको जिउने वातावरणसमेत पूर्ण रूपमा अस्तव्यस्त हुन्छ। यी मानिसहरूलाई दस वर्षभित्र तिनीहरूको जिउने वातावरण सफा राख्न र तिनीहरूको जीवनलाई सही मार्गमा ल्याउन लगाउनका लागि लगभग कुनै आशा नै छैनजस्तो देखेर, म केही कुरामा सहभागी भएँ र मैले तिनीहरूलाई मार्गदर्शन गरेँ, तिनीहरूलाई आँगन सफा गर्न र वातावरण व्यवस्थित गर्न मद्दत गरेँ। कतिपय ठाउँमा, कोठामा भएका टेबल, कुर्सी, सोफा र गमलाका बिरुवाहरू, भित्ताहरूमा झुन्ड्याइएका चित्र र ऐनाहरू अनि बाथरुमका सामानहरू सबै पूर्ण रूपमा अस्तव्यस्त थिए। यसलाई दुई वाक्यांशमा वर्णन गर्दा, यो “पूर्ण रूपमा अव्यवस्थित” थियो, जसले गर्दा “उभिने ठाउँसमेत थिएन।” भित्र यताउति हिँड्ने प्रयास गर्दासमेत कुनै कुरामा ठोक्किन्छ कि भन्‍ने चिन्ता हुन्थ्यो। मलाई त्यहाँ जाँदैपिच्छे भित्रभित्रै असह्य रूपमा निसास्सिएको महसुस हुन्थ्यो। घरभित्र चीजबीजहरू कसरी व्यवस्थित गरिएका छन् भन्‍ने देख्दा मलाई असहज महसुस हुन्थ्यो। सबै प्रकारका सामानहरू थुप्रो लगाएर राखिएका थिए र धेरै कुरा गलत ठाउँमा राखिएका थिए। अध्ययन कोठामा चामल र पीठोका बाल्टिनहरू थुप्रो लगाएर राखिएका थिए, तैपनि अन्न भण्डारण गर्नका लागि बनाइएका भान्साका क्याबिनेटहरूमा केही पनि थिएन। भाँडा राख्ने र्‍याकमा पेचकसहरू थिए र फ्रिजमा औजारका बाकसहरू थिए। मैले त्यहाँका मानिसहरूलाई भनेँ, “के तिमीहरूका औजारहरूलाई चिसो बनाउनुपर्छ? के तिमीहरूलाई ती बाहिर धेरै तातो होलान् भन्‍ने डर छ?” मलाई यो कुरा अकल्पनीय लाग्यो। मेरो एउटा बानी छ: घरभित्र पस्नेबित्तिकै, मलाई पहिले कुनै ठाउँ व्यवस्थित र उपयुक्त रूपमा मिलाइएको छ कि छैन र हरेक सामान हुनुपर्ने ठाउँमा राखिएको छ कि छैन भनेर हेर्न मन पर्छ। मैले तिनीहरूको ठाउँ एक-दुई पटक अवलोकन गरेँ र साँच्चै नै त्यो दृश्य सहन सकिनँ। मैले भनेँ, “मसँग आज केही खाली समय छ, त्यसैले म तिमीहरूको ठाउँ सफा गरिदिनेछु। मैले सफा गरिसकेपछि, यदि तिमीहरूलाई यो उपयुक्त लाग्यो भने, यसलाई यस्तै राख; यदि तिमीहरूलाई यो उपयुक्त लागेन भने, तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ।” मैले आधारभूत फर्निचरहरू के-के छन् भनेर मोटामोटी रूपमा अवलोकन गरेँ, त्यसपछि, ठाउँको आकार र संरचनाको आधारमा, मैले सबैलाई फर्निचर, भान्साका विभिन्‍न भाँडाकुँडाहरू, र तिनीहरूका लुगाहरू आ-आफ्नो ठाउँमा राख्न लगाएँ, तिनलाई उचित रूपमा व्यवस्थित गरेँ। मैले तिनीहरूलाई माकुराको जालो र भुइँको बालुवा र धुलो पनि सफा गर्न लगाएँ। सफा गरिसकेपछि, सबैलाई निकै राम्रो लाग्यो। तिनीहरूले पछि यो आधारभूत व्यवस्थापनलाई कायम राखे; तिनीहरूले यसलाई सफा मात्रै राख्नुपर्थ्यो। मैले मानिसहरूलाई तिनीहरूको आँगनको वातावरण डिजाइन गर्न पनि मद्दत गरेको छु। हामीले कतिपय ठाउँहरूमा फूल फुल्ने रूखहरू, र कतिपय ठाउँहरूमा मेपलका रूखहरू लगायौँ, र फूलबारीमा केही फूलहरू लगायौँ। यस्तो प्रकारको भूदृश्य निकै राम्रो हुन्छ। सबै कुरा व्यवस्थित गरिसकेपछि, कतिपय ठाउँहरूमा, यसलाई निकै राम्ररी कायम राखिन्छ, जबकि अन्य ठाउँहरूमा, कसैले पनि कुराहरूलाई गम्भीरतापूर्वक लिँदैनन् र तिनीहरूले केही पनि कायम राख्दैनन्। जब फूल र बिरुवाहरू अग्ला हुन्छन् र तिनले हाँगा हाल्छन्, तब तिनीहरूलाई तिनको काँटछाँट गर्नुपर्छ भन्‍ने समेत थाहा हुँदैन। म त सोच्छु, यी मानिसहरू मूर्ख हुन् कि के हुन्? वातावरण व्यवस्थित गरिसकेपछि, तिनीहरूलाई यो राम्रो छ कि छैन भन्‍ने थाहा हुँदैन, र तिनीहरूले कुन कुरा कहाँ राख्नुपर्छ भनेर भन्न सक्दैनन्। तैँले कोठामा एउटा टेबल राख्छस्, त्यसमाथि एउटा टेबल बत्ती राख्छस्, र टेबलको वरिपरि केही कुर्सीहरू राख्छस्। राती, बत्तीमुनि पुस्तकहरू पढ्दा र भजनहरू सुन्दा, कसैले यहाँ शान्त रूपमा आफ्नो आत्मिक भक्ति गर्नु निकै राम्रो हुन्छ। यो कुरा नबुझ्ने मानिसहरूलाई कोठामा पर्याप्त सामानहरू छैनन् भन्‍ने लाग्छ, त्यसैले तिनीहरूले थप दुई वटा साना टेबलहरू राख्छन्, र टेबलहरूमा केही चामल, पीठो, र कुकुरको खाना थुप्रो लगाएर राख्छन्। जहाँ अलिकति खाली ठाउँ हुन्छ, तिनीहरूले त्यहाँ सामानहरू कोच्छन्, र कोठालाई गोदाम जस्तो नदेखिउन्जेल भद्रगोल बनाउँछन्। तिनीहरूलाई सामानहरू छुट्ट्याएर र भण्डारण गरेर राख्दा ती सामान झिक्‍न असुविधाजनक हुन्छ भन्‍ने लाग्छ, र सबै कुरा एकै ठाउँमा थुप्रो लगाएर राख्दा कुनै पनि बेला तिनलाई झिक्‍न सुविधाजनक हुन्छ भन्‍ने लाग्छ। म भन्छु, “यो मानिसहरू जिउने वातावरण हो। यदि तँलाई यसको हेरचाह कसरी गर्ने वा यसलाई कसरी कायम राख्ने भन्‍ने थाहा छैन भने, यसरी बस्‍नु र सुँगुरको खोरमा बस्‍नुमा के फरक छ र?” कतिपय मानिसहरूले मैले आफू बस्ने वातावरण कसरी सफा राख्छु भन्‍ने कुरा हेर्छन् र यसबाट सिक्छन्; तिनीहरूले केही कुराहरू टिप्न र अलिकति बुझ्न सक्छन्। तर कतिपय मानिसहरूले त सिक्ने प्रयास समेत गर्दैनन्; तिनीहरूले आफ्नो बस्ने वातावरण वा आफ्नो व्यक्तिगत सरसफाइलाई कहिल्यै कायम राख्दैनन्। म जहाँ गए पनि, यदि मैले त्यो ठाउँ निकै सफा छ, त्यहाँ सामानहरूको थुप्रो छैन, र यो विलासी छैन, तर यो निकै सफा छ, पूर्ण रूपमा भद्रगोल छैन, र त्यहाँ कुनै फोहोर छैन भन्‍ने देखेँ भने, मलाई त्यहाँ बस्न निकै इच्छा लाग्छ। मलाई यो ठाउँ साँच्चै नै राम्रो छ; यो उज्यालो र सफा, र शान्त छ भन्‍ने लाग्छ। म आफै बस्ने ठाउँमा विलासी सामानहरू वा भव्य सजावटहरू आवश्यक पर्दैन। झूमरहरू, सिमन्स म्याट्रेसहरू, युरोपेली शैलीका फर्निचरहरू—मलाई यी कुराहरू आवश्यक पर्दैन। एउटा साधारण ओछ्यान, एउटा शृङ्गार गर्ने टेबल, एउटा डेस्क, र एउटा कुर्सी मात्रै भए पुग्छ। त्यहाँ बसेर, मैले पुस्तकहरू पढ्न, कम्प्युटर चलाउन, र गीतहरू सुन्न सक्छु। यो निकै राम्रो र निकै सरल हुन्छ। साधारण कुराहरू हुनु मुख्य कुरा होइन। मुख्य कुरा के हो? त्यो के हो भने सबै कुरा सफासँग राखिएको हुनुपर्छ। त्यहाँ पुस्तकहरू सफासँग मिलाएर राखिएका हुन्छन्। मैले हाल नलगाउने लुगाहरू समेत, म त्यत्तिकै जथाभावी फ्याँक्दिनँ; बरु, म तिनलाई पट्याउँछु र सफासँग राख्छु—तिनलाई हेर्दा तिनलाई व्यवस्थित रूपमा राखिएको छ भन्‍ने थाहा हुन्छ। टेबलहरू वा ड्रेसरमा कुनै धुलो हुँदैन; यदि छ भने, म त्यसलाई पुछ्छु। जब म कतिपय ठाउँमा जान्छु र कोठाहरू निकै सफा छन् भन्‍ने देख्छु, तब यसले घरको मालिक सरसफाइको बारेमा निकै गम्भीर छ भन्‍ने कुरा देखाउँछ। कतिपय ठाउँहरूमा, कोठामा भएका सामानहरू पूर्ण रूपमा अस्तव्यस्त हुन्छन्, र कपाल, धुलो, माकुराको जालो, कीराहरू, र अरू सबै कुराहरूले गर्दा यो निकै फोहोर पनि हुन्छ; यो घिनलाग्दो देखिन्छ। मलाई त्यस्तो ठाउँमा जान मन लाग्दैन। मलाई बस्न मन पर्ने ठाउँहरू विशेष गरी आरामदायक हुनुपर्छ भन्‍ने छैन, तर ती पक्कै पनि सफा र चिटिक्क हुनुपर्छ। कतिपय ठाउँहरूमा, भित्र पस्नेबित्तिकै एउटा अनौठो गन्ध आउँछ, र कसैले पनि कोठाका सामानहरू व्यवस्थित गरेको हुँदैन; यो पूर्ण रूपमा भद्रगोल हुन्छ। मलाई त्यस्तो ठाउँमा बस्न मन लाग्दैन। यदि म कुनै कुराको ख्याल राख्न त्यहाँ जानैपर्यो भने, म यसलाई सहने प्रयास गर्न सक्छु, तर अति भयो भने, म तिनीहरूलाई त्यो सफा गर्न लगाउँछु। कतिपय मानिसहरू सफा गर्न इच्छुक हुँदैनन्, यस्तो अवस्थामा म सीधै कुरा गर्छु। म भन्छु, “तेरो त्यो सुँगुरको खोर सफा गर्!” मलाई भन, यदि कसैलाई आफ्नो बस्ने वातावरण कसरी कायम राख्ने भन्‍ने समेत थाहा छैन भने, उसले के हासिल गर्न सक्छ? कतिपय ठाउँमा, भान्सा निकै सफा राखिएको हुन्छ। त्यहाँ लगभग कुनै झिँगा नै हुँदैन, खाना खाने टेबलमा कुनै धुलो हुँदैन, उब्रिएका खानाहरू जालीदार खाना छोप्ने कुराले छोपिएका हुन्छन्, सिङ्कको वरिपरि पानीका कुनै दागहरू हुँदैनन्, हरेक पुछ्ने कपडा सफा र चिटिक्क हुन्छ, र क्याबिनेटको ढोकाका कुनै पनि ह्यान्डलहरूमा चिल्लोका दागहरू हुँदैनन्। कति सफा हुन्छ! बस्ने वातावरण कसरी कायम राख्ने भनेर जान्नु भनेको यही हो। तर, धेरैजसो मानिसहरूलाई आफ्नो बस्ने वातावरण कसरी कायम राख्ने भन्‍ने थाहा हुँदैन। तैँले तिनीहरूलाई तिनीहरूका कोठाहरू सफा गर्न मद्दत गरिस् भने पनि, तिनीहरूले तिनलाई केही दिनसम्म मात्रै त्यस्तै राख्न सक्छन्। यदि तँ केही दिनपछि फर्किस् भने, त्यो पहिलेको भन्दा पूर्ण रूपमा चिन्नै नसकिने हुनेछ; तँलाई त तँ गलत कोठामा पसेछस् कि जस्तो लाग्‍नेछ। तर, धेरैजसो ठाउँहरूमा, म कसैको सुत्ने कोठामा जाँदिनँ; म बैठक कोठा, भान्सा, र खाना खाने कोठा जस्ता साझा ठाउँहरूमा मात्रै जान्छु। यदि मैले अस्वस्थकर ठाउँहरू फेला पारेँ भने, म तीमध्ये एक-दुई वटा सफा गर्नेछु। म प्रायजसो नजाने ठाउँहरूको हकमा भन्दा, तिनीहरूले तिनलाई आफूले चाहेअनुसार व्यवस्थित गर्न सक्छन्।

कतिपय मानिसहरू चलचित्रहरू वा गीत र नृत्यका कार्यक्रमहरू छायाङ्कन गर्दा आफूलाई निकै राम्ररी सफा गर्छन्, र निकै आकर्षक देखिन्छन्। तर कहिलेकाहीँ, विशेष परिस्थितिहरूमा, हामीले कामको मामलाहरूमा छलफल गर्न भिडियो कल गर्नुपर्ने हुन्छ, र कुनै तयारी नगरी, मेकअप नगरी, वा आफूलाई चिटिक्क नपारी, तिनीहरू भिडियो कलमा आउँछन्; मैले तिनीहरूलाई देख्नेबित्तिकै, म यस्तो सोच्छु, “यी मानिसहरू किन यति लथालिङ्ग छन्? तिनीहरूले आफूलाई सफा समेत गर्दैनन्। के तिनीहरू साँच्चै नै त्यति व्यस्त छन् त?” कतिपय मानिसहरूले आफ्नो सुत्ने कोठाभरि धेरै कबाडी सामानहरू लुकाएर राख्छन्। तिनीहरूले आफ्नो सिरानी र कम्बलमुनि कुकिज, सूर्यमुखीको बीउ, र यस्तै अन्य कुराहरू, साथै भित्री लुगा, मोजा, र कम्प्युटर, मोबाइल फोन, नोटबुक, र यस्तै अन्य कुराहरू समेत लुकाएर राख्छन्। जब तिनीहरू राती सुत्छन्, तब सुत्ने ठाउँ बनाउनका लागि तिनीहरूले यी कुराहरूलाई छेउमा धकेल्नुपर्छ। यी मानिसहरूले आफ्नो ओछ्यानको चार वर्ग मिटरभन्दा कम ठाउँलाई पनि सफा राख्न सक्दैनन्। तिनीहरूले ओछ्यानमा सबै कुरा राख्छन्, र तिनीहरूले कति दिनसम्म यसलाई सफा गर्दैनन् कसलाई के थाहा। जब तिनीहरूका कम्बलहरू ओसिला हुन्छन् र त्यसमा ढुसीको गन्ध आउँछ, तब तिनीहरूले तिनलाई घाममा सुकाउँदैनन्। कोठामा पस्नेबित्तिकै, दुर्गन्ध आउँछ, जुन तिनीहरूको स्वास्थ्यको लागि पनि खराब हुन्छ। जस्तोसुकै घर भए पनि, सुत्ने कोठामा हावा आउजाउ गर्ने हुनुपर्छ। घाम भित्र पस्न दिएपछि मात्रै हावा ताजा हुन सक्छ। सुत्ने डसना र ओढ्ने कम्बलहरूलाई बेलाबेलामा घाममा सुकाउनुपर्छ। यदि तिनमा अनौठो गन्ध आउँछ वा ती फोहोर भएका छन् भने, तिनलाई धुनुपर्छ। स्वस्थकर रहने एउटै मात्र तरिका यही हो। साथै, सिरानीमुनि सामानहरूको भद्रगोल राख्नु पूर्ण रूपमा अस्वीकार्य छ; ती कुराहरू त्यहाँ हुँदा, म त सुत्नै सक्दिनँ। कतिपय मानिसहरूको बानी यस्तो हुन्छ: तिनीहरूले आफ्ना सबै व्यक्तिगत सामानहरू सिरानीमुनि र ओछ्यानमुनि कोच्छन्। यदि तिनीहरूले कुनै कुरा भेट्टाउन सकेनन् भने, तिनीहरूले त्यो सामान त्यहाँ भेट्टाउन सक्छन् भन्‍ने पक्का हुन्छ। यस्ता खराब बानीहरू पुरुषहरूको मात्रै हुँदैन; अचम्मको कुरा त के छ भने, कतिपय जवान महिलाहरू पनि यस्तै हुन्छन्। यी मानिसहरू सामान्यतया बाहिरी रूपमा निकै सफा देखिन्छन्। जब तिनीहरूले भिडियोहरू छायाङ्कन गर्छन् र कार्यक्रमहरू बनाउँछन्, तब तिनीहरू निकै आकर्षक देखिन्छन्, र तिनीहरूको रूप पनि खराब हुँदैन। तिनीहरू निकै जीवन्त र मोहक देखिन्छन्। तिनीहरूलाई आफ्नो व्यक्तिगत बस्ने वातावरण कसरी कायम राख्ने भन्‍ने समेत किन थाहा हुँदैन र तिनीहरूले आधारभूत सरसफाइ समेत किन कायम राख्न सक्दैनन्? मलाई भन, त्यस्ता मानिसहरूले के हासिल गर्न सक्छन्? कुनै पनि कुरा गर्नका लागि आत्म-अनुशासन आवश्यक पर्छ; कामकुराहरू व्यवस्थित रूपमा र मिलाएर गर्नुपर्छ, र तँ लगनशील, होसियार, गम्भीर, र जिम्मेवार हुनुपर्छ—मानिसमा मानवताका यी गुणहरू हुनैपर्छ। यदि, तेरो आफ्नै निजी ठाउँ र वातावरणको हकमा, तँमा अल्छी, सुस्त, लापरवाह, र गैरजिम्मेवार मनोवृत्ति छ भने, तैँले मण्डलीका विभिन्‍न कामहरू कसरी राम्ररी गर्न सक्छस्? कतिपय मानिसहरूले यसो भन्छन्, “म काममा अत्यन्तै व्यस्त छु। मसँग यी कुराहरूको ख्याल राख्ने समय नै हुँदैन।” के यो एउटा बहाना होइन र? (हो।) स्पष्ट रूपमा भन्दा, त्यस्ता मानिसहरू अल्छी मात्रै हुन्।

सामान्य मानवता भएका मानिसहरू सबैका आफ्ना बस्ने वातावरण सम्बन्धी आवश्यकताहरू हुन्छन्। मेरो बस्ने वातावरण सम्बन्धी मेरा पनि आवश्यकताहरू छन्। कम्तीमा पनि, यो स्वस्थकर, सफा, र चिटिक्क हुनुपर्छ, र हेर्दा आरामदायक हुनुपर्छ। म यसबारे थप कुरा गर्नेछैनँ। परमेश्‍वरले यावत् थोकको सृष्टि र व्यवस्थापन गर्नुभएको कुरालाई नै लिऔँ—के उहाँले तिनलाई राम्ररी व्यवस्थापन गर्नुहुन्छ? परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोक—नदी र तालहरू र तिनमा भएका सबै कुराहरू, पहाड, उपत्यका, र मैदानहरू, र सबै प्रकारका पशु र बिरुवाहरू—उहाँद्वारा व्यवस्थापन गरिएका छन्। मलाई भन, के परमेश्‍वरले तिनलाई राम्ररी व्यवस्थापन गर्नुहुन्छ? (गर्नुहुन्छ।) के हरेक प्रकारका जीवित प्राणीहरूलाई राम्ररी व्यवस्थापन गरिएको छ? (गरिएको छ।) के कुनै भद्रगोल वा अस्पष्ट कुरा छ? (छैन, परमेश्‍वरले तिनलाई अत्यन्तै व्यवस्थित, प्रणालीबद्ध तरिकाले व्यवस्थापन गर्नुहुन्छ।) परमेश्‍वरले तिनलाई नियमितता, क्रम, सङ्गठन, र स्पष्टताका साथ, असाधारण लगनशीलता र होसियारीका साथ व्यवस्थापन गर्नुहुन्छ। मानव शब्दमा भन्दा, उहाँले यी कुराहरूको व्यवस्थापन खास गरी सफा र व्यवस्थित रूपमा गर्नुहुन्छ, कुनै पनि कुराले अर्को कुरालाई हस्तक्षेप गर्दैन, र कुनै पनि कुरा अस्तव्यस्त हुँदैन। हेर् त, महासागरहरूका आफ्नै सीमाहरू छन्, नदीहरूका आफ्नै दायरा छन्, र पहाड, जमिन, र मैदानहरूका आ-आफ्नै कार्यहरू छन्। कुन ठाउँमा कस्ता प्रकारका रूखहरू हुर्कन्छन्, र पशु, चराचुरुङ्गी, र जनावरहरू कस्ता वातावरण र क्षेत्रहरूमा हुर्कन्छन्—यी सबै व्यवस्थित गरिएका छन् र यिनको क्षेत्र निर्धारित गरिएका छन्। परमेश्‍वरले तिनलाई सिद्ध क्रममा व्यवस्थापन गर्नुहुन्छ। समुद्रका माछा र विभिन्‍न अन्य जीवित प्राणीहरू पनि असाधारण नियमिततामा रहेर बाँच्छन्। परमेश्‍वरले तिनीहरूका लागि सबै कुरा ठाउँमा राखिदिनुभयो। हरेक प्रकारका जीवित प्राणीको जिउने दायराको आधारमा, उहाँले त्यसको जिउने बानी, दिनचर्या, र यसका लागि उपयुक्त तापक्रम स्थापित गर्नुभयो, र उहाँले यसलाई आवश्यक पर्ने खाना पनि सृष्टि गर्नुभयो। परमेश्‍वरले हरेक मामलाको विचार गर्दा विशेष रूपमा विस्तृत तरिकाले विचार गर्नुहुन्छ, र यावत् थोकलाई विशेष रूपमा व्यवस्थित तरिकाले व्यवस्थापन गर्नुहुन्छ। अब हेर: मानिसहरूले आफ्नो वातावरण कसरी कायम राख्छन्? तँलाई एउटा मण्डली वा क्षेत्र व्यवस्थापन गर्न लगाउने कुरा त बिर्सिदे—तैँले तेरो आफ्नै सुत्ने कोठा वा तँ विश्राम गर्ने ठाउँलाई समेत राम्ररी कायम राख्न सक्दैनस्। कतिपय मानिसहरूले आफ्नो ओछ्यान जस्तो सानो ठाउँलाई समेत सफा राख्न सक्दैनन्। मलाई भन्, तँ के गर्न सक्षम हुन सक्छस् र? यो मानवताको अवगुण हो। स्वर्गमा हुनुहुने परमेश्‍वरले माग गर्नुभएका मानकहरूमा पुग्ने कुरा त परै जाओस्, यदि तँ देहधारी परमेश्‍वरले—अर्थात्, मैले—तँलाई गर्नू भनेर माग गरेको कुरामा समेत तँ पुग्न सक्छस् भने, त्यो नराम्रो होइन। यी सबै कुरा सामान्य मानवता भएका मानिसहरूले हासिल गर्नुपर्ने कुराहरू हुन्। यदि तँ सामान्य मानवताका मानकहरूमा समेत पुग्न सक्दैनस् भने, तँलाई मुक्ति हासिल गर्न साँच्चै नै अलिक गाह्रो हुनेछ। आफ्नो वातावरण कायम राख्ने कुराको हकमा मानिसहरूका लागि गरिएका मागहरू यिनै हुन्। यदि मानिसहरूले यसमा अलिकति प्रयास गरे भने, तिनीहरूले यी मागहरू पूरा गर्न सक्छन्; यो कुनै गाह्रो कुरा होइन। तेरो आफ्नै बस्ने वातावरण कायम राखेर तेरो प्रवेश सुरु गर्; त्यसपछि, तेरो काम र तैँले निर्वाह गर्ने कर्तव्यलाई व्यवस्थापन गर्न सिक्। अलि-अलि गर्दै यी कुराहरूमा प्रवेश गर्, सामान्य मानवता सम्बन्धी केही असल बानीहरू विकास गर्, र सामान्य मानवता भएका मानिसहरूले हासिल गर्न सक्ने केही काम गर्ने वा जिउने क्षमताहरू संवर्धन गर्। अलि-अलि गर्दै, तैँले यस सामान्य मानवताभित्र जिउने प्रयास गर्दा, तैँले केही सकारात्मक, असल जिउने बानीहरू र बस्ने वातावरणहरू अपनाउनुपर्छ, र बिस्तारै तिनलाई तेरो सामान्य मानवताको हिस्सा बनाउनुपर्छ। यो कुरा तेरो कर्तव्यको निर्वाह, तेरो काम, र तेरो अस्तित्वको लागि लाभदायक हुनेछ। होइन र? (हो।) यी कुराहरू दैनिक जीवनसँग सम्बन्धित केही मामलाहरू हुन्।

देहधारी परमेश्‍वर देह हुनुभएकाले, उहाँसँग सामान्य मानवता र सृजित मानवजातिका नैसर्गिक प्रवृत्तिहरू हुनैपर्छ, र उहाँ सृजित मानवजातिको जीवनको दायराभित्र जिउनैपर्छ। त्यसकारण, देहधारी परमेश्‍वरमा पनि सामान्य मानवताका केही आवश्यकता र प्रकटीकरणहरू हुन्छन्। बाहिरी रूपमा यी आवश्यकता र प्रकटीकरणहरू परमेश्‍वरको पहिचान र सारसँग, वा परमेश्‍वरले प्रतिनिधित्व गर्नुहुने परमेश्‍वरको स्वभावसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभए पनि—ती कम्तीमा पनि स्वर्गमा हुनुहुने परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने सामान्य मानवताअनुरूप हुन्छन्; ती कुराहरू यसको विपरीत हुँदैनन्, अनि यी कुराहरू पटक्कै बाझिँदैनन्। यसबाहेक, देहधारी परमेश्‍वरको सामान्य मानवताका प्रकाश र अभिव्यक्तिहरूले मानवजातिलाई कुनै हानि गर्दैनन्। देहधारी परमेश्‍वरले सामान्य मानवताको दायराभित्र रहेर तँसँग जेसुकै माग गर्नुभए पनि, र उहाँले तँसँग अन्तरक्रिया गर्दा जेसुकै प्रकाश गर्नुभए पनि, यी कुराहरूले तँलाई पक्कै पनि चोट पुर्‍याउनेछैनन्, र तिनले तँलाई पक्कै पनि हानि गर्नेछैनन्। परमेश्‍वरले तँलाई हानि गर्ने कुराहरू नगर्नुहुने मात्र होइन, तर उहाँले सामान्य मानवता भएको आफ्नो मानवताको दायराभित्र रहेर—आफूले गर्न चाहनुभएको काम गर्नुहुनेछ, आफूले बोल्न चाहनुभएका वचनहरू बोल्नुहुनेछ, र आफूले व्यक्त गर्न चाहनुभएको स्वभाव र सार व्यक्त गर्नुहुनेछ, र मानिसहरूलाई परमेश्‍वरको अघि डोर्‍याउनुहुनेछ, र मुक्ति हासिल गर्ने मार्गमा डोर्‍याउनुहुनेछ। त्यस्ता देहधारी परमेश्‍वरको बाहिरी रूप तँलाई जतिसुकै नगण्य, र जतिसुकै सामान्य र व्यावहारिक लागे पनि, र उहाँ सृजित मानवजातिमाझ जतिसुकै साधारण र सामान्य हुनुभए पनि, उहाँले जिउनुहुने सामान्य मानवताले अझै पनि परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्छ, र यो परमेश्‍वर स्वयम्‌सँग सम्बन्धित हुन्छ। त्यसैले, उहाँले सामान्य मानवता प्रकाश गर्नुभएको वा सामान्य मानवतासँग सम्बन्धित केही कुराहरू गर्नुभएको कारणले मात्रै—जस्तै तेरो बस्ने वातावरण सफा गर्न वा तेरो वरपरको वातावरण व्यवस्थापन गर्न तँलाई मद्दत गर्नुभएको कारणले—तैँले यस्तो सोच्नु हुँदैन, “परमेश्‍वरले यी कुराहरू कसरी गर्न सक्नुहुन्छ? के उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वर हुनुहुन्न र? के उहाँले परमेश्‍वर स्वयम्‌को काम गरिरहनु पर्दैन र? उहाँले यी कुराहरू कसरी व्यवस्थापन गरिरहन सक्‍नुहुन्छ? के यो सानो कामका लागि ठूलो हतियार प्रयोग गर्नु जस्तै होइन र?” यदि तँमा यी विचारहरू छन् भने, तँ पूर्ण रूपमा र नितान्त गलत छस्। कतिपय मानिसहरूले यस्तो पनि सोच्न सक्छन्, “परमेश्‍वर देहधारी परमेश्‍वर हुनुहुन्छ—के यी देहधारी परमेश्‍वर उच्च र महान् हुनुहुन्छ? के उहाँ सांसारिक कुराहरूबाट अलग हुनुहुन्छ? के उहाँ जिउनुहुने वातावरण, उहाँको जीवनको दायरा, वा जीवनका लागि उहाँका मागहरू हामी साधारण मानिसहरूका भन्दा फरक छन्?” म तँलाई भन्छु, यी देहधारी परमेश्‍वरको जीवनका हरेक पक्षका प्रकटीकरणहरू अत्यन्तै साधारण र अत्यन्तै सामान्य छन्; ती पटक्कै उच्च छैनन्, र धेरैको नजरमा ती केवल नगण्य समेत छन्। आफ्नो जीवनस्तरका लागि उहाँका कुनै कडा मागहरू वा अत्यधिक चाहनाहरू छैनन्; उहाँ केवल सबैभन्दा सरल, सबैभन्दा सादा तरिकाले जिउन मन पराउनुहुन्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “के देहधारी परमेश्‍वरलाई उच्च मानकको जीवनको आनन्द कसरी लिने भन्‍ने थाहा छैन?” मलाई त्यो नआउने साँच्चै होइन, न त म राम्रा कुराहरूसँग अपरिचित नै छु। यति हो कि मलाई त्यस्ता कुराहरू मन पर्दैन। मेरा त्यस्ता प्रकारका मागहरू छैनन्। जीवनका लागि मेरा माग र मानकहरू साधारण मानिसहरूका जस्तै छन्: गर्मीमा केही भुटेका परिकार र सलादहरू खाने, जाडोमा केही झोलिलो परिकार र झोलिलो तोफु खाने, चिसो हुँदा र हिउँ पर्दा केही मःमः खाने। कतिपय मानिसहरूले यसो भन्छन्, “त्यसोभए के तपाईंलाई खाना पकाउन आउँछ?” मलाई खाना पकाउन पनि आउँछ, र म हातले बेलेको चाउचाउ बनाउन सक्छु। केही वर्षअघि, म स्टिम गरेका बन र बटारेका रोलहरू पनि बनाउँथेँ, भाँडा माझ्थेँ र सफा गर्थेँ। म मेरा सिरकहरू निकै चिटिक्क पारेर पट्याउँछु। मेरा लुगाहरू अलिकति फोहोर हुनेबित्तिकै म धुन चाहन्छु, र मलाई अनौठो गन्ध मन पर्दैन। जीवनको कुरामा मेरा मागहरू कडा छैनन्। मलाई शान्त वातावरण मन पर्छ र होहल्ला मन पर्दैन। म धेरै मानिसहरूले ठूलो स्वरमा कुरा गर्ने र धेरै होहल्ला हुने ठाउँहरूमा बस्न चाहन्नँ, र मलाई सहरहरू मन पर्दैन। मलाई भन, के यो उच्च मानकहरू हुनु हो? (होइन।) म कारमा चढ्दा, भित्र शान्त हुनुपर्छ र त्यति भए पुग्छ। मलाई एयर कन्डिसन धेरै चिसो बनाउन मन पर्दैन, र हिटरको कुरा गर्दा, यो अलिकति न्यानो भए भने र बाक्लो ज्याकेट लगाउँदा मलाई जाडो महसुस भएन भने हुन्छ। फर्निचर किन्दा, म धेरै कुराहरू अटाउन सक्ने ठूला दराजहरू किन्न मन पराउँछु, ताकि मैले भित्र राखेका जुनसुकै कुराहरू चिटिक्क पारेर मिलाउन सकियोस्। म आफूले प्रयोग गर्ने कुराहरू सफा राख्न मन पराउँछु। लामो समयसम्म प्रयोग गरेपछि ती पुराना भए पनि, तिनमा पसिनाको दाग हुँदैन र तिनमा अनौठो गन्ध आउँदैन, तिनमा कुनै कपाल वा चाया हुने कुरा त झनै हुँदैन। म दराजमा राख्नुअघि आफूले लगाएका लुगाहरू पक्कै पनि धुन्छु; म दराजमा कहिल्यै फोहोर लुगाहरू राख्दिनँ। जिउने कुरामा मेरा मागहरू कडा छैनन्। मैले कुकुर पाल्दा, म कुनै विशिष्ट जातको पाल्दिनँ; यो आज्ञाकारी, दयालु, र समझदार भयो भने, यसले समस्या दिएन भने, र यसले निरन्तर बाहिर घुम्न वा खेल्न जान चाहँदैन भने, त्यति नै पर्याप्त हुन्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “के देहधारी परमेश्‍वरलाई उच्च-स्तरीय, आकर्षक कुराहरू मात्रै मन पर्छ?” म त्यस्ता कुराहरूसँग अपरिचित छैन, तर मलाई ती साँच्चै मन पर्दैन। मलाई व्यावहारिक कुराहरू मन पर्छन्—चाहे ती मेरा लुगाहरू होऊन्, मैले प्रयोग गर्ने कुराहरू होऊन्, वा मेरो बस्ने ठाउँ होस्, यो व्यावहारिक छ भने, त्यति नै पर्याप्त हुन्छ। यदि धेरै वर्षसम्म लगाउन सकिने कुनै लुगा वा जुत्ता छ र त्यो मलाई चाहिने कुरा हो भने, म पक्कै पनि त्यो किन्छु। यदि कुनै सामान अत्यन्तै उच्च-स्तरीय, बहुमूल्य, र मूल्यवान् छ, तर त्यो मैले दशकमा एक पटक मात्रै प्रयोग गर्ने कुरा हो भने, त्यो मलाई सित्तैमा दिइए पनि मलाई चाहिँदैन। मलाई त्यस्ता कुराहरू मन पर्दैन। कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईंको कम्प्युटरका लागि, के तपाईं सबैभन्दा महँगो, सबैभन्दा उच्च-स्तरीय, सबैभन्दा अत्याधुनिक, र सबैभन्दा छिटो चल्ने कम्प्युटर प्रयोग गर्नुहुन्छ?” मैले प्रयोग गर्ने कम्प्युटर ठिक्‍क रूपमा छिटो चल्छ, तर यो सबैभन्दा उच्च-स्तरीय होइन। मैले यसलाई मौसम हेर्न र सन्देशहरू पढ्न, र केही दैनिक कामहरू गर्नका लागि प्रयोग गर्न सकेँ भने, त्यति नै पर्याप्त हुन्छ। मैले जुनसुकै उपकरणहरू प्रयोग गरे पनि, म कहिल्यै सबैभन्दा उच्च-स्तरीय उपकरणहरू प्रयोग गर्दिनँ; साधारण, व्यावहारिक उपकरणहरू भए पुग्छ। मेरा साधारण सामानहरू प्रयोग गरेर पुराना भए पनि, म तिनलाई पूर्ण रूपमा सफा र क्षतिरहित राख्न, र ती सामान्य रूपमा प्रयोग गर्न सकियोस् भनेर सुनिश्चित गर्न सक्दो प्रयास गर्छु।

मानिसहरूसँग अन्तरक्रिया गर्दा देहधारी परमेश्‍वरले पनि छनौट गर्नुहुन्छ। उहाँलाई व्यापक रूपमा घुलमिल हुन मन पर्दैन, न त उहाँलाई मानिसहरूसँग अत्यन्तै गहिरो सम्बन्ध राख्न नै मन पर्छ। तर, अरूसँग अन्तरक्रिया गर्दा, उहाँसँग मानिसहरूका बारेमा केही आधारभूत रायहरू र तिनीहरूबाट गरिने मागहरू पनि हुन्छन्; कम्तीमा पनि, उहाँले अन्तरक्रिया गर्नेहरूले अरूलाई इमानदारीपूर्वक व्यवहार गर्नुपर्छ। एक प्रकारको व्यक्ति हुन्छ जसले बोल्दा धाक मात्रै लगाउँछ र ठूला-ठूला कुरा गर्छ। तिनीहरूले भन्ने दशमध्ये नौ वटा कुराहरू असत्य र अव्यावहारिक सुनिन्छ, वा तिनीहरूका शब्दहरूमा अरूप्रतिको तिरस्कार र हेला मिसिएको हुन्छ, र तिनीहरूले खराब अभिप्रायहरू बोकेका हुन्छन्। त्यस्ता मानिसहरूसँग जति पटक कुरा गर्दा र अन्तरक्रिया गर्दा पनि, तिनीहरू यस्तै हुन्छन्; तिनीहरू वास्तवमा कस्ता छन् भनेर कहिल्यै जडसम्म पुग्न सकिँदैन, र तिनीहरूको इमानदारीलाई महसुस गर्न सकिँदैन। त्यस्ता मानिसहरू अविश्वसनीय र चञ्चल हुन्छन्; तिनीहरू आवारा हुन्, र मलाई तिनीहरूसँग सङ्गत गर्न मन पर्दैन। अर्को प्रकारको व्यक्ति हुन्छ जसले सधैँ झूट बोल्छ र व्यर्थको कुराकानी गर्न र बकवास बोल्न मन पराउँछ, कहिल्यै कुनै वास्तविक कुरा गर्दैन। यदि तैँले तिनीहरूलाई कुनै कुराको बारेमा सोधिस् र गम्भीर उत्तर प्राप्त गर्ने प्रयास गरिस् भने, तिनीहरूले कुरा घुमाउँछन् र तँलाई सत्यता बताउँदैनन्। म सधैँ तिनीहरूसँग पूर्ण रूपमा साँचो तरिकाले बोल्छु र तिनीहरूलाई होच्याउँदिनँ, तिनीहरूलाई हानि गर्ने कुरा त झनै परको हो, तैपनि तिनीहरूले मलाई सत्यता बताउँदैनन्; त्यस्ता मानिसहरूसँग कुराकानी गर्ने कुनै उपाय हुँदैन। एउटा प्रकार भनेको धाक लगाउने, ठूला-ठूला कुरा गर्ने, र चञ्चल हुने आवाराहरू हुन्—मलाई त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्न मन पर्दैन। अर्को प्रकार भनेको सधैँ झूट बोल्ने र कहिल्यै कुनै वास्तविक कुरा नगर्नेहरू हुन्; मलाई यस्ता प्रकारका मानिसहरूसँग अन्तरक्रिया गर्न पनि मन पर्दैन—मलाई त्यस्ता मानिसहरूप्रति घिन लाग्छ र म तिनीहरूलाई घृणा गर्छु। यदि मैले मण्डलीको काम गर्ने क्रममा त्यस्ता मानिसहरूको सामना गर्नुपर्यो भने, म त्यो सहन सक्छु—त्यो भनेको कुराहरूलाई पूर्ण रूपमा काममा नै सीमित राख्नु हो। यदि सम्हाल्नुपर्ने कुनै काम छैन भने, म त्यस्ता मानिसहरूबाट टाढा बस्न सक्दो प्रयास गर्छु र तिनीहरूसँग अन्तरक्रिया गर्दिनँ। अर्को प्रकारको व्यक्ति पनि हुन्छ: तिनीहरूसँग कुनै वास्तविक कामकुरा हुनुभन्दा अघि नै, तिनीहरूले तँलाई कसरी प्रयोग गर्न सक्छन्, तिनीहरूले तँबाट कसरी केही उपयोगी जानकारी निकाल्न सक्छन्, तिनीहरूले तँबाट कसरी पैसा कमाउन सक्छन्, वा तेरो सहानुभूति, भरोसा, र उच्च सम्मान प्राप्त गर्न तिनीहरूले तँलाई कसरी छल गर्न सक्छन् भनेर हिसाबकिताब गर्न थाल्छन्। तिनीहरूले तेरो विरुद्धमा दाउपेच गर्न हरेक सम्भव उपाय सोच्छन्। मलाई त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्न मन पर्दैन; मलाई तिनीहरूप्रति घिन लाग्छ, र म तिनीहरूबाट जति सक्दो टाढा बस्छु। अर्को प्रकारको व्यक्ति पनि हुन्छ: तैँले ऊसँग अलिकति सङ्गत मात्रै गरे पुग्छ र उसले तँसँग आफ्नो स्तर कस्तो छ भनेर हेर्ने प्रयास गर्नेछ र आफूलाई तँसँग तुलना गर्नेछ, र तँप्रति डाहा समेत गर्नेछ। उदाहरणका लागि, यदि तैँले कपाल काटिस् भने, तिनीहरूले तँलाई कपाल काटेकोले नराम्रो देखियो भनेर भन्नेछन्, तर दुई-चार दिनपछि, तिनीहरूले ठ्याक्कै त्यस्तै कपाल काट्नेछन्। वा तिनीहरूले तँलाई राम्रा लुगा लगाएको देख्नेछन् र तैँले ती कहाँबाट किनिस् भनेर सोध्नेछन्, तेरो अनुहार निकै कालो छ, शैली पुरानो छ, ती तँलाई सुहाउँदैन, र यस्तै अन्य कुराहरू भन्‍नेछन्, तर केही दिनपछि, तिनीहरूले ठ्याक्कै त्यस्तै लुगा किन्छन् र ती प्रदर्शन गर्दै तेरो वरिपरि निरन्तर घुमिरहन्छन्। तँसँग भएका हरेक कुरा, तिनीहरूले देखे भने, तिनीहरूसँग पनि त्यो हुनैपर्छ। यदि तैँले पचास सेन्ट प्रति पाउन्डमा केही बन्दागोभी किनिस् भने, तिनीहरूले यसो भन्छन्, “त्यो त धेरै महँगो भयो!” तर तिनीहरू फर्केर एक डलर प्रति पाउन्डमा बन्दागोभी किन्न अर्को पसलमा जान्छन्, र यसो समेत भन्छन्, “मैले किनेका तरकारीहरू तेराभन्दा सस्ता छन्।” के तिनीहरूले ठाडै झूट बोलिरहेका हुँदैनन् र? तँ तिनीहरूसँग त्यति परिचित हुँदैनस्, र तिनीहरूसँग तेरो कुनै नजिकको लेनदेन हुँदैन, तैपनि तिनीहरूले तँसँग प्रतिस्पर्धा गर्ने प्रयास गर्छन् र यसरी तेरो डाहा गर्छन्, हरेक कुरामा आफूलाई तँसँग तुलना गर्छन्; तैँले जे भने पनि तिनीहरूले तँलाई उछिन्ने प्रयास समेत गर्छन्। के यो बहुला कुकुरलाई भेटे जस्तो होइन र? जब म त्यस्ता मानिसहरूलाई भेट्छु, तब म तिनीहरूबाट तर्किन्छु र तिनीहरूलाई बेवास्ता गर्छु; सामान्य मानवता नभएको यस्तो प्रकारको व्यक्तिसँग मिलजुल हुनु असम्भव हुन्छ। अर्को प्रकारको व्यक्ति पनि हुन्छ, जसलाई तिमीहरूले पनि भेटेका छौ होला; यस्तो प्रकारको व्यक्तिसँग उठबस गर्न अत्यन्तै गाह्रो हुन्छ। उदाहरणका लागि, तिनीहरूले कोठामा गर्मी भयो भनेर गुनासो गर्छन्। यदि तैँले तिनीहरूलाई हावा आओस् भनेर ढोका खोल्न भनिस् भने, तिनीहरूले भन्छन्, “होइन, ढोका खोल्यो भने झिँगाहरू भित्र आउँछन्।” यदि तैँले जालीको ढोका हाल्न सुझाव दिइस् भने, तिनीहरूले त्यसो गर्दा आउन र जान झन्झट हुन्छ भनेर भन्छन्। यदि तैँले तिनीहरूलाई पङ्खा चलाउन भनिस् भने, तिनीहरूले हावाको झोक्काले रुघा लाग्ने डर लाग्छ र त्यसले बिजुली खेर जान्छ भनेर भन्छन्। यदि कोठामा गर्मी भयो भनेर गुनासो गर्दा तैँले दिएको हरेक सुझावलाई खारेज गर्ने यस्तो व्यक्तिलाई भेटिस् भने, यो व्यक्ति साँच्चै नै सम्हाल्न गाह्रो व्यक्ति हो भनेर तैँले थाहा पाउनेछस्। तिनीहरू कस्ता तुच्छ चीज हुन्? के तिनीहरूले सही वचनहरू स्वीकार गर्न सक्छन्? (सक्दैनन्। तिनीहरूमा सामान्य मानवता हुँदैन।) त्यसोभए के तिमीहरू अझै पनि तिनीहरूसँग बोल्छौ त? (बोल्दैनौँ।) जब म यस्तो प्रकारको व्यक्तिलाई भेट्छु, तब म मेरो हृदयमा तिनीहरूको बारेमा एउटा छवि बनाउँछु: “अहो, त्यसोभए तँ यस्तो प्रकारको व्यक्ति पो होस्। तँमा सामान्य मानवता छैन, तैँले सही वचनहरू स्वीकार गर्दैनस्, तँ सधैँ नाटीकुटी गर्छस् र गल्ती खोज्छस्, र तँ जानी-जानी अरूलाई गाह्रो बनाउन कठिन समस्याहरू खडा गर्न मन पराउँछस्। तँ पटक्कै असल छैनस्।” यस्तो प्रकारको व्यक्तिलाई कसरी चित्रण गरिनुपर्छ? आम भाषामा, त्यस्ता मानिसहरूलाई “नकारात्मक कुरा गर्नेहरू” भनिन्छ; यस्ता मानिसहरूले कुनै पनि तर्क वा समझको कुरा सुन्दैनन्। तिनीहरू कोठामा गर्मी भयो भनेर गुनासो गर्छन्, तर तैँले जुनसुकै समाधान प्रस्ताव गरे पनि, उसले त्यो सुझाव गलत छ वा त्यसले काम गर्दैन भनेर भन्छ। तर, तँ कोठाबाट निस्कनेबित्तिकै, तिनीहरूले झिँगाहरू भित्र आउने वा हावाको झोक्काले रुघा लाग्ने कुराको चिन्ता नगरी तुरुन्तै ढोका र झ्यालहरू खोल्छन् र पङ्खा चलाउँछन्। त्यस्ता मानिसहरूसँग मेरो विचार मिल्दैन। तिनीहरूसँग कुराकानी गर्नु असम्भव हुन्छ, र मलाई तिनीहरूसँग अन्तरक्रिया गर्न मन पर्दैन। कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईंलाई यस्तो प्रकारको व्यक्ति मन पर्दैन, तपाईंलाई त्यस्तो प्रकारको व्यक्ति मन पर्दैन—के तपाईंलाई कोही मन पर्दैन भन्दैमा तपाईंले ऊसँग व्यवहार गर्न मिल्दैन र?” मलाई तिनीहरू मन पर्दैन भन्दैमा मैले तिनीहरूसँग व्यवहार गर्न मिल्दैन भनेर मैले भनिरहेको छैनँ। यदि मैले कामका लागि वा दैनिक जीवनमा तिनीहरूसँग अन्तरक्रिया गर्नुपर्‍यो भने, म त्यो सहन सक्छु। मलाई तिनीहरू मन पर्दैन भन्दैमा मैले त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्न इन्कार गर्न सक्दिनँ, नत्र भने काममा ढिलाइ हुन्छ वा गर्नैपर्ने निश्चित कुराहरूमा असर पर्छ। तर, आवश्यक नभएको बेला, म त्यस्ता मानिसहरूसँग पक्कै पनि अन्तरक्रिया गर्नेछैनँ।

अर्को प्रकारको व्यक्ति हुन्छ जसलाई उचित कामकुराहरूको बेवास्ता गर्दै, खान, पिउन र रमाइलो गर्न मात्रै मन पर्छ। यदि तिनीहरू जवान र अपरिपक्व भएकाले, तिनीहरूको चरित्र अझै स्थिर नभएकाले, वा तिनीहरूलाई घरमा पुलपुल्याइएकाले, तिनीहरूलाई उचित मामलाहरूमा कसरी ध्यान दिने वा उचित कामहरूमा कसरी केन्द्रित हुने भन्‍ने थाहा छैन भने—र तिनीहरूले कुनै प्राविधिक सीपहरू सिक्न वा ज्ञान र विशेषज्ञता हासिल गर्न प्रयास गर्दैनन् भने—यसलाई क्षमा गर्न सकिन्छ। तर, कतिपय मानिसहरू बीस, तीस, वा चालीस वर्षका भइसकेका हुन्छन्, र तिनीहरूले अझै पनि उचित कामकुराहरूलाई बेवास्ता गर्छन् र तिनीहरू दिनभरि बरालिएर हिँड्छन्। जब तिनीहरूसँग गर्नका लागि केही हुँदैन, तब तिनीहरू गफ हाँक्न, कुराकानी गर्न, र जीवनमा यत्तिकै बरालिएर हिँड्न मन पराउँछन्। तिनीहरूले उचित मामलाहरूका बारेमा कहिल्यै सोच्दैनन् वा उचित कामहरूमा ध्यान दिँदैनन्, र तिनीहरूले कुनै प्राविधिक सीपहरू सिक्न वा कुनै ज्ञान र विशेषज्ञता हासिल गर्ने प्रयास गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दैनन्, जीवनका मामलाहरूका बारेमा विचार गर्दैनन्, वा मानिसहरू कुन मार्गमा हिँड्नुपर्छ भनेर मनन गर्दैनन्। अरू गलत मार्गमा हिँडेको देखेपछि आफू त्यस मार्गमा हिँड्नबाट कसरी जोगिनुपर्छ भनेर तिनीहरूले कहिल्यै आत्म-चिन्तन गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरू र सत्यतामा प्रवेश गरेका र तिनबाट केही प्राप्त गरेकाहरूलाई नै हेर्छन् ताकि तिनीहरूले यी मानिसहरूबाट सिक्न सकून्। तिनीहरूले यी उचित मामलाहरूका बारेमा कहिल्यै मनन गर्दैनन्। जब तिनीहरू फुर्सदमा हुन्छन्, तब तिनीहरू मनोरञ्जनका समाचारहरू पढ्दै र विभिन्न उद्योगहरूका विकासक्रमहरूलाई पछ्याउँदै, खाने, पिउने, र रमाइलो गर्ने मात्रै गर्छन्। सबै प्रकारका समाचार स्रोतहरू, पत्रिकाहरू, र सामाजिक प्रचलनहरूमा डुबेर नै तिनीहरूले दिन काट्छन् र तिनीहरू जीवनमा यत्तिकै बरालिन्छन्, हरेक दिनलाई जस्तो आउँछ त्यस्तै रूपमा लिन्छन्। एक दशक वा सोभन्दा बढी समयसम्म यत्तिकै दिन काटेपछि पनि, तिनीहरूमा कुनै सचेतना हुँदैन र तिनीहरूले कहिल्यै हैरानी महसुस गर्दैनन्। जसले तिनीहरूलाई काँटछाँट गरे पनि वा खुलासा गरे पनि, तिनीहरूले यसलाई केही ठान्दैनन्, तिनीहरू संवेदनहीन र सुस्त नै रहन्छन्, र सत्यता खोज्न जान्दैनन्। त्यस्ता मानिसहरूले जीवनमा यत्तिकै दिन काटिरहेका हुन्छन्, सित्तैमा खाइरहेका हुन्छन् र मर्नका लागि पर्खिरहेका हुन्छन्। यस्तो प्रकारको व्यक्ति प्रायजसो मानवदोषी पनि हुन्छ, उसले सबै कुरा नजायज छ र तिनीहरू जहाँ गए पनि, तिनीहरूको प्रतिभा देखाउने कुनै ठाउँ छैन भन्‍ने महसुस गर्छ। तैपनि तिनीहरू आफ्नो प्रयासको कमीले गर्दा केही पनि सिक्न सफल हुँदैनन्, तिनीहरूले कुनै पनि कामलाई कहिल्यै गम्भीरतापूर्वक लिएका हुँदैनन्, एउटै पनि सही शब्दलाई पनि कहिल्यै गम्भीरतापूर्वक लिएका हुँदैनन्, र भविष्यमा तिनीहरूले के गर्नुपर्छ भनेर कहिल्यै सोच्दैनन्। तिनीहरूले आफ्‍नो कुरा निकै स्पष्ट रूपमा व्यक्त गर्छन्, र तिनीहरूसँग विचार, आदर्श, र इच्छाहरू हुन्छन्, तर तिनीहरूले तिनलाई व्यवहारमा लागू मात्रै गर्दैनन्। तिनीहरूले बोल्ने धर्मसिद्धान्तहरू निकै राम्रा र उच्च हुन्छन्, र मानिसहरूलाई ती समझदार र तर्कसङ्गत, र सुन्न निकै आनन्ददायी समेत लाग्छ, तर वास्तविक जीवनमा व्यावहारिक कुराहरू गर्ने बेलामा, तिनीहरूले कुनै ऊर्जा जुटाउन सक्दैनन् र कुनै व्यावहारिक कदम चाल्दैनन्। मलाई त्यस्ता मानिसहरू मन पर्दैन। सायद तेरो क्षमता अत्यन्तै औसत छ होला, वा तँ निकै सुस्त छस् होला, तँमा प्राकृतिक योग्यताको कमी छ होला, र तँसँग कुनै वरदान वा प्रतिभाहरू छैनन् होला। तर, तँ निकै स्थिर छस्, तैँले कुराहरूमा धेरै मेहनत गर्छस् र तिनलाई लगनशीलताका साथ गर्छस्, तँ कठिनाइ सहन इच्छुक छस्, र तैँले मूल्य चुकाउन सक्छस्। जसले तँलाई कुनै काम सुम्पे पनि, तँ निकै इमानदार र जिम्मेवार हुन्छस्, र तैँले यसका लागि अन्त्यसम्म जिम्मेवारी लिन सक्छस्। तैँले सिद्धान्तहरूलाई कडाइका साथ पालन पनि गर्छस्, यहाँसम्म कि कहिलेकाहीँ त तैँले अरूलाई बन्धनमा समेत पार्छस्; मानिसहरूलाई तँ अत्यन्तै गम्भीर छस् र तैँले सिद्धान्तहरूलाई अत्यन्तै कडाइका साथ पालन गर्छस् भन्‍ने लाग्छ, तर तँ त्यसो गरिरहन सक्षम हुन्छस्। मलाई यस्तो प्रकारको व्यक्ति मन पर्छ। तेरो क्षमता अलिक कमजोर हुँदा र तँ अलिक सुस्त हुँदा त्यसले खासै फरक पार्दैन—कम्तीमा पनि तँ चिल्लो घस्ने, धूर्त, छली व्यक्ति, वा जीवनमा यत्तिकै दिन काट्ने व्यक्ति त होइनस्। तेरो क्षमता उच्च नभए पनि र तँमा प्राकृतिक योग्यताको कमी भए पनि, तँलाई कुराहरू सिक्न मन पर्छ, र तैँले झाराटारुवा नभई, निकै गम्भीर, व्यावहारिक तरिकाले सिक्छस्। जब अरूले कुनै कुरा सिक्ने प्रयास गर्न छोडेका हुन्छन्, तब तैँले त्यस कुरालाई बोध नगरेसम्म प्रयास गरिरहन्छस्। मलाई यस्तो प्रकारको व्यक्ति मन पर्छ। तिनीहरूले स्थिर, सन्तुलित कदमहरूका साथ आफूलाई आचरणमा ढाल्छन् र कार्य गर्छन्, कहिल्यै धेरै उच्च लक्ष्य राख्दैनन्, र तिनीहरू निकै इमानदार हुन्छन्। तिनीहरूले मानिसहरू र कामकुराहरूलाई इमानदारीपूर्वक व्यवहार गर्छन्। कुकुरलाई नुहाउँदा समेत, तिनीहरूले त्यसलाई पूर्ण रूपमा सफा हुने गरी र राम्ररी नुहाइदिन्छन्; नत्र भने, तिनीहरूलाई आफू झाराटारुवा भइरहेको छु भन्‍ने महसुस हुन्छ—तिनीहरूले कुकुरलाई समेत सही व्यवहार गर्छन्। मलाई यस्ता मानिसहरू मन पर्छ। कतिपय मानिसहरूले अरूलाई छल गर्न सक्छन्, र तिनीहरूले परमेश्‍वरलाई पनि छल गर्न सक्छन् र तिनीहरू उहाँसँग झाराटारुवा हुन सक्छन्; तिनीहरूले निकै राम्ररी बोल्छन् तर व्यावहारिक कुराहरू गर्दैनन्। म त्यस्ता मानिसहरूलाई ध्यान दिन वा तिनीहरूसँग अन्तरक्रिया गर्न इच्छुक छैनँ। सायद तँ वाक्पटु छस्, र तँलाई कसरी चापलुसी गर्ने र राम्रो सुनिने कुराहरू भन्‍ने थाहा छ होला, तर म त्यस्ता शब्दहरू सुन्न इच्छुक छैनँ—म त्यस्ता कुराहरूको फन्दामा पर्नेछैनँ।

तिमीहरूले मलाई बुझ्न सक भनेर मैले यी वचनहरू भनेको हुँ। म सामान्य मानवतामा जिउने एक साधारण व्यक्ति मात्रै हुँ। स्वर्गमा हुनुहुने परमेश्‍वरको तुलनामा, म अत्यन्तै नगण्य छु; म अत्यन्तै साधारण, अत्यन्तै सामान्य व्यक्ति हुँ। मेरो कुनै उच्च स्वरूप छैन, र मसँग कुनै असाधारण सक्षमताहरू छैनन्। म अरूभन्दा उच्च छैनँ, र म अरूभन्दा फरक देखिन चाहने कुरा त झनै परको हो। म अत्यन्तै साधारण व्यक्ति मात्रै हुँ, र अत्यन्तै सरल व्यक्ति पनि हुँ। मलाई के लाग्छ भने सामान्य मानवतामा जिउने मजस्तो साधारण व्यक्ति परमेश्‍वरको आखिरी दिनहरूको कामको यस चरणको बोझ लिन पूर्ण रूपमा सक्षम छ, र परमेश्‍वरले आखिरी दिनहरूमा व्यक्त गर्न चाहनुभएका सबै सत्यताहरू व्यक्त गर्न पनि सक्षम छ, ताकि मुक्ति हासिल गर्नका लागि तिमीहरूलाई आवश्यक पर्ने सत्यताका सबै पक्षहरू, जुन सत्यताहरू परमेश्‍वरबाट आउँछन्, ती सबै मबाट प्राप्त गर्न सक। तिमीहरूका लागि, परमेश्‍वरको देहधारी शरीर तिमीहरूलाई मुक्ति हासिल गर्न दिनका लागि पर्याप्त छ; तिमीहरूले देख्न र सम्पर्कमा आउन सक्ने यस देहको कुनै पनि पक्ष वा पाटो वास्तवमा यस उद्देश्यका लागि पहिले नै पर्याप्त छ। त्यसकारण, एक सामान्य व्यक्तिको रूपमा, यदि तँसँग विवेक र चेतना छ भने, तैँले देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग निरन्तर तुलना गर्नु हुँदैन। यदि तैँले यसो गरिस् भने, एक हिसाबमा, यसले तँलाई कुनै फाइदा गर्दैन, र अर्को हिसाबमा, तैँले यसो गरेको स्वर्गमा हुनुहुने परमेश्‍वरले मन पराउनुहुनेछैन। यसबाहेक, यदि तैँले देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग निरन्तर तुलना गरिस् भने, यसले देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरू र उहाँले गर्नुभएको काम, साथै उहाँबाट आउने र तँलाई आवश्यक पर्ने सत्यताका सबै पक्षहरूको आपूर्तिप्रतिको तेरो स्वीकार्यतामा ठूलो हदसम्म असर गर्नेछ। अझै महत्त्वपूर्ण पक्ष पनि छ, त्यो के हो भने देहधारी परमेश्‍वर जतिसुकै नगण्य, जतिसुकै सामान्य, वा जतिसुकै साधारण हुनुभए पनि, उहाँ, आखिरमा, पृथ्वीमा परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण, र पृथ्वीमा परमेश्‍वरको प्रतिनिधि हुनुहुन्छ। उहाँले परमेश्‍वरलाई जति प्रतिनिधित्व गर्न सक्नुभए पनि वा उहाँले परमेश्‍वरलाई जति प्रकट गर्न सक्नुभए पनि, कम्तीमा पनि, परमेश्‍वरको नजरमा, उहाँले परमेश्‍वरलाई प्रतिनिधित्व गर्नुहुन्छ, र उहाँ परमेश्‍वरको पहिचान, परमेश्‍वरको सार, र परमेश्‍वरको स्वभावको आंशिक प्रतिनिधि हुनुहुन्छ। त्यसकारण, कम्तीमा पनि, उहाँले परमेश्‍वरको पहिचानलाई प्रतिनिधित्व गर्नुहुन्छ, र उहाँले परमेश्‍वरले पृथ्वीमा गर्न चाहनुभएको कामलाई पनि प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ परमेश्‍वरको स्थानमा खडा हुनुहुन्छ, वा उहाँ पृथ्वीमा काम गर्न परमेश्‍वरको स्थानमा खडा हुनुहुन्छ भनेर भन्न सकिन्छ। तैँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई जतिसुकै आदर गरे पनि वा तैँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई जतिसुकै आराधना गरे पनि, परमेश्‍वरले तैँले देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गरेको मन पराउनुहुन्न, न त उहाँले तैँले देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरबाट अलग गरेको नै मन पराउनुहुन्छ। देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्दा, तैँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई उच्च ठान्छस् तर पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई हेला गर्छस् भने, वा तँ स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति प्रशंसा र आदरले भरिपूर्ण छस् तर पृथ्वीमा हुनुहुने परमेश्‍वरप्रति शत्रुता र भेदभावले भरिपूर्ण छस्, र उहाँलाई दोष लाउने, निन्दा गर्ने, र उहाँमाथि आक्रमण समेत गर्छस् भने त उहाँले यो झनै मन पराउनुहुन्न। त्यसकारण, मानिसहरूले देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गर्छन् भन्‍ने विषयमा भन्दा, एक हिसाबमा, तिनीहरूले उहाँलाई सही रूपमा व्यवहार गर्नुपर्छ र उहाँको सामान्य मानवतालाई स्वीकार गर्नुपर्छ; अर्को हिसाबमा, तिनीहरूले परमेश्‍वरको पहिचान र हैसियतअनुसार उहाँले व्यक्त गर्नुहुने सत्यता र उहाँले व्यक्त गर्नुहुने स्वभावलाई स्वीकार गर्नुपर्छ। जब उहाँले सामान्य मानवता प्रकट गर्नुहुन्छ र परमेश्‍वरको स्वभाव व्यक्त गर्नुहुन्छ वा परमेश्‍वरको सार प्रकट गर्नुहुन्छ, तब तैँले जे देख्छस् र जे बोध गर्न सक्छस् त्यो ठ्याक्कै त्यही कुरा हुन्छ। अन्ततः तैँले, एक सृजित प्राणीको दृष्टिकोण र मनोवृत्तिका साथ, उहाँले व्यक्त गर्नुहुने परमेश्‍वरका वचनहरू, वा उहाँले प्रकट गर्नुहुने परमेश्‍वरको स्वभाव र सारलाई स्वीकार गर्नुपर्छ र तँ तिनमा समर्पित हुनुपर्छ। देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्दा, तैँले देहधारी परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरलाई फरक रूपमा व्यवहार पनि गर्नु हुँदैन। स्वर्गमा हुनुहुने परमेश्‍वर र देहधारी परमेश्‍वर, आखिरमा, सारमा एउटै हुनुभएकाले—नाङ्गो आँखाले सीधै हेर्दा उहाँहरूको प्रकटीकरणको रूपमा भिन्‍नता मात्रै हुने भएकोले—तैँले देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गरे पनि वा नगरे पनि, अन्ततः, तँ देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गर्छस् भन्‍ने कुरा उहाँसँग परमेश्‍वरको पहिचान र परमेश्‍वरको सार छ भन्‍ने तथ्यमा नै आधारित हुनुपर्छ। तैँले देहधारी परमेश्‍वरमा नाङ्गो आँखाले जस्तोसुकै सामान्य मानवता वा जस्तोसुकै प्रकाश र प्रकटीकरणहरू देखे पनि, वा उहाँ जतिसुकै सामान्य, साधारण, र व्यावहारिक देखिए पनि, तैँले उहाँको अवज्ञा गर्नुको सट्टा, एक सृजित प्राणीको दृष्टिकोणबाट उहाँलाई स्वीकार गर्नुपर्छ, अँगाल्नुपर्छ, र तँ उहाँमा समर्पित हुनुपर्छ। मानिसहरू सधैँ देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्न मन पराउँछन्। यसको सबैभन्दा खराब कुरा के हो भने मानिसहरूले देहधारी परमेश्‍वरलाई दोष लाउन, उहाँलाई निन्दा गर्न, वा उहाँलाई इन्कार गर्न परमेश्‍वरको बारेमा मानव धारणा र कल्पनाहरू प्रयोग गर्ने सम्भावना सबैभन्दा बढी हुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्नु भनेको तेरो लागि मृत्युमा डोर्‍याउने मार्ग हो। मृत्युमा डोर्‍याउने मार्गको अर्थ के हो? यसले मैले पहिले भनेको कुरालाई जनाउँछ—तँ पक्‍कै मर्न मन चाहन्छस् होला! अनि मर्न चाहनु भनेको के हो? यसको अर्थ परमेश्‍वरको घरले तँलाई निकाल्नेछ वा तँलाई निष्कासित गर्नेछ भन्‍ने होइन—बरु, यसको अर्थ तैँले गरेको दुष्ट कार्य यति गम्भीर छ कि, यसले गर्दा तैँले दण्ड भोग्‍नेछस् र तँ नष्ट हुनेछस्; यो मृत्युसँग खेलबाड गर्नु हो। जब तैँले यस्तो दुष्टता गर्छस्, तब मानिसहरूले तँलाई केही गर्न सक्दैनन्, तर परमेश्‍वरले तेरा दुष्ट कार्यहरूका आधारमा तँलाई दोषी ठहराउनुहुनेछ। त्यसोभए म किन यसलाई मर्न चाहनु हो भनेर भन्छु? मैले “तँ पक्‍कै मर्न चाहन्छस्” भन्‍ने वाक्यांश प्रयोग गर्नुको एउटा कारण छ: तेरो यो तरिकाले तँ हिँड्ने मार्गलाई प्रतिनिधित्व गर्छ। तँ अहिले कस्तो प्रकारको मार्गमा हिँडिरहेको छस्? तेरो यो तरिकाले तँ विनाशमा डोर्‍याउने मार्गमा हिँडिरहेको छस् भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ। यो विनाशमा डोर्‍याउने मार्गको अर्थ के हो? यसको अर्थ के हो भने परमेश्‍वरले स्पष्ट रूपमा पृथ्वीमा हुनुहुने यी देहधारी परमेश्‍वरले उहाँलाई प्रतिनिधित्व गर्नुहुन्छ र आखिरी दिनहरूको उहाँका अभिप्रायहरूलाई प्रतिनिधित्व गर्नुहुन्छ, र यी देहधारी परमेश्‍वर उहाँको प्रकटीकरण र आखिरी दिनहरूको उहाँको कामको वाहक हुनुहुन्छ भनेर गवाही दिनुहुन्छ, तैपनि तँ यी वचनहरूलाई स्वीकार गर्दैनस्। तँ हठी भई यी देहधारी परमेश्‍वरको पहिचान र सारलाई स्वीकार गर्न मान्दैनस्, र तँ उहाँका वचनहरू र कामलाई स्वीकार गर्दैनस्। तैँले तिनलाई स्वीकार नगर्ने मात्र होइन, तर तँ तिनलाई इन्कार समेत गर्छस्, र तँ देहधारी परमेश्‍वरलाई बेवास्ता गरेर स्वर्गमा हुनुहुने परमेश्‍वरबाट अनुमोदन प्राप्त गर्न र यसरी मुक्ति हासिल गर्न चाहेर, प्रायजसो स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रार्थना र बिन्ती समेत गर्छस्। अर्थात्, तँ स्वर्गमा हुनुहुने परमेश्‍वरमा मात्रै विश्‍वास गर्छस्, जबकि देहधारी परमेश्‍वरको हकमा—पृथ्वीमा परमेश्‍वरको कामको अभिभारा पाउनुभएको व्यक्तिलाई—तँ उहाँलाई स्वीकार गर्दैनस्। त्यसो हो भने, तैँले स्वर्गमा हुनुहुने परमेश्‍वर पृथ्वीमा आउनुभएपछि उहाँले गर्नुभएको काम र उहाँले बोल्नुभएका वचनहरूलाई इन्कार गरिरहेको हुन्छस्; तैँले पृथ्वीमा व्यक्ति बनेर आउनुभएको परमेश्‍वरलाई इन्कार गरिरहेको हुन्छस्, त्यसैले तँ हिँड्ने मार्ग विनाशको मार्ग हो। तैँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई जतिसुकै आराधना गरे पनि र आदर गरे पनि, परमेश्‍वरले त्यसलाई स्वीकार गर्नुहुन्‍न वा मान्यता दिनुहुन्न। तँ हिँडिरहेको मार्ग विनाशको मार्ग हो; मर्न चाहनु भनेको यही हो। मर्न चाहनु भनेको के हो? यसको अर्थ के हो भने तैँले गरेको दुष्टता अत्यन्तै ठूलो छ र यसले तँलाई दण्ड भोग्ने तुल्याउन सक्छ; यो मृत्युसँग खेलबाड गर्नु हो। तँ हिँड्ने मार्ग र तैँले लिने अभ्यासको मार्ग गलत छन्। तँ परमेश्‍वरको विरोधमा खडा भइरहेको छस्, तँ परमेश्‍वरप्रति शत्रुवत् बनिरहेको छस्। यस्तो नसोच्: “म स्वर्गमा हुनुहुने परमेश्‍वरमा भरोसा गर्छु। देहधारी परमेश्‍वर एक साधारण व्यक्ति मात्रै हुनुहुन्छ। उहाँले बोल्नुहुने वचनहरू म स्वीकार गर्छु, तर उहाँ व्यक्तिको हकमा, उहाँ ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा म स्वीकार गर्दिनँ। उहाँले परमेश्‍वरको पहिचानलाई कसरी प्रतिनिधित्व गर्न सक्नुहुन्छ? उहाँ पृथ्वीमा हुनुहुने परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा म स्वीकार नै गर्दिनँ। स्वर्गमा हुनुहुने परमेश्‍वरबाहेक अरू कुनै परमेश्‍वर हुनुहुन्न।” यदि तैँले यी शब्दहरू भनिस् भने, तँ समस्यामा छस्। तँ विनाशको मार्गमा हिँडिरहेको छस्; मर्न चाहनु भनेको यही हो। के इतिहासमा “मर्न चाहने” मानिसहरू थिए? के स्पष्ट रूपमा विनाशको मार्गमा हिँड्ने मानिसहरू थिए? के पावल तिनीहरूमध्ये एक थिए? (थिए।) पावल त्यस्तै व्यक्ति थिए, र ती शास्त्री, फरिसी, र मुख्य पूजाहारीहरू पनि त्यस्तै थिए। तिनीहरूले यहोवाको नाममा मात्रै विश्‍वास गर्थे, र स्वर्गमा हुनुहुने परमेश्‍वरमा मात्रै विश्‍वास गर्थे। जब परमेश्‍वर देह बन्नुभयो र पृथ्वीमा आउनुभयो, तब तिनीहरूले प्रभु येशू एक साधारण व्यक्ति मात्रै हुनुहुन्छ, र त्यसमाथि पनि एक गरिब सिकर्मीको छोरा हुनुहुन्छ भन्‍ने देखे, त्यसैले तिनीहरूले उहाँलाई जस्तोसुकै अवस्थामा पनि स्वीकार गर्न मानेनन्: “म तँलाई स्वीकार नै गर्दिनँ। म स्वर्गमा हुनुहुने परमेश्‍वरमा मात्रै विश्‍वास गर्छु!” अनि स्वर्गमा हुनुहुने परमेश्‍वरले तिनीहरूलाई के भन्नुभयो? “तँ पक्‍कै मर्न चाहन्छस्!” मैले भर्खरै प्रयोग गरेको उही वाक्यांश। परिणाम के भयो? तथ्यहरूले त तिनीहरू मर्न चाहन्थे भन्‍ने प्रमाणित गर्छन्, गर्दैनन् र? (गर्छन्।) के तिमीहरू त्यस्तो मार्गमा हिँड्न चाहन्छौ? (चाहँदैनौँ।) त्यसोभए त्यस्तो मार्गमा नहिँड। यदि तिमीहरू पहिले यस्तो प्रकारको मार्गमा हिँडेका छौ भने, तुरुन्तै फर्क, पश्चात्ताप गर, र आफ्ना पापहरू स्वीकार गर; अहिले फर्कनका लागि अझै ढिला भएको छैन। तर, तिमीहरूले “तँ पक्‍कै मर्न चाहन्छस्” भन्‍ने वाक्यांशलाई जथाभाबी प्रयोग गर्नु हुँदैन। जब-जब तिमीहरूले यो भन्छौ, तब-तब त्यसमा उग्रता हुन्छ। अपराधको संसारका मानिसहरूले प्रायजसो भन्छन्, “तँ पक्‍कै मर्न चाहन्छस्!” तिनीहरूको भनाइको अर्थ तिनीहरूले कसैलाई मार्न चाहन्छन् भन्‍ने हो। तर जब म यो भन्छु, तब यो कुरा तिनीहरूले भन्दा फरक हुन्छ। जब म यो भन्छु, तब यसमा कुनै उग्रता हुँदैन, र मैले धम्की दिने प्रयास गरिरहेको हुँदिनँ। म तँलाई यति मात्रै सम्झाउन चाहन्छु: पावलको मार्गमा नहिँड्; त्यसको अर्थ मर्न चाहनु हो, र यो विनाशको मार्ग हो। यदि तँ यो मार्गमा हिँडिस् भने, तँ नष्ट हुनेछस्, र तेरो परिणाम पावलको जस्तै हुनेछ; त्यो भयानक हुनेछ। पावलले त्यस बेला धेरै सत्यताहरू सुनेका थिएनन्। उनी मर्न चाहनुको पछाडि उनको आफ्नै गल्ती थियो र यो उनको प्रकृतिद्वारा निर्देशित थियो। तर अहिले तिमीहरूसँग पावलको चेतावनीपूर्ण कथा छ, त्यसैले तिमीहरूले मर्ने चाहना गर्नु हुँदैन—त्यो विनाशको मार्गमा नहिँड। देहधारणको सत्यतालाई अहिले यति स्पष्ट रूपमा व्याख्या गरिएको छ, र मुक्ति हासिल गर्ने बारेका विभिन्‍न सत्यताहरूलाई पनि यति स्पष्ट रूपमा व्याख्या गरिएको छ। यदि तँ अझै पनि जानी-जानी प्रतिरोध गर्छस् र हठी भई देहधारी परमेश्‍वरलाई स्वीकार गर्न मान्दैनस् भने, के यो मर्न चाहनु होइन र? यसले तँ पावलकै जमातको व्यक्ति होस् भन्‍ने प्रमाणित गर्छ। तिमीहरू यो मार्गमा पटक्कै हिँड्नु हुँदैन!

अब मैले यति धेरै सङ्गति गरिसकेपछि, के तिमीहरू आफूले देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ अनि देहधारी परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरबीचको सम्बन्धलाई कसरी उचित रूपमा सम्हाल्ने भन्नेबारे स्पष्ट छौ? (छौँ।) त्यसोभए यस सम्बन्धमा सिद्धान्तहरू के-के हुन्? कतिवटा सिद्धान्तहरू छन्? सारांशमा भन। (आज मैले परमेश्‍वरको सङ्गतिमार्फत बुझेको पहिलो सिद्धान्त भनेको देहधारी परमेश्‍वरको सामान्य मानवतालाई स्वीकार गर्नु र परमेश्‍वरले धारण गरेको देहको सामान्य मानवतालाई सही रूपमा लिनु हो, जसमा उहाँको सामान्य मानवताभित्र रहेका उहाँका आधारभूत आवश्यकता र छनौटहरूलाई सही रूपमा लिनु समावेश छ। अर्को सिद्धान्त के हो भने पृथ्वीमा हुनुहुने परमेश्‍वरसँग परमेश्‍वरको सार हुन्छ, त्यसकारण उहाँ सत्यता व्यक्त गर्न र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भने, हामीले उहाँलाई स्वीकार गर्नुपर्छ र हामी उहाँको अधीनमा बस्‍नुपर्छ। मुख्य कुरा यही हो।) म अझै केही कुरामा जोड दिन्छु। सैद्धान्तिक रूपमा भन्दा, देहधारी परमेश्‍वरको सामान्य मानवतामा सत्यता समावेश हुँदैन, न त यसमा परमेश्‍वरले गर्न चाहेको काम नै समावेश हुन्छ। ठ्याक्कै भन्नुपर्दा, सामान्य मानवताले देहधारी परमेश्‍वरको दैनिक जीवनको दायराभित्रका कुराहरूलाई जनाउँछ। यी व्यक्तिको हकमा भन्दा—उहाँलाई मन पर्ने कुरा, उहाँको व्यक्तित्व, उहाँले अनुभव गर्न संवेगहरूको दायरा, साथै जीवन र समाजबारे उहाँका विभिन्‍न राय, दृष्टिकोण, बुझाइ, छनौट र अन्य कुराहरू—मानवताको दृष्टिकोणबाट मूल्याङ्कन गर्दा, के उहाँका यी प्रकटीकरणहरू सामान्य मानवताको विवेक र चेतनासँग मिल्दा छन्? (छन्।) “छन्” भन्‍नेहरू त्यसको जवाफदेही हुनैपर्छ। तिमीले स्पष्ट रूपमा व्याख्या गर्नैपर्छ: तिम्रो यो “छन्” कहाँबाट आएको हो? यो धर्मसिद्धान्त, बोलीमा मिलाएको लोली हो वा तिमीसँग यसको साँच्चै अनुभव र ज्ञान छ? (परमेश्‍वर, मेरो दृष्टिकोण के हो भने परमेश्‍वरले हामीलाई सामान्य मानवता जिउन मार्गदर्शन गर्नुभए पनि वा हामीले सामना गर्ने केही मानिस, घटना र कामकुरालाई खुट्ट्याउन लगाउनुभए पनि, ती सबैले हामीलाई सामान्य मानवता कसरी जिउने र कसरी इमानदार मानिस बन्‍ने भनेर बताउँछन्; ती सबैले हामीलाई सही मार्गमा अगुवाइ गरिरहेका हुन्छन्। त्यसकारण, परमेश्‍वरले मानिसहरूलाई सबै पक्षमा गर्ने मार्गदर्शन तिनीहरूका लागि लाभदायक हुन्छ।) यो सबै मानिसका लागि लाभदायक हुन्छ भन्‍नेबारे म सावधान हुनेछु, तर म कम्तीमा पनि, “सामान्य मानवता” को “सामान्य” भन्‍ने शब्द व्याख्या गर्नलायक छ भनेर आफै विश्‍वास गर्छु। त्यसोभए “सामान्य” लाई कसरी व्याख्या गर्नुपर्छ? एक हिसाबमा, यसको अर्थ देहधारी परमेश्‍वरले मानिस, घटना र कामकुराहरूलाई हेर्ने दृष्टिकोण र अडान सही हुन्छन् भन्ने हो। मैले सबै प्रकारका मानिसहरू र सबै प्रकारका कामकुराहरूलाई म कसरी व्यवहार गर्छु भन्‍नेबारे आफ्ना सङ्गतिहरूमा बताइसकेको छु। के भन्न सकिन्छ भने संसार, मानवजाति र विभिन्‍न दुष्ट प्रवृत्तिहरू अनि वैचारिक प्रवृत्तिहरूबारे मेरा विभिन्‍न दृष्टिकोणहरू व्यक्तिगत रूपमा ममा छन्, तर ती परमेश्‍वरबाट आउँछन् भनेर पनि भन्‍न सकिन्छ। यहाँ यी कुराहरूका बारेमा विस्तृत रूपमा चर्चा गर्नु सम्भव छैन—तिमीहरू आफै बिस्तारै तिनलाई मनन गर। देहधारी परमेश्‍वरले मानिस, घटना र कामकुराहरूलाई गर्ने अडान र दृष्टिकोण सामान्य हुन्छन्—यो एक हिसाबमा हो। अर्को हिसाबमा भन्दा, उहाँले विभिन्‍न कुराहरूबारे आफ्नो बुझाइबाट विकास गर्ने दृष्टिकोण र सोचहरू सामान्य हुन्छन्; ती विकृत वा चरम हुँदैनन्। म तिमीहरूसँग जिउँदा र अन्तरक्रिया गर्दा तिमीहरू मेरो सामान्य मानवताका प्रकटीकरणहरूबाट कति लाभ उठाउन सक्छौ वा तिनले तिमीहरूलाई सत्यताले जस्तै लाभहरू दिन सक्छन् भनेर भन्‍ने आँट गर्नेछैनँ, तर कम्तीमा पनि, म तिमीहरूलाई हानि गर्नेछैनँ। सबैभन्दा आधारभूत बुँदा पनि छ, जुन के हो भने म आफ्ना व्यक्तिगत सोच र इच्छाहरूका आधारमा कहिल्यै कसैलाई हानि गर्न चाहन्नँ। यदि मैले तिमी आफ्नो बोलीमा गल्ती गर्छौ वा तिमीसँग जिउने केही गलत तरिका, जिउने बानी वा जीवनप्रतिका मनोवृत्तिहरू छन् भन्‍ने देखेँ भने—उदाहरणका लागि, तिमीसँग केही प्रकारको खाना खानेबारे विकृत बुझाइ छ भने—म तिमीसँग कुरा गर्नेछु अनि तिम्रा सोच र दृष्टिकोणहरूलाई सच्याउनेछु। एक हिसाबमा, सामान्य मानवताको बुझाइका आधारमा, म तिमीलाई जिउने केही गलत बानी सच्याउन मद्दत गर्छु, ताकि तिमीसँग सही सोच र दृष्टिकोणहरू होऊन् र तिमीले यस मामिलालाई विवेकी रूपमा सम्हाल्न सके। अर्को अझ गहन हिसाबमा भन्दा, म तिमीलाई केही सत्यता बुझ्न र तिनमा प्रवेश गर्न सक्षम तुल्याउनका लागि यो गर्छु। यो पनि देहधारी परमेश्‍वरको सामान्य मानवताको एउटा प्रकटीकरण नै हो। यसबाहेक, सामान्य मानवतामा परमेश्‍वरको जीवनका विभिन्‍न आवश्यकताहरू र उहाँ सबै प्रकारका मानिसहरूसँग कसरी अन्तरक्रिया गर्नुहुन्छ भन्‍ने कुरा पनि सामान्य नै हुन्छन्। यो “सामान्य” ले केलाई जनाउँछ? के तिमीहरूले कहिल्यै मैले कसैलाई धम्काएको, कसैलाई हानि गरेको, कसैलाई दबाएको वा कसैलाई धोका दिएको सुनेका छौ? (छैनौँ।) मैले साँच्चै कहिल्यै त्यस्ता कुराहरू गरेको छैनँ। के मैले आफ्नो पहिचान र हैसियतका आधारमा केही क्रूर शब्दहरू भन्नु वा कसैलाई दबाउनु अत्यन्तै सजिलो हुनेथिएन र? यसो गर्नु मेरो अधिकारभित्रै हुनेथ्यो तर मैले साँच्चै कहिल्यै कसैलाई धम्काएको छैनँ, कसैसँग झगडा गरेको छैनँ, कसैसँग विवाद गरेको छैनँ वा कसैका बारेमा उसको पिठ्यूँपछाडि बबन्डर मच्चाएको छैनँ—ममा कहिल्यै यीमध्ये कुनै पनि प्रकटीकरणहरू आएका छैनन्। मानिसहरूमाझ हुँदा, म तिनीहरूसँग सामान्य रूपमा अन्तरक्रिया मात्रै गर्छु; म असल मानवता भएकाहरूसँग अलिक नजिक हुन्छु र खराब मानवता भएकाहरूबाट टाढा बस्छु। जब म सक्छु तब मद्दत गर्छु र जब सक्दिनँ तब कामकुराहरूलाई तिनको प्राकृतिक मार्ग लिन दिन्छु। सामान्य मानवताका यी प्रकटीकरणहरूका सम्बन्धमा—चाहे ती मेरा भावनाहरूको दायरा वा जीवनशैलीका बानीबेहोराहरू होऊन् वा मानिसहरूसँग अन्तरक्रिया गर्ने मेरा तरिका र सिद्धान्तहरू होऊन्—तिनका सम्बन्धमा भन्दा, तिमीहरू जे देख्न सक्छौ, तिमीहरू जुन कुराको सम्पर्कमा आउन, तिमीहरूले जुन कुरालाई बुझ्न र प्रत्यक्ष रूपमा सिक्न सक्छौ, त्यसमा के तिमीहरू कुनै असामान्य पक्ष देख्छौ? (कुनै पनि कुरा असामान्य छैनन्; यी सब साँच्चै व्यावहारिक छन्।) “यी सब साँच्चै व्यावहारिक छन्”—कतिपय मानिसले यो कुरा राम्ररी नबुझ्न सक्छन्, त्यसैले म तिम्रो कुरा सच्याउँछु: देहधारी परमेश्‍वरको सामान्य मानवताका यी प्रकटीकरणहरू सबैका सिद्धान्त हुन्छन्; तिनमा कुनै पनि कुरा खोक्रो वा आडम्बर हुँदैन। म आफै के विश्‍वास गर्छु भने म कहिल्यै धाक लगाउँदिनँ र मलाई खास गरी आदेशहरू दिन मन पर्दैन; बरु, मलाई वास्तविक काम गर्न मन पर्छ। म आफूले जानेका र बुझेका सबै कुरा सिकाउँछु, केही पनि लुकाउँदिनँ। हेर त, कुनै पेसागत सीपहरू समावेश हुने कामको निश्‍चित विषयमा तिमीहरूलाई निर्देशन दिँदा, म आफूलाई जति थाहा छ त्यति नै भन्छु। के मैले कहिल्यै कुनै कुरा लुकाएको छु? (छैन, तपाईँले लुकाउनुभएको छैन।) म कुराहरू लुकाएर राख्दिनँ वा गोप्य राख्दिनँ; म तिमीलाई मार्गदर्शन गर्न र सिकाउन सक्दो प्रयास गर्छु। तिमी निकै गम्भीरतापूर्वक सिक्छौ, धेरै प्रयास गर्छौ र धेरै कठिनाइ सहन सक्छौ अनि अन्त्यमा, मैले सिकाएको कुरामा तिमी निपुण हुन्छौ र स्वतन्त्र रूपमा काम गर्न सक्छौ, तिमीलाई उप्रान्त मेरो मार्गदर्शनको आवश्यकता पर्दैन। यस कुराले मलाई निकै खुसी तुल्याउँछ र मलाई डाह लाग्दैन। म तिमीलाई स्वतन्त्र रूपमा कामकुराहरू गर्न प्रोत्साहनसमेत दिन्छु र म तिमीलाई उपलब्धिहरू हासिल गर्न दिन इच्छुक हुन्छु। जब तिमी उपलब्धिहरू हासिल गर्छौ र सबैले तिम्रो प्रशंसा गर्छन्, तब म तिमीलाई बधाईसमेत दिन्छु। जब तिमी मबाट कामकुराहरू सिक्छौ र उपलब्धिहरू हासिल गर्छौ अनि सबैले तिमीलाई उच्च सम्मान गर्छन्, तब यसले तिमी सक्षम छौ भनेर प्रमाणित गर्छ र मलाई साँच्चै डाह लाग्दैन; म तिम्रो श्रेय खोस्ने प्रयास गर्दिनँ, न त म तिमीबाट श्रेय लिने प्रयास नै गर्छु। म यसो भन्‍नेछैनँ, “तिमीले यो कुरा मबाट सिकेका हौ भनेर तिमी किन सबैलाई भन्दैनौ? तिमी मप्रति किन कृतज्ञ हुँदैनौ?” म भन्छु, “मैले सिद्धान्तहरू मात्रै सङ्गति गरेँ र त्यति धेरै सिकाइनँ; तिमीले नै यसलाई राम्ररी बुझेका हौ।” देहधारी परमेश्‍वरको सामान्य मानवतामा धेरै व्यावहारिक कुरा हुन्छन् र यस व्यावहारिकताभित्र, धेरै ठोस कुरा हुन्छन्। सायद मैले यसरी आफ्नो परिचय दिँदा, मसँग अन्तरक्रिया गरेका तिमीहरूले बिस्तारै बुझ्नेछौ। म मानिसहरूसँगको अन्तरक्रियामा अत्यन्तै सरल हुन्छु; म सोझो छु, म कुनै चाल चल्दिनँ, म मानिसहरूविरुद्ध षड्यन्त्र गर्दिनँ र म मानिसहरूलाई प्रयोग गर्दिनँ, झन् मैले काम गर्दा अरूमाथि आफ्नो हैसियत लाद्नु वा आफ्नो हैसियतको फाइदा उठाएर कुनै व्यक्तिगत लाभहरू खोज्नु त परै जाओस्। यदि तिमी मेरो चापलुसी गर्ने प्रयास गर्छौ र मलाई चिप्लो घस्छौ भने, मलाई निकै असहज र अप्ठ्यारो महसुस हुन्छ अनि म तिमीबाट टाढा बस्नुपर्छ। यदि तिमी मेरो चापलुसी ग्रने प्रयास नगरी वा मलाई चिप्लो नघसी मसँग सामान्य रूपमा अन्तरक्रिया गर्छौ भने, मलाई निकै सहज महसुस हुन्छ र म तिमीसँग अन्तरक्रिया गर्न निकै इच्छुक हुन्छु।

यतिका वर्ष मानिसहरूसँग अन्तरक्रिया गर्दै, यति लामो समयसम्म जिउँदा, म आफ्नो सामान्य मानवतामा रहेर सबै प्रकारका धेरै मानिसको सम्पर्कमा आएको छु। मैले ती सबैलाई—अत्यन्तै जटिल मानिसहरू र अत्यन्तै मूर्ख मानिसहरू; अत्यन्तै अहङ्कारी र अविवेकी मानिसहरू अनि अत्यन्तै दुष्ट मानिसहरूलाई देखेको छु। पछि, अलिअलि गर्दै, मैले के पत्ता लगाएँ भने मानिसहरू साँच्चै एकअर्काभन्दा फरक हुन्छन्। म मानिसहरूसँगको अन्तरक्रियामा सरल हुन्छु; म अत्यन्तै सरल र सोझो रूपमा बोल्छु र म खुलस्त हुन पनि सक्छु। तैपनि, मैले सबै प्रकारका मानिसहरूको सामना गर्दा के देखेँ भने मानवजाति भित्री रूपमा अत्यन्तै जटिल छ। तर मैले सामना गर्ने मानिसहरू जतिसुकै जटिल भए पनि, जब म आफ्नो सामान्य मानवतामा रहेर कुनै कुरा व्यक्त गर्छु वा कुनै मामिला समाधान गर्छु, तब मेरो अडान, सिद्धान्त, विधि र व्यक्तिगत प्राथमिकताहरू कहिल्यै परिवर्तन हुँदैनन्। मैले जस्तोसुकै मानिसहरूसँग व्यवहार गरे पनि, अन्ततः मैले मानिसहरूलाई व्यवहार गर्ने तरिका मभित्र पहिले नै भएका सिद्धान्तहरूमा आधारित हुन्छ। यदि तिमी सत्यता पछ्याउने र मानवता भएको व्यक्ति हौ भने, हामी अझ बढी अन्तरक्रिया गर्न सक्छौँ, हामी अझै बढी सम्पर्कमा आउन सक्छौँ र हामी हृदयदेखि कुरा गर्दै अझ बढी सङ्गति गर्न सक्छौँ। यदि तिमी सत्यता पछ्याउने व्यक्ति होइनौ, तिमी आफ्नो कर्तव्य निर्वाह गर्दैनौ र तिम्रो मानवता अत्यन्तै दुष्ट छ भने, म तिमीसँग कम सम्पर्क र अन्तरक्रिया गर्नका लागि सक्दो प्रयास गर्नेछु; म सामान्य शिष्टाचार कायम राख्न मात्रै पर्याप्त काम गर्छु। जब तिमीलाई समस्या पर्छ तब यदि तिमी सत्यता खोज्न सक्छौ र निष्कपट रूपमा खोज्छौ भने, म तिमीसँग सङ्गति गर्न सक्छु तर तिमी यसलाई स्वीकार गर्न सक्छौ कि सक्दैनौ भन्‍ने कुरा तिम्रो आफ्नै मामिला हो। दुर्भावपूर्ण अभिप्राय वा खराब इच्छा राख्नेहरूको हकमा भन्दा, मसँग तिनीहरूलाई सम्हाल्ने र व्यवहार गर्ने उपयुक्त विधि र सिद्धान्तहरू पनि छन्। बाहिरी रूपमा, मैले तिनीहरूलाई व्यवहार गर्ने तरिका परिवर्तन हुँदैन; म अझै पनि ती वचनहरू सङ्गति गर्छु र अझै पनि ती कुराहरू गर्छु र यो अझै पनि मेरो सामान्य मानवताको प्रकटीकरण नै हुन्छ—तर यसको अर्थ म तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन् भनेर देख्न सक्दिनँ भन्‍ने होइन। बाहिरी रूपमा, तिमी म सधैँ यस्तै, मानिसहरूलाई व्यवहार गर्ने तरिकामा सरल छु, सामान्य मानवतामा सबैलाई विवेकी रूपमा व्यवहार गर्छु भन्ने देख्छौ। तिमीले बाहिरी रूपमा देख्ने कुरा यही हो, तर म आफ्नो हृदयमा तिनीहरूबारे के सोच्छु भन्‍ने के तिमीलाई थाहा हुन्छ? यस प्रकारको व्यक्तिको सम्बन्धमा मसँग सिद्धान्त र दृष्टिकोणहरू हुन्छन्। यी सिद्धान्त र दृष्टिकोणहरू के-के हुन्? यदि मैले तिनीहरूलाई मेरो सामान्य मानवताको विवेक र समझको दृष्टिकोणबाट मापन गरेँ भने, तिनीहरूको समस्या ठूलो हुँदैन; तर यदि मैले तिनीहरू हिँड्ने मार्ग र तिनीहरूको भविष्यको परिणामलाई मेरो ईश्‍वरत्वको दृष्टिकोणबाट हेरेँ भने, तिनीहरूको समस्या अत्यन्तै गम्भीर हुन्छ। त्यसकारण, मेरो हकमा भन्दा, कहिलेकाहीँ मेरो सामान्य मानवता र मेरो ईश्‍वरत्वबीच मेलमिलाप भइरहेको हुन्छ। मैले तिनलाई मेलमिलाप गराइरहँदा, म तिमीप्रति नरम भइरहेको, तिमीलाई अवसर दिइरहेको, तिमीलाई अवलोकन गरिरहेको र तिमी आफ्नो मार्ग परिवर्तन गर्छौ कि भनेर पर्खिरहेको हुन सक्छु र स्वर्गमा हुनुहुने परमेश्‍वरले तिमीलाई अवसर दिइरहनुभएको पनि हुन सक्छ। मेरो हकमा भन्दा, यो मेरो सामान्य मानवता र मेरो ईश्‍वरत्वबीचको मेलमिलापको प्रक्रिया हो। म तिम्रो सम्पर्कमा आउन इच्छुक हुँदिनँ, तर सायद, तिमीले प्रशासनिक आदेशहरू वा परमेश्‍वरको घरका सिद्धान्तहरू उल्लङ्घन नगरेका हुनाले, तिमी अझै पनि परमेश्‍वरको घरमा हुन्छौ। म आफ्नो मानवताको दृष्टिकोणबाट तिमीप्रति धैर्यवान् हुन सक्छु र तिमीले गरेको कुरालाई ठूलो विषय नबनाउन सक्छु तर मेरो ईश्‍वरत्वको दृष्टिकोणबाट हेर्दा, मैले तिमीलाई दोषी ठहराइसकेको हुन्छु। मैले मानिसहरूलाई दोषी ठहराइरहँदा अनि त्यसका साथसाथै तिनीहरूलाई छोड्दै र क्षमा गर्दै र कामकुराहरूलाई बेवास्ता गर्दै गर्दा, परमेश्‍वर कतिपयलाई प्रकट गर्नुहुन्छ र अरूले ठूलो दुष्टता गर्छन्, गम्भीर परिणामहरू ल्याउँछन् र तिनीहरू निष्कासित हुन्छन्। मैले पर्खिरहँदा, कतिपय मानिस अझै पनि परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, बिस्तारै कामकुराहरू ठिक गर्छन्, तिनीहरू परिवर्तन हुन्छन् र सत्यतातर्फ लम्कन्छन्; तिनीहरू आफ्नो हृदयमा मार्ग परिवर्तन गर्छन्। मेरो सामान्य मानवताको दृष्टिकोणबाट हेर्दा, म—जब उपयुक्त हुन्छ तब—मार्ग परिवर्तन गर्नेहरूसँग अन्तरक्रिया र कुराकानी गर्न सक्छु, तिनीहरूलाई केही सङ्गति र मद्दत दिन सक्छु। तर, यस प्रक्रियाको दौरान, कतिपय मानिस अझै पनि पटक्कै परिवर्तन हुँदैनन्। तिनीहरूमा अझै पनि पहिलेकै जस्ता प्रकटीकरणहरू हुन्छन्, तिनीहरू सत्यता पछ्याउँदैनन् र तिनीहरू अझै पनि आफ्नो पुरानै मार्गमा हिँडिरहेका हुन्छन्। त्यसोभए मेरो दृष्टिकोणबाट हेर्दा, तिमीले मलाई जेसुकै गरे पनि वा तिमीले मलाई जसरी हेरे पनि, म तिमीलाई परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिका रूपमा मात्रै व्यवहार गर्छु। तर, मेरो सामान्य मानवताको मूल्याङ्कनमा भने, तिमी अहिले पनि परिवर्तन नभएको हुनाले, भविष्यमा तिमीलाई परिवर्तन हुन निकै गाह्रो हुनेछ। वास्तवमा, मेरो ईश्‍वरत्वमा, यस्तो व्यक्ति नाश हुने प्रकारको व्यक्ति हो र विनाशको पात्र हो र ऊ परिवर्तन हुनु लगभग असम्भव नै छ भन्‍ने कुरा निर्धारण भइसकेको हुन्छ। तर यो मेरो ईश्‍वरत्वको दृष्टिकोणबाट हेर्दा यस्तो हो। आखिरमा, मानवताका आफ्नै सीमितताहरू हुन्छन्—कहिलेकाहीँ, आफ्नो विवेक वा चेतनाको सीमितताअन्तर्गत, देहधारी परमेश्‍वरमा केही मानवीय असल अभिप्राय हुन्छन् र उहाँ मानिसहरूका लागि सबैभन्दा राम्रो कुरा आशा गर्नुहुन्छ; कतिपय मानिसले कुनै निश्‍चित अवधिमा वा भविष्यको कुनै निश्‍चित मामिलामा वा कुनै ठूलो घटनाको दौरान मार्ग परिवर्तन गर्नेछन् भन्‍ने उहाँ आशा गर्नुहुन्छ—सायद तिनीहरू परिवर्तन हुन सक्नेछन्। यस्ता परिस्थितिहरूमा, उहाँ कतिपय मानिसलाई कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने सन्दर्भमा तिनीहरूलाई अवसरहरू दिनुहुन्छ।

एक हिसाबमा, देहधारी परमेश्‍वरको यो सामान्य मानवताले उहाँको ईश्‍वरत्वका केही कामहरूसँग सहकार्य गरिरहेको हुन्छ वा केही राय र दृष्टिकोणहरू व्यक्त गरिरहेको हुन्छ। अर्को हिसाबमा, यसले सहायता पनि प्रदान गरिरहेको हुन्छ, वा परमेश्‍वरको ईश्‍वरत्वले देख्ने मानिसहरूका केही सार, प्रकृति, वा मार्गहरूलाई निरन्तर प्रमाणित गरिरहेको हुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरको यो सामान्य मानवता ख्रीष्ट र मानिसको पुत्रको सेवकाइ वहन गर्नका लागि मात्रै होइन। मानिसहरूका लागि, अझै महत्त्वपूर्ण कुरा के हो भने यसले तिनीहरूलाई स्वर्गमा हुनुहुने परमेश्‍वरको बारेमा अझै ठूलो बुझाइ प्राप्त गर्न सक्षम तुल्याउँछ। अर्थात्, स्वर्गमा हुनुहुने परमेश्‍वरलाई अझै राम्ररी बुझ्न र देहधारी परमेश्‍वरबाट उहाँको सार अझै बढी देख्नका लागि यसले मानिसहरूलाई अझै धेरै अवसरहरू दिन्छ। अझै अर्को हिसाबमा, यसले भ्रष्ट मानवजाति र स्वर्गमा हुनुहुने परमेश्‍वरबीचको सम्बन्धलाई अझै राम्ररी मेलमिलाप गराउने काम गर्छ। सायद तिमीहरूले “मेलमिलाप” भन्‍ने शब्द राम्ररी बुझ्दैनौ। यदि तिमीहरूले यो बुझ्दैनौ भने, केही गर्न सकिँदैन; योभन्दा उपयुक्त अर्को कुनै शब्द छैन। म एउटा उदाहरण दिनेछु। जब तैँले परमेश्‍वरका अभिप्रायहरू वा परमेश्‍वरका मागहरूको कुनै निश्‍चित पक्षको बारेमा धारणाहरू विकास गर्छस्, तब तैँले यी अभिप्राय वा मागहरूलाई स्वीकार गर्न सक्दैनस्। तँमा विचारहरू आउन थाल्छन् र तैँले विद्रोहीपन विकास गर्छस्, त्यसपछि तँ अधीनमा बस्‍न असमर्थ हुन्छस्। यस बेला, देहधारी परमेश्‍वरले तेरा कठिनाइ र कमजोरीहरूलाई बुझ्नुहुन्छ र तिनको ख्याल गर्नुहुन्छ। उहाँले केही वचनहरू बोल्नुहुन्छ, केही काम गर्नुहुन्छ, र केही उदाहरणहरू दिनुहुन्छ। सङ्गतिमार्फत, परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिमा कहाँ गल्तीहरू छन्, र परमेश्‍वरप्रतिको अधीनता हासिल गर्नका लागि तैँले यो विद्रोही स्थितिलाई कसरी परिवर्तन गर्नुपर्छ भन्‍ने कुरा देख्न उहाँले तँलाई मद्दत गर्नुहुन्छ। देहधारी परमेश्‍वरको मानवीय सङ्गति वा मानवीय मद्दत र सहायतामार्फत, परमेश्‍वरको बारेमा रहेका तेरा धारणा र गलत बुझाइहरू हट्छन्। त्यसपछि, परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिमा केही परिवर्तन आउँछ; यो विद्रोही र प्रतिरोधी हुने कुराबाट समर्पित हुन इच्छुक हुने कुरामा परिवर्तन हुन्छ। त्यसपछि तैँले आफैलाई चिन्न, आफैलाई घृणा गर्न, र परमेश्‍वरले यसरी काम गर्नु उचित हो, र परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू छन् भन्‍ने कुरा बुझ्न पुग्छस्। देहधारी परमेश्‍वरको यस्तो सङ्गति, मेलमिलाप, सहायता, र मद्दतमार्फत, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरको स्वभाव, सार, र अभिप्रायहरू के-के हुन् भन्‍ने कुराको परिचय दिएर तँलाई परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्षम तुल्याउनुहुन्छ, र उहाँले तँलाई तँ कहाँ गलत छस् र कसरी पश्चात्ताप गर्ने भन्‍ने कुरा जान्न पनि सक्षम तुल्याउनुहुन्छ। यी दुई वटा पक्षहरू स्पष्ट रूपमा सङ्गति गरिएपछि, र अन्ततः तँ उप्रान्त परमेश्‍वरको विरुद्धमा विद्रोह नगर्ने वा उहाँको विरोध नगर्ने अवस्थामा पुगेपछि, र तँमा अधीनमा बस्‍ने इच्छा भएपछि, तँप्रतिको स्वर्गमा हुनुहुने परमेश्‍वरको मनोवृत्ति केही परिवर्तन हुनेछ। उहाँले तँलाई उप्रान्त दोषी ठहराउनुहुनेछैन र तँलाई उप्रान्त घृणा गर्नुहुनेछैन; तँप्रतिको उहाँको रिस हट्नेछ। परमेश्‍वरको रिस हटेपछि, तैँले आफ्नो हृदयमा शान्ति, सान्त्वना, र आनन्द महसुस गर्छस्; जब तँ फेरि प्रार्थना गर्न परमेश्‍वरको अघि आउँछस्, तब तँलाई उहाँसँग भन्नुपर्ने कुराहरू छन् भन्‍ने महसुस हुन्छ, तैँले परमेश्‍वरको उपस्थिति महसुस गर्छस्, र तेरो हृदय शान्त र स्थिर हुन्छ। विगतलाई फर्केर हेर्दा, तँ पहिले परमेश्‍वरप्रति अत्यन्तै विद्रोही थिइस्, र तेरो आफ्नै इच्छा अत्यन्तै बलियो थियो, जसले गर्दा परमेश्‍वरले तँलाई घृणा गर्नुभयो भन्‍ने कुरा तैँले महसुस गर्छस्। त्यसपछि तँलाई पछुतो महसुस हुन्छ, र जब तैँले भविष्यमा फेरि यस्ता कुराहरूको सामना गर्छस्, तब तैँले फेरि कहिल्यै परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेछैनस्। देहधारी परमेश्‍वरको सङ्गति र सहायतामार्फत, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति पूर्ण रूपमा परिवर्तन हुन्छ, र परमेश्‍वरसँगको तेरो सम्बन्धले पूर्ण रूपमा मार्ग परिवर्तन गर्छ र त्यो सुधार हुन्छ, जसले गर्दा परमेश्‍वरसँगको तेरो सम्बन्ध उप्रान्त यसको अघिल्लो स्थितिमा रहँदैन, तर सकारात्मक दिशामा विकास हुन्छ। हेर् त, यदि देहधारी परमेश्‍वरले यी वचनहरू नबोल्नुभएको भए वा यो काम नगर्नुभएको भए, सायद, तेरो आफ्नै इच्छा र तेरो प्रकृतिको कारणले गर्दा, तँ सधैँ परमेश्‍वरको विरोधको स्थितिमा जिउनेथिइस्। त्यसपछि परमेश्‍वरसँगको तेरो सम्बन्ध गतिरोधमा नै रहनेथियो, र यो यस्तो घातक चक्रमा नै रहनेथियो। तँ यसरी परमेश्‍वरसँग गतिरोधमा नै रहने हुनाले के स्वर्गमा हुनुहुने परमेश्‍वरले तँप्रतिको आफ्नो मनोवृत्ति परिवर्तन गर्नुहुनेथियो र? त्यो असम्भव हुनेथियो। यदि तँ यसरी परमेश्‍वरसँग गतिरोधमा नै रहन्छस् भने, परमेश्‍वर तँप्रति वितृष्ण हुने र तँलाई घृणा गर्ने अवस्थाबाट तँलाई तिरस्कार गर्ने अवस्थामा पुग्नुहुनेछ। उहाँले तँलाई तिरस्कार गर्ने अवस्थामा पुगेपछि, के तँसँग अझै पनि मुक्ति प्राप्त गर्ने मौका हुन्छ र? (हुँदैन।) तँसँग कुनै मौका हुनेछैन, र परमेश्‍वरले तँलाई छोडिदिनुहुनेछ। उहाँले तँलाई छोडिदिएपछि, विश्‍वासीको रूपमा तेरो जीवन त्यहीँ समाप्त हुन्छ। म तँलाई उप्रान्त मुक्ति दिन चाहनेछैनँ, र म तेरो सम्पर्कमा आउनुपर्ने कुनै आवश्यकता हुनेछैन। मैले मुक्ति दिनेहरूको पङ्क्तिबाट तँलाई पूर्ण रूपमा निकालिनेछ। म तँलाई फेरि देख्न चाहनेछैनँ, किनभने मैले पर्खिएको समयमा, तैँले कहिल्यै मार्ग परिवर्तन गरिनस्। तेरो विवेक र समझले काम गरेन, र कसैले पनि तँलाई मार्ग परिवर्तन गर्न लगाउन सकेन। मैले तँलाई यति लामो समयसम्म अवसरहरू दिएँ, तैपनि तैँले मार्ग परिवर्तन गरिनस्। त्यसकारण, यस्ता परिस्थितिहरूमा, यदि परमेश्‍वर र मानिसबीचको सम्बन्धलाई मेलमिलाप गराउन कोही पनि देखा नपरेको भए, परमेश्‍वरसँगको तेरो सम्बन्ध टुट्नेथियो। अन्तिम परिणाम के हुनेथियो भने परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुनेथियो, तँ परमेश्‍वरको मुहारको ज्योतिबाट सधैँका लागि अलग हुनेथिइस्, र तँ परमेश्‍वरको नजरमा उप्रान्त सृजित प्राणी हुनेथिइनस्; त्यसपछि तँ पूर्ण रूपमा नष्ट हुनेथिइस्। तर, देहधारी परमेश्‍वरको उपस्थितिले तँलाई परमेश्‍वरसँगको तेरो सम्बन्धलाई मेलमिलाप गराउने अवसर दिन्छ। यदि देहधारी परमेश्‍वर देखा नपर्नुभएको भए र उहाँले काम नगर्नुभएको भए, मानिसहरू र स्वर्गमा हुनुहुने परमेश्‍वरबीचको सम्बन्ध गतिरोधमा पुगेपछि, यसले सजिलै परमेश्‍वरले मानवजातिलाई तिरस्कार गर्ने कुरामा डोऱ्याउनेथियो। मानिसहरूले परमेश्‍वरसँगको आफ्नो सम्बन्धलाई सुमधुर बनाउनका लागि तेस्रो पक्षबाट वा बाहिरी संसारबाट अवसर वा कुनै प्रकारको सन्देश प्राप्त गर्नु असम्भव हुनेथियो। देहधारी परमेश्‍वरले मात्रै यो भूमिका खेल्न र यो काम गर्न सक्नुहुन्छ; उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वर र मानवजातिबीच मिलापकर्ता बन्नुहुन्छ। यस्तो मेलमिलाप भएपछि, सम्पूर्ण मानवजातिले परमेश्‍वरको देहधारणको अवधिमा थाहै नपाई अझै धेरै अवसरहरू प्राप्त गर्छ। मानिसहरूले मुक्ति प्राप्त गर्नका लागि यी अवसरहरू आवश्यक हुन्छन्, र तीविना कसैले पनि केही गर्न सक्दैन। तैँले अहिले सत्यता पछ्याइरहेको भए पनि वा भविष्यमा सत्यता पछ्याउने भए पनि, तैँले मुक्ति प्राप्त गर्न चाहन्छस् भने, यी अवसरहरू तेरा लागि सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। त्यसकारण, देहधारी परमेश्‍वरको यो भूमिका तेरा लागि अत्यन्तै महत्त्वपूर्ण छ! देहधारी परमेश्‍वरको सामान्य मानवता देहधारी परमेश्‍वरको अपरिहार्य भाग हो। देहधारी परमेश्‍वरको सामान्य मानवताले मात्रै यस्तो अवसर देख्न, यस्तो अवसरलाई पक्रन, मानवजातिलाई यस्तो अवसर चाहिन्छ भन्‍ने कुरा जान्न, र मानवजातिका लागि यस्तो अवसर सुरक्षित गर्न सक्छ, र यसरी मानिसहरू र परमेश्‍वरबीचको गतिरोधपूर्ण सम्बन्धको समस्या समाधान गर्न सक्छ। तर यदि देहधारी परमेश्‍वरसँग सामान्य मानवता नभएको भए र उहाँसँग ईश्‍वरत्व मात्रै भएको भए, मानिस र परमेश्‍वरबीचको सम्बन्ध मानवजाति र स्वर्गमा हुनुहुने परमेश्‍वरबीचको सम्बन्ध नै रहनेथियो। त्यस्तो अवस्थामा, मानिसहरूलाई मुक्ति प्राप्त गर्ने अवसर पाउन र परमेश्‍वरसँगको आफ्नो सम्बन्धलाई सुमधुर बनाउन अत्यन्तै गाह्रो हुनेथियो भनेर भन्‍न सकिन्छ। देहधारी परमेश्‍वरसँग सामान्य मानवता हुने हुनाले, र यो सामान्य मानवतासँग मानवताको विवेक र समझ हुने हुनाले, उहाँले—सामान्य मानवताको विवेक र समझको दायराभित्र—मानिसहरू र परमेश्‍वरबीच उत्पन्न हुने विभिन्‍न द्वन्द्वहरूका मुख्य बुँदाहरू, कारणहरू, र मूल कारणहरू के-के हुन् भन्‍ने कुरा देख्न सक्नुहुन्छ। मानिसहरू र परमेश्‍वरबीच उप्रान्त कुनै द्वन्द्व नहोस्, र तिनीहरूको सम्बन्ध उप्रान्त गतिरोधमा नरहोस् भनेर यी द्वन्द्वहरू र मूल समस्याहरूलाई कसरी समाधान गर्ने भन्‍ने कुराको हकमा भन्दा, सामान्य मानवताको विवेक र चेतनाको दायराभित्र जिउनुहुने मानिसको पुत्र—देहधारी परमेश्‍वरले—मात्रै यो कुरा देख्न सक्नुहुन्छ, वास्तवमा यो समस्या समाधान गर्न सक्नुहुन्छ, र यो काम गर्न सक्नुहुन्छ। यसरी, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने प्रक्रियामा र मुक्ति प्राप्त गर्ने प्रक्रियामा, मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो विद्रोहीपन, परमेश्‍वरप्रतिको आफ्नो विरोध, र परमेश्‍वरप्रतिको आफ्नो प्रतिरोधलाई निरन्तर समाधान गर्न सक्छन्, होइन र? (हो।) जब तैँले परमेश्‍वरप्रतिको विद्रोहीपन, प्रतिरोध, र विरोधका यी समस्याहरू समाधान गर्छस्, तब परमेश्‍वरले तँलाई निरन्तर क्षमा गर्नुहुन्छ, तँलाई स्वीकार गर्नुहुन्छ, र तँलाई मान्यता प्रदान गर्नुहुन्छ। तँ विद्रोहीपन, प्रतिरोध, र विरोध गर्ने अवस्थाबाट निरन्तर आफ्ना पापहरू स्वीकार गर्ने र पश्चात्ताप गर्ने, त्यसपछि सत्यता स्वीकार गर्ने इच्छा राख्ने, निष्कपट अधीनता हासिल गर्ने, र उप्रान्त परमेश्‍वरको विरुद्धमा विद्रोह नगर्ने अवस्थामा पुग्छस्। यस प्रक्रियामा, तँलाई परमेश्‍वरले क्षमा गर्नुहुन्छ, त्यसपछि तैँले सत्यता प्राप्त गर्छस्, तँ बिस्तारै परमेश्‍वरको अघि आउँछस्, बिस्तारै परमेश्‍वरसँगको तेरो सम्बन्धलाई सुधार गर्छस्, र तँ बिस्तारै परमेश्‍वरद्वारा स्वीकार गरिन्छस्। हेर् त, यहाँ अन्तिम लाभग्राही को हुन्? (मानिसहरू।) मानिसहरूले धेरै लाभ उठाउँछन्! यो प्रक्रियाले तँलाई जिउने आशा, र बाँच्ने आशा देख्न सक्षम तुल्याउँछ। तर देहधारी परमेश्‍वरले आफ्नो काम गर्नुभन्दा पहिले, मानिसहरूसँग परमेश्‍वरको बारेमा धेरै धारणा र कल्पनाहरू थिए, साथै सबै प्रकारका विद्रोहीपन थिए; मानिस र परमेश्‍वरबीचको सम्बन्धमा धेरै समस्याहरू थिए। देहधारी परमेश्‍वरले काम गर्नुभएको र यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको अवधिमा, मानवजातिका यी समस्याहरू बिस्तारै समाधान भएका छन्। परमेश्‍वरप्रतिको मानिसहरूका दृष्टिकोण, मनोवृत्ति, अडान, र हेराइहरू बिस्तारै सुधारिएका छन्, र ती बिस्तारै सुधार हुँदै जाँदा, परमेश्‍वरप्रतिको मानिसहरूका मनोवृत्तिहरू पनि परिवर्तन भएका छन्। मानिसहरू परिवर्तन भएपछि मात्रै परमेश्‍वरले बिस्तारै तिनीहरूलाई मान्यता प्रदान गर्नुहुनेछ, बिस्तारै तिनीहरूलाई स्वीकार गर्नुहुनेछ र मन पराउनुहुनेछ, र बिस्तारै तिनीहरूप्रतिको आफ्नो घृणा, तिरस्कार, इन्कार, र श्रापहरूलाई त्याग्नुहुनेछ। यदि परमेश्‍वर देह नबन्नुभएको भए, तैँले यी वर्षहरूमा परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा जतिसुकै ऊर्जा खर्च गरे पनि वा जतिसुकै मूल्य चुकाए पनि, के तैँले यी लाभहरू प्राप्त गर्न सक्नेथिइस् र? (सक्नेथिइनँ।) देहधारी परमेश्‍वरविना, मानिसहरू र परमेश्‍वरबीचको सम्बन्ध कहिल्यै सुधारिनेथिएन। देहधारी परमेश्‍वरको बारेमा रहेको सबैभन्दा महत्त्वपूर्ण बुँदा के हो भने उहाँसँग सामान्य मानवता छ र उहाँ सामान्य मानवताभित्र जिउनुहुन्छ। सामान्य मानवताभित्र जिएर, सामान्य मानवताको विवेक र चेतना बोकेर, र सही रूपमा सोच्न, न्याय गर्न, र निर्णयहरू गर्न, साथै सबै प्रकारका मानिस, घटना र कामकुराहरूलाई बुझ्न र जान्न सक्षम भएर मात्रै, उहाँले सामान्य रूपमा, अलि-अलि गर्दै, मानिसहरूलाई आवश्यक पर्ने विभिन्‍न सत्यताहरू प्रदान गर्न सक्नुहुन्छ, ताकि मानिसहरूलाई बिस्तारै परमेश्‍वरले स्वीकार गर्न र मान्यता दिन सक्नुभएको होस्। यसरी मात्रै मानिसहरू आफ्ना विभिन्‍न भ्रष्ट स्वभावहरूबाट बाहिर आउन सक्छन्, तिनीहरूले उप्रान्त परमेश्‍वरको विरुद्धमा विद्रोह गर्दैनन्, र तिनीहरू परमेश्‍वरको विरोध गर्न उप्रान्त शैतानको बन्धनअन्तर्गत जिउँदैनन्, तर यसको सट्टा, परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुने प्रक्रियामा—अर्थात्, परमेश्‍वरले आफ्नो काम गर्नुहुने प्रक्रियामा—तिनीहरूले बिस्तारै परमेश्‍वरप्रति साँचो अधीनता र परमेश्‍वरप्रतिको साँचो डर प्राप्त गर्न पुग्छन्। त्यसकारण, तैँले यसलाई जसरी हेरे पनि, मानवजातिका लागि देहधारी परमेश्‍वरको महत्त्व अत्यन्तै ठूलो छ!

देहधारी परमेश्‍वरको मुख्य प्रतिनिधित्व देहधारी परमेश्‍वरको सामान्य मानवता हो, र यो सामान्य मानवता अपरिहार्य छ। त्यसकारण, यदि तँसँग देहधारी परमेश्‍वरको सामान्य मानवताको बारेमा धेरै धारणाहरू छन् जसलाई तैँले कहिल्यै त्याग्न सक्दैनस्, र तैँले प्रायजसो देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्छस् भने, म त भन्छु तँमा मानवताको पूर्ण कमी छ। तैँले परमेश्‍वरको यो सामान्य मानवताबाट यति धेरै कुरा प्राप्त गरेको छस्, तैपनि तैँले सत्यताका यी विभिन्‍न पक्षहरू कसरी प्राप्त गरिस् भन्‍ने कुरा तँलाई थाहा समेत छैन। के तँ अन्धो छैनस् र? तँमा विवेकको कमी छ, होइन र? (हो।) तँमा विवेकको कमी छ र कामकुराहरू कसरी हुन्छन् भन्‍ने तँलाई थाहा छैन। कतिपय मानिसहरूले यसो भन्छन्, “यदि परमेश्‍वर बोल्न र काम गर्न देह नबन्नुभएको भए, हामीले धेरै अघि नै मुक्ति प्राप्त गरिसकेका हुनेथियौँ, र हामी धेरै अघि नै परमेश्‍वरको अघि उठाई भएका हुनेथियौँ।” के यी भ्रमपूर्ण कुराहरू होइनन् र? के यस्ता कुराहरू बोल्‍नु अत्यन्तै बेतुकको कुरा होइन र? (हो।) यी वर्षहरूमा देहधारी परमेश्‍वरका वचनहरू र कामविना, के तिमीहरू आजसम्म जीवित हुनेथियौ र? त्यसकारण, यदि यति धेरै वर्षसम्म देहधारी परमेश्‍वरलाई पछ्याएपछि, र यति धेरै वर्षसम्म उहाँले सत्यता सङ्गति गर्नुभएको सुनेपछि, तैँले गहिरो रूपमा यस्तो महसुस गरेको र बुझेको छस्, “देहधारी परमेश्‍वरले गर्नुभएको काम मेरो लागि अत्यन्तै लाभदायक छ! मैले साँच्चै नै धेरै लाभ उठाएको छु!”—यदि तैँले साँच्चै यसलाई बुझ्‍न सक्छस् भने, यसले के देखाउँछ? यसले के देखाउँछ भने, तँसँग विवेक छ र तेरो बुझाइ सही छ। विवेक र समझविनाका मानिसहरूले अहिले पनि यसलाई बुझ्‍न सक्दैनन्, जुन खतरनाक कुरा हो। यदि तिनीहरूले अहिलेसम्म यसलाई बुझेका छैनन् भने, के तिनीहरूले अर्को बीस वर्षमा यसलाई बुझ्‍न सक्नेछन् र? पक्कै सक्नेछैनन्। यस्तो व्यक्तिमा विवेकको कमी हुन्छ भन्‍ने कुरा स्पष्ट छ। तिनीहरूले देहधारी परमेश्‍वरका वचनहरू र काम सबै मानिसहरूका लागि मुक्ति हुन् भन्‍ने कुरालाई बुझ्‍न नसक्ने मात्र होइन, तर तिनीहरूले यसो पनि भन्‍नेछन्, “यति धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेर मैले के प्राप्त गरेको छु र?” परमेश्‍वरले यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ—के तैँले ती प्राप्त गरेको छैनस् र? के तँलाई सत्यता सबैभन्दा बहुमूल्य कुरा हो भन्‍ने महसुस हुँदैन? यदि तँलाई सत्यता सबैभन्दा बहुमूल्य कुरा हो भन्‍ने महसुस हुँदैन भने, तँ साँचो विश्‍वासी होइनस्; तँ केवल सित्तैमा खाने व्यक्ति होस्। यदि तैँले सत्यता प्राप्त गरेको छु भन्‍ने तँलाई महसुस भएको छैन भने, तँसँग विवेक छैन। के विवेकविनाको व्यक्ति मानव हो र? (होइन।) विवेकविनाको व्यक्ति मानव होइन। हेर् त, एउटा पशु जतिसुकै वर्षसम्म बाँचे पनि, सृष्टिकर्ता अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा त्यसले कहिल्यै जान्नेछैन; र एउटा दियाबलस जतिसुकै दशौँ हजार वा करोडौँ वर्षसम्म बाँचे पनि, त्यसले परमेश्‍वरको अस्तित्वलाई कहिल्यै स्वीकार गर्नेछैन। परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने नजानेको कारणले के पशुहरूलाई दोषी ठहर्याइनेछ र? (गरिनेछैन।) कुकुरहरू करिब दश वर्ष बाँच्छन्, घोडाहरू बीस वा तीस वर्ष बाँच्छन्, र हात्तीहरू सय वर्षभन्दा बढी पनि बाँच्न सक्छन्। तिनीहरूलाई सृष्टिकर्ताको अस्तित्वको बारेमा थाहा हुँदैन, तैपनि यसका लागि तिनीहरूमध्ये कसैलाई पनि दोषी ठहर्याइँदैन, किनभने तिनीहरूको वर्गीकरण पशुहरूको हो। परमेश्‍वरले तिनीहरूसँग कुनै माग गर्नुहुन्न, र उहाँले तिनीहरूलाई मुक्ति पनि दिनुहुन्न। मानवहरू फरक हुन्छन्। परमेश्‍वरले मानिसहरूबाट अपेक्षाहरू राख्नुहुन्छ र तिनीहरूमा आफ्ना आशाहरू राख्नुभएको छ। यति धेरै वर्षसम्म देहधारी परमेश्‍वरको काम अनुभव गरेपछि, तैँले यसलाई बुझ्‍न सक्नुपर्छ, होइन र? त्यसोभए मानिसहरूले देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ? यो सबै मैले पहिले भनेको कुरामा नै फर्किन्छ: देहधारी परमेश्‍वर तेरा धारणा र कल्पनाहरू वा तैँले चाहेको कुराअनुरूप नभएको जस्तो जतिसुकै मात्रामा देखिए पनि—सायद उहाँ तँ जति अग्लो हुनुहुन्न, तँ जति राम्रो देखिनुहुन्न, उहाँसँग तँसँग जति ज्ञान र शिक्षा छैन, र उहाँसँग तँसँग जति उच्च सामाजिक हैसियत छैन होला—यदि उहाँले यी वर्षहरूमा सङ्गति गर्नुभएका सत्यताहरूले तँलाई ठूलो कटनी गर्न र सत्यता प्राप्त गर्न सक्षम तुल्याएका छन् भन्‍ने कुरालाई तैँले बुझ्‍न सक्छस् भने, उहाँ परमेश्‍वर हुनुहुन्छ र उहाँसँग परमेश्‍वरको पहिचान छ भन्‍ने तथ्यलाई तैँले स्वीकार गर्नुपर्छ। यदि तँसँग साँच्चै चेतना छ भने, तैँले देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग सधैँ तुलना गर्नु हुँदैन। के उहाँहरूलाई त्यसरी तुलना गर्नुको कुनै अर्थ छ र? उहाँहरूलाई सधैँ यसरी तुलना गरेर, तैँले आफैलाई कठिन परिस्थितिमा मात्रै पारिरहेको हुनेछस्; साथै, परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ, र अन्ततः तैँले केही पनि प्राप्त गर्नेछैनस्। उहाँहरूलाई सधैँ यसरी तुलना गर्नाले तैँले सत्यता प्राप्त गर्ने र मुक्ति हासिल गर्ने कुरामा असर पर्नेछ। त्यसकारण, देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूले तँलाई मुक्ति प्राप्त गर्न सक्षम तुल्याउन सक्ने हुनाले मात्रै पनि, तैँले उप्रान्त देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्नु हुँदैन, र तैँले देहधारी परमेश्‍वरलाई स्वीकार गर्नुपर्छ; उहाँलाई स्वीकार गर्नका लागि अहिले पनि ढिला भएको छैन। कतिपय मानिसहरूले यसो भन्छन्, “त्यसोभए स्वीकार गर्नुको अर्थ के हो? मैले सधैँभरि तपाईंका प्रवचनहरू सुनिरहेको छु, होइन र? के त्यो स्वीकार गर्नु होइन र?” प्रवचनहरू सुन्नु भनेको स्वीकार गर्नु होइन। त्यसोभए स्वीकार गर्नु भनेको ठ्याक्कै के हो त? यसबारे तिमीहरू आफै मनन गर: उहाँलाई स्वीकार नगर्नुका प्रकटीकरणहरू के-के हुन्, र उहाँलाई स्वीकार गर्नुका प्रकटीकरणहरू के-के हुन्? यसबारे मनन गर र तिमीहरू आफैबीच यसबारे सङ्गति गर। आजका लागि हाम्रो सङ्गति यहीँ अन्त्य गरौँ। बिदा!

जुलाई २७, २०२४

अघिल्लो:  सत्यता कसरी पछ्याउने (२१)

अर्को:  सत्यता कसरी पछ्याउने (२६)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger